-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
AMO.json
1 lines (1 loc) · 61.1 KB
/
AMO.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"आमोस नाउँको अर्थ “बोझ बोक्ने” हो। यो भविष्यवक्ताले ७६०-७५३ ई.पू. मा इस्राएलको निम्ति भविष्यवाणी गरे। उनी पेशागत रूपमा भविष्यवक्ता थिएनन्, उनी तकोको गोठालाहरूमध्ये एक थिए (१:१)। तर यहूदाबाट गएर इस्राएलमा जसले भौतिक उन्नति र राजनैतिक उन्नतिको समयमा परमेश्वरलाई बिर्सेका थिए जसको विरूद्ध परमेश्वरको न्यायको सन्देश बोल्न विशेष बोलावट पाएका थिए।"},{"id":2,"text":"इस्राएल विरुद्धमा इस्राएल अश्शूर देशको अधिनमा ७२२ ई.पू. मा आउनुभन्दा ४० वर्षअघि आमोसले भविष्यवाणी गरे। उनको यो भविष्यवाणी “धिक्कार तिनीहरूलाई, जो सियोनमा सुखसित रहन्छन्…” त्यति मनपर्दो सन्देश थिएन तर यो परमेश्वरको सन्देश थियो। अध्याय १-२ मा आठ पटकको वचनमा परमेश्वरको न्यायको घोषणा; अध्याय ३-६ मा तीन उपदेशहरूबाट न्यायको व्याख्या; अध्याय ७:१—९:१० सम्म पाँच वटा दर्शनहरूबाट न्यायको सचित्र र ९:११-१५ चार प्रतिज्ञाहरूबाट आशिष्को प्रतिज्ञा गरिएको पाउँछौं।"}]},{"id":1,"title":"आमोस 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/1-b39582326493fc6794c56f9934536b5d.mp3?version_id=1483","verses":[{"id":1,"text":"तकोमा बस्ने गोठालाहरूमध्येका एक जना आमोसका वचन— यहूदाका राजा उज्जियाह र येहोआशका छोरा इस्राएलका राजा यारोबामका पालामा, भूकम्पका दुई वर्षअघि इस्राएलको विषयमा तिनले देखेका कुरा यी नै हुन्। "},{"id":2,"text":"तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्छन्।” "},{"id":3,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “दमस्कसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले गिलादलाई फलामको दाँते घनले दाइँ गरेको हुनाले, "},{"id":4,"text":"म हजाएलको घरमा आगो पठाइदिनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ। "},{"id":5,"text":"म दमस्कसको मूल ढोका भाँचिदिनेछु। आवनको उपत्यकामा भएको राजालाई र बेथ-अदनमा राजदण्ड लिनेलाई सर्वनाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभुले भन्नुहुन्छ।"},{"id":6,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “गाजाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सम्पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्पिदिनलाई कैद गरेर लग्यो। "},{"id":7,"text":"म गाजाका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ। "},{"id":8,"text":"म अश्दोदको राजालाई र अश्कलोनको राजदण्ड लिनेलाई सर्वनाश पार्नेछु। म एक्रोनको विरुद्धमा मेरो हात चलाउनेछु, जबसम्म पलिश्तीहरू आखिरीसम्म मर्नेछैनन्,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।"},{"id":9,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “टुरोसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सम्पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्पिदिएको हुनाले, र दाजुभाइहरूले आपसमा बाँधेको करारको सम्झना नगरेकोले, "},{"id":10,"text":"म टुरोसका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ।”"},{"id":11,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “एदोमका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सबै दयालाई रोकेर एउटा तरवार लिई आफ्ना भाइहरूलाई खेदेको हुनाले, र त्यसको रीस निरन्तर दन्किरहेको र आफ्नो क्रोध सधैँसम्मको लागि जलिरहेकोले, "},{"id":12,"text":"म तेमानमा आगो पठाइदिनेछु, र त्यसले बोज्राका किल्लाहरू भस्म पार्नेछ।”"