-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
2CO.json
1 lines (1 loc) · 98.3 KB
/
2CO.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"कोरिन्थीहरूलाई पहिलो पत्र लेखेका एक-दुई वर्षपछि पावलले माकेडोनियाबाट लगभग ईस्वी सम्बत् ५५-५७ मा यो “दोस्रो” पत्र लेखे।"},{"id":2,"text":"पहिलो पत्रमा भएको पावलको अर्ती र हप्काइको कारणले, कोरिन्थीहरूले यस पत्रलाई खुशीसित स्वीकार गरेनन्, र मण्डलीमा धेरै जना पावलको विरोधमा बोल्न थाले। त्यसकारण पावलले एफिससबाट एउटा कडा चिट्ठी लेखेर आफ्ना सहयोगी तीतसको हातद्वारा कोरिन्थमा पठाए (२ कोरिन्थी २:३-४)। यो चिट्ठी हराएको छ; यसको कुनै प्रतिलिपि पनि छैन। (शायद कोरिन्थीहरूले मन नपराएर त्यो चिट्ठी तुरून्तै फ्याँकिदिए।)"},{"id":3,"text":"जब तीतस कोरिन्थबाट चाँडै फर्केनन्, तब पावल उत्तर ग्रीसको माकेडोनिया भन्ने प्रदेशमा गए, जहाँ अन्त्यमा तिनले तीतसलाई भेटाए (२ कोरिन्थी २:१२-१४)। कोरिन्थीहरूले आफ्नो गल्तीहरूको स्वीकार गरेर पश्चात्ताप गरेका छन् भन्ने खबर पावलले तीतसबाट थाहा पाए। यो खुशीको खबर सुनेर, पावलले एउटा तेस्रो पत्र कोरिन्थीहरूलाई लेखे, जुन अहिले “कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र” भनिन्छ। (कारण, बीचको पत्र हराएको छ।)"},{"id":4,"text":"कोरिन्थीहरूलाई यो “दोस्रो” पत्रचाहिँ पावलका अरू पत्रहरूभन्दा व्यक्तिगत तवरले लेखिएको छ। पावलले कोरिन्थीहरूलाई (र हामीलाई पनि) आफ्नो भित्री हृदय खोलेर देखाउँछन्। पावल कुन किसिमका मानिस थिए भन्ने कुरा यही पत्रबाट हामी धेरै थाहा पाउन सक्छौं।"},{"id":5,"text":"पावलको जीवनको विषयमा अझै पढ्नका निम्ति पावलले रोमीहरूलाई पठाएको पत्रको परिचय हेर्नुहोस्।"}]},{"id":1,"title":"२ कोरिन्थी 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/1-44687a270d7caad7a2ead4b2d3dfd190.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई, र साथै सारा अखैयामा भएका सबै सन्तहरूलाई: "},{"id":2,"text":"परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।"},{"id":3,"text":"हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। "},{"id":4,"text":"उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं। "},{"id":5,"text":"किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं। "},{"id":6,"text":"हामीले दुःख पायौं भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो। हामीले सान्त्वना पायौं भने पनि त्यो तिमीहरूका सान्त्वनाको निम्ति हो। हामीले भोगेका त्यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्यही सान्त्वना अनुभव गर्छौ। "},{"id":7,"text":"तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्यसरी नै हाम्रो सान्त्वनामा पनि तिमीहरू सहभागी हुनेछौ।"},{"id":8,"text":"भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। "},{"id":9,"text":"हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो। "},{"id":10,"text":"उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ। "},{"id":11,"text":"तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिष्को निम्ति धेरैले हाम्रा पक्षमा धन्यवाद चढ़ाउनेछन्।"},{"id":12,"text":"यस कुरामा हामी गर्व गर्छौं, अनि हाम्रो विवेकले पनि त्यसको गवाही दिन्छ, कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्बन्धमा हामी पवित्रता र ईश्वरीय सत्यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्वरको अनुग्रहबाट हो। "},{"id":13,"text":"किनकि तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही कुरा हामी तिमीहरूलाई लेख्दैनौं, र म आशा गर्दछु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, "},{"id":14,"text":"कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्पूर्ण प्रकारले बुझ्नेछौ, र तिमीहरू हाम्रा निम्ति गर्व गर्न सक्नेछौ, जसरी हामी तिमीहरूका निम्ति गर्व गर्न सक्नेछौं।"},{"id":15,"text":"यो कुराको मलाई निश्चय भएको हुनाले, तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर तिमीहरूकहाँ पहिले आउने मैले इच्छा गरें। "},{"id":16,"text":"माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्ने म चाहन्थे।"},{"id":17,"text":"यो गर्न चाहँदा मैले अस्थिरता देखाएँ र? के मैले आफ्नो योजना बनाउँदा सांसारिक मानिसले जस्तो एउटै मुखले “हो” र “होइन” पनि भन्ने हुँ र?"},{"id":18,"text":"परमेश्वर विश्वासयोग्य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन। "},{"id":19,"text":"किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्ट “हो” र “होइन” हुनुहुन्नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ।"},{"id":20,"text":"किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी “आमेन” भन्छौं। "},{"id":21,"text":"तर हामीलाई तिमीहरूसँग ख्रीष्टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। "},{"id":22,"text":"उहाँले हामीमाथि आफ्नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ।"},{"id":23,"text":"परमेश्वर मेरो साक्षी हुनुहुन्छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्थमा आइनँ। "},{"id":24,"text":"तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्नो विश्वासमा तिमीहरू स्थिर छौ।"