-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
EPH.json
1 lines (1 loc) · 50.4 KB
/
EPH.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"पावलले यो पत्र एफिसीहरूलाई झण्डै ईश्वी सम्बत् ६०-६१ मा लेखेका थिए। त्यो बेला पावल आफै रोम सहरको एउटा झ्यालखानामा बन्दी थिए। अहिले रोमचाहिँ यूरोप महादेशमा भएको आधुनिक इटालीको राजधानी हो। उही झ्यालखानामा बस्दा पावलले नयाँ करारका “फिलिप्पीहरूलाई,” “कलस्सीहरूलाई” र “फिलेमोनलाई,” भन्ने पत्रहरू पनि लेखेका थिए।"},{"id":2,"text":"पावलको समयमा एफिसस रोमी साम्राज्यको मध्यपूर्वमा रहेको प्रसिद्ध सहर थियो (जो अहिले टर्की देशमा पर्छ)। एफिसस एउटा ठूलो केन्द्र भएको हुनाले, हरेक प्रकारका मानिसहरू त्यहाँ बस्थे र विभिन्न ठाउँबाट आ-आफ्नो काममा आउने गर्थे (हेर्नोस् प्रेरित १८:१९)।"},{"id":3,"text":"ईस्वी सम्बत् ५३ देखि ईस्वी सम्बत् ५५ सम्म पावल पनि एफिससमा बसे अनि तिनले हरेक दिन त्यहाँ जो-जो आउँथे, तिनीहरूलाई एउटा विद्यालयमा सिकाउने गर्थे। तिनीहरूमा धेरै जनाले विश्वास गर्न थाले र केही समयपछि एउटा ख्रीष्टियान मण्डली स्थापित भयो। एफिसस ज्यादै मुख्य सहर भएको हुनाले र ठाउँ-ठाउँबाट आउनेहरूको सङ्ख्या प्रशस्तै हुने हुँदा धेरै जनाले पावलको प्रचार सुने र ख्रीष्टको सुसमाचार अरू सहरहरूमा पनि फैलाए (प्रेरित १९:८-१०)।"},{"id":4,"text":"एफिसीहरूलाई मात्र होइन तर वरपरका अरू मण्डलीहरूलाई पनि पावलले यो पत्र लेखेका हुन् भन्ने धेरै जना बाइबलका विद्वान्हरूको विचार छ। पावलका पत्रहरूमध्ये धेरैजसो व्यक्तिगत तवरले लेखिएका छन् तर यो पत्रचाहिँ व्यक्तिगत किसिमले र एउटै मण्डलीलाई मात्र लेखिएको जस्तो होइन। बरु यो पत्र एकदम फराकिलो छ र शायद एक मण्डलीबाट अर्को मण्डलीलाई बाँड्नका निम्ति लेखिएको थियो।"},{"id":5,"text":"पावलको जीवनको विषयमा अझ बुझ्नलाई रोमीहरूलाई पावलको पत्रको परिचय हेर्नुहोस्।"}]},{"id":1,"title":"एफिसी 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EPH/1-95838d5ad61e9dbdee343f1ed03a9bc5.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई: "},{"id":2,"text":"हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।"},{"id":3,"text":"हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। "},{"id":4,"text":"उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। "},{"id":5,"text":"उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, "},{"id":6,"text":"यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। "},{"id":7,"text":"उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, "},{"id":8,"text":"जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो। "},{"id":9,"text":"किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, "},{"id":10,"text":"ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आऊन्।"},{"id":11,"text":"उहाँमा, जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्रायअनुसार "},{"id":12,"text":"हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नुभएको छ। "},{"id":13,"text":"तिमीहरू, जसले सत्यको वचन, अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। "},{"id":14,"text":"परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ।"},{"id":15,"text":"प्रभु येशूप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै, "},{"id":16,"text":"मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ। "},{"id":17,"text":"म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन्। "},{"id":18,"text":"म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस्, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक। "},{"id":19,"text":"अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो, "},{"id":20,"text":"जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। "},{"id":21,"text":"सबै शासन, र अधिकार, र शक्ति र राज्यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्नुभयो, "},{"id":22,"text":"र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, "},{"id":23,"text":"जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ।"}]},{"id":2,"title":"एफिसी 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EPH/2-84723f465ee98d8a1f60a772c3d0af45.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।"},{"id":2,"text":"यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरू अघि एक पल्ट चल्दैथियौ। "},{"id":3,"text":"तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। "},{"id":4,"text":"तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, "},{"id":5,"text":"यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। "},{"id":6,"text":"र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। "},{"id":7,"text":"योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। "},{"id":8,"text":"किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— "},{"id":9,"text":"कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। "},{"id":10,"text":"किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।"},{"id":11,"text":"यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्दथे। "},{"id":12,"text":"याद राख, तिमीहरू त्यस बेला ख्रीष्टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौ। "},{"id":13,"text":"तर तिमीहरू, जो त्यस बेला ख्रीष्ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्टको रगतले नजिक भएका छौ।"},{"id":14,"text":"किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ। "},{"id":15,"text":"र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून्, र यसरी शान्ति स्थापना होस्।"},{"id":16,"text":"अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।"},{"id":17,"text":"उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो,"},{"id":18,"text":"किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिताकहाँ प्रवेश पाएका छौं।"