-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
DEU.json
1 lines (1 loc) · 374 KB
/
DEU.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"व्यवस्थाको पुस्तकको अंग्रेजी नामको अक्षरस अर्थ “दोस्रो व्यवस्था” अर्थात् “व्यवस्थाको दोहोर्याई” भन्ने बुझिन्छ। जुन व्यवस्था सीनै पर्वतमा मोशाले करिव ३८ वर्ष पूर्व दिएको थियो त्यसैलाई फेरि दोहोर्याउँदछ। मोशाले दोहोर्याउने क्रममा व्यवस्थालाई सन्देशको रूपमा प्रस्तुत गर्दछन्। कारण यस समयसम्म ४० वर्ष माथिका पुस्ताहरू परमेश्वरप्रति तिनीहरूको अविश्वासको कारण मरुभूमिको यात्रामा नै मरिसकेका थिए र दोस्रो पुस्ताले राम्रोसँग परमेश्वरको व्यवस्था बुझ्न सकेको थिएन।"},{"id":2,"text":"मोशाले व्यवस्थालाई सन्देशको रूपमा प्रचार गरी इस्राएलीहरूको हृदयलाई परमेश्वरको वचनबाट प्रभाव पार्न र उत्साह दिन चाहन्थे। मोशाको उद्देश्यचाहिँ सीनै पर्वतमा गरिएको करारलाई इस्राएलीहरूले फेरि नविकरण गरोस् भन्ने थियो अर्थात् परमेश्वरमा ताजा समर्पण। समर्पणविना तिनीहरूले न त लडाइँ नै जित्न सक्थे न त कनानलाई कब्जा गरी परमेश्वरको प्रशस्त आशिष् उपभोग गर्न सक्थे।"},{"id":3,"text":"यस पुस्तकको मुख्य पद व्यवस्था ३१:१२ हो। यस पुस्तकलाई तीन खण्डमा विभाजित गर्न सकिन्छ:"},{"id":4,"text":"१) १-४ अध्याय: वितेका समयमा परमेश्वरको विश्वासयोग्यता"},{"id":5,"text":"२) ५-२६ अध्याय: वर्तमानमा परमेश्वरको आज्ञा"},{"id":6,"text":"३) २७-३४ अध्याय: परमेश्वरको भविष्यवाणीका प्रतिज्ञाहरू"}]},{"id":1,"title":"व्यवस्था 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/1-fa5f75f37c27c2cca3236e6c9e71478d.mp3?version_id=1483","verses":[{"id":1,"text":"सूपको सामुन्नेको अराबामा, पारान र तोफेल, लाबान, हसेरोत र दीसाहाबका बीचमा यर्दन पारि पूर्वपट्टिको उजाड़-स्थानमा समस्त इस्राएलीहरूलाई मोशाले भनेका वचन यी नै हुन्। "},{"id":2,"text":"(सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्म जान एघार दिन लाग्छ।)"},{"id":3,"text":"चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा जे-जे आज्ञा परमप्रभुले मोशालाई इस्राएलीहरूका निम्ति दिनुभएको थियो, ती सबै कुरा तिनीहरूलाई मोशाले भने। "},{"id":4,"text":"हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई र एद्रईमा अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई तिनले जितेपछि यो भएको थियो। "},{"id":5,"text":"यर्दन पारि पूर्वपट्टि मोआब देशमा मोशाले यसो भनेर यस व्यवस्थाको विवरण गर्न लागे:"},{"id":6,"text":"होरेबमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यसो भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेका धेरै दिन भइसक्यो। "},{"id":7,"text":"अब तिमीहरूले शिविर तोड़ेर आफ्नो यात्रा सुरु गर। एमोरीहरूको पहाड़ी देशमा र त्यसका छेउछाउका सबै जातिहरूमा— अराबामा, पहाड़मा, पश्चिमतिरको तराईमा, नेगेवमा, र समुद्रका किनारमा कनानीहरूको देशसम्म, लेबनानसम्म र महानदी यूफ्रेटिससम्मै जाओ। "},{"id":8,"text":"हेर, यो देश मैले तिमीहरूलाई दिएको छु। त्यहाँ प्रवेश गरेर त्यो देश अधिकार गर, जुन देश परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिनीहरू र तिनीहरूका भावी सन्तानलाई ‘म दिन्छु’ भनी प्रतिज्ञा गर्नुभएको थियो।”"},{"id":9,"text":"त्यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्दिनँ। "},{"id":10,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई वृद्धि गर्नुभएको छ, र आज तिमीहरू आकाशका ताराझैँ असंख्य भएका छौ। "},{"id":11,"text":"परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून् र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष् देऊन्! "},{"id":12,"text":"तर म कसरी तिमीहरूका समस्याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्न सक्छु र? "},{"id":13,"text":"तिमीहरूको हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्नेछु।”"},{"id":14,"text":"तिमीहरूले मलाई भन्यौ, “तपाईंले दिनुभएको सुझाव असल छ।”"},{"id":15,"text":"यसकारण मैले तिमीहरूका कुल-कुलका मुख्य मानिसहरूलाई चुनेँ। तिनीहरू सबै समझदार र अनुभवी मानिसहरू थिए, र तिमीहरूको हरेक कुलको निम्ति तिनीहरूलाई हजार, सय, पचास र दशका नायक नियुक्त गरें। कुल-कुलका निम्ति कुलनायकहरू पनि नियुक्त गरें। "},{"id":16,"text":"त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ: “तिमीहरूका भाइहरूका बीच भएका झगड़ा सुन र ठीक-ठीक न्याय गर, चाहे त्यो झगड़ा इस्राएली भाइहरूको होस् अथवा तिनीहरूमध्ये एक जना र एक जना विदेशीको बीचमा होस्। "},{"id":17,"text":"न्याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्छेसँग नडराओ, किनकि न्यायको फैसला त परमेश्वरको हातमा हुन्छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्याओ, र म त्यो सुन्नेछु।” "},{"id":18,"text":"त्यस बेला तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले तिमीहरूलाई आज्ञा गरें।"},{"id":19,"text":"त्यसपछि हामीहरू होरेबबाट हिँड़ेर परमप्रभु हाम्रा परमेश्वरको आज्ञाबमोजिम त्यो तिमीले देखेको विशाल र महाभयङ्कर उजाड़-स्थानबाट भएर एमोरीहरू बस्ने पहाड़ी देशतिर लाग्यौं। त्यसपछि हामी कादेश-बर्नेमा आइपुग्यौं। "},{"id":20,"text":"अनि मैले तिमीहरूलाई भनें, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने एमोरीहरूको पहाड़ी देशमा तिमीहरू आइपुगेका छौ। "},{"id":21,"text":"हेर, परमप्रभु तिमीहरूका परमेश्वरले त्यो देश तिमीहरूलाई सुम्पिदिनुभएको छ। परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले भन्नुभएझैँ गएर त्यो अधिकार गर। तिमीहरू नडराओ, निराश नहोओ।”"},{"id":22,"text":"अनि तिमीहरू सबैले मकहाँ आएर भन्यौ, “भेद लिनलाई हाम्रा अगि मानिसहरू पठाऔं। त्यस देशमा हामी कुन बाटो जानुपर्ने हो र कुन-कुन सहरमा आइपुग्नेछौं भन्ने खबर तिनीहरूले हामीकहाँ ल्याउनेछन्।”"},{"id":23,"text":"यो कुरो मलाई बेस लाग्यो। अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छानें। "},{"id":24,"text":"तिनीहरू पहाड़तर्फ लागे र एश्कोलको बेँसीमा पुगेर त्यसको पूरा भ्रमण गरे। "},{"id":25,"text":"तिनीहरूले त्यस देशका कतिपय फलफूल ल्याए। अनि “हामीलाई परमप्रभु हाम्रा परमेश्वरले दिनुहुने त्यो देश उत्तम रहेछ” भन्ने खबर तिनीहरूले दिए।"},{"id":26,"text":"तर तिमीहरू त्यहाँ जान मानेनौ। परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाको विरुद्धमा तिमीहरू गयौ। "},{"id":27,"text":"आफ्ना पालहरूमा गनगनाएर तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई तिरस्कार गर्नुभएको हुनाले हामीलाई एमोरीहरूका हातमा सुम्पेर सर्वनाश गर्नलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। "},{"id":28,"text":"हामी कता जान सक्छौं? हाम्रा भाइहरूले हामीलाई निराश बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा ठूला र अल्गा छन्। उनीहरूका सहरहरू ठूला छन् र आकाशसम्मै पर्खाल लाएका छन्। हामीहरूले त्यहाँ अनाकीहरूलाई पनि देख्यौं’।”"},{"id":29,"text":"तब मैले तिमीहरूलाई भनें, “भयभीत नहोओ। उनीहरूसँग नडराओ। "},{"id":30,"text":"तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका निम्ति लड्नुहुनेछ। "},{"id":31,"text":"उजाड़-स्थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू यहाँ आई नपुगुञ्जेलसम्म कसरी तिमीहरूलाई बोकेर ल्याउनुभएको थियो, सो तिमीहरूले त्यहाँ देखेका थियौ।” "},{"id":32,"text":"त्यसो भए तापनि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरमाथि भरोसा राखेनौ, "},{"id":33,"text":"जो तिमीहरूका निम्ति डेरा हाल्ने ठाउँ खोज्न र तिमीहरू जानुपर्ने बाटो देखाउन राती आगो र दिउँसो बादलमा यात्राभरि अगिअगि जानुभयो।"},{"id":34,"text":"तिमीहरूका गनगन सुनेर परमप्रभु क्रोधित हुनुभयो, अनि यसो भनेर प्रण गर्नुभयो, "},{"id":35,"text":"“यस दूषित पुस्ताको एक जनाले पनि मैले तिमीहरूका पिता-पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गरेको त्यो असल देश देख्नेछैन। "},{"id":36,"text":"यपुन्नेको छोरो कालेबले मात्र त्यो देश देख्न पाउनेछ। त्यसले टेकेको भूमि म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु, किनकि त्यसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।”"},{"id":37,"text":"तिमीहरूले गर्दा परमप्रभु मसित पनि रिसाएर भन्नुभयो, “तँ पनि त्यहाँ प्रवेश गर्न पाउनेछैनस्। "},{"id":38,"text":"तर तेरो सहायक नूनको छोरो यहोशू त्यहाँ प्रवेश गर्नेछ। तैंले त्यसलाई उत्साह दिनू, किनकि त्यसले त्यस देशलाई इस्राएलीहरूको अधिकारमा पार्नेछ। "},{"id":39,"text":"तिमीहरूका बालबच्चा, जसका विषयमा ती कैदमा पर्नेछन्, भनी तिमीहरूले भन्यौ, बरु ती असल र खराब नजान्ने तिमीहरूका साना अबोध नानीहरूचाहिँ त्यहाँ प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र त्यो तिनीहरूले अधिकार गर्नेछन्। "},{"id":40,"text":"तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्थानतिरै जाओ।”"},{"id":41,"text":"तब तिमीहरूले मलाई भन्यौ, “हामीले परमप्रभुको विरुद्ध पाप गरेका छौं। परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गर्नुभएअनुसार हामी गएर लड्नेछौं।” यस पहाड़ी देशमा उक्लनु सहज कुरो ठानेर तिमीहरू प्रत्येकले आ-आफ्ना हतियार भिर्यौ।"},{"id":42,"text":"तर परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘उक्लेर नजाओ र लड़ाइँ नगर। नत्रता तिमीहरू आफ्ना शत्रुहरूका सामुन्ने हार खानेछौ, किनकि म तिमीहरूका बीचमा हुनेछैनँ’।”"},{"id":43,"text":"यो कुरो मैले तिमीहरूलाई भनें, तर तिमीहरूले सुन्दै सुनेनौ। तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ, र ढीट भएर पहाड़ी देशमा उक्ल्यौ। "},{"id":44,"text":"अनि पहाड़मा बस्ने एमोरीहरूले तिमीहरूका मुकाबिला गरे, र मौरीको हूलले मानिसलाई खेदेझैँ तिमीहरूलाई खेदे, र सेइरदेखि होर्मासम्म उनीहरूले तिमीहरूलाई परास्त गरे। "},{"id":45,"text":"अनि तिमीहरू फर्केर आई परमप्रभुको सामुन्ने रोयौ, तर उहाँले तिमीहरूको रोदन सुन्नुभएन, ध्यान पनि दिनुभएन। "},{"id":46,"text":"यसकारण तिमीहरूले त्यहाँ कादेशमा धेरै दिन बिताउनुपर्यो।"}]},{"id":2,"title":"व्यवस्था 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/2-83e5ba0c1f96a8cba1d8db78a5ff4d98.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले मलाई भन्नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्थानतिर लाग्यौं, र धेरै दिनसम्म सेइरको पहाड़ी देशको फेरो लगायौं। "},{"id":2,"text":"अनि परमप्रभुले मलाई भन्नुभयो, "},{"id":3,"text":"“तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग। "},{"id":4,"text":"तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्तान, आफ्नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू। "},{"id":5,"text":"उनीहरूलाई लड्न नउक्साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्ने जत्रो ठाउँ पनि दिन्नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु। "},{"id":6,"text":"खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।”"},{"id":7,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ। यस ठूलो उजाड़-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन।"},{"id":8,"text":"यसैकारण सेइरमा बस्ने एसावका सन्तान, हाम्रा दाजुभाइहरूका मध्येबाट हामी गयौं। एलात र एस्योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्थानको बाटो लाग्यौं।"},{"id":9,"text":"तब परमप्रभुले मलाई भन्नुभयो, “मोआबलाई दु:ख-कष्ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्नँ, किनभने मैले आर सहर लोतका सन्तानको अधिकारमा दिएको छु।” "},{"id":10,"text":"(एक समय त्यहाँ एमीहरू बस्थे, जो असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। "},{"id":11,"text":"अनाकीहरूझैँ यी पनि रपाई नै गनिन्थे, तर मोआबीहरूले यिनीहरूलाई एमी भन्थे। "},{"id":12,"text":"उहिले नै होरीहरू पनि सेइरमा बस्थे, तर एसावका सन्तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।)"},{"id":13,"text":"अनि परमप्रभुले भन्नुभयो, “अब जेरेद खोला पार गर।” अनि हामी जेरेद खोला पारि गयौं।"},{"id":14,"text":"परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्ट नहोउञ्जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आइपुग्न हामीलाई अठतीस वर्ष लाग्यो। "},{"id":15,"text":"छाउनीबाट ती सबै नष्ट नहोउञ्जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा रह्यो।"},{"id":16,"text":"जनसमुदायका माझबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्ट भइसकेपछि "},{"id":17,"text":"परमप्रभुले मलाई यसो भन्नुभयो, "},{"id":18,"text":"“आज तिमीहरूलाई मोआबको सिमानामा परेको आर सहर नाघेर जानुपरेको छ। "},{"id":19,"text":"जब तिमीहरू अम्मोनीहरूको सिमानामा पुग्छौ, तब उनीहरूलाई दु:ख-कष्ट नदेओ। उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ, किनकि अम्मोनीहरूको देशबाट अधिकारको निम्ति म कुनै अंश पनि तिमीहरूलाई दिन्नँ। मैले त्यो लोतका सन्तानको अधिकारमा दिएको छु।” "},{"id":20,"text":"(त्यो पनि रपाईहरूको देश गनिन्थ्यो। उहिले नै त्यहाँ रपाईहरू बस्थे, तर अम्मोनीहरूले यिनीहरूलाई जमजुम्मीहरू भन्दथे। "},{"id":21,"text":"यिनीहरू असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। तर परमप्रभुले यिनीहरूलाई अम्मोनीहरूका सामुन्ने नाश गरिदिनुभयो, र जमजुम्मीहरूपछि अम्मोनीहरू आएर यिनीहरूका सट्टामा बसे। "},{"id":22,"text":"उहाँले सेइरमा बस्ने एसावका सन्तानका निम्ति पनि यसो गर्नुभयो, जब उहाँले उनीहरूका सामुन्ने होरीहरूलाई नष्ट पार्नुभएको थियो। उनीहरूले होरीहरूलाई धपाएर आजसम्म तिनीहरूका ठाउँमा बसोबास गरेका छन्। "},{"id":23,"text":"अनि गाजासम्म बसोबास गर्ने अव्वीहरूलाई कप्तोरबाट आएका कप्तोरीहरूले नष्ट पारे, र यिनीहरूका सट्टामा बसोबास गरे।)"},{"id":24,"text":"“उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूका हातमा दिएको छु। त्यो अधिकार गर्न सुरु गर र त्यससित युद्ध गर। "},{"id":25,"text":"आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्नेछन्, र विचलित हुनेछन्।”"},{"id":26,"text":"कदेमोतको उजाड़-स्थानबाट हेश्बोनका राजा सीहोनकहाँ शान्तिको प्रस्तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ, "},{"id":27,"text":"“हामीलाई तपाईंको राज्यबाट भएर जान दिनुहोस्। हामी बाटै-बाटो मात्र जानेछौं। हामी देब्रे-दाहिने लाग्नेछैनौं। "},{"id":28,"text":"खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्नुहोस्। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्— "},{"id":29,"text":"जसरी सेइरमा बस्ने एसावका सन्तान र आरमा बस्ने मोआबीहरूले हाम्रा निम्ति गरेथे— जबसम्म परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा पुग्नलाई हामी यर्दन पार गर्दैनौं।” "},{"id":30,"text":"तर हेश्बोनका राजा सीहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हठी बनाउनुभएको थियो। अनि आजको दिनसम्म त्यो तिमीहरूकै हातमा छ।"},{"id":31,"text":"अनि परमप्रभुले मलाई भन्नुभयो, “सीहोन र त्यसको देश अब म तिमीहरूलाई दिनेछु। त्यसको देश अधिकार र कब्जा गर्न सुरु गर।”"},{"id":32,"text":"जब सीहोन उनका सबै फौजसमेत यहसा भन्ने ठाउँमा हामीसँग लड्न आए, "},{"id":33,"text":"तब परमप्रभु हाम्रा परमेश्वरले उनलाई हाम्रा हातमा सुम्पिदिनुभयो, र उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरूलाई हामीले मार्यौं। "},{"id":34,"text":"त्यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्त्रीहरू र बालबच्चाहरूलाई समेत मानिसहरू बसेको प्रत्येक सहरलाई पूर्ण रूपले नाश पार्यौं। हामीले कसैलाई पनि छोड़ेनौं। "},{"id":35,"text":"हामीले कब्जा गरेका सहरहरूका धनमाल र गाईबस्तु मात्र हामीले आफ्नो निम्ति जीतका माल स्वरूप लियौं। "},{"id":36,"text":"अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्म हामीले लिन नसक्ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्वरले सबै हाम्रा हातमा सुम्पिदिनुभयो। "},{"id":37,"text":"केवल अम्मोनीहरूका सन्तानका देशको छेउमा, यब्बोक नदीका सबै किनारहरूका जग्गामा र पहाड़ी देशका सहरहरू परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गर्नुभएअनुसार तिमीहरू आएनौ।"}]},{"id":3,"title":"व्यवस्था 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/3-080fad5ef90bc677f9b7e4f111fb66db.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि हामीहरू बाशानतिर लाग्यौं। एद्रईमा बाशानका राजा ओग आफ्ना सबै फौज लिई हामीसित लड़ाइँ गर्न आए। "},{"id":2,"text":"परमप्रभुले मलाई भन्नुभयो, “त्यससँग नडराओ, किनकि त्यसलाई, त्यसका सबै फौज र त्यसको देशसमेत, मैले तिमीहरूका हातमा सुम्पिदिएको छु। तिमीहरूले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई जसो गर्यौ त्यसलाई पनि त्यसै गर।”"},{"id":3,"text":"अनि परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्यौं। "},{"id":4,"text":"त्यसै बेला हामीले एउटै नछोड़ी उनका सबै साठी सहरहरू कब्जा गर्यौं, बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत। "},{"id":5,"text":"यी सबै सहरहरू अग्ला-अग्ला पर्खालले घेरिएका, आग्लाहरू र मूल ढोकाहरू भएका थिए। यीबाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए। "},{"id":6,"text":"अनि हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहर, पुरुष, स्त्री र बालकहरूलाई सम्पूर्ण रूपले हामीले नाश गर्यौं। "},{"id":7,"text":"तर सबै गाईबस्तु र सहरका धनमालहरू हामीले जीतका सम्पत्ति स्वरूप आफ्नै निम्ति लग्यौं।"},{"id":8,"text":"हामीले त्यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्म यर्दनको पूर्वपट्टिको देश लियौं। "},{"id":9,"text":"(हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्।) "},{"id":10,"text":"तराईका जम्मै सहर र सबै गिलाद र सम्पूर्ण बाशान, बाशानमा भएका ओगका राज्यका सलका र एद्रई सहरहरूसम्मै हामीले लियौं। "},{"id":11,"text":"(रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्म अम्मोनीहरूको सहर रब्बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)"},{"id":12,"text":"त्यस बेला हामीले त्यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरोएरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा, त्यहाँका सहरहरूसमेत मैले रूबेनी र गादीहरूलाई दिएँ। "},{"id":13,"text":"गिलादको बाँकी भाग र ओगका राज्यको सम्पूर्ण बाशान मैले मनश्शेको आधा कुललाई दिएँ। (बाशानमा भएको अर्गोबको सबै क्षेत्र रपाईहरूको देश भनिन्थ्यो।) "},{"id":14,"text":"मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सबै इलाका लिए र त्यसलाई आफ्नै नाउँ दिए। यसैले आजसम्म पनि बाशानलाई हब्बात-याईर भनिन्छ। "},{"id":15,"text":"अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ। "},{"id":16,"text":"तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्म (खोलाको मध्यभाग त्यसको सिमाना थियो), र अम्मोनीहरूको सिमाना, यब्बोक नदीसम्म दिएँ। "},{"id":17,"text":"त्यसको पश्चिमी सिमाना अराबाको यर्दन, किन्नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात् खारा समुद्रसम्म थियो।"},{"id":18,"text":"त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा गरें: “परमप्रभु तिमीहरूका परमेश्वरले यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिनुभएको छ। तापनि तिमीहरूमध्ये सबै योद्धाहरू हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूका अगि जानुपर्छ। "},{"id":19,"text":"तर तिमीहरूका पत्नीहरू, बालबच्चाहरू र पशुहरू मैले दिएका सहरहरूमा रहनेछन्। (तिमीहरूका धेरै पशुहरू छन् भनी मलाई थाहा छ।) "},{"id":20,"text":"परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिएसम्म, र तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन पारि तिनीहरूलाई दिनुभएको भूमि अधिकार नगरेसम्म, तिमीहरूले यसो गर्नू। त्यसपछि मैले तिमीहरूको अधिकारमा दिएको देशमा हरेक मानिस फर्केर आउन सक्छ।”"},{"id":21,"text":"मैले त्यस बेला यहोशूलाई यस्तो आज्ञा दिएँ: “परमप्रभु तिमीहरूका परमेश्वरले यी दुई राजालाई जसो गर्नुभयो ती सबै तिमीले आफ्ना आँखाले देखेका छौ। अब तिमीहरू पारि जाँदा ती सबै राज्यहरूलाई पनि परमप्रभुले त्यसै गर्नुहुनेछ। "},{"id":22,"text":"उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूका निम्ति लड्नुहुनेछ।”"