-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
2SA.json
1 lines (1 loc) · 272 KB
/
2SA.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"दोस्रो शमूएलको पुस्तक पहिलो शमूएलसँगै जोडिएको सिलसिला हो। यस भागमा हामी दाऊद राजाको शासनको विवरण सविस्तार अध्ययन गर्छौ। १-४ अध्यायसम्म हामी दाऊदले दक्षिणको यहूदा प्रान्तमाथि राज्य गरेको घटना देख्छौं। त्यसपछि ५-२४ अध्यायसम्म हामी दाऊद राजाले उत्तरी इस्राएल लगायत सम्पूर्ण राष्ट्रमाथि आफ्नो शासन कायम गरेको विवरण पढ्छौं। राजा दाऊदले परमेश्वरमाथि गहिरो भक्ति राखेका थिए। तर त्यही राजा पापमा गिरेको र परमेश्वरको सजायमा परेको वृतान्त पनि हामी यहाँ पढ्न पाउँछौं। दाऊदको पश्चात्ताप र नम्रता यो पुस्तकको एउटा मुख्य विषय हो। उनको नेतृत्वसँग प्रभावित बनेर इस्राएलीहरूले “दाऊदको सन्तान” नै आफ्नो राजा होस् भनी चाहना राख्न थालेका थिए।"}]},{"id":1,"title":"२ शमूएल 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/1-f3b011911b2042d7c9a80f0a97222fd8.mp3?version_id=1483","verses":[{"id":1,"text":"अमालेकीहरूमाथिको विजयपछि दाऊद फर्के र तिनले दुई दिन सिक्लगमा बिताए। "},{"id":2,"text":"शाऊलका मृत्युको तेस्रो दिन आफ्नो लुगा च्यातेको र टाउकोमा धूलो हालेको एक जना मान्छे शाऊलको शिविरबाट आयो। जब त्यो दाऊदको सामु आइपुग्यो, त्यसले भूइँमा घोप्टो परेर दाऊदलाई दण्डवत् गर्यो।"},{"id":3,"text":"दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?”त्यसले भन्यो, “म इस्राएलको शिविरबाट उम्केर आएको हुँ।”"},{"id":4,"text":"अनि दाऊदले त्यसलाई फेरि सोधे, “समाचार के छ त?” “मलाई भन्।”त्यसले भन्यो, “सेना रणभूमिबाट खेदियो, र लड़ाइँमा धेरै जना मारिए। शाऊल र उनका छोरा जोनाथन पनि मारिए।”"},{"id":5,"text":"दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई सोधे, “शाऊल र जोनाथन मारिए भनी तैंले कसरी जानिस्?”"},{"id":6,"text":"त्यस मानिसले भन्यो, “म गिल्बो डाँड़ामा थिएँ, अनि शाऊल आफ्नो भालामाथि झुकेका मैले देखें। अनि रथहरू र घोड़चढ़ीहरू उनको ठीक पछि मात्र थिए। "},{"id":7,"text":"पछि फर्केर हेर्दा उनले मलाई देखे, र मलाई बोलाए। मैले भनें, ‘हजूर, के हो?’"},{"id":8,"text":"“उनले मलाई ‘तँ को होस्?’ भनी सोधे।मैले ‘म एक अमालेकी हुँ’ भनें।"},{"id":9,"text":"“तब उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई खतम गर्। म जिउँदै छु, तरै पनि मृत्युको मुखैमा पुगिसकेको छु’।"},{"id":10,"text":"“यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्दैनन् भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्याएको छु।”"},{"id":11,"text":"यो कुरा सुनेर दाऊदले आफ्नो लुगा च्याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे। "},{"id":12,"text":"अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्मै उपवास बसे।"},{"id":13,"text":"तब दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?”त्यसले जवाफ दियो, “म एक विदेशीको छोरो, एक अमालेकी हुँ।”"},{"id":14,"text":"दाऊदले भने, “परमप्रभुका अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन?”"},{"id":15,"text":"तब तिनले आफ्ना मानिसहरूमध्येको एक जनालाई त्यस मानिसलाई प्रहार गर्ने हुकुम गरे। यसैले त्यस मानिसले त्यसलाई हिर्काएर मार्यो। "},{"id":16,"text":"किनकि दाऊदले त्यसलाई यसो भनेका थिए, “तेरो रगत तेरै शिरमाथि परोस्। जब तैंले भनिस्, ‘मैले परमप्रभुका अभिषिक्त जनलाई मारें,’ तब आफ्नै मुखले तैंले आफैलाई दोषी ठहराइस्।”"},{"id":17,"text":"त्यसपछि शाऊल र उनका छोरा जोनाथनका निम्ति दाऊदले यसरी विलाप गरे, "},{"id":18,"text":"अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे। याशारको पुस्तकमा यो गीत लेखिएको छ: "},{"id":19,"text":"“हे इस्राएल, तिम्रो महिमा डाँड़ाहरूमा मरी ढलेको छ।\nमहावीरहरू कसरी ढले!"},{"id":20,"text":"“गातमा यो कुरा नसुनाऊ,\nअश्कलोनका सड़कहरूमा यो कुरा प्रचार नगर,\nनत्रता पलिश्तीका छोरीहरू रमाउनेछन्,\nनत्रता खतना नभएकाहरूका छोरीहरू हर्षित हुनेछन्।"},{"id":21,"text":"“हे गिल्बोका डाँड़ाहरू हो,\nतिमीहरूमाथि शीत कि पानी नपरोस्,\nन त तिमीहरूमा अन्न दिने खेत नै होऊन्।\nकिनभने योद्धाको ढाल त्यहाँ अशुद्ध भयो,\nशाऊलको ढाल तेलविनै निस्तेज भयो।"},{"id":22,"text":"शत्रुको छातीबाट,\nमारिएकाहरूको रगतबाट\nजोनाथनको धनु कहिल्यै पछि फर्केन।\nशाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केन।"},{"id":23,"text":"“शाऊल र जोनाथन जीवित हुँदा मनपर्दा र मयालु थिए।\nमृत्युमा पनि उनीहरू अलग भएनन्।\nउनीहरू गरुडहरूभन्दा पनि तीव्र थिए,\nसिंहहरूभन्दा पनि बलिया थिए।"},{"id":24,"text":"“हे इस्राएलका छोरी हो, शाऊलको निम्ति रोओ।\nजसले तिमीहरूलाई राता-राता दामी बुट्टादार लुगाहरूले पहिराउँथे,\nजसले तिमीहरूका लुगाहरू\nसुनका गहनाहरूले चहकिला पार्थे।"},{"id":25,"text":"“महावीरहरू रणभूमिमा कसरी ढले!\nजोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्।"},{"id":26,"text":"हे जोनाथन, मेरा भाइ,\nतिम्रो निम्ति म विलाप गर्दछु।\nतिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ।\nमप्रतिको तिम्रो प्रेम अचम्मको थियो,\nस्त्रीको प्रेमलाई जित्ने।"},{"id":27,"text":"“महावीरहरू कसरी ढले!\nयुद्धका हतियारहरू नष्ट भए।”"}]},{"id":2,"title":"२ शमूएल 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/2-2c3a746e7eb31245cd57c565d5d649e3.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि दाऊदले परमप्रभुलाई यसो भनेर सोधे, “के म यहूदाको कुनै एउटा सहरमा जाऊँ?”परमप्रभुले जवाफ दिनुभयो, “उक्लिजाऊ।”दाऊदले सोधे, “कुनचाहिँ सहरमा?”अनि यस्तो जवाफ आयो, “हेब्रोनमा।”"},{"id":2,"text":"यसैले दाऊद आफ्ना दुई पत्नीहरू, यिजरेली अहीनोम र कर्मेलका नाबालकी विधवा अबीगेलको साथमा त्यहाँ गए। "},{"id":3,"text":"आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहानैसमेत दाऊदले ल्याए, र तिनीहरू हेब्रोन र त्यसका सहरहरूमा बसोबास गरे। "},{"id":4,"text":"अनि यहूदाका मानिसहरू आएर दाऊदलाई त्यहाँ यहूदाका घरानामाथि राजा अभिषेक गरे। याबेश-गिलादका मानिसहरूले शाऊललाई गाड़ेका थिए भनेर दाऊदलाई सुनाइयो। "},{"id":5,"text":"तब तिनले तिनीहरूलाई यो समाचार पठाए, “तिमीहरूले आफ्ना स्वामी शाऊलप्रति देखाएको भक्ति र उहाँलाई गाड़ेकामा परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्। "},{"id":6,"text":"यसको निम्ति परमप्रभुले तिमीहरूप्रति आफ्नो दृढ़ प्रेम र विश्वसनीयता देखाऊन्, अनि तिमीहरूले यो काम गरेका हुनाले म पनि आफ्नो तर्फबाट तिमीहरूमाथि उही निगाह राख्नेछु। "},{"id":7,"text":"बलिया र आँटिला होओ, किनभने तिमीहरूका स्वामी शाऊलको मृत्यु भएको छ, र यहूदाका मानिसहरूले मलाई आफ्ना राजा अभिषेक गरेका छन्।”"},{"id":8,"text":"यसै बीचमा शाऊलका सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई यर्दनवारि महनोममा ल्याए, "},{"id":9,"text":"अनि गिलाद, अशुरी, यिजरेल, एफ्राइम र बेन्यामीन र सारा इस्राएलमाथि तिनलाई राजा तुल्याए।"},{"id":10,"text":"इस्राएलका राजा हुँदा ईश्बोशेत चालीस वर्षका थिए, र तिनले दुई वर्षसम्म राज्य गरे। तापनि यहूदाको घरानाचाहिँ दाऊदकै पछि लाग्यो। "},{"id":11,"text":"हेब्रोनमा यहूदाको घरानामाथि दाऊदले साढ़े सात वर्षसम्म राज्य गरे। "},{"id":12,"text":"नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे। "},{"id":13,"text":"अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एक-अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे।"},{"id":14,"text":"अबनेरले योआबलाई भने, “तिम्रा र मेरा जवान मानिसहरूमध्येका कोही आएर हाम्रो सामुन्ने एक-एक जना गरी लडून्।”योआबले जवाफ दिए, “हुन्छ, तिनीहरूले त्यसै गरून्।”"},{"id":15,"text":"यसैकारण तिनीहरू आए, र बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतका तर्फका बाह्र जना र दाऊदतर्फका बाह्र जना एक-एक जना गरी आफ्नो स्थानमा खड़ा भए। "},{"id":16,"text":"तब तिनीहरू हरेकले आ-आफ्नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो। यसरी तिनीहरू एकसाथ ढले। यसैकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्जुरीम भनियो।"},{"id":17,"text":"त्यस दिन घमासान युद्ध भयो, अनि अबनेर र इस्राएलका मानिसहरू दाऊदका फौजको सामु हारे।"},{"id":18,"text":"सरूयाहका तीनै भाइ छोराहरू, योआब, अबीशै र असाहेल त्यहाँ थिए। असाहेल मैदानमा कुद्ने हरिण जत्तिकै छिटा थिए, "},{"id":19,"text":"र तिनी दाहिने-देब्रे कतै पनि नफर्की सीधै अबनेरको पछि खेद्दैगए। "},{"id":20,"text":"तब अबनेरले पछि फर्केर सोधे, “हे असाहेल, के तिमी नै हौ?”“हो” भनी तिनले जवाफ दिए।"},{"id":21,"text":"अबनेरले भने, “दाहिने कि देब्रेतिर लागेर जवानहरूमध्येका एक जनालाई पक्रेर त्यसलाई लुट।” तर असाहेलले उनलाई खेद्न छोड़ेनन्।"},{"id":22,"text":"अबनेरले फेरि “मलाई खेद्न छोड़िदेऊ” भनी चेताउनी दिए। उनले भने, “मैले तिमीलाई कसरी मार्नु? तिम्रा दाजु योआबलाई मैले कसरी मुख देखाउनु?”"},{"id":23,"text":"तर जब असाहेल अन्यत्र लाग्न मानेनन्, तब अबनेरले आफ्नो भाला पछिल्तिर हानेर तिनको भुँड़ीमा रोपिदिए, र भाला तिनको पछिल्तिर निस्क्यो, र तिनी बाटैमा ढलेर मरे। असाहेल मरेर लोटेको ठाउँमा आइपुग्ने सबै जना त्यहीँ नै अड़िए।"},{"id":24,"text":"तर सूर्य अस्ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्मा डाँड़ामा नआइपुगुञ्जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे। "},{"id":25,"text":"बेन्यामीनीहरू अबनेरतर्फ जम्मा भए, र एउटै दल भएर एउटा डाँड़ाको टाकुरामा युद्धको लागि तयार भए।"},{"id":26,"text":"अबनेरले कराएर योआबलाई भने, “के मारकाट गरिरहने? त्यसको परिणाम आखिरमा तीतो हुन्छ भनी तिमी देख्न सक्दैनौ? आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड़िदिनू भनी के तिमी आफ्ना मानिसहरूलाई फर्काउँदैनौ?”"},{"id":27,"text":"योआबले जवाफ दिए, “जीवित परमेश्वरको नाउँमा म भन्दछु, कि तिमीले नभनेका भए मानिसहरूले बिहानसम्म पनि आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड्नेथिएनन्।”"},{"id":28,"text":"तब योआबले तुरही फुके, र सबै मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोड़िदिए, अनि युद्ध थामियो।"},{"id":29,"text":"अबनेर र उनका मानिसहरू रातभरि अराबाबाट हिँड़ेर यर्दन पार गरे, र बिहानभरि हिँड़ेर महनोममा आइपुगे।"},{"id":30,"text":"जब योआब अबनेरलाई खेद्न छोड़ेर आए, तब तिनले आफ्नो फौजलाई भेला गरे, र असाहेलबाहेक दाऊदका उन्नाईस जना मानिसहरू कम भेट्टाइए। "},{"id":31,"text":"तर दाऊदका फौजले अबनेरका पछि लाग्ने बेन्यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए। "},{"id":32,"text":"तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्यालोमा हेब्रोनमा पुगे।"}]},{"id":3,"title":"२ शमूएल 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/3-108f99dc4150ccd6250c631b0d7d48f6.mp3?version_id=1483","verses":[{"id":1,"text":"शाऊल र दाऊदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्म चलिरह्यो। दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, अनि शाऊलको घरानाचाहिँ अझ कमजोर हुँदैगयो।"},{"id":2,"text":"अनि हेब्रोनमा दाऊदका छोराहरू जन्मे:\nतिनका जेठा छोरा अमनोन थिए,\nजसकी आमा यिजरेली अहीनोम थिइन्;"},{"id":3,"text":"तिनका माहिला छोरा किलाब थिए,\nजसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्;\nतिनका साहिँला छोरा अब्शालोम थिए,\nजसकी आमा गशूरका राजा\nतल्मैकी छोरी माका थिइन्;"},{"id":4,"text":"काहिँलाचाहिँ अदोनियाह थिए,\nजसकी आमा हग्गीत थिइन्;\nठाहिँला शपत्याह थिए,\nजसकी आमा अबीतल थिइन्;"},{"id":5,"text":"अनि कान्छाचाहिँ यित्राम थिए,\nजसकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।यिनीहरू सबै हेब्रोनमा जन्मेका दाऊदका छोराहरू थिए।"},{"id":6,"text":"जब शाऊल र दाऊदका घरानाको बीचमा युद्ध हुँदैगयो, तब अबनेरले बिस्तार-बिस्तार शाऊलको घरानामा आफूलाई प्रबल तुल्याउँदैथिए। "},{"id":7,"text":"अब अय्याकी छोरी रिश्पा नाउँ भएकी शाऊलकी उपपत्नी थिइन्। ईश्बोशेतले अबनेरलाई सोधे, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?”"},{"id":8,"text":"यस कुराले अबनेरले साह्रै रिसाएर भने, “के म यहूदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्म त म तिम्रा पिता शाऊलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ, र मैले तपाईंलाई दाऊदको हातमा दिएर विश्वासघात गरेको छैनँ। तापनि यस स्त्रीको विषयमा भक्तिहीनताको आरोप लाउनुहुन्छ! "},{"id":9,"text":"अब यदि दाऊदको निम्ति परमप्रभुले शपथ खाएर ‘गर्छु’ भन्नुभएको कुरालाई पूरा गर्न म सकेसम्म गर्दिनँ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्। "},{"id":10,"text":"म शाऊलको घरानालाई खसाल्न र दाऊदलाई दानदेखि बेर्शेबासम्मै इस्राएल र यहूदामाथि सिंहासनमा बसाल्ने काम गर्नेछु।” "},{"id":11,"text":"तिनी अबनेरसँग साह्रै डराएका हुनाले ईश्बोशेतले अरू केही पनि भन्न सकेनन्।"},{"id":12,"text":"त्यसपछि अबनेरले हेब्रोनमा दाऊदकहाँ यसो भनेर दूतहरू पठाए, “यो देश कसको हो? हामी मिलाप गरौं, र म सारा इस्राएललाई तपाईंतर्फ ल्याउनलाई सकेसम्म कोशिश गर्नेछु।”"},{"id":13,"text":"तब दाऊदले यस्तो जवाफ पठाए, “बेस्, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा, कि शाऊलकी छोरी मीकललाई मकहाँ ल्याएपछि मात्र तिमी मेरो सामु आऊ।” "},{"id":14,"text":"दाऊदले शाऊलका छोरा ईश्बोशेतकहाँ पनि यसो भनेर दूतहरू पठाए, “मैले एक सय पलिश्तीका खलड़ीको दाम तिरेर मगनी गरेको मेरी पत्नी मीकल मलाई सुम्पिदेऊ।” "},{"id":15,"text":"यसकारण ईश्बोशेतले मानिसहरू पठाएर मीकललाई आफ्ना पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए। "},{"id":16,"text":"अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्जेल पल्तिएल रुँदै-रुँदै बहूरीमसम्म मीकलको पछिपछि आए।"},{"id":17,"text":"अब इस्राएलका धर्म-गुरुहरूकहाँ आएर अबनेरले भने, “निकै अघिदेखि नै तपाईंहरूले दाऊदलाई आफ्ना राजा तुल्याउन खोज्नुभएको हो। "},{"id":18,"text":"अब त्यो काम पूरा गर्ने समय यही हो, किनभने दाऊदको विषयमा परमप्रभुको वचन यो छ, ‘मेरो दास दाऊदको हातबाट नै मेरो प्रजा इस्राएललाई पलिश्तीहरूबाट र तिनीहरूका सबै शत्रुहरूबाट बचाउनेछु’।”"},{"id":19,"text":"अबनेरले बेन्यामीनीहरूसँग पनि कुरा गरे र त्यसपछि इस्राएलीहरू र बेन्यामीनीहरू सहमत भएको कुरा सुनाउनलाई अबनेर हेब्रोनमा दाऊदकहाँ गए। "},{"id":20,"text":"जब अबनेर दाऊदको सामुन्ने हाजिर भए, तब उनीसँग बीस जना मानिसहरू थिए, र दाऊदले उनीहरू सबैका निम्ति भोज दिए। "},{"id":21,"text":"तब अबनेरले दाऊदलाई भने, “अब म गएर हजूरको सामुन्ने सारा इस्राएलीहरूलाई ल्याउनेछु, र तिनीहरूले हजूरसँग एउटा करार बाँधून्। त्यसपछि हजूर आफूले इच्छा गर्नुभएजति माथि तपाईंले राज्य गर्नुहोस्।” तब दाऊदले अबनेरलाई बिदा दिए, र उनी शान्तिसँग गए।"},{"id":22,"text":"दाऊदका मानिसहरू र योआबचाहिँ आफूसँग धेरै लूटका माल लिएर लूटपीटबाट फर्के। तर त्यस बेला अबनेरचाहिँ शान्तिसाथ बिदा भइसकेकाले उनी दाऊदसँग हेब्रोनमा थिएनन्। "},{"id":23,"text":"यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने।"},{"id":24,"text":"राजाकहाँ गएर योआबले भने, “हजूरले यो के गर्नुभयो? अबनेर यहाँ हजूरकहाँ आएका थिए। हजूरले कसरी उनलाई त्यसै जान दिनुभयो? उनी त त्यसै उम्केर गइहाले। "},{"id":25,"text":"हजूरले नेरका छोरा अबनेरलाई चिन्नु नै भएको छ। उनी हजूरलाई छल गर्न, हजूरको चाल बुझ्न र हजूर के गर्दैहुनुहुन्छ सो जान्नलाई आएका थिए।”"},{"id":26,"text":"जब योआब दाऊदको सामुन्नेबाट निस्के, तब तिनले अबनेरको पछि समाचारवाहकहरूलाई पठाए, र तिनीहरूले अबनेरलाई सीराको इनारदेखि फर्काएर ल्याए। तर दाऊदलाई यो सब थाहा थिएन। "},{"id":27,"text":"अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्तमा केही कुरा गर्ने निहुँमा मूल ढोकाको एकातिर गए, र तिनले आफ्ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँड़ीमा घोचेर मारे।"},{"id":28,"text":"तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्याको विषयमा म र मेरो राज्य परमप्रभुको दृष्टिमा सधैँको लागि निर्दोष छौं। "},{"id":29,"text":"योआब र तिनका पिताका सबै घरानाको शिरमा त्यो दोष परोस्। अनि योआबको घरानामा घाउ-खटिरा हुने वा छालामा सरुवा रोग लाग्ने व्यथाले नछोड़ोस्, लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्।”"