},{"id":13,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “अम्मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले आफ्ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरेको हुनाले, "},{"id":14,"text":"म रब्बाका पर्खालहरूमा आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू त्यस लड़ाइँको दिनमा होहल्लासँग, त्यो प्रचण्ड आँधीबेहरीको दिनमा भस्म पार्नेछ। "},{"id":15,"text":"त्यसको राजा निर्वासनमा जानेछ, त्यो र त्यसका अधिकारीहरू सबै,” परमप्रभु भन्नुहुन्छ।"}]},{"id":2,"title":"आमोस 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/2-7ce307d0aa2dfa45d63ce26934e7e95a.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “मोआबका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले "},{"id":2,"text":"म मोआबमा आगो पठाइदिनेछु, र त्यसले किर्योतका किल्लाहरू भस्म पार्नेछ। मोआबचाहिँ खैलाबैला, ठूलो युद्ध-ध्वनि र तुरहीको सोरमा नष्ट हुनेछ। "},{"id":3,"text":"म त्यसको शासक र त्यसका सबै अधिकारीहरूलाई सर्वनाश गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":4,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले परमप्रभुको व्यवस्थालाई अस्वीकार गरेका हुनाले, र उहाँका विधिहरू पालन नगरेकाले, र तिनीहरूका पिता-पुर्खाहरूले पछ्याएका झूटा देवताहरूद्वारा तिनीहरू भ्रममा परेका हुनाले, "},{"id":5,"text":"म यहूदामा आगो पठाइदिनेछु, र त्यसले यरूशलेमका किल्लाहरू भस्म पार्नेछ।”"},{"id":6,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “इस्राएलका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले धर्मात्माहरूलाई चाँदीमा र दरिद्रहरूलाई एक जोर जुत्तामा बेच्छन्। "},{"id":7,"text":"तिनीहरू गरीबहरूका टाउकामाथि भूमिको धूलोमा गरेझैँ कुल्चन्छन्, र पीडितहरूको न्यायलाई नामन्जूर गर्दछन्। बुबा र छोरो एउटै तरुणीकहाँ गएर मेरो पवित्र नाउँ अपवित्र पार्छन्। "},{"id":8,"text":"तिनीहरू हरेक वेदीको छेउमा बन्धकका लुगाहरूमा सुत्छन्। जरीमाना स्वरूप पाएको दाखमद्य आफ्नो देवताको मन्दिरमा खान्छन्।"},{"id":9,"text":"“मैले तिनीहरूका सामुबाट एमोरीलाई सर्वनाश गरिदिएँ, जसको अल्गाइ देवदारुको र बलचाहिँ फलाँटका रूखको जस्तै थियो। मैले त्यसका माथितिरका फल र त्यसका तलतिरका जरा नष्ट पारिदिएँ। "},{"id":10,"text":"“एमोरीहरूको देश दिनलाई मैले तिमीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याएँ, र मरुभूमिमा चालीस वर्ष डोर्याएँ। "},{"id":11,"text":"त्यसबाहेक मैले तिमीहरूका छोराहरूमध्येबाट अगमवक्ताहरू र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू खड़ा गरें। हे इस्राएलका मानिसहरू हो, के यो कुरा सत्य होइन?” परमप्रभु भन्नुहुन्छ। "},{"id":12,"text":"“तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन लायौ, र अगमवक्ताहरूलाई ‘अगमवाणी नभन’ भनी आज्ञा दियौ।"},{"id":13,"text":"“हेर त, अब म तिमीहरूलाई अन्न भरिएको गाड़ाले किचेझैँ किच्नेछु। "},{"id":14,"text":"वेगसित दगुर्नेले उम्कन पाउनेछैन, र बलियाले आफ्नो बल प्रयोग गर्न सक्नेछैन, न त शक्तिशालीले आफ्नो प्राण बचाउन सक्नेछ। "},{"id":15,"text":"धनु चलाउने खड़ा हुनेछैन, र फूर्तिसित दगुर्नेले आफैलाई बचाउन सक्नेछैन, न त घोड़ामा सवार हुनेले आफ्नो प्राण बचाउन सक्छ। "},{"id":16,"text":"सबैभन्दा साहसी योद्धाहरू पनि त्यस दिन नाङ्गै भाग्नेछन्,” परमप्रभु भन्नुहुन्छ।"}]},{"id":3,"title":"आमोस 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/3-af6960ba070859d01cde2fdb710914df.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे इस्राएलका मानिस हो, परमप्रभुले तिमीहरूका विरुद्धमा भन्नुभएको यो वचन सुन, अर्थात् मिश्रदेशबाट मैले ल्याएका सारा परिवारका विरुद्धमा, "},{"id":2,"text":"“पृथ्वीका सबै परिवारहरूमध्ये मैले केवल तिमीहरूलाई मात्र चुनेको छु। यसैकारण तिमीहरूका सबै अधर्मका लागि म तिमीहरूलाई दण्ड दिनेछु।”"