},{"id":19,"text":"यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। "},{"id":20,"text":"त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ। "},{"id":21,"text":"उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ। "},{"id":22,"text":"अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।"}]},{"id":3,"title":"एफिसी 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EPH/3-2c5f72c7aa9cf9dd57434d9167683048.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसैकारण म पावल, तिमी अन्यजातिहरूका पक्षमा ख्रीष्ट येशूको कैदी— "},{"id":2,"text":"तिमीहरूका निम्ति मलाई सुम्पिएको परमेश्वरका अनुग्रहको जिम्मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्ने मलाई लागेको छ। "},{"id":3,"text":"जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ। "},{"id":4,"text":"जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ।"},{"id":5,"text":"जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन, "},{"id":6,"text":"अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्।"},{"id":7,"text":"उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्वरको त्यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ। "},{"id":8,"text":"सबै सन्तहरूमा म अत्यन्त तुच्छ भए तापनि ख्रीष्टको अगम्य सम्पत्तिको सुसमाचार अन्यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो। "},{"id":9,"text":"सबै कुरा सृजनुहुने परमेश्वरमा युग-युगदेखि लुप्त रहेका रहस्यको योजना के हो, सो सबै मानिसलाई खुलस्त गराउने अनुग्रह मलाई दिइयो, "},{"id":10,"text":"ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस्। "},{"id":11,"text":"योचाहिँ ख्रीष्ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो। "},{"id":12,"text":"उहाँमाथि राखिएको हाम्रो विश्वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्वरमा प्रवेश पाउँछौं। "},{"id":13,"text":"यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्ति मैले भोगिरहेको कष्टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्।"},{"id":14,"text":"यसैकारण म पिताको सामने आफ्ना घुँड़ा टेक्तछु, "},{"id":15,"text":"जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। "},{"id":16,"text":"म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्तिअनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारून्, "},{"id":17,"text":"र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर, "},{"id":18,"text":"सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक, "},{"id":19,"text":"र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।"},{"id":20,"text":"उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, "},{"id":21,"text":"उहाँलाई नै पुस्ता-पुस्तासम्म मण्डली र ख्रीष्ट येशूमा सदासर्वदा महिमा होस्। आमेन।"}]},{"id":4,"title":"एफिसी 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EPH/4-5289e67abac47a329e302c7ab19b9d7a.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। "},{"id":2,"text":"सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,"},{"id":3,"text":"शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। "},{"id":4,"text":"शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ— "},{"id":5,"text":"एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, "},{"id":6,"text":"हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ।"},{"id":7,"text":"तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। "},{"id":8,"text":"यसकारण यसो भनिएको छ:\n“उहाँ उच्चमा चढ़िजानुहुँदा\nकैदलाई बन्दी बनाएर लानुभयो,\nर मानिसहरूलाई वरदानहरू दिनुभयो।”"},{"id":9,"text":"(अब यो “उच्चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। "},{"id":10,"text":"उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।) "},{"id":11,"text":"अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, "},{"id":12,"text":"कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, "},{"id":13,"text":"जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं। "},{"id":14,"text":"यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं। "},{"id":15,"text":"बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ। "},{"id":16,"text":"उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।"},{"id":17,"text":"अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु, कि अन्यजातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिओ। "},{"id":18,"text":"तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ। "},{"id":19,"text":"तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्।"},{"id":20,"text":"तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। "},{"id":21,"text":"येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु। "},{"id":22,"text":"छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग।"},{"id":23,"text":"र आफ्नो भित्री वर्तावमा नयाँ होओ, "},{"id":24,"text":"र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।"},{"id":25,"text":"यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।"},{"id":26,"text":"क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,"},{"id":27,"text":"र दियाबलसलाई मौका नदेओ। "},{"id":28,"text":"चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।"},{"id":29,"text":"तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। "},{"id":30,"text":"अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। "},{"id":31,"text":"सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ। "},{"id":32,"text":"जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।"