},{"id":30,"text":"यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे।"},{"id":31,"text":"तब दाऊदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई आ-आफ्नो लुगा च्यात्न, भाङ्ग्रा ओड्ने र अबनेरको अरथीको अगिअगि विलाप गर्दै हिँड्न भनी हुकुम गरे, र राजा आफैचाहिँ अरथीको पछिपछि हिँड़े। "},{"id":32,"text":"तिनीहरूले अबनेरलाई हेब्रोनमा गाड़े, र अबनेरको चिहानमा राजा साह्रै रोए। अनि सबै मानिसहरू पनि तिनीसँग रोए।"},{"id":33,"text":"राजाले अबनेरको निम्ति यो विलापको गीत गाए:\n“के अबनेर अपराधी भएझैँ मर्नुपर्यो?"},{"id":34,"text":"तिम्रा हात बाँधिएका थिएनन्,\nतिम्रा गोड़ामा साङ्ला लागेका थिएनन्,\nतिमी त दुष्टहरूका हातमा परेझैँ ढल्यौ।”अनि मानिसहरू तिनको निम्ति फेरि रोए।"},{"id":35,"text":"तब तिनीहरूले दाऊदलाई अझै दिन बाँकी रहँदा केही खाऊन् भनेर मनाउनलाई आए, तर दाऊदले शपथ खाएर यसो भने, “सूर्यास्तअघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्।”"},{"id":36,"text":"मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्न भए। "},{"id":37,"text":"त्यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्यामा राजाको केही हात थिएन भनी थाहा पाए।"},{"id":38,"text":"राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलमा आजको दिन एक जना योद्धा, एक जना महान् पुरुष मरे भनी तिमीहरू जान्दैनौ? "},{"id":39,"text":"म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए। परमप्रभुले दुष्ट काम गर्नेलाई त्यसका योग्यको प्रतिफल देऊन्।”"}]},{"id":4,"title":"२ शमूएल 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/4-0a22979a0af54ecfd9f620d0864968fb.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेर मारिएको कुरा सुने, तब तिनको हात-खुट्टै गल्यो र सारा इस्राएलीहरू घबराए। "},{"id":2,"text":"ईश्बोशेतका दुई जना मानिसहरू थिए, जो लूटपीट गर्नेहरूका अगुवा थिए, जसका नाउँ बानाह र रेकाब थिए। उनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनसँगै गनिएको छ, "},{"id":3,"text":"किनभने बेरोतीहरू गित्तैममा भागेर गएका थिए, र त्यस बेलादेखि अहिलेसम्म त्यहीँ नै बसोबास गरेका छन्।"},{"id":4,"text":"(शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्युको समाचार आउँदा त्यो पाँच वर्षको थियो। त्यसकी धाईले त्यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्यो लड्यो, र लङ्गड़ो भयो। त्यसको नाउँ मपीबोशेत थियो।) "},{"id":5,"text":"बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह, मध्यदिनमा ईश्बोशेत विश्राम गरिरहेको बेलामा तिनको घरमा आए, र भित्र पसे। "},{"id":6,"text":"उनीहरू घरको भित्री भागतिर गहूँ लिन गएजस्तो गरी गए र त्यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्यसपछि रेकाब र बानाह सुटुक्क निस्के।"},{"id":7,"text":"ईश्बोशेत आफ्नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्यो आफूसँग लगे, र अराबाबाट रातभरि हिँड़ेर गए। "},{"id":8,"text":"उनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए, र राजालाई भने, “हजूरको प्राण लिन खोज्ने, हजूरको शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। परमप्रभुले शाऊल र उनको घरानालाई आज हजूरको निम्ति साटो फेर्नुभयो।”"},{"id":9,"text":"दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र त्यसका भाइ बानाहलाई जवाफ दिए, “परमप्रभु, जसले मलाई मेरा सबै कष्टबाट छुटाउनुभयो, जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, "},{"id":10,"text":"शाऊल मरेको खबर राम्रो हो भनी ठानेर मकहाँ समाचार ल्याउने मानिसलाई मैले पक्रे, र मैले त्यसलाई सिक्लगमा मारें। मैले त्यसका समाचारको निम्ति त्यसलाई त्यही प्रतिफल दिएँ। "},{"id":11,"text":"तर दुष्ट मानिसहरूले एक जना निर्दोष मानिसलाई त्यसकै घरमा त्यसको पलङ्गमा मार्छन् भने झन् कति बढ़ी प्रतिफल दिनुपर्ला! के मैले अब तिमीहरूले गरेको हत्याको बदला लिएर तिमीहरूलाई संसारदेखि खतम नगर्नु र?”"},{"id":12,"text":"तब दाऊदले आफ्ना मानिसहरूलाई हुकुम दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात-खुट्टा काटे, र हेब्रोनका पोखरीको छेउमा झुण्ड्याइदिए। तर ईश्बोशेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाड़िदिए।"}]},{"id":5,"title":"२ शमूएल 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/5-a020d08265b31e01e0c11f652a62a294.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड़ र मासु हौं।” "},{"id":2,"text":"अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लड़ाइँमा लाने र फर्काएर ल्याउने गर्नुहुन्थ्यो। अनि परमप्रभुले तपाईंलाई भन्नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्। तँ तिनीहरूको राजा हुनेछस्’।”"},{"id":3,"text":"तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।"},{"id":4,"text":"दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्म राज्य गरे। "},{"id":5,"text":"तिनले हेब्रोनमा यहूदामाथि साढ़े सात वर्ष अनि यहूदा र इस्राएल दुवैमाथि यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।"},{"id":6,"text":"त्यसपछि दाऊद राजा र तिनका मानिसहरू यरूशलेममा बस्ने यबूसीहरूलाई आक्रमण गर्न गए। यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्न, अन्धा र लङ्गड़ाहरूले पनि तपाईंलाई भगाउन सक्नेछन्।” उनीहरूको विचार यही थियो कि दाऊद कहिल्यै भित्र आउन सक्नेछैनन्। "},{"id":7,"text":"तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले।"},{"id":8,"text":"त्यस दिन दाऊदले भने, “हरेक जसले यबूसीहरूलाई जित्छ, त्यसले दाऊदका शत्रु ‘अन्धा र लङ्गड़ाहरूलाई’ पानीको नालबाट पसेर भेट्टाउनुपर्नेछ।” त्यसैकारण तिनीहरू भन्छन्, “कुनै ‘अन्धा र लङ्गड़ा’ महलमा आउनेछैनन्।”"},{"id":9,"text":"दाऊद त्यही गढ़ीमा बस्न लागे, र त्यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए। "},{"id":10,"text":"अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिनीसँग हुनुहुन्थ्यो।"},{"id":11,"text":"टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्ति एउटा महल बनाए। "},{"id":12,"text":"परमप्रभुले तिनलाई इस्राएलमाथि राजा हुनलाई स्थिर गर्नुभयो, अनि तिनको राज्य आफ्नो प्रजा इस्राएलको निम्ति उच्च पार्नुभयो भनी दाऊदले अब थाहा पाए।"},{"id":13,"text":"हेब्रोनबाट सरेपछि दाऊदले यरूशलेममा अझै धेरै उपपत्नीहरू र पत्नीहरू लिए। अनि तिनका अरू छोराछोरी जन्मे। "},{"id":14,"text":"यरूशलेममा जन्मेका तिनका सन्तानहरूका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, "},{"id":15,"text":"यिभार, एलीशूअ, नेपेग, यापी, "},{"id":16,"text":"एलीशामा, एल्यादा र एलीपेलेत।"},{"id":17,"text":"दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्न निस्के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए। "},{"id":18,"text":"पलिश्तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे। "},{"id":19,"text":"तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?”अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”"},{"id":20,"text":"तब तिनी उक्लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्नो किनार भत्काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्क्तिलाई भत्काइदिनुभयो।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम राखियो। "},{"id":21,"text":"पलिश्तीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोड़े, अनि दाऊद र तिनका मानिसहरूले ती लगे।"},{"id":22,"text":"पलिश्तीहरू फेरि आएर रपाईहरूको बेँसीमा फैलिएर बसे। "},{"id":23,"text":"दाऊदले परमप्रभुलाई सोधे, र परमप्रभुले भन्नुभयो, “यस पल्ट सोझै आक्रमण नगर्, तर घुमेर लहरे-पीपलहरूका सामुन्ने पछिल्तिरबाट उनीहरूलाई आक्रमण गर्। "},{"id":24,"text":"लहरे-पीपलहरूका टुप्पामा हुरुरुरु आवाज सुन्ने बित्तिकै झट्टै आक्रमण गरिहाल्, किनभने त्यस बेला परमप्रभु पलिश्तीहरूको सेनालाई परास्त गर्न तेरो अगिअगि जानुहुनेछ।” "},{"id":25,"text":"दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्म खेदेर धपाए।"}]},{"id":6,"title":"२ शमूएल 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/6-3f9cdbc6a6d5cd291761c9ebf996d1fc.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि दाऊदले इस्राएलका तीस हजार चुनिएका मानिसहरूलाई बोलाए, "},{"id":2,"text":"र यी सबै मानिसहरूका साथमा परमेश्वरको सन्दूक ल्याउनलाई यहूदाको बालाबाट दाऊद निस्केर गए, त्यो सन्दूक जसलाई करूबहरूका बीचमा विराजमान हुनुभएका सर्वशक्तिमान् परमप्रभुको नाउँद्वारा डाकिएको थियो। "},{"id":3,"text":"तिनीहरूले परमेश्वरको सन्दूक एउटा नयाँ गाड़ामा राखे, र डाँड़ामा भएको अबीनादाबको घरबाट ल्याए, र अबीनादाबका छोराहरू उज्जाह र अहियोले गाड़ालाई हाँक्दै लगे। "},{"id":4,"text":"तिनीहरूले परमेश्वरको सन्दूक गाड़ामा राखेर लगे, अनि अहियोचाहिँ त्यसको अगिअगि हिँड़े। "},{"id":5,"text":"दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्यालीको सुरमा रमाहट गर्दैथिए।"},{"id":6,"text":"जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्जाहले आफ्नो हात बढ़ाएर परमेश्वरको सन्दूकलाई थामे। "},{"id":7,"text":"तर परमप्रभु उज्जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्तो लापरवाहीको निम्ति उहाँले तिनलाई त्यहाँ मार्नुभयो। यसरी तिनी परमेश्वरका सन्दूकको छेउमा मरे।"},{"id":8,"text":"परमप्रभु यसरी उज्जाहमाथि क्रोधित हुनुभएकोमा दाऊद रिसाए, र तिनले त्यस ठाउँको नाउँ फारेस-उज्जाह राखे। त्यसको नाउँ आजसम्म त्यही छ।"},{"id":9,"text":"त्यस दिन दाऊद परमप्रभुसँग डराए, र भने, “अब परमप्रभुको सन्दूक म आफूसँग कसरी राख्न सकुँला?” "},{"id":10,"text":"परमप्रभुको सन्दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्दूक पुर्याए। "},{"id":11,"text":"यसरी परमप्रभुको सन्दूक ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो, अनि परमप्रभुले ओबेद-एदोम र तिनका सबै घरानालाई आशिष् दिनुभयो। "},{"id":12,"text":"परमप्रभुका सन्दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष् दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्दूक धूमधाम आनन्दको साथ दाऊदको सहरमा ल्याए। "},{"id":13,"text":"परमप्रभुको सन्दूक बोक्ने मानिस छ कदम पुगेपछि तिनले एउटा साँढ़े र एउटा मोटो बाछो बलिदान गरे। "},{"id":14,"text":"दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे। "},{"id":15,"text":"तिनी र सबै इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्दूक ल्याए।"},{"id":16,"text":"जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्।"},{"id":17,"text":"तिनीहरूले परमप्रभुको सन्दूक भित्र ल्याए, र दाऊदले सन्दूकको लागि टाँगेको पालभित्र राख्नका निम्ति तोकिएको स्थानमा त्यो राखे। अनि दाऊदले परमप्रभुको सामुन्ने होमबलि र मेलबलि चढ़ाए। "},{"id":18,"text":"दाऊदले यी बलिदानहरू चढ़ाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। "},{"id":19,"text":"अनि तिनले सबै मानिसहरूलाई, अर्थात् इस्राएलीहरूका जम्मै जमघटको हरेक पुरुष र स्त्रीलाई एक-एक वटा रोटी, खजूरको एक-एक डल्लो र किसमिसको एक-एक झुप्पो दिए। तब सबै मानिसहरू घर गए। "},{"id":20,"text":"दाऊद आफ्ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्ति आज कस्तो गौरवको दिन! तिनले आफ्ना दासीहरूका दृष्टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्तै बनाए।”"},{"id":21,"text":"दाऊदले मीकललाई जवाफ दिए, “तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इस्राएलका राजा चुन्नुहुने परमप्रभुको सामुन्ने त्यो गरिएको थियो। परमप्रभुको सामुन्ने म उत्सव मनाउनेछु। "},{"id":22,"text":"म आफ्नो दृष्टिमा अझै बढ़ी अपमानित बन्नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्यौ, तिनीहरूले यसको निम्ति मलाई मान गर्नेछन्।”"},{"id":23,"text":"शाऊलकी छोरी मीकलको मर्ने दिनसम्मै छोराछोरी भएनन्।"}]},{"id":7,"title":"२ शमूएल 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/7-d6f7202e374fbf329e18e1bfd3866972.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि, "},{"id":2,"text":"तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ।”"},{"id":3,"text":"नातानले राजालाई जवाफ दिए, “ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ।”"},{"id":4,"text":"त्यही रात परमप्रभुको यो वचन नातानकहाँ आयो:"},{"id":5,"text":"“गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: के मेरो निम्ति तैंले नै एउटा घर बनाउनेछस् र? "},{"id":6,"text":"इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि आजको दिनसम्म म कहिल्यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्दैआएको छु। "},{"id":7,"text":"म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्ये कुनै शासकलाई “मेरो निम्ति देवदारुको घर किन बनाइनस्?” भनेर सोधें र?’"},{"id":8,"text":"“यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्नबाट बोलाएँ। "},{"id":9,"text":"जहाँ-जहाँ तँ गइस् म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ। अब पृथ्वीका प्रतिष्ठित व्यक्तिहरूका बीचमा म तेरो नाउँ महान् बनाउनेछु।"},{"id":10,"text":"म मेरो प्रजा इस्राएलको निम्ति एउटा स्थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्नै एउटा वासस्थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ,"},{"id":11,"text":"अनि मेरो प्रजा इस्राएलमाथि न्यायकर्ताहरू\n नियुक्त गरेको समयदेखि यसो, तिनीहरूलाई दुष्ट मानिसहरूले अत्याचार गर्नेछैनन्। म तँलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु।“‘परमप्रभुले तेरो राजघराना स्थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्नुभएको छ। "},{"id":12,"text":"जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्तानमध्येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्यसको राज्य स्थिर गराउनेछु। "},{"id":13,"text":"त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु। "},{"id":14,"text":"म त्यसका पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। त्यसले अधर्म गर्यो भने, मानिसको लट्ठीले म त्यसलाई सजाय दिनेछु, र मानिसहरूद्वारा त्यसलाई कोर्राबाजीको प्रहार गर्नेछु। "},{"id":15,"text":"तर मैले मेरो प्रेम शाऊलबाट हटाएझैँ, जसलाई मैले तेरो बाटोदेखि पन्छाएँ, म मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ। "},{"id":16,"text":"तेरो घराना र तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्थिर हुनेछ’।” "},{"id":17,"text":"आफूलाई दर्शनमा भनिएका सबै कुरा नातानले दाऊदलाई सुनाइदिए।"},{"id":18,"text":"तब दाऊद राजा परमप्रभुको उपस्थितिमा हाजिर भए, र त्यहाँ बसेर भने: “हे परमप्रभु परमेश्वर, म को हुँ, मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभयो? "},{"id":19,"text":"यो सबैचाहिँ तपाईंको दृष्टिमा एउटा सानो विषयजस्तो ठानेर तपाईंले त आफ्नो दासलाई त्यसको घरानाको भविष्य नै बताइदिनुभयो। हे परमप्रभु परमेश्वर, के यो सब तपाईंले सधैँ नै गर्ने व्यवहार हो र?"},{"id":20,"text":"“अनि अब दाऊद अरू बढ्ता के भन्न सक्छ र? किनभने तपाईंले आफ्नो दासलाई राम्ररी चिन्नुहुन्छ, हे परमप्रभु परमेश्वर! "},{"id":21,"text":"तपाईंका वचनको खातिर र आफ्नो इच्छाअनुसार नै तपाईंले यो महान् काम गर्नुभएको छ र आफ्नो दासलाई यो बताउनुभएको छ।"},{"id":22,"text":"“हे परमप्रभु परमेश्वर, तपाईं साँच्चै महान् हुनुहुन्छ। तपाईंजस्तै अरू कसैको विषयमा हामीले कहिल्यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्वर छैन। "},{"id":23,"text":"अनि तपाईंको आफ्नै जाति इस्राएलजस्तो अरू को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान् डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो। "},{"id":24,"text":"तपाईंले आफ्नै प्रजा इस्राएललाई सदासर्वदाको निम्ति आफ्नै तुल्याउनलाई स्थिर गर्नुभएको छ, अनि हे परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ।"