}]},{"id":2,"title":"२ कोरिन्थी 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/2-073bfee7c894fa031782bba70798137e.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरूलाई कष्ट दिन अर्को पल्ट फेरि नआउने नै मैले निश्चय गरें। "},{"id":2,"text":"किनकि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने मैले दुःखित तुल्याएको त्यस मानिसबाहेक अरू कसले मलाई खुशी तुल्याउने र? "},{"id":3,"text":"र मैले जे कुरा लेखें, त्यो यस हेतुले लेखें, कि म आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्नेथियो तिनीहरूद्वारा म दुःखित नहोऊँ। किनकि मेरो आनन्द तिमीहरू सबैको आनन्द हुन्छ भन्ने मलाई तिमीहरू सबैका बारे भरोसा थियो। "},{"id":4,"text":"किनभने तिमीहरूलाई दुःखी तुल्याउन होइन, तर तिमीहरूप्रति भएको मेरो प्रशस्त प्रेम तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें।"},{"id":5,"text":"तर कसैले दुःखी तुल्याएको छ भने उसले मलाई होइन, तर साह्रै कड़ा गरी नभन्ने हो भने, तिमीहरू सबैलाई केही हदसम्म दुःखी तुल्याएको छ। "},{"id":6,"text":"त्यस्तालाई बहुमतद्वारा दिइएको सजाय यथेष्ट छ। "},{"id":7,"text":"तर बरु तिमीहरूले त्यसलाई क्षमा गर्नु र सान्त्वना दिनुपर्छ, नत्रता त्यो ज्यादै शोकमा डुबिजाला। "},{"id":8,"text":"यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु, कि त्यस व्यक्तिप्रति आफ्नो प्रेम अझ गहिरो पार। "},{"id":9,"text":"यसैकारणले नै तिमीहरूलाई जाँच्न, र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने थाहा पाउनका निम्ति मैले तिमीहरूलाई लेखेथें। "},{"id":10,"text":"जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरेको छु, "},{"id":11,"text":"ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।"},{"id":12,"text":"ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो,"},{"id":13,"text":"तर मेरो भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे।"},{"id":14,"text":"तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ, र उहाँको ज्ञानको सुबास्ना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ। "},{"id":15,"text":"किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रीष्टको सुबास्ना हौं, "},{"id":16,"text":"एउटाको निम्ति मृत्युको दुर्गन्ध र अर्काको निम्ति जीवनको सुगन्ध। यी कुराका निम्ति को योग्य छ र? "},{"id":17,"text":"किनकि धेरै मानिसहरूसरह हामी परमेश्वरको वचन व्यापार गर्ने होइनौं, तर परमेश्वरले पठाउनुभएको निष्कपट मानिसको रूपमा हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोल्दछौं।"}]},{"id":3,"title":"२ कोरिन्थी 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/3-9c02930b8d144befc824daa8001f5ec3.mp3?version_id=1483","verses":[{"id":1,"text":"के फेरि हामी आफ्नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र? "},{"id":2,"text":"तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ। "},{"id":3,"text":"तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्टका पत्र हौ, अर्थात् हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्वरका आत्माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।"},{"id":4,"text":"ख्रीष्टद्वारा परमेश्वरप्रति हाम्रो यस्तो भरोसा छ। "},{"id":5,"text":"कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ। "},{"id":6,"text":"नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ।"},{"id":7,"text":"तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्यो व्यवस्था यस्तो महिमामय भएर आयो, कि त्यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्यो तेज हराउँदै जाँदैथियो।"},{"id":8,"text":"पवित्र आत्माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला? "},{"id":9,"text":"किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्यादै बढ़ी महिमामय हुन्छ। "},{"id":10,"text":"किनभने जो एक पल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन। "},{"id":11,"text":"किनकि जो बितेर गयो त्यो महिमासाथ आएको थियो भने, स्थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ।"},{"id":12,"text":"यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्तै साहसी भएका छौं। "},{"id":13,"text":"हामी मोशाजस्तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखून् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे।"},{"id":14,"text":"तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यो घुम्टो रहिरहन्छ, जुन घुम्टो ख्रीष्टद्वारा मात्र हटाइन्छ। "},{"id":15,"text":"हो, आजसम्म पनि मोशाको पुस्तक पढ्दा तिनीहरूका हृदयमा घुम्टो हालिएको हुन्छ, "},{"id":16,"text":"तर जब मानिस प्रभुपट्टि फर्कन्छ, त्यो घुम्टो हटाइन्छ।"},{"id":17,"text":"अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। "},{"id":18,"text":"हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदैजान्छौं। परमप्रभुबाट यो आउँछ, जो आत्मा हुनुहुन्छ।"}]},{"id":4,"title":"२ कोरिन्थी 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/4-c6e1d31c33ef1f77d23ed7a3ce871735.