-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
GEN.json
1 lines (1 loc) · 512 KB
/
GEN.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"उत्पत्ति १:१ को वाक्यांश “आदिमा” हिब्रू शब्द “बेरेशीय” बाट अनुवाद गरिएको हो, जसलाई “उत्पत्ति” अर्थात् सबै कुराहरूको सुरुवात् भनी नामाकरण गरियो।"},{"id":2,"text":"यस पुस्तकमा सृष्टिको वर्णन मात्र भएको छैन। तर अझ उदेकको घटना अब्राहामद्वारा इस्राएलजातिको उत्पत्ति र त्यही इस्राएली राष्ट्रको निर्माणद्वारा परमेश्वरको मुक्तिको विश्वव्यापी परियोजनाको प्रथम प्रभातको उल्लेख यहाँ गरिएको छ।"},{"id":3,"text":"यस पुस्तकलाई विशेषत: सम्बन्धको पुस्तक भनेर पनि चिनिन्छ। विशेष गरी यसमा परमेश्वर र प्रकृतिको सम्बन्ध, परमेश्वर र मानिसको सम्बन्ध र मानिस मानिसको सम्बन्ध आदि उल्लेख गरिएको पाउछौं।"}]},{"id":1,"title":"उत्पत्ति 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/1-e2c1e81fe6f1d37e0713043f8ed72168.mp3?version_id=1483","verses":[{"id":1,"text":"आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। "},{"id":2,"text":"पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो।"},{"id":3,"text":"अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो। "},{"id":4,"text":"र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो। "},{"id":5,"text":"परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन।"},{"id":6,"text":"अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।” "},{"id":7,"text":"परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। "},{"id":8,"text":"परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन।"},{"id":9,"text":"अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो। "},{"id":10,"text":"परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।"},{"id":11,"text":"अनि परमेश्वरले भन्नुभयो, “भूमिले वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भइहाल्यो। "},{"id":12,"text":"भूमिले वनस्पति, बीउ हुने बोटहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। "},{"id":13,"text":"साँझ पर्यो र बिहान भयो— तेस्रो दिन।"},{"id":14,"text":"अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्हको रूपमा काम गरून्। "},{"id":15,"text":"र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होऊन्।” तब त्यस्तै भइहाल्यो। "},{"id":16,"text":"अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। "},{"id":17,"text":"अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई, "},{"id":18,"text":"दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। "},{"id":19,"text":"साँझ पर्यो र बिहान भयो— चौथो दिन।"},{"id":20,"text":"अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरिऊन् र पक्षीहरूचाहिँ पृथ्वीमाथि आकाशमा उडून्।” "},{"id":21,"text":"यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। "},{"id":22,"text":"अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदैजाओस्।” "},{"id":23,"text":"अनि साँझ पर्यो र बिहान भयो— पाँचौँ दिन।"},{"id":24,"text":"अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात् जात-जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो। "},{"id":25,"text":"परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।"},{"id":26,"text":"अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।” "},{"id":27,"text":"यसैकारण परमेश्वरले मानिसलाई \nआफ्नै स्वरूपमा सृष्टि गर्नुभयो।\nपरमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो।\nनर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।"},{"id":28,"text":"परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” "},{"id":29,"text":"अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्। "},{"id":30,"text":"अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो।"},{"id":31,"text":"आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। वास्तवमा त्यो साह्रै राम्रो थियो। अनि साँझ पर्यो र बिहान भयो— छैटौँ दिन।"}]},{"id":2,"title":"उत्पत्ति 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/2-08ba831efdd8390e7675b86da70a1f1b.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसरी आकाशमण्डल र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए।"},{"id":2,"text":"आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। "},{"id":3,"text":"अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।"},{"id":4,"text":"आकाश र पृथ्वीका सृष्टिको वृत्तान्त यही हो।परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको दिन "},{"id":5,"text":"भूमिमा एउटै पनि वनस्पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन। "},{"id":6,"text":"तर पृथ्वीबाट खोलाहरू निस्की उठेर समस्त भूमिलाई भिजाउने गर्थे। "},{"id":7,"text":"तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए। "},{"id":8,"text":"परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्नुभयो। "},{"id":9,"text":"अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। "},{"id":10,"text":"बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्केको थियो, र त्यहाँबाट छुट्टिएर त्यो चार वटा शाखा भएको थियो। "},{"id":11,"text":"पहिलो नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो, जुन हवीलाको समस्त मुलुकमा बग्छ, जहाँ सुन पाइन्छ। "},{"id":12,"text":"त्यस देशको सुन असल हुन्छ। त्यहाँ खोटो र आनिक्सहरू छन्। "},{"id":13,"text":"दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्त देशमा बग्ने नदी यही हो। "},{"id":14,"text":"तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो अश्शूरको पूर्वतिर बग्छ र चौथो नदी यूफ्रेटिस हो।"},{"id":15,"text":"परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोड़गाड़ र हेरचाह गर्न राख्नुभयो। "},{"id":16,"text":"अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, "},{"id":17,"text":"तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्।"},{"id":18,"text":"फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”"},{"id":19,"text":"परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्यही-त्यही नै त्यसको नाउँ भयो। "},{"id":20,"text":"यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे।तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। "},{"id":21,"text":"यसैकारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्येको एउटा निकाल्नुभई त्यसको ठाउँमा मासु भरिदिनुभयो। "},{"id":22,"text":"जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो।"},{"id":23,"text":"मानिसले भने,\n“यो त मेरै हाड़को हाड़\nर मासुको मासु हो।\nतिनलाई स्त्री भनिनेछ।\nकिनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।”"},{"id":24,"text":"यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्। "},{"id":25,"text":"मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, र लजाउँदैनथे।"}]},{"id":3,"title":"उत्पत्ति 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/3-3acc4bba8848a4310853fc87b08594ef.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु परमेश्वरले बनाउनुभएका वन-पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ?” "},{"id":2,"text":"स्त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्छौं, "},{"id":3,"text":"तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”"},{"id":4,"text":"सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू मर्दैनौ। "},{"id":5,"text":"किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।”"},{"id":6,"text":"जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। "},{"id":7,"text":"अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए।"},{"id":8,"text":"अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। "},{"id":9,"text":"तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”"},{"id":10,"text":"उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”"},{"id":11,"text":"उहाँले सोध्नुभयो, “तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्यो खाइस्?”"},{"id":12,"text":"मानिसले भने, “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।”"},{"id":13,"text":"अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैंले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले त्यो खाएँ।”"},{"id":14,"text":"तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैंले यसो गरेको हुनाले,\n“तँ सबै पाल्तु पशुहरू\nर सबै वन-पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्।\nपेटद्वारा तँ हिँड्नेछस्\nर तेरो जीवनभरि तैंले माटो खानेछस्।"},{"id":15,"text":"तेरो र स्त्रीको बीचमा, \nर तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा\nम दुश्मनी हालिदिनेछु।\nत्यसले तेरो शिर कुच्च्याउनेछ,\nर तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”"},{"id":16,"text":"स्त्रीलाई उहाँले भन्नुभयो,\n“तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु।\nदु:खसँग तैंले बालक जन्माउनेछस्।\nतेरो इच्छा पतितर्फ नै हुनेछ,\nर त्यसले तँलाई अधीनमा राख्नेछ।”"},{"id":17,"text":"त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैंले तेरी पत्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, \n“भूमि तेरो कारण श्रापित भएको छ।\nतेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्।"},{"id":18,"text":"त्यसले तेरो निम्ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ,\nर तैंले खेतको सागपात खानेछस्।"},{"id":19,"text":"माटोमा नफर्कुञ्जेल\nतेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्।\nकिनकि माटैबाट तँ निकालिएको थिइस्।\nतँ माटै होस्,\nर माटैमा फर्किजानेछस्।”"},{"id":20,"text":"आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्।"},{"id":21,"text":"परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो। "},{"id":22,"text":"तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला।” "},{"id":23,"text":"यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। "},{"id":24,"text":"उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।"}]},{"id":4,"title":"उत्पत्ति 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/4-de65fce8273d9784f63b9e31b6bd1183.mp3?version_id=1483","verses":[{"id":1,"text":"आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्माएँ।” "},{"id":2,"text":"फेरि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्।हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए। "},{"id":3,"text":"केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए। "},{"id":4,"text":"तर हाबिलले आफ्ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, "},{"id":5,"text":"तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्यादै रिसाए, र उनको मुख अँध्यारो भयो।"},{"id":6,"text":"तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? "},{"id":7,"text":"यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैंले ठीक काम गरिनस् भनेता पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।”"},{"id":8,"text":"कयिनले आफ्ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। "},{"id":9,"text":"तब परमप्रभुले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”"},{"id":10,"text":"परमप्रभुले भन्नुभयो, “यो तैंले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। "},{"id":11,"text":"तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उघार्यो। "},{"id":12,"text":"तैंले भूमिको खेती गर्दा अब उप्रान्त त्यसले तँलाई आफ्नो उब्जनी दिनेछैन। तँ पृथ्वीमा एक विनाचैनको डुलुवा हुनेछस्।”"},{"id":13,"text":"कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्ने कड़ा दण्ड मलाई भयो। "},{"id":14,"text":"हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ, र तपाईंको उपस्थितिबाट मैले लुक्नुपर्नेछ। म पृथ्वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”"},{"id":15,"text":"तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो। "},{"id":16,"text":"तब कयिन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे।"},{"id":17,"text":"आफ्नी पत्नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कयिनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे। "},{"id":18,"text":"हनोकबाट ईरादको जन्म भयो। ईरादबाट महूयाएलको जन्म भयो। महूयाएलबाट मतूशाएलको जन्म भयो। मतूशाएलबाट लेमेखको जन्म भयो।"},{"id":19,"text":"लेमेखले दुई जना पत्नी ल्याए। एउटीको नाउँ आदा र अर्कीको सिल्ला थियो। "},{"id":20,"text":"आदाले याबाललाई जन्माइन्। उनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए। "},{"id":21,"text":"उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। "},{"id":22,"text":"सिल्लाले तूबल-कयिनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्।"},{"id":23,"text":"लेमेखले आफ्ना पत्नीहरूलाई भने,\n“ए आदा र सिल्ला, मेरा कुरा सुन,\nए लेमेखका पत्नी हो, मैले भनेका कुरामा ध्यान दिएर सुन,\nकिनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु,\nमलाई घाइते बनाउने जवान मानिसलाई।"},{"id":24,"text":"यदि कयिनको बदला सात गुणा लिइन्छ भने, \nलेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”"},{"id":25,"text":"फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्वरले एक जना अर्को बालक मलाई दिनुभयो।” "},{"id":26,"text":"शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो।त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।"}]},{"id":5,"title":"उत्पत्ति 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/5-85e375cfe7ab1aa603a929ba8237f7d7.mp3?version_id=1483","verses":[{"id":1,"text":"आदमको लिखित वंश-विवरण यही हो।परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो। "},{"id":2,"text":"उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र “मानिस” नाउँ दिनुभयो। "},{"id":3,"text":"आदमको उमेर एक सय तीस वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्म्यो। उनले त्यसको नाउँ शेत राखे। "},{"id":4,"text":"शेतको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":5,"text":"आदमको जम्मा उमेर नौ सय तीस वर्ष भएको थियो। अनि तिनी मरे।"},{"id":6,"text":"शेतको उमेर एक सय पाँच वर्षको हुँदा उनको छोरो एनोश जन्म्यो। "},{"id":7,"text":"एनोश जन्मेपछि शेत आठ सय सात वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":8,"text":"शेतको जम्मा उमेर नौ सय बाह्र वर्ष भएको थियो। अनि उनी मरे।"},{"id":9,"text":"एनोशको उमेर नब्बे वर्षको हुँदा उनको छोरो केनान जन्म्यो। "},{"id":10,"text":"केनान जन्मेपछि एनोश आठ सय पन्ध्र वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":11,"text":"एनोशको जम्मा उमेर नौ सय पाँच वर्ष भएको थियो। अनि उनी मरे।"},{"id":12,"text":"केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो। "},{"id":13,"text":"महलालेल जन्मेपछि केनान आठ सय चालीस वर्षसम्म बाँचे। अनि उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":14,"text":"केनानको जम्मा उमेर नौ सय दश वर्ष भएको थियो। अनि उनी मरे।"},{"id":15,"text":"महलालेलको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो येरेद जन्म्यो। "},{"id":16,"text":"येरेद जन्मेपछि महलालेल आठ सय तीस वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":17,"text":"महलालेलको जम्मा उमेर आठ सय पञ्चानब्बे वर्ष भएको थियो। अनि उनी मरे।"},{"id":18,"text":"येरेदको उमेर एक सय बयसट्ठी वर्षको हुँदा उनको छोरो हनोक जन्म्यो। "},{"id":19,"text":"हनोक जन्मेपछि येरेद आठ सय वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":20,"text":"येरेदको जम्मा उमेर नौ सय बयसट्ठी वर्ष भएको थियो। अनि उनी मरे।"},{"id":21,"text":"हनोकको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो मतूशेलह जन्म्यो। "},{"id":22,"text":"मतूशेलह जन्मेपछि हनोक तीन सय वर्षसम्म परमेश्वरको साथसाथ हिँड्दैरहे। उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":23,"text":"हनोकको जम्मा उमेर तीन सय पैँसट्ठी वर्ष भएको थियो। "},{"id":24,"text":"हनोक परमेश्वरको साथसाथ हिँड्थे। अनि उनी अलप भए, किनभने परमेश्वरले उनलाई उठाइलानुभयो। "},{"id":25,"text":"मतूशेलहको उमेर एक सय सतासी वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो। "},{"id":26,"text":"लेमेक जन्मेपछि मतूशेलह सात सय बयासी वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":27,"text":"मतूशेलहको जम्मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि उनी मरे।"},{"id":28,"text":"लेमेकको उमेर एक सय बयासी वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो। "},{"id":29,"text":"उनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ।” "},{"id":30,"text":"नोआ जन्मेपछि लेमेक पाँच सय पञ्चानब्बे वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। "},{"id":31,"text":"लेमेकको जम्मा उमेर सात सय सतहत्तर वर्ष भएको थियो। अनि उनी मरे।"},{"id":32,"text":"नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे।"}]},{"id":6,"title":"उत्पत्ति 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/6-1ed59f28ab23a0574223a4ed748970a9.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब मानिसहरूको संख्या पृथ्वीमा बढ्दैगयो र तिनीहरूका छोरीहरू जन्मे, "},{"id":2,"text":"तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आ-आफ्ना रुचिका पत्नीहरू ल्याए। "},{"id":3,"text":"तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।”"},{"id":4,"text":"त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलीमहरू थिए। परमेश्वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए। "},{"id":5,"text":"पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। "},{"id":6,"text":"पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो। "},{"id":7,"text":"त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।” "},{"id":8,"text":"तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।"},{"id":9,"text":"नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। "},{"id":10,"text":"नोआका तीन जना छोराहरू जन्मे— शेम, हाम र येपेत।"},{"id":11,"text":"परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। "},{"id":12,"text":"जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए। "},{"id":13,"text":"यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु। "},{"id":14,"text":"तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नू। "},{"id":15,"text":"तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्। "},{"id":16,"text":"जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्यसको एकापट्टि राख्नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनू। "},{"id":17,"text":"जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। "},{"id":18,"text":"तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्। "},{"id":19,"text":"सबै जीवित प्राणीमध्ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्। "},{"id":20,"text":"पक्षीहरूमध्ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्। "},{"id":21,"text":"हरेक किसिमका आहारा पनि तैंले आफ्नो साथमा जम्मा गरेर राख्नू। ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन्।”"},{"id":22,"text":"परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे। "}]},{"id":7,"title":"उत्पत्ति 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/7-a4e9df9abf70331acabc7224fbc3f385.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु। "},{"id":2,"text":"सबै जातका शुद्ध पशुहरूमध्येका सात जोड़ी, अर्थात् भाले र पोथी, र जुन-जुन शुद्ध छैनन् तिनीहरूमध्येका दुई, अर्थात् भाले र पोथी, "},{"id":3,"text":"र पक्षीहरूमध्येका पनि सात जोड़ी, अर्थात् भाले र पोथी समस्त पृथ्वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्न तिनीहरूलाई तैंले ल्याउनू। "},{"id":4,"text":"अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु।”"},{"id":5,"text":"तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे।"},{"id":6,"text":"नोआ छ सय वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। "},{"id":7,"text":"नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। "},{"id":8,"text":"शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पक्षीहरू र भूइँमा घस्रने हरेक प्राणी "},{"id":9,"text":"परमेश्वरको हुकुमबमोजिम जोड़ी-जोड़ी, अर्थात् भाले र पोथी नोआकहाँ जहाजमा आए। "},{"id":10,"text":"अनि ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो।"},{"id":11,"text":"नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले। "},{"id":12,"text":"अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो।"},{"id":13,"text":"ठीक त्यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। "},{"id":14,"text":"तिनीहरू र आ-आफ्नो जातअनुसारका सबै वन-पशुहरू, सबै पालिने पशुहरू, भूइँमा घस्रने सबै प्राणीहरू र आ-आफ्नो जातका सबै थरीका पक्षीहरू पसे। "},{"id":15,"text":"जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए। "},{"id":16,"text":"परमेश्वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो।"},{"id":17,"text":"पृथ्वीमा चालीस दिनसम्म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। "},{"id":18,"text":"पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्वीमा भरिन लाग्यो, र जहाज पानी माथि-माथि उत्रन लाग्यो। "},{"id":19,"text":"पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा-अल्गा पर्वतहरू ढाकिए। "},{"id":20,"text":"पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो। "},{"id":21,"text":"पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात— के पक्षी, के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू— तथा सबै मानिसहरू मरे। "},{"id":22,"text":"ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे। "},{"id":23,"text":"अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे।"},{"id":24,"text":"अनि पृथ्वीमा पानी एक सय पचास दिनसम्म रहिरह्यो।"}]},{"id":8,"title":"उत्पत्ति 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/8-73f0335f55bf7785f6af1ec727e6f0ec.mp3?version_id=1483","verses":[{"id":1,"text":"तर परमेश्वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्झनुभयो, अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न लाग्यो। "},{"id":2,"text":"अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्द गरियो। "},{"id":3,"text":"अनि पानी पृथ्वीमा लगातार घट्दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो। "},{"id":4,"text":"सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो। "},{"id":5,"text":"दशौँ महिनासम्म पानी लगातार घट्दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे।"},{"id":6,"text":"चालीस दिनपछि आफूले बनाएको जहाजको झ्याल नोआले खोले, "},{"id":7,"text":"र एउटा कागलाई उड़ाइदिए, अनि जमिनको पानी नसुकुञ्जेल त्यो काग यताउता उड़िरह्यो। "},{"id":8,"text":"तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए। "},{"id":9,"text":"त्यस ढुकुरले आफ्ना खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनीकहाँ नै जहाजमा फर्क्यो, किनभने पृथ्वीमा अझै पानी थियो। तब तिनले आफ्नो हात पसारेर त्यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्याए। "},{"id":10,"text":"अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए। "},{"id":11,"text":"त्यो ढुकुर साँझमा तिनीकहाँ फर्क्यो। त्यसको चुच्चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्ने नोआले थाहा पाए। "},{"id":12,"text":"तब तिनले अरू सात दिन पर्खेर त्यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्यो तिनीकहाँ फर्केर आएन।"},{"id":13,"text":"नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्वीबाट पानी सुक्यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्खा थियो। "},{"id":14,"text":"अनि दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूर्ण रूपले सुक्यो।"},{"id":15,"text":"तब परमेश्वरले नोआलाई भन्नुभयो, "},{"id":16,"text":"“तँ, तेरी पत्नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्की। "},{"id":17,"text":"तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पक्षी दुवै, र घस्रने जन्तुलाई बाहिर निकाल्, र तिनीहरू पृथ्वीमा प्रशस्त गरी बढून्, र तिनीहरू पृथ्वीमा फैलिँदै र संख्यामा वृद्धि हुँदैजाऊन्।”"},{"id":18,"text":"तब नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा बुहारीहरू जहाजबाट निस्केर आए। "},{"id":19,"text":"र सबै पशु, घस्रने जन्तु, पक्षी र पृथ्वीमा हिँड्डुल गर्ने सबै जीवजन्तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्केर आए।"},{"id":20,"text":"अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्येबाट लिई होमबलि चढ़ाए। "},{"id":21,"text":"त्यसको मीठो बास्ना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्। अहिले मैले गरेजस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।"},{"id":22,"text":"“पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।”"}]},{"id":9,"title":"उत्पत्ति 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/9-efd6355a3d1f866fde4a99e5704815ab.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिएर भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदैजाओ। "},{"id":2,"text":"पृथ्वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्पिएका हुन्छन्। "},{"id":3,"text":"जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु।"},{"id":4,"text":"“तर मासु त्यसको प्राण दिने रगतसमेत नखाओ। "},{"id":5,"text":"र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइका प्राणको साटो म लिनेछु।"},{"id":6,"text":"जसले मानिसको रक्तपात गर्छ, \nमानिसबाटै त्यसको रक्तपात हुनेछ,\nकिनभने परमेश्वरले मानिसलाई\nआफ्नै स्वरूपमा बनाउनुभएको हो।"},{"id":7,"text":"तिमीहरूचाहिँ फल्दै-फुल्दै जाओ। पृथ्वीमा प्रशस्तसँग बालकहरू जन्मून्, र संख्यामा तिनीहरूको वृद्धि हुँदैजाओस्।” "},{"id":8,"text":"तब परमेश्वरले नोआ र तिनका छोराहरूलाई यसो भन्नुभयो, "},{"id":9,"text":"“तिमीहरू र तिमीहरूका भावी सन्तानसित, "},{"id":10,"text":"तथा जहाजबाट तिमीहरूसित निस्केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्वीका सबै जीव-जन्तुहरूसित म मेरो करार स्थापित गर्दछु। "},{"id":11,"text":"म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुनेछैनन्, अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन।”"},{"id":12,"text":"अनि परमेश्वरले भन्नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्तौँसम्मको निम्ति म ठहराउँदैछु, त्यसको चिन्ह यही हुन्छ। "},{"id":13,"text":"म बादलमा मेरो इन्द्रेनी राख्तछु, र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ। "},{"id":14,"text":"जहिले-जहिले म पृथ्वीमा बादल फिँजाउँछु र बादलमा इन्द्रेनी देखा पर्छ, "},{"id":15,"text":"मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउनेछैन। "},{"id":16,"text":"जुन बेला बादलमा इन्द्रेनी देखा पर्छ, म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु, जो परमेश्वर र पृथ्वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”"},{"id":17,"text":"यसरी परमेश्वरले नोआलाई भन्नुभयो, “मैले पृथ्वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्ह यही हो।”"