},{"id":3,"text":"के दुई जना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र? "},{"id":4,"text":"के शिकार नभए झाड़ीमा सिंह गर्जन्छ र? केही फेला नपारीकन त्यो आफ्नो ओड़ारमा ङ्यार्रङुर्र गर्छ र? "},{"id":5,"text":"के भूइँमा पासो नथापीकनै चरो त्यसमा पर्छ र? के समात्नलाई केही नभएसम्म धराप भूइँबाट माथि उछिट्टिन्छ र? "},{"id":6,"text":"कुनै सहरमा के तुरही फुकेपछि मानिसहरू डराउँदैनन् र? परमप्रभुले नपठाउनुभएसम्म के कुनै सहरमा विपत्ति आउँछ र?"},{"id":7,"text":"निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास, अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न। "},{"id":8,"text":"सिंह गर्जेको छ, को डराउँदैन? परमेश्वर बोल्नुभएको छ, कसले अगमवाणी नबोली छोड्दैन र?"},{"id":9,"text":"अश्दोदका किल्लाहरू र मिश्रदेशका किल्लाहरूलाई घोषणा गर: “सामरियाका पहाड़हरूमा तिमीहरू भेला होओ। त्यहाँभित्र भएको ठूलो खैलाबैलालाई र त्यसका मानिसहरूका बीचमा भएको अत्याचारलाई हेर।” "},{"id":10,"text":"परमप्रभु भन्नुहुन्छ, “तिनीहरू ठीक काम गर्न जान्दैनन्। तिनीहरू लूट र डकैतीका माल आफ्ना किल्लाहरूभित्र सञ्चय गर्छन्।”"},{"id":11,"text":"यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “एक जना शत्रुले देशलाई चढ़ाइ गर्नेछ, त्यसले तेरा गढ़ीहरूलाई नाश गर्नेछ, र तेरा किल्लाहरू लुट्नेछ।”"},{"id":12,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “जसरी गोठालाले सिंहको मुखबाट खुट्टाका दुई हड्डी अथवा कानको एक टुक्रा मात्र छुटाउँछ, त्यसरी नै सामरियामा पलङ्गको किनारमा र आफ्ना गद्दीका कुनामा बस्ने इस्राएलीहरू छुटाइनेछन्।"},{"id":13,"text":"“यो सुन, र याकूबका घरानाको विरुद्धमा यो गवाही देऊ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर घोषणा गर्नुहुन्छ। "},{"id":14,"text":"“जुन दिनमा इस्राएललाई त्यसका पापहरूका लागि दण्ड दिनेछु, म बेथेलका वेदीहरूलाई सर्वनाश गर्नेछु, र वेदीका सीङहरू च्वाट्टै काटिएर भूइँमा खस्नेछन्। "},{"id":15,"text":"म हिउँदमा बस्ने निवासस्थान र गर्मीमा बस्ने निवासस्थान दुवै सर्वनाश गर्नेछु, र हस्तिहाड़ले सिँगारिएका घरहरू नष्ट हुनेछन्, र भवनहरू भत्काइनेछन्,” परमप्रभु भन्नुहुन्छ।"}]},{"id":4,"title":"आमोस 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/4-71d851749896ed2d4cfc5e068c4d4c43.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे सामरिया डाँड़ामा बस्ने बाशानका गाई हो, तिमी स्त्रीहरू, जो गरीबहरूलाई थिचोमिचो गर्दछौ, र दरिद्रहरूलाई पेल्दछौ, र आफ्ना पतिहरूलाई भन्दछौ, “हामीहरूलाई केही पिउनलाई ल्याइदिनुहोस्।” तिमीहरू यो वचन सुन। "},{"id":2,"text":"परमप्रभु परमेश्वरले आफ्नो पवित्रताद्वारा यो शपथ खानुभएको छ, “हेर, समय निश्चय नै आउनेछ, जब तिमीहरूलाई अंकुसेले र तिमीहरूका बाँकी रहेकाहरूलाई बल्छीले समातेर लगिनेछन्। "},{"id":3,"text":"तिमीहरू हरेक जना पर्खालका धाँदाहरूका बीचबाट भएर सोझै जानेछौ, र तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":4,"text":"“बेथेलमा गएर पाप गर। गिलगालमा गएर अझ धेरै पाप गर। बिहानैपिच्छे तिमीहरूका भेटी ल्याओ र प्रत्येक तेस्रो वर्षमा आ-आफ्नो दशांश ल्याओ। "},{"id":5,"text":"खमिर हालेको रोटी धन्यवाद बलि चढ़ाओ, र स्वेच्छा बलिका लागि धाक लगाउँदै हिँड़, तिनको कारणले घमण्ड गर, किनकि तिमी इस्राएली हौ, तिमीहरूलाई त्यसै गर्न मन पर्छ,” परमप्रभु परमेश्वर भन्नुहुन्छ।"