-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
JER.json
1 lines (1 loc) · 592 KB
/
JER.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यर्मिया यरूशलेमको बाहिरी भागमा पर्ने अनातोत नाउँका एक पूजाहारी परिवारका सदस्य थिए। सबैभन्दा लामो अगमवाणीको पुस्तकको लेखक यर्मियाले आफ्नो चालीस बर्षभन्दा बढीको सेवामा यहूदाका अन्तिम पाँच राजाका राजत्वकाललाई देखेका थिए। उनी सातसय शताब्दीको अन्त्यतिर बाँचेका थिए। उनले भविष्यवाणी गरी बताएका डरलाग्दा नतिजाहरू पूरो भएको देख्न पाए अर्थात् यरूशलेमको नाश र मन्दिरको विनाश साथै बेबिलोनमा यहूदाका राजा र मानिसहरू कैदमा गएका घटना। उनले आफ्नो जातिलाई धेरै माया गरेका थिए। उनलाई यसरी न्याय र इन्साफको भविष्यवाणी सुनाउने इच्छा थिएन। तर परमेश्वरको वचन उनको हृदयमा आगो जस्तै गरी दन्किएको थियो (२०:९)। यस पुस्तकका वचनहरूले यर्मियाको जीवनकालदेखि पनि अझै टाढोको समयलाई देखाएको छ जब परमेश्वरको एउटा नयाँ करार परमेश्वर स्वयम्ले मानिसहरूको हृदयमा लेखिदिनुहुनेछ।"}]},{"id":1,"title":"यर्मिया 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/1-35f78a612f4e07851003e856d8fe38b2.mp3?version_id=1483","verses":[{"id":1,"text":"बेन्यामीनको इलाकाको अनातोतमा बस्ने पूजाहारीहरूमध्ये एक जना, हिल्कियाहका छोरा यर्मियाका वचन यी हुन्। "},{"id":2,"text":"यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो, "},{"id":3,"text":"अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्जेलसम्मै आइरह्यो। "},{"id":4,"text":"परमप्रभुको यो वचन मकहाँ आयो,"},{"id":5,"text":"“मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”"},{"id":6,"text":"मैले भनें, “हे परमप्रभु परमेश्वर, म त बोल्नै जान्दिनँ, म त बालकै छु।”"},{"id":7,"text":"तर परमप्रभुले मलाई भन्नुभयो, “‘म त बालकै छु,’ भनी नभन्। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्नैपर्छ। "},{"id":8,"text":"तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":9,"text":"तब आफ्नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु। "},{"id":10,"text":"हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्त गर्दछु।”"},{"id":11,"text":"परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्छस्?”मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्दैछु।”"},{"id":12,"text":"तब परमप्रभुले मलाई भन्नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस् भनेर म नियालेर हेरिरहेको छु।”"},{"id":13,"text":"परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?”मैले भनें, “एउटा उम्लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्टिरहेको म देख्दैछु।”"},{"id":14,"text":"तब परमप्रभुले मलाई भन्नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्याइनेछ। "},{"id":15,"text":"म उत्तरका राज्यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्नुहुन्छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्ने ठाउँमा स्थापना गर्नेछ। उनीहरू त्यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्। "},{"id":16,"text":"मलाई त्यागेर तिनीहरूले गरेका सबै दुष्टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्ति धूप बाले, र आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत् गरे।"},{"id":17,"text":"“तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्छु ती तिनीहरूलाई भन्। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्ने भयभीत पार्नेछु। "},{"id":18,"text":"आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु। "},{"id":19,"text":"तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ।"}]},{"id":2,"title":"यर्मिया 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/2-65a81807292cecb3f4e910bc2f832aed.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":2,"text":"“जा, र यरूशलेमले सुन्ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्यस बीउ नछरेको भूमिमा। "},{"id":3,"text":"इस्राएल आफ्ना परमप्रभुको निम्ति पवित्र थियो, त्यो उहाँको फसलको अगौटे फल थियो। त्यसलाई निल्नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्नुहुन्छ।"},{"id":4,"text":"हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन।"},{"id":5,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्याए। "},{"id":6,"text":"तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याउनुभयो, र हामीहरूलाई उजाड़-स्थानमा डोर्याएर ल्याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्गा, पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन?’ "},{"id":7,"text":"मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्यायौ। "},{"id":8,"text":"‘परमप्रभु कहाँ हुनुहुन्छ?’ पूजाहारीहरूले भनेनन्। व्यवस्था सिकाउनेहरूले मलाई चिनेनन्, शासकहरू मेरा विरुद्धमा बागी भए। अगमवक्ताहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र व्यर्थैका मूर्तिहरूका पछि लागे।"},{"id":9,"text":"“यसैकारण म फेरि तिमीहरू र तिमीहरूका नातिनातिनाका विरुद्धमा दोष लगाउनेछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":10,"text":"कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्तो काम त्यहाँ कहिल्यै भएको रहेछ त? "},{"id":11,"text":"के कुनै जातिले आफ्ना देवताहरू बद्लिगरेका छन् र? (यद्यपि कुनै प्रकारले ती ईश्वर होइनन्।) तर मेरो प्रजाले त आफ्नो गौरव व्यर्थका मूर्तिहरूसित साट्यो। "},{"id":12,"text":"हे आकाशमण्डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्नुहुन्छ। "},{"id":13,"text":"“मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्।"},{"id":14,"text":"“के इस्राएल एउटा नोकर, जन्मैको एक कमारो हो र? तब किन त्यो लुटियो त? "},{"id":15,"text":"सिंहहरू गर्जेका छन्, तिनीहरू त्योतिर फर्केर गर्जंदैछन्। तिनीहरूले त्यसको देश उजाड़ पारिदिएका छन्। त्यसका नगरहरू जलाइएका र त्यागिएका छन्। "},{"id":16,"text":"नोप र तहपनेसका मानिसहरूले तिमीहरूको शिर नै खुइले पारिदिएका छन्। "},{"id":17,"text":"जब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बाटोमा डोर्याएर ल्याउनुभयो, तब उहाँलाई त्यागेर तिमीहरूले यो आफैमाथि ल्याएका होइनौ र? "},{"id":18,"text":"शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्शूरमा किन जान्छौ? "},{"id":19,"text":"तिमीहरूको दुष्टताले तिमीहरूलाई दण्ड दिनेछ, तिमीहरूको धर्म-त्यागले तिमीहरूलाई हप्काउनेछ। यसकारण तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई त्यागेका र उहाँको भय नमानेका हुनाले तिमीहरूको कति खराबी हुनेछ, र तिमीहरूलाई कति तीतो लाग्नेछ भनी जान,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":20,"text":"“धेरै अघि नै तैंले आफ्नो जुवा भाँचिदिइस्, र बन्धनहरू फुकाइस्, र भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ साँच्चै, हरेक डाँड़ामाथि, र हरेक झ्याम्म परेको रूखमुनि तँ वेश्याझैँ ढल्किस्। "},{"id":21,"text":"मैले त तँलाई भरिलो र भरपर्दोजस्तो गरी छानेको दाखको बोट पो रोपेको थिएँ। तँ कसरी मेरो विरुद्ध उठी भ्रष्ट जङ्गली दाखको बोट भइस्? "},{"id":22,"text":"तैंले आफैलाई सोडाले र बेसरी साबून लगाएर धोए तापनि तेरो दोषको कलङ्क मेरो सामुन्ने नै छ,” परमप्रभु परमेश्वर भन्नुहुन्छ। "},{"id":23,"text":"“‘म बिटुलो भएको छैनँ, र म बाल देवताहरूको पछि लागेको छैनँ,’ भनी तैंले कसरी भन्न सक्छस्? हेर, बेँसीमा तैंले कस्तो व्यवहार गरिस्? त्यहाँ तैंले के गरिस् सो विचार गर्। वेगले यताउता कुदिहिँड्ने तँ चञ्चली जवान ऊँट! "},{"id":24,"text":"उजाड़-स्थानमा बस्ने आदत भएकी, कामातुर भएर हावा सुँघिहिँड़ने वन-गधैनी। त्यसको कामवासनालाई कसले रोक्न सक्छ र? त्यसको पछि लाग्ने कुनै पनि गधा थकित हुनुपर्दैन, किनकि मिसिने ऋतुमा तिनीहरूले त्यसलाई भेट्टाउनेछन्। "},{"id":25,"text":"तेरो खुट्टा नाङ्गो नहोउञ्जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्जेल नकुद्। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्नेछु’।"},{"id":26,"text":"“जसरी चोर पक्राउ पर्दा लज्जित हुन्छ, त्यसरी नै इस्राएलका घराना, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित छन्। "},{"id":27,"text":"तिनीहरू काठलाई भन्छन्, ‘तिमी मेरा पिता हौ,’ र ढुङ्गालाई, ‘तिमीले मलाई जन्म दिएकी हौ’। तिनीहरूले आफ्ना पीठ मतिर फर्काएका छन्, तर मुख होइन। तापनि दु:खका दिनमा तिनीहरू भन्छन्, ‘आएर हामीलाई बचाउनुहोस्!’ "},{"id":28,"text":"तब तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कता गए? तिमीहरूले दु:ख पाउँदा तिनीहरूले तिमीहरूलाई बचाउन सक्ने भए, तिनीहरू आऊन्। किनकि हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, तिमीहरूका देवताहरू पनि त्यति नै छन्।"},{"id":29,"text":"“तिमीहरू किन मेरो विरुद्धमा दोष ल्याउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” परमप्रभु भन्नुहुन्छ। "},{"id":30,"text":"“तिमीहरूका मानिसहरूलाई मैले व्यर्थमा दण्ड दिएँ। सुधार्ने मेरो शिक्षा तिनीहरूले ग्रहण गरेनन्। निलिहाल्ने सिंहले झैँ तिमीहरूका अगमवक्ताहरूलाई तिमीहरूले तरवारले नाश गरेका छौ।"},{"id":31,"text":"“हे यस पुस्ताका मानिस हो, परमप्रभुको वचनमा विचार गर। के म इस्राएलीको निम्ति एक मरुभूमि अथवा बाक्लो अन्धकारको देश भएँ र? किन मेरो प्रजाले यसो भन्छ, ‘हामी घुम्नलाई स्वतन्त्र छौं, हामी तपाईंकहाँ फेरि कहिल्यै आउनेछैनौं’? "},{"id":32,"text":"के कुमारीले आफ्ना रत्नहरू, दुलहीले आफ्ना विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तर मेरो प्रजाले त मलाई गन्नै नसकिने दिनदेखि बिर्सिसक्यो। "},{"id":33,"text":"प्रेम खोजिहिँड्न तँ कति निपुण छेस्? यहाँसम्म कि खराबभन्दा खराब स्त्रीहरूले पनि तेरा चालबाट सिक्न सक्छन्। "},{"id":34,"text":"तेरो वस्त्रमा गरीब निर्दोषहरूको जीवन-रक्त पुरुषहरूले भेट्टाउँछन्, यद्यपि तैंले तिनीहरूलाई घर फोरेर भित्र पसेका भेट्टाइनस्। ती सबै हुँदाहुँदै पनि "},{"id":35,"text":"तँ भन्छस्, ‘म त निर्दोष छु। उहाँ मसित रिसाउनुहुन्न’। तर, ‘मैले पाप गरेकी छैनँ’ भनी तैंले भनेको कारण म तेरो न्याय गर्नेछु। "},{"id":36,"text":"आफ्ना चाल बद्लिँदै तँ किन यसरी यताउता हिँड़िबस्छेस्? जसरी अश्शूरले तँलाई निराश पार्यो, त्यसरी नै मिश्रले पनि तँलाई निराश पार्नेछ। "},{"id":37,"text":"शिरमा हात राखेर तैंले त्यो ठाउँ पनि छोड्नुपर्नेछ। तैंले भरोसा गरेकाहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ। तैंले उनीहरूबाट केही सहायता पाउनेछैनस्।”"}]},{"id":3,"title":"यर्मिया 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/3-7ce7b9bd14a41ac088c1fda5716e5f10.mp3?version_id=1483","verses":[{"id":1,"text":"“यदि कुनै मानिसले आफ्नी पत्नीलाई त्याग्छ र त्यो स्त्री उदेखि छुट्टिएर अर्को मानिसकी पत्नी भई भने, के त्यो मानिसले फेरि त्यसकहाँ फर्केर जानुपर्ने? के त्यो देश बिलकुलै बिटुलो हुनेथिएन र? तर तँचाहिँ एउटी वेश्याझैँ धेरैकहाँ गएकी छस्— र के तँ मकहाँ फर्केर आउँछेस्?” परमप्रभु भन्नुहुन्छ। "},{"id":2,"text":"“आफ्ना आँखा उठाएर नाङ्गा डाँड़ाहरूमा हेर्। तिनीहरूमध्ये कुनचाहिँमा तैंले कुकर्म गरेकी छैनस् र? एउटा अरबी मरुभूमिमा बसेझैँ तँ आफ्ना प्रेमीहरूको प्रतीक्षामा बाटो हुँदो बसिस्। तैंले देशलाई आफ्नो व्यभिचार र दुष्ट कर्मले बिटुलो पारेकी छस्। "},{"id":3,"text":"यसैकारण झरी थामिएको छ, र बसन्तको वर्षा परेको छैन। तापनि तेरो रूप निर्लज्ज वेश्याजस्तै छ। तँ लाजले रातो हुन इन्कार गर्छेस्। "},{"id":4,"text":"के भर्खरै मात्र तैंले मलाई यसरी पुकारिनस्, ‘हे मेरा पिता, युवावस्थादेखि मेरा मित्र, "},{"id":5,"text":"के तपाईं सधैँ रिसाइरहनुहुन्छ र? के तपाईंको क्रोध सधैँसम्म रहिरहन्छ?’ तैंले त यसरी कुरा गर्छेस्, तर तैंले सकेसम्म खराबी गर्छेस्।”"},{"id":6,"text":"योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासी इस्राएलले के गर्यो, के तैंले देखेको छस्? त्यो गएर हरेक डाँड़ामा र हरेक झ्याम्म परेको रूखमुनि त्यसले व्यभिचार गरेकी छ। "},{"id":7,"text":"त्यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्यो फर्किन, र त्यसकी विश्वासघाती बहिनीले त्यो देखी। "},{"id":8,"text":"त्यस अविश्वासी इस्राएलका सबै व्यभिचारको कारण मैले त्यसलाई त्यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्यसकी विश्वासघाती बहिनी यहूदा डराइन, तर गएर त्यसले पनि वेश्यावृत्ति गरी। "},{"id":9,"text":"वेश्यावृत्ति इस्राएलको निम्ति यति सजिलो कुरा भयो, कि त्यसले ढुङ्गा र रूखसित व्यभिचार गरेर देशलाई बिटुलो पारी। "},{"id":10,"text":"यी सबै भए तापनि त्यसकी विश्वासघाती बहिनी यहूदा, पूर्ण हृदयले त होइन, तर बाहिरी रूपले मात्र मतिर फर्किइ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":11,"text":"परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासी इस्राएल विश्वासघाती यहूदाभन्दा अझ धर्मी ठहरी।"},{"id":12,"text":"जा, उत्तरमा गएर यो सन्देश प्रचार गर्:\n“‘हे अविश्वासी इस्राएल, तँ फर्की,’ परमप्रभु भन्नुहुन्छ, ‘आँखा तरेर म अब तँलाई हेर्नेछैनँ, किनभने म कृपालु छु,’ परमप्रभु भन्नुहुन्छ, ‘म सधैँ रीस गरिरहनेछैनँ।"},{"id":13,"text":"केवल, तँ, परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा बागी भइस्,\nर हरेक झ्याम्म परेको रूखमुनि पराई देवताहरूलाई तेरो निगाह देखाइस्, र तैंले मेरो आज्ञापालन गरिनस् भनी आफ्नो दोष स्वीकार गर्’,” परमप्रभु भन्नुहुन्छ।"},{"id":14,"text":"“फर्क, अविश्वासी प्रजा हो,” परमप्रभु भन्नुहुन्छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्नेछु र तिमीहरूलाई सियोनमा ल्याउनेछु। "},{"id":15,"text":"अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्याउनेछन्। "},{"id":16,"text":"ती दिनमा जब तिमीहरू देशमा खूब बढ़ेर फैलिनेछौ, तब मानिसहरूले फेरि कहिल्यै ‘परमप्रभुका करारको सन्दूक’ भनी भन्नेछैनन्,” परमप्रभु भन्नुहुन्छ। “त्यसको विचार तिनीहरूका मनमा आउनेछैन, त्यसको सम्झना नै हुनेछैन, त्यसको अनुपस्थितिको केही ख्याल रहनेछैन। त्योजस्तै अर्को फेरि कहिल्यै बनाइनेछैन। "},{"id":17,"text":"त्यस बेला यरूशलेम ‘परमप्रभुको सिंहासन’ भनिनेछ, र सबै जातिहरू परमप्रभुको नाउँलाई महिमा दिन यरूशलेममा भेला हुनेछन्। हठी भएर आफ्ना मनका दुष्ट कुराहरूमा तिनीहरू फेरि कहिल्यै लाग्नेछैनन्। "},{"id":18,"text":"ती दिनमा यहूदाका घराना इस्राएलका घरानासित मिल्नेछ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई उत्तराधिकार स्वरूप दिएको देशमा तिनीहरू उत्तरको देशदेखि एकैसाथ आउनेछन्।"},{"id":19,"text":"“म आफैले भनें, ‘कति खुशीसित आफ्ना छोराहरूजस्तै तिमीहरूसँग व्यवहार गर्नेथिएँ र एउटा सुन्दर देश, जातिहरूमा सबैभन्दा मनपर्दो पैतृक-सम्पत्ति तिमीहरूलाई दिनेथिएँ। अनि मैले विचार गरेको थिएँ, कि तिमीहरूले मलाई ‘पिता’ भनी पुकार्नेछौ र मलाई पछ्याउनदेखि फर्केर जानेछैनौ। "},{"id":20,"text":"तर जसरी एक विश्वासघाती पत्नीले आफ्नो पतिलाई त्याग्छे, त्यसरी नै तिमीहरू पनि मप्रति विश्वासघाती भएका छौ, हे इस्राएलका घराना हो,” परमप्रभु भन्नुहुन्छ।"},{"id":21,"text":"नाङ्गा डाँड़ाहरूमा एउटा चिच्च्याई सुनिन्छ— इस्राएलका मानिसहरूका रुवाइ र पुकाराको सोर, किनभने तिनीहरू कुमार्गमा चलेका छन्, र तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।"},{"id":22,"text":"“हे अविश्वासी मानिस हो, फर्क, तिमीहरूको विश्वासघातबाट म तिमीहरूलाई निको पार्नेछु।”“हवस्, हामी तपाईंकहाँ फर्केर आउनेछौं, किनकि तपाईं परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। "},{"id":23,"text":"निश्चय नै देवता-देवी पुज्नेहरू, डाँड़ा र पहाड़हरूमा होहल्ला मच्चाउनेहरू छली छन्। निश्चय नै परमप्रभु हाम्रा परमेश्वरमा इस्राएलको उद्धार छ। "},{"id":24,"text":"हाम्रा युवावस्थादेखि नै ती लाजलाग्दा देवताहरूले हाम्रा पिता-पुर्खादेखि परिश्रम गरेर ल्याएका फलहरूलाई— अर्थात् तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीहरूलाई स्वाहा गरेका छन्। "},{"id":25,"text":"अब हामी आफ्ना लाजमा डुबौं र हाम्रो अपमानले हामीलाई ढाकोस्। हामी र हाम्रा पिता-पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा पाप गर्दैआएका छौं। हामीले आफ्नो युवावस्थादेखि आजको दिनसम्म परमप्रभु हाम्रा परमेश्वरको आज्ञापालन गरेका छैनौं।”"}]},{"id":4,"title":"यर्मिया 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/4-2e96bf12389f6951aa72723dfbdd70b4.mp3?version_id=1483","verses":[{"id":1,"text":"“हे इस्राएल, यदि तिमीहरू फर्किआउँछौ भने, मतिरै फर्किआओ,” परमप्रभु भन्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट हटायौ र तिमीहरू बरालिएनौ भने, "},{"id":2,"text":"र तिमीहरूले सत्य, न्याय र धर्मसित ‘जीवित परमेश्वरको नाउँमा’ भन्ने शपथ खायौ भने, जाति-जातिहरू उहाँद्वारा आशिषित हुनेछन् र उनीहरूले उहाँमा महिमा गर्नेछन्।”"},{"id":3,"text":"यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका बाँझो भूमिमा डल्ला फोर, र काँढ़ाहरूका बीचमा नछर। "},{"id":4,"text":"परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्टताले गर्दा मेरो क्रोध आगोझैँ दन्केर निस्कनेछ, र कसैले ननिभाउने गरी त्यो जल्नेछ।"},{"id":5,"text":"“यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक!’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं!’ "},{"id":6,"text":"सियोनतिर जान झन्डा उठाओ, ढीला नगरी सुरक्षाको निम्ति भागेर जाओ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्याइरहेछु।”"},{"id":7,"text":"आफ्नो ओड़ारदेखि एउटा सिंह निस्किआएको छ, जाति-जातिहरूलाई सर्वनाश गर्ने निस्केर आएको छ। तिमीहरूको देशलाई उजाड़ पार्नलाई त्यो आफ्नो ठाउँदेखि आएको छ। तिमीहरूका नगरहरू बासिन्दारहित भई नष्ट हुनेछन्। "},{"id":8,"text":"यसैकारण भाङ्ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्दो रीस हामीबाट हटेको छैन।”"},{"id":9,"text":"परमप्रभु भन्नुहुन्छ “त्यस दिन राजा र अधिकारीहरू सबैको मुटु काम्नेछ, पूजाहारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू तर्सनेछन्।”"},{"id":10,"text":"तब मैले भनें, “हाय, परमप्रभु परमेश्वर, हाम्रा घिच्रैमा तरवार आइलाग्दा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर तपाईंले यस प्रजा र यरूशलेमलाई पूरै धोका दिनुभएको छ।”"},{"id":11,"text":"त्यस बेला यो प्रजा र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका नाङ्गा डाँड़ाहरूबाट एउटा पोल्ने बतास मेरो प्रजातिर बहन्छ, तर त्यो न त निफन्न न छान्नलाई हुन्छ। "},{"id":12,"text":"त्यसभन्दा एउटा प्रचण्ड वायु मबाट आउनेछ। अब तिनीहरूका विरुद्धमा म मेरो दण्डाज्ञा दिनेछु।”"},{"id":13,"text":"हेर, बादलझैँ उहाँ अगि बढ्नुहुन्छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्, उहाँका घोड़ाहरू गरुडहरूभन्दा चाँड़ा छन्। हाय, हामीहरू, हामी नष्ट भयौं! "},{"id":14,"text":"हे यरूशलेम, दुष्ट कुराहरू तेरो हृदयदेखि पखाली फ्याँक्, र तँ बाँच्नेछस्। कहिलेसम्म खराब विचारहरू तँमा रहिरहनेछन्? "},{"id":15,"text":"दानबाट एउटा आवाजले घोषणा गर्दैछ, एफ्राइमका पहाड़हरूबाट सर्वनाशको घोषणा हुँदैछ। "},{"id":16,"text":"“जाति-जातिलाई यो भन्, यरूशलेमलाई यो घोषणा गर, ‘घेरा हाल्ने एक सेना आइरहेछ, र यहूदाका सहरहरूका विरुद्धमा युद्ध-ध्वनि उठाइरहेछ। "},{"id":17,"text":"बारी रुँग्नेहरूजस्तै तिनीहरू त्यसका चारैतिर घेरेर बस्छन्, किनभने त्यो मेरो विरुद्धमा बागी भएको छ,” परमप्रभु भन्नुहुन्छ। "},{"id":18,"text":"“तेरा आफ्नै चाल र कामहरूले गर्दा यो तँमाथि आइपरेको छ। तेरो दण्ड यही हो, त्यो कस्तो तीतो छ! त्यसले कस्तो किसिमले मुटु छेड्छ!”"},{"id":19,"text":"हाय, मेरो वेदना, मेरो वेदना! पीडाले म मड़ारिन्छु! हाय, मेरो हृदयको वेदना! मेरो मुटु मभित्र हल्लिन्छ। म चूप लागी रहन सक्दिनँ, किनकि तुरहीको आवाज मैले सुनेको छु, लड़ाइँको ध्वनि मैले सुनेको छु। "},{"id":20,"text":"नाशमाथि नाश आउँछ, सारा देश नै उजाड़ पारिन्छ। मेरा पालहरू तुरुन्तै ध्वस्त हुन्छन्, मेरा शरणस्थान एक क्षणमा नै नष्ट हुन्छ। "},{"id":21,"text":"कहिलेसम्म मैले युद्धको झन्डालाई हेरिबस्ने, र तुरहीको आवाजलाई सुनिरहने?"},{"id":22,"text":"“मेरा प्रजा मूर्ख छन्, तिनीहरू मलाई चिन्दैनन्। तिनीहरू बुद्धिहीन बालकहरू हुन्, तिनीहरूको समझशक्ति नै छैन। दुष्ट्याइँ गर्नलाई तिनीहरू सिपालु छन्, तर भलाइ गर्न तिनीहरू जान्दैनन्।”"},{"id":23,"text":"मैले पृथ्वीलाई हेरें, र त्यो त आकारहीन र शून्य थियो। अनि आकाशलाई मैले हेरें, र त्यहाँ ज्योति नै थिएन। "},{"id":24,"text":"मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाँड़ाहरू यताउता हल्लिरहेका थिए। "},{"id":25,"text":"मैले हेरें, र त्यहाँ कोही मानिसहरू नै थिएनन्। आकाशका सबै पक्षीहरू उड़ेर गइसकेका थिए। "},{"id":26,"text":"मैले हेरें, र परमप्रभुको सामुन्ने, उहाँको भयानक रीसको सामुन्ने फलदायक जमिन मरुभूमि भएथ्यो, र त्यसका सबै नगरहरू ध्वस्त भएथे।"},{"id":27,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “सारा देश ध्वस्त हुनेछ, तापनि म त्यो पूरै नाश गर्नेछैनँ। "},{"id":28,"text":"यसकारण पृथ्वीले विलाप गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ, किनभने यो मेरो मुखबाट निस्केको फैसला हो, र त्यो गर्नदेखि मेरो मन बद्लिनेछैन। यो मैले निश्चय गरिसकेको छु, म पछि फर्कनेछैनँ।”"},{"id":29,"text":"घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्दाहरू भागेर जान्छन्, र तिनीहरूमध्ये कोही झाड़ीहरूमा पस्छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्लेर जान्छन्। सबै सहरहरू निर्जन भएका छन्, त्यहाँ कोही पनि बस्दैन।"},{"id":30,"text":"हे उजाड़ पारिएकी, तँ के गरिरहिछस्? तैंले रातो पोशाक पहिरेकी, र सुनका गहना पहिरेर आफूलाई सिँगारेकी अर्थ के हो? तँ किन गाजल लगाएर तेरा आँखा ठूलो पार्छेस्? व्यर्थमा तँ आफूलाई सुन्दर बनाउँछेस्। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्, तिनीहरू तेरो ज्यान लिन खोज्छन्।"},{"id":31,"text":"प्रसववेदनामा परेकी स्त्रीको सोरजस्तो एउटा आवाज म सुन्छु, पहिलो बालक जन्माउने स्त्रीको आवाजझैँ— हात फैलाएर सासको निम्ति छटपटाउँदै सियोनकी छोरी यसो भनिरहेकी म सुन्दछु, “हाय, म मूर्च्छा खाइरहेकी छु! हत्याराहरूलाई मेरो ज्यान दिइएको छ!”"}]},{"id":5,"title":"यर्मिया 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/5-7e0c6fbff615422b5276e5ea5f822d47.mp3?version_id=1483","verses":[{"id":1,"text":"“यरूशलेमका सड़कहरूमा माथि र तल जा, चारैतिर हेर्, र विचार गर्। त्यसका चोकहरूमा खोजेर हेर्, ईमानदार काम गर्ने र सत्यको खोजी गर्ने कतै एकैजना मानिसलाई त्यहाँ तैंले भेट्टाइस् भने, म त्यस सहरलाई क्षमा गर्नेछु। "},{"id":2,"text":"‘जीवित परमप्रभुको नाउँमा’ भनी तिनीहरू भन्छन्, तापनि तिनीहरू झूटा शपथ खान्छन्।”"},{"id":3,"text":"हे परमप्रभु, के तपाईंको दृष्टिले सत्यलाई खोज्दैन र? तपाईंले तिनीहरूलाई हिर्काउनुभयो, तर तिनीहरूलाई दुखेन। तपाईंले तिनीहरूलाई थिचोमिचो गर्नुभयो, तर आफ्नो व्यवहार ठीक गर्न तिनीहरूले इन्कार गरे। तिनीहरूले आफ्ना अनुहार ढुङ्गाभन्दा पनि कड़ा बनाए, र पश्चात्ताप गर्न इन्कार गरे। "},{"id":4,"text":"मैले विचार गरें, “यिनीहरू त गरीब रहेछन्, यिनीहरू मूर्ख रहेछन्, किनकि यिनीहरूले परमप्रभुको मार्ग, आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दैनन्। "},{"id":5,"text":"यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु। निश्चय नै तिनीहरू परमप्रभुको मार्ग, र आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दछन्।” तर एक मतका भएर तिनीहरूले जुवा पनि भाँचिदिएका थिए, र बन्धन छिनालिदिएका थिए। "},{"id":6,"text":"यसैकारण वनबाट निस्केको एउटा सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ, मरुभूमिबाट निस्केको एउटा ब्वाँसाले तिनीहरूलाई स्वाहा पार्नेछ। एउटा चितुवा तिनीहरूका नगरहरूनजिकै ढुकिबस्नेछ, र त्यहाँबाट निस्कनलाई आँट गर्ने कोही पनि छिल्लीबिल्ली पारिनेछ, किनकि तिनीहरू अति बागी भए, र तिनीहरूका धर्म-त्याग धेरै भए।"},{"id":7,"text":"“मैले तिमीहरूलाई किन क्षमा गर्ने? तिमीहरूका छोराछोरीहरूले मलाई त्यागेका छन्, र तिनीहरू ती ईश्वरहरूका शपथ खान्छन्, जो ईश्वर नै होइनन्। मैले तिनीहरूका सबै खाँचो पूरा गरिदिएँ, तापनि तिनीहरूले व्यभिचार गरे, र वेश्याहरूका घरहुँदो भीड़ लागे। "},{"id":8,"text":"तिनीहरू खूब पोसिएका र कामवासनाले मस्त भएका घोड़ाहरूजस्तै छन्, जो प्रत्येक आफ्नै छिमेकीकी पत्नीको निम्ति हिनहिनाउँछ। "},{"id":9,"text":"के म यी कुराका निम्ति तिनीहरूलाई सजाय नदिऊँ? के म यस्तो जातिमाथि बदला नलिऊँ?” परमप्रभु भन्नुहुन्छ।"},{"id":10,"text":"“गएर त्यसका दाखबारीहरूलाई नोक्सान गरिदे, तर पूरै त नाश नगर्। त्यसका हाँगाहरू लाछिदे, किनकि यी मानिसहरू परमप्रभुका होइनन्। "},{"id":11,"text":"इस्राएलका घराना र यहूदाका घराना मप्रति सम्पूर्ण रूपले विश्वासघाती भए,” परमप्रभु भन्नुहुन्छ।"},{"id":12,"text":"तिनीहरूले परमप्रभुको विषयमा झूटा कुराहरू भनेका छन्। “उहाँले केही गर्नुहुन्न” भनी तिनीहरूले भने। “हामीमाथि कुनै नोक्सानी आइपर्नेछैन। हामी कहिल्यै तरवार वा अनिकाल देख्नेछैनौं। "},{"id":13,"text":"अगमवक्ताहरू त हावा मात्रै हुन्, र तिनीहरूमा वचन छैन। यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै गरिऊन्।”"},{"id":14,"text":"यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “ती मानिसहरूले यस्ता कुरा भनेका हुनाले, म मेरो वचन तेरो मुखमा आगो र यी मानिसहरूलाईचाहिँ भस्म हुने दाउरा तुल्याउनेछु।” "},{"id":15,"text":"परमप्रभु घोषणा गर्नुहुन्छ, “हे इस्राएलका घराना हो, म टाढ़ाको एउटा जातिलाई तिमीहरूका विरुद्धमा ल्याइरहेछु— एउटा प्राचीन र दिगो जाति। त्यो एउटा यस्तो जाति हो, जसको भाषा तिमीहरू जान्दैनौ र जसको बोली तिमीहरू बुझ्दैनौ। "},{"id":16,"text":"तिनीहरूका काँड़का ठोक्राहरू खुला चिहानजस्तै छन्। तिनीहरू सबै महान् योद्धाहरू हुन्। "},{"id":17,"text":"तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निलिहाल्नेछन्, र तिमीहरूका छोराछोरीहरूलाई पनि निलिहाल्नेछन्। तिनीहरूले तिमीहरूका भेड़ाबाख्रा र गाई-गोरुहरू निलिहाल्नेछन्। तिनीहरूले तिमीहरूका दाख र अञ्जीरहरू खाइहाल्नेछन्। तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरू तिनीहरूले तरवारले नष्ट पार्नेछन्।"},{"id":18,"text":"“तापनि ती दिनमा पनि म तिमीहरूको पूरै अन्त्य त गर्नेछैनँ,” परमप्रभु भन्नुहुन्छ। "},{"id":19,"text":"“जब मानिसहरू सोध्छन्, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि किन यस्तो गर्नुभयो?’ तब तैंले तिनीहरूलाई भन्नेछस्, ‘जसरी तिमीहरूले मलाई त्यागेर आफ्नै देशमा अन्य देवताहरूको सेवा गर्यौ, त्यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ’।"},{"id":20,"text":"“याकूबको घरानामा यो प्रचार गर्, यहूदामा यो घोषणा गर्: "},{"id":21,"text":"हे मूर्ख र समझ नभएका मानिस हो, यो कुरा सुन, तिमीहरू, जसका आँखा त छन्, तर देख्दैनौ, कान त छन्, तर सुन्दैनौ। "},{"id":22,"text":"के तिमीहरूले मेरो भय मान्नुपर्दैन?” परमप्रभु भन्नुहुन्छ। “के तिमीहरू मेरो उपस्थितिमा काम्नुपर्दैन? मैले बालुवालाई समुद्रले नाघ्न नसक्ने निरन्तर रहने अवरोधको सिमाना ठहराइदिएँ। छालहरू उठे तापनि तिनीहरू त्यसमाथि विजयी हुन सक्दैनन्। ती गर्जे तापनि त्यसलाई नाघ्न सक्दैनन्। "},{"id":23,"text":"तर यी मानिसहरूका त हठी र बागी हृदय छन्। तिनीहरू बरालिएर गइहाले। "},{"id":24,"text":"तिनीहरू आफ्ना हृदयमा भन्दैनन्, ‘हामी परमप्रभु आफ्ना परमेश्वरको भय मानौं, जसले हामीलाई शरद् र बसन्त ऋतुको झरी, र कटनीको निम्ति ठहराइएका हप्ताहरू हामीलाई दिनुहुन्छ’। "},{"id":25,"text":"तिमीहरूका अधर्मले यी कुराहरूलाई पर राखेका छन्। तिमीहरूका पापले असल कुराबाट तिमीहरूलाई परै राखेका छन्।"},{"id":26,"text":"“मेरा प्रजाका बीचमा दुष्ट मानिसहरू छन्। पक्षीका शिकारीहरूजस्तै तिनीहरू ढुकिबस्छन्। मानिसहरूलाई पक्रन तिनीहरू पासो थाप्छन्। "},{"id":27,"text":"चराहरूले भरिएका पिँजराझैँ तिनीहरूका घरहरू छलले भरिएका छन्। तिनीहरू धनी र शक्तिशाली भएका छन्। "},{"id":28,"text":"तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्। तिनीहरूका दुष्ट कामको सीमा छैन। टुहुरा-टुहुरीहरूको भलाइ होस् भनी तिनीहरू तिनको न्याय गरिदिँदैनन्। तिनीहरू दरिद्रहरूका हकको रक्षा गर्दैनन्। "},{"id":29,"text":"के यसको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ? अनि के यस्तो जातिमाथि म साटो नलिऊँ?” परमप्रभु भन्नुहुन्छ।"},{"id":30,"text":"“यस देशमा डरलाग्दो र बीभत्स काम भएको छ। "},{"id":31,"text":"अगमवक्ताहरू झूट अगमवाणी कहन्छन्। पूजाहारीहरू आफ्नै अधिकारले शासन गर्छन्। अनि मेरा प्रजाचाहिँ यस्तै हुन रुचाउँछन्। तर आखिरमा तिमीहरू के गर्नेछौ?”"}]},{"id":6,"title":"यर्मिया 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/6-397bf72a329b673c17c8a7ddd4c7c2e9.mp3?version_id=1483","verses":[{"id":1,"text":"“हे बेन्यामीनका मानिसहरू हो, सुरक्षाको निम्ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ। "},{"id":2,"text":"सुन्दरी र कोमल सियोनकी छोरीलाई म नाश गर्नेछु। "},{"id":3,"text":"गोठालाहरू आ-आफ्ना बगालसाथ त्यसको विरुद्धमा आइलाग्नेछन्। उनीहरू आफ्ना पाल त्यसका चारैतिर लगाउनेछन्। हरेकले आफ्नै भाग चराउनेछ।”"