-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
EZR.json
1 lines (1 loc) · 99.5 KB
/
EZR.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"एज्राको पुस्तकले इतिहासको पुस्तकको घटनाक्रमलाई नै पछ्याएर गएको छ। यसमा हामी बेबिलोनबाट फर्किआउँने कैदीहरूको विवरण पाउँछौं अनि यरूशलेममा जनजीवन र मन्दिरको आराधना पुन:स्थापना भएको घटना पढ्छौं। यी घटनाहरूलाई यो पुस्तकमा यसरी विभाजन गरी हामी हेर्न सक्छौं:"},{"id":2,"text":"१. फारसका सम्राट कोरेसको आदेशमा यहूदी कैदीहरू बेबिलोनबाट फर्कन्छन्।"},{"id":3,"text":"२. मन्दिरको पुनर्निर्माण र अर्पण र यरूशलेममा फेरि परमेश्वरको पूजा-आराधना आरम्भ भएको।"},{"id":4,"text":"३. तीन वर्षपछि एज्राको नेतृत्वमा अर्को झूण्ड यहूदीहरू फर्कन्छन्।"},{"id":5,"text":"एज्रा व्यवस्थाको एक कुशल विद्वान थिए। उनले आफ्नो धार्मिक र सामाजिक जीवनलाई सुव्यवस्थित गर्न मानिसहरूलाई मद्दत गरे। एज्राले आफ्नो शिक्षाद्वारा इस्राएलीहरूको गौरवशाली परम्परालाई सुरक्षित बनाएका थिए।"},{"id":6,"text":"एज्राले नै विभिन्न स्रोतहरूबाट र आफ्नो संस्मरणबाट पनि यो पुस्तकलाई रचना गरेका थिए भनी अनुमान गर्न सकिन्छ (४:७-१६; २:१-७०; ७:२७—९:१५)। यो पुस्तक रचनाको समय ४५६-४४४ ई. पू. सम्म हो, अर्थात् नहेम्याह यरूशलेम आइपुगेको समयसम्म।"}]},{"id":1,"title":"एज्रा 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/1-977096b88f325baedc40fe41c1826c3b.mp3?version_id=1483","verses":[{"id":1,"text":"फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजा कोरेसको हृदयलाई उत्तेजित पार्नुभयो। फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे: "},{"id":2,"text":"“फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ। उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ। "},{"id":3,"text":"तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून्। सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस्। "},{"id":4,"text":"बाँचेको प्रत्येक यहूदी जहाँ-जहाँ छ त्यस ठाउँका बासिन्दाहरूले यरूशलेम स्थित परमेश्वरका मन्दिरको निम्ति त्यसलाई सुन, चाँदी, धन-सम्पत्ति र गाईबस्तुहरू तथा राजीखुशीको भेटी जुटाउनुपर्नेछ’।”"},{"id":5,"text":"त्यसपछि यरूशलेममा परमप्रभुका भवनको पुनर्निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका यहूदा र बेन्यामीनका परिवारका मुख्य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए। "},{"id":6,"text":"तिनीहरूका छिमेकीहरू सबैले राजीखुशीले दिएका भेटीका साथ सुन र चाँदीका वस्तुहरू, धन-सम्पत्ति, गाईबस्तु र बहुमूल्य पदार्थहरू दिएर तिनीहरूलाई सहायता गरे। "},{"id":7,"text":"त्यसबाहेक नबूकदनेसरले यरूशलेमबाट ल्याएर आफ्नो देवताको मन्दिरमा राखेका परमप्रभुको भवनका भाँड़ाहरू राजा कोरेसले निकाले। "},{"id":8,"text":"अनि फारसका राजा कोरेसले ती भण्डारका जिम्मावाल मित्रेताको जिम्मामा दिए। तिनले यहूदाका राजकुमार शेशबस्सरको निम्ति ती चीजहरूको एउटा तालिका बनाइदिए।"},{"id":9,"text":"तालिका यही थियो:सुनका भाँड़ा ३०चाँदीका भाँड़ा १,०००चाँदीका बाटा २९"},{"id":10,"text":"सुनका कचौरा ३०चाँदीका विभिन्न किसिमका कचौरा ४१०अन्य भाँड़ाहरू १,०००"},{"id":11,"text":"सुन र चाँदीका भाँड़ाहरू सबैको जम्मा संख्या ५,४०० थियो। कैदमा लगिएकाहरू बेबिलोनबाट यरूशलेम फर्कंदा शेशबस्सरले ती सबै यरूशलेममा ल्याए।"}]},{"id":2,"title":"एज्रा 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/2-dfc895534e3ffa361699ef0d86e79435.mp3?version_id=1483","verses":[{"id":1,"text":"कैदबाट छुटकारा पाएर आएका प्रान्तका मानिसहरू यिनै हुन्, जसलाई बेबिलोनका राजा नबूकदनेसरले बेबिलोनमा कैद गरेर लगेका थिए। तिनीहरू यरूशलेम र यहूदाका हरेक आ-आफ्नो सहरमा फर्के। "},{"id":2,"text":"तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहाका साथ आएका थिए।इस्राएलको प्रजाका पुरुषहरूको नामावली:"},{"id":3,"text":"परोशका परिवारका २,१७२"},{"id":4,"text":"शपत्याहका परिवारका ३७२"},{"id":5,"text":"आराका परिवारका ७७५"},{"id":6,"text":"येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१२"},{"id":7,"text":"एलामका परिवारका १,२५४"},{"id":8,"text":"जत्तूका परिवारका ९४५"},{"id":9,"text":"जक्कैका परिवारका ७६०"},{"id":10,"text":"बानीका परिवारका ६४२"},{"id":11,"text":"बेबैका परिवारका ६२३"},{"id":12,"text":"अज्गादका परिवारका १,२२२"},{"id":13,"text":"अदोनीकामका परिवारका ६६६"},{"id":14,"text":"बिग्वैका परिवारका २,०५६"},{"id":15,"text":"आदीनका परिवारका ४५४"},{"id":16,"text":"हिजकियाबाट आतेरका परिवारका ९८"},{"id":17,"text":"बेजैका परिवारका ३२३"},{"id":18,"text":"योराका परिवारका ११२"},{"id":19,"text":"हाशूमका परिवारका २२३"},{"id":20,"text":"गिबारका परिवारका ९५"},{"id":21,"text":"बेथलेहेमका मानिसहरू १२३"},{"id":22,"text":"नतोपाका मानिसहरू ५६"},{"id":23,"text":"अनातोतका मानिसहरू १२८"},{"id":24,"text":"अज्मावेतका मानिसहरू ४२"},{"id":25,"text":"किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३"},{"id":26,"text":"रामा र गेबाका मानिसहरू ६२१"},{"id":27,"text":"मिकमाशका मानिसहरू १२२"},{"id":28,"text":"बेथेल र ऐका मानिसहरू २२३"},{"id":29,"text":"नेबोका मानिसहरू ५२"},{"id":30,"text":"मग्बीसका मानिसहरू १५६"},{"id":31,"text":"अर्को एलामका मानिसहरू १,२५४"},{"id":32,"text":"हारीमका मानिसहरू ३२०"},{"id":33,"text":"लोद, हादीद र ओनोका मानिसहरू ७२५"},{"id":34,"text":"यरीहोका मानिसहरू ३४५"},{"id":35,"text":"सेनाहका मानिसहरू ३,६३०"},{"id":36,"text":"पूजाहारीहरू:येशूअको वंशबाट यदायाहका परिवारका ९७३"},{"id":37,"text":"इम्मेरका परिवारका १,०५२"},{"id":38,"text":"पशहूरका परिवारका १,२४७"},{"id":39,"text":"हारीमका परिवारका १,०१७"},{"id":40,"text":"लेवीहरू:होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४"},{"id":41,"text":"गवैयाहरू:आसापका परिवारका १२८"},{"id":42,"text":"मन्दिरका द्वारपालहरू:शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९"},{"id":43,"text":"मन्दिरका सेवकहरू:सीहा, हसूपा, तब्बाओत"},{"id":44,"text":"केरोस, सीआ, पादोन,"},{"id":45,"text":"लेबाना, हगाबा, अक्कूब,"},{"id":46,"text":"हागाबा, शल्मै, हानान,"},{"id":47,"text":"गिद्देल, गहरका, रायाह,"},{"id":48,"text":"रसीन, नकोदा, गज्जाम,"},{"id":49,"text":"उज्जा, पसेह, बेजै,"},{"id":50,"text":"अस्ना, मोनिम, नेपुसीम,"},{"id":51,"text":"बक्बूक, हकूपा, हर्हुर,"},{"id":52,"text":"बस्लूत, महीदा, हर्शा,"},{"id":53,"text":"बर्कोस, सीसरा, तेमह,"},{"id":54,"text":"नसीह, र हतीपाका परिवारहरू"},{"id":55,"text":"सोलोमनका सेवकका सन्तान:सोतै, हस्सोपेरेत, पारूद, "},{"id":56,"text":"याला, दर्कोन, गिद्देल,"},{"id":57,"text":"शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू।"