-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
JDG.json
1 lines (1 loc) · 247 KB
/
JDG.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यो पुस्तकको नाउँ न्यायकर्ता २:१६ “परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो…” को आधारमा राखिएको हो।"},{"id":2,"text":"यो पुस्तकको लेखकको बारेमा कतै पनि स्पष्ट उल्लेख गरिएको छैन।"},{"id":3,"text":"यस पुस्तकले ओगटेको ऐतिहासिक समयलाई इस्राएलको इतिहासको ‘अधिकारको युग’ भन्न सक्छौँ। कारण यस पुस्तकमा इस्राएलले गरेको परमेश्वर विरूद्धको पाप र तिनीहरूलाई परमेश्वरले ल्याउनुभएको न्यायको चक्र ७ पटकसम्म दोहोरिरहेको थियो।"},{"id":4,"text":"यस युगमा परमेश्वर स्वयमले इस्राएलीहरूको अगुवाइ र न्याय गर्नुभएको थियो। यसकारण यो पुस्तक राजा शाऊलको अभिषेकको तुरुन्तै पछि लेखिएको हुनुपर्छ तसर्थ यो पुस्तक १०४०-१०२० ई.पू. को बीचमा लेखिएको हुनुपर्छ। यस पुस्तकको मुख्य विषय “परमप्रभुको दृष्टिमा जे खराब थियो इस्राएलले त्यही गरे” हो र यसको मुख्य पद न्यायकर्ता २१:२५ “ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो, त्यही गर्दथ्यो।”"},{"id":5,"text":"यस पुस्तकलाई जम्मा तीन भागमा विभाजन गरी अध्यायन गर्न सकिन्छ:"},{"id":6,"text":"१. १-२ अध्याय: इस्राएलको आत्मिक पतन भएको अवस्था"},{"id":7,"text":"२. ३-१६ अध्याय: पापको सात चक्र, अनाज्ञाकारीता र छुटकारा"},{"id":8,"text":"३. १७-२१ अध्याय: आत्मिक नाश भएको अवस्था"}]},{"id":1,"title":"न्यायकर्ताहरू 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/1-6c54f422ba32ad90454be72a29551d35.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहोशूको मृत्युपछि कुनचाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इस्राएलीहरूले परमप्रभुसित सोधपूछ गरे।"},{"id":2,"text":"परमप्रभुले जवाफ दिनुभयो, “यहूदाले आक्रमण गरोस्। मैले त्यो देश तिनीहरूका हातमा सुम्पिदिएको छु।”"},{"id":3,"text":"यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई भने, “हाम्रो भागमा परेको जग्गामा हामीसँग आओ, र हामी कनानीहरूसँग लड़ाइँ गरौं। अनि हामी पनि तिमीहरूको भागमा परेको जग्गामा तिमीहरूसँग जानेछौं।” यसैले शिमियोन तिनीहरूसँग गए।"},{"id":4,"text":"तब यहूदा आक्रमण गर्नलाई अगि बढ़े, र परमप्रभुले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूका दश हजारलाई बेजेकमा मारे। "},{"id":5,"text":"त्यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाए र तिनीहरूले लड़ाइँ गरे, र कनानीहरू र परिज्जीहरूलाई तिनीहरूले परास्त गरे। "},{"id":6,"text":"अदोनी-बेजेकचाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे, र उनका हात र खुट्टाका बूढ़ी-औँला काटिदिए।"},{"id":7,"text":"अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढ़ी-औँला काटिएका सत्तरी जना राजाहरू मेरो टेबिलमुनि जूठाहरू टिप्ने गर्थे। मैले उनीहरूलाई जस्तो गरेको थिएँ परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।” तब तिनीहरूले उनलाई यरूशलेममा ल्याए र उनी त्यहीँ मरे।"},{"id":8,"text":"यहूदाका मानिसहरूले यरूशलेममाथि चढ़ाइ गरेर त्यसलाई कब्जा गरे। तिनीहरूले त्यसका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए।"},{"id":9,"text":"त्यसपछि यहूदाका मानिसहरू दक्षिणतिर लागेर पहाड़ी देशमा, नेगेवमा र तराईमा भएका कनानीहरूसँग लड़ाइँ गर्नलाई उँधोतिर झरे। "},{"id":10,"text":"तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे, र शेशै, अहीमन र तल्मैलाई परास्त गरे। (हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो।)"},{"id":11,"text":"त्यहाँबाट तिनीहरू दबीरका बासिन्दाहरूका विरुद्धमा जाइलागे। (दबीरको पहिलेको नाउँ किर्यत-सेपेर थियो।) "},{"id":12,"text":"अनि कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गरेर त्यो लिन्छ, त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु।” "},{"id":13,"text":"तब कालेबका भाइ कनजका छोरा ओत्निएलले त्यो लिए। र कालेबले आफ्नी छोरी अक्सालाई उनीसँग विवाह गरिदिए।"},{"id":14,"text":"एक दिन जब अक्सा ओत्निएलकहाँ आइन् तब उनले तिनलाई आफ्ना पितासित एक टुक्रा जमिन माग्नलाई सुर्याए। जब तिनी आफ्नो गधाबाट ओर्लिन् तब कालेबले तिनलाई सोधे, “तँलाई के चाहियो?”"},{"id":15,"text":"तिनले भनिन्, “मलाई एउटा दाइजो दिनुहोस्। तपाईंले मलाई नेगेवमा जग्गा दिनुभएको कारणले, अब मलाई पानीका मूलहरू पनि दिनुहोस्।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो दुवै पानीका मूलहरू दिए।"},{"id":16,"text":"मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको नेगेवमा भएको यहूदाको उजाड़-भूमिमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।"},{"id":17,"text":"त्यसपछि यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनहरूसँग गएर सपतमा बस्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्यस सहरको नाउँ होर्मा राखियो। "},{"id":18,"text":"यहूदाले गाजा, अश्कलोन र एक्रोन सहरहरू र तिनका वरिपरिका जग्गाहरू पनि लिए।"},{"id":19,"text":"परमप्रभु यहूदासँग हुनुहुन्थ्यो, र तिनीहरूले पहाड़ी देशमाथि अधिकार गरे। तर बेँसीका बासिन्दाहरूलाई तिनीहरूले धपाउन सकेनन्, किनभने उनीहरूका फलामका रथहरू थिए। "},{"id":20,"text":"तब मोशाले खटाएअनुसार कालेबलाई हेब्रोन दिइयो, र तिनले अनाकका तीन भाइ छोराहरूलाई धपाए। "},{"id":21,"text":"तर बेन्यामीनीहरूले यरूशलेमका यबूसीहरूलाई धपाएनन्। यसैले यबूसीहरू आजको दिनसम्म बेन्यामीनीहरूसँग यरूशलेममा बसेका छन्। "},{"id":22,"text":"योसेफका कुलले बेथेल आक्रमण गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो। "},{"id":23,"text":"तिनीहरूले बेथेलमा गुप्तचरहरू पठाए। (पहिले बेथेलको नाउँ लूज थियो।) "},{"id":24,"text":"यी गुप्तचरहरूले एक जना मानिसलाई सहरबाट बाहिर आइरहेको देखेर त्यसलाई भने, “सहरभित्र कसरी पस्ने हो हामीलाई बताइदेऊ, र हामी तिम्रो केही नोक्सानी हुन दिनेछैनौं।” "},{"id":25,"text":"यसैले त्यसले तिनीहरूलाई सहरमा कसरी पस्ने हो सो बताइदियो, र तिनीहरूले सहरका मानिसलाई तरवारले मारे, तर त्यस मानिस र त्यसका सारा परिवारलाई छोड़िदिए। "},{"id":26,"text":"त्यो मानिस हित्तीहरूको देशमा गयो, र त्यसले त्यहाँ एउटा सहर बनायो, र त्यसको नाउँ लूज राख्यो। त्यस सहरको नाउँ आजसम्म यही छ।"},{"id":27,"text":"तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे। "},{"id":28,"text":"पछि जब इस्राएलीहरू शक्तिशाली भए तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले कहिल्यै जम्मैलाई धपाएनन्। "},{"id":29,"text":"न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे। "},{"id":30,"text":"जबूलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे, र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए। "},{"id":31,"text":"आशेरले अक्को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक र रहोबका बासिन्दाहरूलाई धपाएनन्। "},{"id":32,"text":"यसरी आशेरीहरू कनानी बासिन्दाहरूसँगै बसे, किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्। "},{"id":33,"text":"नप्तालीले बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई धपाएनन्, तर त्यहाँका कनानीहरूसँग बसे, र बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरू तिनीहरूका लागि बेगार काम गर्ने भए। "},{"id":34,"text":"एमोरीहरूले दानका सन्तानहरूलाई पहाड़ी देशमा धपाए र तिनीहरूलाई बेँसीमा आउन दिएनन्। "},{"id":35,"text":"एमोरीहरूले हेरेस डाँड़ा, अय्यालोन र शाल्बीममा डटेर बस्ने दृढ़ता गरे, तर जब योसेफको कुल उनीहरूमाथि प्रबल भयो, उनीहरू पनि बेगार काममा लगाइए। "},{"id":36,"text":"एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि सेलासम्म पर्थ्यो।"}]},{"id":2,"title":"न्यायकर्ताहरू 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/2-9ba7b9a949fc589647a34c06c05f5647.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइपुर्याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिल्यै भङ्ग गर्नेछैनँ। "},{"id":2,"text":"तिमीहरूले पनि यस देशका बासिन्दाहरूसँग करार नबाँध्नू। तिमीहरूले उनीहरूका वेदीहरू भत्काइदिनू’। तर तिमीहरूले मेरो आज्ञापालन गरेनौ। हेर, तिमीहरूले के गर्यौ? "},{"id":3,"text":"यसैले म भन्दछु, ‘म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछैनँ। उनीहरू तिमीहरूका लागि काँढ़ा र उनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्’।”"},{"id":4,"text":"जब परमप्रभुका दूतले यी कुरा इस्राएलीहरूलाई भने, तब तिनीहरू सबै रोए र विलाप गरे। "},{"id":5,"text":"यसैले त्यस ठाउँको नाउँ बोकीम राखियो। त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए।"},{"id":6,"text":"यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि तिनीहरू हरेक त्यस देशमा आ-आफ्नो भागमा परेको जग्गा ओगट्नलाई गए। "},{"id":7,"text":"यहोशू जीवित रहुञ्जेल र तिनका पछिका धर्म-गुरुहरू बाँचुञ्जेल, जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका जम्मै ठूला-ठूला कामहरू देखेका थिए, इस्राएली जातिले परमप्रभुको सेवा गर्दैरहे।"},{"id":8,"text":"नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षको उमेरमा मरे, "},{"id":9,"text":"र तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशमा भएको तिम्नथ-हेरेसमा तिनकै निज अधिकारका भागको सिमानाभित्रै गाड़े। "},{"id":10,"text":"त्यस जम्मै पुस्ताका सबै जना आफ्ना पिता-पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथ्यो न त उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो।"},{"id":11,"text":"जे परमप्रभुको दृष्टिमा खराब थियो, इस्राएलीहरूले त्यही गर्न लागे, र बाल देवतालाई पूजा गर्न लागे। "},{"id":12,"text":"तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वरलाई त्यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्ना वरिपरि बस्ने जातिहरूका देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूका सामुन्ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्याए। "},{"id":13,"text":"तिनीहरूले परमप्रभुलाई त्यागेर बाल र अश्तोरेत देवताहरूलाई पुजे। "},{"id":14,"text":"परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई डाँकूहरू र लुट्नेहरूका शिकार तुल्याउनुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका वरिपरिका शत्रुहरूका हातमा बेचिदिनुभयो, र तिनीहरू आफ्ना शत्रुहरूका सामुन्ने टिक्न सकेनन्। "},{"id":15,"text":"हरेक पल्ट तिनीहरू लड़ाइँ गर्न निस्कँदा परमप्रभुले आफ्नो गम्भीर चेताउनी दिनुभएअनुसार तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, र तिनीहरू साह्रै सङ्कष्टमा परे।"},{"id":16,"text":"त्यसपछि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो, जसले तिनीहरूलाई यी डाँकाहरूका हातबाट बचाए। "},{"id":17,"text":"तर तिनीहरूले यी न्यायकर्ताहरूका कुरा पनि सुनेनन्। तिनीहरू व्यभिचारीसरह अरू देवताहरूको पूजा गर्न र उनीहरूका सामु निहुरन लागे। तिनीहरूले आफ्ना पिता-पुर्खाहरू हिँडेका परमेश्वरका आज्ञापालनको बाटो चाँड़ै नै छोड़िदिए। "},{"id":18,"text":"जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्यो न्यायकर्तासँग हुनुहुन्थ्यो, र तिनी बाँचुञ्जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्नुहुन्थ्यो। किनकि दुर्व्यवहार र अत्याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्थ्यो। "},{"id":19,"text":"तर ती न्यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्ना पुर्खाहरूभन्दा पनि अझ बढ्ता भ्रष्टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्दै र उनीहरूका सामु निहुरिँदै आफ्नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्ना दुष्ट व्यवहार र हठी चाललाई छोड्न अस्वीकार गरे।"},{"id":20,"text":"यसकारण परमप्रभु इस्राएलसित क्रोधित हुनुभयो र भन्नुभयो, “मैले यिनीहरूका पिता-पुर्खाहरूलाई दिएको करार यस जातिले भङ्ग गरेको र मेरो आज्ञापालन नगरेको कारणले, "},{"id":21,"text":"अब यहोशूले आफ्नो मृत्युको समयमा छोड़ेका यी सबै जातिहरूमध्येको एउटै जातिलाई पनि इस्राएलीहरूका लागि जग्गा बनाउनलाई म धपाउनेछैनँ। "},{"id":22,"text":"तिनीहरूका पिता-पुर्खाहरूले गरेझैँ तिनीहरू परमप्रभुको मार्गमा ठीकसित हिँड्छन् कि भनेर हेर्नलाई यी जातिहरूद्वारा नै म इस्राएललाई जाँच्नेछु।” "},{"id":23,"text":"परमप्रभुले ती जातिहरूलाई त्यसै छोड़िदिनुभएको थियो, र यहोशूको हातमा दिनलाई हतार नगरेर उहाँले उनीहरूलाई धपाउनुभएको थिएन।"}]},{"id":3,"title":"न्यायकर्ताहरू 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/3-3bfd2a2064a137f3160175c46dee9ffc.mp3?version_id=1483","verses":[{"id":1,"text":"यी तिनै जातिहरू हुन् जसलाई परमेश्वरले ती इस्राएलीहरूलाई जाँच्नलाई छोड्नुभएको थियो, जसले कनानका लड़ाइँहरूको अनुभव पाएका थिएनन्। "},{"id":2,"text":"इस्राएलका आउने पुस्ताहरूलाई, अर्थात् जस-जसले पहिले युद्ध गर्न जानेका थिएनन्, तिनीहरूलाई कसरी लड़ाइँ गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो। "},{"id":3,"text":"ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, सबै कनानीहरू, सीदोनीहरू र लेबनानका पहाड़हरूमा बाल-हेर्मोन डाँड़ादेखि लेबो-हमातसम्म बस्ने हिव्वीहरू। "},{"id":4,"text":"उहाँको अभिप्रायचाहिँ मोशाद्वारा तिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिनुभएका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर जाँच्नलाई थियो।"},{"id":5,"text":"यसरी इस्राएलीहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूसँग रहन लागे। "},{"id":6,"text":"तिनीहरूले उनीहरूका छोरीहरू विवाह गरे, र आफ्नै छोरीहरू पनि उनीहरूका छोराहरूलाई विवाहमा दिए। र तिनीहरूले उनीहरूका देवताहरूलाई पनि पूजा गर्न लागे।"},{"id":7,"text":"जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इस्राएलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्न लागे। "},{"id":8,"text":"इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसले तिनीहरूलाई आठ वर्षसम्म आफ्नो अधीनमा राखे। "},{"id":9,"text":"तर जब इस्राएलीहरूले सहायताको निम्ति परमेश्वरलाई पुकारे, तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्निएललाई खड़ा गर्नुभयो, र तिनले तिनीहरूलाई मुक्त गरे। "},{"id":10,"text":"परमप्रभुका आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलमाथि न्यायकर्ता भए। तिनी युद्ध गर्नलाई निस्के, र परमप्रभुले अरामका राजा कूशन-रिशातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। ओत्निएल उनीमाथि विजयी भए। "},{"id":11,"text":"यसरी कनजका छोरा ओत्निएलको मृत्यु नहोउञ्जेल देशमा चालीस वर्षसम्म शान्ति भयो।"