},{"id":6,"text":"“मैले हरेक सहरहरूमा तिमीहरूलाई रित्तो पेट र हरेक नगरमा रोटीको अभाव पारिदिएँ, तापनि तिमीहरू मतिर फर्केर आएका छैनौ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":7,"text":"“कटनी गर्ने समय अझै अरू तीन महिना बाँकी रहँदै मैले तिमीहरूबाट वर्षा रोकें। मैले एउटा नगरमा वर्षाको पानी पठाइदिएँ, तर अर्कोमा पठाइनँ। एउटा खेतमा पानी पर्यो, अर्कोमा केही पनि परेन र त्यो सुक्यो। "},{"id":8,"text":"मानिसहरू नगर-नगर हुँदो पानीको लागि धरमरिँदै हिँड़े, तर पिउनलाई यथेष्ट पाएनन्, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":9,"text":"“मैले धेरै पल्ट तिमीहरूका बगैँचा र तिमीहरूका दाखबारीमा रोग र ढुसीद्वारा प्रहार गरें। तिमीहरूका नेभारा र भद्राक्षका रूखहरूलाई सलहहरूले सखाप पारे, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":10,"text":"“मैले तिमीहरूका बीचमा मिश्रदेशलाई गरेझैँ रूढ़ीहरू पठाएँ। मैले तिमीहरूका जवान मानिसहरूलाई तिमीहरूले पक्रेर ल्याएका घोड़ाहरूसमेत तरवारले मारें, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूका नाकसम्मै भरिदिएँ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":11,"text":"“मैले तिमीहरूमध्ये कति जनालाई सदोम र गमोरालाई जस्तै गरी ध्वंस पारिदिएँ। तिमीहरू जलिरहेको आगोबाट झिकेको अगुल्टोजस्तै थियौ, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ। "},{"id":12,"text":"“यसकारण हे इस्राएली हो, म तिमीहरूलाई यसो गर्नेछु, म यसो गर्न लागेको कारणले, हे इस्राएली हो, तिमीहरूका परमेश्वरसित भेट गर्न तिमीहरू तयार होओ।”"},{"id":13,"text":"जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ, मानिसहरूलाई आफ्ना विचार प्रकट गर्छ, प्रभातलाई अँध्यारो पार्छ र पृथ्वीका अल्गा-अल्गा ठाउँहरूमा हिँड्छ— सर्वशक्तिमान् परमप्रभु परमेश्वर उहाँको नाउँ नै हो।"}]},{"id":5,"title":"आमोस 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/5-e2ab473f5f4161687ad94782e69ff117.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे इस्राएलका घराना हो, तिमीहरूका विषयमा मैले गरेको यो विलाप सुन: "},{"id":2,"text":"“कन्ये-केटी इस्राएल फेरि कहिल्यै नउठ्ने गरी लोटेकी छ, त्यो आफ्नै देशमा त्यागिएकी छ, त्यसलाई उठाउने कोही छैन।”"},{"id":3,"text":"परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “जुन सहरबाट इस्राएलको निम्ति हजार जना बाहिर निस्कन्छन्, त्यसमा एक सय मात्र रहन्छन्। सय जना बाहिर निस्कनेका दश जना मात्र बाँच्नेछन्।”"},{"id":4,"text":"इस्राएलका घरानालाई परमप्रभु यसो भन्नुहुन्छ: “मलाई खोज र बाँच। "},{"id":5,"text":"बेथेललाई नखोज, गिलगालमा नजाओ, बेर्शेबामा यात्रा नगर, किनकि गिलगाल अवश्य निर्वासनमा जानेछ, र बेथेलचाहिँ केही न केहीको हुनेछ।” "},{"id":6,"text":"परमप्रभुको खोजी गर र बाँच, नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै भएर जानुहुनेछ, र त्यसले भस्म पार्छ, र बेथेलमा त्यो निभाउने कोही हुनेछैन।"},{"id":7,"text":"न्यायलाई तीतो बनाउने र धर्मलाई माटोमा मिलाउने तिमीहरू हौ। "},{"id":8,"text":"(किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्धकारलाई प्रभातकालको उज्यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनमा खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो। "},{"id":9,"text":"उहाँले बलियाको विरुद्ध एक्कासि सर्वनाश ल्याउनुहुन्छ, र किल्लाबन्दी गरिएको सहर नाश गर्नुहुन्छ), "},{"id":10,"text":"न्यायालयमा बसेर हप्काउनेलाई तिमीहरू घृणा गर्छौ, र सत्य बोल्नेलाई पनि तिमीहरू घृणा गर्छौ।"},{"id":11,"text":"तिमीहरू कङ्गालीलाई कुल्चन्छौ, र अन्न दिन तिनीहरूलाई करकाप गर्दछौ। यसैकारण ढुङ्गाका ठूला-ठूला घरहरू तिमीहरूले बनाए तापनि तिमीहरू तिनमा बस्नेछैनौ। तिमीहरूले लहलहाउँदो दाखबारी लगाए तापनि तिमीहरूले तिनका दाखमद्य पिउनेछैनौ। "},{"id":12,"text":"किनकि म जान्दछु, तिमीहरूका दोषहरू कति धेरै छन्, र तिमीहरूका पाप कति ठूला छन्।