-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
HAG.json
1 lines (1 loc) · 17.7 KB
/
HAG.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"हाग्गैको अर्थ “चाड वा उत्सव” हो। यो नाउँले यो कुराको निर्देशन गर्छ कि उनी तीर्थयात्राको चाडमध्ये (अखमिरी चाड, पेन्तिकोसको चाड वा साताहरूको चाड अथवा छाप्रो-वासको चाड) कुनै एक समयमा जन्मेका थिए (व्यवस्था १६:१६)। २:३ अनुसार हाग्गै सोलोमन राजाको मन्दिरको विध्वंसको साक्षी थिए। उनले आफ्नो सेवा सुरु गर्दा उनी ७० वर्षका थिए। कैदबाट यहूदाका मानिसहरू बेबिलोनबाट फर्केपछिको पहिलो भविष्यवक्ता हाग्गै थिए।"},{"id":2,"text":"५२० ई.पू. मा हाग्गै र जकरियाले मानिसहरूलाई मन्दिरको पुनर्निर्माण गर्न उत्साह दिए। विरोधीहरूभन्दा वास्तवमा यहूदीहरू नै बढी दोषी थिए, मन्दिरको पुनर्निर्माण रोकिनमा। यसरी दारा राजाको सहयोगमा मन्दिरको पुनर्निर्माण सकेर परमेश्वरमा अर्पण गरे (एज्रा ६:१५-१८)।"},{"id":3,"text":"यस पुस्तकमा २५ पटक भन्दा पनि बढी हाग्गैको सन्देशको अधिकार र श्रोतको विषयमा उल्लेख गरिएको वाक्यांस “परमप्रभु भन्नुहुन्छ” पाउँछौं।"},{"id":4,"text":"हाग्गैको यस भविष्यवाणीमा जम्मा चार वटा सन्देश दिएको थियो: १:१-१५, हप्काइ र अर्तिको सन्देश; २:१-९, उत्साहको सन्देश; २:१०-१९, आशिष्को सन्देश; र २:२०-२३, आशाको सन्देश।"}]},{"id":1,"title":"हाग्गै 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HAG/1-28b16d23bb4c59b3b35723ae1da5433c.mp3?version_id=1483","verses":[{"id":1,"text":"दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो। "},{"id":2,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “यी मानिसहरू भन्छन्, ‘परमप्रभुको मन्दिर निर्माण गर्ने समय अझ आएको छैन’।”"},{"id":3,"text":"तब परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: "},{"id":4,"text":"“यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय यो हो र?”"},{"id":5,"text":"अब सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू आ-आफ्ना चालको होशियारीसाथ विचार गर। "},{"id":6,"text":"तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर प्वाल परेको थैलीमा राख्छौ।”"},{"id":7,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूका आ-आफ्ना चालको होशियारीसाथ विचार गर। "},{"id":8,"text":"डाँड़ा-डाँड़ा उक्लेर काठपात ल्याओ र भवन बनाओ, र म त्यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्नुहुन्छ। "},{"id":9,"text":"“तिमीहरूले धेरै आशा गर्यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनभने मेरो भवनचाहिँ भग्नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्नो घरमा व्यस्त छौ। "},{"id":10,"text":"यसकारण आकाशले शीत पर्न र पृथ्वीले अन्न उब्जन रोकिदिएको छ। "},{"id":11,"text":"मैले खेतहरू र डाँड़ाहरू, अन्न र नयाँ दाखमद्य, तेल र जमिनले उब्जाउने जति सबैमा, मानिसहरूमा, पाल्तुपशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु।”"},{"id":12,"text":"तब परमप्रभु आफ्ना परमेश्वरले तिनलाई पठाउनुभएको कारणले, शालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजासमेतले परमप्रभु आफ्ना परमेश्वरको आवाज र हाग्गै अगमवक्ताको कुरा पालन गरे। अनि मानिसहरूले परमप्रभुको डर माने।"},{"id":13,"text":"तब परमप्रभुका समाचारवाहक हाग्गैले प्रजालाई परमप्रभुको यो समाचार सुनाए: “म तिमीहरूसँगै छु” भनी परमप्रभु भन्नुहुन्छ। "},{"id":14,"text":"यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान् परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा काम गर्न सुरु गरे। "},{"id":15,"text":"दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा तिनीहरूले काम सुरु गरे।"