-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
2CH.json
1 lines (1 loc) · 359 KB
/
2CH.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"दोस्रो इतिहास पहिलो इतिहास समाप्त भएको ठाउँबाट टिपिएको सिलसिला हो। राजा सोलोमनको राज्य शासनको सुरु, मन्दिरको निर्माण परमेश्वरको दर्शनबाट यो पुस्तक सुरु भएको हो। राजा सोलोमनका युवराज रहबामको विरुद्धमा यरोबामले विद्रोह मचाएर उत्तरी राज्य इस्राएलको गठन गरेको घटनाको उल्लेख गरेपछि यस पुस्तकको लेखकले दक्षिण यहूदा राज्यको इतिहास भित्रै आफूलाई सीमित राखेका छन्। यो पुस्तक यरूशलेम सहर र मन्दिरसमेत लुटिएको, जलाइएको दुखान्त घटनाको विवरणमा समाप्त भएको छ।"}]},{"id":1,"title":"२ इतिहास 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/1-26f5c767cc7b59114d888c48bcfbe6c4.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊदका छोरा राजा सोलोमनले आफ्नो राज्यमा अधिकार स्थिर गरे, किनभने परमप्रभु तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो। उहाँले तिनलाई महान् तुल्याउनुभयो। "},{"id":2,"text":"तब सोलोमनले सबै इस्राएलसित, अर्थात् सहस्रपति र शतपति, न्यायकर्ताहरू र इस्राएलका सारा अगुवाहरू र परिवारका मुखियाहरूसित बातचीत गरे। "},{"id":3,"text":"अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि परमेश्वरका दास मोशाले उजाड़-स्थानमा बनाएको परमेश्वरको भेट हुने पाल त्यहीँ थियो। "},{"id":4,"text":"दाऊदले चाहिँ परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा ल्याएका थिए, किनभने तिनले यरूशलेममा नै त्यसको निम्ति पाल टाँगेका थिए। "},{"id":5,"text":"तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्थानको सामुन्ने थियो। यसैकारण सोलोमन र सबै समुदाय त्यहीँ गए। "},{"id":6,"text":"त्यहाँ भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीसम्म तिनी गएर त्यसमा एक हजार होमबलि चढ़ाए।"},{"id":7,"text":"त्यस रात परमेश्वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्।”"},{"id":8,"text":"सोलोमनले परमेश्वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान् र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्याउनुभएको छ। "},{"id":9,"text":"अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्का गर्नुहोस्, किनभने पृथ्वीको धूलो जतिकै अनगन्ती प्रजामाथि तपाईंले मलाई राजा तुल्याउनुभएको छ। "},{"id":10,"text":"अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्छ र?”"},{"id":11,"text":"परमेश्वरले सोलोमनलाई भन्नुभयो, “तेरो इच्छा यही भएको हुनाले, र तैंले धन-सम्पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्ना शत्रुहरूको प्राण वा आफ्नो निम्ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले, "},{"id":12,"text":"बुद्धि र ज्ञान तँलाई दिइनेछन्। अनि म तँलाई यस्तो धन-सम्पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्।”"},{"id":13,"text":"तब सोलोमन गिबोनको अल्गो स्थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे। "},{"id":14,"text":"सोलोमनले धेरै रथ र घोड़ाहरू जम्मा गरे। तिनका चौध सय रथ र बाह्र हजार घोड़ाहरू थिए। कोही तिनले रथ राख्ने सहरहरूमा र कोहीचाहिँ आफूसित यरूशलेममा राखे। "},{"id":15,"text":"राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह अनि देवदारुचाहिँ पहाड़का अञ्जीरसरह प्रशस्त तुल्याए। "},{"id":16,"text":"सोलोमनका घोड़ाहरू मिश्रदेश र क्यूएबाट पैठारी हुन्थे। राजाका व्यापारीहरूले ती क्यूएबाट किनेर ल्याउँथे। "},{"id":17,"text":"प्रत्येक रथ सात किलोग्राम चाँदीमा र घोड़ाचाहिँ डेढ़ किलोग्राम चाँदीमा मिश्रबाट पैठारी गरिन्थे। त्यसरी नै हित्ती र अरामीहरूका सबै राजाहरूलाई निकासी गर्न व्यापारीहरूले प्राप्त गर्थे।"}]},{"id":2,"title":"२ इतिहास 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/2-5fe4db2c6ead11e46cb79a5ac59ba48d.mp3?version_id=1483","verses":[{"id":1,"text":"सोलोमनले परमप्रभुका नाउँको सम्झनाको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्ने अठोट गरे। "},{"id":2,"text":"तिनले सत्तरी हजार भारी बोक्नेहरू, असी हजार ढुङ्गा काट्नेहरू र तिनीहरूमाथि हेर-विचार गर्ने छत्तीस सय नाइकेहरूलाई नियुक्त गरे।"},{"id":3,"text":"सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए:“तपाईंले दया गरी मेरा पिता दाऊदलाई तिनको राजकीय निवासस्थान निर्माण गर्न देवदारुका काठहरू पठाइदिनुभएको थियो। "},{"id":4,"text":"अब मैले पनि परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न र उहाँको सामुन्ने सुगन्धित धूप बाल्न, र अर्पण गरिएको रोटी नित्य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्यो मन्दिर उहाँको निम्ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्ति यो एउटा अनन्तको विधि हो।"},{"id":5,"text":"“मैले निर्माण गर्न लागेको मन्दिर एउटा अत्यन्तै ठूलो भवन हुनेछ, किनभने हाम्रा परमेश्वर सबै देवताहरूभन्दा महान् हुनुहुन्छ। "},{"id":6,"text":"तर स्वर्ग, अर्थात् सर्वोच्च स्वर्ग नै उहाँको निम्ति सानो छ भने कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढ़ाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र? "},{"id":7,"text":"“यसकारण मेरो निम्ति एक निपुण कारीगर पठाइदिनुहोस्— एउटा यस्तो मानिस जसले सुन, चाँदी, काँसो र फलाम, अनि बैजनी, रातो र नीलो धागोको काम गर्न सक्छ, र तिनी निपुण कुँद्ने मानिस पनि होऊन्। तिनले मेरा पिता दाऊदले जुटाइदिनुभएका निपुण कारीगरहरूसँग यहूदा र यरूशलेममा काम गर्नेछन्।"},{"id":8,"text":"“मलाई लेबनानबाट देवदारु, सल्ला र चन्दनका काठहरू पनि पठाइदिनुहोस्, किनभने मलाई थाहा छ कि तपाईंका मानिसहरू लेबनानमा काठहरू काट्न निपुण छन्। "},{"id":9,"text":"मेरा मानिसहरू तपाईंका मानिसहरूसँग धेरै काठ तयार गर्न काम गर्नेछन्, किनभने जुन मन्दिर म निर्माण गर्नेछु, त्यो भव्य आश्चर्यको हुनेछ। "},{"id":10,"text":"म तपाईंका कर्मीहरू, अर्थात् रूख ढाल्नेहरूका निम्ति पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी भद्राक्षको तेल जुटाइदिनेछु।”"},{"id":11,"text":"टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई यो समाचार पठाए:“परमप्रभुको प्रेम आफ्नो प्रजामाथि रहेको कारण उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभयो।”"},{"id":12,"text":"पत्रमा हीरामले यस्तो पनि लेखे:“स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले दाऊद राजालाई तीव्र बुद्धि र समझशक्तिले पूर्ण भएका एउटा बुद्धिमान् छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल बनाउनुहुनेछ।"},{"id":13,"text":"“अब म तपाईंको निम्ति एक जना निपुण र खूबै अनुभवी कारीगर, हुराम-अब्बीलाई पठाउँदैछु। "},{"id":14,"text":"तिनी दानवंशी स्त्रीका छोरा हुन्। तिनका पिताचाहिँ एक टुरोसवासी हुन्। तिनी सुन र चाँदी, काँसो र फलाम, ढुङ्गा र काठका काम र बैजनी, रातो र नीलो धागो र मलमलका कपड़ाका काममा पनि अनुभवी कारीगर हुन्। तिनी बुट्टाका काममा तालीम पाएका मानिस हुन्, र तिनलाई दिएको कुनै पनि नमूनाको काम गर्न सक्छन्। तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्वामी तपाईंका पिता दाऊदका कारीगरहरूका साथमा काम गर्नेछन्।"},{"id":15,"text":"“यसकारण अब मेरा स्वामीले आफ्ना चाकरहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्। "},{"id":16,"text":"तपाईंलाई चाहिएका सबै काठ हामी लेबनानमा ढाल्नेछौ, र मूढ़ाहरू बाँधेर योप्पासम्म बगाएर पठाइदिनेछौं। तपाईंले चाहिँ त्यहाँबाट यरूशलेमसम्म लाने बन्दोबस्त मिलाउनुहोला।”"},{"id":17,"text":"आफ्ना पिता दाऊदले मानिसहरूको जनगणना लिएझैँ सोलोमनले इस्राएलमा बस्ने विदेशीहरूको जनगणना लिए। यिनीहरू १,५३,६०० जना थिए। "},{"id":18,"text":"तिनले यिनीहरूमध्येका सत्तरी हजारलाई भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने र यिनीहरूलाई काममा लगाउन छत्तीस सयलाई चाहिँ हेर-विचार गर्ने काममा नियुक्त गरे।"}]},{"id":3,"title":"२ इतिहास 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/3-939bed4b6f6abce0ab5528de84ee9a7b.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब सोलोमनले तिनका पिता दाऊदले परमप्रभुको दर्शन पाएर यबूसी अरौनाको खलामा एउटा स्थान तयार पारेका यरूशलेमको मोरीयाह डाँड़ामा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे। "},{"id":2,"text":"तिनले आफ्नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्यो निर्माण गर्न सुरु गरे।"},{"id":3,"text":"परमेश्वरको मन्दिर निर्माण गर्न सोलोमनले राखेका जग यस्तो थियो: हातको पुरानो नापअनुसार लमाइ साठी हात र चौड़ाइ बीस हात थियो। "},{"id":4,"text":"मन्दिरको अगाड़ि त्यसको चौड़ाइ जत्तिकै बीस हात लामो र बीस हात अल्गो एउटा दलान थियो।भित्रपट्टि चाहिँ तिनले त्यसलाई निखुर सुनले मोहोरे। "},{"id":5,"text":"तिनले मुख्य सभाकक्षका भित्तामा सल्लाका फलेकहरू लगाए, र तिनलाई निखुर सुनले मोहोरे, अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए। "},{"id":6,"text":"त्यसको शोभाको लागि तिनले त्यस मन्दिरलाई बहुमूल्य पत्थरहरूले जड़े। त्यसमा तिनले पर्वेमबाट ल्याएका सुन प्रयोग गरे। "},{"id":7,"text":"तिनले त्यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए।"},{"id":8,"text":"तिनले मन्दिरको चौड़ाइबमोजिम नै महा-पवित्रस्थान बीस हात लमाइ र बीस हात चौड़ाइको बनाए। तिनले भित्रपट्टि त्यसलाई बीस टन निखुर सुनले मोहोरे। "},{"id":9,"text":"सुनका कीलाहरूको ओजन आधा किलोग्राम थियो। तिनले माथिल्ला भागहरू पनि सुनले मोहोरे।"},{"id":10,"text":"तिनले महा-पवित्रस्थानमा दुई करूबका प्रतिरूप कुँदेर सुनले मोहोरे। "},{"id":11,"text":"यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हातसम्म फिँजिएका थिए। एउटा करूबको एउटा पखेटा पाँच हातको थियो, र मन्दिरको भित्तामा छोयो। त्यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो। "},{"id":12,"text":"त्यस्तै गरी दोस्रो करूबको एउटा पखेटा मन्दिरको भित्ता छुने गरी पाँच हातको थियो, अनि त्यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो, "},{"id":13,"text":"करूबका पखेटा बीस हातसम्म फिँजिएका थिए। तिनीहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्दिरको मुख्य खण्डतिर फर्केका थिए।"},{"id":14,"text":"तिनले नीलो, बैजनी र रातो रङ्गको धागो र मलमलको कपड़ाको पर्दा बनाए, र त्यसमा बुट्टा भरेका करूबहरू बनाए। "},{"id":15,"text":"मन्दिरको अगाड़िपट्टि तिनले अठार-अठार हात अल्गा दुई वटा स्तम्भ बनाए। प्रत्येकको टुप्पामा पाँच हात अल्गो स्तम्भ-शिर थियो। "},{"id":16,"text":"तिनले जाली स्वरूप झुण्डिएका सिक्रीहरू बनाएर स्तम्भका टुप्पा-टुप्पामा राखे। तिनले सय वटा दारिम बनाएर ती सिक्रीहरूमा लगाए। "},{"id":17,"text":"तिनले मन्दिरको अगाड़ि ती दुई वटा स्तम्भ खड़ा गरे— एउटा दक्षिणपट्टि र अर्को उत्तरपट्टि। दक्षिणपट्टिको स्तम्भको नाउँ तिनले याकीन र उत्तरपट्टिको स्तम्भको नाउँ बोअज राखे।"}]},{"id":4,"title":"२ इतिहास 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/4-15d971d66344c626b2b95e2bfb9dcdc6.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिनले बीस हात लामो, बीस हात चौड़ा र दश हात अल्गो काँसाको एउटा वेदी बनाए। "},{"id":2,"text":"तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए। त्यसको बिट एक किनारदेखि अर्को किनारसम्म दश हात थियो, र त्यो पाँच हात अल्गो थियो। त्यसको वरिपरि फेरो नाप्नलाई तीस हातको नाप्ने फित्ता चाहिन्थ्यो। "},{"id":3,"text":"खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढ़ेहरू, एक हातमा दश वटा, दुई लहरमा थिए। खड्कुँलो र साँढ़ेहरू एउटै टुक्रा धातुबाट बनाइएका थिए।"},{"id":4,"text":"त्यो खड्कुँलो बाह्र वटा साँढ़ेहरूमाथि बसालिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनीहरूका पछाड़िका भागचाहिँ भित्रपट्टि फर्केका थिए। त्यो खड्कुँलोचाहिँ तिनैमाथि बसालिएको थियो। "},{"id":5,"text":"त्यसको मोटाई चार अङ्गुल थियो। त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो। त्यसमा प्राय: छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो।"},{"id":6,"text":"तिनले दश वटा स्नान-भाँड़ाहरू पनि बनाए। ती तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू धुन्थे। खड्कुँलोचाहिँ पूजाहारीहरूले नुहाउनलाई प्रयोग गर्थे। "},{"id":7,"text":"तिनले तोकिएबमोजिम दश वटा सुनका सामदान बनाए। ती तिनले मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। "},{"id":8,"text":"तिनले दश वटा टेबिलहरू पनि बनाएर मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। तिनले एक सय वटा सुनका छर्कने बाटाहरू बनाए। "},{"id":9,"text":"तिनले पूजाहारीहरूको चोक, र ठूलो चोक र त्यसका ढोकाहरू बनाए, अनि ढोकाहरू काँसाले मोहोरे। "},{"id":10,"text":"त्यो विशाल खड्कुँलोचाहिँ तिनले दक्षिणपट्टि, अर्थात् मन्दिरको दक्षिण-पूर्व कुनामा राखे।"},{"id":11,"text":"तिनले भाँड़ा, बेल्चा र छर्कने बाटाहरू पनि बनाए।यसरी हुरामले परमेश्वरको मन्दिरमा सोलोमन राजाको निम्ति आफूले जिम्मा लिएको काम सिद्ध्याए:"},{"id":12,"text":"दुई स्तम्भहरू, स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिरा, स्तम्भमाथि स्तम्भ-शिराहरू सजाउने दुई बुट्टादार र जालीहरू,"},{"id":13,"text":"दुई जालीहरूका निम्ति चार सय दारिमहरू (दुई स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरालाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई लहर दारिमहरू),"},{"id":14,"text":"ठेला-गाड़ीहरू, तिनका बाटाहरूसमेत,"},{"id":15,"text":"एउटा विशाल खड्कुँलो र त्यसको मुन्तिर बाह्र वटा साँढ़ेहरू,"},{"id":16,"text":"भाँड़ाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्बन्धित सामानहरू।हुराम-अब्बीले परमेश्वरका मन्दिरको निम्ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्काइएका काँसाका थिए। "},{"id":17,"text":"राजाले ती यर्दन नदीको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए। "},{"id":18,"text":"यी सबै थोक सोलोमनले यति धेरै संख्यामा बनाएका थिए, कि त्यसमा लागेको काँसाका ओजनको हिसाबै थिएन।"},{"id":19,"text":"सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू पनि बनाए:\nसुनको वेदी, उपस्थितिको रोटी राखिने टेबिलहरू,"},{"id":20,"text":"कञ्चन सुनका सामदानहरू, जसका बत्तीहरू विधिपूर्वक भित्री पवित्रस्थानमा बालिन्थे,"},{"id":21,"text":"फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र असल सुनका चिम्टाहरू,"},{"id":22,"text":"कञ्चन सुनका सलेदाका चिम्टाहरू, बाटाहरू, कचौराहरू र धुपौराहरू, अनि मन्दिरका सुनका ढोकाहरू र महा-पवित्रस्थानमा पस्ने भित्रका ढोकाहरू र मुख्य खण्डका ढोकाहरू।"}]},{"id":5,"title":"२ इतिहास 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/5-be5a8a11ea03b83889d7287185c8300b.mp3?version_id=1483","verses":[{"id":1,"text":"सोलोमनले परमप्रभुका मन्दिरको निम्ति गरेका सबै कामहरू सिद्ध्याएपछि आफ्ना पिता दाऊदले पवित्र कामको लागि अलग राखेका चीजहरू, अर्थात् सुन, चाँदी, र सबै सरसामानहरू ल्याए र ती परमप्रभुको मन्दिरका भण्डारहरूमा राखे। "},{"id":2,"text":"त्यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू र कुल-कुलका सबै नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई परमप्रभुका करारको सन्दूक दाऊदको सहर, अर्थात् सियोनबाट ल्याउन यरूशलेममा भेला हुन भनी बोलाए। "},{"id":3,"text":"अनि इस्राएलका सबै मानिसहरू सातौँ महिनामा भएको चाड़को समयमा राजाको सामुन्ने भेला भए।"},{"id":4,"text":"इस्राएलका सबै धर्म-गुरुहरू आइसकेपछि, "},{"id":5,"text":"लेवीहरूले सन्दूक उठाए, अनि सन्दूक र भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सामानहरू उठाएरमाथि लगे। पूजाहारीले, जो लेवीहरू थिए, ती बोकेर माथि लगे। "},{"id":6,"text":"सोलोमन राजा र इस्राएलका सारा समुदाय, जो तिनको अगाड़ि भेला भएका थिए, तिनीहरू अनगन्ती भेड़ा र साँढ़ेहरू बलिदान चढ़ाउँदै सन्दूकको सामुन्ने थिए।"},{"id":7,"text":"त्यसपछि पूजाहारीहरूले परमप्रभुका करारको सन्दूक मन्दिरको भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटामुनि राखे। "},{"id":8,"text":"करूबहरूका पखेटा सन्दूक राखिएको ठाउँमाथि फैलिएका थिए, अनि तिनले सन्दूक र त्यसका डन्डाहरू ढाकेका थिए। "},{"id":9,"text":"डन्डाहरूचाहिँ यति लामा गरी निस्केका थिए, कि तिनका टुप्पाहरू भित्री पवित्रस्थानबाट देखिन सकिन्थे, तर पवित्रस्थानको बाहिरबाट देखिन सकिँदैनथे। ती आजको दिनसम्म त्यहीँ नै छन्। "},{"id":10,"text":"त्यस सन्दूकभित्र अरू केही थिएन, केवल दुई वटा पाटीहरू, जुन मोशाले होरेब पर्वतमा सन्दूकमा राखेका थिए, जहाँ इस्राएलीहरूले मिश्रदेश छोड्दा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको थियो। "},{"id":11,"text":"पूजाहारीहरू पवित्रस्थानबाट बाहिर निस्केर आए। त्यहाँ हाजिर भएका सबै पूजाहारीहरूले आ-आफ्नो दलअनुसार नगरीकनै आफैलाई पवित्र गरेका थिए। "},{"id":12,"text":"सबै लेवी गायकहरू, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र कुटुम्बहरूसमेत मलमलका कपड़ा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि उभिए। अनि तिनीहरूका साथमा एक सय बीस जना पूजाहारीहरू पनि थिए। तिनीहरूले चाहिँ तुरही बजाए। "},{"id":13,"text":"तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले। अनि तुरही, झ्याली र अरू बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई तिनीहरूले यसो भनेर गीतको आवाज निकाले: \n“उहाँ असल हुनुहुन्छ,\nकिनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।”तब परमप्रभुको मन्दिर बादलले भरियो, "},{"id":14,"text":"अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्वरको मन्दिर परमप्रभुको महिमाले भरिएको थियो। "}]},{"id":6,"title":"२ इतिहास 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/6-018091b8b886dd2529c618734e853d46.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब सोलोमनले भने, “बाक्लो अँध्यारोमा म वास गर्नेछु, भनी परमप्रभुले भन्नुभएको छ। "},{"id":2,"text":"यहाँ मैले तपाईंको निम्ति एउटा उच्च मन्दिर निर्माण गरेको छु— तपाईं सदासर्वदै वास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”"},{"id":3,"text":"इस्राएलका सारा समुदाय उभिरहँदा, राजा तिनीहरूतिर फर्के, र यसो भनेर तिनीहरूलाई आशीर्वाद दिए:"},{"id":4,"text":"“परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा पिता दाऊदसँग आफ्नै मुखले बोल्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, किनभने उहाँले यसो भन्नुभयो, "},{"id":5,"text":"‘मेरो प्रजालाई मिश्रदेशबाट निकालेर ल्याएको दिनदेखि यसो एउटा घरमा इस्राएलका सबै कुलहरूको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्नलाई एउटा मन्दिर बनाउन भनी मैले रोजेको छैनँ, र मेरो प्रजा इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनेको छैनँ। "},{"id":6,"text":"तर त्यहाँ मेरो नाउँ कायम राख्न अब यरूशलेमलाई नै मैले छानेको छु, र दाऊदलाई नै मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु’।"},{"id":7,"text":"“परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको हृदयमा थियो। "},{"id":8,"text":"तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, ‘मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ। "},{"id":9,"text":"तापनि तैंले त्यो मन्दिर निर्माण गर्नेछैनस्, तर तँबाट जन्मने तेरो छोराले नै मेरो नाउँको निम्ति त्यो निर्माण गर्नेछ’।"},{"id":10,"text":"“परमप्रभुले अब त्यो प्रतिज्ञा पूरा गर्नुभएको छ। परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम म मेरा पिता दाऊदको सट्टामा राजा भएको छु, र इस्राएलको सिंहासनमा म विराजमान भएको छु। अनि परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति मैले यो मन्दिर निर्माण गरेको छु। "},{"id":11,"text":"उहाँले इस्राएलसित गर्नुभएको परमप्रभुको करारका सन्दूक मैले त्यहाँ स्थापना गरेको छु।”"},{"id":12,"text":"तब परमप्रभुका वेदीको सामुन्ने इस्राएलका जम्मै समुदायको उपस्थितिमा खड़ा भएर सोलोमनले आफ्ना हात फैलाए। "},{"id":13,"text":"तिनले पाँच हात लामो, पाँच हात चौड़ा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएर चोकको बीचमा राखेका थिए। तिनी त्यसमाथि उक्लेर इस्राएलका सारा समुदायको उपस्थितिमा घुँड़ा टेके, र आफ्ना हात स्वर्गतिर उठाएर "},{"id":14,"text":"तिनले भने:“हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना तनमनले तपाईंको मार्गमा लागिरहने आफ्ना दासहरूसँग आफ्नो प्रेमको करार बाँध्नुहुने तपाईंजस्तै अरू कुनै ईश्वर स्वर्ग र पृथ्वीमा छैन। "},{"id":15,"text":"तपाईंले आफ्ना दास मेरा पिता दाऊदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। आफ्नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्नै हातले त्यो पूरा गर्नुभएको हो, जस्तो आज हुन आएको छ।"