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं। "},{"id":2,"text":"हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्वरको वचनलाई हेरफेर गर्न इन्कार गर्छौं। तर सत्यको वचन खुलस्त गरी घोषणा गर्दै परमेश्वरको दृष्टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्य तुल्याउँछौं। "},{"id":3,"text":"हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ। "},{"id":4,"text":"तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ। "},{"id":5,"text":"हामी आफ्नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रचार गर्दछौं। "},{"id":6,"text":"जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस्” भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस्।"},{"id":7,"text":"सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ। "},{"id":8,"text":"हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं। अन्योलमा परेका छौं, तर हताश भएका छैनौं। "},{"id":9,"text":"सताइएका छौं, तापनि त्यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्ट पारिएका छैनौं। "},{"id":10,"text":"येशूको जीवन हाम्रा शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्छौं। "},{"id":11,"text":"किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्युको मुखैमा परिबस्छौं, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्। "},{"id":12,"text":"यसरी मृत्युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा।"},{"id":13,"text":"“मैले विश्वास गरें, यसकारण म बोलें” भन्नेकै आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौं, र हामी बोल्छौं।"},{"id":14,"text":"हामी जान्दछौं, कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ, र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुन्छ। "},{"id":15,"text":"किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदैजान्छ, त्यसरी नै परमेश्वरका महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दैजाओस्।"},{"id":16,"text":"यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। "},{"id":17,"text":"किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ। "},{"id":18,"text":"हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।"}]},{"id":5,"title":"२ कोरिन्थी 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/5-39312e058e1315c5c4058e2a729fd445.mp3?version_id=1483","verses":[{"id":1,"text":"किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन। "},{"id":2,"text":"यहाँ वास्तवमा हामी व्याकुल बन्छौं, र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं, "},{"id":3,"text":"किनभने त्यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं। "},{"id":4,"text":"किनकि यस डेरामा हुँदा चिन्ताले हामी सुस्केरा हाल्छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस्। "},{"id":5,"text":"अब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ।"},{"id":6,"text":"यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौं, कि हामी जबसम्म शरीरमा रहन्छौं, तबसम्म प्रभुबाट अलग हुन्छौं। "},{"id":7,"text":"किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन। "},{"id":8,"text":"हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं। "},{"id":9,"text":"यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ। "},{"id":10,"text":"किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।"},{"id":11,"text":"यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ, र म आशा गर्दछु, त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला। "},{"id":12,"text":"हामी फेरि तिमीहरूका सामु आफ्नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्ड गर्छन्। "},{"id":13,"text":"यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्वरको निम्ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्ति हो। "},{"id":14,"text":"ख्रीष्टको प्रेमले हामीलाई बाध्य गराउँछ, किनभने हामीलाई यो निश्चय छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे। "},{"id":15,"text":"उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन, तर उहाँको निम्ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो।"},{"id":16,"text":"यसरी अब उप्रान्त हामी कसैलाई मानिसको दृष्टिकोणले हेर्दैनौं। हामीले ख्रीष्टलाई एक समय मानिसको दृष्टिकोणले हेरेका थियौं, तर अब उप्रान्त उहाँलाई त्यसरी हेर्नेछैनौं। "},{"id":17,"text":"यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। "},{"id":18,"text":"यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो, "},{"id":19,"text":"अर्थात् स्वयम् ख्रीष्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनुभएको छ। "},{"id":20,"text":"यसकारण हामी ख्रीष्टका राजदूतहरू हौं, र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। "},{"id":21,"text":"किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।"