तिमीहरू धर्मात्माहरूलाई सताउँदछौ र घूस लिन्छौ। न्यायालयमा गरीबहरूलाई न्यायदेखि वञ्चित गर्छौ। "},{"id":13,"text":"यसैकारण बुद्धिमान् मानिस यस्तो समयमा चूप लागिरहन्छ, किनकि समय खराब छ।"},{"id":14,"text":"भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँचिरहो। तब तिमीहरूले भनेझैँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिमीहरूसँग रहनुहुनेछ। "},{"id":15,"text":"खराबीलाई घृणा, भलाइलाई प्रेम गर। न्यायालयमा न्याय कायम राख। शायद सर्वशक्तिमान् परमप्रभु परमेश्वरले योसेफका बाँचेकाहरूमाथि कृपा गर्नुहुनेछ।"},{"id":16,"text":"यसकारण परमप्रभु, सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “सबै सड़कहरूमा रुवाबासी हुनेछ, र हरेक चोकमा तिनीहरूले हाय, हाय गर्नेछन्। किसानहरू विलाप गर्न र मलामीहरू शोक गर्न बोलाइनेछन्। "},{"id":17,"text":"सबै दाखबारीमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":18,"text":"धिक्कार तिमीहरूलाई, जो परमप्रभुका दिनको अति इच्छा गर्दछौ! परमप्रभुका दिनको तिमीहरू किन इच्छा गर्दछौ? त्यो दिन त अन्धकार हुनेछ, उज्यालो होइन। "},{"id":19,"text":"सिंहदेखि भागेर कुनै मानिसको भालूसित भेट भएजस्तै, अथवा घरभित्र गएर आराम गर्नलाई भित्तामा हात राख्दा साँपले त्यसलाई डसेजस्तै त्यो दिन हुनेछ। "},{"id":20,"text":"के परमप्रभुको दिन उज्यालो होइन तर अन्धकार हुँदैन र— पटक्कै उज्यालो नभएको निष्पट्ट अन्धकार?"},{"id":21,"text":"“तिमीहरूका धार्मिक चाड़हरूलाई म घृणा गर्दछु, तिमीहरूका सभाहरू म सहन सक्दिनँ। "},{"id":22,"text":"तिमीहरूले मेरो निम्ति होमबलि र अन्नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले चढ़ाएका सबैभन्दा असल मेलबलिमाथि पनि म परवाह गर्नेछैनँ। "},{"id":23,"text":"तिमीहरूका सङ्गीतहरूको हल्ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्न चाहन्नँ। "},{"id":24,"text":"तर न्यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्ने खोलाझैँ बगिरहोस्!"},{"id":25,"text":"“इस्राएलका मानिस हो, के तिमीहरूले उजाड़-स्थानमा ती चालीस वर्षसम्म मलाई पशुबलि र भेटीहरू चढ़ायौ र? "},{"id":26,"text":"तिमीहरूले आफ्नै निम्ति बनाएका राजाको तम्बू, तिमीहरूका मूर्तिहरूको थान, र तिमीहरूको तारा-देव उठाएका छौ। "},{"id":27,"text":"यसकारण दमस्कसदेखि पनि पारि म तिमीहरूलाई निर्वासनमा पठाइदिनेछु,” परमप्रभु भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्वर हो।"}]},{"id":6,"title":"आमोस 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/6-290ab32b54d61ed56e4c6743b515b882.mp3?version_id=1483","verses":[{"id":1,"text":"धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसित रहन्छौ, र तिमीहरूलाई, जो सामरियाको डाँड़ामा आफू सुरक्षित ठान्छौ। तिमीहरू प्रथम जातिका ख्याति प्राप्त भएका मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्! "},{"id":2,"text":"कल्नेहमा गएर त्यहाँ हेर। त्यहाँबाट महान् हमातमा जाओ। त्यसपछि पलिश्तीहरूको गातमा जाओ। के ती राज्यहरूभन्दा तिमीहरू असल छौ र? के तिनीहरूको भूमि तिमीहरूको भन्दा ठूलो छ र? "},{"id":3,"text":"तिमीहरू दु:खको दिन पन्छाउँछौ, त्रासको राज्य नजिक ल्याउँछौ।"},{"id":4,"text":"तिमीहरू हस्तिहाड़ले जड़ेका पलङ्गमा सुत्छौ, र आ-आफ्ना गद्दीहरूमा लम्पसार पर्छौ, र तिमीहरू उत्तम भेड़ाहरू र मोटा बाछाहरू खान्छौ। "},{"id":5,"text":"तिमीहरू दाऊदले झैँ वीणा बजाउँछौ, र सङ्गीतका बाजाहरूमा तत्कालै धुन रच्छौ। "},{"id":6,"text":"तिमीहरू ठूला-ठूला कचौरामा दाखमद्य पिउँछौ, र सर्वोत्तम तेल लगाउँदछौ, तर योसेफको विनाशमा केही अफसोस गर्दैनौ। "},{"id":7,"text":"यसकारण निर्वासनमा जानेहरूमध्ये तिमीहरू पहिला हुनेछौ, र तिमीहरूका भोज र मोजमज्जा समाप्त हुनेछन्।"