},{"id":16,"text":"“यसैकारण अब हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना दास मेरा पिता दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्नुभयो, ‘यदि तँ हिँड़ेझैँ तेरा छोराहरूले आफ्ना चालहरूमा होशियारीसित मेरो सामुन्ने हिँड़ेर मेरो व्यवस्था पालन गरे भने, इस्राएलको सिंहासनमा बस्नलाई कहिले पनि मानिसको अभाव हुनेछैन।’ "},{"id":17,"text":"अनि अब हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास दाऊदसित गर्नुभएको वचन पूरा होस्।"},{"id":18,"text":"“तर के परमेश्वर साँच्चै नै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? स्वर्गहरू, स्वर्गभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्न भने, मैले निर्माण गरेको यो मन्दिरमा त झन् कसरी अटाउनुहुन्छ? "},{"id":19,"text":"तापनि हे परमप्रभु मेरा परमेश्वर, आफ्नो दासको प्रार्थना र दयाको निम्ति उसको पुकारमा ध्यान दिनुहोस्। आफ्नो दासले तपाईंको उपस्थितिमा गरेको पुकारा र प्रार्थना सुन्नुहोस्। "},{"id":20,"text":"तपाईंको नजर यस मन्दिरमा रातदिन रहिरहोस्, यस ठाउँमा जसको विषयमा तपाईंले यसो भन्नुभएको थियो, ‘यसमा मेरो नाउँ रहिरहनेछ’। यसैले तपाईंको दासले यस ठाउँतिर गरेको प्रार्थना तपाईंले सुन्नुहोस्। "},{"id":21,"text":"तपाईंको दास र तपाईंको प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्नुहोस्। आफ्नो वासस्थान स्वर्गबाट सुन्नुहोस्, र जब तपाईंले सुन्नुहुन्छ, तब क्षमा गर्नुहोस्।"},{"id":22,"text":"“यदि कुनै मानिसले आफ्नो छिमेकीको खराबी गरेर शपथ खान लाइयो भने, र त्यो शपथ यस मन्दिरभित्र तपाईंका वेदीको सामुन्ने खायो भने, "},{"id":23,"text":"तपाईंले स्वर्गबाट सुनेर कार्य गर्नुहोस्। आफ्ना दासहरूका बीचमा न्याय गर्नुहोस्। दोषी मानिसलाई दोषी ठहराउनुहोस्, र त्यसका कामहरूको प्रतिफल त्यसलाई दिनुहोस्। निर्दोषीलाई निर्दोष ठहराउनुहोस्, र यसरी त्यसको निर्दोषतालाई स्थिर गराउनुहोस्।"},{"id":24,"text":"“जब तपाईंका प्रजा इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारण तिनीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछन्, अनि तिनीहरूले तपाईंको नाउँ लिँदै यस मन्दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्छन्, "},{"id":25,"text":"तब तपाईंले स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्, र तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काइ ल्याउनुहोस्।"},{"id":26,"text":"“जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्वीकार गरी आफ्ना पाप त्यागी यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्, "},{"id":27,"text":"तब स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्। तिनीहरू हिँड्नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्ना प्रजालाई तिनीहरूको उत्तराधिकारको निम्ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्।"},{"id":28,"text":"“जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्छ, कि सलह र फटेङ्ग्राहरू आउँछन्, अथवा तिनीहरूका कुनै सहरमा शत्रुले घेरा हाल्छ— जुन आपत् वा रोग आए पनि— "},{"id":29,"text":"अनि जब आफ्नै दु:ख वा कष्ट सम्झेर यस मन्दिरतिर आफ्ना हात उचालेर तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढ़ाउँछन्, तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस् र क्षमा गर्नुहोस्। "},{"id":30,"text":"तपाईंले हरेक मानिसको हृदयलाई जान्नुहुन्छ। यसकारण तपाईंले त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्। (किनभने तपाईंले मात्र मानिसको हृदयलाई जान्नुहुन्छ), "},{"id":31,"text":"ताकि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूको सारा समयभरि नै तिनीहरूले तपाईंको डर मानून् र तपाईंका मार्गमा हिँडून्।"},{"id":32,"text":"“तपाईंका प्रजा इस्राएलको नहुने कुनै विदेशीले तपाईंको महान् नाउँ र तपाईंको बाहुबलका शक्तिको विषयमा सुनेर टाढ़ाबाट आई यस मन्दिरतिर फर्केर त्यसले प्रार्थना गर्यो भने, "},{"id":33,"text":"आफ्नो वासस्थान स्वर्गबाट सुनेर त्यस विदेशीले मागेको कुरा दिनुहोस्, ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून्, र तपाईंको भय मानून्, र मैले बनाएको यस भवनमा तपाईंकै नाउँ राखिएको छ भनी जानून्।"},{"id":34,"text":"“तपाईंले जहाँ पठाउनुहुन्छ, त्यहाँ तपाईंका प्रजा आफ्ना कुनै शत्रुहरूसँग लड़ाइँ गर्न जाँदा तपाईंले चुन्नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्ति बनाएको यस मन्दिरतिर फर्केर जब तिनीहरूले प्रार्थना गर्छन्, "},{"id":35,"text":"तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती स्वर्गबाट सुन्नुहोस्, र तिनीहरूको न्याय गरिदिनुहोस्।"},{"id":36,"text":"“जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्— किनकि पाप नगर्ने मानिस कोही पनि छैन— अनि तपाईंले आफ्नो क्रोधमा तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्पनुहुन्छ र त्यसले तिनीहरूलाई टाढ़ा वा नजिकको कुनै देशमा कैद गरेर लान्छ, "},{"id":37,"text":"अनि यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दु:ख पाएकाले गर्दा मन बद्लेर पश्चात्ताप गरी ‘हामीले पाप गर्यौं, र हठी भएर हामीले दुष्ट काम गर्यौं’ भनी त्यो देशमा तपाईंलाई यस्तो अर्ज-बिन्ती चढ़ाए भने, "},{"id":38,"text":"र यदि तिनीहरूलाई कैद गरेर लगिएको देशमा तिनीहरू फेरि आफ्ना सारा हृदय र प्राणले तपाईंतिर फर्केर तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देश र तपाईंले चुन्नुभएको यो सहर र तपाईंका नाउँको निम्ति मैले बनाएको यस मन्दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गरे भने, "},{"id":39,"text":"तब आफ्नो वासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती सुन्नुहोस्, र तिनीहरूको न्याय गरिदिनुहोस्। अनि तपाईंको विरुद्धमा पाप गरेका तपाईंका प्रजालाई क्षमा गरिदिनुहोस्।"},{"id":40,"text":"“अब हे मेरा परमेश्वर, आफ्ना आँखा खोल्नुहोस्, र यस ठाउँमा चढ़ाएका प्रार्थनाहरू सुनिदिनुहोस्।"},{"id":41,"text":"“हे परमप्रभु परमेश्वर, अब उठ्नुहोस्,\nआफ्नो विश्रामको ठाउँमा आउनुहोस्, \nतपाईं र तपाईंका शक्तिको सन्दूक।\nहे परमप्रभु परमेश्वर,\nतपाईंका पूजाहारीहरू उद्धारको वस्त्रले पहिराइऊन्,\nर तपाईंका पवित्र जनहरूले तपाईंको भलाइमा आनन्द गरून्।"},{"id":42,"text":"हे परमप्रभु परमेश्वर,\nतपाईंले अभिषिक्त जनलाई इन्कार नगर्नुहोस्।\nआफ्ना दास दाऊदलाई प्रतिज्ञा गरिएको\nअचूक प्रेम तपाईंले सम्झनुहोस्।”"}]},{"id":7,"title":"२ इतिहास 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/7-1049b9cbce81c65b3e57e0f9bc2195a7.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब सोलोमनले यो प्रार्थना गरिसके तब स्वर्गबाट आगो झर्यो, र आगोले होमबलि र बलिदानहरू भस्म गर्यो, अनि परमप्रभुको महिमाले मन्दिर भरियो। "},{"id":2,"text":"परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएकोले गर्दा पूजाहारीहरू त्यसभित्र पस्न सकेनन्। "},{"id":3,"text":"आगो झरिरहेको र परमप्रभुको महिमा मन्दिरमा बसिरहेको जब सबै इस्राएलीहरूले देखे, तब ढुङ्गाको पेटीमा तिनीहरू भूइँसम्मै घोप्टो परेर दण्डवत् गर्दै यसो भनेर परमप्रभुलाई धन्यवाद दिए, \n“परमप्रभु भला हुनुहुन्छ,\nकिनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।”"},{"id":4,"text":"तब राजा र सबै मानिसहरूले परमप्रभुको सामुन्ने बलिदान चढ़ाए। "},{"id":5,"text":"राजा सोलोमनले बाईस हजार साँढ़े र एक लाख बीस हजार भेड़ाबाख्रा बलि चढ़ाए। राजा र सबै मानिसहरूले यसरी परमेश्वरको मन्दिरलाई समर्पण गरे। "},{"id":6,"text":"पूजाहारीहरू र लेवीहरू पनि आफ्नो तोकिएको स्थानमा खड़ा भए, र दाऊद राजाले परमप्रभुलाई स्तुति गर्न र धन्यवाद दिनका निम्ति बनाएका बाजाहरू लिएर यसरी उनले परमप्रभुको प्रशंसा गरे, “उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” लेवीहरूका सामुन्ने पूजाहारीहरूले आ-आफ्नो तुरही बजाए। त्यस बेला सबै इस्राएलीहरू त्यहाँ खड़ा भइरहेका थिए।"},{"id":7,"text":"त्यसपछि सोलोमनले परमप्रभुका मन्दिरको सामुन्नेको चोकको मध्य भागलाई पवित्र गरे। त्यहाँ तिनले होमबलिहरू र मेलबलिहरूको बोसोको भाग चढ़ाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोका भागहरू अटाएनन्।"},{"id":8,"text":"यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रको खोलासम्मको एक ठूलो समुदायले त्यस बेला सात दिनसम्म चाड़ मान्दैरहे। "},{"id":9,"text":"आठौँ दिनमा तिनीहरूले सभा राखे, किनभने तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्म र चाड़चाहिँ अझ सात दिनसम्म मानेका थिए। "},{"id":10,"text":"सातौँ महिनाको तेईसौँ दिनमा सोलोमनले मानिसहरूलाई आ-आफ्नो घरमा जान बिदा गरे, र परमप्रभुले दाऊद र सोलोमन अनि आफ्नो प्रजा इस्राएललाई दिनुभएका सबै सुदिनको कारण तिनीहरू मनमा खुशी र आनन्द मनाउँदै गए।"},{"id":11,"text":"जब सोलोमनले परमप्रभुको मन्दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्दिर र आफ्नो राजमहलको निम्ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए, "},{"id":12,"text":"तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो:\n“मैले तेरो प्रार्थना सुनें,\nर यो स्थान मेरो निम्ति बलिदानको ठाउँ चुनें।"},{"id":13,"text":"“जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन, अथवा देशलाई नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु, "},{"id":14,"text":"यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु। "},{"id":15,"text":"अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्। "},{"id":16,"text":"मेरो नाउँ सदासर्वदाको निम्ति त्यहाँ रहन मैले यस मन्दिरलाई चुनेको छु, र त्यसलाई पवित्र पारेको छु। मेरो दृष्टि र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।"},{"id":17,"text":"“यदि तँचाहिँ मैले तँलाई दिएका सबै आज्ञाहरू पालन गर्दै र मेरा विधिविधानहरू मान्दै तेरा पिता दाऊद मेरो दृष्टिमा हिँड़ेझैँ हिँड़िस् भने, "},{"id":18,"text":"म तेरो राजकीय सिंहासन स्थिर गर्नेछु, जसरी मैले तेरा पिता दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्य गर्न तँलाई एउटै मानिसको पनि अभाव हुनेछैन’। "},{"id":19,"text":"“तर यदि मैले तिमीहरूलाई दिएका मेरा विधिहरू र आज्ञाहरू मानेनौ र ती त्याग्यौ र गएर अरू देवताहरूको सेवा गर्यौ र तिनीहरूलाई पुज्यौ भने, तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म इस्राएललाई जरैसमेत उखेलिदिनेछु, "},{"id":20,"text":"अनि मैले मेरो नाउँको लागि पवित्र गरेको यस मन्दिरलाई म त्याग्नेछु। सबै जातिहरूका बीचमा त्यसलाई एउटा निन्दा र गिल्लाको पात्र बनाउनेछु। "},{"id":21,"text":"यसरी यो मन्दिर ज्यादै प्रभावशाली छ, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक् भएर यसो भनेर सोध्नेछ, ‘परमप्रभुले किन यस देश र यस मन्दिरसित यस्तो काम गर्नुभयो?’ "},{"id":22,"text":"मानिसहरूले यस्तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवताहरूलाई मानेर तिनको सेवा गर्दै र यिनीहरूलाई पुज्दै आलिङ्गन गरेका छन्। यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो’।”"}]},{"id":8,"title":"२ इतिहास 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/8-7ff748e178c1052cb9073a613db42288.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुको मन्दिर र आफ्नो राजमहल निर्माण गर्न सोलोमनलाई बीस वर्ष लाग्यो। "},{"id":2,"text":"हीरामले तिनलाई दिएका सहरहरू सोलोमनले पुनर्निर्माण गरेर तिनमा इस्राएलीहरूलाई बसाले। "},{"id":3,"text":"तब सोलोमन हमात-सोबामा गएर त्यो कब्जा गरे। "},{"id":4,"text":"अनि उजाड़-स्थानको तदमोर र हमातमा तिनले बनाएका भण्डार राख्ने सबै सहरहरूलाई पुनर्निर्माण गरे। "},{"id":5,"text":"तिनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पर्खालले घेरे, र आग्ला लाएका मूल ढोकाहरू बनाएर सुरक्षित सहरहरू निर्माण गरे। "},{"id":6,"text":"तिनले बालात र तिनका भण्डार राख्ने सबै सहरहरू, र आफ्ना रथहरू र घोड़ाहरू राख्ने सबै नगरहरू बनाए। यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्यभरि आफैले इच्छा गरेका परियोजनाअनुसार तिनले सहरहरू बनाए।"},{"id":7,"text":"हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू (यी मानिसहरू इस्राएलका थिएनन्), "},{"id":8,"text":"अर्थात् देशमा भएका उनीहरूका सन्तान-दरसन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्— उनीहरूलाई सोलोमनले बेगारी काममा लाए, र उनीहरू आजको दिनसम्मै त्यस्तै छन्। "},{"id":9,"text":"तर सोलोमनले कुनै पनि इस्राएलीलाई आफ्नो सरकारी कामको निम्ति बेगारी काममा लगाएनन्। तिनीहरूचाहिँ तिनका कप्तानहरू र रथ र सारथिहरूका सेनापतिहरू भए। "},{"id":10,"text":"अनि तिनीहरू मानिसहरूको हेरविचार गर्ने सोलोमन राजाका मुख्य अधिकारीहरू भए— दुई सय पचास जना।"},{"id":11,"text":"सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्ति बनाएको महलमा ल्याए। तिनले भने, “इस्राएलका राजा दाऊदको महलमा मेरी पत्नी बस्नेछैन, किनभने परमप्रभुको सन्दूक भित्र्याइएका ठाउँहरू पवित्र छन्।”"},{"id":12,"text":"सोलोमनले दलानको अगाड़िपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने गरे। "},{"id":13,"text":"मोशाको आज्ञाबमोजिम शबाथ, औंसी र वर्षेनी तीन पल्ट चढ़ाउने चाड़हरू, अर्थात् अखमिरी रोटीको चाड़, साताहरूको चाड़ र छाप्रो-वासको चाड़ हरेक दिन चढ़ाउनुपर्नेअनुसार तिनले चढ़ाउने गरे। "},{"id":14,"text":"आफ्ना पिता दाऊदको विधिअनुसार चलेर प्रतिदिन चाहिँदो कामबमोजिम पूजाहारीका दलहरूलाई आफ्नो सेवा गर्न र लेवीहरूलाई चाहिँ स्तुतिगानको अगुवाइ गर्न र पूजाहारीहरूको काममा सहायता दिन तिनले नियुक्त गरे। द्वारपालहरूलाई आफ्ना दल-दलअनुसार प्रत्येक मूल ढोकामा रहन तिनले नियुक्त गरे, किनभने परमेश्वरका जन दाऊदले दिएको आज्ञा यस्तै थियो। "},{"id":15,"text":"पूजाहारीहरू र लेवीहरूलाई अनि राजकोषसम्बन्धी विषयमा दाऊदले दिएका आज्ञा तिनीहरूले भुलेनन्।"},{"id":16,"text":"परमप्रभुका मन्दिरको जगदेखि लिएर त्यो नसिद्ध्याउञ्जेलसम्म सोलोमनका सबै काम भइरहेका थिए। यसरी परमप्रभुको मन्दिर निर्माण गरिएको थियो।"},{"id":17,"text":"त्यसपछि सोलोमन एदोमको किनारमा भएको एस्योन-गेबेर र एलातमा गए। "},{"id":18,"text":"अनि हीरामले आफ्ना अधिकृतहरूको अधीनमा रहेका जहाजहरू र अनुभवी नाविकहरूलाई पठाइदिए। अनि यिनीहरू सोलोमनका सेवकहरूका साथमा ओपीरमा गएर सोह्र टन सुन ल्याएर सोलोमन राजालाई दिए।"}]},{"id":9,"title":"२ इतिहास 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/9-b13d791a746a0ab9a1f75a8f9f99b0d1.mp3?version_id=1483","verses":[{"id":1,"text":"शेबाकी रानीले सोलोमनको कीर्ति सुनिन्, र गाह्रो-गाह्रो प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्। तिनी एक अत्यन्तै ठूलो लावालश्करसाथ मसला, प्रशस्त सुन र बहुमूल्य रत्नहरू ऊँटहरूमा लदाएर आइन्। तिनी सोलोमनकहाँ आएपछि आफ्नो मनमा भएका सबै कुरा तिनले सोलोमनलाई बताइन्। "},{"id":2,"text":"सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। कुनै प्रश्नको उत्तर दिन तिनको निम्ति गाह्रो थिएन। "},{"id":3,"text":"जब शेबाकी रानीले सोलोमनको बुद्धि, तिनले बनाएको राजमहल, "},{"id":4,"text":"तिनको टेबिलको भोजन, वरिपरि बस्ने तिनका अधिकारीहरू, उर्दीपोशाक लाएर तिनका सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनका मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाएका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्।"},{"id":5,"text":"तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र तपाईंको बुद्धिको विषयमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ। "},{"id":6,"text":"तर आएर आफ्नै आँखाले नदेखुञ्जेल तिनीहरूले भनेका कुरा मैले पत्याएकी थिइनँ। साँच्चै, तपाईंको बुद्धिका महानताको आधा पनि मलाई बताइएको रहेनछ। तपाईंको विषयमा मैले सुनेका कुराभन्दा त तपाईं ज्यादै बढ़ी हुनुहुँदोरहेछ। "},{"id":7,"text":"तपाईंका मानिसहरू कति सुखी होलान्! तपाईंको सामुन्ने प्रतिदिन तपाईंको सेवामा हाजिर हुने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी! "},{"id":8,"text":"तपाईंसित प्रसन्न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। तपाईंका परमेश्वरले आफ्नो प्रेमको कारणले र सदासर्वदै रहन इस्राएललाई स्थिर गराउने इच्छा भएकोले तपाईंले न्याय र धार्मिकता कायम राख्न उहाँले तपाईंलाई इस्राएलका राजा तुल्याउनुभएको छ।”"},{"id":9,"text":"त्यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन्। सोलोमन राजालाई शेबाकी रानीले दिएको बराबर कुनै मसलाहरू कहिल्यै भएका थिएनन्।"},{"id":10,"text":"यी सबैबाहेक हीराम र सोलोमनका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनको काठ र बहुमूल्य रत्नहरू पनि ल्याए। "},{"id":11,"text":"राजाले यी काठहरूबाट परमप्रभुको मन्दिर र राजमहलका सिँढ़ी अनि गवैयाहरूका निम्ति वीणा र सारङ्गीहरू पनि बनाए। त्यस्ता थोक यहूदा देशमा अघि कहिल्यै देखिएका थिएनन्।"},{"id":12,"text":"शेबाकी रानीले ल्याएर दिएका सौगातहरूभन्दा बढ्ता गरेर रानीले इच्छा गरेर मागेका सबै कुरा सोलोमन राजाले तिनलाई दिए। तब तिनी बिदा भएर लावालश्करसाथ आफ्नो देशमा फर्किन्।"},{"id":13,"text":"सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो। "},{"id":14,"text":"त्यसबाहेक मालहरू निकासी गर्ने व्यापारी र पैकारीहरूका महसूलबाट पनि राजस्व आउँथ्यो। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याउँथे।"},{"id":15,"text":"पिटेका सुनका दुई सय ठूला-ठूला ढालहरू सोलोमन राजाले बनाए। प्रत्येक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो। "},{"id":16,"text":"पिटेको सुनका तीन सय साना-साना ढालहरू पनि तिनले बनाए। प्रत्येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे।"},{"id":17,"text":"तब राजाले हस्ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाएर त्यसलाई निखुर सुनले मोहोरे। "},{"id":18,"text":"सिंहासनमा उक्लने छ वटा खुट्किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोड़िएको थियो। आसनका दुवैतिर हात अड़्याउने बाहु थिए। प्रत्येकको छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो। "},{"id":19,"text":"छ वटै खुट्किलाका दुवैपट्टि एक-एक वटा गरी जम्मा बाह्र वटा सिंह थिए। कुनै पनि राज्यको निम्ति यस्तो किसिमको सिंहासन कहिल्यै बनाइएको थिएन। "},{"id":20,"text":"सोलोमनका पिउने सबै कचौराहरू निखुर सुनका थिए। अनि लेबनानको वन भनिने राजमहलमा भएका सबै सामानहरू निखुर सुनका थिए। चाँदीको केही बनाइएको थिएन, किनभने सोलोमनको समयमा चाँदीको मूल्य थोरै थियो। "},{"id":21,"text":"हीरामका नाविकहरूसँग तर्शीशमा जाने राजाका जहाजको एक बेड़ा थियो। तीन-तीन वर्षमा एक पल्ट यो व्यापारी-बेड़ाले सुन, चाँदी, हस्ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथ्यो।"},{"id":22,"text":"सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूभन्दा श्रेष्ठ थिए। "},{"id":23,"text":"अनि परमेश्वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्न पृथ्वीका सबै राजाहरूले तिनको दर्शन खोज्थे। "},{"id":24,"text":"आउने हरेकले आफ्नो सौगात— चाँदी र सुनका भाँड़ाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोड़ा र खच्चरहरू वर्षैपिच्छे ल्याउँथे।"},{"id":25,"text":"आफ्ना घोड़ा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए, अनि तिनका बाह्र हजार घोड़ाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिँ आफूसित यरूशलेममा राखे। "},{"id":26,"text":"तिनले यूफ्रेटिस नदीदेखि लिएर पलिश्तीहरूको देश र मिश्रदेशको सिमानासम्मै राज्य गर्थे। "},{"id":27,"text":"तिनले यरूशलेममा चाँदी ढुङ्गैसरह र देवदारुको काठचाहिँ पहाड़का जङ्गली अञ्जीरका बोटहरूसरह धेरै तुल्याए। "},{"id":28,"text":"सोलोमनका घोड़ाहरूचाहिँ मिश्रदेश र अरू सबै देशहरूबाट पैठारी गरिएका हुन्थे। "},{"id":29,"text":"सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्तकमा वर्णन गरिएका छैनन् र? "},{"id":30,"text":"सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे। "},{"id":31,"text":"त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते, र आफ्ना पिता दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।"}]},{"id":10,"title":"२ इतिहास 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/10-e0317e5fa4de93795f374f21084af079.mp3?version_id=1483","verses":[{"id":1,"text":"रहबाम शेकेममा गए, किनभने सारा इस्राएल तिनलाई राजा तुल्याउन त्यहाँ गएका थिए। "},{"id":2,"text":"जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के। "},{"id":3,"text":"यसकारण मानिसहरूले यारोबामलाई बोलाइपठाए, र तिनी र जम्मै इस्राएल रहबामकहाँ गएर भने, "},{"id":4,"text":"“तपाईंका पिताले हामीलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर उहाँले हामीमाथि लाउनुभएको यो कठोर परिश्रम र गह्रौँ जुवा तपाईंले हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।”"