},{"id":23,"text":"अनि त्यस बेला मैले परमप्रभुलाई यसरी बिन्ती चढ़ाएँ: "},{"id":24,"text":"“हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो दासलाई आफ्नो महानता र आफ्नो पराक्रम देखाउन लाग्नुभएको छ, किनभने स्वर्ग र पृथ्वीमा कुन ईश्वर छ, जसले तपाईंका जस्तै काम र प्रतापी कार्य गर्न सक्छ? "},{"id":25,"text":"मलाई पारि जान दिनुहोस्, र यर्दन पारिको त्यो असल भूमि, त्यो सुन्दर पहाड़ी देश र लेबनान म देख्न पाऊँ।”"},{"id":26,"text":"तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्नुभएन। परमप्रभुले मलाई भन्नुभयो, “भयो,” अब यस विषयमा मसँग अरू कुरा नगर्! "},{"id":27,"text":"पिसगाको टाकुरामा उक्ली, अनि उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैतिर हेर्! आफ्ना आँखाले त्यो देश हेर्, किनकि तैंले यर्दन पार गर्न पाउनेछैनस्। "},{"id":28,"text":"तर यहोशूलाई आज्ञा दे, र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना, किनकि त्यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्न लागेको त्यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।” "},{"id":29,"text":"यसकारण हामीहरू बेथ-पोरनेरको बेँसीमा बस्यौं।"}]},{"id":4,"title":"व्यवस्था 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/4-1b55346de82845197a66742c26c79f0e.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ। "},{"id":2,"text":"मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नू। "},{"id":3,"text":"बाल-पोरमा परमप्रभुले के गर्नुभयो त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पोरको बाल देवतापछि लाग्ने सबै मानिसहरूलाई परमप्रभु परमेश्वरले तिमीहरूका मध्येबाट नाश गर्नुभयो। "},{"id":4,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरसित लागिरहने तिमीहरूमध्येको प्रत्येक आजसम्म जीवित छ।"},{"id":5,"text":"हेर, परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधानहरू सिकाएको छु। "},{"id":6,"text":"तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अगि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्नेछन्, “अवश्य यस महान् जातिका मानिसहरू खूबै बुद्धिमान् र समझदार रहेछन्” "},{"id":7,"text":"हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्वर यति नजिक भएको अरू कुनचाहिँ यति महान् जाति छ? "},{"id":8,"text":"मैले तिमीहरूलाई आज दिने यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको अरू कुनचाहिँ यति महान् जाति छ?"},{"id":9,"text":"तर होशियार बस र आफ्नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून्। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ। "},{"id":10,"text":"होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने उभिएको दिनको सम्झना गर, जब उहाँले मलाई भन्नुभयो, “मेरा वचन सुन्नलाई मानिसहरूलाई मेरो सामु भेला गर्, र त्यस देशमा बाँचुञ्जेल तिनीहरूले मेरो डर मान्न सिकून् अनि ती वचन आफ्ना छोराछोरीहरूलाई पनि सिकाऊन्।” "},{"id":11,"text":"पर्वतमा आगो दन्केर आकाशसम्मै पुग्यो, र बाक्लो बादल आएर त्यहाँ घोर अन्धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ। "},{"id":12,"text":"तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्नुभयो। त्यस बेला तिमीहरूले शब्दको आवाज मात्र सुन्यौ, तर कुनै आकृति देखेनौ। तिमीहरूले एउटा सोर मात्र सुन्यौ। "},{"id":13,"text":"उहाँले आफ्नो करार, आफ्ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो। "},{"id":14,"text":"यर्दन पार गरेर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूले पालन गर भन्ने हेतुले तिमीहरूलाई विधिविधानहरू सिकाउने आज्ञा परमप्रभुले त्यस बेला मलाई दिनुभयो। "},{"id":15,"text":"होरेबमा अग्निको माझदेखि परमप्रभु बोल्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। "},{"id":16,"text":"सावधान बस! नत्रता तिमीहरूले आफ्ना निम्ति एउटा मूर्ति बनाउनेछौ, र कुनै नर वा नारीको प्रतिमा, "},{"id":17,"text":"अथवा पृथ्वीको कुनै पशुको वा आकाशमा उड्ने कुनै पक्षीको, "},{"id":18,"text":"जमिनमाथि घस्रने कुनै जीवातको वा तल पानीमा हुने कुनै माछाको प्रतिमा बनाएर तिमीहरू भ्रष्ट हुनेछौ। "},{"id":19,"text":"आकाशमा परमप्रभु तिमीहरूका परमेश्वरले सारा मानिस-जातिलाई दिनुभएको घाम, जून, तारा— सारा ग्रह-नक्षत्र देख्दा तीप्रति आकृष्ट भएर तिमीहरूले तिनीहरूको पूजा र सेवा नगर। "},{"id":20,"text":"तर तिमीहरूलाई चाहिँ परमप्रभुले लिएर फलामको भट्टीदेखि जस्तै मिश्रदेखि, तिमीहरू अहिले भएझैँ आफ्नो निज उत्तराधिकारी बनाउन निकाली ल्याउनुभयो। "},{"id":21,"text":"तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो, अनि मलाई यर्दन पारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार दिनुहुने त्यस असल देशमा पस्न नपाउने भनी कठोर प्रण गर्नुभयो। "},{"id":22,"text":"मलाई यसै देशमा मर्नुपर्नेछ। म यर्दन पारि जान पाउनेछैनँ, तर तिमीहरू पारि गएर त्यो असल देश अधिकार गर्न आँटेका छौ। "},{"id":23,"text":"सावधान रहो! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गर्नुभएको करार नभुल, र उहाँले निषेध गर्नुभएको कुनै कुराको प्रतिमा तिमीहरूले नबनाओ। "},{"id":24,"text":"किनकि परमप्रभु तिमीहरूका परमेश्वर भस्म पार्ने आगो र डाह गर्नुहुने परमेश्वर हुनुहुन्छ। "},{"id":25,"text":"तिमीहरूले छोराछोरी र नातिनातिना जन्माइसकेर त्यही देशमा धेरै वर्ष बसिसकेपछि पनि भ्रष्ट भएर कुनै वस्तुको आकृतिअनुसार प्रतिमा खोपेर परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा कुकर्म गरेर उहाँलाई क्रोधित तुल्यायौ भने, "},{"id":26,"text":"म आजको दिन स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्ध साक्षी राख्तछु, कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जान लागेका छौ त्यस देशदेखि तिमीहरू चाँड़ै सम्पूर्ण नष्ट हुनेछौ, र धेरै दिन बस्न पाउनेछैनौ तर बिलकुलै नष्ट हुनेछौ। "},{"id":27,"text":"परमप्रभुले तिमीहरूलाई जाति-जातिका माझमा तितरबितर पार्नुहुनेछ, र उहाँले तिमीहरूलाई धपाउनुभएको देशमा अन्यजातिहरूका माझमा तिमीहरू अल्पसंख्यक हुनेछौ। "},{"id":28,"text":"त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाएका, देख्न नसक्ने, सुन्न नसक्ने, खान नसक्ने, सुँघ्न नसक्ने काठ र ढुङ्गाका देवताहरूको पूजा गर्नेछौ। "},{"id":29,"text":"तर यदि त्यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले खोज्यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। "},{"id":30,"text":"पछिल्ला दिनहरूमा जब तिमीहरू सङ्कष्टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ। "},{"id":31,"text":"उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्नुभएको शपथद्वारा पक्का गर्नुभएको करार उहाँले भुल्नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ।"},{"id":32,"text":"यस्तो महान् घटना अघि कहिल्यै घटेको वा सुनिएको थियो? पृथ्वीमा परमेश्वरले मान्छे सृष्टि गर्नुभएको आदिकालको विषयमा सोध-खोज गर। आकाशको वल्लो छेउदेखि पल्लो छेउसम्म पनि यही कुराको निधो गर। "},{"id":33,"text":"के कुनै अरू जातिले तिमीहरूले झैँ आगोबाट बोल्नुहुने परमेश्वरको वाणी सुनेको छ र जीवित रहेको छ? "},{"id":34,"text":"परमप्रभुले मिश्रमा तिमीहरूका आँखाका अगि जाँच गरेर उदेकका चिन्हहरू र आश्चर्यकर्महरू देखाई युद्ध लड़ेर, आफ्नै बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर, भयानक आतङ्कद्वारा अर्को जातिबाट आफ्नो निम्ति एक जाति निर्माण गर्नुभएझैँ अर्को कुन ईश्वरले यस्तै गर्न प्रयत्न गर्नुभएको छ?"},{"id":35,"text":"परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्। "},{"id":36,"text":"तिमीहरूलाई अनुशासनमा राख्न उहाँले आकाशदेखि आफ्नो सोर सुनाउनुभयो, र पृथ्वीमा आफ्नो ठूलो अग्नि तिमीहरूलाई देखाउनुभयो। तिमीहरूले अग्निबाट उहाँका शब्दहरू सुन्यौ। "},{"id":37,"text":"उहाँले तिमीहरूका पिता-पुर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्नुभएकोले, उहाँले आफ्नो उपस्थितिद्वारा र आफ्नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि निकाल्नुभयो। "},{"id":38,"text":"तिमीहरूले आफूभन्दा महान् र शक्तिशाली जातिहरूको देशमा प्रवेश गरी अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ।"},{"id":39,"text":"परमप्रभु नै माथि स्वर्गमा र तल पृथ्वीमाथि परमेश्वर हुनुहुन्छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख। "},{"id":40,"text":"आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्वरले अनन्त कालसम्म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्।"},{"id":41,"text":"तब मोशाले यर्दनको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे। "},{"id":42,"text":"त्यहाँ दुश्मनी नभएका र अजान अवस्थामा कसैलाई मार्ने ज्यानमाराले ती सहरहरूमध्ये एउटामा भागेर आफ्नो ज्यान बचाउन सक्थ्यो। "},{"id":43,"text":"ती सहरहरू यी नै थिए: रूबेनीहरूका लागि मरुभूमिको टारको बेसेर, र गादीहरूका लागि गिलादको रामोत, र मनश्शेका सन्तानका लागि बाशानको गोलान।"},{"id":44,"text":"मोशाले इस्राएलीहरूलाई दिएको व्यवस्था यही हो। "},{"id":45,"text":"मिश्रबाट निस्केर आएपछि मोशाले इस्राएलीहरूलाई घोषणा गरेका नियम र विधिविधानहरू यी नै हुन्। "},{"id":46,"text":"यी मोशाले यर्दनदेखि पूर्व बेथ-पोरको सामुन्नेको बेँसी हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा दिएका थिए। सीहोनलाई मोशा र इस्राएलीहरूले मिश्रबाट निस्केर आउँदैगर्दा हराए। "},{"id":47,"text":"इस्राएलीहरूले उनको देश, बाशानका राजा ओगको देश, र यर्दनको पूर्वपट्टि रहेको दुई एमोरी राजाहरूको देशमा अधिकार जमाए। "},{"id":48,"text":"अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि सियोन (अर्थात् हेर्मोन) डाँड़ासम्म, "},{"id":49,"text":"र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्म इस्राएलीहरू सबै अराबाका अधिकारी भए।"}]},{"id":5,"title":"व्यवस्था 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/5-2f536373a433c44145ee390d25bbd09d.mp3?version_id=1483","verses":[{"id":1,"text":"मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर। "},{"id":2,"text":"परमप्रभु हाम्रा परमेश्वरले हामीसित होरेबमा करार बाँध्नुभयो। "},{"id":3,"text":"परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्म यहाँ जीवित छौं, यो बाँध्नुभएको हो। "},{"id":4,"text":"परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्निबाट आमनेसामने कुरा गर्नुभयो। "},{"id":5,"text":"(त्यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्निको कारण डराएका थियौ, र पर्वतमा उक्लेनौ।) अनि उहाँले भन्नुभयो:"},{"id":6,"text":"“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।"},{"id":7,"text":"“मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू।"},{"id":8,"text":"“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। "},{"id":9,"text":"तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, "},{"id":10,"text":"तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।"},{"id":11,"text":"“परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। "},{"id":12,"text":"“परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्न याद राख्नू। "},{"id":13,"text":"छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, "},{"id":14,"text":"तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ हो। त्यसमा तिमीहरूले केही काम नगर्नू— आफ्ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्। आफ्ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्। "},{"id":15,"text":"तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्वरले शबाथ मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।"},{"id":16,"text":"परमप्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्यहाँ तिमीहरूको भलो होस्। "},{"id":17,"text":"“हत्या नगर्नू। "},{"id":18,"text":"“व्यभिचार नगर्नू। "},{"id":19,"text":"“चोरी नगर्नू। "},{"id":20,"text":"“आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। "},{"id":21,"text":"“आफ्नो छिमेकीका पत्नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्यसको कुनै पनि वस्तुको लालच नगर्नू।” "},{"id":22,"text":"यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्नुभयो। उहाँले थप केही भन्नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो। "},{"id":23,"text":"जब तिमीहरूले अन्धकारको बीचबाट सोर सुन्यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए। "},{"id":24,"text":"अनि तिमीहरूले भन्यौ, “परमप्रभु हाम्रा परमेश्वरले आफ्नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्निबाट सुन्यौ। परमेश्वर मानिससँग बोल्नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्यौं। "},{"id":25,"text":"अब यति ठूलो अग्निमा भस्म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्वरको सोर हामीले अझै सुन्यौं भनेता हामी मर्नेछौं! "},{"id":26,"text":"अग्निबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ बाँच्ने कुनचाहिँ मरणशील मानिस होला? "},{"id":27,"text":"तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस् र हामी सुनेर पालन गर्नेछौं।”"},{"id":28,"text":"तिमीहरू मसित बोलेका परमप्रभुले सुन्नुभयो, र उहाँले मलाई भन्नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्। "},{"id":29,"text":"मेरो डर मान्ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँभरि होस्।"},{"id":30,"text":"“‘तिमीहरू आ-आफ्नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्। "},{"id":31,"text":"तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्।”"},{"id":32,"text":"यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान्न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग। "},{"id":33,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।"}]},{"id":6,"title":"व्यवस्था 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/6-7cbb1ecda610abf5f5898e798c5e05bc.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्। "},{"id":2,"text":"सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्। "},{"id":3,"text":"हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्।"},{"id":4,"text":"हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। "},{"id":5,"text":"तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। "},{"id":6,"text":"मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। "},{"id":7,"text":"ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। "},{"id":8,"text":"ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। "},{"id":9,"text":"ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।"},{"id":10,"text":"जब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा, "},{"id":11,"text":"जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्— जब तिमीहरूले खाएर अघाउनेछौ, "},{"id":12,"text":"तब होशियार गर, र तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकाली ल्याउनु हुने परमेश्वरलाई नभुल्नू।"},{"id":13,"text":"तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरकै डर मान्नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू। "},{"id":14,"text":"तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्नू, "},{"id":15,"text":"किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश गर्नुहुनेछ। "},{"id":16,"text":"मस्साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको परीक्षा नगर। "},{"id":17,"text":"परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान। "},{"id":18,"text":"परमप्रभुको दृष्टिमा जुन-जुन कुरा ठीक र असल छन् त्यही गर, ताकि तिमीहरूको कल्याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्यो असल देश तिमीहरूले कब्जा गर, "},{"id":19,"text":"र परमप्रभुले भन्नुभएझैँ तिमीहरूले आफ्ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्नेबाट धपाओ।"},{"id":20,"text":"भविष्यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्ला, "},{"id":21,"text":"तब तिमीहरूले त्यसलाई भन्नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्नो बाहुबलले निकाली ल्याउनुभयो। "},{"id":22,"text":"परमप्रभुले हाम्रा आँखाकै सामुन्ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्यन्तै भयानक अचम्मका चिन्ह र आश्चर्य कामहरू देखाउनुभयो। "},{"id":23,"text":"हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन उहाँले हामीलाई त्यहाँबाट निकाल्नुभयो। "},{"id":24,"text":"परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्तर हित होस्, र आज पर्यन्तझैँ हाम्रो जीवनको पनि रक्षा होस्। "},{"id":25,"text":"उहाँका आदेशबमोजिम उहाँको दृष्टिमा परमप्रभु हाम्रा परमेश्वरका यस सारा व्यवस्था पालन गर्न हामी होशियार भयौं भने, त्यही नै हाम्रो धार्मिकता हुनेछ।”"}]},{"id":7,"title":"व्यवस्था 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/7-2b0fb8d9b5e117d6a2c573cc75062ad2.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ, र तिमीहरूभन्दा असंख्य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुन्छ, "},{"id":2,"text":"अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गरेका हुन्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू। "},{"id":3,"text":"उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्ति नलिनू, "},{"id":4,"text":"किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताको पूजा गर्न लाउनेछन्। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई तत्कालै नष्ट पार्नुहुनेछ। "},{"id":5,"text":"तिमीहरूले उनीहरूसित यस्तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू। "},{"id":6,"text":"किनकि परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरूमध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमूल्य सम्पत्ति बनाउन तिमीहरूलाई छान्नुभएको छ। "},{"id":7,"text":"तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्नुभएको होइन, किनकि तिमीहरू त संख्यामा सबै जातिहरूभन्दा कम थियौ। "},{"id":8,"text":"तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्नो बाहुबलद्वारा निकाली ल्याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्वको देशबाट छुटकारा दिनुभयो। "},{"id":9,"text":"यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ, एक विश्वासयोग्य परमेश्वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्तामाथि उहाँले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ, र दया देखाउनुहुन्छ। "},{"id":10,"text":"तर उहाँलाई तिरस्कार गर्नेहरूलाई उहाँले अवश्य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्ब गर्नुहुनेछैन। "},{"id":11,"text":"यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञा, विधि र विधान होशियारीसाथ पालन गर।"},{"id":12,"text":"तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो। "},{"id":13,"text":"उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष् दिनुभएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। उहाँले तिमीहरूलाई दिन्छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल— अन्न, नयाँ दाखमद्य, तेल— गाईबस्तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष् दिनुहुनेछ। "},{"id":14,"text":"तिमीहरू अरू मानिसहरूभन्दा ज्यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्त्रीहरूमध्ये कोही पनि निस्सन्तान हुनेछैन न त पशुहरूमध्ये कुनै पनि बैला हुनेछ। "},{"id":15,"text":"अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्वतन्त्र राख्नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्नेहरूमाथि ती ल्याउनुहुनेछ। "},{"id":16,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा दिनुहुने सबै जातिलाई तिमीहरूले नाश गर्नू, उनीहरूलाई नटिठ्याउनू। उनीहरूका देवताहरूको सेवा नगर्नू, किनभने त्यही नै तिमीहरूलाई फसाउने पासो हुनेछ।"