}]},{"id":5,"title":"एफिसी 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EPH/5-5956cb90c2bc839f64983a9bad8a9788.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ। "},{"id":2,"text":"तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।"},{"id":3,"text":"तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन। "},{"id":4,"text":"कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्। तर बरु धन्यवाद दिने काम होस्। "},{"id":5,"text":"किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन।"},{"id":6,"text":"कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्छ। "},{"id":7,"text":"यसकारण तिनीहरूसँग सहभागी नहोओ, "},{"id":8,"text":"किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर, "},{"id":9,"text":"किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, "},{"id":10,"text":"र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोसिस गर। "},{"id":11,"text":"अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ। "},{"id":12,"text":"किनकि तिनीहरूले गुप्तमा गरेका कामहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो। "},{"id":13,"text":"तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो। "},{"id":14,"text":"यसैले यस्तो भनिएको छ:\n“ए निद्रामा परेकाहरू,\nजाग र मरेकाहरूबाट उठ,\nर ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”"},{"id":15,"text":"यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो। "},{"id":16,"text":"समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।"},{"id":17,"text":"यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ। "},{"id":18,"text":"दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ। "},{"id":19,"text":"एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै"},{"id":20,"text":"सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।"},{"id":21,"text":"ख्रीष्टको श्रद्धामा एक-अर्काको अधीनमा बस।"},{"id":22,"text":"पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।"},{"id":23,"text":"किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ। "},{"id":24,"text":"जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्।"},{"id":25,"text":"पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,"},{"id":26,"text":"यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून, "},{"id":27,"text":"र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्।"},{"id":28,"text":"त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। "},{"id":29,"text":"किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, "},{"id":30,"text":"किनभने हामी उहाँका शरीरको अङ्ग हौं। "},{"id":31,"text":"“यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”"},{"id":32,"text":"यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु। "},{"id":33,"text":"जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।"}]},{"id":6,"title":"एफिसी 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EPH/6-f768a818a348228174174f684c93680a.mp3?version_id=1483","verses":[{"id":1,"text":"छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।"},{"id":2,"text":"आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),"},{"id":3,"text":"कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।"},{"id":4,"text":"बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।"},{"id":5,"text":"कमारा हो, डर र कम्पसाथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।"},{"id":6,"text":"मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्टका दासहरूझैँ साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर। "},{"id":7,"text":"मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर, "},{"id":8,"text":"यो जानेर कि चाहे त्यो कमारा होस्, चाहे फुक्का, जसले असल काम गर्दछ, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।"},{"id":9,"text":"मालिक हो, आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर, र धम्की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा पक्षपात छैन।"},{"id":10,"text":"अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ। "},{"id":11,"text":"दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर। "},{"id":12,"text":"किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो। "},{"id":13,"text":"यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।"},{"id":14,"text":"यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,"},{"id":15,"text":"र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।"},{"id":16,"text":"साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। "},{"id":17,"text":"मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो। "},{"id":18,"text":"सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।"},{"id":19,"text":"मेरो निम्ति पनि प्रार्थना गर, कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्य घोषणा गर्न सकूँ, "},{"id":20,"text":"जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्नुपर्ने हो, त्यसरी म साहससँग बोल्न सकूँ।"},{"id":21,"text":"म कस्तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस् भनेर प्रिय भाइ र प्रभुमा विश्वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्।"},{"id":22,"text":"हाम्रो हालचाल कस्तो छ तिमीहरूलाई थाहा होस् र तिमीहरूका हृदयलाई प्रोत्साहन मिलोस् भन्ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।"},{"id":23,"text":"परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट दाजुभाइहरूलाई शान्ति र विश्वाससहितको प्रेम! "},{"id":24,"text":"हाम्रा प्रभु येशू ख्रीष्टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्।"}]}]}