},{"id":25,"text":"अब हे परमप्रभु परमेश्वर, आफ्नो दास र त्यसको घरानासित गर्नुभएको प्रतिज्ञाअनुसार सधैँभरि गर्नुहोस्। तपाईंले भन्नुभएजस्तै गर्नुहोस्, "},{"id":26,"text":"ताकि तपाईंको ख्याति सदासर्वदै महान् होस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलमाथि परमेश्वर हुनुहुन्छ।’ अनि आफ्नो दास दाऊदको घराना तपाईंको सामु स्थिर भइरहनेछ।"},{"id":27,"text":"“हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो दासलाई, मलाई, यसो भनेर आफ्नो अभिप्राय देखाउनुभयो, ‘म तेरो निम्ति एउटा घरानाको निर्माण गर्नेछु’। यसैकारण साहससँग म तपाईंकहाँ यो प्रार्थना चढ़ाइरहेछु। "},{"id":28,"text":"हे परमप्रभु परमेश्वर, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंका वचन विश्वासयोग्य छन्, अनि तपाईंले आफ्नो दाससँग यी उत्तम प्रतिज्ञाहरू गर्नुभएको छ। "},{"id":29,"text":"यसैले अब आफ्नो दासको घरानालाई आशिष् दिनुहोस्, र त्यो तपाईंको नजर अगि रहिरहोस्। किनकि हे परमप्रभु परमेश्वर, तपाईंले बोल्नुभएको छ, र तपाईंका आशिष्द्वारा नै तपाईंको दासको घरानाले सदासर्वदाको आशिष् पाउनेछ।”"}]},{"id":8,"title":"२ शमूएल 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/8-3898fd140e1effaade8acd1643594058.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि दाऊदले पलिश्तीहरूलाई जिते, र उनीहरूमाथि तिनी विजयी भए, अनि उनीहरूका हातबाट मेथेगआमाह कब्जा गरे। "},{"id":2,"text":"दाऊदले मोआबीहरूलाई पनि परास्त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे।"},{"id":3,"text":"यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्नो अधीन फेरि राख्नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते। "},{"id":4,"text":"दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्नो निम्ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए।"},{"id":5,"text":"जब दमस्कसमा अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई आए, तब दाऊदले उनीहरूका बाईस हजारलाई मारे। "},{"id":6,"text":"अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्याउनुभयो।"},{"id":7,"text":"हददेजेरका अधिकृतहरूका सुनका ढालहरू दाऊदले लिए, र ती यरूशलेममा ल्याए। "},{"id":8,"text":"तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्याए।"},{"id":9,"text":"जब दाऊदले हददेजेरका सारा सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने, "},{"id":10,"text":"तब उनले आफ्ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्याए।"},{"id":11,"text":"ती सामग्रीचाहिँ दाऊद राजाले परमप्रभुमा अर्पण गरे, जसरी आफूले परास्त गरेका सबै जातिका सुन र चाँदीलाई तिनले अर्पण गर्ने गर्थे। "},{"id":12,"text":"ती हुन्: एदोम, मोआब, अम्मोनीहरू, पलिश्ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे।"},{"id":13,"text":"नूनको उपत्यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए। "},{"id":14,"text":"अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।"},{"id":15,"text":"दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजाका निम्ति जे-जति ठीक थियो, त्यही गरे। "},{"id":16,"text":"सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। "},{"id":17,"text":"अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। "},{"id":18,"text":"यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्लाहकार थिए।"}]},{"id":9,"title":"२ शमूएल 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/9-5223899ec1f9291cc41a1044a5a4ef02.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊदले सोधे, “के शाऊलका घरानाको कोही बाँचेको छ, जसलाई म जोनाथनको खातिर दया देखाउन सक्छु?” "},{"id":2,"text":"शाऊलको घरानामा सीबा नाउँ भएको एक जना नोकर थियो। त्यसलाई दाऊदले बोलाइपठाए। राजाले सोधे, “के तँ सीबा होस्?” त्यसले जवाफ दियो, “हजूरको दास सीबा म नै हुँ।”"},{"id":3,"text":"तब राजाले भने, “के शाऊलका घरानाको कोही जीवित छ, जसप्रति परमेश्वरको दया म देखाउन सक्छु?” सीबाले भन्यो, “हजूर, जोनाथनका एक जना छोरा जीवित छन्। उनी दुवै खुट्टाका लङ्गड़ा छन्।”"},{"id":4,"text":"राजाले सोधे, “उनी कहाँ छन्?”अनि सीबाले जवाफ दियो, “उनी लो-देबारमा अम्मीएलका छोरा माकीरका घरमा छन्।”"},{"id":5,"text":"तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए।"},{"id":6,"text":"जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत दाऊदकहाँ हाजिर भए, तब उनले घोप्टो परेर राजालाई दण्डवत् गरे।दाऊदले उनलाई भने, “मपीबोशेत!”उनले जवाफ दिए, “हजूर, म तपाईंको दास।”"},{"id":7,"text":"दाऊदले भने, “नडराऊ। म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु। म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्गाजमिन फर्काइदिनेछु। तिमी मेरा टेबिलमा बसेर मसँगै खानेछौ।”"},{"id":8,"text":"मपीबोशेतले फेरि घोप्टो परेर दण्डवत् गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्याल गर्नुहुन्छ?”"},{"id":9,"text":"तब दाऊदले शाऊलको नोकर सीबालाई आफूकहाँ बोलाउने हुकुम गरेर त्यसलाई भने, “म तेरा मालिकका नातिलाई शाऊल र उनको घरानाका सबै सम्पत्ति दिँदैछु। "},{"id":10,"text":"तैंले, तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्गाजमिनमा खेतीपाती गरेर त्यसको फसल तेरा मालिकको घरानालाई जुटाउनुपर्छ। अनि मपीबोशेत, तेरा मालिकका नातिले मेरो टेबिलमा बसेर खानेछन्।” (सीबाका पन्ध्र छोरा र बीस चाकरहरू थिए।)"},{"id":11,"text":"तब सीबाले राजालाई भन्यो, “हजूरले हुकुम गर्नुभएबमोजिम म सबै गर्नेछु।” यसैले राजाका छोराहरूमध्ये एक जना भएझैँ मपीबोशेतले दाऊदको टेबिलमा खान लागे।"},{"id":12,"text":"मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए। "},{"id":13,"text":"अनि मपीबोशेतचाहिँ यरूशलेममा बस्न लागे, र राजाकै टेबिलमा नित्य राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गड़ा थिए।"}]},{"id":10,"title":"२ शमूएल 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/10-7ccab9cafd882755af84ae874ba758d6.mp3?version_id=1483","verses":[{"id":1,"text":"केही समयपछि अम्मोनीहरूका राजा मरे, र उनका छोरा हानूनले राज्य गर्न लागे। "},{"id":2,"text":"दाऊदले विचार गरे, “नाहाशले मप्रति देखाएझैँ मैले पनि उनका छोरा हानूनप्रति दृढ़ मित्रताको भाव देखाउनुपर्छ।” यसैले तिनले उनका पिताको मृत्युमा संवेदना प्रकट गर्नलाई दूतहरूका हातमा समाचार पठाए।तर जब दाऊदका दूतहरू अम्मोनीहरूको देशमा पसे, "},{"id":3,"text":"तब अम्मोनी भारदारहरूले आफ्ना स्वामी हानूनलाई भने, “दाऊदको आफ्नो संवेदनाको समाचार पठाएर तपाईंका पितालाई सम्मान गरेका हुन् र? यी मानिसहरू त जासूसहरू हुन्, जसलाई तपाईंको सहर कसरी जित्ने हो भनी हेर्नलाई तिनले पठाएका छन्।” "},{"id":4,"text":"यसैले हानूनले दाऊदका दूतहरूलाई समातेर आधा-आधा दाह्री काटिदिए, र जाँघसम्म आधा-आधा लुगा काटिदिए। तब उनले तिनीहरूलाई त्यहाँबाट पठाइदिए।"},{"id":5,"text":"जब तिनीहरूमाथि गरिएको यो व्यवहार दाऊदले सुने, तब तिनीहरूलाई भेट्न दाऊदले मानिसहरू पठाए, किनभने ती मानिसहरू साह्रै अपमानित भएका थिए। तिनीहरूका दाह्री फेरि नबढुञ्जेल यरीहोमा नै बस्नु भनी दाऊदले हुकुम गरे।"},{"id":6,"text":"दाऊदसँग उनीहरूको व्यवहार नराम्रो भएको जब अम्मोनीहरूले थाहा पाए, तब उनीहरूले बेथ-रहोब र सोबाका बीस हजार अरामी पैदल-सिपाहीहरूलाई आफ्नो सहायताको निम्ति ज्यालामा ल्याए। उनीहरूले माकाका राजासहित एक हजार र तोबबाट बाह्र हजार मानिसहरू ज्यालामा ल्याए।"},{"id":7,"text":"दाऊदले यो कुरा सुनेर योआब र सबै योद्धाहरूलाई पठाए। "},{"id":8,"text":"अम्मोनीहरू आएर सहरको मूल ढोकामा युद्धको लागि मोर्चा बाँधे, अनि सोबा र रहोबका अरामी र तोब र माकाका मानिसहरूले चाहिँ खुला मैदानमा युद्धको निम्ति मोर्चा बाँधे।"},{"id":9,"text":"तिनको अगि र पछि दुवैतिर युद्धको निम्ति मोर्चा बाँधेको योआबले देखे। यसैले तिनले इस्राएलका सर्वश्रेष्ठ फौजहरूलाई खटाएर अरामीहरूका सामुन्ने राखे। "},{"id":10,"text":"बाँकी फौजलाई चाहिँ तिनले आफ्ना भाइ अबीशैको जिम्मामा दिए, जसले अम्मोनीहरूका सामुन्ने मोर्चा बाँधे। "},{"id":11,"text":"योआबले तिनलाई भने, “यदि अरामीहरूले मलाई जित्दै ल्याए भने तिमीले मलाई सहायता गर्नू। तर यदि अम्मोनीहरूले तिमीलाई जित्दै ल्याए भने म तिमीलाई सहायता गर्नलाई आउनेछु। "},{"id":12,"text":"साहस गर! हामी आफ्ना मानिसहरू र आफ्ना परमेश्वरका सहरहरूका निम्ति साहससित युद्ध गरौं। परमेश्वरको नजरमा जे ठीक छ उहाँले त्यही गर्नुहुनेछ।”"},{"id":13,"text":"योआब र तिनका फौज अरामीहरूसित भिड़िन अगि बढ़े र तिनको अगि उनीहरू भाग्न लागे। "},{"id":14,"text":"जब अम्मोनीहरूले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि अबीशैको सामुन्नेबाट भागेर सहरभित्र पसे। तब योआब अम्मोनीहरूसित लड़ाइँ गर्न छोड़ेर यरूशलेममा आए।"},{"id":15,"text":"अरामीहरूले आफू इस्राएलीहरूसित हारेका देखेर आफ्नो फौजलाई फेरि जम्मा गरे। "},{"id":16,"text":"हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरू अरामीहरूलाई बोलाउन भनी मानिसहरू पठाए, र उनीहरू हददेजेरका सेनापति शोबाकको नेतृत्वमा हेलाममा अगि बढ़े।"},{"id":17,"text":"जब यो कुरा दाऊदले सुने, तब तिनले झट्टै इस्राएलका जम्मै फौजलाई जम्मा गरेर यर्दन पार गरे, अनि हेलामतिर बढ़े। त्यहीँ अरामीहरूले दाऊदको सामुन्ने मोर्चा बाँधे, र लड़ाइँ गरे, "},{"id":18,"text":"तर इस्राएलले उनीहरूलाई भगाए। त्यहाँ दाऊदले सात सय अरामी सारथिहरू र चालीस हजार पैदल-सिपाहीहरूलाई मारे। तिनले शोबाकलाई पनि प्रहार गरे र उनी रणभूमिमा नै मरे। "},{"id":19,"text":"जब हददेजेरका अधीनमा भएका सबै राजाहरूले हामी त इस्राएलद्वारा परास्त भएका छौं भनी देखे, तब उनीहरूले सन्धि गर्न मागे, र इस्राएलीहरूको अधीनता स्वीकार गरे।त्यसपछि अरामीहरूले अम्मोनीहरूलाई फेरि कहिल्यै सहायता दिने आँट गरेनन्।"}]},{"id":11,"title":"२ शमूएल 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/11-c01d3f5618923e88e4569b6a5ecd9e05.mp3?version_id=1483","verses":[{"id":1,"text":"बसन्त ऋतुमा जब राजाहरू लड़ाइँ गर्नलाई निस्कन्छन्, दाऊदले योआब र आफ्ना अरू अधिकृतहरू र सबै इस्राएलका फौजलाई पठाए, र तिनीहरूले अम्मोनीहरूलाई ध्वंस पारे, र रब्बालाई घेरे। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। "},{"id":2,"text":"एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्दरी थिइन्। "},{"id":3,"text":"तिनी को हुन् भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्नी बतशेबा होइनन् र?” "},{"id":4,"text":"दाऊदले तिनलाई ल्याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्नो रजस्वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्।) त्यसपछि तिनी आफ्नो घरमा गइन्। "},{"id":5,"text":"तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्।"},{"id":6,"text":"दाऊदले “हित्ती उरियाहलाई मकहाँ पठाइदिनू” भनेर योआबलाई हुकुम गरे। तब योआबले त्यसलाई दाऊदकहाँ पठाइदिए। "},{"id":7,"text":"अनि जब उरियाह आइपुग्यो तब दाऊदले योआब र फौजको समाचार र लड़ाइँ कस्तो चलिरहेको छ भनी सोधे। "},{"id":8,"text":"त्यसपछि दाऊदले उरियाहलाई भने, “तिम्रो घर गएर आफ्ना खुट्टा धोऊ।” त्यो महलबाट निस्केपछि राजाले त्यसको पछिपछि उपहार पठाइदिए। "},{"id":9,"text":"तर उरियाह आफ्नो घरमा गएन, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्यो।"},{"id":10,"text":"“उरियाह त आफ्नो घरमा गएको छैन” भनी दाऊदले सुनेपछि त्यसलाई भने, “तिमी त लामो यात्राबाट आएका होइनौ र? तिमी किन आफ्नो घरमा गएनौ?”"},{"id":11,"text":"उरियाहले उत्तर दियो, “इस्राएल र यहूदा र सन्दूक पनि पालमा छन्, अनि मेरा स्वामी योआब र हजूरका अधिकृतहरू खुला मैदानमा पालमा छन्। म त कसरी खान र पिउन र मेरी पत्नीसित सुत्नलाई घरमा जाऊँ? हजूरको जीवनको शपथ खाएर भन्दछु, कि म त्यसो गर्न सक्दिनँ।”"},{"id":12,"text":"तब दाऊदले उरियाहलाई भने, “त्यसो भए अरू एक दिन यहीँ बस र भोलि म तिमीलाई जान दिनेछु।” यसैले उरियाह त्यस दिन र भोलिपल्ट यरूशलेममा नै बस्यो। "},{"id":13,"text":"दाऊदले त्यसलाई खानपान गर्नलाई निम्तो दिए, र त्यसलाई मत्त्याए। तर बेलुकी त्यो बाहिर गयो र राजाका दासहरूसितै आफ्नो ओछ्यानमा त्यसले रात बितायो, र घरमा गएन।"},{"id":14,"text":"भोलिपल्ट बिहान दाऊदले योआबलाई एउटा चिट्ठी लेखेर उरियाहको हातमा पठाए। "},{"id":15,"text":"तिनले चिट्ठीमा लेखे, “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्चिएको छ, त्यहाँ उरियाहलाई पठाएर तिमीहरूचाहिँ पछि हट, र त्यो मरोस्।”"},{"id":16,"text":"यसैकारण जब योआबले सहरलाई घेरा हालेका थिए, तब तिनले उरियाहलाई यस्तो ठाउँमा खटाइदिए, जुन ठाउँमा कड़ा मुकाबिला हुनेछ भनी तिनलाई थाहा थियो। "},{"id":17,"text":"सहरका मानिसहरूले एक्कासि निस्केर योआबसँग लड़ाइँ गर्न लागे, र दाऊदका केही सिपाहीहरू मारिए। हित्ती उरियाह पनि मारियो।"},{"id":18,"text":"तब योआबले दाऊदकहाँ लड़ाइँका सबै समाचारसाथ एक जना मानिसलाई पठाए। "},{"id":19,"text":"त्यो समाचार लाने मानिसलाई योआबले यस्तो आदेश दिए, “तैंले लड़ाइँको सबै हाल राजालाई बताइसकेपछि, "},{"id":20,"text":"राजाले रिसाएर यसो भन्नुभयो भने, ‘लड़ाइँ गर्दा तिमीहरू सहरको त्यति नजिक किन गयौ त? पर्खालबाट काँड़ हान्नेछ भनेर तिमीहरूले जान्नुपर्नेथियो। "},{"id":21,"text":"यरूबबेसेतका छोरा अबीमेलेकलाई कसले मार्यो? तिनलाई एउटी स्त्रीले जाँतोको पाटा पर्खालबाट खसाइदिएर मारेकी थिइन् र? अनि तिनी तेबेसमा मरे, होइन र? तिमीहरू पर्खालको त्यति नजिक किन गयौ?’— उहाँले यसरी सोध्नुभयो भने उहाँलाई यसो भन्नू, ‘हजूरको दास हित्ती उरियाह पनि मर्यो’।” "},{"id":22,"text":"त्यो समाचार लाने मानिस हिड़्यो, र दाऊदकहाँ आयो, र योआबको आज्ञाअनुसार सबै समाचार दियो। "},{"id":23,"text":"त्यसले दाऊदलाई भन्यो, “शत्रुहरू हाम्रा विरुद्धमा खुला फाँटमा जम्मा भए, र हामीलाई मिच्न लागे। तर हामीले उनीहरूलाई सहरको मूल ढोकासम्मै ठेल्दै लग्यौं? "},{"id":24,"text":"त्यहाँ काँड़ चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड़ चलाए, र राजाका कति मानिसहरू मरे। साथै हजूरको दास हित्ती उरियाह पनि मारियो।”"},{"id":25,"text":"दाऊदले त्यस मानिसलाई भने, “योआबलाई यो समाचार लैजा, ‘तिमी नघबराऊ, तरवारले जसरी एक जनालाई मार्छ, अर्कालाई पनि मार्छ। सहरलाई आक्रमण जारी राख, र त्यस सहरलाई ध्वंस-विध्वंस गरिदेऊ’। योआबलाई साहस होस् भनी यो कुरा भन्।”"},{"id":26,"text":"जब उरियाहकी पत्नीले आफ्ना पति मरेको समाचार सुनिन्, तब त्यसको निम्ति तिनले शोक गरिन्। "},{"id":27,"text":"अनि जब शोकको समय पूरा भयो तब दाऊदले मानिसहरू पठाएर तिनलाई आफ्नो घरमा ल्याए। तिनी दाऊदकी पत्नी भइन्, र एक जना छोरो जन्माइन्। तर जे दाऊदले गरेका थिए त्यसमा परमप्रभु अप्रसन्न हुनुहुन्थ्यो।"}]},{"id":12,"title":"२ शमूएल 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/12-18ce7698e837273373a919b7b35cbf2c.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो, र तिनी दाऊदको उपस्थितिमा हाजिर भएर तिनले भने, “एक पल्ट एउटा सहरमा दुई जना मानिस थिए, एक जना धनी र अर्कोचाहिँ गरीब। "},{"id":2,"text":"धनी मानिसका धेरै भेड़ाबाख्राका बगाल र गाई-गोरुका बथान थिए, "},{"id":3,"text":"तर त्यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालनपोषण गर्यो, र आफ्नै घरमा आफ्नै छोराछोरीसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो, र उसकै कचौरामा पिउँथ्यो, र उसकै काखमा सुत्दथ्यो। त्यसलाई उसले आफ्नो छोरीलाई जस्तै गर्थ्यो।"},{"id":4,"text":"“एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो, अनि त्यस धनी मानिसले पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, तर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो।”"},{"id":5,"text":"दाऊदलाई त्यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ! "},{"id":6,"text":"त्यसले दयामाया नगरेर यस्तो काम गरेबापत त्यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।”"