-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
2TI.json
1 lines (1 loc) · 27.7 KB
/
2TI.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"रोममा दोस्रो पटक कैदमा हुँदा, पावलले तिमोथीलाई यो पत्र लेखेका थिए। त्यतिबेला तिमोथी एफिससमा भएको ख्रीष्टियान मण्डलीको एक जना मुख्य अगुवा थिए (हेर्नोस् १ तिमोथीको परिचय)।"},{"id":2,"text":"बाइबलका धेरैजसो विद्वानहरूको विचार अनुसार, पावलले पहिलो कैदबाट छुटकारा पाए (प्रेरित २८:१६,३०), तर केही समयपछि फेरि थुनिएर तिनी रोमीहरूका हातबाट मारिए। पावलले यो पत्र ईस्वी सम्बत् ६६-६७ मा रोमका झ्यालखानबाट लेखेका थिए।"},{"id":3,"text":"यो पत्र लेख्दा आफ्नो आखिर अवस्था नजिक आइपुगेको छ भन्ने पावललाई पूरा थाहा थियो (२ तिमोथी ४:६)। नयाँ करारमा भएका पावलका पत्रहरूमध्ये यो पत्र सबैभन्दा पछि लेखिएको पत्र हो।"}]},{"id":1,"title":"२ तिमोथी 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2TI/1-d4ba0537f7ea74133cfba6ec62d68abe.mp3?version_id=1483","verses":[{"id":1,"text":"ख्रीष्ट येशूमा भएका जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, "},{"id":2,"text":"मेरो प्रिय बालक, तिमोथीलाई:परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति।"},{"id":3,"text":"जब म तिमीलाई निरन्तर आफ्ना प्रार्थनाहरूमा सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। "},{"id":4,"text":"तिम्रो आँसु सम्झँदा रातदिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ, र म आनन्दले भरिन सकूँ। "},{"id":5,"text":"मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ। त्यो विश्वास, जो पहिले तिम्री बज्यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ, त्यो विश्वास तिमीमा पनि रहेको छ। "},{"id":6,"text":"त्यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्वरको वरदानलाई प्रज्वलित राख। "},{"id":7,"text":"किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।"},{"id":8,"text":"यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख-भोगमा तिमी सहभागी होऊ। "},{"id":9,"text":"उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो, "},{"id":10,"text":"जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो। "},{"id":11,"text":"यसै सुसमाचारको निम्ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भएँ।"},{"id":12,"text":"यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ।"},{"id":13,"text":"ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर। "},{"id":14,"text":"तिमीलाई जिम्मा लाएको सत्यलाई हामीमा वास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख।"},{"id":15,"text":"एशियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्ये फुगेलस र हर्मोगेनस हुन्।"},{"id":16,"text":"प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्सर हौसला दिन्थे, र मेरो साङ्लाको शर्म मान्दैनथे, "},{"id":17,"text":"तर तिनी रोम आएपछि धुँइधुँइती खोजेर मलाई भेट्टाए। "},{"id":18,"text":"प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्। तिमीलाई राम्ररी थाहै छ, एफिससमा तिनले मेरो पूरा सेवा गरेथे।"}]},{"id":2,"title":"२ तिमोथी 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2TI/2-828fb952fb71f72214abf3eed7145877.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण तिमी, मेरो बालक, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। "},{"id":2,"text":"धेरै जना साक्षीहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। "},{"id":3,"text":"ख्रीष्ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ। "},{"id":4,"text":"सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। "},{"id":5,"text":"प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। "},{"id":6,"text":"परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनुपर्दछ। "},{"id":7,"text":"म के भन्दछु त्यो विचार गर, किनभने प्रत्येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ।"},{"id":8,"text":"मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्टलाई सम्झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो। "},{"id":9,"text":"त्यही सुसमाचार, जसको निम्ति म कष्ट भोगिरहेछु र अपराधीजस्तै साङ्लामा बाँधिएको छु। तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन। "},{"id":10,"text":"यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्त महिमासहित ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकून्। "},{"id":11,"text":"यो भनाइ निश्चित छ,\nयदि हामी उहाँसँग मरेका छौं भने,\nहामी पनि उहाँसँगै जिउनेछौं,"},{"id":12,"text":"हामीले सह्यौं भने,\nहामी पनि उहाँसँगै राज्य गर्नेछौं,\nहामीले उहाँलाई इन्कार गर्यौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ,"},{"id":13,"text":"हामी अविश्वासी छौं भने,\nउहाँ विश्वासयोग्य रहनुहुनेछ,\nकिनकि उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न।"},{"id":14,"text":"यो कुरा तिनीहरूलाई सम्झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्नेहरूलाई हानि पुर्याउँछ। "},{"id":15,"text":"शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर। "},{"id":16,"text":"भक्तिहीन बकबक त्याग, किनकि यसले मानिसहरूलाई झन् बढ़ी भक्तिहीनतातिर लानेछ। "},{"id":17,"text":"तिनीहरूको बातचीत सइनको घाउजस्तो गाडिँदैजानेछ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्। "},{"id":18,"text":"पुनरुत्थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्यबाट तर्किएका छन्। कति जनाको विश्वासलाई यिनीहरूले खलबल्याइरहेका छन्। "},{"id":19,"text":"तर परमेश्वरको दृढ़ जग खड़ै रहन्छ, र त्यसमा यो छाप लागेको छ, “प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्।”"