-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
HAB.json
1 lines (1 loc) · 24.5 KB
/
HAB.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"हबकूक नाउँको अर्थ “अँगाल्ने व्यक्ति वा मायालु” हो। यिनी यर्मिया भविष्यवक्ताको समकालीन भविष्यवक्ता थिए र इस्राएलको धार्मिक परम्परामा उनको गहिरो विश्वासले जरा हालेको थियो। लगभग ६०५ ई.पू. ताका यहूदा बेबिलोनको अधीनमा दासत्वमा जाने पहिलो क्रमअघि साना भविष्यवक्ताहरूमध्ये सबैभन्दा पछिल्ला भविष्यवक्ता थिए। अरू भविष्यवक्ताभन्दा फरक उनले मानिसहरूलाई परमेश्वरको सन्देशको घोषणा होइन तर मानिसहरूका बारे परमेश्वरसँग नै संवाद गरे।"},{"id":2,"text":"हबकूकको यो पुस्तक राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा भएको संकष्टको समयमा लेखिएको थियो। नयाँ विश्वशक्तिको रूपमा बेबिलोनको उदय भयो। त्यसपछि लगतै यहूदालाई पराजित गरी तिनीहरूलाई दासत्वमा लग्न सम्भावना थियो। यस्तै अन्योलता, डर र अनिश्चितताको वातावरण छाएको समयमा हबकूकले यस पुस्तकमा भएको सन्देश ल्याए। यो पुस्तक लगभग ६०७ ई.पू. को समयमा लेखिएको हुनसक्ने धेरै विद्धानहरूले सहमति जनाएका छन्।"}]},{"id":1,"title":"हबकूक 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HAB/1-975fdf3843e0cbaace7e78149491153b.mp3?version_id=1483","verses":[{"id":1,"text":"हबकूक अगमवक्ताले दर्शनमा पाएको ईश्वरवाणी।"},{"id":2,"text":"हे परमप्रभु, कहिलेसम्म सहायताको निम्ति मैले पुकार गर्ने, तर तपाईं सुन्नुहुन्न? अथवा “उपद्रव” भनी म तपाईंमा कहिलेसम्म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्न? "},{"id":3,"text":"तपाईं मलाई किन अन्याय हेर्न लाउनुहुन्छ? तपाईं किन अनुचित कुरा सहनुहुन्छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्। झगड़ा र विवाद चारैतिर छन्। "},{"id":4,"text":"यसैकारण व्यवस्था मन्द हुँदैजाँदैछ, र न्याय कहिल्यै प्रबल हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्यायको दुरुपयोग हुन्छ।"},{"id":5,"text":"“जाति-जातिलाई नियालेर हेर्, तिनीहरूलाई हेरेर छक्क पर्, किनभने म तेरा दिनमा यस्तो काम गर्छु, जो तँलाई भने पनि तैंले विश्वास गर्नेछैनस्। "},{"id":6,"text":"म बेबिलोनीहरूलाई खड़ा गरिरहेछु, त्यो निष्ठुर र उग्र जाति, जो अर्काको वासस्थान खोस्न सारा पृथ्वीभरि नै बढ़ेर जान्छ। "},{"id":7,"text":"तिनीहरू डरलाग्दा र भयानक मानिसहरू छन्। तिनीहरू आफैमा आफ्नो व्यवस्था हुन् र आफ्नै मान-मर्यादा बढ़ाउँछन्। "},{"id":8,"text":"तिनीहरूका घोड़ाहरू चितुवाभन्दा चाँड़ो कुद्ने र बेलुकी निस्कने ब्वाँसाहरूभन्दा क्रूर छन्। तिनीहरूका घोड़चढ़ी सेना अधोमुख कुद्छ। तिनीहरूका घोड़चढ़ीहरू टाढ़ादेखि आउँछन्। तिनीहरू शिकार निल्नलाई वेग हानेर उड्ने गिद्धझैँ अगि बढ्छन्। "},{"id":9,"text":"तिनीहरू सबै उपद्रव गर्नलाई नै आउँछन्। तिनीहरूको सैन्य दल मरुभूमिको हुरीझैँ अगि बढ्छ र कैदीहरूलाई बालुवाजस्तै जम्मा गर्छ। "},{"id":10,"text":"तिनीहरूले राजाहरूलाई हँस्सीमा उड़ाउँछन् र शासकहरूको ठट्टा गर्छन्। किल्ला भएका सबै सहरलाई देखेर तिनीहरू हाँस्छन्, र माटोको ढिस्कुरो बनाएर तिनीहरूले ती कब्जा गर्छन्। "},{"id":11,"text":"तब तिनीहरू बतासझैँ वेगसित आउँछन् र जान्छन्। ती दोषी मानिसहरू हुन्, जसको सामर्थ्य नै तिनीहरूको देवता हो।”"