},{"id":7,"text":"तब नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ। "},{"id":8,"text":"मैले तँलाई तेरा मालिकको घर र त्यसका पत्नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ। "},{"id":9,"text":"तर तैंले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई तुच्छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्यसकी पत्नीलाई आफ्नी बनाउन लगिस्। तैंले त्यस मानिसलाई अम्मोनीहरूको तरवारले मर्न दिइस्। "},{"id":10,"text":"तैंले मलाई तुच्छ ठानेको हुनाले र हित्ती उरियाहकी पत्नीलाई तैंले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले, तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन’।"},{"id":11,"text":"“परमप्रभु भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाभित्रबाट तँमाथि विपद् ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाको सामुन्ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्यो दिउँसै तिनीहरूसित सुत्नेछ। "},{"id":12,"text":"तैंले जे गरिस् त्यो गुप्तमा गरिस्, तर म योचाहिँ सारा इस्राएलले देख्ने गरी दिनको उज्यालोमा गर्नेछु’।”"},{"id":13,"text":"तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।”नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन। "},{"id":14,"text":"तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्मेको छोरोचाहिँ मर्नेछ।”"},{"id":15,"text":"नातान आफ्नो घरमा गएपछि उरियाहकी पत्नीले दाऊदबाट जन्माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्यो बिरामी पर्यो। "},{"id":16,"text":"दाऊदले त्यस बालकको निम्ति परमप्रभुसित बिन्ती गरे। तिनी उपवास बसे, र आफ्नो घरभित्र गएर भूइँमा लड़ेर रात बिताए। "},{"id":17,"text":"घरका ठूलाबड़ाहरूले तिनलाई भूइँबाट उठाउने चेष्टा गरे, तर तिनले इन्कार गरे, र तिनीहरूसित केही पनि खाने मन गरेनन्।"},{"id":18,"text":"सातौँ दिनमा बालक मर्यो। दाऊदका नोकरहरूले तिनलाई बालक मरेको कुरा बताउन डराए। तिनीहरूले भने, “बालक जिउँदो हुँदा हामीले उहाँलाई भन्यौं, अनि उहाँले हाम्रो कुरा सुन्नुभएन। अब हामी उहाँलाई कसरी बालक मरेको खबर दिनु? उहाँले आफ्नो केही हानि गर्नुहुन्छ होला।”"},{"id":19,"text":"तर आफ्ना नोकरहरूले साउती गरिरहेका दाऊदले देखे, र बालक मरेछ भनी अनुमान लगाए। तिनले सोधे, “बालक मर्यो?”अनि तिनीहरूले जवाफ दिए, “हो, तिनी मरे।”"},{"id":20,"text":"तब दाऊद भूइँबाट उठे, स्नान गरेर तेल लाए, वस्त्र फेरे। अनि परमप्रभुको भवनमा गएर तिनी घोप्टो परेर दण्डवत् गरे। त्यसपछि तिनी घर गए, भोजन ल्याउने हुकुम गरे र त्यो तयार भएपछि तिनले खाए।"},{"id":21,"text":"तिनका नोकरहरूले तिनलाई सोधे, “यो के हो? जब बालक जिउँदा थिए तब तिनको निम्ति हजूर उपवास बस्नुभयो, र विलाप गर्नुभयो। तर अब तिनी मरे, र हजूर त उठेर भोजन गर्नुहुन्छ।”"},{"id":22,"text":"तिनले जवाफ दिए, “जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्छ र बालक बाँच्छ होला भनी विचार गरेर म उपवास बसें, र रोएँ। "},{"id":23,"text":"तर अब त्यो मरिहाल्यो, त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काई ल्याउन सक्छु र? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउनेछैन।”"},{"id":24,"text":"तब दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए। दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ सोलोमन राखियो। परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो, "},{"id":25,"text":"अनि परमप्रभुले त्यसलाई प्रेम गर्नुभएको हुनाले त्यसको नाउँ यददीयाह राखिओस् भनी नातान अगमवक्ताद्वारा उहाँले दाऊदलाई समाचार पठाउनुभयो।"},{"id":26,"text":"त्यसपछि योआबले अम्मोनीहरूको सहर रब्बालाई चढ़ाइ गरेर राजाको किल्ला कब्जा गरे। "},{"id":27,"text":"तिनले यस्तो खबर दिएर मानिसहरू दाऊदकहाँ पठाए, “मैले रब्बालाई चढ़ाइ गरेर त्यसको जलस्रोत लिएँ। "},{"id":28,"text":"तपाईंले बाँकी सेनालाई जम्मा गरेर आफैले सहरलाई घेरा हालेर त्यो लिनुहोस्। नत्रता म त्यस सहरलाई लिनेछु, र मेरै नाउँले त्यो कहलाइनेछ।”"},{"id":29,"text":"त्यसैकारण दाऊदले सारा सेना जम्मा गरे, र रब्बा सहरमा गए, अनि त्यसलाई आक्रमण गरेर लिए। "},{"id":30,"text":"तिनले उनीहरूका राजाको शिरबाट शिरपेच उतारे। त्यो एउटा बहुमूल्य रत्न जड़ेको सुनको थियो, र त्यसको ओजन एक तोड़ा थियो, अनि त्यो दाऊदको शिरमा राखियो। तिनले सहरबाट औधी धेरै लूटका माल ल्याए। "},{"id":31,"text":"तिनले त्यहाँका बासिन्दाहरूलाई लगेर आरा, र फलामका अरू किसिमका हतियारहरू र बन्चराहरूले काम गर्न लगाए, अनि इँटका भट्टीहरूमा पनि इँट बनाउन लाए। दाऊदले अम्मोनीहरूका सबै सहरहरूमा यस्ता काम गर्न लगाए। त्यसपछि दाऊद र तिनका सबै फौज यरूशलेममा फर्के।"}]},{"id":13,"title":"२ शमूएल 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/13-db1dd12c72634bc92c57b9727bd267b1.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊदका छोरा अब्शालोमकी तामार नाउँ भएकी एउटी सुन्दरी बहिनी थिइन्। अनि दाऊदका अर्का छोरा अमनोन तिनीसँग प्रेममा फसे।"},{"id":2,"text":"अमनोन आफ्नी सौतेली बहिनीको प्रेमले गर्दा यति व्याकुल भए कि उनी रोगाउँदैगए। किनभने तिनी कन्ये-केटी भएकी हुनाले तिनीसँग केही गर्न अमनोनलाई असम्भव थियो।"},{"id":3,"text":"तर दाऊदका दाजु शिमाहका छोरा योनादाब नाउँ भएका अमनोनका एक मित्र थिए, जो अत्यन्तै चतुर थिए। "},{"id":4,"text":"तिनले अमनोनलाई भने, “हे राजकुमार, तिमी यसरी दिनदिनै हताश हुँदैजाँदैछौ, मलाई किन कारण भन्दैनौ?”तब अमनोनले उनलाई भने, “म मेरा भाइ अब्शालोमकी बहिनी तामारसँग प्रेममा फसेको छु।”"},{"id":5,"text":"योनादाबले तिनलाई भने, “बिरामी छु भन्ने बहाना गरेर ओछ्यानमा सुतिरह। जब तिम्रा पिता तिमीलाई हेर्न आउँछन् तब तिनलाई भन, ‘कृपा गरी मेरी बहिनी तामार आएर मलाई मेरो खानेकुरा देओस्। त्यसले मेरै सामुन्ने त्यो पकाओस्, र म त्यसले बनाएकी हेर्छु, र त्यसकै हातबाट खानेछु’।”"},{"id":6,"text":"यसैले अमनोन बिरामी परेको बहाना गरेर ओछ्यानमा सुतिरहे। जब राजा उनलाई हेर्न आए तब उनले भने, “हजूर, मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी बनाइदेओस्, र म त्यसको हातबाट खान पाऊँ।”"},{"id":7,"text":"दाऊदले महलमा तामारकहाँ यसो भनेर समाचार पठाए, “तिम्रो दाजु अमनोनको कोठामा गएर त्यसको निम्ति खानेकुरा पकाइदेऊ।” "},{"id":8,"text":"तामार तिनका दाजुकहाँ आइन्, र उनलाई सुतिरहेका भेट्टाइन्। तिनले केही पीठो मुछेर उनको सामुन्ने रोटी पकाइदिइन्। "},{"id":9,"text":"तब तिनले तावा लगेर अमनोनको सामुन्ने रोटी हालिदिइन्, तर अमनोनले खान मानेनन्।तब अमनोनले सबैलाई आफ्नो कोठाबाट जाने हुकुम गरे। "},{"id":10,"text":"जब तिनीहरू सबै गए, तब उनले तामारलाई भने, “खानेकुरा मेरो भित्री कोठामा ल्याऊ, र म त्यहाँ तिम्रो हातबाट खानेछु।” आफूले बनाएका रोटीहरू तामारले अमनोनकहाँ भित्री कोठामा लगिन्। "},{"id":11,"text":"तर जब तिनले अमनोनलाई ती दिइन् तब उनले तिनलाई समातेर भने, “हे मेरी बहिनी, आऊ, मसित सुत।”"},{"id":12,"text":"तर तिनले जवाफ दिइन्, “होइन मेरो दाज्यै, मेरो बेइज्जत नगर्नुहोस्। यस्तो काम इस्राएलमा गर्नुहुँदैन। यस्तो नीच काम नगर्नुहोस्। "},{"id":13,"text":"मैले मेरो अनुहार कहाँ गएर देखाउनु? अनि तपाईं पनि इस्राएलमा एक दुष्ट, मूर्ख बन्नुहुनेछ। मेरो निम्ति राजासित कुरा गर्नुहोस्, अनि मसित विवाह गर्नलाई उहाँले तपाईंलाई इन्कार गर्नुहुनेछैन।” "},{"id":14,"text":"तर उनले तामारको कुरा ट्याक्कै सुनेनन्, र तिनलाई जबरजस्ती गरेर समाते, र तिनको बेइज्जत गरी तिनीसँग सुते।"},{"id":15,"text":"त्यसपछि अमनोनले तिनलाई अत्यन्त घृणा गर्न लागे। अमनोनको अघिको प्रेमभन्दा अहिलेको घृणा धेरै थियो। अमनोनले तिनलाई भने, “उठेर गइहाल्।”"},{"id":16,"text":"तिनले जवाफ दिएर भनिन्, “अँहँ, मलाई यसरी निकाल्नु त साह्रै दुष्ट कुरा हो। तपाईंले मसित गर्नुभएको कामभन्दा यो झन् असहाय छ।”उनले तिनको कुरा सुन्दैसुनेनन्, "},{"id":17,"text":"र आफ्नो चाकरी गर्ने केटालाई बोलाएर भने, “यस आइमाईलाई निकालिदे। यसलाई बाहिर निकालेर ढोकामा आग्लो लगाइदे।” "},{"id":18,"text":"चाकरी गर्ने त्यस ठिटाले तिनलाई बाहिर निकालिदियो, र ढोकामा आग्लो लगाइदियो। तामारले विवाह नगरेकी राजकुमारीले लाउने लामो बाहुला भएको लुगा लगाएकी थिइन्। "},{"id":19,"text":"तामारले आफ्नो कपालमा खरानी हालिन्, आफूले लगाएको लामो बाहुलाको लुगा च्यातिन्, र कपालमा हात राख्दै रुँदैगइन्।"},{"id":20,"text":"तिनका दाजु अब्शालोमले तिनलाई सोधे, “के तेरा दाजु अमनोन तँसित थिए? अब चूप लागी बस्। उनी तेरा दाजु हुन्, यस विषयमा साह्रै चिन्ता नगर्।” अनि तामार आफ्ना दाजु अब्शालोमको घरमा एक त्यागिएकी स्त्रीझैँ बसिन्।"},{"id":21,"text":"जब दाऊद राजाले यी सब सुने तब तिनी साह्रै रिसाए। "},{"id":22,"text":"अब्शालोमले अमनोनलाई असल वा खराब केही भनेनन्। आफ्नी बहिनी तामारलाई बेइज्जत गरेको कारण अब्शालोमले अमनोनलाई घृणा गर्न लागे।"},{"id":23,"text":"दुई वर्षपछि अब्शालोमले सबै राजकुमारहरूलाई एफ्राइमको नजिक बाल-हासोरमा ऊन कत्रने उत्सवमा निम्तो दिए। "},{"id":24,"text":"अब्शालोमले राजाकहाँ आएर भने, “हजूर, म ऊन कत्रने उत्सव मनाइरहेछु। के राजा र उहाँका सेवकहरू पाल्नुहुन्छ कि?”"},{"id":25,"text":"राजाले जवाफ दिए, “अँहँ, मेरा छोरा, हामी सबै आएर तिमीलाई भार हुन चाहन्नौं।” अब्शालोमले ढिपी गरे, तर दाऊद जानलाई राजी भएनन्, र आफ्नो आशीर्वाद दिएर तिनलाई बिदा गरे।"},{"id":26,"text":"तब अब्शालोमले भने, “हजूर आउन सक्नुहुन्न भने मेरा दाजु अमनोनलाई हामीसँग आउन दिनुहुन्छ कि?”राजाले सोधे, “त्यो किन तिमीसँग जाने र?” "},{"id":27,"text":"तर अब्शालोमले फेरि जिद्दी गरे। यसैले दाऊदले अमनोन र अरू सबै राजकुमारहरूलाई तिनीसित जान दिए।"},{"id":28,"text":"अब्शालोमले आफ्ना मानिसहरूलाई यस्तो आज्ञा दिए, “मौका हेरिबस, अनि जब अमनोन मातेर मस्त भएका हुन्छन् र म ‘अमनोनलाई मार्!’ भन्नेछु, तब तिमीहरूले उनलाई मार्नू। डराउने केही काम छैन। यो मेरो हुकुम हो। हिम्मत गरी दृढ़ बस।” "},{"id":29,"text":"अनि अब्शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्नो खच्चरमा चढ़ेर घरतिर लागे।"},{"id":30,"text":"तिनीहरू बाटैमा हुँदा राजाकहाँ यस्तो हल्ला पुग्यो, “अब्शालोमले सबै राजकुमारलाई मारे, अनि कोही पनि जीवित छैन।” "},{"id":31,"text":"तब राजा उठेर आफ्ना लुगा च्याते, र भूइँमा पस्रिए। तिनका वरिपरि उभिएका नोकरहरूले पनि आ-आफ्ना लुगा च्याते।"},{"id":32,"text":"तर दाऊदका दाजु शिमाहका छोरा योनादाबले भने, “तिनीहरूले सबै जवान राजकुमारहरूलाई मारे भनी हजूरले नसम्झनुहोला। अमनोन मात्र मारिएको छ। तिनकी बहिनी तामारलाई अमनोनले बलात्कार गरेको दिनदेखि यसो अब्शालोमको त्यो नियत जाहेर थियो। "},{"id":33,"text":"सबै राजकुमारहरू मरे भन्ने झूटो हल्लामा हजूरले ध्यान नदिनुहोला। अमनोन मात्र मारिएको छ।”"},{"id":34,"text":"त्यसै बीचमा अब्शालोम भागेर गए।तब पहरादारले यसो मास्तिर हेर्दा मानिसहरूको एउटा भीड़ होरोनैमदेखि डाँड़ै-डाँड़ा तलतिर झरिरहेको देख्यो। त्यसले आएर राजालाई यसो भनेर खबर दियो, “होरोनैमदेखि डाँड़ै-डाँड़ा मानिसहरू आइरहेका मैले देखें।”"},{"id":35,"text":"योनादाबले राजालाई भने, “हेर्नुहोस्, तिनीहरू आउँछन् भनी मैले भनेझैँ राजकुमारहरू आइरहेका छन्।”"},{"id":36,"text":"तिनले बोलिसक्ने बित्तिकै राजकुमारहरू भित्र आए, अनि डाँको छोड़ी विलाप गर्न लागे। राजा र तिनका सबै नोकरहरू पनि धुरुधुरु रोए।"},{"id":37,"text":"अब्शालोम गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गएर शरण लिए। तर राजाले दिनदिनै आफ्नो छोरा अमनोनको निम्ति विलाप गरे। "},{"id":38,"text":"गशूरमा भागेपछि अब्शालोम तीन वर्षसम्म त्यहाँ बसे। "},{"id":39,"text":"अनि अमनोनको मृत्युबारे तिनको हृदयले शान्ति पाएपछि दाऊदलाई फेरि अब्शालोमकहाँ जान मन लाग्यो।"}]},{"id":14,"title":"२ शमूएल 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/14-98f2654218dc3fa470ac041d19faeb10.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब राजाको मन अब्शालोमतिर फर्केछ भनी सरूयाहका छोरा योआबले थाहा पाए, "},{"id":2,"text":"तब तिनले तकोमा मानिसहरू पठाएर एउटी बुद्धिमती स्त्रीलाई बोलाइपठाए। तिनले त्यसलाई भने, “शोक गर्ने स्त्रीझैँ बहाना गर, शोकको लुगा लाऊ, केशमा तेल नलगाऊ, र धेरै दिनदेखि शोकमा बसेकी स्त्रीझैँ बन। "},{"id":3,"text":"त्यसपछि राजाकहाँ गएर मैले तिमीलाई सिकाएको कुरा भन।” तब के भन्नुपर्ने हो सो योआबले त्यसलाई भने।"},{"id":4,"text":"जब तकोकी स्त्री राजाको सामुन्ने हाजिर भई, तब त्यो भूइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “दुहाई, महाराजा!”"},{"id":5,"text":"राजाले त्यसलाई सोधे, “तिमीलाई के दु:ख छ?”त्यसले भनी “हजूर, म एउटी विधवा हुँ। मेरा पति मरे। "},{"id":6,"text":"मेरा दुई छोराहरू थिए, अनि तिनीहरू मैदानमा झगड़ा गरे। त्यहाँ तिनीहरूलाई छुट्ट्याउने कोही थिएन। र एउटाले अर्कालाई हिर्काएर मार्यो। "},{"id":7,"text":"अब हेर्नुहोस्, मेरा सबै आफन्तहरू मेरो विरुद्धमा उठेर यसो भन्छन्, ‘आफ्नो भाइ मार्नेलाई हामीकहाँ सुम्पिदेऊ र त्यसले आफ्नै भाइको हत्या गरेको हुनाले हामी त्यसलाई मार्नेछौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिनेछौं’। यदि तिनीहरूले त्यसो गरे भने मेरो एउटै बचेको आगोको भुङ्ग्रो पनि निभाइदिनेछन्, र मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्तान बाँकी रहनेछैन।”"},{"id":8,"text":"राजाले त्यस स्त्रीलाई भने, “जाऊ, म तिम्रो इन्साफ गरिदिनेछु।”"},{"id":9,"text":"तर तकोकी त्यस स्त्रीले अझै भन्न लागी, “हजूर, यसको दोष म र मेरा पिताको घरमाथि परोस्। महाराजा र उहाँको सिंहासनचाहिँ निर्दोष रहून्।”"},{"id":10,"text":"राजाले भने, “यदि कसैले तिमीलाई अझै केही भन्यो भने, त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि कहिल्यै दु:ख दिनेछैन।”"},{"id":11,"text":"तब त्यस स्त्रीले फेरि भनी “प्रतिशोधीहरूलाई खराबी गर्न नदिन र मेरो छोरालाई पनि खतम गर्न नदिनलाई हजूरले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारा गरिदिनुहोस्।”राजाले यसो भनेर शपथ खाए, “तिम्रो छोराको एउटा केश पनि भूइँमा खस्न पाउनेछैन भनी जीवित परमप्रभुको नाउँमा म भन्दछु।”"},{"id":12,"text":"तब त्यस स्त्रीले भनी, “हजूर, म अझै एउटा कुरा भन्न पाउँछु कि?”राजाले भने, “भन।”"},{"id":13,"text":"त्यसले भनी, “परमेश्वरको जनप्रति यस्तै किसिमको खराबी गर्न हजूरको मनमा यस्तो कुरा कसरी पस्न सक्यो? जब राजाले यसो भन्नुहुन्छ, के उहाँले आफैलाई पनि दोषी ठहराउनुहुन्न र? किनकि देश निकालावास गर्नुभएको मानिसलाई हजूरले फेरि फर्काएर ल्याउनलाई इन्कार गर्नुभएको छ। "},{"id":14,"text":"भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ, तर परमेश्वरले प्राण लिइहाल्नुहुन्न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस् भनी उहाँले उपाय पो गरिदिनुहुन्छ।"},{"id":15,"text":"“म यो कुरा हजूरलाई भन्न आएकी हुँ, किनभने मानिसहरूले मलाई धम्की दिएका छन्। मैले विचार गरें, यदि मैले राजासँग कुरा गर्न पाए शायद उहाँले म उहाँकी दासीले भनेकी कुरा गरिदिनुहुनेछ, "},{"id":16,"text":"र मलाई र मेरो छोरालाई परमेश्वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन खोज्ने मानिसबाट बचाउनुहुनेछ।"},{"id":17,"text":"“अब हजूरकी दासी यो भन्छे, ‘मेरा हजूर राजाका वचनले मलाई विश्राम देऊन्, किनभने खराब र असल छुट्ट्याउनमा हजूर त परमेश्वरका एक स्वर्गदूतजस्तै हुनुहुन्छ। परमप्रभु हजूरका परमेश्वर हजूरसँग रहून्’।” "},{"id":18,"text":"तब राजाले त्यस स्त्रीलाई भने, “मलाई केही कुरा नलुकाऊ। म तिमीलाई एउटा प्रश्न सोध्छु।”त्यसले भनी, “हुकुम होस्, हजूर।”"},{"id":19,"text":"तब राजाले त्यसलाई सोधे, “के यी सबैमा योआबको हात छ?”त्यसले जवाफ दिई, “हजूरका जीवनको शपथ खाएर म भन्दछु, जब हजूरले कुनै प्रश्न सोध्नुहुन्छ, तब बोल्नेको दाहिने-देब्रे फर्कने बाटै हुँदैन। ज्यू, हजूरका दास योआबले मलाई यो कुरो सिकाएका हुन्, र तिनैले मेरो मुखमा यी सब वचन हालिदिएका हुन्। "},{"id":20,"text":"अहिलेको स्थितिलाई अर्कोतिर ढल्काउनलाई हजूरका दास योआबले यो गरेका हुन्। हजूर परमेश्वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, अनि देशमा के भइरहेछ सबै जान्नुहुन्छ।”"},{"id":21,"text":"राजाले योआबलाई भने, “यस कुरामा मैले तिमीलाई मेरो सम्मति दिएँ। गएर त्यस जवान मानिस अब्शालोमलाई फर्काएर ल्याऊ।”"