},{"id":17,"text":"“यी जाति हामीभन्दा बलिया छन्। हामी कसरी यिनीहरूलाई निकाल्न सकौंला?” भनी तिमीहरूले आफ्नो मनमा सम्झौला। "},{"id":18,"text":"तर उनीहरूसँग नडराओ। परमप्रभु तिमीहरूका परमेश्वरले फारो र सारा मिश्रलाई के गर्नुभयो त्यसको स्मरण गर। "},{"id":19,"text":"ठूला-ठूला सङ्कष्टहरू, अचम्मका चिन्हहरू, आश्चर्यकर्म, र आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर तिमीहरूलाई निकाली ल्याउनुभएको त्यहाँ तिमीहरू आफैले देखेका थियौ— त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू अहिले डराएका ती सबै जातिसँग पनि गर्नुहुनेछ। "},{"id":20,"text":"यसबाहेक परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूका बाँकी रहेका र तिमीहरूदेखि लुक्नेहरू नष्ट नहोउञ्जेल उनीहरूका बीचमा अरिङ्गाल पठाउनुहुनेछ। "},{"id":21,"text":"उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ। उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ। "},{"id":22,"text":"अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई बिस्तार-बिस्तार तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। तिमीहरूले उनीहरूलाई एकै चोटि नाश गर्न पाउनेछैनौ, नत्रता तिमीहरू वरिपरिका जङ्गली जनावरहरू धेरै संख्यामा बढ़िजानेछन्। "},{"id":23,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुनेछ, र उनीहरू नष्ट नहोउञ्जेल उनीहरूमा ज्यादै गोलमाल ल्याइदिनुहुनेछ। "},{"id":24,"text":"अनि उहाँले उनीहरूका राजाहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ, र तिमीहरूले आकाशमुनिबाट उनीहरूका नाउँनिशानै मेटिदिनेछौ। कोही पनि मानिस तिमीहरूका सामुन्ने खड़ा रहन सक्नेछैन। तिमीहरूले उनीहरूलाई नाश गर्नेछौ। "},{"id":25,"text":"उनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्नो निम्ति नलिनू, किनकि त्यही नै तिमीहरूका निम्ति फन्दा हुनेछ। किनभने परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति यो घृणित कुरो हो। "},{"id":26,"text":"तिमीहरूले कुनै घृणित कुरो आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्यसलाई एकदमै तिरस्कार र घृणा गर्नू, किनकि त्यो नाशको लागि अलग गरिएको हो।"}]},{"id":8,"title":"व्यवस्था 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/8-0f99467ef74316274cf523d3158594eb.mp3?version_id=1483","verses":[{"id":1,"text":"मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्यामा बढ्न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक। "},{"id":2,"text":"तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँका आज्ञा मान्ने हृदय छ कि छैन भनी जान्नलाई यी चालीस वर्षभरिको उजाड़-स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनुभयो, सो स्मरण गर। "},{"id":3,"text":"उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्याउनुभयो, अनि तिमीहरूलाई मन्न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो। "},{"id":4,"text":"ती चालीस वर्षसम्म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्। "},{"id":5,"text":"तिमीहरूले यो जान, कि मान्छेले आफ्नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ताड़ना दिनुहुन्छ।"},{"id":6,"text":"परमप्रभु तिमीहरूका परमेश्वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर। "},{"id":7,"text":"किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्छन्। "},{"id":8,"text":"त्यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। "},{"id":9,"text":"त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्नेछौ।"},{"id":10,"text":"जब तिमीहरू तृप्त होउञ्जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्ति तिमीहरूले आफ्ना परमेश्वरको प्रशंसा गर। "},{"id":11,"text":"सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल। "},{"id":12,"text":"नत्रता जब तिमीहरू खाएर तृप्त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ, "},{"id":13,"text":"जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्, "},{"id":14,"text":"तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्नेछौ। "},{"id":15,"text":"उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्थानको बीचमा डोर्याउनुभयो। उहाँले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो। "},{"id":16,"text":"अन्त्यमा तिमीहरूको भलो होस् भनेर उजाड़-स्थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्याउनुभयो र जाँच्नुभयो। "},{"id":17,"text":"“हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला। "},{"id":18,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ।"},{"id":19,"text":"म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्यौ भने, तिमीहरू अवश्य नष्ट हुनेछौ। "},{"id":20,"text":"परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ।"}]},{"id":9,"title":"व्यवस्था 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/9-aff5764fafd84eeca1c513ec3cc933ef.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे इस्राएली हो, सुन, तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ। "},{"id":2,"text":"त्यहाँका मानिस अनाकीहरू हुन्, जसको बारेमा तिमीहरू जान्दछौ। उनीहरू बलिया र अल्गा-अल्गा छन्। “अनाकीहरूका सामु को खड़ा हुन सक्छ?” भन्ने उक्ति तिमीहरूले सुनेका छौ। "},{"id":3,"text":"तर आज यो कुरा निश्चय नै जानी राख, कि भस्म गर्ने आगोझैँ तिमीहरूका अगिअगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै हुनुहुन्छ। उहाँले उनीहरूलाई नष्ट पार्नुहुनेछ र तिमीहरूको अधीनमा ल्याउनुहुनेछ। परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले उनीहरूलाई धपाएर चाँड़ै नष्ट पार्नेछौ।"},{"id":4,"text":"परमप्रभुले तिमीहरूका सामुन्नेबाट उनीहरूलाई निकालिसक्नुभएपछि तिमीहरूले आफ्नो मनमा यसो नभन्नू, “हाम्रो धार्मिकताको कारणले नै परमप्रभुले यो देश अधिकार गर्न हामीलाई ल्याउनुभएको हो।” बरु यी जातिहरूको दुष्टताले गर्दा नै परमप्रभुले उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुन्छ। "},{"id":5,"text":"तिमीहरूको धार्मिकता वा ईमानदारीको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ। तर यी जातिको दुष्टताले गर्दा तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले यिनीहरूलाई तिमीहरूका सामुबाट निकाल्नुहुनेछ। "},{"id":6,"text":"यसकारण याद राख, कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको होइन। किनभने तिमीहरू त हठी मानिसहरू हौ।"},{"id":7,"text":"उजाड़-स्थानमा तिमीहरूले कसरी परमप्रभु तिमीहरूका परमेश्वरलाई रीस उठायौ, यो कुराको सम्झना गर, र कहिल्यै नबिर्स। मिश्रबाट निक्लेको दिनदेखि यस ठाउँमा आइपुगुञ्जेल तिमीहरूले परमप्रभुको विरोध गरी नै रहेका छौ। "},{"id":8,"text":"होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रीस उठायौ, र तिमीहरूलाई नाशै गर्नेसम्म परमप्रभु क्रुद्ध हुनुभएको थियो। "},{"id":9,"text":"परमप्रभुले तिमीहरूसित बाँध्नुभएको करारका शिला-पाटी लिनलाई जब म पर्वतमा उक्लेको थिएँ, तब म त्यस पर्वतमा चालीस दिन र चालीस रात रहें। मैले रोटी वा पानी खाइनँ। "},{"id":10,"text":"अनि परमप्रभुले परमेश्वरका हातले लेख्नुभएका दुई वटा शिला-पाटी मलाई सुम्पनुभयो। पर्वतमाथि अग्निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए।"},{"id":11,"text":"परमप्रभुले चालीस दिन र चालीस रातको अन्तमा करारका ती दुई शिला-पाटी मलाई दिनुभयो। "},{"id":12,"text":"त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “उठ्, झट्टै यहाँबाट ओर्लिहाल्, किनभने तैंले मिश्रबाट ल्याएका तेरा मानिसहरू भ्रष्ट भएका छन्। जुन आज्ञा मैले तिनीहरूलाई दिएको थिएँ, त्यसबाट तिनीहरू चाँड़ै तर्किगएर आफ्ना निम्ति ढलौटे मूर्ति बनाएका छन्।”"},{"id":13,"text":"फेरि परमप्रभुले मलाई भन्नुभयो, “मैले यी मानिसहरूलाई हेरें, र यिनीहरू त हठी मानिसहरू रहेछन्। "},{"id":14,"text":"अब मलाई एकलै छोड़िदे, र म तिनीहरूलाई नाश गर्नेछु, र तिनीहरूको नाउँ स्वर्गमुनिबाट मेटिदिनेछु। अनि तँबाट नै तिनीहरूभन्दा शक्तिशाली र बढ़ी संख्याको जाति बनाउनेछु।”"},{"id":15,"text":"तब म पर्वतबाट तल ओर्लें। त्यस बेला पर्वत अग्निले बलिरहेको थियो, र करारका दुई पाटी मेरा दुई हातमा थिए। "},{"id":16,"text":"अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गरेर आफ्ना निम्ति बाछाको ढलौटे मूर्ति बनाएका मैले देखें। परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू यति छिट्टै तर्केर गएथ्यौ। "},{"id":17,"text":"यसकारण मैले ती दुवै पाटी लिएर हातबाट फ्याँकी तिमीहरूका आँखाकै सामु फुटाइदिएँ।"},{"id":18,"text":"परमप्रभुको दृष्टिमा कुकर्म गरी तिमीहरूले आफ्ना सबै पापको कारण उहाँलाई क्रोधित तुल्याएका हुनाले म पहिलेझैँ चालीस दिन र चालीस रातसम्म परमप्रभुको अगि लम्पसार परिरहें। मैले रोटी वा पानी खाइनँ। "},{"id":19,"text":"परमप्रभुको रीस र क्रोधदेखि मलाई डर लाग्यो, किनकि तिमीहरूलाई नाशै गर्ने गरी उहाँ तिमीहरूसँग रिसाउनुभएको थियो। तर यस पल्ट पनि परमप्रभुले मेरो बिन्ती सुन्नुभयो। "},{"id":20,"text":"हारूनलाई पनि नाश पार्नेसम्म गरी परमप्रभु तिनीसँग रिसाउनुभएको थियो, तर मैले त्यस बेला हारूनको निम्ति पनि प्रार्थना गरें। "},{"id":21,"text":"त्यसपछि मैले तिमीहरूको त्यो पापमय वस्तु, तिमीहरूले बनाएको त्यो बाछो लिएर आगोमा जलाइदिएँ र त्यसलाई चकनाचूर पारेर धूलोपीठो बनाएँ, र त्यो धूलो पर्वतबाट झर्ने खोलामा फालिदिएँ।"},{"id":22,"text":"तिमीहरूले तबेरा, मस्साह र किब्रोथ-हत्तावामा पनि परमप्रभुलाई क्रुद्ध तुल्यायौ। "},{"id":23,"text":"अनि परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेबाट यसो भनेर पठाउनुभयो, “गएर मैले तिमीहरूलाई दिएको देश अधिकार गर।” तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाको विरोध गर्यौ, र तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको कुरा पनि मानेनौ। "},{"id":24,"text":"मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरोधमा चलेका छौ।"},{"id":25,"text":"परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्नुभएकोले परमप्रभुको अगि म चालीस दिन र चालीस रात पस्रिरहें। "},{"id":26,"text":"मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, “हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्याउनुभएको आफ्नो प्रजा र आफ्नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्। "},{"id":27,"text":"आफ्ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस्। यी मानिसहरूका हठ, दुष्टता र पापतिर नहेर्नुहोस्, "},{"id":28,"text":"नत्रता हामीलाई जुन देशबाट तपाईंले निकालेर ल्याउनुभयो त्यसले भन्ला, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशभित्र तिनीहरूलाई लैजान नसक्नुभएकोले र तिनीहरूलाई घृणा गर्नुभएकोले उहाँले तिनीहरूलाई उजाड़-स्थानमा मार्न लैजानुभयो।” "},{"id":29,"text":"तर आफ्नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्याउनुभएको तिनीहरू तपाईंको प्रजा र तपाईंकै निज उत्तराधिकार हुन्।”"}]},{"id":10,"title":"व्यवस्था 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/10-c4acd9d8960dbc1afa6b0ff89bb674da.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुई वटा पाटी काट्, र पर्वतमा उक्लेर मकहाँ आइज। अनि एउटा काठको सन्दूक पनि बना। "},{"id":2,"text":"तैंले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यी पाटीमा लेखिदिनेछु, अनि ती तैंले सन्दूकमा राख्नुपर्छ।”"},{"id":3,"text":"मैले बबुल काठको सन्दूक बनाएँ, अनि पहिलेका जस्तै दुई वटा शिला-पाटी काटें, र आफ्ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्लें। "},{"id":4,"text":"अनि परमप्रभुले सभाको दिनमा पर्वतमा अग्निको बीचबाट तिमीहरूलाई दिनुभएका दश आज्ञा पहिलेझैँ ती पाटीमा लेखेर परमप्रभुले मलाई दिनुभयो। "},{"id":5,"text":"त्यसपछि म पर्वतबाट ओर्लेर आएँ, र परमप्रभुले मलाई आज्ञा गर्नुभएझैँ मैले बनाएको यस सन्दूकमा ती पाटीहरू राखें, र ती अहिले त्यसमा छन्।"},{"id":6,"text":"(इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्थानमा पूजाहारीको काम गर्न लागे। "},{"id":7,"text":"त्यहाँबाट इस्राएलीहरू गुदगुदासम्म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए। "},{"id":8,"text":"आजसम्म चलिआएझैँ परमप्रभुका करारको सन्दूक बोक्न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष् दिन त्यस बेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो। "},{"id":9,"text":"यसैकारण लेवीहरूलाई आफ्ना दाजुभाइहरूसँग कुनै हिस्सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्छ।)"},{"id":10,"text":"पहिलेझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। यस पल्ट पनि परमप्रभुले मेरो बिन्ती सुन्नुभयो। उहाँले तिमीहरूलाई नाश गर्न चाहनुभएन। "},{"id":11,"text":"अनि परमप्रभुले मलाई भन्नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको देशमा पसी तिनीहरूले त्यो अधिकार गरून्।”"},{"id":12,"text":"यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्: तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, "},{"id":13,"text":"र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।"},{"id":14,"text":"आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, र पृथ्वी र त्यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन्। "},{"id":15,"text":"तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्नो प्यार खन्याई परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्नुभयो। "},{"id":16,"text":"यसकारण अब आफ्ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। "},{"id":17,"text":"किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, र उहाँले कहिल्यै घूस लिनुहुन्न। "},{"id":18,"text":"उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। "},{"id":19,"text":"यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ। "},{"id":20,"text":"परमप्रभु आफ्ना परमेश्वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ। "},{"id":21,"text":"उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति तिमीहरूका आफ्नै आँखाले देखेका ती महान् र आश्चर्यपूर्ण कार्यहरू गर्नुभयो। "},{"id":22,"text":"तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्ती पार्नुभएको छ। "}]},{"id":11,"title":"व्यवस्था 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/11-9e8195f32e7c766736d3ffb590ce8b8e.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर, र उहाँका आदेश, विधिविधान र आज्ञाहरू सधैँ पालन गर। "},{"id":2,"text":"आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्यौ र देख्यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ। "},{"id":3,"text":"मिश्रकै माझमा, मिश्रका राजा फारो र उनका सारा देशभरि उहाँले देखाउनुभएका चिन्ह र कार्यहरू तिमीहरूलाई थाहै छ। "},{"id":4,"text":"मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्दछौ। "},{"id":5,"text":"यस ठाउँमा आई नपुगुञ्जेल उजाड़-स्थानमा उहाँले के-के गर्नुभयो सो देख्ने तिमीहरूका छोराछोरी होइनन्। "},{"id":6,"text":"कसरी रूबेनवंशी एलीआबका छोराहरू दातान र अबीरामलाई धरतीले आफ्नो मुख बाएर तिनीहरूका घरानाहरू, पालहरू र तिनका सबै जीवित बस्तुसमेत सारा इस्राएलकै सामुन्ने निलिदिएको पनि तिमीहरूलाई थाहा छ। "},{"id":7,"text":"तिमीहरूले आफ्नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान् कार्यहरू देखेका छौ।"},{"id":8,"text":"यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन तरी अधिकार गर्नुपर्ने देशलाई आफ्नो बनाउन सक। "},{"id":9,"text":"अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्। "},{"id":10,"text":"तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्यो देश तिमीहरू निस्केर आएको मिश्रजस्तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्नुपर्थ्यो। "},{"id":11,"text":"तर तिमीहरू अधिकार गर्न यर्दन पारि गइरहेको देशचाहिँ डाँड़ा र बेँसीहरूको देश हो, जहाँ आकाशको पानीले जमिन भिजाउँछ। "},{"id":12,"text":"त्यस देशको रेखदेख परमप्रभु परमेश्वरले नै गर्नुहुन्छ। सालको सुरुदेखि सालको अन्तसम्मै परमप्रभु तिमीहरूका परमेश्वरको नजर त्यसमाथि रहिरहन्छ।"},{"id":13,"text":"यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्वासयोग्यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ भने र आफ्नो सारा हृदय र प्राणले उहाँको सेवा गर्यौ भने, "},{"id":14,"text":"म ऋतुअनुसार शरद् र बसन्तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्न, नयाँ दाखमद्य र तेल बटुल्न सक। "},{"id":15,"text":"म तिमीहरूका गाईबस्तुका लागि पनि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर सन्तुष्ट हुनेछौ।"},{"id":16,"text":"यसैले होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवताहरूको सेवा र पूजा गरौला, "},{"id":17,"text":"अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्कनेछ, र वर्षा नहोस् र जमिनले आफ्नो उब्जनी नदेओस् भनी उहाँले आकाशको झरी नै बन्द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्यो असल देशदेखि तिमीहरू छिट्टै नष्ट भइहाल्नेछौ। "},{"id":18,"text":"तिमीहरूले मेरा यी वचनहरू आफ्ना मन र हृदयमा राख। ती आफ्ना हातमा र निधारमा चिन्हहरू स्वरूप बाँध। "},{"id":19,"text":"आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाओ। "},{"id":20,"text":"आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख, "},{"id":21,"text":"ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्तानहरू पृथ्वीमाथि आकाश रहुञ्जेल चिरायु होऊन्।"},{"id":22,"text":"परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँलाई समातिराख्न भनी मैले तिमीहरूलाई मान्नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने, "},{"id":23,"text":"परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ। "},{"id":24,"text":"तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्थानदेखि लेबनानसम्म, र महानदी यूफ्रेटिसदेखि पश्चिमको समुद्रसम्मै तिमीहरूको सिमाना हुनेछ। "},{"id":25,"text":"तिमीहरूका सामु कोही पनि टिक्न सक्नेछैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ।"},{"id":26,"text":"हेर, आज म तिमीहरूका सामु आशिष् र अभिशाप राख्दैछु। "},{"id":27,"text":"मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यौ भने आशिष् पाउनेछौ। "},{"id":28,"text":"र परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्यौ भने तिमीहरूले सराप पाउनेछौ। "},{"id":29,"text":"जब परमप्रभु तिमीहरूका आफ्ना परमेश्वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुन्छ, तब तिमीहरूले आशिष्चाहिँ गीरीज्जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू। "},{"id":30,"text":"तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्चिमपट्टि, घाम अस्ताउने दिशातिर, अराबामा बस्ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्। "},{"id":31,"text":"तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्यस ठाउँलाई अधिकार गरी त्यहाँ बसिरहेका हुनेछौ, "},{"id":32,"text":"तब मैले आज तिमीहरूका सामुन्ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्याल राख।"}]},{"id":12,"title":"व्यवस्था 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/12-224086143a0a3c875681835a4f61df03.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरूका पिता-पुर्खाहरूका परमप्रभु परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुञ्जेल तिमीहरूले ख्याल राखेर मान्नुपर्ने विधिविधान यी नै हुन्। "},{"id":2,"text":"जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ, उनीहरूले आफ्ना देवताहरू पूजा गर्ने उनीहरूका अल्गा डाँड़ा र हरेक पर्वत र फैलिएको रूखमुनिका सबै स्थानहरू तिमीहरूले सम्पूर्ण तवरले नाश गर्नू। "},{"id":3,"text":"उनीहरूका वेदीहरू फुटाइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू। उनीहरूका अशेरा देवीका खम्बाहरू आगोमा जलाइदिनू। उनीहरूका देवताहरूका मूर्तिहरू ढालिदिनू र ती ठाउँहरूदेखि उनीहरूका नाउँनिशानै मेटिदिनू। "},{"id":4,"text":"तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना उनीहरूको पाराले नगर्नू। "},{"id":5,"text":"जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न र स्वयम् वास गर्नलाई तिमीहरूका सबै कुलबाट छान्नुहुन्छ, त्यही ठाउँ तिमीहरूले खोज्नू। त्यही ठाउँमा तिमीहरू जाने गर्नू। "},{"id":6,"text":"त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, बलिदान, दशांश र विशेष भेटी, भाकल बलि, स्वेच्छा बलि, र गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएका पशु ल्याउने गर्नू। "},{"id":7,"text":"त्यहीँ नै तिमीहरू र तिमीहरूका परिवारहरूले परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने खानपान गर्नेछौ र तिमीहरूले गर्ने सबै काममा आनन्द मनाउनेछौ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।"