}]},{"id":6,"title":"२ कोरिन्थी 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/6-2a570086122530d235672a3da821adf2.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्ती गर्छौं, कि उहाँको अनुग्रह व्यर्थ हुन नदेओ, "},{"id":2,"text":"किनभने उहाँ भन्नुहुन्छ,\n“ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुनें,\nर मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।”हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो।"},{"id":3,"text":"हाम्रो सेवामा दोष नभेटोस् भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्दैनौं, "},{"id":4,"text":"तर हरतरहले हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं— ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाइमा, आपद्-विपद्मा, "},{"id":5,"text":"कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदो बस्दा, भोकमा,"},{"id":6,"text":"शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, साँचो प्रेममा, "},{"id":7,"text":"सत्य बोलीमा र परमेश्वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको अस्त्र-शस्त्र धारण गरेर, "},{"id":8,"text":"आदरमा र अनादरमा, बदनाम र सुनाममा। हामी ठगाहाझैँ ठानिन्छौं, तर हामी साँचा छौं। "},{"id":9,"text":"अपरिचित भए, तापनि सुपरिचित छौं। मर्न लागेका झैँ, तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं। "},{"id":10,"text":"अफसोसी, तापनि सधैँ आनन्दित। गरीब, तापनि धेरैलाई धनी तुल्याउने। केही नभएजस्तो, तापनि सबै थोक भएका।"},{"id":11,"text":"कोरिन्थी हो, हामीले तिमीहरूलाई प्रष्टै भनिदिएका छौं, हाम्रो हृदय तिमीहरूका निम्ति खुला छ। "},{"id":12,"text":"तिमीहरूप्रतिको हाम्रो स्नेह कम भएको छैन, बरु तिमीहरूको हामीप्रतिको स्नेह पो कम भएको छ। "},{"id":13,"text":"अब यसको सट्टामा म आफ्नै बालकहरूसँग झैँ भन्दछु, कि तिमीहरूले पनि आफ्ना हृदय खुला राख।"},{"id":14,"text":"अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता? "},{"id":15,"text":"ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता? "},{"id":16,"text":"मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ,\n“म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु,\nर म तिनीहरूका परमेश्वर हुनेछु,\nअनि तिनीहरू मेरा प्रजा हुनेछन्”"},{"id":17,"text":"“यसकारण तिनीहरूका बीचबाट निस्केर आओ,\nर तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ।\nअशुद्ध कुरा केही नछोओ,\nर म तिमीहरूलाई ग्रहण गर्नेछु।"},{"id":18,"text":"म तिमीहरूका पिता हुनेछु,\nर तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,\nसर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”"}]},{"id":7,"title":"२ कोरिन्थी 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/7-32b163ff2b7823d1bdb308a4b22116b6.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।"},{"id":2,"text":"हामीलाई तिमीहरूका हृदयमा स्थान देओ। हामीले कसैको खराबी गरेका छैनौं। हामीले कसैलाई भ्रष्ट पारेका छैनौं। हामीले कुनै व्यक्तिबाट फाइदा उठाएका छैनौं। "},{"id":3,"text":"तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइनँ, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रा हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ, कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्न तयार छौं। "},{"id":4,"text":"तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म सान्त्वनाले परिपूर्ण छु। हाम्रा सबै कष्टहरूमा म अति आनन्दित छु।"},{"id":5,"text":"किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई सङ्कष्ट आइपरेको थियो, बाहिर सङ्घर्ष र भित्र डरैडर थियो।"},{"id":6,"text":"तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। "},{"id":7,"text":"तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने। मेरो निम्ति तिमीहरूको शोकको विषयमा र मप्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढ़ी आनन्दित भएँ।"},{"id":8,"text":"मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिनँ, हुन त मलाई पछितो भएकै थियो। मलाई थाहा भयो, कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्यायो। "},{"id":9,"text":"तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्सानी सहनुपरेन। "},{"id":10,"text":"किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। "},{"id":11,"text":"किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ— आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् भन्ने कस्तो इच्छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ। "},{"id":12,"text":"मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारणले लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामीप्रति तिमीहरूको उत्साह कस्तो छ, सो तिमीहरूलाई थाहा होस्। "},{"id":13,"text":"यसैकारण हामीलाई सान्त्वना मिलेको छ।