},{"id":58,"text":"मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको संख्या जम्मा ३९२"},{"id":59,"text":"तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन्। यी हुन्:"},{"id":60,"text":"दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्मा ६५२"},{"id":61,"text":"र पूजाहारीहरूबाट:होबायाहका परिवार, हक्कोसका परिवार र गिलादी बर्जिल्लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्ने बर्जिल्लैका परिवार।"},{"id":62,"text":"यिनीहरूको वंशावलीका सूचीमा दर्ता गरिएका नाउँहरूमा आ-आफ्नो नाउँ खोजे तर ती पाइएनन्। यसैले तिनीहरू पूजाहारीगिरीको निम्ति अशुद्ध ठहरिएका हुनाले अयोग्य ठहरिए। "},{"id":63,"text":"अनि राज्यपालले “ऊरीम” र “तुम्मीम” ले सेवा गर्ने कुनै एउटा पूजाहारी नहोउञ्जेल तिनीहरूलाई महापवित्र थोक खान मनाही गरे। "},{"id":64,"text":"भेला भएका जम्मै मानिसहरूको संख्या ४२,३६० थियो। "},{"id":65,"text":"तिनीहरूका दास-दासीहरू ७,३३७ जना थिए। तीबाहेक तिनीहरूका २०० पुरुष र स्त्री गवैयाहरू थिए। "},{"id":66,"text":"तिनीहरूका घोड़ाहरूको संख्या ७३६, खच्चर २४५, "},{"id":67,"text":"ऊँट ४३५ र गधा ६,७२० थिए।"},{"id":68,"text":"तिनीहरू यरूशलेममा परमप्रभुको भवनमा आएपछि कुनै-कुनै परिवारका मुख्य मानिसहरूलेचाहिँ परमेश्वरको भवन त्यसको पहिलेकै ठाउँमा पुनर्निर्माण गर्न स्वेच्छा भेटीहरू दिए। "},{"id":69,"text":"तिनीहरूले आफ्नो औकातअनुसार मन्दिर पुनर्निर्माण गर्ने भण्डारमा जम्मा ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का, र पूजाहारीहरूले लाउने १०० पोशाकहरू दिए।"},{"id":70,"text":"पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू अरू कोही मानिसहरूका साथ आ-आफ्ना सहरहरूमा बसोबास गरे, र बाँकी इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे। "}]},{"id":3,"title":"एज्रा 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/3-ffaeb920ef91cdfdd853079619036004.mp3?version_id=1483","verses":[{"id":1,"text":"सातौँ महिना लागेपछि इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। त्यस बेला मानिसहरू एउटै मानिसजस्तो भएर यरूशलेममा भेला भए। "},{"id":2,"text":"तब परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार होमबलि चढ़ाउन योसादाकका छोरा येशूअ र तिनका सङ्गी-पूजाहारीहरू अनि शालतिएलका छोरा यरुबाबेल र तिनका सहयोगीहरू इस्राएलका परमेश्वरको वेदी निर्माण गर्ने काममा लागे। "},{"id":3,"text":"आफ्ना वरिपरिका जनताको डर तिनीहरूमा भए तापनि तिनीहरूले वेदी त्यसको जगमाथि निर्माण गरे र त्यसै वेदीमा तिनीहरूले परमप्रभुको निम्ति बिहान र बेलुकीका दुवै समयका बलिदानमा होमबलि चढ़ाए। "},{"id":4,"text":"त्यसपछि प्रतिदिनको निम्ति तोकिएको संख्याअनुसार होमबलिका साथ तिनीहरूले तोकिएबमोजिम छाप्रोवासको चाड़ मनाए। "},{"id":5,"text":"यीबाहेक नित्य होमबलि, औंसी-बलि र परमप्रभुले ठहराउनुभएका सबै पवित्र चाड़हरूका निम्ति बलि चढ़ाए। यिनका साथसाथै परमप्रभुको निम्ति ल्याएका सबै स्वेच्छा भेटी चढ़ाए। "},{"id":6,"text":"परमप्रभुका भवनको जग हालसम्म बसालिएको नभए तापनि सातौँ महिनाको पहिलो दिनमा तिनीहरूले होमबलि चढ़ाउन सुरु गरे।"},{"id":7,"text":"तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्पासम्म देवदारुका काठहरू ल्याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।"},{"id":8,"text":"यरूशलेममा भएको परमेश्वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात् पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्यसभन्दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे। "},{"id":9,"text":"परमप्रभुका भवनको निर्माण गर्नेहरूको रेखदेख गर्ने काममा येशूअ र तिनका छोराहरू र भाइहरू, र कादमीएल र तिनका छोराहरू (होदबियाका सन्तानहरू), र हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र भाइहरू— जो सबै लेवी थिए— एकसाथ लागेका थिए।"},{"id":10,"text":"जब बनाउनेहरूले परमप्रभुका मन्दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्ना पोशाक लगाएर तुरहीका साथमा, र लेवीहरू (अर्थात् आसापका छोराहरू) झ्यालीको साथमा इस्राएलका राजा दाऊदले तोकिदिएको रीतअनुसार परमप्रभुको प्रशंसा गर्न आ-आफ्ना स्थान लिए। "},{"id":11,"text":"तिनीहरूले स्तुति गर्दै र परमप्रभुलाई धन्यवाद दिँदै यसो भनेर गाए, \nउहाँ असल हुनुहुन्छ, उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्छ।”अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्तुति गरे। "},{"id":12,"text":"तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्दले जयजयकार गरे। "},{"id":13,"text":"आनन्दले कराएको सोर र रोएको सोर कसैले ठम्याउन सकेन, किनभने मानिसहरूले कराएको सोर चर्को थियो। त्यो आवाज टाढ़ा-टाढ़ासम्म पनि सुनिन्थ्यो।"