},{"id":22,"text":"तब योआबले नम्रसित साष्टाङ्ग-दण्डवत् गरे, अनि राजालाई आदर प्रकट गरेर बिदा हुँदै भने, “मेरो विनम्र बिन्ती हजूरले स्वीकार गर्नुभएको कारण मैले हजूरको निगाह प्राप्त गरें भनी मलाई थाहा भयो।”"},{"id":23,"text":"तब योआब झट्टै गशूरमा गएर अब्शालोमलाई यरूशलेममा फर्काएर ल्याए। "},{"id":24,"text":"तर राजाले भने, “त्यो आफ्नै घरमा बसोस्। त्यो मेरो उपस्थितिमा नआओस्।” यसैले अब्शालोम आफ्नै घरमा गए, र राजाको सामुन्ने देखा परेनन्।"},{"id":25,"text":"सुन्दरतामा सारा इस्राएलमा अब्शालोम जत्तिकै प्रशंसाको योग्य कोही थिएन। शिरदेखि पैतालासम्म तिनमा कुनै खोट थिएन। "},{"id":26,"text":"जब तिनले आफ्नो कपाल काट्थे (किनभने गह्रौँ भएकोले समय-समयमा तिनले आफ्नो कपाल काट्थे), तब राजकीय तौलबमोजिम तिनको केश दुई सय शेकेल हुन्थ्यो।"},{"id":27,"text":"अब्शालोमका तीन छोरा र तामार नाउँ भएकी एउटी छोरी जन्मेका थिए। तामार एक अत्यन्त सुन्दरी स्त्री बनिन्।"},{"id":28,"text":"अब्शालोम पूरा दुई वर्ष यरूशलेममा राजाको सामुन्ने देखा नपरी बसे। "},{"id":29,"text":"तब तिनले राजाकहाँ समाचार पठाइदिन योआबलाई बोलाइपठाए, तर योआब आउन मानेनन्। अब्शालोमले तिनलाई दोस्रो पल्ट पनि बोलाइपठाए, तर तिनी अझै पनि आउन मानेनन्। "},{"id":30,"text":"तब अब्शालोमले आफ्ना नोकरहरूलाई भने, “योआबको एउटा बारी मेरै बारीको छेउमा छ, अनि त्यसमा जौ उम्रिरहेको छ भनी तिमीहरूलाई थाहै छ। जाओ, गएर त्यसमा आगो लगाइदेओ।” यसैले अब्शालोमका नोकरहरूले त्यसमा आगो लगाइदिए।"},{"id":31,"text":"त्यसपछि योआब अब्शालोमको घरमा गएर तिनलाई भने, “तपाईंका नोकरहरूले किन मेरो बारीमा आगो लगाइदिए?”"},{"id":32,"text":"अब्शालोमले भने, “मैले तिमीद्वारा राजालाई यो समाचार दिन सक्छु कि भनेर तिमीलाई यहाँ आउन भनी बोलाइपठाएँ, ‘मलाई किन गशूरबाट आउनुपर्यो? म त त्यहीँ नै बसिरहेको भए असल हुनेथियो’। यसकारण म राजाको सामुन्ने हाजिर हुन पाऊँ। अनि मैले केही दोष गरेको भए उहाँले मलाई मारून्।”"},{"id":33,"text":"यसैले योआब राजाकहाँ गएर राजालाई यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। तिनी आए, र राजालाई नम्रतापूर्वक साष्टाङ्ग-दण्डवत् गरे। अनि राजाले अब्शालोमलाई म्वाइँ खाए।"}]},{"id":15,"title":"२ शमूएल 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/15-816cb38639f55925212c26a4019b6bd5.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि अब्शालोमले आफ्नो निम्ति एउटा रथ, घोड़ाहरू र आफ्नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए। "},{"id":2,"text":"तिनी बिहान सबेरै उठेर सहरको मूल ढोकातिर जाने बाटोनेर उभिने गर्थे। अनि कुनै मानिस राजाकहाँ इन्साफ माग्न आउँदा अब्शालोमले त्यस मानिसलाई बोलाएर कुन सहरबाट आएको हो भनी सोध्थे। “हजूर, म इस्राएलको फलानो कुलको हुँ,” भनी जब तिनले जवाफ पाउँथे, "},{"id":3,"text":"तब अब्शालोमले त्यसलाई भन्थे, “तिम्रो मुद्दा त ठीकै रहेछ, तर तिम्रो मुद्दा सुन्ने राजाको कुनै प्रतिनिधि नै छैन।” "},{"id":4,"text":"अनि अब्शालोमले अझै यसो पनि भन्थे, “यदि म यस देशमा न्यायाधीश नियुक्त भएको भए यस्तो मुद्दा ल्याउने हरेक मानिसको ठीक इन्साफ गरिदिने मेरो कर्तव्य हुनेथियो।”"},{"id":5,"text":"जब कुनै मानिस तिनलाई साष्टाङ्ग-दण्डवत् गर्नलाई आउँथ्यो, तब अब्शालोमले आफ्नो हात पसारेर त्यसलाई समाती अँगालो हालेर म्वाइँ खान्थे। "},{"id":6,"text":"राजाकहाँ इन्साफ माग्ने हरेकसँग यस्तै व्यवहार गरेर अब्शालोमले इस्राएलीहरूको प्यार आफूतिर खिँचे।"},{"id":7,"text":"चार वर्षपछि अब्शालोमले राजालाई भने, “परमप्रभुको निम्ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्छु। "},{"id":8,"text":"किनभने म अरामको गशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ: ‘यदि परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने म हेब्रोनमा परमप्रभुको आराधना गर्नेछु’।”"},{"id":9,"text":"राजाले जवाफ दिए, “शान्तिसित जाऊ।” तब तिनी हेब्रोनमा गए।"},{"id":10,"text":"तब अब्शालोमले इस्राएलका सबै कुलहरूमा यसो भनेर गुप्त समाचारवाहकहरूलाई पठाए, “तुरहीको सोर सुन्ने बित्तिकै तिमीहरूले भन, ‘अब्शालोम हेब्रोनमा राजा हुनुभयो’!” "},{"id":11,"text":"दुई सय जना मानिसहरू यरूशलेमबाट अब्शालोमका साथ गएका थिए। तिनीहरूले निम्तो पाएका थिए, र यस कुराको केही थाहै नपाई तिनीहरू अजानमा गए। "},{"id":12,"text":"अब्शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्यन्त्र खूब प्रबल हुँदैगयो, र अब्शालोमतर्फ लागेका मानिसहरूको संख्या पनि बढ्दैगयो।"},{"id":13,"text":"एक जना सन्देशवाहक आएर दाऊदलाई भन्यो, “इस्राएलका मानिसहरूको मन त अब्शालोमतिर छ।”"},{"id":14,"text":"तब दाऊदले आफूसित यरूशलेममा भएका अधिकारीहरूलाई भने, “हामी झट्टै भाग्नुपर्छ, नत्रता हामी कोही पनि अब्शालोमको हातबाट उम्कन पाउनेछैनौं। हामी तुरुन्तै भाग्नुपर्छ, नत्रता त्यो हामीमाथि आइलाग्नेछ, र सहरमा भएको कसैलाई पनि दया नदेखाएर त्यसले हामीमाथि विपत्ति ल्याउनेछ।”"},{"id":15,"text":"राजाका अधिकारीहरूले भने, “हजूरले जसो उचित सम्झनुहुन्छ त्यसो गर्नलाई हामी तयार छौं।”"},{"id":16,"text":"तब राजा निस्केर गए, र महलको हेरचाह गर्ने दश जना उपपत्नीहरूबाहेक तिनको घरानाका सबै मानिसहरू पनि तिनकै पछिपछि लागे। "},{"id":17,"text":"तिनीहरू केही टाढ़ासम्म गएर अड़िए। "},{"id":18,"text":"गातबाट राजाका साथ आएका छ सय गित्ती, अनि सबै करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्ने हिँड़ेर गए।"},{"id":19,"text":"तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँदैछौ? फर्किगएर राजा अब्शालोमसँग बस, किनभने तिमी एक विदेशी हौ, र तिमी आफ्नो देशबाट निकालिएका पनि हौ। "},{"id":20,"text":"तिमी त हिजोअस्ति मात्र आएका हौ, अनि आज मेरो भ्रमणमा मसित तिमीलाई सहभागी हुन मैले कसरी कर लगाउनू? म कहाँ जानेछु म आफै जान्दिनँ। घर जाऊ, र तिम्रा निज देशवासीहरूलाई पनि साथै लैजाऊ। कृपा र विश्वास तिमीसित रहून्।”"},{"id":21,"text":"तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, “जीवित परमप्रभुको नाउँमा र मेरा राजाको नाउँमा शपथ खाएर म भन्दछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्छ, त्यहीँ यो तपाईंको दास पनि हुनेछ— म बाँचू वा मरूँ।”"},{"id":22,"text":"दाऊदले इत्तैलाई भने, “हुन्छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्नो जम्मै दल र तिनीसँग भएका सबै लावालश्करसाथ हिँड़े।"},{"id":23,"text":"यसरी तिनीहरू सबै जना निस्केर जाँदा सारा देशका मानिसहरू धूमधाम रुन लागे। राजा किद्रोन खोल्सा पार गर्न लागे, र सबै मानिसहरू मरुभूमितिर बढ्न लागे।"},{"id":24,"text":"सादोक पनि सबै लेवीहरूका साथमा त्यहाँ थिए। तिनीहरूले परमेश्वरका करारको सन्दूक बोकेर लगिरहेका थिए। त्योचाहिँ तिनीहरूले अड़ाएर राखे र सबै मानिसहरू सहरबाट निस्केर नजाउञ्जेल अबियाथारले बलिदानहरू चढ़ाउन लागे।"},{"id":25,"text":"तब राजाले सादोकलाई भने, “परमेश्वरको सन्दूक सहरमा फर्काएर लैजाऊ। यदि परमप्रभुको निगाह ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ, र म सन्दूकलाई र उहाँको वासस्थानलाई फेरि देख्न पाउनेछु। "},{"id":26,"text":"यदि उहाँले मसँग प्रसन्न हुनुहुन्न भनी भन्नुभयो भने म यहीँ छु। उहाँले मलाई जे गर्न चाहनुहुन्छ सो मसँग गरून्।”"},{"id":27,"text":"राजाले सादोक पूजाहारीलाई यसो पनि भने, “के तिमी भविष्य देख्न सक्छौ, होइन र? तिमी र अबियाथार, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथनलाई साथमा लिएर शान्तिसँग सहरमा फर्केर जाओ। "},{"id":28,"text":"म मरुभूमिका जँघारहरूमा तिमीहरूबाट खबर नआउञ्जेल पर्खिबस्नेछु।” "},{"id":29,"text":"तब सादोक र अबियाथारले परमेश्वरको सन्दूक यरूशलेममा फर्काइलगे, र तिनीहरू त्यहीँ नै बसे।"},{"id":30,"text":"जैतून डाँड़ाको उकालोमा जाँदा दाऊद रोए। तिनले शिर ढाकेका थिए, र नाङ्गो खुट्टाले हिँड़ेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँड़े। "},{"id":31,"text":"षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल अब्शालोमसँग छन् भनी दाऊदलाई सुनाइयो। तब दाऊदले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।”"},{"id":32,"text":"जब दाऊद डाँड़ाको टाकुरामा आइपुगे, जहाँ परमेश्वरलाई साष्टाङ्ग-दण्डवत् गरिन्थ्यो, तब अरकी हूशै आफ्ना लुगा च्यातीकन आफ्नो शिरमा धूलो हालेर दाऊदलाई भेट गर्न आएका थिए। "},{"id":33,"text":"दाऊदले तिनलाई भने, “तिमी मसँग आयौ भने मलाई भार मात्र हुनेछ, "},{"id":34,"text":"तर यदि तिमी सहरमा फर्किगएर अब्शालोमलाई ‘म हजूरको दास हुनेछु, अहिलेसम्म त म हजूरका पिताको दास थिएँ, तर अब म हजूरको दास हुनेछु’ भनी भन्यौ भने, अहीतोपेलको सल्लाह खतम गर्नमा तिमीले मलाई सहायता गर्न सक्नेछौ। "},{"id":35,"text":"तिमीलाई थाहै छ कि सादोक र अबियाथार पूजाहारीहरू तिमीसँग हुनेछन्। राजाको महलमा जे-जे कुरा तिमी सुन्नेछौ ती सबै तिनीहरूलाई भनिदेऊ। "},{"id":36,"text":"तिनीहरूसँग सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्। तिमी जे सुन्छौ तिनीहरूद्वारा मलाई बताइपठाउने गर।”"},{"id":37,"text":"यसैले अब्शालोम यरूशलेममा पस्दापस्दै दाऊदका मित्र हूशै सहरमा आए।"}]},{"id":16,"title":"२ शमूएल 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/16-d039608460241cc84f3197616fcd4ac1.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊद डाँड़ाको टाकुराबाट अलिक पर मात्र पुगेको बेलामा मपीबोशेतको नोकर सीबासँग तिनको भेट भयो। त्यसले आफूसँग दुई सय रोटी, एक सय झुप्पा किसमिस, नेभाराका एक सय डल्लो र एक मशक दाखमद्य जीन-लगाम कसेका एक हूल गधामा बोकाएर ल्याएको थियो। "},{"id":2,"text":"राजाले सीबालाई भने, “तिमीले यी सबै किन ल्यायौ?”सीबाले जवाफ दियो, “यी गधाहरूचाहिँ राजाका परिवारका सवारीको निम्ति हुन्, रोटी र फलहरू जवान मानिसहरूलाई खानका निम्ति र दाखमद्यचाहिँ मरुभूमिमा थाक्नेहरूका निम्ति हो।”"},{"id":3,"text":"राजाले सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्?” सीबाले भन्यो, “उनी त यरूशलेममा नै छन्, किनभने इस्राएलको घरानाले उनलाई आफ्ना बाजेको सिंहासन फिर्ता गरिदिनेछ भनी उनले सम्झेका छन्।”"},{"id":4,"text":"राजाले सीबालाई भने, “मपीबोशेतका सबै थोक तिमीले पाउनेछौ।”सीबाले भन्यो, “हे हजूर, मेरा महाराज, म त हजूरको एक क्षुद्र दास हुँ। हजूरको दृष्टिमा निगाह पाऊँ।”"},{"id":5,"text":"जब दाऊद राजा बहूरीममा आइपुगे तब त्यहाँ शाऊलका घरानाको एक जना मानिस, गेराको छोरो शिमी, निस्केर दाऊदलाई सराप्दैआयो। "},{"id":6,"text":"त्यसले दाऊद र तिनका सबै अधिकारीहरूलाई जथाभाबी ढुङ्गाले हान्न लाग्यो। दाऊदका देब्रे र दाहिनेतिर तिनका सिपाही र अङ्गरक्षकहरू थिए। "},{"id":7,"text":"शिमीले यसो भनेर दाऊदलाई सराप दियो, “जा, जा, ए बदमाश! ए हत्यारा! "},{"id":8,"text":"शाऊलको घरानामा रगत बगाएर उनको स्थानमा राज्य गर्न खोज्ने तँमाथि आज परमप्रभुले बदला लिनुभएको चाहिँ हो, र त्यो राज्य अब परमप्रभुले तेरो छोरो अब्शालोमलाई दिनुभयो। तँ आज बरबाद भइस्, किनभने तँ हत्यारा होस्!”"},{"id":9,"text":"तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्ने? म पारि गएर त्यसको टाउको उड़ाइदिनेछु।”"},{"id":10,"text":"तर राजाले भने, “ए सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? यदि परमप्रभुले दाऊदलाई त्यसले सरापोस् भनी भन्नुभएको छ भने कसले त्यसलाई रोक्न सक्छ?”"},{"id":11,"text":"दाऊदले अबीशै र आफ्ना सबै अधिकारीहरूलाई भने, “यदि मेरो छोरा, मेरो आफ्नै छोराले मलाई मार्न खोज्छ भने यस बेन्यामीनी त के कुरा गर्नु? त्यसलाई छोड़िदेओ। त्यसले सरापोस्। किनभने परमप्रभुले नै त्यसलाई त्यसो गर्नू भनी भन्नुभएको होला। "},{"id":12,"text":"शायद आजको दिन मलाई यो सरापको सट्टा परमप्रभुले मेरो कष्ट हेर्नुहुनेछ र मलाई आशिष् दिनुहुनेछ।”"},{"id":13,"text":"यसैले दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे, र शिमीचाहिँ दाऊदको बाटोमा परेको पारिपट्टिको डाँड़ै-डाँड़ा गयो, र जाँदा दाऊदतिर सराप्दै र ढुङ्गा हान्दै र धूलो फ्याँक्दैगयो। "},{"id":14,"text":"राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्नो गन्तव्यमा लखतरान भई पुगे। अनि त्यहाँ तिनले आफूलाई ताजा बनाए।"},{"id":15,"text":"यसै बीचमा अब्शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यरूशलेममा पुगे, अनि अहीतोपेल पनि तिनीसँग थिए। "},{"id":16,"text":"तब दाऊदका मित्र अरकी हूशैले अब्शालोमलाई भेटे, र तिनलाई भने, “राजा दीर्घायु होऊन्! राजा दीर्घायु होऊन्!”"},{"id":17,"text":"तर अब्शालोमले जवाफ दिए, “तिम्रा मित्रलाई देखाएको प्रेम यही हो? तिमी उहाँसँग किन गएनौ?”"},{"id":18,"text":"हूशैले अब्शालोमलाई जवाफ दिए, “परमेश्वरले चुन्नुभएका मानिस, जनता र इस्राएलका सारा मानिसहरूले चुनेका व्यक्तिसँग लाग्ने विचार मैले गरेको छु। अनि म तिनीसँगै बस्नेछु। "},{"id":19,"text":"फेरि मैले कसको सेवा गर्ने? के छोराको सेवा गर्नुपर्दैन र? जस्तो मैले तपाईंका पिताको सेवा गरें, त्यस्तै म तपाईंको सेवा गर्नेछु।”"},{"id":20,"text":"अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई तपाईंको सल्लाह दिनुहोस्। हामीले कसरी काम गर्नुपर्ने हो?”"},{"id":21,"text":"अहीतोपेलले जवाफ दिए, “तपाईंका पिताले महलको जिम्मेवारीमा छोड़िगएका तपाईंका पिताका उपपत्नीहरूसित सहवास गर्नुहोस्। तब तपाईंले आफ्ना पिताको नाक काटिदिएको काम सबै इस्राएलले सुन्नेछन्, र तपाईंको पछि लाग्नेहरूको हात अझै बलियो हुनेछ।” "},{"id":22,"text":"यसैले तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए, र सबै इस्राएलले देख्ने गरी तिनी आफ्ना बुबाका उपपत्नीहरूसित सुते। "},{"id":23,"text":"ती दिनहरूमा अहीतोपेलको सल्लाहचाहिँ परमेश्वरसँग सोधपूछ गर्नेको जस्तै नै मानिन्थ्यो। दाऊद र अब्शालोमले अहीतोपेलका सल्लाहलाई त्यतिसम्म कदर गर्थे।"}]},{"id":17,"title":"२ शमूएल 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/17-6f66d5ec96c7adc88e263f4ba1b89ca1.mp3?version_id=1483","verses":[{"id":1,"text":"अहीतोपेलले अब्शालोमलाई भने, “बाह्र हजार मानिस छान्नुहोस्, र आज राती दाऊदलाई खेद्नुहोस् भन्ने मेरो सल्लाह छ। "},{"id":2,"text":"तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस्। तिनलाई आतङ्कित बनाउनुहोस्, र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्। राजालाई बाहेक अरू कसैलाई नमार्नुहोस्। "},{"id":3,"text":"सबै मानिसहरूलाई तपाईंकहाँ फर्काइल्याउनुहोस्। तिनको मृत्युले नै सबै जनालाई फर्काइल्याउन सक्छ। अरू सबै मानिसहरूमाथि चाहिँ कुनै हानि हुनेछैन।” "},{"id":4,"text":"अब्शालोम र इस्राएलका सबै धर्म-गुरुहरूले अहीतोपेलको सल्लाह स्वीकार गरे।"},{"id":5,"text":"तर अब्शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्दारहेछन् सो हामी सुनौं।” "},{"id":6,"text":"हूशै आए, र अहीतोपेलले भनेका सबै कुरा अब्शालोमले तिनलाई भनिदिए, र तिनलाई सोधे, “अहीतोपेलले हामीलाई यस्तो सल्लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौं? होइन भने, तिम्रो के विचार छ भन।”"},{"id":7,"text":"हूशैले अब्शालोमलाई भने, “यस पल्ट अहीतोपेलले दिएका सल्लाह ठीक छैन।” "},{"id":8,"text":"हूशैले अझै भने, तपाईंका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लड़ाकाहरू छन्, र बच्चा खोसिएका जङ्गलका क्रोधी भालूहरूजस्ता छन्। तपाईंका पिता युद्ध-कलामा निपुण हुनुहुन्छ, अनि उहाँ राती सेनासँग बस्नुहुनेछैन। "},{"id":9,"text":"अहिले पनि उहाँ कुनै ओड़ारमा वा अरू त्यस्तै ठाउँमा लुकिरहनुभएको छ होला। यदि उहाँले उछिनेर पहिले नै तपाईंको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्यो भने सुन्नेले भन्नेछन् ‘अब्शालोमका पछि लाग्ने फौजहरू त नष्ट भएका छन्।’ "},{"id":10,"text":"त्यसो हुँदा कस्तै सूरो र सिंहजस्तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्।"},{"id":11,"text":"यसैले मेरो सल्लाह यही छ: दानदेखि बेर्शेबासम्मका सारा इस्राएललाई समुद्रका बालुवाका कणजस्तै तपाईंकहाँ जम्मा हुन दिनुहोस्, र तिनीहरूका अगाड़ि तपाईं आफै युद्धमा मानिसहरूलाई लिएर जानुहोस्। "},{"id":12,"text":"तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्नेहरू कुनै पनि जीवित छोड़िनेछैन। "},{"id":13,"text":"उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरलाई लठारा ल्याएर एउटै ढुङ्गा पनि त्यसको जगमा नपाइने गरी हामी घिस्स्याएर बेँसीमा पुर्याउनेछौं।”"