हामीले पाएको आफ्नै सान्त्वनाबाहेक तीतसको आनन्दमा हामी बढ़ी रमायौं, किनकि तिमीहरूद्वारा तिनको मनलाई शान्ति मिलेको छ। "},{"id":14,"text":"किनभने तिनको सामु तिमीहरूका बारेमा मैले केही घमण्ड गरेको थिएँ भने मलाई त्यसमा केही शर्म भएन। तर जसरी हामीहरूले तिमीहरूलाई भनेका सबै कुरा सत्य थिए, त्यसरी नै तीतसको सामने हामीले गरेका घमण्ड पनि सत्य ठहरिएको छ। "},{"id":15,"text":"तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले डर र कम्पसाथ तिनलाई गरेको स्वागत सम्झदा तिनको भित्री स्नेह तिमीहरूप्रति झन् बढ़ेर आउँछ। "},{"id":16,"text":"म रमाउँदछु, किनकि तिमीहरूमाथि मेरो पूरा भरोसा छ।"}]},{"id":8,"title":"२ कोरिन्थी 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/8-3d9efcdd16d28b88d4f0053deb032b2f.mp3?version_id=1483","verses":[{"id":1,"text":"भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं।"},{"id":2,"text":"कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए। "},{"id":3,"text":"किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। "},{"id":4,"text":"तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे। "},{"id":5,"text":"हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए। "},{"id":6,"text":"यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं। "},{"id":7,"text":"तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त होओ।"},{"id":8,"text":"मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ। "},{"id":9,"text":"किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।"},{"id":10,"text":"अब यस विषयमा चाहिँ मेरो सल्लाह यही छ— एक वर्षअघि जुन दिने काम तिमीहरूले सुरु गरेका मात्र होइन, तर त्यो गर्ने उत्कट इच्छा पनि गरेका थियौ, त्यसलाई अब पूरा गर्नु तिमीहरूका निम्ति असल हुन्छ। "},{"id":11,"text":"इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो त्यसैमुताबिक आफ्नो औकातअनुसार दिएर यस कामलाई पूरा गर। "},{"id":12,"text":"किनभने दिने तत्परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्य हुन्छ, नभएअनुसारको होइन।"},{"id":13,"text":"तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर मैले यो भनेको होइनँ, "},{"id":14,"text":"तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस्, र तिनीहरूको प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्, "},{"id":15,"text":"जसो लेखिएको छ, “धेरै बटुल्नेसित बढ़ी केही रहेन, र कम बटुल्नेहरूलाई अभाव भएन।”"},{"id":16,"text":"तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्ति त्यही फिक्री राखिदिनुभयो। "},{"id":17,"text":"किनकि तिनले हाम्रो अनुरोधलाई मानेको मात्र होइन, तर आफै पनि साह्रै उत्साही भएर आफ्नै इच्छाले तिमीहरूकहाँ आउँदैछन्। "},{"id":18,"text":"अनि हामी तिनीसँग त्यस भाइलाई पठाउँदैछौं, जो सुसमाचारको प्रचारमा सबै मण्डलीका बीचमा प्रख्यात छन्। "},{"id":19,"text":"अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्ति र हाम्रो सद्भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्डलीद्वारा तिनी नियुक्त भएका छन्। "},{"id":20,"text":"उदार-चित्तले दिएको यो दान सञ्चालन गर्दा त्यस विषयमा कसैले हामीलाई दोष नदेओस् भन्ने हामी चाहन्छौं। "},{"id":21,"text":"किनकि हामी प्रभुको दृष्टिमा मात्र होइन, तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ त्यो गर्ने लक्ष्य राख्दछौं।"},{"id":22,"text":"तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौं, जसलाई हामीले धेरै पल्ट जाँचेर धेरै कुरामा जोशिला भेट्टाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढ़ी जोशिला भएका छन्। "},{"id":23,"text":"तीतसचाहिँ मेरा सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरूचाहिँ मण्डलीहरूका दूतहरू र ख्रीष्टका महिमा हुन्। "},{"id":24,"text":"तिमीहरूको प्रेम र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको प्रमाण मण्डलीहरूको सामुन्ने यी मानिसहरूलाई देओ।"}]},{"id":9,"title":"२ कोरिन्थी 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/9-dd65e41b43c5982eaa86f6a22fd71df9.mp3?version_id=1483","verses":[{"id":1,"text":"सन्तहरूका निम्ति दिइएको भेटीको विषयमा तिमीहरूलाई लेखिरहन मलाई आवश्यक छैन। "},{"id":2,"text":"किनभने म तिमीहरूको तत्परता जान्दछु। यसको विषयमा माकेडोनियाका मानिसहरूका सामुन्ने तिमीहरूको गर्व गर्दै मैले भनेथें, कि पोहोर सालदेखि अखैया तयारी भइरहेको छ। तिमीहरूको जोशले तिनीहरूमध्ये धेरैजसोलाई उत्तेजित पारेको छ। "},{"id":3,"text":"तर यस विषयमा तिमीहरूका लागि हामीले गर्व गरेको व्यर्थ नहोस्, र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेछु। "},{"id":4,"text":"यदि कोही माकेडोनियाकाहरू मसँग आए र तिमीहरूलाई तयार भेट्टाएनन् भने हामी शर्ममा पर्नेछौं, र तिमीहरूलाई पनि कम्ती शर्म हुँदैन, किनभने हामीले तिमीहरूमाथि ठूलो भरोसा राखेका थियौं। "},{"id":5,"text":"यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको प्रबन्ध अघिबाटै मिलाउनका निम्ति मभन्दा अघि भाइहरूलाई तिमीहरूकहाँ पठाउन मैले आवश्यक ठानें। यसैले यो भेटी करकापले होइन, तर राजीखुशीले दिइएको भेटीको रूपमा तयार होस्।"