},{"id":8,"text":"परमप्रभु परमेश्वरले आफ्नै नाउँमा शपथ खानुभएको छ। सर्वशक्तिमान् परमप्रभु परमेश्वर घोषणा गर्नुहुन्छ: “म याकूबको घमण्डलाई घृणा गर्छु, र त्यसका किल्लाहरूलाई तुच्छ ठान्छु। म यसमा भएका सबै कुरासमेत यस सहरलाई शत्रुको हातमा सुम्पिदिनेछु।”"},{"id":9,"text":"यदि एउटा घरमा दश जना मानिस बाँकी रहेका छन् भने, तिनीहरू पनि मर्नेछन्। "},{"id":10,"text":"जब कसैको कुटुम्बले, जसले लाशहरू जलाउनेछ, घरभित्रबाट लाश निकाल्न भनी आएर त्यहाँ लुकेकालाई “तिमीसित अझ अरू कोही छ?” भनी सोध्छ, अनि उसले जवाफ दिन्छ, “अँहँ, छैन,” तब त्यसले भन्नेछ, “चूप लाग, हामीले प्रभुको नाउँ लिनैहुँदैन।”"},{"id":11,"text":"किनकि परमप्रभुले आज्ञा गर्नुभएको छ, र उहाँले ठूलो घर टुक्रै-टुक्रा र सानो घर धूलोपीठो पार्नुहुनेछ।"},{"id":12,"text":"के घोड़ाहरू चट्टानहरूका भिरालामा दगुर्छन्? के कसैले त्यहाँ गोरु जोत्छ? तर तिमीहरूले त न्यायलाई विष र धार्मिकताका फललाई तीतोपन बनाएका छौ— "},{"id":13,"text":"तिमीहरू जसले लो-देबारको पराजयमा आनन्द मनाउँछौ, र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम लिएनौ?”"},{"id":14,"text":"“हे इस्राएलका घराना हो,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूका विरुद्धमा एउटा यस्तो जाति सुर्याउनेछु, जसले तिमीहरूलाई लेबो-हमातदेखि लिएर अराबाको उपत्यकासम्मै अत्याचार गर्नेछ।”"}]},{"id":7,"title":"आमोस 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/7-225f4adb151d121956e90de20267376a.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: राजाका हिस्साको कटनी भइसकेपछि र दोस्रो बाली आउँदैगर्दा उहाँले सलहको बथान तयार गरिरहनुभएको थियो। "},{"id":2,"text":"जब तिनीहरूले भूमिको बालीनाली सखाप पारे, तब मैले भनें, “हे परमप्रभु परमेश्वर, क्षमा गर्नुहोस्। याकूब कसरी बाँच्न सक्छन्? किनकि तिनी त साह्रै साना छन्।”"},{"id":3,"text":"यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभुले भन्नुभयो।"},{"id":4,"text":"परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: आगोद्वारा न्याय गर्न परमप्रभु परमेश्वरले ठहराउनुभयो। त्यस आगोले महासागरलाई सुकाएर जमिनलाई पनि भस्म पार्यो। "},{"id":5,"text":"तब मैले चिच्च्याएर भनेँ, “हे परमप्रभु परमेश्वर, बिन्ती छ, थाम्नुहोस्। याकूब कसरी खड़ा रहन सक्छन्? किनकि तिनी त साना छन्।” "},{"id":6,"text":"यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभु परमेश्वरले भन्नुभयो।"},{"id":7,"text":"उहाँले मलाई यही देखाउनुभयो: साहुल लगाएर ठीक बनाएको भित्तानेर आफ्नो हातमा साहुल लिएर परमप्रभु उभिरहनुभएको रहेछ। "},{"id":8,"text":"परमप्रभुले मलाई भन्नुभयो, “आमोस, तँ के देख्दैछस्?”मैले जवाफ दिएँ, “एउटा साहुल।”तब परमप्रभुले भन्नुभयो, “हेर्, म मेरो प्रजा इस्राएलको बीचमा एउटा साहुल लगाइरहेछु। म तिनीहरूलाई अब बाँकी राख्नेछैनँ। "},{"id":9,"text":"इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश गरिनेछन्, र इस्राएलका पवित्रस्थानहरू भग्नावशेष हुनेछन्। म तरवार लिएर यारोबामका घरानाको विरुद्धमा खड़ा हुनेछु।”"},{"id":10,"text":"तब बेथेलका पूजाहारी अमस्याहले इस्राएलका राजा यारोबामकहाँ समाचारवाहकलाई यसो भनेर पठाए, “इस्राएलका घरानाको बीचमा आमोसले तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रचिरहेछ। यस देशले त्यसका सबै कुरा खप्न सक्दैन, "},{"id":11,"text":"किनकि आमोसले यसो भनिरहेछ: ‘यारोबाम तरवारद्वारा मारिनेछन्, र इस्राएल निश्चय नै आफ्नो देशदेखि टाढ़ा कैदमा जानेछ’।”"