-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
2JN.json
1 lines (1 loc) · 5.77 KB
/
2JN.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यो पत्र एक जना “एल्डरबाट” लेखिएको हो। प्राय: जसो बाइबलका विद्वानहरू यूहन्ना प्रेरितले यो पत्र लेखेका हुन् भन्ने विचार गर्छन्।"},{"id":2,"text":"यो पत्र “चुनिएकी महिला र तिनका छोरा-छोरीहरूलाई” लेखिएको हो (पद १)। ती महिला को थिइन् भन्ने कसैलाई थाहा छैन। कसैको विचारमा ती “महिलाचाहिँ” कुनै एउटा ख्रीष्टियान मण्डली थियो, र तिनका “छोरा-छोरीहरू” त्यस मण्डलीका सदस्यहरू थिए। तर यो कुरा निश्चित छैन। यो पत्र ईस्वी सम्बत्को पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो।"}]},{"id":1,"title":"२ यूहन्ना 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2JN/1-d0713ab5e9708023616c86a1bd0da1b9.mp3?version_id=1483","verses":[{"id":1,"text":"एल्डरबाट, चुनिएकी महिला र तिनका छोरा-छोरीहरूलाई, जसलाई म साँचो प्रेम गर्दछु, र मैले मात्र होइन, तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गर्छन्। "},{"id":2,"text":"जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं।"},{"id":3,"text":"परमेश्वर पिता र पिताका पुत्र येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ।"},{"id":4,"text":"तिम्रा छोरा-छोरीहरूमध्ये कुनैकुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्यमा हिंडेका भेट्टाएर म ज्यादै आनन्दित छु। "},{"id":5,"text":"अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइनँ, तर त्यही लेखिरहेछु, जो सुरुदेखि नै हामीसँग छ— हामीले एक-अर्कासँग प्रेम गरौं भनी म तिमीलाई बिन्ती गर्दछु।"},{"id":6,"text":"उहाँका आज्ञाबमोजिम हिंड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।"},{"id":7,"text":"किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्तो व्यक्ति नै छली र ख्रीष्ट विरोधी हो। "},{"id":8,"text":"होशियार रहो, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ, त्यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ।"},{"id":9,"text":"ख्रीष्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ। "},{"id":10,"text":"यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू। "},{"id":11,"text":"किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ।"},{"id":12,"text":"मैले तिमीहरूलाई कुरा लेख्नु त धेरै छ, तर कागत र मसीले ती म लेख्न चाहन्नँ। तर हामीहरूको आनन्द पूर्ण होस् भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु।"},{"id":13,"text":"चुनिएकी तिम्री बहिनीका छोरा-छोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।"}]}]}