},{"id":12,"text":"फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। यसैकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलमाथि अधिकार दिनुभयो। "},{"id":13,"text":"एग्लोनले अम्मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, र खजूरका रूखहरूको सहरमाथि अधिकार गरे। "},{"id":14,"text":"इस्राएलीहरू अठार वर्षसम्म मोआबका राजा एग्लोनको अधीनमा रहे।"},{"id":15,"text":"फेरि तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, र उहाँले एक जना मानिस, अर्थात् बेन्यामीनी गेराका छोरा, देब्रे हात चल्ने एहूदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इस्राएलीहरूले तिनलाई मोआबका राजा एग्लोनकहाँ तिनीहरूको कर तिर्नलाई पठाए। "},{"id":16,"text":"एहूदले आफ्नो निम्ति एक हात लामो एउटा चुपी बनाएर लुगाभित्र दाहिने जाँघमा बाँधिराखे। "},{"id":17,"text":"त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ कर लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। "},{"id":18,"text":"एहूदले कर टक्र्याइसकेपछि तिनले करको सौगात बोकेर ल्याउने मानिसहरूलाई पठाइदिए। "},{"id":19,"text":"तिनी आफूचाहिँ गिलगालमा भएको, मूर्तिहरूको ठाउँदेखि फर्केर आए, र तिनले राजालाई भने, “हे महाराज, मैले हजूरलाई गुप्तिमा केही भन्नु छ।”तब एग्लोनले चूप लाग्ने आदेश दिएर आफ्ना सबै सेवकहरूलाई बाहिर पठाए।"},{"id":20,"text":"जब उनी आफ्नो महलको कौसीको शीतल कोठामा बसिरहेका थिए तब उनका नजिक आएर एहूदले भने, “परमेश्वरबाट हजूरलाई मैले एउटा कुरो भन्नु छ।” "},{"id":21,"text":"तब एग्लोन आफ्नो आसनबाट उठे, र एहूदले आफ्नो देब्रे हातले दाहिनेतिर भएको चुपी निकालेर, उनको भुँड़ीमा रोपिदिए। "},{"id":22,"text":"चुपी बीँड़समेत पस्यो, र उनको ढाड़बाट निस्कियो। बोसोले चुपीलाई छोप्यो। तिनले चुपी निकालेनन्, तर त्यत्तिकै अवस्थामा छोड़िराखे। "},{"id":23,"text":"तब एहूद दलानमा निस्के र एग्लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए।"},{"id":24,"text":"जब तिनी निस्किसकेका थिए तब एग्लोनका सेवकहरू भित्र आए, र ढोकाहरूमा ताल्चा लगाइएको देखेर तिनीहरूले भने, “राजा आफ्नो महलको शीतल कोठामा दिसा बसिरहनुभएको होला।” "},{"id":25,"text":"धेरै बेरसम्म पर्खंदा-पर्खंदा तिनीहरूलाई लाज पनि लाग्यो, तापनि एग्लोनले कौसीको कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले, र आफ्ना मालिकलाई भूइँमा मरेर लड़िरहेका भेट्टाए।"},{"id":26,"text":"तिनीहरू पर्खिरहँदा एहूद उम्केर भागे। तिनी मूर्तिहरूको ठाउँदेखि छिरिगएर सीरा भन्ने ठाउँमा पुगे। "},{"id":27,"text":"अनि एफ्राइमको पहाड़ी देशमा पुगेपछि त्यहाँ तिनले तुरही फुके, र इस्राएलीहरू पहाड़बाट आएर तिनले तिनीहरूलाई अगि लाए।"},{"id":28,"text":"एहूदले तिनीहरूलाई भने, “मेरो पछि आओ, किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।” यसकारण तिनीहरू तिनका पछिपछि ओर्लेर आए र तिनीहरूले मोआबको सामुको यर्दनका जँघारहरू लिए, र कसैलाई पनि त्यहाँबाट पारि जान दिएनन्। "},{"id":29,"text":"तिनीहरूले त्यस दिन दश हजार मोआबीहरूलाई मारे। ती सबै बलिया-बलिया र शूरवीर पुरुषहरू थिए। एक जना पनि उम्कन पाएन। "},{"id":30,"text":"यसरी त्यस दिन मोआब इस्राएलको अधीनमा भए, र देशमा असी वर्षसम्म शान्ति भइरह्यो।"},{"id":31,"text":"एहूदपछि अनातका छोरा शमगर खड़ा भए। तिनले छ सय पलिश्तीहरूलाई गोरु धपाउने लहुरोले मारे। तिनले पनि इस्राएलको उद्धार गरे।"}]},{"id":4,"title":"न्यायकर्ताहरू 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/4-af183cfdbbf6d1c62620b7131c9aed3a.mp3?version_id=1483","verses":[{"id":1,"text":"एहूदको मृत्युपछि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो फेरि त्यही गरे। "},{"id":2,"text":"यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। उनका सेनापति सीसरा थिए, जो हरोशेत हग्गोयिममा बस्थे। "},{"id":3,"text":"इस्राएलीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र उनले इस्राएलीहरूलाई बीस वर्षसम्म क्रूरतापूर्वक सताए।"},{"id":4,"text":"त्यस बेला लप्पीदोतकी पत्नी दबोरा न्यायकर्ता थिइन्। तिनी एक अगमवादिनी थिइन्। "},{"id":5,"text":"तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्साफको निम्ति आउँथे। "},{"id":6,"text":"तिनले नप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वरको आज्ञा यो हो: ‘गएर नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्याऊ’। "},{"id":7,"text":"म याबीनको सेनापति सीसरालाई कीशोन खोलामा त्यसका रथहरू र त्यसका सबै फौजसमेत निकाली ल्याएर उनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।”"},{"id":8,"text":"बाराकले जवाफ दिए, “तपाईं मसँग जानुभयो भने म जानेछु, तर तपाईं जानुभएन भनेता म पनि जानेछैनँ।”"},{"id":9,"text":"दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुनेछैन, किनभने परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्। "},{"id":10,"text":"बाराकले जबूलून र नप्तालीलाई केदेशमा बोलाए, र दश हजार मानिसहरूका साथमा तिनी हिँड़े, र दबोरा पनि तिनीसँग गइन्।"},{"id":11,"text":"अब केनी हेबेरले केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूदेखि अलग भएर केदेशनेर सानन्नीममा भएको ठूलो रूख नजिक आफ्नो पाल टाँगेका थिए।"},{"id":12,"text":"अबीनोअमका छोरा बाराक तबोर डाँड़ामा गएका छन् भन्ने खबर सीसराकहाँ पुर्याइयो। "},{"id":13,"text":"तब उनले आफ्ना नौ सय फलामका रथहरू र आफ्ना फौजहरूलाई हरोशेत हग्गोयिमबाट कीशोन खोलामा भेला गराए।"},{"id":14,"text":"तब दबोराले बाराकलाई भनिन्, “उठ, आजको दिन परमप्रभुले सीसरालाई तिम्रो हातमा दिनुभएको छ। परमप्रभु तिम्रो अगि जानुभएको छ।” यसकारण बाराक तबोर डाँड़ाबाट आक्रमण गर्दै तल झरे, र दश हजार मानिसहरू तिनको पछिपछि लागे। "},{"id":15,"text":"परमप्रभुले सीसरालाई, उनका सबै रथहरू र फौजसमेत, बाराकका आक्रमणको सामु पराजित गराउनुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे। "},{"id":16,"text":"बाराकले रथहरू र फौजलाई हरोशेत हग्गोयिमसम्मै खेदे, र सारा सेनालाई तरवारले नाश गरे। एक जना पनि बाँचेन।"},{"id":17,"text":"यता सीसराचाहिँ पैदलै भाग्दै केनी हेबेरका पत्नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो।"},{"id":18,"text":"याएल सीसरालाई भेट गर्नलाई निस्किन्, र उनलाई भनिन्, “हजूर, भित्रै आउनुहोस्, भित्रै आउनुहोस्। नडराउनुहोस्।” यसैले सीसरा पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढ़ाइदिइन्।"},{"id":19,"text":"सीसराले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ। मलाई साह्रै तिर्खा लागेको छ।” तब तिनले दूधले भरेको एउटा मशक खोलेर उनलाई पिउन दिइन्, र फेरि उनलाई कम्बल ओढ़ाइदिइन्।"},{"id":20,"text":"सीसराले तिनलाई भने, “पालको ढोकामै उभिरह, र कसैले आएर ‘यहाँ कोही छ कि?’ भनेर सोध्यो भने ‘छैन’ भनिदेऊ।”"},{"id":21,"text":"तर हेबेरकी पत्नी याएलले पालको एउटा कीला र मुङ्ग्रो लिएर सीसरा थकित भई मस्त निदाएको बेलामा उनको छेउमा गइन्। याएलले सीसराको कन्चट छिचोलेर भूइँ भेट्ने गरी कीला ठोकिदिइन् र उनी मरे।"},{"id":22,"text":"बाराक सीसरालाई खेद्दै आउँदा याएल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्चटमा कीला गाड़िएर मरिरहेका भेटाए।"},{"id":23,"text":"त्यस दिन परमेश्वरले कनानका राजा याबीनमाथि इस्राएलीहरूलाई विजयी बनाइदिनुभयो। "},{"id":24,"text":"उनलाई खतम नपारुञ्जेल कनानी राजा याबीनको विरुद्ध इस्राएलीहरूको शक्ति बढ्दैगयो।"}]},{"id":5,"title":"न्यायकर्ताहरू 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/5-ad8df02c31cafbccb365a8f26542899b.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:"},{"id":2,"text":"“जब इस्राएलका अगुवाहरू नेतृत्व गर्छन्,\nजब मानिसहरू राजीखुशीले आफूलाई समर्पण गर्छन्—\nपरमप्रभुको प्रशंसा गर।"},{"id":3,"text":"“हे राजा हो, सुन।\nहे शासक हो, कान थाप।\nम गाउनेछु, म परमप्रभुको स्तुति गर्नेछु,\nम परमप्रभु, इस्राएलका\nपरमेश्वरको निम्ति एउटा भजन गाउनेछु।"},{"id":4,"text":"“हे परमप्रभु,\nजब तपाईं सेइरबाट अगि बढ्नुभयो,\nजब तपाईं एदोमको देशबाट बढ्दैजानुभयो,\nतब पृथ्वी काम्यो,\nआकाशले खन्यायो, बादलले झरी बर्सायो।"},{"id":5,"text":"परमप्रभुको सामु,\nअँ, सीनैका परमप्रभुको सामु, \nपरमप्रभुको सामु,\nइस्राएलका परमेश्वरको सामु पहाड़हरू डरले थरथराए।"},{"id":6,"text":"“अनातका छोरा शमगरको पालोमा,\nयाएलको पालोमा यात्रीहरू मूलबाटाहरूमा हिँड़ेनन्,\nमानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे।"},{"id":7,"text":"इस्राएलका गाउँले जीवन समाप्त भयो,\nजबसम्म म, दबोरा, खड़ा भइनँ।\nइस्राएलमा एउटी आमाझैँ म खड़ा भएँ।"},{"id":8,"text":"जब तिनीहरूले नयाँ-नयाँ\nदेवताहरूसित मित्रता बाँधे,\nसहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्यो,\nर इस्राएलका चालीस हजारसित\nन त ढाल न भाला देखिए।"},{"id":9,"text":"मेरो हृदय इस्राएलका अगुवाहरूसित छ,\nमानिसहरूमध्येका इच्छुक स्वयंसेवकहरूसित।\nपरमप्रभुको प्रशंसा गर।"},{"id":10,"text":"“तिमीहरू, सेता गधाहरूमाथि सवार हुनेहरू,\nजो जीनको गलैंचामाथि बस्छौ,\nर तिमीहरू, जो पैदल बाटो लाग्दछौ,"},{"id":11,"text":"यस कुरालाई राम्ररी विचार गर,\nगीत गाउनेहरूको सोर सुनिँदैछ,\nजहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्।\nत्यहाँ तिनीहरू परमप्रभुले गर्नुभएका\nधार्मिक कार्यहरूको स्मरण गर्छन्,\nइस्राएलमा शूरवीरहरूका धार्मिक कार्यहरू।\nत्यसपछि परमप्रभुका जनहरू तल सहरका मूल ढोकाहरूमा गए।"},{"id":12,"text":"‘ए दबोरा! उठ, तिमी आफै उठ,\nतिमी आफै उठ, मुख खोलेर गीत गाऊ।\nहे अबीनोअमका छोरा बाराक, उठ,\nधेरैलाई कैदी बनाऊ।’"},{"id":13,"text":"त्यसपछि बाँकी रहेका\nमानिसहरू प्रधानहरूकहाँ आए।\nपरमप्रभुका मानिसहरू\nमकहाँ शक्तिवान्हरूसित आए।"},{"id":14,"text":"केही एफ्राइमबाट आए,\nजसको मूल अमालेकमा छ,\nबेन्यामीन तिमीलाई पछ्याउने मानिसहरूसित थिए।\nमाकीरबाट कप्तानहरू आए,\nजबूलूनबाट सेनाका नेताको लहुरो बोक्ने मानिसहरू आए।"},{"id":15,"text":"इस्साखारका प्रधानहरू दबोरासित थिए,\nहो, इस्साखार बाराकसित थिए।\nतिनीहरू तिनको पछि तल बेँसीमा कुदेर गए।\nरूबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।"},{"id":16,"text":"गोठालाहरूले बोलाएको तीखो\nसोर सुन्नलाई तिमीहरू शिविरका\nअग्निहरूमा किन अलमली बस्यौ?\nरूबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।"},{"id":17,"text":"गिलाद यर्दन पारि नै बसे।\nर दान, किन जहाजहरूका छेउमा पर्खिबसे?\nआशेर समुद्रको किनारमा नै ढिलो गरी बसे,\nतिनका खाड़ीहरूमा नै ती बसिरहे।"},{"id":18,"text":"जबूलूनका मानिसहरूले आफ्नो ज्यान नै खतरामा हाले,\nत्यसै गरी नप्तालीले पनि रणभूमिको मुखैमा।"},{"id":19,"text":"“राजाहरू आए,\nतिनीहरूले युद्ध गरे।\nकनानका राजाहरूले मगिद्दोका खोलाहरूकै छेउको तानाकमा लड़ाइँ गरे।\nतर तिनीहरूले कुनै चाँदी,\nकुनै लूटका माल लगेनन्।"},{"id":20,"text":"ताराहरूले पनि आकाशदेखि लड़ाइँ गरे,\nताराहरूले आ-आफ्ना चक्रबाट सीसरासँग लड़ाइँ गरे।"},{"id":21,"text":"कीशोन खोलाले तिनीहरूलाई बगाएर लग्यो,\nपुरानो खोला, कीशोन खोला।\nहे मेरो प्राण, छाती फुकाएर हिँड्।"},{"id":22,"text":"तब घोड़ाहरूले टाप बजाए,\nत्यसका बलिष्ठ घोड़ाहरू वेगसाथ कुदे।"},{"id":23,"text":"‘मेरोजलाई सराप,’ परमप्रभुका दूतले भने,\n‘सराप, त्यसका बासिन्दाहरूमाथि सराप,\nकिनभने तिनीहरूले परमप्रभुलाई कति पनि सघाएनन्,\nपरमप्रभुलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्।’"},{"id":24,"text":"“केनी हेबेरकी पत्नी याएल सबै स्त्रीहरूभन्दा आशिषित होऊन्,\nपालमा बस्ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित।"},{"id":25,"text":"सीसराले पानी माग्यो,\nतर तिनले दूध दिइन्,\nमालिकको निम्ति योग्यको बटुकोमा\nतिनले त्यसलाई दही टक्र्याइन्।"},{"id":26,"text":"तिनले आफ्नो हात पालको कीलातिर बढ़ाइन्,\nतिनले आफ्नो दाहिने हातमा मुङ्ग्रो उठाइन्।\nतिनले मुङ्ग्रोले सीसरालाई हानिन्,\nत्यसको टाउको किचिन्,\nतिनले त्यसको कन्चट छेड़ी चूरचूर पारिन्।"},{"id":27,"text":"तिनकै खुट्टामा त्यो लोट्यो,\nत्यो पड़िरह्यो, तिनकै खुट्टामा\nत्यो घोप्टियो र लोट्यो।\nजहाँ त्यो घोप्ट्यो त्यहीँ त्यो लोट्यो र मर्यो।"},{"id":28,"text":"“सीसराकी आमाले आँखी-झ्यालबाट चियाएर हेरिन्,\nझ्यालबाट चियाइन्, र चिच्च्याएर भनिन्,\n‘त्यसको रथ आउनलाई किन यति ढिलो गरेको?\nत्यसका रथहरूको खटखट आवाज किन यति बियाँलो भयो?’"},{"id":29,"text":"तिनका महिलाहरूमध्येका सबभन्दा\nज्ञानीले यस्तो जवाफ दिन्छिन्,\nसाँच्चै तिनी पनि आफैसित यसो भन्छिन्,"},{"id":30,"text":"‘तिनीहरू लूटका मालहरू खोज्दैहोलान्,\nभाग लाउँदैहोलान्, हरेक मानिसको निम्ति एउटी केटी,\nशायद दुई केटी, सीसराको निम्ति रङ्गाएका थोकहरू,\nरङ्गाएका थोकहरूको लूट, पूर्ण रूपले बुट्टा भरेका,\nमेरो गलाको लागि— यी सबै लूटसरह?’"},{"id":31,"text":"“हे परमप्रभु, यसरी नै तपाईंका सबै\nशत्रुहरू नष्ट होऊन्,\nतर तपाईंलाई प्रेम गर्नेहरू सबै\nआफ्नो प्रतापमा झल्केको सूर्यझैँ होऊन्।”तब चालीस वर्षसम्म देशमा शान्ति भयो।"}]},{"id":6,"title":"न्यायकर्ताहरू 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/6-b356e9f9cc7dd208ea2d4d148e6a830d.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई मिद्यानीका हातमा सात वर्षसम्म सुम्पिदिनुभयो। "},{"id":2,"text":"मिद्यानीहरूको शक्ति यति अत्याचारी थियो कि इस्राएलीहरूलाई पहाड़का ओड़ार, गुफा र सुरक्षित ठाउँहरूमा गएर बस्न करै लाग्यो। "},{"id":3,"text":"जब-जब इस्राएलीहरूले बीउ छर्दथे। मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इस्राएलमाथि आक्रमण गर्दथे। "},{"id":4,"text":"उनीहरू देशमा छाउनी बनाएर बसे, र गाजाको छेउसम्मैका बालीहरूलाई नाश गरे, यहाँसम्म कि इस्राएलीहरूका निम्ति भेड़ा, गोरु, र अरू कुनै जीवित थोक पनि छोड़ेनन्। "},{"id":5,"text":"उनीहरू आफ्ना गाई-गोरुका बथान र तम्बूहरू लिएर सलहको हूलझैँ आए। मानिस र तिनीहरूका ऊँटहरू अनगिन्ती थिए। देशलाई सखाप पार्न आक्रमण गरे। "},{"id":6,"text":"यसरी नै मिद्यानीहरूले इस्राएलीहरूलाई निर्धन बनाइदिए, र सहायताको निम्ति तिनीहरूले परमप्रभुलाई पुकारे।"},{"id":7,"text":"मिद्यानीहरूले सताएकोले इस्राएलीहरूले परमप्रभुलाई पुकार्दा, "},{"id":8,"text":"उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको यो वाणी छ: मैले तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकालेर ल्याएँ। "},{"id":9,"text":"मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाएँ। मैले उनीहरूलाई तिमीहरूका सामुन्नेदेखि धपाएँ, र उनीहरूका देशहरू तिमीहरूलाई दिएँ। "},{"id":10,"text":"मैले तिमीहरूलाई भनें, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू बसोबास गरिरहेको, एमोरीहरूको देशका देवताहरूको सेवा नगर’। तर तिमीहरूले मेरो कुरा सुनेनौ।”"