}]},{"id":4,"title":"एज्रा 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/4-54fac66c3ea83a1fc109bb2242582b30.mp3?version_id=1483","verses":[{"id":1,"text":"कैदबाट फर्केर आएकाहरूले परमप्रभु इस्राएलका परमेश्वरको मन्दिर बनाउँदैछन् भन्ने कुरा जब यहूदा र बेन्यामीनका शत्रुहरूले सुने, "},{"id":2,"text":"उनीहरू यरुबाबेल, येशूअ, र परिवारका मुख्य मानिसहरूकहाँ आएर यसो भने, “हामीलाई पनि तपाईंसँग भवन निर्माण गर्न दिनुहोस्, किनभने हामी पनि तपाईंहरूझैँ तपाईंहरूका परमेश्वरको खोजी गर्दछौं, र हामीलाई यहाँ ल्याउने अश्शूरका राजा एसरहदोनको पालोदेखि नै हामी उहाँलाई नै बलिदान चढ़ाउँदैआएका छौं।” "},{"id":3,"text":"तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्वरको निम्ति निर्माण गरिरहेका छौं, त्यसमा तिमीहरूको केही सम्बन्ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।”"},{"id":4,"text":"तब त्यस देशका मानिसहरूले यहूदीहरूको मन निराश गराउन र त्यो भवन निर्माण गर्ने काम बिथोल्न त्रास हाल्ने काम सुरु गरे। "},{"id":5,"text":"तिनीहरूको अभिप्रायलाई नाश गर्न उनीहरूले तिनीहरूको विरुद्धमा काम गर्न सल्लाहकारहरूलाई भाड़ामा लिए। फारसका राजा कोरेसको शासनकालभरि र दाराको शासनकालसम्म यस्तो काम चली नै रह्यो।"},{"id":6,"text":"अहासूरसका राजत्वकालको सुरुमा त्यस देशका मानिसहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूका विरुद्धमा एउटा अभियोग-पत्र लेखेर पठाए। "},{"id":7,"text":"फारसका राजा अर्तासास्तको पालोमा विश्लाम, मित्रेता, ताबेल, र तिनका सबै सहयोगीहरूले उनलाई एउटा चिट्ठी लेखे। त्यो चिट्ठी आरमेइक अक्षर र आरमेइक भाषामा लेखिएको थियो। "},{"id":8,"text":"सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको विरुद्धमा तलका विवरण दिएर अर्तासास्तलाई एउटा चिट्ठी लेखे:"},{"id":9,"text":"“सेनापति रेहूम, सचिव शिम्शै र उनीहरूसँग काम गर्ने सबै सहयोगीहरू, अर्थात् त्रीपोलीस, फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र हाकिमहरू, तथा शूशनका एलामीहरू, "},{"id":10,"text":"एवम् अरू मानिसहरू, जसलाई महान् र प्रसिद्ध अशूरवनिपलले देशनिकाला गरेर सामरियाको सहर र यूफ्रेटिस नदीको पारिको प्रान्तमा बसालेका थिए।”"},{"id":11,"text":"(उनीहरूले पठाएको चिट्ठीको नकल यही थियो।)अर्तासास्त महाराजाकहाँ हजूरका दास, यूफ्रेटिस पारिका मानिसहरूबाट:"},{"id":12,"text":"“महाराजालाई यो कुरो जाहेर होस् कि हजूरलाई छोड़ेर यस ठाउँमा आएका यहूदीहरू यरूशलेममा आइपुगेर त्यस दुष्ट र बागी सहरको पुनर्निर्माण गरिरहेका छन्। तिनीहरूले त्यसको जग मरम्मत गरी त्यसको पर्खाल सिद्ध्याउनै लागेका छन्।"},{"id":13,"text":"“महाराजालाई यो कुरो पनि थाहा होस् कि तिनीहरूका सहरको पुनर्निर्माण भयो र त्यसको पर्खाल सिद्ध्याइयो भने तिनीहरूले राजकर, आयकर, अथवा महसूल तिर्नेछैनन्, अनि आखिरमा राजसत्तामा हानि ल्याइनेछ। "},{"id":14,"text":"हामीले राजाको निमक खाएका हुनाले र राजाको अपमान भएको हेर्न हामीलाई उचित नलागेकोले, महाराजालाई यो कुरो जनाउनलाई हामी यो सन्देश पठाइरहेका छौं, कि हजूरका पूर्वजहरूका अभिलेखहरूको तलाश गरिबक्सिओस्। "},{"id":15,"text":"अभिलेखहरूमा खोजे हजूरलाई यो कुरो थाहा लाग्नेछ, कि यो सहर एउटा बागी सहर हो, र राजसत्ता र प्रान्तहरूमाथि हानि पुर्याउने यो सहर प्राचीन कालदेखि नै राजद्रोही भएको हो। त्यसैकारण यो उजाड़ पारिएको थियो। "},{"id":16,"text":"महाराजाकहाँ हामी यही जाहेर गर्न चाहन्छौं कि यदि यस सहरको पुनर्निर्माण भयो र यसको पर्खाल सिद्ध्याइयो भने त्यसको परिणाम यही हुनेछ, कि यूफ्रेटिस पारिको प्रान्तमा हजूरको केही अधिकार रहनेछैन।”"},{"id":17,"text":"राजाले यस्तो जवाफ पठाए:“सेनापति रेहूम, सचिव शिम्शै र सामरिया र यूफ्रेटिस पारिको प्रान्तमा बस्ने तिनीहरूका सबै बाँकी सहयोगीहरूलाई अभिवादन।"},{"id":18,"text":"“तिमीहरूले मलाई पठाएको पत्र मेरो सामु पढ़ियो र अनुवाद गरियो। "},{"id":19,"text":"मैले हुकुम गरें, र खोजतलाश गरियो। अनि यो पाइयो कि त्यस सहरले राजसत्ताको विरुद्धमा गरेको राजद्रोहको एउटा लामो इतिहास रहेछ र विद्रोह र राजद्रोह त्यहाँ चली नै आएको रहेछ। "},{"id":20,"text":"यूफ्रेटिस पारिको सारा प्रान्तमाथि आफ्नो अधिकार जमाएर शक्तिशाली राजाहरूले यरूशलेममाथि शासन गरेका छन्, अनि मानिसहरूले राजकर, आयकर र महसूल तिनीहरूलाई तिर्ने गरेका रहेछन्। "},{"id":21,"text":"यसकारण यी मानिसलाई काम रोक्नैपर्छ भनी आदेश जारी गर। त्यस विषयमा मबाट उर्दी नआउञ्जेल त्यस सहरको पुनर्निर्माण नहोस्। "},{"id":22,"text":"यस विषयमा तिमीहरूले आफ्नो कर्तव्यको अवहेलना नगर। यो खतरालाई राजकीय हितको विरुद्ध किन बढ्न दिने।”"},{"id":23,"text":"राजा अर्तासास्तको पत्रको विषयमा सेनापति रेहूम, सचिव शिम्शै र उनीहरूका सहयोगीहरूका सामुन्ने पढ़िसक्ने बित्तिकै उनीहरू यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ काम रोक्न लगाए। "},{"id":24,"text":"यसरी यरूशलेममा परमप्रभुका भवनको काम रोकियो। फारसका राजा दाराको राजत्वकालको दोस्रो वर्षसम्मै त्यो काम रोकियो। "}]},{"id":5,"title":"एज्रा 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/5-db8f5512f9057e165f1c8a24cec86e87.mp3?version_id=1483","verses":[{"id":1,"text":"हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरिया अगमवक्ताले यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई तिनीहरूमाथि प्रभुत्व गर्नुहुने इस्राएलका परमेश्वरको नाउँमा अगमवाणी बोले। "},{"id":2,"text":"तब शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले यरूशलेममा परमेश्वरका भवनको पुनर्निर्माण गर्न थाले। र परमेश्वरका अगमवक्ताहरूले पनि तिनीहरूका साथ दिएर तिनीहरूलाई सघाए। "},{"id":3,"text":"यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरूले तुरुन्तै तिनीहरूकहाँ आएर सोधे, “यस मन्दिरको पुनर्निर्माण र पुनर्स्थापना गर्न तिमीहरूलाई कसले अधिकार दियो?” "},{"id":4,"text":"उनीहरूले तिनीहरूसँग त्यस निर्माणको लागि काममा लाग्ने मानिसहरूका नाउँ पनि मागे। "},{"id":5,"text":"तर यहूदी धर्म-गुरुहरूमाथि परमेश्वरको निगाह भएकोले दारा राजाकहाँ खबर पुगेर त्यसको जवाफमा राजकीय-पत्र नपाउञ्जेल काम गरिरहनबाट तिनीहरूलाई कसैले रोक्न सकेन।"},{"id":6,"text":"दारा राजालाई यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरू, अर्थात् यूफ्रेटिस पारिका अधिकारीहरूले पठाएको चिट्ठी यही हो। "},{"id":7,"text":"उनीहरूले पठाएका चिट्ठीको लिखित विवरण यस प्रकार छ:\nदारा राजालाई हार्दिक अभिवादन।"