},{"id":5,"text":"रहबामले भने, “मलाई तीन दिनको समय देओ र फेरि आओ।” यसैले ती मानिसहरू गइहाले।"},{"id":6,"text":"तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित यसो भनेर सल्लाह मागे, “यी मानिसहरूलाई मैले कस्तो जवाफ दिने तपाईंहरू के सल्लाह दिनुहुन्छ?”"},{"id":7,"text":"तिनीहरूले जवाफ दिए, “यदि तपाईंले यी मानिसहरूलाई अहिले राम्रो व्यवहार देखाउनुभयो, र तिनीहरूसित दयाको वचन बोलेर तिनीहरूलाई सन्तुष्ट बनाउनुभयो भने, पछि सधैँको निम्ति तिनीहरू तपाईंका सेवकहरू हुनेछन्।”"},{"id":8,"text":"तर ती धर्म-गुरुहरूले दिएको सल्लाह तिनले इन्कार गरे, र तिनले आफूसित बढ़ेका र तिनले सेवा गर्ने जवान मानिसहरूको सल्लाह लिएर तिनीहरूलाई सोधे, "},{"id":9,"text":"“मेरा पिताले तिनीहरूमाथि बोकाएको जुवा हलुङ्गो गरिदिन यी मानिसहरूले बिन्ती गरेकामा जवाफ दिन तिमीहरू मलाई के सल्लाह दिन्छौ?”"},{"id":10,"text":"तिनीसँग बढ़ेका ती जवान मानिसहरूले जवाफ दिए, “हजूरका पिताले हामीहरूलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, त्यो हलुङ्गो गरिदिनुहोस् भनी हजूरलाई भन्ने यी मानिसहरूलाई यो जवाफ दिनुहोस्। तिनीहरूलाई भन्नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा मोटो छ।’ "},{"id":11,"text":"मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर म त्यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्न लगाउनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लाउनेछु’।”"},{"id":12,"text":"यारोबाम र ती सबै मानिसहरू राजाले हुकुम गरेझैँ तेस्रो दिन रहबामकहाँ फर्केर आए। "},{"id":13,"text":"अनि राजाले तिनीहरूलाई कड़ा जवाफ दिए। ती धर्म-गुरुहरूले तिनलाई दिएको सल्लाह तिनले इन्कार गरे। ती जवान मानिसहरूले दिएको सल्लाहअनुसार तिनले ती मानिसहरूलाई भने, "},{"id":14,"text":"“मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ बनाइदिनुभएको थियो, तर म त्यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लाउनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लाउनेछु।” "},{"id":15,"text":"यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनभने शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्नुभएको वचन पूरा हुन उहाँले यस्तो परिस्थिति ल्याउनुभएको थियो।"},{"id":16,"text":"जब राजाले तिनीहरूको कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए, \n“दाऊदमा हाम्रो के हिस्सा छ र?\nयिशैका छोरामा हाम्रो के भाग छ?\nहे इस्राएल हो, आ-आफ्नो पालमा जाओ,\nहे दाऊद, तिम्रो आफ्नै घर सँभाल।”"},{"id":17,"text":"यसैकारण सबै इस्राएलीहरू आ-आफ्ना घर लागे, तर रहबामले चाहिँ यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूमाथि अझै शासन गरे।"},{"id":18,"text":"तब राजा रहबामले बेगार काममा लाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई तिनीहरूकहाँ पठाए। तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए। "},{"id":19,"text":"अनि त्यस दिनदेखि आजसम्मै इस्राएल दाऊदका घरानाको विरुद्धमा बागी भएको छ।"}]},{"id":11,"title":"२ इतिहास 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/11-a2566d43aa020629263f741d694bf568.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले आफ्नो निम्ति राज्य फिर्ता लिन इस्राएलको विरुद्धमा लड़ाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे। "},{"id":2,"text":"तर परमप्रभुको यो वचन परमेश्वरका जन शमायाहकहाँ आयो: "},{"id":3,"text":"“सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई भन्, "},{"id":4,"text":"‘परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना दाजुभाइहरूको विरुद्धमा युद्ध गर्न उक्लेर नजाओ। तिमीहरू हरेक आ-आफ्नो घरमा फर्केर जाओ, किनभने यो काम मैले गरेको हो’।” यसैकारण तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आफ्नो धावा त्यागिदिए।"},{"id":5,"text":"रहबाम यरूशलेममा वास गरे, र तिनले यहूदाका कुनै-कुनै सहरका गढ़ीहरू सुरक्षित बनाए। "},{"id":6,"text":"तिनले सुरक्षित बनाएका यहूदा र बेन्यामीनमा भएका सहरहरू यी नै थिए: "},{"id":7,"text":"बेथलेहेम, एताम, तको, "},{"id":8,"text":"बेथ-सर, सोखो, अदुल्लाम, गात, मारेशा, जीप, "},{"id":9,"text":"अदोरेम, लाकीश, आजेका, "},{"id":10,"text":"सोरा, अय्यालोन र हेब्रोन। "},{"id":11,"text":"तिनले ती सहरका गढ़ीहरू सुदृढ़ पारे, र तिनमा राज्यपालहरूलाई नियुक्त गरे, अनि खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्चय गरिदिए। "},{"id":12,"text":"तिनले प्रत्येक सहरमा ढाल र भालाहरू जम्मा गरेर राखे, र तिनका गढ़ीहरू सुदृढ़ पारे। यसरी तिनले यहूदा र बेन्यामीनमाथि आफ्नो अधिकार कायम राखे।"},{"id":13,"text":"जम्मै इस्राएलका चारैतिरबाट पूजाहारीहरू र लेवीहरू आ-आफ्ना इलाकाहरूबाट रहबामकहाँ आए। "},{"id":14,"text":"लेवीहरू आफ्ना सबै खर्क र पैतृक-जग्गाजमिनहरू छोड़ेर यहूदा र यरूशलेममा बस्न आए, किनकि यारोबाम र तिनका सन्तानहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारीगिरीबाट वञ्चित गरेका थिए। "},{"id":15,"text":"डाँड़ाका अल्गा थानहरू र तिनले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्नै पूजाहारीहरू नियुक्त गरे। "},{"id":16,"text":"परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्न अठोट गर्ने इस्राएलका सबै कुलबाट आएकाहरूचाहिँ परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई बलिदान चढ़ाउन यरूशलेममा जाने लेवीहरूका पछि लागे। "},{"id":17,"text":"तिनीहरूले यहूदाको राज्य स्थिर गरेर तीन वर्षसम्म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार हिँड़े।"},{"id":18,"text":"रहबामले महलतलाई विवाह गरे। तिनका पिता दाऊदका छोरा यरीमोत र आमाचाहिँ यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन्। "},{"id":19,"text":"तिनीबाट रहबामका यी छोराहरू भए: येऊश, शमरयाह र साहम। "},{"id":20,"text":"त्यसपछि तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे। तिनीबाट तिनका यी सन्तान भए: अबिया, अत्तै, जीजा र शलोमीत। "},{"id":21,"text":"आफ्ना सबै पत्नी र उपपत्नीहरूमध्ये रहबामले माकालाई ज्यादै प्रेम गर्थे। तिनका जम्मा अठाह्र पत्नी र साठी उपपत्नीहरू थिए। तिनी अट्ठाईस जना छोरा र साठी छोरीहरूका पिता भए।"},{"id":22,"text":"रहबामले माकाका छोरा अबियालाई युवराज बनाएर आफूपछि सिंहासनमा बसाल्न योजना बनाई उनलाई आफ्ना सबै दाजुभाइहरूमध्ये सबैभन्दा मुख्य नियुक्त गरे। "},{"id":23,"text":"यहूदा र बेन्यामीनका जम्मै इलाकाहरू र सबै सुरक्षित सहरहरूको जिम्मा आफ्ना कोही छोराहरूलाई दिएर तिनले आफ्नो बुद्धिमानी देखाए। तिनले तिनीहरूका निम्ति प्रशस्त खानेकुरा सञ्चय गरे, र तिनीहरूका निम्ति पत्नी पनि लिए।"}]},{"id":12,"title":"२ इतिहास 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/12-988fecce9ff9dcb03f63f77e0550be95.mp3?version_id=1483","verses":[{"id":1,"text":"रहबामको राज्य स्थिर भएर तिनी शक्तिशाली भएपछि तिनले परमप्रभुको व्यवस्था त्यागे— तिनी र तिनीसँग जम्मै इस्राएलले"},{"id":2,"text":"रहबामको शासनकालको पाँचौँ वर्षमा परमप्रभुको विरुद्धमा तिनीहरू विश्वासघाती भएकाले गर्दा "},{"id":3,"text":"मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्य लिबियाली, सुक्किया र कूशीहरू पछि लागेका थिए। "},{"id":4,"text":"यहूदाका सुरक्षित सहरहरू जित्दै तिनी यरूशलेममा आइपुगे।"},{"id":5,"text":"तब रहबामलाई र शीशकको आक्रमणदेखि बाँच्नलाई यरूशलेममा भेला भएका यहूदाका कुलनायकहरूलाई शमायाह अगमवक्ताले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘तिमीहरूले मलाई त्यागेका छौ, यसैकारण अब म तिमीहरूलाई शीशकको हातमा सुम्पिदिनेछु।”"},{"id":6,"text":"तब इस्राएलका कुलनायकहरू र राजाले विनम्र भएर भने, “परमप्रभु न्यायी हुनुहुन्छ।”"},{"id":7,"text":"परमप्रभुले तिनीहरूलाई विनम्र भएका देखेर उहाँबाट शमायाहकहाँ यो वचन आयो: “तिनीहरूले आफैलाई विनम्र तुल्याएका हुनाले म तिनीहरूलाई विनाश गर्नेछैनँ, तर म तिनीहरूलाई उम्कन दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममा म खन्याउनेछैनँ। "},{"id":8,"text":"तापनि तिनीहरू त्यसका दास हुनेछन्। तब तिनीहरूले मेरो सेवा गर्न र अरू देशका शासकहरूको सेवा गर्नमा के भिन्नता रहेछ सो थाहा पाउनेछन्।”"},{"id":9,"text":"मिश्रदेशका राजा शीशकले यरूशलेममाथि चढ़ाइ गरेपछि तिनले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सबै थोकहरू लुटे, अनि सोलोमनले बनाएका सुनका सबै ढालहरू पनि तिनले जफत गरे। "},{"id":10,"text":"यसकारण रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको प्रवेशद्वार रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूको जिम्मामा राखे। "},{"id":11,"text":"जहिले पनि राजा परमप्रभुको मन्दिरमा गए, तहिले रक्षकहरू ती ढालहरू बोकेर तिनीसँग जान्थे। त्यसपछि तिनीहरूले रक्षक बस्ने कोठामा फेरि ती राख्थे।"},{"id":12,"text":"रहबामले आफूलाई विनम्र तुल्याएकाले गर्दा परमप्रभुको क्रोध तिनीबाट हट्यो, र तिनी पूरै नष्ट भएनन्। अनि यहूदाको उन्नति पनि भइरह्यो।"},{"id":13,"text":"यरूशलेममा राजा रहबामको शक्ति बढ्दैगयो। तिनी सिंहासन आरोहण गर्दा एकचालीस वर्षका थिए, अनि परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्नो नाउँ राख्नका निम्ति चुन्नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अम्मोनी नामा थियो। "},{"id":14,"text":"तिनले जे खराब थियो त्यही गरे, किनभने तिनले परमप्रभुको अगुवाइ खोज्न कोशिश गरेनन्।"},{"id":15,"text":"रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म वंशावलीअनुसार शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्तकहरूमा लेखिएका छैनन् र? रहबाम र यारोबामका बीचमा निरन्तर लड़ाइँ भइरह्यो। "},{"id":16,"text":"रहबाम आफ्ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अबिया राजा भए।"}]},{"id":13,"title":"२ इतिहास 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/13-b266149792bb40349b7460a4e6e0825b.mp3?version_id=1483","verses":[{"id":1,"text":"राजा यारोबामको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए। "},{"id":2,"text":"तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्।अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो। "},{"id":3,"text":"अबियाले युद्धको निम्ति चार लाख वीर योद्धाहरू जम्मा गरे, अनि यारोबामले चाहिँ तिनको विरुद्धमा आठ लाख योद्धाहरूको फौज तयार गरे।"},{"id":4,"text":"अबिया एफ्राइमको पहाड़ी देशमा भएको समारैम डाँड़ामा उभिएर यसो भनी कराए, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन! "},{"id":5,"text":"के तिमीहरूलाई थाहा छैन, कि परमप्रभु इस्राएलका परमेश्वरले नूनको सोझो हुने करारद्वारा सधैँको निम्ति दाऊद र तिनका सन्तानलाई इस्राएलमाथि शासन गर्न राज्य दिनुभएको हो? "},{"id":6,"text":"तापनि दाऊदका छोरा सोलोमनका अधिकारी नबातका छोरा यारोबाम आफ्ना मालिकको विरुद्धमा बागी भयो। "},{"id":7,"text":"केही बेकम्मा बदमाशहरू त्यसको साथमा लागे, र तिनीहरू सोलोमनका छोरा रहबाम कलिलै र अनुभव नभएका देखेर जिद्दी गरेर तिनको विरुद्धमा उठे। त्यस बेला रहबाम तिनीहरूलाई विरोध गर्न सक्ने थिएनन्।"},{"id":8,"text":"“अब तिमीहरू दाऊदका सन्तानहरूका हातमा भएको परमप्रभुका राज्यको विरुद्धमा खड़ा हुनलाई विचार गर्दछौ। तिमीहरू साँच्चै एउटा ठूलो सेना छौ, र तिमीहरूका देवता हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग छन्। "},{"id":9,"text":"तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पूजाहारीहरू र लेवीहरूलाई निकालेर अरू देशको दस्तूरझैँ आफ्नै पूजाहारीहरूलाई नियुक्त गरेका छैनौ र? यदि कुनै मानिस आफैलाई अर्पण गर्नलाई एउटा बाछो र सात वटा भेड़ा लिएर आयो भने, तिमीहरू त्यसलाई त्यस ईश्वरको पूजाहारी भनी ग्रहण गर्छौ जो ईश्वर होइन।"},{"id":10,"text":"“तर हाम्रा निम्ति चाहिँ परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ, अनि हामीले उहाँलाई त्यागेका छैनौं। परमप्रभुको सेवा गर्ने पूजाहारीहरूचाहिँ हारूनका छोराहरू हुन्, अनि लेवीहरूले तिनीहरूलाई सहायता दिन्छन्। "},{"id":11,"text":"तिनीहरू बिहान र बेलुका होमबलि र सुगन्धित धूप परमप्रभुको निम्ति चढ़ाउँछन्। तिनीहरूले भेटीको रोटी विधिअनुसार पवित्र गरिएको टेबिलमा लहर-लहर गरी राख्तछन्। तिनीहरू बेलुकैपिच्छे सुनको सामदानमा भएका बत्तीहरू बाल्दछन्। यसरी परमप्रभु हाम्रा परमेश्वरले आज्ञा दिनुभएका कुरा हामी साँच्ची नै पालन गर्छौं। तर तिमीहरूले त उहाँलाई त्यागेका छौ। "},{"id":12,"text":"परमेश्वर हाम्रा शिर भएर हामीलाई साथ दिनुहुन्छ। उहाँका पूजाहारीहरू तिमीहरूका विरुद्धमा युद्ध-ध्वनिको सङ्केत दिनलाई तुरही लिएर खड़ा हुनेछन्। हे इस्राएलीहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा युद्ध नगर। तिमीहरू सफल हुनेछैनौ।”"},{"id":13,"text":"यारोबामले आफ्नो फौजको एक दल पछिल्तिर गएर ढुकिबस्नलाई पठाएका थिए, र तिनको मुख्य सेनाले चाहिँ यहूदाको सामना गर्यो। "},{"id":14,"text":"जब यहूदाका मानिसहरूले फर्केर हेरे, तब तिनीहरूले लड़ाइँ आफ्नो अघि र पछि दुवैतिर रहेछन् भनी देखे। तब तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे। पूजाहारीहरूले आफ्ना तुरही फुके, र यहूदाका मानिसहरूले चिच्च्याएर कराए। "},{"id":15,"text":"तिनीहरूले त्यसो गर्दा परमेश्वरले यारोबाम र सबै इस्राएलीहरूलाई अबिया र यहूदाको सामुन्ने परास्त गर्नुभयो। "},{"id":16,"text":"इस्राएलीहरू यहूदाका मानिसहरूका सामुन्नेबाट भागे, र परमेश्वरले इस्राएलीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। "},{"id":17,"text":"यसरी अबिया र तिनका मानिसहरूले इस्राएलीहरूलाई धेरै खतिको साथमा जिते, र इस्राएलका पाँच लाख वीर योद्धाहरू लड़ाइँमा मारिए। "},{"id":18,"text":"त्यस बेला इस्राएलीहरू पराजित भए, र यहूदाका मानिसहरू विजयी भए, किनभने तिनीहरूले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरमाथि भरोसा गरेका थिए।"},{"id":19,"text":"अबियाले यारोबामलाई खेदे, र तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनका बस्तीसमेत अबियाले कब्जा गरे। "},{"id":20,"text":"अबियाको पालोमा यारोबामले आफ्नो शक्ति फेरि प्राप्त गर्न सकेनन्। आखिरमा परमप्रभुले तिनलाई प्रहार गर्नुभयो, र तिनी मरे।"},{"id":21,"text":"तर अबियाले आफ्नो स्थान स्थिर गरे। तिनले चौध जना पत्नी ल्याए, र तिनी बाईस छोरा र सोह्र छोरीहरूका पिता भए।"},{"id":22,"text":"अबियाको राजकालका अरू घटनाहरू, तिनले गरेका कार्यहरू र तिनले भनेका वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्।"}]},{"id":14,"title":"२ इतिहास 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/14-c695de7187c3d12717385276d1a466f4.mp3?version_id=1483","verses":[{"id":1,"text":"अबिया आफ्ना पित्रहरूसित सुते र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आसा सिंहासनमा चढ़े। तिनको पालोमा दश वर्षसम्म देशमा शान्ति भयो।"},{"id":2,"text":"आसाले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरा असल र ठीक थियो त्यही गरे। "},{"id":3,"text":"तिनले विदेशी वेदीहरू र डाँड़ाका थानहरू हटाए, चोखा ढुङ्गाहरू भत्काइदिए, र अशेरा देवीका मूर्तिहरूलाई ढालिदिए। "},{"id":4,"text":"तिनले यहूदालाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको अगुवाइ खोज्न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न भनी हुकुम गरे। "},{"id":5,"text":"तिनले यहूदाका सबै सहरहरूमा भएका अल्गा थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्ति पायो। "},{"id":6,"text":"देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्ला भएका सहरहरू पनि सुरक्षित पारे। त्यस समय तिनलाई कुनै युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई विश्राम दिनुभएको थियो।"},{"id":7,"text":"तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरूलाई निर्माण गरौं। तिनका चारैतिर पर्खाल लाएर धरहरा, ढोका र आग्लाहरू बनाएर तिनलाई सुरक्षित पारौं। देश अझ हाम्रो छ, किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अगुवाइ खोजेका छौं। हामीले उहाँलाई खोज्यौं, र उहाँले हाम्रा चारैतिर हामीलाई सुरक्षित राख्नुभएको छ।” यसैले तिनीहरूले ती सहरहरू निर्माण गरे, र तिनीहरूको उन्नति भयो।"},{"id":8,"text":"यहूदाबाट ढाल र भालाहरूले सुसज्जित भएका तीन लाख मानिसहरू र बेन्यामीनबाट दुई लाख असी हजार ढाल बोक्ने र धनुर्धारीहरूको एउटा सेना आसासँग थियो। ती सबै वीर-वीर योद्धा थिए।"},{"id":9,"text":"कूशी जेरह तिनीहरूका विरुद्धमा लाखौँ मानिसहरूको एक ठूलो सेना र तीन सय रथहरू लिएर आए। "},{"id":10,"text":"उनी मारेशामा आइपुग्दा आसा उनको सामना गर्न निस्केर आए, र मारेशानेरको सपताको बेँसीमा तिनीहरूले एक-अर्काको सामना गरे।"},{"id":11,"text":"तब आसाले परमप्रभु आफ्ना परमेश्वरको पुकारा गरेर भने, “हे परमप्रभु, बलियाको सामना गर्न कमजोर जस्तोसुकै मानिसहरूलाई सहायता दिने त तपाईंजस्तै अरू कोही छैन। हे परमप्रभु हाम्रा परमेश्वर, हाम्रो सहायता गर्नुहोस्, किनभने हामी तपाईंमाथि भर परेका छौं। हामी तपाईंकै नाउँमा यस ठूलो सेनाको विरुद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ, यसर्थ कोही मानिस तपाईंको विरुद्धमा खड़ा नहोस्।”"},{"id":12,"text":"परमप्रभुले आसा र यहूदालाई कूशीहरूमाथि विजयी तुल्याउनुभयो, र कूशीहरू भागे। "},{"id":13,"text":"आसा र तिनका मानिसहरूले उनीहरूलाई गरारसम्म खेदे। कूशीहरू परमप्रभु र उहाँका सेनाको सामुन्ने परास्त भए, र उनीहरूका धेरै मानिसहरू मरे। अनि यहूदाले धेरै लूटका मालहरू लगे। "},{"id":14,"text":"तिनीहरूले गरारका चारैतिरका सबै सहरहरू नाश गरे, किनभने परमप्रभुले त्यहाँका मानिसहरूलाई त्रासमा पारिदिनुभएको थियो। तिनीहरूले ती सहरहरू लुटे, र ती सबैबाट दामी-दामी लूटका माल फेला पारे। "},{"id":15,"text":"तिनीहरूले धेरै गोठालाहरूलाई पनि हमला गरे, र उनीहरूका धेरै भेड़ा, बाख्रा र ऊँटहरू पक्रेर लगे। त्यसपछि तिनीहरू यरूशलेममा फर्के।"}]},{"id":15,"title":"२ इतिहास 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/15-c83b4e00a7fd81bb7b193257f9909a5d.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो। "},{"id":2,"text":"तिनी आसालाई भेट गर्न निस्केर तिनलाई भने, “हे आसा, सबै यहूदा र बेन्यामीन, मेरा कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई खोज्यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ। "},{"id":3,"text":"धेरै समयसम्म त इस्राएल साँचो परमेश्वर, सिकाइदिने पूजाहारी र व्यवस्थाविना थियो। "},{"id":4,"text":"तर जब आफ्नो कष्टमा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्केर उहाँलाई खोजे, तब तिनीहरूले पाऊन् भनी उहाँ स्वयम् प्रकट हुनुभयो। "},{"id":5,"text":"मानिसहरू आ-आफ्ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्। सारा देशका बासिन्दाहरूले हुनसम्मको कष्ट भोग्नुपर्यो। "},{"id":6,"text":"एउटा राष्ट्रले अर्कोलाई अत्याचार गर्दै थियो, एउटा सहरले अर्को सहरलाई किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु:ख दिएर सताउनुभएको थियो। "},{"id":7,"text":"तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”"},{"id":8,"text":"जब आसाले यी कुरा र ओदेद अगमवक्ताका छोरा अजर्याहको अगमवाणी सुने, तब तिनको साहस बढ़्यो। तिनले सारा यहूदा र बेन्यामीन र तिनले कब्जा गरेका एफ्राइमका पहाड़ी देशका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू सबै हटाइदिए। तिनले परमप्रभुको मन्दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्मत गरे।"},{"id":9,"text":"त्यसपछि तिनले सारा यहूदा र बेन्यामीन र एफ्राइम, मनश्शे र शिमियोनबाट तिनीहरूसँग बस्न आएकाहरूलाई भेला गरे। किनभने परमप्रभु तिनका परमेश्वर तिनीसँग हुनुभएको देखेर इस्राएलबाट धेरै संख्यामा मानिसहरू तिनीतर्फ आएका थिए।"},{"id":10,"text":"आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए, "},{"id":11,"text":"अनि त्यस बेला तिनीहरूले ल्याएको लूटका मालबाट सात सय साँढ़े र सात हजार भेड़ाबाख्रा बलिदान चढ़ाए। "},{"id":12,"text":"तिनीहरूले आफ्ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्न करार बाँधे। "},{"id":13,"text":"अनि परमप्रभु इस्राएलका परमेश्वरलाई नखोज्ने सबै ठूला र साना, स्त्री र पुरुषलाई मार्ने तिनीहरूले निश्चय गरे। "},{"id":14,"text":"ठूलो सोरले चिच्च्याएर तुरही र नरसिङ्गा बजाउँदै तिनीहरूले स्वयम् परमप्रभुको शपथ खाएर बाचा बाँधे। "},{"id":15,"text":"सारा यहूदा यो शपथ खाएकाले गर्दा आनन्दित भए, किनभने तिनीहरूले आफ्ना पूरा मनले परमेश्वरलाई यत्नपूर्वक खोजेका थिए। अनि उहाँ पनि तिनीहरूले पाऊन् भनी स्वयम् प्रकट हुनुभयो। यसैले परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो।"