},{"id":11,"text":"अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्दैथिए। "},{"id":12,"text":"तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।”"},{"id":13,"text":"गिदोनले तिनलाई भने, “हजूर, सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्चर्य कामहरू के भए, जो हामीले आफ्ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्याग्नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।”"},{"id":14,"text":"तब तिनीतिर फर्केर परमप्रभुले भन्नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्। तँलाई पठाउने म नै हुँ।”"},{"id":15,"text":"गिदोनले उत्तर दिए, “हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।”"},{"id":16,"text":"परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्।”"},{"id":17,"text":"तिनले भने, “यदि म तपाईंको निगाह-पात्र भएको छु भने, तपाईं नै मसँग बोल्नुभएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्। "},{"id":18,"text":"बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढ़ाउञ्जेल तपाईं यहाँबाट नजानुहोला।”उहाँले भन्नुभयो, “तँ नआउञ्जेल म यहीँ बस्नेछु।”"},{"id":19,"text":"तब गिदोन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे, र पाँच पाथी पीठोको अखमिरी रोटी बनाए। तिनले मासुचाहिँ एउटा टोकरीमा हालेर र झोलचाहिँ एउटा बटुकोमा हाले बाहिर फलाँटको रूखमुनि उहाँको सामु चढ़ाए।"},{"id":20,"text":"परमेश्वरका दूतले तिनलाई भने, “त्यो मासु र अखमिरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदे, र झोलचाहिँ खन्याइदे।” अनि तिनले त्यसै गरे। "},{"id":21,"text":"तब परमप्रभुका दूतले आफ्नो हातमा भएको लहुरो पसारेर त्यसको टुप्पाले त्यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्केर त्यो मासु र रोटीलाई भस्म पार्यो। अनि परमप्रभुका दूत अलप भए।"},{"id":22,"text":"तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए, र भने, “हाय, परमप्रभु परमेश्वर यो त साँच्चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें।”"},{"id":23,"text":"तर परमप्रभुले तिनलाई भन्नुभयो, “शान्ति! नडरा, तँ मर्नेछैनस्।”"},{"id":24,"text":"गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए, र त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो आजको दिनसम्म पनि अबीएजेरीको ओप्रामा छ।"},{"id":25,"text":"त्यसै रात परमप्रभुले गिदोनलाई भन्नुभयो, “तेरा बुबाको बगालबाट सात वर्षे दोस्रो साँढ़े ले, तेरा बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति ढालिदे। "},{"id":26,"text":"तब यही अल्गो स्थानमा परमप्रभु तेरा परमेश्वरको निम्ति ठीक ढाँचाको एउटा वेदी बना, र त्यो दोस्रोचाहिँ साँढ़े लिएर तैंले ढालेको अशेराको मूर्तिको काठले होमबलि चढ़ा।”"},{"id":27,"text":"तब गिदोनले आफ्ना नोकरहरूमध्येका दश जनालाई लिएर परमप्रभुले तिनलाई भन्नुभएबमोजिम गरे। तर तिनी आफ्ना पिताका घराना र नगरवासीहरूसँग डराउँदथे, यसैकारण तिनले यो काम दिउँसो होइन तर राती गरे।"},{"id":28,"text":"जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको वेदीमा त्यो दोस्रोचाहिँ साँढ़े होमबलि चढ़ाइएको देखे।"},{"id":29,"text":"उनीहरूले एक-अर्कालाई “यो कसले गरेको होला?” भनी सोधपूछ गर्न लागे, र धेरै सोधपूछ गर्दा योआशका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए।"},{"id":30,"text":"तब सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यसले बालको वेदी भत्काइदिएछ, र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिदिएछ। त्यो मारिनैपर्छ।”"},{"id":31,"text":"तर योआशले तिनको चारैतिर भएको विरोधी भीड़लाई भने, “तपाईंहरू बाल देवताको पक्षमा कराउनुभएको? बाललाई बचाउने हामीहरूको काम हो भनी तपाईंहरू सम्झनुहुन्छ? त्यसको पक्षमा कराउने बिहानसम्ममा मारिनेछ। यदि बालचाहिँ देवता नै हो रहेछ र त्यसको वेदी कसैले भत्काइदिएको हो भने, त्यो आफ्नो लागि आफै बोलोस्।” "},{"id":32,"text":"त्यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब-बाल राखिदिए, “यस मानिसको विरुद्धमा बाल आफै लड़ोस्, किनभने त्यसको वेदी यसैले भत्काइदिएको छ।”"},{"id":33,"text":"त्यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरूले आपसमा दल बाँधे, र यर्दन नदी तरेर यिजरेलको बेँसीमा छाउनी हाले। "},{"id":34,"text":"तब परमप्रभुका आत्मा गिदोनमाथि आउनुभयो। तिनले तुरही फुके, र अबीएजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए। "},{"id":35,"text":"तिनले मनश्शेभरि समाचार लाने दूतहरूलाई पठाए, र तिनीहरू पनि तिनको पछि लाग्नलाई बोलाइए। तिनले आशेर, जबूलून र नप्तालीकहाँ पनि समाचार दिने दूतहरूलाई पठाए, र तिनीहरू पनि अरूहरूसित भेला हुनलाई आए।"},{"id":36,"text":"गिदोनले परमेश्वरलाई भने, “तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार यदि तपाईंले इस्राएललाई मद्वारा बचाउनुहुन्छ भनेदेखि, "},{"id":37,"text":"अब हेर्नुहोस्, म भेड़ाको ऊन खलामा राख्नेछु। यदि ऊनमा मात्रै शीत परेर त्यसको चारैतिरको जमिनचाहिँ सुक्खै रह्यो भने, मलाई यो कुरो निश्चय थाहा हुनेछ कि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मेरै हातद्वारा तपाईंले इस्राएललाई छुटाउनुहुनेछ।” "},{"id":38,"text":"र त्यसै नै भयो। तिनी भोलि बिहानै उठे, र त्यो ऊनलाई निचोरे, र शीतबाट एक बटुको पानी निस्क्यो।"},{"id":39,"text":"तब गिदोनले परमेश्वरलाई भने, “मसँग नरिसाउनुहोस्, तर मलाई अझै एक कुरा बोल्न दिनुहोस्। बिन्ती छ, मलाई फेरि एक पल्ट यस ऊनको जाँच गर्न दिनुहोस्। यस पल्टचाहिँ त्यो ऊन मात्र सुक्खा रहोस्, र सबै जमिनचाहिँ शीतले भिजोस्।” "},{"id":40,"text":"परमेश्वरले त्यस रात पनि त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा रह्यो, र त्यसका चारैतिरको जमिनमा शीत परेको थियो।"}]},{"id":7,"title":"न्यायकर्ताहरू 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/7-6ca513c5a571e222001e9f92c9d99962.mp3?version_id=1483","verses":[{"id":1,"text":"यरूब-बाल, जो गिदोन हुन्, र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे, र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँड़ाको उत्तरपट्टिको बेँसीमा छाउनी हाले। "},{"id":2,"text":"परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। "},{"id":3,"text":"अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्नेहरू छन् भने ती गिलाद डाँड़ादेखि नै तुरुन्तै आफ्ना घरमा गइहालून्। यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे। "},{"id":4,"text":"तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै पनि मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्छु, ‘यो मानिसचाहिँ तँसँग जानेछ,’ तब त्यो जानेछ। र यदि म ‘यो मानिस तँसँग जानेछैन’ भनी भन्नेछु तब त्यो जानेछैन।”"},{"id":5,"text":"यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्याए, र परमप्रभुले तिनलाई भन्नुभयो, “हरेक मानिस जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख्, र अर्कोतिर चाहिँ जसले घुँड़ा टेकेर पानी पिउँछ तिनीहरूलाई राख्।” "},{"id":6,"text":"पानी चाटेर पिउनेको संख्या तीन सय भयो, र बाँकीले आफ्नो हात मुखमा लगी घुँड़ा टेकेर पानी पिए।"},{"id":7,"text":"परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी तीन सय जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। बाँकी सबै आ-आफ्नो ठाउँमा जाऊन्।” "},{"id":8,"text":"यसकारण गिदोनले यी बाँकी सबै इस्राएलीहरूलाई आ-आफ्नो पालमा पठाइदिए, र ती तीन सय जनालाई राखे। अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसदपानी र तुरहीहरू लिए।मिद्यानीहरूको छाउनी तिनको तलतिर बेँसीमा थियो। "},{"id":9,"text":"त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, “झट्टै तल गएर छाउनीमा आक्रमण गर्, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु। "},{"id":10,"text":"यदि त्यसो गर्न तँलाई डर लाग्छ भने पहिले तेरो नोकर पूराहसँग तल छाउनीमा जा, "},{"id":11,"text":"र तिनीहरू के भनिरहेका छन् सुन्। त्यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न तँ प्रोत्साहित हुनेछस्।” यसकारण तिनी र तिनको नोकर पूराह छाउनीको त्यस भागमा गए जहाँ लड़ाइँ गर्ने मानिसहरू बसेका थिए। "},{"id":12,"text":"अब मिद्यानी, अमालेकी र पूर्वका अरू सबै जातिहरू सलहजस्तै बाक्लै बेँसीमा बसेका थिए। ऊँटहरूको त गन्ती नै थिएन। तिनीहरू संख्यामा समुद्रका बालुवाका कणसरह थिए।"},{"id":13,"text":"जब गिदोन नजिक आए, एक जना मानिसले आफ्नो साथीलाई सपना सुनाइरहेको थियो। त्यसले भन्यो, “मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्दै-गुड्दै आएको देखें। त्यो रोटी पालमा आएर त्यसमा यति जोडसित बजारियो कि त्यसले पाललाई पल्टाइदियो र पाल ढल्यो।”"},{"id":14,"text":"त्यसको साथीले जवाफ दियो, “साँच्ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो। परमेश्वरले मिद्यान र समस्त सेनालाई तिनको हातमा सुम्पिदिनुभएको छ।”"},{"id":15,"text":"जब गिदोनले सपनाको कथा र त्यसको अर्थ सुने, तब तिनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत् गरे। त्यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर भने, “उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।” "},{"id":16,"text":"तिनले ती तीन सय जना मानिसहरूलाई तीन दलमा विभक्त गरे, र हरेक मानिसलाई एउटा तुरही, र भित्र राँको भएको एउटा रित्तो गाग्रो दिए।"},{"id":17,"text":"तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्छु, तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर। "},{"id":18,"text":"जब म र मेरा मानिसहरूले आफ्ना तुरही फुक्छौं, तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूका तुरही फुक, र कराएर भन, ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति’!”"},{"id":19,"text":"गिदोन र तिनीसँग भएका एक सय मानिसहरू राती दश बजे छाउनीको छेउमा पुगे। पहरा-चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्ना तुरही फुके र आफ्ना हातमा भएका गाग्रा फुटाए। "},{"id":20,"text":"ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” "},{"id":21,"text":"हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे, र सबै मिद्यानीहरू चिच्च्याउँदै भागे।"},{"id":22,"text":"ती तीन सय जनाले आ-आफ्नो तुरही फुक्दा, परमप्रभुले छाउनीभरि हरेकलाई एक-अर्काको विरुद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको बेथ-शित्तामा, तब्बातका छेउको हाबिलमहोलाको सिमानासम्म भागे। "},{"id":23,"text":"नप्ताली, आशेर र सबै मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई खेदे। "},{"id":24,"text":"गिदोनले एफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, “तल झरेर मिद्यानीहरूलाई नाश गर, र बेथ-बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूका अगाड़ि कब्जा गर।”यसैले सबै एफ्राइमहरू बोलाइए, र बेथ-बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूले लिए। "},{"id":25,"text":"तिनीहरूले दुई मिद्यानी शासक, ओरेब र जएबलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा, र जएबलाई चाहिँ जएबको दाखको कोलमा मारे, र मिद्यानीहरूलाई खेदेको खेदेकै गरे। पछि तिनीहरूले ओरेब र जएबका टाउकाहरू यर्दन वारि गिदोनकहाँ ल्याए।"}]},{"id":8,"title":"न्यायकर्ताहरू 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/8-e75a55f0c251ca3ef1a9a51089edfc62.mp3?version_id=1483","verses":[{"id":1,"text":"एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले किन हामीसँग यस्तो व्यवहार गर्नुभयो? मिद्यानसँग लड़ाइँ गर्न जाँदा तपाईंले हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले तिनलाई अनेक अभियोग लगाए।"},{"id":2,"text":"तर गिदोनले तिनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के गरेको छु र? के एफ्राइमको दाखका शिला-बाला अबीएजेरको जम्मै दाखको फसलभन्दा असल छैन र? "},{"id":3,"text":"परमेश्वरले मिद्यानका शासक ओरेब र जएबलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ। तिमीहरूले गरेझैँ मैले के गरेको छु?” तिनका यी कुराले तिनीहरूको रीस शान्त भयो। "},{"id":4,"text":"गिदोन यर्दनमा आए, अनि तिनी र तिनका तीन सय मानिसहरू थकित भए तापनि यर्दन पारि तरेर खेदिरहे। "},{"id":5,"text":"तिनले सुक्कोतका मानिसहरूलाई भने, “मेरा यी मानिसहरूलाई केही रोटी दिनुहुन्छ कि? किनभने तिनीहरू थाकेका छन्, र म मिद्यानका शासक जेबह र सल्मुन्नालाई खेद्दैछु।”"},{"id":6,"text":"तर सुक्कोतका अधिकारीहरूले जवाफ दिए, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन्? तिम्रो सेनालाई हामीले किन रोटी दिने?”"},{"id":7,"text":"गिदोनले भने, “त्यसो भए जब परमप्रभुले जेबह र सल्मुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ तब म मरुभूमिका काँढ़ा र घोच्ने बुटाले तिमीहरूको छाला उतार्नेछु।”"},{"id":8,"text":"तिनी त्यहाँबाट पनीएलमा गए, र त्यही बिन्ती गरे। पनीएलका मानिसहरूले पनि सुक्कोतका मानिसहरूले झैँ जवाफ दिए। "},{"id":9,"text":"तिनले पनीएलका मानिहरूलाई भने, “म कुशलसित फर्केपछि तिमीहरूको यो किल्ला भत्काइदिनेछु।”"},{"id":10,"text":"जेबह र सल्मुन्ना पन्ध्र हजार सेनाको साथमा कर्कोरमा थिए। पूर्वका जातिहरूका जम्मै दलबाट बाँकी रहेका सबै यति नै थिए। एक लाख बीस हजार सशस्त्र मानिसहरू लड़ाइँमा मारिएका थिए। "},{"id":11,"text":"नोबह र योगबहाको पूर्वतिर पालमा बस्नेहरूले चलाउने गरेको बाटो भएर गिदोन अगि बढ़ेर गए, र उनीहरू सावधान नभएको बेलामा तिनले सेनामाथि आक्रमण गरे। "},{"id":12,"text":"जेबह र सल्मुन्नाचाहिँ भागे, तर तिनले यी मिद्यानी राजाहरूलाई खेदिरहे, र ती दुवैलाई पक्रे, र उनीहरूको जम्मै सेना परास्त भए।"},{"id":13,"text":"जब योआशका छोरा गिदोन युद्धबाट हेरेसको घाटी भएर फर्के, "},{"id":14,"text":"तब तिनले सुक्कोतको एक जना जवान मानिसलाई समाते। तिनले त्यसलाई सोधे, र त्यसले सुक्कोतका सतहत्तर अधिकारी, सहरका बूढ़ा-प्रधानका नाउँ लेखिदिए। "},{"id":15,"text":"त्यसपछि गिदोन सुक्कोतका मानिसहरूकहाँ आएर भने, “जेबह र सल्मुन्ना यहाँ छन्, जसका विषयमा तिमीहरूले यसो भनेर मेरो ठट्टा गरेका थियौ, ‘के जेबह र सल्मुन्ना तिम्रो हातमा परिसकेका छन्, र हामीले तिम्रा थाकेका मानिसहरूलाई रोटी दिने’?” "},{"id":16,"text":"तब तिनले सहरका ती बूढ़ा-प्रधानहरूलाई लिए, र ती सुक्कोतका मानिसहरूलाई मरुभूमिका काँढ़ा र घोच्ने बुटाले दण्ड दिए। "},{"id":17,"text":"तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।"},{"id":18,"text":"तब तिनले जेबह र सल्मुन्नालाई भने, “तबोरमा तिमीहरूले मारेका मानिसहरू कस्ता थिए?”उनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए, हरेकको अनुहार राजाका छोराजस्तै थियो।”"