},{"id":14,"text":"अब्शालोम र इस्राएलका सबै मानिसहरूले भने, “अरकी हूशैले अहीतोपेलको भन्दा राम्रो सल्लाह दिएका छन्।” यो त अहीतोपेलको राम्रो सल्लाह विफल बनाउने, अनि यसरी अब्शालोमको विनाश गर्ने परमप्रभुको अभिप्राय मात्र थियो।"},{"id":15,"text":"हूशैले सादोक र अबियाथार पूजाहारीहरूलाई अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई दिएको सल्लाह, अनि आफूले दिएको सल्लाह पनि बताइदिए। "},{"id":16,"text":"हूशैले भने, “यसैले अब चाँड़ो दाऊदकहाँ मानिस पठाओ, र उहाँलाई यसो भन, ‘मरुभूमिका जँघारहरूमा वास नबस्नू तर पारि गइहाल्नू, नत्रता राजा र उहाँका मानिसहरू खतम पारिनेछन्’।”"},{"id":17,"text":"जोनाथन र अहीमासचाहिँ एनरोगेलमा पर्खिबसेका थिए, र एउटी दासी गएर तिनीहरूलाई खबर दिन्थी, अनि तिनीहरूले चाहिँ दाऊदलाई खबर दिन्थे। किनभने सहरभित्र कसैले देख्ने खतरामा पर्न तिनीहरू चाहँदैनथे। "},{"id":18,"text":"तर यस पल्ट त एक जना केटाले तिनीहरूलाई देख्यो, र त्यसले अब्शालोमलाई सुनाइदियो। यसैले ती दुई जना हतार-हतार गरी बहूरीममा एक जना मानिसको घरमा गए। त्यसका घरको आँगनमा एउटा इनार थियो, अनि तिनीहरू त्यसभित्र पसे। "},{"id":19,"text":"त्यस मानिसकी पत्नीले एउटा ढक्कन ल्याएर त्यस इनारको मुखमा फिँजाइदिई, र त्यसमाथि अन्नको बिस्कुन राखिदिई, अनि कसैलाई त्यसको केही थाहा भएन।"},{"id":20,"text":"अब्शालोमका मानिसहरू आएर त्यस स्त्रीलाई सोधे, “अहीमास र जोनाथन कहाँ छन्?”त्यसले भनी “तिनीहरू त खोला पारि गए।” ती मानिसहरूले यताउता खोजे, तर कसैलाई भेट्टाएनन्। यसैले उनीहरू यरूशलेममा फर्के।"},{"id":21,"text":"जब उनीहरू गइसके तब ती दुई मानिसहरू इनारबाट उक्लेर निस्के, र दाऊद राजाकहाँ गएर सबै कुरा बताइदिए। तिनीहरूले भने, “उठ्नुहोस्, र झट्टै खोला तर्नुहोस्।” अनि राजाको विरुद्धमा अहीतोपेलले गरेको युक्ति तिनीहरूले सुनाइदिए। "},{"id":22,"text":"यसैले दाऊद र तिनका सबै दल तुरुन्त यर्दन नदी पार गर्न लागे। मिरमिरे उज्यालोमा पारिपट्टिको किनारमा नपुगेको कोही पनि रहेन।"},{"id":23,"text":"जब आफूले दिएको सल्लाह नमानेको अहीतोपेलले बुझे, तब तिनले आफ्नो गधामा जीन-लगाम कसेर आफ्नो सहरपट्टि आफ्नो घरतिर गए। त्यहाँ तिनले आफ्नो घरलाई ठीकठाक गरी आफैलाई झुण्ड्याएर आत्महत्या गरे। तिनी यसरी मरे, र आफ्नो बुबाको चिहानमा गाड़िए।"},{"id":24,"text":"अब्शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यर्दन पार गरे, तर दाऊद अघि नै महनोममा पुगिसकेका थिए। "},{"id":25,"text":"अब्शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए। "},{"id":26,"text":"इस्राएलीहरू र अब्शालोमले गिलादको जिल्लामा छाउनी हाले।"},{"id":27,"text":"जब दाऊद महनोममा आइपुगे, तब अम्मोनीहरूको रब्बामा बस्ने नाहाशका छोरा शोबी, लो-देबारमा बस्ने अम्मीएलका छोरा माकीर र रोगलीममा बस्ने गिलादी बर्जिल्लैले "},{"id":28,"text":"ओढ्ने-ओछ्याउने, भाँड़ा-कुँड़ा र कचौराहरू ल्याएर तिनलाई दिए। तिनीहरूले गहूँ, जौ, आँटा, चिउरा, सिमी, दाल, "},{"id":29,"text":"मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले सम्झे।"}]},{"id":18,"title":"२ शमूएल 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/18-da84c1bd12e0a7a01b9a5338a4d7aebf.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊदले आफूसँग भएका मानिसहरूलाई लड़ाइँको लागि जम्मा गरे, अनि हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे। "},{"id":2,"text":"त्यसपछि तिनले आफ्नो सेनालाई तीन भागमा विभक्त गरे— एक तिहाइ योआबको अधीनमा, एक तिहाइ सरूयाहका छोरा अबीशै, योआबका भाइको अधीनमा र एक तिहाइ गित्ती इत्तैको अधीनमा। राजाले सेनालाई भने, “म पनि तिमीहरूसँगै लड़ाइँमा जानेछु।”"},{"id":3,"text":"तर मानिसहरूले भने, “होइन, हजूरचाहिँ नआउनुहोला। यदि हामीले फर्केर भाग्नुपर्यो भने कसैले हामीलाई केही वास्ता गर्नेछैन। हामी आधै मर्यौं भने पनि उनीहरूले वास्ता गर्नेछैनन्। तर हजूर त हामी दश हजार बराबर हुनुहुन्छ। यसैले हजूर सहरमा बसेर हाम्रो सहायता गर्नुभए असल हुनेछ।”"},{"id":4,"text":"राजाले जवाफ दिए, “त्यसो भए तिमीहरूलाई जस्तो ठीक लाग्छ म त्यही गर्नेछु।”यसैले राजा मूल ढोकाको छेउमा उभिरहे, अनि सेनाचाहिँ हजार-हजार र सय-सयका पङ्क्तिमा तिनकै नजिकबाट हिँड़ेर गयो। "},{"id":5,"text":"राजाले योआब, अबीशै र इत्तैलाई यो हुकुम गरे, “मेरो खातिर त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू।” अब्शालोमलाई जोगाइदिनू भनी राजाले आफ्ना प्रत्येक सेनापतिलाई दिएको हुकुम सबै सेनाले सुने।"},{"id":6,"text":"तब सेना इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न गयो, अनि लड़ाइँ एफ्राइमको वनमा भयो। "},{"id":7,"text":"त्यहाँ दाऊदका मानिसहरूका सामुन्ने इस्राएलीहरू परास्त भए। अनि यति ठूलो संहार भयो कि बीस हजार मानिसहरू त्यस दिन मारिए। "},{"id":8,"text":"लड़ाइँ चारैतिर फैलियो, अनि वनमा नष्ट भएकाहरू तरवारले मर्ने मानिसहरूभन्दा धेरै थिए।"},{"id":9,"text":"अब दाऊदका कतिपय मानिसहरूले अब्शालोमलाई देखे। तिनी एउटा खच्चरमा चढ़िरहेका थिए, तर जब त्यो खच्चर एउटा ठूलो फलाँटको रूखमुनिबाट भएर गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झ्यो, तिनी झुण्डिए, अनि खच्चरचाहिँ त्यस हाँगामुनिबाट छिरिगयो।"},{"id":10,"text":"ती मानिसहरूमध्येको एक जनाले त्यो देखेर योआबलाई यसो भन्यो, “मैले अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिएका देखें।”"},{"id":11,"text":"यो कुरा भन्ने मानिसलाई योआबले भने, “तैंले त्यसलाई देखिस्? तैंले त्यसलाई त्यत्ति नै बेला किन प्रहार गरिनस्? म तँलाई दश चाँदीका सिक्का र एउटा बहादुरीको पटुका दिनेथिएँ।”"},{"id":12,"text":"तर त्यस मानिसले उत्तर दियो, “तपाईंले मलाई एक हजार चाँदीका सिक्का दिनुभएको भए तापनि म राजपुत्रको विरुद्धमा हात उठाउनेथिइनँ। किनभने ‘जसले त्यस जवान अब्शालोमलाई फेला पार्ला त्यसले उसलाई मेरो खातिर जोगाइदिनू भनी राजाले तपाईं, अबीशै र इत्तैलाई हुकुम गर्नुभएको हामी सबैले सुनेका थियौं। "},{"id":13,"text":"अनि मैले मेरो प्राण जोखिममा हाली धोखाबाजी गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्नुहुनेथियो।”"},{"id":14,"text":"योआबले भने, “तँसित मेरो समय फाल्न म चाहन्नँ।” तब योआबले तीन वटा बर्छा लिए, र अब्शालोम रूखमा त्यसरी जिउँदै झुण्डिरहेको बेलामा तिनको छातीमा रोपिदिए। "},{"id":15,"text":"तब योआबका हतियार बोक्ने दश जना मानिसहरूले अब्शालोमलाई घेरे, र तिनलाई प्रहार गरे, र मारे।"},{"id":16,"text":"तब योआबले तुरही बजाए, र सेना इस्राएललाई खेद्न छोड़ेर फर्के, किनभने योआबले सेनालाई रोके। "},{"id":17,"text":"तिनीहरूले अब्शालोमको लाश लगेर वनको एउटा ठूलो खाड़लमा फ्याँकिदिए, र त्यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। यसै बीचमा इस्राएलीहरू सबै आ-आफ्नो घरमा भागेर गए।"},{"id":18,"text":"आफू जिउँदो हुँदा अब्शालोमले राजाको बेँसीमा एउटा खामो लगेर खड़ा गरेका थिए, किनभने तिनी सोच्थे, “मेरो नाउँ राख्नलाई मेरो छोरो छैन।” तिनले त्यस खामोलाई आफ्नै नाउँ दिए, अनि आजको दिनसम्म त्यस खामोलाई अब्शालोमको स्मारक भनिन्छ।"},{"id":19,"text":"सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई आफ्ना शत्रुहरूका हातबाट छुटाउनुभयो भन्ने समाचार राजालाई दिन भनी मलाई दगुरी जान अनुमति दिनुहोस्।”"},{"id":20,"text":"तर योआबले जवाफ दिए, “आजको दिन तिमीले समाचार लाने होइन। अर्को दिन तिमीले समाचार लगे हुन्छ, तर आज होइन। किनभने राजाको छोरो आज मरेको छ।”"},{"id":21,"text":"तब योआबले एउटा कूशीलाई भने, “तैंले देखेको कुरा गएर राजालाई सुनाइदे।” तब त्यस कूशीले निहुरेर योआबलाई दण्डवत् गर्यो, र दगुरेर गयो।"},{"id":22,"text":"सादोकका छोरा अहीमासले फेरि योआबलाई बिन्ती गरे। तिनले भने, “जे भए तापनि मलाई कूशीको पछिपछि दगुरेर जान दिनुहोस्।”योआबले सोधे, “ए मेरा छोरा, तिमी किन जाने? तिम्रो समाचारको निम्ति तिमीले केही इनाम पाउनेछैनौ।”"},{"id":23,"text":"अहीमासले भने, “जेसुकै होस्। म कुदेर जानेछु।”योआबले भने, “त्यसो भए जाऊ।” तब अहीमास यर्दनको मैदानको बाटो भएर कुदे, र त्यस कूशीलाई उछिने।"},{"id":24,"text":"त्यस बेला दाऊद बाहिरी र भित्री मूल ढोकाहरूका बीचमा बसिरहेका थिए। अनि जब पहरादारले पर्खालको मूल ढोकाको छानुमा गएर हेर्न लाग्यो, तब त्यसले एक जना मानिसलाई एकलै दगुर्दै आइरहेको देख्यो। "},{"id":25,"text":"त्यस पहरादारले कराएर राजालाई यो कुरा बताइदियो।राजाले भने, “त्यो एकलै छ भने त्यसले केही राम्रो समाचार ल्याएको होला।” त्यो मानिस झन् नजिक आइपुग्यो।"},{"id":26,"text":"तब त्यस पहरादारले अर्को एक जना मानिसलाई पनि कुद्दै आइरहेको देख्यो। त्यसले तल बसेको ढोकेलाई भन्यो, “हेर त, अर्को एक जना मानिस पनि एकलै कुद्दै आउँदैछ।”राजाले भने, “त्यसले पनि राम्रो समाचार ल्याउँदै होला।”"},{"id":27,"text":"त्यस पहरादारले भन्यो, “त्यो अगिल्लोको दौड़ त सादोकका छोरा अहीमासको जस्तै छ।”राजाले भने, “तिनी एक असल मानिस हुन्, र शुभ समाचार लिएर आउँदैछन्।”"},{"id":28,"text":"तब अहीमासले कराएर राजालाई भने, “सब ठीक छ।” राजाको सामुन्ने घोप्टो परेर तिनले भने, “परमप्रभु हजूरका परमेश्वरको प्रशंसा होस्, जसले हजूरको विरुद्धमा उठ्ने मानिसहरूलाई हजूरको हातमा सुम्पिदिनुभएको छ।”"},{"id":29,"text":"राजाले सोधे, “के जवान अब्शालोम कुशलै छ?”अहीमासले जवाफ दिए, “हजूरका दास योआबले म तपाईंको दासलाई पठाउनुभएको हो। मैले त ठूलो खैलाबैला भएको देखें, तर के भएको थियो मलाई थाहा भएन।”"},{"id":30,"text":"राजाले तिनलाई एकातिर उभिने आज्ञा गरे। तिनी एकातिर गएर उभिए।"},{"id":31,"text":"तब त्यस कूशीले आएर भन्यो, “हजूर, समाचार असल छ! हजूरको विरुद्धमा उठ्ने सबैबाट परमप्रभुले आज तपाईंलाई उद्धार गर्नुभएको छ।”"},{"id":32,"text":"राजाले त्यस कूशीलाई सोधे, “के त्यो जवान मानिस अब्शालोम कुशलै छ?”कूशीले जवाफ दियो, “राजाका सबै शत्रुहरू र सबै बागीहरू, जसले हजूरको हानि गर्न खोज्छन् उनीहरूको दशा पनि त्यही जवान मानिसको जस्तै होस्।”"},{"id":33,"text":"तब राजा शोकाकुल भएर मूल ढोकामाथिको कोठामा गएर रोए, अनि माथि हिँड्दैजाँदा तिनी यसो भन्दै रोए, “हाय मेरो छोरो! मेरो छोरो अब्शालोम, मेरो छोरो अब्शालोम! तेरो सट्टामा मै मरेको भए त हुनेथियो! हाय अब्शालोम, मेरो छोरो, मेरो छोरो!”"}]},{"id":19,"title":"२ शमूएल 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/19-2f9d440f84cd2275de794c13d13c1687.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब्शालोमको निम्ति राजा रुँदै र विलाप गर्दैहुनुहुन्छ भनी योआबले सुने। "},{"id":2,"text":"अनि त्यस दिनको विजय जम्मै सेनाको निम्ति शोकमा परिणत भयो, किनभने तिनीहरूले सुने कि राजा आफ्नो छोराको निम्ति शोकित हुनुभएको छ। "},{"id":3,"text":"लड़ाइँबाट भाग्दा आफ्ना अनुहार देखाउन लाज मानेका मानिसहरूझैँ तिनीहरू चूपचाप सहरभित्र पसे। "},{"id":4,"text":"राजाले आफ्नो अनुहार ढाकेर ठूलो सोरले रुँदै भने, “मेरो छोरो अब्शालोम! हे अब्शालोम, मेरो छोरो, मेरो छोरो!”"},{"id":5,"text":"तब राजाको घरभित्र आएर योआबले तिनलाई भने, “हजूरका छोराहरू, छोरीहरू, पत्नीहरू र उपपत्नीहरूलाई बचाउने हजूरका सबै मानिसहरूलाई हजूरले आजको दिन लज्जित तुल्याउनुभयो। "},{"id":6,"text":"हजूरलाई घृणा गर्नेहरूलाई हजूर प्रेम गर्नुहुन्छ, अनि हजूरलाई प्रेम गर्नेहरूलाई घृणा गर्नुहुन्छ। हजूरले हामी सेनापतिहरू र हाम्रा मानिसहरूलाई हजूरको दृष्टिमा केही होइनौं भनी देखाउनुभयो। यो स्पष्ट देखियो कि आज अब्शालोम बाँचेर हामी सबै मरेका भए हजूर खुशी हुनुहुनेथियो। "},{"id":7,"text":"अब झट्टै गएर आफ्ना मानिसहरूलाई उत्साह दिनुहोस्। यदि हजूरले इन्कार गर्नुभयो भने, परमप्रभुको शपथ खाएर म भन्दछु, कि आज राति एउटै मानिस पनि हजूरसँग हुनेछैन। हजूरले आफ्नो जवान अवस्थादेखि भोग्नुभएका सबै सङ्कष्टभन्दा पनि यो सङ्कष्टचाहिँ सबैभन्दा खराब हुनेछ।”"},{"id":8,"text":"तब राजा उठे र मूल ढोकामा बसे। अनि जब राजा मूल ढोकामा बसिरहनुभएको छ भनी मानिसहरूलाई सुनाइयो तब तिनीहरू सबै राजाको सामुन्ने देखा परे।त्यस बेलासम्ममा इस्राएलीहरूचाहिँ आ-आफ्नो घरमा भागिसकेका थिए। "},{"id":9,"text":"इस्राएलका सबै कुल आपसमा कुरा गर्दै यसो भन्दैथिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो, र पलिश्तीहरूको शक्तिबाट छुटाउनुभयो, अनि अब अब्शालोमको कारणले गर्दा राजा देशबाट भागेर जानुभएको छ। "},{"id":10,"text":"तर हामीले राजा अभिषेक गरेका अब्शालोम लड़ाइँमा मारिएका छन्। यसकारण अब राजालाई फर्काएर ल्याउने युक्ति हामीले किन नगर्ने?”"},{"id":11,"text":"तब दाऊद राजाले सादोक र अबियाथार पूजाहारीहरूलाई यसो भनिपठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध: ‘राजालाई तिनका महलमा ल्याउनलाई किन तिमीहरू सबैभन्दा पछि हुने, किनभने जुन कुरा सारा इस्राएलमा गरिँदैछ त्यो कुरा राजाको घरमा पुगिसकेको छ। "},{"id":12,"text":"तिमीहरू मेरा दाजुभाइ हौ, मेरै हाड़ र मासु। राजालाई ल्याउनलाई तिमीहरू किन सबैभन्दा पछिल्ला हुने?’ "},{"id":13,"text":"अनि अमासालाई भन, ‘तिमी त मेरै हाड़ र मासु होइनौ र? यदि तिमी योआबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्’।”"},{"id":14,"text":"दाऊदको यो समाचारले यहूदाका सबै मानिसहरूको मन एउटै मान्छेको मनजस्तै गरी जित्यो। अनि तिनीहरूले राजालाई आफ्ना सबै मानिसहरूका साथ फर्कनुहोस् भनी आग्रह गरी पठाए। "},{"id":15,"text":"यसैले राजा फर्के र यर्दनमा आए।मानिसहरू अब राजालाई भेट्न र नदी पारि लैजानलाई यहूदाका गिलगालमा आएका थिए। "},{"id":16,"text":"बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी दाऊद राजालाई भेट्नलाई हतार-हतार गरी यहूदाका मानिसहरू सँगसँगै गए। "},{"id":17,"text":"उनीसँग शाऊलको घरानाका भण्डारे सीबा पनि, आफ्ना पन्ध्र भाइ छोरा र बीस जना चाकरसमेत, र एक हजार बेन्यामीनीहरू लिएर गए। तिनीहरू यर्दन नदीमा कुदेर गए, जहाँ राजा थिए। "},{"id":18,"text":"जँघारमा पार गरेर तिनीहरूले राजाका घरानालाई तार्न लागे, र तिनको हुकुमअनुसार गर्ने उत्साह देखाए।गेराका छोरा शिमी यर्दन पार गरेपछि राजाको सामुन्ने घोप्टो परे, "},{"id":19,"text":"र राजालाई भने, “हजूरले मलाई दोषी ठहराउनुभयो होला। हजूरले यरूशलेम छोड्नुहुँदा हजूरको दासले कस्तो निर्लज्ज व्यवहार गरेको थियो, ती सबै हजूरले नसम्झनुहोला भन्ने मेरो बिन्ती छ। त्यो कुरा राजाले मनमै नराख्नुहोला। "},{"id":20,"text":"किनभने मैले खराब काम गरें भनी म स्वीकार गर्दछु, तर आज हजूरलाई यहाँ भेट्न योसेफको सारा घरानाको प्रथम मानिस म नै हुँ।”"},{"id":21,"text":"तब सरूयाहका छोरा अबीशैले भने, “परमप्रभुका अभिषिक्त राजालाई सरापेको हुनाले शिमी मारिनुपर्दैन र?”"},{"id":22,"text":"दाऊदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? तिमीहरू आज मेरा विरोधीहरू बनेका छौ। आजको दिन इस्राएलमा किन कुनै मानिस मारिने? आज म इस्राएलका राजा भएँ भन्ने कुरा मलाई थाहा छैन र?” "},{"id":23,"text":"तब राजाले शिमीलाई भने, “तँ मारिनेछैनस्।” अनि राजाले शपथ खाएर यो कुरालाई पक्का गरे।"},{"id":24,"text":"शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल झरे। राजा बाहिर गएको दिनदेखि विजयसाथ नफर्केको दिनसम्म उनले न त आफ्ना खुट्टाका नङ, न दाह्री नै काटेका थिए, न आफ्ना लुगाहरू धोएका थिए। "},{"id":25,"text":"जब उनी यरूशलेमबाट राजालाई भेट्न आए, तब दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी किन मसित आएनौ?”"},{"id":26,"text":"उनले जवाफ दिए, “हजूर, मेरो नोकर सीबाले मलाई धोका दियो। म त गधामा जीन-लगाम कसेर राजाको साथमा जानलाई इच्छा गरेको थिएँ, किनभने म लङ्गड़ा छु। "},{"id":27,"text":"त्यसले हजूर राजाको सामु मेरो विरुद्धमा कुरा लगाएको छ। हजूर त परमेश्वरका दूतजस्तै हुनुहुन्छ। हजूरलाई जे ठीक लाग्छ सो गर्नुहोस्। "},{"id":28,"text":"मेरा बाजेका सबै घराना, सबका सब, हजूरको हातबाट मारिने योग्यका थिए, तर हजूरको दास, मलाई हजूरले हजूरसँगै खान दिनुभयो। यसभन्दा बढ़ी निगाह मैले अरू के आशा गर्नु र?”"},{"id":29,"text":"राजाले जवाफ दिए, “बस, भयो। मैले यो निश्चय गरिसकेको छु— तिमी र सीबाले जग्गाजमिन बाँड़ेर लानू।”"},{"id":30,"text":"मपीबोशेतले भने, “त्यसले नै सबै लैजाओस्, किनभने हजूर कुशलसित घर आइपुग्नुभयो।”"