},{"id":16,"text":"आसा राजाले आफ्नी बज्यै माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने अशेरा देवीको घिनलाग्दो मूर्ति तिनले राखेकी थिइन्। आसाले त्यो काटेर ढालिदिए, र त्यसलाई धूलोपीठो पारेर किद्रोन खोल्सामा जलाइदिए। "},{"id":17,"text":"डाँड़ाहरूमा भएका अल्गा थानहरू इस्राएलमा रहन दिए तापनि आसा आफ्नो जीवनकालभरि नै परमप्रभुका विश्वासी भइरहे। "},{"id":18,"text":"तिनले आफ्ना पिता र तिनी आफैले अर्पण गरेका सुन, चाँदी र पवित्र भाँड़ाकुँड़ाहरू परमप्रभुको मन्दिरमा ल्याए।"},{"id":19,"text":"आसाको राजकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।"}]},{"id":16,"title":"२ इतिहास 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/16-f27b8545067530c7e6c261dd360161d8.mp3?version_id=1483","verses":[{"id":1,"text":"आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशाले यहूदामाथि चढ़ाइ गरे। यहूदाका राजा आसाको देशमा सबै प्रवेश गर्ने ठाउँहरू रोक्न भनी बाशाले रामालाई मजबूत बनाए। "},{"id":2,"text":"आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सुन र चाँदीहरू निकालेर दमस्कसमा राज्य गर्ने अरामका राजा बेन-हददकहाँ यसो भनेर बिन्ती गरिपठाए, "},{"id":3,"text":"“हाम्रा पुर्खाहरूका बीचमा भएझैँ हाम्रा बीचमा एउटा सन्धि होस्। अब म यो सुन र चाँदीको सौगात पठाउँदैछु। यसैकारण इस्राएलका राजा बाशासँग तपाईंको सन्धि तोड़िदिनुहोस्, र मेरो विरुद्धमा गरेको यो धावा तिनले छोड़िदेऊन्।”"},{"id":4,"text":"बेन-हददले आसा राजाको कुरा स्वीकार गरे। तिनले आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्तालीका सबै भण्डार राख्ने सहरहरूलाई कब्जा गरे। "},{"id":5,"text":"जब बाशाले यो कुरा सुने तब तिनले रामालाई मजबूत बनाउन छोड़िदिए, र त्यसमा गरिराखेका सबै काम बन्द गरिदिए। "},{"id":6,"text":"त्यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्पालाई मजबूत पार्न ती प्रयोग गरे।"},{"id":7,"text":"त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आएर भने, “तपाईंले परमप्रभु आफ्ना परमेश्वरमाथि होइन तर अरामका राजामाथि भरोसा गर्नुभएकोले गर्दा इस्राएलका राजाको सेना तपाईंको हातबाट भागेको छ। "},{"id":8,"text":"के कूशीहरू र लिबियालीहरू असंख्य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्? तापनि जब तपाईंले परमप्रभुमाथि भरोसा राख्नुभयो, तब उहाँले उनीहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो। "},{"id":9,"text":"किनकि जसका हृदय उहाँप्रति भक्त छन्, तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्त तपाईंले युद्ध गरिरहनुपर्नेछ।”"},{"id":10,"text":"यी कुराले आसा ती दर्शीसँग रिसाए, यतिसम्म कि आसाले तिनलाई थुनामा राखे। त्यस बेला तिनले कोही-कोही मानिसहरूमाथि साह्रै अत्याचार गरे।"},{"id":11,"text":"आसाको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। "},{"id":12,"text":"आफ्नो शासनकालको उनन्चालीसौँ वर्षमा तिनलाई खुट्टा कुहुने रोगले आक्रमण गर्यो। त्यो रोग साह्रो भए तापनि तिनले परमप्रभुको सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्लाह लिए। "},{"id":13,"text":"तब आफ्नो राजकालको एकचालीसौँ वर्षमा तिनी आफ्ना पित्रहरूसित सुते। "},{"id":14,"text":"तिनी त्यस चिहानमा गाड़िए, जो तिनले दाऊदको सहरमा आफ्नो निम्ति बनाएका थिए। त्यसमा निपुणतासाथ मिसाएर बनाएका सबै किसिमका मसला मिलाइएका थिए। अनि मानिसहरूले तिनको सम्झनामा एउटा ठूलो आगो बाले।"}]},{"id":17,"title":"२ इतिहास 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/17-41868e5319ebf338a81c4feadef79c37.mp3?version_id=1483","verses":[{"id":1,"text":"आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्ने अठोट गरे। "},{"id":2,"text":"तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे।"},{"id":3,"text":"तिनी आफ्ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्, "},{"id":4,"text":"तर तिनले आफ्ना पिताका परमेश्वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्। "},{"id":5,"text":"परमप्रभुले तिनको शासनमुनि तिनको राज्य स्थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्पत्ति र ख्याति साह्रै बढ़्यो। "},{"id":6,"text":"परमप्रभुका मार्गमा हिँड्न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए।"},{"id":7,"text":"आफ्नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए। "},{"id":8,"text":"तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात् शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम। "},{"id":9,"text":"परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।"},{"id":10,"text":"यहूदाको वरिपरि भएका देशका राज्यहरूमाथि परमप्रभुको भय पर्यो, र उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्। "},{"id":11,"text":"कुनै-कुनै पलिश्तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्याए।"},{"id":12,"text":"यहोशापात झन् शक्तिशाली भए। तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए। "},{"id":13,"text":"यहूदाका सहरहरूमा तिनले प्रशस्त खानेकुरा सञ्चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए। "},{"id":14,"text":"तिनीहरू आ-आफ्नो परिवारअनुसार यसरी भर्ती भएका थिए:\nयहूदाबाट सेनानीहरू:सेनापति अदनाह र तिनका साथमा तीन लाखको फौज।"},{"id":15,"text":"तिनीपछि सेनापति येहोहानान र तिनका साथमा दुई लाख असी हजारको फौज।"},{"id":16,"text":"तिनीपछि जिक्रीका छोरा अमसिया, जसले परमप्रभुका सेवाको निम्ति स्वयंसेवकको काम गर्थे। तिनका साथमा दुई लाखको फौज थियो।"},{"id":17,"text":"बेन्यामीनबाट:\nएक जना वीर योद्धा एल्यादा र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज।"},{"id":18,"text":"तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्जित भएका एक लाख असी हजारको फौज।"},{"id":19,"text":"यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।"}]},{"id":18,"title":"२ इतिहास 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/18-5294b8d1ef32f3e036c36fd0855ec937.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहोशापात साह्रै धनी र प्रसिद्ध भए, अनि तिनले आहाबसित वैवाहिक सम्बन्ध जोड़े। "},{"id":2,"text":"केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका लावालश्करको निम्ति धेरै भेड़ा र गोरुहरू मारे, र रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई उक्साए। "},{"id":3,"text":"इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “रामोत-गिलादमाथि आक्रमण गर्न तपाईं मलाई साथ दिनुहुन्छ?”तिनले जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्तै हुन्। यस लड़ाइँमा म तपाईंलाई साथ दिनेछु।” "},{"id":4,"text":"तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्।”"},{"id":5,"text":"तब इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादमाथि आक्रमण गरूँ कि नगरूँ?”तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनभने परमेश्वरले त्यो तपाईंको हातमा सुम्पिदिनुहुनेछ।”"},{"id":6,"text":"तर यहोशापातले सोधे, “सल्लाह लिन यहाँ परमप्रभुका अगमवक्ता कोही छैन?”"},{"id":7,"text":"इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना त छन्, तर म ती मानिसलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी कहँदैनन्। तिनी खराबी मात्र भन्दछन्। तिनी यिम्लाका छोरा मीकाया हुन्।”यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न।”"},{"id":8,"text":"तब इस्राएलका राजाले आफ्ना अधिकारीहरूमध्ये एक जनालाई बोलाएर भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै ल्याऊ।”"},{"id":9,"text":"इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए। "},{"id":10,"text":"केनानका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यही भन्नुहुन्छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्म उनीहरू नष्ट हुँदैनन् तबसम्म हान्नुहुनेछ’।”"},{"id":11,"text":"अरू सबै अगमवक्ताहरूले त्यस्तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्। किनकि परमप्रभुले त्यो राजाको हातमा सुम्पिदिनुहुनेछ।”"},{"id":12,"text":"मीकायालाई बोलाएर ल्याउने समाचारवाहकले तिनलाई भन्यो, “हेर्नुहोस् अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, प्रसन्न कुरा भन्नुहोस्।”"},{"id":13,"text":"तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्दछु, मेरा परमेश्वरले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”"},{"id":14,"text":"जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔं, कि नजाऔं?”तिनले भने, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि त्यो तपाईंको हातमा पर्नेछ।”"},{"id":15,"text":"राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट शपथ खान लगाऊँ?”"},{"id":16,"text":"तब मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेड़ाहरूझैँ डाँड़ाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले यसो भन्नुभयो, “यी मानिसहरूका मालिक छैनन्। हरेक शान्तिसित घर जाओस्’।” "},{"id":17,"text":"इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्ति खराबबाहेक असल अगमवाणी कहँदैनन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”"},{"id":18,"text":"मीकायाले अझै भने, “यसैकारण परमप्रभुको यो वचन सुन्नुहोस्: मैले परमप्रभुलाई स्वर्गका आफ्ना सबै सेना उहाँका दाहिने र देब्रेपट्टि भई आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखें। "},{"id":19,"text":"अनि परमप्रभुले भन्नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’"},{"id":20,"text":"“एउटाले यस्तो र अर्काले अर्को सल्लाह दियो। आखिरमा एउटा आत्मा अगि आएर परमप्रभुको सामुन्ने उभिएर भन्यो,‘म त्यसलाई बहकाउनेछु’।"},{"id":21,"text":"“परमप्रभुले सोध्नुभयो, ‘कसरी?’“त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने एउटा आत्मा हुनेछु’।“परमप्रभुले भन्नुभयो, ‘त्यसलाई बहकाउन तँ सफल हुनेछस्। जा, गएर त्यसै गर्।’"},{"id":22,"text":"“त्यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमेश्वरले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।”"},{"id":23,"text":"तब केनानका छोरा सिदकियाह माथि आएर मीकायाको मुखैमा थप्पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त?”"},{"id":24,"text":"मीकायाले जवाफ दिए, “त्यो त तिमी आफै भित्री कोठामा लुक्न गएको दिन पो तिमीले थाहा पाउनेछौ।”"},{"id":25,"text":"तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्मामा सुम्पिदेओ, र भन, "},{"id":26,"text":"‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई कैदखानामा राख, र म कुशलसित नआउञ्जेल त्यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।”"},{"id":27,"text":"मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्यान देओ!”"},{"id":28,"text":"तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा उक्लेर गए। "},{"id":29,"text":"इस्राएलका राजाले यहोशापातलाई भने, “म गुप्त भेषमा लड़ाइँमा जानेछु, तर तपाईं आफ्नो राजसी पोशाक नै लाउनुहोस्।” अनि इस्राएलका राजा गुप्त भेषमा लड़ाइँमा गए।"},{"id":30,"text":"अरामका राजाले आफ्ना रथहरूका सेनापतिहरूलाई इस्राएलका राजाबाहेक अरू साना-ठूलासित लड़ाइँ नगर्नू भन्ने हुकुम दिएका थिए। "},{"id":31,"text":"जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले तिनलाई नै इस्राएलका राजा भनिठानेर तिनलाई आक्रमण गर्न फर्के। तर यहोशापातले चर्को सोरले कराए। अनि परमप्रभु तिनको सहायताको निम्ति आउनुभयो, र परमेश्वरले ती रथका सेनापतिहरूलाई तिनीतर्फबाट अर्कोतिर लानुभयो। "},{"id":32,"text":"किनकि सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन् भनी जानेपछि उनीहरूले तिनलाई आक्रमण गर्न छोड़िदिए।"},{"id":33,"text":"तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड़ हानिपठायो, र त्यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्यो। राजाले आफ्नो सारथिलाई भने, “रथ घुमाएर मलाई रणभूमिको बाहिर लैजा। मलाई चोट लाग्यो।” "},{"id":34,"text":"लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहेका थिए। तिनी साँझसम्म त्यही अवस्थामा रहे, र सूर्यास्त हुँदा तिनी मरे।"}]},{"id":19,"title":"२ इतिहास 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/19-31fa5c9b7c2918ca02a0ca42058f03a1.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा कुशलसाथ फर्केपछि, "},{"id":2,"text":"हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए। येहूले यहोशापातलाई भने, “के दुष्टलाई सहायता र परमप्रभुका शत्रुहरूसँग मित्रता गरेर तपाईं खुशी हुनुहुन्छ? यसैकारण परमप्रभुको क्रोध तपाईंमाथि आइपर्नेछ। तपाईंले दु:ख पाउनुहुनेछ। "},{"id":3,"text":"तापनि तपाईंमा केही असल कुरो छ, किनभने तपाईंले अशेरा देवीका मूर्तिहरूलाई देशबाट हटाइदिनुभएको छ, र परमप्रभुलाई खोज्न तपाईंले मन लाउनुभएको छ।”"},{"id":4,"text":"यहोशापातको निवासस्थान यरूशलेममा थियो। तिनी फेरि बेर्शेबाका मानिसहरूकहाँ एफ्राइमको पहाड़ी देशमा गएर तिनीहरूलाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए। "},{"id":5,"text":"तिनले देशभरि नै यहूदाको हरेक सुरक्षित सहरमा तिनले न्यायकर्ताहरू नियुक्त गरे। "},{"id":6,"text":"तिनले तिनीहरूलाई भने, “तिमीहरू जे गर्छौ, त्यसमा सतर्क होओ। किनभने मानिसहरूका निम्ति होइन तर तिमीहरूले न्यायको फैसला सुनाउँदा तिमीहरूसित हुनुहुने परमप्रभुको निम्ति तिमीहरू न्याय गर्दछौ। "},{"id":7,"text":"अब परमप्रभुको भय तिमीहरूमा रहोस्। तिमीहरू होशियारीसाथ न्याय गर, किनभने परमप्रभु हाम्रा परमेश्वर अन्याय, पक्षपात र घूस लिएको सहनुहुन्न।”"},{"id":8,"text":"यहोशापातले यरूशलेममा पनि कति लेवी, पूजाहारी र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई परमप्रभुको व्यवस्था कायम राख्न र मानिसहरूका बीचमा न्याय गर्न नियुक्त गरे। "},{"id":9,"text":"तिनले तिनीहरूलाई यी आदेश दिए: “तिमीहरूले सधैँ परमेश्वरको भय राखेर विश्वाससित तनमनले काम गर्नुपर्छ। "},{"id":10,"text":"सबै मुद्दा जो सहरमा बस्ने तिमीहरूका कुटुम्बहरूबाट तिमीहरूका सामु आउँछन्— मुद्दाहरू हत्यासम्बन्धी होऊन्, अथवा व्यवस्था वा आज्ञा धर्म-विधि अथवा नियमहरूका विरुद्धमा होऊन्— तिमीहरूले तिनीहरूलाई परमप्रभुको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू। नत्रता तिमीहरू र तिमीहरूका कुटुम्बमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।"},{"id":11,"text":"“परमप्रभुसम्बन्धी विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्। राज्यसम्बन्धी विषयमा यहूदाका कुलनायक इश्माएलका छोरा जबदियाह अधिकारी छन्। लेवीहरूचाहिँ तिमीहरूका सामुन्ने अधिकृतहरूझैँ सेवा गर्नेछन्। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्।”"}]},{"id":20,"title":"२ इतिहास 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/20-0b4880d46066fdb7bd8246a4b013b923.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसको केही समयपछि मोआबी, अम्मोनी र केही सेनानीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए।"},{"id":2,"text":"तिनलाई यो समाचार सुनाइयो कि एक ठूलो सैन्य-दल खारा समुद्र पारि एदोमबाट तिनको विरुद्धमा लड़ाइँ गर्न आइरहेछ, र हासेसोन-तामार, अर्थात् एन-गदीमा पुगिसकेको छ। "},{"id":3,"text":"यस्तो विपद्को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे। "},{"id":4,"text":"यहूदाका मानिसहरू परमेश्वरको सल्लाह माग्नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्लाह माग्न आए।"},{"id":5,"text":"यहूदा र यरूशलेमका सभाको सामुन्ने परमप्रभुका मन्दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने:"},{"id":6,"text":"“हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं नै स्वर्गमा विराजमान हुनुहुने परमेश्वर हुनुहुन्न? तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ। तपाईंकै हातमा शक्ति र बल छन्। तपाईंको सामना गर्ने कोही छैन। "},{"id":7,"text":"हे हाम्रा परमेश्वर, के तपाईंले नै आफ्नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्दाहरूलाई धपाउनुभएको र आफ्ना मित्र अब्राहामका सन्तानलाई सदासर्वदाको निम्ति त्यो दिनुभएको होइन? "},{"id":8,"text":"तिनीहरू त्यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्ति यसो भनेर एउटा वासस्थान बनाएका छन्, "},{"id":9,"text":"‘यदि विपत्ति हामीमाथि आइलाग्यो भने, अर्थात् न्यायको तरवार वा रूढ़ी वा अनिकाल पर्यो भने, हामी यस मन्दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्ने खड़ा हुनेछौं। अनि हामी आफ्नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ’।"},{"id":10,"text":"“मिश्रदेशबाट आउँदा तपाईंले इस्राएललाई अम्मोनी र मोआबीहरू र सेइर पर्वतका मानिसहरूको देशमा पस्न मनाही गर्नुभएको थियो, र यसैले उनीहरू यहाँ आएका छन्। इस्राएलीहरूले उनीहरूलाई त्यसै छोड़िदिए, र उनीहरूलाई नाश गरेनन्। "},{"id":11,"text":"तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्तो बदला दिइरहेछन्। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्। "},{"id":12,"text":"हे हाम्रा परमेश्वर, उनीहरूको न्याय तपाईं गर्नुहुन्न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।”"},{"id":13,"text":"यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालकहरूसमेत त्यहाँ परमप्रभुको सामुन्ने खड़ा भए।"},{"id":14,"text":"तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा उत्रनुभयो। तिनी मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।"},{"id":15,"text":"तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात सुन्नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ: ‘नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन। "},{"id":16,"text":"भोलि उनीहरूसँग युद्ध गर्न निस्क। उनीहरू जीजको उकालोबाट भएर आउँछन्। तिमीहरूले उनीहरूलाई यरूएलको उजाड़-स्थानमा भएको खोलाको पल्लो छेउमा भेट्नेछौ। "},{"id":17,"text":"यो लड़ाइँ तिमीहरूले लड्नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।” "},{"id":18,"text":"यहोशापात भूइँमा घोप्टो परे, र यहूदा र यरूशलेमका सबै बासिन्दाहरू परमप्रभुको सामुन्ने दण्डवत् गर्न घोप्टो परे। "},{"id":19,"text":"तब कहात र कोरहका वंशका कोही लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गरे।"},{"id":20,"text":"तब तिनीहरू बिहान सबेरै उठेर तकोको उजाड़-स्थानमा गए। तिनीहरू निस्केर जाँदा खड़ा भएर यहोशापातले भने, “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्वरको विश्वासमा तिमीहरू स्थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर, र तिमीहरूको फलिफाप हुनेछ।” "},{"id":21,"text":"मानिसहरूसित सल्लाह गरेपछि तिनले कति जनालाई परमप्रभुको स्तुतिगान र उहाँका पवित्रताको प्रतापको प्रशंसा गर्न सेनाको अगिअगि गएर गाउनलाई नियुक्त गरे। अनि तिनीहरूले यसो भनेर गाए,\n“परमप्रभुलाई धन्यवाद देओ,\nकिनभने उहाँको प्रेम\nअनन्तकालसम्म रहिरहन्छ।”"},{"id":22,"text":"तिनीहरूका प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्याइदिनुभयो, र उनीहरू परास्त भए। "},{"id":23,"text":"अम्मोनी र मोआबीहरू सेइर पर्वतका मानिसहरूका विरुद्धमा उनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब उनीहरूले सेइरका मानिसहरूलाई नाश गरिसके, तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्धाधुन्ध आक्रमण गर्न लागे।"},{"id":24,"text":"जब यहूदाका मानिसहरू उजाड़-स्थानमा भएको अल्गो ठाउँमा आइपुगे र शत्रुको सैन्य-दललाई हेरे, तब त्यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, अनि उनीहरूमध्ये एउटै पनि उम्केको थिएन। "},{"id":25,"text":"जब यहोशापात र तिनका मानिसहरू लूटका माल जम्मा गर्न आए, तब तिनीहरूले असंख्य सामानहरू, लुगाफाटाहरू र बहुमूल्य थोकहरू लानै नसक्ने गरी लुटेर लगे। तिनीहरूले तीन दिनसम्म लूटका माल जम्मा गरे, किनभने ती त्यति धेरै थिए। "},{"id":26,"text":"चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए। तिनीहरूले त्यहाँ परमप्रभुको प्रशंसा गरेका हुनाले आजको दिनसम्मै त्यसको नाउँ त्यही छ।"},{"id":27,"text":"त्यसपछि यहूदा र यरूशलेमका सबै मानिसहरू यहोशापातलाई अगि लाएर विजयको साथ सहरमा फर्के, किनभने परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई विजयी तुल्याउनुभएको थियो। "},{"id":28,"text":"तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्दिरभित्र गए।"},{"id":29,"text":"परमप्रभुले नै इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्यहरूमा परमेश्वरको भय फैलियो। "},{"id":30,"text":"यहोशापातको राज्यमा शान्ति भयो, किनभने परमेश्वरले तिनलाई चारैतिर विश्राम दिनुभयो।"