},{"id":8,"text":"महाराजाकहाँ यो कुरा जाहेर होस् कि हामी यहूदाको प्रान्त, महान् परमेश्वरको मन्दिर भएको स्थानमा गएका थियौं। त्यहाँ मानिसहरूले ठूला-ठूला ढुङ्गाहरूले त्यो निर्माण गरिरहेका र पर्खालमा काठहरू राख्ने काम गरिरहेका रहेछन्। सो काम तिनीहरूले प्रयत्नशील भई जारी राखेका र धर्म-गुरुहरूको निर्देशनमा निकै प्रगति भइरहेको हामीले देख्यौं।"},{"id":9,"text":"“‘यस भवनको पुनर्निर्माण र पुनर्स्थापन गर्न तिमीहरूलाई कसले अधिकार दियो? भनी हामीले तिनीहरूलाई सोध्यौं। "},{"id":10,"text":"अनि हजूरलाई सूचना दिन तिनीहरूका अगुवाहरूका नाउँको सूची तयार गर्न हामीले तिनीहरूका नाउँ पनि माग्यौं।"},{"id":11,"text":"तिनीहरूले यस्तो जवाफ दिए:हामी त स्वर्ग र पृथ्वीका परमेश्वरका सेवक हौं। धेरै वर्षअघि बनाएको मन्दिरको हामीले पुनर्निर्माण गरिरहेका छौं। इस्राएलका एउटा महान् राजाले यो बनाएर सिद्ध्याएका थिए। "},{"id":12,"text":"तर हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्वरलाई रीस उठाएका हुनाले उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्पिदिनुभयो। उनले यस मन्दिरलाई भत्काएर मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे। "},{"id":13,"text":"“‘तर बेबिलोनका राजा कोरेसले आफ्नो शासनको पहिलो वर्षमा परमेश्वरको यस भवनको पुनर्निर्माण गरिओस् भन्ने एउटा आज्ञा-पत्र जाहेर गरे। "},{"id":14,"text":"त्यसबाहेक परमेश्वरको भवनमा सुन र चाँदीका भाँड़ाहरू थिए। तीचाहिँ नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेर बेबिलोनको मन्दिरमा राखेका थिए।“‘ती यिनै कोरेस राजाले बेबिलोनको मन्दिरबाट निकालेर राज्यपाल नियुक्त गरिएका शेशबस्सर नाउँका एक जना मानिसलाई दिएर भने, "},{"id":15,"text":"“यी भाँड़ाहरू लगेर यरूशलेमको मन्दिरमा फेरि राख। अनि परमेश्वरको भवन त्यसको उहिलेकै स्थानमा पुनर्निर्माण गरिओस्।” "},{"id":16,"text":"तब यिनै शेशबस्सरले आएर यरूशलेममा परमेश्वरका भवनको जग बसाले। त्यस बेलादेखि अहिलेसम्म त्यसको पुनर्निर्माण भइरहेछ, तर त्यो काम अझसम्म सिद्धिएको छैन’।"},{"id":17,"text":"“यसकारण, अब हजूर महाराजाको इच्छा भए बेबिलोनको राजकीय अभिलेखालयमा खोजतलाश गर्ने हुकुम दिइबक्सिओस्, यो खोज्नलाई कि यरूशलेममा परमेश्वरका भवनको पुनर्निर्माणको निम्ति राजा कोरेसले आज्ञा-पत्र निकाल्नुभएको रहेछ कि रहेनछ। तब यस विषयमा महाराजाले हामीलाई आफ्नो इच्छा जनाइबक्सिओस्।”"}]},{"id":6,"title":"एज्रा 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/6-068147a3130a6396359f81f2f6698df9.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब राजा दाराले यो हुकुम गरे, र बेबिलोनको ढुकुटीमा राखिएको अभिलेखालयमा खोजतलाश गरियो। "},{"id":2,"text":"मादी प्रान्तको एक्बातनाको किल्लामा एउटा मुट्ठो भेट्टाइयो, र त्यसमा यो स्मृति-पत्र लेखिएको थियो:"},{"id":3,"text":"“कोरेस राजाको पहिलो वर्षमा राजाले यरूशलेममा परमेश्वरको मन्दिरबारे यो उर्दी निकाल्नुभयो:‘त्यो मन्दिर बलिदान चढ़ाउनका निम्ति पुनर्निर्माण गरिओस् र त्यसका जगहरू बसालिऊन्। त्यसको उचाइ सत्ताईस मिटर र चौड़ाइ सत्ताईस मिटरको, "},{"id":4,"text":"र ठूला-ठूला ढुङ्गाका तीन लहर र काठको एक लहर होस्। त्यसको खर्चचाहिँ राजकीय कोषबाट दिइनुपर्छ। "},{"id":5,"text":"नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर बेबिलोनमा ल्याएका परमेश्वरको भवनका सुन र चाँदीका भाँड़ाहरू पनि फेरि यरूशलेमको मन्दिरमा राखिदिनुपर्छ। ती सबै फर्काई परमेश्वरको भवनमा आ-आफ्ना स्थानमा राखिदिनुपर्दछ’।"},{"id":6,"text":"“यसैले अब यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिमीहरू, त्यस प्रान्तका उनीहरूका सङ्गी-अधिकारीहरू त्यहाँबाट अलग्गै बस्नू। "},{"id":7,"text":"तिमीहरूले परमेश्वरका मन्दिरको काममा बाधा नदिनू। तिमीहरूले यहूदीहरूका राज्यपाल र तिनीहरूका धर्म-गुरुहरूलाई परमेश्वरको भवन पुनर्निर्माण गर्न छोड़िदिनू। तिनीहरूले त्यो त्यसको पहिलेकै स्थानमा बनाऊन्।"},{"id":8,"text":"“परमेश्वरको त्यो भवन पुनर्निर्माण गरिओस् भनी तिमीहरूले ती यहूदी धर्म-गुरुहरूका निम्ति के गर्नुपर्छ सो पनि म तिमीहरूलाई हुकुम गर्दैछु। त्यो काम नरोकिओस् भनेर यूफ्रेटिस पारिको प्रान्तमा उठेको करबाट, राजकीय कोषबाट तिनीहरूको खर्च भर्नू। "},{"id":9,"text":"अनि तिनीहरूलाई चाहिएका जेसुकै कुरा तिमीहरूले दिनहुँ नबिराईकन दिनू, अर्थात् स्वर्गका परमेश्वरलाई चढ़ाउने होमबलिका निम्ति बाछाहरू, भेड़ाहरू अथवा थुमाहरू, अथवा गहूँ, नून, दाखमद्य, तेल, जस्तो यरूशलेमका पूजाहारीहरूले माग्छन् ती दिनू, "},{"id":10,"text":"कि तिनीहरूले स्वर्गका परमेश्वरलाई मन पर्ने बलिदान चढ़ाऊन् र राजा र तिनका छोराहरूको दीर्घायुको निम्ति तिनीहरूले प्रार्थना गरिदेऊन्।"},{"id":11,"text":"“त्यसबाहेक, म यस्तो हुकुम दिँदैछु कि जसले यस उर्दीलाई परिवर्तन गर्ला त्यसको घरबाट एउटा खम्बा उखेलेर त्यसलाई त्यही खम्बामा उनिनेछ। यस अपराधको कारण त्यसको घर टुक्राटाक्री भई ढुङ्गाको थुप्रो होस्। "},{"id":12,"text":"आफ्नो नाउँको निम्ति त्यस स्थानलाई आफ्नो वासस्थान बनाउनुहुने परमेश्वरले यस उर्दीलाई परिवर्तन गर्ने वा यरूशलेममा परमेश्वरको त्यस भवनलाई नष्ट गर्न आँट गर्ने कुनै पनि राजा वा मानिसलाई विध्वंस गरून्।म, दारा राजाले यो उर्दी निकालेको हुँ। त्यो अक्षरश: पूरा गरिओस्।”"},{"id":13,"text":"तब दारा राजाले उनीहरूलाई दिएको आदेश यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरूले अक्षरश: पालन गरे। "},{"id":14,"text":"फलस्वरूप यहूदी धर्म-गुरुहरू पुनर्निर्माण काममा लागिरहे, र हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरियाको अगमवाणीद्वारा तिनीहरूको उन्नति बढ्दैगयो। इस्राएलका परमेश्वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका उर्दीअनुसार तिनीहरूले मन्दिरको पुनर्निर्माण गरेर काम सिद्ध्याए "},{"id":15,"text":"दारा राजाको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम सम्पन्न भयो।"