-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
JAS.json
1 lines (1 loc) · 39.2 KB
/
JAS.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"बाइबलका विद्वानहरूमध्ये धेरै जना यो विचार गर्छन् कि यो पत्र येशू ख्रीष्टका भाइ याकूबले लेखेका हुन् (गलाती १:१९)। याकूब यरूशलेमको मण्डलीका एक अगुवा थिए (गलाती २:९)। यो पत्र ईस्वी सम्बत् ५० भन्दा पहिले लेखिएको थियो भन्ने धेरैको विचार छ। त्यसो भए नयाँ करारका पहिले लेखिएका पत्रहरूमा योचाहिँ एउटा पत्र हो। ईस्वी सम्बत् ६२ भन्दा पछि यो पत्र लेखिएको थिएन, किनभने त्यही सालमा याकूबको मृत्यु भएको थियो।"},{"id":2,"text":"येशू ख्रीष्टको चेलाको काम, कर्तव्य के-के हुन् भनी सिकाउनका निम्ति याकूबले यो पत्र ख्रीष्टियानहरूलाई लेखेका हुन्। याकूबको समयमा धेरै ख्रीष्टियानहरूले असल काम गर्न छोडेका थिए। “कामद्वारा होइन तर विश्वासद्वारा मात्र हामी उद्वार पाउँछौ” भनेर तिनीहरू भन्थे। तिनीहरूको विचार ठीक थियो। तर यसो भन्दा भन्दै यी ख्रीष्टियानहरूले “अब हामीले कुनै असल काम गर्नु पर्दैन” भनेर पनि भन्न थालेका थिए। यो विचार राख्नु तिनीहरूको ठूलो भूल थियो। त्यही भूल सुधार्नलाई याकूबले यो पत्र लेखेका हुन्। विश्वासद्वारा मात्र हामी उद्वार पाउँछौं तर साँचो विश्वासीले आफूले गर्ने असल कामकाजलाई छोड्नु हुँदैन। हाम्रो हृदय भित्रको विश्वास हाम्रो काम र व्यवहारमा झल्किनुपर्छ भनी याकूबले सिकाएका छन्।"}]},{"id":1,"title":"याकूब 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JAS/1-b75bb9c1859892721d550a1fd792442c.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमेश्वर र प्रभु येशू ख्रीष्टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्ट भएका बाह्र कुललाई, अभिवादन।"},{"id":2,"text":"मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ। "},{"id":3,"text":"किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। "},{"id":4,"text":"धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।"},{"id":5,"text":"तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ। "},{"id":6,"text":"तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ। "},{"id":7,"text":"त्यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। "},{"id":8,"text":"किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ।"},{"id":9,"text":"दीन अवस्थाको भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, "},{"id":10,"text":"र धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्तै ओइलिजानेछ। "},{"id":11,"text":"किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्छ। फूल झर्छ र त्यसको शोभा नष्ट हुन्छ। त्यसरी नै धनी मानिस पनि आफ्नै कामधन्धामा नष्ट भएर जान्छ।"},{"id":12,"text":"त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।"},{"id":13,"text":"परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न। "},{"id":14,"text":"तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। "},{"id":15,"text":"तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।"},{"id":16,"text":"मेरा प्यारा भाइ हो, धोकामा नपर। "},{"id":17,"text":"हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन। "},{"id":18,"text":"उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्टिको एक अगौटे फलजस्तो बन्न सकौं।"},{"id":19,"text":"मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। "},{"id":20,"text":"किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन। "},{"id":21,"text":"यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ।"},{"id":22,"text":"तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ। "},{"id":23,"text":"कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ, "},{"id":24,"text":"किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो, त्यो तुरुन्तै बिर्सिहाल्छ। "},{"id":25,"text":"तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ।"},{"id":26,"text":"यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ। "},{"id":27,"text":"परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।"}]},{"id":2,"title":"याकूब 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JAS/2-7000019d1d7d9bc117e3c0d0603a4a82.mp3?version_id=1483","verses":[{"id":1,"text":"मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ। "},{"id":2,"text":"यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने, "},{"id":3,"text":"तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्नुहोस्” भन्छौ, र त्यस गरीबलाई चाहिँ “तँ त्यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्छौ भने, "},{"id":4,"text":"के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र?"},{"id":5,"text":"मेरा प्रियहरू, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नुभएन र? यहि राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र? "},{"id":6,"text":"तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र? "},{"id":7,"text":"के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ?"},{"id":8,"text":"यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।"},{"id":9,"text":"यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ। "},{"id":10,"text":"किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ। "},{"id":11,"text":"किनकि जसले “व्यभिचार नगर्” भन्नुभयो, उहाँले “हत्या नगर्” पनि भन्नुभयो। तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने, तिमी व्यवस्थाका अपराधी भएका छौ।"},{"id":12,"text":"यसकारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्। "},{"id":13,"text":"किनकि जुन मानिसले कृपा गरेको छैन, त्यसको न्याय कृपाविना नै हुन्छ। कृपा न्यायमाथि विजयी हुन्छ।"},{"id":14,"text":"मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र? "},{"id":15,"text":"यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्यसलाई दिनहुँको भोजनको अपुग छ, "},{"id":16,"text":"र तिमीहरूमध्ये कसैले त्यसलाई, “शान्तिसँग जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्यसबाट के लाभ हुन्छ र? "},{"id":17,"text":"यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।"},{"id":18,"text":"तर कसैले भन्ला, “तिमीसित विश्वास छ, मेराचाहिँ कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउनेछु। "},{"id":19,"text":"तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्।"},{"id":20,"text":"मूर्ख हो, कामविनाको विश्वास व्यर्थ हुन्छ भन्ने कुराको प्रमाण चाहन्छौ? "},{"id":21,"text":"जब हाम्रा पुर्खा अब्राहामले आफ्नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन् र?"},{"id":22,"text":"तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्वास क्रियाशील थियो, र कामद्वारा नै विश्वास पूर्ण भएको थियो। "},{"id":23,"text":"पवित्रधर्मशास्त्रको यसो भन्ने वचन पूरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो,” र उनी परमेश्वरका मित्र कहलिए।"