-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
1JN.json
1 lines (1 loc) · 43.1 KB
/
1JN.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यो पत्र जब्दियाका छोरा यूहन्ना प्रेरितबाट लेखिएको हो, जो येशूका बाह्र चेलाहरूमध्ये एक जना थिए (मर्कूस १:१९-२०)। यूहन्नालाई “येशूले प्रेम गर्नुहुने चेला” भनिएको छ (यूहन्ना १३:२३; २१:२०)। नयाँ करारको “यूहन्नाको सुसमाचार”, यूहन्नाको तीन वटा पत्रहरू र “यूहन्नालाई भएको प्रकाश” यूहन्नाबाट लेखिएका थिए। ख्रीष्टको मृत्युपछि यूहन्ना धेरै वर्षसम्म बाँचे। यो पत्र पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो।"},{"id":2,"text":"त्यसैकारण यूहन्ना बढी अधिकारसित लेख्दछन्। सबै विश्वास गर्नेहरूलाई तिनको बारेमा थाहा थियो। यूहन्ना यति प्रख्यात थिए कि यस पत्रमा तिनले परिचयको लागि आफ्नो नाम लेख्न आवश्यक थिएन।"},{"id":3,"text":"यो पत्र पढ्नेहरूले “अनन्त जीवन पाएका” छन् भन्ने जानून् भनेर यूहन्नाले यो पत्र लेखेका हुन् (१ यूहन्ना ५:१३)। तिनी उनीहरूलाई विश्वासमा बलिया बनाउन चाहन्छन्।"},{"id":4,"text":"यो पत्र कुन ठाउँ वा कुन ख्रीष्टियान मण्डलीलाई लेखिएको हो भन्ने कुरा थाहा छैन। शायद विभिन्न मण्डलीहरूलाई यो पत्र लेखिएको थियो। पत्र पढ्नेहरूमा उठेका केही झूटा शिक्षाको विरोध गर्नलाई यूहन्नाले लेख्दछन्। यो पत्र लेखेको समयमा कोही-कोही झूटा शिक्षकहरू येशू खास मानिसको रूपमा संसारमा आउनुभएन भनेर सिकाउँदै थिए। येशू एउटा भूत वा प्रकाश मात्र हुनुहुन्छ भनेर तिनीहरू भन्थे। तर यूहन्ना जोडसित येशू पूर्ण रूपमा मानिस र पूर्ण रूपमा परमेश्वर पनि हुनुहुन्छ भनेर यस पत्रमा सिकाउँछन्। यदि येशू पूरा तवरले मानिस हुनुभएको भए, उहाँको मृत्युको कुनै मतलव हुने थिएन। उहाँ आफै हाम्रा पापका लागि बलिदान बन्न सक्नुहुनेथिएन।"}]},{"id":1,"title":"१ यूहन्ना 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/1JN/1-15c761272d49c74f0a422858deb8b091.mp3?version_id=1483","verses":[{"id":1,"text":"जीवनको त्यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्यौं र हाम्रा हातले छोयौं,"},{"id":2,"text":"त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो।"},{"id":3,"text":"हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। "},{"id":4,"text":"हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्द पूर्ण होस्।"},{"id":5,"text":"जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। "},{"id":6,"text":"यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं। "},{"id":7,"text":"तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।"},{"id":8,"text":"यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन। "},{"id":9,"text":"यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। "},{"id":10,"text":"यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।"}]},{"id":2,"title":"१ यूहन्ना 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/1JN/2-1317d48540024b81987b2e9a13b89753.mp3?version_id=1483","verses":[{"id":1,"text":"मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। "},{"id":2,"text":"उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि।"},{"id":3,"text":"यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं। "},{"id":4,"text":"जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन। "},{"id":5,"text":"तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं। "},{"id":6,"text":"उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।"},{"id":7,"text":"प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।"},{"id":8,"text":"तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ।"},{"id":9,"text":"जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै पनि अन्धकारमा नै छ। "},{"id":10,"text":"जसले आफ्नो भाइलाई प्रेम गर्छ, त्यो ज्योतिमा रहन्छ, र त्यसमा ठक्करको कारण हुँदैन। "},{"id":11,"text":"तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ, र अँध्यारोमा हिँड्छ, र त्यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ।"},{"id":12,"text":"मेरा साना बालकहरू,\nम तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।"},{"id":13,"text":"पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।"},{"id":14,"text":"पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।"},{"id":15,"text":"संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। "},{"id":16,"text":"किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्। "},{"id":17,"text":"संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।"},{"id":18,"text":"ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्। यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो। "},{"id":19,"text":"तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।"},{"id":20,"text":"तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ। "},{"id":21,"text":"तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु। "},{"id":22,"text":"झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो। "},{"id":23,"text":"पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।"},{"id":24,"text":"जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। "},{"id":25,"text":"उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्त जीवन।"},{"id":26,"text":"तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्तछु। "},{"id":27,"text":"तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।"},{"id":28,"text":"साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्।"},{"id":29,"text":"उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ।"}]},{"id":3,"title":"१ यूहन्ना 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/1JN/3-d0ae92ab733366a689ca6cb2cc506ab5.mp3?version_id=1483","verses":[{"id":1,"text":"हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन।"},{"id":2,"text":"प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौं, र हामी के होऔंला, सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौं, कि जब उहाँ प्रकट हुनुहुन्छ, तब हामी उहाँजस्तै हुनेछौं। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं। "},{"id":3,"text":"अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ, उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ।"},{"id":4,"text":"पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो। "},{"id":5,"text":"पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ। र उहाँमा कुनै पाप छैन।"},{"id":6,"text":"उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ।"