},{"id":4,"text":"“त्यसको विरुद्धमा लड़ाइँको तयारी गर। उठ, हामी मध्यदिनमा त्यसमाथि आक्रमण गरौं। तर, हाय, दिन ढल्कँदैजाँदैछ। बेलुकीको छाया लमिँदैछ। "},{"id":5,"text":"यसकारण उठ, हामी राती त्यसमाथि आक्रमण गरौं, र त्यसका किल्लाहरू नाश गरौं!”"},{"id":6,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “रूखहरू काटेर ढाल, र यरूशलेमको विरुद्धमा मचानहरू बनाओ। यस सहरलाई दण्ड दिनैपर्छ। यो सहर अत्याचारले भरिएको छ। "},{"id":7,"text":"जसरी इनारले आफ्नो पानी खन्याउँछ, त्यसरी नै त्यसले आफ्नो दुष्टता खन्याउँछ। त्यसभित्र उपद्रव र विनाशको आवाज सुनिन्छ। त्यसका रोग र चोटहरू सधैँ मेरो नजरको सामुन्ने छन्। "},{"id":8,"text":"हे यरूशलेम, यो चेताउनी सुनिराख्, नत्रता म तँदेखि अलग्गै बस्नेछु, म तेरो देश उजाड़ पार्नेछु, र त्यसमा कोही वास गर्नेछैन।”"},{"id":9,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “दाखको बोटमा छोड़िएका फल टिपेझैँ इस्राएलका बचेकाहरूलाई एउटै नछोड़ीकन तिनीहरूले टिपून्। दाख टिप्नेले झैँ त्यसका हाँगाहरूमा फेरि आफ्नो हात बढ़ा।”"},{"id":10,"text":"म कसलाई भनूँ र चेताउनी दिऊँ? कसले मेरो कुरा सुन्ला? तिनीहरूका कान बन्द भएका छन्। तिनीहरू सुन्न सक्दैनन्। परमप्रभुको वचन तिनीहरूका निम्ति मन नपर्ने भएको छ। तिनीहरू त्यसमा केही रुचि लिँदैनन्। "},{"id":11,"text":"तर परमप्रभुको क्रोधले म भरिपूर्ण भएको छु। म अब त्यो थाम्न सक्दिनँ।“सड़कहरूमा केटाकेटीहरूमाथि र भेला भएका जवानहरूमाथि पनि त्यो खन्याइदे। पति र पत्नी दुवै र बुढापाकाहरू र उमेरले दबेकाहरू सबै त्यसभित्र समातिनेछन्। "},{"id":12,"text":"देशका बासिन्दाहरूका विरुद्धमा जब म मेरो हात बढ़ाउनेछु, तब तिनीहरूका घर, खेतबारी र पत्नीहरूसमेत अर्कालाई दिइनेछन्,” परमप्रभु भन्नुहुन्छ। "},{"id":13,"text":"“सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म धन-सम्पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्। "},{"id":14,"text":"मेरो प्रजाको चोटलाई साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्। "},{"id":15,"text":"के तिनीहरू आफ्ना घिनलाग्दा चालचलनदेखि लज्जित छन् र? अँहँ, तिनीहरू कत्ति पनि लज्जित छैनन्। लाजले रातो हुनु के हो, तिनीहरू जान्दैनन्। यसैले पतन हुनेहरूसँगै तिनीहरूको पनि पतन हुनेछ। तिनीहरूलाई मैले दण्ड दिँदा तिनीहरू नष्ट हुनेछन्,” परमप्रभु भन्नुहुन्छ।"},{"id":16,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्यो सोध, र त्यसैमा हिँड, र तिमीहरूले आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी त्यसमा हिँड्नेछैनौं’। "},{"id":17,"text":"मैले तिमीहरूमाथि पहरादारहरू नियुक्त गरें, र भने, ‘तुरहीको आवाज ध्यानसित सुन!’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्नेछैनौं’। "},{"id":18,"text":"यसकारण तिनीहरूलाई के हुनेछ? हे जाति-जातिका मानिस हो, सुन। हे गवाही दिने हो, सो हेरिराख। "},{"id":19,"text":"हे पृथ्वी, सुन्। म यस प्रजामाथि सर्वनाश ल्याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्यान दिएनन्, र मेरो व्यवस्थालाई चाहिँ तिनीहरूले इन्कार गरे। "},{"id":20,"text":"शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्याइएका मलाई के वास्ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्य हुँदैनन्। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”"},{"id":21,"text":"यसकारण परमप्रभु यसो भन्नुहुन्छ: “म यस प्रजाको अगाड़ि ठेस लाग्ने बाधाहरू राखिदिनेछु। बुबा र छोराहरू तिनमा ठेस खानेछन्, र छिमेकीहरू र मित्रहरू नष्ट हुनेछन्।”"},{"id":22,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “हेर, उत्तरको देशबाट एक सेना आइरहेछ। पृथ्वीको पल्लो छेउदेखि आउनलाई एउटा ठूलो जाति सुर्याइँदैछ। "},{"id":23,"text":"उनीहरू धनु र भाला लिएर सुसज्जित भएका छन्, उनीहरू निष्ठुर र निर्दयी छन्। उनीहरूको हल्ला समुद्रको गर्जनजस्तै छ। हे सियोनकी छोरी, तँलाई आक्रमण गर्न उनीहरू पङ्क्ति बाँधेर घोड़ाहरूमा सवार भएर आउँछन्।”"},{"id":24,"text":"हामीले उनीहरूका विषयमा प्रतिवेदन सुन्यौं र हाम्रा हात-खुट्टा लल्याकलुलुक भए। सङ्कष्टले हामीलाई समातिहाल्यो, प्रसववेदनामा परेकी स्त्रीझैँ हामी भयौं। "},{"id":25,"text":"खेतमा नजाओ, अथवा बाटोमा नहिँड़। किनकि शत्रुको हातमा तरवार छ र चारैतिर त्रास देखिन्छ। "},{"id":26,"text":"हे मेरा प्रजा, भाङ्ग्रा लगाओ, र खरानीमा लड़ीबड़ी गर। एकमात्र छोराको लागि विलाप गरेझैँ शोक गर। किनकि विनाश गर्ने एक्कासि हामीमाथि आइलाग्नेछ।"},{"id":27,"text":"“तैंले तिनीहरूका चाल जाँच्न र हेर्न भनी मैले तँलाई धातु जाँच गर्ने र तिनीहरूलाई चाहिँ नपगालेको कच्चा धातुझैँ बनाएँ। "},{"id":28,"text":"तिनीहरू सबै अपवाद गर्दै यताउता हिँड्ने कठोर बागीहरू हुन्। तिनीहरू काँसा र फलाम भइगएका छन्। तिनीहरू सबै भ्रष्ट चालको काम गर्दछन्। "},{"id":29,"text":"आगोले भस्म हुने पदार्थलाई भस्म पार्न खलाँती खूब जोडसित फुकिन्छ। तर सफा गर्ने काम व्यर्थमा भइरहन्छ। दुष्टहरूको छनोट भएको छैन। "},{"id":30,"text":"तिनीहरूलाई खोट लागेका चाँदी भनिन्छ, किनभने परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभएको छ।”"}]},{"id":7,"title":"यर्मिया 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/7-bc036614abc4187e2f036ed2ee5d49dc.mp3?version_id=1483","verses":[{"id":1,"text":"यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: "},{"id":2,"text":"“परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्देश घोषणा गर्: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन। "},{"id":3,"text":"सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका चाल र तिमीहरूका कामहरू सुधार गर, र म तिमीहरूलाई यस ठाउँमा रहन दिउँला। "},{"id":4,"text":"छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो!” "},{"id":5,"text":"यदि तिमीहरूले आफ्ना चाल र कामहरू साँच्ची नै सुधार्यौ, र तिमीहरू एउटाले अर्कासित न्यायसङ्गत व्यवहार गर्यौ भने, "},{"id":6,"text":"यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्नै हानिको निम्ति अरू देवताहरूका पछि लागेनौ भने, "},{"id":7,"text":"म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्म रहनलाई दिएको थिएँ। "},{"id":8,"text":"तर हेर, तिमीहरू छली कुरामा भरोसा राख्तछौ, जो व्यर्थैका छन्।"},{"id":9,"text":"“‘के तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ, व्यभिचार गर्छौ, झूटा देवताहरूको नाउँमा शपथ खान्छौ, बाल देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका देवताहरूका पछि लाग्छौ, "},{"id":10,"text":"अनि त्यसपछि मेरो नाउँको यस भवनमा आई मेरो सामुन्ने खड़ा भएर भन्छौ, “हामी सुरक्षित छौं”— अनि फेरि यी नै घृणित कामहरू गर्नलाई ढुक्क बस्छौ? "},{"id":11,"text":"के मेरो नाउँले कहलाइएको यो भवन तिमीहरूका निम्ति डाँकूहरूको ओड़ार भयो त? तर म आफैले यो हेरिरहेछु, परमप्रभु भन्नुहुन्छ। "},{"id":12,"text":"“‘अब शीलोमा जाओ, जहाँ मैले पहिले मेरो नाउँको निवासस्थान बनाएको थिएँ, र मैले आफ्नो प्रजा इस्राएलको दुष्ट्याइँको कारण त्यस ठाउँलाई के गरें त्यहाँ गएर हेर। "},{"id":13,"text":"परमप्रभु भन्नुहुन्छ, तिमीहरूले यी सबै काम गरिरहँदा, म तिमीहरूसित बारम्बार बोलें, तर तिमीहरूले ध्यानै दिएनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ। "},{"id":14,"text":"यसकारण मेरो नाउँ राखिएको मन्दिर, जसमा तिमीहरूले भरोसा राखेका छौ, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई दिएको थिएँ, यो स्थानलाई अब म शीलोलाई गरेझैँ गर्नेछु। "},{"id":15,"text":"मैले एफ्राइमका सबै मानिसहरू, अर्थात् तिमीहरूका दाजुभाइहरूलाई निकालेझैँ तिमीहरूलाई मेरो उपस्थितिदेखि म बाहिर निकालिदिनेछु’।"},{"id":16,"text":"“यसैले तैंले यस प्रजाको निम्ति प्रार्थना नगर्, न त यिनीहरूका निम्ति पुकारा वा बिन्ती चढ़ा। मसित यिनीहरूका निम्ति अन्तर्बिन्ती नगर्, किनकि म तेरो प्रार्थना सुन्नेछैनँ। "},{"id":17,"text":"यहूदाका सहरहरूमा र यरूशलेमका गल्लीहरूमा तिनीहरू के गर्दछन्, के तँ देख्दैनस्? "},{"id":18,"text":"छोराछोरीहरू दाउरा बटुल्छन्, बुबाहरू आगो सल्काउँछन्, र स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्त्रीहरू पीठो मुछ्छन्। अरू देवताहरूका निम्ति अर्घ-बलि चढ़ाएर यिनीहरू मलाई रीस उठाउँछन्। "},{"id":19,"text":"तर के तिनीहरूले मलाई नै रीस उठाउनलाई यसो गरेका हुन् त? परमप्रभु भन्नुहुन्छ। के तिनीहरू आफैलाई लज्जित तुल्याउनलाई आफ्नै हानि गरिरहेका छैनन् र?"},{"id":20,"text":"“‘यसकारण परमप्रभु भन्नुहुन्छ: यस ठाउँमा मेरो रीस, मेरो क्रोध खन्याइनेछ— मानिस र पशु, मैदानका रूखहरू र जमिनका उब्जनीहरू सबैमाथि त्यो जलिरहनेछ, र कहिल्यै निभ्नेछैन।"},{"id":21,"text":"“‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: तिमीहरूका अरू बलिदानहरूमा तिमीहरूका होमबलि पनि मिसाओ र मासुचाहिँ तिमीहरू आफै खाओ। "},{"id":22,"text":"किनकि तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याएको दिन जब मैले तिनीहरूसँग बोलें, तब मैले तिनीहरूलाई केवल होमबलि र बलिदानका बारेमा आज्ञा मात्र दिइनँ, "},{"id":23,"text":"तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ: मेरो आज्ञापालन गर, र म तिमीहरूका परमेश्वर हुनेछु, र तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। जुन मार्गका विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु ती सबैमा हिँड, ताकि तिमीहरूको भलो होस्। "},{"id":24,"text":"तर तिनीहरूले आज्ञापालन गरेनन् न त तिनीहरूले ध्यान नै दिए। त्यसको सट्टा तिनीहरू आफ्नै दुष्ट हृदयको अटेरीपनामा हिँड्दैरहे। तिनीहरू पछि हटे, अगि बढ़ेनन्। "},{"id":25,"text":"तिमीहरूका पिता-पुर्खा मिश्रदेशबाट निस्केको समयदेखि यसो अहिलेसम्म मैले बारम्बार दिनैपिच्छे मेरा सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ। "},{"id":26,"text":"तर तिनीहरूले मेरो वचन सुनेनन्, मेरो कुरामा कान थापेनन्, तर अटेरी भए, र तिनीहरूका पिता-पुर्खाहरूले भन्दा पनि अझ खराबी गरे’।"},{"id":27,"text":"“जब तैंले तिनीहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुरामा ध्यान दिनेछैनन्। तैंले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले जवाफ दिनेछैनन्। "},{"id":28,"text":"यसैकारण तैंले तिनीहरूलाई भन्, ‘यो त्यही जाति हो, जसले परमप्रभु आफ्ना परमेश्वरको आज्ञापालन गरेन, र उहाँको अनुशासन ग्रहण गरेन। सत्यचाहिँ नष्ट भयो, त्यो तिनीहरूको मुखबाट लोप भयो। "},{"id":29,"text":"आफ्नो केश खौरेर फालिदे, नाङ्गा डाँड़ाहरूमा विलाप गर्, किनकि उहाँको क्रोधमा परेको यस पुस्तालाई परमप्रभुले इन्कार गर्नु र त्याग्नुभएको छ।"},{"id":30,"text":"“‘यहूदाका मानिसहरूले मेरो दृष्टिमा दुष्ट काम गरेका छन्, परमप्रभु भन्नुहुन्छ। तिनीहरूले मेरो नाउँले कहलाइएको भवन बिटुलो पारी घिनलाग्दा देवताहरू त्यसमा खड़ा गरेका छन्। "},{"id":31,"text":"आफ्ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्नोमको बेँसीमा तोपेतका अल्गा ठाउँहरू तिनीहरूले बनाएका छन्। यस्तो आज्ञा मैले दिएको थिइनँ, न त त्यो कुरा मेरो मनमा उब्जेको थियो। "},{"id":32,"text":"यसकारण होशियार होओ, यस्ता दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जब मानिसहरूले त्यसलाई तोपेत वा बेन-हिन्नोमको बेँसी कहिल्यै भन्नेछैनन्, तर त्यो हत्याको बेँसी कहलाइनेछ। किनकि तिनीहरूले आफ्ना मरेकाहरूलाई तोपेतमा ठाउँ नअटाउञ्जेलसम्म गाड्नेछन्। "},{"id":33,"text":"तब यस प्रजाका लाशहरू आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूलाई आहार हुनेछन्। अनि तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन। "},{"id":34,"text":"म यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर खतम गरिदिनेछु, किनकि देश उजाड़ हुनेछ’।” "}]},{"id":8,"title":"यर्मिया 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/8-2502ca4e34639af873d0d4b79d606611.mp3?version_id=1483","verses":[{"id":1,"text":"“‘परमप्रभु भन्नुहुन्छ, त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरूका हाड़हरू, पूजाहारीहरू र अगमवक्ताहरूका हाड़हरू र यरूशलेमका बासिन्दाहरूका हाड़हरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्। "},{"id":2,"text":"तिनीहरूले प्रेम गरेका, सेवा गरेका तथा तिनीहरूले पछ्याएका, मन्त्रणा गरेका र पूजा गरेका सूर्य, चन्द्र र आकाशका सारा नक्षत्रहरूकै सामुन्ने ती हाड़हरू खुला राखिनेछन्। ती जम्मा गरिनेछैनन्, न गाड़िनेछन्, तर ती जमिनमा मलजस्तै पड़िरहनेछन्। "},{"id":3,"text":"यस दुष्ट प्रजाका सबै बाँकी रहेकाहरूले मैले तिनीहरूलाई धपाइदिएका सबै ठाउँहरूमा जीवनभन्दा मृत्यु नै रुचाउनेछन्, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’।"},{"id":4,"text":"“तिनीहरूलाई भन्, ‘परमेश्वर यसो भन्नुहुन्छ, ‘जब मानिसहरू लोट्दछन्, के तिनीहरू फेरि उठ्दैनन् र? जब कोही तर्किजान्छ, के त्यो फर्केर आउँदैन र? "},{"id":5,"text":"त्यसो भए यी मानिसहरू किन तर्केर गएका छन् त? तिनीहरू छलमै टाँसिरहन्छन्, फर्किआउन तिनीहरू इन्कार गर्दछन्। "},{"id":6,"text":"मैले ध्यान दिएर सुनेको छु, तर तिनीहरू ठीक कुरा बोल्दैनन्। “मैले के गरेको छु र?” भनी कुनै मानिस पनि आफ्नो दुष्टतादेखि पश्चात्ताप गर्दैन। घोड़ा लड़ाइँमा अगि कुदेर गएझैँ, हरेक आफ्नै बाटोतिर लाग्दछ। "},{"id":7,"text":"आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्नो फर्कने समय जान्दछ। तर मेरो प्रजाले त आफ्ना परमप्रभुका मागहरूलाई जान्दैनन्।"},{"id":8,"text":"“‘तिमीहरू कसरी भन्न सक्छौ, “हामी बुद्धिमान् छौं, किनकि परमप्रभुको व्यवस्था हामीसितै छ।” साँच्चै भनौं भने, शास्त्रीहरूको झूटो कलमले त्यसलाई झूट बनाइदिएको छ। "},{"id":9,"text":"बुद्धिमान् मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्। तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरेका हुनाले तिनीहरूमा कस्तो बुद्धि छ? "},{"id":10,"text":"यसकारण म तिनीहरूका पत्नी अरूहरूलाई र तिनीहरूका खेत नयाँ मालिकहरूलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म धनसम्पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्। "},{"id":11,"text":"मेरो प्रजाको चोट साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्। "},{"id":12,"text":"के तिनीहरू आफ्ना घिनलाग्दो चालचलनदेखि लज्जित छन् र? अँहँ, तिनीहरू कत्ति पनि लज्जित छैनन्। लाजले रातो हुनु के हो, तिनीहरू जान्दैनन्। यसैले पतन हुनेहरूसँग तिनीहरूको पतन हुनेछ। तिनीहरूलाई दण्ड दिँदा तिनीहरू नष्ट हुनेछन्, परमप्रभु भन्नुहुन्छ।"},{"id":13,"text":"“‘म तिनीहरूका फसल लैजानेछु, परमप्रभु भन्नुहुन्छ। दाखको बोटमा दाख हुनेछैन, न त अञ्जीरको बोटमा अञ्जीर हुनेछ। तिनका पातहरू पनि ओइलाइहाल्नेछन्। मैले तिनीहरूलाई दिएको पनि तिनीहरूदेखि खोसिनेछ’।”"},{"id":14,"text":"“हामी किन एकसाथ भेटेर यहाँ बसिरहौं? आओ, हामी किल्ला भएका सहरहरूभित्र जाऔं र त्यहीँ नै नष्ट होऔं। किनकि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई नष्टै हुन भनी ठहराउनुभएको छ, र उहाँले हामीलाई विषालु पानी पिउन दिनुभएको छ, किनभने हामीले उहाँको विरुद्धमा पाप गरेका छौं। "},{"id":15,"text":"हामीले शान्तिको आशा गर्यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्यौं, तर केवल त्रास मात्र आइलाग्यो। "},{"id":16,"text":"शत्रुहरूका घोड़ाहरूका स्वाँ-स्वाँ गर्ने आवाज दानबाट सुनियो, उनीहरूका जवान घोड़ाहरूका हिनहिनाइको आवाज सुन्दा सारा देश नै काम्दछ। उनीहरूले देश र त्यसमा भएका सबै थोकलाई, सहर र त्यसमा बस्ने सबैलाई निलिहाल्न आएका छन्।”"},{"id":17,"text":"“हेर, म विषालु सर्पहरू तिमीहरूका बीचमा पठाउनेछु, सर्पहरू जसलाई कुनै मन्त्रतन्त्र लाग्दैन, र तिनीहरूले तिमीहरूलाई डस्नेछन्,” परमप्रभु भन्नुहुन्छ।"},{"id":18,"text":"हे मेरा शोकमा सान्त्वना दिनुहुने, मेरो हृदय व्याकुल भएको छ। "},{"id":19,"text":"टाढ़ाको देशबाट आएको मेरो प्रजाको रुवाइ सुन्नुहोस्: “के परमप्रभु सियोनमा हुनुहुन्न? के त्यसका महाराजा त्यहाँ हुनुहुन्न?”“तिनीहरूले किन आफ्ना मूर्तिहरूले र तिनीहरूका बेकामका विदेशी देवताहरूले मलाई रीस उठाएका छन्?”"},{"id":20,"text":"“कटनीको समय त बितिहाल्यो, ग्रीष्म ऋतु समाप्त भयो, र पनि हामीहरूको चाहिँ उद्धार भएकै छैन।”"},{"id":21,"text":"मेरो प्रजा पिँधिएको कारण म पनि पिँधिएँ। म विलाप गर्दछु, र त्रासले मलाई खाएको छ। "},{"id":22,"text":"के गिलादमा कुनै लेप छैन? के त्यहाँ कुनै वैद्य छैन? त्यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?"}]},{"id":9,"title":"यर्मिया 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/9-e00b6a54af245c424e2e310084fbb22e.mp3?version_id=1483","verses":[{"id":1,"text":"मेरो शिर पानीको मूल र मेरो आँखा आँसुको फुहारा भए त, मेरो प्रजाका मारिएकाहरूका निम्ति म रातदिन रुनेथिएँ। "},{"id":2,"text":"मरुभूमिमा यात्रीहरू बस्नका निम्ति मेरो एउटा बस्ने ठाउँ भए त, म आफ्नो प्रजालाई छोड़ेर तिनीहरूबाट टाढ़ा जानेथिएँ। किनकि तिनीहरू सबै व्यभिचारी हुन्, विश्वासघातीको एक जमात।"},{"id":3,"text":"“तिनीहरू झूट बोलिहाल्नलाई आफ्नो जिब्रो धनुझैँ तयार गर्छन्। देशमा तिनीहरू सत्यद्वारा विजयी हुँदैनन्। तिनीहरू एक पापदेखि अर्को पापतिर लम्कन्छन्, अनि मलाई चिन्दैनन्,” परमप्रभु भन्नुहुन्छ। "},{"id":4,"text":"“आफ्ना मित्रहरूदेखि होशियार बस। आफ्ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्छ। "},{"id":5,"text":"मित्रले मित्रलाई छल गर्छ, र कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्, र तिनीहरू पाप गर्दागर्दा थकित भएका छन्। "},{"id":6,"text":"तँ छलहरूका बीचमा बस्छस्। आफ्नो छलमा तिनीहरू मलाई चिन्न इन्कार गर्छन्,” परमप्रभु भन्नुहुन्छ।"},{"id":7,"text":"यसैकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्नेछु, किनकि मेरो प्रजाकै पापको कारण म अरू के गर्न सक्छु र? "},{"id":8,"text":"तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्यसले छलको कुरा बोल्दछ। हरेकले आफ्नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्यसको विरुद्ध ढुकेर पासो थाप्दछ। "},{"id":9,"text":"के यसैको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ?” परमप्रभु भन्नुहुन्छ। “के यस्तो जातिलाई म दण्ड नदिऊँ?”"},{"id":10,"text":"पहाड़हरूका निम्ति म रुन्छु र विलाप गर्छु, मरुभूमिमा भएका खर्कहरूका निम्ति म विलाप गर्छु। ती उजाड़ पारिएका छन्, त्यसबाट भएर कोही पनि यात्रा गर्दैन, र गाई-गोरुहरूको सोर त्यहाँ सुनिँदैन। आकाशका पक्षीहरू भागेका छन्, र पशुहरू गइगएका छन्।"},{"id":11,"text":"“म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको ओड़ार तुल्याइदिनेछु। म यहूदाका नगरहरूलाई उजाड़-स्थान तुल्याइदिनेछु, र त्यहाँ कोही पनि बस्न सक्नेछैन।”"},{"id":12,"text":"यो बुझ्ने कुन यस्तो बुद्धिमान् मानिस होला? कसलाई परमप्रभुले सिकाउनुभएको छ र त्यसले यो बुझाउन सक्छ? कोही त्यसमा भएर जान नसक्ने गरी किन देश मरुभूमिजस्तै नाश र उजाड़ भयो?"},{"id":13,"text":"परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूका सामुन्ने राखेका मेरो व्यवस्थालाई तिनीहरूले त्यागे। तिनीहरूले मेरो आज्ञापालन गरेका छैनन्, र मेरो व्यवस्थाबमोजिम तिनीहरू हिँड़ेका छैनन्। "},{"id":14,"text":"त्यसको सट्टा तिनीहरू आफ्ना हृदयको हठमा हिँड़ेर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्।” "},{"id":15,"text":"यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म यस प्रजालाई ऐरेलु खुवाउनेछु, र पिउनलाई विषालु पानी दिनेछु। "},{"id":16,"text":"न त तिनीहरूले न तिनीहरूका पिता-पुर्खाहरूले जानेका जातिहरूका बीचमा म तिनीहरूलाई छरपष्ट पार्नेछु, र तिनीहरूलाई नष्ट नपारुञ्जेल तरवार लिएर म तिनीहरूलाई खेद्नेछु।”"},{"id":17,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “अब विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ, तिनीहरूमध्येका सबैभन्दा निपुण विलाप गर्नेहरूलाई बोलाइपठाओ। "},{"id":18,"text":"तिनीहरू चाँड़ै आऊन्, र हाम्रा निम्ति विलाप गरिदेऊन्, जबसम्म हाम्रा आँखाभरि आँसु हुँदैन, र हाम्रा परेलाबाट आँसुको धारा छुट्दैन। "},{"id":19,"text":"सियोनबाट विलापको सोर सुनिँदैछ: ‘हामीहरू कस्तो किसिमले नष्ट भयौं! हामीहरू लाजले भुतुक्क भयौं! हामीले हाम्रो देश छोड्नैपर्छ, किनभने हाम्रा घरहरू नष्ट भए’।”"},{"id":20,"text":"अब हे स्त्री हो, परमप्रभुको वचन सुन, उहाँको मुखको वचन सुन्न तिमीहरूका कान खोल। तिमीहरूका छोरीहरूलाई शोक गर्न र एक-अर्कालाई विलाप गर्न सिकाइदेओ। "},{"id":21,"text":"हाम्रा बालकहरूलाई गल्लीदेखि, र हाम्रा जवानहरूलाई चोकहरूदेखि मृत्युले नाश गरेको छ। त्यो हाम्रा झ्यालहरूसम्मै चढ़ेर आएको छ र हाम्रा किल्लाहरूभित्र पसेको छ।"},{"id":22,"text":"तैंले भन्, “परमप्रभु यो घोषणा गर्नुहुन्छ: ‘मानिसहरूका लाश बारीका मलझैँ, बाली काट्नेहरूका पछाड़ि छोड़िएका दानाझैँ पड़िरहनेछन्, र कसैले तिनलाई बटुल्नेछैन’।”"},{"id":23,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्, "},{"id":24,"text":"तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्: ‘म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनैमा म प्रसन्न हुन्छु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":25,"text":"परमप्रभु घोषणा गर्नुहुन्छ: “समय आउँदैछ, जब म शरीरको मात्र खतना भएकाहरू तर यथार्थमा बेखतना भएका सबैलाई दण्ड दिनेछु— "},{"id":26,"text":"अर्थात् मिश्रदेश, यहूदा, एदोम, अम्मोन, मोआब र मरुभूमि र टाढ़ा-टाढ़ाका ठाउँहरूमा बस्ने सबैलाई। किनकि यी सबै जातिहरू साँच्चै नै बेखतनाका हुन्, र इस्राएलका सारा घरानासित पनि हृदयमा बेखतना भएकाहरू हुन्।”"}]},{"id":10,"title":"यर्मिया 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/10-ac36934fb3c7c31f9d9f60fbb942cc01.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई के भन्नुहुन्छ सो सुन। "},{"id":2,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्हहरूदेखि त्रासित नहोओ। "},{"id":3,"text":"किनकि जाति-जातिहरूका रीतिथिति त व्यर्थ हुन्। उनीहरू वनमा एउटा रूख ढाल्छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्छ। "},{"id":4,"text":"उनीहरूले त्यसलाई सुन र चाँदीले सिँगार्दछन्। त्यो नहल्लिओस् भनेर उनीहरूले त्यसलाई घन र कीलाले ठोक्दछन्। "},{"id":5,"text":"खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्तै उनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्। तिनीहरूलाई बोक्नु पर्छ, किनकि तिनीहरू हिँड्न सक्दैनन्। तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्दैनन्, न त तिनीहरूले केही असल गर्न सक्छन्।”"},{"id":6,"text":"हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन। तपाईं महान् हुनुहुन्छ। पराक्रममा तपाईंको नाउँ महान् छ। "},{"id":7,"text":"हे जाति-जातिका महाराजा, कसले तपाईंलाई सम्मान गर्नुपर्दैन र? तपाईं यसका योग्य हुनुहुन्छ। जाति-जातिका बुद्धिमान् मानिसहरूमध्ये र उनीहरूका जम्मै राज्यहरूमा तपाईंजस्तै कोही पनि छैन। "},{"id":8,"text":"उनीहरू त बुद्धिहीन र मूर्ख छन्। उनीहरू बेकामका काठका मूर्तिहरूबाट सिकाइन्छन्। "},{"id":9,"text":"तर्शीशबाट पिटिएको चाँदी ल्याइन्छ, र उपज देशबाट सुन। जे कारीगर र सुनारले बनाउँछन्, बैजनी र नीला लुगा त्यसलाई लगाइन्छन्— ती सबै सिपालु मानिसहरूद्वारा बनाइन्छन्। "},{"id":10,"text":"तर परमप्रभु त साँचो परमेश्वर हुनुहुन्छ, उहाँ जीवित परमेश्वर, अनन्तका महाराजा हुनुहुन्छ। जब उहाँ क्रुद्ध हुनुहुन्छ, तब पृथ्वी काम्दछ। जाति-जातिहरूले उहाँको क्रोध सहन सक्दैनन्।"},{"id":11,"text":"“तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले आकाश र पृथ्वीलाई बनाएनन्, तिनीहरू पृथ्वीबाट र आकाशमुनिबाट नष्ट हुनेछन्’।”"},{"id":12,"text":"तर परमेश्वरले नै पृथ्वीलाई आफ्नो सामर्थ्यले बनाउनुभयो। उहाँले आफ्नो बुद्धिले संसारलाई स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो। "},{"id":13,"text":"जब उहाँ गर्जनुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ। उहाँले पृथ्वीको पल्लो छेउदेखि बादल उठाउनुहुन्छ। उहाँले वृष्टिसँग बिजुली चम्काउनुहुन्छ, र आफ्ना भण्डारबाट बतास चलाउनुहुन्छ।"},{"id":14,"text":"हरेक मानिस मूर्ख र बुद्धिहीन छ। हरेक सुनार त्यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्यसका मूर्तिहरू झूटा हुन्, तिनमा सास हुँदैन। "},{"id":15,"text":"ती व्यर्थका हुन्, गिल्लाको थोक मात्र। तिनीहरूका न्याय हुँदा ती नष्ट हुन्छन्। "},{"id":16,"text":"उहाँ, जो याकूबका भाग हुनुहुन्छ, यीजस्ता हुनुहुन्न, किनकि उहाँ नै सारा थोकहरूलाई बनाउनुहुने हुनुहुन्छ, इस्राएललाई पनि, जो उहाँको निज उत्तराधिकारको कुल हो— सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो।"},{"id":17,"text":"हे घेराभित्र परेका हो, देश छोड्नका लागि आ-आफ्नो पोकोपन्तरो जम्मा गर। "},{"id":18,"text":"किनकि परमप्रभु यसो भन्नुहुन्छ: “यस बेला म यस देशका बासिन्दाहरूलाई फ्याँकिदिनेछु। तिनीहरूमाथि सङ्कष्ट ल्याउनेछु, ताकि तिनीहरू पक्राउ परून्।”"},{"id":19,"text":"मेरो चोटको कारण मलाई धिक्कार छ! मेरो चोट निको हुनेछैन! तर मैले आफैलाई भनें, “यो त मेरो रोग हो, जो मैले सहनैपर्छ।” "},{"id":20,"text":"मेरो पाल नष्ट भएको छ। त्यसका सबै डोरीहरू चुँड़िएका छन्। मेरा छोराहरू मबाट गइहाले, र तिनीहरू अब छैनन्। मेरो पाल टाँगिदिने र मेरो वासस्थान बनाइदिने अब कोही छैन। "},{"id":21,"text":"गोठालाहरू निर्बुद्धि छन्, र परमप्रभुलाई सोधपूछ गर्दैनन्। यसैकारण तिनीहरू सफल हुँदैनन्, र तिनीहरूका सबै बगाल तितरबितर भएका छन्। "},{"id":22,"text":"सुन! एउटा खबर आइरहेछ— उत्तरको देशबाट एउटा ठूलो खैलाबैला! त्यसले यहूदाका सहरहरूलाई उजाड़ पर्छ र स्यालहरूको अखड़ा तुल्याउँछ।"},{"id":23,"text":"हे परमप्रभु, मलाई थाहा छ, कि मानिसको जीवन उसको आफ्नै होइन। मानिसले आफ्नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन। "},{"id":24,"text":"हे परमप्रभु, मलाई सुधार्नुहोस्, तर ठीक न्यायसित मात्र, तपाईंको रीसमा त होइन, नत्रता तपाईंले मलाई भस्म पार्नुहुनेछ। "},{"id":25,"text":"तपाईंलाई स्वीकार नगर्ने जाति-जातिहरूमाथि र तपाईंको नाउँ नलिने मानिसहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्। किनकि उनीहरूले याकूबलाई स्वाहा पारेका छन्। उनीहरूले तिनलाई पूर्ण रूपले निलेका छन्, र तिनको जन्मभूमिलाई उजाड़ पारिदिएका छन्।"}]},{"id":11,"title":"यर्मिया 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/11-060c784b341e2d9cb0558dcae1637e83.mp3?version_id=1483","verses":[{"id":1,"text":"यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: "},{"id":2,"text":"“यस करारका शर्तहरू ध्यानसित सुन्, र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्। "},{"id":3,"text":"तैंले तिनीहरूलाई भन्, परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यस करारका शर्तहरूलाई पालन नगर्ने मानिस श्रापित होस्— "},{"id":4,"text":"करारका ती शर्तहरू जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मैले फलामको भट्टी, अर्थात् मिश्रदेशबाट निकालेर ल्याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ’। ‘मेरो आज्ञापालन गर, र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा मान, र तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु। "},{"id":5,"text":"तब दूध र मह बग्ने एउटा देश दिनेछु भनी मैले तिमीहरूका पिता-पुर्खाहरूसित खाएको शपथ म पूरा गर्नेछु’— अनि त्यो देश जो आज तिमीहरूको अधिकारमा छ।”तब मैले जवाफ दिएँ, “हे परमप्रभु, आमेन।”"},{"id":6,"text":"परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका सबै सहरहरू र यरूशलेमका गल्ली-गल्लीहरू हुँदो यसो भन्दै यी सबै कुरा घोषणा गर्: ‘यस करारका शर्तहरू ध्यानसित सुन र पालन गर। "},{"id":7,"text":"जुन बेला मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट छुटाएर ल्याएँ, त्यस बेलादेखि आजको दिनसम्म तिनीहरूलाई दृढ़तापूर्वक बारम्बार “मेरो आज्ञापालन गर” भनेर चेताउनी दिँदैआएको छु। "},{"id":8,"text":"तर तिनीहरूले ध्यानसित सुनेनन्, अथवा मेरा कुरामा कान थापेनन्। त्यसको सट्टा तिनीहरू आफ्ना-आफ्नै दुष्ट हृदयको हठीपनामा लागिरहे। करारका सबै भागहरू पालन गर्नू भनी मैले आज्ञा गरेको थिएँ, तर तिनीहरूले सो पालन गर्न इन्कार गरे। त्यसैले करारका सबै श्रापहरू मैले तिनीहरूमाथि ल्याएँ’।”"},{"id":9,"text":"तब परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरूले षड्यन्त्र रचेका छन्। "},{"id":10,"text":"तिनीहरू आफ्ना पिता-पुर्खाहरू, जसले मेरा वचन सुन्न इन्कार गरे, तिनका पापतिरै फर्किगएका छन्। तिनीहरू अरू देवताहरूको सेवा गर्न तिनीहरूका पछि लागेका छन्। मैले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई इस्राएलका घराना र यहूदाका घराना दुवैले भङ्ग गरेका छन्। "},{"id":11,"text":"यसकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘म तिनीहरूमाथि विपत्ति ल्याउनेछु, जसबाट तिनीहरू उम्कन सक्दैनन्। तिनीहरूले मेरो पुकारा गरे तापनि म सुन्नेछैनँ। "},{"id":12,"text":"तब यहूदाका सहरहरू र यरूशलेमका मानिसहरूले गएर ती देवताहरूको पुकारा गर्नेछन्, जसका निम्ति तिनीहरूले धूप बालेका थिए, तर तिनीहरूको आपत्को बेलामा ती देवताहरूले तिनीहरूलाई कसै गरेर पनि सहायता गर्नेछैनन्। "},{"id":13,"text":"हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, त्यति नै तिमीहरूका देवताहरू भएका छन्। यरूशलेमका जति गल्लीहरू छन्, शर्मलाग्दो बाल देवतालाई धूप चढ़ाउने वेदीहरू पनि त्यति नै भएका छन्।’"