},{"id":19,"text":"तिनले भने, “तिनीहरू मेरा दाजुभाइहरू थिए— मेरै आमाका छोराहरू। परमप्रभुको शपथ खाएर म भन्दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोड़िदिएका भए त म तिमीहरूलाई मार्नेथिइनँ।” "},{"id":20,"text":"तब तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठेर उनीहरूलाई मार्।” तर त्यो त्यस बेला सानै केटा थियो, र त्यसले आफ्नो तरवार थुतेन, किनभने त्यो डरायो।"},{"id":21,"text":"यसैले जेबह र सल्मुन्नाले भने, “तपाईं आफै उठेर हामीलाई मार्नुहोस्, किनभने तपाईंमा पुरुषको बल छ।” तब गिदोन उठेर दुवैलाई मारे, र उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारहरू फुकालेर लगे।"},{"id":22,"text":"इस्राएलीहरूले गिदोनलाई भने, “हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। अब तपाईं हाम्रा शासक हुनुहोस्, तपाईं, तपाईंका छोरा र तपाईंका नाति।”"},{"id":23,"text":"तर गिदोनले जवाफ दिए, “म वा मेरो छोराले होइन तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।” "},{"id":24,"text":"अनि तिनले भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु। तिमीहरू हरेकले आफ्नो लूटको मालबाट एउटा कुण्डल मलाई देओ।” ती शत्रु इश्माएलीहरूका बीचमा सुनका कुण्डल लगाउने चलन थियो।"},{"id":25,"text":"तिनीहरूले भने, “अवश्यै, हामी ती तपाईंलाई दिनेछौं।” तब एउटा लुगा ओछ्याइयो, र हरेकले त्यसमा आफ्नो लूटको मालबाट सुनको एउटा कुण्डल राखिदियो। "},{"id":26,"text":"तिनले मागेका सुनका कुण्डलको ओजन बीस किलो जति भयो। योचाहिँ चन्द्रहार र अरू गहना र मिद्यानी राजाहरूले लाउने बैजनी वस्त्रबाहेक थियो। उनीहरूका ऊँटका घाँटीमा लगाएका सिक्रीहरूको त गन्ती नै भएन। "},{"id":27,"text":"ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्राएलीहरूले त्यसको पूजा गरी आफैलाई वेश्यासमान बनाए, र त्यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्दा भयो।"},{"id":28,"text":"यसरी मिद्यानीहरू इस्राएलीहरूको अधीनमा भए। उनीहरूले आफ्ना शिर फेरि ठाड़ो गर्न सकेनन्। गिदोनको जीवनपर्यन्त चालीस वर्षसम्म देशमा शान्ति भयो।"},{"id":29,"text":"त्यसपछि योआशका छोरा यरूब-बाल आफ्नै घरमा गएर बस्न लागे। "},{"id":30,"text":"तिनका सत्तरी जना छोराहरू थिए, किनभने तिनका धेरै पत्नीहरू थिए। "},{"id":31,"text":"तिनकी एउटी भित्रिनी थिइन्, जो शकेममा बस्थी। त्यसले पनि तिनको एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ अबीमेलेक राखे। "},{"id":32,"text":"अनि योआशका छोरा गिदोन पूरा बुढ़ेसकालमा मरे, र आफ्ना बुबाको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाड़िए।"},{"id":33,"text":"तिनको मृत्यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्नो देवता तुल्याए। "},{"id":34,"text":"तिनीहरूले चारैतिरका तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से। "},{"id":35,"text":"यरूब-बाल, अर्थात् गिदोनले इस्राएलको निम्ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारलाई देखाउनुपर्ने दया देखाएनन्।"}]},{"id":9,"title":"न्यायकर्ताहरू 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/9-4e7cb9dd6e7eecb6a53e03a73feece81.mp3?version_id=1483","verses":[{"id":1,"text":"यरूब-बालका छोरा अबीमेलेक शकेममा आफ्नी आमाका दाजुभाइहरूकहाँ गए, र आफ्नो मावली घरानाका सबैलाई तिनले भने, "},{"id":2,"text":"“कृपा गरी शकेमका सबै नगरवासीहरूका कानमा एउटा कुरा सोध्नुहोस्: ‘यरूब-बालका सत्तरी छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकै जनाले मात्र?’ म तपाईंहरूकै हाड़ र मासु हुँ भन्ने कुरो सम्झना राख्नुहोस्।”"},{"id":3,"text":"जब तिनका मामाहरूले तिनको पक्षमा शकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अबीमेलेकपट्टि लाग्नलाई सुरिए, किनभने “तिनी हाम्रा आफ्नै भाइ हुन्”? भनी तिनीहरूले भने। "},{"id":4,"text":"तिनीहरूले तिनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी सिक्का दिए, र ती लिएर तिनले हुर्दुङ्गे तर साहसी मानिसहरूलाई भाड़ामा लिए, र तिनीहरू तिनको पछि लागे। "},{"id":5,"text":"त्यसपछि तिनी आफ्नो बुबाको घर ओप्रामा गए, र लुकेर बस्ने कान्छा छोरा योतामबाहेक यरूब-बालका छोराहरू, तिनका आफ्ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे। "},{"id":6,"text":"तब शकेमका सबै नगरवासीहरू र बेथ-मिल्लोका सबै जना भेला भएर शकेममा भएको ठूलो रूखका छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए।"},{"id":7,"text":"जब यो कुरो योतामलाई सुनाइयो तब तिनी गएर गीरीज्जीम डाँड़ाको टाकुरामा खड़ा भए, र यसो भनेर उच्च सोरले कराए, “हे शकेमका नगरवासी हो, मेरो कुरा सुन, कि परमेश्वरले तिमीहरूको कुरा सुनून्।” "},{"id":8,"text":"एक पल्ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए, र तिनीहरूले भद्राक्षको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्।’"},{"id":9,"text":"“तर भद्राक्षको रूखले जवाफ दियो, ‘देवताहरू र मानिसहरूलाई मान दिने आफ्नो बहुमूल्य तेललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने?’"},{"id":10,"text":"“तब रूखहरूले नेभाराको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्।’"},{"id":11,"text":"“तर नेभाराको रूखले भन्यो, ‘आफ्नो असल र मीठो फललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने?’"},{"id":12,"text":"“तब रूखहरूले अंगूरको बोटलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्।’"},{"id":13,"text":"“अंगूरको बोटले जवाफ दियो, ‘देवता र मानिसलाई खुशी तुल्याउने मेरो दाखमद्यलाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने?’"},{"id":14,"text":"“अन्त्यमा सबै रूखहरूले काँढ़ाको पोथ्रालाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्।’"},{"id":15,"text":"“काँढ़ाको पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरू साँच्ची नै मलाई तिमीहरूका राजा अभिषेक गर्न चाहन्छौ भने मेरो छत्रछायामा आओ। होइन भने, काँढ़ाहरूबाट आगो निस्केर लेबनानका देवदारुहरूलाई स्वाहा पारोस्।’"},{"id":16,"text":"त्यसपछि योतामले भने, “यसकारण अब हेर, यदि अबीमेलेकलाई राजा तुल्याएर तिमीहरूले सत्य र ईमानदार काम गरेका छौ भने, र तिमीहरूले यरूब-बाल र तिनका घरानासँग उचित काम गरेका छौ र तिनीप्रति हुनुपर्ने व्यवहार गरेका छौ भनेदेखि— "},{"id":17,"text":"मेरा पिताले तिमीहरूको निम्ति लड़ाइँ गरे र आफ्नो प्राण खतरामा हालेर तिमीहरूलाई मिद्यानीहरूका हातबाट बचाए, "},{"id":18,"text":"तर आज तिमीहरू मेरा पिताका घरानाको विरुद्धमा खड़ा भएका छौ, र तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर मारेका छौ, र तिनकी कमारीको छोरो अबीमेलेकलाई तिमीहरूको आफ्नो भाइको नाताले शकेमका नगरवासीहरूको राजा तुल्याएका छौ— "},{"id":19,"text":"यदि तिमीहरूले आज यरूब-बाल र तिनका घरानासँग सत्य र ईमानदार व्यवहार गरेका छौ भने, तिमीहरू अबीमेलेकसँग खुशी होओ र त्यो तिमीहरूसँग खुशी होस्! "},{"id":20,"text":"यदि होइन भने, अबीमेलेकबाट अग्नि निस्कोस् र शकेमका नगरवासीहरू र सबै बेथ-मिल्लोलाई भस्म पारोस्। शकेमका नगरवासीहरू र बेथ-मिल्लोका सबैबाट पनि अग्नि निस्केर अबीमेलेकलाई भस्म पारोस्!”"},{"id":21,"text":"त्यसपछि योताम सुटुक्क भागे। तिनी बेअर भन्ने ठाउँमा पुगे, र त्यहीँ नै बसोबास गर्न लागे, किनकि तिनी आफ्ना दाजु अबीमेलेकसँग डराउँथे।"},{"id":22,"text":"अबीमेलेक इस्राएलमाथि तीन वर्षसम्म शासक भएपछि "},{"id":23,"text":"परमेश्वरले अबीमेलेक र शकेमका नगरवासीहरूका बीचमा फाटो पार्नलाई एउटा दुष्टात्मा पठाउनुभयो, र शकेमका नगरवासीहरूले तिनलाई धोका दिए। "},{"id":24,"text":"यरूब-बालका सत्तरी जना छोराहरूलाई अत्याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्या गर्ने आफ्ना भाइ अबीमेलेकसित र तिनलाई सुर्याउने शकेमका नगरवासीहरूसित लिइओस् भन्ने अभिप्रायले यो परमेश्वरले गर्नुभएको थियो। "},{"id":25,"text":"तिनको विरुद्धमा शकेमवासीहरूले डाँड़ाका टुप्पातिर बाटो हिँड्ने प्रत्येकलाई ढुक्न र डाँका मार्न मानिसहरूलाई राखे, र यो खबर अबीमेलेककहाँ पुर्याइयो।"},{"id":26,"text":"अब एबेदका छोरा गाल आफ्ना भाइबन्धुहरूसँग शकेममा आए, र शकेमका नगरवासीहरूले आफ्नो राजभक्ति अब उनीतिर लगाए। "},{"id":27,"text":"तिनीहरू आफ्ना दाखबारीहरूमा गए, पाकेका अंगूरहरू टिपे, र कोलमा पेले। त्यसपछि तिनीहरू आफ्नो देवताको मन्दिरमा चाड़ मनाउन गए। त्यहाँ तिनीहरूले खानपान गरेर अबीमेलेकलाई सरापे। "},{"id":28,"text":"तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? र शकेम को हो, र हामी त्यसको प्रजा हुने? के त्यो यरूब-बालको छोरो होइन? र त्यसको सहायकचाहिँ जबूल होइन? शकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने? "},{"id":29,"text":"यदि यी मानिसहरू मेरो अधीनमा मात्र भएका भएता अबीमेलेकलाई मैले पन्साउनेथिएँ। म त्यसलाई भन्नेथिएँ, ‘तेरा सबै सेनालाई बोला, र लड़ाइँ गर्’।”"},{"id":30,"text":"जब सहरका राज्यपाल जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने तब तिनी साह्रै रिसाए। "},{"id":31,"text":"तिनले गुप्तमा अबीमेलेककहाँ यसो भनेर दूतहरू पठाए, “एबेदको छोरो गाल र त्यसका भाइबन्धुहरू शकेममा आएर सहरका मानिसहरूलाई तपाईंको विरुद्धमा सुर्याउँदैछन्। "},{"id":32,"text":"यसकारण राती नै उठेर तपाईं र तपाईंसँग भएका मानिसहरू सहरबाहिर ढुकिबस्नुहोस्। "},{"id":33,"text":"त्यसपछि बिहान घाम झुल्कने बित्तिकै सहरलाई आक्रमण गर्नुहोस्, र जब त्यो र त्यसका मानिसहरू बाहिर आउँछन् तब के गर्नुपर्छ सो गर्नुहोस्।”"},{"id":34,"text":"यसैले अबीमेलेक र तिनका मानिसहरू राती नै उठे, र चार दल भएर शकेममा आक्रमण गर्नलाई ढुकिबसे। "},{"id":35,"text":"अब एबेदका छोरा गाल बाहिर गएर सहरको मूल ढोकाको पस्ने ठाउँमा उभिरहेका थिए, जत्ति खेर अबीमेलेक र तिनका मानिसहरू आफूहरू लुकेको ठाउँबाट बाहिर आए।"},{"id":36,"text":"गालले तिनीहरूलाई देखे, र जबूललाई भने, “मानिसहरू डाँड़ाका टाकुराहरूबाट तल झर्दैछन्।”जबूलले जवाफ दिए, “तिमीले देखेका त डाँड़ाहरूका छाया हुन्, जो मानिसहरूजस्तै देखिँदैछन्।”"},{"id":37,"text":"तर फेरि गालले भने, “डाँड़ाहरूका बीचको जग्गाबाट मानिसहरू तल झरिरहेका छन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।”"},{"id":38,"text":"तब जबूलले उनलाई भने, “अब खोइ तिम्रा साहसी कुराहरू? तिमी भन्थ्यौ, ‘अबीमेलेक को हो र हामी त्यसको प्रजा हुने?’ के यी तिनै मानिसहरू होइनन्, जुनलाई तिमी तुच्छ ठान्थ्यौ? जाऊ, गएर तिनीसँग लड़ाइँ गर।”"},{"id":39,"text":"यसकारण गालले शकेमका नगरवासीहरूलाई लिएर अबीमेलेकमाथि आक्रमण गर्यो, "},{"id":40,"text":"तर अबीमेलेकले उनलाई परास्त गरे, र उनी भागे। मूल ढोकाको पस्ने ठाउँसम्मै बाटैभरि लाशहरू छरिएका थिए। "},{"id":41,"text":"अबीमेलेक गएर अरूमाह भन्ने ठाउँमा आफैलाई बसाले, र जबूलले गाल र त्यसका भाइबन्धुहरूलाई शकेमबाट धपाए।"},{"id":42,"text":"भोलिपल्ट शकेमका मानिसहरू बाहिर खुला ठाउँमा गए, र यो कुरो अबीमेलेकलाई सुनाइयो। "},{"id":43,"text":"यसैले तिनले चाहिँ आफ्ना मानिसहरूलाई ल्याएर तिनीहरूका तीन दल बनाए, र सहरबाहिर खुला ठाउँमा ढुकिबसे। जब तिनले मानिसहरूलाई सहरबाट निस्कँदैआएका देखे, तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे। "},{"id":44,"text":"अबीमेलेक र तिनीसँग भएको दल चाँड़ो गरी अगाड़ि बढ़े र सहरको मूल ढोकाको पस्ने ठाउँमा लड्नलाई तयारी भए। तब अरू दुई दलचाहिँ आएर खुला ठाउँमा भएकाहरूमाथि जाइलागे, र तिनीहरूलाई मारे। "},{"id":45,"text":"अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, सहर जलाइदिए, र त्यस ठाउँमा नून छरिदिए।"},{"id":46,"text":"जब शकेमको किल्लामा बस्नेहरूले यो कुरा सुने, तब तिनीहरू एलबरीतका मन्दिरको तहखानामा गए। "},{"id":47,"text":"तिनीहरू त्यहाँ एकसाथ भेला भएका छन् भन्ने कुरा अबीमेलेकलाई सुनाइयो। "},{"id":48,"text":"यसैले तिनी र तिनीसित भएका मानिसहरू सल्मोन डाँड़ामा उक्ले। तिनले बन्चरो लिएर हाँगा काटे, र आफ्नो काँधमाथि ती हाले। तिनले आफ्ना मानिसहरूलाई भने, “म के गरिरहेछु हेर, र चाँड़ो गरेर तिमीहरू पनि त्यसै गर।” "},{"id":49,"text":"यसकारण हरेक मानिसले हाँगा काट्यो। तब तिनीहरूले अबीमेलेकलाई पछ्याए, र हाँगाहरू तहखानाको चारैतिर थुपारेर तिनलाई आगो लगाइदिए। अनि शकेमको किल्लाका सबै मानिसहरू मरे, जो प्राय: एक हजार पुरुष र स्त्रीहरू थिए।"},{"id":50,"text":"त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसलाई घेरेर कब्जा गरे। "},{"id":51,"text":"त्यस सहरको बीचमा एउटा बलियो किल्ला थियो, र सबै नगरवासीहरू, पुरुष र स्त्रीहरू, त्यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्ला बन्द गरेर त्यसको छतमा गएका थिए। "},{"id":52,"text":"अबीमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे। जब त्यस किल्लामा आगो लगाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए, "},{"id":53,"text":"तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई। "},{"id":54,"text":"अबीमेलेकले तुरुन्तै आफ्नो हतियार बोक्ने जवानलाई बोलाएर भने, “झट्टै आफ्नो तरवार थुतेर मलाई खतम गर्, नत्रता एउटी स्त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्लान्।” यसैले त्यस जवानले तरवारले तिनलाई रोपिदियो, र तिनी मरे। "},{"id":55,"text":"जब इस्राएलीहरूले अबीमेलेक मरेका देखे, तब तिनीहरू सबै आ-आफ्नो घरमा फर्के।"},{"id":56,"text":"यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूलाई मारेर आफ्ना पिताको विरुद्धमा गरेको अपराधको बदला परमेश्वरले तिनीसँग लिनुभयो, "},{"id":57,"text":"र शकेमका मानिसहरूले गरेका सबै दुष्टता तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरूब-बालका छोरा योतामको सराप तिनीहरूमाथि साँच्ची नै पर्यो।"}]},{"id":10,"title":"न्यायकर्ताहरू 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/10-b0ade7a75998afeb4e1e8be16434c7bb.mp3?version_id=1483","verses":[{"id":1,"text":"अबीमेलेकको पालोपछि इस्साखारको एक जना मानिस, पुवाका छोरा दोदोका नाति, एफ्राइमको पहाड़ी देशको शामीरमा बस्ने तोला इस्राएललाई छुटाउनलाई खड़ा भए। "},{"id":2,"text":"तिनी तेईस वर्षसम्म इस्राएलका अगुवा भए, अनि जब तिनी मरे तब शामीरमा गाड़िए।"},{"id":3,"text":"तिनीपछि गिलादी याईर आए। तिनी बाईस वर्षसम्म इस्राएलका अगुवा भए। "},{"id":4,"text":"तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामा सवार हुन्थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए, जो आजको दिनसम्म पनि हब्बात-याईर कहलाइन्छ। "},{"id":5,"text":"याईर मरेपछि तिनी कामोनमा गाड़िए।"