},{"id":18,"text":"जहाजबाट बाहिर निस्किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्। हामचाहिँ कनानका पिता थिए। "},{"id":19,"text":"नोआका छोराहरू यी नै तीन जना थिए। यिनीहरूबाट समस्त पृथ्वी भरियो। "},{"id":20,"text":"माटोमा काम गर्ने नोआले दाखबारी लगाए। "},{"id":21,"text":"जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्नो पालभित्र नाङ्गै सुतिबसे। "},{"id":22,"text":"कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्ना दुवै दाजुहरूलाई बताइदिए। "},{"id":23,"text":"तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्।"},{"id":24,"text":"जब नोआलाई मद्यको निद्राले छोड्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए, "},{"id":25,"text":"तब तिनले भने, “श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”"},{"id":26,"text":"तिनले यसो पनि भने,\n“शेमका परमप्रभु धन्यका होऊन्,\nकनान त्यसको दास होस्।"},{"id":27,"text":"परमेश्वरले येपेतको वृद्धि गरून्,\nर त्यसले शेमको पालमा वास गरोस्,\nर कनानचाहिँ शेमको कमारो होस्।”"},{"id":28,"text":"जलप्रलयपछि नोआ साढ़े तीन सय वर्षसम्म बाँचिरहे। "},{"id":29,"text":"नोआको जम्मा उमेर नौ सय पचास वर्ष भएको थियो। अनि तिनी मरे।"}]},{"id":10,"title":"उत्पत्ति 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/10-ddb627e950dac2e6cf03e8ac566d2855.mp3?version_id=1483","verses":[{"id":1,"text":"नोआका छोराहरू शेम, हाम र येपेतको वृत्तान्त यही हो। जलप्रलयपछि तिनका पनि छोराहरू जन्मे। "},{"id":2,"text":"येपेतका छोराहरू:गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।"},{"id":3,"text":"गोमेरका छोराहरू:\nअशकनज, रीपत र तोगर्मा।"},{"id":4,"text":"यावानका छोराहरू:\nएलीशाह, तर्शीश, कित्तीम र रोदानीम।"},{"id":5,"text":"यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्येकको आफ्नो भाषा र जातिअनुसार फिँजिए।"},{"id":6,"text":"हामका छोराहरू:\nकूश, मिश्रइम,\n पूत र कनान।"},{"id":7,"text":"कूशका छोराहरू:\nसेबा, हवीला, सब्ता, रामाह, र सब्तका।रामाहका छोराहरू:\nशेबा र ददान।"},{"id":8,"text":"कूश निम्रोदका पिता भए। यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए। "},{"id":9,"text":"यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्ने आहान चलेको छ। "},{"id":10,"text":"उनको राज्यको सुरु बाबेल, एरेक, अक्कद र कल्नेहबाट भयो, जुन शिनार देशमा छन्। "},{"id":11,"text":"त्यही देशबाट उनी अश्शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू, "},{"id":12,"text":"अनि निनवे र कालहको बीचमा रेसेन सहर बनाए। रेसेनचाहिँ महान् सहर हो।"},{"id":13,"text":"मिश्रइमचाहिँ लूदी, अनामी, लहाबी, नप्तूही "},{"id":14,"text":"पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू निस्के) र कप्तोरीहरूका पुर्खा थिए।"},{"id":15,"text":"कनान आफ्ना जेठा छोरा सीदोन र हेतका पिता भए। "},{"id":16,"text":"कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, "},{"id":17,"text":"हिव्वी, अरकी, सिनी, "},{"id":18,"text":"अर्वादी, सेमारी र हमातीहरू उत्पन्न भए।त्यसपछि कनानका वंशहरू जताततै फिँजिए। "},{"id":19,"text":"कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो।"},{"id":20,"text":"हामका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्।"},{"id":21,"text":"येपेतका भाइ शेमका पनि छोराहरू जन्मे। शेम एबेरका सबै सन्तानका पुर्खा थिए।"},{"id":22,"text":"शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए।"},{"id":23,"text":"अरामका छोराहरू:\nऊज, हुल, गेतेर र मेशेक थिए।"},{"id":24,"text":"अर्पक्षद शेलहका पिता भए।\nशेलह एबेरका पिता भए।"},{"id":25,"text":"एबेरका दुई जना छोराहरू जन्मे। एउटाको नाउँ पेलेग थियो, किनभने उनकै समयमा पृथ्वी अलग-अलग भागमा बाँड़ियो। उनका भाइको नाउँ योक्तान थियो।"},{"id":26,"text":"योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, "},{"id":27,"text":"हदोरम, ऊजाल, दिक्ला, "},{"id":28,"text":"ओबाल, अबमाएल, शेबा, "},{"id":29,"text":"ओपीर, हवीला र योबाबका पिता भए। यी सबै योक्तानका छोराहरू थिए।"},{"id":30,"text":"उनको वासस्थान मेशादेखि यता पूर्वको पहाड़ी देश सपारा जाने बाटोसम्म थियो।"},{"id":31,"text":"शेमका छोराहरू, उनीहरूका वंश र भाषाअनुसार, र उनीहरूका देश र जातिहरू यी नै हुन्।"},{"id":32,"text":"नोआका छोराहरूका वंशहरू आ-आफ्ना जातिअनुसार यी नै हुन्। यीबाट जलप्रलयपछि पृथ्वीमा जाति-जाति अलग-अलग भएर जताततै फिँजिए।"}]},{"id":11,"title":"उत्पत्ति 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/11-a269777c7d91176dccb959d5a77945a2.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। "},{"id":2,"text":"मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्यहीँ बसोबास गरे।"},{"id":3,"text":"तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे। "},{"id":4,"text":"तब तिनीहरूले भने, “लौ, हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऔं, अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै नछरिऔं।”"},{"id":5,"text":"मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो। "},{"id":6,"text":"अनि परमप्रभुले भन्नुभयो, “यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन। "},{"id":7,"text":"आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”"},{"id":8,"text":"तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए। "},{"id":9,"text":"यसकारण त्यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।"},{"id":10,"text":"शेमको वृत्तान्त यही हो। जलप्रलयको दुई वर्षपछि एक सय वर्षको उमेरमा शेम अर्पक्षदको पिता भए। "},{"id":11,"text":"अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।"},{"id":12,"text":"अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा उनी शेलहका पिता भए। "},{"id":13,"text":"शेलह जन्मेपछि अर्पक्षद चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।"},{"id":14,"text":"शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए। "},{"id":15,"text":"एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।"},{"id":16,"text":"एबेरको उमेर चौतीस वर्षको हुँदा उनी पेलेगका पिता भए। "},{"id":17,"text":"पेलेग जन्मेपछि एबेर चार सय तीस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।"},{"id":18,"text":"पेलेगको उमेर तीस वर्षको हुँदा उनी रऊका पिता भए। "},{"id":19,"text":"रऊ जन्मेपछि पेलेग दुई सय नौ वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।"},{"id":20,"text":"रऊको उमेर बत्तीस वर्षको हुँदा उनी सरूगका पिता भए। "},{"id":21,"text":"सरूग जन्मेपछि रऊ दुई सय सात वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।"},{"id":22,"text":"सरूगको उमेर तीस वर्षको हुँदा उनी नाहोरका पिता भए। "},{"id":23,"text":"नाहोर जन्मेपछि सरूग दुई सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।"},{"id":24,"text":"नाहोरको उमेर उनन्तीस वर्षको हुँदा उनी तेरहका पिता भए। "},{"id":25,"text":"तेरह जन्मेपछि नाहोर एक सय उन्नाईस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।"},{"id":26,"text":"तेरहको उमेर सत्तरी वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानका पिता भए।"},{"id":27,"text":"तेरहको वृत्तान्त यही हो।तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए। "},{"id":28,"text":"हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्नो जन्म देश कल्दीहरूको ऊरमा मरे। "},{"id":29,"text":"अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारानचाहिँ मिल्का र यिस्काका पिता थिए। "},{"id":30,"text":"साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्।"},{"id":31,"text":"तेरहले आफ्ना छोरा अब्राम र हारानको छोरो आफ्नो नाति लोत र अब्रामकी पत्नी आफ्नी बुहारी साराईलाई साथमा लिएर कल्दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के। तर तिनीहरू हारानमा पुगेपछि त्यहीँ नै बसोबास गरे।"},{"id":32,"text":"तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि उनी हारानमा मरे।"}]},{"id":12,"title":"उत्पत्ति 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/12-b6019540d086e97d166edfb452f770ad.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। "},{"id":2,"text":"“म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु,\nर तँलाई आशिष् दिनेछु।\nम तेरो नाउँ प्रसिद्ध गराउनेछु,\nर तँ आशिष्को मूल हुनेछस्।"},{"id":3,"text":"तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, \nर तँलाई सराप दिनेहरूलाई सराप दिनेछु।\nतँद्वारा नै पृथ्वीका सबै\nकुलले आशिष् पाउनेछन्।”"},{"id":4,"text":"यसैकारण परमप्रभुले भन्नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए। "},{"id":5,"text":"अब्राम, तिनकी पत्नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्मा गरेका सबै धन-सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के, अनि त्यहाँ पुगे।"},{"id":6,"text":"अब्राम त्यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्म पुगे। त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे। "},{"id":7,"text":"परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए। "},{"id":8,"text":"त्यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्नो पाल टाँगे। तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे। "},{"id":9,"text":"अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए।"},{"id":10,"text":"अनि त्यस देशमा अनिकाल पर्यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए। "},{"id":11,"text":"तिनी मिश्रमा पस्नै लाग्दा तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्दरी छ्यौ भन्ने मलाई थाहा छ। "},{"id":12,"text":"जब मिश्रीहरूले तिमीलाई देख्छन्, ‘यो त त्यसकी पत्नी रहिछ’ भन्नेछन्। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्नेछन्। "},{"id":13,"text":"‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्यान जोगिनेछ।” "},{"id":14,"text":"जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहिछन् भनी देखे। "},{"id":15,"text":"अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे। "},{"id":16,"text":"तिनको खातिर फारोले अब्रामसँग राम्रो व्यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए।"},{"id":17,"text":"तर परमप्रभुले अब्रामकी पत्नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो। "},{"id":18,"text":"यसकारण फारोले अब्रामलाई बोलाएर भने, “यो तिमीले मलाई के गर्यौ? तिनी तिम्री पत्नी हुन् भनेर तिमीले मलाई किन भनेनौ? "},{"id":19,"text":"‘तिनी मेरी बहिनी हुन्,’ भनेर तिमीले किन भन्यौ? यसैले मैले तिनलाई मेरी पत्नी तुल्याउन लगेको हुँ। अब हेर, तिम्री पत्नी यहीँ छिन्। तिनलाई लिएर जाऊ।” "},{"id":20,"text":"अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।"}]},{"id":13,"title":"उत्पत्ति 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/13-c439bfa0a2a503092ac48ce200d75a15.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेवमा आए। "},{"id":2,"text":"पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए।"},{"id":3,"text":"तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो, "},{"id":4,"text":"र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे।"},{"id":5,"text":"अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्तुहरूका बथान र पालहरू थिए। "},{"id":6,"text":"त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरूको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए। "},{"id":7,"text":"अब्राम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बस्थे।"},{"id":8,"text":"यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं। "},{"id":9,"text":"सारा देश तिम्रै अगि छ। तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”"},{"id":10,"text":"लोतले आफ्ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, अथवा सोअरतिरको मिश्रदेशजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।) "},{"id":11,"text":"यसैकारण लोतले यर्दनको जम्मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए। "},{"id":12,"text":"अब्रामचाहिँ कनान देशमा नै बस्न लागे। लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्नो पाल सदोमसम्म सारे। "},{"id":13,"text":"सदोमका मानिसहरू दुष्ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे।"},{"id":14,"text":"लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर्। "},{"id":15,"text":"तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। "},{"id":16,"text":"म तेरा सन्तानलाई पृथ्वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्म कि कसैले धूलो गन्न सक्छ भने तेरा सन्तान पनि गन्न सक्नेछ। "},{"id":17,"text":"उठ्, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु।”"},{"id":18,"text":"तब अब्रामले आफ्ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्यहाँ आएर तिनी त्यहीँ बसोबास गर्न लागे। त्यहाँ परमप्रभुको निम्ति तिनले एउटा वेदी बनाए।"}]},{"id":14,"title":"उत्पत्ति 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/14-42f7ec6d538b3f64088531f8db0894ee.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसै समयमा शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले "},{"id":2,"text":"सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात् सोअरका) राजाका विरुद्धमा युद्ध गरे। "},{"id":3,"text":"तिनीहरू सबै सिद्दीम, अर्थात् खारा समुद्रको बेँसीमा जम्मा भए। "},{"id":4,"text":"बाह्र वर्षसम्म त तिनीहरू कदोर्लाओमेरको अधीनमा बसेका थिए। तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।"},{"id":5,"text":"चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई, "},{"id":6,"text":"तथा होरीहरूलाई सेइरको पहाड़ी देशमा मरुभूमिनेर भएको एल-पारानसम्म अधीन गराए। "},{"id":7,"text":"त्यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात् कादेशमा) आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन-तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए।"},{"id":8,"text":"तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए। "},{"id":9,"text":"एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू। "},{"id":10,"text":"सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्दाभाग्दै तिनीहरूका कोही मानिसहरू त्यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे। "},{"id":11,"text":"ती चार राजाहरूले सदोम र गमोराका जम्मै मालसामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। "},{"id":12,"text":"उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।"},{"id":13,"text":"उम्केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए। "},{"id":14,"text":"अब्रामले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए। "},{"id":15,"text":"तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्त गरे, र दमस्कसको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदे। "},{"id":16,"text":"तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्पत्ति, स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए।"},{"id":17,"text":"कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए।"},{"id":18,"text":"अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए। "},{"id":19,"text":"उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए,\n“स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने\nसर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस्।"},{"id":20,"text":"सर्वोच्च परमेश्वर धन्यका होऊन्,\nजसले तिम्रा शत्रुहरूलाई\nतिम्रा हातमा सुम्पिदिनुभयो।”अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।"},{"id":21,"text":"तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्नू।”"},{"id":22,"text":"तर अब्रामले सदोमका राजालाई भने, “स्वर्ग र पृथ्वीका परमप्रभु, सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु, "},{"id":23,"text":"कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईंले भन्नुहुनेछ। "},{"id":24,"text":"मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिनेछैनँ। आनेर, एश्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिऊन्।”"}]},{"id":15,"title":"उत्पत्ति 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/15-5637b9e20daa617d88d2935ad9ab9adc.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो,\n“अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ,\nर तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”"},{"id":2,"text":"तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ।” "},{"id":3,"text":"फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्तान दिनुभएन, र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।”"},{"id":4,"text":"तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ।” "},{"id":5,"text":"अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।” "},{"id":6,"text":"अनि तिनले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो। "},{"id":7,"text":"फेरि उहाँले तिनलाई भन्नुभयो, “यो देश तेरो अधिकारमा दिनलाई कल्दीहरूको ऊरबाट तँलाई ल्याउने परमप्रभु म नै हुँ।”"},{"id":8,"text":"तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ?”"},{"id":9,"text":"उहाँले तिनलाई भन्नुभयो, “मेरो निम्ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”"},{"id":10,"text":"तिनले ती सबै उहाँकहाँ ल्याए, र माझमा दुई-दुई फ्याक पारेर हरेक फ्याक आमनेसामने राखिदिए। तर पक्षीहरूचाहिँ तिनले दुई-दुई फ्याक पारेनन्। "},{"id":11,"text":"अनि चील र गिद्धहरू ती मरेका पशुपक्षीहरूमाथि झम्टँदा अब्रामले तिनीहरूलाई धपाए।"},{"id":12,"text":"सूर्य अस्ताउँदा अब्राम मस्त निद्रामा परे, अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। "},{"id":13,"text":"तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “यो निश्चय जानिराख्, कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। "},{"id":14,"text":"तर तिनीहरू जुन जातिका दास बन्नेछन्, उनीहरूको पनि म इन्साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्पत्ति लिएर निस्किआउनेछन्। "},{"id":15,"text":"तँचाहिँ आफ्ना पितृहरूकहाँ शान्तिसित जानेछस्। तेरो पूरो बुढ़ेसकालमा तँ गाड़िनेछस्। "},{"id":16,"text":"चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।”"},{"id":17,"text":"सूर्य अस्ताएपछि जब अँध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो। "},{"id":18,"text":"त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्मको यो देश मैले दिएको छु— "},{"id":19,"text":"केनी, कनज्जी, कदमोनी, "},{"id":20,"text":"हित्ती, परिज्जी, रपाई, "},{"id":21,"text":"एमोरी, कनानी, गिर्गाशी र यबूसीहरूका देशहरू दिएको छु।”"}]},{"id":16,"title":"उत्पत्ति 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/16-1ebdb8c497701d5e7677521225d2241c.mp3?version_id=1483","verses":[{"id":1,"text":"आफ्नी पत्नी साराईबाट अब्रामको कोही सन्तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई। "},{"id":2,"text":"साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्। शायद त्यसबाट मेरो निम्ति सन्तान हुन सक्छ।”अब्रामले साराईको कुरा माने। "},{"id":3,"text":"अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्नी साराईले आफ्नी कमारी मिश्री हागारलाई आफ्ना पति अब्रामलाई तिनकी पत्नी हुनलाई दिइन्। "},{"id":4,"text":"अनि तिनी हागारकहाँ गए, र त्यो गर्भवती भई।जब त्यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई तुच्छ दृष्टिले हेर्न लागी। "},{"id":5,"text":"साराईले अब्रामलाई भनिन्, “ममाथिको अन्याय तपाईंकै शिरमाथि परोस्। मैले आफ्नी कमारी तपाईंकै काखमा दिएँ, र त्यो गर्भवती हुने बित्तिकै मलाई तुच्छ दृष्टिले हेर्न लागी। परमप्रभुले तपाईं र मेरो बीचमा इन्साफ गरिदेऊन्।”"},{"id":6,"text":"तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्यसलाई जे गर्न मन लाग्छ त्यही गर।” तब साराईले त्यससित कठोर व्यवहार गर्न लागिन्, र त्यो तिनको सामुन्नेबाट भागेर गई।"},{"id":7,"text":"परमप्रभुका दूतले त्यसलाई उजाड़-स्थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए। "},{"id":8,"text":"र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस् र कता जाँदैछेस्?”त्यसले भनी, “मेरी मालिक्नी साराईको सामुन्नेबाट भाग्दैछु।”"},{"id":9,"text":"परमप्रभुका दूतले त्यसलाई भने, “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्।” "},{"id":10,"text":"परमप्रभुका दूतले फेरि त्यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्यो धेरै भएकोले गन्न सकिनेछैन।”"},{"id":11,"text":"परमप्रभुका दूतले त्यसलाई भने,\n“तँ गर्भवती छेस्,\nर तैंले एउटा छोरो जन्माउनेछेस्।\nतैंले त्यसको नाउँ इश्माएल\nराख्नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।"},{"id":12,"text":"मानिसहरूमा त्यो जङ्गली गधाजस्तै हुनेछ।\nत्यसको हात सबैका विरुद्धमा उठ्नेछ,\nर सबैका हात त्यसको विरुद्धमा उठ्नेछन्।\nआफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ।”"},{"id":13,"text":"हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, “मलाई देख्नुहुने परमेश्वर तपाईं हुनुहुन्छ।” किनभने त्यसले भनी, “मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।” "},{"id":14,"text":"यसकारण त्यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्यो पर्छ।"},{"id":15,"text":"अनि हागारले अब्रामको एक जना छोरो जन्माई। हागारले जन्माएको आफ्नो छोराको नाउँ अब्रामले इश्माएल राखे। "},{"id":16,"text":"हागारले अब्रामको निम्ति इश्माएल जन्माउँदा अब्राम छयासी वर्ष पुगेका थिए।"}]},{"id":17,"title":"उत्पत्ति 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/17-041fe510cfcc092e4edd3380032c264a.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब अब्राम उनान्सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो सामु हिँड्, र निर्दोष भएर बस्। "},{"id":2,"text":"मेरो र तेरो बीचमा म आफ्नो करार पक्का गर्नेछु, र म तेरो अत्यन्तै वृद्धि गराउनेछु।”"},{"id":3,"text":"तब अब्राम घोप्टो परे, र परमेश्वरले तिनलाई यसो भन्नुभयो, "},{"id":4,"text":"“हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्य जाति-समूहको पिता हुनेछस्। "},{"id":5,"text":"अब उप्रान्त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्य जाति-समूहको पिता तुल्याएको छु। "},{"id":6,"text":"म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्पन्न हुनेछन्। "},{"id":7,"text":"तँ र तँपछिका तेरा सन्तानका परमेश्वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्तानहरूका बीचमा युग-युगसम्म स्थापित गर्नेछु। "},{"id":8,"text":"तैंले प्रवास गरेको यो देश, अर्थात् सारा कनान देश तँ र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु।” "},{"id":9,"text":"अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्तानहरूले तिनका पुस्तौँसम्म। "},{"id":10,"text":"मेरो र तेरो, र तँपछिका तेरा सन्तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्येको हरेक पुरुषको खतना हुनुपर्छ। "},{"id":11,"text":"तिमीहरूको आफ्नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्ह यही हुनेछ। "},{"id":12,"text":"तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्तान होइनन्, चाहे घरमा जन्मेको होस् अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्। "},{"id":13,"text":"चाहे तेरो घरमा जन्मेको होस् वा दाम हालेर किनेको होस् जसको खलड़ीको खतना भएको छैन, त्यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्तुसम्म हुनेछ। "},{"id":14,"text":"खतना नगरिएको जुनसुकै पुरुष जसको खलड़ीको खतना भएको छैन, त्यो मानिस आफ्नो जातिबाट बहिष्कार गरिनेछ। त्यसले मेरो करार भङ्ग गर्छ।”"},{"id":15,"text":"फेरि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्यसको नाउँ सारा हुनेछ। "},{"id":16,"text":"म त्यसलाई आशिष् दिनेछु, र निश्चय नै त्यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन्।”"},{"id":17,"text":"तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?” "},{"id":18,"text":"अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्मा बाँचिरहे त हुन्छ।”"},{"id":19,"text":"तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे, र तैंले त्यसको नाउँ इसहाक राख्नेछस्। म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु। "},{"id":20,"text":"अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो बिन्ती सुनें। हेर्, म त्यसलाई आशिष् दिनेछु, र म त्यसलाई फल्दो-फुल्दो तुल्याएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्यो पिता हुनेछ, र म त्यसबाट एउटा ठूलो जाति उत्पन्न गराउनेछु। "},{"id":21,"text":"तर मेरो करार त म इसहाकसँगै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्माउनेछे।” "},{"id":22,"text":"तिनीसित कुरा गरिसक्नुभएपछि परमेश्वर अब्राहामकहाँबाट जानुभयो।"},{"id":23,"text":"अब्राहामले आफ्नो छोरो इश्माएल र आफ्नो घरमा जन्मेका र दाम हालेर किनेका आफ्ना सबै कमारा, आफ्नो घरका पुरुष सबैलाई लिएर तिनलाई परमेश्वरले भन्नुभएबमोजिम त्यसै दिन तिनीहरूका खलड़ीको खतना गरे। "},{"id":24,"text":"आफ्नो खलड़ीको खतना गर्दा अब्राहाम उनान्सय वर्ष पुगेका थिए, "},{"id":25,"text":"र तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलड़ीको खतना गर्दा तेह्र वर्षका थिए। "},{"id":26,"text":"अब्राहाम र तिनको छोरो इश्माएलको खतना एकै दिनमा भएको थियो। "},{"id":27,"text":"तिनको घरमा जन्मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो।"}]},{"id":18,"title":"उत्पत्ति 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/18-d00069872a4c5c68a459a2638c4be3e3.mp3?version_id=1483","verses":[{"id":1,"text":"दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो। "},{"id":2,"text":"तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्म निहुरेर दण्डवत् गरे। "},{"id":3,"text":"तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्छ भने कृपा गरी आफ्नो दासकहाँबाट त्यसै नजानुहोस्। "},{"id":4,"text":"म केही पानी ल्याउनेछु, र तपाईंहरू आफ्ना पाउ धुनुहोस्, र यही रूखमुनि आराम गर्नुहोस्। "},{"id":5,"text":"म गएर केही रोटी ल्याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्, त्यसपछि मात्र जानुहोस्, किनभने यसैको निम्ति तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको होला।”उनीहरूले भने, “जाऊ, तिमीले भनेअनुसार गर।”"},{"id":6,"text":"तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।”"},{"id":7,"text":"अब्राहाम आफैचाहिँ बथानतिर कुदेर गए, र एउटा कलिलो र असल बाछो छानेर आफ्नो नोकरलाई दिए, र त्यसले तुरुन्तै त्यो पकायो। "},{"id":8,"text":"तब तिनले दही, दूध र त्यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्जेल तिनी उनीहरूकै नजिक उभिरहे।"},{"id":9,"text":"अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”तिनले भने, “तिनी त पालमा छिन्।”"},{"id":10,"text":"तब परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माएकी हुन्छे।” साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्तिर सुनिरहेकी थिइन्। "},{"id":11,"text":"अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्किसकेको थियो। साराको रजस्वला पनि बन्द भइसकेको थियो। "},{"id":12,"text":"यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ, र के मलाई यो सुख हुन्छ र?” "},{"id":13,"text":"तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी? "},{"id":14,"text":"परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।” "},{"id":15,"text":"तर साराले यसो भन्दै इन्कार गरिन्, “म हाँस्दै हाँसिनँ।” किनभने तिनी डराइन्।तर उहाँले भन्नुभयो, “तँ हाँसेकै होस्।”"},{"id":16,"text":"तब ती पुरुषहरू त्यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्म बाटो देखाउन गए। "},{"id":17,"text":"परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ? "},{"id":18,"text":"अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन् "},{"id":19,"text":"किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”"},{"id":20,"text":"तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्यादा भएका छन्। "},{"id":21,"text":"अब त्यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।”"