},{"id":16,"text":"त्यसपछि इस्राएलका जनता, अर्थात् पूजाहारीहरू, लेवीहरू र निर्वासनबाट फर्केर आएका अरू सबैले ठूलो रमाहटसाथ परमेश्वरका भवनको समर्पण-सेवा मनाए। "},{"id":17,"text":"परमेश्वरको यस भवनको समर्पण-सेवामा तिनीहरूले एक सय साँढ़े, दुई सय भेड़ा, चार सय थुमा, अनि सबै इस्राएलका पापबलिको निम्ति इस्राएलको प्रत्येक कुलको लागि एक-एक गरी बाह्र वटा बोका चढ़ाए। "},{"id":18,"text":"तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम पूजाहारीहरूलाई तिनीहरूका शाखाअनुसार र लेवीहरूलाई तिनीहरूका समूहअनुसार यरूशलेममा परमेश्वरको सेवा गर्न पुनर्स्थापन गरे।"},{"id":19,"text":"पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्केर आएकाहरूले निस्तार-चाड़ मनाए। "},{"id":20,"text":"पूजाहारीहरू र लेवीहरू सबैले आफू-आफूलाई पवित्र गरेका थिए। तिनीहरू सबै विधिपूर्वक शुद्ध भए। अनि लेवीहरूले निर्वासनबाट आएका सबैका निम्ति र आ-आफ्ना पूजाहारी-भाइहरूका निम्ति र आफ्नै निम्ति निस्तार-चाड़को थुमा मारे। "},{"id":21,"text":"निर्वासनबाट फर्केर आएका इस्राएलीहरू र अन्यजातिहरूको अशुद्धताबाट अलग रहेर परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्नेहरू सबैले त्यो सँगै मिलेर खाए। "},{"id":22,"text":"तिनीहरूले रमाहटसाथ सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए, किनभने अश्शूरका राजाको मन बद्ली गरेर परमप्रभुले तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो। फलस्वरूप इस्राएलका परमेश्वरका भवनको काममा तिनीहरूलाई अश्शूरका राजाले सहयोग गरेका थिए।"}]},{"id":7,"title":"एज्रा 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/7-31794ad588827e407e1f00c7b9ba6159.mp3?version_id=1483","verses":[{"id":1,"text":"यी घटनापछि फारसका राजा अर्तासास्तको राजत्वकालमा एज्रा बेबिलोनबाट उक्लेर आए। तिनी सरायाहका छोरा, जो अजर्याहका छोरा, जो हिल्कियाहका छोरा, "},{"id":2,"text":"जो शल्लूमका छोरा, जो सादोकका छोरा, जो अहीतूबका छोरा, "},{"id":3,"text":"जो अमर्याहका छोरा, जो अजर्याहका छोरा, जो मरायोतका छोरा, "},{"id":4,"text":"जो जरयाहको छोरा, जो उज्जीका छोरा, जो बुक्कीका छोरा, "},{"id":5,"text":"जो अबीशूका छोरा, जो पीनहासका छोरा, जो एलाजारका छोरा, जो प्रधान पूजाहारी हारूनका छोरा थिए। "},{"id":6,"text":"परमप्रभु इस्राएलका परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्थामा एज्राचाहिँ एक निपुण अध्यापक थिए। तिनले मागेका सबै कुरा राजाले मन्जूर गरिदिए, किनभने परमप्रभु तिनका परमेश्वरको हात तिनीमाथि थियो। "},{"id":7,"text":"अर्तासास्त राजाको सातौँ वर्षमा केही इस्राएलीहरू, केही पूजाहारीहरू र लेवीहरू, गवैयाहरू र द्वारपालहरू र मन्दिरका सेवकहरू तिनको साथमा यरूशलेममा आए।"},{"id":8,"text":"ती नै राजाको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरूशलेममा पुगे। "},{"id":9,"text":"पहिलो महिनाको पहिलो दिनमा तिनले बेबिलोनबाट यात्रा सुरु गरेका थिए, र पाँचौँ महिनाको पहिलो दिनमा तिनी यरूशलेममा आइपुगे, किनभने परमप्रभुको कृपालु हात तिनीमाथि थियो। "},{"id":10,"text":"किनकि एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न, र इस्राएलमा धर्म-विधि र धार्मिक शिक्षा सिकाउन आफैलाई समर्पण गरेका थिए।"},{"id":11,"text":"इस्राएललाई दिनुभएका परमप्रभुका आज्ञा र धर्म-विधिको विषय र धार्मिक प्रश्नमा निपुण पूजाहारी-शास्त्री एज्रालाई अर्तासास्त राजाले दिएको राजकीय पत्रको नकल यही हो:"},{"id":12,"text":"“राजाहरूका महाराजा अर्तासास्तबाट स्वर्गका परमेश्वरको व्यवस्थामा निपुण पूजाहारी-शास्त्री एज्रालाई अभिवादन:"},{"id":13,"text":"“म यो उर्दी दिँदैछु कि मेरो देशमा भएका कुनै इस्राएलीहरू, पूजाहारीहरू र लेवीहरूसमेत, जो राजी-खुशीसित यरूशलेममा जान चाहन्छन्, तिनीहरू तिमीसँग जान सक्छन्। "},{"id":14,"text":"तिम्रो जिम्मामा भएको तिम्रा परमेश्वरको व्यवस्थाको सम्बन्धमा यहूदा र यरूशलेममा के भइरहेछ सो हेर-विचार गर्न राजा र तिनका सात जना सल्लाहकारहरूले तिमीलाई पठाएका हुन्। "},{"id":15,"text":"राजा र तिनका सल्लाहकारहरूले यरूशलेममा वासस्थान गर्नुहुने इस्राएलका परमेश्वरलाई सित्तैँमा दिएका सुन र चाँदी पनि तिमीले लानू। "},{"id":16,"text":"साथै बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्ने जति सुन र चाँदी र साथै यरूशलेममा तिनीहरूका परमेश्वरका भवनको निम्ति मानिसहरू र पूजाहारीहरूले राजीखुशीसित जो भेटीहरू दिन्छन् ती पनि तिमीले लैजान सक्छौ। "},{"id":17,"text":"यस रकमबाट साँढ़ेहरू, भेड़ाहरू, थुमाहरू र तिनका साथ अन्नबलि र अर्घ-बलिका सामानहरू तिमीले निश्चय किन्नू, र तिनलाई यरूशलेममा तिम्रा परमेश्वरका मन्दिरको वेदीमा बलि चढ़ाउनू।"},{"id":18,"text":"“त्यसबाहेक कुनै सुन वा चाँदी उब्य्रो भने तिम्रा परमेश्वरको इच्छाबमोजिम तिमी र तिम्रा दाजुभाइहरूले जस्तो ठीक लाग्छ त्यसरी नै त्यो चलाउन सक्छौ। "},{"id":19,"text":"तिम्रा परमेश्वरको मन्दिरमा आराधनाको निम्ति तिम्रो जिम्मामा दिएका भाँड़ाहरूचाहिँ तिमीले यरूशलेमका परमेश्वरलाई सुम्पिदिनू। "},{"id":20,"text":"र तिम्रा परमेश्वरका भवनको निम्ति चाहिएका कुनै पनि अरू चीजबीज तिमीले राजकोषबाट जुटाउन सक्छौ।"},{"id":21,"text":"“अब म, राजा अर्तासास्त, यूफ्रेटिस पारिको प्रान्तका सबै कोषाध्यक्षहरूलाई यो हुकुम दिँदैछु: स्वर्गका परमेश्वरको व्यवस्थामा निपुण पूजाहारी-शास्त्री एज्राले तिमीसँग मागेको जुनसुकै थोक निश्चय जुटाइदिनू, "},{"id":22,"text":"अर्थात् एक सय तोड़ा, चाँदी, एक सय कोर गहूँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल, र नूनचाहिँ जत्ति चाहिन्छ दिइहाल्नू। "},{"id":23,"text":"स्वर्गका परमेश्वरले जे आज्ञा गर्नुभएको छ त्यो स्वर्गका परमेश्वरका मन्दिरको निम्ति निश्चय पूरा गरिओस्, नत्रता राजा र तिनका छोराहरूको राज्यमाथि क्रोध आइपर्ला। "},{"id":24,"text":"हामी यो पनि तिमीहरूलाई जनाउँदछौं कि कुनै पनि पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अथवा परमेश्वरको यस भवनका अरू काम गर्नेहरूलाई राजकर वा आयकर वा महसूल लाउने तिमीहरूलाई अधिकार छैन।"