},{"id":6,"text":"फेरि इस्राएलीहरूले अराम, सीदोन र मोआबका अम्मोनीहरू र पलिश्तीहरूका देवता-देवीहरू तथा बाल र अश्तोरेत देवताहरूलाई पुजेर परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। तिनीहरूले परमप्रभुलाई त्यागे, र उहाँको सेवा गरेनन्। "},{"id":7,"text":"यसैकारण परमप्रभु इस्राएलसँग क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो, जसले त्यस वर्ष तिनीहरूलाई चकनाचूर पारे र दबाए। "},{"id":8,"text":"उनीहरूले यर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा अर्थात् गिलादमा बस्ने सबै इस्राएलीहरूलाई अठार वर्षसम्म सताउँदै र अत्याचार गर्दैरहे। "},{"id":9,"text":"तब यहूदा, बेन्यामीन र एफ्राइममाथि आक्रमण गर्नलाई अम्मोनीहरू यर्दन पारि तरे, र इस्राएल साह्रै सङ्कष्टमा पर्यो। "},{"id":10,"text":"अनि इस्राएलीहरूले सहायताको निम्ति परमप्रभुको पुकारा गरेर भने, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्यागेर बाल देवताहरूलाई पुजेका छौं।”"},{"id":11,"text":"परमप्रभुले इस्राएलीहरूलाई भन्नुभयो, “जब मिश्री, एमोरी, अम्मोनी, पलिश्ती, "},{"id":12,"text":"सीदोनी, अमालेकी र मिद्यानीहरू सबैले तिमीहरूलाई अत्याचार गरे, र तिमीहरूले सहायताको निम्ति मेरो पुकारा गर्यौ, तब मैले तिमीहरूलाई उनीहरूका हातबाट छुटाइनँ र? "},{"id":13,"text":"तर तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ। यसैले अब म तिमीहरूलाई फेरि छुटाउनेछैनँ। "},{"id":14,"text":"गएर तिमीहरूले चुनेका देवताहरूलाई सहायताको निम्ति पुकार, र तिनीहरूले नै तिमीहरूका दु:खको समयमा बचाऊन्।”"},{"id":15,"text":"तर इस्राएलीहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। हामीलाई तपाईं जे चाहनुहुन्छ त्यही गर्नुहोस्। तर हामी तपाईंलाई बिन्ती गर्दछौं कि केवल अहिले हाम्रो उद्धार गर्नुहोस्।” "},{"id":16,"text":"तब तिनीहरूले पराई देवताहरूलाई त्यागे र परमप्रभुको आराधना गरे। अनि उहाँले इस्राएलको दुर्गतिलाई अरू बढ्ता हेर्न सक्नुभएन।"},{"id":17,"text":"तब अम्मोनीहरू युद्धको निम्ति भेला गरिएर गिलादमा छाउनी हालेर बसे, र इस्राएलीहरूचाहिँ भेला भएर मिस्पामा छाउनी हाले। "},{"id":18,"text":"तब गिलादका मानिसहरूका नायकहरूले आपसमा भने, “जुन मानिसले अम्मोनीहरूलाई पहिले आक्रमण गर्ला त्यही नै गिलादका बासिन्दाहरूका शासक हुनेछ।”"}]},{"id":11,"title":"न्यायकर्ताहरू 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/11-8053e7d1d5a4deed34355c7d01d04b95.mp3?version_id=1483","verses":[{"id":1,"text":"गिलादी यिप्ता एक वीर योद्धा थिए। तिनी एक वेश्यातर्फका गिलादका छोरा थियो। "},{"id":2,"text":"तर गिलादकी पत्नीले पनि तिनका धेरै छोराहरू जन्माइन्। अनि जब तिनीहरू ठूला भए तब तिनीहरूले यिप्तालाई धपाए। तिनीहरूले तिनलाई भने, “हाम्रा पिताको घरमा तेरो केही हक छैन। तँ त अर्की स्त्रीको छोरो होस्।” "},{"id":3,"text":"यसैले आफ्ना दाजुभाइहरूदेखि बच्नलाई यिप्ता भागेर तोब देशमा बस्न लागे, र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए, र उनीहरू तिनका पछि लागे।"},{"id":4,"text":"केही समयपछि अम्मोनीहरूले इस्राएलसित लड़ाइँ गरे। "},{"id":5,"text":"जब लड़ाइँ सुरु भयो तब गिलादका बुढा-पाकाहरू तोब देशबाट यिप्तालाई ल्याउन गए। "},{"id":6,"text":"तिनीहरूले तिनलाई भने, “आएर हाम्रा सेनापति हुनुहोस्, र हामी अम्मोनीहरूसित लड़ाइँ गर्न सक्नेछौं।”"},{"id":7,"text":"तर यिप्ताले गिलादका बुढा-पाकाहरूलाई भने, “तिरस्कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट धपायौ। दु:ख पाउँदा अब किन तिमीहरू मकहाँ आउँछौ?”"},{"id":8,"text":"तिनीहरूले जवाफ दिए, “तथापि अब हामी तपाईंतिर लागेका छौं। हामीहरूसित आएर अम्मोनीहरूसँग लड़ाइँ गर्नुहोस्, र तपाईं गिलादका सारा बासिन्दाहरूका शासक हुनुहुनेछ।”"},{"id":9,"text":"यिप्ताले तिनीहरूलाई भने, “यदि तिमीहरूले मलाई अम्मोनीहरूसित लड़ाइँ गर्न फकाएर लग्यौ र यदि परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने, के साँच्चै म तिमीहरूका शासक हुनेछु?”"},{"id":10,"text":"गिलादका बुढा-पाकाहरूले फेरि यिप्तालाई भने, “परमप्रभु हामीहरूका बीचमा साक्षी हुनुहुन्छ। उहाँको शपथ खाएर भन्दछौं कि हामी तपाईंले भन्नुभएझैँ गर्नेछौं।” "},{"id":11,"text":"तब यिप्ता गिलादका बुढा-पाकाहरूका साथमा गए, र मानिसहरूले तिनलाई आफ्ना शासक र सेनापति तुल्याए। र मिस्पामा परमप्रभुको उपस्थितिमा यिप्ताले आफ्ना सबै कुरा दोहोर्याए।"},{"id":12,"text":"यिप्ताले अम्मोनका राजाकहाँ उनको तिनीहरूसित के झगड़ा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्नलाई दूतहरू पठाए।"},{"id":13,"text":"अम्मोनी राजाले यिप्ताका मानिसहरूलाई यो जवाफ दिए, “जब इस्राएलीहरू मिश्रदेशबाट उक्लेर आए, तब तिनीहरूले अर्नोनदेखि यब्बोक र यर्दन नदीसम्मका हाम्रो देश लिए। यो देश शान्तिसित हामीलाई फर्काइदेऊ।”"},{"id":14,"text":"यिप्ताले अम्मोनका राजाकहाँ दोस्रो पल्ट यसो भनेर दूतहरू पठाए:"},{"id":15,"text":"“यिप्ता यसो भन्नुहुन्छ: इस्राएलले न त मोआबीहरूको देश न अम्मोनीहरूको देश लिए। "},{"id":16,"text":"तर जब इस्राएलीहरू मिश्रदेशबाट उक्लेर आए, तब तिनीहरू उजाड़-स्थानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे। "},{"id":17,"text":"तब तिनीहरूले उनको देशबाट छिरेर जानलाई अनुमति माग्न भनी एदोमका राजाकहाँ दूतहरू पठाए, तर एदोमका राजाले सुन्दैसुनेनन्। तिनीहरूले मोआबका राजाकहाँ पनि पठाए, तर उनी पनि राजी भएनन्। यसैले इस्राएल कादेशमा नै रहे। "},{"id":18,"text":"“त्यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाड़-स्थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोनचाहिँ मोआबको सिमाना थियो। "},{"id":19,"text":"“त्यसपछि इस्राएलले उनको देशबाट छिरेर आफ्नो ठाउँमा जान पाऔं भनी हेश्बोनमा शासन गर्ने, एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए। "},{"id":20,"text":"तर सीहोनले इस्राएललाई उनको देशबाट जानलाई विश्वास गरेनन्। उनले आफ्ना सबै मानिसहरूलाई भेला गरे, र यहसामा छाउनी हालेर इस्राएलसँग लड़ाइँ गरे।"},{"id":21,"text":"“तब परमप्रभु इस्राएलका परमेश्वरले सीहोन र उनका सबै मानिसहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई जितेर त्यस प्रान्तमा भएका एमोरीहरूका जम्मै इलाका अधिकार गरे। "},{"id":22,"text":"तिनीहरूले अर्नोनदेखि यब्बोकसम्म र उजाड़-स्थानदेखि यर्दन नदीसम्मै एमोरीहरूका सबै इलाकाहरू लिए।"},{"id":23,"text":"“परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो प्रजा इस्राएलका भलाइको निम्ति एमोरीहरूलाई धपाउनुभयो। अब यो फिर्ता लिन तिम्रो के अधिकार छ? "},{"id":24,"text":"तिमीहरूको देवता कमोशले तिमीहरूलाई जे दिन्छ त्यही लिन्छौ, होइन? त्यसरी नै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई जे दिनुहुन्छ त्यही लिन्छौं। "},{"id":25,"text":"अब के तिमी मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा असल छौ र? के उसले कहिले इस्राएलसित झगड़ा गरेर आक्रमण गर्यो र? "},{"id":26,"text":"तीन सय वर्षसम्म इस्राएलीहरू हेश्बोन, अरोएर, र तिनका चारैतिरका बस्तीहरूमा, र अर्नोनका किनारका सबै सहरहरूमा बसे। त्यस बेला तिमीहरूले तिनीहरूलाई किन फिर्ता लिएनौ? "},{"id":27,"text":"हामीहरूले तिमीहरूलाई केही खराबी गरेका छैनौं, तर तिमीले हामीलाई आक्रमण गरेर खराबी गरिरहेका छौ। परमप्रभु, जो न्यायकर्ता हुनुहुन्छ, उहाँले नै इस्राएलीहरू र अम्मोनीहरूका बीचमा आजको दिन न्याय गरून्।”"},{"id":28,"text":"तर यिप्ताले पठाएको समाचारलाई अम्मोनीहरूका राजाले केही वास्ता गरेनन्।"},{"id":29,"text":"तब परमप्रभुका आत्मा यिप्तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भई गिलादको मिस्पाबाट छिरेर अम्मोनीहरूका विरुद्ध अगि बढ़े। "},{"id":30,"text":"यिप्ताले परमप्रभुलाई यो भाकल गरेर भने, “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने, "},{"id":31,"text":"जब म अम्मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्यसलाई होमबलि गरी चढ़ाउनेछु।”"},{"id":32,"text":"तब यिप्ता अम्मोनीहरूलाई आक्रमण गर्नलाई पारि तरेर गए, र परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो। "},{"id":33,"text":"तिनले अरोएरदेखि मिन्नीत र हाबिल-करमीमसम्म बीस सहरहरू ध्वस्त पारे। यसरी इस्राएलले अम्मोनलाई आफ्नो अधीनमा पारे।"},{"id":34,"text":"जब यिप्ता मिस्पामा आफ्नो घरमा फर्के, तब तिनलाई बाहिर भेट गर्न खैँजड़ी बजाउँदै र नाच्दै तिनकी छोरी आइन्। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोराछोरी थिएनन्। "},{"id":35,"text":"जब तिनले यिनलाई देखे तब तिनले आफ्नो लुगा च्यातेर भने, “हाय मेरी छोरी, तिमीले मेरो मनै भाँचिदिएकी छौ, तिमीले कस्तो कष्ट ममाथि ल्याएकी छौ। मैले परमप्रभुसित एउटा भाकल गरेको छु, र म त्यो टार्न सक्दिनँ।” "},{"id":36,"text":"यिनले जवाफ दिइन्, “बुबा, तपाईंले परमप्रभुमा गम्भीर भाकल गर्नुभएको छ। तपाईंले त्यहीअनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ। "},{"id":37,"text":"तर बुबा, ममाथि एउटा कृपा गर्नुहोस्— दुई महिनासम्म मलाई छोड़िदिनुहोस्, र म आफ्ना सहेलीहरूसित यी डाँड़ाहरूमा घुमफिर गर्न पाऊँ, र म आफ्नो कुमारी अवस्थाको मृत्युमाथि शोक गर्न सकूँ।”"},{"id":38,"text":"तिनले भने, “जाऊ।” र तिनले यिनलाई दुई महिनाको निम्ति बिदा गरे। तिनी आफ्ना सहेलीहरूसित गइन्, र डाँड़ाहरूमा आफ्नो कुमारीत्वको निम्ति रोइन्। "},{"id":39,"text":"दुई महिनाको अन्तमा तिनी आफ्ना पिताकहाँ फर्केर आइन्, र यिप्ताले आफूले गरेको भाकल पूरा गरे।तिनी कुमारी थिइन्। "},{"id":40,"text":"यसैबाट इस्राएलका छोरीहरू प्रत्येक वर्ष चार दिनसम्म गिलादी यिप्ताकी छोरीको स्मृतिमा बाहिर जाने एउटा परम्परा भयो।"}]},{"id":12,"title":"न्यायकर्ताहरू 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/12-07ef9a89d18e7d9a90482c5ae5aad54b.mp3?version_id=1483","verses":[{"id":1,"text":"एफ्राइमीहरूले आफ्ना फौज भेला गरे, र पारि तरेर सापोनमा गए। तिनीहरूले यिप्तालाई भने, “अम्मोनीहरूसँग लड़ाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन? हामी तपाईंलाई तपाईंको घरसमेत जलाइदिनेछौं।”"},{"id":2,"text":"यिप्ताले जवाफ दिए, “म र मेरा मानिसहरूको अम्मोनीहरूसँग झगड़ा थियो, र मैले तिमीहरूलाई सहायताको निम्ति बिन्ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ। "},{"id":3,"text":"जब मैले यो देखें कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौं, तब आफ्नो प्राण जोखिममा हालेर अम्मोनीहरूका विरुद्धमा हिँड़ें, र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ?”"},{"id":4,"text":"तब यिप्ताले गिलादका सबै मानिसहरूलाई भेला गरेर एफ्राइमसँग लड़ाइँ गरे। गिलादीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि एफ्राइमीहरूले यसो भनेका थिए, “तिमी गिलादीहरू एफ्राइम र मनश्शेबाट बागी भएर गएका हौ।” "},{"id":5,"text":"गिलादीहरूले यर्दनका जँघारहरू लिए, र एफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एफ्राइमीले पारि जानलाई बिन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोध्दथे, “के तँ एफ्राइमी होस्?” र त्यसले “होइन” भन्यो भनेदेखि "},{"id":6,"text":"तिनीहरूले भन्थे, “त्यसो भए, ‘शिब्बोलेत’ भन्।” त्यसले त्यो शब्द ठीकसित उच्चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने, तिनीहरूले त्यसलाई यर्दनका जँघारहरूमा पक्रेर मार्दथे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।"},{"id":7,"text":"यिप्ता छ वर्षसम्म इस्राएलका अगुवा भए। तब गिलादी यिप्ता मरे, अनि तिनी गिलादको एउटा सहरमा गाड़िए।"},{"id":8,"text":"यिप्तापछि बेथलेहेमका इब्सान इस्राएलका अगुवा भए। "},{"id":9,"text":"तिनका तीस जना छोरा र तीस छोरी थिए। तिनले ती तीस छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति तीस जना बुहारीहरूलाई अरू वंशबाट ल्याए। तिनी सात वर्षसम्म इस्राएलका अगुवा भए। "},{"id":10,"text":"तब तिनी मरे, र बेथलेहेममा गाड़िए।"},{"id":11,"text":"तिनीपछि जबूलूनी एलोन दश वर्षसम्म इस्राएलका अगुवा भए। "},{"id":12,"text":"तब तिनी मरे, र जबूलूनका देशको अय्यालोनमा गाड़िए।"},{"id":13,"text":"त्यसपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इस्राएलका अगुवा भए। "},{"id":14,"text":"तिनका चालीस छोरा र तीस नाति थिए, र हरेक आ-आफ्नो गधामा सवार हुन्थ्यो। तिनी आठ वर्षसम्म इस्राएलका अगुवा भए। "},{"id":15,"text":"त्यसपछि तिनी मरे, र अमालेकीहरूको पहाड़ी देशका एफ्राइमको पिरातोनमा गाड़िए।"}]},{"id":13,"title":"न्यायकर्ताहरू 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/13-8b177c3f1fab551be38804374d7d37e5.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्तीहरूका हातमा सुम्पिदिनुभयो।"},{"id":2,"text":"दानको कुलका सोरामा बस्ने एक जना मानिस थिए, जसको नाउँ मानोह थियो, र जसकी पत्नी बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन। "},{"id":3,"text":"परमप्रभुका दूत ती स्त्रीकहाँ देखा परेर तिनलाई भने, “तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। "},{"id":4,"text":"अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू, "},{"id":5,"text":"किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इस्राएललाई पलिश्तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।” "},{"id":6,"text":"ती स्त्री गएर आफ्ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्य थियो। तिनी कहाँबाट आएका हुन् भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्। "},{"id":7,"text":"तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्यो केटो जन्मेको दिनदेखि मर्ने दिनसम्मै परमेश्वरको निम्ति अलग गरिएको नाजिरी हुनेछ’।”"},{"id":8,"text":"तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, बिन्ती छ, तपाईंले पठाउनुभएका, परमेश्वरका ती मानिस फेरि एक पल्ट आऊन् र त्यो जन्मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदेऊन्।”"},{"id":9,"text":"परमेश्वरले मानोहको प्रार्थना सुन्नुभयो, र परमेश्वरका दूत बारीमा बसिरहेकी ती स्त्रीकहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्। "},{"id":10,"text":"स्त्री झट्टै दगुरेर गई मानोहलाई भनिन्, “त्यस दिन आएका ती मानिस फेरि मकहाँ आएका छन्।”"},{"id":11,"text":"मानोह झट्टै तिनीसँग गए र त्यस व्यक्तिलाई भेटेर भने, “के मेरी पत्नीसँग कुरा गर्ने तपाईं नै हुनुहुन्छ?”तिनले भने, “हो, म नै हुँ।”"},{"id":12,"text":"मानोहले भने, “जब तपाईंको वचन पूरा हुनेछ, तब त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ?”"},{"id":13,"text":"परमप्रभुका दूतले जवाफ दिएर भने, “मैले जे भनेको छु सो कुरा तिम्री पत्नीले होशियारसँग पालन गर्नुपर्छ। "},{"id":14,"text":"दाखको बोटबाट निस्केको केही पनि तिनले चाख्नुहुँदैन। तिनले दाखमद्य वा अरू मत्ताएको मद्य पिउनुहुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानुहुँदैन। मैले जे भनेको छु त्यो सबै तिनले गर्नुपर्छ।”"},{"id":15,"text":"मानोहले परमप्रभुका दूतलाई भने, “कृपा गरी पर्खनुहोस्, र हामी तपाईंको निम्ति एउटा पाठो तयार गर्नेछौं।”"