},{"id":8,"text":"आज हामी प्रत्येकले आफ्नो दृष्टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू, "},{"id":9,"text":"किनकि जुन विश्रामस्थान र उत्तराधिकार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको छ, त्यहाँ तिमीहरू अझ आइपुगेका छैनौ। "},{"id":10,"text":"तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर त्यहाँ बसोबास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ। "},{"id":11,"text":"तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुभएको ठाउँमा मैले तिमीहरूलाई आदेश दिएका तिमीहरूका होमबलि, बलिदानहरू, तिमीहरूका दशांश, विशेष भेटीहरू र तिमीहरूले आफ्ना परमप्रभुको निम्ति भाकल गरेका असल-असल थोकहरू ल्याउनू। "},{"id":12,"text":"अनि तिमीहरू, तिमीहरूका छोराछोरीहरू, कमारा-कमारीहरू र तिमीहरूका सहरमा भएका लेवीहरूले, जसको आफ्नो निजी हिस्सा वा अंश छैन, परमप्रभु तिमीहरूका परमेश्वरको सामु आनन्द मनाउनू। "},{"id":13,"text":"होशियार बस। तिमीहरूले आफ्नो होमबलि तिमीहरूले देखेको जुनसुकै ठाउँमा नचढ़ाउनू। "},{"id":14,"text":"तर परमप्रभुले तिमीहरूका कुलबाट छान्नुभएको ठाउँमा मात्रै चढ़ाउनू, र मैले आदेश दिएका सबै काम पनि त्यहीँ गर्नू।"},{"id":15,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार तिमीहरूको कुनै पनि सहरभित्र आफूले चाहेजति पशु मारेर खान सक्छौ— हरिण र मृगको मासु खाएझैँ, विधिपूर्वक शुद्ध र अशुद्ध व्यक्ति कसैले पनि सो खान सक्छ। "},{"id":16,"text":"केवल रगतचाहिँ नखानू। त्यो पानीझैँ भूइँमा पोखाइदिनू। "},{"id":17,"text":"आफ्नो सहरभित्र अन्न, नयाँ दाखमद्य र तेलको दशांश, अथवा गाईबस्तु वा भेड़ाबाख्राको पहिले बियाएको पशु, अथवा भाकल गरेको कुनै थोक वा स्वेच्छा बलि वा विशेष बलि तिमीहरूको सहरभित्र तिमीहरूले नखानू। "},{"id":18,"text":"बरु परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुभएको ठाउँमा उहाँको सामुन्ने तिमी, तिम्रा छोराछोरी, कमारा-कमारी र तिमीहरूका सहरभित्र भएका लेवीले ती खानू, अनि तिमीहरूले गर्ने आफ्ना सबै काममा परमप्रभु आफ्ना परमेश्वरको सामु आनन्द मनाउनू। "},{"id":19,"text":"होशियार बस, र आफ्नो देशमा रहुञ्जेल लेवीहरूको बेवास्ता नगर्नू।"},{"id":20,"text":"जब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूका सिमानाको वृद्धि गरिदिनुहुनेछ र तिमीहरूलाई मासुको तृष्णा हुनेछ र “म मासु खान्छु” भन्नेछौ, तब आफूले चाहेजति मासु खाओ। "},{"id":21,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुभएको ठाउँ टाढ़ा छ भने, परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएका गाईबस्तु र भेड़ाबाख्रा मारेर, मैले आदेश दिएझैँ आफ्नै सहरभित्र चाहेजति खाओ। "},{"id":22,"text":"हरिण वा मृग खाएझैँ ती पनि खानू— विधिपूर्वक शुद्ध वा अशुद्ध व्यक्ति कसैले पनि ती खान सक्छ। "},{"id":23,"text":"केवल रगतचाहिँ कदापि नखानू, किनकि रगतचाहिँ जीवन हो, र तिमीहरूले मासुसँग जीवन खानुहुँदैन। "},{"id":24,"text":"तिमीहरूले त्यो रगत खानुहुँदैन। पानीझैँ त्यो भूइँमा पोखाइदिनू। "},{"id":25,"text":"तिमीहरूले त्यो नखानू, र तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठीक छ त्यो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्तानको भलो होस्।"},{"id":26,"text":"तिमीहरूका समर्पणका थोकहरू र भाकल गरेका थोकहरू लिएर परमप्रभुले छान्नुहुने ठाउँमा जानू। "},{"id":27,"text":"तिमीहरूले आफ्ना होमबलिहरू मासु र रगत दुवै परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा चढ़ाउनू। बलिदानको रगतचाहिँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका वेदीको छेउमा खन्याइदिनुपर्छ। मासुचाहिँ तिमीहरूले खान सक्छौ। "},{"id":28,"text":"मैले तिमीहरूलाई दिएका विधिहरू मान्नलाई ध्यान देओ, र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे असल र उचित छ सो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्तानको भलो होस्।"},{"id":29,"text":"जुन जातिहरूलाई तिमीहरूले आक्रमण गरेर धपाउन लागेका छौ, परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका सामुन्ने नाश गर्नुहुनेछ। तर उनीहरूलाई धपाएर जब तिमीहरू उनीहरूको देशमा बसोबास गर्छौ, "},{"id":30,"text":"तब होशियार बस, र उनीहरू नष्ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्नू, र “यी जातिहरूले आफ्ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्यसै गर्छौं” भन्दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू। "},{"id":31,"text":"तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्छ। उनीहरू आफ्ना छोराछोरीहरूलाई पनि आफ्ना देवताहरूका लागि आगोमा होमिदिन्छन्।"},{"id":32,"text":"जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ़ नगर। "}]},{"id":13,"title":"व्यवस्था 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/13-9934e1cec360b2281aaf84eb3b8d4253.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्वप्न-दर्शी चमत्कारी चिन्ह वा आश्चर्यकर्म देखाउन तत्पर हुन्छ, "},{"id":2,"text":"र त्यसले भनेको चिन्ह वा चमत्कार घटेपछि तिमीले नचिनेका “अन्य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्यसले भन्यो भने, "},{"id":3,"text":"तिमीहरूले त्यस अगमवक्ता वा स्वप्न-दर्शीका कुरा नसुन्नू। त्यो त तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो। "},{"id":4,"text":"तिमीहरूचाहिँ परमप्रभु आफ्ना परमेश्वरका मार्गमा हिँड्नू, उहाँको डर मान्नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू। "},{"id":5,"text":"तर त्यो अगमवक्ता वा स्वप्न-दर्शी मारिनुपर्छ, किनकि दासत्वको देश मिश्रबाट मुक्त गरेर ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई बहकाउनलाई त्यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो। यसरी तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ।"},{"id":6,"text":"तिमीहरूका आफ्नै दाजुभाइ, छोराछोरी, तिम्री प्यारी पत्नी वा घनिष्ठ साथीले पनि तिमीहरूले पुर्खैदेखि नचिनेका देवताहरूलाई पुजौं भनी तिमीहरूलाई सुटुक्क फकाए भने— "},{"id":7,"text":"चाहे तिमीहरूका वरिपरि बस्ने मानिसहरूका नजिकका देवता होऊन् वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन् वा अर्को छेउका— "},{"id":8,"text":"त्यो फुस्लाउनेको कुरा नसुन्नू, त्यसलाई नमान्नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई "},{"id":9,"text":"तिमीहरूले त्यसलाई निश्चय नै मारिहाल्नुपर्छ। त्यो कुरा सुन्ने मानिसले नै त्यसलाई मार्न पहिले हात उठाओस्, त्यसपछि सबै मानिसहरूले हात उठाऊन्। "},{"id":10,"text":"तिमीहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हान्नू, किनकि दासत्वको देश मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु परमेश्वरदेखि तिमीहरूलाई त्यसले बहकाउन खोज्यो। "},{"id":11,"text":"यसरी सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्, र तिमीहरूका बीचमा यस्तो खराबी फेरि कसैले गर्नेछैन।"},{"id":12,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बस्न दिनुहुने कुनै सहरमा "},{"id":13,"text":"कतिपय दुष्ट मानिसहरू खड़ा भएर त्यहाँका बासिन्दाहरूलाई कहिल्यै नचिनेका देवताहरूलाई पुजौं भनी बहकाएका तिमीहरूले सुन्यौ भने, "},{"id":14,"text":"सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्यस्तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्यो भने, "},{"id":15,"text":"तिमीहरूले त्यस सहरका बासिन्दाहरूलाई अवश्य तरवारले काटेर मार्नू र त्यस सहरलाई सम्पूर्ण तवरले नाश गर्नू, र त्यहाँ भएका गाईबस्तुसमेत सबैलाई तरवारले मार्नू। "},{"id":16,"text":"त्यहाँका सबै मालमत्तासमेत सहरको मध्ये भागमा बटुलेर त्यस सहर र मालमत्तालाई जलाइदिनू। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो होमबलिझैँ हुनेछ। त्यो सधैँभरि ध्वस्त रहोस्, र त्यसको पुनर्निर्माण नगर्नू। "},{"id":17,"text":"निषेध गरिएको कुनै पनि थोक तिमीहरूले नलानू, र परमप्रभुको भयानक क्रोध शान्त हुनेछ। तिमीहरूमाथि दया र करुणा देखाएर तिमीहरूका पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञाअनुसार उहाँले तिमीहरूको वृद्धि गर्नुहुनेछ, "},{"id":18,"text":"किनभने परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाकारी भएर आज दिएको मेरो आदेशअनुसार तिमीहरू उहाँका सबै आज्ञाहरू पालन गर्छौ र उहाँको दृष्टिमा उचित काम गर्छौ।"}]},{"id":14,"title":"व्यवस्था 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/14-f3cd96017be624a5787e48ae08699216.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू। "},{"id":2,"text":"किनकि तिमीहरू त परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्वीमा भएका समस्त मानिसजातिबाट तिमीहरूलाई नै आफ्नो अमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ। "},{"id":3,"text":"तिमीहरूले कुनै घृणित थोक नखानू। "},{"id":4,"text":"तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्: गोरु, भेड़ा, बोका, "},{"id":5,"text":"मृग, हरिण, बराँठ, जङ्गली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेड़ा। "},{"id":6,"text":"पशुहरूमध्ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्छ। "},{"id":7,"text":"तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्छन् तर यिनीहरूका खुर चिरिएका हुँदैनन्। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्। "},{"id":8,"text":"सुँगुर पनि अशुद्ध हुन्छ, किनकि त्यसको खुर चिरिएको त हुन्छ तर त्यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू।"},{"id":9,"text":"पानीमा हुनेमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खानु हुन्छ। "},{"id":10,"text":"तर पखेटा र कत्ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्।"},{"id":11,"text":"तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानु हुन्छ। "},{"id":12,"text":"तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्: गरुड, गिद्ध र कालो गिद्ध, "},{"id":13,"text":"सबै थरीका रातो चील, र कालो चील, "},{"id":14,"text":"सबै थरीका काग, "},{"id":15,"text":"ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज, "},{"id":16,"text":"सानो लाटोकोसेरो, भुल्का, सेतो लाटोकोसेरो, "},{"id":17,"text":"मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा, "},{"id":18,"text":"सारस, हरथरीका बकुल्ला, फाप्रेचरो र चमेरो।"},{"id":19,"text":"बथान-बथानमा उड्ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्। ती नखानू। "},{"id":20,"text":"तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खानु हुन्छ।"},{"id":21,"text":"जे मरिसकेको भेट्टाउँछौ, त्यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्ने परदेशीलाई त्यो दिन सक्छौ, र त्यसले त्यो खाए हुन्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। बाख्राको पाठो माउको दूधमा नपकाउनू।"},{"id":22,"text":"हरेक साल खेतमा उम्रने उब्जनीबाट तिमीहरूले दशांश अलग राख्न नभुल्नू। "},{"id":23,"text":"जुन स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुन्छ, त्यहीँ आफ्ना अन्न, दाखमद्य र तेलको दशांश र आफ्ना गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएका बच्चा उहाँको सामुन्ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको भय सधैँ मान्न सिक्नेछौ। "},{"id":24,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ, र तिमीहरूले आफ्नो दशांश बोकेर लैजान सक्दैनौ, किनकि तिमीहरूको दशांश लैजानलाई उहाँले चुन्नुभएको आफ्नो नाउँको वासस्थान साह्रै टाढ़ा छ भने, "},{"id":25,"text":"आफ्नो दशांश बेची पैसा आफ्नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्वरले चुन्नुभएको स्थानमा जानू। "},{"id":26,"text":"आफ्नो इच्छाअनुसार गाईबस्तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्यही पैसाले किनेर आफ्नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु खाएर आनन्द मनाउनू। "},{"id":27,"text":"तिमीहरूका सहरमा बस्ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्ना केही हिस्सा वा अंश हुँदैन।"},{"id":28,"text":"प्रत्येक तीन वर्षको अन्तमा वर्ष-वर्षको उब्जनीको सबै दशांश सहरको ढुकुटीमा थन्क्याउनू, "},{"id":29,"text":"के तिमीहरूसित सहरमा बस्ने केही हिस्सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष् देऊन्।"}]},{"id":15,"title":"व्यवस्था 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/15-b70ffd9ce91c7246342ee0c72936e8a6.mp3?version_id=1483","verses":[{"id":1,"text":"प्रत्येक सात वर्षको अन्तमा कर्जा-माफीको समय राख्नुपर्छ। "},{"id":2,"text":"त्यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्। त्यसले आफ्नो स्वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ। "},{"id":3,"text":"परदेशीलाई चाहिँ कर गरेर माग्न सक्छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ। "},{"id":4,"text":"मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन, "},{"id":5,"text":"किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ। "},{"id":6,"text":"आफ्नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्।"},{"id":7,"text":"यदि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्यस गरीब भाइप्रति निष्ठुर भएर आफ्नो मुट्ठी नबाँध्नू। "},{"id":8,"text":"बरु आफ्नो मुट्ठी खोलेर त्यसको खाँचोअनुसार जे-जति चाहिन्छ सापट दिनू। "},{"id":9,"text":"होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्यो भन्ने कुभावना मनमा राखेर आफ्नो गरीब दाजुभाइलाई गोहार गर्न इन्कार गर्यो, भने त्यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्नेछ। "},{"id":10,"text":"तिमीहरूले त्यसलाई निस्सङ्कोच दिनू, त्यसलाई दिँदा तिमीहरूको मनमा कष्ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्वरले सबै काममा र तिमीहरूले हात हाल्ने हरेक कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ। "},{"id":11,"text":"देशमा गरीब सधैँ हुनेछन्। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइबन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू। "},{"id":12,"text":"यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्छ, त्यसले छ वर्ष तिमीहरूको सेवा गर्यो भने, सातौँ वर्ष त्यसलाई मुक्त भएर जान दिनू। "},{"id":13,"text":"त्यो मुक्त भएर जाँदा त्यसलाई रित्तै हात नपठाउनू, "},{"id":14,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार आफ्ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्तसँग दिएर त्यसलाई पठाउनू। "},{"id":15,"text":"मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्झना गर। त्यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।"},{"id":16,"text":"तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्नँ” भन्यो भने, "},{"id":17,"text":"एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्नी कमारीलाई पनि त्यसै गर्नू।"},{"id":18,"text":"त्यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्नू, किनकि ज्यालादारी नोकरले लिने ज्यालाको दोबर मूल्यको काम त्यसले छ वर्षमा गर्यो। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै काममा आशिष् दिनुहुनेछ।"},{"id":19,"text":"तिमीहरूका गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएको हरेक बाछो वा पाठो परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति अलग गर्नू। आफ्ना गाईबस्तुको पहिले बियाएकाबाट केही काम नलिनू, र आफ्ना पहिले बियाएका भेड़ाको ऊन नकत्रनू। "},{"id":20,"text":"जुन स्थान परमप्रभुले चुन्नुहुन्छ त्यहाँ तिमीहरूले आफ्ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने त्यो खानू। "},{"id":21,"text":"कुनै पशु लङ्गड़ा वा अन्धो भए, अथवा अरू कुनै प्रकारको खोट त्यसमा भए त्यसलाई परमप्रभु आफ्ना परमेश्वरको लागि बलि नगर्नू। "},{"id":22,"text":"आफ्नो सहरमै त्यो खानू। हरिण वा मृगको मासु खाएझैँ विधिपूर्वक शुद्ध वा अशुद्ध व्यक्तिले त्यो खान सक्छ। "},{"id":23,"text":"केवल त्यसको रगतचाहिँ नखानू। त्यो पानीझैँ भूइँमा पोखाइदिनू। "}]},{"id":16,"title":"व्यवस्था 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/16-2e3392246e985ce78d3b632b0c6a7089.mp3?version_id=1483","verses":[{"id":1,"text":"आबीब महिनाको सम्झना राखेर परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड़ मान्नू, किनभने आबीब महिनामै उहाँले तिमीहरूलाई राती मिश्रबाट निकाली ल्याउनुभयो। "},{"id":2,"text":"जुन ठाउँ परमप्रभुले आफ्नो नाउँको निम्ति वासस्थान बनाउन छान्नुहुन्छ, त्यहीँ नै परमप्रभु आफ्ना परमेश्वरको निम्ति भेड़ाबाख्रा र गाईबस्तुबाट निस्तार-चाड़को बलि चढ़ाउनू। "},{"id":3,"text":"खमिर हालेको रोटीसँग त्यो नखानू। सात दिनसम्म अखमिरी रोटी खानू। यो कष्टको रोटी हो, किनभने मिश्रबाट तिमीहरू हतार-हतार गरी आयौ। मिश्रबाट निक्लेर आएको तिमीहरूले जीवनभरि सम्झना राख्नलाई यो खानुपरेको हो। "},{"id":4,"text":"सात दिनसम्म तिमीहरूको देशभित्र आफूसँग भएका कुनै खमिर नभेटिओस्। तिमीहरूले पहिलो दिनको बेलुकी बलि चढ़ाएको पशुको मासु रातभरि राखेर बिहानसम्म नरहोस्।"},{"id":5,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने जुनसुकै सहरमा निस्तार-चाड़को बलि नचढ़ाउनू। "},{"id":6,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुने ठाउँमा नै सूर्यास्तको समयमा तिमीहरू मिश्रबाट प्रस्थान गरेको बेलामा निस्तार-चाड़को बलि चढ़ाउनू। "},{"id":7,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा त्यो पोलेर खानू, र बिहान फर्केर आ-आफ्नो पालमा जानू। "},{"id":8,"text":"छ दिनसम्म अखमिरी रोटी खानू, अनि सातौँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति एउटा सभा राख्नू। त्यस दिन केही काम नगर्नू।"},{"id":9,"text":"पाकेको बाली काट्न सुरु गर्ने समयदेखि सात साता गन्नू। "},{"id":10,"text":"तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार राजीखुशीको बलि चढ़ाएर परमप्रभु आफ्ना परमेश्वरको निम्ति साताहरूका चाड़ मान्नू। "},{"id":11,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थान बनाउन छान्नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, सहरभित्रका लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी, र तिमीहरूका माझमा बस्ने विधवाहरू सबैले आफ्ना परमेश्वरको सामु आनन्द मनाउनू। "},{"id":12,"text":"याद राख, तिमीहरू मिश्रमा कमारा-कमारी थियौ, र यी विधिहरू होशियारीसँग पालन गर।"},{"id":13,"text":"आफ्नो खला र दाखको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड़ मान्नू। "},{"id":14,"text":"तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, र तिमीहरूका सहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड़ मानेर आनन्द मनाउनू। "},{"id":15,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा सात दिनसम्म उहाँको निम्ति चाड़ मान्नू, किनभने उहाँले नै तिमीहरूका उब्जनी र कामकाजमा तिमीहरूलाई आशिष् दिनुहुनेछ र तिमीहरूको आनन्द पूरा हुनेछ।"},{"id":16,"text":"जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ, त्यहाँ वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्ने देखा परून्: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्। "},{"id":17,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्।"},{"id":18,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने तिमीहरूका सबै सहरहरूमा आ-आफ्नो कुलअनुसार न्यायकर्ता र अधिकारीहरू तिमीहरूले नियुक्त गर्नू। तिनीहरूले मानिसहरूको निष्पक्ष इन्साफ गर्नेछन्। "},{"id":19,"text":"न्याय भ्रष्ट नगर, पक्षपात नगर। घूस नलेओ, किनकि घूसखोरीले समझदारका आँखा बन्द गरिदिन्छ र धर्मी जनको वचन बङ्ग्याइदिन्छ। "},{"id":20,"text":"न्यायलाई पछ्याओ, न्यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक।"},{"id":21,"text":"तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको निम्ति बनाएको वेदीको छेउमा अशेरा देवीको काठको खम्बा खड़ा नगर्नू। "},{"id":22,"text":"तिमीहरूले कुनै चोखा ढुङ्गा खड़ा नगर्नू, कारण ती सबै परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ। "}]},{"id":17,"title":"व्यवस्था 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/17-e7856883925a064011d05cfae9d25a77.