},{"id":22,"text":"यसकारण ती पुरुषहरू त्यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे। "},{"id":23,"text":"तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? "},{"id":24,"text":"त्यस सहरमा पचास धर्मी जन रहेछन् भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? "},{"id":25,"text":"दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु त तपाईंबाट पर रहोस्। सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र?"},{"id":26,"text":"परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्मैलाई छोड़िदिनेछु।”"},{"id":27,"text":"अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु। "},{"id":28,"text":"पाँच कम पचास जना धर्मी जन त्यहाँ रहेछन् भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?”उहाँले भन्नुभयो, “त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ।”फेरि तिनले भने, “त्यहाँ चालीस रहेछन् भने?”"},{"id":29,"text":"उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।”"},{"id":30,"text":"तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्नेछु। यदि त्यहाँ तीस जना पाइए भने?”उहाँले भन्नुभयो, “त्यहाँ तीसै पाएँ भने पनि म त्यसो गर्नेछैनँ।”"},{"id":31,"text":"तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?”उहाँले भन्नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।”"},{"id":32,"text":"अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब एक पल्ट मात्र बोल्नेछु। यदि त्यहाँ दश जना पाइए भने?”उहाँले भन्नुभयो, “दश जनाका खातिरमा पनि म त्यो नाश गर्नेछैनँ।”"},{"id":33,"text":"अब्राहामसित कुरा गरिसक्नुभएपछि परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो ठाउँमा फर्के।"}]},{"id":19,"title":"उत्पत्ति 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/19-d2ef2195b70aeadeb1e4dd1785477b12.mp3?version_id=1483","verses":[{"id":1,"text":"साँझमा ती दुई स्वर्गदूतहरू सदोममा आए। त्यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्म निहुरेर दण्डवत् गरी भने, "},{"id":2,"text":"“हजूर, कृपा गरी आफ्नो दासको घरमा पाल्नुहोस्, र त्यहीँ रात बिताउनुहोस्। तपाईंहरू आफ्ना पाउ धुनुहोस् र बिहान सबेरै उठेर जानुहोस्।”उनीहरूले भने, “अँहँ, हामी बाहिर चोकमा नै सुत्नेछौं।”"},{"id":3,"text":"तिनले उनीहरूलाई ज्यादै ढिपी लाएर बिन्ती गरे। यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए। तिनले उनीहरूलाई भोज दिए, र खमिर नहालेको रोटी बनाएर उनीहरूका सामुन्ने राखिदिए, र उनीहरूले खाए। "},{"id":4,"text":"उनीहरू सुत्न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे। "},{"id":5,"text":"तिनीहरूले लोतलाई बोलाएर भने, “बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्याऊ, र हामी उनीहरूसँग भोग गरौं।” "},{"id":6,"text":"लोत ढोकाबाहिर तिनीहरूकहाँ गएर ढोकाचाहिँ आफ्नो पछिल्तिर थुनिदिए, "},{"id":7,"text":"र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्तो दुष्ट काम नगर्नुहोस्। "},{"id":8,"text":"कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन्। बरु म तिनीहरूलाई नै तपाईंहरूकहाँ बाहिर ल्याइदिनेछु। तपाईंहरूको इच्छाअनुसार तिनीहरूसित व्यवहार गर्नुहोस्। तर यी मानिसहरूलाई केही नगर्नुहोस्, किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन्।”"},{"id":9,"text":"तर तिनीहरूले भने, “पछि हट्।” अनि तिनीहरूले भने, “हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्यायकर्ता हुन खोज्दोरहेछ। अब उनीहरूलाई भन्दा तँलाई हामी नराम्रो व्यवहार गर्नेछौं।” तब तिनीहरूले लोतलाई घचेटे, र ढोका फोर्नलाई अगि बढ़े।"},{"id":10,"text":"तर भित्रका ती दुई मानिसहरूले आफ्ना हात बढ़ाएर लोतलाई तानी आफूकहाँ घरभित्र हुले, र ढोका थुनिदिए, "},{"id":11,"text":"र उनीहरूले घरका ढोकानेर भएका साना-ठूला जम्मै मानिसहरूलाई अन्धा पारिदिए। तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन्। "},{"id":12,"text":"ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्केर जाऊ, "},{"id":13,"text":"किनभने हामी यस ठाउँलाई नष्ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”"},{"id":14,"text":"यसैकारण आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्तो लाग्यो।"},{"id":15,"text":"उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ।”"},{"id":16,"text":"जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो। "},{"id":17,"text":"तिनीहरूलाई बाहिर ल्याएपछि उनीहरूमा एक जनाले भने, “आफ्नो ज्यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्म हुनेछौ।”"},{"id":18,"text":"तब लोतले उनीहरूलाई भने, “हजूर हो, त्यसो नहोस्। "},{"id":19,"text":"हेर्नुहोस्, तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, र मेरो प्राण बचाएर तपाईंहरूले मलाई ठूलो करुणा देखाउनुभएको छ। म पहाड़तिर भाग्न सक्दिनँ, नत्रता यस विपत्तिमा परेर म मर्नेछु। "},{"id":20,"text":"हेर्नुहोस्, ऊ त्यो सहर भाग्नलाई नजिकै छ, र त्यो सानो पनि छ। मलाई त्यहीँ नै भाग्न दिनुहोस्— त्यो साह्रै सानो छैन र? त्यहाँ गए मेरो प्राण बाँच्ला।”"},{"id":21,"text":"उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको सहरलाई चाहिँ म भस्म गर्नेछैनँ। "},{"id":22,"text":"चाँड़ो गरेर त्यहीँ नै भागिजा, किनकि तँ त्यहाँ नपुगुञ्जेल म केही गर्न सक्दिनँ।” (यसैले त्यस सहरको नाउँ सोअर राखियो।)"},{"id":23,"text":"लोत सोअरमा पुग्दा सूर्य उदाइसकेको थियो। "},{"id":24,"text":"तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्धक बर्साउनुभयो। "},{"id":25,"text":"यसरी उहाँले ती सहरहरू र जम्मै बेँसी र सहरहरूका सबै बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो। "},{"id":26,"text":"तर लोतकी पत्नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्। "},{"id":27,"text":"अब्राहाम सबेरै उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए। "},{"id":28,"text":"तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्गातिर हेरे। र त्यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्तै मास्तिर उठिरहेको तिनले देखे।"},{"id":29,"text":"यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्वरले अब्राहामलाई सम्झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्ट पार्नुहुँदा त्यस सर्वनाशको बीचबाट लोतलाई निकाल्नुभयो।"},{"id":30,"text":"लोत सोअरबाट निस्केर आफ्ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्न लागे, किनभने सोअरमा बस्न तिनी डराए। तिनी आफ्ना दुवै छोरीहरूसँग एउटा ओड़ारमा बस्न लागे। "},{"id":31,"text":"एक दिन जेठीले कान्छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्वीमा कुनै मानिस छैन। "},{"id":32,"text":"यसैले अब हामी आफ्ना बुबालाई मद्य खुवाएर उहाँसित सुतौं, र आफ्ना पिताबाट सन्तान खड़ा गरौं।”"},{"id":33,"text":"त्यसै रात तिनीहरूले आफ्ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्ना पिताकहाँ गएर सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही अत्तोपत्तो भएन।"},{"id":34,"text":"भोलिपल्ट जेठीले कान्छीलाई भनी, “हेर्, हिजो राती म बुबासित सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं, र तँ गएर उहाँसित सुत्, र हामी आफ्ना पिताबाट सन्तान खड़ा गरौं।” "},{"id":35,"text":"यसरी तिनीहरूले त्यस रात पनि आफ्ना पितालाई दाखमद्य खुवाए, र कान्छीचाहिँ गएर उहाँसित सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही थाहै भएन।"},{"id":36,"text":"यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए। "},{"id":37,"text":"तब जेठीले एक जना छोरो जन्माई र उसले त्यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्। "},{"id":38,"text":"कान्छीले पनि एक जना छोरो जन्माई, र उसले त्यसको नाउँ बेन-अमी राखी। हिजोआजका अम्मोनीहरूका पुर्खा यिनी हुन्।"}]},{"id":20,"title":"उत्पत्ति 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/20-c044be83e5cab17b1f25a7e974392d78.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे। "},{"id":2,"text":"त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको बारेमा भने, “तिनी त मेरी बहिनी हुन्।” तब गरारका राजा अबीमेलेकले सारालाई झिकाएर लगे। "},{"id":3,"text":"तर राती सपनामा अबीमेलेककहाँ आएर परमेश्वरले भन्नुभयो, “हेर्, त्यस स्त्रीलाई झिकाएर ल्याएको हुनाले तँ मरेको जस्तै छस्, किनभने त्यो अर्काकी पत्नी हो।”"},{"id":4,"text":"अबीमेलेक अहिलेसम्म साराको नजिक गएका थिएनन्। यसकारण उनले भने, “हे परमप्रभु, के तपाईं निर्दोष जातिलाई मार्नुहुन्छ? "},{"id":5,"text":"‘तिनी मेरी बहिनी हुन्’ भनी त्यस मानिस आफैले मलाई भनेको थिएन र? र त्यस स्त्रीले पनि ‘तिनी मेरा दाजु हुन्’ भनी भनेकी थिइन र? मैले त यो काम आफ्नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको हुँ।”"},{"id":6,"text":"तब परमेश्वरले उनलाई सपनामा भन्नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्यसलाई छुन दिइनँ। "},{"id":7,"text":"अब त्यस मानिसकी पत्नी फर्काइदे, किनभने त्यो एक अगमवक्ता हो। त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ, र तँ बाँच्नेछस्। तर त्यसलाई फर्काइदिइनस् भने यो कुरो याद राख्, कि तँ र तँसँग भएका सबै निश्चय नै मर्नेछन्।”"},{"id":8,"text":"अबीमेलेक सबेरै उठेर आफ्ना सबै अधिकारीहरूलाई बोलाएर यी सबै कुरा बताइदिए। र ती मानिसहरू साह्रै डराए। "},{"id":9,"text":"तब अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तपाईंले हामीलाई के गर्नुभयो? मैले तपाईंको के बिगार गरेको थिएँ, र तपाईंले म र मेरो राज्यमा यति ठूलो दोष ल्याउनुभयो? तपाईंले मसित गर्नु नहुने काम गर्नुभयो।” "},{"id":10,"text":"अबीमेलेकले फेरि अब्राहामलाई भने, “के सम्झेर तपाईंले मसित यस्तो काम गर्नुभयो?”"},{"id":11,"text":"अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, यस ठाउँमा परमेश्वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्नीको कारण मार्नेछन्। "},{"id":12,"text":"यो कुरो सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्। र तिनी मेरी पत्नी भइन्। "},{"id":13,"text":"अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोड़ेर परदेशी भएर यताउता घुमिहिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्” भन्नू है’।”"},{"id":14,"text":"तब अबीमेलेकले भेड़ाबाख्रा, गाई-गोरु, कमारा-कमारीहरू ल्याएर अब्राहामलाई दिए, र तिनकी पत्नी सारालाई पनि फिर्ता गरिदिए। "},{"id":15,"text":"अनि अबीमेलेकले भने, “हेर्नुहोस्, मेरो देश तपाईंकै सामुन्ने छ। तपाईंलाई जहाँ मन लाग्छ त्यहीँ बस्नुहोस्।”"},{"id":16,"text":"उनले सारालाई भने, “हेर, तिम्रा दाजुलाई मैले चाँदीका एक हजार सिक्का दिएको छु। मैले त्यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको हुँ। सबैका सामु तिमीसित न्यायसङ्गत व्यवहार गरिएको छ।”"},{"id":17,"text":"तब अब्राहामले परमेश्वरसित प्रार्थना गरे, र परमेश्वरले अबीमेलेक र तिनकी पत्नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो, र तिनीहरूले फेरि जन्माउन सकून्। "},{"id":18,"text":"किनभने अब्राहामकी पत्नी साराको कारणले गर्दा परमेश्वरले अबीमेलेकको घरका जम्मैको कोख बन्द गरिदिनुभएको थियो।"}]},{"id":21,"title":"उत्पत्ति 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/21-2e9e717153d11f044698c1ad9a9fedd8.mp3?version_id=1483","verses":[{"id":1,"text":"आफूले भन्नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्नो प्रतिज्ञाबमोजिम गर्नुभयो। "},{"id":2,"text":"सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन्। "},{"id":3,"text":"साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहामले इसहाक राखे। "},{"id":4,"text":"अब्राहामको आफ्नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। "},{"id":5,"text":"तिनको छोरा इसहाक जन्मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए।"},{"id":6,"text":"साराले भनिन्, “परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो। यो सुन्ने जति सबै मसँगै हाँस्नेछन्।” "},{"id":7,"text":"तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्माएँ।”"},{"id":8,"text":"बालक बढ्दैगयो, र त्यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए। "},{"id":9,"text":"तर मिश्री हागारले अब्राहामबाट जन्माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्। "},{"id":10,"text":"यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।” "},{"id":11,"text":"आफ्नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्यो। "},{"id":12,"text":"तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो बालक र तेरी कमारीको निम्ति तैंले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ। "},{"id":13,"text":"म त्यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्यो पनि तेरै सन्तान हो।”"},{"id":14,"text":"अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्थान हुँदो डुल्न लागी।"},{"id":15,"text":"जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर "},{"id":16,"text":"आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्” भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।"},{"id":17,"text":"परमेश्वरले बालकको सोर सुन्नुभयो। अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको सोर परमेश्वरले सुन्नुभएको छ। "},{"id":18,"text":"उठ्, गएर बालकलाई उठा, र त्यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”"},{"id":19,"text":"तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई।"},{"id":20,"text":"परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दैगयो, र उजाड़-स्थानमा बसेर एक धनुर्धारी बन्यो। "},{"id":21,"text":"त्यो पारानको मरुभूमिमा बस्थ्यो, र त्यसकी आमाले त्यसको लागि मिश्रबाट एउटी पत्नी ल्याइदिई।"},{"id":22,"text":"त्यस बेला अबीमेलेक र उनका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गर्नुभएका सबै काममा परमेश्वर तपाईंसँग हुनुहुन्छ। "},{"id":23,"text":"यसकारण यहाँ मसित परमेश्वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्नुभएको देशसँग व्यवहार गर्नुहोला।”"},{"id":24,"text":"अब्राहामले भने, “हुन्छ, म शपथ खान्छु।”"},{"id":25,"text":"तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए। "},{"id":26,"text":"तर अबीमेलेकले भने, “यस्तो काम कसले गर्यो सो मलाई थाहा छैन। तपाईंले मलाई भन्नुभएन। आज मात्र मैले यो कुरा सुनें।”"},{"id":27,"text":"त्यसकारण अब्राहामले भेड़ा र गाई-गोरुहरू ल्याएर अबीमेलेकलाई दिए, र ती दुवै जनाले करार बाँधे। "},{"id":28,"text":"अब्राहामले बगालबाट भेड़ाका सात वटा पाठी छुट्ट्याएर राखे। "},{"id":29,"text":"अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात पाठी छुट्ट्याएर राखेको अर्थ के हो?”"},{"id":30,"text":"अब्राहामले भने, “यो इनार मैले खनेको हो भन्ने गवाहीको निम्ति यी सात वटा पाठी मेरो हातबाट तपाईं लिनुहोस्।”"},{"id":31,"text":"यसैकारण त्यस ठाउँको नाउँ बेर्शेबा राखियो, किनकि त्यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए।"},{"id":32,"text":"यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के। "},{"id":33,"text":"अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ अनन्तका परमेश्वरको नाउँको पुकारा गरे। "},{"id":34,"text":"त्यसपछि अब्राहाम पलिश्तीहरूको देशमा धेरै दिनसम्म बसोबास गरे।"}]},{"id":22,"title":"उत्पत्ति 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/22-dae93da352e619e9c0a9c27c14ee9669.mp3?version_id=1483","verses":[{"id":1,"text":"केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।”"},{"id":2,"text":"उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।” "},{"id":3,"text":"अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्ना कमाराहरूमध्येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँड़े। "},{"id":4,"text":"तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्यो ठाउँ देखे। "},{"id":5,"text":"तब अब्राहामले आफ्ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।”"},{"id":6,"text":"अब्राहामले होमबलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। "},{"id":7,"text":"इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।”तिनले भने, “के हो, छोरा?”त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?”"},{"id":8,"text":"अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।"},{"id":9,"text":"परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। "},{"id":10,"text":"तब अब्राहामले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। "},{"id":11,"text":"तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!”तिनले भने, “म यहीँ छु।”"},{"id":12,"text":"उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।”"},{"id":13,"text":"अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्झेर फसेको देखे। अब्राहामले गएर त्यस भेड़ालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि गरे। "},{"id":14,"text":"यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ।"},{"id":15,"text":"परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई कराएर भने, "},{"id":16,"text":"परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष् दिनेछु। "},{"id":17,"text":"तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। "},{"id":18,"text":"तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।” "},{"id":19,"text":"त्यसपछि अब्राहाम आफ्ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे।"},{"id":20,"text":"केही समयपछि “मिल्काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्माइन्” भन्ने कुरा अब्राहामले सुने: "},{"id":21,"text":"जेठो ऊज, त्यसको भाइ बूज, र आरामका पिता कमूएल, "},{"id":22,"text":"र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल। "},{"id":23,"text":"बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्काले जन्माइन्। "},{"id":24,"text":"यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माई।"}]},{"id":23,"title":"उत्पत्ति 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/23-2626a51907c1ee6b618d69a09eb24642.mp3?version_id=1483","verses":[{"id":1,"text":"सारा एक सय सत्ताईस वर्षसम्म बाँचिन्। "},{"id":2,"text":"सारा कनान देशको किर्यत-अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राहाम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए।"},{"id":3,"text":"अब्राहाम लाश भएको ठाउँबाट उठे, र हित्तीहरूलाई यसो भने, "},{"id":4,"text":"“तपाईंहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लाशलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्।” "},{"id":5,"text":"हित्तीहरूले अब्राहामलाई भने, "},{"id":6,"text":"“हे प्रभु, सुन्नुहोस्, तपाईं हामीहरूमध्ये एक शक्तिशाली शासक हुनुहुन्छ। हाम्रा चिहानमध्ये सबैभन्दा असलचाहिँ छानेर लाश गाड्नुहोस्। हामीमध्ये कसैले पनि आफ्नो चिहान लाश गाड्नलाई तपाईंलाई दिन इन्कार गर्नेछैन।”"},{"id":7,"text":"तब अब्राहाम उठेर हित्तीहरूका अगि निहुरेर दण्डवत् गरे। "},{"id":8,"text":"तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्ने तपाईंहरूको मन्जूरी छ भने मेरो कुरो सुन्नुहोस्, र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति यो बिन्ती गरिदिनुहोस्, "},{"id":9,"text":"कि उनले आफ्नो निजी मक्पेलाको ओड़ार मलाई बेचून्। त्यो उनका खेतको छेवैमा छ। त्यसको पूरा दाममा तपाईंहरूकै बीचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा देऊन्।”"},{"id":10,"text":"त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको ढोकाको अगाड़ि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने, "},{"id":11,"text":"“होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओड़ार पनि दिन्छु। मेरा मानिसहरूकै सामुन्ने त्यो म तपाईंलाई दिन्छु। तपाईं आफ्नो मरेकी स्त्रीलाई त्यहीँ गाड्नुहोस्।”"},{"id":12,"text":"अब्राहामले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत् गरे। "},{"id":13,"text":"अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, “तपाईंको मन्जूरी भए सुन्नुहोस्, म त्यस जग्गाको दाम दिनेछु। त्यो तपाईंले स्वीकार गर्नुहोस्, र त्यहाँ म यो लाश गाड्न पाऊँ।”"},{"id":14,"text":"एप्रोनले अब्राहामलाई भने, "},{"id":15,"text":"“हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। जग्गाको दाम त चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई तपाईं गाड्नुहोस्।”"},{"id":16,"text":"अब्राहामले एप्रोनको कुरा मन्जूर गरे र तिनले एप्रोनलाई हित्तीहरूका सामुन्ने उनले भनेबमोजिम, व्यापारीहरूमा जुन तौल प्रचलित थियो, त्यहीअनुसार चाँदीका चार सय सिक्का जोखी-जोखीकन उनलाई दिए।"},{"id":17,"text":"यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओड़ार र रूखहरूसमेत "},{"id":18,"text":"एप्रोनले त्यस सहरका ढोकाको अगाड़ि आएकाहरू हित्तीहरू सबैका सामु अब्राहामको अधिकारमा दिए। "},{"id":19,"text":"त्यसपछि अब्राहामले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात् हेब्रोनमा भएको मक्पेलाका खेतको ओड़ारमा गाड़े। "},{"id":20,"text":"यसरी त्यो खेत र त्यसमा भएको ओड़ारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा पक्कासँग दर्ता भयो।"}]},{"id":24,"title":"उत्पत्ति 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/24-92ff4f9baf5044b04d60ed3b1e4e3c6f.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब्राहाम दिन धेरै खाएर बूढ़ा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहामलाई आशिष् दिनुभएको थियो। "},{"id":2,"text":"अब्राहामले आफ्नो घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्। "},{"id":3,"text":"म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैंले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनू, "},{"id":4,"text":"तर मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनू।”"},{"id":5,"text":"तब त्यस नोकरले अब्राहामलाई भने, “यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउन इच्छा गरिन भनेता के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”"},{"id":6,"text":"अब्राहामले त्यसलाई भने, “तैंले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू। "},{"id":7,"text":"मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘म तेरै सन्तानलाई यो देश दिनेछु।’ उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक। "},{"id":8,"text":"त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँलाई मेरो यो शपथ लाग्नेछैन। केवल तैंले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू।” "},{"id":9,"text":"तब त्यस नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखीकन यस विषयमा तिनीसित शपथ खायो। "},{"id":10,"text":"त्यसपछि त्यो नोकर आफ्ना मालिकका दश वटा ऊँट र सबै किसिमका असल-असल सौगात लिएर बिदा भयो, र अराम-नाहारैमतिर लागेर नाहोरको सहरमा गयो। "},{"id":11,"text":"साँझपख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले ऊँटहरूलाई राख्यो।"},{"id":12,"text":"अनि त्यसले मनमनै प्रार्थना गर्यो, “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस्। "},{"id":13,"text":"हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। "},{"id":14,"text":"यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस्। तपाईंले मेरा मालिकलाई दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु।”"},{"id":15,"text":"त्यसले यो भनिसकेको पनि थिएन, अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्। "},{"id":16,"text":"कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्।"},{"id":17,"text":"तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, “कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।”"},{"id":18,"text":"तिनले “हजूर, खानुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिइन्।"},{"id":19,"text":"त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु।”"},{"id":20,"text":"तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डूँड़मा खन्याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन्। "},{"id":21,"text":"त्यो मानिसचाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चूप लागी डिठ लाएर तिनलाई हेरिरह्यो।"},{"id":22,"text":"ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्यो, "},{"id":23,"text":"“तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ?”"},{"id":24,"text":"तिनले त्यसलाई भनिन्, “म नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ।” "},{"id":25,"text":"तिनले त्यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्त छन्, डेरा गर्नलाई कोठा पनि छन्।”"},{"id":26,"text":"तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गरेर भन्यो, "},{"id":27,"text":"“परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको दया र विश्वस्तता त्याग्नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ।”"},{"id":28,"text":"तब ती कन्या गइन्, र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। "},{"id":29,"text":"रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए। लाबान निस्केर इनारनेर त्यस मानिस भएको ठाउँतिर दगुरेर गए। "},{"id":30,"text":"जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए। "},{"id":31,"text":"अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्यो उभिरहेको देखेर लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, भित्र आउनुहोस्। किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु।”"},{"id":32,"text":"तब त्यो मानिस लाबानसित उनको घरमा गयो, र लाबानले ऊँटहरूका भारीहरू झारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहामको नोकर र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिए। "},{"id":33,"text":"तब त्यसको सामु खानेकुरा पनि राखिदिए। तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ।”उनले भने, “ल, भन्नुहोस्।”"},{"id":34,"text":"तब त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष् दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। "},{"id":35,"text":"उहाँले तिनलाई बगालका बगाल भेड़ाबाख्राहरू र बथानका बथान गाई-गोरुहरू, तथा सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ। "},{"id":36,"text":"मेरा मालिककी पत्नी साराले बुढ़ेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना जे-जति छन् सबै दिएका छन्। "},{"id":37,"text":"मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैंले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू, "},{"id":38,"text":"तर मेरो कुटुम्बकहाँ र मेरो पिताको घरमा गएर तैंले मेरो छोराको निम्ति एउटी पत्नी खोजेर ल्याइदिनू।’"},{"id":39,"text":"“मैले मेरो मालिकलाई भनें, कथङ्कदाचित् त्यो स्त्री मेरो साथमा आउन मानिन भने नि त?”"},{"id":40,"text":"तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्डुल गर्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, र तैंले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस्। "},{"id":41,"text":"जब तँ मेरो कुटुम्बकहाँ पुग्नेछस् तब मेरो यस शपथबाट छुट्नेछस्। अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट तँ छुट्नेछस्।’"},{"id":42,"text":"आज इनारमा आइपुगेर मैले यसो भनें, हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, तपाईंको इच्छा भए तपाईंले मेरो कार्य सफल गराइदिनुहोस्। "},{"id":43,"text":"हेर्नुहोस्, म इनारमा उभिरहेछु। जुन स्त्री पानी भर्नलाई आउलिन् र मैले “तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,” भन्दा "},{"id":44,"text":"तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भन्नेछिन्, त्यही स्त्रीचाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको होस्।"