},{"id":25,"text":"“तिमी, एज्राले चाहिँ तिमीसित भएको तिम्रा परमेश्वरको बुद्धिअनुसार यूफ्रेटिस पारिको प्रान्तका तिम्रा परमेश्वरका विधिविधानलाई जान्ने सबै मानिसमाथि न्याय गर्न हाकिमहरू र न्यायकर्ताहरू नियुक्त गर्नू। ती नजान्नेहरूलाई चाहिँ तिमीले सिकाउनू। "},{"id":26,"text":"तिम्रा परमेश्वरको व्यवस्था र राजाको कानून पालन नगर्ने जुनसुकैलाई पनि कठोर दण्ड दिइनैपर्छ— मृत्युदण्ड, वा देश निष्कासन, वा सम्पत्ति जफत वा कैद।”"},{"id":27,"text":"परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वरको प्रशंसा होस्, जसले यसरी यरूशलेममा भएको परमेश्वरका भवनको महिमा बढ़ाउन राजाको मनमा यो विचार हालिदिनुभयो, "},{"id":28,"text":"अनि राजा, उनका सल्लाहकारहरू र उनका सबै उच्च पदाधिकारीहरूका सामुन्ने मप्रति आफ्नो कृपा-दृष्टि प्रकट गर्नुभयो। यसैले परमप्रभु मेरा परमेश्वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरें, र मसँग जान इस्राएलका मुख्य-मुख्य मानिसहरूलाई मैले भेला गरें।"}]},{"id":8,"title":"एज्रा 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/8-6c5e4569b7c9401ef13a8807cd68a265.mp3?version_id=1483","verses":[{"id":1,"text":"अर्तासास्त राजाको राजत्वकालमा बेबिलोनबाट मसँग आएका परिवारका मुखियाहरू र तिनीसँग दर्ता भएकाहरू यिनै हुन्:"},{"id":2,"text":"पीनहासका परिवारका— गेर्शोम। ईतामारका परिवारका— दानिएल। दाऊदका परिवारका— शकन्याहका छोरा हत्तूश।"},{"id":3,"text":"परोशका परिवारका— जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष।"},{"id":4,"text":"पहत-मोआबका परिवारका— जरयाहका छोरा एल्यहोएनै र तिनीसँग २०० पुरुष।"},{"id":5,"text":"जत्तूका परिवारका— यहासेलका छोरा शकन्याह र तिनीसँग ३०० पुरुष।"},{"id":6,"text":"आदीनका परिवारका— जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष।"},{"id":7,"text":"एलामका परिवारका— अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष।"},{"id":8,"text":"शपत्याहका परिवारका— मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष।"},{"id":9,"text":"योआबका परिवारका— यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष।"},{"id":10,"text":"बानीका परिवारका— योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष।"},{"id":11,"text":"बेबैका परिवारका— बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष।"},{"id":12,"text":"अज्गादका परिवारका— हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष।"},{"id":13,"text":"अदोनीकामका परिवारका— पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुषहरू।"},{"id":14,"text":"बिग्वैको परिवारका— उत्तै र जक्कूर, र तिनीहरूसँग ७० पुरुष।"},{"id":15,"text":"मैले तिनीहरूलाई अहावातिर बग्ने नदीको किनारमा भेला गरें, र हामी त्यहाँ तीन दिनसम्म शिविर खड़ा गरेर बस्यौं। जब मैले मानिसहरू र पूजाहारीहरूको निरीक्षण गरे तब मैले कुनै पनि लेवीलाई त्यहाँ देखिनँ। "},{"id":16,"text":"यसैले मैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया, र मशुल्लाम यी मुख्य-मुख्य मानिसहरू, र योयारीब र एल्नातान यी बुद्धिमान् मानिसहरूलाई बोलाएँ, "},{"id":17,"text":"र कासिपिया इलाकाका मुखिया इद्दोकहाँ जान आदेश दिएर पठाएँ। मैले तिनीहरूका हातमा कासिपियाका इद्दो तथा तिनका कुटुम्ब, त्यहाँको मन्दिरका सेवकहरूलाई हाम्रा परमेश्वरका भवनको लागि हामीकहाँ सेवकहरू पठाइदेऊन् भनी समाचार पठाएँ। "},{"id":18,"text":"हाम्रा परमेश्वरको अनुग्रहमय हात हामीमाथि रहेकोले तिनीहरूले हामीकहाँ इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका एक बुद्धिमान् मानिस शरेबियाहलाई, तिनका छोराहरू र दाजुभाइहरूका साथमा जम्मा अठाह्र जना पुरुषहरूलाई ल्याए। "},{"id":19,"text":"तिनीहरूले हशब्याहलाई र मरारीका परिवारका यशयाहका साथमा तिनका दाजुभाइ र भतिजाहरू जम्मा बीस जना पुरुषलाई पनि ल्याए। "},{"id":20,"text":"यीबाहेक तिनीहरूले दुई सय बीस जना मन्दिरका सेवकहरू ल्याए। लेवीहरूलाई सघाउन यस्ता सेवक नियुक्त गर्ने प्रथा दाऊद र तिनका अधिकारीहरूले स्थापित गरेका थिए। यिनीहरू सबै नाउँ-नाउँ गरी दर्ता भएका थिए।"},{"id":21,"text":"तब हाम्रा परमेश्वरको सामु हामी आफूलाई दीन तुल्याउन, र हाम्रा आफ्नै निम्ति, हाम्रा बालबच्चाहरूका निम्ति र हाम्रा सबै सम्पत्तिका निम्ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्यहाँ अहावा नदीको किनारमा उपवास बस्ने घोषणा गरें। "},{"id":22,"text":"बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्न मलाई शर्म लाग्यो। किनभने हामीले राजालाई यसो भनेका थियौं, “उहाँलाई खोज्ने सबैमाथि हाम्रा परमेश्वरको निगाह रहन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।” "},{"id":23,"text":"यसैले यसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्वरलाई बिन्ती चढ़ायौं, र उहाँले हाम्रो बिन्ती सुन्नुभयो।"},{"id":24,"text":"तब मैले शरेबियाह र हशब्याह र तिनीहरूका दाजुभाइका दश जनाका साथमा पूजाहारीहरूमध्येका बाह्र जना मुख्य-मुख्यहरूलाई अलग गरें, "},{"id":25,"text":"र राजा र उनका सल्लाहकारहरू, उनका अधिकारीहरू र उपस्थित भएका सबै इस्राएलीहरूले परमप्रभुका भवनको निम्ति भेटीस्वरूप अलग गरेका सुन, चाँदी र अरू भाँड़ाहरू तिनीहरूका हातमा मैले तौलेर दिएँ। "},{"id":26,"text":"मैले तिनीहरूका हातमा बाईस हजार किलोग्राम चाँदी, चौतीस सय किलोग्राम चाँदीका भाँड़ाहरू, चौतीस सय किलोग्राम सुन, "},{"id":27,"text":"आठ किलोग्राम सुनका बाटा, र सुनजस्तै बहुमूल्य असल काँसाका दुई वटा भाँड़ाहरू पनि दिएँ।"},{"id":28,"text":"मैले ती मानिसहरूलाई भनें, “तिमीहरूका साथै यी भाँड़ाहरू पनि परमप्रभुमा समर्पण गरिएका छन्। यी सुन र चाँदीहरू परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरलाई चढ़ाइएका राजीखुशीका भेटी हुन्। "},{"id":29,"text":"मुख्य पूजाहारीहरू, लेवीहरू र इस्राएलका परिवारका मुखियाहरूका सामुन्ने यरूशलेममा परमप्रभुको भवनका कोठाहरूमा यी नदिउञ्जेलसम्म तिमीहरूले यिनको होशियारपूर्वक सुरक्षा गर्नू।” "},{"id":30,"text":"तब ती पूजाहारीहरू र लेवीहरूले यरूशलेममा परमेश्वरको भवनमा लैजान सुन, तौलिएका चाँदी र पवित्र भाँड़ाहरूको जिम्मा लिए।"