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै खोट अथवा दाग लागेको गोरु अथवा भेड़ा बलि नगर्नू, किनभने उहाँको निम्ति त्यो घृणित हो।"},{"id":2,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने कुनै सहरमा तिमीहरूका बीचमा बस्ने कोही स्त्री वा पुरुषले अरू देवताहरू वा घाम-जून, वा आकाशका ताराहरूको सेवा-पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्वरको करार भङ्ग गरी "},{"id":3,"text":"उहाँको नजरमा दुष्ट काम गरेको तिमीहरूले चाल पायौ भने, "},{"id":4,"text":"तिमीहरूले त्यसको राम्ररी सोध-खोज गर्नुपर्छ। यदि यो सत्य रहेछ र यस्तो घृणित काम इस्राएलमा भएकै रहेछ भने, "},{"id":5,"text":"यस्तो दुष्ट काम गर्ने पुरुष वा स्त्रीलाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू। "},{"id":6,"text":"मारिने व्यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नू। एउटै साक्षीको गवाहीमा कसैलाई नमार्नू। "},{"id":7,"text":"त्यसलाई मार्न साक्षीहरूले नै सबैभन्दा पहिले हात उठाऊन्। त्यसपछि अरू मानिसहरूले हात उठाऊन्। तिमीहरूले आफ्ना बीचबाट दुष्टतालाई खतम गर्नुपर्छ। "},{"id":8,"text":"कुनै हत्याकाण्ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्यो भने, परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा जानू। "},{"id":9,"text":"पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्नू, अनि तत्कालीन न्यायकर्ताकहाँ गएर परामर्श लिनू। "},{"id":10,"text":"परमप्रभुले छान्नुहुने ठाउँमा तिनीहरूले तिमीहरूलाई दिएका निर्देशनअनुसार सबै कुरा गर्नलाई ध्यान दिनू। "},{"id":11,"text":"तिनीहरूले सिकाएको व्यवस्था र दिएका निर्णयअनुसार तिमीहरूले गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुराहरूबाट दायाँबायाँ नलाग्नू। "},{"id":12,"text":"शेखी गरेर त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरको सेवामा उपस्थित रहने पूजाहारी वा न्यायकर्ताको अपमान गर्ने मानिसलाई तिमीहरूले मार्नू। तिमीहरूले यसरी इस्राएलबाट खराबीलाई खतम गर्नुपर्छ। "},{"id":13,"text":"सबै मानिसहरूले यो सुन्नेछन् र डराउनेछन्, अनि फेरि अपमान गर्नेछैनन्।"},{"id":14,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा पुगेर त्यो अधिकार गरी त्यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्यौ भने, "},{"id":15,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुभएको व्यक्तिलाई नै तिमीहरूले निश्चय गरेर आफ्ना राजा मान्नू। तिनी तिमीहरूका दाजुभाइमध्येबाट एक जना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनू, जोचाहिँ एउटा इस्राएली भाइ होइन। "},{"id":16,"text":"ती राजाले असंख्य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्नुभएको छ। "},{"id":17,"text":"तिनले आफ्नो लागि धेरै पत्नीहरू जम्मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्। "},{"id":18,"text":"जब तिनी आफ्नो राजसिंहासनमा बस्छन्, तब पूजाहारीहरू, जो लेवी हुन्, तिनीहरूसित भएको व्यवस्थाको एक प्रति नकल एउटा पुस्तकमा तिनले उतारून्। "},{"id":19,"text":"त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू होशियारीसाथ पालन गर्नलाई सो पुस्तक तिनीसँग रहोस् र तिनले आजीवन सधैँ पढून्, ताकि तिनले परमप्रभु आफ्ना परमेश्वरको डर मान्न सिकून्। "},{"id":20,"text":"तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ नठानून्, र व्यवस्थाबाट तर्केर दाहिने वा देब्रे नलागून्। यसरी तिनी र तिनका सन्तानले लामो समयसम्म इस्राएलमा तिनको राज्यमाथि शासन गर्नेछन्। "}]},{"id":18,"title":"व्यवस्था 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/18-7e0f4f74d45f879492d612d889bc93f8.mp3?version_id=1483","verses":[{"id":1,"text":"पूजाहारीहरू, जो लेवी हुन्— वास्तवमा, सारा लेवी कुलको इस्राएलीहरूसँग कुनै भाग वा अंश हुनेछैन। परमप्रभुलाई आगोद्वारा चढ़ाइएका बलिहरू खाएरै तिनीहरूले गुजारा गरून्, किनकि तिनीहरूले पाउने अंश त्यही हो। "},{"id":2,"text":"तिनीहरूका दाजुभाइका बीचमा तिनीहरूको कुनै अंश हुनेछैन। परमप्रभुको प्रतिज्ञाअनुसार उहाँ नै तिनीहरूको अंश हुनुहुन्छ। "},{"id":3,"text":"गोरु वा भेड़ाको बलि चढ़ाउने मानिसहरूबाट पूजाहारीहरूले पाउनुपर्ने भाग यही हो: कुम, बङ्गाराका दुवै भाग र आन्द्रा-भुँड़ी। "},{"id":4,"text":"अन्न, नयाँ दाखमद्य र तेलको प्रथम उब्जनी र भेड़ाको पहिलो ऊन तिमीहरूले तिनीहरूलाई दिनुपर्छ। "},{"id":5,"text":"किनभने उहाँको नाउँमा खड़ा भएर सधैँ सेवा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले सबै कुलहरूमध्येबाट लेवी कुललाई नै छान्नुभएको छ।"},{"id":6,"text":"इस्राएलको कुनै सहरमा बसेका एक जना लेवी निक्लेर परमप्रभुले छान्नुहुने ठाउँमा उत्सुकतापूर्वक आए भने, "},{"id":7,"text":"त्यहाँ परमप्रभुको अगि सेवा गर्ने सबै लेवी दाजुभाइहरूले झैँ तिनले पनि परमप्रभु आफ्ना परमेश्वरको नाउँमा सेवा गरून्। "},{"id":8,"text":"आफ्नो परिवारका सम्पत्तिको बिक्रीबाट पैसा पाए पनि तिनले तिनीहरूसँग बराबर उपहार पाउनेछन्।"},{"id":9,"text":"परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू। "},{"id":10,"text":"आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, "},{"id":11,"text":"टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। "},{"id":12,"text":"यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ। "},{"id":13,"text":"परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरू निर्दोष हुनुपर्छ। "},{"id":14,"text":"तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्छन्। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ। "},{"id":15,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइमध्येबाट मजस्तै एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू। "},{"id":16,"text":"किनकि “अब उप्रान्त परमप्रभु हाम्रा परमेश्वरको सोर सुन्नु नपरोस् र यो डरलाग्दो अग्नि कहिल्यै हेर्नु नपरोस्, नत्रता हामी मर्नेछौं” भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्वरसँग तिमीहरूले यही बिन्ती गरेका थियौ।"},{"id":17,"text":"परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूले ठीकै भनेका छन्। "},{"id":18,"text":"तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन्। "},{"id":19,"text":"ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्नेको लेखा म लिनेछु। "},{"id":20,"text":"तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्ने वा अन्य देवताको नाउँमा बोल्ने अगमवक्ता मारिनुपर्छ।”"},{"id":21,"text":"तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने?” "},{"id":22,"text":"कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन। सो त्यही अगमवक्ताको मनगढ़न्त कुरा हो। तिमीहरू त्यसदेखि नडराउनू।"}]},{"id":19,"title":"व्यवस्था 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/19-5ba74733044b1b7f92cde2e0ed60442c.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ, "},{"id":2,"text":"तब परमप्रभु परमेश्वरले अधिकारमा दिन लाग्नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू। "},{"id":3,"text":"परमप्रभु परमेश्वरले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको देशलाई तीन भागमा विभक्त गरेर ती सहरहरूमा जाने बाटाहरू पनि तयार गर्नू, र ज्यानमारा त्यहाँ भागेर जान सकोस्।"},{"id":4,"text":"कसैलाई मारेर आफ्नो ज्यान बचाउनलाई त्यहाँ भाग्ने मानिसको विषयमा नियम यो हो— जसले आफ्नो छिमेकीलाई दुश्मनी नभई नचाहेरै मार्दछ। "},{"id":5,"text":"जस्तै, एक जना मान्छे वनमा आफ्नो छिमेकीसँग दाउरा काट्न जाँदा रूख ढाल्नलाई बन्चरो चलाउँदा बन्चरो बीँड़बाट फुस्केर त्यस छिमेकीलाई लाग्छ, र त्यो मर्छ। त्यो मानिस यी सहरहरूमध्ये एउटामा भाग्न सक्छ र त्यसले आफ्नो ज्यान बचाउन सक्छ। "},{"id":6,"text":"नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्यसलाई खेदेर बाटैमा फेला पारेर त्यसलाई मार्न सक्छ। वास्तवमा त त्यो मारिने योग्यको थिएन, किनकि रीस-रागविना नै त्यसले छिमेकीलाई त्यसो गरेको थियो। "},{"id":7,"text":"यसैकारण आफ्ना निम्ति तीन वटा सहर अलग गर्नू भनी म तिमीहरूलाई आज्ञा दिँदैछु।"},{"id":8,"text":"परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले "},{"id":9,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएअनुसार जब तिमीहरूका मुलुकको वृद्धि गरी प्रतिज्ञाको सम्पूर्ण देश दिनुहुन्छ, तब तिमीहरूले अरू पनि तीन वटा सहरहरू थप्नुपर्छ। "},{"id":10,"text":"यो गर, नत्रता परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका अधिकारमा दिनुहुने देशमा निर्दोषको रगत बग्नेछ, र त्यसको दोष तिमीहरूलाई नै लाग्नेछ।"},{"id":11,"text":"तर कुनै मानिसले रीस-रागै राखी आफ्नो छिमेकीलाई ढुकेर हिर्काई मारेर त्यो ती सहरहरूमध्ये एउटामा भाग्यो भने, "},{"id":12,"text":"त्यसकै नगरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट झिकाएर रगतको बदला लिनेको हातमा मर्नलाई सुम्पिदेऊन्। "},{"id":13,"text":"त्यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्याको दोष हटाओ, ताकि तिमीहरूको कल्याण होस्।"},{"id":14,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू। "},{"id":15,"text":"कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्छ। "},{"id":16,"text":"कसैमाथि दोषारोपण गर्न कोही दुष्ट मानिस खड़ा भयो भने, "},{"id":17,"text":"वादी र प्रतिवादी दुवै तत्कालीन पूजाहारी र न्यायकर्ताहरूका सामुन्ने परमप्रभुको अगि आउनुपर्छ। "},{"id":18,"text":"तब न्यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झूटो रहेछ र आफ्नो भाइको विरुद्धमा झूटो बयान दिएको रहेछ भने, "},{"id":19,"text":"त्यसले आफ्नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्यसलाई त्यसै गर्नू। तिमीहरूले आफ्नो मध्येबाट खराबीलाई हटाउनुपर्छ। "},{"id":20,"text":"यो सुनेर अरूहरू डराउनेछन्। त्यसपछि तिमीहरूका बीचमा यस्तो खराबी कहिले हुनेछैन। "},{"id":21,"text":"तिमीहरूले नटिठ्याउनू। ज्यानको साटो ज्यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र गोड़ाको साटो गोड़ा हुनेछ। "}]},{"id":20,"title":"व्यवस्था 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/20-33f30913b6af7b6dc75c73883b0defa2.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्दा असंख्य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। "},{"id":2,"text":"युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्नुपर्छ, "},{"id":3,"text":"“हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्ने भयभीत नहोओ। "},{"id":4,"text":"किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्ति लड़ेर तिमीहरूलाई विजयी तुल्याउन साथसाथै जानुहुन्छ।”"},{"id":5,"text":"तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्यो आफ्नो घरमा फर्केर जाओस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यसको घर अर्पण गर्नेछ। "},{"id":6,"text":"दाखबारी लगाएर त्यसको फल उपभोग गर्न नपाएको यहाँ कोही छ भने, त्यो घर फर्कोस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यो उपभोग गर्नेछ। "},{"id":7,"text":"कसैले भर्खर मगनी गरेकी केटीलाई भित्र्याउन पाएको छैन भने, त्यो आफ्नो घरमा फर्कोस्। त्यो लड़ाइँमा मारियो भने अर्को मान्छेले त्यसलाई लैजाला।” "},{"id":8,"text":"अनि अधिकृतहरूले मानिसहरूलाई यसो पनि भनून्, “यहाँ कोही डरपोक र कातर छ भने, त्यो आफ्नो घर फर्कोस्। किनभने त्यसको कारणले त्यसका दाजुभाइहरूले हरेस खानेछन्।” "},{"id":9,"text":"अधिकृतहरूले मानिसहरूलाई सम्बोधन गरिसकेपछि तिनीहरूले मानिसहरूका सेनानायकहरू नियुक्त गरून्।"},{"id":10,"text":"लड़ाइँ गर्न कुनै सहरको नजिक पुगेपछि पहिले तिमीहरूले त्यसका मानिसहरूका अगि शान्तिको प्रस्तावना राख्नू। "},{"id":11,"text":"यदि उनीहरूले शान्ति प्रस्तावना स्वीकार गरेर उनीहरूका मूल ढोकाहरू खोलिदिए भने, त्यसमा भएका सबै मानिसहरूलाई बेगार काममा लगाउनू र उनीहरूले तिमीहरूका निम्ति काम गर्नुपर्छ। "},{"id":12,"text":"तर उनीहरूले तिमीहरूसित शान्तिसम्बन्ध नराखेर लड़ाइँ गर्ने नै इच्छा गर्छन् भने, त्यस सहरलाई घेर। "},{"id":13,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले त्यो सहर तिमीहरूलाई सुम्पिदिनुभएपछि त्यहाँका सबै पुरुषहरूलाई तरवारले काटेर मार। "},{"id":14,"text":"तर स्त्री, केटाकेटी, गाईबस्तु र त्यस सहरमा भएका अरू सारा थोक तिमीहरूका जीतका माल स्वरूप लिन सक्छौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुबाट दिनुभएका लूटका माल तिमीहरूले उपभोग गर्न सक्छौ। "},{"id":15,"text":"तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन।"},{"id":16,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरले उत्तराधिकार स्वरूप दिनुहुने यी जातिका सहरहरूमा चाहिँ कुनै प्राणीलाई जीवित नछोड्नू। "},{"id":17,"text":"तर परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू। "},{"id":18,"text":"नत्रता उनीहरूले आफ्ना देवताहरूको पूजामा गर्ने सबै घृणित काम तिमीहरूलाई सिकाउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा तिमीहरूले पाप गर्नेछौ।"},{"id":19,"text":"जब तिमीहरू कुनै सहर लिन त्यसको विरुद्धमा लड़ाइँ गरेर त्यस सहरलाई धेरै दिनसम्म घेरिराख्छौ, तब तिमीहरूले त्यसका रूखहरू नकाट्नू, किनकि तिमीहरूले तिनका फल खान सक्नेछौ। यसकारण ती काटेर नढाल्नू। के जङ्गलका रूखहरू मानिसहरू हुन् र तिमीहरू ती घेरेर नष्ट गर्छौ? "},{"id":20,"text":"तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्न सक्छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्त नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ।"}]},{"id":21,"title":"व्यवस्था 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/21-81d32f4a284cecfccbb5d39d5737fee3.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशको कुनै मैदानमा लाश फेला पर्यो र हत्याराको निधो भएन भने, "},{"id":2,"text":"धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि कुनचाहिँ सहर निकटतम छ त्यो पत्ता लगाऊन्। "},{"id":3,"text":"उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर "},{"id":4,"text":"त्यसलाई नजोतिएको र बीउ नछरेको उपत्यकामा कुनै खोलानेर लगेर त्यसको घाँटी भाँचिदिनुपर्छ। "},{"id":5,"text":"तब परमप्रभु परमेश्वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैँझगड़ा मिलाइदिने कामको निम्ति उहाँले छान्नुभएको हुनाले लेवीका सन्तानका पूजाहारीहरू त्यहाँ आऊन्। "},{"id":6,"text":"त्यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्ना हात धोऊन्। "},{"id":7,"text":"तिनीहरूले यसो भनून्, “यो हत्या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्यो हुँदैगरेको देखे। "},{"id":8,"text":"हे परमप्रभु, तपाईंले छुटकारा दिनुभएको तपाईंको प्रजा इस्राएलको निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस्, र आफ्नो प्रजा इस्राएललाई यो निर्दोषका हत्याको दोष नलागोस्।” अनि यो हत्याको प्रायश्चित पूरा हुनेछ। "},{"id":9,"text":"यसरी परमप्रभुको दृष्टिमा तिमीहरूले उचित काम गरेकाले आफ्ना बीचबाट त्यो निर्दोषका हत्याको दोष हटाउनेछौ।"},{"id":10,"text":"तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका हातमा शत्रुहरू सुम्पेर उनीहरूलाई युद्धबन्दी बनाइ ल्याउँदा, "},{"id":11,"text":"कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई तिमीले देखेर मन परायौ भने, तिमीले त्यसलाई पत्नी बनाउन सक्छौ। "},{"id":12,"text":"त्यसलाई आफ्नो घरमा लैजाऊ र त्यसलाई आफ्नो कपाल खौरन र नङ काट्न लगाऊ, "},{"id":13,"text":"र कैदमा पर्दा त्यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पूरा एक महिनासम्म त्यसले आफ्ना बुबा-आमाको निम्ति विलाप गरेपछि तिमी त्यसकहाँ जान सक्छौ र त्यसको पति बन्न सक्छौ, र त्यो तिम्री पत्नी हुन्छे। "},{"id":14,"text":"पछि त्यो स्त्री तिमीलाई मन परेन भने, त्यसलाई जहाँ इच्छा लाग्छ जान देऊ। तिमीले त्यसलाई बेच्नुहुँदैन वा त्यसलाई कमारीलाई जस्तो गरी व्यवहार गर्नुहुँदैन, किनकि तिमीले त्यसको सतीत्व नष्ट पारेका छौ।"},{"id":15,"text":"यदि कुनै मान्छेका दुई पत्नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्माई भने, "},{"id":16,"text":"अंशबन्डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुबाले कान्छालाई अधिकार दिन पाउनेछैन। "},{"id":17,"text":"तर त्यसले मन नपर्नेको छोरालाई नै आफ्ना सबै धन-सम्पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्यता देओस्, किनभने त्योचाहिँ त्यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्यसको नै हुनेछ।"},{"id":18,"text":"आफ्ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्दैन भने, "},{"id":19,"text":"त्यसका आमा-बुबाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्। "},{"id":20,"text":"तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।” "},{"id":21,"text":"तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्।"},{"id":22,"text":"कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई मारेर त्यसको शरीर रूखमा झुण्ड्यायौ भने, "},{"id":23,"text":"त्यसको लाश रातभरि रूखमा झुण्ड्याएर नराख्नू, तर त्यही दिन त्यसलाई गाड़िहाल्नू, किनभने जो झुण्ड्याइन्छ त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार। "}]},{"id":22,"title":"व्यवस्था 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/22-fbbb10529c7f4e3ad3377c5fecf92d2d.mp3?version_id=1483","verses":[{"id":1,"text":"आफ्नो दाजुभाइको गोरु वा भेड़ा यताउता लागेको देखेर पनि नदेखेको जस्तै नगर। त्यसलाई तिम्रो दाजुभाइकहाँ लगिदेऊ। "},{"id":2,"text":"तर त्यो भाइ नजिक बस्दैन वा तिमीले त्यसलाई चिनेका छैनौ भने, त्यसको पशुलाई त्यो खोज्न नआएसम्म सो आफ्नो घरमा ल्याएर राख। त्यसपछि त्यो पशु भाइलाई फर्काई देऊ। "},{"id":3,"text":"आफ्नो दाजुभाइको गधा वा लुगा वा त्यसले हराएको जेसुकै पायौ भने त्यसै गर्नू र चूप लागेर नबस्नू।"},{"id":4,"text":"आफ्नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्तै नगर। तर त्यसलाई उठाउन भाइलाई मदत गर।"},{"id":5,"text":"पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।"},{"id":6,"text":"बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ। "},{"id":7,"text":"माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।"},{"id":8,"text":"नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ, र त्यहाँबाट कोही मान्छे लोट्यो भने मृत्युको दोष तिमीहरूको घरलाई लाग्नेछैन।"},{"id":9,"text":"दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्यसो गर्यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्जनीसमेत दुवै अशुद्ध हुनेछन्। "},{"id":10,"text":"गोरु र गधा सँगै नारेर जोत्नुहुँदैन।"},{"id":11,"text":"ऊन र सूती मिसाएर बुनेको लुगा लगाउनुहुँदैन।"},{"id":12,"text":"तिमीहरूले लाउने लुगाको चारै कुनामा झुम्का लगाओ। "},{"id":13,"text":"कसैले विवाह गरेर पत्नीकहाँ जाँदा त्यसलाई ठीक लागेन, "},{"id":14,"text":"र बदनाम गराउने नियतले स्त्रीलाई कुकर्मको दोष लगाउनलाई “मैले ल्याएकी पत्नीसँग सुत्दा त्यसमा कन्ये-केटीको गुण पाइनँ” भनेछ भने, "},{"id":15,"text":"त्यस कन्याका आमा-बुबाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ छोरीको कुमारीत्वको प्रमाण ल्याऊन्। "},{"id":16,"text":"तब त्यस केटीको बुबाले धर्म-गुरुहरूलाई यसो भनोस्, ‘मैले मेरी छोरी यस मानिसलाई दिएँ, तर त्यसले यसलाई तिरस्कार गर्छ। "},{"id":17,"text":"‘मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ’ भनेर यस मान्छेले अभियोग लगाउँदैछ, तर यसको कुमारीत्वको प्रमाण यहाँ छ।’ तब केटीका बुबाले धर्म-गुरुहरूका सामुन्ने त्यो लुगा फिँजाओस्। "},{"id":18,"text":"अनि सहरकै धर्म-गुरुहरूले त्यसलाई लगेर सजाय देऊन्, "},{"id":19,"text":"र इस्राएलको एक कन्यामाथि कलङ्क लगाएकोले त्यसले केटीको बुबालाई चाँदीका एक सय सिक्का जरिमाना तिरोस्, र केटीचाहिँ त्यसकी पत्नी भइरहोस्। त्यो बाँचुञ्जेल त्यसले त्यस केटीलाई त्याग्न पाउनेछैन।"},{"id":20,"text":"तर यदि दोष सत्य ठहरियो र त्यस केटीमा कुमारीत्वको सबूत पाइएन भने, "},{"id":21,"text":"बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्यसलाई बुबाकै घरको ढोकामा ल्याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्। तिमीहरूले तिमीहरूका मध्येबाट यस्तो खराबी हटाउनुपर्छ।"