},{"id":6,"text":"तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। "},{"id":7,"text":"अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। "},{"id":8,"text":"परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। "},{"id":9,"text":"यसरी लेखिएको छ,\n“उसले छर्छ, र गरीबहरूलाई दिन्छ,\nउसको धार्मिकता सदासर्वदै रहिरहन्छ।”"},{"id":10,"text":"छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।"},{"id":11,"text":"तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्वरमा चढ़ाउने धन्यवाद उत्पन्न गराउनेछ।"},{"id":12,"text":"यस सेवाको कामले सन्तहरूको अभाव पूरा हुन्छ। त्यति मात्र होइन, परमेश्वरप्रति धेरै धन्यवादका भावना उर्लेर आउँछन्। "},{"id":13,"text":"सेवाको यस जाँचअन्तर्गत तिमीहरूले ख्रीष्टको सुसमाचार स्वीकार गर्ने आफ्नो भावना आज्ञाकारिताद्वारा तथा तिनीहरू र अरू सबैका निम्ति तिमीहरूले उदार-चित्तले दिएको भेटीद्वारा परमेश्वरको महिमा हुनेछ। "},{"id":14,"text":"परमेश्वरको असीम अनुग्रह तिमीहरूमा रहेको हुनाले तिनीहरूले तिमीहरूको तृष्णा गर्छन्, र तिमीहरूका निम्ति प्रार्थना गर्छन्। "},{"id":15,"text":"उहाँको वर्णन गर्न नसक्ने वरदानको निम्ति परमेश्वरलाई धन्यवाद होस्।"}]},{"id":10,"title":"२ कोरिन्थी 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/10-cb0e230f36ea8a2c42ec57e932342d1a.mp3?version_id=1483","verses":[{"id":1,"text":"म पावल, तिमीहरूका सामने नम्र हुन्छु, तर टाढ़ा हुँदा तिमीहरूप्रति साहसी हुन्छु! ख्रीष्टको नम्रता र कोमलताद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु। "},{"id":2,"text":"म तिमीहरूलाई बिन्ती गर्छु, कि तिमीहरूकहाँ आउँदा मैले देखाउन सोचेको त्यो साहस निर्भयतासाथ तिनीहरूलाई देखाउन नपरोस्, जुनहरूले हामी सांसारिक तरीकाले काम गर्छौं भन्ने शङ्का गर्छन्। "},{"id":3,"text":"किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं। "},{"id":4,"text":"किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। "},{"id":5,"text":"परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं। "},{"id":6,"text":"तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हरेक अनाज्ञाकारितालाई दण्ड दिन हामी तयार बस्नेछौं।"},{"id":7,"text":"तिमीहरू आँखाकै सामुन्ने भएका थोकलाई हेर। कुनै मानिसलाई यो भरोसा छ कि त्यो ख्रीष्टको हो भने, आफैलाई याद दिलाओस्, कि जस्तो त्यो ख्रीष्टको हो, हामी पनि ख्रीष्टका नै हौं। "},{"id":8,"text":"किनकि हाम्रो अधिकारको विषयमा मैले केही ज्यादै नै घमण्ड गरेँ भने पनि म शर्ममा पर्नेछैनँ, किनकि यो अधिकार तिमीहरूका बिगारको निम्ति होइन, तर तिमीहरूका सुधारको निम्ति प्रभुले दिनुभएको छ। "},{"id":9,"text":"मैले तिमीहरूलाई लेखेका पत्रहरू तिमीहरूलाई डर देखाउनलाई हो भन्ने नठान। "},{"id":10,"text":"किनकि तिनीहरू भन्छन्, “त्यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्छन्, तर त्यो आफै उपस्थित हुँदाचाहिँ त्यो कमजोर हुन्छ र त्यसको वचनको केही महत्त्व नै हुँदैन।” "},{"id":11,"text":"त्यस्ता मानिसहरूले यो याद राखून्, कि हामी आफ्नो अनुपस्थितिमा पत्रहरूद्वारा जे भन्छौं, उपस्थित हुँदा पनि सोही काम गर्छौं।"},{"id":12,"text":"आफ्नो तारीफ आफैले गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न, अथवा आफैलाई तिनीहरूसँग दाँज्न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्। "},{"id":13,"text":"हामी सीमा नाघेर गर्व गर्दैनौं, तर तिमीहरूसम्मै पुग्नका निम्ति परमेश्वरले हामीलाई तोकिदिनुभएको सीमाभित्र नै रहनेछौं। "},{"id":14,"text":"तिमीहरूकहाँ आउँदै नआएजस्तो हामी बढ़ाइचढ़ाइ घमण्ड गर्दैनौं, किनभने ख्रीष्टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला पुग्ने हामी नै थियौं। "},{"id":15,"text":"हामी सीमा नाघेर अरूहरूको परिश्रममा गर्व गर्दैनौं, तर हाम्रो आशा यो छ, कि तिमीहरूको विश्वास बढ्दैजाँदा तिमीहरूका बीचमा हाम्रो क्षेत्र झन् बढ्दैजानेछ, "},{"id":16,"text":"ताकि हामी अरूको क्षेत्रमा अघि नै भइसकेको काममा घमण्ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं। "},{"id":17,"text":"“घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस्।”"},{"id":18,"text":"किनकि आफ्नो तारीफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्वीकार गरिनेछ।"}]},{"id":11,"title":"२ कोरिन्थी 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/11-7dae057c5b74983686c0db38dfcdef39.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरूले मेरो थोरै मूर्खता सहिदिए पनि हुने! कृपया सहिदेओ! "},{"id":2,"text":"ईश्वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ। "},{"id":3,"text":"तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ।"},{"id":4,"text":"किनकि यदि कुनै व्यक्ति आएर हामीले प्रचार गरेका भन्दा अर्कै येशूलाई प्रचार गर्यो भने, अथवा तिमीहरूले पाएका आत्माभन्दा अर्कै आत्मा तिमीहरूले ग्रहण गर्यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्दा अर्कै कुनै सुसमाचार ग्रहण गर्यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्दारहेछौ। "},{"id":5,"text":"कुनै कुरामा म ती सर्वोच्च प्रेरितहरूभन्दा कत्ति पनि कम छैन। "},{"id":6,"text":"म सिपालु वक्ता नभए तापनि ममा ज्ञानको कमी छैनँ। यो कुरा हामीले हरकिसिमले तिमीहरूलाई सफासँग देखाइदिएका छौं।"