},{"id":7,"text":"साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ। "},{"id":8,"text":"जसले पाप गर्छ त्यो दियाबलसको हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। "},{"id":9,"text":"परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो। "},{"id":10,"text":"परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो, यसैबाट प्रष्ट हुन्छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, र त्यो व्यक्ति पनि होइन, जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन।"},{"id":11,"text":"तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”"},{"id":12,"text":"कयिनजस्तो नहोओ, जो दुष्ट थियो। उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका आफ्ना कामहरू दुष्ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।"},{"id":13,"text":"भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान। "},{"id":14,"text":"हामी जान्दछौं, कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। "},{"id":15,"text":"आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारासँग अनन्त जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ।"},{"id":16,"text":"प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ। "},{"id":17,"text":"कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? "},{"id":18,"text":"मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं। "},{"id":19,"text":"यसैबाट हामी जान्न सक्छौं कि हामी सत्यका हौं, र यसरी उहाँको सामुन्ने हाम्रा हृदयलाई ढाड़स दिन सक्छौं। "},{"id":20,"text":"जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ, हामी जान्दछौं परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सब कुरा जान्नुहुन्छ।"},{"id":21,"text":"प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ। "},{"id":22,"text":"अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं। "},{"id":23,"text":"अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ।"},{"id":24,"text":"उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्छ।"}]},{"id":4,"title":"१ यूहन्ना 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/1JN/4-fcf48be3f9718abfd8cfe0d4cf34cdc6.mp3?version_id=1483","verses":[{"id":1,"text":"प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। "},{"id":2,"text":"यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो। "},{"id":3,"text":"येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा “त्यो आउँछ” भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ।"},{"id":4,"text":"मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। "},{"id":5,"text":"तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। "},{"id":6,"text":"हामी त परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं।"},{"id":7,"text":"प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ। "},{"id":8,"text":"प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। "},{"id":9,"text":"परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं। "},{"id":10,"text":"प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। "},{"id":11,"text":"प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ। "},{"id":12,"text":"परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।"},{"id":13,"text":"उहाँले हामीलाई आफ्ना आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौं कि हामी उहाँमा रहन्छौं र उहाँ हामीमा रहनुहुन्छ। "},{"id":14,"text":"हामीले देखेका छौं, र गवाही दिन्छौं, कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ। "},{"id":15,"text":"जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, उसमा परमेश्वर वास गर्नुहुन्छ, र उचाहिँ परमेश्वरमा। "},{"id":16,"text":"यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं।परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ। "},{"id":17,"text":"न्यायको दिनको निम्ति हामी पूर्ण भरोसासाथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौं। "},{"id":18,"text":"प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।"},{"id":19,"text":"हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। "},{"id":20,"text":"यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ, तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झूटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन। "},{"id":21,"text":"हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।"}]},{"id":5,"title":"१ यूहन्ना 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/1JN/5-cc723ad64dc19ce03254c39b38b5fab0.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। "},{"id":2,"text":"जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं। "},{"id":3,"text":"परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्।"},{"id":4,"text":"किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। "},{"id":5,"text":"संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।"},{"id":6,"text":"उहाँ उही नै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो। "},{"id":7,"text":"गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। "},{"id":8,"text":"किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्। "},{"id":9,"text":"यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्वरको गवाही झन् उच्च छ। किनकि यही नै परमेश्वरको गवाही हो, जुन गवाही उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। "},{"id":10,"text":"जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन। "},{"id":11,"text":"गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।"},{"id":12,"text":"जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन।"},{"id":13,"text":"तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। "},{"id":14,"text":"परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। "},{"id":15,"text":"हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ।"},{"id":16,"text":"यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन, त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ, जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ। "},{"id":17,"text":"सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन।"},{"id":18,"text":"परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन। "},{"id":19,"text":"हामी जान्दछौं, हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। "},{"id":20,"text":"हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ, जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ, हामी उहाँमा छौं, अर्थात् उहाँका पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।"},{"id":21,"text":"साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।"}]}]}