},{"id":22,"text":"कोही पुरुष अर्काकी पत्नीसँग सम्भोग गरिरहेको फेला पर्यो भने, त्यससँग सुत्ने त्यो पुरुष र त्यो स्त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्तो खराबी हटाउनुपर्छ।"},{"id":23,"text":"मगनी भएकी केटीलाई कुनै पुरुषले भेटेर सहरभित्रै त्यससँग सम्भोग गरेको फेला पर्यो भने, "},{"id":24,"text":"ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू— सहरभित्रै भएर पनि सहायताको लागि नचिच्च्याएकीले त्यस स्त्रीलाई मार्नू, र आफ्नो दाजुभाइकी पत्नीको सतीत्व नष्ट पारेकोले त्यस पुरुषलाई मार्नू। तिमीहरूले आफ्ना बीचबाट यस्तो खराबी हटाउनुपर्छ।"},{"id":25,"text":"तर कुनै पुरुषले मगनी भएकी केटीलाई बाहिर निर्जन स्थानमा भेटाएर बलात्कार गर्यो भने त्यस पुरुषलाई मात्र मार्नू। "},{"id":26,"text":"तर त्यस केटीलाई चाहिँ केही नगर्नू, किनभने मारिने योग्यको कुनै पाप त्यसले गरेकी होइन। किनभने योचाहिँ कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरेर मारेको जस्तै हो। "},{"id":27,"text":"किनभने त्यस मगनी भएकी केटीले चिच्च्याउँदा पनि निर्जन स्थानमा बलात्कार हुँदा त्यसलाई बचाउने त्यहाँ कोही थिएन।"},{"id":28,"text":"कुनै पुरुष मगनी नभएकी कुमारीलाई बलात्कार गरेको फेला पर्यो भने, "},{"id":29,"text":"त्यस पुरुषले त्यस केटीको बुबालाई चाँदीका पचास सिक्का दिनुपर्छ। त्यस पुरुषले त्यस केटीलाई बलात्कार गरेको हुनाले त्यसलाई आफ्नो पत्नी बनाउनुपर्छ, र त्यसलाई जीवनभरि त्याग्न पाउनेछैन।"},{"id":30,"text":"कुनै मानिसले आफ्नो बुबाकी पत्नीलाई नराखोस्, र बुबाको ओछ्यानको अनादर नगरोस्। "}]},{"id":23,"title":"व्यवस्था 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/23-d8ea38bf0bcf23b9eef0f0da51756f90.mp3?version_id=1483","verses":[{"id":1,"text":"लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्नु निषेध छ।"},{"id":2,"text":"निषेध गरिएको विवाहबाट जन्मेको मान्छे परमप्रभुको सभामा पस्नुहुँदैन। दश पुस्तासम्म त्यसको कोही पनि सन्तान परमप्रभुको सभामा पस्न पाउनेछैन।"},{"id":3,"text":"अम्मोनी वा मोआबी परमप्रभुको सभामा पस्न पाउनेछैन। दश पुस्तासम्म उनीहरूको कोही पनि सन्तान परमप्रभुको सभामा पस्न पाउनेछैन। "},{"id":4,"text":"किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्वागत गरेनन्। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्न भनी पैसा दिएर बोलाए। "},{"id":5,"text":"तापनि परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन, तर उहाँले त्यो सरापलाई आशिष्मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्छ। "},{"id":6,"text":"तिमीहरूले बाँचुञ्जेल अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नबनाउनू।"},{"id":7,"text":"कुनै एदोमीहरूलाई तिमीहरूले तिरस्कार नगर्नू, किनभने उनीहरू तिमीहरूका दाजुभाइ हुन्। कुनै मिश्रीलाई पनि तिमीहरूले तिरस्कार नगर्नू, किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियौ। "},{"id":8,"text":"उनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तान परमप्रभुको सभामा पस्न पाउनेछन्।"},{"id":9,"text":"तिमीहरू आफ्ना शत्रुहरूसँग लड्न जाँदा छाउनीमा हरेक अशुद्ध कुराबाट जोगिएर बस। "},{"id":10,"text":"कुनै पुरुष स्वप्न-दोषले अशुद्ध भएको छ भने, त्यो छाउनीबाट बाहिर जाओस् र त्यहीँ बसोस्। "},{"id":11,"text":"साँझ हुँदैजाँदा नुहाएर सूर्यास्त भएपछि त्यो छाउनीभित्र आउन सक्छ।"},{"id":12,"text":"दिसा गर्ने ठाउँ छाउनीको बाहिर तोक। "},{"id":13,"text":"तिमीहरूका हतियारसँग खन्ने थोक पनि राख, र दिसा बसिसकेपछि त्यसैले खाल्डो खनेर दिसा पुरिदिनू। "},{"id":14,"text":"किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न र शत्रुहरूलाई अधीन गराउन तिमीहरूको छाउनीमा हिँड्डुल गर्नुहुन्छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ, कि परमप्रभुले तिमीहरूका बीचमा कुनै किसिमको फोहोर देख्नु नपरोस्, नत्रता उहाँ तिमीहरूदेखि फर्किजानुहुन्छ।"},{"id":15,"text":"कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्यसलाई त्यसको मालिककहाँ नसुम्प। "},{"id":16,"text":"त्यसले मन पराएको सहरको कुनै भागमा त्यसलाई तिमीहरूका माझमा बस्न दिनू। तिमीहरूले त्यसमाथि अत्याचार नगर्नू।"},{"id":17,"text":"कुनै इस्राएली पुरुष वा स्त्रीले मन्दिरका वेश्याको काम नगरोस्। "},{"id":18,"text":"कुनै भाकल पूरा गर्न वेश्यागमन अथवा पुरुषगमनबाट कमाएर ल्याएको कुनै पैसा परमेश्वरको भवनमा नल्याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दुवैलाई घृणा गर्नुहुन्छ।"},{"id":19,"text":"ब्याज कमाउन सक्ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्नो दाजुभाइबाट ब्याज नलिनू। "},{"id":20,"text":"विदेशीबाट त तिमीहरू ब्याज लिन सक्छौ, तर आफ्ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् देऊन्।"},{"id":21,"text":"तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै भाकल गरेपछि त्यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्यो पूरा भएको हेर्न चाहनुहुन्छ। नत्रता तिमीहरूलाई पाप लाग्नेछ। "},{"id":22,"text":"तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्नेछैन। "},{"id":23,"text":"जे कुरा तिमीहरूको मुखबाट निस्कन्छ त्यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले त्यो स्वेच्छापूर्वक आफ्नै मुखले भाकल गरेको हो।"},{"id":24,"text":"तिम्रो छिमेकीको दाखबारीमा पस्यौ भने खान मन लागेको जति दाख खान सक्छौ, तर आफ्नो डालोमा केही नहाल। "},{"id":25,"text":"तिम्रो छिमेकीको खेतबारीमा पस्यौ भने अन्नका बाला हातले टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।"}]},{"id":24,"title":"व्यवस्था 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/24-91400198bb00cde98441c5b4b94434b9.mp3?version_id=1483","verses":[{"id":1,"text":"आफ्नो विवाह गरेकी स्त्रीमा केही खोट पाएर त्यससँग असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर कसैले आफ्नो घरबाट निकालिदियो भने, "},{"id":2,"text":"र यदि घर छोड़ेपछि त्यो अर्को मानिसकी पत्नी भई "},{"id":3,"text":"र दोस्रो पति पनि असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्यो भने, "},{"id":4,"text":"त्यो अशुद्ध भएकी हुनाले त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई आफ्नो पत्नी तुल्याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्याउनू।"},{"id":5,"text":"नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्य कुनै कामको अभिभारा त्यसलाई नदिनू। एक वर्षसम्म त्यो घरमा ढुक्कै बसोस् र आफूले ल्याएकी पत्नीलाई आनन्द देओस्।"},{"id":6,"text":"ऋणको धितोको रूपमा जाँतोको दुई ढुङ्गाहरू वा माथिल्लो ढुङ्गा पनि नलिनू, किनभने त्यो मानिसको जीविका नै बन्धकमा लिएको जस्तो हुन्छ।"},{"id":7,"text":"कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्यसलाई कमारो तुल्यायो अथवा बेच्यो भने, त्यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ। "},{"id":8,"text":"कुष्ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ। "},{"id":9,"text":"तिमीहरू मिश्रबाट आउँदा बाटोमा परमप्रभु तिमीहरूका परमेश्वरले मिरियमलाई गर्नुभएको कुरो याद राख! "},{"id":10,"text":"आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्यसको धरौटी लिन तिमीहरू घरभित्र नपस। "},{"id":11,"text":"तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्याइदेओस्। "},{"id":12,"text":"त्यो मानिस गरीब छ भने त्यसको बन्धक राखेर तिमीहरू नसुत। "},{"id":13,"text":"सूर्यास्तसम्ममा तिमीहरूले त्यो बन्धक फर्काइदिनू, र त्यो आफ्नो ओढ्नेमा सुतेर त्यसले तिमीहरूलाई आशीर्वाद देओस्। अनि परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा यो तिमीहरूका निम्ति धार्मिकता ठहरिनेछ।"},{"id":14,"text":"तिमीहरूको इस्राएली भाइ होस् वा तिमीहरूका सहरहरूमध्ये कुनै एकमा आई बसेको परदेशी होस्, कुनै गरीब र दरिद्र ज्यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ। "},{"id":15,"text":"सूर्यास्तअघि नै प्रतिदिन त्यसको ज्याला दिइहाल्नू, किनकि त्यो एक गरीब हो र त्यो आफ्नो ज्यालामा नै भर परेको हुन्छ। नत्रता त्यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्यो भने, तिमीहरूलाई पाप लाग्नेछ।"},{"id":16,"text":"बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्नै अपराधको लागि मरोस्। "},{"id":17,"text":"परदेशी र टुहुरा-टुहुरीको न्याय दमन नगर। कुनै विधवाको ओढ्ने धितोमा नलेओ। "},{"id":18,"text":"तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।"},{"id":19,"text":"खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्यौ भने, त्यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति त्यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् देऊन्। "},{"id":20,"text":"भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्यसका फल झारेपछि फेरि दोस्रो पल्ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति ती उब्रेका चाहिँ छोड़िदिनू। "},{"id":21,"text":"आफ्नो दाखबारीका दाख टिप्दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति ती उब्रेका छोड़िदिनू। "},{"id":22,"text":"मिश्रमा तिमीहरू कमारा भएका कुरा सम्झना राख। यही कारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।"}]},{"id":25,"title":"व्यवस्था 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/25-22b7329c2819b5de324472a9a8fa0515.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब मानिसहरूका बीचमा झगड़ा हुन्छ, तिनीहरूले त्यो अड्डामा लैजाऊन् र न्यायकर्ताहरूले फैसला गरून्— निर्दोषलाई छोड़िदेऊन् र अपराधीलाई दोषी ठहराऊन्। "},{"id":2,"text":"दोषी मानिसले पिटाइ पाउनुपर्छ भने, न्यायकर्ताले त्यसलाई लम्पसार हुन लगाएर अपराधअनुसार कोर्रा दिन लगाऊन्, "},{"id":3,"text":"तर चालीस कोर्राभन्दा बढ़ी हान्न नलगाऊन्। त्यसभन्दा बढ़ी कोर्रा खाए तिमीहरूका दृष्टिमा तिमीहरूको भाइको अपमान हुनेछ। "},{"id":4,"text":"दाइँ गर्दा गोरुलाई महला नलगाओ। "},{"id":5,"text":"सँगै बसेका दाजुभाइमध्येको कोही छोरा नभई मर्यो भने, त्यसकी पत्नीले बाहिरको कुलमा विवाह नगरोस्। मर्नेकै दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस्, र मृत पतिको दाजु वा भाइले गर्ने कर्तव्य पूरा गरोस्। "},{"id":6,"text":"त्यसले जन्माएको जेठो छोरालाई मरेको दाजु कि भाइको नाउँ राखिदेओस्, र त्यसको नाउँ इस्राएलमा नमेटिओस्।"},{"id":7,"text":"तर देवरले आफ्नी भाउजूलाई राख्न मन गरेन भने, भाउजूले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ गएर यसो भनोस्, “मेरो देवरले आफ्नो दाजुको नाउँ इस्राएलमा कायम राख्न मान्दैन। त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य पालन गर्दैन।” "},{"id":8,"text":"तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर सम्झाऊन्। अनि “म यसलाई विवाह गर्दिनँ” भनेर त्यो आफ्नो कुरामा अड़िएर बस्यो भने, "},{"id":9,"text":"भाउजूले धर्म-गुरुहरूकै सामु त्यसकहाँ गएर त्यसैको खुट्टाबाट एउटा जुत्ता फुकाएर त्यसको मुखमा थुकिदेओस्, र यसो भनोस्, “जसले आफ्नो दाजुभाइको परिवार वृद्धि गर्न मान्दैन, त्यसलाई यसै गरिनेछ।” "},{"id":10,"text":"अनि इस्राएलमा त्यस पुरुषको घरानालाई “जुत्ता फुकालिएको घराना” भनिनेछ।"},{"id":11,"text":"आपसमा लड्ने दुई पुरुषमध्ये एक जनाकी पत्नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्त अङ्ग अँठ्याई भने, "},{"id":12,"text":"तिमीहरूले त्यसको हात काटिदिनू, त्यसलाई टिठ्याउँदै नटिठ्याउनू।"},{"id":13,"text":"तिमीहरूको थैलोमा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू। "},{"id":14,"text":"तिमीहरूको घरमा पनि एउटै नापको लागि दुई किसिमका माना-पाथी नराख्नू। "},{"id":15,"text":"तर तिमीहरूसँग ठीक तौल र परिमाणका ढक र माना-पाथी हुनुपर्छ, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा तिमीहरूको आयु लामो होस्। "},{"id":16,"text":"किनकि यस्ता काम गर्ने र बेईमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।"},{"id":17,"text":"मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्यवहार नभुल। "},{"id":18,"text":"तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्वरको डर मानेनन्। "},{"id":19,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्वीबाट अमालेकीहरूको नाउँनिशानै मेटिदिनू। तिमीहरूले यो कुरा कहिल्यै नभुल्नू।"}]},{"id":26,"title":"व्यवस्था 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/26-3d3d1ce9eb2111f2410eb7d7d841605f.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्यसलाई अधिकार गरी त्यसमा बसोबास गरेपछि "},{"id":2,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्जने सबै किसिमका उब्जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुहुने ठाउँमा लैजाओ, "},{"id":3,"text":"र त्यस बेला तत्कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्वरको अगि म स्वीकार गर्छु।” "},{"id":4,"text":"तब पूजाहारीले तिमीहरूका हातबाट त्यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरका वेदीको अगि तिनले राखिदिनेछन्। "},{"id":5,"text":"तब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने यसो भन्नू: “मेरा पुर्खा फिरन्ते अरामी थिए। उनी आफ्नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे। अनि त्यहाँ उनीबाट एक महान्, सामर्थी र असंख्य जाति उत्पन्न भयो। "},{"id":6,"text":"तर मिश्रीहरूले निष्ठुर व्यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्वमा राखे। "},{"id":7,"text":"तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकारा गर्यौं, र उहाँले हाम्रो सोर सुन्नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्याचारलाई देख्नुभयो। "},{"id":8,"text":"यसकारण परमप्रभुले हामीलाई आफ्नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्चर्य चिन्ह र अचम्मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्याउनुभयो। "},{"id":9,"text":"उहाँले हामीलाई यस ठाउँमा ल्याएर यो दूध र मह बग्ने देश दिनुभयो। "},{"id":10,"text":"अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्याएको छु।” परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने त्यो डालो राखेर उहाँलाई दण्डवत् गर्नू। "},{"id":11,"text":"तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्ने परदेशीहरूले पनि आनन्द मनाऊन्।"},{"id":12,"text":"दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्ना सबै उब्जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्यो खाऊन् र तृप्त होऊन्। "},{"id":13,"text":"त्यसपछि परमप्रभु आफ्ना परमेश्वरलाई यसो भन्नू: “मैले आफ्नो घरबाट पवित्र अंश निकालेर तपाईंको आज्ञाअनुसार लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिएको छु। मैले तपाईंका कुनै आज्ञा उल्लङ्घन गरेको छैनँ, न त तीमध्ये कुनै बिर्सेको छु। "},{"id":14,"text":"शोक गर्ने बेलामा त्यस पवित्र अंशबाट मैले केही खाएको छैनँ, न त अशुद्ध भएको बेलामा त्यसबाट केही निकालेको छु, न त त्यसबाट केही मरेकाहरूलाई चढ़ाएको छु। मैले परमप्रभु मेरा परमेश्वरको वचन पालन गरेको छु, र तपाईंका सबै आज्ञा पूरा गरेको छु। "},{"id":15,"text":"आफ्नो पवित्र वासस्थान स्वर्गबाट हेरेर आफ्नो प्रजा इस्राएललाई आशिष् दिनुहोस्, र तपाईंले हाम्रा पुर्खाहरूसित शपथ खानुभई प्रतिज्ञा गरेर हामीलाई दिनुभएको दूध र मह बग्ने देशलाई पनि आशिष् दिनुहोस्।”"},{"id":16,"text":"यी नै विधिविधान पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज आज्ञा दिनुहुन्छ। तिमीहरूले ती आफ्नो सारा हृदय र सारा प्राणले ध्यानसित पालन गर। "},{"id":17,"text":"“परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँका मार्गमा हिँड्नेछौं र उहाँका विधि, आज्ञा र विधानहरू मान्नेछौं, र उहाँको वचन पालन गर्नेछौं” भनी तिमीहरूले आज निश्चय गरेका छौ। "},{"id":18,"text":"आज परमप्रभुले तिमीहरू उहाँको प्रतिज्ञाअनुसार आफ्नै प्रजा र उहाँको अमूल्य सम्पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नैपर्छ भनी घोषणा गर्नुभएको छ। "},{"id":19,"text":"तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्दा बढ़ी प्रशंसा, सम्मान र कीर्ति दिनुहुनेछ, र उहाँको प्रतिज्ञाअनुसार तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको निम्ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ।"}]},{"id":27,"title":"व्यवस्था 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/27-50d0c288cdc0ad0661672dab71c000f5.mp3?version_id=1483","verses":[{"id":1,"text":"मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यस्तो आदेश दिए: “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै पालन गर। "},{"id":2,"text":"जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्नेछौ, तब ठूला-ठूला ढुङ्गा खड़ा गरेर कमेरोले पोत्नू। "},{"id":3,"text":"तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुहुने, दूध र मह बग्ने देशमा पसेको दिन यस व्यवस्थाका सबै वचनहरू त्यसमा लेख्नू। "},{"id":4,"text":"यर्दन पारि पुगेको दिन मैले भनेका यी ढुङ्गाहरू एबाल डाँड़ामा स्थापना गरेर कमेरोले पोत्नू। "},{"id":5,"text":"त्यहीँ तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको निम्ति ढुङ्गाको वेदी बनाउनू। त्यसमा कुनै फलामको हतियार प्रयोग नगर्नू। "},{"id":6,"text":"तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वेदी खेतका ढुङ्गाको बनाउनू, र त्यहाँ परमप्रभु आफ्ना परमेश्वरको निम्ति होमबलि चढ़ाउनू। "},{"id":7,"text":"तिमीहरूले मेलबलि चढ़ाएर त्यहीँ खानू, अनि परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने आनन्द मनाउनू। "},{"id":8,"text":"तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्यवस्थाका सबै आदेश स्पष्टसँग लेख्नू।”"},{"id":9,"text":"तब मोशा र लेवी पूजाहारीहरूले जम्मै इस्राएललाई यसो भने, “हे इस्राएली हो, चूप लागेर सुन। आज तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका प्रजा भएका छौ। "},{"id":10,"text":"आज मैले आदेश दिएबमोजिम तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका आज्ञा र विधि पूरा गरेर उहाँको वचन पालन गर्नू।”"},{"id":11,"text":"त्यही दिन मोशाले मानिसहरूलाई यस्तो आदेश दिए:"},{"id":12,"text":"तिमीहरू यर्दन पारि तरेपछि शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीनचाहिँ मानिसहरूलाई आशीर्वाद दिनका लागि गीरीज्जीम डाँड़ामा खड़ा होऊन्। "},{"id":13,"text":"रूबेन, गाद, आशेर, जबूलून, दान र नप्तालीचाहिँ श्राप दिनका निम्ति एबाल डाँड़ामा खड़ा होऊन्। "},{"id":14,"text":"अनि लेवीहरूले इस्राएलका सबै मानिसलाई उच्च सोरले यसो भनेर घोषणा गरून्:"},{"id":15,"text":"“कारीगरले बनाएको जस्तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्ने मूर्ति गुप्तमा स्थापना गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":16,"text":"“आफ्ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":17,"text":"“आफ्ना छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":18,"text":"“अन्धालाई उल्टो बाटो देखाइदिने मान्छे श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":19,"text":"“परदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनुपर्ने न्याय नदिने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":20,"text":"“आफ्ना बुबाकी पत्नीसँग सहवास गर्ने मानिस श्रापित होस्, किनकि त्यसले आफ्ना बुबाको ओछ्यानको अपमान गर्दछ।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":21,"text":"“पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":22,"text":"“आफ्ना बुबा वा आमाकी छोरी, अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":23,"text":"“आफ्नी सासूसित सहवास गर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"},{"id":24,"text":"“गोप्य रीतिले छिमेकीलाई मार्ने मानिस श्रापित होस्।”तब सबै जनाले भनून्, “आमेन।”"},{"id":25,"text":"“निर्दोष मान्छेको हत्या गर्नलाई घूस लिने मानिस श्रापित होस्।”तब सबै जनाले भनून्, “आमेन।”"},{"id":26,"text":"“यस व्यवस्थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।”"