},{"id":31,"text":"पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जान हामी अहावा नदीबाट हिँड्यौं। परमेश्वरको हात हामीमाथि भएकोले हामीलाई उहाँले बाटोमा शत्रुहरू र ढुकेर बस्ने लुटेराहरूदेखि बचाउनुभयो। "},{"id":32,"text":"यरूशलेममा पुगेपछि हामीले तीन दिनसम्म विश्राम गर्यौं।"},{"id":33,"text":"अनि चौथो दिनमा ती सुन, चाँदी र पवित्र भाँड़ाहरू हाम्रा परमेश्वरको घरमा उरियाह पूजाहारीका छोरा मरेमोतको जिम्मामा दियौं। तिनीसँग पीनहासका छोरा एलाजार थिए, र लेवीहरू येशूअका छोरा योजाबाद र बिन्नूईका छोरा नोअदिया पनि त्यहाँ थिए। "},{"id":34,"text":"सबै थोक गन्ती र तौलको हिसाबले जाँच गरियो, र त्यस बेला सम्पूर्ण ओजनको सूची बनाइयो।"},{"id":35,"text":"त्यसपछि निर्वासनबाट फर्केकाहरूले इस्राएलका परमेश्वरको निम्ति होमबलि चढ़ाए: सम्पूर्ण इस्राएलका निम्ति बाह्र वटा साँढ़े, छयानब्बे वटा भेड़ा, सतहत्तर थुमा, र पापबलिस्वरूप बाह्र वटा बोका तिनीहरूले चढ़ाए। यी सबै परमप्रभुको निम्ति होमबलि थिए। "},{"id":36,"text":"तिनीहरूले यूफ्रेटिस पारिको प्रान्तका राजकीय बड़ाहाकिमहरू र राज्यपालहरूलाई राजाको आदेश-पत्र पनि दिए, अनि उनीहरूले मानिसहरूलाई र परमेश्वरको भवनको निम्ति सहायता दिए।"}]},{"id":9,"title":"एज्रा 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/9-8332ca3c0f92c0fbe3d6c7b549c97656.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब यी सबै गरिसिद्ध्याए तब अगुवाहरूले मकहाँ आएर भने, “इस्राएलका मानिस, पूजाहारीहरू र लेवीहरूसमेतले छिमेकका मानिसहरू, अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरूका घिनलाग्दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्। "},{"id":2,"text":"तिनीहरूले यी जातिहरूका चेलीबेटीहरूलाई आफू र आफ्ना छोराहरूका निम्ति पत्नीहरू राखेका छन्, र यसरी पवित्र जाति विदेशी मानिसहरूसँग मिसिएका छन्। र यसमा अगुवाहरू र अधिकारीहरू नै खास दोषी छन्।”"},{"id":3,"text":"जब मैले यो कुरा सुनें तब आफ्नो पोशाक र खास्टो च्यातें, र आफ्नो कपाल र दाह्री उखेलें र अवाक् भइरहें। "},{"id":4,"text":"अनि निर्वासनमा गएकाहरूको यस दोषको कारण इस्राएलका परमेश्वरका वचनदेखि डराउनेहरू सबै मेरो चारैतिर भएर जम्मा भए। म त्यहाँ बेलुकीका बलिदानको समयसम्मै अवाक् भइरहें।"},{"id":5,"text":"तब बेलुकीका बलिदानको समयमा म फाटेको पोशाक र खास्टोमा नै आफूलाई स्वयम् होच्याएको अवस्थाबाट उठें। मैले घुँड़ा टेकेर परमप्रभु मेरा परमेश्वरतिर हात पसारी यसो भनेर प्रार्थना गरें:"},{"id":6,"text":"“हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंतिर उठाउन म साह्रै लज्जित र अपमानित भएको छु। किनभने हे मेरा परमेश्वर, हाम्रा पाप हाम्रो शिरभन्दा अल्गा भएका छन् र हाम्रो दोष आकाशसम्मै पुगेको छ। "},{"id":7,"text":"हाम्रा पुर्खाहरूका दिनदेखि आजको दिनसम्मै हाम्रो दोष अत्यन्तै ठूलो भएको छ। हाम्रो अधर्मले गर्दा हामीहरू र हाम्रा राजा र हाम्रा पूजाहारीहरूलाई विदेशी राजाहरूका हातमा मृत्यु, कैद, लूटपीट र ठूलो बेइज्जतको शिकार हुनु परेको छ, र हाम्रो वर्तमान दशा पनि यस्तै छ।"},{"id":8,"text":"“तर अब परमप्रभु हाम्रा परमेश्वरले हाम्रा लागि केही बाँकी मानिसहरूलाई दिएर र हामीलाई आफ्नो पवित्रस्थानमा सुरक्षित स्थान दिएर हामीमाथि एक छिनको लागि कृपालु हुनुभएको छ। र यसरी हाम्रा परमेश्वरले हाम्रा आँखामा ज्योति दिनुभएको छ र हाम्रो दासत्वमा केही आराम दिनुभएको छ। "},{"id":9,"text":"हामी दासहरू भए तापनि हाम्रो दासत्वको बन्धनमा हाम्रा परमेश्वरले हामीलाई त्याग्नुभएको छैन। उहाँले फारसका राजाहरूका सामु हामीमाथि आफ्नो कृपा देखाउनुभएको छ। हामीले हाम्रा परमेश्वरको भवन पुन: मरम्मत गर्न र त्यसका भत्केका भागलाई पुनर्निर्माण गर्न उहाँले हामीलाई जीवन प्रदान गर्नुभएको छ, र यहूदा र यरूशलेममा रक्षाको निम्ति उहाँले एउटा पर्खाल दिनुभएको छ।"},{"id":10,"text":"“अब हे हाम्रा परमेश्वर, यति भएपछि हामी के भनौं? "},{"id":11,"text":"तपाईंले आफ्ना दास अगमवक्ताहरूद्वारा दिनुभएका आज्ञाहरूको अवहेलना हामीले गरेका छौं, जब तपाईंले यसो भन्नुभएको थियो: तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देश त्यसका मानिसहरूको दुष्टताले दूषित भएको छ। आफ्ना घिनलाग्दा चलनद्वारा ती अन्यजातिहरूले त्यस देशको कुना-कुनासम्मै आफ्नो अशुद्धताले भरेका छन्। "},{"id":12,"text":"यसकारण तिमीहरूले आफ्ना छोरीहरूलाई उनीहरूका छोराहरूसित र तिमीहरूका छोराहरूलाई उनीहरूका छोरीहरूसित विवाह नगरिदिनू। तिमीहरूले उनीहरूसित मित्रताको सम्झौता राख्न नखोज्नू। यसरी तिमीहरू शक्तिशाली भएर त्यस देशका असल-असल कुराहरूको भोग गर्नेछौ र तिमीहरूका सन्तानलाई त्यो चिरस्थायी अधिकार हुनलाई छोड़िराख्नेछौ। "},{"id":13,"text":"“अब हाम्रा दुष्ट कामहरू र हाम्रो ठूलो दोषको कारण हामीले दु:ख पाएका भए तापनि तपाईं, हाम्रा परमेश्वरले हामीलाई हाम्रा पापअनुसार पाउनुपर्नेभन्दा कम दण्ड दिनुभएको छ, र हामीलाई यस्तो बाँकी हिस्सा दिनुभएको छ। "},{"id":14,"text":"के हामी फेरि तपाईंका आज्ञाहरू उल्लङ्घन गरेर यस्ता घिनलाग्दा चालमा चल्ने मानिसहरूसँग वैवाहिक सम्बन्ध जोड़ौं? के तपाईं हाम्रा निम्ति कुनै अवशेष नराखी नाश गर्नसम्म रिसाउनुहुनेथिएन र? "},{"id":15,"text":"हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ। आज हामी अवशेषको रूपमा छोड़िएका छौं। हामी आफ्नो दोषमा तपाईंको सामु उपस्थित छौं, यद्यपि हाम्रो दोषको कारण हामीमध्येको कोही पनि तपाईंको सामु टिक्न सक्दैनौं।”"}]},{"id":10,"title":"एज्रा 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/EZR/10-9720cf36434156af1af7da091e2f4f56.