},{"id":31,"text":"यसरी यहोशापातले यहूदामाथि राज्य गरे। राजगद्दी आरोहण गर्दा तिनी पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्हीकी छोरी थिइन्। "},{"id":32,"text":"तिनी आफ्ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्। परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही तिनले गरे। "},{"id":33,"text":"तर डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले आफ्ना पुर्खाहरूका परमेश्वरमाथि आफ्नो मन लाएनन्।"},{"id":34,"text":"यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा गाभिएका छन्।"},{"id":35,"text":"पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसँग मित्रता बाँधे, जो दुष्टताको दोषी थिए। "},{"id":36,"text":"व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइसकेपछि, "},{"id":37,"text":"मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा यो अगमवाणी कहे, “तपाईंले अहज्याहसँग मित्रता बाँध्नुभएको हुनाले परमप्रभुले तपाईंको काम निष्फल तुल्याउनुहुनेछ।” अनि ती जहाजहरू नष्ट भएर व्यापार गर्नलाई यात्रा गर्न पाएनन्।"}]},{"id":21,"title":"२ इतिहास 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/21-487ef803fae921fdf99ab8b89bdd1326.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसँग दाऊदको सहरमा गाड़िए। "},{"id":2,"text":"अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए। यहोरामका भाइहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए। यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए। "},{"id":3,"text":"तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरू अनि यहूदामा सुरक्षित सहरहरू पनि दान दिए। तर राज्यचाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनीचाहिँ जेठा थिए।"},{"id":4,"text":"जब यहोराम आफ्ना पिताको सिंहासनमा सुदृढ़ भए, तब तिनले आफ्ना सबै भाइहरू र इस्राएलका कति जना राजकुमारहरूलाई पनि तरवारले काटेर मारे। "},{"id":5,"text":"तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। "},{"id":6,"text":"आहाबको घरानाझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनभने तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही तिनले गरे। "},{"id":7,"text":"तर दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन, किनभने दाऊद र तिनका छोराहरूलाई सधैँ प्रकाश दिइरहने एउटा बत्ती दिन्छु भनी उहाँले प्रतिज्ञा गर्नुभएको थियो। "},{"id":8,"text":"यहोरामको समयमा एदोम यहूदाको विरुद्धमा बागी भएर आफ्नै राजा खड़ा गरे। "},{"id":9,"text":"यसैले यहोराम आफ्ना अधिकृतहरू र सबै रथहरूका साथमा एदोमतिर बढ़े। एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती नै भागे। "},{"id":10,"text":"एदोम आजको दिनसम्मै यहूदाको विरुद्धमा बागी भएको छ।त्यसै बेला लिब्नाले पनि विद्रोह गरे, किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। "},{"id":11,"text":"तिनले यहूदाका पहाड़ी देशमा अल्गा-अल्गा थानहरू बनाए, र तिनले यरूशलेमका बासिन्दाहरूलाई मूर्तिपूजा (वेश्यावृत्ति) गर्न लगाई वेश्यासमानमा पारे र यहूदालाई कुपथतिर ढल्काए।"},{"id":12,"text":"यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए। त्यसमा त्यो कुरो लेखिएको थियो:“तपाईंका पुर्खा दाऊदका परमप्रभु यसो भन्नुहुन्छ: ‘तेरा पिता यहोशापात र यहूदाका राजा आसाका चालमा तँ हिँड़िनस्। "},{"id":13,"text":"तर आहाबको घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालमा हिँड़ेर तैंले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई मूर्तिपूजा (वेश्यावृत्ति) गर्न लगाई वेश्यासमानमा पारिस्। अनि तेरा पिताका परिवारका छोराहरू, अर्थात् आफ्नै भाइहरूलाई तैंले मारिस्। तिनीहरू तँभन्दा असल मानिसहरू थिए। "},{"id":14,"text":"ती सबै गरेकोले गर्दा परमप्रभुले तेरा प्रजा, तेरा छोराहरू, तेरा पत्नीहरू र तेरा सबै धन-सम्पत्तिमाथि प्रहार गर्न लाग्नुभएको छ। "},{"id":15,"text":"तँ आफैचाहिँ निको नहुने आन्द्रा-भुँड़ीको रोगले ग्रस्त हुनेछस्, र त्यस रोगले गर्दा तेरा आन्द्रा-भुँड़ी बाहिर निस्केर आउनेछन्’।”"},{"id":16,"text":"परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूनेर बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो। उनीहरूले यहूदालाई आक्रमण गरेर त्यसको भित्रसम्मै छिरिगए। "},{"id":17,"text":"सबै धन-सम्पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्नीहरूलाई समेत लगे। कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।"},{"id":18,"text":"यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने आन्द्रा-भुँड़ीको रोगले ग्रस्त पार्नुभयो। "},{"id":19,"text":"त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो। अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन्द्रा-भुँड़ी निस्केर आए, र साह्रै दु:ख सहेर तिनी मरे। तिनका प्रजाले तिनका पुर्खाहरूका निम्ति गरेझैँ तिनको सम्मानमा आगो जलाएनन्।"},{"id":20,"text":"तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक प्रकट गरेन। र तिनी दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा होइन।"}]},{"id":22,"title":"२ इतिहास 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/22-6b2403e5b7df76c3784a815408e27272.mp3?version_id=1483","verses":[{"id":1,"text":"यरूशलेमका बासिन्दाहरूले तिनको सट्टामा तिनका कान्छा छोरा अहज्याहलाई राजा तुल्याए, किनभने आक्रमणमा अरबीहरूसित मिलेका लूटपीट गर्नेहरूले तिनका सबै ठूला छोराहरूलाई मारेका थिए। यसैकारण यहोरामका छोरा अहज्याह यहूदाका राजा भए। "},{"id":2,"text":"राजगद्दी आरोहण गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। तिनी ओम्रीकी नातिनी अतल्याह थिइन्।"},{"id":3,"text":"तिनी पनि आहाबको घरानाका चालमा हिँड़े, किनभने दुष्ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्लाह दिन्थिन्। "},{"id":4,"text":"आहाबको घरानाले गरेझैँ तिनले पनि परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनको पतन गराउने सल्लाहकारहरू थिए। "},{"id":5,"text":"रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्न तिनले इस्राएलका राजा आहाबका छोरा योरामसित मित्रता बाँध्न तिनीहरूको सल्लाह लिए। तर अरामीहरूद्वारा योरामले चोट पाए, "},{"id":6,"text":"र रामोतमा अरामका राजा हजाएलसँग भएको लड़ाइँमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए।तब यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।"},{"id":7,"text":"परमप्रभुको इच्छाअनुसार योराम र अहज्याहको भेटको अवसर नै योरामको पतनको कारण भयो। यही भेटको समयमा अहज्याह योरामसँग निम्शीका छोरा येहूलाई भेट गर्न गए। आहाबको घरानालाई नाश गर्न परमप्रभुले येहूलाई नै नियुक्त गर्नुभएको थियो। "},{"id":8,"text":"येहूले आहाबको घरानामाथि न्यायको दण्ड लगाउँदा, अहज्याहको सेवा गर्ने यहूदाका राजकुमारहरू र तिनका कुटुम्बका छोराहरूलाई भेट्टाएर येहूले मारे। "},{"id":9,"text":"त्यसपछि तिनले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई सामरियामा फेला पारे। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याएर मारे। “आफ्नो पूरा हृदयले परमप्रभुको अगुवाइ खोज्ने तिनै यहोशापातका छोरा यिनी हुन्” भनेर तिनीहरूले तिनलाई गाड़िदिए। त्यसपछि अहज्याहका घरानाको कोही पनि राज्य गर्न शक्तिशाली भएन।"},{"id":10,"text":"जब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तब यहूदाका सारा राजकीय घरानालाई नाश गर्न तिनी निस्किन्। "},{"id":11,"text":"तर यहोराम राजाकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्, र त्यसकी धाई र त्यसलाई एउटा सुत्ने कोठाभित्र लुकाइराखिन्। यहोराम राजाकी छोरी र पूजाहारी यहोयादाकी पत्नी यहोशेबा अहज्याहकी दिदी भएकी हुनाले तिनले योआशलाई अतल्याहको हातबाट लुकाइराखिन्, र अतल्याहले त्यसलाई मार्न पाइनन्। "},{"id":12,"text":"अतल्याहले देशमा राज्य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।"}]},{"id":23,"title":"२ इतिहास 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/23-e7d5ffeccaee92de8a664fc617bd576d.mp3?version_id=1483","verses":[{"id":1,"text":"सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्तानहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे। "},{"id":2,"text":"अनि यहूदाका सहरहरूबाट लेवीहरू र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई यरूशलेममा भेला गर्न सबै यहूदाभरि तिनीहरू गएर यरूशलेममा आए। "},{"id":3,"text":"त्यहाँ भेला भएका सबै जनाले परमेश्वरको मन्दिरमा राजासित करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “परमप्रभुले दाऊदका सन्तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले राज्य गरून्। "},{"id":4,"text":"अब तिमीहरूले यसो गर्नुपर्छ: शबाथमा आफ्नो काममा आउने तिमी पूजाहारीहरू र लेवीहरूको एक तिहाइचाहिँ मूल ढोकाहरूमा, "},{"id":5,"text":"अर्को एक तिहाइचाहिँ राजमहलमा, र अर्को एक तिहाइचाहिँ जगको ढोकामा पाले बस्नू। अरू सबै मानिसहरूचाहिँ परमप्रभुको मन्दिरका चोकहरूमा हुनेछन्। "},{"id":6,"text":"सेवा गर्ने पूजाहारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्दिरभित्र पस्न नदिनू। तिनीहरू भित्र पस्न सक्छन्, किनभने तिनीहरू पवित्र गरिएका छन्। तर अरू सबै मानिसहरूचाहिँ परमप्रभुले दिनुभएको आज्ञामा लागिरहून्। "},{"id":7,"text":"लेवीहरूले आ-आफ्नो हतियार तयार राखेर राजाका चारैतिर पहरा देऊन्। कोही मन्दिरभित्र पस्यो भने त्यसलाई मारिहाल्नू। राजा जहाँ गए तापनि तिनीहरूचाहिँ राजासँगै रहनुपर्छ।”"},{"id":8,"text":"यहोयादा पूजाहारीले गरेको एक-एक कुरो लेवीहरू र सबै यहूदाले पालन गरे। हरेक जनाले आफ्ना मानिसहरू, अर्थात् शबाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सत पाएकाहरूलाई लिए, किनभने यहोयादा पूजाहारीले केही दललाई छोड़िदिएका थिएनन्। "},{"id":9,"text":"तब तिनले सय-सयका दलका कप्तानहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊदका भालाहरू अनि ठूला र साना ढालहरू दिए। "},{"id":10,"text":"त्यसपछि तिनले सबै मानिसहरूलाई आफ्नो हातमा हतियार लिई राजालाई घेर्न वेदी र मन्दिरनेर आ-आफ्नो स्थानमा मन्दिरका उत्तर र दक्षिणपट्टि एक कुनादेखि अर्को कुनासम्म राखे।"},{"id":11,"text":"त्यसपछि यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई बाहिर ल्याए, अनि तिनको शिरमा शिरपेच लगाइदिए। तिनीहरूले करार-पत्र दिए, र तिनलाई राजा घोषणा गरे। अनि तिनीहरूले तिनलाई अभिषेक गरेर यसो भनी चर्को सोरले कराए, “राजा अमर रहुन्!”"},{"id":12,"text":"जब अतल्याहले मानिसहरूलाई राजाको जयजयकार गर्दै यताउता गरिरहेको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा तिनीहरूकहाँ आइन्। "},{"id":13,"text":"अनि राजालाई स्तम्भको छेउमा प्रवेशद्वारनेर उभिरहेका तिनले देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए, र देशका सबै मानिसहरूले तिनको सम्मानमा आनन्द-उत्सव मनाउँदै र तुरही बजाउँदैगरेका थिए। सबै मानिसहरूचाहिँ रमाहट गर्दैथिए। अनि गायकहरू बाजाका साथमा उत्सवको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, “राजविद्रोही! राजविद्रोही!”"},{"id":14,"text":"यहोयादा पूजाहारीले सय-सयका दलका कप्तानहरूलाई यसो भनेर हुकुम गरे, “तिनलाई मन्दिरको बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई समेत तरवारले मार। तिनलाई परमप्रभुको मन्दिरमा नमार।” किनभने पूजाहारीले भनेका थिए। "},{"id":15,"text":"तब तिनीहरूले तिनलाई समाते, र राजमहलको अगि लगेर त्यहीँ नै अश्व ढोकाको छेड़ोमा मारे।"},{"id":16,"text":"त्यसपछि यहोयादाले आफै र जम्मै मानिसहरू र राजा परमप्रभुको प्रजा हुनुपर्छ भनी करार बाँधे। "},{"id":17,"text":"अनि सबै मानिसहरू बालको मन्दिरभित्र गएर त्यो भत्काए। तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे।"},{"id":18,"text":"तब यहोयादाले परमप्रभुका मन्दिरको हेर-विचार गर्ने जिम्मा पूजाहारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थामा तोकिएबमोजिम परमप्रभुको निम्ति होमबलि चढ़ाउन र परमप्रभुको मन्दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए। "},{"id":19,"text":"कुनै किसिमले अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्न नदिनलाई तिनले परमप्रभुको मन्दिरका मूल ढोकाहरूमा द्वारपालहरू राखिदिए।"},{"id":20,"text":"तब तिनले शतपतिहरू, भारदारहरू, मानिसका शासकहरू र देशका सारा मानिसहरूलाई लिएर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए। तिनीहरू माथिल्लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले। "},{"id":21,"text":"सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो, किनभने अतल्याह तरवारले मारिएकी थिइन्।"}]},{"id":24,"title":"२ इतिहास 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/24-ac719a10960f7751176c73bbcfc67e29.mp3?version_id=1483","verses":[{"id":1,"text":"योआश राजगद्दी आरोहण गर्दा सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमा बेर्शेबाकी सिब्या थिइन्। "},{"id":2,"text":"यहोयादा पूजाहारी बाँचुञ्जेल तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे। "},{"id":3,"text":"यहोयादाले तिनको निम्ति दुई वटा पत्नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए।"},{"id":4,"text":"यसको केही समयपछि योआशले परमप्रभुको मन्दिरको मरम्मत गर्ने विचार गरे। "},{"id":5,"text":"तिनले पूजाहारी र लेवीहरूलाई भेला गरेर भने, “यहूदाका सहरहरूमा गएर सबै इस्राएलीहरूबाट परमप्रभुको मन्दिरका पुनर्निर्माणको निम्ति वर्षेनी दिने रकम जम्मा गर। अनि यो काम झट्टै गरिहाल।” तर लेवीहरूले त्यो काम झट्टै गरेनन्।"},{"id":6,"text":"यसकारण राजाले प्रधान पूजाहारी यहोयादालाई बोलाएर भने, “किन गवाही-पाटीको पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको तिरो यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूसँग तपाईंले माग्नुभएको छैन?” "},{"id":7,"text":"अब ती दुष्ट अतल्याहका छोराहरूले परमप्रभुको मन्दिरभित्र पसेर त्यहाँका सबै पवित्र थोकहरू बाल देवताहरूको पूजामा उपयोग गरेका थिए।"},{"id":8,"text":"राजाले तिनीहरूलाई एउटा सन्दूक बनाएर परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्ने हुकुम गरे। "},{"id":9,"text":"अनि तिनले यहूदा र यरूशलेमभरि नै यस्तो घोषणा गरे, कि परमेश्वरका दास मोशाले उजाड़-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ। "},{"id":10,"text":"अनि सबै अधिकारीहरू र मानिसहरूले खुशीसित आ-आफ्नो रकम ल्याएर सन्दूक नभरुञ्जेल त्यसमा हाले। "},{"id":11,"text":"लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँदा तिनीहरूले त्यो राम्ररी भरिएको हेर्थे। तब राजाका सचिव र प्रधान पूजाहारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे। तिनीहरूले दिनहुँ त्यसै गर्थे। यसरी तिनीहरूले धेरै रुपियाँपैसा सञ्चय गरे। "},{"id":12,"text":"राजा र यहोयादाले त्यो पैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिन्थे। तिनीहरूले चाहिँ मन्दिरको पुनर्निर्माण गर्न ज्यालामा लगाएका डकर्मी र सिकर्मीहरूलाई, र मन्दिरको मरम्मत गर्न फलाम र काँसाको काम गर्ने कारीगरहरूलाई दिन्थे।"},{"id":13,"text":"यसरी कामदारहरूले आफ्ना काम गर्न लागे, र तिनीहरूकै हातमा यस मरम्मतका कामको उन्नति भयो। तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरेर त्यसलाई पक्का बनाए। "},{"id":14,"text":"तिनीहरूले यो काम सिद्ध्याएपछि उब्रेको पैसाचाहिँ राजा र यहोयादाकहाँ ल्याएर दिए। ती पैसाबाट परमप्रभुका मन्दिरको निम्ति भाँड़ाहरू बनाइए— सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँड़ाहरू, र अरू सुन र चाँदीका भाँड़ाहरू। यहोयादा बाँचुञ्जेल तिनीहरू परमप्रभुको मन्दिरमा होमबलि निरन्तर चढ़ाउने गर्थे।"},{"id":15,"text":"यहोयादा वृद्ध र दीर्घायु भएर एक सय तीस वर्षका उमेरमा मरे। "},{"id":16,"text":"तिनी दाऊदको सहरमा राजाहरूकै चिहानमा गाड़िए, किनभने तिनले इस्राएलमा परमेश्वर र उहाँका मन्दिरको निम्ति असल काम गरेका थिए।"},{"id":17,"text":"यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजालाई दण्डवत् गर्न आए, अनि राजाले तिनीहरूका कुरा सुने। "},{"id":18,"text":"तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको मन्दिर त्यागेर अशेरा देवीका खम्बाहरू र अरू मूर्तिहरूलाई पुजे। यस दोषले गर्दा यहूदा र यरूशलेममाथि परमेश्वरको क्रोध आइपर्यो। "},{"id":19,"text":"तर तिनीहरूलाई आफैकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो। ती अगमवक्ताहरूले तिनीहरूको दोष देखाइदिए, तर तिनीहरूले अगमवक्ताहरूका कुरा सुनेनन्।"},{"id":20,"text":"तब परमेश्वरका आत्मा पूजाहारी यहोयादाका छोरा जकरियामाथि उत्रनुभयो। तिनी मानिसहरूका अगि खड़ा भएर भने, “परमप्रभु यो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ’।” "},{"id":21,"text":"तर तिनीहरूले जकरियाको विरुद्धमा षड्यन्त्र रचे, र राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे। "},{"id":22,"text":"राजा योआशले जकरियाका पिता यहोयादाको राजभक्तिलाई सम्झेनन्, तर तिनका छोरालाई मारे। मर्ने बेलामा जकरियाले यसो भने, “परमप्रभुले यो देखून्, र त्यहीअनुसारको दण्ड देऊन्।”"},{"id":23,"text":"त्यही वर्षको अन्त्यमा अरामी सेना योआशको विरुद्धमा आयो। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरेर मानिसहरूका सबै नायकहरूलाई मारे। तिनीहरूले आफ्ना सबै लूटका माल दमस्कसका राजाकहाँ पठाइदिए। "},{"id":24,"text":"अरामीहरूको एक सानो फौजले मात्र आक्रमण गरे, तापनि परमप्रभुले इस्राएलको एक ठूलो सेनालाई उनीहरूका हातमा सुम्पिदिनुभयो। यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका हुनाले, योआशमाथि उचित दण्ड आइपर्यो। "},{"id":25,"text":"राजालाई साह्रै घाइते बनाएर अरामीहरू गएपछि पूजाहारी यहोयादाका छोराको मृत्युको साटो लिन राजाका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, अनि तिनीहरूले राजालाई तिनको ओछ्यानमा नै मारे। यसरी तिनी मरे, र दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा चाहिँ होइन।"},{"id":26,"text":"ती षड्यन्त्रकारीहरूचाहिँ अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद थिए। "},{"id":27,"text":"योआशका सन्तानको विवरण, तिनको विषयमा धेरै ईश्वरवाणी, र परमेश्वरको मन्दिर तिनले पुनर्निर्माण गरेका विषय राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।"}]},{"id":25,"title":"२ इतिहास 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/25-3ffe56fade90e2cb70040f291af9655f.mp3?version_id=1483","verses":[{"id":1,"text":"अमस्याह राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यहोअदीन थियो। तिनी यरूशलेमकी थिइन्। "},{"id":2,"text":"तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे, तर पूरा मनले त होइन। "},{"id":3,"text":"तिनको हातमा राजकीय अधिकार स्थिर भएपछि आफ्ना पिता राजाको हत्या गर्ने अधिकारीहरूलाई तिनले मारे। "},{"id":4,"text":"तर तिनले मोशाका व्यवस्थाको पुस्तकमा लेखिएको यसो भन्ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराहरूलाई चाहिँ मारेनन्: “बुबाहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बुबाहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्नै अपराधहरूका निम्ति मरोस्।” "},{"id":5,"text":"अमस्याहले यहूदाका मानिसहरूलाई भेला गराएर तिनीहरूका परिवार-परिवारअनुसार सारा यहूदा र बेन्यामीनका हजार र सयका सेनापतिहरूको अधीनमा राखिदिए। तिनले बीस वर्ष पुगेका र त्यसभन्दा बढ़ी उमेरकाहरूलाई जम्मा गरे। तिनीहरूको संख्या तीन लाख थियो। ती सबै लड़ाइँ गर्न अनि भाला र ढाल चलाउन सक्नेहरू थिए। "},{"id":6,"text":"तिनले एक सय चाँदीका तोड़ा तिरेर इस्राएलबाट एक लाख वीर योद्धाहरू लिए।"},{"id":7,"text":"तर परमेश्वरका एक जना तिनीकहाँ आएर भने, “हे मेरा राजा, इस्राएली सेनालाई तपाईंसँग नलैजानुहोस्। परमप्रभु इस्राएलसँग हुनुहुन्न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्न। "},{"id":8,"text":"तपाईंले साहससित लड़ाइँमा लड्नुभए तापनि परमेश्वरले तपाईंलाई आफ्ना शत्रुहरूका सामु परास्त गर्नुहुनेछ, किनभने सहायता गर्ने, अथवा परास्त गर्ने उहाँको शक्ति छ।”"},{"id":9,"text":"अमस्याहले परमेश्वरका जनलाई भने, “इस्राएली सेनाको निम्ति खर्च गरेको त्यो एक सय तोड़ाको विषयमा चाहिँ म के गरूँ त?”परमेश्वरका जनले जवाफ दिए, “परमेश्वरले तपाईंलाई त्यसभन्दा बढ़ी दिन सक्नुहुन्छ।”"},{"id":10,"text":"यसैले अमस्याहले एफ्राइमबाट तिनीकहाँ आएको फौजलाई अलग गरेर घर पठाइदिए। यसले गर्दा तिनीहरू यहूदासित क्रोधित भए, र रीसले चूर भएर तिनीहरू घर फर्के।"},{"id":11,"text":"त्यसपछि अमस्याहले हौसला लिएर आफ्ना फौजहरूलाई नूनको उपत्यकामा लगे, र त्यहाँ सेइरका दश हजार मानिसहरूलाई मारे। "},{"id":12,"text":"यहूदाका फौजहरूले अरू दश हजार मानिसहरूलाई जीवित पक्रे, र उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगेर तल खसालिदिए। त्यहाँ तिनीहरू सबै छिन्नभिन्न भए।"