},{"id":12,"text":"तब अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट भागेर यहूदामा जाऊ, र त्यहीँ रोटी खाऊ अनि आफ्नो अगमवाणी गर। "},{"id":13,"text":"बेथेलमा फेरि कहिल्यै अगमवाणी नगर, किनभने यो त राजाको शरणस्थान र राज्यको मन्दिर हो।”"},{"id":14,"text":"आमोसले अमस्याहलाई यो जवाफ दिए, “म त अगमवक्ता थिइनँ, र अगमवक्ताको छोरा पनि होइनँ। तर म एउटा गोठालो र अञ्जीरका रूखहरू हेरचाह गर्ने मानिस थिएँ। "},{"id":15,"text":"तर परमप्रभुले मलाई भेड़ाबाख्रा चराउनबाट बोलाउनुभयो, र मलाई भन्नुभयो, ‘जा, गएर मेरो प्रजा इस्राएललाई अगमवाणी कह’। "},{"id":16,"text":"यसैले अब परमप्रभुको वचन सुन। तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नकह, र इसहाकका घरानाको विरुद्धमा प्रचार गर्न छोड़िदेऊ’। "},{"id":17,"text":"यसकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछ, तिम्रा छोराछोरीहरू तरवारले काटिनेछन्, तिम्रो देश नापिनेछ र बाँड़िनेछ। तिमी आफैचाहिँ एउटा मूर्तिपूजक देशमा मर्नेछौ, र इस्राएलचाहिँ निश्चय नै आफ्नो देशबाट टाढ़ा निर्वासनमा लगिनेछ’।”"}]},{"id":8,"title":"आमोस 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/8-59fa81bed3f0c02caf3a19f9c9b95814.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: पाकेका फलले भरिएको एउटा डालो। "},{"id":2,"text":"उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्छस्?”मैले जवाफ दिएँ, “पाकेको फलले भरिएको एउटा डालो।”तब परमप्रभुले मलाई भन्नुभयो, “मेरो प्रजा इस्राएलको लागि समय पूरा भएको छ। म अब तिनीहरूलाई छोड्नेछैनँ।” "},{"id":3,"text":"परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू रुवाबासीमा परिवर्तित हुनेछन्। लाशहरू चारैतिर फालिनेछन्! चूप लाग्!”"},{"id":4,"text":"हे कङ्गालीहरूलाई खुट्टाले कुल्चनेहरू र देशका गरीबहरूलाई हटाउनेहरू हो सुन, "},{"id":5,"text":"तिमीहरू जसले भन्छौ, “औंसी कहिले बित्छ र हामी अन्न बेच्न सकौं? अनि शबाथ कहिले समाप्त हुन्छ र हामी गहूँ बेच्न सकौं? माना सानो र ढक गह्रौँ बनाई झूटो तराजू चलाएर ठग्न सकौंला। "},{"id":6,"text":"गरीबलाई रुपियाँमा र दरिद्रलाई एक जोर जुत्तामा किन्न सकौंला, कसिङ्गरसहित गहूँ बेच्न सकौंला?”"},{"id":7,"text":"याकूबको गर्वमा परमप्रभुले यसो भनेर शपथ खानुभएको छ: “म तिनीहरूले गरेका कुनै पनि कामलाई कहिल्यै बिर्सनेछैनँ। "},{"id":8,"text":"के यसैको कारण जमिन काम्नेछैन र? त्यसमा बस्ने सबैले विलाप गर्नेछैनन् र? सम्पूर्ण देश नील नदीझैँ बढ्नेछ, र मिश्रको नदी उर्लेर घटेझैँ घटेर जानेछ।”"},{"id":9,"text":"परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यस दिन म सूर्यलाई मध्यदिनमा अस्ताइदिनेछु, र उज्यालो हुँदै पृथ्वीलाई अँध्यारो पारिदिनेछु। "},{"id":10,"text":"म तिमीहरूका धार्मिक चाड़हरूलाई विलापमा र तिमीहरूका सबै गीतहरूलाई रुवाइमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्ग्रा लाउन र कपाल खौरन लगाउनेछु। एउटै मात्र छोराको निम्ति विलाप गरेझैँ त्यस समयलाई तुल्याउनेछु। त्यसको अन्त्य तीतो हुनेछ।”"},{"id":11,"text":"परमप्रभु परमेश्वर भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु— जुनचाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ। "},{"id":12,"text":"मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्म, र उत्तरदेखि पूर्वसम्म धरमरिँदै हिँड्नेछन्। तर तिनीहरूले त्यो पाउनेछैनन्।"},{"id":13,"text":"“त्यस दिन, सुन्दरी तरुणीहरू र बलिष्ठ जवानहरू तिर्खाले मूर्च्छा खानेछन्। "},{"id":14,"text":"सामरियाको शर्मको नाउँमा शपथ खाने अथवा ‘हे दान, तेरो देवता जीवित भएझैँ,” वा “बेर्शेबाको देवता जीवित भएझैँ’ भन्नेहरू सबै लोट्नेछन्, र फेरि कहिल्यै उठ्नेछैनन्।”"