},{"id":16,"text":"परमप्रभुका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोक्यौ भने पनि म तिमीहरूले चढ़ाएको भोजन खान्नँ। तर तिमीहरूको इच्छा छ भने होमबलि तयार गर र त्यो परमप्रभुमा चढ़ाओ।” मानोहले तिनलाई परमप्रभुका दूत हुन् भनी चिनेनन्।"},{"id":17,"text":"तब मानोहले तिनलाई भने, “तपाईंको नाउँ के हो? किनकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंको आदर गर्न चाहन्छौं।”"},{"id":18,"text":"परमप्रभुका दूतले तिनलाई भने, “तिमी किन मेरो नाउँ सोध्ने आँट गर्छौ? यो नाउँ समझदेखि बाहिर छ।” "},{"id":19,"text":"तब मानोहले पाठो र उचित अन्नबलि लिएर ती चट्टानमाथि परमप्रभुकहाँ चढ़ाए। अनि मानोह र तिनकी पत्नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्चर्यमय काम गर्नुभयो। "},{"id":20,"text":"जब त्यस वेदीबाट स्वर्गतिर एउटा ज्वाला उठ्यो, तब ज्वालासँगै परमप्रभुका दूत मास्तिर गए। यो देखेर मानोह र तिनकी पत्नी घोप्टो परे। "},{"id":21,"text":"त्यसपछि परमप्रभुका ती दूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्, र मानोहले ती त परमप्रभुका दूत रहेछन् भनी थाहा पाए।"},{"id":22,"text":"तर तिनले आफ्नी पत्नीलाई भने, “हामी त निश्चय नै मर्नेछौं, किनभने हामीले परमेश्वरलाई देखेका छौं।”"},{"id":23,"text":"तर तिनकी पत्नीले जवाफ दिइन्, “परमप्रभुले हामीलाई मार्ने नै इच्छा गर्नुभएको भए उहाँले हाम्रा हातका होमबलि र अन्नबलि ग्रहण गर्नुहुनेथिएन र यी सबै कुरा देखाउनुहुनेथिएन वा भन्नुहुनेथिएन।”"},{"id":24,"text":"ती स्त्रीले एउटा छोरो जन्माइन् र तिनको नाउँ शिमशोन राखिन्। त्यो बालक बढ्न लाग्यो, र परमप्रभुले त्यसलाई आशिष् दिनुभयो। "},{"id":25,"text":"अनि त्यो सोरा र एश्तोलको बीचमा भएको महनेह-दानमा हुँदा, परमप्रभुका आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो।"}]},{"id":14,"title":"न्यायकर्ताहरू 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/14-1608b96875072cf3199493208099297e.mp3?version_id=1483","verses":[{"id":1,"text":"शिमशोन तिम्नामा झरे, र त्यहाँ तिनले एउटी पलिश्ती स्त्रीलाई देखे। "},{"id":2,"text":"जब तिनी फर्केर आए तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्री देखेको छु, र मलाई तिनीसँग विवाह गरिदिनुहोस्।”"},{"id":3,"text":"तिनका आमा-बुबाले तिनलाई भने, “के हाम्रो आफ्नै कुटुम्बमा अथवा हाम्रै आफ्नो जातिमा कोही स्त्री छैन, र खतना नभएका पलिश्तीहरूकी स्त्रीलाई तैंले विवाह गर्नुपर्छ?”तर शिमशोनले आफ्ना बुबालाई भने, “ती स्त्री नै मेरो निम्ति ल्याइदिनुहोस्। तिनी नै मेरो निम्ति ठीक छिन्।” "},{"id":4,"text":"पलिश्तीहरू, जो त्यस बेला इस्राएलका शासक थिए, उनीहरूका विरुद्धमा परमप्रभुले मौका हेर्दैहुनुहुन्छ र यसमा परमप्रभुको हात छ भनी तिनका आमा-बुबालाई थाहा थिएन। "},{"id":5,"text":"शिमशोन आफ्ना आमा-बुबासँग तिम्नामा झरे, र जब तिनीहरू त्यहाँका दाखबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जंदै शिमशोनलाई झम्ट्यो। "},{"id":6,"text":"तब परमप्रभुका आत्मा झट्टै शिमशोनमा आउनुभयो, र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्यस सिंहलाई एउटा पाठालाई झैँ च्यातचुत गरिदिए। तर आफूले गरेको कुरो तिनले आफ्ना आमा-बुबालाई भनेनन्। "},{"id":7,"text":"त्यसपछि तिनी तल झरेर त्यस स्त्रीसँग बातचीत गरे, र त्यस स्त्रीले तिनलाई रिझाई।"},{"id":8,"text":"केही समयपछि त्यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्यस सिंहको सिनु हेर्नलाई तिनी त्यतातिर लागे, र त्यसमा मौरीसमेतको चाका देखे। "},{"id":9,"text":"तिनले मह काढ़ेर हात चाट्दै गए। जब तिनी आफ्ना आमा-बुबाकहाँ आइपुगे तब तिनीहरूलाई पनि केही मह दिए, र तिनीहरूले पनि खाए। तर आफूले त्यो मह सिंहको सिनुबाट काढ़ेको कुरो तिनले तिनीहरूलाई बताएनन्।"},{"id":10,"text":"तिनका बुबा त्यो स्त्री हेर्नलाई गए, र दुलहाहरूको दस्तूरअनुसार शिमशोनले त्यहाँ एउटा भोज दिए। "},{"id":11,"text":"जब तिनी त्यहाँका मानिसहरूका सामु देखा परे, तब उनीहरूले तीस जना मानिसहरूलाई तिनका साथ जानलाई ल्याए।"},{"id":12,"text":"शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। यी सात दिनको भोजको समयमा तिमीहरूले त्यो अड्को फुकाउन सक्यौ भने म तिमीहरूलाई तीस थान कपड़ा र तीस जोर लाउने लुगा दिनेछु। "},{"id":13,"text":"तर तिमीहरूले त्यो अड्को फुकाउन सकेनौ भने तिमीहरूले मलाई तीस थान कपड़ा र तीस जोर लाउने लुगा दिनुपर्छ।”तिनीहरूले भने, “अड्को हामी सुनौं त?”"},{"id":14,"text":"तब तिनले तिनीहरूलाई भने,\n“खानेबाट खानेकुरो निस्क्यो,\nबलियोबाट गुलियो कुरो निस्क्यो।”तीन दिनको अन्तरमा पनि तिनीहरू त्यो अड्को फुकाउन सफल भएनन्।"},{"id":15,"text":"चौथो दिन तिनीहरूले शिमशोनकी पत्नीलाई भने, “तिम्रा पतिलाई फकाऊ र तिनले तिमीलाई त्यो अड्को फुकाइदेऊन्, नत्रता हामी तिमीलाई र तिम्रा बाबाको घरलाई आगो लगाइदिनेछौं। के तिमीले हामीलाई कङ्गाली तुल्याउनलाई निम्तो दियौ?”"},{"id":16,"text":"तब शिमशोनकी पत्नीले तिनको सामु रोई-रोईकन भनी, “तपाईं मलाई घृणा गर्नुहुन्छ। तपाईं मलाई प्रेम गर्नुहुन्न। तपाईंले मेरा भाइबन्धुहरूलाई एउटा अड्को थाप्नुभएको छ, तर त्यो मलाई बताउनुभएको छैन।”तिनले त्यसलाई भने, “मैले त त्यो मेरा माता-पितालाई पनि भनेको छैनँ, र के त्यो तिमीलाई भन्नु?” "},{"id":17,"text":"तर भोजको सात दिन समाप्त नहोउञ्जेल त्यो तिनको सामुन्ने रोइबसी। यसैले सातौँ दिनमा त्यसले साह्रै जिद्दी गरेकी हुनाले तिनले त्यसलाई बताइदिए, र त्यसले त्यो अड्को आफ्ना भाइबन्धुहरूलाई बताइदिई।"},{"id":18,"text":"त्यसै दिन सूर्य अस्ताउन अघि सहरका मानिसहरूले शिमशोनलाई भने,\n“महभन्दा गुलियो के हुन्छ र?\nसिंहभन्दा बलियो के हुन्छ र?”शिमशोनले भने,\n“मेरो कोरलीलाई नजोतेका भए\nतिमीहरूले यो अड्को फुकाउन सक्नेथिएनौ।”"},{"id":19,"text":"तब परमप्रभुका आत्मा झट्टै शिमशोनमा आउनुभयो। तिनी तल अश्कलोनमा गए, र त्यहाँ तिनले तीस जना मान्छे मारे, र उनीहरूका चीजबीज उतारेर उनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रीस उठ्यो, र तिनी आफ्ना बुबाको घरमा गइहाले। "},{"id":20,"text":"शिमशोनकी पत्नी लोकन्त हुने मानिसलाई दिइयो।"}]},{"id":15,"title":"न्यायकर्ताहरू 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/15-615a9979392c36357850f37837487a4f.mp3?version_id=1483","verses":[{"id":1,"text":"केही समयपछि गहूँका फसलको बेलामा एउटा पाठो लिएर शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले भने, “मेरी पत्नीको कोठामा म जान चाहन्छु।” तर त्यसका बुबाले तिनलाई जान दिएनन्।"},{"id":2,"text":"त्यसका बुबाले भने, “तिमीले त्यसलाई घृणा गर्यौ भन्ने कुरा मलाई निश्चय भएको हुनाले मैले त त्यसलाई तिम्रो लोकन्तलाई दिएँ। त्यसकी बहिनी त्योभन्दा राम्री छे— अब त्यसलाई नै लैजाऊ।”"},{"id":3,"text":"तर शिमशोनले भने, “यस पल्ट पलिश्तीहरूसित साटो लिने मेरो हक छ। म साँच्ची नै उनीहरूको केही नोक्सानी गर्नेछु।” "},{"id":4,"text":"तब तिनले गएर तीन सय स्यालहरू पक्रे। तिनले दुई-दुई वटा स्यालका पुच्छर-पुच्छर बाँधे र हरेक जोड़ीको बीचमा एउटा-एउटा राँको बाँधिदिए। "},{"id":5,"text":"त्यसपछि तिनले ती राँकाहरू जलाए र ती स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्नका बारीहरूमा छोड़िदिए। तिनले पाकिरहेका अन्न र बिटासमेत दाखबारी र भद्राक्षका बगैँचाहरू पनि डढ़ाइदिए।"},{"id":6,"text":"तब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तिम्नाका तिनका ससुरोले शिमशोनकी पत्नी तिनको लोकन्तलाई दिएकोले शिमशोनले यो सब गरेको हो भनी उनीहरूले सुने।तब पलिश्तीहरू गएर त्यसलाई र त्यसका बुबालाई जलाइदिए। "},{"id":7,"text":"शिमशोनले उनीहरूलाई भने, “किनकि तिमीहरूले यस्ता कार्यहरू गर्यौ, म यो शपथ खाएर भन्दछु कि म तिमीहरूलाई यसको बदला नलिउञ्जेल म थामिन्नँ।” "},{"id":8,"text":"तब तिनले उनीहरूलाई हिर्काउनसम्म हिर्काएर धेरै जनालाई मारे। त्यसपछि तिनी एतामका पहरोको ओड़ारमा गएर बस्न लागे।"},{"id":9,"text":"पलिश्तीहरू उक्लेर आए, र यहूदामा छाउनी हाले, र लहीको छेउमा छरिएर बसे। "},{"id":10,"text":"यहूदाका मानिसहरूले भने, “तिमीहरूले किन हामीमाथि चढ़ाइ गर्यौ?”उनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई पक्रन आएका छौं। त्यसले हामीलाई गरेझैँ हामी त्यससँग गर्नेछौं।”"},{"id":11,"text":"तब यहूदाबाट तीन हजार मानिसहरू एतामका पहरोको ओड़ारमा झरे। तिनीहरूले शिमशोनलाई भने, “पलिश्तीहरू त हाम्रा शासक हुन् भन्ने कुरो तपाईंलाई थाहै छ। अब हेर्नुहोस्, तपाईंले हामीमाथि के गर्नुभयो?”तिनले भने, “मैले त उनीहरूले जस्तो मसँग गरे त्यस्तै मात्र गरेको छु।”"},{"id":12,"text":"तिनीहरूले तिनलाई भने, “हामी त तपाईंलाई बाँधेर पलिश्तीहरूका हातमा दिन आएका छौं।”तिनले भने, “त्यसो भए, तिमीहरू आफैले मलाई मार्नेछैनौं भनी मसँग शपथ खाओ।”"},{"id":13,"text":"तिनीहरूले जवाफ दिए, “ठीक छ, हामी त तपाईंलाई बाँधेर पलिश्तीहरूका हातमा मात्र दिनेछौं। हामी तपाईंलाई मार्नेछैनौं।” तिनीहरूले तिनलाई दुई वटा नयाँ डोरीले बाँधे, र पहरोको ओड़ारबाट माथि ल्याए। "},{"id":14,"text":"तिनी लहीमा पुग्न लाग्दा पलिश्तीहरूले तिनीतिर चिच्च्याउँदै आए। तब परमप्रभुका आत्मा झट्टै तिनीमा आउनुभयो, र तिनका पाखुरामा भएका डोरीहरू डढ़ेका सनपाटझैँ भए, र तिनका बन्धनहरू चुँड़िए। "},{"id":15,"text":"तिनले गधाको एउटा आलो बङ्गारो भेट्टाएर उठाए, अनि एक हजार मान्छे मारे।"},{"id":16,"text":"तिनले भने,\n“गधाको बङ्गारोले मैले उनीहरूलाई नाश गरें, रास लगाएँ,\nगधाको बङ्गारोले मैले एक हजार मान्छे मारें।”"},{"id":17,"text":"यति भनिसकेर तिनले त्यो बङ्गारो फ्याँकिदिए। यसैले त्यस ठाउँको नाउँ रामत-लही राखियो।"},{"id":18,"text":"त्यसपछि तिनलाई साह्रो तिर्खा लाग्यो र कराएर परमप्रभुको पुकारा गरेर यसो भने, “तपाईंले आफ्नो दासलाई यो ठूलो विजय दिनुभयो, र अब के म तिर्खाले मर्नु? यी बेखतनाका हातमा पर्नु?” "},{"id":19,"text":"तब परमप्रभुले लहीमा भएको खाल्डोलाई चिरेर फुटाइदिनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले त्यो पानी पिए, र तिनको ताकत फर्क्यो र तिनी फेरि ताजा भए। यसैकारण लहीको मूललाई आजको दिनसम्म पनि एन-हक्कोरे भन्दछन्।"},{"id":20,"text":"पलिश्तीहरूको समयमा शिमशोन बीस वर्षसम्म इस्राएलका अगुवा भए।"}]},{"id":16,"title":"न्यायकर्ताहरू 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/16-7512f748946b876602b3c6cf96711620.mp3?version_id=1483","verses":[{"id":1,"text":"एक दिन शिमशोन गाजामा गए, र त्यहाँ तिनले एउटी वेश्यालाई देखे, र रात बिताउनलाई त्यसकहाँ गए। "},{"id":2,"text":"शिमशोन आएको खबर गाजाका मानिसहरूले पाए, र उनीहरूले तिनलाई घेरे, र त्यस रातभरि सहरको मूल ढोकामा तिनलाई ढुकिबसे। राती उनीहरूले केही गरेनन्, किनभने उनीहरूले आपसमा भने, “बिहान हामी तिनलाई मारौं।”"},{"id":3,"text":"तर शिमशोन आधारातसम्म मात्र ओछ्यानमा पल्टिरहे। तब तिनी आधारातमा उठेर सहरको मूल ढोकाका दैला र दुवै खम्बा, बार र सबै थोक तिनले उखेले, र ती आफ्नो काँधमा हालेर हेब्रोनका सामुन्नेको डाँड़ाको टाकुरामा बोकेर लगे।"},{"id":4,"text":"केही समयपछि शिमशोन सोरेकको बेँसीमा बस्ने दलीला नाउँ भएकी एउटी स्त्रीसँग प्रेममा फसे। "},{"id":5,"text":"पलिश्तीहरूका मुखियाहरू त्यस स्त्रीलाई भेट गर्नलाई गए र त्यसलाई भने, “तिनलाई फकाएर सोध कि केले तिनलाई त्यो ठूलो बल दिन्छ, र कसरी हामी तिनलाई काबूमा पारेर बाँधी तिनलाई कैद गर्न सक्छौं। हामी हरेकबाट तिमीले चाँदीका एघार-एघार सय सिक्का पाउनेछ्यौ।”"},{"id":6,"text":"यसैले दलीलाले शिमशोनलाई भनी, “मलाई भन्नुहोस्, तपाईंको महाबल केमा छ, र तपाईंलाई कसरी बाँधेर कैद गर्न सकिन्छ?”"},{"id":7,"text":"शिमशोनले जवाफ दिए, “यदि मलाई कसैले धनुका सात वटा नसुकेका ताजा ताँदाले बाँध्यो भने म अरू मानिसजस्तै निर्बल भइहाल्नेछु।”"},{"id":8,"text":"तब पलिश्तीहरूका मुखियाहरूले धनुका सात वटा नसुकेका ताजा ताँदा त्यसलाई ल्याइदिए, र दलीलाले तिनलाई बाँधी। "},{"id":9,"text":"त्यसले आफ्नो भित्री कोठामा मानिसहरू लुकाइराखेकी थिई, र त्यसले कराएर तिनलाई भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।” तर तिनले ताँदाहरू आगोमा परेका सनपाटका धागाहरूजस्तै छिनाइदिए, र तिनका बलको भेद जानिएन।"},{"id":10,"text":"तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले त मलाई बेवकूफ तुल्याउनुभयो र मलाई झूट बोल्नुभयो। यस पल्ट भन्नुहोस्, तपाईंलाई कसरी बाँध्न सकिन्छ?”"},{"id":11,"text":"तिनले त्यसलाई भने, “यदि कसैले मलाई कहिल्यै नचलाएका नयाँ डोरीहरूले कसेर बाँध्यो भने म अरू मानिसजस्तै निर्बल भइहाल्नेछु।”"},{"id":12,"text":"यसैले दलीलाले नयाँ डोरीहरू ल्याएर तिनलाई बाँधी। त्यस बेला पनि मानिसहरू भित्री कोठामा लुकिबसेका थिए। तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।” तर तिनले आफ्ना पाखुराका डोरीहरू धागोजस्तै चुँड़ाइदिए।"},{"id":13,"text":"फेरि दलीलाले तिनलाई भनी, “तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्याइराख्नुभएको छ र मलाई झूट बोल्दैहुनुहुन्छ। भन्नुहोस्, तपाईंलाई कसरी बाँध्न सकिन्छ?”तिनले भने, “मेरा कपालका सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राख्यौ भने म अरू मानिसजस्तै निर्बल भइहाल्नेछु।”"},{"id":14,"text":"यसैले तिनी सुत्दा त्यसले तिनको कपालका ती सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राखी। अनि फेरि त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।” तिनी निद्राबाट जागे, र तानसमेत कीला उखेलिदिए।"},{"id":15,"text":"तब त्यसले तिनलाई भनी, “तपाईं मलाई प्रेम गर्नुहुन्छ भनी कसरी भन्नुहुन्छ, जब कि तपाईं मलाई आफ्नो कुरा बताउनुहुन्न? यो तेस्रो पल्ट पनि तपाईंले मलाई बेवकूफ तुल्याउनुभयो र तपाईंको महाबल केले दिन्छ भनी अझ बताउनुभएको छैन।” "},{"id":16,"text":"यसरी त्यसले तिनलाई यी कुराले दिनहुँ पिरोली र हैरान पारी।"},{"id":17,"text":"यसकारण आफ्नो गुप्त कुरा तिनले त्यसलाई भनिदिए। तिनले भने, “मेरो कपालमा कहिल्यै छुरा लागेको छैन, किनभने जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको म एक नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ, र म अरू मानिसजस्तै निर्बल हुनेछु।”"},{"id":18,"text":"तिनले सबै गुप्त कुरा बताएका हुन् भनेर जब दलीलाले थाहा पाई, तब त्यसले पलिश्तीहरूका मुखियाहरूलाई डाकिपठाई, र भनी, “झट्टै आउनुहोस्, तिनले मलाई आफ्ना गुप्त कुरा बताएका छन्।” यसैले पलिश्तीहरूका मुखियाहरू आए, र आफ्ना साथमा चाँदी पनि ल्याए। "},{"id":19,"text":"त्यसले शिमशोनलाई आफ्नो काखमा सुताई, र एक जना मान्छेलाई बोलाएर सातै वटा लट्टा खौरिन लगाई। यसरी दलीलाले शिमशोनलाई काबूमा पार्न लागी अनि तिनको बल हट्यो।"},{"id":20,"text":"तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।”तिनी आफ्नो निद्राबाट जागे, र भने, “म सधैँझैँ आफैलाई मुक्त गर्नेछु।” तर परमेश्वरले तिनलाई छोड़िसक्नुभएको छ भनी तिनलाई थाहा थिएन।"