},{"id":13,"text":"यसै बीचमा अमस्याहले लड़ाइँमा भाग नलिई घरमा पठाइदिएको त्यस फौजले यहूदाका सहरहरू सामरियादेखि लिएर बेथ-होरोनसम्म लुटे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै लूटका मालहरू लगे।"},{"id":14,"text":"एदोमीहरूलाई परास्त गरेर फर्केपछि अमस्याहले सेइरका मानिसहरूका देवताहरू ल्याएर आफ्नै देवता बनाए। तिनले ती देवताहरूलाई पुजे, र तिनका निम्ति होमबलि चढ़ाए। "},{"id":15,"text":"यसैले गर्दा परमप्रभु अमस्याहसँग रिसाउनुभयो। उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनलाई भने, “आफ्नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्ने देवताहरूको पछि तपाईं किन लाग्नुभयो?”"},{"id":16,"text":"जब तिनी बोलिरहेका थिए तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्लाहकार नियुक्त गरेका हौं र? चूप लाग। किन आफ्नो जीवन खतरामा पार्छौ?”ती अगमवक्ता चूप लाग्न अघि यसो भने, “मलाई थाहा छ कि तपाईंले यस्तो गरेर मेरो सल्लाह नसुन्नुभएको कारण परमेश्वरले तपाईंलाई नाश गर्ने निश्चय गर्नुभएको छ।”"},{"id":17,"text":"त्यसपछि यहूदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसँग सल्लाह गरेपछि इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशलाई यसो भनेर युद्धको निम्ति हाँक दिए, “आऊ, हामी एक-अर्काको सामना गरौं।” "},{"id":18,"text":"तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई यो जवाफ पठाए, “लेबनानको एउटा सिउँड़ीले लेबनानकै एउटा देवदारुलाई यसो भनी पठायो, ‘तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ’। तब लेबनानको एउटा वन-पशु त्यताबाट भएर जाँदा त्यस सिउँड़ीलाई कुल्चिदियो। "},{"id":19,"text":"‘एदोमलाई जितें’ भनी तिमी भन्छौ, र तिम्रो शेखी बढ़्यो। आफ्नो घरमा नै बसिरहनू। आफ्नै र यहूदाको पनि पतन ल्याउन तिमी किन खतरामा पर्छौ?”"},{"id":20,"text":"तर अमस्याहले यस कुरामा ध्यानै दिएनन्। यो त तिनीहरूलाई येहोआशको हातमा सुम्पिदिन परमेश्वरले युक्ति गर्नुभएको थियो, किनभने तिनीहरू एदोमका देवताहरूका पछि लागेका थिए। "},{"id":21,"text":"यसैले इस्राएलका राजा येहोआश अगि बढ़े, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाका बेथ-शेमेशमा भिड़िए। "},{"id":22,"text":"यहूदाका मानिसहरू इस्राएलद्वारा पराजित भए, र तिनीहरू सबै आ-आफ्नो घरमा भागे। "},{"id":23,"text":"इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रेर यरूशलेममा ल्याए। तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्म चार सय हात लामो सहरको पर्खाल भत्काइदिए। "},{"id":24,"text":"तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाएका सबै सुन र चाँदी र सबै भाँड़ाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र राजकैदीहरूलाई पनि लगे, अनि तिनी सामरियामा फर्के।"},{"id":25,"text":"इस्राएलका राजा यहोआहाजका छोरा येहोआशभन्दा यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष ज्यादा बाँचे। "},{"id":26,"text":"अमस्याहको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? "},{"id":27,"text":"अमस्याह परमप्रभुबाट तर्केर गएको दिनदेखि नै यरूशलेममा तिनको विरुद्ध षड्यन्त्र भइरहेको थियो, र तिनी लाकीशमा भागेर गए। तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे। "},{"id":28,"text":"त्यसपछि तिनीहरूले तिनको लाश घोड़ामाथि बोकाएर यरूशलेममा ल्याए। तिनी त्यहाँ आफ्ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए।"}]},{"id":26,"title":"२ इतिहास 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/26-0113327ae48d787fe7e51cb38c97a277.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका उज्जियाहलाई लिएर तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए। "},{"id":2,"text":"अमस्याह आफ्ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।"},{"id":3,"text":"उज्जियाह राजगद्दी आरोहण गर्दा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। तिनी यरूशलेमकी थिइन्। "},{"id":4,"text":"तिनले आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। "},{"id":5,"text":"तिनलाई परमेश्वरको भयमा शिक्षा दिने जकरियाको समयमा तिनले परमेश्वरको अगुवाइ खोज्नमा तनमन लगाए। परमप्रभुलाई खोज्दैरहुञ्जेलसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनुभयो।"},{"id":6,"text":"तिनी पलिश्तीहरूसँग युद्ध गर्न रणभूमिमा गए, र गात, यब्ने र अश्दोदका पर्खालहरू तिनले भत्काइदिए। तिनले अश्दोदको नजिक र पलिश्तीहरूका बीचमा सहरहरू बनाए। "},{"id":7,"text":"परमेश्वरले तिनलाई पलिश्तीहरू, गूर-बालमा बस्ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो। "},{"id":8,"text":"अम्मोनीहरूले उज्जियाहकहाँ सौगातहरू ल्याए, अनि तिनको ख्याति मिश्रदेशको सिमानासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली भएका थिए।"},{"id":9,"text":"तिनले यरूशलेममा कुने-ढोका, बेँसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहरा बनाएर तिनलाई सुरक्षित पारे। "},{"id":10,"text":"तिनले उजाड़-स्थानमा अरू धरहराहरू बनाए, र तिनले पहाड़ र बेँसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारण धेरै कूवाहरू खने। पहाड़ र मधेसमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनभने तिनी खेतीपातीमा ध्यान दिन्थे।"},{"id":11,"text":"यसबाहेक उज्जियाहको तालीम पाएका र युद्धको निम्ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले जनगणनाअनुसार दल-दल गरी राजाका एक जना अधिकारी हनन्याहको अधीनमा यिनीहरूलाई राखेका थिए। "},{"id":12,"text":"वीर-वीर योद्धाहरू पठाउने परिवार-परिवारका प्रधानहरूको जम्मा संख्या २,६०० थियो। "},{"id":13,"text":"तिनीहरूको अधीनमा राजालाई शत्रुहरूका विरुद्धमा सहायता गर्न ३,०७,५०० योद्धाहरू भएको एक लड़ाकू सेना पनि थियो। "},{"id":14,"text":"जम्मै सेनाको निम्ति उज्जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे। "},{"id":15,"text":"धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्ने यन्त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्तो आश्चर्यको सामान मिलेको कारण तिनको ख्याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्यादै शक्तिशाली भए।"},{"id":16,"text":"तर तिनी शक्तिशाली भएपछि तिनको अहङ्कारले गर्दा तिनको पतन भयो। तिनी धूप-वेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा तिनले विश्वासघात गरे। "},{"id":17,"text":"तर पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू राजा उज्जियाहको पछिपछि गई तिनको सामना गरेर तिनलाई भने, "},{"id":18,"text":"“हे उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईंको होइन। यस कामको निम्ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू छन्। पवित्रस्थानबाट हटिजानुहोस्, किनभने तपाईंले विश्वासघात गर्नुभएको छ। परमप्रभु परमेश्वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।” "},{"id":19,"text":"हातमा धुपौरो लिएर धूप बाल्न तयार भएका राजा क्रोधित भए। पूजाहारीहरूसँग रिसाउँदारिसाउँदै तिनीहरूकै सामुन्ने परमप्रभुको मन्दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो। "},{"id":20,"text":"प्रधान पूजाहारी अजर्याह र अरू पूजाहारीहरूले तिनलाई हेर्दाहेर्दै निधारमा कुष्ठरोग निस्केको तिनीहरूले देखे, र तिनलाई हतार-हतार मन्दिरको बाहिर निकाले। अनि तिनी आफै पनि बाहिर निस्कनलाई हतार गरे, किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो।"},{"id":21,"text":"राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए। तिनी अलग्गै घरमा कोरी भएर बस्न लागे। परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन्। राज्यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्य चलाउन लागे।"},{"id":22,"text":"उज्जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्त्यसम्मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्। "},{"id":23,"text":"उज्जियाह आफ्ना पित्रहरूसित सुते, र तिनीहरूका नजिकमा राजाहरूको एउटा खेतमा गाड़िए, किनभने मानिसहरू भन्थे, “तिनी एक कोरी हुन्।” अनि तिनीपछि तिनका छोरा योताम राजा भए। "}]},{"id":27,"title":"२ इतिहास 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/27-3e7488e59fa3156c9b39e843f50e7de0.mp3?version_id=1483","verses":[{"id":1,"text":"योताम राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ सादोककी छोरी यरूशा थियो। "},{"id":2,"text":"तिनका पिता उज्जियाहले झैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे, तर आफ्ना पिताझैँ तिनी परमप्रभुको मन्दिरमा पसेनन्। तापनि मानिसहरूचाहिँ आफ्ना दुष्ट चालमा लागिरहे। "},{"id":3,"text":"तिनले परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको पुनर्निर्माण गरे, र आफैले डाँड़ाको पर्खाल खूब मरम्मत गरिदिए। "},{"id":4,"text":"तिनले यहूदाको पहाड़ी देशमा सहरहरू बनाए, र वनका डाँड़ाहरूमा किल्ला र धरहराहरू बनाए।"},{"id":5,"text":"योतामले अम्मोनीहरूका राजासँग युद्ध गरेर उनलाई परास्त गरे। अनि त्यस वर्ष अम्मोनीहरूले तिनलाई साढ़े तीन टन चाँदी, पच्चीस हजार मुरी गहूँ र पच्चीस हजार मुरी जौ दिए। उनीहरूले दोस्रो र तेस्रो वर्ष पनि त्यहीबमोजिम कर तिरे।"},{"id":6,"text":"परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने आफ्नो चाल ठीक राखेकाले गर्दा योताम अत्यन्त शक्तिशाली भए।"},{"id":7,"text":"योतामको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै युद्ध र अरू काम इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। "},{"id":8,"text":"तिनी राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। "},{"id":9,"text":"तिनी आफ्ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आहाज राजा भए।"}]},{"id":28,"title":"२ इतिहास 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/28-784eceb1e73397a9e06b14392ba40644.mp3?version_id=1483","verses":[{"id":1,"text":"आहाज राजगद्दी आरोहण गर्दा बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दाऊदले गरेझैँ जे कुरो परमप्रभुको दृष्टिमा असल थियो त्यही गरेनन्। "},{"id":2,"text":"तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, र बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए। "},{"id":3,"text":"तिनले बेन-हिन्नोमको बेँसीमा बलिदानहरू पनि चढ़ाए। इस्राएलको सामुन्नेबाट जुन जातिहरूलाई परमप्रभुले देशबाट निकाल्नुभएको थियो, उनीहरूकै घिनलाग्दा चालमा हिँड़ेर तिनले आफ्ना छोराहरूलाई आगोमा होम गरे। "},{"id":4,"text":"तिनले अल्गा-अल्गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले।"},{"id":5,"text":"यसकारण परमप्रभु तिनका परमेश्वरले तिनलाई अरामका राजाको हातबाट हार खुवाउनुभयो। अरामीहरूले तिनलाई परास्त गरेर तिनका मानिसहरूमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे। तिनी इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई सम्पूर्ण परास्त गरे। "},{"id":6,"text":"रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बीस हजार योद्धाहरूलाई मारे, किनभने यहूदाले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। "},{"id":7,"text":"एक जना एफ्राइमी वीर जिक्रीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजाका मुख्य मन्त्री एल्कानालाई मारे। "},{"id":8,"text":"इस्राएलीहरूले आफ्ना कुटुम्बका दुई लाख स्त्रीहरू र केटाकेटीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै लूटका मालहरू पनि लगेर सामरियामा ल्याए।"},{"id":9,"text":"तर त्यहाँ ओदेद नाउँ भएका परमप्रभुका एक अगमवक्ता थिए, र सेना सामरियामा फर्किरहेको बेला तिनी त्यस सेनालाई भेट्न निस्के। तिनले त्यस सेनाका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनुभएको हो। तर तिमीहरूले चाहिँ अत्यन्त रीसको झोँकमा तिनीहरूको संहार गर्यौ। "},{"id":10,"text":"अब तिमीहरू यहूदा र यरूशलेमका मानिसहरू पुरुष र स्त्री दुवैलाई दास-दासी बनाउने इच्छा गर्दछौ। त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु दोषी हुँदैनौ? "},{"id":11,"text":"अब मेरा कुरा सुन। आफ्ना कुटुम्बहरूबाट कैद गरेर ल्याएकाहरूलाई फर्काइदेओ, किनभने परमप्रभुको क्रोध तिमीहरूमाथि खनिएको छ।”"},{"id":12,"text":"तब कुनै-कुनै एफ्राइमका प्रधानहरू, अर्थात् येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैका छोरा अमासाले युद्धबाट फर्केर आइरहेकाहरूलाई भेट्टाएर भने, "},{"id":13,"text":"“यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न। तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरू परमप्रभुको दृष्टिमा दोषी हुनेछौं। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हामी त दोषी भइसकिहालेका छौं, र इस्राएलको विरुद्धमा उहाँको भयानक क्रोध आइपरेको छ।”"},{"id":14,"text":"यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालसामानहरूचाहिँ अधिकारीहरू र सबै समुदायका उपस्थितिमा छोड़िदिए। "},{"id":15,"text":"तिनीहरूले कैदीहरूलाई त्यही कामको निम्ति खटिएका मानिसहरूको जिम्मामा छोड़िदिए, अनि तिनीहरूले लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए। तिनीहरूले कैदीहरूलाई लुगा र जुत्ता लगाइदिए, अनि खानपान दिएर तेल पनि लगाइदिए। अनि साह्रै थाकेका र हिँड्न नसक्नेहरूलाई तिनीहरूले गधामा चढ़ाएर आफ्ना कुटुम्बहरूकहाँ खजूरका रूखहरूको सहर, अर्थात् यरीहोसम्म ल्याइदिए। त्यसपछि तिनीहरू आफै चाहिँ सामरियामा फर्के।"},{"id":16,"text":"त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायता मागिपठाए। "},{"id":17,"text":"किनभने एदोमीहरूले फेरि आक्रमण गरी यहूदालाई जितेर कैदी बनाई लगेका थिए। "},{"id":18,"text":"पलिश्तीहरूले पनि पहाड़ र यहूदाको नेगेवका सहरहरू लुटे। उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरूसमेत कब्जा गरेर अधिकार गरेका थिए। "},{"id":19,"text":"इस्राएलका राजा आहाजको कारणले नै परमप्रभुले यहूदालाई विनम्र तुल्याउनुभएको थियो, किनभने यहूदामा तिनले दुष्टता बढ़ाएर तिनी परमप्रभुतर्फ साह्रै नै विश्वासघाती भएका थिए। "},{"id":20,"text":"तब अश्शूरका राजा तिग्लत-पिलेसेर तिनलाई सहायता दिन आए, तर तिनलाई सहायता दिनुको सट्टा झन् तिनलाई कष्ट दिए। "},{"id":21,"text":"आहाजले परमप्रभुको मन्दिर, राजाको महल र आफ्ना भारदारहरूबाट केही कुरा लिएर अश्शूरका राजालाई दिए, तर यी सबै व्यर्थ भयो।"},{"id":22,"text":"यी नै राजा आहाज आफ्नो कष्टको समयमा झन्-झन् परमप्रभुप्रति विश्वासघाती भए। "},{"id":23,"text":"तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूलाई बलिदान चढ़ाए, किनकि तिनले यो विचार गरे, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरे। यसकारण तिनीहरूले मलाई सहायता गरून् भनी म पनि तिनीहरूलाई बलिदान चढ़ाउनेछु।” तर वास्तवमा तिनीहरूले नै तिनको र सारा इस्राएलको पतन ल्याए।"},{"id":24,"text":"आहाजले परमप्रभुको मन्दिरका भाँड़ाकुँड़ाहरू जम्मा गरेर लगे, अनि परमप्रभुको मन्दिरका ढोकाहरू पनि बन्द गरिदिए। तिनले यरूशलेमका सड़क-सड़कमा वेदीहरू बनाए। "},{"id":25,"text":"अनि यहूदाका सहरैपिच्छे अरू देवताहरूलाई बलिदान चढ़ाउनका निम्ति डाँड़ाहरूका थानहरू बनाए। यसरी तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए।"},{"id":26,"text":"तिनको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्। "},{"id":27,"text":"आहाज आफ्ना पित्रहरूसित सुते, र यरूशलेम सहरमा गाड़िए, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाड़ेनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए। "}]},{"id":29,"title":"२ इतिहास 29","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/29-ddc9d138fb5901d5d44ca9b80aea7eb6.mp3?version_id=1483","verses":[{"id":1,"text":"हिजकिया राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ जकरियाकी छोरी अबिया थियो। "},{"id":2,"text":"आफ्ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही तिनले गरे।"},{"id":3,"text":"आफ्नो राजकालको पहिलो वर्षको पहिलो महिनामा तिनले परमप्रभुको मन्दिरका ढोकाहरू खोलेर तिनलाई मरम्मत गरे। "},{"id":4,"text":"तिनले पूजाहारीहरू र लेवीहरूलाई ल्याएर पूर्वपट्टिको चोकमा भेला गराए, "},{"id":5,"text":"र तिनीहरूलाई भने, “हे लेवी हो, मेरा कुरा सुन। तिमीहरू अहिले आफू-आफूलाई पवित्र गर। परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई पवित्र पार, र पवित्रस्थानबाट अपवित्र कुरा हटाइदेओ। "},{"id":6,"text":"हाम्रा पुर्खाहरू त विश्वासघाती भएर परमप्रभु हाम्रा परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही नै तिनीहरूले गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँका बासस्थानको केही वास्तै गरेनन्। तिनीहरूले त उहाँतिर आफ्ना पीठ फर्काए। "},{"id":7,"text":"तिनीहरूले दलानका ढोकाहरू बन्द गरिदिए, र बत्ती बाल्न पनि छोड़िदिए। तिनीहरूले इस्राएलका परमेश्वरको पवित्रस्थानमा धूप बाल्न र होमबलि चढ़ाउन छोड़िदिए। "},{"id":8,"text":"यसैकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको छ, र उहाँले तिनीहरूलाई घृणा, आतङ्क र हाँसोका पात्र तुल्याउनुभएको छ। ती तिमीहरू आफै देख्दैछौ। "},{"id":9,"text":"त्यसले गर्दा नै हाम्रा पुर्खाहरू तरवारले मारिए, र हाम्रा छोराछोरीहरू र पत्नीहरू कैदमा छन्। "},{"id":10,"text":"अब मेरो इच्छा यही छ, कि हामीहरूबाट उहाँको क्रोध हटाउनलाई हामीले परमप्रभु इस्राएलका परमेश्वरसँग एउटा करार बाँध्नुपर्छ। "},{"id":11,"text":"हे मेरा छोरा हो, अब बेवास्ता नगर! किनभने परमप्रभुले उहाँको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको सामु काम गर्न र धूप बाल्न तिमीहरूलाई चुन्नुभएको छ।”"},{"id":12,"text":"तब यी लेवीहरूले काम गर्न सुरु गरे:\nकहातीहरूबाट:\nअमासैका छोरा महत र अजर्याहका छोरा योएल।\nमरारीहरूबाट:\nअब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह।\nगेर्शोनीहरूबाट:\nजिम्माहका छोरा योआ र योआका छोरा अदन।"},{"id":13,"text":"एलीजापानका सन्तानबाट:\nशिम्री र यहीएल।\nआसापका सन्तानबाट:\nजकरिया र मत्तन्याह।"},{"id":14,"text":"हेमानका सन्तानबाट:\nयहीएल र शिमी।\nयदूतूनका सन्तानबाट:\nशमायाह र उज्जीएल।"},{"id":15,"text":"तिनीहरूले आ-आफ्ना कुटुम्बहरूलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे। अनि परमप्रभुको आज्ञाअनुसार र राजाले तिनीहरूलाई हुकुम गरेबमोजिम परमप्रभुको मन्दिरलाई शुद्ध पार्न तिनीहरू त्यसभित्र पसे। "},{"id":16,"text":"परमप्रभुको मन्दिर शुद्ध गर्न पूजाहारीहरू भित्र पसे। तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू परमप्रभुका मन्दिरको चोकमा लगेर राखे। लेवीहरूले ती कुराहरू लिएर बाहिर किद्रोन खोल्सामा लगेर फालिदिए। "},{"id":17,"text":"पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगेका थिए। अनि अझै आठ दिनसम्म तिनीहरूले परमप्रभुको मन्दिर नै पवित्र गरे। पहिलो महिनाको सोह्रै दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए।"},{"id":18,"text":"त्यसपछि तिनीहरूले राजमहलमा गएर हिजकिया राजालाई भने, “हामीले परमप्रभुको मन्दिर जम्मै पवित्र गरिसक्यौं, अर्थात् होमबलिको वेदी, त्यसका सबै भाँड़ाकुँड़ाहरूसमेत, अनि अर्पण गरिएको रोटी लहर-लहर गरी मिलाएर राख्ने टेबिल, त्यसका सबै सामानसमेत। "},{"id":19,"text":"र राजा आहाजले आफ्नो शासनकालमा विश्वासघाती भएर पन्साइराखेका जम्मै सरसामानहरू पनि हामीले नियत स्थानमा पवित्र गरेर राखिदियौं। अब ती परमप्रभुका वेदीको सामुन्ने राखिएका छन्।”"},{"id":20,"text":"राजा हिजकिया बिहान सबेरै उठी सहरका अधिकारीहरूलाई भेला गराएर परमप्रभुको मन्दिरमा उक्लेर गए। "},{"id":21,"text":"तिनीहरूले सात वटा साँढ़े, सात वटा भेड़ा र सात वटा थुमा ल्याए, अनि राज्य, पवित्रस्थान र यहूदाको लागि पापबलिको निम्ति सात वटा बोका ल्याए। राजाले हारूनको वंशका पूजाहारीहरूलाई यी सबै परमप्रभुको वेदीमा चढ़ाउने हुकुम गरे। "},{"id":22,"text":"यसैले तिनीहरूले साँढ़ेहरू मारे, र पूजाहारीहरूले तिनका रगत लिएर वेदीमा छर्के। तब तिनीहरूले भेड़ाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के। तब थुमाहरू मारिए, र तिनका रगत लिएर वेदीमा खन्याए। "},{"id":23,"text":"त्यसपछि पापबलिको निम्ति बोकाहरू राजा र समुदायको सामुन्ने ल्याइए, र तिनीहरूले तीमाथि आ-आफ्ना हात राखे। "},{"id":24,"text":"अनि पूजाहारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलि स्वरूप वेदीमा चढ़ाए। किनभने होमबलि र पापबलिचाहिँ सारा इस्राएलको निम्ति चढ़ाउनुपर्छ भन्ने हुकुम राजाले दिएका थिए।"},{"id":25,"text":"राजाले लेवीहरूलाई परमेश्वरको मन्दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले तोकिदिएको नियमअनुसार झ्याली, वीणा र सारङ्गीका साथमा आ-आफ्नो काममा खटाए। यो नियमचाहिँ परमप्रभुबाट आफ्ना अगमवक्ताहरूद्वारा दिइएको थियो। "},{"id":26,"text":"लेवीहरू दाऊदका बाजाहरू र पूजाहारीहरूचाहिँ तुरहीहरू लिएर उभिए।"