},{"id":12,"text":"हे परमप्रभु, के तपाईं सनातनदेखि नै हुनुहुन्न र? हे मेरा परमेश्वर, मेरा परमपवित्र, हामी मर्नेछैनौं। हे परमप्रभु, तपाईंले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ। हे चट्टान, सजाय दिनलाई तपाईंले तिनीहरूलाई अभिषेक गर्नुभएको छ। "},{"id":13,"text":"तपाईंको दृष्टि यति शुद्ध छ, कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न, खराबी देखेर तपाईं सहन सक्नुहुन्न। त्यसो भए छल गर्ने मानिसहरूलाई किन तपाईं सहनुहुन्छ? आफूभन्दा धर्मी मानिसहरूलाई दुष्टहरूले निल्दा तपाईं किन चूप लाग्नुहुन्छ? "},{"id":14,"text":"तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासकविनाका घस्रने जन्तुहरूतुल्य बनाउनुभएको छ। "},{"id":15,"text":"दुष्ट शत्रुले ती सबैलाई बल्छीले उठाइलान्छ, र तिनलाई जालमा पक्रन्छ। त्यसले तिनीहरूलाई महाजालमा थुपार्छ। यसकारण त्यो रमाउँछ र खुशी हुन्छ। "},{"id":16,"text":"यसैकारण त्यसले आफ्नो जाललाई बलि चढ़ाउँछ, र महाजालको लागि धूप बाल्छ, किनकि तीद्वारै त्यो सुख-चैनमा बस्छ र उत्तम भोजनको मजा लिन्छ। "},{"id":17,"text":"के त्यसले आफ्नो जाल रित्त्याउँदैजाने, र जाति-जातिहरूलाई निर्दयतापूर्वक सर्वनाश गरिरहने?"}]},{"id":2,"title":"हबकूक 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HAB/2-67bd3b02ce2f3eeaec0d10f2a338a3c6.mp3?version_id=1483","verses":[{"id":1,"text":"म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्नुहुन्छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्नेछु।"},{"id":2,"text":"तब परमप्रभुले मलाई जवाफमा भन्नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख्, र समाचारवाहक त्यससित दौड्न सकोस्। "},{"id":3,"text":"किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यसले अन्तको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन। "},{"id":4,"text":"“हेर्, त्यो घमण्डले फुलिएको छ, त्यसका इच्छाहरू सोझा छैनन्— तर धर्मीचाहिँ आफ्नो विश्वासद्वारा जिउनेछ। "},{"id":5,"text":"निश्चय नै दाखमद्यले त्यसलाई धोका दिन्छ। त्यो हठी छ र त्यो कहिल्यै शान्तसित बस्दैन, किनभने त्यो चिहानझैँ लोभी छ। मृत्युझैँ त्यो कहिल्यै अघाउँदैन। त्यसले सारा जाति-जातिहरूलाई आफूकहाँ बटुल्छ, र सारा मानिसहरूलाई कैद गर्छ।"},{"id":6,"text":"“के ती सबैले यसो भनेर त्यसको विरुद्धमा हाँसो र ठट्टा गर्दैनन् र? ‘चोरको माल थुपार्ने र जबरजस्ती खोसेर ल्याएका मालले धनी हुनेलाई धिक्कार! त्यसले कहिलेसम्म त्यसो गर्ने?’ "},{"id":7,"text":"के तेरा कर्जादारहरू एक्कासि उठ्नेछैनन् र? तिनीहरू बिउँझेर तँलाई थर्कमान बनाउँदैनन् र? तब तँ तिनीहरूको शिकार हुनेछस्, "},{"id":8,"text":"तैंले जाति-जातिहरूलाई लुटेको छस्, यसकारण बाँचेका मानिसहरूले तँलाई लुटनेछन्। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्।"},{"id":9,"text":"“धिक्कार त्यसलाई, जसले अन्यायबाट कमाएको लाभबाट आफ्नो राज्य बनाउँछ, ताकि उसको गुँड़ उच्च ठाउँमा बनाई ऊ विध्वंशबाट बचोस्। "},{"id":10,"text":"तैंले धेरै मानिसहरूका सर्वनाशको निम्ति षड्यन्त्र रचेको छस्। तैंले आफ्नै घरलाई लाजमा डुबाएर आफ्नो जीवन गुमाइस्। "},{"id":11,"text":"पर्खालका भित्तादेखि ढुङ्गाहरूले दुहाई दिनेछन्, र काठका दलिनहरूले त्यसको प्रतिध्वनि गर्नेछन्।"},{"id":12,"text":"धिक्कार त्यसलाई, जसले रक्तपातले सहर निर्माण गर्दछ, र अधर्मद्वारा नगर स्थापित गर्दछ। "},{"id":13,"text":"के सर्वशक्तिमान् परमप्रभुले यो ठहराउनुभएको होइन, कि मानिसहरूको परिश्रम त आगोको निम्ति मात्र हुन्छ, कि जाति-जातिहरू व्यर्थैमा आफै थकित हुँदैछन्? "},{"id":14,"text":"किनकि समुद्र पानीले ढाकिएझैँ पृथ्वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ। "},{"id":15,"text":"“धिक्कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूको नाङ्गो शरीर एकटक लगाएर हेर्न आफ्नो मशकबाट तिनीहरूलाई मद्यपान गराइ टिल्ल पार्छन्। "},{"id":16,"text":"गौरवको सट्टा तँ शर्मले भरिनेछस्। अब तेरो पालो आयो, तँ पनि पिई र उदाङ्गो हो। परमप्रभुको दाहिने हातको कचौरा तँकहाँ आउँदैछ, र तेरो गौरव लाजले ढाकिनेछ। "},{"id":17,"text":"लेबनानमाथि तैंले गरेको उपद्रवले तँलाई नै ढाक्नेछ, र तैंले त्यहाँका पशुहरूलाई गरेको सर्वनाशले तँलाई भयभीत तुल्याउनेछ। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्।"},{"id":18,"text":"“मान्छेले खोपेर बनाएको मूर्तिको के मूल्य छ र? अथवा झूट सिकाउने प्रतिमाको के मूल्य छ? किनकि त्यो बनाउने कारीगरले आफ्नै हातले बनाएको सृष्टिमा भरोसा राख्तछ। उसले मूर्तिहरू बनाउँछ, जसले बोल्न सक्दैन।"},{"id":19,"text":"“धिक्कार त्यसलाई, जसले काठलाई भन्छ, ‘जिउँदो होऊ,’ र बोल्न नसक्ने ढुङ्गालाई भन्छ, ‘जाग’। के त्यसले मार्ग दर्शन गर्न सक्छ? त्यो त सुन र चाँदीले मोहोरिएको छ, त्यसमा सास नै छैन। "},{"id":20,"text":"तर परमप्रभु त आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। सारा पृथ्वी उहाँको सामुन्ने चूपचाप रहोस्।”"}]},{"id":3,"title":"हबकूक 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HAB/3-850997ab2dcb177eeca40432c1f08f7c.mp3?version_id=1483","verses":[{"id":1,"text":"शिग्गिओनोथ रागमा हबकूक अगमवक्ताको प्रार्थना।"},{"id":2,"text":"हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्न दिनुहोस्। क्रोधमा कृपा गर्नुहोस्।"},{"id":3,"text":"परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। \nसेला \nउहाँको महिमाले स्वर्ग ढाक्यो,\nर पृथ्वी उहाँको प्रशंसाले भरियो।"