},{"id":7,"text":"आफूलाई होच्याएर तिमीहरूलाई चाहिँ उच्च पारूँ भनी परमेश्वरको सुसमाचार मैले तिमीहरूलाई सित्तैँमा सुनाउँदा के मैले पाप गरें त? "},{"id":8,"text":"तिमीहरूको सेवा गर्न अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएर मैले ती मण्डलीहरूलाई लुटें। "},{"id":9,"text":"तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइनँ, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफैलाई रोकें, र पछि पनि रोक्नेछु।"},{"id":10,"text":"ख्रीष्टको सत्यता ममा छ, र अखैयाका इलाकाहरूमा मेरो यस गर्वलाई कसैले रोक्न सक्नेछैन। "},{"id":11,"text":"किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो र? परमेश्वर जान्नुहुन्छ, कि म तिमीहरूलाई प्रेम गर्छु! "},{"id":12,"text":"म जे काम गरिरहेछु सो गरी नै रहनेछु, ताकि ती मानिसहरूको दाबीलाई काट्न सकूँ, जुनहरूले धाकसँग गरेका सेवा-कर्मलाई हाम्रै समान छ भनी भन्छन्।"},{"id":13,"text":"किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्। "},{"id":14,"text":"र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ। "},{"id":15,"text":"यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्नो भेष बद्लन्छन्। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ।"},{"id":16,"text":"म फेरि भन्दछु, कुनै मानिसले मलाई मूर्ख नसम्झोस्। तर तिमीहरू त्यस्तो सम्झन्छौ भने पनि मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म पनि केही घमण्ड गर्न सकूँ। "},{"id":17,"text":"मेरो यस घमण्डको निश्चयमा, म प्रभुको अधिकारमा होइन, तर मूर्खझैँ बोलिरहेछु। "},{"id":18,"text":"धेरैले सांसारिक कुराहरूमा घमण्ड गरेका हुनाले म पनि घमण्ड गर्दछु। "},{"id":19,"text":"तिमीहरू आफै यति बुद्धिमान् भएछौ कि खुशीसाथ मूर्खहरूलाई सहँदारहेछौ। "},{"id":20,"text":"किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्याउँछ, वा तिमीहरूलाई आफ्नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ। "},{"id":21,"text":"म लज्जित भएर स्वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं।तर कसैले कुनै कुरामा घमण्ड गर्छ भने, म पनि ती कुरामा घमण्ड गर्छु। हो, म मूर्खझैँ बोल्दैछु। "},{"id":22,"text":"के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ। "},{"id":23,"text":"के तिनीहरू ख्रीष्टका सेवक हुन्? म अझ असल सेवक हुँ— पागलझैँ म बोलिरहेछु। मैले ज्यादै परिश्रम गरें। कैदमा अझ धेरै पल्ट परें। अनगिन्ती कोर्रा खाएँ। मृत्युको मुखमा बारम्बार परें।"},{"id":24,"text":"पाँच पल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ।"},{"id":25,"text":"तीन पल्ट मलाई लौराले पिटे। एक पल्ट ढुङ्गाले हाने। तीन पल्ट म चढ़ेको जहाज ध्वस्त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु।"},{"id":26,"text":"मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परें, डाँकूहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अन्यजातिहरूका जोखिममा, सहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा।"},{"id":27,"text":"परिश्रममा र कष्टमा, कति-कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परें। "},{"id":28,"text":"अनि अरू कुराहरूबाहेक सबै मण्डलीहरूका फिक्रीको बोझ ममाथि छ। "},{"id":29,"text":"को दुर्बल छ र मचाहिँ छैनँ? को पापमा फसाइएको छ र मचाहिँ व्याकुल हुँदिनँ?"},{"id":30,"text":"मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। "},{"id":31,"text":"प्रभु येशूका परमेश्वर र पिता, जो सदासर्वदा धन्य हुनुहुन्छ, उहाँले जान्नुहुन्छ, कि म ढाँट्दिनँ। "},{"id":32,"text":"दमस्कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्कस सहरमा पहरा राखेका थिए।"},{"id":33,"text":"तर पर्खालको एउटा झ्यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्कें।"}]},{"id":12,"title":"२ कोरिन्थी 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/12-4d775f0128be9a83f7d667c6cbcc7e6c.mp3?version_id=1483","verses":[{"id":1,"text":"मैले गर्व गर्नैपर्छ। तर यसबाट लाभ केही नभए तापनि, प्रभुबाट पाएका दर्शनहरू र प्रकाशहरूका कुरा म गरिरहेछु। "},{"id":2,"text":"ख्रीष्टमा म एक जना मानिसलाई चिन्दछु, जो चौध वर्षअघि तेस्रो स्वर्गसम्म उचालिलगियो। ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्दिनँ, परमेश्वर जान्नुहुन्छ। "},{"id":3,"text":"म यस मानिसलाई चिन्दछु, शरीरमा हो कि विनाशरीरमा, त्यो मलाई थाहा छैन, तर त्यो मानिस स्वर्गलोकमा उचालिलगियो, यो कुरा परमेश्वर जान्नुहुन्छ। "},{"id":4,"text":"र त्यहाँ बताउनु नहुने कुराहरू उसले सुन्यो, जुनचाहिँ मानिसले उच्चारणसम्म पनि गर्नुहुँदैन। "},{"id":5,"text":"यस मानिसको पक्षमा म गर्व गर्नेछु, तर आफ्नै पक्षमा भने मेरो कमजोरीबाहेक अरू कुरामा म गर्व गर्नेछैनँ। "},{"id":6,"text":"यदि मैले गर्व गर्ने इच्छा नै गरे भने पनि म मूर्ख बन्नेछैनँ, किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढ़ी कसैले मलाई नठानोस् भनेर म गर्व गर्नदेखि थामिन्छु।"