}]},{"id":2,"title":"हाग्गै 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/HAG/2-12bf26ab5e0403b565df8b0903f7ae02.mp3?version_id=1483","verses":[{"id":1,"text":"सातौँ महिनाको एक्काईसौँ दिनमा परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: "},{"id":2,"text":"“शालतिएलको छोरो यहूदाको राज्यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्। "},{"id":3,"text":"तिनीहरूलाई सोध्, ‘तिमीहरूमध्ये अब यहाँ को बाँकी छ, जसले यो भवनको अघिको महिमा देखेको थियो? अहिले तिमीहरूलाई यो कस्तो देखिन्छ? के तिमीहरूको नजरमा यो त केही पनि होइन जस्तो लाग्छ?’ "},{"id":4,"text":"परमप्रभु भन्नुहुन्छ, ‘तर अब हे यरुबाबेल, साहस गर्, र हे यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू, साहस गर्।’ परमप्रभु भन्नुहुन्छ, ‘देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर। किनकि म तिमीहरूका साथमा छु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":5,"text":"“तिमीहरू मिश्रदेशबाट निस्केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’। "},{"id":6,"text":"“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘अब थोरै बेरपछि म फेरि आकाश, पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्लाउनेछु। "},{"id":7,"text":"म सबै जाति-जातिहरूलाई हल्लाउनेछु, र इच्छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":8,"text":"‘चाँदी मेरै हो, र सुन पनि मेरै हो’ भनी परमप्रभु भन्नुहुन्छ। "},{"id":9,"text":"‘यस भवनका पछिको महिमा अघिको भन्दा अझ बढ्ता हुनेछ’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। ‘अनि यस ठाउँमा म शान्ति प्रदान गर्नेछु,’ सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ।”"},{"id":10,"text":"दाराका राज्यको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा परमप्रभुको यो वचन हाग्गै अगमवक्ताकहाँ आयो: "},{"id":11,"text":"“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘पूजाहारीहरूलाई व्यवस्थाले के भन्छ सोध्। "},{"id":12,"text":"यदि कुनै मानिसले आफ्नो लुगाको पोल्टोमा पवित्र पारेको मासु पोको पारेर त्यस किनारले केही रोटी, सुरुवा, दाखमद्य, तेल वा अरू कुनै खानेकुरा छोयो भने के त्यो पवित्र हुन्छ र’?”पूजाहारीहरूले जवाफ दिएर भने, “हुँदैन।”"},{"id":13,"text":"तब हाग्गैले भने, “मुर्दा छोएको दूषित मानिसले यस्तो कुनै एउटा कुरा छोयो भने के त्यो दूषित हुन्छ?” ती पूजाहारीहरूले जवाफ दिएर भने, “त्यो दूषित हुन्छ।”"},{"id":14,"text":"तब हाग्गैले भने, “‘मेरो दृष्टिमा यो प्रजा र यो जाति त्यस्तै छ,’ भनी परमप्रभु भन्नुहुन्छ। ‘यिनीहरू जे गर्छन् र जे चढ़ाउँछन्, त्यो दूषित हुन्छ।"},{"id":15,"text":"“‘विचार गर, आज उप्रान्त यस कुरामाथि राम्ररी विचार गर। परमप्रभुको मन्दिर बनाउँदा ढुङ्गामाथि ढुङ्गा लगाउन अघि स्थिति कस्तो थियो? विचार गर। "},{"id":16,"text":"ती दिनमा बीस मुरी लिन आउनेले दशै मुरी मात्र पाउँदथ्यो। दाखमद्यको कोलबाट पचास लिटर निकाल्न आउनेले बीस लिटर मात्र पाउँदथ्यो। "},{"id":17,"text":"मैले तिमीहरूकै हातका सारा कामलाई नाशक रोग, ढुसी र असिनाले हानें, तैपनि तिमीहरू मतिर फर्केनौ’ भनी परमप्रभु भन्नुहुन्छ। "},{"id":18,"text":"‘आजको दिन उसो, जुन दिन परमप्रभुका मन्दिरको जग बसालिएको थियो, अर्थात् नवौँ महिनाको चौबीसौँ दिनलाई राम्ररी विचार गर। "},{"id":19,"text":"के धनसारमा बीउ अझ बाँकी छ? दाखको लहरा, नेभाराको बोट, अनार र जैतून बोटले अहिलेसम्म फल फलाएको छैन। आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु’।”"},{"id":20,"text":"अनि त्यही नवौँ महिनाको चौबीसौँ दिनमा दोस्रो चोटि परमप्रभुको वचन हाग्गैकहाँ आयो: "},{"id":21,"text":"“यहूदाको राज्यपाल यरुबाबेललाई भन्, कि म आकाश र पृथ्वीलाई हल्लाउनेछु। "},{"id":22,"text":"म राजकीय सिंहासनहरूलाई पल्टाउनेछु, र विदेशी राज्यहरूको शक्तिलाई म चूर्ण पार्नेछु। म रथहरू र तिनमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोड़ा र घोड़चढ़ीहरू आफ्ना-आफ्नै दाजुभाइहरूको तरवारबाट काटिनेछन्।’"},{"id":23,"text":"“सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन, हे, शालतिएलको छोरा मेरो दास यरुबाबेल, म तँलाई मेरै छाप-औँठीजस्तै तुल्याउनेछु, किनभने मैले तँलाई रोजेको छु,’ सर्वशक्तिमान् परमप्रभु यही घोषणा गर्नुहुन्छ।”"}]}]}