}]},{"id":28,"title":"व्यवस्था 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/28-5bc66ae26cde72809a650c37538a47d2.mp3?version_id=1483","verses":[{"id":1,"text":"आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ। "},{"id":2,"text":"परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्:"},{"id":3,"text":"तिमीहरूले सहरमा आशिष् पाउनेछौ, र गाउँ-बस्तीमा आशिष् पाउनेछौ।"},{"id":4,"text":"तिमीहरूका सन्तानमाथि आशिष् पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।"},{"id":5,"text":"तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा आशिष् पर्नेछ।"},{"id":6,"text":"भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ।"},{"id":7,"text":"तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन्।"},{"id":8,"text":"परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष् दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।"},{"id":9,"text":"परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ। "},{"id":10,"text":"तब पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन् र तिमीहरूसँग डराउनेछन्। "},{"id":11,"text":"तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्तान, गाईबस्तु र भूमिको उब्जनीमाथि परमप्रभुले प्रशस्त उन्नति दिनुहुनेछ।"},{"id":12,"text":"परमप्रभुले आकाश, आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। "},{"id":13,"text":"मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ। "},{"id":14,"text":"मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।"},{"id":15,"text":"तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन् र तिमीहरूलाई उछिन्नेछन्: "},{"id":16,"text":"तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्तीमा श्राप पर्नेछ।"},{"id":17,"text":"तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा श्राप पर्नेछ।"},{"id":18,"text":"तिमीहरूका सन्तानमाथि, साथै खेतको उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।"},{"id":19,"text":"भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।"},{"id":20,"text":"उहाँलाई त्यागेर तिमीहरूले गरेका दुष्ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्जेल र खतम नहोउञ्जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्की पठाउनुहुनेछ। "},{"id":21,"text":"तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ। "},{"id":22,"text":"क्षयरोग, जरो, सूज, प्रचण्ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्याएर तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ। "},{"id":23,"text":"अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्तै हुनेछन्। "},{"id":24,"text":"परमप्रभुले तिमीहरूको देशको वृष्टि धूलोपीठोमा बदल्नुहुनेछ। तिमीहरू नष्ट नभएसम्म आकाशबाट त्यो तिमीहरूमाथि आउनेछ।"},{"id":25,"text":"परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रुहरूका अगि पराजित तुल्याउनुहुनेछ। उनीहरूसित लड्न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्नेछौ। पृथ्वीका सबै राज्यमा तिमीहरू तिरस्कृत हुनेछौ। "},{"id":26,"text":"तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन। "},{"id":27,"text":"निको हुन नसक्ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्यथाले प्रहार गर्नुहुनेछ। "},{"id":28,"text":"परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ। "},{"id":29,"text":"अन्धाले अन्धकारमा छामछुम गरेझैँ मध्यदिनमा तिमीहरू हिँड्नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्तर शोषणमा परी लुटिनेछौ।"},{"id":30,"text":"तिमीहरूसँग मगनी भएकी केटीलाई अन्य मानिसले लानेछ र भ्रष्ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल अलिकति पनि आफै चाख्न पाउनेछैनौ। "},{"id":31,"text":"तिमीहरूका आँखाअगि ढालेको आफ्नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन। "},{"id":32,"text":"तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिनीहरूको प्रवास रोक्ने तिमीहरूसँग शक्ति हुनेछैन। "},{"id":33,"text":"तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ। "},{"id":34,"text":"तिमीहरूका आँखाले देख्नुपरेको दृश्य हेर्दा तिमीहरू बौलाहा हुनेछौ। "},{"id":35,"text":"परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्पादेखि पैतालासम्म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्याउनुहुनेछ।"},{"id":36,"text":"तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ। "},{"id":37,"text":"परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्कार, हेला र गिल्लाका पात्र बन्नेछौ।"},{"id":38,"text":"तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्नेछौ, किनकि सलहहरूले त्यो स्वाहा पार्नेछन्। "},{"id":39,"text":"तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्। "},{"id":40,"text":"तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्। "},{"id":41,"text":"तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्। "},{"id":42,"text":"तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्वाहा पार्नेछन्।"},{"id":43,"text":"तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि चढ्नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ। "},{"id":44,"text":"त्यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्यसलाई ऋण दिनेछैनौ। त्योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ।"},{"id":45,"text":"परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्ट नभएसम्म यी सराप तिमीहरूमाथि आइपर्नेछन्। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्नेछन्। "},{"id":46,"text":"तिमीहरू र तिमीहरूका सन्तानमाथि सधैँको निम्ति ती चिन्ह र उदेकका कुरा हुनेछन्। "},{"id":47,"text":"तिमीहरूसँग सबै चीज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ। "},{"id":48,"text":"यसकारण भोक, प्यास, नग्नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।"},{"id":49,"text":"परमप्रभुले टाढ़ाबाट, पृथ्वीको पल्लो छेउदेखि वेगसित गरुडले तल झम्टिएझैँ तिमीहरूले नबुझ्ने भाषा बोल्ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्याउनुहुनेछ, "},{"id":50,"text":"एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन। "},{"id":51,"text":"अनि उनीहरूले तिमीहरूका गाईबस्तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्ट हुने गरी खाइदिनेछन्। तिमीहरू खतम हुने गरी अन्न, नयाँ दाखमद्य, तेल, गाईबस्तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्नेछैनन्। "},{"id":52,"text":"तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्ला पर्खालहरू उनीहरूले भत्काउनेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्।"},{"id":53,"text":"घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्टले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएका सन्तान, आफ्नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ। "},{"id":54,"text":"तिमीहरूमध्ये सबैभन्दा कोमल र अति भद्र मानिसले पनि आफ्नै भाइ, आफूले प्रेम गरेकी पत्नी र आफ्ना बाँकी रहेका बालबच्चालाई टिठ्याउनेछैन, "},{"id":55,"text":"यहाँसम्म कि उसले खाँदैगरेको आफ्ना बालबच्चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्टमा त्यसकहाँ अरू केही बाँकी रहेको हुँदैन। "},{"id":56,"text":"तिमीहरूमध्ये कोमल र शिष्ट स्त्री, जसले कोमलता र शिष्टताको कारणले भूइँमा आफ्नो पैतालोले टेक्न पनि चाहँदिनथिई, त्यस्ती स्त्रीले त्यसका पति र आफ्नै छोराछोरीलाई "},{"id":57,"text":"त्यसको कोखबाट निस्केको साल र त्यसले जन्माएका बालकहरूको मासु पनि खान दिन मान्नेछैन। उसको दृष्टि खराब हुनेछ, किनकि त्यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्याउने सङ्कष्टमा त्यसले गुप्तमा त्यो मासु आफै खाने इच्छा गर्नेछे। "},{"id":58,"text":"यदि परमप्रभु तिमीहरूका परमेश्वरको गौरवमय भययोग्य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने, "},{"id":59,"text":"परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्चामाथि डरलाग्दो, असहाय र रहिरहने कष्टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्याउनुहुनेछ। "},{"id":60,"text":"मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्। "},{"id":61,"text":"यस व्यवस्थाको पुस्तकमा उल्लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूमाथि ल्याउनुहुनेछ। "},{"id":62,"text":"तिमीहरू, जो अघि संख्यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन मानेनौ। "},{"id":63,"text":"जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्यसरी नै तिमीहरूलाई खुशीसाथ ध्वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।"},{"id":64,"text":"तब पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरू तिमीहरूले पुज्नेछौ। "},{"id":65,"text":"ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्यहाँ परमप्रभुले तिमीहरूलाई चिन्तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ। "},{"id":66,"text":"तिमीहरूको जीवन निरन्तर दोधारमा झुण्डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन। "},{"id":67,"text":"तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्यले गर्दा बिहान तिमीहरूले भन्नेछौ, “बेलुकी भएदेखि हुन्थ्यो!” अनि बेलुकी भन्नेछौ, “बिहान भएदेखि हुन्थ्यो!” "},{"id":68,"text":"अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्यो देख्नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्नेछैन।"}]},{"id":29,"title":"व्यवस्था 29","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/29-734e8e61dee92809e27f8c5f79534121.mp3?version_id=1483","verses":[{"id":1,"text":"होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्।"},{"id":2,"text":"मोशाले सारा इस्राएलीहरूलाई बोलाएर भने:परमप्रभुले मिश्रदेशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिमीहरूकै सामुन्ने गर्नुभएका सबै कार्यहरू तिमीहरूले देखेका छौ। "},{"id":3,"text":"ठूला-ठूला कष्टहरू, आश्चर्य चिन्हहरू र ती महान् अचम्मका कामहरू आफ्ना आँखाले देख्यौ। "},{"id":4,"text":"तर आजसम्म परमप्रभुले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। "},{"id":5,"text":"मैले चालीस वर्षसम्म तिमीहरूलाई उजाड़-स्थानमा डोर्याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन्, र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्। "},{"id":6,"text":"तिमीहरूले रोटी खाएनौ र दाखमद्य वा अरू मद्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले बुझ्न सक भनेर मैले यसो गरें।"},{"id":7,"text":"तिमीहरू यस ठाउँमा आइपुग्दा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्नलाई निस्केर आए, र हामीले उनीहरूलाई परास्त गर्यौं। "},{"id":8,"text":"अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्शेका आधा कुललाई त्यो अंशको रूपमा दियौं। "},{"id":9,"text":"यसकारण यस करारका वचन होशियारीसाथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल होओ। "},{"id":10,"text":"आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्वरको अगि खड़ा छौ— तिमीहरूका नायकहरू र मुखियाहरू, धर्म-गुरुहरू र अधिकारीहरू, र अरू सारा इस्राएलीहरू, "},{"id":11,"text":"तिमीहरूका बालबच्चा र पत्नीहरू र तिमीहरूका छाउनीमा भएका प्रवासी दाउरे र पनेर्नीसमेत। "},{"id":12,"text":"परमप्रभु तिमीहरूका परमेश्वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ, जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्दैहुनुहुन्छ र शपथद्वारा दृढ़ गर्दैहुनुहुन्छ। "},{"id":13,"text":"जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो, त्यसरी नै उहाँ तिमीहरूका परमेश्वर बन्नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्नै प्रजा हुनलाई परमप्रभुले पक्का गर्दैहुनुहुन्छ। "},{"id":14,"text":"म यो शपथसहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्वरको सामु हामीसँग खड़ा हुनेसँग मात्र बाँध्दिनँ, "},{"id":15,"text":"तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्दछु।"},{"id":16,"text":"हामी कसरी मिश्रदेशमा बस्यौं, र यहाँ आइपुग्न हामी अरू देशहरूबाट भएर कसरी पार गर्यौं सो तिमीहरू जान्दछौ। "},{"id":17,"text":"उनीहरूका बीचमा भएका उनीहरूका घृणित काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू तिमीहरूले देख्यौ। "},{"id":18,"text":"होशियार! तिमीहरूमध्येका कोही पुरुष वा स्त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्वरदेखि बरालिएर नजाओस्। होश गर, तिमीहरूका बीचमा यस्तो तीतो विष उत्पन्न गर्ने कुनै जरो नहोस्। "},{"id":19,"text":"जब त्यस्तो मानिसले यस शपथका वचनहरू सुन्छ, तब त्यसले आफैलाई आशिष् दिन्छ र सोच्छ, “म आफ्नै बाटो हिँड़िरहे पनि म सुरक्षित रहनेछु।” यसले पानीले सिँचेको जमिनसाथै सुक्खा जमिनमाथि पनि विपत्ति ल्याउँछ। "},{"id":20,"text":"त्यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्वाला त्यस मानिसमाथि पर्नेछ। यस पुस्तकमा लेखिएका सबै सराप त्यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्यसको नाउँ आकाशमुनिबाट मेट्नुहुनेछ। "},{"id":21,"text":"व्यवस्थाको यस पुस्तकमा लेखिएको करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्ति छुट्ट्याउनुहुनेछ।"},{"id":22,"text":"तिमीहरूका पछि आउने सन्तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्यसमाथि ल्याउनुभएका रोगहरू देख्नेछन्। "},{"id":23,"text":"परमप्रभुले आफ्नो डरलाग्दो रीसमा सदोम र गमोरा, अदमा र सबोयीमलाई ध्वंस गर्नुभएको जस्तै समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुनेछ। त्यो केही नरोपेको, केही नउम्रेको र रूखो घाँससम्म पनि नउम्रने बाँझो हुनेछ। "},{"id":24,"text":"सबै जातिहरूले सोध्नेछन्, “परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्किने क्रोध किन?”"},{"id":25,"text":"तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नुभएको करार तिनीहरूले त्यागेकाले हो। "},{"id":26,"text":"तिनीहरू गएर अरू देवताहरूलाई पुजेथे र यिनीहरूका अगि दण्डवत् गरेथे, ती देवताहरू जो तिनीहरूले चिन्दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन। "},{"id":27,"text":"यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्कियो, र यस पुस्तकमा लेखिएका सबै श्रापहरू उहाँले यस देशमाथि खन्याउनुभयो। "},{"id":28,"text":"परमप्रभुले डरलाग्दो रीस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्नुभयो, र अर्को देशमा फालिदिनुभयो, जस्तो आज भएको छ।”"},{"id":29,"text":"प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्। तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्।"}]},{"id":30,"title":"व्यवस्था 30","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/30-c952c6d3fe215309a35de1fe4cd94f0a.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु परमेश्वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष् र श्राप तिमीहरूमाथि पर्नेछन् र तिनको स्मरण गरेर "},{"id":2,"text":"तिमीहरू र तिमीहरूका सन्तान परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्नो पूरा हृदय र आफ्नो पूरा प्राणले मान्नेछौ, "},{"id":3,"text":"तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्याउनुहुनेछ। "},{"id":4,"text":"तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्दा टाढ़ो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बटुल्नुहुनेछ, र त्यहाँबाट तिमीहरूलाई फर्काएर ल्याउनुहुनेछ। "},{"id":5,"text":"तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई ल्याउनुहुनेछ, र तिमीहरूले त्यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्दा उन्नतिशील र असंख्य बनाउनुहुनेछ। "},{"id":6,"text":"परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक। "},{"id":7,"text":"परमप्रभु तिमीहरूका परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ। "},{"id":8,"text":"तिमीहरूले फेरि परमप्रभुको वचन मान्नेछौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर्नेछौ। "},{"id":9,"text":"तब तिमीहरूका हातका सबै काममा, सन्तानमा, गाईबस्तुका बाछा-बाछीहरूमा र भूमिका अन्नहरूमा आफ्ना परमेश्वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ। "},{"id":10,"text":"व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्यौ भने र आफ्नो पूरा हृदयले र आफ्नो पूरा प्राणले परमप्रभु आफ्ना परमेश्वरतिर तिमीहरू फर्क्यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।"},{"id":11,"text":"आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्ति साह्रै गाह्रो वा टाढ़ो छैन। "},{"id":12,"text":"“हाम्रा निम्ति स्वर्गमा उक्लेर कसले त्यो ल्याइदिएर हामीलाई बताइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो स्वर्गमा छैन। "},{"id":13,"text":"“कसले सागर पारि गएर हामीलाई त्यो ल्याइदिएर हामीलाई सुनाइदिने र हामी त्यो पालन गरौं?” भनी तिमीहरूले भन्नुपर्दैन, किनभने त्यो सागरको पल्लो छेउमा पनि छैन। "},{"id":14,"text":"तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।"},{"id":15,"text":"हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्यु र नाश राखेको छु। "},{"id":16,"text":"परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।"},{"id":17,"text":"तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्न र सेवा गर्न लाग्यौ भने, "},{"id":18,"text":"तिमीहरू निश्चय नै नष्ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्नेछैनौ।"},{"id":19,"text":"आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष् र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक, "},{"id":20,"text":"र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ। "}]},{"id":31,"title":"व्यवस्था 31","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/31-0777690fda91730b553b6962d0dd4b8c.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए: "},{"id":2,"text":"“आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्व गर्न सक्दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्’ भनी परमप्रभुले मलाई भन्नुभएको छ। "},{"id":3,"text":"परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्नेबाट यी जातिहरूलाई नष्ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्। "},{"id":4,"text":"एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ। "},{"id":5,"text":"परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर। "},{"id":6,"text":"बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ।”"},{"id":7,"text":"तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्ने तिनलाई भने, “बलिया र साहसी होऊ! किनकि परमप्रभुले तिनीहरूका पिता-पुर्खासित दिन्छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ, र त्यो तिनीहरूलाई तिनीहरूका अंशको निम्ति तिमीले बाँड़िदिनुपर्छ। "},{"id":8,"text":"परमप्रभु आफै तिम्रो अगि जानुहुन्छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ। नडराऊ, निरुत्साह नहोऊ।” "},{"id":9,"text":"अनि मोशाले व्यवस्था लेखेर परमप्रभुका करारको सन्दूक बोक्ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए। "},{"id":10,"text":"तब मोशाले तिनीहरूलाई यस्तो आदेश दिए: “प्रत्येक सात वर्षको अन्तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा, "},{"id":11,"text":"उहाँले छान्नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्ने गरी तिमीहरूले यो व्यवस्था पढ्नू। "},{"id":12,"text":"पुरुष र स्त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न र यस व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्। "},{"id":13,"text":"यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्जेल यो व्यवस्था नजान्ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न सिक्नुपर्नेछ।"},{"id":14,"text":"अनि परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, तेरो मृत्युको दिन नजिक आइपुग्यो। यसकारण यहोशूलाई बोला, र भेट हुने पालमा तिमीहरू हाजिर होओ। त्यहाँ म त्यसलाई कार्यभार सुम्पनेछु।” तब मोशा र यहोशू गएर भेट हुने पालमा हाजिर भए।"