},{"id":14,"text":"“यस जातिको निम्ति प्रार्थना नगर्, अथवा तिनीहरूका निम्ति पुकारा वा बिन्ती नचढ़ा, किनभने तिनीहरूका दु:खको समयमा तिनीहरूले गरेको पुकारा म सुन्नेछैनँ।"},{"id":15,"text":"“मेरो मन्दिरमा मेरी प्रिया के गर्दैछे, जब कि त्यसले आफ्नो दुष्ट योजना धेरैसित बनाइसकेकी छ? के अर्पण गरिएका मासुहरूले तिमीहरूको दण्ड परसम्म सार्न सक्छन् र? जब तिमीहरू दुष्ट काममा लाग्छौ, तब तिमीहरू हर्षित हुन्छौ।”"},{"id":16,"text":"परमप्रभुले तिमीहरूलाई असल फल भएको सुन्दर हरियो जैतूनको रूख भनी नाउँ दिनुभएको थियो, तर भयङ्कर आँधीबेहरीको गर्जनसित उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ, र त्यसका हाँगाहरू भाँचिनेछन्।"},{"id":17,"text":"सर्वशक्तिमान् परमप्रभु, जसले तिमीहरूलाई रोप्नुभयो, उहाँले तिमीहरूमाथि विपत्ति ल्याउनलाई फैसला गर्नुभएको छ। किनभने इस्राएलका घराना र यहूदाका घरानाले दुष्ट काम गरेका छन्, र बाल देवताको निम्ति धूप चढ़ाएर मलाई रीस उठाएका छन्।"},{"id":18,"text":"परमप्रभुले तिनीहरूको षड्यन्त्र मलाई देखाइदिनुभएकोले, मैले थाहा पाएँ, किनभने तिनीहरूले के गरिरहेका थिए, त्यस बेला उहाँले मलाई सो देखाइदिनुभयो। "},{"id":19,"text":"म त मार्नलाई लैजान लागेको एउटा सुधो थुमाजस्तो थिएँ। तिनीहरूले यसो भन्दै मेरो विरुद्ध षड्यन्त्र रचेका मलाई थाहा थिएन: “यस रूखलाई यसको फलैसमेत नाश गरौं, यसलाई जीवितहरूको देशबाट काटेर फालिदिऔं, र यसको नाउँको कहिल्यै सम्झना नगरिओस्।” "},{"id":20,"text":"तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईं जसले धर्मसित न्याय गर्नुहुन्छ, र हृदय र मनको जाँच गर्नुहुन्छ, तपाईंले तिनीहरूमाथि बदला लिनुभएको म देख्न पाऊँ, किनभने तपाईंलाई नै मैले मेरो मुद्दा सुम्पिदिएको छु।"},{"id":21,"text":"“यसकारण तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूका सम्बन्धमा परमप्रभु यसो भन्नुहुन्छ— ती मानिसहरू जो तँलाई भन्छन्, ‘परमप्रभुको नाउँमा अगमवाणी नभन्, नत्रता तँ हाम्रा हातबाट मर्नेछस्’— "},{"id":22,"text":"यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: ‘म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले मारिनेछन्, र तिनीहरूका छोराछोरीहरूचाहिँ अनिकालले मर्नेछन्। "},{"id":23,"text":"तिनीहरूमा कोही पनि बाँच्नेछैन, किनभने तिनीहरूका दण्डको वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु’।”"}]},{"id":12,"title":"यर्मिया 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/12-dfb422b3a17cd47b18b2ae37e775b2b2.mp3?version_id=1483","verses":[{"id":1,"text":"हे परमप्रभु, तपाईं सधैँ धर्मी हुनुहुन्छ, जब म तपाईंको अगि मुद्दा पेश गर्छु। तापनि तपाईंका न्यायको विषयमा म तपाईंसित कुरा गर्न चाहन्छु। दुष्टहरूको चाल किन सफल हुन्छ? अविश्वासीहरू किन आरामसित बस्छन्? "},{"id":2,"text":"तपाईंले तिनीहरूलाई रोप्नुभएको छ, र तिनीहरूले जरा हालेका छन्। तिनीहरू बढ्छन्, र फल फलाउँछन्। तिनीहरूका मुखमा तपाईंको नाउँ त छ, तर तिनीहरूका हृदयबाट चाहिँ तपाईं टाढ़ा हुनुहुन्छ। "},{"id":3,"text":"तापनि हे परमप्रभु, तपाईं मलाई जान्नुहुन्छ, तपाईं मलाई देख्नुहुन्छ, र तपाईंसम्बन्धी मेरा विचारहरूलाई जाँच्नुहुन्छ। मार्नलाई लैजाने भेड़ाहरूलाई झैँ तिनीहरूलाई तान्दै लानुहोस्, र मारिने दिनको लागि ती अलग राख्नुहोस्! "},{"id":4,"text":"देशमा कहिलेसम्म खड़ेरी परिरहने? र मैदानका घाँस कहिलेसम्म ओइलाइरहने? त्यहाँ बस्नेहरू दुष्ट भएका हुनाले, त्यहाँका पशुपक्षीहरू सबै नष्ट भएका छन्। त्यसबाहेक “हामीमाथि के हुँदैछ उहाँले देख्नुहुन्न” भनी मानिसहरू भनिरहेछन्।"},{"id":5,"text":"“यदि तँ मानिसहरूसित दगुरिस् र तिनीहरूले तँलाई थकाए भने, घोड़ाहरूसित तँ कसरी दगुर्न सक्छस् र? यदि सुरक्षित स्थानमा नै तँ लोटिस् भने, यर्दननेरका झाड़ीहरूमा तँ के गर्छस्? "},{"id":6,"text":"तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारले नै तँसित विश्वासघात गरेका छन्। तिनीहरू तेरो विरुद्धमा जोडसित कराउँदैआएका छन्। तिनीहरूले तँसित मीठा कुरा गरे तापनि तैंले तिनीहरूमाथि भरोसा नगर्।"},{"id":7,"text":"“म मेरो घर छोड़िदिनेछु, मेरो उत्तराधिकार म फ्याँकिदिनेछु। मैले मन पराएकालाई म त्यसका शत्रुहरूका हातमा दिनेछु। "},{"id":8,"text":"मेरो उत्तराधिकार मेरो लेखि वनको सिंहजस्तै भएको छ। त्यो मतिरै फर्केर गर्जन्छ। यसैकारण म त्यसलाई घृणा गर्दछु। "},{"id":9,"text":"के मेरो उत्तराधिकार मेरो निम्ति एउटा छिरबिरे शिकारी पक्षी जस्तै भएको छैन, जसलाई अरू शिकारी पक्षीहरूले घेरेर आक्रमण गरून्? जा, गएर सबै वन-पशुहरूलाई जम्मा गर्। त्यसलाई खान तिनीहरूलाई ले। "},{"id":10,"text":"धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्ट पार्नेछन्। तिनीहरूले मेरो बारीलाई कुल्चीमिल्ची गर्नेछन्। तिनीहरूले मेरो सुन्दर बारीलाई उजाड़-भूमिझैँ उजाड़ बनाइदिनेछन्। "},{"id":11,"text":"त्यो उजाड़ तुल्याइनेछ, मेरो सामुन्ने सुक्खा र निर्जन पारिनेछ। सारा देश उजाड़ पारिनेछ, किनकि कसैले त्यसको वास्ता गर्दैन। "},{"id":12,"text":"मरुभूमिका सबै रूखा डाँड़ाहरूमा नाश गर्नेहरूको धुइरो लाग्नेछ, किनकि परमप्रभुको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ। कोही पनि सुरक्षित रहनेछैन। "},{"id":13,"text":"तिनीहरूले गहूँ छर्नेछन्, तर काँढ़ा पो कटनी गर्नेछन्। तिनीहरूले कष्ट गरेर काम गर्नेछन्, तर केही लाभ हुनेछैन। यसैले आफ्ना कटनीको लाज तिमीहरू सह, कारण परमप्रभुको भयानक रीस तिमीहरूमाथि परेको छ।”"},{"id":14,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “मेरा सबै दुष्ट छिमेकीहरू, जसले मैले मेरा प्रजा इस्राएललाई दिएको पैतृक-सम्पत्ति जफत गरेका छन्, ‘म उनीहरूलाई उनीहरूका देशहरूबाट उखेल्नेछु, र यहूदाको घरानालाई उनीहरूका बीचबाट उखेल्नेछु। "},{"id":15,"text":"तर उनीहरूलाई उखेलेपछि म फेरि उनीहरूलाई टिठ्याउनेछु, र उनीहरू हरेकलाई आ-आफ्नै पैतृकसम्पत्ति र आ-आफ्नै देशमा फेरि ल्याउनेछु। "},{"id":16,"text":"अनि उनीहरूले पहिले मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ हाल्न सिकाएझैँ, यदि उनीहरूले ‘जीवित परमप्रभुको नाउँमा’ भन्दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने, उनीहरू मेरा प्रजाको बीचमा स्थापित हुनेछन्। "},{"id":17,"text":"तर यदि कुनै पनि जातिले सुनेन भनेता म त्यसलाई बिलकुलै उखेलेर नाश गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।"}]},{"id":13,"title":"यर्मिया 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/13-d63895078c4ebf37950cea31b9f4ce1c.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुले मलाई यसो भन्नुभयो, “गएर एउटा सूती पटुका किन्, र त्यो तेरो कम्मरमा बाँध्, तर त्यसलाई पानीमा भिज्न नदे।” "},{"id":2,"text":"यसैले परमप्रभुले आदेश दिनुभएअनुसार मैले एउटा सूती पटुका किनेर आफ्नो कम्मरमा बेह्रें।"},{"id":3,"text":"फेरि दोस्रो पल्ट परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":4,"text":"“उठ्, तैंले किनेको तेरो कम्मरमा बाँधेको पटुका लिएर अब परातमा जा, र पहरामा भएको धाँदोभित्र त्यो लुकाइराख्।” "},{"id":5,"text":"यसैले परमप्रभुले मलाई भन्नुभएअनुसार गएर परातमा मैले त्यो लुकाइराखें।"},{"id":6,"text":"धेरै दिनपछि परमप्रभुले मलाई भन्नुभयो, “उठ्, परातमा जा, र त्यहाँबाट त्यो पटुका ले, जो मैले तँलाई त्यहाँ लुकाइराख्नलाई भनेको थिएँ।” "},{"id":7,"text":"तब म परातमा गएँ, र मैले लुकाएको ठाउँबाट त्यो पटुका खनेर निकालें। तर अब त्यो पटुका त पूरै मकिएछ। त्यो पूर्ण रूपले बेकामको भएछ।"},{"id":8,"text":"तब परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":9,"text":"“परमप्रभु यसो भन्नुहुन्छ:‘यसरी नै यहूदाको अहङ्कार र यरूशलेमको ठूलो शेखी म झारिदिनेछु। "},{"id":10,"text":"यी दुष्ट मानिसहरू, जसले मेरो वचन सुन्न इन्कार गर्छन्, जसले आ-आफ्नो हृदयमा अटेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्न जान्छन्, तिनीहरू यही पटुकाजस्तै हुनेछन्, जो पूरै बेकामको भएको छ! "},{"id":11,"text":"किनभने जसरी एउटा पटुका मानिसको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो ख्याति र प्रशंसा सम्मानको निम्ति मेरा प्रजा होऊन् भनेर मैले बाँधे। तर तिनीहरूले मेरा कुरामा ध्यानै दिएका छैनन्,’ परमप्रभु भन्नुहुन्छ।"},{"id":12,"text":"“तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हरेक मशक दाखमद्यले भरिनुपर्छ’। ‘के हरेक मशक दाखमद्यले भरिनुपर्छ भनी हामीलाई थाहा छैन र?’ भनी यदि तिनीहरूले तँलाई भने भने, "},{"id":13,"text":"तब तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: म यस देशमा बस्ने सबैलाई, दाऊदको राजगद्दीमा बस्ने राजाहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्ने सबैलाई मत्त्याइदिनेछु। "},{"id":14,"text":"तिनीहरू एउटालाई अर्कामा, बुबाहरू र छोराहरूलाई आपसमा म थिचोमिचो गरिदिनेछु। म दया देखाएर वा टिठ्याएर तिनीहरूलाई सर्वनाश गर्नदेखि थामिनेछैनँ,’ परमप्रभु भन्नुहुन्छ।”"},{"id":15,"text":"सुन, ध्यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्नुभएको छ। "},{"id":16,"text":"उहाँले अन्धकार ल्याउन अघि नै, साँझको अँध्यारोमा डाँड़ाहरू हुँदो तिमीहरूका खुट्टा ठेस लाग्न अघि नै परमप्रभु आफ्ना परमेश्वरलाई महिमा देओ। तिमीहरूले उज्यालोको आशा गर्छौ, तर उहाँले त्यसलाई अँध्यारोमा परिणत गरेर घोर अन्धकार बनाउनुहुनेछ। "},{"id":17,"text":"तर तिमीहरूले ध्यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्डको कारण म गुप्तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्नेछ।"},{"id":18,"text":"राजा र राजमातालाई भन्, “सिंहासनबाट तल झर, किनकि तिमीहरूका शिरबाट गौरवशाली मुकुट खसिजानेछन्।”"},{"id":19,"text":"नेगेवका सहरहरू थुनिनेछन्, र तिनीहरूलाई उघार्ने कोही पनि हुनेछैन। जम्मै यहूदा कैदमा लगिनेछ, पूर्ण रूपमा कैदमा लगिनेछ।"},{"id":20,"text":"आफ्ना आँखा उठाएर ती उत्तर दिशाबाट आउनेहरूलाई हेर्। तँलाई भरोसा गरेर दिइएको बगाल, तैंले घमण्ड गरेको बगाल कहाँ छ? "},{"id":21,"text":"आफ्ना विशेष मित्र बनाउनलाई तैंले फकाएकाहरूलाई जब तँमाथि शासक हुन परमेश्वरले खटाउनुहुन्छ, तब तैंले के भन्नेछस्? के प्रसववेदनामा परेकी स्त्रीझैँ तँलाई पीडा हुनेछैन? "},{"id":22,"text":"अनि “यस्ता कुरा किन ममाथि आइलाग्यो” भनेर तैंले मनमा भन्छस्— तैंले धेरै पाप गरेको कारणले तेरो फरिया च्यातियो, र तेरो शरीरमाथि कुव्यवहार गरियो। "},{"id":23,"text":"के कूशीले आफ्नो छालाको रङ्ग बद्लन सक्छ र? अथवा के चितुवाले आफ्नो छालाका थोप्ला बद्लन सक्छ र? न त तँ दुष्ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्नेछ।"},{"id":24,"text":"“मरुभूमिबाट आएको बतासले उड़ाएको भुसझैँ म तँलाई तितरबितर पार्नेछु। "},{"id":25,"text":"तेरो हिस्सा, मैले ठहराएको तेरो भाग यही हो,” परमप्रभु भन्नुहुन्छ, “किनभने तैंले मलाई बिर्सेको छस्, र झूटा देवताहरूमा भरोसा राखेको छस्। "},{"id":26,"text":"म तेरो फरिया तेरो मुखसम्मै उचालिदिनेछु, र यसरी तेरो लाज देखिनेछ। "},{"id":27,"text":"तैंले डाँड़ाहरू र मैदानहरूमा गरेका तेरा घिनलाग्दा कामहरू— तेरो व्यभिचार, तेरो कामोद्दीपनको हिनहिनाइ, तेरो लाजमर्दो वेश्यावृत्ति मैले देखेको छु। हे यरूशलेम, तँलाई धिक्कार! तँ कहिलेसम्म यसरी अशुद्ध बस्ने?”"}]},{"id":14,"title":"यर्मिया 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/14-9d50d261deeb507fe943b1bfc292b9da.mp3?version_id=1483","verses":[{"id":1,"text":"खड़ेरीको विषयमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: "},{"id":2,"text":"“यहूदा विलाप गर्छ, र त्यसका सहरहरू दुर्बल भएका छन्। तिनीहरू देशको निम्ति शोक गर्छन्, र यरूशलेमको रुवाइ आकाशसम्म पुगेको छ। "},{"id":3,"text":"त्यसका भारदारहरू आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्। तिनीहरू कूवामा जान्छन्, तर पानी पाउँदैनन्। तिनीहरू आफ्ना भाँड़ाहरू रित्तै लिएर फर्कन्छन्। तिनीहरू हरेस खाएर र आत्तिएर आफ्ना टाउका ढाक्छन्। "},{"id":4,"text":"देशमा पानी नपरेकोले गर्दा जमिन चिराचिरा परेको छ। किसानहरू हरेस खाएर आफ्ना टाउका ढाक्छन्। "},{"id":5,"text":"घाँस नभएकोले वनका मुडुली मृगले पनि आफ्नो भर्खर जन्मेको बच्चालाई छोड़ेर जान्छ। "},{"id":6,"text":"वन-गधाहरू नाङ्गो डाँड़ामा उभिएर स्यालझैँ पानीको निम्ति हाँफ्छन्। हरियो खर्क नभएकोले तिनीहरूका आँखा तिरमिराउँछन्।”"},{"id":7,"text":"हाम्रा अधर्मले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे परमप्रभु, तपाईंकै नाउँको खातिर केही काम गर्नुहोस्। किनकि हाम्रो धर्म-त्याग साह्रै ठूलो भयो। हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। "},{"id":8,"text":"हे इस्राएलको आशा, दु:खको बेलामा त्यसलाई उद्धार गर्नुहुने, यस देशमा तपाईं किन एक परदेशीजस्तै हुनुहुन्छ? एक रातको निम्ति मात्र अड़िने यात्रीजस्तै किन हुनुहुन्छ? "},{"id":9,"text":"आश्चर्यमा परेको मानिसझैँ तपाईं किन हुनुहुन्छ? बचाउन नसक्ने वीर पुरुषझैँ किन हुनुहुन्छ? हे परमप्रभु, तपाईं हाम्रा माझमा हुनुहुन्छ। हामी तपाईंकै नाउँले कहलाइएका हौं। हामीलाई नत्याग्नुहोस्!"},{"id":10,"text":"यस प्रजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “तिनीहरू त बरालिएर हिँड्न साह्रै मन पराउँछन्। तिनीहरूले आफ्ना खुट्टालाई वशमा राख्दैनन्। यसैले परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूका अधर्मको सम्झना गर्नुहुनेछ, र तिनीहरूका पापको दण्ड तिनीहरूलाई दिनुहुनेछ।”"},{"id":11,"text":"तब परमप्रभुले मलाई भन्नुभयो, “यस जातिका भलाइको निम्ति प्रार्थना नगर्। "},{"id":12,"text":"तिनीहरू उपवास बसे तापनि म तिनीहरूको दुहाई सुन्नेछैनँ। तिनीहरूले होमबलि र अन्नबलि चढ़ाए तापनि म यी ग्रहण गर्नेछैनँ। त्यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढ़ीले नाश गर्नेछु।”"},{"id":13,"text":"तर मैले भनें, “परमप्रभु परमेश्वर, हेर्नुहोस्, अगमवक्ताहरूले त तिनीहरूलाई भनिरहेछन्, ‘तिमीहरूले तरवार देख्नेछैनौ, अथवा तिमीहरूमा अनिकाल नै पर्नेछैन, र म तिमीहरूलाई यस ठाउँमा धेरै समयसम्म रहने शान्ति दिनेछु’।”"},{"id":14,"text":"तब परमप्रभुले मलाई भन्नुभयो, “अगमवक्ताहरूले त मेरो नाउँमा झूटा अगमवाणी कहिरहेछन्। मैले तिनीहरूलाई पठाएको होइनँ, मैले तिनीहरूलाई नियुक्त गरेको होइनँ, अथवा म तिनीहरूसित बोलेको होइनँ। तिनीहरूले त तँलाई झूटा दर्शनहरू, मन्त्रतन्त्रहरू, मूर्तिपूजाहरू र आफ्नै मनका छकाउने कुराहरूका अगमवाणी कहन्छन्। "},{"id":15,"text":"यसकारण ती अगमवक्ताहरूका विषयमा, जो मेरो नाउँमा अगमवाणी कहन्छन्, तिनीहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ: मैले तिनीहरूलाई पठाएको होइनँ, तापनि ‘तरवार र अनिकालले यस देशलाई छुनेछैन’ भनी तिनीहरू भन्दैछन्। तरवार र अनिकालद्वारा नै ती अगमवक्ताहरू नाश गरिनेछन्। "},{"id":16,"text":"अनि तिनीहरूले अगमवाणी गरेका ती मानिसहरूचाहिँ तरवार र अनिकालको कारण यरूशलेमका गल्लीहरूमा फ्याँकिनेछन्। तिनीहरू, तिनीहरूका पत्नीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूलाई गाड्ने कोही हुनेछैन। तिनीहरूले पाउनुपर्ने सङ्कष्ट म तिनीहरूमाथि नै खन्याउनेछु।"},{"id":17,"text":"“तैंले तिनीहरूलाई यो कुरा भन्: मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्। त्यो बग्न नथामिओस्, किनकि मेरो प्रजा, मेरी कन्ये-छोरीले साह्रै चोट पाएकी छ, ठूलो चोट पार्ने चुटाइ त्यसले पाएकी छ। "},{"id":18,"text":"यदि म देशमा गएँ भने त्यहाँ तरवारले मारिएकाहरू देख्छु। यदि म सहरमा पसें भने त्यहाँ अनिकालले पीडित भएकाहरू देख्छु। अगमवक्ता र पूजाहारी दुवै तिनीहरूले नजानेको देशमा गएका छन्’।”"},{"id":19,"text":"के तपाईंले यहूदालाई बिलकुलै त्याग्नुभएको छ? के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले हामीलाई निको नहुने गरी किन दु:ख दिनुभयो? हामीले शान्तिको आशा गर्यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्यौं, तर त्रास पो आइलाग्छ! "},{"id":20,"text":"हे परमप्रभु, हामी आफ्नो दुष्ट्याइँ, र हाम्रा पिता-पुर्खाहरूको दोष स्वीकार गर्दछौं। साँच्ची नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। "},{"id":21,"text":"तपाईंका नाउँको खातिर हामीलाई तुच्छ नठान्नुहोस्। तपाईंको महिमित सिंहासनको अनादर नगर्नुहोस्। हामीसित गर्नुभएको आफ्नो करारको सम्झना गर्नुहोस्, र त्यो भङ्ग नगर्नुहोस्। "},{"id":22,"text":"जाति-जातिहरूका व्यर्थका देवताहरूमध्ये कसैले वर्षा ल्याउन सक्छ र? अथवा के आकाश आफैले झरी बर्साउन सक्छ? हे परमप्रभु हाम्रा परमेश्वर, त्यो गर्ने त तपाईं नै हुनुहुन्छ। यसैकारण हामी हाम्रो आशा तपाईंमा राख्दछौं, किनकि तपाईंले मात्र यी सबै गर्नुहुन्छ।"}]},{"id":15,"title":"यर्मिया 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/15-a4c09c387a23a7ab4ea5b95c777f368f.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले मलाई भन्नुभयो: “मोशा र शमूएल मेरो सामुन्ने खड़ा भए तापनि यस जातितिर मेरो मन फर्कनेछैन। तिनीहरूलाई मेरो सामुन्नेबाट निकालिदे। तिनीहरूलाई जान दे! "},{"id":2,"text":"अनि ‘हामी कहाँ जाऔं?’ भनेर यदि तिनीहरूले तँलाई सोधे भने, तैंले तिनीहरूलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मृत्युको लागि लेखिएका भए मृत्युमा नै, तरवारले मारिनेहरू तरवारतिरै जाऊन्, भोकले मर्नेहरू भोकले नै मरून्, कैदमा लगिनेहरू कैदमा नै जाऊन्।’ "},{"id":3,"text":"“म तिनीहरूका विरुद्धमा चार किसिमका सर्वनाश गर्नेहरू पठाउनेछु,” परमप्रभु भन्नुहुन्छ, “मार्नलाई तरवार, तानेर लैजानलाई कुकुर, आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूचाहिँ निल्न र नाश गर्नलाई। "},{"id":4,"text":"यहूदाको राजा हिजकियाको छोरो मनश्शेले यरूशलेममा जे गरेको थियो त्यसैको कारण म तिनीहरूलाई पृथ्वीका सारा राज्यहरूमा एक घिनलाग्दा कुरा तुल्याउनेछु। "},{"id":5,"text":"“हे यरूशलेम, कसले तँलाई टिठ्याउने? तेरो निम्ति कसले शोक गर्नेछ? तिमीहरू कस्ता छौ भनी सोध्नलाई को अड्नेछ र? "},{"id":6,"text":"तैंले मलाई त्यागेको छस्,” परमप्रभु भन्नुहुन्छ। “तँ पछि नै हट्दैरहन्छस्। यसैले मैले मेरो हात उठाएर तँलाई सर्वनाश गर्नेछु। म तँमाथि अझ टिठ्याउन सक्दिनँ। "},{"id":7,"text":"म तिनीहरूलाई देशका सहरहरूका मूल ढोकाहरूमा नाङ्लोले निफनेझैँ निफन्नेछु। म मेरो प्रजामाथि शोक र सर्वनाश ल्याउनेछु, किनकि तिनीहरूले आफ्ना चाल बदली गरेनन्। "},{"id":8,"text":"म तिनीहरूका विधवाहरूको संख्या समुद्रका बालुवाको संख्याभन्दा धेरै बनाउनेछु। मध्यदिनमा तिनीहरूका जवान मानिसहरूका आमाहरूका विरुद्धमा एउटा सर्वनाश गर्नेलाई ल्याउनेछु। शोक र त्रास एक्कासि म तिनीहरूमाथि ल्याउनेछु। "},{"id":9,"text":"सात जनाकी आमा बेहोश भई मर्नेछे। दिन छँदै त्यसको सूर्य अस्ताइहाल्नेछ। त्यो अपमानित भई लाजमा पारिनेछे। तिनीहरूमा बचेकाहरूलाई चाहिँ म तिनीहरूका शत्रुहरूका सामु तरवारले काट्न लाउनेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":10,"text":"हाय, मेरी आमा, किनकि तपाईंले मलाई जन्म दिनुभयो, मजस्तोलाई, जोसँग सारा देश झगड़ा र विवाद गर्छ। मैले न त ऋण दिएको छु, न ऋण लिएको छु, तापनि सबै जना मलाई सराप्छन्।"},{"id":11,"text":"परमप्रभुले भन्नुभयो, “निश्चय नै म तँलाई एउटा राम्रो अभिप्रायले छुटाउनेछु। निश्चय नै म दु:ख र सङ्कष्टको समयमा तेरा शत्रुहरूलाई तँसँग बिन्ती गर्न लाउनेछु।"},{"id":12,"text":"“के एक जना मानिसले फलाम भाँच्न सक्छ र— उत्तरको फलाम वा काँसालाई? "},{"id":13,"text":"तिमीहरूको देशभरि आफ्ना सबै पापहरूले गर्दा तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका भण्डारका माल सित्तैँमा म लूटको मालझैँ बाँड़िदिनेछु। "},{"id":14,"text":"म तिमीहरूलाई आफैले नचिनेको देशमा आफ्ना शत्रुहरूका कमारा तुल्याउनेछु। किनभने मेरो रीसले एउटा आगो सल्काउनेछ, जो तिमीहरूका विरुद्धमा निरन्तर जलिरहनेछ।”"},{"id":15,"text":"हे परमप्रभु, तपाईं बुझ्नुहुन्छ, मलाई सम्झनुहोस्, र मेरो वास्ता गर्नुहोस्। मेरो निम्ति मलाई सताउनेहरूसित बदला लिनुहोस्। तपाईं धैर्यवान् हुनुहुन्छ, मलाई नलैजानुहोस्। तपाईंको खातिर मैले कति गाली सहें, सो सम्झनुहोस्। "},{"id":16,"text":"जब तपाईंका वचनहरू आए ती मैले खाएँ, ती मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनकि तपाईंको नाउँले म कहलाइन्छु, हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर। "},{"id":17,"text":"मोजमज्जा गर्नेहरूको झुण्डमा म कहिल्यै बसिनँ, न त तिनीहरूसँग मैले हर्ष मनाएँ। म त एकलै बसें, किनभने तपाईंको हात ममाथि थियो र तपाईंले मलाई क्रोधले भरिदिनुभएको थियो। "},{"id":18,"text":"मेरो दु:ख किन थामिँदैन? र मेरो चोट किन कष्टकर र निको नहुने भएको छ? के तपाईं मेरो लागि धोका दिने खोलाझैँ, पानी नआउने मुहानझैँ हुनुहुनेछ?"},{"id":19,"text":"यसैकारण परमप्रभु यसो भन्नुहुन्छ: “यदि तैंले पश्चात्ताप गरिस् भने, म तँलाई फेरि स्थापित गर्नेछु, कि तैंले मेरो सेवा गर्न सकोस्। यदि तैंले चाहिँदो कुरा बोलिस् र व्यर्थका कुरा गरिनस् भने, तँ मेरो वक्ता हुनेछस्। यी मानिसहरू तँतिर फर्कून्, तर तँचाहिँ तिनीहरूतिर नजानू। "},{"id":20,"text":"म तँलाई यस प्रजाको निम्ति काँसाको बलियो किल्ला भएको पर्खाल बनाउनेछु। तिनीहरू तेरो विरुद्धमा लड़ाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउन र उद्धार गर्नलाई म तँसित छु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":21,"text":"“दुष्टहरूका हातदेखि म तँलाई बचाउनेछु, र निष्ठुरहरूका पन्जादेखि म तँलाई छुटाउनेछु।”"}]},{"id":16,"title":"यर्मिया 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/16-dcc624f244e4cae15f794c75d6ef3553.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":2,"text":"“यस ठाउँमा तैंले विवाह गर्नु र छोराछोरी जन्माउनुहुँदैन।” "},{"id":3,"text":"किनकि यस देशमा जन्मेका छोराछोरीहरू र तिनीहरूलाई जन्माउने आमा-बुबाहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ: "},{"id":4,"text":"“तिनीहरू घातक रोगहरूले मर्नेछन्। तिनीहरूका लागि कसैले शोक गर्नेछैन, अथवा कसैले तिनीहरूलाई गाड्नेछैन। तिनीहरू भूइँमा कसिङ्गरझैँ लड़िरहनेछन्। तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछन्, र तिनीहरूका लाश आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूका लागि आहार हुनेछन्।”"},{"id":5,"text":"किनकि परमप्रभु यसो भन्नुहुन्छ: “मृत्यु भएको घरमा मृत्यु-भोज खान नपस्, अथवा शोक गर्न वा सहानुभूति प्रकट गर्न त्यहाँ नजा, किनभने मैले यस जातिदेखि मेरो आशिष्, प्रेम र दया उठाइलगेको छु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":6,"text":"“ठूला-साना दुवै यस देशमा मर्नेछन्। तिनीहरू गाड़िनेछैनन्। कसैले तिनीहरूका निम्ति विलाप गर्नेछैन, आफ्नो शरीर काट्नेछैन, कपाल खौरनेछैन। "},{"id":7,"text":"मर्नेको लागि विलाप गर्नेलाई— आमा-बुबाको लागि विलाप गर्नेलाई पनि— सान्त्वना दिन भनी कसैले उसको निम्ति खानेकुरो दिनेछैन, न सान्त्वनाको पानी दिइनेछ।"},{"id":8,"text":"“भोज-भतेर भइरहेको घरमा तँ नपस् र तिनीहरूसित खान-पिउनलाई तँ नबस्। "},{"id":9,"text":"किनकि सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तेरै आँखाको सामुन्ने तेरै समयमा यस ठाउँमा खुशीको सोर, रमाहटको आवाज, दुलहा र दुलहीको सोर म अन्त्य गरिदिनेछु। "},{"id":10,"text":"“जब तैंले यस जातिलाई यी सबै कुरा भन्छस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन परमप्रभुले हाम्रो विरुद्धमा यस्तो ठूलो विपत्ति आओस् भनी खटाउनुभएको छ? हामीले के भूल गरेका छौं? परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा हामीले कुनचाहिँ पाप गरेका छौं र?’ "},{"id":11,"text":"तब तैंले तिनीहरूलाई यसो भन्, ‘किनभने तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर पराई देवताहरूका पछि लागेर तिनीहरूको सेवा गरे र तिनीहरूलाई पुजे,’ परमप्रभु भन्नुहुन्छ। “तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्था पालन गरेनन्। "},{"id":12,"text":"तर तिमीहरूले त तिमीहरूका पिता-पुर्खाहरूले भन्दा पनि बढ्ता दुष्ट काम गरेका छौ। हेर, तिमीहरू हरेक मेरो आज्ञापालन गर्नुको सट्टामा आ-आफ्नो दुष्ट हृदयको हठीपनामा हिँड़िरहेका छौ। "},{"id":13,"text":"यसैले न त तिमीहरूले न तिमीहरूका पिता-पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फालिदिनेछु। त्यहाँ तिमीहरूले रातदिन अरू देवताहरूको सेवा गर्नेछौ, किनकि म तिमीहरूमाथि मेरो निगाह राख्नेछैनँ’।"},{"id":14,"text":"“तापनि,” परमप्रभु भन्नुहुन्छ, “दिन आउँदैछ, जब मानिसहरूले कहिल्यै यसो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। "},{"id":15,"text":"तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई म फेरि ल्याउनेछु।"},{"id":16,"text":"“तर अब म धेरै जालहारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई पक्रनेछन्,” परमप्रभु भन्नुहुन्छ। “त्यसपछि म धेरै शिकारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई हरेक पर्वत, डाँड़ा र पहराको धाँदोबाट खोजी-खोजी निकाल्नेछन्। "},{"id":17,"text":"तिनीहरूका सबै चालमा मेरो दृष्टि पुगेको छ। ती मदेखि लुकेका छैनन्, न त तिनीहरूको पाप मेरो दृष्टिबाट लुकेको छ। "},{"id":18,"text":"तिनीहरूको अधर्म र पापको निम्ति म तिनीहरूलाई दोबर दण्ड दिनेछु, किनकि तिनीहरूले मेरो देशलाई आफ्ना घृणित प्रतिमाहरूका निर्जीव आकारहरूले बिटुलो पारेका छन्, र मेरो उत्तराधिकारलाई तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन्।”"},{"id":19,"text":"हे परमप्रभु, मेरो बल र मेरो किल्ला, दु:खको दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना-कुनाबाट जाति-जातिहरूले तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पिता-पुर्खाहरूले त झूटा देवताहरू, लाभ नहुने व्यर्थका मूर्तिहरूबाहेक केही पनि अधिकार गरेनन्। "},{"id":20,"text":"के मानिसहरूले आफ्नै देवदेवताहरू बनाउँछन्? हो, तर तिनीहरू त ईश्वरहरू होइनन्।”"},{"id":21,"text":"“यसैकारण म तिनीहरूलाई सिकाउनेछु, यस पल्ट म तिनीहरूलाई मेरो शक्ति र पराक्रम देखाउनेछु। तब तिनीहरूले मेरो नाउँ परमप्रभु हो भनी जान्नेछन्।”"}]},{"id":17,"title":"यर्मिया 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/17-68d25a4e6742bc38bd17962b87994c5b.mp3?version_id=1483","verses":[{"id":1,"text":"“यहूदाको पाप फलामको औजारले कुँदिएको छ। त्यो तिनीहरूका हृदयको पाटीमा र तिनीहरूका वेदीका सीङहरूमा चकमक पत्थरको टुप्पाले खोपिएको छ। "},{"id":2,"text":"झ्याम्म परेका रूखहरूनेर र अल्गा डाँड़ाहरूमा भएका आफ्ना वेदीहरू र अशेराका खम्बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्मरण गर्छन्। "},{"id":3,"text":"देशमा भएको मेरो पर्वत र तिमीहरूका सबै धन-सम्पत्ति तिमीहरूका अल्गा-अल्गा ठाउँहरूसहित तिमीहरूको देशभरिका पापको कारण ती लुटिनलाई म दिनेछु। "},{"id":4,"text":"मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले आफ्नै दोषले गर्दा तिमीहरूले गुमाउनेछौ, र तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्ना शत्रुहरूको सेवा गर्न लाउनेछु, किनकि तिमीहरूले मेरो रीसको आगो सल्काएका छौ, र त्यो सधैँ जलिरहनेछ।”"},{"id":5,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। "},{"id":6,"text":"त्यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्नति आउँदा त्यसले देख्नेछैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात् नूनको जमिन जहाँ कोही पनि बस्दैन।"},{"id":7,"text":"“तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ। "},{"id":8,"text":"त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खड़ेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउन कहिल्यै चुक्दैन।” "},{"id":9,"text":"मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र?"},{"id":10,"text":"“हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।” "},{"id":11,"text":"आफूले नपारेका अण्डा ओथ्रने तित्रोजस्तै त्यो मानिस हो, जसले अन्यायसित धन कमाउँछ। त्यसको जीवनकालको आधा समयमा नै त्यस धनले त्यसलाई छोड्नेछ, र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्नेछ।"},{"id":12,"text":"सुरुदेखि नै गौरवमा स्थापित भएको महिमित सिंहासन हाम्रो शरणस्थान हो। "},{"id":13,"text":"हे परमप्रभु, इस्राएलको आशा, तपाईंलाई त्याग्नेहरू सबै लाजमा पारिनेछन्। तपाईंदेखि तर्किजानेहरू सबै धूलोमा लेखिएका नाउँहरूजस्ता मात्रै हुनेछन्, किनभने तिनीहरूले परमप्रभु, जीवित पानीको मूललाई त्यागेका छन्।"},{"id":14,"text":"हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्छ। "},{"id":15,"text":"तिनीहरू मलाई भनिरहन्छन्, “परमप्रभुको वचन कहाँ छ? त्यो अब पूरा गरिओस्!” "},{"id":16,"text":"तपाईंको गोठालो हुनदेखि म भागेको छैनँ। तपाईं जान्नुहुन्छ कि निराशाको दिनको इच्छा मैले गरेको छैनँ। मेरो मुखबाट जे निस्कन्छ, त्यो तपाईंको सामुन्ने खुला छ। "},{"id":17,"text":"तपाईं मेरो त्रासको कारण नबन्नुहोस्, मेरा विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ। "},{"id":18,"text":"मलाई सताउनेहरू नै लाजमा परून्, तर मलाई चाहिँ लाजमा पर्नदेखि जोगाउनुहोस्। तिनीहरू नै त्रासमा परून्, तर मलाई चाहिँ त्रासमा पर्नदेखि जोगाउनुहोस्। तिनीहरूमाथि सर्वनाशको दिन ल्याउनुहोस्, दोबर विनाशले तिनीहरूलाई सर्वनाश गर्नुहोस्।"