},{"id":21,"text":"तब पलिश्तीहरूले तिनलाई पक्रे, र तिनका आँखा निकालिदिए, र गाजामा ल्याए। त्यहाँ उनीहरूले तिनलाई काँसाका साङ्लाहरूले बाँधे, र झ्यालखानमा जाँतो पिँध्न लाए। "},{"id":22,"text":"तर तिनको कपाल खौरिएपछि फेरि बढ्न लाग्यो।"},{"id":23,"text":"पलिश्तीहरूका मुखियाहरू आफ्नो देवता दागोनको निम्ति एउटा ठूलो बलिदान चढ़ाउनलाई र त्यसको अगि खुशी मनाउन भेला भए। उनीहरूले भने, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रा हातमा सुम्पिदिनुभयो।”"},{"id":24,"text":"मानिसहरूले जब शिमशोनलाई देखे तब कराउँदै आफ्नो देवताको स्तुति यसरी गर्न लागे,\n“हाम्रा देवताले हाम्रो शत्रु,\nहाम्रो देशको अभिशाप,\nलाशले हाम्रो देश भर्नेलाई\nहाम्रा हातमा सुम्पिदिनुभएको छ।”"},{"id":25,"text":"जब उनीहरू साह्रै आनन्दित भए तब उनीहरूले भने, “शिमशोनलाई झिकाओ, र त्यसले हामीलाई तमाशा देखाओस्।” तब उनीहरूले शिमशोनलाई झ्यालखानबाट झिकाए, र तिनले सबैका सामुन्ने तमाशा देखाए।उनीहरूले तिनलाई मूल खम्बाहरूका बीचमा उभ्याए, "},{"id":26,"text":"र शिमशोनले तिनको हात समात्ने ठिटालाई भने, “मन्दिरलाई अड़ाउने मूल खम्बाहरू मलाई छाम्न दे, र म त्यहाँ अड़ेस लाग्नेछु।” "},{"id":27,"text":"अब मन्दिर पुरुष र स्त्रीहरूले खचाखच थियो, र पलिश्तीहरूका सबै मुखियाहरू पनि त्यहाँ थिए, र तीन हजार जति पुरुष र स्त्रीहरू छतमा बसेर शिमशोनको तमाशा हेरिरहेका थिए। "},{"id":28,"text":"तब शिमशोनले परमप्रभुलाई पुकारेर भने, “हे परमप्रभु परमेश्वर, मलाई याद गर्नुहोस्! हे परमेश्वर, मलाई अझै एक पल्ट मात्र शक्ति दिनुहोस्, र म मेरा दुई आँखाका निम्ति यी पलिश्तीहरूमाथि एकै चोटि बदला लिन सकूँ।” "},{"id":29,"text":"तिनले आफ्ना हात मन्दिरलाई थामेका ती दुई बीचका मूल खम्बामा लगाए, अनि दाहिने हात एउटामा र देब्रे हात अर्कोमा बलियो गरी राखेर, "},{"id":30,"text":"तिनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्।” तब शिमशोनले आफ्नो सम्पूर्ण शक्ति लगाएर ठेले, र मुखियाहरू र त्यसमा भएका सबै मानिसहरूमाथि मन्दिर ढल्यो। यसरी तिनले आफू मर्दा बाँचेको समयको भन्दा धेरै मानिसहरूलाई मारे।"},{"id":31,"text":"तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए, र तिनलाई लगेर तिनीहरूले तिनका बुबा मानोहको चिहानमा सोरा र एश्तोलको बीचमा तिनलाई गाड़े।पलिश्तीहरूको समयमा शिमशोन बीस वर्षसम्म इस्राएलका अगुवा भए।"}]},{"id":17,"title":"न्यायकर्ताहरू 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/17-c7f34ba017f51328d47c528c8f3ff076.mp3?version_id=1483","verses":[{"id":1,"text":"एफ्राइमका पहाड़ी देशमा मीका नाउँ भएका एक जना मानिस थिए। "},{"id":2,"text":"तिनले आफ्नी आमालाई भने, “तपाईंबाट चोरिएका ती एघार सय चाँदीका सिक्का, जसका विषयमा मैले सुन्ने गरी तपाईंले ती चोर्नेलाई सराप्नुभएको थियो, ती चाँदीका सिक्का मसँग छन्। मैले ती लगेको थिएँ, र अब म ती तपाईंलाई फर्काइदिँदैछु।”तिनकी आमाले भनिन्, “हे मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्।”"},{"id":3,"text":"तिनले ती एघार सय चाँदीका सिक्का आफ्नी आमालाई फर्काइदिएपछि, तिनले भनिन्, “अब म यो मेरो चाँदी मेरो छोराको भलाइको निम्ति एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति बनाउनलाई परमप्रभुमा समर्पण गर्छु।”"},{"id":4,"text":"यसरी तिनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले दुई सय चाँदीका सिक्का लिएर एउटा चाँदीको शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखिए।"},{"id":5,"text":"यी मीका भन्ने मानिसको एउटा देवता-थान थियो। तिनले एउटा एपोद र घर-देवताहरू बनाए, र आफ्ना छोराहरूमध्येको एक जनालाई आफ्नो पुरोहित नियुक्त गरे। "},{"id":6,"text":"त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो त्यही गर्थ्यो। "},{"id":7,"text":"अब यहूदाको बेथलेहेमबाट आएका यहूदाका गोत्रको बीचमा बस्ने एक जना जवान लेवी थिए। "},{"id":8,"text":"तिनी बेथलेहेम सहर छोड़ेर अन्त कतै बस्नलाई आएका थिए। यात्रा गर्दा तिनी एफ्राइमका पहाड़ी देशमा मीकाको घरमा आइपुगे।"},{"id":9,"text":"मीकाले तिनलाई सोधे, “तिमीकहाँबाट आएका हौ?”तिनले जवाफ दिए, “म यहूदाका बेथलेहेमको एक जना लेवी हुँ, र म एउटा बस्ने ठाउँ खोज्दैछु।”"},{"id":10,"text":"मीकाले तिनलाई भने, “मसँग बस, र मेरा बुबा र पुरोहित होऊ। म तिमीलाई बर्षै पिच्छे दश चाँदीका सिक्का दिनेछु, र तिमीलाई खान-लाउन पनि दिनेछु।” "},{"id":11,"text":"यसकारण ती लेवी मीकासँग बस्न राजी भए, र मीकाले तिनलाई आफ्ना छोराहरूमध्ये एक जनाजस्तै गर्थे। "},{"id":12,"text":"मीकाले ती लेवीलाई काममा नियुक्त गरे, र ती जवान मानिस तिनका पुरोहित भए, र तिनको घरमा बसे। "},{"id":13,"text":"मीकाले भने, “अब म जान्दछु कि परमप्रभुले मेरो उन्नति गर्नुहुनेछ, किनभने एक लेवी मेरा पुरोहित भएका छन्।”"}]},{"id":18,"title":"न्यायकर्ताहरू 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/18-5fa4be717734d97b90e4e4b0ad6281c4.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्। दानवंशीहरूले कुनै इलाका अधिकार गर्ने मौका हेर्दैथिए, किनभने इस्राएलका कुलहरूलाई दिइएका इलाकाहरूमा तिनीहरूले अधिकार गर्न पाएका थिएनन्। "},{"id":2,"text":"यसकारण दानवंशीहरूले पाँच जना योद्धाहरूलाई सोरा र एश्तोलबाट पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्थे। तिनीहरूले यिनीहरूलाई भने, “जाओ, देशको पत्ता लाओ।”तिनीहरू एफ्राइमको पहाड़ी देशमा मीकाको घरमा आइपुगे, र त्यो रात त्यहीँ बिताए। "},{"id":3,"text":"जब तिनीहरू त्यहाँ मीकाको घरमा थिए, तब तिनीहरूले ती जवान लेवीको बोली चिने। तिनीहरूले तिनीतिर फर्केर भने, “तिमीलाई कसले यहाँ ल्यायो? तिमी यहाँ के गरिरहेछौ? यहाँ तिम्रो के काम छ?”"},{"id":4,"text":"तिनले भने, “यो त सबै मीकाको काम हो। तिनले मलाई ज्यालामा राखेका छन्, र म तिनका पुरोहित भएको छु।”"},{"id":5,"text":"तिनीहरूले तिनलाई भने, “त्यसो भए, हाम्रो निम्ति परमेश्वरसँग हाम्रो कार्य सफल हुन्छ कि हुन्न सोधपूछ गर।”"},{"id":6,"text":"पुरोहितले जवाफ दिए, “कुशलसित जाओ। तिमीहरूको यात्रालाई परमप्रभुको स्वीकृति छ।”"},{"id":7,"text":"ती पाँच जना आफ्नो बाटो लागे, र लेशमा आइपुगे। तिनीहरूले त्यहाँका बासिन्दाहरूलाई सीदोनीहरूझैँ शान्त र निष्फिक्रीसित आफ्ना जीवन बिताइरहेका देखे। उनीहरूको देशलाई कुनै अभाव थिएन। यसकारण उनीहरूलाई फलिफाप भएको थियो। उनीहरू सीदोनीहरूदेखि धेरै टाढ़ा थिए, र अरू कोहीसित उनीहरूको सम्पर्क थिएन।"},{"id":8,"text":"ती पाँच जना मानिसहरू सोरा र एश्तोलमा फर्केर आएपछि तिनीहरूका भाइबन्धुहरूले तिनीहरूलाई सोधे, “तिमीहरूको खबर कस्तो छ?”"},{"id":9,"text":"तिनीहरूले भने, “जाऔं त, उनीहरूमाथि चढ़ाइ गरौं! हामीले देखेको त्यो देश खूबै सुन्दर छ। के तिमीहरू यस विषयमा केही नगरी बियाँलो गरिरहन्छौ? अहिले नै हिँड्, र त्यस देशलाई अधिकार गर। "},{"id":10,"text":"जब तिमीहरू त्यहाँ पुग्नेछौ, तब तिमीहरूले एउटा विस्तृत र खुला देशमा निष्फिक्रीसित जीवन बिताइरहेको एउटा जातिलाई देख्नेछौ। परमेश्वरले त्यो जग्गा तिमीहरूका हातमा सुम्पिदिनुभएको छ— त्यो जग्गा जहाँ पृथ्वीमा पाइने कुनै पनि थोकको अभाव छैन।”"},{"id":11,"text":"यसकारण सोरा र एश्तोलबाट दानको कुलका हतियार भिरेका छ सय मानिसहरू निस्के। "},{"id":12,"text":"तिनीहरू उक्लेर यहूदाको किर्यत-यारीमको पश्चिमतिर छाउनी हाले। यसैकारण त्यस ठाउँको नाउँ आजसम्म महनेह-दान भनिन्छ। "},{"id":13,"text":"त्यहाँबाट तिनीहरू एफ्राइमका पहाड़ी देशतिर लागेर मीकाको घरमा आए।"},{"id":14,"text":"तब ती पाँच जना मानिसहरू, जो लेशको वरिपरिका देशको भेद लिन गएका थिए, तिनीहरूले आफ्ना भाइबन्धुसँग यसो भनेर कुरा गरे, “के यी घरहरूमध्ये एउटामा एपोद र घर-देवताहरू, एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति छन् भनी तिमीहरूलाई थाहा छ? अब कसो गर्नु तिमीलाई थाहा छ।” "},{"id":15,"text":"यसैले तिनीहरू मीकाको घरनेर ती जवान लेवीको डेरातिर लागे, र तिनलाई अभिवादन गरे। "},{"id":16,"text":"हतियार भिरेका ती छ सय दानवंशीहरू मूल ढोकाको मुखैमा खड़ा भए। "},{"id":17,"text":"देशको भेद लिन गएका ती पाँच जना मानिस घरभित्र पसे, अनि प्रतिमा र मूर्ति, एपोद र अरू घर-देवताहरू लिए। त्यसै बेला ती पुरोहित ती छ सय मानिसहरूसँग मूल ढोकाको मुखैमा खड़ा भइरहेका थिए।"},{"id":18,"text":"ती पाँच जना मानिसहरू मीकाको घरमा पसेर प्रतिमा, मूर्ति, एपोद र अरू घर-देवताहरूलाई लग्दा, ती पुरोहितले “के गर्दैछौ?” भनी तिनीहरूलाई सोधे।"},{"id":19,"text":"तर तिनीहरूले तिनलाई भने, “चूप लाग, एक शब्द पनि नबोल। आएर हाम्रा पुरोहित र बुबा होऊ। एक जना मानिसको घरमा पुरोहित हुनु कि इस्राएलमा एउटा कुल र वंशका पुरोहित हुनु असल हो?” "},{"id":20,"text":"यस कुराले ती पुरोहित खुशी भए। तिनले ती एपोद, खोपिएको प्रतिमा र अरू घर-देवताहरू लगे, र त्यस दलमा सामेल भए। "},{"id":21,"text":"तिनीहरू फर्केर गइहाले, र बालबच्चा, गाईबस्तुहरू र दामी-दामी सामानहरू अगि लगाएर हिँड़े।"},{"id":22,"text":"ती दानवंशीहरू मीकाको घरबाट केही टाढ़ा मात्र पुगेका थिए कि मीकाले आफ्ना छिमेकीहरूलाई बोलाएर तिनीहरूलाई खेदेर भेट्टाए। "},{"id":23,"text":"उनीहरूले दानवंशीहरूलाई हपारे, र तिनीहरूले फर्केर मीकालाई भने, “तिमीलाई के भयो? हामीसित लड़ाइँ गर्न किन तिमीले मानिसहरूलाई बोलायौ?”"},{"id":24,"text":"मीकाले भने, “मैले आफ्नो निम्ति बनाएका मेरा देवताहरू तिमीहरूले लग्यौ। तिमीहरूले मेरा पुरोहितलाई पनि लिएर हिँड्यौ। मेरो निम्ति केही छोड़ेनौ, र ‘तिमीलाई के भयो?’ भनी कसरी सोध्न सक्छौ?”"},{"id":25,"text":"दानवंशीहरूले तिनलाई भने, “तिम्रो सोर हामीलाई नसुनाऊ। नत्रता केही रिसाहा मानिसहरूले तिमीहरूमाथि आक्रमण गर्नेछन् र तिमी र तिम्रा परिवार खतम हुनेछौ।” "},{"id":26,"text":"यति भनेर दानवंशीहरू आफ्नो बाटो लागे, अनि मीकाले तिनीहरू आफूभन्दा ज्यादै बलिया देखेर आफ्नो घरतिर लागे।"},{"id":27,"text":"यसरी ती पुरोहित र मीकाले आफ्नो निम्ति बनाएका थोकहरू लिएर तिनीहरू गए, र लेशमाथि चढ़ाइ गरे, जहाँका मानिसहरू शान्त थिए, र निष्फिक्रीसित बस्थे। तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे, र उनीहरूको सहरमा आगो लगाइदिए। "},{"id":28,"text":"उनीहरूलाई बचाउने कोही थिएन, किनभने त्यो सहर सीदोनदेखि टाढ़ामा थियो, र कसैसित उनीहरूको सम्पर्क थिएन। त्यो सहर बेथ-रहोबका नजिकको उपत्यकामा थियो।दानवंशीहरूले त्यस सहरलाई फेरि बनाए, र त्यसमा बसोबास गर्न लागे। "},{"id":29,"text":"त्यसलाई इस्राएलका छोरा तिनीहरूका पुर्खाको नाउँमा दान राखे। त्यसको नाउँ पहिले त लेश थियो। "},{"id":30,"text":"दानवंशीहरूले ती मूर्तिहरूलाई स्थापन गरे, र इस्राएल जाति कैदमा नलगिएसम्म मोशाका छोरा गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानको कुलका पूजाहारी भए। "},{"id":31,"text":"अनि शीलोमा परमेश्वरको भवन रहुञ्जेल तिनीहरूले मीकाले बनाएका मूर्तिहरूको पूजा गरे।"}]},{"id":19,"title":"न्यायकर्ताहरू 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/19-d0ff440f764a4e84c743e96050b94d40.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्। एफ्राइमको पहाड़ी देशको भित्री भागमा एउटा लेवी बस्थे, जसले यहूदाको बेथलेहेमबाट एउटी उपपत्नी आफ्नो निम्ति ल्याएका थिए। "},{"id":2,"text":"तर त्यो आफ्ना पतिप्रति अविश्वासी भई, र तिनलाई छोड़ेर त्यो आफ्ना बुबाको घर यहूदाको बेथलेहेममा गएकी थिई। जब त्यो त्यहाँ बसेकी चार महिना भइसकेको थियो, "},{"id":3,"text":"तब त्यसका पति आफ्ना नोकर र दुई वटा गधा लिएर त्यसलाई मनाएर फर्काइल्याउन हिँड़े। त्यस केटीले तिनलाई आफ्ना बुबाको घरमा ल्याई, र त्यसका बुबाचाहिँले तिनलाई देख्दा स्वागत गरे। "},{"id":4,"text":"त्यस केटीका बुबा, तिनका ससुराले तिनलाई जिद्दी गर्दा तिनी उनीसँग त्यहाँ तीन दिन बसे। तिनी बसेको बेलामा तिनको खूबै राम्रो सत्कार भयो।"},{"id":5,"text":"चौथो दिन तिनीहरू सखारै उठे, र बिदा हुनलाई तयार भए, तर केटीका बुबाले आफ्नो जुवाइँलाई भने, “जानुभन्दा पहिले केही खाऊ।” "},{"id":6,"text":"यसैले तिनीहरू दुवै बसे र एकैसाथ खानपान गरे। तब केटीका बुबाले भने, “एक रात अझै बसेर रमाइलो गर।” "},{"id":7,"text":"जब तिनी जानलाई उठे तब तिनका ससुराले तिनलाई बस्ने आग्रह गरे, र तिनी अझै एक रात बसे। "},{"id":8,"text":"पाँचौँ दिन तिनी बिदा हुनलाई बिहानै उठे। तर केटीका बुबाले भने, “पहिले केही खाऊ।” यसैले तिनीहरू दिउँसो अबेरसम्मै एकसाथ खाँदै र पिउँदै अल्मलिरहे।"},{"id":9,"text":"तब ती मानिस आफ्नी उपपत्नी र नोकरसँग जानलाई उठे। तर तिनका ससुराले भने, “हेर त, साँझ हुनै लाग्यो। आजको रात यहीँ बिताएर दिल खुश पार, र भोलि बिहानै उठेर घरतिर लाग।” "},{"id":10,"text":"तर ती मानिस त्यो रात बस्न मानेनन्। तिनी उठेर हिँड़िहाले, र आफ्ना भारी लादेका दुई गधा र आफ्नी उपपत्नीसँग यबूस, अर्थात् यरूशलेमतिर गए।"},{"id":11,"text":"जब तिनीहरू यबूसको नजिकै आइपुगे तब दिन धेरै ढल्किसकेको थियो, र नोकरले आफ्ना मालिकलाई भन्यो, “अब गएर यबूसीहरूको यस सहरमा रात बिताऔं।”"},{"id":12,"text":"तर त्यसका मालिकले त्यसलाई भने, “होइन, इस्राएलीहरू नभएको यस परदेशी ठाउँमा नजाऔं। बरु हामी गिबामा जाऔं।” "},{"id":13,"text":"तिनले फेरि भने, “आओ, गिबा वा रामासम्म पुग्न प्रयत्न गरौं, र त्यहाँ रात बिताऔं।” "},{"id":14,"text":"यसरी तिनीहरू अगि बढ़े, र झमक्क रात परिहाल्यो। त्यस बेला तिनीहरू बेन्यामीनका गिबाको नजिकै थिए। "},{"id":15,"text":"तिनीहरू त्यहीँ रात बिताउनलाई पसे, र गएर सहरको चोकमा बसे। तर कसैले पनि तिनीहरूलाई वास दिनलाई आफ्नो घरमा लगेनन्।"},{"id":16,"text":"यसै बीचमा एक जना बूढ़ा मानिस आफ्नो खेतको कामबाट बेलुकी घर फर्किरहेको थियो। उनी एफ्राइमको पहाड़ी देशका थिए, तर गिबामा बस्थे, जहाँका मानिसहरू बेन्यामीनी थिए। "},{"id":17,"text":"उनले यसो मास्तिर हेरे, र सहरको चोकमा ती यात्रीलाई देखे, र तिनलाई कहाँबाट आएका र कहाँ जाने हो भनी सोधे।"},{"id":18,"text":"तिनले जवाफ दिए, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाड़ी देशको भित्री भागतिर यात्रा गरिरहेका छौं। म त्यहीँकै हुँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र प्रभुको घरमा फर्किरहेछु। तर कसैले मलाई आफ्नो घरमा लगेको छैन। "},{"id":19,"text":"मसित गधाका निम्ति पराल र दाना छन्। तपाईंका सेवकहरू, अर्थात् मेरो आफ्नो र यस केटी र यस नोकरको निम्ति खानेकुरा र दाखमद्य छन्। हामीलाई चाहिने कुरा हामीसितै छन्, महाशय।”"},{"id":20,"text":"ती बूढ़ा मानिसले भने, “मेरो घरमा आउनुहोस्, तपाईंहरूलाई चाहिने सबै कुरा म दिनेछु। तपाईंहरूले चोकमा रात बिताउनुपर्दैन।” "},{"id":21,"text":"तब तिनलाई उनले घरभित्र लगे र गधालाई दाना-पानी दिए। तिनीहरूले आफ्ना खुट्टा धोए र खानपान गरे।"