},{"id":7,"text":"तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढ़ो मेरो शरीरमा दिइयो। "},{"id":8,"text":"यो मबाट हटोस् भनेर मैले तीन पल्ट प्रभुसित बिन्ती गरें। "},{"id":9,"text":"तर मलाई उहाँले भन्नुभयो, <red>“मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।”</red> यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। "},{"id":10,"text":"यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।"},{"id":11,"text":"म मूर्ख भएको छु। तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्नेथियो। किनभने म केही नभए तापनि सर्वोच्च प्रेरितहरूभन्दा म तुच्छ छैनँ। "},{"id":12,"text":"साँचो प्रेरितका लक्षणहरूचाहिँ पूरा धैर्यसाथ, चिन्हहरू, चमत्कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरूका बीचमा प्रकट गरिएका थिए। "},{"id":13,"text":"अरू सबै मण्डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगाह पायौ? हो, एउटा कुरामा चाहिँ तिमीहरूले मलाई क्षमा गर्नुपर्छ, म तिमीहरूका निम्ति बोझ बनिनँ।"},{"id":14,"text":"अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन म तयार छु। म तिमीहरूका निम्ति बोझ हुनेछैनँ, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु। किनभने आमा-बुबाको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीका निम्ति पो आमा-बुबाले सञ्चय गर्नुपर्छ। "},{"id":15,"text":"म तिमीहरूका निम्ति ज्यादै खुशीसाथ खर्च गर्नेछु, र स्वयम् आफै पनि खर्चनेछु। यदि मैले तिमीहरूलाई बढ़ी प्रेम गरें भने, के मैले चाहिँ कम्ती प्रेम पाउने? "},{"id":16,"text":"मैले तिमीहरूलाई बोझ बोकाइनँ, यो ठीकै हो, तर मैले चलाकी गरेर तिमीहरूलाई फसाएँ भनी तिमीहरू भन्छौ। "},{"id":17,"text":"मैले तिमीहरूकहाँ पठाएकाहरूमध्येका कुनै मानिसद्वारा तिमीहरूबाट के मैले फाइदा उठाएथें र? "},{"id":18,"text":"मैले तीतसलाई जान भनी आग्रह गरें, र त्यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं?"},{"id":19,"text":"के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्जेल तिमीहरूका सामु हामी आफ्नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्ति हो। "},{"id":20,"text":"किनभने म आउँदा मैले इच्छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्ने मलाई डर लागेको छ। शायद त्यहाँ झगड़ा, डाह, क्रोध, स्वार्थ, बदख्वाइँ, निन्दो-चर्चो, अभिमान र गोलमाल हुन्छ होला। "},{"id":21,"text":"मलाई डर लाग्छ, कि म फेरि आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामुन्ने होच्याइदिनुहुनेछ, र धेरै जनाका निम्ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्यभिचार र छाडापनबाट पश्चात्ताप गरेका छैनन् होला।"}]},{"id":13,"title":"२ कोरिन्थी 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2CO/13-0bee313e10b550ad99b07bc8c27707e6.mp3?version_id=1483","verses":[{"id":1,"text":"तेस्रो पल्ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ।"},{"id":2,"text":"दोस्रो पटक तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्तै अब अनुपस्थिति हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदैछु। म फेरि आउँदा अघिअघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्नेछैनँ— "},{"id":3,"text":"किनकि ख्रीष्ट ममा बोल्नुहुन्छ भन्ने प्रमाण तिमीहरू चाहन्छौ। तिमीहरूसँगको व्यवहारमा उहाँ दुर्बल हुनुहुन्न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ। "},{"id":4,"text":"किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिमा उहाँ जीवित हुनुहुन्छ। यसरी हामी उहाँसँग दुर्बल हुन्छौं, तर तिमीहरूसँगको हाम्रो व्यवहारमा परमेश्वरको शक्तिद्वारा हामी उहाँसँग जिउनेछौं।"},{"id":5,"text":"तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो! "},{"id":6,"text":"म आशा गर्दछु, कि हामी असफल भएका छैनौं भन्ने तिमीहरू थाहा पाउनेछौ। "},{"id":7,"text":"तर हामी परमेश्वरमा प्रार्थना गर्दछौं, कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्तो देखा पर्ने होइन। हामीहरू असफल भएजस्तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर। "},{"id":8,"text":"किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौं, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं। "},{"id":9,"text":"किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्दित हुन्छौं। तिमीहरूका प्रगतिको निम्ति नै हामी प्रार्थना गर्छौं। "},{"id":10,"text":"तिमीहरूबाट अलग हुँदा म यो लेख्दैछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार कठोरतासाथ मैले प्रयोग गर्नु नपरोस्। त्यो त उहाँले बनाउनका निम्ति दिनुभएको हो, भत्काउनका निम्ति होइन।"},{"id":11,"text":"अन्त्यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्त्वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्तिमा रहो, र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।"},{"id":12,"text":"एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर। "},{"id":13,"text":"सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।"},{"id":14,"text":"प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्।"}]}]}