},{"id":45,"text":"“मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’"},{"id":46,"text":"“तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘खानुहोस्। म तपाईंका ऊँटहरूका निम्ति पनि पानी खान दिनेछु।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्।"},{"id":47,"text":"“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें।“तिनले भनिन्, ‘नाहोर र मिल्काका छोरा बतूएलकी छोरी हुँ।’“तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ। "},{"id":48,"text":"अनि आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गरें, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्वरलाई धन्यको भनें, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति दिन मलाई ठीक बाटोमा डोर्याउनुभएको थियो। "},{"id":49,"text":"अब तपाईंहरू मेरा मालिकसँग दया र सत्यको व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस्। होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला।”"},{"id":50,"text":"तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईंलाई खराब अथवा असल केही भन्न सक्दैनौं। "},{"id":51,"text":"हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे। त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी तिनी तपाईंका मालिकका छोराकी पत्नी होस्।”"},{"id":52,"text":"अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गर्यो। "},{"id":53,"text":"तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो। त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् थोकहरू उपहारको रूपमा दियो। "},{"id":54,"text":"तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्यो रात त्यहीँ बिताए।बिहान उठेपछि त्यसले भन्यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्।”"},{"id":55,"text":"तर रिबेकाका दाजु र आमाले भने, “कन्यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्। त्यसपछि तिनी गए हुन्छ।”"},{"id":56,"text":"तर त्यसले तिनीहरूलाई भन्यो, “मलाई नअलमल्याउनुहोस्। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।”"},{"id":57,"text":"तब तिनीहरूले भने, “हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं।” "},{"id":58,"text":"अनि तिनीहरूले रिबेकालाई डाकेर भने, “के तिमी यस मानिसको साथमा जान्छ्यौ?”तिनले भनिन्, “म जान्छु।”"},{"id":59,"text":"यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए। "},{"id":60,"text":"तिनीहरूले रिबेकालाई आशिष् दिएर भने,\n“हे हाम्री बहिनी,\nतिमी हजारौँ हजारका आमा होऊ,\nर तिम्रा सन्तानले तिनीहरूसँग\nदुश्मनी गर्नेहरूका सहरहरू कब्जा गरून्।”"},{"id":61,"text":"तब रिबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढ़ेर त्यस मानिसको पछि लागे। यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो।"},{"id":62,"text":"अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए। "},{"id":63,"text":"इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे। "},{"id":64,"text":"रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लेर त्यस नोकरलाई सोधिन्, "},{"id":65,"text":"“हामीलाई भेट्न बाहिर हिँड्दैआउने मानिस को हुन्?”त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन्।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन्।"},{"id":66,"text":"त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो। "},{"id":67,"text":"इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए।"}]},{"id":25,"title":"उत्पत्ति 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/25-d9d7fab3d497b7500e702414b2d7adfb.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब्राहामले अर्की एउटी पत्नी विवाह गरे। तिनको नाउँ कतूरा थियो। "},{"id":2,"text":"तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माइन्। "},{"id":3,"text":"योक्षान शेबा र ददानका पिता भए। ददानका सन्तान अश्शूरी, लतूशी र लऊम्मीहरू थिए। "},{"id":4,"text":"मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तान हुन्।"},{"id":5,"text":"अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई नै दिए। "},{"id":6,"text":"तर आफू जीवित छँदै उनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्ना छोरा इसहाकबाट छुट्ट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए।"},{"id":7,"text":"अब्राहाम जम्मा एक सय पचहत्तर वर्षसम्म बाँचे। "},{"id":8,"text":"अब्राहाम दीर्घायु भई पूरा बुढ़ेसकालमा मरे, र आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए। "},{"id":9,"text":"उनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्पेलाको ओड़ारमा गाड़े। "},{"id":10,"text":"त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहीँ नै अब्राहाम आफ्नी पत्नी सारासित गाड़िए। "},{"id":11,"text":"अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो। त्यस बेला इसहाक बेअर-लहै-रोइनेर बसोबास गरे।"},{"id":12,"text":"साराकी कमारी मिश्री हागारपट्टिबाट जन्मेको अब्राहामको छोरो इश्माएलको वृत्तान्त यही हो। "},{"id":13,"text":"जन्म क्रमको सूचीअनुसार इश्माएलका छोराहरूका नाउँ यी नै हुन्: इश्माएलको जेठो छोरो नबायोत, र केदार, अदबेल, मिब्साम, "},{"id":14,"text":"मिश्मा, दुमा, मस्सा, "},{"id":15,"text":"हदद, तेमा, यतूर, नापीश र केदमा। "},{"id":16,"text":"इश्माएलका छोराहरू यी नै हुन्। तिनीहरूका बस्ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै हुन्। "},{"id":17,"text":"इश्माएलको जम्मा उमेर एक सय सैँतीस वर्ष थियो, तब तिनको मृत्यु भयो र तिनी आफ्ना पिता-पुर्खाहरूसँगै मिल्न गए। "},{"id":18,"text":"मिश्रको सिमानानेर, अश्शूर देशतर्फ हवीलादेखि शूरसम्म तिनीहरू बसोबास गर्थे। अनि तिनीहरू आफ्ना दाजुभाइको शत्रुतामा बस्थे।"},{"id":19,"text":"अब्राहामका छोरा इसहाकको वृत्तान्त यही हो।अब्राहाम इसहाकका पिता भए। "},{"id":20,"text":"इसहाकले चालीस वर्षको उमेरमा पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे।"},{"id":21,"text":"तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो, र रिबेका गर्भवती भइन्। "},{"id":22,"text":"गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्त गर्न लागे।“किन मलाई यस्तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्न लागिन्। "},{"id":23,"text":"परमप्रभुले तिनलाई भन्नुभयो, \n“तेरो कोखमा दुई जातिहरू छन्,\nतेरो गर्भबाट जन्मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्मनेछन्।\nएक जना अर्कोभन्दा बलवान् हुनेछ,\nर जेठाले कान्छाको सेवा गर्नेछ।”"},{"id":24,"text":"तिनको सुत्केरी हुने बेला आयो, र तिनको कोखमा जुम्ल्याहा रहेछन्। "},{"id":25,"text":"जेठोचाहिँ रातो वर्णको, शरीरभरि रौँको लुगा लाएजस्तै जन्म्यो। यसकारण त्यसको नाउँ एसाव राखियो। "},{"id":26,"text":"त्यसपछि त्यसको भाइचाहिँ एसावको कुर्कुच्चा हातले समातेर निस्क्यो। यसैकारण त्यसको नाउँ याकूब राखियो। रिबेकाले यिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।"},{"id":27,"text":"यिनीहरू बढ़ेपछि एसावचाहिँ सिपालु शिकारी र मैदानमा डुलिहिँड्ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए। "},{"id":28,"text":"इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्।"},{"id":29,"text":"एक पल्ट याकूबले सुरुवा पकाइराखेको बेलामा एसाव मैदानबाट आए। उनलाई भोकले भाउन्न छुटेको थियो। "},{"id":30,"text":"एसावले याकूबलाई भने, “मलाई त्यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्थ्यो।)"},{"id":31,"text":"याकूबले भने, “पहिले मलाई तपाईंको ज्येष्ठ-अधिकार बेच्नुहोस्।”"},{"id":32,"text":"एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?”"},{"id":33,"text":"याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्नुहोस्।” तब उनले शपथ खाए, र आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे। "},{"id":34,"text":"त्यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए।"}]},{"id":26,"title":"उत्पत्ति 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/26-6de4a39eb743859c0326103b629b344f.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए। "},{"id":2,"text":"परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, “मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस्। "},{"id":3,"text":"त्यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यी नै देशहरू दिनेछु। "},{"id":4,"text":"तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष् पाउनेछन्, "},{"id":5,"text":"किनभने अब्राहामले मेरो वचन पालन गर्यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्यो।” "},{"id":6,"text":"यसैकारण इसहाक गरारमा नै बसे।"},{"id":7,"text":"त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपूछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्” भने। किनभने “रिबेकाको खातिर त्यस ठाउँका मानिसहरूले मलाई मारिहाल्लान्” भनी रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए। किनकि रिबेका अत्यन्तै सुन्दरी थिइन्। "},{"id":8,"text":"इसहाक त्यहाँ धेरै दिन बसेपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्दा इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीड़ा गरिरहेका देखे। "},{"id":9,"text":"यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “हेर, तिनी त साँच्चै तिम्री पत्नी रहिछन्। किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?”इसहाकले उनलाई भने, “किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान् भन्ने मैले सोचें।”"},{"id":10,"text":"अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”"},{"id":11,"text":"यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ।”"},{"id":12,"text":"इसहाकले बालीनाली लगाए, र त्यही साल तिनले सय गुणा कटनी गरे। "},{"id":13,"text":"परमेश्वरले तिनलाई आशिष् दिनुभयो, र तिनी धनी भए, र झन्-झन् बढ़ेर तिनी अत्यन्तै धनाढ्य भए। "},{"id":14,"text":"तिनका प्रशस्त भेड़ाबाख्रा, गाई-गोरु र नोकरचाकर भए। यसैकारण पलिश्तीहरूले तिनलाई डाह गर्न लागे। "},{"id":15,"text":"तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिश्तीहरूले रोके, र ढुङ्गा-माटोले पुरिदिए।"},{"id":16,"text":"त्यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हाम्रा निम्ति ज्यादै शक्तिशाली भएका छौ।”"},{"id":17,"text":"तब त्यहाँबाट निस्केर इसहाकले गरारको बेँसीमा आफ्नो पाल टाँगेर बसोबास गर्न लागे। "},{"id":18,"text":"तिनले आफ्ना पिताका पालोमा खनिएका इनारहरू फेरि खन्न लाए। किनभने अब्राहामको मृत्युपछि पलिश्तीहरूले ती पुरिदिएका थिए। अनि तिनले ती इनारहरूका नाउँ आफ्ना पिताले राखेकै नाउँ राखिदिए।"},{"id":19,"text":"बेँसीमा खन्दा इसहाकका नोकरहरूले उम्रेको पानीको मूल भेट्टाए। "},{"id":20,"text":"तर गरारका गोठालाहरू इसहाकका गोठालाहरूसँग “यो पानी हाम्रो हो” भनेर झगड़ा गर्न लागे। यसकारण तिनले त्यस इनारको नाउँ एसेक राखे, किनभने उनीहरूले तिनीहरूसँग झगड़ा गरेका थिए। "},{"id":21,"text":"तब तिनीहरूले अर्को इनार खने, र त्यसमा पनि झगड़ा भयो। यसकारण तिनले त्यसको नाउँ सित्ना राखे। "},{"id":22,"text":"तिनी त्यहाँबाट अन्यत्र गए, र तिनले अर्को इनार खने। त्यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौं।”"},{"id":23,"text":"त्यहाँदेखि तिनी बेर्शेबामा सरे। "},{"id":24,"text":"परमप्रभु त्यही रात तिनीकहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ। नडरा, किनभने म तँसँग छु। म तँलाई आशिष् दिनेछु, र मेरो दास अब्राहामको खातिर म तेरा सन्तानको वृद्धि गराउनेछु।”"},{"id":25,"text":"तब इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे, र आफ्नो पाल त्यहीँ नै टाँगे। त्यहाँ तिनका नोकरहरूले एउटा इनार खने।"},{"id":26,"text":"एक दिन अबीमेलेक आफ्ना सल्लाहकार अहुज्जत र आफ्नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट इसहाककहाँ आए। "},{"id":27,"text":"इसहाकले तिनीहरूलाई भने, “दुश्मनी गरेर तपाईंहरूका बीचबाट मलाई निकाल्नुभयो, र पनि तपाईंहरू अहिले किन मकहाँ आउनुभयो?”"},{"id":28,"text":"तिनीहरूले भने, “हामीले प्रष्टै देख्यौं कि परमप्रभु तपाईंसँग हुनुहुन्थ्यो। यसैले हामी यही भन्न चाहन्छौं कि हाम्रा बीचमा, अर्थात् तपाईं र हाम्रा बीचमा एउटा सम्झौता होस्। तपाईंसँग हामी शपथसहितको एउटा सन्धि गरौं, "},{"id":29,"text":"जसद्वारा तपाईंले हामीलाई केही हानि गर्नुहुनेछैन, जसरी हामीले पनि तपाईंलाई नछोईकन शान्तिसाथ पठाएका थियौं। तपाईं अब परमेश्वरका आशिष्का पात्र हुनुहुन्छ।”"},{"id":30,"text":"तब इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए। "},{"id":31,"text":"बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्तिसाथ छुट्टिएर गए।"},{"id":32,"text":"त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने, “हामीले पानी भेट्टाएका छौं।” "},{"id":33,"text":"तब तिनले त्यसको नाउँ शिबा राखे। यसकारण त्यस सहरको नाउँ आजसम्म बेर्शेबा भनिन्छ।"},{"id":34,"text":"एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए। "},{"id":35,"text":"ती स्त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो।"}]},{"id":27,"title":"उत्पत्ति 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/27-d547882aae438b63c96d976b9f0a507f.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो।”उनले तिनलाई जवाफ दिए, “हजूर।”"},{"id":2,"text":"तिनले भने, “हेर्, म वृद्ध भएँ। मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिनँ। "},{"id":3,"text":"अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति शिकार मारेर, "},{"id":4,"text":"स्वादिष्ठ तरकारी बनाई मकहाँ ले, र खाएर मेरो मृत्युअघि म तँलाई आशिष् दिऊँ।”"},{"id":5,"text":"इसहाकले एसावसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्। जब एसाव मैदानमा शिकार मारेर ल्याउन गए, "},{"id":6,"text":"तब रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरिरहेको मैले सुनें, "},{"id":7,"text":"‘शिकार मारेर मकहाँ ले, र मेरो निम्ति स्वादिष्ठ तरकारी तयार गर्, र त्यो खाएर मेरो मृत्युअघि परमप्रभुको सामुन्ने म तँलाई आशिष् दिनेछु।’ "},{"id":8,"text":"यसकारण ए छोरो, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान्। "},{"id":9,"text":"बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी म बनाइदिऊँ। "},{"id":10,"text":"अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, र तिनले यो खाएर आफ्नो मृत्युअघि तँलाई नै आशिष् देऊन्।”"},{"id":11,"text":"याकूबले आफ्नी आमा रिबेकालाई भने, “तर हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्। मचाहिँ रौँ नभएको छु। "},{"id":12,"text":"शायद मेरा पिताले मलाई छाम्नुहुन्छ, र उहाँको सामु म छली देखिनेछु। र आशिष् त होइन, तर ममाथि सराप आइपर्ला।”"},{"id":13,"text":"तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, तँलाई दिएको सराप ममाथि नै परोस्। केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले।”"},{"id":14,"text":"तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनले याकूबका बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी तयार गरिन्। "},{"id":15,"text":"तब घरमा भएका आफ्ना जेठो छोरा एसावका असल-असल लुगाहरू झिकेर रिबेकाले ल्याइन्, र कान्छा छोरा याकूबलाई लगाइदिइन्। "},{"id":16,"text":"बाख्राका पाठाका छालाहरू याकूबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन्, "},{"id":17,"text":"अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन्।"},{"id":18,"text":"याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा।”इसहाकले भने, “हँ, तँ को होस्?”"},{"id":19,"text":"याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले अह्राउनुभएबमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस्, र मैले ल्याएको शिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”"},{"id":20,"text":"इसहाकले आफ्ना छोरालाई भने, “छोरो, कसरी तैंले यति चाँड़ै त्यो भेट्टाउन सकिस्?”तिनले जवाफ दिए, “परमप्रभु तपाईंका परमेश्वरले मलाई सफल गराउनुभयो।”"},{"id":21,"text":"तब इसहाकले याकूबलाई भने, “छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस् कि होइनस् म यसो हेरूँ।”"},{"id":22,"text":"याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्।” "},{"id":23,"text":"तिनका हातहरू तिनका दाजु एसावकै हातजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकूबलाई आशिष् दिए। "},{"id":24,"text":"इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस् त?”याकूबले जवाफ दिए, “म एसाव नै हुँ।”"},{"id":25,"text":"तब इसहाकले भने, “तैंले शिकार गरेको मासु यहाँ ले, र म खाऊँ, र तँलाई आशिष् दिऊँ।”तब याकूबले त्यो आफ्ना पिताकहाँ ल्याए, र उनले खाए। अनि तिनले दाखमद्य पनि लगिदिए, र उनले पिए। "},{"id":26,"text":"तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो नजिकै आएर मलाई म्वाइँ खा, मेरो छोरो।”"},{"id":27,"text":"याकूब नजिक गएर आफ्ना पितालाई म्वाइँ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्ध सुँघेर यसो भनी आशिष् दिए, \n“हेर, मेरो छोराको बास्ना,\nपरमप्रभुले आशिष् दिनुभएको\nखेतको बास्नाजस्तै छ।"},{"id":28,"text":"परमेश्वरले तँलाई आकाशको शीतबाट\nर पृथ्वीको प्रचुरताबाट धेरै\nदाखमद्य र अन्न देऊन्।"},{"id":29,"text":"जाति-जातिले तेरो सेवा गरून्। \nर मानिसहरूले तँलाई दण्डवत् गरून्।\nतेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्,\nर तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून्।\nतँलाई सराप्नेहरू सबै श्रापित होऊन्,\nर तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन्।”"},{"id":30,"text":"इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका दाजु एसाव शिकारबाट आइपुगे। "},{"id":31,"text":"उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्नो पिताकहाँ ल्याए। र उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको शिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”"},{"id":32,"text":"उनका पिता इसहाकले उनलाई सोधे, “तँचाहिँ को होस्?”उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।”"},{"id":33,"text":"इसहाक भयानकसँग कामे र भने, “त्यसोभए त्यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्यायो, र तँ आउन अघि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकें? हो, त्योचाहिँ आशीर्वादी हुनेछ।”"},{"id":34,"text":"जब एसावले आफ्ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को सोरले रोए र आफ्ना पितालाई भने, “बुबा, मलाई पनि आशिष् दिनुहोस्।”"},{"id":35,"text":"तर इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष् लगिहाल्यो।”"},{"id":36,"text":"एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठीकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठगिसक्यो। त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?” "},{"id":37,"text":"इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकें। र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ। अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु। अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?”"},{"id":38,"text":"एसावले आफ्ना पितालाई भने, “तपाईंसित एउटै मात्र आशिष् छ र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस्।” अनि एसाव डाँको छोड़ेर रोए। "},{"id":39,"text":"तब उनका पिता इसहाकले भने, \n“हेर्, तेरो बसोबास पृथ्वीको\nप्रशस्तपनाबाट बाहिरै हुनेछ,\nर आकाशको शीतबाट बाहिर।"},{"id":40,"text":"तैंले आफ्नो तरवारको बलले जीविका चलाउनेछस्, \nर तैंले तेरो भाइको सेवा गर्नेछस्।\nतर तँ व्याकुल भएपछि\nतैंले त्यसको जुवा तेरो काँधबाट\nहल्लाएर फ्याँक्नेछस्।”"},{"id":41,"text":"आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनीसँग दुश्मनी गर्न लागे, र एसावले मनमनै भने, “मेरा पिताको मर्ने बेला नजिकै आइपुगेको छ। त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।”"},{"id":42,"text":"तर तिनका जेठा छोरा एसावको यो कुरा रिबेकाकहाँ पुग्यो। यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ। "},{"id":43,"text":"यसकारण ए छोरो, मैले भनेको कुरा मान्। तँ हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा, "},{"id":44,"text":"र तेरो दाजुको रीस नमरुञ्जेल केही दिन त्यहाँ उनीसँग बस्। "},{"id":45,"text":"तैंले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?”"},{"id":46,"text":"तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ?”"}]},{"id":28,"title":"उत्पत्ति 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/28-59b72e58278a258cef17b5057a2c6b4a.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैंले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नू। "},{"id":2,"text":"पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्। "},{"id":3,"text":"सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, र तँ मानिसहरूको एक समुदाय होस्। "},{"id":4,"text":"परमेश्वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहामले पाएको आशिष् देऊन्, कि तँ प्रवासी भएको यस देशमा, जो परमेश्वरले अब्राहामलाई दिनुभएको हो, तेरै अधिकार होस्।” "},{"id":5,"text":"यसरी इसहाकले याकूबलाई पठाए। तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए।"},{"id":6,"text":"अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पद्दन-आराममा पठाएछन्, र तिनलाई आशीर्वाद दिएर, “तैंले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नू” भन्ने कुरा एसावले थाहा पाए। "},{"id":7,"text":"र याकूब बाबु-आमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएछ भन्ने पनि एसावले थाहा पाए। "},{"id":8,"text":"कनानी स्त्रीहरू उनका बुबालाई मन पर्दैन रहेछ भन्ने जब एसावले पत्ता लगाए, "},{"id":9,"text":"तब एसाव इश्माएलकहाँ गए, र उनका आफ्ना पत्नीहरूबाहेक अब्राहामका छोरा इश्माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्नी पत्नी तुल्याएर ल्याए।"},{"id":10,"text":"बेर्शेबा छोड़ेर याकूब हारानतिर लागे। "},{"id":11,"text":"कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यहीँ वास बसे। त्यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्नो सिरान बनाएर सुत्नलाई त्यहीँ पल्टे। "},{"id":12,"text":"तिनले यस्तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्याङ रहेछ, र त्यसको टुप्पाचाहिँ आकाशसम्मै पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दारहेछन्। "},{"id":13,"text":"परमप्रभु त्यसमाथि उभिनुभयो, र याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ। जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु। "},{"id":14,"text":"तेरा सन्तान पृथ्वीको धूलोसरह हुनेछन्। पूर्व, पश्चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्। तँ र तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्। "},{"id":15,"text":"हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्जेल म तँलाई छोड्नेछैनँ।”"},{"id":16,"text":"तब याकूब निद्राबाट ब्यूँझेर भने, “निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।” "},{"id":17,"text":"तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्तो भययोग्य रहेछ। यो त परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ। यो त स्वर्गको ढोका पो रहेछ।”"},{"id":18,"text":"याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्तै गरी खड़ा गरेर त्यसको टुप्पामा तेल खन्याए। "},{"id":19,"text":"तिनले त्यस ठाउँको नाउँ बेथेल राखे। पहिले त्यस ठाउँको नाउँ लूज थियो।"},{"id":20,"text":"तब याकूबले यसो भन्ने भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो, "},{"id":21,"text":"अनि म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा आउन पाएँ भने, परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ। "},{"id":22,"text":"र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्य चढ़ाउनेछु।”"}]},{"id":29,"title":"उत्पत्ति 29","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/29-87bf8ad97173182c9400db5ff1786b29.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब याकूब उठेर आफ्नो बाटो लागे, र पूर्ववासीहरूको देशमा पुगे। "},{"id":2,"text":"त्यहाँ तिनले मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेड़ाका तीन बगाल बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठूलो ढुङ्गा थियो। "},{"id":3,"text":"जब सबै बगालहरू त्यहाँ जम्मा हुन्थे, तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुड़ाएर भेड़ाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्यो ढुङ्गा राखिदिन्थे।"},{"id":4,"text":"याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?”तिनीहरूले भने, “हामी हारानमा बस्ने हौं।”"},{"id":5,"text":"तिनले भने, “तिमीहरू नाहोरका नाति लाबानलाई चिन्छौ?”तिनीहरूले भने, “तिनलाई हामी चिन्छौं।”"},{"id":6,"text":"याकूबले तिनीहरूलाई सोधे, “के उहाँ सन्चै हुनुहुन्छ?”तिनीहरूले भने, “उहाँ सन्चै हुनुहुन्छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेड़ाहरू लिएर आउँदैछिन्।”"},{"id":7,"text":"तिनले भने, हेर, साँझ परेको छैन। भेड़ाबाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन। भेड़ाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाओ।"},{"id":8,"text":"तिनीहरूले भने, “सबै बगालहरू जम्मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुड़ाइकन हामी त्यसो गर्न सक्दैनौं। त्यसपछि मात्र हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।”"},{"id":9,"text":"याकूब तिनीहरूसँग कुरा गरिरहँदा, राहेल आफ्ना बुबाका भेड़ाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेड़ाहरू तिनले नै चराउने गर्थिन्। "},{"id":10,"text":"जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र आफ्ना मामाका भेड़ाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुड़ाइदिए, र आफ्ना मामा लाबानका भेड़ाहरूलाई पानी खुवाइदिए। "},{"id":11,"text":"तब याकूबले राहेललाई म्वाइँ खाए, र रुन लागे। "},{"id":12,"text":"याकूबले राहेललाई “म तिम्रा बाबुको नातेदार, रिबेकाको छोरा हुँ” भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइदिइन्।"},{"id":13,"text":"आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए, र तिनलाई अँगालो हालेर म्वाइँ खाए, अनि तिनलाई आफ्नो घरमा ल्याए। "},{"id":14,"text":"अनि याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, “वास्तवमा तिमी मेरो हाड़ र मासु हौ।”याकूब उनीसँग एक महिना बसेपछि "},{"id":15,"text":"लाबानले तिनलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्ने? ज्याला कति हुनुपर्छ मलाई भन।”"},{"id":16,"text":"लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो। "},{"id":17,"text":"लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ सुडौल र सुन्दरी थिइन्। याकूबले राहेललाई प्रेम गरे। "},{"id":18,"text":"तिनले भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति सात वर्षसम्म म तपाईंको सेवा गर्नेछु।”"},{"id":19,"text":"लाबानले भने, “त्यसलाई अरू कोहीसँग विवाह गरिदिनुभन्दा त तिमीलाई दिनु नै असल हो। हुन्छ, मसँगै बस।” "},{"id":20,"text":"यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो।"},{"id":21,"text":"त्यसपछि याकूबले लाबानलाई भने, “मैले तपाईंको सेवा गरिसकें। अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्। म तिनीसँग सहवास गर्न चाहन्छु।”"},{"id":22,"text":"तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए। "},{"id":23,"text":"तर साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे। "},{"id":24,"text":"लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए।"},{"id":25,"text":"याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्। तब तिनले लाबानलाई भने, “तपाईंले मप्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो?”"},{"id":26,"text":"लाबानले भने, “हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नुहुँदैन। "},{"id":27,"text":"लेआसँग एक साता पूरा गर, र अर्को सात वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्छी पनि दिइहाल्छु।”"