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब एज्रा परमप्रभुका भवनको अगि लम्पसार पर्दै, प्रार्थना गर्दै, पश्चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड़— पुरुष, स्त्री र केटाकेटीहरू— तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरुधुरु रोए। "},{"id":2,"text":"तब एलामका परिवारका एक जना यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हाम्रा चारैतिरका विदेशी मानिसहरूका छोरीहरूबाट पत्नीहरू ल्याएर हामीले आफ्ना परमेश्वरको विरुद्धमा अपराध गरेका छौं। तर यसो भए तापनि इस्राएलको निम्ति अझै केही आशा छ। "},{"id":3,"text":"यसकारण मेरा प्रभुको र हाम्रा परमेश्वरका आज्ञादेखि डराउनेहरूको सल्लाहअनुसार अब यी सबै स्त्रीहरू र तिनीहरूका छोराछोरी सबैलाई त्यागिदिने हामी आफै हाम्रा परमेश्वरसित बाचा बाँधौं। र व्यवस्थाले दिएबमोजिम काम गरौं। "},{"id":4,"text":"अब उठ्नुहोस्, यो काम तपाईंको हातमा छ। हामी तपाईंलाई साथ दिनेछौं। साहस गरेर काम गर्नुहोस्।”"},{"id":5,"text":"तब एज्रा खड़ा भएर मुख्य पूजाहारीहरू र लेवीहरू र सबै इस्राएलीहरूलाई सुझाव गरिएका कुरा पूरा गर्न शपथ खान लाए। अनि तिनीहरूले शपथ खाए। "},{"id":6,"text":"त्यसपछि एज्रा परमेश्वरका भवनको अगिबाट एल्यासीबका छोरा येहोहानानको कोठामा गएर बसे। तिनले केही खानपान गरेनन्, किनभने कैदबाट फर्केर आएकाहरूका अपराधका निम्ति तिनी विलाप गर्दैथिए।"},{"id":7,"text":"त्यसपछि निर्वासनबाट फर्केकाहरू सबै यरूशलेममा भेला होऊन् भनेर यहूदा र यरूशलेमभरि एउटा घोषणा गरियो। "},{"id":8,"text":"यदि तीन दिनभित्रमा कोही नआएको खण्डमा अधिकारीहरू र धर्म-गुरुहरूको फैसलाअनुसार त्यसको सबै धन-सम्पत्ति जफत गरिनेछ, र कैदबाट आएकाहरूको समुदायबाट त्यो अलग गरिनेछ।"},{"id":9,"text":"यहूदा र बेन्यामीनका सबै मानिसहरू तीन दिनभित्रै यरूशलेममा भेला भए। र नवौँ महिनाको बीसौँ दिनमा यो घटना र ठूलो वर्षाको कारणले सबै मानिसहरू दु:खित भई परमप्रभुका भवनको सामुन्ने चोकमा बसे। "},{"id":10,"text":"तब खड़ा भएर पूजाहारी एज्राले भने, “तिमीहरूले विदेशी स्त्रीहरूसित विवाह गरेर अपराध गरेका छौ, र इस्राएलको दोष बढ़ाएका छौ। "},{"id":11,"text":"अब परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको सामुन्ने आफ्ना पाप स्वीकार गर, र उहाँको इच्छाअनुसार काम गर। तिमीहरू विदेशी मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट अलग होओ।”"},{"id":12,"text":"तब भेला भएका सम्पूर्ण समुदायले कराएर जवाफ दिए, “हो, तपाईंले भन्नुभएबमोजिम हामीले गर्नैपर्छ। "},{"id":13,"text":"तर हामी एउटा ठूलो भीड़ छौं, र यो वर्षा ऋतुको समय छ। हामी यहाँ खुला ठाउँमा उभिरहन सक्दैनौं। यसबाहेक यो काम एक-दुई दिनमा खतम हुनेछैन, किनभने यस विषयमा हामीले घोर अपराध गरेका छौं। "},{"id":14,"text":"हाम्रा मुख्य पदाधिकारीहरूले हामी जम्मै समुदायको निम्ति काम गरिदेऊन्। यस विषयमा परमप्रभुको भयङ्कर क्रोध शान्त नहोउञ्जेल हाम्रा सहरमा हुने विदेशी स्त्रीसित विवाह गरेकाहरू सबै तोकिएको समयमा हाजिर होऊन्, अर्थात् हरेक मानिस आफ्नो सहरका धर्म-गुरु र न्यायकर्ताहरूका साथमा हाजिर होऊन्।”"},{"id":15,"text":"केवल असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले मशुल्लाम र लेवी सब्बतैको समर्थन पाएर यस कुराको विरोध गरे।"},{"id":16,"text":"यसकारण निर्वासनबाट फर्केर आएकाहरूले सुझाव गरेअनुसार काम गरे। पूजाहारी एज्राले आ-आफ्नो परिवारका घराना-घरानालाई प्रतिनिधित्व गर्न नाउँ तोकेकाहरूलाई छाने। तिनीहरूले दशौँ महिनाको पहिलो दिन यस विषयमा जाँच सुरु गरे, "},{"id":17,"text":"र पहिलो महिनाको पहिलो दिन विदेशी स्त्रीहरूसित विवाह गरेका सबैको खोजतलाश गरिसिद्ध्याए।"},{"id":18,"text":"विदेशी स्त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका:\nयोसादाकका छोरा येशूअ र तिनका दाजुभाइहरूका: मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए।"},{"id":19,"text":"(तिनीहरूले आ-आफ्ना पत्नीहरूलाई त्यागिदिने बाचा गरे, र तिनीहरूले दोषबलिको रूपमा आफ्ना बगालबाट एउटा भेड़ा पनि ल्याए।)"},{"id":20,"text":"इम्मेरका परिवारका: हनानी र जबदियाह।"},{"id":21,"text":"हारीमका परिवारका:\nमासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह।"},{"id":22,"text":"पशहूरका परिवारका:\nएल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा।"},{"id":23,"text":"लेवीहरूमा:\nयोजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर।"},{"id":24,"text":"गवैयाहरूमा:\nएल्यासीब।\nद्वारपालहरूमा:\nशल्लूम, तेलेम र ऊरी।"},{"id":25,"text":"अनि अरू इस्राएलीहरूमा:\nपरोशका परिवारका:\nरम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह।"},{"id":26,"text":"एलामका परिवारका:\nमत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया।"},{"id":27,"text":"जत्तूका परिवारका:\nएल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा।"},{"id":28,"text":"बेबैका परिवारका:\nयेहोहानान, हनन्याह, जब्बै र अत्लै।"},{"id":29,"text":"बानीका परिवारका:\nमशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत।"},{"id":30,"text":"पहत-मोआबका परिवारका:\nअदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे।"},{"id":31,"text":"हारीमका परिवारका:\nएलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,"},{"id":32,"text":"बेन्यामीन, मल्लूक र शमरयाह।"},{"id":33,"text":"हाशूमका परिवारका:\nमत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी।"},{"id":34,"text":"बानीका परिवारका:\nमादै, अम्राम, ऊएल,"},{"id":35,"text":"बनायाह, बेदयाह, कलूही,"},{"id":36,"text":"भन्याह, मरेमोत, एल्यासीब,"},{"id":37,"text":"मत्तन्याह, मत्तनै र यासू।"},{"id":38,"text":"बिन्नूईका परिवारका:"},{"id":39,"text":"शिमी, शेलेम्याह, नातान, अदायाह,"},{"id":40,"text":"मक्नादबै, शाशै, शारै,"},{"id":41,"text":"अज्रेल, शेलेम्याह, शमरयाह,"},{"id":42,"text":"शल्लूम, अमर्याह र योसेफ।"},{"id":43,"text":"नेबोका परिवारका:\nयीएल, मत्तित्याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह।"},{"id":44,"text":"यी सबैले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए। अनि तिनीहरूले उनीहरूलाई तिनीहरूका छोराछोरीहरूसमेत त्यागिदिए।"}]}]}