}]},{"id":9,"title":"आमोस 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/AMO/9-175c279c850e58a1696fa34df7dbffcb.mp3?version_id=1483","verses":[{"id":1,"text":"मैले परमप्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखें, र उहाँले मलाई भन्नुभयो: “खम्बाका टुप्पा-टुप्पा हिर्का र सँघारहरू हल्लिऊन्। सबै मानिसहरूका शिरहरू काटिदे र बचेकाहरूलाई चाहिँ म तरवारले मार्नेछु। एकैजना पनि भाग्न पाउनेछैन, एक जना पनि उम्कन पाउनेछैन। "},{"id":2,"text":"तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ। तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई उँधो तानेर झार्नेछु। "},{"id":3,"text":"तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि म त्यहाँबाट खोजी-खोजीकन तिनीहरूलाई पक्रनेछु। तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि म तिनीहरूलाई डस्न सर्पलाई आज्ञा दिनेछु। "},{"id":4,"text":"तिनीहरू आ-आफ्ना शत्रुहरूद्वारा निर्वासित गरिए तापनि म तरवारलाई हुकुम गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ। भलाइको निम्ति होइन, तर खराबीको निम्ति म तिनीहरूमाथि नजर राख्नेछु।”"},{"id":5,"text":"सर्वशक्तिमान् परमप्रभु परमेश्वर उहाँ नै हुनुहुन्छ, जसले पृथ्वीलाई छुनुहुँदा त्यो पग्लन्छ, र त्यसमा हुने सबैले विलाप गर्छन्, र सारा देश नील नदीझैँ बढ्छ, अनि मिश्रको नदीझैँ घट्छ। "},{"id":6,"text":"उहाँ, जसले आकाशमाथि आफ्नो वासस्थान बनाउनुहुन्छ, र पृथ्वीमा यसको जग बसाल्नुहुन्छ, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनभरि खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो।"},{"id":7,"text":"“के तिमी इस्राएलीहरू होइनौ, जो मेरो निम्ति कूशका सन्तानजस्तै छौ?” परमप्रभु भन्नुहुन्छ। “के मैले इस्राएललाई मिश्रदेशदेखि, पलिश्तीहरूलाई कप्तोरदेखि, र अरामीहरूलाई कीरदेखि निकालेर ल्याएको होइनँ र?"},{"id":8,"text":"“परमप्रभुको नजर दुष्ट राज्यमाथि परेको छ। म त्यसलाई पृथ्वीदेखि नाश गर्नेछु, तापनि याकूबको घरानालाई म बिलकुलै सर्वनाश गर्नेछैनँ,” परमप्रभु भन्नुहुन्छ। "},{"id":9,"text":"“म आज्ञा गर्नेछु, र इस्राएलको घरानालाई समस्त जातिहरूका बीचमा अन्न नाङ्लोमा निफनेझैँ म चाल्नेछु, र एउटा सानो ढुङ्गाको टुक्रा पनि भूइँमा खस्नेछैन। "},{"id":10,"text":"‘विपत्ति हामीमाथि आइपर्नेछैन, न त हामीलाई त्यसले भेट्नेछ’ भन्ने मेरो प्रजामध्येका सबै पापीहरू तरवारले मारिनेछन्।"},{"id":11,"text":"“त्यस दिन म दाऊदको ढलेको वासस्थानलाई पुनर्स्थापन गर्नेछु, र त्यसका प्वालहरू मरम्मत गर्नेछु। अनि भत्केको अवस्थाबाट त्यसलाई म खड़ा गर्नेछु र अघिजस्तै गरी म त्यसलाई निर्माण गर्नेछु, "},{"id":12,"text":"ताकि तिनीहरूले एदोमको बाँकी रहेका, र मेरो नाउँ भएका सबै जाति-जातिलाई अधिकार गरून्।” यसै नै गर्नुहुने परमप्रभु घोषणा गर्नुहुन्छ।"},{"id":13,"text":"“यस्ता दिन आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब कटनी गर्नेलाई हलो जोत्नेले उछिन्नेछ, र बीउ छर्नेलाई दाख पेल्नेले उछिन्नेछ। पर्वतहरूबाट नयाँ दाखमद्य चुहुनेछ, र सबै डाँड़ाहरूबाट त्यो बग्नेछ। "},{"id":14,"text":"म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्याउनेछु। ध्वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमद्य पिउनेछन्। तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन्। "},{"id":15,"text":"म इस्राएललाई तिनीहरूकै देशमा कहिल्यै नउखेलिने गरी बसाल्नेछु, जुन देश मैले तिनीहरूलाई दिएको छु,” परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ।"}]}]}