},{"id":4,"text":"उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्किनिस्के, जहाँ उहाँको शक्ति लुकेको थियो।"},{"id":5,"text":"उहाँको अगि रूढ़ी फैलिँदैगयो, महामारी उहाँका पाइला पछिपछि लाग्यो।"},{"id":6,"text":"खड़ा भएर उहाँले पृथ्वीलाई हल्लाउनुभयो। उहाँले हेर्नुभयो, र जाति-जातिहरू थरथर कामे। सनातनका पर्वतहरू टुक्रा-टुक्रा भए, ती पुराना डाँड़ाहरू मूर्च्छा खाएर लड़े। उहाँका चाल अनन्त हुन्छन्।"},{"id":7,"text":"मैले कूशनका पालहरूलाई दु:खमा,\nर मिद्यानका वासस्थानहरू शोकमा परेका देखें।"},{"id":8,"text":"के तपाईंको क्रोध नदीहरूका विरुद्धमा थियो, हे परमप्रभु? के तपाईंको रीस खोलाहरूका विरुद्धमा थियो? जब तपाईं आफ्ना घोड़ाहरूमाथि र आफ्ना विजयका रथहरूमाथि सवार हुनुभयो, के तपाईं क्रोधित हुनुभएको थियो?"},{"id":9,"text":"तपाईंले आफ्नो धनु निकाल्नुभयो, तपाईंले धेरै काँड़हरू ल्याउनु भनी भन्नुभयो। \nसेला \nतपाईंले नदीहरूद्वारा पृथ्वीलाई चिर्नुभयो।"},{"id":10,"text":"पर्वतहरू तपाईंलाई देखेर मड़ारिए। मुसलधारे पानी छेउबाट बगेर गयो। समुद्र गर्ज्यो र आफ्ना छाल उठायो।"},{"id":11,"text":"तपाईंका उड़िरहेका काँड़हरूको चमकले,\nर तपाईंको चम्कने भालाको चमकले गर्दा, सूर्य र चन्द्र आकाशमा टक्क अड़िए।"},{"id":12,"text":"क्रोधमा तपाईं पृथ्वीमा हिँड्नुभयो, रीसमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभयो।"},{"id":13,"text":"आफ्नो प्रजाको उद्धारको लागि, आफ्ना अभिषिक्त जनलाई बचाउनका निम्ति तपाईं निस्कनुभयो। दुष्टताका देशको नेतालाई तपाईंले धूलोपीठो पार्नुभयो, त्यसलाई टाउकोदेखि खुट्टैसम्म नाङ्गो पार्नुभयो। \nसेला "},{"id":14,"text":"जब लुकिरहेका दु:खितहरूलाई निलौंला भन्ने इच्छा लिएर त्यसका योद्धाहरू आँधीझैँ हामीलाई तितरबितर पार्नलाई आए, तब तपाईंले त्यसकै भालाले त्यसको शिर छेड्नुभयो।"},{"id":15,"text":"तपाईंले ठूला पानीहरूलाई मन्थन गर्दै समुद्रलाई आफ्ना घोड़ाहरूले कुल्चनुभयो।"},{"id":16,"text":"मैले सुनें र मेरो मुटु काम्न लाग्यो, त्यो सोर सुन्दा मेरा ओठ थरथर कामे, मेरा हड्डीहरू भित्र-भित्रै मकिए,\nर मेरा खुट्टाहरू कामे। तापनि हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिका दिनको निम्ति म धैर्यसाथ पर्खिरहनेछु।"},{"id":17,"text":"चाहे अञ्जीरका रूखमा मुना नलागोस्,\nर दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्,\nर खेतले अन्न नउब्जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि,"},{"id":18,"text":"म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।"},{"id":19,"text":"परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, \n उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्छ, उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा जाने योग्यको तुल्याउनुहुन्छ।\nसङ्गीत-निर्देशकको निम्ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।"}]}]}