},{"id":31,"text":"गिलादी बर्जिल्लै पनि रोगलीमबाट तल झरे, र राजालाई यर्दन पारि पुर्याउनलाई राजाकहाँ यर्दनमा आए। "},{"id":32,"text":"बर्जिल्लै चाहिँ असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनोममा बस्दा तिनले नै राजालाई खानेकुरा जुटाइदिएका थिए, किनभने तिनी खूबै धनाढ्य मानिस थिए। "},{"id":33,"text":"राजाले बर्जिल्लैलाई भने, “मसँग पार तरेर जाऊँ, म तिम्रो निम्ति यरूशलेममा मेरो घरानासँग तिम्रो बस्ने-खाने प्रबन्ध गरिदिनेछु।”"},{"id":34,"text":"बर्जिल्लैले राजालाई उत्तर दिए, “हजूरको दास हजूरसँग यरूशलेममा जानलाई साह्रै वृद्ध भएको छ। "},{"id":35,"text":"म असी वर्ष पुगिसकें। असल र खराबको ज्ञान अब मलाई छैन। मैले खाएको-पिएको कुराको मलाई स्वाद हुँदैन। पुरुष र स्त्रीले गाएको सोर म सुन्न सक्दिनँ। यसकारण म अझै हजूरको साथमा भार किन हुने? "},{"id":36,"text":"हजूरको दास यर्दन पारि अलिक परसम्म हजूरको साथमा जानेछ। तर राजाले मलाई किन यस्तो असल इनाम दिनुहुन्छ? "},{"id":37,"text":"मलाई फर्कनलाई अनुमति दिनुहोस् र मेरा माता-पिताका चिहानको नजिक, मेरै सहरमा, मेरो बाँकी दिन बिताउन सकुँला। तर यहाँ हजूरको दास किमहाम छ। त्यसलाई हजूरसँग पारि लैजानुहोस्, अनि हजूरलाई जे असल लाग्छ, त्यसको निम्ति गर्नुहोस्।”"},{"id":38,"text":"राजाले जवाफ दिए, “त्यसो भए, किमहाम मसँग पारि जाओस्, र तिमीलाई जे असल लाग्छ सो त्यसको निम्ति म गरिदिनेछु। अनि तिमी जे माग्छौ सो म तिम्रो निम्ति गर्नेछु।”"},{"id":39,"text":"तब सबै मानिसहरू यर्दन पारि तरे, र त्यसपछि राजा तरे। तब राजाले बर्जिल्लैलाई चुम्बन गरे, र तिनलाई आफ्नो आशीर्वाद दिए, अनि बर्जिल्लै आफ्नो घरमा फर्किगए।"},{"id":40,"text":"राजा पारि तरेर गिलगालमा आए, अनि किमहाम तिनीसँग थिए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा मानिसहरूले राजालाई नदी पारि पुर्याए।"},{"id":41,"text":"त्यसपछि इस्राएलका सबै मानिसहरू एकसाथ जम्मा भएर राजाकहाँ आए, र यसो भने, “किन हाम्रा दाजुभाइ, यहूदाका मानिसहरूले हजूरलाई लगे, अनि राजा र तिनका घराना र तिनका सबै मानिसहरूलाई लगेर यर्दन पारि ल्याए?”"},{"id":42,"text":"यहूदाका मानिसहरूले जवाफ दिए, “किनभने महाराजा त हाम्रा नजिकका नातादार हुनुहुन्छ। यसमा तपाईं किन रिसाउनुहुन्छ? के हामीले राजाको धन खाएका छौं? के हामीले केही उपहार आफ्नै लागि लिएका छौं?”"},{"id":43,"text":"इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्, अनि त्यसबाहेक दाऊदमाथि तपाईंहरूको भन्दा हाम्रो बढ़ी हक छ। तपाईंहरू हामीलाई किन तुच्छ सम्झनुहुन्छ? राजालाई फर्काइल्याउने कुरा के हामीले पहिले निकालेका थिएनौं र?”तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् कड़ा कुरा गरे।"}]},{"id":20,"title":"२ शमूएल 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/20-b8f6fe13dbe0e5998bd1553e74cfab83.mp3?version_id=1483","verses":[{"id":1,"text":"शेबा नाउँ भएको एउटा दुष्ट मानिस त्यहाँ पनि थियो, जो बेन्यामीनी बिक्रीको छोरो थियो। त्यसले तुरही फुक्यो, र कराएर भन्यो, \nदाऊदमा हाम्रो के भाग छ?\nयिशैको छोरामा हाम्रो केही अधिकार छैन।\nहे इस्राएल, तिमीहरू आ-आफ्ना पालमा जाओ!"},{"id":2,"text":"यसैले बिक्रीको छोरो शेबाको पछि लाग्नलाई इस्राएलका मानिसहरूले दाऊदलाई छोड़े, तर यहूदाका मानिसहरूचाहिँ दाऊदको साथमा लागिरहे, र यर्दनदेखि यरूशलेमसम्म तिनको पछि लागे।"},{"id":3,"text":"जब दाऊद यरूशलेममा आफ्नो महलमा आए, तब तिनले आफ्नो महलको हेरचाह गर्नलाई राखेका ती दश उपपत्नीहरूलाई लिएर नजरबन्दी गरे। तिनले तिनीहरूका भोजनको प्रबन्ध गरिदिए, तर तिनीहरूसित सहवास गरेनन्। यसरी तिनीहरूका मृत्युको दिनसम्मै तिनीहरू नजरबन्द नै रहे, र तिनीहरू विधवासरह बसे। "},{"id":4,"text":"तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई भेला गर, र तीन दिनभित्रै यहाँ मकहाँ तिमीसहित हाजिर गर।” "},{"id":5,"text":"तर जब अमासा यहूदाका मानिसहरूलाई भेला गर्नलाई गए, तब राजाले तोकेको समयभन्दा ज्यादै समय तिनलाई लाग्यो।"},{"id":6,"text":"दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरो शेबाले त हामीलाई अब्शालोमले भन्दा पनि ज्यादा दु:ख दिनेछ। तिम्रा मालिकका मानिसहरूलाई लगेर त्यसलाई पछिपछि खेद, नत्रता त्यसले कुनै पर्खाल भएको सहरलाई पायो भनेता त्यो हाम्रो हातबाट उम्केला।” "},{"id":7,"text":"यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्न यरूशलेमबाट हिँड़े।"},{"id":8,"text":"जब तिनीहरू गिबोनको ठूलो चट्टान नजिक आइपुगे तब अमासा तिनीहरूलाई भेट्न आए। त्यस बेला योआबले चाहिँ जङ्गी-पोशाक लगाएका थिए, र त्यसमाथि एउटा पटुका थियो, अनि त्यसमा म्यानसमेतको एउटा छुरी भिरिराखेका थिए। जब तिनी अगि बढ़े तब त्यो त्यसको म्यानबाट खस्यो।"},{"id":9,"text":"योआबले अमासालाई भने, “हे मेरा भाइ अमासा, तिमीलाई कुशलै होला।” अनि तिनले अमासालाई चुम्बन गर्नलाई तिनको दाहिने हातले अमासाको दाह्री समाते। "},{"id":10,"text":"अमासाले योआबको हातमा भएको छुरीको ख्यालै गरेनन्। अनि योआबले तिनको भुँड़ीमा त्यो रोपिदिए, र तिनको आन्द्रा-भुँड़ी भूइँमा झर्यो। तिनले दोस्रो पल्ट हिर्काउनैपरेन, किनभने अमासा मरिहाले। तब योआब र तिनका भाइ अबीशै बिक्रीको छोरो शेबालाई खेद्दैगए।"},{"id":11,"text":"योआबका मानिसहरूमध्येको एक जनाले अमासाका लाशको छेउमा उभेर कराई भन्यो, “योआब र दाऊदतर्फ हुनेहरू सबैले योआबलाई पछ्याऊन्।” "},{"id":12,"text":"अमासाको लाश रगतमा लटपटिएर मूलबाटोको बीचमा पड़िरहेको थियो, अनि त्यस मानिसले सबै फौज त्यहाँ अड़िएका देख्यो। जब त्यसले देख्यो कि अमासा भएको ठाउँमा आउने जति त्यहाँ अड़िन्थे, तब त्यसले अमासाको लाशलाई बाटोदेखि परतिर खेतमा घिस्स्याउँदै लगेर त्यहाँ फ्याँकिदियो, र त्यसलाई एउटा लुगाले ढाकिदियो। "},{"id":13,"text":"लाशलाई मूलबाटोदेखि घिस्स्याएर लगेपछि सबै मानिसहरू बिक्रीको छोरो शेबालाई खेद्न योआबको पछि लागे।"},{"id":14,"text":"हाबिल-बेथ-माकामा आई नपुगुञ्जेल शेबा इस्राएलका सबै कुलहरूबाट र बरीहरूको सारा देशबाट भएर गयो। ती बरीहरू भेला भए, र त्यसको पछिपछि लागे। "},{"id":15,"text":"योआबको फौज आएर शेबालाई हाबिल-बेथ-माकामा घेर्यो, अनि एउटा घेरा-मचान बनायो, जो बाहिरी पर्खालको अगाड़ि थियो, र पर्खाल ढाल्नलाई तिनीहरूले त्यसमाथि प्रहार गर्न लागे। "},{"id":16,"text":"तब एउटी बुद्धिमती स्त्री बाहिरको पर्खालमा खड़ा भइन्, र सहरबाट कराएर भनिन्, “सुन्नुहोस्! सुन्नुहोस्! योआबलाई आउनू भनिदिनुहोस्, र म उहाँसित कुरा गर्नेछु।” "},{"id":17,"text":"तब योआब अगि आए, र ती स्त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?”तिनले जवाफ दिए, “अँ, म नै हुँ।”तिनले भनिन्, “म तपाईंकी दासीले के कुरा भनिरहेछु सो राम्ररी सुन्नुहोस्।”तिनले भने, “म सुन्दैछु।”"},{"id":18,"text":"तिनले भनिन्, “उहिले त यस्तो भनाइ थियो, ‘जवाफ पाउन हाबिल जानु’। अनि त्यसरी नै कुराको फैसला हुन्थ्यो। "},{"id":19,"text":"हाम्रो सहर इस्राएलका सहरहरूमध्ये एक शान्तिप्रिय र राजभक्त सहर गनिन्छ। त्यो त इस्राएलमा एउटी आमाजस्तै छ, अनि तपाईंचाहिँ त्यसलाई नाश गर्न खोज्नुहुन्छ। तपाईं किन परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहनुहुन्छ?”"},{"id":20,"text":"योआबले जवाफ दिए, “नष्ट गर्नुचाहिँ मबाट परै रहोस्। "},{"id":21,"text":"त्यो हाम्रो विचार होइन। तर एफ्राइमको पहाड़ी देशको एक जना मानिस, बिक्रीको छोरो शेबा दाऊद राजाको विरुद्धमा विद्रोह गर्नलाई खड़ा भएको छ। त्यही एक जना मानिसलाई हामीकहाँ सुम्पिदेऊ, र हामी सहरबाट हटिजानेछौं।”ती स्त्रीले योआबलाई भनिन्, “त्यसको शिर पर्खालबाट तपाईंकहाँ फ्याँकिनेछ।”"},{"id":22,"text":"तब ती स्त्री गइन्, र भेला भएका सबै मानिसलाई त्यसको बुद्धिपूर्ण सल्लाह सुनाइन्। तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटेर योआबकहाँ फ्याँकिदिए। तब योआबले तुरही बजाए, र सबै सेना सहर छोड़ेर आ-आफ्नो घरतिर लागे, अनि योआबचाहिँ राजाकहाँ यरूशलेममा फर्केर गए।"},{"id":23,"text":"योआब सम्पूर्ण इस्राएली फौजका सेनापति थिए, अनि यहोयादाका छोरा बनायाहचाहिँ करेती र पेलेथीहरूमाथि अधिकृत थिए। "},{"id":24,"text":"बेगार काममा लाउनेहरूको जिम्मा अदोनीरामको हातमा थियो। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। "},{"id":25,"text":"शेभाचाहिँ सचिव थिए, अनि सादोक र अबियाथार पूजाहारीहरू थिए। "},{"id":26,"text":"याईरी ईराचाहिँ दाऊदका पुरोहित थिए।"}]},{"id":21,"title":"२ शमूएल 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/21-0131713eea19f1bb42e7cf8e0fc63f96.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊदको राजकालमा तीन वर्षसम्म लगालग अनिकाल पर्यो। तब दाऊदले परमप्रभुको खोजी गरे। अनि परमप्रभुले भन्नुभयो, “शाऊल र त्यसको घरानामाथि रगतको दोष परेको छ, किनभने त्यसले गिबोनीहरूलाई मार्यो।” यसैकारण अनिकाल परेको छ। "},{"id":2,"text":"(गिबोनीहरू इस्राएलका कुलका थिएनन्। उनीहरू एमोरी वंशका बचेकाहरू थिए, जसलाई इस्राएलीहरूले बचाइराख्ने शपथ खाएका थिए। तापनि शाऊलले इस्राएल र यहूदाका निम्ति आफ्नो जोशमा तिनीहरूलाई खतम गर्ने कोशिश गरेका थिए।) यसैकारण दाऊद राजाले गिबोनीहरूलाई बोलाएर भने, "},{"id":3,"text":"“म तिमीहरूका निम्ति के गरूँ? परमप्रभुका आफ्नै निज प्रजालाई तिमीहरूले आशीर्वाद दिनलाई म कसरी प्रायश्चित गर्न सक्छु?”"},{"id":4,"text":"गिबोनीहरूले जवाफ दिए, “शाऊल र उनको घरानासँगको हाम्रो झगड़ा सुन र चाँदीले मिलाउने हाम्रो अधिकार छैन, अनि इस्राएलमा कसैको मृत्युको माग गर्ने पनि हामीलाई अधिकार छैन।”तब दाऊदले सोधे, “त्यसो भए मैले तिमीहरूका निम्ति के गर्ने त?”"},{"id":5,"text":"उनीहरूले राजालाई जवाफ दिए, “जुन मानिसले हाम्रो बरबादी गर्यो र हाम्रो विरुद्ध षड्यन्त्र गर्यो, यहाँसम्म कि हामी खतम भयौं र इस्राएलमा हाम्रो एउटै ठाउँ पनि रहेन, "},{"id":6,"text":"त्यस मानिसका सात जना छोराहरूलाई हामीकहाँ सुम्पिदिनुहोस्, र परमप्रभुका चुनिएका राजा शाऊलको गिबामा परमप्रभुकै सामुन्ने हामी तिनीहरूलाई मारेर खुलस्त गराउनेछौं।”राजाले भने, “म तिमीहरूलाई त्यो दिनेछु।”"},{"id":7,"text":"दाऊदले परमप्रभुको सामु शाऊलका छोरा जोनाथनको खातिर शपथ खाएका हुनाले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे। "},{"id":8,"text":"तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोरा आरमोनी र मपीबोशेत, र शाऊलकी छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए। "},{"id":9,"text":"दाऊदले तिनीहरूलाई गिबोनीहरूका हातमा सुम्पिदिए, र उनीहरूले तिनीहरूलाई परमप्रभुको सामुन्ने पहाड़मा मारेर खुलस्त गराइदिए। ती सातै जना एकसाथ तल खसे। तिनीहरू जौका कटनीको सुरुमा फसलको पहिलो दिनमा मारिए।"},{"id":10,"text":"अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर कटनीको सुरुदेखि जबसम्म आकाशबाट पानी तिनीहरूका मृत-शरीरमा परेन, तबसम्म आफ्नो निम्ति त्यस चट्टानमा ओछ्यानजस्तै बनाई। त्यसले दिनमा आकाशका पक्षीहरूलाई र राती जङ्गलका पशुहरूलाई ती लाशहरू खान दिइन। "},{"id":11,"text":"जब शाऊलकी उपपत्नी अय्याकी छोरी रिश्पाले गरेको कुरा दाऊदलाई सुनाइयो, "},{"id":12,"text":"तब तिनी गएर शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू याबेश-गिलादका मानिसहरूबाट ल्याए। (यी मानिसहरूले ती हड्डीहरू पलिश्तीहरूले शाऊललाई गिल्बोमा जितेको दिन झुण्ड्याएको ठाउँ, अर्थात् बेथ-शानको चोकबाट चोरेर लगेका थिए।) "},{"id":13,"text":"तिनले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू ल्याए, अनि मारेर खसालिदिएका मानिसहरूका हड्डीहरू जम्मा गर्न लगाए।"},{"id":14,"text":"तिनीहरूले शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू बेन्यामीनको देशमा सला भन्ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाड़े। राजाले तिनीहरूलाई जे-जे गर्नू भनी हुकुम गरेका थिए, ती सबै तिनीहरूले गरे। त्यसपछि देशको निम्ति चढ़ाएको प्रार्थना ग्रहण गर्नलाई परमप्रभु राजी हुनुभयो।"},{"id":15,"text":"फेरि पलिश्ती र इस्राएलीहरूका बीचमा लड़ाइँ चम्कियो। दाऊद र तिनका मानिसहरू लड़ाइँ गर्नलाई झरे, तर जब तिनी पलिश्तीहरूसँग लड़ाइँ गरिरहेका थिए, तब तिनी साह्रै थाके। "},{"id":16,"text":"तब रफाका सन्तानहरूमध्येको एक जना, इश्बी-बनोबले, जसको काँसाका भालाको ओजन साँढ़े तीन किलोग्राम थियो, र जसले नयाँ तरवार भिरेको थियो, त्यसले दाऊदलाई मार्छु भनेको थियो। "},{"id":17,"text":"यसै बेला सरूयाहका छोरा अबीशै दाऊदलाई सहायता गर्नलाई आए। तिनले त्यस पलिश्तीलाई हिर्काएर मारे। तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्नेछ भन्ने डरले दाऊद तिनीहरूसँग लड़ाइँमा अब कहिल्यै जानेछैनन् भनी तिनको सामु शपथ खाए। "},{"id":18,"text":"केही समयपछि फेरि गोबमा पलिश्तीहरूसँग लड़ाइँ चम्कियो। त्यस बेला हूशाती सिब्बकैले रफाको सन्तान सफ भन्नेलाई मारे।"},{"id":19,"text":"गोबमा पलिश्तीहरूसँगको अर्को लड़ाइँमा बेथलेहेमका यारे-ओरगिमका छोरा एल्हानानले गित्ती गोल्यतलाई मारे, जसको भालाका बिँड़ जुलाहाको लुगा बनाउने डन्डाजत्रो ठूलो थियो।"},{"id":20,"text":"गातमा भएको अर्को एउटा लड़ाइँमा हात र खुट्टामा छ-छ वटा औँला, जम्मा चौबीस औँला भएको एउटा दैत्यजत्रो मानिस देखा पर्यो। त्यो पनि रफाकै सन्तान थियो। "},{"id":21,"text":"जब त्यसले इस्राएललाई धम्की दियो तब दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे।"},{"id":22,"text":"गातमा बस्ने यी चार जना मानिसहरू रफाका सन्तान थिए, र यी सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।"}]},{"id":22,"title":"२ शमूएल 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/22-299c96fb80e6babb433e63cb8c392b1b.mp3?version_id=1483","verses":[{"id":1,"text":"जुन दिन परमप्रभुले दाऊदलाई तिनका सबै शत्रुहरू र शाऊलको हातबाट छुटाउनुभयो, त्यस दिन तिनले गाएको भजनका शब्दहरू यी नै हुन्: "},{"id":2,"text":"परमप्रभु मेरो चट्टान,\nमेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ।"},{"id":3,"text":"मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,\nजसमा म शरण लिन्छु।\nउहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़,\nमेरो शरणस्थान र मेरा उद्धारकर्ता हुनुहुन्छ।\nतपाईं मलाई हिंसात्मक मान्छेबाट बचाउनुहुन्छ।"},{"id":4,"text":"म परमप्रभुलाई पुकार्छु,\nजो प्रशंसाको योग्य हुनुहुन्छ,\nअनि म मेरा शत्रुहरूबाट बचाइनेछु।"},{"id":5,"text":"“मृत्युका छालहरूले मलाई घेरे,\nविनाशको बाढ़ीले मलाई व्याकुल बनायो।"},{"id":6,"text":"पातालका डोरीहरूले मलाई बेह्रे,\nमृत्युको पासोले मेरो सामना गर्यो।"},{"id":7,"text":"मेरो आपत्मा मैले परमप्रभुलाई पुकारा गरें,\nमैले मेरा परमेश्वरलाई हपारें।\nआफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो,\nर मेरो पुकारा उहाँका कानमा पुग्यो।"},{"id":8,"text":"पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो,\nआकाशका जगहरू हल्लिए।\nतिनीहरू थरथर कामे,\nकिनभने उहाँ रिसाउनुभएको थियो।"},{"id":9,"text":"उहाँको नाकबाट धूवाँ निस्क्यो,\nर भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो,\nजलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो।"},{"id":10,"text":"स्वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो।\nअँध्यारो बादल उहाँका गोड़ामुनि थियो।"},{"id":11,"text":"उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो\nर बतासका पखेटामा सवार भई माथि उड्नुभयो।"},{"id":12,"text":"अन्धकारलाई उहाँले आफ्नो ओढ्ने तुल्याउनुभयो,\nपानीले काला भइसकेका बाक्ला\nबादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो।"},{"id":13,"text":"उहाँका उपस्थितिको\nउज्ज्वलताबाट बिजुली निस्किगए।\nअसिना र आगोको भुङ्ग्रो।"},{"id":14,"text":"परमप्रभु स्वर्गबाट गर्जनुभयो,\nर सर्वोच्चको सोर गुञ्जायमान भयो।"},{"id":15,"text":"उहाँले आफ्ना काँड़हरू हान्नुभयो,\nर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो।\nअनि चट्याङद्वारा तिनीहरू अस्तव्यस्त भए।"},{"id":16,"text":"परमप्रभुको हप्कीमा उहाँको\nनाकबाट निस्केको श्वासको\nविस्फोटले समुद्रका तहहरू देखा परे,\nर पृथ्वीका जगहरू प्रकट भए।"},{"id":17,"text":"“उहाँले माथिबाट आफ्नो बाहुली\nपसारेर मलाई समात्नुभयो।\nउहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो।"