},{"id":27,"text":"होमबलि वेदीमा चढ़ाउनू भनी हिजकियाले हुकुम गरे। होमबलि चढ़ाउने काम सुरु हुँदा तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूबाट परमप्रभुको स्तुतिगान पनि सुरु भयो। "},{"id":28,"text":"गवैयाहरूले गाए र तुरही बजाउनेहरूले बजाए र सारा समुदायले निहुरेर दण्डवत् गरे। होमबलि खतम नहोउञ्जेल सबै काम यसरी नै निरन्तर भइरह्यो।"},{"id":29,"text":"बलिदान समाप्त भइसकेपछि राजा र तिनीसँग भएका सबै समुदायले घुँड़ा टेकेर दण्डवत् गरे। "},{"id":30,"text":"राजा हिजकिया र तिनका अधिकारीहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्दमा परमप्रभुको स्तुतिगान गर्न लाए। यसरी तिनीहरूले साह्रै रमाहटसित उहाँको प्रशंसा गरे, र निहुरेर दण्डवत् गरे।"},{"id":31,"text":"तब हिजकियाले भने, “तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ। तिमीहरूका बलिदान र धन्यवादका बलिहरू लिएर तिमीहरू परमप्रभुको मन्दिरमा आओ।” यसैले समुदायले बलिदानहरू र धन्यवाद बलिहरू ल्याए, र राजीखुशी हुनेहरू हरेकले आ-आफ्नो होमबलि ल्यायो।"},{"id":32,"text":"समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढ़ेहरू, एक सय भेड़ाहरू, र दुई सय थुमाहरू थियो। यी सबै मिलाएर परमप्रभुको निम्ति होमबलि भयो। "},{"id":33,"text":"अनि परमप्रभुमा अर्पण गरिएका बलिदानहरूचाहिँ छ सय साँढ़ेहरू र तीन हजार भेड़ा र बोकाहरू थिए। "},{"id":34,"text":"तर पूजाहारीहरू साह्रै कम भएका हुनाले सबै होमबलिका छाला काढ्न सकेनन्। यसैकारण तिनीहरूका लेवी कुटुम्बहरूले त्यो काम खतम नहोउञ्जेल र अरू पूजाहारीहरूले आफैलाई पवित्र नगरुञ्जेल तिनीहरूलाई सघाए। किनभने आफू-आफूलाई पवित्र गर्नमा लेवीहरू पूजाहारीहरूभन्दा बढ़ी होशियारी भएका थिए। "},{"id":35,"text":"हरेक होमबलिसँग चढ़ाइएको मेलबलिको बोसो र अर्घ-बलिको साथ होमबलिहरू प्रशस्त मात्रामा थिए।यसरी परमप्रभुका मन्दिरको सेवा पहिलेको जस्तै गरिन थालियो। "},{"id":36,"text":"परमेश्वरले आफ्नो प्रजाको निम्ति गर्नुभएको काम र त्यो यति चाँड़ै पूरा भएकोले हिजकिया र सबै मानिसहरू खुशी भए।"}]},{"id":30,"title":"२ इतिहास 30","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/30-3403483bafcbff27e29bc2f8f545381c.mp3?version_id=1483","verses":[{"id":1,"text":"हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड़ परमप्रभुको मन्दिरमा मान्न आऊन् भनी निम्तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्शेलाई पनि चिट्ठीहरू पठाए। "},{"id":2,"text":"राजा, तिनका अधिकारीहरू र यरूशलेममा भेला भएका सबै समुदाय दोस्रो महिनामा निस्तार-चाड़ मनाउन सहमत भएका थिए। "},{"id":3,"text":"तिनीहरूले विधिअनुसार ठीक समयमा मनाउन सकेका थिएनन्, किनभने पर्याप्त पूजाहारीहरूले आफू-आफूलाई शुद्ध गरेका थिएनन्, र मानिसहरू पनि यरूशलेममा भेला भएका थिएनन्। "},{"id":4,"text":"यो प्रस्ताव राजा र सारा समुदायलाई असल लाग्यो। "},{"id":5,"text":"तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड़ मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ। यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड़ मानेका थिएनन्।"},{"id":6,"text":"हिजकियाको हुकुमअनुसार राजा र तिनका अधिकारीहरूबाट यस्तो घोषणा-पत्र लिएर समाचारवाहकहरू सारा इस्राएल र यहूदाभरि गए:“हे इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क, र अश्शूरका राजाहरूका हातबाट उम्कनेहरूतिर उहाँ पनि फर्कून्। "},{"id":7,"text":"तिमीहरू आफ्ना पुर्खाहरू र तिमीहरूका कुटुम्बहरूजस्तै नहोओ। तिनीहरू त परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा विश्वासघाती भए, र परमप्रभुले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो। त्यो तिमीहरू आफैले देख्यौ। "},{"id":8,"text":"तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ। तिमीहरू आफू-आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर। परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र उहाँको भयानक क्रोध तिमीहरूबाट पर हटोस्। "},{"id":9,"text":"तिमीहरू परमप्रभुतिर फर्क्यौ भने तिमीहरूका कुटुम्बहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वर दयालु र करुणामय हुनुहुन्छ। तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन।”"},{"id":10,"text":"तब ती समाचारवाहकहरू एफ्राइम र मनश्शेका देशभरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए। तर मानिसहरूले तिनीहरूको गिल्ला र हाँसो गरे। "},{"id":11,"text":"तापनि आशेर, मनश्शे र जबूलूनका कुनै-कुनै मानिसहरू आफैलाई नम्र तुल्याएर यरूशलेममा गए। "},{"id":12,"text":"यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्वरको हातले यहूदाका मानिसहरूलाई उक्साए।"},{"id":13,"text":"धेरै मानिसहरू, अर्थात् एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड़ मान्न यरूशलेममा भेला भए। "},{"id":14,"text":"तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाए, अनि धूप बाल्ने वेदीहरू पनि हटाइदिए, र तिनलाई किद्रोनको खोल्सामा फ्याँकिदिए।"},{"id":15,"text":"तिनीहरूले दोस्रो महिनाको चौथो दिनमा निस्तार-चाड़को थुमा मारे। पूजाहारीहरू र लेवीहरू साह्रै लज्जित भए। तिनीहरूले आफू-आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्दिरमा होमबलि ल्याए। "},{"id":16,"text":"तब परमेश्वरका जन मोशाले दिएको व्यवस्थाअनुसार तिनीहरू आ-आफ्नो नियत स्थानमा बसे। लेवीहरूबाट लिएको रगत पूजाहारीहरूले वेदीमा छर्के। "},{"id":17,"text":"तर समुदायका धेरै जनाले आफू-आफूलाई शुद्ध गरेका थिएनन्। यसैकारण परमप्रभुको सामुन्ने आ-आफ्नो थुमा पवित्र गर्न नसक्ने यी अशुद्ध भएका सबैका निम्ति लेवीहरूले निस्तार-चाड़का थुमाहरू मार्नुपर्यो। "},{"id":18,"text":"एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएकाहरूमध्ये धेरै जना विधिपूर्वक शुद्ध भएका थिएनन्। तापनि तिनीहरूले अनियमित रीतिले निस्तार-चाड़ माने। तर हिजकियाले यसो भनेर तिनीहरूका निम्ति प्रार्थना गरे, "},{"id":19,"text":"“पवित्रस्थानका शुद्धीकरणको नियम त्यसले पालन गरेको छैन भने पनि परमप्रभु त्यसका पुर्खाहरूका परमेश्वरलाई खोज्न सङ्कल्प गर्ने हरेकलाई परमप्रभुले क्षमा गरून्।” "},{"id":20,"text":"अनि परमप्रभुले हिजकियाको प्रार्थना सुन्नुभयो, र मानिसहरूलाई निको पार्नुभयो।"},{"id":21,"text":"यरूशलेममा उपस्थित भएका इस्राएलीहरूले सात दिनसम्म ठूलो रमाहटको साथ अखमिरी रोटीको चाड़ मनाए। अनि लेवीहरू र पूजाहारीहरूले नथामीकनै परमप्रभुका बाजाहरूका साथ दिनहुँ खूब जोशसँग परमप्रभुको प्रशंसा गरे।"},{"id":22,"text":"परमप्रभुका सेवाको विषयमा साँचो ज्ञान भएका लेवीहरूलाई हिजकियाले उत्साहको वचनले बोले। यसरी तिनीहरूले चाड़का सात दिन मेलबलिहरू चढ़ाउँदै, परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको प्रशंसा गर्दै र आ-आफ्नो तोकिएको भाग खाँदै बिताए।"},{"id":23,"text":"सारा समुदाय अरू सात दिनसम्म चाड़ मान्न सहमत भए। यसकारण तिनीहरूले रमाहटसित अरू सात दिन चाड़ मनाए। "},{"id":24,"text":"यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार साँढ़े र सात हजार भेड़ाबाख्रा, अनि अधिकारीहरूले समुदायको निम्ति एक हजार साँढ़े र दश हजार भेड़ाबाख्रा अलग राखिदिएका थिए। पूजाहारीहरूले धेरै संख्यामा आफू-आफूलाई शुद्ध पारे। "},{"id":25,"text":"यहूदाका सारा समुदाय, पूजाहारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे। "},{"id":26,"text":"यरूशलेममा ठूलो रमाहट भयो, किनभने त्यस्तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यसो त्यहाँ भएको थिएन। "},{"id":27,"text":"पूजाहारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिन खड़ा भए, अनि परमेश्वरले पुकारा सुन्नुभयो, किनकि तिनीहरूको प्रार्थना स्वर्गमा परमेश्वरको पवित्र वासस्थानसम्मै पुग्यो।"}]},{"id":31,"title":"२ इतिहास 31","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/31-68f47890927813e682fec079627f3d2e.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब यो उत्सव भइसकियो तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका सहरहरू हुँदो गएर ती सबै खतम नहोउञ्जेल तिनीहरूले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेरा देवीका मूर्तिहरू ढालिदिए। सारा यहूदा र बेन्यामीन, र एफ्राइम र मनश्शेका अल्गा-अल्गा थानहरू र वेदीहरू भत्काइदिए। त्यति गरिसकेपछि इस्राएलीहरू हरेक आ-आफ्नो सहर र पैतृक भूमिमा फर्के।"},{"id":2,"text":"त्यसपछि हिजकियाले पूजाहारीहरू र लेवीहरूलाई दल-दल गरी होमबलि र मेलबलि चढ़ाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्न आ-आफ्ना विशेष कामहरू हरेकलाई खटाइदिए। "},{"id":3,"text":"राजाले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाड़हरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए। "},{"id":4,"text":"पूजाहारीहरू र लेवीहरू परमप्रभुको व्यवस्थामा नै लागिरहून् भनेर राजाले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग जुटाइदेऊन् भनी हुकुम गरे। "},{"id":5,"text":"राजाको हुकुम इस्राएलीहरूलाई दिने बित्तिकै तिनीहरूले आफ्ना अन्न, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल दिए। तिनीहरूले प्रशस्त मात्रामा— थोकको पूरा दशांश ल्याए। "},{"id":6,"text":"यहूदाका सहरमा बस्ने इस्राएलीहरू र यहूदीहरूले पनि गाईबस्तुको दशांश, अनि परमप्रभु तिनीहरूका परमेश्वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे। "},{"id":7,"text":"तिनीहरूले तेस्रो महिनामा थुपार्न सुरु गरे, र सातौँ महिनामा सिद्ध्याए। "},{"id":8,"text":"हिजकिया र तिनका अधिकारीहरू आएर ती थुपारिएका कुरा देख्दा, तिनीहरूले परमप्रभु र उहाँको प्रजा इस्राएललाई धन्यवाद दिए।"},{"id":9,"text":"यी थुपारिएका कुराहरूको विषयमा हिजकियाले पूजाहारीहरू र लेवीहरूसित सोधपूछ गरे। "},{"id":10,"text":"सादोकको वंशका प्रधान पूजाहारी अजर्याहले जवाफ दिए, “मानिसहरूले परमप्रभुको मन्दिरमा आ-आफ्नो भेटी ल्याएको समयदेखि यसो हामीहरूलाई खानका निम्ति प्रशस्त भयो अनि उब्रेका पनि छन्, किनभने परमप्रभुले उहाँको प्रजालाई यति धेरै आशिष् दिनुभएको छ, कि यी धेरै कुरा उब्रेका पनि छन्।”"},{"id":11,"text":"तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र ती तयार गरिए। "},{"id":12,"text":"अनि मानिसहरूले ईमानदारीसाथ आ-आफ्ना भेटीहरू, दशांश र तिनीहरूले अर्पण गरेका दानहरू ल्याए। तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्याह थिए, अनि तिनका भाइ शिमीचाहिँ उपअधिकृत थिए। "},{"id":13,"text":"राजा हिजकिया र परमेश्वरको मन्दिरका अधिकारी अजर्याहले कोनन्याह र तिनका भाइ शिमीलाई सहायता गर्न यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाहलाई नियुक्त गरेका थिए।"},{"id":14,"text":"परमप्रभुलाई दिएका थोकहरू र अर्पण गरिएका दानहरू बाँड्न परमेश्वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरू लेवी यिम्नाका छोरा पूर्व ढोकाका द्वारपाल कोरेको जिम्मामा थिए। "},{"id":15,"text":"दल-दलअनुसार ठूला-साना सङ्गी-पूजाहारीहरूलाई ठीक-ठीक हिस्सा बाँड्न पूजाहारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले कोरेलाई ईमानदारीसाथ सहायता गरे।"},{"id":16,"text":"वंशावलीमा नाउँ लेखिएका परमप्रभुको मन्दिरमा नित्य खटिएका काम गर्ने तीन वर्ष र त्यसभन्दा बढ़ी उमेरका पुरुषहरू सबैलाई आ-आफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँड़िदिए। "},{"id":17,"text":"त्यसबाहेक वंशावलीमा आफ्ना परिवार-परिवारअनुसार नाउँ लेखिएका पूजाहारीहरू अनि बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका लेवीहरू सबैलाई आ-आफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँड़िदिए। "},{"id":18,"text":"यी वंशावलीका पुस्तकहरूमा नाउँ लेखिएका सारा समुदाय, तिनीहरूका पत्नी र छोराछोरीहरूसमेत, सबैलाई भाग बाँड़िएको थियो। किनभने तिनीहरूले आफू-आफूलाई विधिपूर्वक शुद्ध गर्दथे।"},{"id":19,"text":"अनि सहरहरूका छेउछाउका बस्तीहरूमा र अरू कुनै गाउँमा बस्ने हारूनका वंशका पूजाहारीहरूमध्ये हरेक पुरुषलाई अनि लेवीहरूका वंशावलीमा नाउँ लेखिएका पूजाहारीहरू सबैलाई पनि आ-आफ्नो भाग दिन विशेष मानिसहरू खटाइए।"},{"id":20,"text":"हिजकियाले यहूदाभरि नै यसरी काम गरे। परमप्रभु आफ्ना परमेश्वरका दृष्टिमा जे असल, ठीक र विश्वासयोग्य थिए, ती नै तिनले गरे। "},{"id":21,"text":"परमप्रभुका मन्दिरको सेवामा र आफ्ना परमेश्वरको अगुवाइ खोज्न उहाँका व्यवस्था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र आफ्ना तनमनले काम गरे। अनि तिनी सफल पनि भए।"}]},{"id":32,"title":"२ इतिहास 32","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/32-3f0979f9b7d9ca4b0661cbc7a2a06e07.mp3?version_id=1483","verses":[{"id":1,"text":"हिजकियाले यी सब भक्तिका कामहरू गरेपछि अश्शूरका राजा सनहेरीबले यहूदामाथि आक्रमण गरे। तिनले यहूदाका किल्ला भएका सहरहरूलाई आफ्नै अधीन गराउने हेतुले ती सहरहरूको बाहिर आफ्नो छाउनी बनाए। "},{"id":2,"text":"सनहेरीब आएका छन् र यरूशलेमलाई आक्रमण गर्न अठोट गरेका छन् भनी हिजकियालाई थाहा हुने बित्तिकै, "},{"id":3,"text":"सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अधिकारीहरू र फौजी अधिकृतहरूसित सल्लाह लिए। तिनीहरूले तिनलाई यस विषयमा सहायता दिए। "},{"id":4,"text":"तिनीहरूले धेरै संख्यामा मानिसहरूलाई जम्मा गरेर देशबाट भएर बग्ने खोला र सबै मूलहरू थुनिदिए। तिनीहरूले यसो भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाऊन्?” "},{"id":5,"text":"तब राजाले मेहनतसाथ सहरको पर्खालका भत्किएका सबै ठाउँहरू राम्ररी मरम्मत गरे र त्यसमा धरहराहरू बनाए। पर्खालको बाहिरपट्टि तिनले अर्को पर्खाल बनाए र दाऊदको सहरका टेवा दिने गाराहरू सुदृढ़ पारे। तिनले धेरै हातहतियार र ढालहरू पनि बनाए।"},{"id":6,"text":"तिनले मानिसहरूमाथि फौजी अधिकृतहरू नियुक्त गरे, र मानिसहरूलाई सहरको मूल ढोकाको चोकमा भेला गराएर यसो भनी तिनीहरूलाई प्रोत्साहन दिए, “आँटिला र साहसिला होओ। "},{"id":7,"text":"अश्शूरका राजा र उनले ल्याएको यस ठूलो सेनाले तिमीहरूका हृदयमा त्रास नल्याऊन्, किनकि हामीसित उनीहरूभन्दा अझ बढ़ी एक सामर्थी हुनुहुन्छ। "},{"id":8,"text":"उनीहरूसित शारीरिक शक्ति मात्र छ, तर परमप्रभु हाम्रा परमेश्वर हामीलाई सहायता गर्न र हाम्रा निम्ति युद्ध गर्न हामीसित हुनुहुन्छ।” यहूदाका राजा हिजकियाको वचनले गर्दा मानिसहरूको हौसला बढ़्यो।"},{"id":9,"text":"त्यसपछि उनी र उनका सेनाले लाकीशको वरिपरि घेरा हालिरहेको बेलामा अश्शूरका राजा सनहेरीबले यहूदाका राजा हिजकिया र यरूशलेमका सबै यहूदीहरूलाई यो समाचार दिन भनी यरूशलेममा अधिकृतहरू पठाए:"},{"id":10,"text":"“अश्शूरका राजा सनहेरीब यो भन्दछन्: घेरा हालिएको यरूशलेममा बस्न तिमीहरूलाई कहाँबाट यस्तो साहस आयो? "},{"id":11,"text":"जब ‘परमप्रभु तिमीहरूका परमेश्वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल अथवा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई धोखामा पार्दैछन्। "},{"id":12,"text":"के हिजकिया आफैले यी नै ईश्वरका अल्गा-अल्गा ठाउँहरू र वेदीहरू भत्काएर ‘यहूदा र यरूशलेमका मानिसहरूलाई एउटै मात्र वेदीमा पूजा गर्नू र त्यहाँ मात्र बलिदान चढ़ाउनू’ भनी भनेका थिएनन् र?"},{"id":13,"text":"“म र मेरा पुर्खाहरूले अरू देश-देशका सबै मानिसहरूलाई के-कसो गर्यौं सो तिमीहरूलाई थाहै छैन? के यी जातिहरूका देवताहरूले मेरो हातबाट यिनीहरूका देशहरू बचाउन सके र? "},{"id":14,"text":"मेरा पुर्खाहरूले सत्यनाश गरेका जातिहरूका देवताहरूमध्ये कसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तब कसरी तिमीहरूका ईश्वरले तिमीहरूलाई बचाउन सक्छन्? "},{"id":15,"text":"तिमीहरूलाई यसरी धोका दिन र भ्रममा पार्न हिजकियालाई मौका नदेओ। तिमीहरू तिनीमाथि विश्वास नगर, किनकि कुनै देवताले आफ्ना मानिसहरूलाई मेरो अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन भने, तिमीहरूका ईश्वरले तिमीहरूलाई मेरो हातबाट कसरी बचाउन सक्छन् र?”"},{"id":16,"text":"सनहेरीबका अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै ज्यादा भने। "},{"id":17,"text":"राजा आफैले यसो भनेर परमप्रभु इस्राएलका परमेश्वरलाई तुच्छ ठानेर पत्रहरू लेखे: “जसरी अरू देशका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्, त्यसरी नै हिजकियाका ईश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्नेछैनन्।” "},{"id":18,"text":"तब उनीहरूले सहर कब्जा गर्नलाई यरूशलेमको पर्खालमा उभिने मानिसहरूलाई हिब्रू भाषामा डर र त्रासले आतङ्क पार्न चर्को सोरमा नारा लाए। "},{"id":19,"text":"मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्वरलाई निन्दा गरे।"},{"id":20,"text":"यस अवस्थामा राजा हिजकिया र आमोजका छोरा यशैया अगमवक्ताले स्वर्गतिर कराएर प्रार्थना गरे। "},{"id":21,"text":"तब अश्शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्जती भएर आफ्नो देशमा फर्के। जब उनी आफ्नो देवताको मन्दिरमा पसे तब उनका छोरामध्येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे।"},{"id":22,"text":"यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीब र तिनीहरूका अरू सबै शत्रुहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिर शान्ति दिनुभयो। "},{"id":23,"text":"धेरै मानिसहरूले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति दामी-दामी उपहारहरू ल्याए। त्यसपछि तिनले सबै जातिहरूद्वारा ठूलो सम्मान पाए।"},{"id":24,"text":"त्यसपछि हिजकिया सिकिस्त बिरामी भए, र तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो। "},{"id":25,"text":"तर हिजकिया अभिमानी भएका थिए, अनि परमप्रभुले तिनलाई दया देखाउनुभएकोमा तिनी कृतज्ञ भएनन्। यसैकारणले तिनीमाथि अनि यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्यो। "},{"id":26,"text":"आफ्नो अभिमानीको निम्ति हिजकिया र यरूशलेमका मानिसहरूले पश्चात्ताप गरे। त्यसले गर्दा हिजकियाको समयभरि नै परमप्रभुको क्रोध फेरि तिनीहरूमाथि परेन।"},{"id":27,"text":"हिजकियाले धेरै धन-सम्पत्ति र मानमर्यादा पाएका थिए। तिनले आफ्ना सुन र चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, ढालहरू र अरू दामी-दामी चीजहरूका निम्ति भण्डारहरू बनाए। "},{"id":28,"text":"अन्न, नयाँ दाखमद्य र तेलका लागि ढुकुटीहरू, अनि विभिन्न किसिमका जन्तुका लागि तबेला र भेड़ाबाख्राहरूका लागि गोठहरू पनि तिनले बनाए। "},{"id":29,"text":"तिनले गाईबस्तुका धेरै बथान र भेड़ाबाख्राका धेरै बगालहरू पनि जम्मा गरे, किनभने परमेश्वरले साँच्ची नै तिनलाई धेरै धन-सम्पत्ति दिनुभएको थियो।"},{"id":30,"text":"यी नै हिजकियाले गीहोन नदीको माथिल्लो मूललाई थुनेर तलतिर दाऊदको सहरको पश्चिमपट्टितिर बगाउन लाएका थिए। वास्तवमा आफूले गरेको हरेक परियोजना सफल भयो। "},{"id":31,"text":"तर जब बेबिलोनका शासकहरूले पठाएका राजदूतहरू देशमा देखिएको आश्चर्यका चिन्हको विषयमा सोध्न आए, तब परमेश्वरले तिनलाई जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन तिनलाई छोड्नुभयो।"},{"id":32,"text":"हिजकियाको राजकालका अरू घटना र तिनका भक्तिका कामहरू यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा भएको आमोजका छोरा यशैया अगमवक्ताको दर्शनमा लेखिएका छन्। "},{"id":33,"text":"हिजकिया आफ्ना पित्रहरूसित सुते, र दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँड़ामा तिनी गाड़िए। तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धाञ्जलि चढ़ाए, अनि तिनीपछि तिनका छोरा मनश्शे राजा भए।"}]},{"id":33,"title":"२ इतिहास 33","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/33-a2bdad0656fdd0da4e0bedbe1289a8ad.mp3?version_id=1483","verses":[{"id":1,"text":"मनश्शे राजगद्दी आरोहण गर्दा बाह्र वर्षका थिए। तिनले पचपन्न वर्ष यरूशलेममा राज्य गरे। "},{"id":2,"text":"परमप्रभुले इस्राएलीहरूका सामुन्नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गरे। "},{"id":3,"text":"तिनका पिता हिजकियाले नाश गरेका डाँड़ाका थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताहरूका निम्ति वेदीहरू खड़ा गरे, अनि अशेरा देवीका मूर्तिहरू बनाए। तिनले आकाशका सारा तारामण्डलको सामु निहुरेर तिनलाई पुजे। "},{"id":4,"text":"तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन त्यस मन्दिरको विषयमा परमप्रभुले यसो भन्नुभएको थियो, “यरूशलेममा नै मेरो नाउँ सदासर्वदाको लागि रहनेछ।” "},{"id":5,"text":"तिनले आकाशका सारा तारामण्डलको निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए। "},{"id":6,"text":"तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेँसीमा आगोमा होम गरे। तिनले टुनामुना गरे र जोखना हेरे। तिनले मन्त्रतन्त्र गरे र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई रीस उठाए।"