},{"id":28,"text":"याकूबले त्यसै गरे, र लेआसँग एक साता पूरा गरे। तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकूबकी पत्नीको रूपमा दिए। "},{"id":29,"text":"लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए। याकूबले राहेलसँग पनि सहवास गरे। "},{"id":30,"text":"तिनले लेआलाई भन्दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे।"},{"id":31,"text":"लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्। "},{"id":32,"text":"लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ।”"},{"id":33,"text":"तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्। तिनले भनिन्, “म अवहेलित भएकी छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो।” र तिनले त्यसको नाउँ शिमियोन राखिन्।"},{"id":34,"text":"तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्यसको नाउँ लेवी राखियो।"},{"id":35,"text":"तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्यसको नाउँ यहूदा राखियो। त्यसपछि तिनले जन्माउन छोड़िन्।"}]},{"id":30,"title":"उत्पत्ति 30","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/30-51f09a9d313bc7b58c516e6baaffd9c7.mp3?version_id=1483","verses":[{"id":1,"text":"याकूबबाट आफ्नो केही सन्तान नभएको देखेर राहेलले आफ्नी दिदीसित डाह गर्न लागिन्। तिनले याकूबलाई भनिन्, “मलाई पनि सन्तान दिनुहोस्, नत्र म मर्नेछु।”"},{"id":2,"text":"याकूबले राहेलसित रिसाएर भने, “तिम्रो कोख थुनिदिने म परमेश्वरको स्थानमा छु र?”"},{"id":3,"text":"तब तिनले भनिन्, “मेरी कमारी बिल्हा यहीँ छे। त्यससँग सहवास गर्नुहोस् र त्यसले मेरो निम्ति बच्चा जन्माओस् र त्यसद्वारा मलाई पनि सन्तान मिलोस्।”"},{"id":4,"text":"यसकारण राहेलले आफ्नी कमारी बिल्हालाई याकूबकी पत्नीको रूपमा दिइन्, र याकूब त्यसकहाँ गए। "},{"id":5,"text":"बिल्हाले गर्भवती भएर याकूबबाट एक जना छोरो जन्माई। "},{"id":6,"text":"तब राहेलले भनिन्, “परमेश्वरले मलाई ठीक ठहराउनुभयो, र मेरो बिन्ती पनि सुनेर मलाई एक जना छोरो दिनुभयो।” यसकारण तिनले त्यसको नाउँ दान राखिन्।"},{"id":7,"text":"राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई, र त्यसले याकूबबाट अर्को एक जना छोरो जन्माई। "},{"id":8,"text":"तब राहेलले भनिन्, “ज्यादै लड़न्त गरेर मैले मेरी दिदीलाई जितें।” यसैकारण तिनले त्यसको नाउँ नप्ताली राखिन्।"},{"id":9,"text":"आफूले जन्माउन छोड़ेको देखेर लेआले आफ्नी कमारी जिल्पालाई लगेर याकूबलाई पत्नीको रूपमा दिइन्। "},{"id":10,"text":"लेआकी कमारी जिल्पाले याकूबबाट एक जना छोरो जन्माई, "},{"id":11,"text":"र लेआले भनिन्, “भाग्यमानी।” यसैकारण तिनले त्यसको नाउँ गाद राखिन्।"},{"id":12,"text":"लेआकी कमारी जिल्पाले याकूबबाट अर्को एक जना छोरो जन्माई। "},{"id":13,"text":"अनि लेआले भनिन्, “म सुखी रहिछु। स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसैले तिनले त्यसको नाउँ आशेर राखिन्।"},{"id":14,"text":"गहूँ फसलको बेलामा रूबेन खेतमा गए, र विशाखमूलहरू भेट्टाएर आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “कृपा गरी तपाईंको छोराले ल्याएका विशाखमूलहरूबाट मलाई केही दिनुहोस्।”"},{"id":15,"text":"तर लेआले तिनलाई भनिन्, “के मेरो पति मबाट खोस्नु सानो कुरो हो र, अब तिमी मेरो छोराको विशाखमूल पनि लिन खोज्छ्यौ?”राहेलले भनिन्, “त्यसो भए तपाईंको छोराको विशाखमूलको निम्ति आज राती उहाँ तपाईंसित सुत्नुहुन्छ।”"},{"id":16,"text":"साँझमा याकूब खेतबाट आउँदा लेआ तिनलाई भेट गर्न गइन्, र भनिन्, “तपाईं मकहाँ आउनुपर्छ, किनभने मेरो छोराका विशाखमूलहरूसँग तपाईंलाई भाड़ामा लिएकी छु।” यसकारण याकूब त्यस रात तिनीसित सुते।"},{"id":17,"text":"परमेश्वरले लेआको बिन्ती सुन्नुभयो, र तिनी गर्भवती भइन्, र याकूबबाट तिनले आफ्नो पाँचौँ छोरो जन्माइन्। "},{"id":18,"text":"तब लेआले भनिन्, “मैले मेरी कमारी मेरा पतिलाई दिएकी हुनाले परमेश्वरले मलाई मेरो इनाम दिनुभयो।” यसकारण तिनले त्यसको नाउँ इस्साखार राखिन्।"},{"id":19,"text":"लेआ फेरि गर्भवती भइन्, र याकूबबाट आफ्नो छैटौँ छोरो जन्माइन्। "},{"id":20,"text":"तब लेआले भनिन्, “परमेश्वरले मलाई अमूल्य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्ति छ जना छोराहरू जन्माइसकें।” यसैकारण तिनले त्यसको नाउँ जबूलून राखिन्।"},{"id":21,"text":"केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनले त्यसको नाउँ दीना राखिन्।"},{"id":22,"text":"तब परमेश्वरले राहेललाई सम्झनुभयो, र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो। "},{"id":23,"text":"तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र भनिन्, “परमेश्वरले ममाथि परेको निन्दा हटाइदिनुभयो।” "},{"id":24,"text":"तिनले त्यसको नाउँ योसेफ राखिन्। अनि तिनले भनिन्, “परमेश्वरले मलाई अर्को छोरो पनि देऊन्।”"},{"id":25,"text":"राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “आफ्नो देश र घरमा जान मलाई बिदा दिनुहोस्। "},{"id":26,"text":"मलाई मेरा पत्नीहरू र छोराछोरीहरू लैजान दिनुहोस्, जसका निम्ति मैले तपाईंको चाकरी गरेको छु। मलाई जान दिनुहोस्, किनभने मैले गरेको सेवा तपाईंलाई थाहै छ।”"},{"id":27,"text":"तर लाबानले तिनलाई भने, “ममाथि तिम्रो निगाह भए, बस। पूर्वलक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष् दिनुभएको छ। "},{"id":28,"text":"ज्याला कति लिन्छौ मलाई भन, र म तिमीलाई त्यति दिउँला।”"},{"id":29,"text":"याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु, र तपाईंका गाईबस्तु मसित कसरी सप्रेका छन् सो तपाईं आफै जान्नुहुन्छ। "},{"id":30,"text":"म आउनुभन्दा अघि तपाईंसँग थोरै थिए र अहिले प्रशस्त भएको छ। मैले जहाँ हात लगाए पनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मेरो आफ्नै घरबारको निम्तिचाहिँ मैले कहिले व्यवस्था गर्ने?”"},{"id":31,"text":"उनले भने, “म तिमीलाई के दिऊँ त?”याकूबले भने, “तपाईं मलाई केही नदिनुहोस्। तर यदि तपाईंले मेरो निम्ति यति एउटा कुरा गर्नुहुन्छ भने, म तपाईंका बगालहरूको हेरचाह गरी चराउँदैरहनेछु। "},{"id":32,"text":"आज तपाईंका सबै बगालबाट थोप्ले र पेटारे भेड़ा र कालो थुमा, र बाख्राहरूमध्येबाट पनि थोप्ले र पेटारे जति छुट्ट्याउँदैजान दिनुहोस्। मेरो ज्याला तिनीहरू नै होऊन्। "},{"id":33,"text":"अनि तपाईं पछि यसअनुसार मेरो ज्यालाको हिसाब गर्नुहुँदा मेरो ईमानदारीले नै मेरो निम्ति जवाफ दिनेछ। बाख्राहरूमध्येका थोप्ले र पेटारे नभए जत्ति र थुमाहरूमध्ये काला नभए जत्ति मसँग फेला पर्यो भने मैले ती चोरेको ठहरिनेछ।”"},{"id":34,"text":"लाबानले भने, “हुन्छ, तिमीले भनेजस्तै होस्।” "},{"id":35,"text":"त्यस दिन पेटारे र थोप्ले बोकाहरू र पेटारे र थोप्ले बाख्रीहरू (जसका सेता दाग थिए) र हरेक काला थुमा लाबानले छुट्ट्याएर आफ्ना छोराहरूको जिम्मामा लगाइदिए। "},{"id":36,"text":"तब याकूब र उनको बीचमा लाबानले तीन दिनको बाटो जति अन्तर राखे। अनि याकूबले चाहिँ लाबानका बाँकी बगालहरू चराउन लागे।"},{"id":37,"text":"तब याकूबले लहरे-पीपल, हाड़े-बदाम र चिनारका रूखका भर्खर काटिएका हाँगाहरू लिएर तिनमा सेता-सेता धर्का बनाउनलाई तिनका बोक्रा ताछे। "},{"id":38,"text":"अनि तिनले ती हाँगाहरू बगालले पानी खान आउने ठाउँमा बगालहरूका सामुन्ने तिनीहरूका पानी खाने डूँड़मा राखे। तिनीहरू पानी खान आउँदा त्यहीँ मिसिन्थे। "},{"id":39,"text":"ती बगालहरू ती हाँगाहरूका सामुन्ने मिसिने भएका हुनाले तिनीहरूले पाठा-पाठी पनि त्यस्तै छिर्केमिर्के, पेटारे र थोप्ले बियाए। "},{"id":40,"text":"याकूबले ती पाठाहरू छुट्ट्याएर बाँकी बगालचाहिँ लाबानका बगालका छिर्केमिर्के र काला-कालाहरूतिर पठाइदिए। यसरी तिनले आफ्ना बगालचाहिँ लाबानका बगालसित नमिसाएर अलग्गै राखे। "},{"id":41,"text":"ती हाँगाहरूका सामु मिसिऊन् भनेर बलिया-बलिया बगालहरू मिसिने बेलामा चाहिँ याकूबले डूँड़मा ती बगालका आँखाकै सामु ती हाँगाहरू राखिदिन्थे। "},{"id":42,"text":"तर निर्धा बगालहरूका निम्तिचाहिँ तिनले ती हाँगाहरू राखिदिँदैनथे। यसकारण निर्धा जत्ति लाबानका भए, र बलिया जत्तिचाहिँ याकूबका भए। "},{"id":43,"text":"यसरी याकूब अत्यन्तै धनी भए, र तिनका ठूला-ठूला बगाल, नोकर-चाकर, ऊँट र गधाहरू पनि भए।"}]},{"id":31,"title":"उत्पत्ति 31","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/31-c3ea13af8b012e1f64624709eb72770d.mp3?version_id=1483","verses":[{"id":1,"text":"लाबानका छोराहरूले यसो भनिरहेका याकूबले सुने, “हाम्रा बुबाका सबै थोक याकूबले लिइसके, र हाम्रा बुबाकै सम्पत्तिबाट तिनले यत्ति धेरै पाएका छन्।” "},{"id":2,"text":"र याकूबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलेजस्तै नभएको देखे।"},{"id":3,"text":"तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पिता-पुर्खा र तेरो कुटुम्बकहाँ फर्केर जा, र म तँसँग हुनेछु।”"},{"id":4,"text":"यसकारण याकूबले राहेल र लेआलाई आफ्ना बगाल भएको खर्कमा बोलाइपठाए, "},{"id":5,"text":"र तिनीहरूलाई भने, “तिमीहरूका बुबाको मप्रतिको भावना पहिलेजस्तै नभएको म देख्दैछु। तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ। "},{"id":6,"text":"मेरो बलले भ्याएसम्म मैले तिमीहरूका बुबाको सेवा गरेको तिमीहरूलाई थाहै छ। "},{"id":7,"text":"तापनि तिमीहरूका बुबाले मलाई ठग्नुभएको छ, र मेरो ज्याला दश पल्ट बदल्नुभएको छ। तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएन। "},{"id":8,"text":"उनले थोप्ले जत्ति तिम्रो ज्याला होस् भन्दा सबै बगालले थोप्ले नै बियाए। अनि उनले पेटारे जत्ति तिम्रो ज्याला होस् भन्दा सबै बगालले पेटारे नै बियाए। "},{"id":9,"text":"यसरी परमेश्वरले तिमीहरूका बुबाका बगालहरू लिएर मलाई दिनुभयो।"},{"id":10,"text":"“बगाल मिसिने बेलामा बगालमाथि चढ्ने बोकाहरू पेटारे, थोप्ले र छिर्केमिर्के भएका सपनामा मैले देखें। "},{"id":11,"text":"त्यस बेला परमेश्वरका दूतले सपनामा मलाई ‘ए याकूब’ भन्नुभयो। मैले भनें ‘हजूर।’ "},{"id":12,"text":"र उहाँले भन्नुभयो, ‘तेरा आँखा उठाएर बगालमाथि चढ्ने सबै बोकाहरूलाई हेर्। ती पेटारे, थोप्ले र छिर्केमिर्के छन्, किनकि लाबानले तँमाथि जे गरिरहेछ सो मैले देखेको छु। "},{"id":13,"text":"तैंले खामामा तेल खन्याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्वर म नै हुँ। अब उठ्, यस ठाउँबाट फर्केर तेरो जन्मभूमिमा जा’।” "},{"id":14,"text":"तब राहेल र लेआले तिनलाई भने, “हाम्रा बुबाको घरमा हाम्रा निम्ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशीजस्तै सम्झनुभएको छैन र? "},{"id":15,"text":"उहाँले त हामीलाई बेचिदिनुभयो, र हाम्रा निम्ति दिइएको पैसा पनि आफैले चलाइसक्नुभएको छ। "},{"id":16,"text":"हाम्रा बुबाबाट परमेश्वरले लानुभएको सबै सम्पत्ति हाम्रै र हाम्रा छोराछोरीहरूको भएको छ। अब परमेश्वरले तपाईंलाई जे-जसो गर्नू भन्नुभयो त्यसै गर्नुहोस्।”"},{"id":17,"text":"तब याकूब उठेर आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे। "},{"id":18,"text":"अनि तिनले आफ्ना सबै गाईबस्तुलाई अगि धपाई पद्दन-आराममा रहँदा आफूले प्राप्त गरेका जम्मै सम्पत्ति लिएर आफ्ना पिता इसहाककहाँ कनान देशमा जानलाई तिनी निस्के।"},{"id":19,"text":"त्यस बेला जब लाबानचाहिँ आफ्ना भेड़ाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्ना बुबाका घर-देवताहरू चोरेर लगिन्। "},{"id":20,"text":"त्यसबाहेक अरामी लाबानलाई याकूबले झुक्क्याए, कारण तिनको भाग्ने मति छ भनेर तिनले उनलाई बताएनन्। "},{"id":21,"text":"यसरी आफूसँग भएका सबै कुरा लिएर याकूब भागेर महानदी यूफ्रेटिस तरे, र गिलादको पहाड़ी देशतर्फ लागे।"},{"id":22,"text":"तेस्रो दिनमा याकूब भागेको खबर लाबानले सुने, "},{"id":23,"text":"अनि उनले आफ्ना दाजुभाइहरूलाई साथमा लिएर सात दिनसम्म तिनलाई लखेटे, र गिलादको पहाड़ी देशमा तिनलाई भेट्टाए। "},{"id":24,"text":"तब अरामी लाबानकहाँ राती सपनामा परमेश्वर देखा पर्नुभयो, र उनलाई भन्नुभयो, “होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही कुरा नभन्।”"},{"id":25,"text":"लाबानले याकूबलाई भेट्टाउँदा याकूबले आफ्नो पाल गिलादको पहाड़ी देशमा टाँगेका थिए, र लाबानले पनि आफ्ना दाजुभाइहरूका साथमा त्यहीँ पाल टाँगे। "},{"id":26,"text":"लाबानले याकूबलाई भने, “तिमीले मलाई झुक्क्याएर मेरा छोरीहरूलाई लड़ाइँका कैदीहरूलाई झैँ लगेर यो के गरेको? "},{"id":27,"text":"तिमी किन मलाई नभनीकन सुटुक्क भागेर मलाई धोका दियौ? म वीणा र खैँजड़ीको खुशीयालीमा तिमीलाई पठाउनेथिएँ। "},{"id":28,"text":"मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्वाइँ खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्यौ। "},{"id":29,"text":"तिमीलाई हानि गर्ने शक्ति मसँग छ। तर तिम्रा बुबाका परमेश्वरले हिजो राती मलाई यसो भन्नुभयो, "},{"id":30,"text":"‘होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही पनि नभन्।’ अब तिम्रा बुबाको घरमा जान तिमीले ज्यादै इच्छा गरेका हुनाले तिमी हिँड़ेका छौ, तर मेरा देवताहरूचाहिँ किन चोर्यौ?”"},{"id":31,"text":"याकूबले लाबानलाई जवाफ दिए, “तपाईंले आफ्ना छोरीहरूलाई मबाट जबरजस्तसाथ खोस्नुहुन्छ कि भन्ने मलाई डर लाग्यो। "},{"id":32,"text":"तर तपाईंका देवताहरू जससँग भेट्टाउनुहुन्छ त्यो जीवित रहनेछैन। मसँग भएको तपाईंको कुन चीज छ सो हाम्रा कुटुम्बका सामुन्ने चिन्नुहोस्, र लिनुहोस्।” राहेलले ती चोरेकी याकूबलाई थाहै थिएन।"},{"id":33,"text":"तब लाबान याकूबको पालभित्र, त्यसपछि लेआको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेनन्। उनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे। "},{"id":34,"text":"तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन्। लाबानले पालमा जताततै धुँइधुँइती खोजे तर ती पाउनै सकेनन्।"},{"id":35,"text":"राहेलले आफ्ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्नु भएन।” यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्।"},{"id":36,"text":"याकूब झोकिए, र लाबानलाई हप्काएर भने, "},{"id":37,"text":"“मेरो अपराध के छ र तपाईंले मलाई यसरी लखेट्नुभयो? अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो। तपाईंका घरेलु मालहरूमध्ये के भेट्टाउनुभयो खै? ती तपाईंका र मेरा कुटुम्बहरूका अगाड़ि राखिदिनुहोस्। यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन्।”"},{"id":38,"text":"“यी बीस वर्षदेखि म तपाईंसँग छु। त्यतिञ्जेल तपाईंका भेड़ीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहेनन्। मैले तपाईंका बगालका भेड़ाहरू खाइनँ। "},{"id":39,"text":"जङ्गली जनावरहरूले फहराएकाहरूलाई पनि तपाईंकहाँ मैले ल्याउँदिनथें। बरु क्षतिपूर्ति मैले गर्थें। दिनमा होस् वा रातमा होस् चोरी भएकाहरूको मोल पनि तपाईंले मबाटै लिनुहुन्थ्यो। "},{"id":40,"text":"दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो— मेरो हालत यस्तै थियो। मेरा आँखामा पटक्कै निद्रा लाग्दैनथ्यो। "},{"id":41,"text":"यी बीस वर्ष म यसरी तपाईंको घरमा रहें। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष सेवा गरें, र छ वर्षसम्म तपाईंका बगालको हेरचाह गरें। र तपाईंले मेरो ज्याला दश चोटि बदल्नुभयो। "},{"id":42,"text":"मेरा बुबाका परमेश्वर, जो अब्राहामका परमेश्वर, जो इसहाकको “भय” हुनुहुन्छ, यदि उहाँ मसँग नहुनुभए निश्चय नै अहिले तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथियो। तर परमेश्वरले मेरो कष्ट र मेरो हातको मेहनत देख्नुभयो, र तपाईंलाई गत रात हप्काउनुभएको हो।”"},{"id":43,"text":"लाबानले जवाफमा याकूबलाई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्। यी छोराछोरी पनि मेरै छोराछोरी हुन्। यी बगालहरू मेरै बगालहरू हुन्, र तिमी यहाँ जो देख्छौ सबै मेरै हुन्। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के गर्न सक्छु र? "},{"id":44,"text":"अब आऊ, तिमी र म आपसमा एउटा करार बाँधौं, र तिम्रो र मेरो बीचमा त्यही नै साक्षी होस्।”"},{"id":45,"text":"तब याकूबले एउटा ढुङ्गो ल्याएर खामोजस्तै खड़ा गरे। "},{"id":46,"text":"अनि याकूबले आफ्ना दाजुभाइहरूलाई भने, “तपाईंहरू पनि ढुङ्गाहरू ल्याउनुहोस्।” तिनीहरूले ढुङ्गा ल्याएर एक थुप्रो लगाए, र तिनीहरूले त्यही ढुङ्गाको थुप्रोनेर खानपान गरे। "},{"id":47,"text":"लाबानले त्यस ढुङ्गाको थुप्रोको नाउँ यगर-सहदूता राखे, र याकूबले त्यसलाई गलेद भने।"},{"id":48,"text":"लाबानले भने, “आज यो ढुङ्गाको थुप्रो तिम्रो र मेरो बीचमा साक्षीको रूपमा खड़ा छ।” "},{"id":49,"text":"यसैकारण त्यसको नाउँ गलेद राखियो। त्यसको नाउँ मिस्पा पनि थियो, किनभने उनले भने, “हामी एक-अर्काबाट अलग हुँदा पनि तिम्रो र मेरो बीचमा परमप्रभुले हेरचाह गरून्। "},{"id":50,"text":"तिमीले मेरा छोराछोरीहरूलाई अनर्थ गर्यौ भने अथवा मेरा छोरीहरूबाहेक अरू पत्नीहरू ल्यायौ भने, हामीसँग कोही मानिस नभए तापनि याद गर, तिम्रो र मेरो बीचमा परमेश्वर साक्षी हुनुहुन्छ।"},{"id":51,"text":"लाबानले याकूबलाई फेरि भने, “मैले तिम्रो र मेरो बीचमा खड़ा गरेर राखेको यो ढुङ्गाको थुप्रो र खामो हेर। "},{"id":52,"text":"यो थुप्रो र यो खामो साक्षी रहून् कि यो थुप्रो नाघेर म तिमीकहाँ हानि गर्न पारि आउनेछैनँ, अनि यो थुप्रो र खामो नाघेर तिमी पनि मकहाँ हानि गर्नलाई वारि नआऊ। "},{"id":53,"text":"अब्राहामका परमेश्वर र नाहोरका परमेश्वर र उनीहरूका पिताका परमेश्वरले हाम्रा बीचमा इन्साफ गरून्।”यसकारण याकूबले आफ्ना पिता इसहाकको “भय” साक्षीको रूपमा राखेर शपथ खाए। "},{"id":54,"text":"याकूबले त्यस पहाड़ी देशमा बलिदान चढ़ाए, र आफ्ना कुटुम्बहरूलाई खानपान दिए। तिनीहरू खानपान गरेर त्यो रात त्यही ठाउँमा बिताए।"},{"id":55,"text":"लाबान बिहान सबेरै उठे, आफ्ना नाति-नातिनाहरू र छोरीहरूलाई म्वाइँ खाएर तिनीहरूलाई आशीर्वाद दिए। त्यसपछि उनी बिदा भएर घर फर्के।"}]},{"id":32,"title":"उत्पत्ति 32","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/32-2c218706ec66d213bce9677e4cf4ca58.mp3?version_id=1483","verses":[{"id":1,"text":"याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसँग भेट गरे। "},{"id":2,"text":"याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्वरको छाउनी हो।” यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे।"},{"id":3,"text":"याकूबले एदोमका देशको सेइरमा आफ्ना दाजु एसावकहाँ आफ्नो अगि दूतहरू पठाए। "},{"id":4,"text":"याकूबले तिनीहरूलाई यसो भन्ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नू, ‘तपाईंको दास याकूब यसो भन्छ, म लाबानसँग बसोबास गरी अहिलेसम्म त्यहीँ रहें। "},{"id":5,"text":"मसँग गाई-गोरु, गधा, भेड़ाबाख्रा र नोकर-चाकरहरू छन्, र तपाईंबाट निगाह पाइएला भन्ने हेतुले अहिले तपाईंकहाँ मैले बिन्ती गर्न पठाएको हुँ’।”"},{"id":6,"text":"ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्छ।”"},{"id":7,"text":"तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे। "},{"id":8,"text":"“यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्कन सक्ला” भनी तिनले सोचे।"},{"id":9,"text":"तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्वर, र मेरो बुबा इसहाकका परमेश्वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्नुभएको थियो। "},{"id":10,"text":"तपाईंले आफ्नो दासलाई जत्ति करुणा र विश्वासयोग्यता देखाउनुभएको छ त्यसको म कत्ति पनि योग्य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्। "},{"id":11,"text":"म बिन्ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्मैलाई आक्रमण गर्लान्। "},{"id":12,"text":"तर तपाईंले भन्नुभएको छ, ‘साँच्ची नै म तेरो भलाइ गर्नेछु, र तेरा सन्तानहरू समुद्रका बालुवासरह तुल्याउनेछु, जो गन्न सकिने छैन’।” "},{"id":13,"text":"तिनी त्यस रात त्यहीँ वास बसे, र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसावको निम्ति सौगात छुट्ट्याए: "},{"id":14,"text":"अर्थात्, दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेड़ी, बीस वटा भेड़ा, "},{"id":15,"text":"तीस दुहुना ऊँट र तिनका बच्चा, चालीस गाई र दश साँढ़े, बीस गधैनी र दश गधा। "},{"id":16,"text":"यी सबैका लागि तिनले बथान गरी आफ्ना कमारीहरूलाई जिम्मा लगाए, र तिनीहरूलाई भने, “मभन्दा अगिअगि जाओ, र बथान-बथानका बीचमा केही खाली ठाउँ राख।”"},{"id":17,"text":"तिनले सबैभन्दा अगिल्लालाई यसो भने, “मेरा दाजु एसावले तँलाई भेटेर ‘तँ कसको मानिस होस्, तँ कहाँ जाने होस्, तेरो अगिअगि गएका यी बथानहरू कसका हुन्?’ भनेर सोध्नुभयो भने, "},{"id":18,"text":"तैंले यसो भन्नू: ‘ती त तपाईंका दास याकूबका हुन्। यी जम्मै मेरा प्रभु एसावको निम्ति सौगातको रूपमा पठाएका हुन्। हेर्नुहोस्, तिनीचाहिँ हाम्रा पछिपछि आउँदैछन्’।”"},{"id":19,"text":"तिनले दोस्रो, तेस्रो र बथानका पछिपछि लाग्ने जम्मैलाई आज्ञा दिए: “एसावलाई भेट्दा तिमीहरूले उही किसिमले भन्नू। विशेष गरी तिमीहरूले यसो भन्नू, "},{"id":20,"text":"‘हेर्नुहोस्, तपाईंका दास याकूब हाम्रा पछिपछि आउँदैछन्’।” किनभने तिनले यस्तो विचार गरे, “मेरो अगिअगि गएको सौगातले म उनको रीस साम्य गर्न सक्छु होला। त्यसपछि म उनको सामु पर्दा शायद उनले मलाई ग्रहण गर्नेछन्।” "},{"id":21,"text":"यसैकारण ती सौगात तिनीभन्दा अगाड़ि गए, र तिनी आफैचाहिँ त्यस रात आफ्नै पालमा बसी बिताए।"},{"id":22,"text":"त्यस रात याकूब उठे, र तिनका दुई पत्नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्बोक नदी तरे। "},{"id":23,"text":"तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए। "},{"id":24,"text":"यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े। "},{"id":25,"text":"यी व्यक्तिले याकूबलाई जित्न नसकेका देखेर याकूबका कम्मरको खोक्रो भाग छोए, र उनीसित कुश्ती लड्दालड्दै याकूबको कम्मरको गेड़ी फुस्क्यो। "},{"id":26,"text":"तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।”तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।”"},{"id":27,"text":"उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?”तिनले भने, “याकूब।”"},{"id":28,"text":"त्यस व्यक्तिले भने, “अब उप्रान्त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गर्यौ, अनि विजयी भयौ।” "},{"id":29,"text":"तब याकूबले उनलाई सोधे, “बिन्ती छ, मलाई भन्नुहोस्, तपाईंको नाउँ के हो?” तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्छौ?” अनि उनले तिनलाई आशीर्वाद दिए।"},{"id":30,"text":"यसकारण याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भनी तिनले भने।"},{"id":31,"text":"तिनको कम्मरले गर्दा तिनी खोच्याई-खोच्याई हिँड़ेर पनीएल नाघिसक्दा सूर्योदय भयो। "},{"id":32,"text":"तिनका कम्मरको नसो छोइएको हुनाले आजसम्म इस्राएलीहरू कम्मरको नसो खाँदैनन्।"}]},{"id":33,"title":"उत्पत्ति 33","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/33-d01a24acf3f20144c2432224076c7e6a.mp3?version_id=1483","verses":[{"id":1,"text":"याकूबले आफ्ना आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा चार सय मानिसहरू आइरहेका देखे। तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई कमारीहरूको जिम्मामा विभक्त गरिदिए। "},{"id":2,"text":"तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाड़ि, त्यसपछि लेआ र तिनका छोराछोरीहरू, र राहेल र योसेफलाई सबैभन्दा पछि राखे। "},{"id":3,"text":"तिनीहरू सबैका अगि तिनी आफैचाहिँ आफ्ना दाजुको नजिक नपुगुञ्जेल सात चोटि भूइँमा ढोग्दैगए।"},{"id":4,"text":"तर एसाव तिनीकहाँ दौडँदै आएर तिनलाई अँगालो हाले, र छातीमा टाँसेर तिनलाई म्वाइँ खाए, र तिनीहरू दुवै खूब रोए। "},{"id":5,"text":"तब एसावले यसो हेर्दा ती स्त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, “तिमीसँग भएका यिनीहरूचाहिँ को हुन्?”याकूबले भने, “परमेश्वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बालबच्चा हुन्।”"},{"id":6,"text":"तब कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसावलाई ढोग गरे। "},{"id":7,"text":"त्यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे।"},{"id":8,"text":"एसावले याकूबलाई सोधे, “मैले भेटेका यी सबै बथानको अर्थ के हो?”याकूबले जवाफ दिए, “मैले हजूरबाट अनुग्रह पाउनलाई हो।”"},{"id":9,"text":"तर एसावले भने, “भाइ, मसँग प्रशस्तै छ। तिम्रो जो छ तिमीसँगै रहोस्।”"},{"id":10,"text":"याकूबले भने, “होइन, तपाईंको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्। किनभने यति ठूलो निगाह देखाएर तपाईंले मलाई स्वागत गर्नुभयो कि साँच्ची नै तपाईंको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाएझैँ लाग्यो। "},{"id":11,"text":"अब बिन्ती छ, तपाईंलाई नै भनेर ल्याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्तै छ।” यसरी याकूबले जिद्दी गरे, र एसावले ती लिए।"},{"id":12,"text":"तब एसावले भने, “अब हामी अगि बढ़ौं। म तिमीलाई साथ दिनेछु।”"},{"id":13,"text":"तर याकूबले उनलाई भने, “हजूरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिलै छन्, र दुहुना बथानहरूको मलाई फिक्री लाग्छ। तिनीहरूलाई एकै दिन पनि बेसी धपाए भने सबै मरिजालान्। "},{"id":14,"text":"यसकारण म हजूरलाई बिन्ती गर्दछु, कि तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मभन्दा अगाड़ि गएका गाईबस्तुहरू र यी बालबच्चाहरूको चालअनुसार हजूरकहाँ सेइरमा नआइपुगुञ्जेल बिस्तार हिँड़ेर आउनेछु।”"},{"id":15,"text":"एसावले भने, “मसँग भएका केही मानिसहरू तिमीसित छोड़िदिनेछु।”तर याकूबले भने, “यसको दरकार होला र? हजूरको निगाह मात्र ममाथि रहोस्।”"},{"id":16,"text":"यसैले एसाव त्यही दिन सेइरमा फर्के। "},{"id":17,"text":"तर याकूबचाहिँ सुक्कोततिर लागे, र आफ्नो लागि एउटा डेरा र गाईबस्तुलाई छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँको नाउँ सुक्कोत राखियो।"},{"id":18,"text":"याकूब पद्दन-आरामबाट हिँड़ेर गएपछि कनानको शकेम भन्ने एउटा सहरमा कुशलसाथ आइपुगे, र त्यस सहरको अगि आफ्नो पाल टाँगेर वास गरे। "},{"id":19,"text":"आफूले पाल टाँगेको जग्गा शकेमका बाबु हमोरका छोराहरूबाट तिनले एक सय चाँदीका टुक्रा दाम हालेर किने। "},{"id":20,"text":"त्यहाँ तिनले एउटा वेदी बनाएर त्यसको नाउँ एल-एलोह-इस्राएल राखे।"}]},{"id":34,"title":"उत्पत्ति 34","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/34-ee707d0d96c771df0f8b955f4091c522.mp3?version_id=1483","verses":[{"id":1,"text":"याकूबबाट लेआले जन्माएकी छोरी दीना त्यस ठाउँका स्त्रीहरूसँग भेट गर्न गइन्। "},{"id":2,"text":"त्यस ठाउँका रजौटा हिव्वी हमोरका छोरा शकेमले तिनलाई देखे, र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे। "},{"id":3,"text":"उनको मन याकूबकी छोरी दीनातर्फ बस्यो। उनले ती कन्यासित प्रेम गरेर मीठा-मीठा कुरा गरे। "},{"id":4,"text":"तब शकेमले आफ्ना बुबा हमोरलाई यसो भने, “मेरी पत्नी तुल्याउनलाई त्यो कन्या मलाई ल्याइदिनुहोस्।”"},{"id":5,"text":"शकेमले आफ्नी छोरी दीनालाई बिगारेको कुरा याकूबले सुने। तर तिनका छोराहरू चरनमा गाईबस्तुसँग गएका हुनाले तिनीहरू नफर्कुञ्जेल तिनी चूपै लागिबसे।"},{"id":6,"text":"तब शकेमका बुबा हमोरचाहिँ कुरा गर्न याकूबकहाँ आए। "},{"id":7,"text":"भएका घटनाहरू सुनेर याकूबका छोराहरू चरनबाट आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए, किनभने याकूबकी छोरीलाई बिगारेर शकेमले इस्राएलको बेइज्जत गरिदिएका थिए। यस्तो काम गर्नु उचित थिएन।"},{"id":8,"text":"तर हमोरले तिनीहरूसँग यसो भनेर कुरा गरे, “मेरो छोरो शकेमको मन तपाईंकी छोरीतर्फ आसक्त भएको छ। कृपा गरी त्यसलाई दीनासँग विवाह गर्न दिनुहोस्। "},{"id":9,"text":"तपाईंहरू हामीसँग बिहाबारी गर्नुहोस्। तपाईंका छोरीहरू हामीलाई दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरू लिनुहोस्। "},{"id":10,"text":"तपाईंहरू हामीसँगै बस्नुहोस्, र यो ठाउँ तपाईंहरूका निम्ति खुला रहनेछ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।”"},{"id":11,"text":"शकेमले पनि ती कन्याका बाबु र दाजुभाइहरूलाई भने, “ममाथि तपाईंहरूको निगाह रहोस्। तपाईंहरू मसँग जे भन्नुहुन्छ म दिनेछु। "},{"id":12,"text":"दाइजो र विवाहको उपहार जत्तिसुकै भन्नुहुन्छ माग्नुहोस्, र तपाईंहरूले भन्नुभएबमोजिम म दिनेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।”"