},{"id":18,"text":"उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो,\nमेरा शत्रुहरूबाट,\nजो मभन्दा अत्यन्तै शक्तिशाली थिए।"},{"id":19,"text":"मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे,\nतर परमप्रभु मेरा सहारा हुनुभयो।"},{"id":20,"text":"उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो,\nउहाँले मलाई उद्धार गरिदिनुभयो,\nकिनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो।"},{"id":21,"text":"“मेरो धार्मिकताअनुसार\nपरमप्रभुले मसँग व्यवहार गर्नुभयो।\nमेरा हातका शुद्धताको अनुरूप\nउहाँले मलाई प्रतिफल दिनुभयो।"},{"id":22,"text":"किनकि म परमप्रभुको मार्गमा चलेको छु,\nमेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ।"},{"id":23,"text":"उहाँका सारा नियमहरू मेरै सामुन्ने छन्,\nर उहाँका कानूनहरू मैले त्यागेको छैनँ।"},{"id":24,"text":"उहाँको दृष्टिमा म निर्दोष थिएँ,\nर दोषबाट मैले आफैलाई अलग्ग राखें।"},{"id":25,"text":"परमप्रभुले मेरो धार्मिकताअनुसार\nर उहाँको दृष्टिमा मेरो शुद्धताको\nअनुरूप मलाई प्रतिफल दिनुभएको छ।"},{"id":26,"text":"वफादारप्रति तपाईं वफादार हुनुहुन्छ,\nनिर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्छ।"},{"id":27,"text":"शुद्धसँग तपाईं आफै शुद्ध देखा पर्नुहुन्छ,\nतर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्छ।"},{"id":28,"text":"दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्छ,\nतर अहङ्कारीहरूलाई झुकाउनका निम्ति तपाईंको नजर तिनीहरूमाथि पर्छ।"},{"id":29,"text":"हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्छ,\nपरमप्रभुले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।"},{"id":30,"text":"तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु,\nर मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु।"},{"id":31,"text":"“परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्ग सिद्ध छ,\nपरमप्रभुको वचन सच्चा छ।\nउहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।"},{"id":32,"text":"किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र?\nहाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र?"},{"id":33,"text":"उनै परमेश्वर,\nजसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ,\nर मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ।"},{"id":34,"text":"उहाँले मेरा खुट्टाहरू मृगका खुट्टाजस्तै तुल्याउनुहुन्छ, \nर उच्च स्थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्छ।"},{"id":35,"text":"उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ,\nयसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन्।"},{"id":36,"text":"तपाईंले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ,\nस्वयम् तपाईं मलाई महान् बनाउन झुक्नुहुन्छ।"},{"id":37,"text":"मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ,\nर मेरा गोड़ा चिप्लनेछैनन्।"},{"id":38,"text":"“मेरा शत्रुहरूलाई खेदेर मैले नाश गरें,\nतिनीहरू संहार नहोउञ्जेल म फर्किनँ।"},{"id":39,"text":"मैले तिनीहरूलाई खतम पारें,\nतिनीहरू फेरि उठ्न सकेनन्,\nतिनीहरू मेरा पाउमुनि लोटे।"},{"id":40,"text":"तपाईंले मलाई लड़ाइँको निम्ति शक्तिशाली तुल्याउनुभयो,\nमेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो।"},{"id":41,"text":"तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न विवश पार्नुभयो,\nर मेरा वैरीहरूलाई मैले संहार पारें।"},{"id":42,"text":"मदतको निम्ति तिनीहरूले पुकारे,\nतर तिनीहरूलाई बचाउने कोही थिएन।\nतिनीहरूले परमप्रभुलाई पनि पुकारे,\nतर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।"},{"id":43,"text":"भूइँको धूलोजस्तै मैले तिनीहरूलाई धूलोपीठो पारेँ,\nगल्लीको हिलोझैँ मैले तिनीहरूलाई कुल्चें।"},{"id":44,"text":"“मेरा मानिसहरूको आक्रमणबाट\nतपाईंले मलाई छुट्ट्याउनुभएको छ,\nतपाईंले मलाई जाति-जातिहरूका\nनेता हुनलाई जोगाउनुभएको छ,\nअपरिचित मानिसहरू मेरो अधीनमा छन्।"},{"id":45,"text":"विदेशीहरू दण्डवत् गर्दै मकहाँ आउँछन्,\nमेरो आदेश सुन्ने बित्तिकै\nतिनीहरूले सो पालन गर्छन्।"},{"id":46,"text":"विदेशीहरू डरले शिथिल हुन्छन्,\nतिनीहरू आ-आफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्।"},{"id":47,"text":"“परमप्रभु जीवित हुनुहुन्छ!\nमेरो चट्टानको स्तुति-प्रशंसा होस्!\nपरमेश्वर मेरा चट्टान,\nमेरा उद्धारक उच्च होऊन्।"},{"id":48,"text":"उहाँ परमेश्वर हुनुहुन्छ,\nजसले मेरो बदला लिनुहुन्छ,\nउहाँले नै मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ,"},{"id":49,"text":"उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्छ।\nमेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्च पार्नुभयो,\nहिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो।"},{"id":50,"text":"यसैकारण हे परमप्रभु,\nजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, \nर तपाईंका नाउँको स्तुति गाउनेछु।"},{"id":51,"text":"उहाँले आफ्ना राजाहरूलाई महान् विजय दिनुहुन्छ,\nर उहाँका अभिषिक्त राजा दाऊद\nर तिनका वंशमाथि उहाँले सदासर्वदा\nआफ्नो अचूक करुणा देखाउनुहुन्छ।”"}]},{"id":23,"title":"२ शमूएल 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/23-d726a103a19b533988719e099ddf3ee4.mp3?version_id=1483","verses":[{"id":1,"text":"दाऊदका आखिरी वचन यी नै हुन्:\nयिशैका छोरा दाऊदको वाणी यही हो,\nती मानिसको वाणी,\nजसलाई परमेश्वरले उच्च पार्नुभयो,\nयाकूबका परमेश्वरद्वारा अभिषिक्त राजा,\nर इस्राएलका भजनहरू गाउनेको वाणी:"},{"id":2,"text":"“परमप्रभुका आत्मा मद्वारा बोल्नुभयो,\nर उहाँको वचन मेरो मुखमा थियो।"},{"id":3,"text":"इस्राएलका परमेश्वर बोल्नुभयो,\nइस्राएलका चट्टानले मलाई भन्नुभयो:\n‘जसले न्यायसित मानिसहरूलाई शासन गर्छ,\nजसले परमेश्वरको भय राखीकन शासन गर्छ,"},{"id":4,"text":"त्यो सूर्योदय हुँदा बादलरहितका बिहानको ज्योतिजस्तै छ,\nत्योचाहिँ पानी परेपछि जमिनबाट घाँस उमार्ने उज्यालोजस्तै छ’।"},{"id":5,"text":"“के मेरो घराना परमेश्वरसँग ठीक छैन र?\nके उहाँले मसँग सबै भागमा सुरक्षित\nर व्यवस्थित भएको एउटा अनन्त करार बाँध्नुभएको छैन र?\nके उहाँले मेरो उद्धारलाई फलवन्त बनाउनुहुनेछैन र?\nअनि मेरो प्रत्येक इच्छा पूरा गर्नुहुनेछैन र?"},{"id":6,"text":"तर दुष्ट मानिसहरू सबैलाई\nकाँढ़ाजस्तै गरी कतै फालिनुपर्छ,\nजसलाई हातले जम्मा पनि गरिँदैन।"},{"id":7,"text":"फलाम वा काठको हतियारले\nबाहेक काँढ़ालाई कसैले छुँदैन।\nकाँढ़ाहरू जहाँ थुपारिन्छन् त्यहीँ जलाइन्छन्।”"},{"id":8,"text":"दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्। पहिलो तहकमोनीबाटका योशब-बश्शेबेत थिए— तीन जना वीरमध्येका मुख्य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे। "},{"id":9,"text":"ती तीन जना वीरमध्ये दोस्रोचाहिँ अहोही दोदैका छोरा एलाजार थिए। तिनी दाऊदसित पास-दम्मीममा थिए, जहाँ पलिश्तीहरू युद्धको निम्ति जम्मा भएका थिए। जब इस्राएलीहरू पछि हटे तब तिनी एकलै रणभूमिमा खड़ा भएर "},{"id":10,"text":"नथाकुञ्जेल तिनले पलिश्तीहरूलाई तरवारले प्रहार गरी नै रहे, यहाँसम्म कि तिनको हातमा तरवार टाँसिएको थियो। यसरी परमप्रभुले त्यस दिन ठूलो विजय दिनुभयो। त्यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्न मात्र एलाजारकहाँ फर्केर आए।"},{"id":11,"text":"तिनीपछि हरारी आगीका छोरा शम्मा थिए। पलिश्तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए, "},{"id":12,"text":"तब शम्मा त्यस खेतमा अड़िएर बसे, र त्यस खेतको रक्षा गरे, अनि ती पलिश्तीहरूलाई परास्त गरे। यसरी परमप्रभुले फेरि ठूलो विजय दिनुभयो।"},{"id":13,"text":"कटनीको सुरुतिर तीस जना मुख्य मानिसहरूमध्येका ती तीन जना वीरहरू अदुल्लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए। "},{"id":14,"text":"त्यस बेला दाऊद गढ़ीमा थिए, अनि पलिश्तीको फौज बेथलेहेममा थियो। "},{"id":15,"text":"एक दिन दाऊदलाई साह्रो तिर्खा लाग्यो, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकानेरको पानी खान पाए त हुनेथियो।” "},{"id":16,"text":"यसैले ती तीन जना वीरहरू पलिश्तीहरूका पङ्क्तिका बीचबाट छिरिगएर बेथलेहेमको मूल ढोकामा भएको इनारको पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले त्यो पानी पिउनलाई इन्कार गरे। तिनले त्यो पानी परमप्रभुको सामुन्ने खन्याइदिए, "},{"id":17,"text":"र भने, “हे परमप्रभु, मैले यो पानी पिउनु नपरोस्। के म यी मानिसहरूको रगत पिऊँ, जसले यसको निम्ति आफ्नो प्राण खतरामा हाले?” यसैले तिनले त्यो पानी पिएनन्।ती तीन जनाका वीरताको काम यस्तै थियो।"},{"id":18,"text":"सरूयाहका छोरा योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। तिनले तीन सय जनाका विरुद्धमा आफ्नो भाला चलाएर उनीहरूलाई मारे। यसैले ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए। "},{"id":19,"text":"के तिनलाई ती तीन जनालाई भन्दा ठूलो आदरले हेरिँदैनथ्यो र? तिनी तिनीहरूका कप्तान भए, तर ती तीन जनामध्ये तिनी गनिएनन्।"},{"id":20,"text":"यहोयादाका छोरा कब्सेलका बनायाह पनि एक वीर थिए। तिनले धेरै वीरताका काम गरेका थिए। तिनले मोआबका दुई उत्तम पुरुषहरूलाई मारेका थिए, अनि तिनले हिउँ परेको बेलामा खाड़लमा झरेर एउटा सिंहलाई मारेका थिए। "},{"id":21,"text":"तिनले नै एक जना ठूलो आकारको एक जना मिश्रीलाई मारे, जसको हातमा एउटा भाला थियो। बनायाह एउटा लाठो लिएर त्यसकहाँ गए, र त्यस मिश्रीको हातबाट भाला खोसेर त्यसकै भालाले त्यसलाई मारे। "},{"id":22,"text":"यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जना वीरहरूजस्तै तिनी प्रसिद्ध थिए। "},{"id":23,"text":"तिनी ती तीस जनाभन्दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्। दाऊदले तिनलाई आफ्नो अङ्गरक्षकको जिम्मा दिए।"},{"id":24,"text":"योआबका भाइ असाहेल, ती तीस जनामध्येका यी नै हुन्: बेथलेहेमका दोदैका छोरा एल्हानान,"},{"id":25,"text":"हरोदी शम्मा,\nहरोदी एलीका,"},{"id":26,"text":"पल्ती हेलेस,\nतकोका इक्केशका छोरा ईरा,"},{"id":27,"text":"अनातोतका अबीएजेर,\nहूशाती मबुन्ने,"},{"id":28,"text":"अहोही सल्मोन,\nनतोपाती महरै,"},{"id":29,"text":"नतोपाती बानाहका छोरा हेलेद,\nर बेन्यामीनको गिबाका रीबैका छोरा ईथै,"},{"id":30,"text":"पिरातोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,"},{"id":31,"text":"अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,"},{"id":32,"text":"शाल्बोनी एल्याहबा, याशेनका छोराहरू,"},{"id":33,"text":"हरारी शम्माका छोरा जोनाथन, हरारी शरारका छोरा अहीआम,"},{"id":34,"text":"माकाती आहसबैका छोरा एलीपेलेत, गीलोनी अहीतोपेलका छोरा एलीआम,"},{"id":35,"text":"कर्मेलका हेस्रो, अर्बी पारै,"},{"id":36,"text":"सोबाका नातानका छोरा यिगाल, हग्रीका छोरा,"},{"id":37,"text":"अम्मोनी सेलेक, बेरोती नहरै,\nजो सरूयाहका छोरा योआबका\nहतियार बोक्ने थिए,"},{"id":38,"text":"यित्री ईरा, यित्री गारेब,"},{"id":39,"text":"र हित्ती उरियाह।\nसबै जम्मा सैँतीस जना थिए।"}]},{"id":24,"title":"२ शमूएल 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2SA/24-092ff28108bba62684605670cc91899e.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्कियो, अनि उहाँले दाऊदलाई तिनीहरूका विरुद्धमा सुर्याउनुभयो, र तिनलाई इस्राएल र यहूदाको गणना गर्नू भनी हुकुम गर्नुभयो। "},{"id":2,"text":"यसैकारण दाऊदले योआब र तिनीसँग भएका सेनापतिहरूलाई दानदेखि बेर्शेबासम्म इस्राएलका सबै कुलहरूका चारैतिर गएर लड़ाकू मानिसहरूको गणना गरेर तिनीहरूको संख्या तिनीकहाँ ल्याउन भनी हुकुम गरे।"},{"id":3,"text":"तर योआबले राजालाई भने, “परमप्रभु हजूरका परमेश्वरले मानिसहरूलाई सय गुणा वृद्धि गरिदेऊन्, र हजूर मेरा मालिकका आँखाले ती सबै कुरा देख्न पाऊन्। तर मेरा मालिक राजाले यस्तो काम किन गर्न चाहनुहुन्छ?”"},{"id":4,"text":"तर राजाको आज्ञा योआब र सेनापतिहरूमाथि प्रबल भयो, र इस्राएलका लड़ाकू मानिसहरूको गन्ती गर्नलाई तिनीहरू राजाका सामुबाट निस्के।"},{"id":5,"text":"तिनीहरूले यर्दन पार गरे, र अरोएरनेरका दक्षिणपट्टिको खोलामा पाल टाँगे, गाद भएर याजेरसम्म अगि बढ़े। "},{"id":6,"text":"तब तिनीहरू गिलाद र तातीम-होदशी अनि दान-यानमा र सीदोनको फेरो मारे। "},{"id":7,"text":"तिनीहरू टुरोसको गढ़ीसम्म गए, र हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। त्यसपछि यहूदाको नेगेव भनिने दक्षिण देशको बेर्शेबामा गए।"},{"id":8,"text":"तिनीहरूले जम्मै देश छिचले, अनि नौ महिना बीस दिनपछि यरूशलेममा फर्किआए।"},{"id":9,"text":"तब योआबले मानिसहरूको जम्मा संख्या राजालाई यसरी बताइदिए: हतियार चलाउन सक्ने लड़ाकू मानिसहरू इस्राएलमा आठ लाख र यहूदामा पाँच लाख थिए।"},{"id":10,"text":"मानिसहरूको जनगणना गरिसकेपछि दाऊदको विवेकले तिनलाई सतायो, र तिनले परमप्रभुलाई भने, “मैले साह्रै दुष्ट काम गरेको छु! हे परमप्रभु, बिन्ती छ, आफ्नो दासको अपराधलाई दूर गर्नुहोस्। म साह्रै मूर्ख भएँ।”"},{"id":11,"text":"तिनी भोलिपल्ट बिहानै उठे। तर यसै बीचमा परमप्रभुको वचन दाऊदका अगमवक्ता गादकहाँ आइसकेको थियो: "},{"id":12,"text":"“गएर दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: म तेरो अगि तीन वटा कुरा दिँदैछु। तीमध्ये एउटा चुन्, र त्यही नै म तँमाथि ल्याउनेछु’।”"},{"id":13,"text":"तब गाद आएर त्यही कुरा दोहोर्याएर दाऊदलाई भने, “हजूरको देशमा तीन वर्षसम्म अनिकाल परोस्, अथवा तीन महिनासम्म हजूरलाई खेद्ने शत्रुहरूबाट भागिरहने हजूरको अवस्था होस्, वा हजूरको देशमा तीन दिनसम्म रूढ़ी चलोस्? अब विचार गर्नुहोस्, र मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्छ सो भन्नुहोस्।”"},{"id":14,"text":"तब दाऊदले गादलाई भने, “म त साह्रै सङ्कष्टमा परेको छु। हामीलाई परमप्रभुको हातमा पर्नु नै बेस होला, किनभने उहाँको करुणा महान् छ। तर मलाई मानिसहरूका हातमा पर्नु नपरोस्।”"},{"id":15,"text":"यसैकारण बिहानदेखि तोकेको समयसम्म इस्राएलभरि परमप्रभुले रूढ़ी पठाइदिनुभयो, र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे। "},{"id":16,"text":"जब स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई त्यसतिर आफ्नो हात पसारे, तब त्यस्तो सत्यानाश गर्नदेखि परमप्रभुको मन बदल्यो, र मानिसहरूलाई नाश गर्ने ती स्वर्गदूतलाई उहाँले भन्नुभयो, “बस, भयो। तिम्रो हात थाम।” त्यस बेला परमप्रभुका ती दूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए।"},{"id":17,"text":"जब दाऊदले मानिसहरूलाई मार्दैगर्ने ती स्वर्गदूतलाई देखे, तब तिनले परमप्रभुलाई भने, “यो खराबी त मैले पो गरेको हुँ, पाप मेरै हो। तर यी बिचरा भेड़ाहरूले के गरेका थिए? तपाईंको हात म र मेरो घरानामाथि परोस्।”"},{"id":18,"text":"त्यही दिन गाद दाऊदकहाँ आएर तिनलाई भने, “गएर यबूसी अरौनाको खलामा प्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्।” "},{"id":19,"text":"गादद्वारा परमप्रभुले आज्ञा गर्नुभएझैँ दाऊदमाथि उक्लेर गए। "},{"id":20,"text":"जब अरौनाले राजा र तिनका मानिसहरूलाई आफू भएतिर आइरहेका देखे, तब तिनी गएर राजाको सामुन्ने घोप्टो परी दण्डवत् गरेर भने, “हजूर किन हजूरको दासलाई भेट गर्नलाई आउनुभयो?”"},{"id":21,"text":"दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रूढ़ी बन्द होस् भनी परमप्रभुको निम्ति एउटा वेदी बनाउनलाई तिम्रो खला किन्न भनी म आएको हुँ।”"},{"id":22,"text":"अरौनाले दाऊदलाई भने, “बिन्ती छ, हजूर, त्यो लानुहोस्, र जस्तो योग्य सम्झनुहुन्छ, त्यस्तो बलिदान चढ़ाउनुहोस्। होमबलिको निम्ति मकहाँ गोरुहरू र दाउराको निम्ति तिनका जुवा र दाइँ गर्ने काठहरू छन्।” "},{"id":23,"text":"अरौनाले यो सबै राजालाई तिनका कामको निम्ति दिएर भने, “परमप्रभु हजूरका परमेश्वरले हजूरलाई ग्रहण गरून्।”"},{"id":24,"text":"तर राजाले अरौनालाई भने, “होइन, म ती तिमीबाट किन्नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढ़ाउनेछैनँ।”यसकारण दाऊदले त्यो खला र गोरुहरू चाँदीका पचास सिक्कामा किने। "},{"id":25,"text":"त्यहाँ तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए, र होमबलि र मेलबलिहरू चढ़ाए। तब देशको निम्ति तिनले गरेको प्रार्थना परमप्रभुले स्वीकार गर्नुभयो, र इस्राएलमा चलेको रूढ़ी थामियो।"}]}]}