},{"id":15,"text":"तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्यो बादल पालको ढोकामाथि स्थिर भयो। "},{"id":16,"text":"अनि परमप्रभुले मोशालाई भन्नुभयो, “तेरा पिता-पुर्खाहरूजस्तै तँ मर्न लागेको छस्। तँ मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँड़ै विदेशी देवताहरूसँग लागी आत्मिक व्यभिचारझैँ गर्नेछन्। मलाई त्यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्नेछन्। "},{"id":17,"text":"त्यस दिन मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ र म तिनीहरूलाई त्याग्नेछु, र आफ्नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्ट हुनेछन्। धेरै आपत्विपद्हरू र कठिनाइहरू तिनीहरूमाथि आइपर्नेछन्। तब त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हाम्रा बीचमा नभएर नै हामीमाथि यस्ता विपत्तिहरू आएका होइनन् र?’ "},{"id":18,"text":"अन्य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले गर्दा त्यस दिन म निश्चय नै आफ्नो मुख लुकाउनेछु।"},{"id":19,"text":"“यसकारण अब तिमीहरूले आफ्नै लागि यो भजन लेखेर इस्राएलीहरूलाई सिकाओ र तिनीहरूलाई गाउन लगाओ। तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्ति एउटा गवाही होस्। "},{"id":20,"text":"तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्ने देशमा मैले तिनीहरूलाई पुर्याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्य देवताहरूतिर लाग्नेछन् र यिनीहरूलाई पुज्नेछन्, अनि मलाई तिरस्कार गरेर मेरो करार उल्लङ्घन गर्नेछन्। "},{"id":21,"text":"धेरै आपत्-विपत् र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्यो तिनीहरूका सन्तानहरूले कहिल्यै बिर्सनेछैनन्। तिनीहरूलाई प्रतिज्ञामा दिन्छु भनेको देशमा पुर्याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।” "},{"id":22,"text":"तब मोशाले त्यसै दिन यो भजन लेखेर इस्राएलीहरूलाई सिकाए।"},{"id":23,"text":"परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्याउनेछस्, र म आफै तँसँग हुनेछु।” "},{"id":24,"text":"मोशाले यस व्यवस्थाका वचनहरू सुरुदेखि अन्त्यसम्म लेखिसिद्ध्याएपछि "},{"id":25,"text":"परमप्रभुका करारको सन्दूक बोक्ने लेवीहरूलाई यो आज्ञा गरे: "},{"id":26,"text":"“व्यवस्थाको यो पुस्तक परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख, र त्यो तिमीहरूका विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहोस्। "},{"id":27,"text":"किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु। आज मेरो जीवनकालमा नै म तिमीहरूसँग छँदै तिमीहरू परमप्रभुको विरुद्धमा उठेका छौ भने, मेरो मृत्युपछि अझ कति साह्रो विद्रोह गर्नेछौ! "},{"id":28,"text":"तिमीहरूका कुलका सबै धर्म-गुरुहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई मकहाँ भेला गराओ, र म यी वचन तिनीहरूलाई सुनाउनेछु, र तिनीहरूका विरुद्ध आकाश र धरती साक्षी राख्नेछु। "},{"id":29,"text":"किनकि मलाई थाहा छ कि मेरो मृत्युपछि तिमीहरू निश्चय नै अति भ्रष्ट भएर मैले दिएका आज्ञाहरूबाट तर्कनेछौ। तिमीहरूले परमप्रभुको दृष्टिमा दुष्ट काम गरेकाले र तिमीहरूका हातले बनाएका कुराले उहाँलाई रीस उठाएकाले आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।”"},{"id":30,"text":"अनि मोशाले यस भजनका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए—"}]},{"id":32,"title":"व्यवस्था 32","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/32-15e16608f95535cd7e52d46dbfff77d6.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे आकाश, सुन, म बोल्दछु, हे पृथ्वी, कान थाप, मेरा मुखका वचनहरूप्रति।"},{"id":2,"text":"मेरा शिक्षा झरीझैँ बर्सन देओ,\nमेरो वचन शीतझैँ झर्न देओ,\nकलिलो घाँसमाथि सिमसिमे पानीझैँ,\nझारपातमाथि दर्कने पानीझैँ।"},{"id":3,"text":"म परमप्रभुका नाउँको घोषणा गर्नेछु।\nपरमेश्वरका महानताको प्रशंसा गर!"},{"id":4,"text":"उहाँ नै चट्टान हुनुहुन्छ।\nउहाँका काम सिद्ध छन्,\nर उहाँका सबै चाल न्यायोचित छन्।\nएउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न,\nन्यायी र सत्य उहाँ हुनुहुन्छ।"},{"id":5,"text":"तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे।\nलाजमर्दो कुरो, तिनीहरू अबदेखि उहाँका सन्तान होइनन्।\nतिनीहरू बाङ्गो र टेढ़ो पुस्ताका मानिसहरू हुन्।"},{"id":6,"text":"के यसरी नै तिमीहरूले परमप्रभुलाई कृतज्ञता देखाउँछौ,\nहे मूर्ख र बुद्धि नभएका मानिसहरू तिमीहरूलाई सृष्टि गर्ने र बनाउने\nउहाँ नै तिमीहरूका पिता,\nतिमीहरूका सृष्टिकर्ता हुनुहुन्न र?"},{"id":7,"text":"उहिले-उहिलेका दिनको स्मरण गर,\nयुग-युगअघिका पुस्ताका बारेमा सोच।\nतिमीहरूका बुबालाई सोध,\nर तिनले तिमीहरूलाई बताउनेछन्,\nतिमीहरूका बुढापाकालाई सोध,\nर तिनीहरूले तिमीहरूलाई बताउनेछन्।"},{"id":8,"text":"जब सर्वोच्चले जाति-जातिहरूलाई उनीहरूका अंश दिनुभयो, \nजब उहाँले सबै मानिस-जातिलाई विभाजन गर्नुभयो,\nतब उहाँले इस्राएलीहरूका सन्तानको संख्याअनुसार\nजाति-जातिका सिमाना ठहराइदिनुभयो।"},{"id":9,"text":"परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन्,\nयाकूब उहाँका अंशको भाग हुन्।"},{"id":10,"text":"उहाँले तिनलाई निर्जन स्थानमा भेट्टाउनुभयो,\nगर्जने आवाजले भरिएको उजाड़ ठाउँमा।\nउहाँले तिनलाई जोगाउनुभयो\nर तिनको वास्ता गर्नुभयो,\nउहाँले तिनलाई आफ्नो आँखाको\nनानीझैँ रक्षा गर्नुभयो—"},{"id":11,"text":"गुँड़लाई हल्लाएर आफ्ना\nबचेराहरूमाथि हावामा उड़िरहने,\nपखेटा फैलाई बचेराहरूलाई थाम्ने,\nर आफ्ना प्वाँखमाथि ती बोक्ने गरुडले झैँ।"},{"id":12,"text":"परमप्रभु एक्लैले तिनलाई अगुवाइ गर्नुभयो,\nउहाँसँग विदेशी देवता थिएन।"},{"id":13,"text":"उहाँले तिनलाई पृथ्वीका अग्ला ठाउँहरूमाथि सवार गराउनुभयो,\nअनि तिनलाई खेतको उब्जनी खुवाउनुभयो।\nउहाँले तिनलाई पहराको मह\nर दर्शनढुङ्गाको भीरबाट तेल खुवाउनुभयो।"},{"id":14,"text":"गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही,\nअनि पोस्याइएका थुमा र बाख्राहरू,\nबाशानका छानिएका भेड़ाहरू,\nर गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो।\nतिमीहरूले फीँज उठेको दाखरस पियौ।"},{"id":15,"text":"तर यशूरूनले\nमोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्ला भए।\nतब तिनले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे,\nर आफ्ना उद्धारकर्ता चट्टानलाई तुच्छ ठाने।"},{"id":16,"text":"तिनीहरूले आफ्ना अन्य देवताहरूको कारण\nउहाँलाई डाही तुल्याए,\nर आफ्ना घृणित मूर्तिहरूद्वारा उहाँलाई रीस उठाए।"},{"id":17,"text":"तिनीहरूले भूतहरूका निम्ति बलि चढ़ाए,\nजो ईश्वर होइनन्, \n तिनीहरूले नचिनेका देवताहरूलाई,\nभर्खरै देखा परेका देवताहरूलाई,\nतिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।"},{"id":18,"text":"तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले त्याग्यौ,\nतिमीहरूलाई जन्म दिनुहुने\nपरमेश्वरलाई तिमीहरूले बिर्स्यौ।"},{"id":19,"text":"त्यो देखेर परमप्रभुले\nतिनीहरूलाई तिरस्कार गर्नुभयो,\nकिनभने उहाँका छोराछोरीहरूको\nकारण उहाँलाई रीस उठ्यो।"},{"id":20,"text":"तब उहाँले भन्नुभयो,\n“म तिनीहरूबाट आफ्नो मुख लुकाउनेछु”\nअनि तिनीहरूको अन्त के हुनेछ, म हेर्नेछु।\nकिनकि तिनीहरू उल्टा पुस्ताका हुन्,\nविश्वासघाती सन्तानहरू हुन्।"},{"id":21,"text":"जो ईश्वर होइन,\nत्यसको कारण तिनीहरूले मलाई डाही तुल्याए, \nतिनीहरूका व्यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए।\nएउटा जाति नै नभएका\nमानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु,\nसमझै नभएको एउटा जातिद्वारा\nतिनीहरूको रीस उठाउनेछु।"},{"id":22,"text":"किनकि मेरो रीसले एउटा आगो सल्काएको छ,\nजसले तल मृत्युको राज्यसम्मै\n जलाउँछ।\nत्यसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ,\nर पहाड़हरूका जगमा आगो लाउनेछ।"},{"id":23,"text":"“म तिनीहरूमाथि विपत्ति ल्याउनेछु,\nम आफ्ना काँड़ तिनीहरूमाथि चलाउनेछु।"},{"id":24,"text":"म तिनीहरूका विरुद्धमा नाश गर्ने अनिकाल पठाउनेछु,\nक्षय गर्ने महामारी र भयङ्कर रूढ़ी। तिनीहरूका विरुद्ध\nजङ्गली जनावरका दाह्रा पठाउनेछु,\nर भूइँमा घस्रने विषालु सर्पहरू।"},{"id":25,"text":"गल्ली-गल्लीमा तरवारले तिनीहरूलाई निस्सन्तान बनाउनेछ,\nतिनीहरूका घर-घरमा आतङ्कले राज्य गर्नेछ।\nयुवक-युवतीहरू दुवै नष्ट हुनेछन्, दूधे-बालक र केश फुलेका बुढापाका पनि।"},{"id":26,"text":"मैले भनें, ‘म तिनीहरूलाई\nटाढ़ा-टाढ़ासम्म तितरबितर पार्नेछु,\nर मानव-जातिको बीचबाट\nतिनीहरूको सम्झना मेटिदिनेछु’।"},{"id":27,"text":"तर मलाई शत्रुको खिसी मन परेन,\nकहीँ विरोधीले गल्ती सम्झेर भन्ला,\n‘हाम्रो हातले विजय पायो,\nपरमप्रभुले यो सब गर्नुभएको होइन’।”"},{"id":28,"text":"तिनीहरू समझ नभएको जाति हुन्,\nर तिनीहरूमा केही अन्तर्दृष्टि नै छैन।"},{"id":29,"text":"तिनीहरू बुद्धिमान् भएर यो कुरो बुझ्न सक्ने भएको भए,\nर तिनीहरूको अन्त के हुन्छ सो देखेको भए!"},{"id":30,"text":"तिनीहरूको चट्टानले तिनीहरूलाई बेची नसकेको भए,\nपरमप्रभुले तिनीहरूलाई त्यागी नसक्नुभएको भए,\nकसरी एक जनाले एक हजारलाई खेद्न सक्थ्यो,\nवा दुई जनाले दश हजारलाई?"},{"id":31,"text":"किनकि उनीहरूको चट्टान हाम्रो चट्टानजस्तो होइन,\nहाम्रा शत्रुहरू आफैले पनि यो स्वीकार गर्छन्।"},{"id":32,"text":"उनीहरूको लहरा सदोमको लहराबाट\nर गमोराका बारीहरूबाट आएको हो।\nउनीहरूका दाख विषले भरिएका छन्\nर उनीहरूका दाखका झुप्पाहरू तीतोपनले।"},{"id":33,"text":"उनीहरूको दाखमद्य सर्पहरूको विष,\nगोमनको कड़ा विष हो।"},{"id":34,"text":"“के यो मैले साँचेर राखेको छैनँ,\nर मेरा भण्डारमा छाप मारेर राखेको छैनँ?"},{"id":35,"text":"बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। \nठीक समयमा उनीहरूको खुट्टा चिप्लनेछ,\nउनीहरूको पतनको दिन नजिक आएको छ।\nउनीहरूको सर्वनाश उनीहरूमाथि आइपर्दैछ।”"},{"id":36,"text":"जब तिनीहरूको बल घटेको \nर बँधुवा वा फुक्का केही नरहेको उहाँले देख्नुहुन्छ।\nतब परमप्रभुले आफ्ना मानिसहरूको इन्साफ गर्नुहुनेछ,\nर आफ्ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।"},{"id":37,"text":"उहाँले भन्नुहुनेछ,\n“उनीहरूका देवताहरू कहाँ छन्,\nउनीहरूले शरण लिएको चट्टान?"},{"id":38,"text":"यी देवताहरू, जसले उनीहरूका बलिदानको बोसो खान्थे,\nर उनीहरूका अर्घको दाखमद्य पिउँथे?\nयिनीहरू उठेर तिमीहरूको सहायता गरून्!\nयिनीहरूले तिमीहरूलाई आश्रय देऊन्!"},{"id":39,"text":"“अब हेर, म उही हुँ,\nमबाहेक अरू कोही ईश्वर छैन।\nम नै मार्दछु, र म नै जीवित पार्दछु।\nम नै चोट लाउँछु, र म नै निको पार्छु,\nर कसैले मेरो हातबाट छुटाउन सक्दैन।"},{"id":40,"text":"म आफ्नो हात स्वर्गतिर उठाएर घोषणा गर्छु:\nम सधैँको लागि जिएझैँ"},{"id":41,"text":"जब म आफ्नो चम्कने तरवारमा शान लगाउँछु,\nर मेरो हातले इन्साफमा त्यो पक्रन्छ,\nतब म मेरा विरोधीहरूमाथि बदला लिनेछु,\nर मलाई तिरस्कार गर्नेहरूलाई साटो फेर्नेछु।"},{"id":42,"text":"म मेरा काँड़हरूलाई रगतले मत्याउनेछु,\nजब मेरो तरवारले मासु खाँदछ,\nमारिएका र कैदमा परेकाहरूको रगत,\nशत्रुहरूका नायकहरूका शिर!”"},{"id":43,"text":"हे जातिहरू हो, उहाँको प्रजासँग रमाओ, \nकिनकि उहाँले आफ्ना दासहरूका रगतको बदला लिनुहुनेछ।\nउहाँले आफ्ना शत्रुहरूमाथि साटो लिनुहुनेछ,\nर आफ्नो देश र आफ्नो प्रजाको लागि प्रायश्चित गर्नुहुनेछ।"},{"id":44,"text":"मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूलाई यस भजनका सबै शब्दहरू सुनाए। "},{"id":45,"text":"जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू भनिसिद्ध्याए, "},{"id":46,"text":"तब तिनले तिनीहरूलाई भने, “आज मैले तिमीहरूलाई गम्भीरतापूर्वक दिएका सबै वचनहरू आफ्नो मनमा राख, ताकि आफ्ना छोराछोरीहरूलाई पनि यस व्यवस्थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा दिन सक। "},{"id":47,"text":"यी तिमीहरूका लागि व्यर्थका शब्द होइनन्। यी तिमीहरूका लागि जीवन हुन्। यीद्वारा नै यर्दन पारि अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”"},{"id":48,"text":"परमप्रभुले त्यही दिन मोशालाई यसो भन्नुभयो, "},{"id":49,"text":"“यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाड़को नेबो डाँड़ामाथि उक्लेर जा, र मैले इस्राएलीहरूको अधिकारमा दिने कनान देशलाई हेर्। "},{"id":50,"text":"अनि जसरी तेरो दाजु हारून होर पर्वतमा मर्यो अनि मरिगएका आफन्तहरूकहाँ गयो, त्यसरी तँ उक्लेर जाने त्यस पर्वतमा मर्नेछस् र मरिगएका तेरा आफन्तहरूकहाँ जानेछस्। "},{"id":51,"text":"किनभने तिमीहरू दुवैले जीनको उजाड़-स्थानको मेरीबा-कादेशका पानीमा इस्राएलीहरूका बीचमा मलाई विश्वासघात गर्यौ, किनकि तिमीहरूले इस्राएलीहरूका बीचमा मेरो पवित्रताको कदर गरेनौ। "},{"id":52,"text":"त्यसैकारण मैले इस्राएलीहरूलाई दिने त्यस देशलाई तैंले टाढ़ैबाट मात्र देख्नेछस्, तर त्यहाँ तँ जान पाउनेछैनस्।”"}]},{"id":33,"title":"व्यवस्था 33","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/33-d6eb70a5b3d7df10e7d39e5f1bcc6337.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरका मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलीहरूलाई दिएको आशीर्वाद यही हो।"},{"id":2,"text":"तिनले भने:\n“परमप्रभु सीनैबाट आउनुभयो,\nर सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो।\nउहाँ पारान डाँड़ाबाट चम्कनुभयो।\nलाखौँ पवित्र जनहरूसँग दक्षिणबाट,\nआफ्ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।"},{"id":3,"text":"निश्चय नै तपाईं मानिसहरूलाई प्यारो गर्ने हुनुहुन्छ,\nसबै पवित्र जनहरू तपाईंकै हातमा छन्।\nतिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्छन्,\nर तपाईंबाट अर्ती लिन्छन्—"},{"id":4,"text":"मोशाले दिएको व्यवस्था,\nयाकूबका समुदायको सम्पत्ति।"},{"id":5,"text":"उहाँ यशूरूनमाथि राजा हुनुभयो,\nजब प्रजाका नेताहरू,\nइस्राएलका कुलहरूसमेत एकसाथ भेला भए।"},{"id":6,"text":"“रूबेन बाँचिरहून्, र नमरून्,\nर तिनका मानिसहरू थोरै नहोऊन्।”"},{"id":7,"text":"यहूदाको विषयमा तिनले भने:\n“हे परमप्रभु, यहूदाको सोर सुन्नुहोस्,\nर तिनलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्।\nआफ्नै हातले तिनले आफ्नो रक्षा गर्दछन्।\nतिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्।”"},{"id":8,"text":"लेवीको विषयमा तिनले भने: \n“तपाईंको ‘तुम्मीम’ र तपाईंको\n‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्,\nजसलाई तपाईंले मस्साहमा जाँच्नुभयो,\nजोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो।"},{"id":9,"text":"तिनले आफ्ना पिता र आफ्नी माताको विषयमा भने,\n‘म उनीहरूको आदर गर्दिनँ’।\nतिनले आफ्ना दाजुभाइहरूलाई इन्कार गरे,\nआफ्नै बालबच्चालाई स्वीकार गरेनन्।\nतर तिनले तपाईंका वचनको रखवाली गरे,\nर तपाईंका करारको रक्षा गरे।"},{"id":10,"text":"तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्,\nर इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन्।\nतिनले तपाईंको सामु धूप चढ़ाउँछन्,\nर सम्पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्।"},{"id":11,"text":"हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष् दिनुहोस्,\nर तिनका हातका काम ग्रहण गर्नुहोस्।\nतिनको विरुद्धमा उठ्ने सबैको कम्मरमा हिर्काउनुहोस्,\nफेरि उठ्न नसक्ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्।”"},{"id":12,"text":"बेन्यामीनको विषयमा तिनले भने:\n“परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्,\nकिनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्नुहुन्छ,\nर जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ,\nतिनी उहाँका काँधका बीचमा विश्राम लिन्छन्।"},{"id":13,"text":"योसेफको विषयमा तिनले भने:\nमाथि आकाशबाट आउने अमूल्य शीतले\nर तलका गहिराइका पानीले सिँचेर,\nपरमप्रभुले तिनको देशलाई आशिष् देऊन्—"},{"id":14,"text":"घामले उब्जाउने सबभन्दा उत्तम कुरा,\nर जूनले दिन सक्ने सबभन्दा असल कुरा,"},{"id":15,"text":"प्राचीन पर्वतहरूका सबभन्दा मनपर्दा उपहारहरू,\nर अनन्तका डाँड़ाहरूका प्रचुरता,"},{"id":16,"text":"पृथ्वी र त्यसको परिपूर्णताका उत्तम उपहारहरू,\nर बलिरहेको पोथ्रामा बस्नुहुनेको निगाह—\nयी सबै योसेफको शिरमाथि रहून्,\nआफ्ना दाजुभाइहरूमध्येका\nराजकुमारको आँखीभुइँमाथि।"},{"id":17,"text":"प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्,\nतिनका सीङ अर्नाका सीङ हुन्।\nयीद्वारा तिनले जातिहरूलाई,\nपृथ्वीको पल्लो छेउकाहरूलाई पनि हान्नेछन्।\nएफ्राइमका लाखौँ यस्तै हुन्छन्,\nमनश्शेका हजारौँ यस्तै हुन्छन्।”"},{"id":18,"text":"जबूलूनको विषयमा तिनले भने:\n“ए जबूलून, तिमी बाहिर यताउता जाँदा,\nर ए इस्साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ।"},{"id":19,"text":"तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्,\nर त्यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्।\nतिनीहरूले समुद्रको प्रचुर सम्पत्ति\nर बालुवामा भएका गुप्त धन उपभोग गर्नेछन्।”"},{"id":20,"text":"गादको विषयमा तिनले भने:\n“गादको मुलुकको वृद्धि गर्ने धन्यको हो, गाद त्यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्छन्।"},{"id":21,"text":"तिनले आफ्नो निम्ति सबभन्दा उत्तम जग्गा छाने,\nनायकको हिस्सा तिनको निम्ति छुट्ट्याइएको थियो।\nजब मानिसहरूका नेताहरू भेला भएका थिए,\nतिनले परमप्रभुको धार्मिक इच्छा\nर इस्राएलको सम्बन्धमा उहाँका इन्साफहरू पूरा गरे।"},{"id":22,"text":"दानको विषयमा तिनले भने:\n“बाशानबाट हामफाल्दैआउने दान सिंहको डमरु हुन्।”"},{"id":23,"text":"नप्तालीको विषयमा तिनले भने:\n“परमप्रभुका निगाहको प्रशस्ततामा नप्ताली उहाँका आशिष्को भरपूर भएका छन्।\nतिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्।”"},{"id":24,"text":"आशेरको विषयमा तिनले भने:\n“छोराहरूमध्ये सबैभन्दा आशिष् पाउने आशेर हुन्।\nतिनी आफ्ना दाजुभाइहरूको अति प्रिय होऊन्,\nअनि तिनको आफ्ना खुट्टा तेलले धोऊन्।"},{"id":25,"text":"तिम्रा ढोकाका आग्ला फलाम र काँसाका हुनेछन्,\nजस्तो तिम्रा दिन त्यस्तै तिम्रो शक्ति हुनेछ।"},{"id":26,"text":"“यशूरूनका परमेश्वरजस्तो अरू कोही छैन,\nजो तिमीहरूको सहायताको लागि\nआकाशमाथि सवारी हुनुहुन्छ,\nर आफ्नो प्रतापमा बादलमाथि।"},{"id":27,"text":"अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ,\nर मुनितिरचाहिँ सनातनका पाखुराहरू छन्।\n‘त्यसलाई नाश गर’ भन्दै उहाँले\nतिमीहरूका सामुन्नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ।"},{"id":28,"text":"अन्न र नयाँ दाखमद्यको देशमा,\nजहाँ आकाशले शीत झार्छ,\nइस्राएल एकलै सुरक्षामा रहनेछ,\nयाकूबको मूल सुरक्षित छ।"},{"id":29,"text":"ए इस्राएल, तिमी धन्यका हौ,\nपरमप्रभुद्वारा मुक्ति पाएको जाति,\nतिमीजस्तो को छ र?\nउहाँ तिम्रो ढाल र सहायक हुनुहुन्छ,\nर तिम्रो महिमित तरवार। तिम्रा\nशत्रुहरू तिम्रा अगि लुरूक्क परेर आउनेछन्,\nर तिमीले उनीहरूका अल्गा ठाउँहरूमा टेक्नेछौ।”"}]},{"id":34,"title":"व्यवस्था 34","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/DEU/34-9db9f83bcf761c00177bd01a6828e52c.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्ले। परमप्रभुले तिनलाई समस्त देश देखाउनुभयो— गिलाददेखि दानसम्म, "},{"id":2,"text":"समस्त नप्ताली, एफ्राइम र मनश्शेको देश, पश्चिमको समुद्रसम्मको यहूदाको समस्त देश, "},{"id":3,"text":"नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्म। "},{"id":4,"text":"तब परमप्रभुले तिनलाई भन्नुभयो, “‘तेरा भावी सन्तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्यहाँ जान पाउनेछैनस्।” "},{"id":5,"text":"तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। "},{"id":6,"text":"मोआब देशमा बेथ-पोरको सामुन्ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्नुभयो। तर आजसम्म कसैलाई तिनको चिहान थाहा छैन। "},{"id":7,"text":"मोशाको मृत्यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन। "},{"id":8,"text":"मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए।"},{"id":9,"text":"अब नूनका छोरा यहोशू बुद्धिको आत्माले परिपूर्ण थिए, किनकि मोशाले आफ्ना हात तिनीमाथि राखेका थिए।तसर्थ, तिनको कुरा इस्राएलीहरूले सुने, र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।"},{"id":10,"text":"त्यस समयदेखि इस्राएलीहरूमा मोशाजस्तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो। "},{"id":11,"text":"तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूकहाँ उनको समस्त देशमा आश्चर्य चिन्ह र अचम्मका कामहरू देखाउनलाई परमप्रभुले पठाउनुभयो। "},{"id":12,"text":"किनकि समस्त इस्राएलीहरूको दृष्टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्यै देखाएको छैन।"}]}]}