},{"id":19,"text":"परमप्रभुले मलाई यसो भन्नुभयो: “यहूदाका राजाहरू भित्र-बाहिर जाने मेरो प्रजाको मूल ढोका र यरूशलेमका अरू सबै मूल ढोकाहरूमा गएर उभी। "},{"id":20,"text":"तिनीहरूलाई यसो भन्, “यी मूल ढोकाहरूबाट भित्र पस्ने हे यहूदाका राजा र यहूदाका सबै मानिस हो, र यरूशलेममा बस्ने हरेक हो, परमप्रभुको वचन सुन। "},{"id":21,"text":"परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूको शबाथ-दिनमा कुनै भारी नबोक्न, अथवा यरूशलेमका मूल ढोकाहरूबाट त्यो भित्र नल्याउनलाई होशियार होओ। "},{"id":22,"text":"शबाथमा तिमीहरूका घरबाट भारी बोकेर बाहिर नलैजाओ, अथवा त्यो दिन कुनै किसिमको काम नगर, तर मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आज्ञा दिएअनुसार शबाथ-दिनलाई पवित्र राख। "},{"id":23,"text":"तापनि तिनीहरूले सुनेनन् अथवा ध्यानै दिएनन्। तिनीहरू अटेरी भए र सुन्न चाहेनन्, अथवा अनुशासनमा बसेनन्। "},{"id":24,"text":"परमप्रभु भन्नुहुन्छ, तर यदि तिमीहरूले मेरो कुरा सुन्यौ र शबाथमा सहरका मूल ढोकाहरूबाट कुनै पनि भारी भित्र ल्याएनौ र शबाथ पवित्र मानेर कुनै पनि काम गरेनौ भने, "},{"id":25,"text":"दाऊदको सिंहासनमा विराजमान हुने राजाहरू, आफ्ना अधिकारीहरूसित यस सहरका मूल ढोकाहरूबाट रथ र घोड़ाहरूमा सवार भएर पस्नेछन्— तिनीहरू, यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरू आउनेछन्, र यस सहरमा सदासर्वदा मानिसहरू बसोबास गर्नेछन्। "},{"id":26,"text":"यहूदाका नगरहरूबाट र यरूशलेमका चारैतिरका गाउँहरूबाट, बेन्यामीनको इलाकाबाट, तराईबाट, पहाड़ी देशबाट र नेगेवबाट होमबलि, बलिदानहरू, अन्नबलि र धूप र धन्यवादका बलिहरू लिएर मानिसहरू परमप्रभुको भवनमा आउनेछन्। "},{"id":27,"text":"तर शबाथ पवित्र राख्नलाई र शबाथ-दिनमा भारी बोकेर यरूशलेमका मूल ढोकाहरूबाट भित्र पस्न छोड्नलाई मेरो कुरा मानेनौ भनेदेखि त म यरूशलेमका मूल ढोकाहरूमा ननिभ्ने आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू स्वाहा पार्नेछ’।”"}]},{"id":18,"title":"यर्मिया 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/18-29741919e19d2e2674f317110cc05413.mp3?version_id=1483","verses":[{"id":1,"text":"यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: "},{"id":2,"text":"“तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।” "},{"id":3,"text":"यसैले म तल कुमालेको घरमा गएँ। त्यहाँ त्यसले आफ्नो चक्कामा केही बनाइरहेको मैले देखें। "},{"id":4,"text":"तर त्यसले बनाइरहेको माटोको भाँड़ो त्यसका हातमा बिग्रियो, यसकारण कुमालेले आफूलाई मन परेअनुसार अर्को भाँड़ो बनायो।"},{"id":5,"text":"तब परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":6,"text":"“हे इस्राएलको घराना, यस कुमालेले गरेझैँ के म तँलाई पनि गर्न सक्दिनँ र?” परमप्रभु भन्नुहुन्छ। “हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैँ तँ पनि मेरो हातमा छस्। "},{"id":7,"text":"यदि कुनै बेला कुनै जाति अथवा कुनै राज्यको विषयमा त्यसलाई उखेलिदिन्छु, तोड़िदिन्छु र सर्वनाश गरिदिन्छु भनी मैले भनेको छु भने, "},{"id":8,"text":"र यदि मैले चेताउनी दिएको जातिले आफ्नो खराबीदेखि पछितो गर्यो भने, मैले सोचेको विपत्ति त्यसमाथि ल्याउनदेखि म मेरो मन बद्लनेछु। "},{"id":9,"text":"अनि यदि कुनै जाति अथवा कुनै राज्यको विषयमा म त्यसलाई बनाउनेछु र खड़ा गर्नेछु भनी कुनै समयमा मैले घोषणा गरेको छु भने, "},{"id":10,"text":"र त्यसले मेरो कुरा नसुनेर मेरो दृष्टिमा खराबी गर्यो र मेरो आज्ञापालन गरेन भनेदेखि, त्यसलाई असल गर्ने मेरो विचारमाथि फेरि म विचार गर्नेछु।"},{"id":11,"text":"“यसैकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरूलाई भन्, ‘परमप्रभु यही भन्नुहुन्छ: हेर, म तिमीहरूका विरुद्धमा सर्वनाश तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा एउटा युक्ति रचिरहेछु। यसैले तिमीहरू हरेक आ-आफ्नो दुष्ट मार्गबाट फर्क, र तिमीहरूका चाल र कामहरू सुधार’। "},{"id":12,"text":"तर तिनीहरूले त यस्तो जवाफ दिनेछन्, ‘त्यसो गर्नु व्यर्थ छ। हामी त आफ्नै युक्तिअनुसार हिँड्नेछौं, हामी हरेक आफ्नै दुष्ट हृदयको हठअनुसार चल्नेछौं’।”"},{"id":13,"text":"यसकारण परमप्रभु यसो भन्नुहुन्छ:“जाति-जातिहरूकहाँ गएर सोध, यस्तो कुरो कसले सुनेको छ? कुमारी इस्राएलले अति घृणित काम गरेकी छ। "},{"id":14,"text":"के लेबनानको हिउँ कहिले त्यसको पहराको भीरबाट हराउँछ र? के त्यसको टाढ़ा मुहानबाट बगेर आउने चिसो पानी कहिले रोकिन्छ र? "},{"id":15,"text":"तरै पनि मेरो प्रजाले त मलाई बिर्सिसकेको छ, तिनीहरू बेकामका मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई आफ्ना मार्गमा र पुराना बाटाहरूमा ठेस खान लगाएका छन्, र तिनीहरूलाई पक्की सड़कमा होइन तर गोरेटोतिर हिँड़ाएका छन्। "},{"id":16,"text":"तिनीहरूको देश उजाड़ पारिनेछ, र सदासर्वदा गिल्लाको पात्र हुनेछ। त्यसबाट हिँड्ने सबै तर्सनेछन्, र टाउको हल्लाउनेछन्। "},{"id":17,"text":"पूर्वीय बतासझैँ तिनीहरूका शत्रुहरूका सामुन्ने म तिनीहरूलाई तितरबितर पारिदिनेछु। तिनीहरूका सर्वनाशको दिनमा म तिनीहरूलाई मेरो मुख होइन, तर मेरो पीठ फर्काइदिनेछु।”"},{"id":18,"text":"तिनीहरूले भने, “आऔं, हामीहरू यर्मियाको विरुद्धमा षड्यन्त्र रचौं, किनकि न त पूजाहारीले सिकाएको व्यवस्था नष्ट हुनेछ, न बुद्धिमान् पुरुषको सल्लाह, न अगमवक्ताबाट दिइएको वचन हराउनेछ। यसैले आऔं, हामीहरू कुराद्वारा त्यसलाई आक्रमण गरौं, र त्यसको कुनै पनि कुरामा ध्यान नदिऔं।”"},{"id":19,"text":"हे परमप्रभु, मेरा कुरा ध्यानसित सुन्नुहोस्, मलाई दोष लाउनेहरूले के भनिरहेका छन् सुन्नुहोस्! "},{"id":20,"text":"के भलाइको सट्टामा खराबी गरिन्छ? तर मेरा विरोधीहरूले मेरो प्राणको लागि एउटा खाड़ल खनेका छन्। तपाईंको क्रोध तिनीहरूदेखि पर हटाउनलाई तिनीहरूका पक्षमा कुरा गर्न म तपाईंको सामुन्ने खड़ा भएँ, सो सम्झनुहोस्। "},{"id":21,"text":"यसैले तिनीहरूका छोराछोरीहरूलाई अनिकालको गाँसमा हालिदिनुहोस्, तिनीहरूलाई तरवारको धारमा सुम्पिदिनुहोस्। तिनीहरूका पत्नीहरू निर्वंश र विधवा होऊन्, तिनीहरूका मानिसहरू मृत्युमा परून्, तिनीहरूका जवानहरू लड़ाइँमा तरवारले मारिऊन्। "},{"id":22,"text":"तपाईंले तिनीहरूमाथि एक्कासि आक्रमण गर्नेहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूदेखि रुवाबासीको सोर सुनिओस्। किनकि तिनीहरूले मलाई पक्रनका लागि खाड़ल खनेका छन्, र मेरा खुट्टाका लागि पासो लुकाएर थापेका छन्। "},{"id":23,"text":"तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले गरेका सबै षड्यन्त्र तपाईंलाई जाहेरै छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तिनीहरूका पाप तपाईंको दृष्टिदेखि नहटाउनुहोस्। तपाईंको सामुन्ने तिनीहरू पराजित होऊन्, तपाईंको क्रोधको समयमा तिनीहरूसित उचित व्यवहार गर्नुहोस्।"}]},{"id":19,"title":"यर्मिया 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/19-6dbe8e788e03892096d6bd1e8370c6e4.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु यसो भन्नुहुन्छ, “गएर एक जना कुमालेबाट माटोको भाँड़ो किन्। प्रजाका केही धर्म-गुरुहरू र केही पूजाहारीहरूलाई लिएर "},{"id":2,"text":"बेनहिन्नोमको बेँसीमा भएको खपटाका ढोकाको नजिक गएर जुन कुरा म तँलाई भन्छु त्यो त्यहाँ सुना। "},{"id":3,"text":"तैंले घोषणा गर्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सुन, म यस ठाउँमा यस्तो सर्वनाश ल्याउनेछु जसले गर्दा त्यसको विषयमा सुन्नेहरू सबैका कान झनझनाउनेछन्। "},{"id":4,"text":"किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँ विदेशी देवताहरूको ठाउँ बनाएका छन्। तिनीहरू आफूले, तिनीहरूका पिता-पुर्खाहरूले र यहूदाका राजाहरूले नचिनेका अरू देवताहरूका लागि बलिदानहरू जलाएर तिनीहरूले यस ठाउँलाई निर्दोषहरूको रगतले भरेका छन्। "},{"id":5,"text":"तिनीहरूले आफ्ना छोराहरूलाई बाल देवताको लागि आगोमा होमबलि चढ़ाउनलाई बाल देवताका अल्गा-अल्गा ठाउँहरू बनाएका छन्, जुन गर्नलाई मैले न त भनेको थिएँ न सोचेको थिएँ, न मेरो मनमा कहिल्यै यस्तो कुरो पसेको थियो। "},{"id":6,"text":"यसैले होशियार रहो, यस्तो दिन आउँदैछ, परमप्रभु भन्नुहुन्छ, जब यो ठाउँ फेरि कहिल्यै मानिसहरूले तोपेत अथवा बेन-हिन्नोमको बेँसी भन्नेछैनन्, तर हत्याको बेँसी भन्नेछन्।"},{"id":7,"text":"“‘यसै ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरूलाई निष्फल तुल्याइदिनेछु। तिनीहरूलाई आफ्ना शत्रुहरूका सामुन्ने तरवारले, र तिनीहरूका ज्यान लिन खोज्नेहरूका हातद्वारा मार्न लाउनेछु, र म तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूलाई आहाराको निम्ति दिनेछु। "},{"id":8,"text":"म यस सहरलाई भताभुङ्गै गरेर गिल्लाको पात्र तुल्याउनेछु। त्यसका सबै चोटहरू देखेर त्यसको छेउबाट भएर जानेहरू सबै तर्सनेछन् र त्यसलाई गिल्ला गर्नेछन्। "},{"id":9,"text":"तिनीहरूका ज्यान लिन खोज्ने शत्रुहरूले लगाएको घेराको कष्टमा परेको बेला म तिनीहरूलाई तिनीहरूका आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु, र एउटाले अर्काको मासु पनि खानेछ’।"},{"id":10,"text":"“तब तँसँग जानेहरूले हेरेकै समयमा तैंले त्यो भाँड़ो फुटाइदिनू, "},{"id":11,"text":"र तैंले तिनीहरूलाई यसो भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: जसरी कुमालेको यो भाँड़ो कहिल्यै नजोड़िने गरी फुटेको छ, त्यसरी नै म यस जाति र यस सहरलाई फुटाएर नाश गर्नेछु। लाश गाड्ने ठाउँ नसकिउञ्जेलसम्म मानिसहरूले तोपेतमा लाश गाड्नेछन्। "},{"id":12,"text":"परमप्रभु भन्नुहुन्छ, म यस ठाउँ र यहाँ बस्नेहरूलाई त्यसै गर्नेछु। यस सहरलाई तोपेतजस्तै म तुल्याइदिनेछु। "},{"id":13,"text":"यरूशलेमका घरहरू र यहूदाका राजाका घरहरू यो ठाउँ तोपेतजस्तै बिटुला पारिनेछन्— ती सबै घरहरू, जसका कौसीहरूमा आकाशका सारा ग्रह-नक्षत्रहरूका निम्ति तिनीहरूले धूप बाले र पराई देवताहरूका निम्ति अर्घ-बलि चढ़ाए’।”"},{"id":14,"text":"तब यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई परमप्रभुले अगमवाणी कहनलाई पठाउनुभएको थियो, र परमप्रभुका मन्दिरको चोकमा खड़ा भएर सबै मानिसहरूलाई तिनले यसो भने, "},{"id":15,"text":"“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘ध्यानसित सुन। म यस सहरमा र यसका चारैतिरका गाउँहरूका विरुद्धमा मैले भनेका सबै सर्वनाश ल्याउनेछु, किनभने तिनीहरू ढीट भएर बसे, र मेरा वचन तिनीहरूले ध्यानसित सुनेनन्’।”"}]},{"id":20,"title":"यर्मिया 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/20-5df72fd053f4c9e85db3e657ffd0a240.mp3?version_id=1483","verses":[{"id":1,"text":"यर्मियाले यी कुराहरूको अगमवाणी गरिरहेका जब परमप्रभुको मन्दिरका मुख्य अधिकृत इम्मेरका छोरा पूजाहारी पशहूरले सुने, "},{"id":2,"text":"तब पशहूरले यर्मिया अगमवक्तालाई पिट्न लगाए र परमप्रभुको मन्दिरमा बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिँगुरोमा हालिदिए। "},{"id":3,"text":"भोलिपल्ट जब पशहूरले यर्मियालाई ठिँगुरोबाट निकाले तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर होइन, तर मागोर-मिस्साबीब राख्नुभएको छ। "},{"id":4,"text":"किनकि परमप्रभु यसो भन्नुहुन्छ: ‘तँलाई तेरो आफ्नै निम्ति र तेरा सबै मित्रहरूका निम्ति म एक त्रासको पात्र तुल्याउनेछु। तिनीहरू आफ्ना शत्रुहरूका तरवारले तेरै आँखाका सामुन्ने मारिनेछन्। म यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई कैद गरेर बेबिलोनमा लैजानेछ, अथवा तिनीहरूलाई तरवारले मार्नेछ। "},{"id":5,"text":"म यस सहरका सबै धन-सम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा दिनेछु— त्यसका सबै उत्पादन, त्यसका सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सारा धन-दौलत। उनीहरूले ती सबै लूट्का माल स्वरुप बेबिलोनमा लानेछन्। "},{"id":6,"text":"अनि हे पशहूर, तँ र तेरो घरमा बस्ने सबै कैदी भएर बेबिलोनमा निर्वासित हुनेछौ, तँ र तेरा सब मित्रहरू, जसलाई तैंले झूटा अगमवाणी भनेको थिइस्, सबै मर्नेछौ र त्यहीँ गाड़िनेछौ’।”"},{"id":7,"text":"हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र मैले धोका खाएँ। तपाईंले मलाई जित्नुभयो र तपाईं ममाथि विजयी हुनुभयो। दिनभरि नै म हाँसोको पात्र बनें, सबले मलाई ठट्टा गर्छन्। "},{"id":8,"text":"जब-जब म बोल्छु, तब-तब चर्को सोरले कराएर “उपद्रव र सर्वनाश भयो” भनी म घोषणा गर्छु। यसैले परमप्रभुको वचनले दिनभरि नै मलाई निन्दा र खिसी ल्याएको छ। "},{"id":9,"text":"तर “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँमा बोल्नेछैनँ” भनी यदि म भन्छु भने उहाँको वचन मेरो हृदयमा जलिरहेको र मेरा हड्डीहरूमा थुनिराखेको आगोजस्तो हुन्छ। त्यसलाई भित्र रोकिराख्दा म थकित हुन्छु, साँच्चै म त्यो थाम्नै सक्दिनँ। "},{"id":10,"text":"धेरैले कानेखुसी गरेका म सुन्दछु, “त्रास चारैतिर छ! त्यसको खबर गरौं! त्यसको विरुद्धमा खबर गरौं।” मेरा सबै मित्रहरू यसो भन्दै मेरो पतन पर्खिरहेछन्, “शायद त्यसले धोका खान्छ होला, र हामी त्यसमाथि विजयी भएर साटो फेर्न सक्छौं।”"},{"id":11,"text":"तर परमप्रभु एक शक्तिशाली योद्धाझैँ मसित हुनुहुन्छ, यसैले मलाई सताउनेहरू ठेस खाएर लोट्नेछन्। तिनीहरू ममाथि विजयी हुनेछैनन्। तिनीहरू सफल हुनेछैनन्, र तिनीहरू साह्रै लाजमा पर्नेछन्। तिनीहरूको अनादर कहिल्यै बिर्सिइनेछैन। "},{"id":12,"text":"हे सर्वशक्तिमान् परमप्रभु, जसले धर्मात्माहरूको जाँच गर्नुहुन्छ, जसले हृदय र मन खोतल्नुहुन्छ, तपाईंले तिनीहरूलाई बदला लिनुभएको म हेर्न पाऊँ, किनभने मैले मेरो मुद्दा तपाईंलाई नै सुम्पिदिएको छु।"},{"id":13,"text":"परमप्रभुलाई स्तुति चढ़ाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूको प्राणलाई दुष्टहरूका हातदेखि छुटाउनुहुन्छ।"},{"id":14,"text":"म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिएको दिन आशिषित नहोस्। "},{"id":15,"text":"त्यो मानिस श्रापित होस्, जसले मेरा बुबालाई यो समाचार दियो, “तिम्रो एउटा बालक, अर्थात् छोरो जन्म्यो,” र तिनलाई खुशी तुल्यायो। "},{"id":16,"text":"त्यो मानिस ती नगरहरूजस्तो होस्, जसलाई परमप्रभुले दयाविना सर्वनाश गर्नुभयो। त्यसले बिहान रुवाबासी, र मध्यदिनमा युद्धको ध्वनि सुन्नुपरोस्, "},{"id":17,"text":"किनभने त्यसले मलाई गर्भैमा मारेन, नत्रता मेरी आमा नै मेरो चिहान हुनेथिइन्, र तिनको गर्भ सधैँभरि विस्तृत भइरहनेथियो। "},{"id":18,"text":"दु:ख र अफसोस हेर्न र मेरो जीवनका दिन लाजमा बिताउनलाई म किन गर्भबाट निस्केछु?"}]},{"id":21,"title":"यर्मिया 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/21-8256425fcc8c6dc8d06a6f9f07056de2.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो, जब सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पूजाहारी सपन्याहलाई यर्मियाकहाँ यसो भनी पठाए। तिनीहरूले भने, "},{"id":2,"text":"“हाम्रा निम्ति अब परमप्रभुसित सोधिदिनुहोस्, किनभने बेबिलोनका राजा नबूकदनेसरले हामीलाई आक्रमण गर्दैछन्। शायद बितेको समयमा परमप्रभुले हाम्रा निम्ति आश्चर्यको काम गर्नुभएझैँ अहिले पनि गर्नुहोला, र यसरी उनी हामीबाट फिर्ता जानेछन्।” "},{"id":3,"text":"तर यर्मियाले तिनीहरूलाई भने, "},{"id":4,"text":"“तिमीहरूले सिदकियाहलाई भन, ‘परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: लड़ाइँका जुन हतियारहरू तिमीहरूका हातमा छन्, र पर्खालका बाहिर तिमीहरूलाई घेर्ने बेबिलोनीहरू र बेबिलोनको राजाको विरुद्धमा जुन हतियारले तिमीहरू लड़ाइँ गर्छौ, ती म तिमीहरूकै विरुद्धमा चलाउनेछु। ती जम्मा गरेर म यस सहरभित्र ल्याउनेछु। "},{"id":5,"text":"पसारिएको हात तथा बलियो पाखुराले क्रोध र भयानक रीसमा म आफै तिमीहरूसित लड़ाइँ गर्नेछु। "},{"id":6,"text":"यस सहरमा बस्नेहरू, मानिसहरू र पशुहरू दुवैलाई म नाश गर्नेछु, र तिनीहरू भयानक रूढ़ीले मर्नेछन्। "},{"id":7,"text":"परमप्रभु भन्नुहुन्छ, त्यसपछि यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू रूढ़ी, तरवार र अनिकालबाट बाँचेका यस सहरमा हुने मानिसहरूलाई बेबिलोनको राजा नबूकदनेसर र तिनीहरूका ज्यान लिन खोज्ने शत्रुहरूका हातमा म सुम्पिदिनेछु। त्यसले तिनीहरूलाई तरवारले मार्नेछ, त्यसले तिनीहरूलाई न त दया न कृपा देखाउनेछ, न तिनीहरूमाथि टिठ्याउनेछ’।"},{"id":8,"text":"“यस प्रजालाई चाहिँ तैंले अझै यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर, म तिमीहरूका अगि जीवनको बाटो र मृत्युको बाटो राख्दैछु। "},{"id":9,"text":"जो यस सहरमा रहन्छ, त्यो तरवार, अनिकाल वा रूढ़ीले मर्नेछ। तर जो बाहिर निस्केर तिमीहरूलाई घेर्ने बेबिलोनीहरूका हातमा आत्मसमर्पण गर्छ, त्यो बाँच्नेछ। त्यो आफ्नो प्राणसमेत उम्कनेछ। "},{"id":10,"text":"मैले यस सहरलाई नोक्सान गर्न निश्चय गरिसकेको छु, भलाइ गर्न होइन, परमप्रभु भन्नुहुन्छ। यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ, र त्यसले यसलाई आगाले भस्म गर्नेछ’।"},{"id":11,"text":"“अनि यहूदाको राजकीय घरानालाई अझै यसो भन्, ‘परमप्रभुको वचन सुन, "},{"id":12,"text":"हे दाऊदको घराना, परमप्रभु यसो भन्नुहुन्छ:\n“प्रत्येक बिहान न्याय गर, लुटिएकोलाई अत्याचार गर्नेको हातबाट छुटाओ,\nनत्रता तिमीहरूको कुकर्मको कारणले गर्दा, मेरो क्रोध आगोझैँ दन्कनेछ, कसैले निभाउन नसक्ने गरी त्यो दन्कनेछ।"},{"id":13,"text":"म तेरो विरुद्धमा छु, हे यरूशलेम, यस उपत्यकाको मास्तिर बस्नेहरू हो,\nमैदानका समस्त ठाउँमा बस्ने हो, परमप्रभु भन्नुहुन्छ, तिमीहरू जसले भन्छौ,\n‘हाम्रा विरुद्धमा को आउन सक्छ र? हाम्रो शरणस्थानभित्र को पस्नसक्छ र?’"},{"id":14,"text":"म तिमीहरूलाई तिमीहरूकै कामको फलअनुसार उचित दण्ड दिनेछु,\nपरमप्रभु भन्नुहुन्छ। म तिमीहरूका वनहरूमा आगो सल्काइदिनेछु,\nर त्यसले तिमीहरूका चारैतिर भएका सबै थोक भस्म गर्नेछ।”"}]},{"id":22,"title":"यर्मिया 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/22-fb7bc4da45e3ef6ef18871dc0502031a.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा गएर त्यहाँ यो सन्देश दे: "},{"id":2,"text":"‘दाऊदको सिंहासनमा विराजमान हुने हे यहूदाको राजा, तेरा अधिकारीहरू र यी मूल ढोकाहरूबाट भित्र पस्ने तेरा मानिसहरू हो, परमप्रभुको यो वचन सुन। "},{"id":3,"text":"परमप्रभु यसो भन्नुहुन्छ: जे उचित र ठीक छ, त्यो गर। लुटिएकोलाई अत्याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ। "},{"id":4,"text":"किनकि यदि तिमीहरूले साँच्चै यी आज्ञाहरू होशियारीसित पालन गर्यौ भने, यस महलका यी मूल ढोकाहरूबाट आएर दाऊदको सिंहासनमा बस्ने राजाहरू रथ र घोड़ाहरूमा सवार भएर तिनका अधिकारीहरू र मानिसहरूका साथ प्रवेश गर्नेछन्। "},{"id":5,"text":"तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ, म आफ्नो नाउँको शपथ खाएर भन्दछु कि यो महल नै भग्नावशेष पारिनेछ’।” "},{"id":6,"text":"किनभने यहूदाका राजाको महलको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “तँ मेरो निम्ति गिलाद र लेबनानको टाकुराजस्तै भए तापनि म तँलाई मरुभूमिजस्तै तुल्याउनेछु— निर्जन नगरझैँ। "},{"id":7,"text":"म तेरो विरुद्धमा नाश गर्नेहरूलाई पठाउनेछु, प्रत्येकलाई उसको आ-आफ्नो हतियारसहित। उनीहरूले तेरा असल देवदारुका सत्तरीहरू टुक्राटाक्री पारेर काट्नेछन्, र आगोमा फालिदिनेछन्।"},{"id":8,"text":"“धेरै जातिका मानिसहरू यस सहरबाट भएर जानेछन् र एउटाले अर्कालाई सोध्नेछन्, ‘किन परमप्रभुले यस महान् सहरमाथि यस्तो व्यवहार गर्नुभयो?’ "},{"id":9,"text":"अनि उनीहरूका निम्ति जवाफ यस्तो हुनेछ: ‘किनभने तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको करारलाई त्यागेर अरू देवताहरूका पूजा र सेवा गरेका छन्’।”"},{"id":10,"text":"मरिगएका राजाको निम्ति नरोओ, अथवा तिनको लागि विलाप नगर। बरु कैदमा लगेको मानिसको लागि धुरुधुरु रोओ, किनभने त्यो कहिल्यै फर्कनेछैन, न त त्यसले स्वदेश देख्नेछ।"},{"id":11,"text":"किनभने योशियाहका छोरा शल्लूम, जो आफ्ना बुबाको सट्टामा यहूदाका राजा भए र जो यस ठाउँदेखि गएका छन्, तिनको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “त्यो फेरि कहिल्यै यहाँ फर्केर आउनेछैन, "},{"id":12,"text":"तर जुन ठाउँमा तिनीहरूले त्यसलाई कैद गरेर लगेका छन्, त्यहाँ त्यो मर्नेछ, र त्यसले फेरि कहिल्यै यो देश देख्न पाउनेछैन।”"},{"id":13,"text":"“धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँदछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्ना देशवासीहरूलाई सित्तैमा सेवा गर्न लगाउँछ, र तिनीहरूलाई आफ्ना मेहनतको ज्याला दिँदैन। "},{"id":14,"text":"त्यसले भन्दछ, ‘म आफ्नो निम्ति माथिल्लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु’। त्यसले देवदारुका पल्ला भएका झ्यालहरू बनाउँछ, र ती सिन्दूरे रङ्गले रँगाउँछ।"},{"id":15,"text":"“के धेरैभन्दा धेरै देवदारु भएर तँ राजा हुन्छस्? के तेरो बुबासित खाने र पिउने थोक थिएनन् र? त्यसले उचित र ठीक काम गर्यो, र त्यसलाई असलै भयो। "},{"id":16,"text":"त्यसले गरीब र दरिद्रहरूको रक्षा गर्यो, र त्यसलाई असलै भयो। मलाई चिन्नुको अर्थ के यो होइन र?” परमप्रभु भन्नुहुन्छ। "},{"id":17,"text":"“तर तेरा आँखा र हृदय त बेईमान गरेर नाफा गर्नु, निर्दोषहरूको रगत बगाउनु, अत्याचार र जबरदस्ती गरी खोस्नुमा मात्र छन्।”"},{"id":18,"text":"यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “‘हाय, मेरो दाजु! हाय, मेरी बहिनी!’ भन्दै त्यसको लागि तिनीहरू रुनेछैनन्। ‘हाय, मेरा मालिक! हाय, उहाँको गौरव!’ भन्दै त्यसको निम्ति तिनीहरू रुनेछैनन्। "},{"id":19,"text":"त्यसलाई एउटा गधा गाड़ेझैँ घिसार्दै ल्याएर यरूशलेमको मूल ढोकाको बाहिर त्यो फ्याँकिनेछ।”"},{"id":20,"text":"“लेबनानमा गएर चर्को गरी करा। तेरो सोर बाशानमा सुनिओस्। अबारीमबाट चर्को गरी कराएर रो, किनकि तेरो साथ दिने सबै नष्ट भए। "},{"id":21,"text":"तँ सुरक्षित हुँदा मैले तँलाई चेताउनी दिएँ, तर तैंले भनिस्, ‘म सुन्नेछैनँ!’ युवावस्थादेखि नै तेरो चाल यस्तै भएको छ, तैंले मेरो आज्ञापालन गरेको छैनस्। "},{"id":22,"text":"तेरा सबै गोठालाहरूलाई बतासले उड़ाएर लैजानेछ, र तँलाई साथ दिनेहरू सबै निर्वासित हुनेछन्। तब तेरा सबै दुष्ट कामको कारणले गर्दा तँ लज्जित हुनेछस्, र तेरो अपमान हुनेछ। "},{"id":23,"text":"देवदारुका घरहरू बनाएर हे ‘लेबनान’ मा बस्ने मानिस हो, जब पीडा, प्रसववेदनाको पीडाजस्तै तँमाथि आइलाग्छ, तब तँ कष्टले कराउनेछस्!"},{"id":24,"text":"“जस्तो म जीवित छु,” परमप्रभु भन्नुहुन्छ, “तँ यहूदाको राजा यहोयाकीमको छोरो यहोयाकीन मेरो दाहिने हातको छाप-औँठी भए तापनि म तँलाई निकालेर फ्याँकिदिनेथिएँ। "},{"id":25,"text":"तेरो प्राण लिन खोज्नेहरूका हातमा म तँलाई सुम्पिदिनेछु, जसदेखि तँ डराउँदछस्— बेबिलोनको राजा नबूकदनेसरको हातमा र बेबिलोनीहरूकहाँ म तँलाई सुम्पिदिनेछु। "},{"id":26,"text":"म तँलाई र तँलाई जन्म दिने तेरी आमालाई तिमीहरूको जन्म नभएको देशमा फ्याँकिदिनेछु, र तिमीहरू दुवै त्यहीँ नै मर्नेछौ। "},{"id":27,"text":"तैंले इच्छा गरेको देशमा तँ कहिल्यै फर्कनेछैनस्।”"},{"id":28,"text":"के यो मानिस यहोयाकीन तुच्छ ठानिएको, फुटेको भाँड़ो हो, एउटा भाँड़ो जसको कसैले वास्ता गर्दैन? त्यो र त्यसका छोराछोरीहरू तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्? "},{"id":29,"text":"ए देश, देश! ए देश, परमप्रभुको वचन सुन्। "},{"id":30,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “यस मानिसको नाउँ निर्वंशझैँ लेखेर राख्, त्यो मानिस जो आफ्नो जीवनकालमा सफल हुनेछैन, किनभने त्यसको कुनै पनि सन्तान सफल हुनेछैन, त्यसको कुनै सन्तानले दाऊदको सिंहासनमा बस्न पाउनेछैन अथवा यहूदामा राज्य गर्न पाउनेछैन।”"}]},{"id":23,"title":"यर्मिया 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/23-4f782d1e035ecdc6e64c284ab4352151.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेड़ाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!” "},{"id":2,"text":"यसैकारण आफ्नो प्रजालाई चराउने गोठालाहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपष्ट पार्यौ र तिमीहरूले तिनीहरूलाई धपायौ, र तिनीहरूको हेरचाह गरेनौ। यसैकारण तिमीहरूको दुष्ट कामको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":3,"text":"“मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन्, र संख्यामा तिनीहरूको वृद्धि हुनेछ। "},{"id":4,"text":"म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु, जसले तिनीहरूलाई चराउनेछन्, र तिनीहरू न त डराउनेछन्, न तर्सनेछन्, न तिनीहरूमध्ये कुनै हराउनेछ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":5,"text":"परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन्। "},{"id":6,"text":"तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।”"},{"id":7,"text":"परमप्रभु भन्नुहुन्छ, “यसैले यस्ता दिन आइरहेछन्, जब मानिसहरूले कहिल्यै यस्तो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। "},{"id":8,"text":"तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। त्यसपछि तिनीहरू आफ्नै देशमा बस्नेछन्।”"},{"id":9,"text":"अगमवक्ताहरूको विषयमा चाहिँ: मेरो हृदय मभित्र टुटेको छ। मेरा सबै हड्डीहरू काम्दछन्। परमप्रभुको र उहाँका पवित्र वचनको कारणले म मतवाला मानिसजस्तै भएको छु, दाखमद्यले चूर भएको मानिसजस्तै। "},{"id":10,"text":"देश व्यभिचारीहरूले भरिएको छ, सराप पाएको कारण देश सुक्खा भएको छ, मरुभूमिमा खर्क सुकेका छन्। अगमवक्ताहरू खराब चालमा चल्छन् र आफ्नो शक्ति अन्यायपूर्वक चलाउँछन्।"},{"id":11,"text":"“अगमवक्ता र पूजाहारी दुवै ईश्वरहीन भएका छन्। मेरै मन्दिरमा पनि तिनीहरूको दुष्टता म भेट्टाउँछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":12,"text":"“यसैकारण तिनीहरूको बाटो चिप्लो हुन्छ, अन्धकारमा तिनीहरू निर्वासित गराइनेछन् र तिनीहरू त्यसैमा लोट्नेछन्। तिनीहरूले दण्ड पाउने वर्षमा तिनीहरूमाथि म सर्वनाश ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":13,"text":"“सामरियाका अगमवक्ताहरूमा मैले यो घृणित कुरा देखें। तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी कहे, र मेरो प्रजा इस्राएललाई भर्माए। "},{"id":14,"text":"यरूशलेमका अगमवक्ताहरूमा चाहिँ मैले केही अति घिनलाग्दो कुरा देखेको छु। तिनीहरू व्यभिचार गर्दछन्, र झूटो चालमा चल्छन्। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्। यसैले कोही पनि आफ्नो दुष्टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्ति सदोमझैँ, यरूशलेमका मानिसहरूचाहिँ गमोराझैँ छन्।” "},{"id":15,"text":"यसकारण ती अगमवक्ताहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउन दिनेछु, किनभने यरूशलेमका अगमवक्ताहरूबाटै देशभरि ईश्वरहीनता फैलिएको छ!”"},{"id":16,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “अगमवक्ताहरूका कुरा तिमीहरू नसुन, तिनीहरू झूटा आशाले तिमीहरूलाई भरिपूर्ण पार्छन्। तिनीहरू परमप्रभुको मुखबाट होइन, तर आफ्नै मनबाट दर्शनहरू बताउँछन्। "},{"id":17,"text":"मलाई अवहेलना गर्नेहरूलाई तिनीहरू निरन्तर भन्छन्, ‘परमप्रभु भन्नुहुन्छ, तिमीहरूलाई शान्ति हुनेछ’। र अटेरी गरी आफ्नै मनको हठीपनमा हिँड्नेहरूलाई तिनीहरू भन्छन्, ‘तिमीहरूमाथि कुनै नोक्सानी हुनेछैन’। "},{"id":18,"text":"तर तिनीहरूमध्ये को उहाँको वचन सुन्न र बुझ्न भनी परमप्रभुको सभामा बसेको छ र? कसले उहाँको वचन ध्यान दिएर सुनेको छ? "},{"id":19,"text":"हेर, क्रोधमा परमप्रभुको आँधी उठ्नेछ, दुष्टहरूका टाउकोमा भुमरीको झोक्का बजारिनेछ। "},{"id":20,"text":"आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो राम्ररी बुझ्नेछौ। "},{"id":21,"text":"यी अगमवक्ताहरूलाई मैले पठाइनँ, तापनि तिनीहरू आफ्ना सन्देश लिएर कुदेर गए। तिनीहरूसित म बोलिनँ, तापनि तिनीहरूले अगमवाणी कहे। "},{"id":22,"text":"तर तिनीहरू मेरो सभामा बसेका भए तिनीहरूले मेरा प्रजालाई मेरो वचन घोषणा गर्नेथिए, र तिनीहरूलाई आफ्ना खराब चाल र खराब कामहरूदेखि फर्काउनेथिए।”"},{"id":23,"text":"परमप्रभु भन्नुहुन्छ, “के म नजिक मात्र रहने परमेश्वर हुँ र, टाढ़ाको चाहिँ परमेश्वर होइनँ? "},{"id":24,"text":"के कोही मानिस गुप्त ठाउँहरूमा लुक्न सक्छ र म त्यसलाई देख्न सक्दिनँ?” परमप्रभु भन्नुहुन्छ। “के स्वर्ग र पृथ्वी दुवैलाई म ढाक्दिनँ र?” परमप्रभु भन्नुहुन्छ।"},{"id":25,"text":"“मैले सपना देखेको छु, ‘मैले सपना देखेको छु,’ भन्दै मेरो नाउँमा झूटा अगमवाणी कहने अगमवक्ताहरूका कुरा मैले सुनेको छु। "},{"id":26,"text":"यी झूटा अगमवक्ताहरू, जसले आफ्नै मनका भ्रमको अगमवाणी कहन्छन्, तिनीहरूको हृदयमा कहिलेसम्म यो कुरा रहला? "},{"id":27,"text":"तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पुजेका कारणले मेरो नाउँ बिर्सेझैँ, यी अगमवक्ताहरूले एक-अर्कालाई कहेका आफ्ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाउँ बिर्सन लाउने विचार गर्छन्। "},{"id":28,"text":"कुनै अगमवक्ताले सपना देखेको भए त्यसले सपना नै कहोस्। तर कसैसित मेरो वचन छ भने त्यसले विश्वाससित मेरो वचन बोलोस्। किनकि परालको गहूँसँग के सम्बन्ध?” परमप्रभु भन्नुहुन्छ। "},{"id":29,"text":"“के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्नुहुन्छ। "},{"id":30,"text":"“यसैकारण म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले मबाट आएका वचन भएजस्तै गरी एक-अर्कादेखि चोर्दछन्,” परमप्रभु भन्नुहुन्छ। "},{"id":31,"text":"“म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, र भन्छन्, ‘परमप्रभु घोषणा गर्नुहुन्छ’। "},{"id":32,"text":"साँच्चै नै झूटा सपनाहरू कहनेहरूका विरुद्धमा म छु,” परमप्रभु भन्नुहुन्छ। “मैले तिनीहरूलाई पठाइनँ न नियुक्त गरें, तापनि तिनीहरू ती सपना मेरा प्रजालाई कहेर तिनीहरूलाई असत्यद्वारा भ्रममा पार्दछन्। तिनीहरूले यी मानिसहरूलाई थोरै मात्रामा पनि लाभ पुर्याउँदैनन्,” परमप्रभु भन्नुहुन्छ।"},{"id":33,"text":"“जब यी मानिसहरूले अथवा कुनै अगमवक्ता वा कुनै पूजाहारीले ‘परमप्रभुको ईश्वरवाणी के हो?’ भनी तँलाई सोध्यो भने, तैंले तिनीहरूलाई भन्नू, ‘कुन ईश्वरवाणी? म तिमीहरूलाई त्याग्नेछु,’ परमप्रभु भन्नुहुन्छ। "},{"id":34,"text":"यदि कुनै अगमवक्ता वा पूजाहारी वा अरू कसैले ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनी दाबी गर्छ भने, म त्यसलाई र त्यसको घरानालाई दण्ड दिनेछु। "},{"id":35,"text":"‘परमप्रभुले के जवाफ दिनुभयो?’ वा ‘परमप्रभुले के भन्नुभयो?’ भनी तिमीहरू हरेकले आफ्नो छिमेकी वा आफ्नो दाजुभाइलाई सोधिबस्छौ। "},{"id":36,"text":"तर ‘परमप्रभुको ईश्वरवाणी’ भनेर तिमीहरूले फेरि कहिल्यै उल्लेख गर्नुहुँदैन, किनभने हरेक मानिसको आफ्नै वचन उसको ईश्वरवाणी हुन जान्छ। यसरी तिमीहरूले जीवित परमेश्वर, सर्वशक्तिमान् परमप्रभु, हाम्रा परमेश्वरका वचनलाई बङ्ग्याउँछौ। "},{"id":37,"text":"अगमवक्ताहरूलाई तैंले यसो भनी सोध्ने गर्, ‘परमप्रभुले तिमीहरूलाई के जवाफ दिनुभयो?’ अथवा ‘परमप्रभुले के भन्नुभएको छ?’ "},{"id":38,"text":"यद्यपि ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनेर तिमीहरू दाबी गर्छौ, परमप्रभु यसो भन्नुहुन्छ: ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भन्ने शब्दहरू तिमीहरूले प्रयोग गर्यौ, तर पनि मैले तिमीहरूलाई भनें, ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनेर दाबी नगर। "},{"id":39,"text":"यसकारण म निश्चय नै तिमीहरूलाई बिर्सनेछु र मेरो उपस्थितिबाट उठाएर तिमीहरूलाई, र मैले तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको सहरलाई फ्याँकिदिनेछु। "},{"id":40,"text":"म तिमीहरूमाथि सदासर्वदाको अनादर, सधैँ रहिरहने शर्म ल्याउनेछु, जो कहिल्यै बिर्सिइनेछैन।”"}]},{"id":24,"title":"यर्मिया 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/24-3cc6734499025e5622880e05035d2011.mp3?version_id=1483","verses":[{"id":1,"text":"बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्दिरको सामुन्ने अञ्जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो। "},{"id":2,"text":"एउटा डालोमा पहिले पाकेका अगौटे फलजस्तै खूब असल अञ्जीरहरू थिए, तर अर्को डालोमा नराम्रा अञ्जीरहरू थिए, यति नराम्रा कि ती खान पनि नहुने थिए।"},{"id":3,"text":"तब परमप्रभुले मलाई सोध्नुभयो, “ए यर्मिया, तँ के देख्तछस्?”मैले जवाफ दिएँ, “अञ्जीरहरू, राम्राहरूचाहिँ साह्रै राम्रा, र नराम्राहरू यति नराम्रा कि ती खान लायकका पनि छैनन्।”"},{"id":4,"text":"तब परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":5,"text":"“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यी राम्रा अञ्जीरहरूजस्तै मैले यस देशबाट, अर्थात् यहूदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्यति नै राम्रा सम्झन्छु। "},{"id":6,"text":"तिनीहरूका भलाइको निम्ति म मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु, र म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई बनाइराख्नेछु, म तिनीहरूलाई भत्काउनेछैनँ। म तिनीहरूलाई रोप्नेछु र तिनीहरूलाई उखेल्नेछैनँ। "},{"id":7,"text":"म नै परमप्रभु हुँ भनी चिन्ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु, किनभने तिनीहरू आफ्नो सम्पूर्ण हृदयले मकहाँ फर्कनेछन्।"},{"id":8,"text":"“‘तर,’ परमप्रभु भन्नुहुन्छ, ‘ती खानै पनि नहुने जस्ता एकदमै नराम्रा अञ्जीरहरूलाई झैँ यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमका बचेकाहरूसँग म व्यवहार गर्नेछु, चाहे तिनीहरू यही देशमा वा मिश्रमा बसुन्। "},{"id":9,"text":"पृथ्वीका सारा राज्यहरूमा जहाँ म तिनीहरूलाई खेद्नेछु, त्यहाँ म तिनीहरूलाई घृणा र गिल्ला, तथा हाँसो र सरापको पात्र तुल्याउनेछु। "},{"id":10,"text":"मैले तिनीहरूलाई र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशदेखि तिनीहरू पूरै नष्ट नहोउञ्जेल म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाइदिनेछु’।”"}]},{"id":25,"title":"यर्मिया 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/25-6486d7c4df3c05d157404d5eef131290.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा, जो बेबिलोनका राजा नबूकदनेसरका राजकालको पहिलो वर्ष थियो, यहूदाका सबै मानिसहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो। "},{"id":2,"text":"यसैले त्यही वचन यर्मिया अगमवक्ताले यहूदाका जम्मै मानिसहरू र यरूशलेममा बस्नेहरू सबैलाई भने: "},{"id":3,"text":"यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षदेखि आजको दिनसम्म— तेईस वर्षसम्म— परमप्रभुको वचन मकहाँ आएको छ, र मैले त्यो तिमीहरूलाई घरीघरी सुनाउँदैआएको छु, तर तिमीहरूले ध्यान दिएका छैनौ।"},{"id":4,"text":"परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई यसो भनी घरीघरी पठाउनुभए तापनि तिमीहरूले सुनेनौ, अथवा तिमीहरूले ध्यान दिएनौ। "},{"id":5,"text":"तिनीहरूले भने, “तिमीहरू हरेक आफ्नो खराब चाल र खराब व्यवहारदेखि फर्क, र परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई सदासर्वदाको लागि दिनुभएको देशमा बस्न पाउँछौ। "},{"id":6,"text":"पराई देवताहरूका सेवा र पूजा गर्नलाई तिनीहरूका पछि नलाग। तिमीहरूका हातले बनाएका कामबाट मलाई रीस नउठाओ। तब म तिमीहरूको केही नोक्सानी गर्नेछैनँ।”"},{"id":7,"text":"“तर तिमीहरूले मेरो कुरामा ध्यानै दिएनौ, तर तिमीहरूका आफ्नै हातको कामद्वारा मलाई रीस उठाएका छौ, र तिमीहरूले आफैमाथि नोक्सानी ल्याएका छौ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":8,"text":"यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा वचन ध्यानसित नसुनेका हुनाले, "},{"id":9,"text":"म उत्तरका सबै मानिसहरूलाई र मेरो दास, बेबिलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ, “र म उनीहरूलाई यो देश र यसका बासिन्दाहरू र चारैतिरका सबै जातिहरूका विरुद्धमा ल्याउनेछु। म तिनीहरूलाई पूर्ण रूपले नाश गर्नेछु, र म तिनीहरूलाई भय र घृणा र अनन्तको विनाशको पात्र बनाउनेछु। "},{"id":10,"text":"तिनीहरूबाट आनन्द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिँधाइ र बत्तीको उज्यालो म उठाइलानेछु। "},{"id":11,"text":"यो सारा देश निर्जन र उजाड़ हुनेछ, र यी जातिहरूले सत्तरी वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नेछन्। "},{"id":12,"text":"“तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्यसका जाति, अर्थात् बेबिलोनीहरूको देशलाई उनीहरूका दोषको कारण सदाको निम्ति उजाड़ पार्ने गरी दण्ड दिनेछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":13,"text":"“मैले त्यस देशको विरुद्धमा भनेका सबै कुरा, अर्थात् यस पुस्तकमा लेखेका र यर्मियाले सबै जातिहरूका विरुद्धमा अगमवाणी कहेका सबै कुरा म त्यस देशमाथि ल्याउनेछु। "},{"id":14,"text":"उनीहरू आफू धेरै जातिहरू र ठूला-ठूला राजाहरूद्वारा कमारा तुल्याइनेछन्। म उनीहरूका कार्य र हातका कामअनुसार उनीहरूलाई बदला दिनेछु।”"},{"id":15,"text":"परमप्रभु इस्राएलका परमेश्वरले मलाई यसो भन्नुभयो: “मेरो हातबाट क्रोधको दाखमद्यले भरिएको यो कचौरा ले, र ती जम्मै जातिहरू, जसकहाँ म तँलाई पठाउनेछु, उनीहरूलाई त्यो पिउन लगा। "},{"id":16,"text":"मैले उनीहरूका बीचमा पठाएको तरवारको कारणले गर्दा यो पिएर उनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन्।”"},{"id":17,"text":"यसैले मैले परमप्रभुको हातबाट त्यो कचौरा लिएँ, र ती जम्मै जातिहरू, जसकहाँ उहाँले मलाई पठाउनुभएको थियो उनीहरूलाई त्यो पिउन लगाएँ: "},{"id":18,"text":"अर्थात् आज देखिएझैँ तिनीहरूलाई विनाश र भय, तथा घृणा र सरापका पात्र बनाउनलाई मैले यरूशलेम र यहूदाका नगरहरूलाई र तिनका राजाहरू र अधिकारीहरूलाई त्यो पिउन लगाएँ। "},{"id":19,"text":"त्यसबाहेक मिश्रदेशका राजा फारो र त्यसका सबै कर्मचारीहरूलाई, त्यसका अधिकारीहरू र त्यसका सबै प्रजालाई, "},{"id":20,"text":"र त्यहाँ भएका सबै विदेशीहरूलाई, अनि ऊज देशका सबै राजाहरूलाई र पलिश्तीहरूका सबै राजाहरूलाई, (अश्कलोन, गाजा र एक्रोन, अनि अश्दोदका बाँचेकाहरूलाई), "},{"id":21,"text":"एदोम, मोआब र अम्मोनलाई, "},{"id":22,"text":"टुरोस र सीदोनका सबै राजाहरूलाई, समुद्र पारिका किनारका सबै राजाहरूलाई, "},{"id":23,"text":"ददान, तेमा र बूज, र टाढ़ा-टाढ़ा ठाउँहरूमा बस्ने सबैलाई, "},{"id":24,"text":"अरब देशका सबै राजाहरू र मरुभूमिमा बस्ने विदेशीहरूका सबै राजाहरूलाई, "},{"id":25,"text":"जिम्रीका, एलामका र मादीका सबै राजाहरूलाई, "},{"id":26,"text":"र उत्तर दिशाका नजिक र टाढ़ा बस्ने सबै राजाहरू एकपछि अर्कालाई— पृथ्वीमा हुने सबै राज्यहरूलाई त्यो पिउन लगाएँ। उनीहरू सबैपछि बेबिलोनका राजाले पनि त्यो पिउनेछ।"},{"id":27,"text":"“तब तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: पिओ, मात र बान्ता गर, र फेरि कहिल्यै नउठ्ने गरी लोट। मैले तिमीहरूका बीचमा पठाउने तरवारको कारणले यो हुनेछ’। "},{"id":28,"text":"तर यदि उनीहरूले तेरो हातबाट त्यो कचौरा पिउनलाई इन्कार गरे भने, तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले त्यो पिउनैपर्छ। "},{"id":29,"text":"हेर, जुन सहर मेरो नाउँमा कहलिएको छ त्यसमाथि म विपत्ति ल्याउन लागेको छु, र के तिमीहरूचाहिँ दण्ड नपाई बाँच्नेछौ र? तिमीहरू दण्ड नपाई छोडिनेछैनौ, किनभने म पृथ्वीका सबै बासिन्दाहरूका विरुद्धमा एउटा तरवार खटाउनेछु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ’।"},{"id":30,"text":"“अब तैंले चाहिँ उनीहरूका विरुद्धमा यी सबै कुराको अगमवाणी कहेर उनीहरूलाई भन्, ‘परमप्रभु माथिबाट गर्जनुहुनेछ, आफ्नो पवित्र वासस्थानबाट उहाँ गर्जनुहुनेछ, र आफ्नो देशको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ! पृथ्वीमा बस्नेहरू सबैका विरुद्धमा, दाखमद्य कुल्चनेहरूजस्तै उहाँ चिच्च्याउनुहुनेछ। "},{"id":31,"text":"हल्लाको प्रतिध्वनि पृथ्वीको पल्लो कुनासम्मै सुनिनेछ, किनभने पृथ्वीका जातिहरूका विरुद्धमा परमप्रभुले अभियोग लगाउनुहुनेछ, र उहाँले सबै मानिसहरूको न्याय गर्नुहुनेछ र दुष्टहरूलाई चाहिँ उहाँले तरवारले काट्नुहुनेछ’,” परमप्रभु भन्नुहुन्छ।"},{"id":32,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्मै फैलिँदैजान्छ, पृथ्वीका कुना-कुनाबाट एउटा भयानक तूफान चल्दैछ।”"},{"id":33,"text":"त्यस दिन परमप्रभुले मार्नुभएकाहरू सबै ठाउँमा— पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्। उनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, अथवा ती लाशहरूलाई कसैले जम्मा गर्नेछैन, न त गाड्नेछ। तिनीहरू जमिनमा मलजस्तै हुनेछन्।"},{"id":34,"text":"विलाप गर, हे गोठाला हो, र रोओ। तिमी बथानका अगुवाहरू, धूलोमा लड़ीबड़ी गर। किनकि तिमीहरू काटेर मारिने समय आएको छ। तिमीहरू लोट्नेछौ, र भाँड़ाहरूजस्तै चूरचूर पारिनेछौ। "},{"id":35,"text":"गोठालाहरूका निम्ति भाग्न कतै ठाउँ हुनेछैन, बगालका अगुवाहरूका निम्ति उम्कने ठाउँ हुनेछैन। "},{"id":36,"text":"गोठालाहरूको रुवाइ सुन, बगालका अगुवाहरूको विलाप, किनकि परमप्रभुले तिनीहरूका खर्क नष्ट पार्दैहुनुहुन्छ। "},{"id":37,"text":"परमप्रभुको भीषण क्रोधले गर्दा शान्तिमय खर्कहरू उजाड़ पारिनेछन्। "},{"id":38,"text":"सिंहलेझैँ उहाँले आफ्नो ठाउँ छोड्नुहुनेछ, र अत्याचारीको तरवार र परमप्रभुका क्रोधको कारण तिनीहरूको देश उजाड़ हुनेछ।"}]},{"id":26,"title":"यर्मिया 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/26-9d08954106b671f138a3180bdaac8c2b.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको सुरुमा यो वचन परमप्रभुबाट आयो: "},{"id":2,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: परमप्रभुका घरको चोकमा खड़ा हो, र परमप्रभुको घरमा आराधना गर्न आउने यहूदाका नगरहरूका समस्त मानिसहरूलाई मैले तँलाई भन्नू भनी आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्, एउटै कुरा पनि नछोड्। "},{"id":3,"text":"शायद त्यो सुनेर तिनीहरू हरेक आ-आफ्नो दुष्ट चालदेखि फर्कलान्। तब तिनीहरूका दुष्टताको कारण तिनीहरूमाथि सर्वनाश ल्याउने मेरो मन म छोड्नेछु। "},{"id":4,"text":"तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: यदि तिमीहरूले मेरा कुरा ध्यानसित सुनेनौ र मैले तिमीहरूका सामुन्ने राखिदिएको मेरो व्यवस्था तिमीहरूले पालन गरेनौ, "},{"id":5,"text":"र मैले तिमीहरूकहाँ बारम्बार पठाएका मेरा दास, अगमवक्ताहरूका कुरा ध्यानसित सुनेनौ भने (यद्यपि तिमीहरूले ध्यानसित सुनेका छैनौ), "},{"id":6,"text":"तब म यस घरलाई शीलोजस्तै बनाइदिनेछु, र यस सहरलाई चाहिँ पृथ्वीका सारा जातिहरूका बीचमा एउटा श्रापको पात्र तुल्याइदिनेछु’।” "},{"id":7,"text":"पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले परमप्रभुको घरमा यर्मियाले भनेका यी कुरा सुने। "},{"id":8,"text":"परमप्रभुले गर्नुभएका सबै आज्ञा यर्मियाले सबै मानिसहरूलाई भनिसक्ने बित्तिकै पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तिमी मर्नैपर्छ। "},{"id":9,"text":"यो घर शीलोजस्तै हुनेछ, र यो सहरचाहिँ उजाड़ र निर्जन हुनेछ भनी किन तिमी परमप्रभुको नाउँमा अगमवाणी गर्दछौ?” अनि सबै मानिसहरू परमप्रभुको घरमा यर्मियाका चारैपट्टि भीड़ लागे।"},{"id":10,"text":"जब यहूदाका अधिकारीहरूले यी कुरा सुने, तब तिनीहरू राजाको महलदेखि परमप्रभुको घरमा आए, र परमप्रभुका घरको नयाँ मूल ढोकानेर स्थान लिए। "},{"id":11,"text":"तब पूजाहारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई यसो भने, “यस मानिसलाई प्राणदण्ड दिनैपर्छ, किनभने यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले आफ्नै कानले सुन्नुभएको छ!”"},{"id":12,"text":"तब यर्मियाले सबै अधिकारीहरू र सारा मानिसहरूलाई भने, “यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुन्नुभएका जम्मै कुराहरूको अगमवाणी कहनलाई परमप्रभुले मलाई पठाउनुभएकै हो। "},{"id":13,"text":"अब तपाईंहरू आ-आफ्ना चाल र काम सुधार्नुहोस्, र परमप्रभु आफ्ना परमेश्वरको आज्ञापालन गर्नुहोस्। तब तपाईंहरूका विरुद्धमा उहाँले भन्नुभएको सर्वनाशबाट परमप्रभुले मन बद्लनुहुनेछ। "},{"id":14,"text":"मचाहिँ त तपाईंहरूका हातमा छु। तपाईंहरूलाई जे असल र ठीक लाग्छ त्यही मसित गर्नुहोस्। "},{"id":15,"text":"केवल योचाहिँ थाहा होस्, कि तपाईंहरूले मेरो हत्या गर्नुभयो भनेदेखि तपाईंहरूले आफूमाथि, यस सहरमाथि र यसमा बस्नेहरूमाथि एक निर्दोष मानिसको रगत बगाएको दोष ल्याउनुहुनेछ, किनकि साँच्चै तपाईंहरूलाई यी सबै कुरा सुनाउनलाई परमप्रभुले नै मलाई पठाउनुभएको हो।”"},{"id":16,"text":"तब अधिकारीहरू र ती सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यी मानिस प्राणदण्डको योग्य छैनन्। यिनले हामीलाई परमप्रभु हाम्रा परमेश्वरको नाउँमा यी कुरा भनेका हुन्।”"},{"id":17,"text":"त्यस देशका केही धर्म-गुरुहरूले अगि आएर त्यहाँ जम्मा भएका सबै मानिसहरूलाई भने, "},{"id":18,"text":"“यहूदाका राजा हिजकियाका समयमा मोरेशेतका मीकाले अगमवाणी गरे। यहूदाका सबै मानिसहरूलाई तिनले यसो भने, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको ढेर बन्नेछ, मन्दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्कोझैँ हुनेछ’। "},{"id":19,"text":"“के यहूदाका राजा हिजकिया वा यहूदाका अरू कसैले तिनलाई मारे र? अनि के परमप्रभुदेखि डराएर हिजकियाले उहाँको निगाहा खोजेनन् र? के तिनीहरूमाथि ल्याउने विपत्तिदेखि परमप्रभुले आफ्नो मन बद्लनुभएन र? हामीले त आफूमाथि ठूलो सर्वनाश ल्याउन लागेका छौं।”"},{"id":20,"text":"(अर्का एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाउँमा अगमवाणी कहे। तिनी किर्यत-यारीममा बस्ने शमायाहका छोरा उरियाह थिए। तिनले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले भनेजस्तै अगमवाणी कहे। "},{"id":21,"text":"जब राजा यहोयाकीम र तिनका सबै अधिकृतहरू र अधिकारीहरूले उरियाहका यी वचन सुने, तब राजाले तिनलाई मार्न खोजे। तर यो कुरा सुनेर उरियाह डराए, र भागेर मिश्रदेशमा गए। "},{"id":22,"text":"तापनि यहोयाकीमले मिश्रदेशमा अक्बोरको छोरो एल्नातान र त्यसका साथमा केही मानिसहरूलाई पठाए। "},{"id":23,"text":"तिनीहरूले उरियाहलाई मिश्रदेशबाट ल्याए, र राजा यहोयाकीमको सामुन्ने हाजिर गराए। राजाले तिनलाई मार्न तरवार प्रहार गर्न लाए, र तिनको लाश साधारण मानिसहरू गाड्ने ठाउँमा फ्याँकिदिन लगाए।)"},{"id":24,"text":"शापानका छोरा अहीकामले अझै यर्मियाको पक्षमा बोले, यसैले यर्मिया मारिनलाई मानिसहरूका हातमा सुम्पिएनन्।"}]},{"id":27,"title":"यर्मिया 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/27-23520f8fe320f02809493e8fec9f09db.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको सुरुमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो: "},{"id":2,"text":"परमप्रभुले मलाई यो कुरा भन्नुभयो: “छालाका डोरीहरू र काठका बारले एउटा जुवा बना, र तेरो काँधमा राख्। "},{"id":3,"text":"र यहूदाको राजा सिदकियाहकहाँ यरूशलेममा आएका दूतहरूका हातमा एदोम, मोआब, टुरोस र सीदोनका राजाहरूकहाँ समाचार पठा। "},{"id":4,"text":"उनीहरूका मालिकहरूका निम्ति यो सन्देश दिएर भन्: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्नो मालिकलाई यसो भन्नू: "},{"id":5,"text":"यो पृथ्वी, यस पृथ्वीमा बस्ने मानिसहरू र पशुहरूलाई मैले नै आफ्नो महाशक्ति र बाहुबलले बनाएको छु, र जसलाई इच्छा गर्छु त्यसलाई म त्यो दिन्छु। "},{"id":6,"text":"अब तिमीहरूका सारा देशहरू मेरो दास, बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु। वनका जन्तुहरूलाई पनि त्यसको अधीनमा बस्ने म तुल्याउनेछु। "},{"id":7,"text":"त्यसको आफ्नै देशको समय नआउञ्जेल सबै जातिहरूले त्यसको, त्यसका छोराको र त्यसका नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै जातिहरू र ठूला-ठूला राजाहरूले त्यसलाई आफ्नो वशमा पार्नेछन्।"},{"id":8,"text":"“तर यदि कुनै जाति अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्न र बेबिलोनका राजाको जुवामुनि आफ्नो घिच्रो राख्न मानेन भने, म त्यस जातिलाई तरवार, अनिकाल र रूढ़ीले दण्ड दिनेछु, जबसम्म म उनीहरूलाई त्यसको हातद्वारा नष्ट गर्दिनँ, परमप्रभु भन्नुहुन्छ। "},{"id":9,"text":"यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन। "},{"id":10,"text":"उनीहरूले तिमीहरूलाई कहेका अगमवाणी त झूटा हुन्, जसले गर्दा तिमीहरू आफ्ना देशहरूदेखि टाढ़ा हटाइनेछौ। म तिमीहरूलाई धपाउनेछु र तिमीहरू नष्ट हुनेछौ। "},{"id":11,"text":"तर जुन जातिले आफ्नो घिच्रो बेबिलोनका राजाको जुवामुनि राख्छ र त्यसको सेवा गर्छ, त्यस जातिलाई म त्यसको आफ्नै देशमा खनजोत गर्न र रहन दिनेछु, परमप्रभु भन्नुहुन्छ।”"},{"id":12,"text":"यहूदाका राजा सिदकियाहलाई मैले त्यही सन्देश दिएँ। मैले भनें, “बेबिलोनका राजाको जुवा आफ्नो काँधमा लेऊ, र उनी र उनका प्रजाको सेवा गर र तिमी बाँच्नेछौ। "},{"id":13,"text":"बेबिलोनका राजाको सेवा नगर्ने जातिको विषयमा परमप्रभुले चेताउनी दिनुभएझैँ तरवार, अनिकाल र रूढ़ीले तिमी र तिम्रो प्रजा किन मर्छौ? "},{"id":14,"text":"‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्ने अगमवक्ताहरूका कुरा नसुन, किनकि उनीहरूले त तिमीहरूलाई झूटा अगमवाणी कहँदैछन्। "},{"id":15,"text":"परमप्रभु भन्नुहुन्छ, ‘मैले त उनीहरूलाई पठाएको होइनँ, तर मेरो नाउँमा उनीहरू झूटो अगमवाणी कहिरहेका छन्। यसकारण म तिमीहरूलाई निर्वासित गर्नेछु, र तिमीहरू नष्ट हुनेछौ— तिमीहरू र तिमीहरूलाई अगमवाणी कहने तिमीहरूका अगमवक्ताहरू’।”"},{"id":16,"text":"तब पूजाहारीहरू र यी सबै मानिसहरूलाई मैले यसो भनें, “परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना अगमवक्ताहरूका कुरा नसुन, जसले भन्छन्, ‘परमप्रभुको भवनका भाँड़ाकुँड़ाहरू अब चाँड़ै बेबिलोनबाट ल्याइनेछन्।’ उनीहरूले तिमीहरूलाई झूटा अगमवाणी भन्दैछन्। "},{"id":17,"text":"उनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू बाँच्नेछौ। यो सहर किन भग्नावशेष हुने? "},{"id":18,"text":"यदि उनीहरू अगमवक्ता हुन् र परमप्रभुको वचन उनीहरूसित छ भने, परमप्रभुको भवनमा रहेका, यहूदाका राजाको महलमा रहेका र यरूशलेममा रहेका मालसामानहरू बेबिलोनमा नलगिऊन् भनी सर्वशक्तिमान् परमप्रभुसित उनीहरूले बिन्ती गरून्। "},{"id":19,"text":"किनभने स्तम्भहरू, विशाल खड्कुँलो, गुड्ने आधारहरू, र यस सहरमा छोड़िएका अरू मालसामानहरू पनि, "},{"id":20,"text":"जुन बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदा र यरूशलेमका जम्मै भारदारहरूलाई यरूशलेमदेखि निर्वासित गरेर लाँदा लगेका थिएनन्— "},{"id":21,"text":"ती मालसामानहरू, जुन परमप्रभुको भवन, यहूदाका राजाको महल र यरूशलेममा छोड़िएका छन्, तिनको विषयमा सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: "},{"id":22,"text":"‘ती बेबिलोनमा पुर्याइन्छन्, र जबसम्म म तिनीहरूका निम्ति आउँदिनँ, तबसम्म ती त्यहीँ नै रहिरहनेछन्’ परमप्रभु भन्नुहुन्छ। ‘तब म तिनीहरूलाई फेरि फर्काएर ल्याउनेछु, र यस ठाउँमा फेरि राख्नेछु’।”"}]},{"id":28,"title":"यर्मिया 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/28-a238c486e4649aa154a5f1ade8e470f5.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यही वर्ष, यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षको पाँचौँ महिनामा अज्जूरका छोरा, गिबोनमा बस्ने हनन्याह अगमवक्ताले परमप्रभुको भवनमा पूजाहारीहरू र सारा मानिसहरूका सामुन्ने मलाई भने: "},{"id":2,"text":"“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु। "},{"id":3,"text":"बेबिलोनको राजा नबूकदनेसरले परमप्रभुको भवनका जति मालसामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो, ती सबै दुई वर्ष भित्रैमा म फेरि यस ठाउँमा फर्काइल्याउनेछु। "},{"id":4,"text":"अनि यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाबाट लगिएका सबै निर्वासित भएकाहरूलाई म फेरि यस ठाउँमा फर्काएर ल्याउनेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु’।”"},{"id":5,"text":"तब परमप्रभुको भवनमा उभिरहेका पूजाहारीहरू र सबै मानिसहरूका सामुन्ने यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई जवाफ दिए। "},{"id":6,"text":"तिनले भने, “आमेन, परमप्रभुले त्यसै नै गरून्! तिमीले अगमवाणी कहेका कुरा परमप्रभुले पूरा गरिदेऊन्। परमप्रभुको भवनका मालसामानहरू र सबै निर्वासित भएका मानिसहरूलाई उहाँले बेबिलोनबाट यस ठाउँमा फर्काइल्याऊन्। "},{"id":7,"text":"तापनि तिमी र यी सबै मानिसहरूले सुन्ने गरी मैले भनेको यो वचन तिमी सुन: "},{"id":8,"text":"म र तिम्रा अघि आएका अगमवक्ताहरूले त धेरै देशहरू र ठूला-ठूला राज्यहरूका विरुद्धमा लड़ाइँ, अनिकाल र रूढ़ीका विषयमा अगमवाणी भनेका छन्। "},{"id":9,"text":"तर जुन अगमवक्ताले शान्तिको अगमवाणी कहन्छन्, यदि त्यो पूरा भयो भने मात्र यथार्थमा ती नै अगमवक्तालाई परमप्रभुले पठाउनुभएको रहेछ भनी चिनिनेछ।”"},{"id":10,"text":"तब हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट त्यो जुवा निकालेर भाँचिदिए। "},{"id":11,"text":"अनि हनन्याहले सबै मानिसहरूका सामुन्ने यसो भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यसरी नै यी दुई वर्ष भित्रमा म सबै जातिका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु’।” तब यर्मिया अगमवक्ताचाहिँ आफ्नो बाटो लागे।"},{"id":12,"text":"हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा भाँचेका केही समयपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":13,"text":"“गएर हनन्याहलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले त काठको जुवा भाँचेको छस्, तर म त्यसको सट्टामा फलामको जुवा ल्याउनेछु। "},{"id":14,"text":"सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्नलाई म यी सबै जातिहरूका काँधमा फलामको जुवा लगाइदिनेछु, र उनीहरूले त्यसको सेवा गर्नेछन्। वनका पशुहरूलाई पनि म त्यसको अधीनमा राख्नेछु’।”"},{"id":15,"text":"अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमेश्वरले तिमीलाई पठाउनुभएको होइन। तापनि तिमीले यी मानिसहरूलाई झूटा कुरामा विश्वास गर्न लगाएका छौ। "},{"id":16,"text":"यसकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘मैले तँलाई यस पृथ्वीबाट हटाउन लागेको छु। यही वर्ष तँ मर्नेछस्, किनभने तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुरा प्रचार गरेको छस्’।”"},{"id":17,"text":"त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे।"}]},{"id":29,"title":"यर्मिया 29","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/29-e200ae55f4e55d2d815fd81823f36c99.mp3?version_id=1483","verses":[{"id":1,"text":"बचेका धर्म-गुरुहरू, अनि पूजाहारी, अगमवक्ता र सबै मानिसहरू, जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको पत्रका कुरा यी नै हुन्। "},{"id":2,"text":"(राजा यहोयाकीन, राजमाता, महलका अधिकृतहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारीगर र निपुण कलाकारहरू यरूशलेमबाट निर्वासित भएपछि यो पत्र लेखिएको हो।) "},{"id":3,"text":"तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहलाई जिम्मा दिए, जसलाई यहूदाका राजा सिदकियाहले राजा नबूकदनेसरकहाँ बेबिलोनमा पठाएका थिए। पत्र यस्तो थियो:"},{"id":4,"text":"यरूशलेमबाट बेबिलोनमा आफूले निर्वासन गरी लगेका सबैलाई सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: "},{"id":5,"text":"“त्यहाँ तिमीहरू घर बनाएर बस, बारीहरू लगाओ र तिनका उब्जनीहरू खाओ। "},{"id":6,"text":"विवाहबारी गरेर छोराछोरीहरू जन्माओ, छोराहरूका निम्ति बुहारीहरू ल्याओ, र छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूले छोराछोरीहरू जन्माऊन्। त्यहाँ आफ्नो संख्या बढ़ाओ, घटेर नजाओ। "},{"id":7,"text":"मैले तिमीहरूलाई निर्वासित गरेको सहरको भलो चिताओ, र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने त्यसको उन्नति भएकोमा नै तिमीहरूको उन्नति हुनेछ।” "},{"id":8,"text":"हो, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका बीचमा हुने तिमीहरूका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूको इच्छाअनुसार तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यान नदेओ। "},{"id":9,"text":"तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी कहन्छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” परमप्रभु भन्नुहुन्छ’।"},{"id":10,"text":"परमप्रभु यसो भन्नुहुन्छ, “बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु। "},{"id":11,"text":"किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। "},{"id":12,"text":"तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। "},{"id":13,"text":"जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। "},{"id":14,"text":"तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्नुहुन्छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्मा गर्नेछु,” परमप्रभु भन्नुहुन्छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्याउनेछु।”"},{"id":15,"text":"शायद तिमीहरू भन्नेछौ, “परमप्रभुले त हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खड़ा गर्नुभएको छ।” "},{"id":16,"text":"तर दाऊदको सिंहासनमा बस्ने राजा र यस सहरमा बस्ने सबै मानिसहरू, तिमीहरूका आफन्तहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु यो भन्नुहुन्छ— "},{"id":17,"text":"हो, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाउनेछु, र म तिनीहरूलाई कुहेका अञ्जीरहरूझैँ तुल्याउनेछु, जो यति साह्रो कुहेका हुन्छन् कि ती खान पनि सकिँदैनन्। "},{"id":18,"text":"तिनीहरूलाई म तरवार, अनिकाल र रूढ़ीले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूमा घृणाको पात्र तुल्याउनेछु। मैले तिनीहरूलाई धपाएका सारा जातिहरूका बीचमा म तिनीहरूलाई सराप, त्रास, गिल्ला र निन्दाका पात्र बनाउनेछु। "},{"id":19,"text":"किनकि तिनीहरूले मेरा कुरा ध्यानसित सुनेनन्,” परमप्रभु भन्नुहुन्छ। “जुन वचन मैले मेरा दास अगमवक्ताहरूद्वारा घरीघरी पठाएको थिएँ। र तिमी निर्वासितहरूले पनि ध्यानसित सुनेनौ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":20,"text":"यसकारण हे सबै निर्वासनमा लगिएकाहरू, जसलाई मैले यरूशलेमदेखि बेबिलोनमा पठाएँ, परमप्रभुको वचन सुन। "},{"id":21,"text":"कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाह, जसले मेरो नाउँमा झूटा अगमवाणी कहँदैछन्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु, र त्यसले तिमीहरूकै नजरको सामुन्ने तिनीहरूलाई मार्नेछ। "},{"id":22,"text":"तिनीहरूकै कारणले यहूदाबाट बेबिलोनमा निर्वासन भएकाहरूले यो सराप प्रयोग गर्नेछन्: ‘परमप्रभुले तँलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनको राजाले आगोमा डढ़ाएका थिए’। "},{"id":23,"text":"किनकि तिनीहरूले इस्राएलमा अति घृणित काम गरेका छन्। तिनीहरूले आफ्नै छिमेकीकी पत्नीसित व्यभिचार गरेका छन्, र मैले तिनीहरूलाई बोल्नू भनी नभनेका झूटा कुरा तिनीहरूले बोलेका छन्। यो कुरा म जान्दछु, र म यो कुराको साक्षी छु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":24,"text":"नेहेलामवासी शमायाहलाई यसो भन, "},{"id":25,"text":"“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तैंले आफ्नै नाउँमा यरूशलेमका सबै मानिसहरूलाई र मासेयाह पूजाहारीको छोरो सपन्याहलाई र अरू सबै पूजाहारीहरूलाई चिट्ठी लेखिस्। तैंले सपन्याहलाई यसो भनिस्, "},{"id":26,"text":"‘परमप्रभुले तिमीलाई यहोयादा पूजाहारीको सट्टामा परमप्रभुका घरको जिम्मा लिनलाई पूजाहारी नियुक्त गर्नुभएको हो। तिमीले त्यहाँ अगमवाणी गर्ने कुनै पनि बौलाहालाई ठिँगुरोमा हाल्नू र घिच्रोमा फलाम झुण्ड्याएर राख्नू। "},{"id":27,"text":"यसर्थ तिमीहरूका बीचमा अगमवक्ता हुने अनातोतको यर्मियालाई तिमीले किन हप्काएनौ? "},{"id":28,"text":"बेबिलोनमा हामीलाई त्यसले यस्तो समाचार पठाएको छ, ‘तिमीहरूको निर्वासन धेरै समय रहनेछ। यसकारण घरहरू बनाएर बस, बारीहरू लगाओ र तिनका उब्जनी खाओ’।”"