},{"id":13,"text":"शकेमले तिनीहरूकी बहिनी दीनालाई बिगारेका हुनाले याकूबका छोराहरूले शकेम र हमोरसँग कपट राखेर जवाफ दिए। "},{"id":14,"text":"तिनीहरूले उनीहरूलाई भने, “खतना नभएकोलाई हाम्री बहिनी दिने काम हामीबाट हुनै सक्दैन। किनभने त्यसो गर्यौं भने हाम्रो बेइज्जत हुन्छ। "},{"id":15,"text":"यही शर्तमा मात्र हामी तपाईंले भन्नुभएको कुरा मान्नेछौं, कि तपाईंहरू पनि हामीजस्तै हुनुहोस्, अर्थात् प्रत्येक पुरुषको खतना गरिओस्। तब मात्र हामी हाम्रा चेलीहरू तपाईंहरूलाई दिनेछौं, "},{"id":16,"text":"र हामी तपाईंहरूका चेलीहरू लिनेछौं, र हामी तपाईंहरूसँगै एउटै जाति भएर बसोबास गर्नेछौं। "},{"id":17,"text":"तर हाम्रो कुरा सुनेर पनि तपाईंहरूले खतना गर्न मान्नुहुन्न भनेता हाम्री छोरी लिएर हामी यहाँबाट गइहाल्नेछौं।”"},{"id":18,"text":"हमोर र उनका छोरा शकेमलाई तिनीहरूको कुरा मन पर्यो। "},{"id":19,"text":"ती युवकले यो काम गर्नु कति पनि ढिलाएनन्, किनभने याकूबकी छोरीसित उनी मोहित भएका थिए। उनी आफ्ना बुबाको घरानाका सबैभन्दा बढ़ी आदरणीय थिए। "},{"id":20,"text":"यसकारण हमोर र उनका छोरा शकेम सहरको मूल ढोकामा आएर सहरवासीहरू सबैलाई यसो भने, "},{"id":21,"text":"“यी मानिसहरू शान्तिप्रिय छन्। तिनीहरू यस देशमा बसेर व्यापार गरून्। तिनीहरूका निम्ति जमिन पनि प्रशस्तै छ। "},{"id":22,"text":"हाम्रा र तिनीहरूका बीचमा बिहाबारी पनि चलोस्। तिनीहरू हामीसित बसोबास गरेर एउटै जाति बन्न यही शर्तमा मन्जूर गर्छन् कि तिनीहरूको खतना भएझैँ हामीहरूको हरेक पुरुषको खतना हुनुपर्छ। "},{"id":23,"text":"के तिनीहरूका गाईबस्तु र धन-सम्पत्ति र सबै वस्तुहरू हाम्रै हुनेछैनन् र? केवल हामी तिनीहरूको कुरा मन्जूर गरौं, र तिनीहरू हामीसित बस्नेछन्।”"},{"id":24,"text":"सहरको मूल ढोकाबाट निस्कने सबैले हमोर र उनका छोरा शकेमको कुरा माने, र ती सबैको खतना भयो।"},{"id":25,"text":"तेस्रो दिन जब उनीहरू साह्रै पीडित अवस्थामा थिए, तब याकूबका दुई छोराहरू, दीनाका दाजुहरू शिमियोन र लेवी आ-आफ्नो तरवार लिएर गुप्त रूपले सहरमा पसे, र सबै पुरुषहरूलाई मारे। "},{"id":26,"text":"तिनीहरूले हमोर र उनका छोरा शकेमलाई पनि तरवारले काटेर मारे, र शकेमको घरबाट दीनालाई लिएर गए। "},{"id":27,"text":"अनि याकूबका छोराहरूले तिनीहरूकी बहिनीलाई उनीहरूले बिगारिदिएका हुनाले ती मारिएकाहरूकहाँ आएर त्यस सहरलाई लुटे। "},{"id":28,"text":"तिनीहरूले उनीहरूका बगाल र बथानहरू, गधाहरू, र त्यस सहरमा र खेतमा भएका सबै कुरा पनि लगे। "},{"id":29,"text":"उनीहरूका सबै धन-सम्पत्ति, सबै बालबच्चा, र उनीहरूका पत्नीहरू कैद गरे र घरमा जे-जति थिए ती सबै तिनीहरूले लुटे।"},{"id":30,"text":"तब याकूबले शिमियोन र लेवीलाई भने, “कनानी र परिज्जीहरूको यस देशका बासिन्दाहरूमा तिमीहरूले मलाई अप्रिय तुल्याएर सङ्कष्टमा पारिदिएका छौ। मेरा मानिसहरू थोरै छन्। यदि उनीहरू सबै भेला भएर मेरो विरुद्धमा हमला गरे भने मलाई र मेरो घरका सबैलाई खतम पार्नेछन्।”"},{"id":31,"text":"तर तिनीहरूले उत्तर दिए, “के त्यसले हाम्री बहिनीलाई वेश्याजस्तै तुल्याउनु हुन्छ त?”"}]},{"id":35,"title":"उत्पत्ति 35","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/35-77760adecd44b791806af9114016bb26.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्दाखेरि तँकहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना।”"},{"id":2,"text":"यसकारण याकूबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर। "},{"id":3,"text":"तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु।” "},{"id":4,"text":"यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए। "},{"id":5,"text":"जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन।"},{"id":6,"text":"याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात् बेथेलमा आइपुगे। "},{"id":7,"text":"त्यहाँ तिनले एउटा वेदी बनाए। त्यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो।"},{"id":8,"text":"त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे।"},{"id":9,"text":"याकूब पद्दन-आरामबाट आएपछि परमेश्वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष् दिनुभयो। "},{"id":10,"text":"परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो। "},{"id":11,"text":"परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। फल्दै-फुल्दैजा, र संख्यामा तेरो वृद्धि होस्। एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन्, र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। "},{"id":12,"text":"अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्यो देश तँपछि हुने तेरा सन्तानलाई दिनेछु।” "},{"id":13,"text":"तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो।"},{"id":14,"text":"परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्यसमा अर्घ-बलि चढ़ाएर तेल खन्याए। "},{"id":15,"text":"परमेश्वरले तिनीसँग कुरा गर्नुभएको त्यस ठाउँको नाउँ याकूबले बेथेल राखे।"},{"id":16,"text":"तिनीहरू फेरि बेथेलबाट हिँड़ेर एप्रात पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी बेथा लाग्यो, र तिनलाई ज्यादै पीडा भयो। "},{"id":17,"text":"तिनलाई अतिशय पीडा हुँदा सुँड़ेनीले तिनलाई भनी, “नडराउनुहोस्, किनकि तपाईंको अर्को एक जना छोरो हुनेछ।” "},{"id":18,"text":"तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्) तिनले त्यस बालकको नाउँ बेन-ओनी राखिन्। तर त्यसका बुबाले बालकको नाउँ बेन्यामीन राखे।"},{"id":19,"text":"यसरी राहेल मरिन्, र एप्रात, अर्थात् बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े। "},{"id":20,"text":"याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्म पनि छँदैछ।"},{"id":21,"text":"इस्राएल अगि बढ़े, र तिनले मिग्दल-एदेरबाट पारिपट्टि आफ्नो पाल टाँगे। "},{"id":22,"text":"इस्राएल त्यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्हासँग सुते, र इस्राएलले यो कुरा सुने। "},{"id":23,"text":"याकूबका बाह्रजना छोराहरू थिए:लेआतर्फका छोराहरू:जेठा रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून।"},{"id":24,"text":"राहेलतर्फका छोराहरू:योसेफ र बेन्यामीन।"},{"id":25,"text":"राहेलकी कमारी बिल्हातर्फका छोराहरू:दान र नप्ताली।"},{"id":26,"text":"लेआकी कमारी जिल्पातर्फका छोराहरू:गाद र आशेर।पद्दन-आराममा जन्मेका याकूबका छोराहरू यी नै हुन्।"},{"id":27,"text":"याकूब तिनका बुबा इसहाककहाँ मम्रे, अर्थात् किर्यत-अर्बामा आए (जो हेब्रोन हो), जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए। "},{"id":28,"text":"इसहाकको जम्मा उमेर एक सय असी वर्ष भएको थियो। "},{"id":29,"text":"तब इसहाकको मृत्यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े।"}]},{"id":36,"title":"उत्पत्ति 36","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/36-efc5b3b36adecd70e8173968f57ad922.mp3?version_id=1483","verses":[{"id":1,"text":"एसाव, अर्थात् एदोमको वृत्तान्त यही हो। "},{"id":2,"text":"एसावले कनानी स्त्रीहरूमध्येबाट पत्नी ल्याए: अर्थात् हित्ती एलोनकी छोरी आदा र हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, "},{"id":3,"text":"तथा इश्माएलकी छोरी नबायोतकी बहिनी बासमत। "},{"id":4,"text":"एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्, "},{"id":5,"text":"अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका एसावका छोराहरू यी नै हुन्।"},{"id":6,"text":"आफ्ना पत्नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्तुहरू, र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर एसाव आफ्नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए। "},{"id":7,"text":"धेरै धन-सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्। तिनीहरूका गाईबस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। "},{"id":8,"text":"यसकारण एसावले (अर्थात् एदोमले) सेइरको देशमा बसोबास गरे।"},{"id":9,"text":"सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्त यही हो।"},{"id":10,"text":"एसावका छोराहरूका नाउँ यी नै हुन्:एसावकी पत्नी आदाका छोराएलीपज, र एसावकी पत्नी बासमतकाछोरा रूएल।"},{"id":11,"text":"एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज। "},{"id":12,"text":"एसावका छोरा एलीपजकी तीम्न नाउँ भएकी एउटी भित्रिनी थिई। एलीपजबाट त्यसले अमालेकलाई जन्माई। एसावकी पत्नी आदाका नातिहरू यी नै हुन्।"},{"id":13,"text":"रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्।"},{"id":14,"text":"एसावकी पत्नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह।"},{"id":15,"text":"एसावका सन्तानहरूमध्ये मुख्य-मुख्य यी नै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज, "},{"id":16,"text":"कोरह, गाताम र अमालेक। एदोम देशमा एलीपजबाट भएका मुखियाहरू यी नै हुन्। यिनीहरू आदाका नातिहरू हुन्।"},{"id":17,"text":"एसावका छोरा रूएलका छोराहरू:मुखियाहरू नहत, जेरह शम्मा र मिज्जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्।"},{"id":18,"text":"एसावकी पत्नी ओहोलीबामाका छोराहरू:मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्नी ओहोलीबामाले जन्माएका मुखियाहरू यी नै हुन्।"},{"id":19,"text":"एसाव, अर्थात् एदोमका छोराहरू यी नै हुन्, र तिनीहरूका मुखियाहरू यिनी हुन्।"},{"id":20,"text":"त्यस देशका बासिन्दा होरी सेइरका छोराहरू यी नै हुन्: \nलोतान, शोबाल, सिबोन, अना,"},{"id":21,"text":"दीशोन, एसेर र दीशान। एदोमको देशमा सेइरका यी छोराहरू होरी मुखियाहरू हुन्।"},{"id":22,"text":"लोतानका छोराहरू: होरी र हेमान। तीम्न लोतानकी बहिनी थिइन्।"},{"id":23,"text":"शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम।"},{"id":24,"text":"सिबोनका छोराहरू: अय्या र अना। तिनका बुबा सिबोनका गधाहरू चराउँदा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने यी नै अना हुन्।"},{"id":25,"text":"अनाका छोराछोरीहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।"},{"id":26,"text":"दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।"},{"id":27,"text":"एसेरका छोराहरू: बिल्हान, जावान र अकान।"},{"id":28,"text":"दीशानका छोराहरू: ऊज र आरान।"},{"id":29,"text":"होरीहरूका मुखियाहरू यी नै हुन्: लोतान, शोबाल, सिबोन, अना,"},{"id":30,"text":"दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्।"},{"id":31,"text":"इस्राएलका कुनै राजाले राज्य गर्नुभन्दा अगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै हुन्: "},{"id":32,"text":"बओरका छोरा बेलाले एदोममा शासन गर्थे। उनको राजधानीको नाउँ दिन्हावा थियो।"},{"id":33,"text":"बेलाको मृत्युपछि बोज्रामा बस्ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्य गरे।"},{"id":34,"text":"योबाबको मृत्युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्य गरे।"},{"id":35,"text":"हूशामको मृत्युपछि मोआब देशमा मिद्यानलाई जित्ने बददका छोरा हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ अवीत थियो।"},{"id":36,"text":"हददको मृत्युपछि मास्रेकामा बस्ने सम्लाले उनको सट्टामा राज्य गरे।"},{"id":37,"text":"सम्लाको मृत्युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्य गरे।"},{"id":38,"text":"शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानानले उनको सट्टामा राज्य गरे।"},{"id":39,"text":"अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्।"},{"id":40,"text":"एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्:तीम्न, अल्वा, यतेत, "},{"id":41,"text":"ओहोलीबामा, एलाह, पीनोन, "},{"id":42,"text":"कनज, तेमान, मिब्सार "},{"id":43,"text":"मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेको देशमा तिनीहरूका वासस्थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्।एदोमीहरूका पुर्खा एसावको वृत्तान्त यही हो।"}]},{"id":37,"title":"उत्पत्ति 37","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/37-8d2e0a2190430faf40c9c087cc4d0476.mp3?version_id=1483","verses":[{"id":1,"text":"याकूब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। "},{"id":2,"text":"याकूबको वृत्तान्त यही हो।योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुबाकहाँ ल्याए।"},{"id":3,"text":"आफ्नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। "},{"id":4,"text":"तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैनथे।"},{"id":5,"text":"एक पल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन् बढ़ी दुश्मनी राख्न लागे। "},{"id":6,"text":"तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्। हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौं। "},{"id":7,"text":"मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्यसका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।”"},{"id":8,"text":"तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्य गर्ने भइस्? के तेरो प्रभुत्व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन् दुश्मनी राखे।"},{"id":9,"text":"तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्द्र र एघार वटा ताराले मलाई दण्डवत् गरिरहेका थिए।”"},{"id":10,"text":"जब तिनले आफ्ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्मै झुकेर तँलाई ढोग्नुपर्ने?” "},{"id":11,"text":"तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे। "},{"id":12,"text":"एक पल्ट तिनका दाजुहरू आफ्ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए। "},{"id":13,"text":"र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।”योसेफले भने, “म तयार छु।”"},{"id":14,"text":"इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र भेड़ाबाख्राहरू राम्रै छन् कि छैनन्। अनि मकहाँ समाचार ले।” तब इस्राएलले तिनलाई हेब्रोनको बेँसीबाट शकेममा पठाए।योसेफ त्यहाँ आइपुगेपछि "},{"id":15,"text":"एक जना मानिसले तिनलाई खेतमा डुलिरहेका भेट्टायो। त्यस मानिसले तिनलाई सोध्यो, “तिमी कसलाई खोज्दैछौ?”"},{"id":16,"text":"तिनले भने, “म मेरा दाजुहरूलाई खोज्दैछु। दया गरी मलाई भन्नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्?”"},{"id":17,"text":"त्यस मानिसले भन्यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।”यसैले आफ्ना दाजुहरूलाई खोज्दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए। "},{"id":18,"text":"उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्नुभन्दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे।उनीहरूले आपसमा भने, “त्यो स्वप्न-दर्शी आउँदैछ। "},{"id":19,"text":"लौ, अब हामी त्यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं। "},{"id":20,"text":"‘जङ्गली पशुले त्यसलाई खाएछ क्यारे’ भनी हामी भनौं, र त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”"},{"id":21,"text":"यो सुनेर रूबेनले यसो भनेर उनीहरूका हातबाट तिनलाई बचाउन खोजे, “हामीले त्यसको ज्यानै त लिनुहुँदैन।” "},{"id":22,"text":"रूबेनले उनीहरूलाई भने, “रक्तपातचाहिँ नगरौं। यहाँ मरुभूमिको यस खाल्डोमा त्यसलाई फालिदिऔं। तर त्यसमाथि हातचाहिँ नउठाऔं।” उनीहरूका हातबाट बचाएर योसेफलाई आफ्ना बुबाकहाँ पुर्याइदिने हेतुले रूबेनले यसो भनेका थिए।"},{"id":23,"text":"यसैले जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्यो लामो लबेदा उनीहरूले फुकालेर खोसे। "},{"id":24,"text":"अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्डोमा फालिदिए। त्यो पानी नभएको सुक्खा खाल्डो थियो।"},{"id":25,"text":"जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्तिर हेरे र मिश्रतिर सुगन्धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्माएली यात्री दललाई देखे।"},{"id":26,"text":"तब यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्छ र? "},{"id":27,"text":"आओ, अब त्यसलाई इश्माएलीहरूका हातमा बेचिदिऔं। हामी त्यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्यो हाम्रै भाइ, हाम्रै जीउजस्तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने।"},{"id":28,"text":"यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरूका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे। "},{"id":29,"text":"जब रूबेन खाल्डोमा फर्के तब योसेफलाई त्यस खाल्डोमा नदेख्दा उनले आफ्ना लुगा च्याते, "},{"id":30,"text":"र भाइहरूकहाँ गएर भने, “केटो त छैन त? अब म कहाँ जाऊँ?”"},{"id":31,"text":"तब उनीहरूले एउटा बोका मारेर योसेफको लबेदा त्यस रगतमा चोपे। "},{"id":32,"text":"अनि त्यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “यो हामीले भेट्टायौं। हेर्नुहोस् त, यो तपाईंको छोराको हो कि होइन?”"},{"id":33,"text":"इस्राएलले त्यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्यसलाई खाएछ क्यारे! निस्सन्देह योसेफलाई धुजाधुजा पार्यो होला।”"},{"id":34,"text":"तब याकूबले आफ्ना लुगा च्याते, र तिनले आफ्नो कम्मरमा भाङ्ग्रा लाएर आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे। "},{"id":35,"text":"तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिने प्रयत्न गरे, तर तिनलाई शान्ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्ति बिलौना गरे।"},{"id":36,"text":"यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।"}]},{"id":38,"title":"उत्पत्ति 38","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/38-dee4e15186ef866262e17a754a8bfa03.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस बेला यहूदाचाहिँ आफ्ना दाजुभाइहरूलाई छोड़ेर तलतिर हीरा नाउँ भएको कुनै एक अदुल्लामवासीकहाँ गए। "},{"id":2,"text":"त्यहाँ यहूदाले शूआ नाउँ भएको कुनै कनानीकी छोरीलाई देखे। उनले तिनलाई विवाह गरेर तिनीकहाँ गए। "},{"id":3,"text":"तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र त्यसको नाउँ एर् राखियो। "},{"id":4,"text":"तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्माइन्। तिनले त्यसको नाउँ ओनान राखिन्। "},{"id":5,"text":"फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्यसको नाउँ शेलह राखिन्। तिनले त्यसलाई जन्माउँदा यहूदाचाहिँ कजीबमा बस्दैथिए।"},{"id":6,"text":"यहूदाले उनको जेठो छोरो एर्को निम्ति एउटी पत्नी ल्याइदिए। तिनको नाउँ तामार थियो। "},{"id":7,"text":"तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्टिमा दुष्ट थियो, र परमप्रभुले त्यसको प्राण लिनुभयो।"},{"id":8,"text":"तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य गर्, र तेरा दाजुको निम्ति सन्तान उत्पन्न गर्।” "},{"id":9,"text":"तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्यो। "},{"id":10,"text":"त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो, र उहाँले त्यसको पनि प्राण लिनुभयो।"},{"id":11,"text":"तब यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठूलो नहोउञ्जेल विधवा नै भएर तिम्रा बुबाको घरमा बस।” किनभने शेलह त्यसका दाजुहरूजस्तै मर्छ कि भनेर उनी डराए। यसकारण तामार गएर आफ्नो माइतमा बसिन्।"},{"id":12,"text":"रहँदा-बस्दा एक दिन शूआकी छोरी यहूदाकी पत्नी मरिन्। शोक गर्ने समय बितिसकेपछि यहूदा उनका मित्र अदुल्लामवासी हीरालाई साथमा लिएर तिम्नामा उनका भेड़ा कत्रनेहरूकहाँ गए।"},{"id":13,"text":"ससुरा भेड़ा कत्रनलाई तिम्नामा जाँदैछन् भन्ने खबर तामारले पाएर "},{"id":14,"text":"विधवाको लुगा फुकाली घुम्टो हालेर भेष परिवर्तन गरी तिम्नाको बाटोमा भएको एनैम सहरको ढोकामा बसिन्। किनकि शेलह ठूलो भइसकेर पनि त्यसकी पत्नी हुन नपाएकी तिनले देखिन्।"},{"id":15,"text":"तिनले मुख छोपेकी हुनाले यहूदाले तिनलाई देखेर वेश्या भनी ठाने। "},{"id":16,"text":"सड़कको किनारमा गएर उनले तिनलाई भने, “लौ, मलाई तिमीकहाँ आउन देऊ।” किनभने आफ्नै बुहारी हो भनी उनलाई थाहा थिएन।तिनले भनिन्, “तपाईं मकहाँ आउनुहुन्छ भने मलाई के दिनुहुन्छ?” "},{"id":17,"text":"उनले जवाफ दिए, “बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु।”तिनले भनिन्, “तपाईंले त्यो नपठाउञ्जेल मसँग केही चीज बन्धकी राख्नुहुन्छ कि?”"},{"id":18,"text":"यहूदाले भने, “म के बन्धकी राखूँ?”तिनले भनिन्, “तपाईंको छाप र त्यसको डोरी, र तपाईंको हातको यो लट्ठी राखे हुन्छ।” यसैले यहूदाले तिनलाई ती चीजहरू दिए, र तिनीसँग सहवास गरे। अनि उनीबाट तिनी गर्भवती भइन्। "},{"id":19,"text":"तब तिनी उठेर गइहालिन्, र घुम्टो फुकालेर फेरि विधवाको लुगा लगाइन्।"},{"id":20,"text":"यहूदाले आफ्ना बन्धकीका चीजहरू ती स्त्रीबाट निखन्नलाई आफ्ना मित्र अदुल्लामवासीको हातमा एउटा पाठो पठाइदिए। तर उनले तिनलाई भेट्टाएनन्। "},{"id":21,"text":"“एनैममा बाटोको छेउमा बस्ने वेश्या कहाँ छ?” भनेर उनले त्यस ठाउँका मानिसहरूलाई सोधे।तिनीहरूले “यहाँ कुनै वेश्या छैन” भने।"},{"id":22,"text":"तब उनी यहूदाकहाँ फर्केर आई भने, “मैले त त्यसलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि ‘यहाँ कुनै वेश्या छैन’ भने।”"},{"id":23,"text":"यहूदाले भने, “ती चीजहरू त्यसैले राखोस्, नत्रता हामीलाई लाज हुनेछ। हेर, मैले यो पाठो पठाएकै हो, तर हामीले त्यसलाई भेट्टाएनौं।”"},{"id":24,"text":"प्राय: तीन महिनापछि तिम्री बुहारी तामार वेश्याकी चालमा चलेकी छे, र बेश्यापनबाट गर्भवती पनि भएकी छे भन्ने खबर यहूदालाई सुनाइयो।तब यहूदाले भने, “त्यसलाई यहाँ ल्याएर जलाइदेओ।”"},{"id":25,"text":"तिनलाई त्यहाँ ल्याउँदाल्याउँदै तिनले आफ्ना ससुरालाई यसो भनिपठाइन्, “यी चीजहरू जसका हुन्, तिनैबाट म गर्भवती भएकी हुँ।” अनि तिनले भनिन्, “हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्?”"},{"id":26,"text":"तब यहूदाले ती चीजहरू आफ्ना हुन् भनी स्वीकार गरेर भने, “त्यो त मभन्दा पनि धर्मी रहिछ, किनभने मैले मेरा छोरा शेलह त्यसका पति हुनलाई दिइनँ।” त्यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्।"},{"id":27,"text":"सुत्केरी हुने बेलामा तिनको गर्भमा जुम्ल्याहा रहेछन् भन्ने थाहा भयो। "},{"id":28,"text":"तिनलाई सुत्केरी व्यथा लाग्दा एउटाचाहिँले हात बाहिर निकाल्यो, र सुँड़ेनीले त्यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, “पहिले जन्मेको यही हो।” "},{"id":29,"text":"तर त्यसले आफ्नो हात फेरि भित्र लगेपछि त्यसको भाइचाहिँ पो जन्म्यो। र त्यसले भनी, “ए तैंले यस्तो बलजफत गर्ने!” यसकारण त्यसको नाउँ फारेस राखियो। "},{"id":30,"text":"पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्म्यो। त्यसको नाउँचाहिँ जेरह राखियो।"}]},{"id":39,"title":"उत्पत्ति 39","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/39-09db8675e5be3e9e6e8f93bf13c7b2e2.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्तान पोतीफर भन्ने एक जना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इश्माएलीहरूका हातबाट किने।"},{"id":2,"text":"परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। "},{"id":3,"text":"तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनुभएको देखे। "},{"id":4,"text":"यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए। "},{"id":5,"text":"उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्यस मिश्रीको घरमा आशिष् दिनुभयो। परमप्रभुको आशिष् उनको घरबार, अन्न-खेत र सबै कुरामाथि थियो। "},{"id":6,"text":"यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथिए।योसेफ सुन्दर र हेर्नमा राम्रा थिए। "},{"id":7,"text":"केही समयपछि तिनका मालिककी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, “मसँग सुत्।”"},{"id":8,"text":"तर तिनले अस्वीकार गरेर आफ्ना मालिककी पत्नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ। "},{"id":9,"text":"यस घरमा मभन्दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?” "},{"id":10,"text":"अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्न अथवा तिनीसित बस्न योसेफ मानेनन्।"},{"id":11,"text":"एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन। "},{"id":12,"text":"तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्। तर आफ्नो लुगा तिनकै हातमा छोड़ेर योसेफ भागे, र घरबाट बाहिर निस्के।"},{"id":13,"text":"योसेफले आफ्नो लुगा तिनकै हातमा छोड़ेर घरबाट निस्केका देखेर "},{"id":14,"text":"तिनले आफ्ना घरका नोकरहरूलाई बोलाएर भनिन्, “हेर, मेरा स्वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्जत गर्न ल्याउनुभएको रहेछ। त्यो मसित सुत्नलाई यहाँभित्र आयो, र म चिच्च्याएर कराएँ। "},{"id":15,"text":"म चिच्च्याएर कराएकी सुनी त्यसले आफ्नो लुगा मसँग छोड़ेर भाग्यो, र घरबाट बाहिर निस्क्यो।”"},{"id":16,"text":"तिनका पति घर नआउञ्जेल तिनले त्यो लुगा आफ्नै साथमा राखिन्, "},{"id":17,"text":"र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाइन्, “हामीकहाँ तपाईंले ल्याउनुभएको त्यो हिब्रू नोकर मेरो बेइज्जत गर्नलाई यहाँ भित्र आयो। "},{"id":18,"text":"तर म चिच्च्याएर कराउने बित्तिकै त्यसले आफ्नो यो लुगा मकहाँ छोड़ी भागेर घरबाट निस्क्यो।”"},{"id":19,"text":"“तपाईंको नोकरले मसँग यस्तो व्यवहार गर्यो” भन्ने कुरा जब योसेफका मालिकले आफ्नी पत्नीको मुखबाट सुने तब उनी रीसले राँकिए।"},{"id":20,"text":"उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्यालखानमा लगेर हालिदिए।योसेफ त्यसरी झ्यालखानमा परे। "},{"id":21,"text":"तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठ्याउनुभयो, अनि तिनलाई झ्यालखानका हाकिमको निगाहपात्र बनाउनुभयो। "},{"id":22,"text":"यसकारण झ्यालखानका हाकिमले त्यस झ्यालखानमा भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे-जे काम हुन्थ्यो ती सबै योसेफकै खटनमा हुन्थ्यो। "},{"id":23,"text":"योसेफको जिम्मामा राखिएको कुनै कुरामा पनि झ्यालखानका हाकिमले केही फिक्री गर्दैनथिए, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो।"}]},{"id":40,"title":"उत्पत्ति 40","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/40-c2c87ad7b4e63c9232e38ae1a0d8c26f.mp3?version_id=1483","verses":[{"id":1,"text":"केही समयपछि मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे। "},{"id":2,"text":"फारो आफ्ना यी दुई अधिकृतहरू, अर्थात् मुख्य पियाउने र मुख्य पकाउनेसँग क्रोधित भए। "},{"id":3,"text":"उनले उनीहरूलाई अङ्गरक्षकका कप्तानको घर, अर्थात् झ्यालखानको पहरामा हालिदिए। योसेफ पनि त्यहीँ नै थुनामा थिए। "},{"id":4,"text":"अङ्गरक्षकका कप्तानले उनीहरूलाई योसेफको जिम्मामा राखिदिए, र तिनले उनीहरूको रेखदेख गर्थे।केही समयसम्म उनीहरू पहरामा नै बसे। "},{"id":5,"text":"एक पल्ट एकै रात झ्यालखानमा परेका मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आ-आफ्नो अर्थ भएका सपना देखे।"},{"id":6,"text":"बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे। "},{"id":7,"text":"यसकारण तिनले आफ्ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, “आज किन तपाईंहरूको मुख दु:खी छ?”"},{"id":8,"text":"उनीहरूले तिनलाई भने, “हामीले सपना देख्यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन।”योसेफले उनीहरूलाई भने, “सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र? मलाई तपाईंहरूका सपना बताउनुहोस्।” "},{"id":9,"text":"तब मुख्य पियाउनेले चाहिँ आफ्नो सपना योसेफलाई यसरी बताए। “मेरो सपनामा मेरो सामुन्ने एउटा दाखको बोट थियो। "},{"id":10,"text":"दाखको बोटमा तीन वटा हाँगाहरू थिए। त्यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्क लागे, र दाखका झुप्पाहरू लटरम्म भएर पाके। "},{"id":11,"text":"फारोको कचौरा मेरो हातमा थियो, र मैले दाख लिई निचोरेर फारोको कचौरामा हालेँ, र त्यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ।”"},{"id":12,"text":"योसेफले उनलाई भने, “यसको अर्थ यही हो; तीन हाँगाहरू भनेको तीन दिन हो। "},{"id":13,"text":"तीन दिनभित्रै फारोले तपाईंको शिर ठाड़ो पारिदिनुहुनेछ, र फेरि तपाईंको आफ्नो काम दिनुहुनेछ, र तपाईं अघि उहाँका मुख्य पियाउने हुनुहुँदाजस्तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टक्र्याउनुहुनेछ। "},{"id":14,"text":"तर जब तपाईंको भलो हुनेछ तब मलाई पनि सम्झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्यालखानबाट निकालिदिनुहोला, "},{"id":15,"text":"किनकि मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो, र यहाँ पनि झ्यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।”"},{"id":16,"text":"सपनाको अर्थ असल भएको देखेर मुख्य पकाउनेले पनि योसेफलाई भने, “मैले पनि यस्तो एउटा सपना देखें। मेरो टाउकोमा रोटीका तीन वटा टोकरी थिए। "},{"id":17,"text":"माथिल्लो टोकरीमा फारोको निम्ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।”"