},{"id":7,"text":"तिनले बनाउन लाएको मूर्ति परमेश्वरको मन्दिरभित्र राखे, जुन मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “मैले इस्राएलका सबै कुलहरूमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु। "},{"id":8,"text":"यदि तिनीहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशाले तिनीहरूलाई दिएका सबै विधिविधान र नियमहरू होशियारसित पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूलाई म फेरि पर हटाउनेछैनँ।” "},{"id":9,"text":"तर परमप्रभुले इस्राएलको सामुन्ने नाश गरेका जातिहरूले भन्दा पनि धेरै खराबी गरेर मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई कुपथमा चलाए।"},{"id":10,"text":"मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले वास्ता गरेनन्। "},{"id":11,"text":"यसैकारण परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो। उनीहरूले मनश्शेलाई पक्रे, तिनको नाकमा बल्छी लगाए, र तिनलाई काँसाका साङ्लाले बाँधेर बेबिलोनमा ल्याए। "},{"id":12,"text":"आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे, अनि आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ विनम्र भएर झुके। "},{"id":13,"text":"जब तिनले प्रार्थना गरे, तब परमेश्वरले तिनको अर्ज-बिन्ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्नुभयो। तब मनश्शेलाई परमप्रभु नै परमेश्वर हुनुहुँदोरहेछ भन्ने थाहा भयो।"},{"id":14,"text":"त्यसपछि तिनले गीहोन नदीको पश्चिमपट्टिदेखि ओफेल डाँड़ा घेरेर माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल फेरि बनाए। तिनले त्यो पर्खाल धेरै अल्गो बनाए। तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा सेनापतिहरू पनि खटाइदिए।"},{"id":15,"text":"तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र मन्दिरको डाँड़ा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदीहरू पनि हटाइदिए अनि तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए। "},{"id":16,"text":"त्यसपछि तिनले परमप्रभुको वेदी फेरि खड़ा गरेर त्यसमा मेलबलि र धन्यवाद बलि चढ़ाए, र यहूदालाई परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नू भनी हुकुम दिए। "},{"id":17,"text":"तापनि मानिसहरूले डाँड़ाका थानहरूमा बलिदानहरू चढ़ाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्वरको निम्ति मात्रै चढ़ाए।"},{"id":18,"text":"मनश्शेको राजकालका अरू घटनाहरू, र तिनका परमेश्वरलाई चढ़ाएको तिनको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। "},{"id":19,"text":"आफैलाई विनम्र तुल्याउन अघि तिनको प्रार्थना र परमेश्वरले कसरी तिनको अर्ज-बिन्ती ग्रहण गर्नुभयो, अनि तिनका सबै पाप र अविश्वासका काम, तिनले बनाएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्बा र मूर्तिहरू— यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। "},{"id":20,"text":"मनश्शे आफ्ना पित्रहरूसित सुते, र आफ्नो महलमा गाड़िए। तिनीपछि तिनका छोरा अमोन राजा भए।"},{"id":21,"text":"राजगद्दी आरोहण गर्दा अमोन बाईस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। "},{"id":22,"text":"तिनका पिता मनश्शेले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिहरूलाई बलिदान चढ़ाए र तिनको पूजा गरे। "},{"id":23,"text":"तर आफ्ना पिता मनश्शेले झैँ तिनले परमप्रभुको सामुन्ने आफैलाई विनम्र पारेनन्। तिनको अपराध झन् बढ़ी भयो।"},{"id":24,"text":"अमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, र तिनलाई तिनको आफ्नै महलमा मारे। "},{"id":25,"text":"तब देशका मानिसहरूले राजा अमोनको विरुद्धमा ती सबै षड्यन्त्र गर्नेहरूलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।"}]},{"id":34,"title":"२ इतिहास 34","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/34-f9124078f8230155ec546ecf2def1d9f.mp3?version_id=1483","verses":[{"id":1,"text":"राजगद्दी आरोहण गर्दा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। "},{"id":2,"text":"तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी दाहिने-देब्रे नलागी आफ्ना पुर्खा दाऊदका सबै चालमा हिँड़े।"},{"id":3,"text":"तिनका राजकालको आठौँ वर्षमा तिनी जवान छँदा तिनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई खोज्न सुरु गरे। अनि बाह्रौँ वर्षमा यहूदा र यरूशलेममा भएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्बाहरू अनि खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे। "},{"id":4,"text":"बाल देवताहरूका वेदीहरू तिनले भत्काउन लाए, र तिनीहरूका माथि भएका धूप-वेदीहरू टुक्रै-टुक्रा पारे। तिनले अशेरा देवीका खम्बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रै-टुक्रा पारेर धूलोपीठो बनाए, र तिनलाई बलिदान चढ़ाउने मानिसहरूका चिहानहरूमा ती छरिदिए। "},{"id":5,"text":"तिनले तिनका पूजाहारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा जलाइदिए, र यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे। "},{"id":6,"text":"तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषमा भेट्टाएका तिनीहरूका वेदीहरू र अशेरा देवीका खम्बाहरू भत्काइदिए। "},{"id":7,"text":"अनि ढालेर बनाएका मूर्तिहरूलाई तिनले धूलोपीठो पारिदिए। इस्राएलको देशभरि नै भएका धूप-वेदीहरूलाई तिनले नाश गरे। त्यसपछि तिनी यरूशलेममा फर्के।"},{"id":8,"text":"योशियाहका राजकालको अठारौँ वर्षमा देश र मन्दिरलाई शुद्ध पार्नलाई तिनले असल्याहका छोरा शापान, सहरका शासक मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्वरको मन्दिर मरम्मत गर्न पठाए। "},{"id":9,"text":"तिनीहरू प्रधान पूजाहारी हिल्कियाहकहाँ गएर तिनलाई परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा दिए, अर्थात् ती पैसा जो द्वारपालको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू अनि यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाहरूबाट पनि जम्मा गरेका थिए। "},{"id":10,"text":"तिनले त्यो पैसा परमप्रभुको मन्दिरमा काम गर्नेहरूका मुख्य कर्मचारीहरूका हातमा दिए, र मन्दिरमा काम गर्ने मानिसहरूले त्यो पैसा मन्दिरको मरम्मत र त्यसलाई सुदृढ़ पार्न प्रयोग गरे। "},{"id":11,"text":"तिनीहरूले त्यस पैसाबाट यहूदाका राजाहरूले नष्ट हुन छोड़िदिएका भवनहरू मरम्मत गर्न काटेका ढुङ्गा अनि दलिन र सत्तरीका काठहरू किन्न पनि सिकर्मी र डकर्मीहरूलाई दिए।"},{"id":12,"text":"यी मानिसहरूले ईमानदारीसाथ काम गरे। तिनीहरूले मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामको रेखदेखमा काम गरे। यिनीहरूको अधीनमा मजदूरहरू पनि थिए। "},{"id":13,"text":"अनि सबै किसिमका काम गर्ने मानिसहरूको हेर-विचार पनि यिनीहरूले नै गर्थे। सबै लेवीहरूचाहिँ सङ्गीतमा निपुण थिए। तिनीहरूमध्ये कोही सचिव, कोही शास्त्री र कोही द्वारपालहरू थिए।"},{"id":14,"text":"तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा निकाल्दा पूजाहारी हिल्कियाहले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए। "},{"id":15,"text":"तब सचिव शापानलाई हिल्कियाहले यसो भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।"},{"id":16,"text":"शापानले त्यो राजाकहाँ ल्याएर भने, “हजूरले दिनुभएका सबै काम हजूरका अधिकारीहरूले गरिरहेका छन्। "},{"id":17,"text":"तिनीहरूले परमप्रभुको मन्दिरमा भएको रुपियाँपैसा लिएर मुख्य कर्मचारी र कामदारहरूलाई दिएका छन्।” "},{"id":18,"text":"पूजाहारी हिल्कियाहले तिनलाई एउटा पुस्तक दिएका कुरा पनि सचिव शापानले राजालाई बताइदिए। तिनले त्यो पुस्तक राजाको सामुन्ने पढ़ेर सुनाए।"},{"id":19,"text":"राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुनेपछि आफ्ना लुगा च्याते। "},{"id":20,"text":"तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्नै निम्ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे। "},{"id":21,"text":"तिनले भने, “हाम्रा पुर्खाहरूले परमप्रभुको वचन पालन नगरेका र यस पुस्तकमा लेखिएका सबै कुरा नमानेका हुनाले हामीमाथि परमप्रभुको ठूलो क्रोध खनिएको छ।”"},{"id":22,"text":"हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्।"},{"id":23,"text":"तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन, "},{"id":24,"text":"‘परमप्रभु यसो भन्नुहुन्छ: यहूदाका राजाको सामुन्ने पढ़ेको पुस्तकमा लेखिएका सबै सरापहरू पूरा गर्न म यस स्थान र त्यसका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु। "},{"id":25,"text":"तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका आफ्नै हातले बनाएका कुराहरूद्वारा मलाई रीस उठाएका छन्। यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइनेछ, र त्यो शान्त हुनेछैन’। "},{"id":26,"text":"परमप्रभुलाई सोधपूछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ: "},{"id":27,"text":"तेरो हृदय जवाफ दिनलाई उत्सुक भएकोले, र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेका कुरा सुनेर परमेश्वरको सामुन्ने तँ विनम्र भएकोले, र मेरो सामु तँ विनम्र भई तैंले आफ्नो पोशाक च्यातेर मेरो उपस्थितिमा विलाप गरेको हुनाले, तँलाई मैले सुनेको छु, परमप्रभु भन्नुहुन्छ। "},{"id":28,"text":"यसैकारण म तँलाई तेरा पित्रहरूसँगै जम्मा गर्नेछु, र तँ शान्तिसित गाड़िनेछस्। यस ठाउँ र यसका बासिन्दाहरूमाथि मैले ल्याउने सबै सर्वनाश तेरा आँखाले देख्नेछैनन्’।”तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्याए।"},{"id":29,"text":"त्यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला हुन भनी बोलाइपठाए। "},{"id":30,"text":"तिनले आफूसँग यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पूजाहारी र लेवीहरू, साना-ठूला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए। परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढ़े। "},{"id":31,"text":"तब खम्बाको छेउमा उभिएर परमेश्वरलाई पछ्याउन र उहाँका आज्ञा, विधि र उर्दीहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्न, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्न परमप्रभुको सामुन्ने राजाले करारलाई पुनर्स्थापना गरे।"},{"id":32,"text":"त्यसपछि यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार पूरा गर्न तिनले शपथ खान लाए। यरूशलेमका बासिन्दाहरूले परमेश्वर, तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार यो गरे।"},{"id":33,"text":"योशियाहले इस्राएलीहरूका सारा इलाकाहरूबाट सबै घृणित मूर्तिहरू हटाइदिए, र इस्राएलमा बस्ने सबैलाई परमप्रभु आफ्ना परमेश्वरको सेवा गर्न लगाए। तिनी बाँचुञ्जेल परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको भक्ति गर्नदेखि तिनीहरू तर्केनन्।"}]},{"id":35,"title":"२ इतिहास 35","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/35-141722191cd8da0cdb4c070da6440f9f.mp3?version_id=1483","verses":[{"id":1,"text":"योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड़ मनाए। पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाड़को थुमा मारियो। "},{"id":2,"text":"तिनले पूजाहारीहरूलाई आ-आफ्नो काममा नियुक्त गरिदिए, अनि परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए। "},{"id":3,"text":"तिनले परमप्रभुमा समर्पित भएका सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूक राख। त्यो तिमीहरूले बोकिहिँड्नुहुँदैन। "},{"id":4,"text":"अब त परमप्रभु तिमीहरूका परमेश्वर र उहाँको प्रजा इस्राएलको सेवा गर। इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै तिमीहरूका दल-दलअनुसार परिवार-परिवार गरी तयार होओ। "},{"id":5,"text":"“लेवीहरूको एक भाग तिमीहरूका दाजुभाइहरू, अर्थात् साधारण मानिसका परिवारहरूका दल-दलका प्रतिनिधि भई पवित्र स्थानमा खड़ा होओ। "},{"id":6,"text":"निस्तार-चाड़को थुमा मार। तिमीहरू आफू-आफूलाई शुद्ध गर, र मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइहरूका निम्ति थुमाहरू तयार पार।"},{"id":7,"text":"योशियाहले निस्तार-चाड़को निम्ति त्यहाँ उपस्थित भएका सर्वसाधारणका लागि तीन हजार साँढ़े र तीस हजार भेड़ाबाख्रा दान दिए। यी सबै राजाले आफ्नै आमदानीबाट दिए।"},{"id":8,"text":"तिनका अधिकारीहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्ति राजीखुशी दान दिए। परमप्रभुको मन्दिरका प्रशासन गर्ने, हिल्कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई निस्तार-चाड़को निम्ति दुई हजार छ सय ससाना पशुहरू र तीन सय साँढ़े दिए। "},{"id":9,"text":"अनि लेवीहरूलाई चाहिँ कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशुहरू र पाँच सय साँढ़ेहरू दिए।"},{"id":10,"text":"सेवाको बन्दोबस्त भइसकिएपछि पूजाहारीहरू आ-आफ्नो स्थानमा अनि लेवीहरूचाहिँ आ-आफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खड़ा भए। "},{"id":11,"text":"तब तिनीहरूले निस्तार-चाड़का थुमाहरू मारे, अनि पूजाहारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले चाहिँ ती पशुहरूका छाला काढ़े। "},{"id":12,"text":"तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसका परिवारहरूका दल-दललाई परमप्रभुमा चढ़ाउन होमबलिहरूचाहिँ अलग गरेर दिए, अनि साँढ़ेहरूलाई पनि त्यसै गरे। "},{"id":13,"text":"तिनीहरूले विधिअनुसार निस्तारका पशुको मासु आगोमा पोले, र पवित्र भेटीचाहिँ खड्कुँला, तसला र कराहीमा उसिने, अनि ती सबै मानिसहरूलाई चाँड़ो-चाँड़ो गरी बाँड़े। "},{"id":14,"text":"त्यसपछि हारूनका वंशका पूजाहारीहरू साँझसम्मै होमबलि र बोसो चढ़ाउनमा व्यस्त हुनाले तिनीहरूले आफ्ना निम्ति र पूजाहारीहरूका निम्ति यथोचित तयारी गरे। यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पूजाहारीहरूका निम्ति यथोचित तयारी गरे।"},{"id":15,"text":"आसापका सन्तानहरू, अर्थात् गवैयाहरूचाहिँ दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकेको नियमबमोजिम आ-आफ्नो स्थान लिए। आफ्ना कुटुम्ब लेवीहरूले तिनीहरूका निम्ति तयारी गरेका हुनाले हरेक मूल ढोकाका द्वारपालहरूले आ-आफ्नो काम छोड्नुपरेन। "},{"id":16,"text":"यस किसिमले योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड़ मान्न र परमप्रभुको वेदीमा होमबलि चढ़ाउनका निम्ति परमप्रभुको पूरा सेवा त्यस बेला गरियो। "},{"id":17,"text":"उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार-चाड़ मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए। "},{"id":18,"text":"शमूएल अगमवक्ताको समयदेखि यसो यस प्रकारले निस्तार-चाड़ इस्राएलमा कहिल्यै मनाइएको थिएन। पूजाहारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैँ इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड़ मानेका थिएनन्। "},{"id":19,"text":"योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड़ मनाइएको थियो।"},{"id":20,"text":"योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमाथि आक्रमण गर्न निस्के, र योशियाह उनको सामना गर्न गए। "},{"id":21,"text":"तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “हे यहूदाका राजा, तपाईं र मेरो बीचमा के झगड़ा छ? आज मेरो तपाईंसित केही झगड़ा छैन, तर तिनीहरूसित मात्र छ जोसँग म युद्ध गरिरहेछु। मलाई चाँड़ो जानू भनी परमेश्वरको आज्ञा छ। यसकारण परमेश्वरको विरुद्धमा खड़ा नहुनुहोस्, जो मतर्फ हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”"},{"id":22,"text":"तापनि योशियाह आफ्नो अभिप्रायबाट हट्न मानेनन्, तर नेकोसँग लड़ाइँ गर्न तिनले भेष धारण गरे। परमेश्वरको आज्ञाद्वारा नेकोको वचन सुन्न तिनले इन्कार गरे, र मगिद्दोको बेँसीमा लड़ाइँ गर्न तिनी झट्टै गए।"},{"id":23,"text":"तब धनुर्धारीहरूले योशियाह राजालाई हाने, अनि तिनले आफ्ना अङ्गरक्षकहरूलाई भने, “मलाई रणभूमिबाट बाहिर लग, किनकि मलाई साह्रै चोट लाग्यो।” "},{"id":24,"text":"यसैले तिनीहरूले तिनलाई आफ्नो रथबाट उठाएर तिनको दोस्रो रथमा चढ़ाएर यरूशलेममा ल्याए। अनि तिनी त्यहीँ नै मरे, र तिनका पित्रहरूका चिहानहरूमा तिनी गाड़िए। अनि सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए।"},{"id":25,"text":"यर्मियाले पनि योशियाहको निम्ति विलापका गीतहरू रचे। गवैयाहरू, पुरुष र स्त्री दुवैले आजको दिनसम्म यी विलापका गीतहरूमा योशियाहको स्मरण गर्दछन्। यी विलापका गीतहरू इस्राएलमा एउटा परम्परा भएका छन्, अनि विलापको पुस्तकमा यी पाइन्छन्।"},{"id":26,"text":"योशियाहको राजकालका अरू घटनाहरू, अनि परमप्रभुको व्यवस्थामा लेखिएअनुसार "},{"id":27,"text":"तिनले गरेका भक्तिका कामहरू सुरुदेखि अन्त्यसम्मै इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।"}]},{"id":36,"title":"२ इतिहास 36","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CH/36-9a806f101b67bd2e5deee7eb926cccc5.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर यरूशलेममा तिनका पिताको सट्टामा राजा तुल्याए। "},{"id":2,"text":"राजगद्दी आरोहण गर्दा तिनी तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। "},{"id":3,"text":"तब मिश्रदेशका राजाले यरूशलेममा तिनलाई पदच्युत गरे, र यहूदामाथि एक सय तोड़ा चाँदी र एक तोड़ा सुनको कर लगाए। "},{"id":4,"text":"मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए। उनले तिनको नाउँ यहोयाकीममा बदली गरे। तर नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे। "},{"id":5,"text":"राजगद्दी आरोहण गर्दा यहोयाकीम पच्चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। "},{"id":6,"text":"तिनले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। बेबिलोनका राजा नबूकदनेसरले तिनको देश आक्रमण गरेर तिनलाई काँसाका साङ्लाले बाँधेर बेबिलोनमा लगे। "},{"id":7,"text":"नबूकदनेसरले परमप्रभुको मन्दिरका कुनै-कुनै भाँड़ाहरू लगेर बेबिलोनमा तिनको आफ्नै मन्दिरमा राखे।"},{"id":8,"text":"यहोयाकीमको राजकालका अरू घटनाहरू, अनि तिनले गरेका घिनलाग्दा र दोषी ठहरिने तिनका सबै कामहरू इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।"},{"id":9,"text":"राजगद्दी आरोहण गर्दा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। "},{"id":10,"text":"बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका असल-असल भाँड़ाहरूसमेत तिनलाई बेबिलोनमा ल्याए, र तिनका पिताका भाइ सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए। "},{"id":11,"text":"राजगद्दी आरोहण गर्दा सिदकियाह एक्काईस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। "},{"id":12,"text":"तिनले परमप्रभु तिनका परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। परमेश्वरको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन्। "},{"id":13,"text":"परमेश्वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा तिनी बागी भए। तिनी अटेरी र हठी भएर परमप्रभु इस्राएलका परमेश्वरतिर फर्किआउन तिनले इन्कार गरे। "},{"id":14,"text":"यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामहरू गरेर र परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पूजाहारी र मानिसहरूका सबै नायकहरू झन्-झन् विश्वासघाती भए।"},{"id":15,"text":"आफ्नो प्रजा र आफ्नो वासस्थानमाथि दया गर्नुभएको हुनाले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरीघरी चेताउनी दिनुभयो। "},{"id":16,"text":"तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँका दूतहरूलाई हँस्सी-ठट्टा गर्न, उहाँका वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्ताहरूको गिल्ला गर्न छोड़ेनन्। अनि त्यो शान्त हुनै सकेन। "},{"id":17,"text":"उहाँले तिनीहरूका विरुद्धमा बेबिलोनीहरूका राजालाई ल्याउनुभयो, जसले वासस्थान भित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिस, युवती, वृद्ध, कमजोर कसैलाई पनि तिनले छोड़ेनन्। परमेश्वरले ती सबैलाई नबूकदनेसरको हातमा सुम्पिदिनुभयो। "},{"id":18,"text":"उनले परमेश्वरको मन्दिरका सानाठूला सबै भाँड़ाहरू र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामी-दामी थोकहरू सबै लगे। "},{"id":19,"text":"उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेम सहरको पर्खाल भत्काइदिए। उनीहरूले सहरका सबै महलहरू जलाइदिए, अनि त्यहाँका सबै दामी-दामी सामानहरू सर्वनाश गरे।"},{"id":20,"text":"तरवारबाट उम्केकाहरूलाई उनले कैद गरेर बेबिलोनमा लगे, र फारसको राजसत्ता नहोउञ्जेल तिनीहरू उनका र उनका छोराहरूका दास-दासी भए। "},{"id":21,"text":"यर्मिया अगमवक्ताद्वारा परमप्रभुको वचन पूरा हुनलाई सत्तरी वर्ष पूरा नहोउञ्जेल इस्राएलको देशले विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो। "},{"id":22,"text":"फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको हृदय उत्तेजित पार्नुभयो। अनि उनले आफ्नो साम्राज्यभरि नै मुखैले र लिखित रूपमा यसो भनेर एउटा घोषणा निकाले: "},{"id":23,"text":"“फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ। अनि उहाँले नै मलाई यहूदाका यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ। उहाँका प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म त्यसलाई भन्दछु, ‘परमप्रभु त्यसका परमेश्वर त्यससँग रहून्, अनि त्यो मानिस उक्लेर यरूशलेममा जाओस्’।” "}]}]}