},{"id":29,"text":"तापनि सपन्याह पूजाहारीले यो पत्र पढ़ेर यर्मियालाई सुनाए। "},{"id":30,"text":"तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":31,"text":"“निर्वासन भएकाहरू सबैलाई यो समाचार पठा: ‘नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: मैले त्यसलाई नपठाईकन पनि शमायाहले अगमवाणी कहेर तिमीहरूलाई झूटा कुरामाथि विश्वास गर्न लगाएको कारणले, "},{"id":32,"text":"म नेहेलामवासी शमायाह र त्यसका वंशलाई दण्ड दिनेछु। त्यसको कुनै पनि वंश यस प्रजामा जीवित रहनेछैन, र मेरो प्रजालाई जो भलाइ म गर्नेछु त्यो त्यसले हेर्नेछैन, किनभने त्यसले मेरो विरुद्धमा विद्रोही कुरा गरेको छ, परमप्रभु भन्नुहुन्छ’।”"}]},{"id":30,"title":"यर्मिया 30","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/30-21ff944f6acfc0291cea03604971793e.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो: "},{"id":2,"text":"“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुरा एउटा पुस्तकमा लेख्। "},{"id":3,"text":"यस्तो दिन आउँदैछ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई निर्वासनबाट फर्काएर ल्याउनेछु, र देश अधिकार गर्न मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको त्यस देश म फेरि तिनीहरूलाई दिनेछु,’ परमप्रभु भन्नुहुन्छ।”"},{"id":4,"text":"इस्राएल र यहूदाको विषयमा परमप्रभुले भन्नुभएका कुरा यी नै हुन्: "},{"id":5,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: ‘डरको आवाज र त्रासको आवाज सुनिँदैछ। शान्तिको होइन। "},{"id":6,"text":"सोध र हेर: के पुरुषले छोराछोरी जन्माउन सक्छ र? किन त हरेक बलियो मानिस प्रसववेदनामा परेझैँ आफ्नो हातले पेट समातेको म देख्तछु? किन हरेकको अनुहार मरेको जस्तै पहेँलो भएको छ? "},{"id":7,"text":"हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्ति यो दु:खको दिन हुनेछ, तर ऊ त्यसबाट बचाइनेछ।"},{"id":8,"text":"“सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन म त्यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु, र म तिनीहरूको बन्धन फुकाइदिनेछु। विदेशीहरूले कहिल्यै तिनीहरूलाई दास बनाउनेछैनन्। "},{"id":9,"text":"त्यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्ना परमेश्वर र मैले तिनीहरूका निम्ति खड़ा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन्।’"},{"id":10,"text":"“परमप्रभु भन्नुहुन्छ, ‘यसैले हे मेरो दास याकूब, नडरा। हे इस्राएल, हताश नखा। म तँलाई टाढ़ा देशबाट र तेरा सन्तानलाई निर्वासन भएको देशबाट बचाएर ल्याउनेछु। याकूबलाई फेरि शान्ति र सुरक्षा हुनेछ। कसैले त्यसलाई डर देखाउन सक्नेछैन’। "},{"id":11,"text":"परमप्रभु भन्नुहुन्छ, ‘म तेरो उद्धार गर्नेछु, तेरो साथमा रहनेछु। जुन जातिहरूकहाँ तँलाई मैले तितरबितर पारेको थिएँ, ती सबलाई म बिलकुलै खतम पार्नेछु। तापनि म तँलाई त बिलकुलै खतम पार्नेछैनँ। म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु। तँलाई दण्ड नदिई म पूरै छोड्नेछैनँ’।"},{"id":12,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: ‘तेरो घाउ निको नहुने, र तेरो चोट निको पार्न नसकिने छ। "},{"id":13,"text":"तेरो पक्षमा बिन्ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्ति चङ्गाइ छैन। "},{"id":14,"text":"तेरा सबै सहयोगीहरूले तँलाई बिर्सिसके। तिनीहरू तेरो केही वास्ता गर्दैनन्। तेरो ठूलो अपराध र तेरा धेरै पापहरूले गर्दा शत्रुले झैँ मैले तँलाई हिर्काएँ, र निष्ठुरले झैँ तँलाई दण्ड दिएँ। "},{"id":15,"text":"तेरो चोटको कारण, तेरो निको नहुने दुखाइको कारण तँ किन रुन्छस्? तेरो ठूलो दोष र धेरै पापहरूको कारणले यी सबै मैले तँलाई गरेको हो।"},{"id":16,"text":"“‘तर तँलाई निल्नेहरू सबै निलिनेछन्। तेरा सबै शत्रुहरू निर्वासनमा लगिनेछन्। तँलाई लुट्नेहरू लुटिनेछन्। तँलाई बिगार्नेहरूलाई म बिगार्नेछु। "},{"id":17,"text":"तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने तँलाई त्यागिएकी, कसैले वास्ता नगर्ने सियोन भनिन्छ’।"},{"id":18,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: ‘म याकूबका पालको सुख-शान्ति फेरि फिर्ता दिनेछु, र त्यसका बस्ने ठाउँहरूलाई टिठ्याउनेछु। त्यसकै भग्नावशेषमा त्यो सहर फेरि बनाइनेछ, र महल अघिको आफ्नै स्थानमा खड़ा हुनेछ। "},{"id":19,"text":"तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको सोर सुनिनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु, र तिनीहरू घट्नेछैनन्। म तिनीहरूमा सम्मान ल्याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन। "},{"id":20,"text":"तिनीहरूका छोराछोरीहरू अघिका जस्तै हुनेछन्, र मेरो सामुन्ने तिनीहरूको समूह स्थापित हुनेछ। तिनीहरूमाथि अत्याचार गर्नेहरूलाई म दण्ड दिनेछु। "},{"id":21,"text":"तिनीहरूको अगुवा तिनीहरूमध्येकै एक जना हुनेछ। तिनीहरूको शासक तिनीहरूकै बीचबाट निस्कनेछ। म त्यसलाई मेरो नजिक ल्याउनेछु, र त्यो मेरो नजिक आउनेछ। किनकि मेरो नजिक आउनलाई कसले आफै भक्ति गर्नेछ?’ परमप्रभु भन्नुहुन्छ। "},{"id":22,"text":"‘यसरी तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु’।”"},{"id":23,"text":"हेर, क्रोधमा परमप्रभुको आँधी उठ्नेछ, दुष्टहरूको टाउकोमा भुमरीको झोक्का बजारिनेछ। "},{"id":24,"text":"आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको भयङ्कर रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो बुझ्नेछौ।"}]},{"id":31,"title":"यर्मिया 31","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/31-4aa1e169bba24026df8996c0ca45c28e.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु भन्नुहुन्छ: “त्यस बेला म इस्राएलका सबै वंशका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।”"},{"id":2,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले उजाड़-भूमिमा निगाह प्राप्त गर्नेछन्। म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।”"},{"id":3,"text":"परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु। "},{"id":4,"text":"म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्। तँ फेरि आफ्ना खैँजड़ी लिएर आनन्द मनाउनेहरूका साथ नाचमा तँ निस्कनेछस्। "},{"id":5,"text":"सामरियाका डाँड़ाहरूमा तैंले फेरि दाखका बोटहरू लगाउनेछस्। किसानहरूले ती रोप्नेछन्, र तिनका फल खानेछन्। "},{"id":6,"text":"यस्तो दिन आउनेछ, जब एफ्राइमको पहाड़ी देशमा पहरादारहरू यसरी कराउनेछन्, ‘आओ, हामी सियोनमा परमप्रभु हाम्रा परमेश्वरकहाँ जाऔं’।”"},{"id":7,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “खुशीले याकूबको निम्ति गाओ। जातिमध्येका अग्रगण्यको निम्ति उच्च सोर निकाल। तिमीहरूको प्रशंसा सुनिओस्, र यसो भन, ‘हे परमप्रभु, आफ्नो प्रजा, इस्राएलका बाँचेकाहरूको उद्धार गर्नुहोस्।’ "},{"id":8,"text":"हेर, म तिनीहरूलाई उत्तर देशदेखि ल्याउनेछु, र पृथ्वीका कुना-कुनाबाट म तिनीहरूलाई जम्मा गर्नेछु। तिनीहरूका बीचमा अन्धा र लङ्गड़ा, गर्भवती आमाहरू र सुत्केरी वेदनामा परेका स्त्रीहरू हुनेछन्। तिनीहरूको एउटा ठूलो भीड़ फर्केर आउनेछ। "},{"id":9,"text":"तिनीहरू रुँदै आउनेछन्। मैले तिनीहरूलाई फर्काएर ल्याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्। म तिनीहरूलाई पानी भएका खोलाहरूका किनार-किनार डोर्याउनेछु, सीधा बाटोमा जहाँ तिनीहरूले ठेस खानेछैनन्। किनभने म इस्राएलको पिता हुँ, र एफ्राइमचाहिँ मेरो जेठो छोरो हो।"},{"id":10,"text":"“हे जाति-जाति हो, परमप्रभुको वचन सुन। टाढ़ा-टाढ़ा समुद्र-किनारका देशहरूमा घोषणा गर: ‘इस्राएललाई तितरबितर पार्नेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र गोठालाले आफ्नो बगाललाई रक्षा गरेझैँ उहाँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ’। "},{"id":11,"text":"किनभने परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुहुनेछ, र तिनीहरूभन्दा शक्तिशालीको हातदेखि तिनीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। "},{"id":12,"text":"तिनीहरू आएर सियोनको उच्च ठाउँहरूमा आनन्दसाथ गाउनेछन्। परमप्रभुको प्रशस्त वरदानको कारण तिनीहरू रमाहट गर्नेछन्— अन्न, नयाँ दाखमद्य र तेल, भेड़ाबाख्राका पाठाहरू र गाई-गोरुका बाछाहरूको कारण तिनीहरूले रमाहट गर्नेछन्। तिनीहरू प्रशस्त पानीले भिजेको बगैँचाजस्तै हुनेछ। तिनीहरू फेरि कहिल्यै अफसोसी हुनेछैनन्। "},{"id":13,"text":"तब तरुणीहरू आनन्दले नाच्नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु। "},{"id":14,"text":"पूजाहारीहरूलाई म प्रशस्तताले सन्तुष्ट गराउनेछु, र मेरो प्रजा मेरो उदारताले तृप्त हुनेछ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":15,"text":"परमप्रभु यसो भन्नुहुन्छ: \n“रामामा एउटा शब्द सुनियो, विलाप र चर्को रोदन, राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी, सान्त्वना त्यसले इन्कार गरी, किनकि त्यसका बालकहरू अब रहेनन्।”"},{"id":16,"text":"परमप्रभु यसो भन्नुहुन्छ, “रोदनको सोर रोक्, आँखाबाट आँसु नखसाल्, किनकि तिमीहरूको कामको इनाम पाइनेछ,” परमप्रभु भन्नुहुन्छ, “तिनीहरू शत्रुको देशदेखि फर्केर आउनेछन्। "},{"id":17,"text":"यसरी तेरो भविष्यको आशा छ। तेरा छोराछोरीहरू तिनीहरूको आफ्नै देशमा फर्किआउनेछन्।"},{"id":18,"text":"“एफ्राइमको विलाप मैले निश्चय नै सुनें: ‘एउटा नसुध्रिएको बाछालाई झैँ तपाईंले मलाई अनुशासन गर्नुभयो, र म अनुशासित भएँ। मलाई पुनर्स्थापित गर्नुहोस्, र म फर्कनेछु। किनभने तपाईं परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ। "},{"id":19,"text":"म बरालिएर गएपछि मैले पश्चात्ताप गरें। मैले बुझेपछि मैले मेरो छाती पिटें। म लज्जित भएँ, र म होचिएँ, किनभने युवावस्थाको कलङ्क मैले बोकेको थिएँ’। "},{"id":20,"text":"के एफ्राइम मेरो प्यारो छोरो होइन र, जसमाथि म खुशी हुन्छु? त्यसको विरुद्धमा मैले जति नै बोले तापनि मलाई त्यसैको याद अझैँ आउँछ। यसकारण मेरो हृदय त्यसको लागि लालसा गर्दछ। त्यसप्रति मेरो साह्रै माया छ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":21,"text":"“बाटो देखाउने सङ्केत र खम्बाहरू खड़ा गर्, जुन बाटोबाट तँ जान्छस्, त्यो बाटो याद राख्। हे कन्या इस्राएल, फर्की। तेरा नगरहरूमा फर्केर आइज। "},{"id":22,"text":"हे विश्वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस्? परमप्रभुले पृथ्वीमा एउटा नयाँ कुरो सृष्टि गर्नुहुनेछ— एउटी स्त्रीले पुरुषलाई सुरक्षा दिनेछ।”"},{"id":23,"text":"सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब मानिसहरूले यहूदाको देश र त्यसका नगरहरूमा यी वचन फेरि प्रयोग गर्नेछन्, ‘हे धर्मी वासस्थान, हे पवित्र पर्वत, तँलाई परमप्रभुले आशिष् देऊन्’। "},{"id":24,"text":"यहूदा र त्यसका सबै नगरहरूमा मानिसहरू एकैसाथ बस्नेछन्— किसानहरू, र आफ्ना बगालसँग घुम्ने गोठालाहरू। "},{"id":25,"text":"थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा खानेहरूलाई सन्तुष्ट तुल्याउनेछु।”"},{"id":26,"text":"यतिमै म बिउँझें र चारैतिर हेरें। मेरो निद्रा मलाई मीठो लागेको थियो।"},{"id":27,"text":"परमप्रभु भन्नुहुन्छ, “दिन आउँदैछन्, जब म मानिस र पशुका बच्चाहरूले इस्राएलका घराना र यहूदाका घरानालाई रोप्नेछु। "},{"id":28,"text":"जसरी तिनीहरूलाई उखेल्न, लछार्न र फ्याँक्न, र तिनीहरूमाथि सर्वनाश ल्याउनलाई मैले मेरो दृष्टि तिनीहरूमाथि राखें, त्यसरी नै तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":29,"text":"“ती दिनमा मानिसहरूले फेरि कहिल्यै यसो भन्नेछैनन्, \n‘अमिलो अङ्गूर खाए बुबाले अनि दाँत कुँड़िनेचाहिँ छोराछोरीको’।"},{"id":30,"text":"त्यसको सट्टामा हरेक आफ्नै पापको निम्ति मर्नेछ। जसले अमिलो अङ्गूर खान्छ त्यसैको दाँत कुँड़िन्छ।"},{"id":31,"text":"परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, \n जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु।"},{"id":32,"text":"तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्याएर ल्याएको थिएँ।” परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।”"},{"id":33,"text":"परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, \n तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु,\nर तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु,\nर म तिनीहरूका परमेश्वर हुनेछु,\nर तिनीहरू मेरा प्रजा हुनेछन्।"},{"id":34,"text":"‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले \n आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु,\nर म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।”"},{"id":35,"text":"परमप्रभु यसो भन्नुहुन्छ: जसले दिन उज्यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्छ, र राती प्रकाश दिनलाई चन्द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्छ— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। "},{"id":36,"text":"“यी विधिहरू मेरो दृष्टिबाट लुप्त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":37,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “आकाशलाई नाप्न सकियो भने, र पृथ्वीको जगलाई खोजेर निकाल्न सकियो भने मात्र तिनीहरूले गरेका सबै अधर्मको कारण म इस्राएलका सन्तानलाई फालिदिनेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":38,"text":"परमप्रभु भन्नुहुन्छ, “दिनहरू आउँदैछन्, जब हननेलको बुर्जादेखि कुने-ढोकासम्मै सहर फेरि मेरो निम्ति बनाइनेछ। "},{"id":39,"text":"नाप्ने डोरी त्यहाँबाट सीधै गारेब डाँड़ासम्म पुग्नेछ, र त्यहाँबाट घुमेर गोआसम्म जानेछ। "},{"id":40,"text":"लाशहरू र खरानी फालिने सारा उपत्यका, र पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेतहरू अश्व ढोकाको कुनासम्म परमप्रभुको निम्ति पवित्र हुनेछ। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन अथवा भत्काइनेछैन।”"}]},{"id":32,"title":"यर्मिया 32","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/32-6c980213407d1b8bf6ecb7c56f781bea.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजा सिदकियाहको राजकालको दशौँ वर्षमा, जो नबूकदनेसरको अठारौँ वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो— "},{"id":2,"text":"त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेममा घेरा हालेको थियो, र यर्मिया अगमवक्ताचाहिँ यहूदाका राजाको महलको गारदको चोकमा थुनामा राखिएका थिए।"},{"id":3,"text":"यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर कैद गरेका थिए, “तँ किन यसो भन्दै अगमवाणी कहन्छस्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले यो सहर बेबिलोनका राजाको हातमा दिन लागेको छु, र त्यसले यो लिइहाल्नेछ। "},{"id":4,"text":"यहूदाका राजा सिदकियाह बेबिलोनीहरूका हातबाट उम्कनेछैन, तर त्यो निश्चय नै बेबिलोनका राजाको हातमा सुम्पिइनेछ, र त्यससित आमनेसामने भएर आफ्नै आँखाले त्यसलाई देख्नेछ र कुरा गर्नेछ। "},{"id":5,"text":"त्यसले सिदकियाहलाई बेबिलोनमा पुर्याउनेछ, र जबसम्म म त्यसलाई उचित व्यवहार गर्दिनँ, तबसम्म त्यो त्यहीँ रहनेछ, परमप्रभु भन्नुहुन्छ। यदि तैंले बेबिलोनीहरूका विरुद्धमा लड़ाइँ गरिस् भने तँ सफल हुनेछैनस्’।”"},{"id":6,"text":"यर्मियाले भने, “परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":7,"text":"तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आएर भन्नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्नुहोस्, किनभने नजिकका नातेदारको रूपमा त्यो किनेर छुटाउने हक र कर्तव्य तपाईंकै हो’।"},{"id":8,"text":"“तब परमप्रभुले भन्नुभएअनुसार मेरा काकाको छोरो हनमेल गारदको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनका इलाकाको अनातोतमा भएको मेरो खेत किन्नुहोस्। त्यसलाई छुटाउने र त्यसको अधिकार लिने हक तपाईंकै छ। यसकारण त्यो तपाईंले आफ्नै निम्ति किन्नुहोस्।’“यो परमप्रभुको वचन रहेछ भनी मैले जानें। "},{"id":9,"text":"यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल दाम त्यसलाई जोखेर दिएँ। "},{"id":10,"text":"मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ। "},{"id":11,"text":"तब मैले किनेको तमसुक लिएँ— लेनदेन र शर्तहरूमा छाप लगाएको र छाप नलगाएको नकल लिएँ, "},{"id":12,"text":"र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही गर्नेहरू र गारदको चोकमा बसेका सबै यहूदीहरूका सामुन्ने त्यो तमसुक मैले नेरियाहको छोरो, महसेयाहको नाति बारूकलाई सुम्पिदिएँ।"},{"id":13,"text":"“मैले बारूकलाई तिनीहरूकै सामुन्ने यसो भनेर आदेश दिएँ: "},{"id":14,"text":"‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: छाप लगाएको र नलगाएको तमसुकका यी दुवै सबूत पत्रहरू लिएर एउटा माटोको भाँड़ामा हालिराख्, ताकि ती धेरै दिनसम्म रहून्। "},{"id":15,"text":"किनभने सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: घरहरू, खेतहरू र दाखबारीहरू फेरि यस देशमा किनिनेछन्।’"},{"id":16,"text":"“नेरियाहको छोरो बारूकलाई त्यो खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई यो प्रार्थना गरें:"},{"id":17,"text":"“हे परमप्रभु परमेश्वर, तपाईंले नै आफ्नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्वी सृष्टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन। "},{"id":18,"text":"हजारौँ हजारलाई तपाईं आफ्नो प्रेम देखाउनुहुन्छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो, "},{"id":19,"text":"तपाईंका अभिप्राय महान् र तपाईंका कामहरू शक्तिशाली छन्। मानिसहरूका सबै चाल तपाईंको दृष्टिमा छर्लङ्ग छन्, र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफलअनुसार तपाईं इनाम दिनुहुन्छ। "},{"id":20,"text":"मिश्रदेशमा आश्चर्यचकित चिन्हहरू र आश्चर्य कामहरू तपाईंले देखाउनुभयो, अनि आजको दिनसम्म इस्राएलीहरू र सारा मानिस-जातिका बीचमा ती प्रकट गर्दैआउनुभएको छ र ख्याति प्राप्त गर्नुभएको छ, जो आजसम्म तपाईंकै छ। "},{"id":21,"text":"तपाईंले नै आफ्नो प्रजा इस्राएललाई मिश्रदेशबाट अचम्मका चिन्ह र आश्चर्य कामहरूका साथ शक्तिशाली पसारिएको बाहुद्वारा भीषण त्रास फैलाउँदै निकालेर ल्याउनुभयो। "},{"id":22,"text":"तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनेर शपथ खानुभएको यो देश, जो दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो। "},{"id":23,"text":"तिनीहरू पसेर यो देश अधिकार गरे। तर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्, तपाईंको व्यवस्थाअनुसार तिनीहरू चलेनन्। तिनीहरूलाई गर्न भनी तपाईंले आज्ञा दिनुभएको कुरा तिनीहरूले पालन गरेनन्। यसैले तपाईंले यी सबै सर्वनाश तिनीहरूमाथि ल्याउनुभयो।"},{"id":24,"text":"“हेर्नुहोस्, यो सहर लिनलाई घेरा-मचान बनाइएको छ। तरवार, अनिकाल र रूढ़ीको कारण सहरलाई आक्रमण गर्ने बेबिलोनीहरूका हातमा त्यो सुम्पिइनेछ। तपाईंले जे भन्नुभएको थियो, त्यो पूरा भयो, जुन कुरा तपाईं देख्दैहुनुहुन्छ। "},{"id":25,"text":"अनि हे परमप्रभु परमेश्वर, यो सहर बेबिलोनीहरूका हातमा सुम्पिने भए तापनि ‘चाँदी दिएर साक्षीहरू डाकेर खेत किन् र यो लेनदेन राख,’ भनी तपाईंले मलाई भन्नुहुन्छ।”"},{"id":26,"text":"तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":27,"text":"“सबै मानव-जातिका परमेश्वर म हुँ। के कुनै कुरो मेरो निम्ति कठिन छ र? "},{"id":28,"text":"यसैकारण परमप्रभु यसो भन्नुहुन्छ: म यो सहर बेबिलोनीहरूका हातमा र बेबिलोनका नबूकदनेसरको हातमा दिनै लागेको छु, र त्यसले यसलाई लिनेछ। "},{"id":29,"text":"यस सहरलाई आक्रमण गर्ने बेबिलोनीहरू आएर यसलाई आगो लगाइदिनेछन्, र ती घरहरूलाई पनि जलाइदिनेछन्, जहाँ-जहाँ मानिसहरूले मलाई क्रोधित तुल्याउनलाई बाल देवताको लागि कौसी-कौसीमा धूप बाले, र अरू देवताहरूलाई अर्घ-बलि चढ़ाए।"},{"id":30,"text":"“इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूले युवावस्थादेखि नै मेरो सामुन्ने खराबबाहेक अरू केही गरेका छैनन्। साँच्ची नै इस्राएलका मानिसहरूले आफ्ना हातका कामद्वारा मलाई रीस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, परमप्रभु भन्नुहुन्छ। "},{"id":31,"text":"यो बनाइएको दिनदेखि आजको दिनसम्मै यस सहरले मलाई रीस उठाएको छ र क्रोधित तुल्याएको छ, यहाँसम्म, कि मेरो नजरदेखि मैले यसलाई पर हटाइदिनैपर्छ। "},{"id":32,"text":"इस्राएलका र यहूदाका मानिसहरू, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूले दुष्ट काम गरेर मलाई क्रोधित तुल्याएका छन्। "},{"id":33,"text":"तिनीहरूले मतिर मुख होइन तर पीठ फर्काए, र तिनीहरूलाई मैले घरीघरी सिकाए तापनि अनुशासनको ख्यालै तिनीहरूले गरेनन्। "},{"id":34,"text":"मेरो नाउँ कहलिएको घरमा तिनीहरूले आफ्ना घिनलाग्दा देवताहरू खड़ा गरे र त्यसलाई बिटुलो पारे। "},{"id":35,"text":"आफ्ना छोराछोरीहरूलाई मोलोखको लागि आगोमा बलि चढ़ाउन तिनीहरूले बेन-हिन्नोमको बेँसीमा बाल देवताका अल्गा-अल्गा थानहरू बनाए। यहूदालाई पापमा पार्ने यस्ता घिनलाग्दा काम तिनीहरूले गरून् भनी मैले तिनीहरूलाई कहिल्यै आज्ञा दिइनँ, न यस्तो कुरो कहिल्यै मेरो मनमा आएको थियो। "},{"id":36,"text":"“यस सहरको विषयमा तिमीहरू भन्दैछौ, ‘यो त तरवार, अनिकाल र रूढ़ीद्वारा बेबिलोनका राजाको हातमा दिइनेछ’। तर परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: "},{"id":37,"text":"‘म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जुन देशमा मैले तिनीहरूलाई मेरो भयानक रीस र अत्यन्त क्रोधमा निर्वासन गरेको थिएँ। म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु र सुरक्षितसाथ बस्न दिनेछु। "},{"id":38,"text":"तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु। "},{"id":39,"text":"म तिनीहरूलाई एउटै मन दिनेछु, ताकि तिनीहरू एउटै चालमा चलून्, र तिनीहरूले आफ्नै र तिनीहरूका पछि आउने सन्तानका भलाइको निम्ति सधैँभरि मेरो डर मानून्। "},{"id":40,"text":"तिनीहरूसित सधैँको निम्ति म करार बाँध्नेछु: तिनीहरूलाई भलाइ गर्न म कहिल्यै छोड्नेछैनँ, र तिनीहरू मदेखि फर्केर नजाऊन् भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु। "},{"id":41,"text":"तिनीहरूलाई भलाइ गर्नमा नै म खुशी हुनेछु, र निश्चय नै तिनीहरूलाई यस देशमा म मेरो पूरा हृदय र प्राणले बसाल्नेछु।"},{"id":42,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: मैले यस प्रजामाथि यस्तो ठूलो विपत्ति ल्याएँ, त्यसैले मैले प्रतिज्ञा गरेको सबै उन्नति म तिनीहरूलाई दिनेछु। "},{"id":43,"text":"फेरि यस देशमा जग्गाजमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्दछौ, ‘यो त मानिस र पशु केही नभएको निर्जन स्थान छ, किनकि यो त बेबिलोनीहरूका हातमा दिइएको छ’। "},{"id":44,"text":"बेन्यामीनको इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा, यहूदाका नगरहरूमा, पहाड़ी देशका नगरहरूमा, तराई र नेगेवका नगरहरूमा चाँदी दिएर जग्गाजमिन किनिनेछन्, र तमसुकहरूमा साक्षी राखेर छाप लगाइनेछन्, किनभने म तिनीहरूका सुख-शान्ति फेरि ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ।"}]},{"id":33,"title":"यर्मिया 33","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/33-ebd02b8382d329ae3aa8f507f33c828c.mp3?version_id=1483","verses":[{"id":1,"text":"गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्ट आयो: "},{"id":2,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: पृथ्वी बनाउनुहुने परमप्रभु, ती नै परमप्रभु, जसले त्यसको आकार बनाएर त्यसलाई स्थापित गर्नुभयो— उहाँको नाउँ परमप्रभु हो: "},{"id":3,"text":"‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’। "},{"id":4,"text":"किनभने यस सहरका घरहरू र यहूदाका राजाका महलहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जो घेरा-मचान र तरवारको विरुद्धमा प्रयोग गर्नलाई "},{"id":5,"text":"बेबिलोनीहरूसित भएको लड़ाइँमा भत्काइएका थिए। मेरो रीस र क्रोधमा मैले मार्ने मानिसहरूका लाशहरूले ती भर्नेछु। त्यसका सबै दुष्ट्याइँको कारण म मेरो मुख यस सहरदेखि लुकाउनेछु।"},{"id":6,"text":"“‘तापनि म त्यसमा स्वास्थ्य र आरोग्यता ल्याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्त शान्ति र सुरक्षा भोग गर्न दिनेछु। "},{"id":7,"text":"म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याइदिनेछु, र तिनीहरूलाई फेरि अघिजस्तै निर्माण गर्नेछु। "},{"id":8,"text":"मेरो विरुद्धमा गरेका तिनीहरूका सबै पापदेखि म तिनीहरूलाई शुद्ध पार्नेछु, र मेरो विरुद्धमा बागी भएर गरेका तिनीहरूका सबै पाप क्षमा गर्नेछु। "},{"id":9,"text":"तब यो सहर पृथ्वीका सबै जातिहरूका सामुन्ने मेरो निम्ति सुनाम, आनन्द, प्रशंसा र सम्मान दिने हुनेछ। ती जातिहरूले, जब मैले यसलाई गरेका असल कामहरू र उन्नतिका कुराहरू सुन्छन्, तब मैले यसलाई दिएको प्रशस्त सुख-शान्तिको कारण उनीहरू डराएर थरथर काम्नेछन्।’"},{"id":10,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: ‘यस ठाउँको विषयमा तिमीहरू भन्छौ, “मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड़-स्थान हो।” तापनि यहूदाका नगरहरू र यरूशलेमका सड़कहरूमा, जो मानिसहरू र पशुहरूविना निर्जन छन्, "},{"id":11,"text":"त्यहाँ आनन्दको सोर र खुशीको आवाज, अनि दुलहा-दुलहीको सोर र परमप्रभुको घरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर फेरि सुनिनेछ,\n“सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढ़ाओ,\nकिनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।”किनकि देशको सुख-शान्ति म फेरि अघिजस्तै तुल्याइदिनेछु,’ परमप्रभु भन्नुहुन्छ’। "},{"id":12,"text":"“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: ‘मानिस र पशुविनाको यस निर्जन ठाउँमा, र त्यसका सबै नगरहरूमा फेरि गोठालाहरूका निम्ति बगालहरू विश्राम गर्ने खर्कहरू हुनेछन्। "},{"id":13,"text":"पहाड़ी देशका नगरहरूमा, तराईका नगरहरूमा, नेगेवका नगरहरूमा, बेन्यामीनका इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा र यहूदाका नगरहरूमा बगालहरू एकै जनाको हातले गनी-गनीकन चराइनेछन्,’ परमप्रभु भन्नुहुन्छ।"},{"id":14,"text":"“परमप्रभु भन्नुहुन्छ, ‘ती दिन आउँदैछन्, जब इस्राएलका घराना र यहूदाका घरानालाई गरेको मेरो अनुग्रहसहितको प्रतिज्ञा म पूरा गर्नेछु। "},{"id":15,"text":"ती दिन र त्यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्पन्न गराउनेछु, र तिनले देशमा न्याय र उचित काम गर्नेछन्। "},{"id":16,"text":"ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ। तिनी यही नाउँले कहलाइनेछन्, “परमप्रभु हाम्रा धार्मिकता’।” "},{"id":17,"text":"किनभने परमप्रभु यसो भन्नुहुन्छ: ‘इस्राएलका घरानाको सिंहासनमा विराजमान हुनलाई दाऊदको वंशमा मानिसको कमी कहिल्यै हुनेछैन, "},{"id":18,"text":"न त मेरो निम्ति सधैँ नै होमबलि, अन्नबलि र बलिदान चढ़ाउनलाई लेवी पूजाहारीहरूमा मानिसको कमी हुनेछ’।” "},{"id":19,"text":"परमप्रभुको वचन यर्मियाकहाँ आयो: "},{"id":20,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँगको मेरो करार भङ्ग गराउन सक्यौ, र दिन र रात ठहराइएको आफ्नो समयमा तिनीहरू निस्केनन् भने, "},{"id":21,"text":"मेरो दास दाऊदसँग गरेको मेरो करार र मेरो सामुन्ने सेवा गर्ने लेवी पूजाहारीहरूसँग गरेको मेरो करार पनि भङ्ग गर्न सकिनेछ, र दाऊदको सिंहासनमा राज्य गर्न अब उप्रान्त तिनको सन्तान हुनेछैन। "},{"id":22,"text":"आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिनेजस्तै म मेरो दास दाऊदका सन्तान र मेरो सेवा गर्ने लेवीहरूको संख्या बढ़ाउनेछु’।”"},{"id":23,"text":"परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":24,"text":"“यी मानिसहरू के भन्दैछन्, के त्यसमा तैंले ध्यान दिएको छैनस्? यिनीहरू भन्छन्, ‘परमप्रभु आफैले चुन्नुभएका ती दुई राज्यहरूलाई उहाँले त्याग्नुभएको छ’। यसैले यिनीहरूले मेरो प्रजालाई घृणा गर्छन्, र यिनीहरूको दृष्टिमा मेरो प्रजा जाति नै होइन भनी ठान्छन्। "},{"id":25,"text":"परमप्रभु यसो भन्नुहुन्छ: ‘यदि दिन र रातसम्बन्धी मेरो करार मैले स्थापित गरेको होइनँ भने, अनि स्वर्ग र पृथ्वीको विषयका मैले राखेका नियमहरू स्थायी होइनन् भने, "},{"id":26,"text":"तब मात्र म याकूबका र मेरो दास दाऊदका सन्तानहरूलाई इन्कार गर्नेछु, र त्यसको सन्तानको एउटैलाई पनि अब्राहाम, इसहाक र याकूबको वंशमाथि राज्य गर्नलाई म चुन्नेछैनँ। किनकि म तिनीहरूको सुखशान्ति फर्काइदिनेछु र तिनीहरूमाथि टिठ्याउनेछु’।”"}]},{"id":34,"title":"यर्मिया 34","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/34-6701d105c616a6f6a45bcf479fc1b385.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना, उनले राज्य गरेका पृथ्वीका सबै राज्यहरू र मानिसहरूले यरूशलेम र त्यसका छेउछाउका नगरहरूका विरुद्धमा लड़ाइँ गरिरहेका थिए, तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":2,"text":"“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका राजा सिदकियाहकहाँ जा, र त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, म यो सहर बेबिलोनका राजाको हातमा सुम्पिदिनै लागेको छु। त्यसले यसलाई आगोले जलाइदिनेछ। "},{"id":3,"text":"त्यसको हातबाट तँ उम्कन पाउनेछैनस्, तर तँ निश्चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिइनेछस्। तैंले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस् र तँ त्यससँग मुखामुख बोल्नेछस्, र तँ बेबिलोनमा जानेछस्।"},{"id":4,"text":"“‘तापनि हे यहूदाको राजा सिदकियाह, परमप्रभुको यो प्रतिज्ञा सुनिराख्। तेरो विषयमा परमप्रभु यसो भन्नुहुन्छ: तँ तरवारले मारिनेछैनस्। "},{"id":5,"text":"तँ शान्तिसित मर्नेछस्, र जसरी तेरा पुर्खाहरू, अर्थात् तँभन्दा अघिका राजाहरूका लागि मानिसहरूले मृत-संस्कार गरेका थिए, त्यसरी तेरो लागि पनि तिनीहरूले इज्जतसित गर्नेछन्, र तेरो लागि यसो भन्दै विलाप गर्नेछन्, “हाय, मालिक!” म आफै यो प्रतिज्ञा गर्दछु, परमप्रभु घोषणा गर्नुहुन्छ’।”"