-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
3JN.json
1 lines (1 loc) · 5.86 KB
/
3JN.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यो पत्र यूहन्नाले पहिलो र दोस्रो पत्र जस्तै ईश्वी सम्बत्को पहिलो शताब्दीको अन्ततिर लेखेको थियो। यो पत्र गायस नाउँ भएका एक जना मानिसलाई व्यक्तिगत रूपमा लेखिएको हो। उक्त गायस को थिए भन्ने कसैलाई निश्चित थाहा छैन।"}]},{"id":1,"title":"३ यूहन्ना 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/3JN/1-6effd224303a6f9a0a0d1b332473290f.mp3?version_id=1483","verses":[{"id":1,"text":"एल्डरबाट, मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु।"},{"id":2,"text":"प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु। "},{"id":3,"text":"कति जना भाइहरू आएर तिम्रो जीवनका सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँच्ची नै सत्यताको अनुसरण गर्दछौ। "},{"id":4,"text":"मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र?"},{"id":5,"text":"प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ। "},{"id":6,"text":"तिनीहरूले मण्डलीको सामुन्ने तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्ध मिलाइदियौ भने तिमीले असल गर्दछौ। "},{"id":7,"text":"किनभने अविश्वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्केका हुन्। "},{"id":8,"text":"यसकारण यस्ता मानिसहरूलाई सेवा-सत्कार गर्नुपर्छ, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं। "},{"id":9,"text":"मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले मेरो अधिकार स्वीकार गर्दैन। "},{"id":10,"text":"यसकारण जब म आउँछु, त्यसले गरिरहेका कामहरूको कुरा उठाउनेछु। हाम्रा विरुद्धमा त्यसले खराब कुराहरू बकिहिँड्छ। त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई स्वागत गर्न इन्कार गर्छ, र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।"},{"id":11,"text":"प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन। "},{"id":12,"text":"डेमेत्रियसको निम्ति त सबै मानिसले गवाही दिएका छन्, र सत्यले पनि सो गवाही दिन्छ। हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ कि हाम्रो गवाही सत्य छ।"},{"id":13,"text":"मैले धेरै कुराहरू लेख्नुपर्नेथियो, तर मसी र कलमले ती तिमीलाई लेख्न म चाहन्नँ। "},{"id":14,"text":"तर तिमीलाई चाँड़ै भेट्ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला।"},{"id":15,"text":"तिमीलाई शान्ति मिलोस्। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ।"}]}]}