},{"id":22,"text":"जब तिनीहरू यसरी खुशी मनाइरहेका थिए, तब त्यस सहरका कतिपय बदमाशहरूले त्यो घर घेरे, र घरको ढोकामा धक्का दिँदै र त्यस घरका धनीलाई कराउँदै यसो भने, “तेरो घरमा पसेको त्यस मानिसलाई बाहिर निकाल्। हामी त्यससँग सहवास गर्न चाहन्छौं।” "},{"id":23,"text":"त्यस घरका धनीले बाहिर उनीहरूकहाँ निस्केर भने, “होइन, मेरा मित्र हो, यस्तो दुष्ट काम नगर। यी मानिस त मेरा अतिथि हुन्, यस्तो अत्याचार नगर। "},{"id":24,"text":"यहाँ मेरी कन्ये-छोरी र यी मानिसकी उपपत्नी छन्। म तिनीहरूलाई तिमीहरूकहाँ ल्याउनेछु। तिनीहरूमाथि बलात्कार गर, र तिमीहरूलाई जे मन लाग्छ गर। तर यी मानिसमाथि यस्तो अत्याचार नगर।”"},{"id":25,"text":"तर ती मानिसहरूले उनको कुरा सुन्दैसुनेनन्। यसैले ती यात्रीले आफ्नी उपपत्नीलाई लिएर उनीहरूकहाँ पठाइदिए। उनीहरूले त्यससँग त्यस रातभरि बिहान नहोउञ्जेलसम्म सहवास गरे, र त्यसलाई अत्याचार गरे, अनि बिहान भएपछि उनीहरूले त्यसलाई जान दिए। "},{"id":26,"text":"त्यो केटी मिरमिरे उज्यालोमा आई र आफ्ना स्वामी भएको घरको ढोकामा लड़ी, र उज्यालो नभएसम्म त्यहीँ लड़िरही।"},{"id":27,"text":"त्यस स्त्रीका पति बिहानै उठे, र आफ्नो यात्रामा जानलाई घरको ढोका खोले। र तिनले आफ्नी उपपत्नीलाई सङ्घारमा आफ्ना हात पसारेर लड़िरहेकी देखे। "},{"id":28,"text":"तिनले त्यसलाई भने, “उठ, हामी जाऔं।” तर तिनले केही जवाफ पाएनन्। तिनले त्यसलाई उठाएर गधामाथि राखे र घरतिर लागे।"},{"id":29,"text":"जब तिनी घरमा आइपुगे तब तिनले एउटा छुरी लिएर आफ्नी उपपत्नीलाई टुक्रा-टुक्रा पारेर बाह्र टुक्रा काटे, अनि इस्राएलका चारैतिर पठाइदिए। "},{"id":30,"text":"यो देख्ने प्रत्येकले भने, “इस्राएलीहरू मिश्रदेशबाट आएको बेलादेखि आजको दिनसम्म यस्तो कहिल्यै भएको छैन। त्यो आफै विचार गर, के गर्नुपर्छ हामीलाई भन।”"}]},{"id":20,"title":"न्यायकर्ताहरू 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/20-ea5fdf5d6fe891b23d6d7af4583e9897.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब सबै इस्राएलीहरू, दानदेखि बेर्शेबासम्मका जम्मै समुदाय, र गिलादबाट पनि एउटै मानिसजस्तै गरी आ-आफ्नो घरबाट निस्के र मिस्पामा परमप्रभुको सामुन्ने भेला भए। "},{"id":2,"text":"इस्राएलका कुलहरूका सबै मानिसका अगुवाहरू, तरवार भिरेका चार लाख योद्धाहरू, परमेश्वरका मानिसहरूको सभामा हाजिर भए। "},{"id":3,"text":"बेन्यामीनीहरूले इस्राएलीहरू मिस्पामा गएका छन् भन्ने कुरा सुने। “यस्तो दुष्ट कुरो कसरी भयो” भनी इस्राएलीहरूले सोधे।"},{"id":4,"text":"यसकारण त्यस मारिएकी स्त्रीका पति, ती लेवीले भने, “म र मेरी उपपत्नी रात बिताउनलाई बेन्यामीनको गिबामा आएका थियौं। "},{"id":5,"text":"त्यस रात गिबाका नगरवासीहरू मेरो विरुद्धमा खड़ा भए, र मलाई मार्ने विचारले म बसेको घर घेरे, र उनीहरूले मेरी उपपत्नीमाथि बलात्कार गरे, र त्यो मरी। "},{"id":6,"text":"मैले त्यसको लाश लगेर टुक्रा-टुक्रा पारी काटें, र ती मैले इस्राएलका चारैतिर पठाइदिएँ, किनभने उनीहरूले इस्राएलमा यस्तो व्यभिचारी र अपमानजनक काम गरेका थिए। "},{"id":7,"text":"अब तपाईं सबै इस्राएलीहरू बोल्नुहोस् र आफ्नो फैसला दिनुहोस्।”"},{"id":8,"text":"तब सबै मानिसहरू एउटै मानिसझैँ खड़ा भएर भने, “हामीमध्येको एक जना पनि आफ्नो घरमा फर्केर जानेछैन, एउटै पनि आफ्नो घरमा फर्केर जानेछैन। "},{"id":9,"text":"अब गिबालाई हामी यसो गर्नेछौं— गोला हालेअनुसार हामी चढ़ाइ गर्नलाई जानेछौं। "},{"id":10,"text":"हामी इस्राएलका जम्मै कुलबाट हरेक एक सयबाट दश, हरेक हजारबाट एक सय र हरेक दश हजारबाट एक हजार गरी इस्राएलमा यस्तो अत्याचार गर्ने बेन्यामीनका गिबाको विरुद्धमा जानेहरूका निम्ति मानिसहरूबाट खानेकुरा जम्मा गर्नलाई लिनेछौं।” "},{"id":11,"text":"यसरी सबै इस्राएली भेला भए र एउटै मानिसजस्तै त्यस सहरको विरुद्धमा एकै मनका भए।"},{"id":12,"text":"इस्राएलका कुलहरूका मानिसहरूले बेन्यामीनको कुलका चारैतिर यसो भनेर मानिसहरू पठाए, “तिमीहरूका बीचमा यस्तो खराब काम भएको यो के हो? "},{"id":13,"text":"गिबाका ती दुष्ट मानिसहरूलाई हाम्रा हातमा सुम्पिदेओ, र हामी उनीहरूलाई मारेर इस्राएलमा भएको यस दुष्कर्मलाई फाल्नेछौं।”तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ इस्राएलीहरूको कुरा सुनेनन्। "},{"id":14,"text":"उनीहरू आ-आफ्ना सहरहरूबाट इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई गिबामा जम्मा भए। "},{"id":15,"text":"ती बेन्यामीनीहरूले तुरुन्तै आ-आफ्ना सहरहरूबाट तरवार भिरेका छब्बीस हजार मानिसहरू लड़ाइँको निम्ति जम्मा गरे। "},{"id":16,"text":"यी मानिसहरूबाहेक गिबाका सात सय चुनिएका मानिसहरू पनि थिए। यी सबैमध्ये देब्रे हाते अरू सात सय चुनिएका मानिसहरू पनि थिए, जसले घुयेँत्रोले कुनै निशाना पनि चुकाउँदैनथे।"},{"id":17,"text":"बेन्यामीनको कुल छोड़ेर इस्राएलले चाहिँ तरवार भिरेका चार लाख मानिसहरू जम्मा गरे, जो सबै योद्धा थिए।"},{"id":18,"text":"इस्राएलीहरू तुरुन्तै बेथेलतिर लागे, र त्यहाँ तिनीहरूले परमेश्वरलाई यसो भनेर सोधे, “हामीमध्येको कुनचाहिँ कुलले पहिले बेन्यामीनलाई आक्रमण गर्ने?”परमप्रभुले भन्नुभयो, “पहिले यहूदाले आक्रमण गरोस्।”"},{"id":19,"text":"यसैले इस्राएलीहरू बिहान सखारै गिबाको सामु गएर छाउनी हाले। "},{"id":20,"text":"तिनीहरूले बेन्यामीनीहरूसँग लड़ाइँ गर्नलाई आफ्नो फौजलाई सहरको सामुन्ने तयार राखे। "},{"id":21,"text":"त्यस दिन बेन्यामीनीहरूले गिबाबाट आक्रमण गरेर बाईस हजार इस्राएलीहरूलाई रणभूमिमा मारे। "},{"id":22,"text":"तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए, र पहिलो दिनकै स्थानमा फेरि अड़ेर बसे। "},{"id":23,"text":"तब इस्राएलीहरू उक्लेर गए, र परमप्रभुको सामु बेलुकीसम्मै विलाप गरे, र तिनीहरूले परमप्रभुसँग आफ्ना दाजुभाइ बेन्यामीनीहरूमाथि आक्रमण गर्नुपर्छ कि भनेर सोधे।परमप्रभुले भन्नुभयो, “उनीहरूका विरुद्धमा माथि उक्लेर जाओ।”"},{"id":24,"text":"दोस्रो दिन पनि तिनीहरू बेन्यामीनीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े। "},{"id":25,"text":"बेन्यामीनीहरू पनि तिनीहरूसँग लड़ाइँ गर्नलाई गिबाबाट निस्के, र तरवार भिरेका अरू अठार हजार मानिसहरूलाई उनीहरूले मारे।"},{"id":26,"text":"तब जम्मै इस्राएलीहरू फर्केर बेथेलमा गए, र त्यहाँ तिनीहरू साँझसम्मै विलाप गर्दै उपवासमा परमप्रभुको सामुन्ने बसे। तिनीहरूले परमप्रभुको सामु होमबलि र मेलबलि चढ़ाए। "},{"id":27,"text":"त्यस बेला परमेश्वरका करारको सन्दूक त्यहीँ थियो, "},{"id":28,"text":"र हारूनका छोरा एलाजारका छोरा पीनहासले त्यसको सामु सेवा गर्दथे। अनि इस्राएलीहरूले परमप्रभुसँग सोधे, “के हामी हाम्रा भाइ बेन्यामीनको विरुद्धमा लड़ाइँ गर्नलाई फेरि जाऔं कि नजाऔं?”परमप्रभुले जवाफ दिनुभयो, “त्यसलाई आक्रमण गर। भोलि म त्यसलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।”"},{"id":29,"text":"तब इस्राएलले गिबाको चारैतिर ढुकिबस्नलाई मानिसहरू राखे। "},{"id":30,"text":"तेस्रो दिन इस्राएलीहरू बेन्यामीनीहरूका विरुद्धमा अगि बढ़े, र अघिझैँ गिबाको विरुद्धमा स्थान लिए। "},{"id":31,"text":"अनि बेन्यामीनीहरूचाहिँ त्यस सेनालाई आक्रमण गर्नलाई बाहिर निस्के, र उनीहरू सहरबाट अलि टाढ़ा पुगे, अनि खुला जग्गामा र बेथेल र गिबामा जाने मूलबाटाहरूमा केही इस्राएलीहरू, अर्थात् तीस जनालाई मारे।"},{"id":32,"text":"“हामी तिनीहरूलाई फेरि पनि जित्दैछौं” भनी उनीहरूले सम्झे। तर इस्राएलीहरूले उनीहरूलाई सहरबाट बाहिर मूलबाटाहरूमा तानेर निकाल्नलाई हारेर भागेझैँ गर्ने उपाय गरेका थिए।"},{"id":33,"text":"इस्राएलीका जम्मै मानिसहरूले आ-आफ्नो स्थान छोड़ेर बालतामारमा युद्धको निम्ति टोली बाँधे, अनि ढुकुवामा बस्नेहरू गिबाको पश्चिमको स्थानबाट झट्टै निस्केर आए। तब इस्राएलका दश हजार चुनिएका योद्धाहरूले अगाड़िबाट गिबालाई आक्रमण गरे। "},{"id":34,"text":"चाँड़ै घमासान युद्ध भयो। बेन्यामीनीहरूले आफूमाथि आइरहेको विपत्तिको केही शङ्का गरेनन्। "},{"id":35,"text":"यसरी परमप्रभुले बेन्यामीनीहरूलाई इस्राएलको सामुन्ने परास्त गर्नुभयो, र त्यस दिन इस्राएलीहरूले तरवार भिरेका पच्चीस हजार एक सय बेन्यामीनीहरूलाई मारे। "},{"id":36,"text":"“अब हामीहरू त हारेछौं” भनी बेन्यामीनीहरूले थाहा पाए।किनकि सबै इस्राएलीहरू गिबाको नजिक राखेका ढुकुवाहरूमाथि भर परेर आफूचाहिँ हारेका जस्तै देखाएका थिए। "},{"id":37,"text":"ती ढुकुवा बसेका मानिसहरूले एक्कासि चढ़ाइ गरेर गिबाभित्र पसे, र चारैतिर त्यहाँका सबै बासिन्दाहरूलाई तरवारले मारे। "},{"id":38,"text":"इस्राएलीहरूले ती ढुकुवामा बसेका मानिसहरूसित सल्लाह गरेको चिन्ह यो थियो कि तिनीहरूले सहरबाट धूवाँको मुस्लो आकाशतिर पठाउनुपर्ने। "},{"id":39,"text":"तब इस्राएलीहरूचाहिँ लड़ाइँमा फर्कनेथिए।“पहिलेको लड़ाइँमा गरेझैँ हामी इस्राएलीहरूलाई जित्दैछौं” भन्ने विश्वासमा बेन्यामीनीहरूले इस्राएलीहरूलाई मार्न लागेका थिए, र करीब तीस जनालाई मारे। "},{"id":40,"text":"तर जब सहरबाट धूवाँको मुस्लो माथितिर जान लाग्यो तब बेन्यामीनीहरूले पछिल्तिर फर्केर हेरे, र सारा सहरमा आगलागी भइरहेको देखे। "},{"id":41,"text":"तब इस्राएलीहरू फनक्क फर्केर बेन्यामीनीहरूमाथि जाइलागे। बेन्यामीनीहरूले आफ्नो नाश आएको देखे र डरले आत्तिए। "},{"id":42,"text":"यसकारण उनीहरू फर्के, र इस्राएलको सामुबाट उजाड़-स्थानतिर भागे, तर लड़ाइँ उनीहरूसम्मै पुग्यो, र सहरहरूबाट आएका इस्राएलीहरूले उनीहरूलाई बीचमा पारी काटेर मार्न लागे। "},{"id":43,"text":"तिनीहरूले बेन्यामीनीहरूलाई रिङ्गै खेदे, र नबिसाईकन खेदे, र गिबाको पूर्वपट्टि एउटा ठाउँमा उनीहरूलाई जिते। "},{"id":44,"text":"अठार हजार बेन्यामीनीहरू मारिए। उनीहरू जम्मै योद्धा थिए। "},{"id":45,"text":"बाँचेकाहरूचाहिँ फर्केर उजाड़-स्थानमा भएको रिम्मोनको चट्टानतिर भागे। इस्राएलीहरूले बाटाहरूमा उनीहरूका पाँच हजार जति यताउता छोड़िएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्यामीनीहरूलाई गीदोमसम्म खेदे, र अझै दुई हजार जनालाई मारे।"},{"id":46,"text":"त्यस दिन बेन्यामीनीहरूका हतियार भिरेका पच्चीस हजार योद्धाहरू लड़ाइँमा मारिए। "},{"id":47,"text":"तर बाँचेका छ सय जनाचाहिँ फर्केर उजाड़-स्थानमा भएको रिम्मोनको चट्टानमा भागे र त्यहाँ चार महिनासम्म बसे। "},{"id":48,"text":"इस्राएलीहरू बेन्यामीनतिर फर्के, र सहरहरूमा भएका मानिसहरू र गाईबस्तुहरूलाई र भेट्टाएको हरेक प्राणीलाई तिनीहरूले तरवारले मारे। तिनीहरूले भेट्टाएको हरेक सहरलाई पनि आगो लगाइदिए।"}]},{"id":21,"title":"न्यायकर्ताहरू 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JDG/21-6ab9d741792f9f440fe9341dc660e57d.mp3?version_id=1483","verses":[{"id":1,"text":"इस्राएलीहरूले “आफ्नी छोरी कुनै बेन्यामीनीलाई विवाहमा दिनेछैनँ” भनी मिस्पामा शपथ खाएका थिए।"},{"id":2,"text":"अनि मानिसहरू बेथेलमा गए, र साँझसम्मै त्यहाँ परमेश्वरको उपस्थितिमा रहे, र साह्रै ठूलो विलाप गरे। "},{"id":3,"text":"तिनीहरूले भने, “हे परमप्रभु, इस्राएलका परमेश्वर, इस्राएललाई किन यस्तो भएको छ? किन आजको दिन इस्राएलको एउटा कुलचाहिँ हराएर गयो?”"},{"id":4,"text":"भोलिपल्ट मानिसहरू बिहानै उठे, र त्यहाँ एउटा वेदी बनाएर होमबलि र मेलबलि चढ़ाए।"},{"id":5,"text":"तब इस्राएलका सबै कुलमध्येको कुनै कुल परमप्रभुको उपस्थितिमा आएन कि भनी इस्राएलीहरूले आपसमा सोधपूछ गरे, किनभने तिनीहरूले यो महाशपथ खाएका थिए कि मिस्पामा परमप्रभुकहाँ नजानेचाहिँ मारिनुपर्छ।"},{"id":6,"text":"अब इस्राएलीहरूले आफ्ना दाजुभाइ बेन्यामीनीहरूका निम्ति बिलौना गरे, किनभने तिनीहरूले भने, “आजको दिन इस्राएलमा एउटा कुल नै मेटियो।” "},{"id":7,"text":"तिनीहरूले सोधे, “बाँकी रहेकाहरूका निम्ति पत्नीहरू खोजिदिनलाई हामी के गरौं? हामीले परमप्रभुको सामुन्ने उनीहरूलाई हाम्रा छोरीहरू विवाहमा नदिने भनेर शपथ खाएका छौं।” "},{"id":8,"text":"तब तिनीहरूले सोधे, “इस्राएलका सबै कुलहरूमध्ये परमप्रभुकहाँ मिस्पामा नजाने कोही छ?” अनि याबेश-गिलादबाट कोही पनि सभाको लागि छाउनीमा आएको रहेनछ भनी तिनीहरूले पत्ता लगाए। "},{"id":9,"text":"किनकि जब तिनीहरूले मानिसहरूको गन्ती लिए तब याबेश-गिलादको कोही पनि उपस्थित भएको भेट्टाएनन्।"},{"id":10,"text":"यसैले त्यस सभाले बाह्र हजार योद्धाहरूलाई याबेश-गिलादका पुरुष, स्त्री र बालकहरूलाई तरवारले मार्न भनी हुकुम दिएर पठाए। "},{"id":11,"text":"तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नू, तर कन्ये-केटीहरूलाई चाहिँ छोड़िदिनू।” "},{"id":12,"text":"तिनीहरूले त्यसै नै गरे। याबेश-गिलादका बासिन्दाहरूमध्ये चार सय जवान स्त्रीहरू भेट्टाए, जसको कुनै पुरुषसँग सहवास भएको थिएन। अनि तिनीहरूले यिनीहरूलाई कनानका शीलोको छाउनीमा ल्याए।"},{"id":13,"text":"तब जम्मै सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनीहरूलाई शान्तिको प्रस्ताव गर्न डाकिपठाए। "},{"id":14,"text":"यसकारण बेन्यामीनीहरू फर्केर आए, र उनीहरूलाई याबेश-गिलादका ती स्त्रीहरू दिइए, जो बचाइएका थिए, तर उनीहरूका निम्ति ती यथेष्ट भएनन्।"},{"id":15,"text":"मानिसहरू अझै पनि बेन्यामीनको निम्ति बिलौना गरिरहे, किनभने इस्राएलका कुलहरूमा परमप्रभुले यो फाटो गरिदिनुभएको थियो। "},{"id":16,"text":"अनि सभामा धर्म-गुरुहरूले भने, “बाँकी रहेकाहरूका निम्ति पत्नीहरू खोजिदिनलाई के गरौं? बेन्यामीनका सबै स्त्रीहरू त मारिए।” "},{"id":17,"text":"तिनीहरूले भने, “भागेर बाँचेका बेन्यामीनीहरूका उत्तराधिकार हुनैपर्छ, नत्रता इस्राएलीहरूमध्येको एउटा कुल मेटिएर जानेछ। "},{"id":18,"text":"हामी आफ्ना छोरीहरू उनीहरूलाई विवाह गरिदिन सक्दैनौं, किनभने कुनै बेन्यामीनीलाई आफ्नी छोरी दिने मानिसमाथि सराप आउनेछ भनी हामीले शपथ खाएका छौं।” "},{"id":19,"text":"तब बेथेलको उत्तरतिर, बेथेलदेखि शकेम जाने मूलबाटोको पूर्वतिर र लबोनाको दक्षिणतिर भएको शीलोमा परमप्रभुको निम्ति प्रतिवर्ष हुने चाड़को तिनीहरूलाई याद आयो।"},{"id":20,"text":"यसैले तिनीहरूले बेन्यामीनीहरूलाई भने, “गएर दाखबारीहरूमा लुकी बस। "},{"id":21,"text":"जब शीलोका केटीहरू नाच्नलाई आउँछन् तब दाखबारीहरूबाट झट्टै निस्केर तिमीहरू हरेकले आ-आफ्ना पत्नी तुल्याउनलाई एउटी-एउटीलाई पक्र। तब आफ्नो घर बेन्यामीनको देशतिर जाओ। "},{"id":22,"text":"त्यसपछि यदि तिनीहरूका बुबा वा दाजुभाइहरू आएर हामीलाई उजूर गरे भने, हामी भन्नेछौं, “उनीहरूमाथि दया गरी हामीलाई सहायता गर्नुहोस्, किनकि लड़ाइँमा उनीहरूका निम्ति हामीले पत्नी ल्याईदिन सकेनौं। तपाईं निर्दोष हुनुहुन्छ, कारण तपाईंहरूले आफ्ना छोरीहरू दिनुभएन।”"},{"id":23,"text":"ती बेन्यामीनीहरूले यी सबै गरे। तिनीहरू नाचिरहेको बेलामा उनीहरू हरेकले आ-आफ्ना पत्नी तुल्याउन एउटी-एउटी केटीलाई पक्रेर लग्यो। तब उनीहरू आफ्नो बाटो लागे, र उनीहरूको पैतृक-सम्पत्ति भएको ठाउँमा फर्केर आफ्ना सहरहरूलाई फेरि बनाए, र तिनमा बसोबास गरे।"},{"id":24,"text":"त्यस बेला इस्राएलीहरू पनि आ-आफ्ना कुल-कुल र घराना गरी छुट्टिए, र हरेक आ-आफ्नो पैतृक-सम्पत्ति भएको ठाउँमा गए।"},{"id":25,"text":"ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो। "}]}]}