},{"id":6,"text":"तब यर्मिया अगमवक्ताले यहूदाका राजा सिदकियाहलाई यरूशलेममा यी सबै कुरा त्यस बेला भने, "},{"id":7,"text":"जब बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका अन्य सहरहरूसित लड़ाइँ गर्दैथिए— लाकीश र आजेकासित, जुनहरूले युद्ध गर्न छोड़ेका थिएनन्। यहूदाका किल्ला भएका सहरहरूमध्ये यी दुई सहर मात्रै बाँकी रहेका थिए।"},{"id":8,"text":"परमप्रभुको वचन यर्मियाकहाँ त्यस बेला आयो, जब सिदकियाह राजाले यरूशलेमका सबै मानिसहरूसित कमाराहरूका निम्ति छुटकाराको घोषणा गर्ने करार बाँधेका थिए। "},{"id":9,"text":"हरेकले आ-आफ्ना हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र गरिदिनुपर्थ्यो। कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारो तुल्याउनुहुँदैनथ्यो। "},{"id":10,"text":"यसैले यस करारमा संलग्न भएका अधिकारी र मानिसहरू सबैले आ-आफ्ना कमारा-कमारीलाई स्वतन्त्र गरिदिन र फेरि कमारा नतुल्याउन भनी स्वीकार गरे। अनि तिनीहरूले सहमत भएर उनीहरूलाई स्वतन्त्र गरिदिए। "},{"id":11,"text":"तर पछि तिनीहरूले आफ्नो मन बदली गरेर आफूले स्वतन्त्र गरेका कमारा-कमारीलाई ल्याए र फेरि कमारा-कमारी नै तुल्याए।"},{"id":12,"text":"तब परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो: "},{"id":13,"text":"“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: जब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ, तब मैले तिनीहरूसित यसो भनेर करार बाँधेको थिएँ, "},{"id":14,"text":"‘प्रत्येक सातौँ वर्षमा तिमीहरूका हातमा आफूलाई बेचेका तिमीहरूका हिब्रू दाजुभाइहरूलाई स्वतन्त्र गर्नू। छ वर्षसम्म तिमीहरूको चाकरी गरिसकेपछि त्यसलाई मुक्त गरेर छोड़िदिनैपर्छ’। तापनि तिमीहरूका पिता-पुर्खाले मेरा कुरा सुनेनन् अथवा ध्यानै दिएनन्। "},{"id":15,"text":"तिमीहरूले चाहिँ भर्खरै पश्चात्ताप गर्यौ। तिमीहरू हरेकले आफ्ना देशवासीहरूलाई मुक्त गरेर मेरो दृष्टिमा जे असल छ त्यो गर्यौ। मेरो नाउँ कहलिएको घरमा मेरो सामुन्ने तिमीहरूले एउटा करार बाँध्यौ। "},{"id":16,"text":"तर अब तिमीहरूले मन बदली गरेर मेरो नाउँ बिटुलो पारेका छौ। तिमीहरू हरेकले जुन कमारा-कमारीलाई तिनीहरूको इच्छाअनुसार छोड़िदिएर मुक्त गरिदिएका थियौ, उनीहरूलाई फेरि आफ्ना कमारा-कमारी तुल्याउनलाई बलजफती गर्यौ।"},{"id":17,"text":"“यसकारण परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेका छैनौ, र आफ्ना स्वदेशी दाजुभाइलाई स्वतन्त्र पार्ने घोषणा गरेका छैनौ। यसकारण म अब तिमीहरूका निम्ति ‘स्वतन्त्रता’ घोषणा गर्छु— तिमीहरूलाई तरवार, रूढ़ी र अनिकालद्वारा मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु। म तिमीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति घृणित तुल्याउनेछु। "},{"id":18,"text":"मेरो करार भङ्ग गर्ने र मेरो सामु गरेका करारका शर्तहरू पूरा नगर्ने ती मानिसहरूसँग म त्यही बाछासँग जस्तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारेर तिनका बीचबाट हिँड़े। "},{"id":19,"text":"यहूदाका र यरूशलेमका अगुवाहरू, महलका अधिकृतहरू, पूजाहारीहरू र देशका सबै मानिसहरू जो बाछाका दुई फ्याकका बीचबाट हिँड़ेर गए, "},{"id":20,"text":"म तिनीहरूलाई तिनीहरूका प्राण लिन खोज्ने शत्रुहरूका हातमा दिनेछु। तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूका आहार हुनेछन्।"},{"id":21,"text":"“यहूदाका राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई तिनीहरूका प्राण लिन खोज्ने शत्रुहरूका हातमा र बेबिलोनको राजाका सेनाको हातमा सुम्पिदिनेछु, जुन सेना तिमीहरूदेखि फर्केर गएको छ। "},{"id":22,"text":"परमप्रभु भन्नुहुन्छ, म हुकुम दिनेछु, र उनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। उनीहरूले यस सहरको विरुद्धमा लड़ाइँ गरेर त्यसलाई लिइहाल्नेछन्, र त्यसलाई जलाइदिनेछन्। अनि म यहूदाका नगरहरूलाई बासिन्दा नै नभएको उजाड़-स्थान बनाइदिनेछु, ताकि त्यहाँ कोही बस्न नपाओस्।”"}]},{"id":35,"title":"यर्मिया 35","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/35-70eb8f81c286a5fe4e55d509906e162a.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो: "},{"id":2,"text":"“रेकाबीका परिवारकहाँ गएर तिनीहरूलाई परमप्रभुको घरका छेउका कोठाहरूमध्ये एउटामा निम्तो दिएर दाखमद्य खुवा।”"},{"id":3,"text":"यसैले मैले यर्मियाका छोरा, हबसिन्याहका नाति याजन्याह र तिनका भाइहरू, तिनका सबै छोराहरू, अर्थात् रेकाबीहरूका सबै परिवारलाई ल्याउन गएँ, "},{"id":4,"text":"र मैले तिनीहरूलाई परमप्रभुको घरमा परमेश्वरको भक्त यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा ल्याएँ। यो कोठाचाहिँ अधिकृतहरूको कोठाको छेउमा थियो, जो शल्लूमका छोरा मासेयाह ढोकेको कोठाको मास्तिर थियो। "},{"id":5,"text":"त्यसपछि मैले दाखमद्यका घैँटाहरू र केही बटुका रेकाबीहरूका अगि राखिदिएँ, र तिनीहरूलाई भनें, “केही दाखमद्य पिओ।”"},{"id":6,"text":"तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्तानले कहिल्यै दाखमद्य नपिओ। "},{"id":7,"text":"त्यसबाहेक तिमीहरूले कहिल्यै घर नबनाउनू, बीउ नछर्नू, दाखबारी नलगाउनू। तिमीहरूले यस्ता कामहरू कहिल्यै नगर्नू, तर तिमीहरूले बसोबास गरेको देशमा धेरै दिनसम्म बाँचिरहून् भनेर तिमीहरू सधैँ पालहरूमा फिरन्तेझैँ बस्नू’। "},{"id":8,"text":"रेकाबका छोरो योनादाब हामीहरूका पुर्खाका जम्मै आज्ञा हामीले पालन गरेका छौं, अर्थात् न त हामी आफै न हाम्रा पत्नीहरू, न छोराछोरीहरूले मद्य पिएका छौं, "},{"id":9,"text":"अथवा घर बनाएर बसेका छौं, दाखबारी वा खेत रोपेका छौं, वा अन्न उमारेका छौं। "},{"id":10,"text":"तर हामी पालहरूमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले आज्ञा गरेको हरेक वचन पालन गर्दैआएका छौं। "},{"id":11,"text":"तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गरे, तब हामीले भन्यौं, ‘बेबिलोनीहरू र अरामीहरूका सेनाबाट भाग्न अब हामी यरूशलेममा जाऔं’। यसैले हामीहरू यरूशलेममा बसेका छौं।"},{"id":12,"text":"तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":13,"text":"“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई गएर भन्, ‘के तिमीहरू शिक्षा सिक्दैनौ र मेरा वचन पालन गर्दैनौ?’ परमप्रभु भन्नुहुन्छ। "},{"id":14,"text":"रेकाबको छोरो योनादाबले आफ्ना सन्तानलाई ‘तिमीहरूले दाखमद्य नखानू’ भनेर दिएको आज्ञा तिनीहरूले मान्दैआएका छन्। तिनीहरू आजसम्म दाखमद्य खाँदैनन्, किनभने तिनीहरूले आफ्ना पुर्खाको आज्ञा पालन गरेका छन्। तर मैले तिमीहरूलाई घरीघरी भन्दैआएँ, तापनि तिमीहरूले मेरो कुरा मानेका छैनौ। "},{"id":15,"text":"मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्नो दुष्ट मार्गबाट फर्क, र आफ्ना क्रियाकलाप सुधार, र अन्य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ। "},{"id":16,"text":"रेकाबको छोरो योनादाबका सन्तानले त आफ्ना पिता-पुर्खाले दिएको आज्ञा पालन गरेका छन्, तर यस प्रजाले मेरो आज्ञा पालन गरेको छैन’।"},{"id":17,"text":"“यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेमका सबै बासिन्दाहरूमाथि मैले उच्चारण गरेको हरेक सर्वनाश तिनीहरूमाथि ल्याउनेछु। मैले तिनीहरूलाई भनें, तर तिनीहरूले ध्यानसित सुनेनन्। मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन्’।”"},{"id":18,"text":"तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञा पालन गर्दै, र तिनका सबै शिक्षाहरू मान्दै, र तिनले तिमीहरूलाई दिएका सबै आदेश मान्दैआएका छौ’। "},{"id":19,"text":"यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘रेकाबको छोरो योनादाबको सन्तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।”"}]},{"id":36,"title":"यर्मिया 36","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/36-ed9e3b72319d4293c85fad73e4f044bf.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":2,"text":"“एउटा पत्रको मुट्ठो लिएर त्यसमा इस्राएल र यहूदा र सबै जाति-जातिहरूका विषयमा मैले योशियाहको राजकालदेखि अहिलेसम्म तँसँग भनेका जम्मै कुराहरू लेख्। "},{"id":3,"text":"शायद मैले तिनीहरूमाथि ल्याउने प्रत्येक सर्वनाशका योजनाको विषयमा जब यहूदाका मानिसहरूले सुन्नेछन्, तब तिनीहरू हरेकले आफ्ना दुष्ट चाल छोड्नेछन्, अनि म तिनीहरूका दुष्टता र पाप क्षमा गर्नेछु।”"},{"id":4,"text":"यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्नुभएको थियो, सो लेखे। "},{"id":5,"text":"तब यर्मियाले बारूकलाई भने, “मलाई मनाही छ, म परमप्रभुको मन्दिरमा जान सक्दिनँ। "},{"id":6,"text":"यसैले कुनै उपवासको दिन परमप्रभुको भवनमा गएर तिमीले मबाट सुनेर पत्रको मुट्ठोमा मैले तिमीलाई लेख्न लाएका कुरा मानिसहरूले सुन्ने गरी पढ़ेर सुनाइदेऊ। यहूदाका नगरहरूबाट आएका सबै मानिसहरूले सुन्ने गरी पढ़ेर सुनाइदेऊ। "},{"id":7,"text":"शायद तिनीहरूले आफ्ना बिन्ती परमप्रभुको सामुन्ने ल्याउनेछन् र तिनीहरू हरेकले आ-आफ्नो दुष्ट चाल छोड्नेछन्। किनकि यस जातिको विरुद्धमा जुन रीस र क्रोध पोखाउँछु भनी परमप्रभुले घोषणा गरिसक्नुभएको छ, ती ठूला छन्।”"},{"id":8,"text":"यर्मिया अगमवक्ताले भनेअनुसार नेरियाहका छोरा बारूकले गरे। तिनले पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका कुरा परमप्रभुको मन्दिरमा पढ़ेर सुनाए।"},{"id":9,"text":"यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौँ वर्षको नवौँ महिनामा यरूशलेममा भएका सबै मानिसहरू र यहूदाका नगरहरूबाट आएकाहरूका निम्ति परमप्रभुको सामु उपवास बस्ने घोषणा भयो। "},{"id":10,"text":"तब सचिव शापानका छोरा गमर्याहको कोठाबाट, जो माथिल्लो चोकमा परमप्रभुका मन्दिरको नयाँ मूल ढोकामा थियो, त्यहीँबाट बारूकले पत्रको मुट्ठोबाट यर्मियाका कुरा मन्दिरमा भएका सबै मानिसहरूले सुन्ने गरी पढ़े।"},{"id":11,"text":"जब गमर्याहका छोरा, अर्थात् शापानका नाति मीकायाले त्यस पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने, "},{"id":12,"text":"तब तिनी तल झरेर राजाको महलमा सचिवको कोठाभित्र पसे। त्यहाँ यी सबै अधिकारीहरू— सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह बसिरहेका थिए। "},{"id":13,"text":"तब मानिसहरूले सुन्ने गरी पत्रको मुट्ठोबाट बारूकले पढ़ेका सबै कुरा, जो तिनले सुनेका थिए, मीकायाले तिनीहरूलाई बताइदिए। "},{"id":14,"text":"तब अधिकारीहरू सबै मिलेर नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ यो समाचार भनी पठाए, “मानिसहरूलाई पढ़ेर सुनाएको पत्रको मुट्ठो लिएर यहाँ आऊ।” यसैले नेरियाहका छोरा बारूक त्यो लिएर तिनीहरूकहाँ आए। "},{"id":15,"text":"तिनीहरूले तिनलाई भने, “बस, त्यो पढ़ेर हामीलाई सुनाऊ।”यसैले बारूकले तिनीहरूलाई त्यो पढ़ेर सुनाए। "},{"id":16,"text":"जब तिनीहरूले ती सबै कुरा सुने तब तिनीहरू डरले एक-अर्कालाई हेर्न लागे, र तिनीहरूले बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ’। "},{"id":17,"text":"तब तिनीहरूले बारूकलाई सोधे, “हामीहरूलाई बताऊ, तिमीले यी सबै कुरा कसरी लेख्यौ? के यर्मियाले लेखाएअनुसार तिमीले लेखेका हौ?"},{"id":18,"text":"बारूकले तिनीहरूलाई जवाफ दिए, “उहाँले नै मलाई यी सबै कुरा लेखाउनुभयो, र मैले चाहिँ यो पत्रको मुट्ठोमा मसीले लेखें।”"},{"id":19,"text":"तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ भनी कसैले थाहा नपाओस्।”"},{"id":20,"text":"तिनीहरूले सचिव एलीशामाको कोठामा त्यो पत्रको मुट्ठो राखेपछि चोकमा गएर राजालाई सबै कुरा बताइदिए। "},{"id":21,"text":"तब राजाले त्यो पत्रको मुट्ठो ल्याउन भनी यहूदीलाई पठाए, र तिनले सचिव एलीशामाको कोठाबाट त्यो निकालेर ल्याए, अनि राजा र राजाका छेउमा उभिरहेका अधिकारीहरूलाई त्यो पढ़ेर सुनाए। "},{"id":22,"text":"नवौँ महिना थियो, यसैले राजा हिउँदमा बस्ने कोठामा बसिरहेका थिए। तिनको अगि मकलमा आगो बलिरहेको थियो। "},{"id":23,"text":"जब यहूदीले तीन-चार खण्ड पढ़िसक्थे, तब राजाले कागत काट्ने चक्कूले ती काटेर मकलमा हालिदिन्थे। त्यो जम्मै पत्रको मुट्ठो मकलमा भस्म नभएसम्म तिनले त्यसो गर्दैरहे। "},{"id":24,"text":"राजा र तिनका टहलुवाहरू यी कुरा सुनेर डराएनन्, न त तिनीहरूले आफ्ना लुगा च्याते। "},{"id":25,"text":"एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो पत्रको मुट्ठो नजलाउनुहोस् भनी बिन्ती गर्दा पनि तिनले तिनीहरूको कुरामा ध्यानै दिएनन्। "},{"id":26,"text":"त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई लेखक बारूक र यर्मिया अगमवक्तालाई पक्रेर ल्याउने हुकुम गरे। तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो।"},{"id":27,"text":"यर्मियाले लेखाएअनुसार बारूकले लेखेको पत्रको मुट्ठा राजाले जलाइदिएपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":28,"text":"“अर्को एउटा पत्रको मुट्ठामा यहूदाको राजा यहोयाकीमले जलाइदिएको अघिको पत्रको मुट्ठामा भएका सबै कुरा लेख्। "},{"id":29,"text":"अनि यहूदाको राजा यहोयाकीमलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले त्यो पत्रको मुट्ठो जलाइस्, र भनिस्, “बेबिलोनका राजा आएर निश्चय नै यो देश नष्ट पार्छन्, र उनले मानिस र पशु दुवैलाई नामेट गर्छन् भनी किन तैंले त्यसमा लेखिस्?” "},{"id":30,"text":"यसैकारण यहूदाको राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: ‘दाऊदको सिंहासनमा बस्ने अब त्यसको कोही सन्तान हुनेछैन। त्यसको लाश दिउँसो घाममा र राती शीतमा पड़िरहने गरी फालिनेछ। "},{"id":31,"text":"म त्यसलाई, त्यसका सन्तानलाई र त्यसका टहलुवाहरूलाई तिनीहरूका दुष्ट्याइँको निम्ति दण्ड दिनेछु। म तिनीहरूमाथि र यरूशलेममा बस्नेहरू र यहूदाका मानिसहरूमाथि ती सबै सर्वनाश ल्याउनेछु, जसको घोषणा मैले तिनीहरूका विरुद्धमा गरिसकेको छु, किनभने यी कुरामा तिनीहरूले ध्यानै दिएनन्’।”"},{"id":32,"text":"तब यर्मियाले अर्को एउटा पत्रको मुट्ठो ल्याएर नेरियाहका छोरा लेखक बारूकलाई दिए, र तिनले यर्मियाले लेखाएअनुसार यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएको पत्रको मुट्ठोका सबै कुरा त्यसमा लेखे। अनि त्यस्तै अरू धेरै कुरा पनि त्यसमा थपिए।"}]},{"id":37,"title":"यर्मिया 37","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/37-2c757b85a33aa78fbb13b4ae6ebb7717.mp3?version_id=1483","verses":[{"id":1,"text":"योशियाहका छोरा सिदकियाहलाई बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा नियुक्त गरेका थिए, र यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा तिनले राज्य गर्न लागे। "},{"id":2,"text":"तर न त तिनले न तिनका टहलुवाहरूले न देशका मानिसहरूले यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएका वचनमा ध्यान दिए।"},{"id":3,"text":"तापनि सिदकियाह राजाले शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पूजाहारीसित यर्मिया अगमवक्ताकहाँ यसो भनेर पठाए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरिदेऊ।”"},{"id":4,"text":"त्यस बेलासम्म यर्मिया मानिसहरूका बीचमा हिँड्डुल गर्दैथिए, किनभने तिनी झ्यालखानमा हालिएका थिएनन्। "},{"id":5,"text":"फारोको सेना मिश्रदेशबाट आएको थियो, र जब यरूशलेमलाई घेरा लाउने बेबिलोनीहरूले यो कुरा सुने तब उनीहरू यरूशलेमबाट पछि हटे।"},{"id":6,"text":"तब यर्मिया अगमवक्ताकहाँ परमप्रभुको यो वचन आयो: "},{"id":7,"text":"“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका राजा, जसले तँलाई मकहाँ सोध्नलाई पठायो, त्यसलाई यसो भन्, ‘तँलाई सहायता गर्नलाई आएको फारोको सेना फेरि आफ्नै देश मिश्रमा फर्केर जानेछ। "},{"id":8,"text":"तब बेबिलोनीहरू फर्किआएर यस सहरलाई आक्रमण गर्नेछन्। उनीहरूले यसलाई लिनेछन् र जलाइदिनेछन्।’"},{"id":9,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: ‘बेबिलोनीहरूले निश्चय नै हामीलाई छोड़िदिनेछन्,’ भनी तिमीहरू धोका नखाओ। उनीहरूले यसो गर्नेछैनन्। "},{"id":10,"text":"तिमीहरूका विरुद्धमा लड्ने बेबिलोनीहरूका सबै सेनालाई तिमीहरूले जित्यौ भने, र उनीहरूका घाइतेहरू मात्र पालमा बाँकी रहे भने पनि उनीहरू आएर यस सहरलाई जलाइदिनेथिए।”"},{"id":11,"text":"फारोका सेनाको कारण जब बेबिलोनीहरूको सेना यरूशलेमबाट हट्यो, "},{"id":12,"text":"तब मानिसहरूको माझमा आफ्नो अंश लिनलाई यर्मिया यरूशलेम सहर छोड़ेर बेन्यामीनको इलाकातिर जान लागे। "},{"id":13,"text":"तर जब तिनी बेन्यामीनको ढोकामा आइपुगे तब हनन्याहका नाति, शेलेम्याहका छोरा गारदका कप्तान यिरियाहले यर्मियालाई पक्रेर यसो भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!”"},{"id":14,"text":"यर्मियाले भने, “यो कुरो सत्य होइन। म बेबिलोनीहरूकहाँ भागेर गएको होइनँ।” तर यिरियाहले तिनका कुरा सुन्न मानेनन्, र तिनले यर्मियालाई पक्रेर अधिकारीहरूकहाँ ल्याए। "},{"id":15,"text":"तिनीहरू यर्मियासित रिसाए, र तिनलाई पिटे, र सचिव जोनाथनको घरमा कैद गरेर राखे, किनभने तिनीहरूले त्यसलाई झ्यालखान बनाएका थिए।"},{"id":16,"text":"तिनीहरूले यर्मियालाई तहखानाको कालकोठरीमा हालिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे। "},{"id":17,"text":"तब सिदकियाह राजाले तिनलाई झिकाइपठाए, र तिनलाई महलमा ल्याएर गुप्तमा तिनलाई यसो भनेर सोधे, “के परमप्रभुबाट केही कुरा छ?”यर्मियाले जवाफ दिए, “हजूर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।”"},{"id":18,"text":"तब यर्मियाले सिदकियाह राजालाई भने, “मैले तपाईंलाई वा तपाईंका अधिकारीहरू वा यस प्रजालाई के गरें र तपाईंले मलाई झ्यालखानमा हालिदिनुभयो? "},{"id":19,"text":"‘तपाईं र यस देशलाई आक्रमण गर्न बेबिलोनका राजा आउनेछैनन्’ भनी तपाईंलाई अगमवाणी कहने तपाईंका अगमवक्ताहरू कहाँ छन्? "},{"id":20,"text":"तर अब हे मेरा प्रभु राजा, बिन्ती छ, ध्यानसित सुन्नुहोस्। मेरो नम्र-निवेदन तपाईंको अगि राख्न दिनुहोस्। मलाई सचिव जोनाथनको घरमा नपठाइदिनुहोस्, नत्रता म त्यहाँ मर्नेछु।”"},{"id":21,"text":"तब सिदकियाह राजाको हुकुमअनुसार यर्मिया गारदको चोकमा राखिए, र सहरका जम्मै रोटी नसकुञ्जेल बजारको पसलबाट दिनहुँ तिनलाई रोटी दिइन्थ्यो। यसरी यर्मिया गारदको चोकमा रहे।"}]},{"id":38,"title":"यर्मिया 38","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/38-d201187072be5698380b821b7854d047.mp3?version_id=1483","verses":[{"id":1,"text":"मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दै गरेका सुने, "},{"id":2,"text":"“परमप्रभु यसो भन्नुहुन्छ: ‘जो यस सहरमा बस्छ त्यो तरवार, अनिकाल र रूढ़ीले मर्नेछ, तर जो निस्केर बेबिलोनीहरूकहाँ जान्छ त्यो बाँच्नेछ। त्यसले आफ्नो ज्यान जोगाएर उम्कनेछ, र त्यो बाँच्नेछ। "},{"id":3,"text":"अनि परमप्रभु यसो भन्नुहुन्छ: ‘यो सहर निश्चय नै बेबिलोनका राजाका सेनाको हातमा सुम्पिइनेछ, र त्यसले यो कब्जा गर्नेछ’।”"},{"id":4,"text":"तब अधिकारीहरूले राजालाई भने, “यस मानिसलाई मार्नैपर्छ, किनभने यसले यस्ता कुरा गरेर यस सहरमा बाँकी रहेका सिपाहीहरू र मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलो होइन तर तिनीहरूको हानि चाहन्छ।”"},{"id":5,"text":"सिदकियाह राजाले जवाफ दिए, “त्यो तिमीहरूकै हातमा छ। राजाले त तिमीहरूका विरुद्धमा केही गर्न सक्दैनन्।”"},{"id":6,"text":"यसैले तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको पानीको इनार, जो गारदको चोकमा थियो, त्यसमा डोरीले सुर्काएर हालिदिए। यस इनारमा पानी थिएन तर हिलो मात्र थियो। अनि यर्मिया त्यस हिलोमा भासिए।"},{"id":7,"text":"राजा त्यस बेला बेन्यामीनको ढोकामा बसिरहेका थिए। जब यर्मिया इनारमा हालिएका कुरा राजदरबारका नपुंसक कूशी एबेद-मेलेकले सुने, "},{"id":8,"text":"तब तिनले राजमहलबाट गएर राजालाई भने, "},{"id":9,"text":"“हे मेरा प्रभु, हे महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई इनारमा हालिदिएर दुष्ट काम गरे। सहरमा रोटी सकिएपछि तिनी त त्यहाँ भोकै मर्नेछन्।"},{"id":10,"text":"तब राजाले कूशी एबेद-मेलेकलाई यसो भनेर हुकुम गरे, “यहाँबाट तीस जना मानिसहरू साथमा लगेर तिनी त्यहाँ मर्न अघि नै यर्मिया अगमवक्तालाई त्यस इनारबाट निकाल।”"},{"id":11,"text":"यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लगेर राजमहलको भण्डारमुनिको एउटा कोठामा गए, र त्यहाँबाट पुराना थोत्रा फाटेका लुगाहरू झिके, र तिनले इनारमा यर्मियाको लागि डोरीहरूले बाँधेर ती झारिदिए। "},{"id":12,"text":"तब कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा काखी र डोरीहरूका बीचमा यी थोत्रा लुगाहरू लगाऊ।” यर्मियाले त्यसै गरे। "},{"id":13,"text":"तब तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई इनारबाट बाहिर निकाले। त्यसपछि यर्मिया गारदको चोकमा बसे।"},{"id":14,"text":"तब सिदकियाह राजाले यर्मिया अगमवक्तालाई बोलाइपठाए, र परमप्रभुका मन्दिरको तेस्रो मूल ढोकामा तिनलाई ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीसित केही कुरा सोध्नेछु। मदेखि केही कुरा पनि नलुकाऊ।”"},{"id":15,"text":"यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई मार्नुहुन्न? मैले तपाईंलाई सल्लाह दिएँ भने पनि तपाईंले त्यो सुन्नुहुन्न।”"},{"id":16,"text":"तर सिदकियाह राजाले गुप्तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई सास दिनुभयो, उहाँकै नाउँमा शपथ खाएर भन्दैछु, म तिमीलाई मार्नेछैनँ, न त तिम्रो ज्यान लिन खोज्ने मानिसहरूका हातमा तिमीलाई सुम्पनेछु।”"},{"id":17,"text":"तब यर्मियाले सिदकियाहलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि बेबिलोनको राजाका अधिकृतहरूका हातमा तैंले आफैलाई सुम्पिदिइस् भने तेरो प्राण बाँच्नेछ, अनि यो सहर जलाइनेछैन, र तेरो घरानासहित तँ बाँच्नेछस्। "},{"id":18,"text":"तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्पिदिइनस् भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्कनेछैनस्’।”"},{"id":19,"text":"तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्।”"},{"id":20,"text":"यर्मियाले जवाफ दिए, “उनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका परमप्रभुको वचन पालन गर्नुहोस् र तपाईंको भलो हुनेछ, र तपाईंको प्राण बाँच्नेछ। "},{"id":21,"text":"तर सुम्पिनलाई तपाईंले इन्कार गर्नुभयो भनेता परमप्रभुले मलाई देखाउनुभएको दर्शन यही हो: "},{"id":22,"text":"यहूदाका राजाको महलमा छोड़िएका सबै स्त्रीहरू बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछन्, र ती स्त्रीहरूले तपाईंलाई भन्नेछन्: ‘तपाईंले भरोसा गर्नुभएका तपाईंका मित्रहरूले तपाईंलाई भ्रममा पारे। अब तपाईंका खुट्टा हिलोमा भासिएका छन्। तपाईंका मित्रहरूले तपाईंलाई त्यागेका छन्।’ "},{"id":23,"text":"तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्याइनेछन्। तपाईं आफै पनि उनीहरूका हातबाट उम्कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।”"},{"id":24,"text":"तब सिदकियाहले यर्मियालाई भने, “यो बातचीतको बारेमा कसैले थाहा नपाओस्, नत्रता तिमी मारिऔला। "},{"id":25,"text":"यदि तिमीसित मैले कुरा गरेको अधिकारीहरूले सुनेछन्, र तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ, र राजाले तिमीलाई के भन्नुभयो? हामीबाट केही कुरा नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौं,” भनी तिमीलाई सोधेछन् भने, "},{"id":26,"text":"तिमीले तिनीहरूलाई भन्नू, ‘मलाई मर्नलाई जोनाथनको घरमा नपठाइदिनुहोस् भनी मैले राजालाई एउटा नम्र-निवेदन मात्र गरिरहेको थिएँ’।”"},{"id":27,"text":"सबै अधिकारीहरू भारदारहरू यर्मियाकहाँ आएर तिनलाई प्रश्न गरे। तिनले राजाले हुकुम गरेअनुसार तिनीहरूलाई भने। यसैले तिनीहरूले तिनीसित अरू केही सोधेनन्, किनभने राजा र यर्मियाका बीचको बातचीत कसैले सुनेको थिएन।"},{"id":28,"text":"यरूशलेम लिने दिनसम्मै यर्मिया गारदको चोकमा नै रहे। "}]},{"id":39,"title":"यर्मिया 39","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/39-bb238f778d91c558c1cf0428bbddcf90.mp3?version_id=1483","verses":[{"id":1,"text":"यरूशलेम यसरी लिइयो: यहूदाका राजा सिदकियाहको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर र उनका सारा सेना आएर यरूशलेममा चढ़ाइ गरी घेरा हाले। "},{"id":2,"text":"अनि सिदकियाहको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा त्यस सहरको पर्खाल भत्काइयो। "},{"id":3,"text":"जब यरूशलेम लिइयो, तब बेबिलोनका राजाका सबै अधिकारीहरू आएर मध्य ढोकामा बसे: सम्गरका नेर्गलसरेसर, प्रमुख पदाधिकारी नेबो-सर्सेकिम, एक उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरू। "},{"id":4,"text":"जब यहूदाका राजा सिदकियाह र सबै सिपाहीहरूले उनीहरूलाई देखे, तब तिनीहरू दुई पर्खालका बीचमा भएको ढोकाबाट छिरेर राजाको बगैँचाबाट भएर राती नै सहरदेखि बाहिर भागे, र अराबातिर लागे।"},{"id":5,"text":"तर बेबिलोनी सेनाले तिनीहरूलाई खेदे, र सिदकियाहलाई यरीहोको मैदानमा फेला पारे। उनीहरूले तिनलाई पक्रेर हमात देशको रिब्ला भन्ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए। तब उनले सिदकियाहलाई दण्डको आज्ञा दिए। "},{"id":6,"text":"त्यहीँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामुन्ने मारे र यहूदाका सबै भारदारहरूलाई पनि मारे। "},{"id":7,"text":"उनले सिदकियाहका आँखा निकाले, र बेबिलोनमा लैजान तिनलाई साङ्लाले बाँधे।"},{"id":8,"text":"बेबिलोनीहरूले राजकीय महल र मानिसहरूका घरहरू जलाइदिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। "},{"id":9,"text":"तब सहरमा छोड़िएका बाँकी मानिसहरू र उनीकहाँ भागेर आउनेहरूलाई र अरू बाँकी मानिसहरूलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले कैद गरेर बेबिलोनमा लगे। "},{"id":10,"text":"तर केही पनि नभएका केही गरीब मानिसहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले यहूदा देशमा छोड़िराखे, र तिनीहरूलाई उनले दाखबारी र खेतहरू दिए।"},{"id":11,"text":"बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानद्वारा यर्मियाको विषयमा यस्तो आज्ञा दिए, "},{"id":12,"text":"“यसलाई चाहिँ लगेर राम्ररी हेरचाह गर्नू। यसलाई कुनै किसिमको हानि नगर्नू। यसले तिमीलाई भनेझैँ यसको लागि गर्नू।” "},{"id":13,"text":"यसकारण अङ्गरक्षकका सेनापति नबूजरदान, मुख्य पदाधिकारी नबुशजबान, उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरूले "},{"id":14,"text":"मानिसहरू पठाएर यर्मियालाई गारदको चोकबाट ल्याए। तिनलाई घरमा लैजाने जिम्मेवारी उनीहरूले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा छोड़िदिए। यसरी यर्मिया आफ्ना मानिसहरूसँगै रहे।"},{"id":15,"text":"गारदको चोकमा थुनिएको बेलामा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":16,"text":"“गएर कूशी एबेद-मेलेकलाई भन्: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: उन्नति गरेर होइन, तर विपत्ति ल्याएर यस सहरको विरुद्धमा मैले भनेका कुरा म पूरा गर्न लागेको छु। ती तेरै आँखाका सामुन्ने त्यो दिन पूरा हुनेछन्। "},{"id":17,"text":"तर म तँलाई त्यस दिन बचाउनेछु, र जुन मानिसहरूदेखि तँ डराउँछस् उनीहरूका हातमा तँ सुम्पिइनेछैनस्, परमप्रभु भन्नुहुन्छ। "},{"id":18,"text":"म तँलाई बचाउनेछु। तँ तरवारले मारिनेछैनस्, तर तैंले तेरो प्राण लिएर उम्कनेछस्, किनकि तैंले ममाथि भरोसा गर्छस्, परमप्रभु भन्नुहुन्छ’।”"}]},{"id":40,"title":"यर्मिया 40","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/40-de38e349302a5da8772dd7c69c990b84.mp3?version_id=1483","verses":[{"id":1,"text":"राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई साङ्लाले बाँधेर बेबिलोनमा लगिन लागेका यरूशलेम र यहूदाका अरू कैदीहरूका साथमा फेला पारेका थिए। उनले तिनलाई रामामा छोड़िदिएपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो। "},{"id":2,"text":"जब अङ्गरक्षका सेनापतिले यर्मियालाई भेटे उनले तिनलाई भने, “परमप्रभु तिम्रा परमेश्वरले यस ठाउँमा यो सर्वनाश ल्याउनलाई भन्नुभएको थियो। "},{"id":3,"text":"अब उहाँले सो सर्वनाश ल्याउनुभयो, र आफूले भन्नुभएझैँ उहाँले गर्नुभयो। यी सबै भए, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गर्यौ, र उहाँको आज्ञापालन गरेनौ। "},{"id":4,"text":"तर आज तिम्रा हातको साङ्लाबाट म तिमीलाई मुक्त गरिदिँदैछु। यदि मसित बेबिलोनमा आउन तिमीलाई असल लाग्यो भने आऊ। म तिम्रो हेरचाह गर्नेछु। तर यदि तिमीलाई मसित बेबिलोनमा आउन ठीक लागेन भने नआऊ। हेर, यो सारा देश तिम्रो सामुन्ने छ। तिमीलाई जहाँ जान मन लाग्छ, त्यहीँ जाऊ।” "},{"id":5,"text":"तापनि यर्मिया जान लाग्दा नबूजरदानले फर्केर भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका नगरहरूमाथि राज्यपाल नियुक्त गर्नुभएको छ। त्यहाँ तिनीसँगै अरू मानिसहरूसित तिमी बस, अथवा तिमीलाई जता जान मन लाग्छ त्यतै जाऊ।”तब सेनापतिले तिनलाई खाने भत्ता र उपहार दिए, र तिनलाई छोड़िदिए। "},{"id":6,"text":"यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए, र तिनीसित देशमा छोड़िएका मानिसहरूसँगै बस्न लागे।"},{"id":7,"text":"बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशका राज्यपाल नियुक्त गरेका छन् र देशका सबैभन्दा गरीब पुरुष, स्त्री र केटाकेटीहरूलाई, जो निर्वासित गरेर बेबिलोनमा लगिएका थिएनन्, ती जम्मैलाई तिनका हातमा सुम्पिदिएका छन् भनी जब फौजका सबै अधिकृतहरू र बस्ती-बस्तीमा भएका तिनीहरूका मानिसहरूले सुने, "},{"id":8,"text":"तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए। तिनीहरू यी नै थिए: नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यिनीहरू सबैका मानिसहरू। "},{"id":9,"text":"शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई ढाड़स दिन यो शपथ खाएर भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ। "},{"id":10,"text":"मचाहिँ त हामीहरूकहाँ आउने बेबिलोनीहरूका सामुन्ने तिमीहरूको प्रतिनिधि भएर मिस्पामा नै बस्नेछु। तिमीहरूचाहिँ दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेल आफ्ना भाँड़ामा जम्मा गर्दै राख, र तिमीहरूले छानेका सहरहरूमा बस।”"