},{"id":18,"text":"योसेफले भने, “यसको अर्थ यही हो: तीन वटा टोकरीहरूचाहिँ तीन दिन हो। "},{"id":19,"text":"तीन दिनभित्रै फारोले तपाईंको शिर उड़ाइदिनुहुनेछ, र तपाईंलाई रूखमा झुण्ड्याइदिनुहुनेछ। र चराहरूले तपाईंको मासु ठुँगी-ठुँगी खानेछन्।”"},{"id":20,"text":"तेस्रो दिन फारोको जन्मदिन थियो। त्यस दिन उनले आफ्ना सबै अधिकृतहरूलाई भोज दिए, र यी अधिकृतहरूका अगि ल्याएर उनले मुख्य पियाउने र मुख्य पकाउनेलाई खड़ा गरे। "},{"id":21,"text":"उनले मुख्य पियाउनेलाई चाहिँ आफ्नै काममा फेरि नियुक्त गरे, र यिनले फारोलाई कचौरा टक्र्याउने गरे। "},{"id":22,"text":"तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिएझैँ मुख्य पकाउनेलाई चाहिँ फारोले झुण्ड्याइदिए।"},{"id":23,"text":"तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन्, तर तिनलाई बिर्सिहाले।"}]},{"id":41,"title":"उत्पत्ति 41","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/41-155ebd32a94b82364c89b2b972e21e67.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसको पूरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए। "},{"id":2,"text":"नील नदीबाट सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न लागे। "},{"id":3,"text":"त्यसपछि अरू सात वटा हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला गाईहरू नील नदीबाट तिनीहरूका पछिपछि निस्के, र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। "},{"id":4,"text":"ती हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला गाईहरूले ती सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। अनि फारो ब्यूँझे।"},{"id":5,"text":"त्यसपछि उनी फेरि निदाए, र अर्को एउटा सपना देखे। सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए। "},{"id":6,"text":"त्यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सात वटा अन्नका बालाहरू पसाए। "},{"id":7,"text":"अनि ती सेप्रा बालाहरूले ती सात वटा असल र भरिला बालाहरूलाई निलिहाले। अनि फारो ब्यूँझे। त्यो सपना रहेछ भनी उनलाई थाहा भयो।"},{"id":8,"text":"बिहान उनको हृदयमा ठूलो चिन्ता पर्यो, अनि उनले मिश्रका सबै जादूगर र त्यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपना बताए। तर फारोलाई सपनाको अर्थ खोलिदिने त्यहाँ कोही भएन। "},{"id":9,"text":"तब ती मुख्य पियाउनेले फारोलाई भने, “मेरो भूल आज मलाई थाहा भयो। "},{"id":10,"text":"फारोले आफ्ना नोकरहरूसँग रिसानी भएर मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्तानको कैदखानामा राख्नुहुँदा "},{"id":11,"text":"एउटै रात उनले र मैले आ-आफ्नै अर्थ भएका सपना देखेका थियौं। "},{"id":12,"text":"त्यहाँ अङ्गरक्षकका कप्तानको एक जना जवान हिब्रू नोकर हामीसँग थियो, र जब हामीले त्यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आ-आफ्नो सपनाअनुसार सपनाको अर्थ त्यसले हामीलाई खोलिदियो। "},{"id":13,"text":"त्यसले हामीलाई जस्तो अर्थ खोलेको थियो, त्यस्तै हुनआयो। म आफ्नो काममा फेरि नियुक्त भएँ, तर त्यो मुख्य पकाउनेचाहिँ झुण्ड्याइयो।”"},{"id":14,"text":"यसैकारण फारोले योसेफलाई बोलाउन पठाए, र उनीहरूले तिनलाई झ्यालखानबाट निकालेर ल्याए। तिनले दाह्री र कपाल खौरे, र लुगा फेरे। अनि तिनी फारोको सामुन्ने हाजिर भए।"},{"id":15,"text":"फारोले योसेफलाई भने, “मैले एउटा सपना देखें। तर यहाँ कसैले त्यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुनें, कि सपना सुनेपछि तैंले अर्थ खोल्न सक्छस् रे।”"},{"id":16,"text":"योसेफले फारोलाई भने, “यस्तो ज्ञान त ममा छैन। तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ।”"},{"id":17,"text":"तब फारोले योसेफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ। "},{"id":18,"text":"अनि सात वटा खूब सप्रेका मोटा गाईहरू नील नदीबाट निस्केर काँसको घारीमा चर्न लागे। "},{"id":19,"text":"त्यसपछि निर्धा र हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला, मैले मिश्रमा कहिल्यै नदेखेका गाईहरू तिनका पछि लागे। "},{"id":20,"text":"ती हड्डी र छाला मात्र भएका दुब्ला गाईहरूले पहिलेका सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। "},{"id":21,"text":"तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सक्दैनथियो, किनभने तिनीहरू अझै पनि पहिलेजस्तै दुब्लै थिए। तब म ब्यूँझेँ।"},{"id":22,"text":"“मैले मेरो दोस्रो सपनामा यो पनि देखें— एउटा डाँठमा सात वटा भरिला र असल बाला पसाए। "},{"id":23,"text":"फेरि ओइलाएका, सेप्रा र पूर्वीय बतासले हानेका सात वटा बालाहरू त्यसपछि पसाए। "},{"id":24,"text":"ती सेप्रा बालाहरूले ती सात वटा असल बालाहरूलाई निलिहाले। मैले जादूगरहरूलाई पनि यो सपना बताएँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेन।”"},{"id":25,"text":"तब योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हो। परमेश्वरले जे गर्न लाग्नुभएको छ सो फारोलाई प्रकट गर्नुभएको छ। "},{"id":26,"text":"ती सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू सात वर्ष, र ती सात वटा असल बालाहरू पनि सात वर्ष नै हुन्। सपना एउटै हो। "},{"id":27,"text":"तिनका पछिपछि आउने हड्डी र छाला मात्र भएका दुब्ला गाईहरू सात वर्ष हुन्। र ती सात वटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका सात वर्ष हुन्।”"},{"id":28,"text":"“यो मैले फारोलाई निवेदन गरेजस्तै हो— आफूले गर्न लाग्नुभएको कार्य फारोलाई परमेश्वरले देखाउनुभएको हो। "},{"id":29,"text":"मिश्रदेशभरि जताततै सात वर्षसम्म ठूलो सहकाल हुनेछ, "},{"id":30,"text":"तर त्यसपछि अनिकालका सात वर्ष आउनेछन्, र मिश्रभरि त्यो सहकालको समय बिर्सिनेछ, र अनिकालले देश स्वाहा पार्नेछ। "},{"id":31,"text":"पछि आउने अनिकालले गर्दा देशमा भएको सहकालको यादै रहनेछैन, किनभने त्यो अनिकाल अति भयानक हुनेछ। "},{"id":32,"text":"फारोको यो सपना दोहोरिएको अर्थचाहिँ यो परमेश्वरले निर्णय गरिसक्नुभएको छ, र परमेश्वरले चाँड़ै नै पूरा गर्नुहुनेछ।"},{"id":33,"text":"“यसकारण अब फारोले एक जना चतुर र बुद्धिमान् मानिस छानेर सारा मिश्रदेशमा अधिकार चलाउन नियुक्त गर्नुहोस्। "},{"id":34,"text":"फारोबाट सहकालका सात वर्षसम्म मिश्रदेशका उब्जनीको पाँचौँ हिस्सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त होऊन्। "},{"id":35,"text":"तिनीहरूले आउने सहकालका वर्षहरूका सबै अनाजहरू जम्मा गरून्, अनि सहर-सहरमा खानका निम्ति फारोको अख्तियारमा अनाजहरू थुपारून् र ती सञ्चय गरून्। "},{"id":36,"text":"अनिकालले देश विनाश हुन नपाओस् भनी मिश्रदेशमा परिआउने ती सात वर्षको अनिकालको निम्ति देशको लागि ती अनाजहरू सुरक्षित राखिऊन्।”"},{"id":37,"text":"यो सुझाव फारो र उनका सारा अधिकारीहरूलाई मन पर्यो। "},{"id":38,"text":"अनि फारोले उनीहरूलाई भने, “यिनीजस्तो परमेश्वरका आत्मा भएको अन्य कुन मानिस हामी पाउन सक्छौं?”"},{"id":39,"text":"तब फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई सबै कुरा देखाइदिनुभएको छ, र तिमीजस्तो चतुर र बुद्धिमान् मानिस अरू छैन। "},{"id":40,"text":"यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्त प्रजा चल्नेछ। केवल सिंहासनको सम्बन्धमा मात्र म तिमीभन्दा माथि हुनेछु।” "},{"id":41,"text":"अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।” "},{"id":42,"text":"तब फारोले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए। "},{"id":43,"text":"तिनलाई फारोले आफ्नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिए।"},{"id":44,"text":"फारोले फेरि पनि योसेफलाई भने, “म फारो हुँ, तर म यो भन्दछु कि तिम्रो इच्छाबाहेक अरू कुनै मानिसले मिश्रदेशभरि केही गर्न पाउनेछैन।” "},{"id":45,"text":"फारोले योसेफको नाउँ सापनत-पानेह राखे, र उनले तिनलाई ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतसँग विवाह गरिदिए। त्यसपछि योसेफ मिश्रभरि दौड़ाहा गर्न लागे।"},{"id":46,"text":"मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको सम्मुखबाट निस्केर सारा मिश्रदेशभरि दौड़ाहा गर्न लागे। "},{"id":47,"text":"सहकालका सात वर्षसम्म जमिनले प्रशस्त उब्जनी दियो। "},{"id":48,"text":"तिनले सहकालका सात वर्षसम्म मिश्रका सबै अन्न जम्मा गरे, र सहर-सहरमा अनाजहरू थन्क्याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्क्याएर राखे। "},{"id":49,"text":"योसेफले समुद्रका बालुवासरी प्रशस्त मात्रामा अनाजहरू सञ्चय गरे, यहाँसम्म कि ती अघोर प्रशस्त भएको कारणले तिनले हिसाब राख्न पनि छोड़िदिए।"},{"id":50,"text":"अनिकालका वर्ष आउन अघि ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मिसकेका थिए। "},{"id":51,"text":"जेठाको नाउँ योसेफले मनश्शे राखे, र तिनले भने, “परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाका घरको सम्झना मलाई बिर्साउनुभएको छ।” "},{"id":52,"text":"अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनुभएको छ।”"},{"id":53,"text":"मिश्रको सात वर्षको ठूलो सहकालको अन्त भयो। "},{"id":54,"text":"तब योसेफले भनेझैँ अनिकालका सात वर्ष आउन लाग्यो। सबै देश-देशमा अनिकाल पर्यो, तर सारा मिश्रमा चाहिँ अन्न थियो। "},{"id":55,"text":"जब सारा मिश्र अनिकालले पीडित भयो, तब प्रजाहरूले फारोसँग अनाजको निम्ति बिन्ती चढ़ाए। फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ। तिनले तिमीहरूलाई जे गर्नु भन्छन् त्यही गर।” "},{"id":56,"text":"जब सारा देशभरि अनिकाल पर्यो, तब योसेफले सबै धनसारहरू खोलेर सबै मिश्रीहरूलाई अनाज बेच्न सुरु गरे, किनकि मिश्रभरि घोर अनिकाल परेको थियो। "},{"id":57,"text":"यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफकहाँ अनाज किन्न आए। किनभने पृथ्वीभरि नै भयङ्कर अनिकाल परेको थियो।"}]},{"id":42,"title":"उत्पत्ति 42","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/42-9b22479b97e39b6e1c13a4251c8814bc.mp3?version_id=1483","verses":[{"id":1,"text":"मिश्रमा अनाज छ भनी थाहा पाएपछि याकूबले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्काको मुख हेराहेर गर्दै बस्छौ? "},{"id":2,"text":"मिश्रमा अनाज छ रे भन्ने मैले सुनेको छु। हामीहरू जीवितै रहने हो भने त्यहाँ गएर हाम्रा निम्ति अनाज किनेर ल्याओ।” "},{"id":3,"text":"यसकारण योसेफका दश जना दाजुहरू मिश्रमा अनाज किन्न गए। "},{"id":4,"text":"तर याकूबले योसेफका भाइ बेन्यामीनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्। किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकूब डराउँथे। "},{"id":5,"text":"यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्न गए, किनकि कनान देशमा पनि अनिकाल परेको थियो।"},{"id":6,"text":"त्यस बेला योसेफ मिश्रका अधिपति थिए। देशका सारा मानिसहरूलाई अनाज बेच्ने पनि तिनी नै थिए। यसकारण योसेफका दाजुहरूले आएर भूइँसम्म निहुरेर तिनलाई ढोग गरे। "},{"id":7,"text":"योसेफले आफ्ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेका जस्तै गरी कड़ासँग उनीहरूलाई सोधे, “तिमीहरू कहाँबाट आएका हौ?”उनीहरूले भने, “कनान देशबाट अनाज किन्न आएका हौं।”"},{"id":8,"text":"योसेफले आफ्ना दाजुहरूलाई त चिने, तर उनीहरूले भने तिनलाई चिनेनन्। "},{"id":9,"text":"तब योसेफले उनीहरूका विषयमा आफूले देखेका सपना सम्झे, र तिनले उनीहरूलाई भने, “तिमीहरू जासूस हौ। यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ।” "},{"id":10,"text":"उनीहरूले योसेफलाई भने, “हे प्रभु, त्यसो होइन। हामी तपाईंका दासहरू अनाज किन्न आएका हौं। हामी सबै एउटै मानिसका छोराहरू हौं। "},{"id":11,"text":"हामी सोझा मानिसहरू हौं, हामी हजूरका दासहरू हौं, जासूस होइनौं।”"},{"id":12,"text":"तिनले उनीहरूलाई भने, “होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई नै आएका हौ।”"},{"id":13,"text":"तब उनीहरूले भने, “हामी हजूरका दास बाह्र जना दाजुभाइहरू थियौं। कनान देशका एउटै मानिसका छोराहरू हौं। कान्छोचाहिँ यस बेला हाम्रा बुबाका साथमा छ, र एउटाचाहिँ अब छैन।”"},{"id":14,"text":"योसेफले उनीहरूलाई भने, “मैले भनेजस्तै तिमीहरू जासूस नै रहेछौ। "},{"id":15,"text":"अब तिमीहरूको जाँच यसरी हुनेछ। फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरूको कान्छो भाइ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ। "},{"id":16,"text":"तिमीहरूमध्ये एक जनालाई तिमीहरूको भाइलाई ल्याउन पठाओ। त्यतिञ्जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिमीहरूको कुरा सत्य हो कि होइन जाँचिनेछ। नत्रता फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरू जासूसै हौ।” "},{"id":17,"text":"अनि योसेफले उनीहरूलाई एकसाथ तीन दिन थुनामा राखे।"},{"id":18,"text":"तेस्रो दिन योसेफले उनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ, किनकि म परमेश्वरसँग डराउँछु। "},{"id":19,"text":"यदि तिमीहरू ईमानदार हौ भने तिमीहरू दाजुभाइहरूमध्ये एक जना यहाँ थुनामा बस, र बाँकीचाहिँ अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाओ। "},{"id":20,"text":"तर तिमीहरूको कान्छो भाइलाई यहाँ मकहाँ ल्याओ। यसरी तिमीहरूको कुरा साँचो ठहरिनेछ, र तिमीहरू मर्नेछैनौ।” उनीहरूले त्यसै गरे।"},{"id":21,"text":"उनीहरू एकले अर्कालाई भने, “साँच्ची नै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं। यसकारण यो सङ्कष्ट हामीमाथि पर्न आएको हो।”"},{"id":22,"text":"रूबेनले उनीहरूलाई जवाफ दिए, “त्यस ठिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको होइन? तर तिमीहरूले सुन्दै सुनेनौ। अब त्यसका रगतको बदला हामीले भोग्नुपर्छ।” "},{"id":23,"text":"योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभासे भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी उनीहरूलाई थाहा भएन।"},{"id":24,"text":"योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए। तर फेरि उनीहरूतिर फर्केर तिनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूबाट शिमियोनलाई लिएर उनीहरूका आँखाकै सामुन्ने उनलाई बाँधे।"},{"id":25,"text":"योसेफले उनीहरूका धोक्राहरूमा अनाज भरिदिनू र उनीहरूका आ-आफ्ना चाँदीका सिक्काहरू धोक्रामै हालिदिनू र उनीहरूको बाटोको निम्ति उनीहरूलाई सामलतुमल दिनू भनी हुकुम गरे। तिनीहरूका निम्ति त्यसै गरियो। "},{"id":26,"text":"तब आफ्ना गधाहरूमा अनाज लादेर उनीहरू त्यहाँबाट हिँड़े।"},{"id":27,"text":"वास बस्ने ठाउँमा उनीहरूमध्ये एक जनाले आफ्नो गधालाई दाना दिन धोक्रो फुकाउँदा आफ्नो चाँदी धोक्रोको मुखमै देखे। "},{"id":28,"text":"उनले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो चाँदी त फर्काइदिएछन् क्यारे! हेर, त्यो यहाँ मेरो धोक्रोको मुखैमा छ।”यसमा उनीहरूको हंसले ठाउँ छोड्यो, र उनीहरू थरथर काम्दै र एक-अर्कालाई हेराहेर गर्दै भन्न लागे, “परमेश्वरले हामीलाई यो के गर्न लाग्नुभयो?”"},{"id":29,"text":"जब उनीहरू कनान देशमा आफ्ना बुबा याकूबकहाँ आइपुगे, तब उनीहरूमाथि भएको कुरा सबै तिनलाई यसो भनेर बताए, "},{"id":30,"text":"“त्यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्यस देशमा जासूसजस्तै तुल्याए। "},{"id":31,"text":"तर ‘हामी सोझा मानिस हौं। हामी जासूस होइनौं। "},{"id":32,"text":"हाम्रा बुबाका हामी बाह्र भाइ छोरा हौं। एउटाचाहिँ छैन, र कान्छोचाहिँ यस बेला कनान देशमा हाम्रा बुबाको साथमा छ’ भनेर हामीले तिनलाई भन्यौं।"},{"id":33,"text":"“त्यस देशका ती मालिकले हामीलाई भने, ‘यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहेछौ भनी मलाई थाहा हुनेछ, कि तिमीहरूका दाजुभाइमध्ये एक जना यहाँ मसँग छोड़, र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्नो बाटो लाग। "},{"id":34,"text":"तर तिमीहरूको कान्छो भाइलाई यहाँ मकहाँ ल्याओ। तब मात्र तिमीहरू जासूस होइनौ, तर सीधा मानिस रहेछौ भन्ने मलाई थाहा हुनेछ, र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरू यस देशमा लेनदेन गर्न पाऔला’।”"},{"id":35,"text":"उनीहरूले आफ्ना धोक्राहरू खन्याउँदा उनीहरू हरेकका चाँदीको पोको आ-आफ्नो धोक्रोमा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए। "},{"id":36,"text":"उनीहरूका बुबा याकूबले उनीहरूलाई भने, “तिमीहरूले त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्याएका छौ। योसेफ छैन, शिमियोन छैन, अब बेन्यामीनलाई पनि लैजान खोज्छौ। यी सबै घटना मैमाथि पर्न आएको छ।”"},{"id":37,"text":"तब रूबेनले आफ्ना बाबुलाई भने, “यदि मैले बेन्यामीनलाई तपाईंकहाँ ल्याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्। त्यसलाई म तपाईंकहाँ फर्काएर ल्याउनेछु।”"},{"id":38,"text":"तर याकूबले भने, “मेरो छोरो तिमीहरूसँग जानेछैन, किनकि त्यसको दाजु मरिहाल्यो, र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्यसमाथि केही खतरा पर्न आयो भने, तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौ।”"}]},{"id":43,"title":"उत्पत्ति 43","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/43-a751a72ad2844ef3f71f8601bb55f101.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस देशमा अझ भयङ्कर अनिकाल थियो। "},{"id":2,"text":"जब मिश्रबाट ल्याएको अनाज उनीहरूले खाइसके, तब उनीहरूका बाबुले उनीहरूलाई भने, “हाम्रा निम्ति अलिकता अनाज किन्न फेरि जाओ।”"},{"id":3,"text":"तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई ‘तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउञ्जेल मेरो सम्मुख आउन पाउनेछैनौ’ भनेर कड़ा चेताउनी दिएका छन्। "},{"id":4,"text":"तपाईंले भाइलाई हाम्रो साथमा पठाउनुहुन्छ भने मात्र हामी गएर तपाईंको निम्ति अनाज किनेर ल्याउनेछौं। "},{"id":5,"text":"तर त्यसलाई पठाउनुहुन्न भनेता हामी जानेछैनौं, किनभने ती मानिसले हामीलाई भनेका छन् कि ‘तिमीहरूको भाइ तिमीहरूसित नहोउञ्जेल तिमीहरू मेरो सम्मुख आउन पाउनेछैनौ’।”"},{"id":6,"text":"इस्राएलले भने, “तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्तो संकष्ट ल्यायौ?”"},{"id":7,"text":"उनीहरूले जवाफ दिए, “ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्बका विषयमा केरकार गरी सोधपूछ गरे, ‘के तिमीहरूका बुबा अझै जीवितै छन्? के तिमीहरूको अरू भाइ पनि छ?’ हामीले त यी नै प्रश्नका जवाफ मात्र तिनलाई दियौं। तिनले हामीलाई ‘तिमीहरूको भाइलाई यहाँ ल्याओ’ भन्लान् भनी हामीले कसरी जान्नु?”"},{"id":8,"text":"तब यहूदाले आफ्ना बुबा इस्राएललाई भने, “यस केटालाई मेरो साथमा पठाइदिनुहोस्, र हामी गइहाल्नेछौं, कि हामी र तपाईं र हाम्रा बालबच्चासमेत नमरौं तर जीवितै रहौं। "},{"id":9,"text":"यसको जमानी म भएँ। मेरै हातबाट फेरि तपाईंले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्याइनँ भने र तपाईंको सामु राखिनँ भने, म सदाको निम्ति दोषी ठहरिनेछु। "},{"id":10,"text":"हामीले ढिलो नगरेको भए हामी दुई पल्टसम्म ओहोरदोहोर गर्न सक्नेथियौं।”"},{"id":11,"text":"तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मूर्र, पेस्ता र हाड़े-बदाम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ। "},{"id":12,"text":"तिमीहरूसँग दोबर चाँदी पनि लैजाओ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्यो फिर्ता गर्नुपर्छ। शायद त्यो भूलले भएको होला। "},{"id":13,"text":"आफ्नो भाइलाई पनि साथमा लिएर ती मानिसकहाँ फेरि जाओ। "},{"id":14,"text":"तिमीहरूको अर्को भाइ र बेन्यामीनलाई छुटकारा दिन ती मानिसको सामुन्ने सर्वशक्तिमान् परमेश्वरले तिमीहरूमाथि कृपा गरून्। म निर्वंश हुनैपर्छ भने होस्।”"},{"id":15,"text":"तब ती मानिसहरू सौगात, दोबर चाँदी र बेन्यामीनलाई पनि आफ्ना साथमा लिई मिश्रतिर गए, र योसेफको सामुन्ने हाजिर भए। "},{"id":16,"text":"जब योसेफले उनीहरूका साथमा बेन्यामीनलाई देखे तब तिनले आफ्नो घरको भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजाऊ, र एउटा पशु मारेर भोज तयार गर। किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्।”"},{"id":17,"text":"योसेफले हुकुम गरेबमोजिम त्यस मानिसले गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो। "},{"id":18,"text":"तर योसेफको घरमा ल्याएको हुनाले योसेफका दाजुभाइहरूले डराएर आपसमा भने, “पहिलो पल्ट हाम्रा धोक्राहरूमा फर्काइदिएको चाँदीको कारण हामीलाई यहाँ ल्याएको हुनुपर्छ। अब तिनले हाम्रा विरुद्धमा निहुँ पाएर हामीलाई कमारा तुल्याउँछन् र हाम्रा गधाहरू जफत गरेर लिन्छन् होला।”"},{"id":19,"text":"यसैकारण योसेफका घरको हर्ताकर्ताकहाँ गएर घरको ढोकैमा त्यसलाई उनीहरूले भने, "},{"id":20,"text":"“हजूर, पहिलो पल्ट हामी अनाज किन्न आएका थियौं। "},{"id":21,"text":"वासमा पुगेर हाम्रा धोक्रा फुकाउँदा हामी प्रत्येकले धोक्राका मुख-मुखमा हाम्रै चाँदी फेला पार्यौं— हाम्रा पूरा चाँदी। यसैले यो हामीले आफ्ना साथमै ल्याएका छौं। "},{"id":22,"text":"अनाज किन्नलाई अरू बढ़ी चाँदी पनि हामीले ल्याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन।”"},{"id":23,"text":"त्यसले जवाफ दियो, “धन्दा नमान, नडराओ। तिमीहरूका परमेश्वर, तिमीहरूका बुबाका परमेश्वरले नै अवश्य तिमीहरूका धोक्राहरूमा धन हालिदिनुभएको हुनुपर्छ। तिमीहरूको चाँदी त मैले पाएकै थिएँ।” तब त्यसले शिमियोनलाई निकालेर उनीहरूकहाँ ल्यायो।"},{"id":24,"text":"त्यस मानिसले उनीहरूलाई योसेफको घरभित्र लग्यो, र उनीहरूलाई आ-आफ्ना खुट्टा धुनलाई पानी दियो, र उनीहरूका गधाहरूलाई दानापानी पनि दियो। "},{"id":25,"text":"मध्यदिनमा योसेफलाई भेट्ने समयको लागि उनीहरूले सौगात तयार पारे, किनकि खाना त्यहीँ खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो।"},{"id":26,"text":"जब योसेफ घरमा आए तब उनीहरूले आफ्ना साथमा ल्याएका सौगात तिनलाई चढ़ाउन घरमा ल्याए, र तिनलाई साष्टाङ्ग प्रणाम गरे। "},{"id":27,"text":"तिनले चाहिँ उनीहरूको भलाकुसारी सोधपूछ गरेर भने, “तिमीहरूका बुबा, ती वृद्ध मानिस कुशलै छन्? अनि के तिनी जीवितै छन्?”"},{"id":28,"text":"उनीहरूले भने, “तपाईंका दास, हाम्रा बुबा कुशलै हुनुहुन्छ, र आजसम्म बाँचिरहनुभएको छ।” तब उनीहरूले भूइँसम्म निहुरेर तिनलाई ढोग गरे।"},{"id":29,"text":"योसेफले यसो हेरेर आफ्नो भाइ, आफ्नै आमाको छोरो, बेन्यामीनलाई देखेर भने, “तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “ए मेरो छोरा, परमेश्वरको अनुग्रह तँमाथि रहोस्।” "},{"id":30,"text":"तिनका भाइको खातिर तिनको हृदय स्नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्नो कोठाभित्र पसेर तिनी रोए।"},{"id":31,"text":"तब मुख धोए, र बाहिर आए, र आफैलाई खूब सम्हालेर तिनले भने, “अब खाना ल्याओ।” "},{"id":32,"text":"त्यसपछि तिनीहरूले योसेफको निम्ति छुट्टै र तिनका दाजुभाइका निम्ति छुट्टै र तिनीसित खाने अरू मिश्रीहरूका निम्ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानुहुँदैनथ्यो। त्यसो गर्नु मिश्रीहरूका निम्ति घृणित कुरो थियो। "},{"id":33,"text":"जेठादेखि कान्छासम्म आ-आफ्नो उमेरअनुसार योसेफले उनीहरूलाई बसाएका थिए। ती मानिसहरू छक्क परेर एउटाले अर्कालाई हेर्न लागे। "},{"id":34,"text":"उनीहरूका भाग योसेफको टेबिलबाट झिकेर लगिएका थिए। तर बेन्यामीनको भागचाहिँ उनीहरू प्रत्येकको भन्दा पाँच गुणा बढ़ी थियो। यसरी उनीहरूले योसेफसँग खानपान गरेर आनन्द गरे।"}]},{"id":44,"title":"उत्पत्ति 44","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/44-d2cbcd9c3ab72e4a4ff078c43ed0a6cc.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब योसेफले आफ्नो घरको भण्डारेलाई यसो भनेर हुकुम गरे, “उनीहरूले लैजान सक्नेजति अनाज ती मानिसहरूका धोक्राहरूमा भरिदेऊ, र हरेक मानिसको चाँदी आफ्नो धोक्रोको मुखमा राखिदेऊ। "},{"id":2,"text":"अनि मेरो कचौरा, अर्थात् मेरो चाँदीको कचौराचाहिँ अनाजको चाँदीसमेत त्यस कान्छाचाहिँको धोक्राको मुखमा हालिदेऊ।” र त्यसले योसेफले भनेबमोजिम गर्यो।"},{"id":3,"text":"बिहान उज्यालो हुने बित्तिकै उनीहरूका गधाहरूसँगै तिनले ती मानिसहरूलाई पठाइदिए। "},{"id":4,"text":"उनीहरू सहरबाट अलिक पर पुगेपछि योसेफले आफ्नो भण्डारेलाई भने, “झट्टै ती मानिसहरूका पछिपछि जाऊ, र उनीहरूलाई भेट्टाएपछि यसो भन्नू, ‘तिमीहरूले किन भलोको बदला खराबी गर्यौ? "},{"id":5,"text":"यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्छ र जसद्वारा उहाँलाई शकून-अपशकून पनि हुन्छ? यो त तिमीहरूले खराब काम गर्यौ’।”"},{"id":6,"text":"त्यसले उनीहरूलाई भेट्टाएपछि उनीहरूसँग त्यही कुरा गरे। "},{"id":7,"text":"उनीहरूले त्यसलाई भने, “हजूर, किन यस्तो कुरा गर्नुहुन्छ? यस्तो काम हजूरका दासहरूबाट दूर रहोस्! "},{"id":8,"text":"हेर्नुहोस्, हाम्रा धोक्राका मुखमा हामीले भेट्टाएको चाँदी त हामीले कनान देशबाट फिर्ता ल्यायौं भने कसरी हामीले हजूरका मालिकको महलबाट चाँदी अथवा सुन चोरी गर्थ्यौं र? "},{"id":9,"text":"हजूरका दासहरूमध्ये जससँग त्यो फेला पर्छ, त्यो मारिओस्। र हामी पनि हजूरका कमारा हुनेछौं।”"},{"id":10,"text":"त्यसले भन्यो, “तिमीहरूले भनेजस्तै होस् त! जससँग त्यो फेला पर्ला त्यो मेरो कमारा हुनेछ। बाँकीचाहिँ निर्दोष ठहरिनेछन्।”"},{"id":11,"text":"तब हरेकले हतपत गरी आ-आफ्नो धोक्रो भूइँमा झारेर फुकाले। "},{"id":12,"text":"अनि भण्डारेले जेठादेखि लिएर कान्छासम्मको तलाशी लियो, र त्यो कचौरा बेन्यामीनको धोक्रोमा फेला पर्यो। "},{"id":13,"text":"तब उनीहरूले आफ्ना लुगा च्याते, र गधा लदाएर सहरतिर फर्के।"},{"id":14,"text":"यहूदा र उनका दाजुभाइहरू योसेफको घरमा आइपुग्दा तिनी त्यहीँ थिए, र उनीहरूले तिनको सामु लम्पसार परेर प्रणाम गरे। "},{"id":15,"text":"योसेफले उनीहरूलाई भने, “तिमीहरूले यस्तो के काम गर्यौ? मजस्तो मानिससँग अन्तर्ज्ञान छ भनी के तिमीहरूलाई थाहा थिएन?”"},{"id":16,"text":"यहूदाले भने, “हामी हजूरलाई के भनौं, अथवा अब हामीले कसरी आफ्नो सफाइ दिन सक्छौं र? हजूरका दासहरूको अपराध परमेश्वरले प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजूरका कमारा भयौं। हामी र त्यो पनि जसको हातमा त्यो कचौरा फेला पर्यो।”"},{"id":17,"text":"तर योसेफले भने, “मबाट यस्तो कहिल्यै हुनेछैन। जसको हातमा त्यो कचौरा फेला पर्यो त्यही मात्र मेरो कमारा हुनेछ। तर तिमीहरूचाहिँ आफ्ना बुबाकहाँ शान्तिपूर्वक जाओ।”"},{"id":18,"text":"तब यहूदाले तिनको सामुन्ने गएर भने, “हे मेरा प्रभु, बिन्ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्। हजूर राजासमान हुनुभए तापनि आफ्नो दासप्रति रिसानी माफ रहोस्। "},{"id":19,"text":"हजूरले आफ्ना दासहरूलाई यसो भनेर सोध्नुभएको थियो, ‘के तिमीहरूका बुबा अथवा भाइ छ कि?’ "},{"id":20,"text":"र हामीले हजूरलाई भन्यौं, हाम्रा बुबा एक वृद्ध मानिस हुनुहुन्छ, र उहाँको वृद्धावस्थाको बालक हाम्रो एउटा सानो भाइ पनि छ। त्यसका दाजु मरिसके, र आफ्नी आमापट्टिको अब त्यो मात्र छ, र त्यसका बुबाले त्यसलाई खूबै माया गर्नुहुन्छ।"},{"id":21,"text":"“तब हजूरले आफ्ना दासहरूलाई भन्नुभयो, ‘त्यसलाई यहाँ मकहाँ ल्याओ, र म त्यसलाई हेर्छु।’ "},{"id":22,"text":"हामीले हजूरलाई भन्यौं, ‘त्यस केटाले आफ्ना बुबालाई छोड्न सक्दैन। किनकि यदि त्यसले आफ्ना बुबालाई छोड्नुपर्यो भने त्यसका बुबाचाहिँ मरिजानुहुन्छ।’ "},{"id":23,"text":"तर हजूरले आफ्ना दासहरूलाई भन्नुभयो, ‘तिमीहरूको कान्छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउनेछैनौ।’ "},{"id":24,"text":"तब हामी हाम्रा बुबा, हजूरका दासकहाँ गयौं। अनि उहाँलाई हजूरका कुरा सुनायौं।"},{"id":25,"text":"“जब हाम्रा बुबाले ‘फेरि गएर अलिक अनाज किन’ भन्नुभयो, "},{"id":26,"text":"तब हामीले उहाँलाई भन्यौं, ‘हामी जान सक्दैनौं। यदि हाम्रो कान्छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्छौं। किनकि हाम्रो कान्छो भाइ हामीसित गएन भनेता हामी ती मानिसको सामु जान पाउनेछैनौं।’"},{"id":27,"text":"“तब हजूरका दास मेरा बुबाले हामीलाई भन्नुभयो, ‘मेरी पत्नीतर्फबाट दुई जना छोराहरू भएका तिमीहरूलाई थाहै छ। "},{"id":28,"text":"एउटाले मलाई छोड़िहाल्यो। निश्चय नै त्यसलाई धुजाधुजा पार्यो होला भनी मैले भनें। त्यहाँदेखि मैले त्यसलाई देखेको छैनँ। "},{"id":29,"text":"यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्यसमाथि आइपर्यो भने, तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौ।’"},{"id":30,"text":"“यसकारण हजूरका दास हाम्रा बुबाकहाँ पुग्दा त्यो केटो हामीसँग भएन भनेता उहाँको प्राण त्यही केटाको प्राणसँग गाँसिएको हुनाले, "},{"id":31,"text":"हाम्रा साथमा त्यो नभएको देख्ने बित्तिकै उहाँको मृत्यु हुनेछ। हामी हजूरका दासहरूले हाम्रा बुबाको फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौं। "},{"id":32,"text":"हजूरको दास, म आफै यस केटाको निम्ति बुबाको अगि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भनें: ‘यदि मैले त्यसलाई फर्काएर तपाईंकहाँ ल्याइनँ भनेता जीवनभरि म तपाईंको सामु दोषी ठहरिनेछु।’"