},{"id":24,"text":"तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन।"},{"id":25,"text":"त्यसै गरी राहाब वेश्याले पनि, जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन् र?"},{"id":26,"text":"जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।"}]},{"id":3,"title":"याकूब 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JAS/3-55bfc7fbbb6c431670e8eb133ed3f318.mp3?version_id=1483","verses":[{"id":1,"text":"भाइ हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्दछौ, हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ। "},{"id":2,"text":"किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ।"},{"id":3,"text":"यदि घोडाहरूलाई वशमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौं। "},{"id":4,"text":"हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पर्यो त्यतै लान्छ। "},{"id":5,"text":"त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। "},{"id":6,"text":"जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ!"},{"id":7,"text":"हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ, र मानिस जातिबाट नै तह लगाइएको छ। "},{"id":8,"text":"तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।"},{"id":9,"text":"यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।"},{"id":10,"text":"एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो। "},{"id":11,"text":"के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्कन्छ र? "},{"id":12,"text":"मेरा भाइ हो, के अञ्जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्जीर फल्न सक्छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्कन सक्दैन।"},{"id":13,"text":"तिमीहरूमध्ये बुद्धिमान् र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। "},{"id":14,"text":"तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर, र सत्यतालाई झूटा नबनाओ। "},{"id":15,"text":"यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो। "},{"id":16,"text":"किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ।"},{"id":17,"text":"तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ। "},{"id":18,"text":"शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।"}]},{"id":4,"title":"याकूब 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JAS/4-1bc6082326ad44b50ef9d07369843e50.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र? "},{"id":2,"text":"तिमीहरू इच्छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ। "},{"id":3,"text":"तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ।"},{"id":4,"text":"व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। "},{"id":5,"text":"के तिमीहरू यो सम्झन्छौ, कि पवित्र-धर्मशास्त्रले व्यर्थमा यसो भन्दछ, हामीमा परमेश्वरले राख्नुभएका आत्माको निम्ति उहाँ तीव्र डाह राख्नुहुन्छ, "},{"id":6,"text":"तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ,\n“परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ,\nतर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”"},{"id":7,"text":"यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ। "},{"id":8,"text":"परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार। "},{"id":9,"text":"दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्। "},{"id":10,"text":"प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।"},{"id":11,"text":"भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्नो भाइको विरुद्धमा खराब बोल्छ, अथवा आफ्नो भाइलाई दोष लाउँछ, त्यो व्यवस्थाको विरुद्धमा बोल्छ, र त्यसले व्यवस्थाको दोष देखाउँछ। तर यदि तिमीले व्यवस्थाको दोष देखाउँछौ भने त तिमी व्यवस्थाबमोजिम चल्ने भएनौ, तर व्यवस्थाको न्यायकर्ता पो भयौ। "},{"id":12,"text":"व्यवस्था दिने र न्यायकर्ता त एउटै हुनुहुन्छ, जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ। तर आफ्नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?"},{"id":13,"text":"“आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला” "},{"id":14,"text":"भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ। "},{"id":15,"text":"यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।” "},{"id":16,"text":"तर अहिले तिमीहरू आ-आफ्ना शेखीमा धाक लाउँछौ। यस्तो सबै शेखी खराब हो। "},{"id":17,"text":"यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ।"}]},{"id":5,"title":"याकूब 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JAS/5-6ded2282bb9ac237b06d47c75419c47b.mp3?version_id=1483","verses":[{"id":1,"text":"धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रोओ र विलाप गर। "},{"id":2,"text":"तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्।"},{"id":3,"text":"तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ। "},{"id":4,"text":"जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ, र ती बाली काट्नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्मै पुगेको छ।"},{"id":5,"text":"तिमीहरू यस पृथ्वीका सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफैलाई पुष्टाई राखेका छौ। "},{"id":6,"text":"तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ।"},{"id":7,"text":"यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ। "},{"id":8,"text":"तिमीहरूले पनि धैर्य धारण गर। आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ। "},{"id":9,"text":"भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ।"},{"id":10,"text":"भाइ हो, कष्ट-भोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर। "},{"id":11,"text":"हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।"},{"id":12,"text":"मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्।"},{"id":13,"text":"के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्। "},{"id":14,"text":"के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्,"},{"id":15,"text":"र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। "},{"id":16,"text":"यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।"},{"id":17,"text":"एलिया पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन।"},{"id":18,"text":"तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो।"},{"id":19,"text":"मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट बरालिएर जाँदा कसैले त्यसलाई फर्काएर ल्यायो भने, "},{"id":20,"text":"त्यसले जानोस् कि जसले एक जना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ, र असंख्य पापलाई ढाक्नेछ।"}]}]}