},{"id":20,"text":"ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति। "},{"id":21,"text":"जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका कामको लागि एउटा पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ।"},{"id":22,"text":"यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। "},{"id":23,"text":"तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर— तिमी जान्दछौ यिनीहरूबाट झगड़ा हुन्छ। "},{"id":24,"text":"प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील, "},{"id":25,"text":"र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ, "},{"id":26,"text":"र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्कनेछन्, जसले तिनीहरूलाई त्यसको इच्छाअनुसार चल्नलाई कैदी बनाएको छ।"}]},{"id":3,"title":"२ तिमोथी 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2TI/3-4e1d26b51f424b8dc563a7c53891e411.mp3?version_id=1483","verses":[{"id":1,"text":"तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। "},{"id":2,"text":"किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, "},{"id":3,"text":"स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, "},{"id":4,"text":"विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, "},{"id":5,"text":"भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस।"},{"id":6,"text":"किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्ना अधीनमा पार्छन्। "},{"id":7,"text":"जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्। "},{"id":8,"text":"यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेजस्तै, यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन्।"},{"id":9,"text":"तर तिनीहरू अझ धेरै टिक्न सक्नेछैनन्, किनकि ती दुई मानिसको जस्तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।"},{"id":10,"text":"अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ, "},{"id":11,"text":"मेरा सतावटहरू र मेरा कष्टहरू एन्टिओखियामा, आइकोनियनमा र लुस्त्रामा ममाथि के पर्न आयो र कस्ता-कस्ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।"},{"id":12,"text":"ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्, "},{"id":13,"text":"तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्।"},{"id":14,"text":"तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ। "},{"id":15,"text":"तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। "},{"id":16,"text":"सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, "},{"id":17,"text":"ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।"}]},{"id":4,"title":"२ तिमोथी 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/2TI/4-ea2425dd1cc2e6dd77a16eff21ff5f98.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरको सामने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रीष्ट येशूको सामने, अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु, "},{"id":2,"text":"वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक। "},{"id":3,"text":"किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, "},{"id":4,"text":"र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्। "},{"id":5,"text":"तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।"},{"id":6,"text":"किनभने, म त बलिको रूपमा अर्पण हुन लागेको छु, र मेरो बिदाइको बेला आएको छ। "},{"id":7,"text":"मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्वासलाई बचाइराखेको छु। "},{"id":8,"text":"अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुनेछ।"},{"id":9,"text":"मकहाँ चाँड़ै आउनलाई भरमग्दूर कोसिस गर। "},{"id":10,"text":"किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।"},{"id":11,"text":"लूका मात्र मसँग छन्। मर्कूसलाई खोजेर तिमी साथै ल्याऊ, किनकि तिनी मेरा सेवा गर्नमा खूबै उपयोगी छन्।"},{"id":12,"text":"तर तुखिकसलाई मैले एफिससमा पठाएको छु।"},{"id":13,"text":"त्रोआसमा कार्पसकहाँ मैले छोड़ेका खास्टो र पुस्तकहरू, विशेष गरी चर्मपत्रहरू तिमी आउँदा तिम्रो साथ लिएर आऊ।"},{"id":14,"text":"तमौटे अलेक्जेन्डरले मलाई ज्यादै खराबी गर्यो। प्रभुले त्यसलाई त्यसका कामअनुसार बदला दिनुहुनेछ।"},{"id":15,"text":"त्यसदेखि तिमी पनि होशियार बस, किनकि त्यसले हाम्रो प्रचारको घोर विरोध गर्यो।"},{"id":16,"text":"मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्! "},{"id":17,"text":"तर सबै अन्यजातिहरूले सुन्न सकून् भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ। "},{"id":18,"text":"प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको निम्ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्। आमेन।"},{"id":19,"text":"प्रिस्किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ।"},{"id":20,"text":"इरास्तस कोरिन्थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामा छोडें।"},{"id":21,"text":"हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि।"},{"id":22,"text":"प्रभु तिम्रो आत्मासँग रहून्। तिमीसित अनुग्रह रहोस्।"}]}]}