},{"id":33,"text":"“यसकारण अब बिन्ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्नो कमारा तुल्याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्। "},{"id":34,"text":"किनकि यो केटो मेरो साथमा छैन भने मेरा बुबाकहाँ म कसरी जानु? मेरा बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्दिनँ।”"}]},{"id":45,"title":"उत्पत्ति 45","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/45-3bb234cf95d6d464253ce220a95b16c0.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब आफ्ना वरिपरि उभिने सबै सेवकका सामुन्ने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएन। "},{"id":2,"text":"अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए।"},{"id":3,"text":"योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ। के मेरा बुबा जीवितै हुनुहुन्छ?” तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्ने उनीहरू डराएका थिए।"},{"id":4,"text":"तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। "},{"id":5,"text":"तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। "},{"id":6,"text":"देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन। "},{"id":7,"text":"अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिमीहरूभन्दा अगि यहाँ पठाउनुभएको हो।"},{"id":8,"text":"“यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुबातुल्य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्याउनुभएको छ। "},{"id":9,"text":"अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्। "},{"id":10,"text":"तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्। "},{"id":11,"text":"त्यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्।’"},{"id":12,"text":"“अब तिमीहरूसँग बोल्ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्नै आँखाले र मेरो भाइ बेन्यामीनले पनि देखेका छौ। "},{"id":13,"text":"मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्य भन्नू, र झट्टै मेरा बुबालाई यहाँ ल्याउनू।”"},{"id":14,"text":"तब आफ्नो भाइ बेन्यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्यामीन पनि तिनको गलामा टाँसिएर रोए। "},{"id":15,"text":"अनि तिनले आफ्ना सबै दाजुहरूलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे।"},{"id":16,"text":"योसेफका दाजुभाइहरू आएका छन् भन्ने खबर जब फारोको घरमा पुग्यो तब फारो र उनका अधिकारीहरू सबै खुशी भए। "},{"id":17,"text":"फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो भन: ‘तिमीहरू आफ्ना पशुहरू लदाएर कनान देशमा फर्केर जाओ, "},{"id":18,"text":"र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्जनी खानेछौ।’"},{"id":19,"text":"“तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: तिम्रा बालबच्चा र तिम्रा पत्नीहरूका निम्ति मिश्रबाट गाड़ाहरू पनि लैजाओ, र तिमीहरूका बुबालाई लिएर आओ। "},{"id":20,"text":"तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्।”"},{"id":21,"text":"इस्राएलका छोराहरूले त्यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्ति सामलतुमल दिए। "},{"id":22,"text":"उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए। तर बेन्यामीनलाई चाहिँ चाँदीका तीन सय सिक्का र पाँच जोर लुगा दिए। "},{"id":23,"text":"आफ्ना बुबाको निम्ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी। "},{"id":24,"text":"अनि तिनले आफ्ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनले उनीहरूलाई भने, “बाटोमा झगड़ा नगर।”"},{"id":25,"text":"यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्ना बुबा याकूबकहाँ आए। उनीहरूले तिनलाई भने, “योसेफ त अझै जीवितै रहेछन्, र मिश्रका अधिपति तिनी नै भएका रहेछन्।” "},{"id":26,"text":"यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो। तिनले उनीहरूको कुरा पत्याएनन्। "},{"id":27,"text":"तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाड़ाहरू देखेपछि उनीहरूका बुबा याकूबको होश फर्क्यो। "},{"id":28,"text":"र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।”"}]},{"id":46,"title":"उत्पत्ति 46","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/46-ec57b18c9e2466e3fe04766682ae24a1.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र बेर्शेबामा आएर आफ्ना बुबा इसहाकका परमेश्वरको निम्ति बलिदान चढ़ाए। "},{"id":2,"text":"अनि राती दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो।अनि तिनले भने, “म यहीँ छु।”"},{"id":3,"text":"उहाँले भन्नुभयो, “म परमेश्वर, तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु। "},{"id":4,"text":"म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्चय नै फेरि फर्काइल्याउनेछु, अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” आफ्नो हात तेरो आँखामाथि राख्नेछ।"},{"id":5,"text":"त्यसपछि याकूब बेर्शेबाबाट हिँड़े। इस्राएलका छोराहरूले आफ्ना बुबा याकूब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाड़ाहरूमा चढ़ाएर लगे। "},{"id":6,"text":"आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका मालसामानहरू लिएर याकूब र तिनका जम्मै परिवार मिश्रमा गए। "},{"id":7,"text":"याकूबले आफ्नो साथमा आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई मिश्रमा लगे।"},{"id":8,"text":"मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै हुन्:याकूबका जेठा छोरा रूबेन।"},{"id":9,"text":"रूबेनका छोराहरू:\nहानोक, पल्लु, हेस्रोन र कर्मी।"},{"id":10,"text":"शिमियोनका छोराहरू:\nयमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्नीतर्फका छोरा शौल।"},{"id":11,"text":"लेवीका छोराहरू:\nगेर्शोन, कहात र मरारी।"},{"id":12,"text":"यहूदाका छोराहरू:\nएर्, ओनान, शेलह, फारेस र जेरह।\nतर एर् र ओनानचाहिँ कनान देशमै मरे।\nफारेसका छोराहरू हेस्रोन र हामूल थिए।"},{"id":13,"text":"इस्साखारका छोराहरू:\nतोला, पुवा, याशूब र शिम्रोन।"},{"id":14,"text":"जबूलूनका छोराहरू:\nसेरेद, एलोन र यहलेल।"},{"id":15,"text":"यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्। लेआबाट याकूबका छोराछोरी जम्मा तेत्तीस जना थिए।"},{"id":16,"text":"गादका छोराहरू:\nसेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली।"},{"id":17,"text":"आशेरका छोराहरू:\nयिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए।"},{"id":18,"text":"लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै हुन्। यिनीहरू जम्मा सोह्र जना थिए।"},{"id":19,"text":"याकूबकी पत्नी राहेलका छोराहरू:\nयोसेफ र बेन्यामीन।"},{"id":20,"text":"ओनका पूजाहारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए। "},{"id":21,"text":"बेन्यामीनका छोराहरू:\nबेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।"},{"id":22,"text":"राहेलबाट जन्मेका याकूबका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा चौध जना थिए।"},{"id":23,"text":"दानका छोरा:\nहुशीम।"},{"id":24,"text":"नप्तालीका छोराहरू:\nयहसेल, गुनी, येसेर, र शिल्लेम।"},{"id":25,"text":"लाबानले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्हाले याकूबबाट जन्माएका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा सात जना थिए।"},{"id":26,"text":"याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्ना निज सन्तान जम्मा छयसट्ठी जना थिए। "},{"id":27,"text":"मिश्रमा जन्मेका योसेफका छोराहरूचाहिँ दुई जना थिए। मिश्रमा आउने याकूबका घरका सबै जम्मा सत्तरी जना थिए। "},{"id":28,"text":"गोशेनमा तिनलाई भेट्न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्नो अगि पठाए। "},{"id":29,"text":"योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोशेनसम्म आफ्ना बुबा इस्राएललाई भेट गर्न आए। तिनको अगि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्ना बुबालाई अँगालो हालेर धेरै बेरसम्म रोए।"},{"id":30,"text":"इस्राएलले योसेफलाई भने, “मैले तेरो मुख देखेर तँ जीवितै रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु।”"},{"id":31,"text":"योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई खबर दिन्छु र उनलाई भन्नेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्। "},{"id":32,"text":"उनीहरू सबै गाईबस्तु पाल्ने भएकाले गोठाला हुन्। उनीहरूले आफ्ना सबै बगाल र बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्।’ "},{"id":33,"text":"जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्दा के हो?’ भनी सोध्छन्, "},{"id":34,"text":"तब तपाईंहरूले भन्नुहोस्, ‘हजूरका दासहरू हामी बाबु-छोराहरू हाम्रा बाल्यावस्थादेखि अहिलेसम्म गाईबस्तु पाल्ने हौं।’ अनि तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्।”"}]},{"id":47,"title":"उत्पत्ति 47","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/47-690d8cfe78093b91b71731192999a51b.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका भेड़ाबाख्रा, गाईबस्तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् र अहिले उनीहरू गोशेन प्रदेशमा छन्।” "},{"id":2,"text":"तिनले आफ्ना दाजुहरूमध्येबाट पाँच जनालाई लिएर फारोकहाँ हाजिर गराए।"},{"id":3,"text":"फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्धा के हो?”उनीहरूले फारोलाई भने, “हामी हजूरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौं।” "},{"id":4,"text":"उनीहरूले फारोलाई अझै भने, “हामी यस देशमा बसोबास गर्न आएका छौं, किनकि कनान देशमा घोर अनिकाल परेको हुनाले हजूरका दासहरूलाई भेड़ाबाख्रा चराउने ठाउँ भएन। अब बिन्ती छ, कि हामी हजूरका दासहरूले गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति पाऔं।”"},{"id":5,"text":"फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएछन्। "},{"id":6,"text":"मिश्रदेश तिम्रै अगि छ। देशको सबैभन्दा असल ठाउँमा तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्न देऊ। उनीहरूलाई गोशेन प्रदेशमा नै बस्न देऊ। उनीहरूमध्ये कति लायकका मानिसहरू छन् भनी तिमीले थाहा पायौ भने मेरा गाईबस्तुहरू पनि उनीहरूकै जिम्मामा लगाइदेऊ।”"},{"id":7,"text":"तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए। याकूबले फारोलाई आशीर्वाद दिए। "},{"id":8,"text":"फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?”"},{"id":9,"text":"याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दु:खमय भएका छन्, हजूर। मेरा पिता-पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्यति त अहिले मेरो पुगेकै छैन।” "},{"id":10,"text":"अनि याकूबले फेरि फारोलाई आशीर्वाद दिए, र फारोको उपस्थितिबाट निस्केर गए।"},{"id":11,"text":"तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए, र फारोको हुकुमअनुसार तिनले मिश्रमा भएका सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकामा उनीहरूका अधिकारमा जग्गाजमिन दिए। "},{"id":12,"text":"योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्चाको संख्याअनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे।"},{"id":13,"text":"घोर अनिकालले देश ग्रस्त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए। "},{"id":14,"text":"मिश्र र कनान देशका मानिसहरूले अन्न किनेका सबै रुपियाँ योसेफले जम्मा गरेर फारोकै महलमा राखे। "},{"id":15,"text":"जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्ना रुपियाँपैसा खर्च गरिसके, तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, “हामीलाई अन्न दिनुहोस्। तपाईंका आँखाको सामुन्ने हामी किन मरौं? हामीसित भएका रुपियाँपैसा सबै सिद्धिए।”"},{"id":16,"text":"योसेफले तिनीहरूलाई भने, “तिमीहरूका रुपियाँपैसा सिद्धिए भने गाईबस्तु ल्याओ। तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिउँला।” "},{"id":17,"text":"यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए, र योसेफले तिनीहरूका घोड़ा, भेड़ा, गाई, गधा आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न दिए।"},{"id":18,"text":"त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हाम्रा रुपियाँपैसा सबै सकिएको कुरा त हजूरलाई थाहै छ। गाईबस्तुका बथान पनि सबै हजूरकै भइसकेका छन्। अब हजूरको लागि हामीसँग हाम्रै जीउ र जग्गाजमिनबाहेक अरू केही छैन। "},{"id":19,"text":"हामी हजूरका आँखाको सामुन्ने किन नष्ट हुने— हामी र हाम्रा जमिन पनि? हामीलाई अन्न दिएर हाम्रा जमिनसमेत हामीलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौं। हामीलाई बीउ दिनुहोस्, र हामी जीवित रहनेछौं र हाम्रा जग्गाजमिन पनि उजाड़ हुनेछैन।”"},{"id":20,"text":"यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने। त्यहाँ घोर अनिकाल परेको हुनाले सबै मिश्रीहरूले आफ्ना जग्गाजमिन बेचे। यसरी जग्गाजमिन फारोको भयो। "},{"id":21,"text":"मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए। "},{"id":22,"text":"तर पूजाहारीहरूका जग्गाजमिन तिनले किनेनन्, किनभने पूजाहारीहरूलाई फारोबाट अन्नको हिस्सा तोकिएको थियो, र फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे। त्यसकारण तिनीहरूले चाहिँ आफ्ना जग्गाजमिन बेच्नुपरेन।"},{"id":23,"text":"योसेफले प्रजाहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्ति बीउ यहाँ छ, र तिमीहरूले जमिनमा बीउ छर। "},{"id":24,"text":"तर फसलको बेलामा उब्जनीको पाँचौँ हिस्सा तिमीहरूले फारोलाई टक्र्याउनुपर्छ। चार हिस्साचाहिँ खेतीलाई बीउको निम्ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्चाले खानका निम्ति तिमीहरूका आफ्नै हुनेछ।”"},{"id":25,"text":"तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ। हजूरको निगाह हामीमाथि रहोस्। हामी फारोका कमारा हुनेछौं।”"},{"id":26,"text":"यसैले मिश्र देशमा जग्गाजमिनको विषयमा योसेफले एउटा ऐन बनाए, जो आजसम्म प्रचलित छ, कि उब्जनीको पाँचौँ हिस्सा फारोको हुन्छ। पूजाहारीहरूका जग्गाजमिन मात्र फारोको भएन।"},{"id":27,"text":"अब मिश्रको गोशेनमा इस्राएलीहरूले बसोबास गरे, र तिनीहरूले त्यहाँका जग्गाजमिन आफ्नो अधिकारमा लिए। अनि त्यहाँ तिनको फलिफाप भएर संख्यामा ज्यादै वृद्धि हुँदैगयो।"},{"id":28,"text":"याकूब मिश्रमा सत्र वर्ष बाँचे। याकूबको जम्मा उमेर एक सय सतचालीस वर्ष भयो। "},{"id":29,"text":"इस्राएलको मर्ने बेला आइपुग्दा तिनले आफ्ना छोरा योसेफलाई बोलाएर भने, “यदि तैंले मलाई श्रद्धा गर्छस् भने दया गरी तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति भक्ति देखाउँछु भनी मसँग प्रतिज्ञा गर्। तैंले मलाई मिश्रदेशमा नगाड्, "},{"id":30,"text":"तर जब म मेरा पिता-पुर्खाहरूसँग सुतिजाउँला तब मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाड़िदे।”तिनले भने, “तपाईंले भन्नुभएबमोजिम म गर्नेछु।”"},{"id":31,"text":"फेरि याकूबले भने, “मसँग शपथ खा।” अनि योसेफले शपथ खाए। तब इस्राएल आफ्नो पलङ्गको सिरानमा घोप्टो परे।"}]},{"id":48,"title":"उत्पत्ति 48","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/48-aa0a6ce605c5c6376767973cc0b117cf.mp3?version_id=1483","verses":[{"id":1,"text":"केही समयपछि “हजूरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा लिएर तिनी याकूबकहाँ गए। "},{"id":2,"text":"अनि “तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्” भन्ने खबर कसैले याकूबलाई सुनायो। तब इस्राएल आफै बल गरेर पलङ्गमा बसे।"},{"id":3,"text":"याकूबले योसेफलाई भने, सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो, र उहाँले मलाई आशीर्वाद दिएर भन्नुभयो, "},{"id":4,"text":"हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र संख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु, र तँपछि तेरा सन्तानलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु।"},{"id":5,"text":"“अब म मिश्रमा आउन अगि मिश्रमा जन्मेका तेरा यी दुई छोराहरू मेरै हुन्। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्शे मेरै हुनेछन्। "},{"id":6,"text":"तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरूचाहिँ तेरा हुनेछन्। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्शेका नाउँमा यिनीहरू बोलाइनेछन्। "},{"id":7,"text":"किनभने म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्न अझ केही टाढ़ा छँदै कनान देशमा राहेल मरिन्, र एप्रात, अर्थात् बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडें।” "},{"id":8,"text":"योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्?”"},{"id":9,"text":"योसेफले आफ्ना बुबालाई भने, “परमेश्वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्।”तब इस्राएलले भने, “तिनीहरूलाई यहाँ मकहाँ ल्याइदे। म तिनीहरूलाई आशीर्वाद दिनेछु।”"},{"id":10,"text":"त्यस बेला उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, र तिनी राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए। अनि तिनले तिनीहरूलाई म्वाइँ खाएर अँगालो हाले।"},{"id":11,"text":"इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख देख्न पाउँला भनी ठानेकै थिइनँ, तर हेर्, मलाई तेरा सन्तान पनि परमेश्वरले देख्न दिनुभयो।”"},{"id":12,"text":"तब योसेफले तिनीहरूलाई इस्राएलका घुँड़ाबाट हटाए, र तिनले भूइँमा घोप्टेर साष्टाङ्ग प्रणाम गरे। "},{"id":13,"text":"योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए। "},{"id":14,"text":"तर इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा राखे, र मनश्शे जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्नो देब्रे हात राखे।"},{"id":15,"text":"तब तिनले योसेफलाई आशीर्वाद दिएर भने,\nजुन परमेश्वरको सामुन्ने मेरा पिता\nअब्राहाम र इसहाक हिँड्थे,\nजुन परमेश्वरले मेरो जीवनभरि\nआजसम्म मलाई डोर्याउनुभएको छ,"},{"id":16,"text":"ती स्वर्गदूत, जसले मलाई\nसबै खराबीबाट जोगाउनुभएको छ,उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्।\nयिनैमा मेरो नाउँ अमर भइरहोस्,\nर मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्।\nर पृथ्वीमा यिनीहरू अनगन्ती भई संख्यामा बढून्।"},{"id":17,"text":"तिनका बुबाले आफ्ना दाहिने हात एफ्राइमको टाउकोमा राखेका देखेर योसेफलाई मन परेन, र तिनले एफ्राइमको टाउकोबाट मनश्शेको टाउकोमा राख्न भनी तिनका बुबाको हात हटाउनलाई उठाए। "},{"id":18,"text":"तिनले बुबालाई भने, “हे बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो। तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्।”"},{"id":19,"text":"तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, छोरा, मलाई थाहा छ। यसको पनि एउटा वंश हुनेछ, र यो पनि ठूलो हुनेछ। त्यसो भए तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जातिहरूको एक समूह हुनेछ।” "},{"id":20,"text":"इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, \n“इस्राएलले तेरो नाउँ लिएर यस्तो आशीर्वाद दिनेछ:\nपरमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्।”यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाड़ि राखे।"},{"id":21,"text":"तब इस्राएलले योसेफलाई भने, “अब म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा लैजानुहुनेछ। "},{"id":22,"text":"त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”"}]},{"id":49,"title":"उत्पत्ति 49","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/49-1ae3dfa9a992a315b7a5915534049af5.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्मा होओ, र पछिल्ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भनूँला।"},{"id":2,"text":"हे याकूबका छोरा हो,\nजम्मा भएर सुन,\nतिमीहरूका बुबा इस्राएलले भनेका सुन।"},{"id":3,"text":"रूबेन, तँ मेरो जेठो छोरो होस्,\nमेरो शक्ति र मेरो बलको पहिलो फल,\nगौरव र शक्तिमा सर्वप्रमुख।"},{"id":4,"text":"पानीजस्तो चञ्चल तँ,\nतेरो प्रतिष्ठा कायम रहनेछैन,\nकिनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्,\nर त्यो अशुद्ध पारिस्—\nतँ मेरो ओछ्यानमा चढ़िस्!"},{"id":5,"text":"शिमियोन र लेवी दाजुभाइ हुन्,\nतिनका तरवार नै उपद्रवका हतियार हुन्,"},{"id":6,"text":"ए मेरो प्राण, तिनीहरूको सभामा नआइज,\nतिनीहरूको सङ्गतमा नलाग्,\nकिनकि आफ्नो रीसमा तिनीहरूले\nमानिसहरूलाई मारेका छन्,\nतिनीहरूले आफूखुशी गरेर\nगोरुहरूका ढोड़नसा काटेका छन्।"},{"id":7,"text":"तिनीहरूको रीसमाथि श्राप परोस्,\nकिनभने त्यो भयानक छ,\nर तिनीहरूका क्रोधमाथि,\nकिनकि त्यो निष्ठुर छ।\nतिनीहरूलाई म याकूबमा छिन्न-भिन्न पार्नेछु,\nर इस्राएलमा तितरबितर पार्नेछु।"},{"id":8,"text":"ए यहूदा, तेरा दाजुभाइहरूले\nतेरो प्रशंसा गर्नेछन्,\nतेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ,\nतेरै बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन्।"},{"id":9,"text":"यहूदा सिंहको डमरु हो। \nए मेरो छोरो, शिकारबाट तँ आएको छस्,\nत्यो निहुरिन्छ, र सिंहझैँ लेटिरहन्छ,\nअँ, सिंहनीझैँ— कसले त्यसलाई उठाउने आँट गर्छ?"},{"id":10,"text":"यहूदाको हातबाट राजदण्ड हट्नेछैन,\nराज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन,\nजबसम्म त्यसका मालिक आउँदैनन्।\nर जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्।"},{"id":11,"text":"त्यसको गधालाई दाखको बोटमा,\nर गधाको बछेड़ोलाई चाहिँ\nउत्तम जातको हाँगामा बाँध्नेछ।\nत्यसले आफ्ना लुगाहरू दाखमद्यमा,\nआफ्ना पोशाक अङ्गूरको रसमा धुनेछन्।"},{"id":12,"text":"त्यसका आँखा दाखमद्यभन्दा गाढ़ा,\nर त्यसका दाँत दूधभन्दा सेता हुनेछन्।"},{"id":13,"text":"जबूलूनको वास समुद्रको किनारमा हुनेछ,\nजहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ,\nर त्यसको सिमाना सीदोनसम्म हुनेछ।"},{"id":14,"text":"इस्साखार बलियो गधा हो,\nजो दुई भारीहरूका बीचमा लेटिरहन्छ।"},{"id":15,"text":"आफ्नो विश्रामको ठाउँ असल रहेछ,\nर त्यसको देश रमाइलो रहेछ भन्ने त्यसले देखेपछि,\nत्यसले भारी बोक्नलाई आफ्नो काँध झुकाउनेछ,\nर बेगारीको काम गर्न मान्नेछ।"},{"id":16,"text":"इस्राएलका कुलमध्येको एक भएर\nदानले आफ्ना मानिसहरूका निम्ति न्याय गर्नेछ।"},{"id":17,"text":"दानचाहिँ बाटोमा भएको एउटा सर्प,\nर गोरेटोमा भएको विषालु साँप हुनेछ,\nजसले घोड़ाका कुर्कुच्चा डस्छ,\nर त्यसको घोड़चढ़ीचाहिँ पछिल्तिर लोट्छ।"},{"id":18,"text":"“हे प्रभु, मैले तपाईंको उद्धारको प्रतीक्षा गर्दैआएको छु।"},{"id":19,"text":"“गादमाथि एक दलले आक्रमण त गर्नेछ,\nतर त्यसले तिनीहरूलाई उल्टा खेद्दै हमला गर्नेछ।"},{"id":20,"text":"“आशेरबाट उत्पन्न हुने अनाजहरू उत्तम हुनेछन्,\nर त्यसले राजकीय खाना बाँड़िदिनेछ।"},{"id":21,"text":"नप्ताली फुकाइएकी मुडुली-मृग हो,\nजसले सुन्दर-सुन्दर पाठा-पाठी बियाउँछे।"},{"id":22,"text":"योसेफ फलले लटरम्म भएको एउटा लहरा हो,\nपानीको मूलनेर भएको फल दिने लहरा,\nजसका हाँगाहरू पर्खाल माथि-माथि फैलिन्छन्।"},{"id":23,"text":"धनुर्धारीहरूले त्यसलाई ज्यादै दु:ख दिए,\nत्यसमाथि काँड़ चलाए,\nर त्यसको खेदो गरे।"},{"id":24,"text":"तैपनि त्यसको धनु दह्रो नै रह्यो,\nर त्यसका पाखुराहरू फूर्तिलै रहे,\nयाकूबका परमशक्तिशालीको हातद्वारा,\nती गोठाला, इस्राएलको चट्टानद्वारा,"},{"id":25,"text":"अर्थात् तेरा बुबाका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई आशिष् दिनुहुन्छ— माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू।"},{"id":26,"text":"तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका\nआशीर्वादभन्दा र अनन्त डाँड़ाहरूका\nआशिष्भन्दा प्रबल छ।\nती सबै योसेफको शिरमा होऊन्,\nत्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरैमा।"},{"id":27,"text":"“बेन्यामीन त एउटा फहराउने ब्वाँसो हो,\nबिहानचाहिँ ल्याएको शिकार त्यसले खान्छ,\nर बेलुकीचाहिँ त्यसले लूट बाँड्छ।”"},{"id":28,"text":"यी सबै इस्राएलका बाह्र कुल हुन्। आफ्ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदै भनेको कुरा यही हो। प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए।"},{"id":29,"text":"तब तिनले तिनीहरूलाई यो आज्ञा दिए: “म त मेरा मानिसहरूकहाँ मिल्न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओड़ारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड़, "},{"id":30,"text":"अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए। "},{"id":31,"text":"त्यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई गाड़ेका थिए। र त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाड़ेका थिए। त्यहीँ नै मैले लेआलाई गाडें। "},{"id":32,"text":"त्यो खेत र त्यहाँ भएको ओड़ार हित्तीहरूको हातबाट किनेको हो।”"},{"id":33,"text":"छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्ना खुट्टा ओछ्यानमा पसारेर आफ्नो प्राण त्यागे, र आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए। "}]},{"id":50,"title":"उत्पत्ति 50","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/GEN/50-8a4975cd34f03b9d0bfa2ed29e616568.mp3?version_id=1483","verses":[{"id":1,"text":"योसेफ आफ्ना बुबामाथि घोप्टो परेर रोए, र तिनलाई म्वाइँ खाए। "},{"id":2,"text":"तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप मल्न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप मले। "},{"id":3,"text":"यसको निम्ति चालीस दिन लागेको थियो, किनकि सुगन्धित लेप लाउन यति नै दिन लाग्थ्यो। तिनको निम्ति मिश्रीहरूले पनि सत्तरी दिन शोक मनाए।"},{"id":4,"text":"तिनको निम्ति शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि तिम्रो निगाह ममाथि छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदेओ। "},{"id":5,"text":"मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू।’ यसकारण कृपा गरी गएर मेरा बुबालाई त्यहीँ गाड़ेर फर्किआउन पाऊँ।” "},{"id":6,"text":"फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड़।”"},{"id":7,"text":"यसैले आफ्ना बुबालाई गाड्न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, "},{"id":8,"text":"साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोड़िएर रहे। "},{"id":9,"text":"तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्यो एउटा ठूलो मलामीको समूह थियो।"},{"id":10,"text":"जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति विलाप गरे। "},{"id":11,"text":"त्यस देशका बासिन्दा कनानीहरूले आतादको खलामा गरेको विलाप देखेर भने, “यो त मिश्रीहरूको ठूलो विलाप रहेछ।” यसकारण यर्दननेरको त्यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो। त्यो यर्दन पारिपट्टि छ।"},{"id":12,"text":"यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे। "},{"id":13,"text":"तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओड़ार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ारमा तिनलाई गाड़े। "},{"id":14,"text":"आफ्ना बुबालाई गाड़िसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के।"},{"id":15,"text":"बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछ, र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ।” "},{"id":16,"text":"यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्दा अघि तपाईंका बुबाले यस्तो आज्ञा दिनुभएको थियो: "},{"id":17,"text":"‘तिमीहरूले योसेफलाई भन: कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर।’ अब बिन्ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्वरका दासहरूका अपराध क्षमा गर्नुहोस्।” उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए।"},{"id":18,"text":"तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।”"},{"id":19,"text":"तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्वरको स्थानमा छु र? "},{"id":20,"text":"तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्। "},{"id":21,"text":"यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्त्वना दिए।"},{"id":22,"text":"योसेफ र तिनका बुबाका परिवारहरू मिश्रमै बसे, र योसेफ एक सय दश वर्षसम्म बाँचे। "},{"id":23,"text":"योसेफले एफ्राइमको पनातिसम्म पनि देखे। मनश्शेका छोरा माकीरका भर्खर जन्मेका बालबच्चा पनि योसेफकै घुँड़ामा राखिए।"},{"id":24,"text":"तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।” "},{"id":25,"text":"अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, “परमेश्वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” "},{"id":26,"text":"यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे।"}]}]}