},{"id":11,"text":"जब मोआबमा, अम्मोनमा र एदोममा र अरू देशहरूमा भएका सारा यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदामा केही मानिसहरूलाई छोड़िराखेका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्, "},{"id":12,"text":"तब सबै यहूदीहरू जहाँ-जहाँ तिनीहरू तितरबितर भएका थिए, ती ठाउँहरूबाट फर्केर यहूदा देशको मिस्पामा गदल्याहकहाँ आए। अनि तिनीहरूले प्रशस्त मात्रामा दाखमद्य र ग्रीष्म ऋतुका फलहरू जम्मा गरे।"},{"id":13,"text":"तब कारेहका छोरा योहानान र बस्ती-बस्तीमा भएका फौजका सबै अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए, "},{"id":14,"text":"र तिनलाई यसो भने, “के तपाईंलाई थाहा छ कि अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको ज्यान लिन पठाएका छन्?” तर अहीकामका छोरा गदल्याहले तिनीहरूको कुरा विश्वास गरेनन्।"},{"id":15,"text":"तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस्। यो कुरा कसैले थाहा पाउनेछैन। तपाईंका चारैतिर जम्मा भएका यहूदीहरू तितरबितर हुनलाई, र यहूदाका बाँकी रहेकाहरू नष्ट हुनलाई त्यसले किन तपाईंको ज्यान लिने?”"},{"id":16,"text":"तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर। किनकि तिमीले इश्माएलको विषयमा भनेको कुरा असत्य हो।”"}]},{"id":41,"title":"यर्मिया 41","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/41-db65f705410f812be42b3a36168e9179.mp3?version_id=1483","verses":[{"id":1,"text":"सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय रगत भएको र राजाका अधिकृतहरूमध्येको एक थियो, दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आयो। जब तिनीहरू सबै एकैसाथ त्यहाँ खाइरहेका थिए, "},{"id":2,"text":"तब नतन्याहको छोरो इश्माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले मारे। "},{"id":3,"text":"इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदीहरू र त्यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मार्यो।"},{"id":4,"text":"गदल्याह मारिएको कुरा कसैले थाहा पाउनु अघि भोलिपल्ट "},{"id":5,"text":"शकेम, शीलो र सामरियाबाट दाह्री काटेका, लुगा च्यातेका र शरीर चिरै-चिरा काटेका असी जना मानिसहरू परमप्रभुको घरमा अन्नबलि र धूप चढ़ाउन आए। "},{"id":6,"text":"नतन्याहको छोरो इश्माएल मिस्पाबाट रुँदै-रुँदै तिनीहरूलाई भेट्न निस्क्यो। तिनीहरूलाई भेटेर त्यसले भन्यो, “अहीकामको छोरो गदल्याहकहाँ आओ।” "},{"id":7,"text":"जब तिनीहरू सहरभित्र आए तब नतन्याहको छोरो इश्माएल र त्यसको साथमा भएका मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूका लाश एउटा इनारमा फालिदिए। "},{"id":8,"text":"तर तिनीहरूमध्येका दश जना मानिसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीसित एउटा खेतमा लुकाइराखेका गहूँ, जौ, तेल र मह छन्।” यसैले त्यसले तिनीहरूलाई छोड़िदियो र अरूहरूसित तिनीहरूलाई मारेन। "},{"id":9,"text":"त्यो इनार, जहाँ इश्माएलले गदल्याह र अरू मानिसहरूलाई मारेर फालिदिएको थियो, त्यो त्यही इनार थियो, जो आसा राजाले इस्राएलका राजा बाशाको डरले गर्दा रक्षाको निम्ति खनाएका थिए। नतन्याहको छोरो इश्माएलले आफूले मारेका मानिसहरूले त्यो भरिदियो।"},{"id":10,"text":"त्यसपछि इश्माएलले मिस्पामा बाँकी रहेका जम्मै मानिसहरूलाई— राजाका छोरीहरू र अरू मानिसहरू, जुनलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले अहीकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए, ती सबैलाई त्यसले कैद गर्यो। यी कैदीहरूलाई लिएर सिमाना पारि अम्मोनीहरूकहाँ जानलाई त्यो हिँड़्यो।"},{"id":11,"text":"जब कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले नतन्याहको छोरो इश्माएलले गरेका सबै अपराधका विषयमा सुने, "},{"id":12,"text":"तब तिनीहरू आफ्ना सबै मानिसहरूलाई लिएर नतन्याहको छोरो इश्माएलसित लड़ाइँ गर्नलाई हिँड़े। तिनीहरूले त्यसलाई गिबोनको ठूलो दहनेर भेट्टाए। "},{"id":13,"text":"जब इश्माएलसित भएका ती मानिसहरूले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरूलाई देखे तब तिनीहरू रमाए। "},{"id":14,"text":"इश्माएलले मिस्पाबाट लगेका सबै कैदीहरू कारेहका छोरा योहानानकहाँ फर्केर गए। "},{"id":15,"text":"तर नतन्याहको छोरो इश्माएल आफ्ना आठ जना मानिसहरूसित योहानानको हातबाट उम्केर अम्मोनीहरूकहाँ भागेर गयो।"},{"id":16,"text":"तब अहीकामका छोरा गदल्याहलाई मारेपछि नतन्याहको छोरो इश्माएलले गिबोनबाट ल्याएका बाँचेकाहरूलाई— सिपाहीहरू, स्त्रीहरू, केटाकेटीहरू र महलका अधिकृतहरूलाई कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले लगेर गए। "},{"id":17,"text":"तिनीहरू बेबिलोनीहरूदेखि उम्कन मिश्रमा जाने विचार गरेर बेथलेहेमनेरको गेरूथ-किम्हाममा वास बसे। "},{"id":18,"text":"तिनीहरू बेबिलोनीहरूसित डराएका थिए, किनभने बेबिलोनका राजाले देशको लागि नियुक्त गरेका राज्यपाल अहीकामका छोरा गदल्याहलाई नतन्याहको छोरो इश्माएलले मारेको थियो।"}]},{"id":42,"title":"यर्मिया 42","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/42-6a7b217e7fd9cd3d6cd86fdcc8146ef6.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब फौजका सबै अधिकृतहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा येजन्याह, सानाभन्दा सानादेखि लिएर ठूलाभन्दा ठूला सबै मानिसहरूसमेत गरी "},{"id":2,"text":"यर्मिया अगमवक्ताकहाँ भेट गर्न आए, र तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्ती सुन्नुहोस्, र परमप्रभु तपाईंका परमेश्वरसित यी बाँचेकाहरूका निम्ति बिन्ती गरिदिनुहोस्। किनकि तपाईं आफ्नै आँखाले देख्नुहुन्छ कि हामी त्यति धेरै थियौं तर अब थोरै मात्र रहेका छौं। "},{"id":3,"text":"परमप्रभु तपाईंका परमेश्वरले हामीलाई कहाँ जाने हो, र हामीले के गर्नुपर्ने हो, सो देखाइदेऊन् भनेर प्रार्थना गर्नुहोस्।”"},{"id":4,"text":"यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनें। म परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले बिन्ती गरेअनुसार प्रार्थना गरिदिनेछु, र परमप्रभुले जे भन्नुहुन्छ, सो सबै तिमीहरूलाई बताइदिनेछु। म केही कुरा पनि तिमीहरूदेखि लुकाउनेछैनँ।”"},{"id":5,"text":"तब तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले तपाईंद्वारा पठाउनुभएका कुराअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हामीहरूका विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। "},{"id":6,"text":"चाहे त्यो अनुकूल होस् वा नहोस्, परमप्रभु हाम्रा परमेश्वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौं, उहाँको वचन हामी पालन गर्नेछौं, ताकि परमप्रभु हाम्रा परमेश्वरको कुरा हामीले मानेकाले हाम्रो भलो होस्।”"},{"id":7,"text":"दश दिनपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो। "},{"id":8,"text":"तब तिनले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरू र साना-ठूला सबै मानिसहरूलाई बोलाए। "},{"id":9,"text":"यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर, जसको सामुन्ने तिमीहरूले मलाई आफ्नो बिन्ती चढ़ाउनलाई पठाएका थियौ, यसो भन्नुहुन्छ: "},{"id":10,"text":"‘यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्नेछु तर भत्काउनेछैनँ, म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दु:खित छु। "},{"id":11,"text":"बेबिलोनको राजा, जससँग अहिले तिमीहरू डराउँदछौ, अब त्यससँग नडराओ, किनकि तिमीहरूलाई त्यसको हातदेखि बचाउन र छुटाउनलाई म तिमीहरूसित हुन्छु, परमप्रभु भन्नुहुन्छ। "},{"id":12,"text":"म तिमीहरूमाथि कृपा गर्नेछु, र त्यसले तिमीहरूमाथि टिठ्याएर तिमीहरूलाई तिमीहरूकै देशमा फेरि बसाल्नेछ’।"},{"id":13,"text":"“तापनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका हुकुम पालन गरेनौ भने, र ‘हामी यस देशमा बस्नेछैनौं, "},{"id":14,"text":"तर हामी मिश्रदेशमा नै गएर बस्नेछौं, किनभने त्यहाँ हामी लड़ाइँ देख्नेछैनौं, तुरहीको सोर सुन्नेछैनौं, न त रोटी नपाई भोकै रहनेछौं,’ भन्यौ भनेदेखि त, "},{"id":15,"text":"हे यहूदाका बाँचेकाहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: यदि तिमीहरूले मिश्रदेशमा गएर त्यहाँ बसोबास गर्नलाई पक्का नै गरेका छौ भने, "},{"id":16,"text":"जुन तरवारदेखि तिमीहरू डराउँदछौ, त्यसले नै तिमीहरूलाई मिश्रदेशमा खेदेर भेट्टाउनेछ, र जुन अनिकालदेखि तिमीहरू डराउँदछौ, त्यो मिश्रदेशमा तिमीहरूका पछिपछि आउनेछ, र तिमीहरू त्यहीँ नै मर्नेछौ। "},{"id":17,"text":"निश्चय नै मिश्रदेशमा गएर त्यहीँ रहनलाई मन पक्का गर्ने जति जम्मै तरवार, अनिकाल र रूढ़ीले मर्नेछन्। मैले तिमीहरूमाथि ल्याउने सर्वनाशबाट एउटै पनि बाँच्नेछैन वा उम्कनेछैन’। "},{"id":18,"text":"सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘जसरी मेरो रीस र क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएका थिए, त्यसरी नै तिमीहरू मिश्रदेशमा गयौ भने मेरो क्रोध तिमीहरूमाथि पनि खनिनेछ। तिमीहरू सराप र त्रास, अपराध र निन्दाका पात्र बनिनेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै देख्न पाउनेछैनौ’।"},{"id":19,"text":"“हे यहूदाका बाँकी रहेका हो, परमप्रभुले तिमीहरूलाई भन्नुभएको छ, ‘मिश्रदेशमा नजाओ’। यो कुरा तिमीहरूले निश्चय जानिराख: आजको दिन म तिमीहरूलाई चेताउनी दिन्छु, "},{"id":20,"text":"कि तिमीहरूले एउटा घातक भूल गर्यौ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ यसो भनेर पठायौ, ‘परमप्रभु हाम्रा परमेश्वर जे भन्नुहुन्छ त्यो सबै हामीलाई बताइदिनुहोस् र हामी त्यो गर्नेछौं’। "},{"id":21,"text":"आज मैले तिमीहरूलाई त्यो बताइदिएको छु। तर जे कुरा भन्नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, ती सबै कुरामा परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञापालन तिमीहरूले अझै गरेका छैनौ। "},{"id":22,"text":"यसैले अब यो कुरो निश्चय जानिराख, कि तिमीहरू बसोबास गर्न जानलाई इच्छा गरेको ठाउँमा नै तिमीहरू तरवार, अनिकाल र रूढ़ीले मर्नेछौ।”"}]},{"id":43,"title":"यर्मिया 43","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/43-ac0e3a3ac78d13e706c580eda3c7311c.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियाद्वारा तिनीहरूलाई दिनुभएका सबै कुरा यर्मियाले तिनीहरूलाई भनिसके, "},{"id":2,"text":"तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र सबै हठी मानिसहरूले यर्मियालाई भने, “तिमीले झूट बोलिरहेका छौ! ‘तिमीहरू मिश्रदेशमा बसोबास गर्न जानैहुँदैन’ भनी भन्नलाई परमप्रभु हामीहरूका परमेश्वरले तिमीलाई पठाउनुभएको होइन। "},{"id":3,"text":"तर बेबिलोनीहरूले हामीहरूलाई मारून् अथवा निर्वासित गरी बेबिलोनमा लैजाऊन् भन्ने विचारले नेरियाहको छोरा बारूकले तिमीलाई हाम्रा विरुद्धमा उक्साएको हो।”"},{"id":4,"text":"यसैले कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरू र अरू सबै मानिसहरूले यहूदा देशमा नै बस्नू भन्ने परमप्रभुको आज्ञा भङ्ग गरे। "},{"id":5,"text":"त्यसको सट्टा यहूदाका बाँकी रहेका जम्मै मानिसहरूलाई, जो जाति-जातिहरूका बीचमा तितरबितर भएर फेरि यहूदामा बस्नलाई फर्किआएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरूले लगे— "},{"id":6,"text":"पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू, राजकुमारीहरू— जसलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए— तिनीहरूलाई र यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि तिनीहरूले लगे। "},{"id":7,"text":"यसरी परमप्रभुको आज्ञा भङ्ग गरेर तिनीहरू मिश्रदेशमा गए, र तिनीहरू तहपनेसमा पुगे।"},{"id":8,"text":"तहपनेसमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":9,"text":"“तेरा हातमा ठूलाठूला ढुङ्गा ले, र यहूदीहरूले हेरिरहेकै समयमा तहपनेसमा भएको फारोका महलको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि हिलोमा ती गाड़िराख्। "},{"id":10,"text":"अनि तिनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म आफ्नो दास बेबिलोनको राजा नबूकदनेसरलाई बोलाउनेछु, र मैले लुकाइराखेका यी ढुङ्गाहरूमाथि त्यसको सिंहासन म बसाल्नेछु। त्यसले तीमाथि आफ्नो राजपत्र फैलाउनेछ। "},{"id":11,"text":"त्यसले आएर मिश्रदेशलाई आक्रमण गर्नेछ, र मृत्युको लागि लेखिएका भए मृत्युमा नै, कैदमा जानुपर्नेहरू कैदमा, तरवारले मारिनुपर्नेहरू तरवारतिरै जाऊन्। "},{"id":12,"text":"त्यसले मिश्रदेशका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ। त्यसले उनीहरूका मन्दिरहरूलाई जलाइदिनेछ, र देवताहरूलाई कैद गरेर लानेछ। जसरी गोठालाले आफ्नो लुगा ओढ्छ, त्यसरी नै त्यसले मिश्रदेशलाई ओढ्नेछ र त्यो त्यहाँबाट केही हानि नभई फर्कनेछ। "},{"id":13,"text":"त्यसले मिश्रदेशमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरू भत्काइदिनेछ, र मिश्रदेशका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ’।”"}]},{"id":44,"title":"यर्मिया 44","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/44-7e12f1d2cdfeb10c44f82669746882bc.mp3?version_id=1483","verses":[{"id":1,"text":"तल्लो मिश्रमा— मिग्दोल, तहपनेस र नोपमा— र माथिल्लो मिश्रमा बस्ने सबै यहूदीहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: "},{"id":2,"text":"“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यरूशलेम र यहूदाका सबै नगरहरूमा मैले ल्याएको ठूलो सर्वनाश त तिमीहरूले देखेकै छौ। आज ती उजाड़ र भग्नावशेष भएका छन्। "},{"id":3,"text":"यो तिनीहरूका दुष्ट्याइँको कारणले हो। तिनीहरूले मलाई क्रोधित तुल्याए। तिनीहरूले धूप बाले र अरू देवताहरूको सेवा गरे, जसलाई न त तिनीहरू आफैले, न तिमीहरूले चिनेका थियौ न त तिमीहरूका पुर्खाले चिनेका थिए। "},{"id":4,"text":"मैले मेरा दास अगमवक्ताहरूलाई बारम्बार यसो भनेर तिनीहरूकहाँ पठाएँ, ‘मलाई घिनलाग्ने यस्तो घृणित काम नगर’। "},{"id":5,"text":"तर तिनीहरूले सुनेनन् अथवा ध्यानै दिएनन्। तिनीहरू आफ्ना दुष्ट कामहरूदेखि फर्केनन् वा तिनीहरूले अन्य देवताहरूलाई धूप बाल्न छोड़ेनन्। "},{"id":6,"text":"यसैकारण यहूदाका नगरहरू र यरूशलेमका गल्लीहरूमा मेरो क्रोध र मेरो भयानक रीस खनियो र ती उजाड़ र भग्नावशेष भएर, जो आज देखिँदैछन्।"},{"id":7,"text":"“अब सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाबाट पुरुष, स्त्री, साना नानी र दूध खाने बालकहरू अलग गराएर केही पनि नरहने गरी तिमीहरूले आफूमाथि यस्तो ठूलो सर्वनाश किन ल्याउँछौ? "},{"id":8,"text":"तिमीहरू प्रवासी भएर बस्नलाई आएको मिश्रदेशमा तिमीहरूका हातले बनाएका थोकद्वारा, अर्थात् अरू देवताहरूलाई धूप बालेर मलाई किन रीस उठाउँछौ? तिमीहरूले आफैलाई नष्ट गर्नेछौ, र पृथ्वीका सबै जातिहरूका बीचमा तिमीहरू सराप र निन्दाका पात्र बन्नेछौ। "},{"id":9,"text":"जुन दुष्ट काम तिमीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरू र रानीहरू, अनि तिमीहरू र तिमीहरूका पत्नीहरूले यहूदा देश र यरूशलेमका गल्ली-गल्लीहरूमा गर्यौ, के ती तिमीहरूले भुल्यौ? "},{"id":10,"text":"आजको दिनसम्म पनि तिनीहरूले आफैलाई नम्र तुल्याएका छैनन्, अथवा मलाई आदर गरेका छैनन्, न मेरा व्यवस्था र विधिहरूमा तिनीहरू चल्छन्, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूका सामुन्ने राखेको थिएँ।"},{"id":11,"text":"“यसैकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूमाथि सर्वनाश ल्याउन र सारा यहूदालाई नष्ट गर्न मैले निश्चय गरेको छु। "},{"id":12,"text":"मिश्रदेशमा गएर बस्न निश्चय गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्ट गर्नेछु। मिश्रदेशमा नै तिनीहरू सबैको पतन हुनेछ। तरवार वा अनिकालले तिनीहरू नष्ट हुनेछन्। सानोदेखि लिएर ठूलोसम्म सबै मानिसहरू तरवार र अनिकालद्वारा मर्नेछन्। तिनीहरू सराप र त्रास, अपराध र निन्दाका पात्र बनिनेछन्। "},{"id":13,"text":"जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र रूढ़ीले दण्ड दिएथें, त्यसरी नै मिश्रदेशमा बस्नेहरूलाई म दण्ड दिनेछु। "},{"id":14,"text":"यहूदाका बाँकी रहेकाहरू जो मिश्रदेशमा प्रवासी भएर बस्नलाई गएका छन्, तिनीहरूमा एउटै पनि बाँच्नेछैन न उम्कनेछ, र तिनीहरूले यहूदा देशमा फर्केर बस्ने इच्छा गरे तापनि केही शरणार्थीहरूबाहेक तिनीहरू एउटै पनि फर्कन पाउनेछैनन्।”"},{"id":15,"text":"तब त्यस ठूलो समुदायमा उपस्थित भएका सबै मानिसहरूले, जसले जान्दथे कि तिनीहरूका पत्नीहरूले अन्य देवताहरूलाई धूप बाल्दैथिए, र त्यहाँ उपस्थित भएका सबै स्त्रीहरूले र तल्लो र माथिल्लो मिश्रमा बस्ने सबै यहूदीहरूले यर्मियालाई भने, "},{"id":16,"text":"‘जो कुरा तिमीले हामीहरूलाई परमप्रभुको नाउँमा सुनाएका छौ, त्यो हामी सुन्नेछैनौं। "},{"id":17,"text":"तर हामीले भनेको हरेक काम हामी अवश्य पूरा गर्नेछौं। हामी र हाम्रा पिता-पुर्खाले र हाम्रा राजाहरू र अधिकारीहरूले यहूदाका नगरहरूमा र यरूशलेमका गल्लीहरूमा स्वर्गकी रानीको निम्ति धूप बालेझैँ र अर्घ-बलि चढ़ाएझैँ हामी पनि चढ़ाउनेछौं। त्यस बेला हामीले प्रशस्त खान पाउँथ्यौँ। हाम्रो फलिफाप भएको थियो, र हामीलाई कुनै किसिमको हानि भएको थिएन। "},{"id":18,"text":"तर स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन छोड़ेपछि हामीलाई सबै किसिमको अभाव हुँदैआएको छ, अनि तरवार र अनिकालद्वारा हाम्रो पतन हुँदैगएको छ।”"},{"id":19,"text":"अनि स्त्रीहरूले अझ थपे, “जब हामीले स्वर्गकी रानीको निम्ति धूप बाल्यौं र अर्घ-बलि चढ़ायौं, तब के हामीले आफ्ना पतिहरूको सहमतविना नै स्वर्गकी रानीको आकारजस्ताका फुरौला पोल्यौं र अर्घ-बलि चढ़ायौं र?”"},{"id":20,"text":"तब यर्मियाले तिनलाई जवाफ दिने पुरुष र स्त्री दुवैलाई जवाफ दिँदै भने, "},{"id":21,"text":"“तिमीहरू, तिमीहरूका पिता-पुर्खाहरू, तिमीहरूका राजाहरू, तिमीहरूका पदाधिकारीहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूमा धूप जलाएका विषयमा के परमप्रभुलाई स्मरण थिएन र? के उहाँले विचार गर्नुभएन र? "},{"id":22,"text":"जब परमप्रभुले तिमीहरूका दुष्ट चाल र तिमीहरूले गरेका घृणित कामहरू अझै अरू सहन सक्नुभएन, तब तिमीहरूको देश सरापको पात्र र बासिन्दाविना उजाड़ भएको थियो, जस्तो आज पनि छ। "},{"id":23,"text":"तिमीहरूले धूप जलाएका, तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका र उहाँको आज्ञापालन नगरेका, अथवा उहाँको व्यवस्था, विधि र नियमहरू पालन नगरेका हुनाले यो सर्वनाश, जो आज देखिन्छ, तिमीहरूमाथि आएको हो।”"},{"id":24,"text":"तब यर्मियाले ती सबै पुरुष र स्त्रीहरूलाई भने, “मिश्रदेशमा भएका हे सबै यहूदाका मानिस हो, परमप्रभुको वचन सुन। "},{"id":25,"text":"सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन हामीले गरेको भाकल हामी अवश्य पूरा गर्नेछौं’ भनी तिमीहरू र तिमीहरूका पत्नीहरूले आफूले प्रतिज्ञा गरेका कुरा आफ्नै कामद्वारा तिमीहरूले पूरा गरेका छौ। यसर्थ तिमीहरूका प्रतिज्ञाहरू पूरा गर। तिमीहरूका भाकलहरू पूरा गर। "},{"id":26,"text":"तर मिश्रदेशमा बस्ने हे सबै यहूदी हो, परमप्रभुको वचन सुन। परमप्रभु भन्नुहुन्छ: ‘मेरो महान् नाउँमा म शपथ खाँदैछु, कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि “जीवित परमप्रभुको नाउँमा” भन्दै कहिल्यै मेरो नाउँमा शपथ खाने वा पुकारा गर्नेछैन’। "},{"id":27,"text":"किनकि म तिनीहरूलाई असलको निम्ति होइन तर खराबको निम्ति हेर्दैछु। मिश्रदेशमा हुने सबै यहूदीहरू नष्ट नहोउञ्जेल तरवार र अनिकालले मर्नेछन्। "},{"id":28,"text":"तरवारबाट बाँचेकाहरू मिश्रदेशदेखि यहूदा देशमा थोरै मात्र फर्केर जानेछन्। तब कसको वचनचाहिँ सत्य ठहर्दोरहेछ— मेरो कि तिनीहरूको भनी मिश्रदेशमा बस्न आएका यहूदाका बाँकी रहेकाहरू जम्मैले जान्नेछन्।"},{"id":29,"text":"“परमप्रभु भन्नुहुन्छ, ‘म तिमीहरूलाई यही ठाउँमा दण्ड दिनेछु भन्ने तिमीहरूलाई यो चिन्ह हुनेछ, र तिमीहरूले यो जान कि तिमीहरूका विरुद्ध जोखिम गर्ने मेरो धम्की निश्चय नै कायम रहनेछ’। "},{"id":30,"text":"परमप्रभु यसो भन्नुहुन्छ: ‘जसरी मैले यहूदाको राजा सिदकियाहलाई त्यसको ज्यान लिन खोज्ने त्यसका शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म मिश्रदेशको राजा फारो होप्रालाई पनि त्यसको ज्यान लिन खोज्ने त्यसका शत्रुको हातमा सुम्पिदिनेछु’।” "}]},{"id":45,"title":"यर्मिया 45","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/45-0e34ab9f8c52e369890f6bbafda4453a.mp3?version_id=1483","verses":[{"id":1,"text":"यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा नेरियाहका छोरा बारूकले यर्मिया अगमवक्ताले लेखाएका वचन एउटा पत्रको मुट्ठोमा लेखिसकेपछि यर्मियाले बारूकलाई भने, "},{"id":2,"text":"“बारूक, परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई भन्नुभएको कुरा यही हो: "},{"id":3,"text":"तैंले भनिस्, ‘धिक्कार मलाई! किनकि परमप्रभुले मेरो दु:खमाथि दु:ख थपिदिनुभयो! सुस्केरा मार्दा म थाकिसकें, म कतै पनि विश्राम पाउँदिनँ’।”"},{"id":4,"text":"परमप्रभु भन्नुहुन्छ, “तैंले त्यसलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले जे बनाएको छु, त्यो म भत्काउनेछु। देशभरि नै मैले जे रोपेको छु, त्यो म उखेल्नेछु। "},{"id":5,"text":"के तँचाहिँ आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्? ती नखोज्। किनकि म सबै मानिसहरूमाथि सर्वनाश ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ, तर तँ जहाँ जान्छस् ती सबै ठाउँमा तेरो ज्यानसमेत म तँलाई उम्कन दिनेछु’।”"}]},{"id":46,"title":"यर्मिया 46","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/46-3f9049c93581cbd9cb56594d14f78569.mp3?version_id=1483","verses":[{"id":1,"text":"जाति-जातिहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो:"},{"id":2,"text":"मिश्रदेशको विषयमा: मिश्रदेशका राजा फारो नेकोका सेनाको विरुद्धमा, जसलाई यूफ्रेटिस नदीको तीरमा भएको कर्कमीशमा यहूदाका राजा यहोयाकीमको चौथो वर्षमा बेबिलोनका राजा नबूकदनेसरले जितेका थिए। "},{"id":3,"text":"साना र ठूला ढालहरू तयार गर, लड़ाइँको लागि अगि बढ़! "},{"id":4,"text":"घोड़ाहरूमा जीन-लगाम कस। हे घोड़चढ़ी हो, सवार होओ। लड़ाइँका टोप लगाएर आफ्नो ठाउँमा खड़ा होओ। तिमीहरूका भाला टल्काओ। तिमीहरूका कवच लगाओ। "},{"id":5,"text":"म के देख्दैछु? तिनीहरू त डराएका छन्। तिनीहरू पछि हट्दैछन्। तिनीहरूका योद्धाहरूले हार खाए। तिनीहरू चाँड़ो-चाँड़ो गरी भाग्दैछन्। तिनीहरू पछि हेर्दैनन्, चारैतिर त्रासै-त्रास छ,” परमप्रभु भन्नुहुन्छ। "},{"id":6,"text":"“चाँड़ो भाग्ने पनि भाग्न सक्दैन, न त बलियाहरू उम्कन सक्छन्। उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खाएर लोट्छन्।"},{"id":7,"text":"“नील नदीझैँ बढ़ेर आउने, नदीहरूका पानी उर्लेर आउनेझैँ यो को हो? "},{"id":8,"text":"मिश्रदेश नील नदीझैँ बढ़ेर आउँछ, उर्लेर आउने नदीहरूका पानीझैँ। त्यसले भन्छे, ‘म बढ़ेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका मानिसहरूलाई नाश गर्नेछु’। "},{"id":9,"text":"हे घोड़ा हो, कुद्दै अगि बढ़। हे रथ हाँक्ने हो, वेगले हाँक। हे योद्धाहरू हो, अगि बढ़। ढाल बोक्ने कूश र पूतका मानिसहरू, बाण हान्नमा सिपालु लूदका मानिस हो, अगि बढ़। "},{"id":10,"text":"तर त्यो दिन परमप्रभु, सर्वशक्तिमान् परमप्रभुको दिन हो— बदला लिने दिन, आफ्ना शत्रुहरूलाई साटो फेर्ने दिन। तृप्त नहोउञ्जेल तरवारले नाश गर्नेछ, रगत पिएर त्यसले तिर्खा मेटाउनेछ। किनभने उत्तर दिशाका देशमा, यूफ्रेटिस नदीको किनारमा, परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले बलिदान चढ़ाउनुहुनेछ।"},{"id":11,"text":"“हे मिश्रदेशकी कन्ये-छोरी, माथि गिलादमा गएर मलहम ले। तर तैंले व्यर्थमा धेरै किसिमका औषधीहरू लगाउँछस्। तँ निको हुनेछैनस्। "},{"id":12,"text":"जाति-जातिहरूले तेरो लाजको कुरा सुन्नेछन्।तेरो रोदनले सारा पृथ्वी भरिनेछ। योद्धासित योद्धा ठक्कर खानेछ, तिनीहरू दुवै एकसाथ लोट्नेछन्।”"},{"id":13,"text":"बेबिलोनका राजा नबूकदनेसरले आएर मिश्रदेशलाई आक्रमण गर्ने विषयमा परमप्रभुले यर्मिया अगमवक्तालाई यो सन्देश दिनुभएको छ: "},{"id":14,"text":"“मिश्रदेशमा सूचना देओ। मिग्दोलमा घोषणा गर, नोप र तहपनेसमा पनि घोषणा गर: ‘तयार भएर आ-आफ्नो स्थान लिएर खड़ा होओ, किनकि तरवार तिमीहरूका चारैतिर निल्दैछ’। "},{"id":15,"text":"तेरा योद्धाहरू किन सोतर हुनेछन्? तिनीहरू खड़ा हुन सक्दैनन्, किनभने परमप्रभुले तिनीहरूलाई तलतिर घचेटिदिनुहुनेछ। "},{"id":16,"text":"तेरा योद्धाहरू बारम्बार ठक्कर खाएर एक-अर्कामाथि लोट्नेछन्, तिनीहरूले भन्नेछन्, ‘उठ, अत्याचारको तरवारदेखि भागेर हामीहरू आफ्नै मानिसकहाँ र आफ्नै जन्म-देशमा फर्केर जाऔं’। "},{"id":17,"text":"त्यहाँ तिनीहरू कराउनेछन्, मिश्रको राजा फारो ठूलो हल्ला गर्ने आवाज मात्र हो। त्यसले आफ्नो मौका गुमाएको छ।’"},{"id":18,"text":"“जस्तो म जीवित छु,” राजाले भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो, “पहाड़हरूमध्ये तबोरजस्तै एक जना आउनेछ, समुद्रको किनारको कर्मेलझैँ त्यो आउनेछ। "},{"id":19,"text":"हे मिश्रदेशमा बस्नेहरू हो, निर्वासनमा जानलाई तिम्रा आफ्ना झिटीमिटी पोको पार। किनकि नोप उजाड़ हुनेछ। निर्जन भएर त्यो भग्नावशेष हुनेछ।"},{"id":20,"text":"“मिश्र एउटी सुन्दरी कोरली हो, तर उत्तर दिशाबाट एउटा डाँस त्यसको विरुद्धमा आइरहेछ। "},{"id":21,"text":"त्यसका ज्यालादार सिपाहीहरू पोसिएका बाछाहरूझैँ छन्, तिनीहरू एकैसाथ पीठ फर्काएर भाग्नेछन्, तिनीहरू अड्नेछैनन्, किनकि तिनीहरूमाथि सर्वनाशको दिन, तिनीहरूका सजायको दिन आइरहेछ। "},{"id":22,"text":"शत्रुहरू जबरदस्तसाथ अगि बढ्दैआउँदा, भाग्ने सर्पको जस्तै आवाज मिश्रदेशले निकाल्नेछ। उनीहरू त्यसको विरुद्धमा बन्चरो लिएर रूख काट्ने मानिसहरूझैँ आउनेछन्। "},{"id":23,"text":"त्यसका वनहरू घना भए तापनि उनीहरूले ती ढाल्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “संख्यामा उनीहरू सलहभन्दा पनि धेरै छन्, उनीहरू अनगन्ती छन्। "},{"id":24,"text":"मिश्रदेशकी छोरी लाजमा पारिनेछे। उत्तर दिशाबाट आएका मानिसहरूका हातमा त्यो सुम्पिइनेछे।”"},{"id":25,"text":"सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: “हेर, म नोको अमोन देवता, फारो, मिश्रदेश र त्यसका देवताहरू र राजाहरू भनी फारोमाथि भर पर्नेहरूमाथि दण्ड ल्याउन लागेको छु। "},{"id":26,"text":"म तिनीहरूलाई तिनीहरूका ज्यान लिन खोज्नेहरूका हातमा, अर्थात् बेबिलोनको राजा नबूकदनेसर र त्यसका अधिकृतहरूका हातमा सुम्पिदिनेछु। तर त्यसपछि मिश्रदेश अघिझैँ फेरि आबादी हुनेछ,” परमप्रभु भन्नुहुन्छ।"},{"id":27,"text":"“मेरो दास याकूब, तँचाहिँ नडरा। हे इस्राएल, तँ हताश नहो। निश्चय नै म तँलाई टाढ़ा देशदेखि र तेरा सन्तानलाई निर्वासन भएको देशदेखि छुटाउनेछु। याकूब सुख र शान्तिमा फेरि बस्नेछ, र कसैले त्यसलाई डर देखाउनेछैन। "},{"id":28,"text":"हे मेरो दास याकूब, नडरा, किनकि म तँसित छु,” परमप्रभु भन्नुहुन्छ। जुन जातिहरूका बीचमा मैले तँलाई तितरबितर पारें, उनीहरूलाई म पूरै संहार गर्नेछु, तापनि तँलाई चाहिँ म पूरै संहार गर्नेछैनँ। म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु, तँलाई दण्ड नदिई म त्यसै छोड्नेछैनँ।”"}]},{"id":47,"title":"यर्मिया 47","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/47-f1ffd3dd4f1bb584d87adf8a8de69b2a.mp3?version_id=1483","verses":[{"id":1,"text":"फारोले गाजालाई आक्रमण गर्न अघि पलिश्तीहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो: "},{"id":2,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “हेर, उत्तर दिशामा पानी बढ़िरहेछन्। ती बाढ़ीको भलझैँ हुनेछन्। त्यसले देश र त्यसमा भएका जम्मै कुरालाई डुबाउनेछ, नगरहरू र तिनमा बसेको हरेकलाई। "},{"id":3,"text":"फट्केर कुद्ने घोड़ाहरूका टापको आवाजमा, शत्रुहरूका रथहरू वेगले कुदेका पाङ्ग्राहरूको हल्लामा मानिसहरू रुनेछन् र देशमा बस्नेहरू सबैले विलाप गर्नेछन्। बुबाहरूले आफ्ना छोराछोरीहरूलाई सहायता गर्नेछैनन्। तिनीहरूका हातहरू लुला भएर झुण्डिन्छन्। "},{"id":4,"text":"किनभने पलिश्तीहरूको नाश हुने दिन आएको छ। बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई सहायता गर्न सक्नेहरू सबै नष्ट हुनेछन्। परमप्रभुले पलिश्तीहरूलाई नाश गर्न लाग्नुभएको छ, कप्तोरका किनारहरूका बाँकी रहेकाहरूलाई। "},{"id":5,"text":"शोक गर्नलाई गाजाले आफ्नो कपाल खौरनेछ। अश्कलोन मौन गराइनेछ। हे मैदानमा बाँकी रहेकाहरू हो, कहिलेसम्म तिमीहरू आ-आफ्नो शरीर काट्नेछौ?"},{"id":6,"text":"“‘हे परमप्रभुको तरवार, तँ कहिले विश्राम लिन्छस्?” तिमीहरू कराउँछौ। “आफ्ना म्यानमा पस्। तँ शान्तसँग बस्।” "},{"id":7,"text":"तर परमप्रभुले त्यसलाई हुकुम गर्नुभएको छ, उहाँले अश्कलोन र समुद्र-किनारका देशहरूलाई आक्रमण गर्न त्यसलाई हुकुम गर्नुभएको छ।” यसर्थ त्यो कसरी शान्त भएर बस्छ र?”"}]},{"id":48,"title":"यर्मिया 48","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/48-437a4f7b531f3de139627b5a2ba47242.mp3?version_id=1483","verses":[{"id":1,"text":"मोआबको विषयमा: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार, किनभने त्यो भग्नावशेष हुनेछ। किर्यातैम अपमानित हुनेछ, र त्यो कब्जामा पर्नेछ। किल्ला लाजमा पारिनेछ, र त्यो भत्काइनेछ। "},{"id":2,"text":"मोआबको प्रशंसा अब गरिनेछैन। मानिसहरूले हेश्बोनमा त्यसका पतनको षड्यन्त्र रच्नेछन्: ‘आओ, हामी त्यस जातिलाई खतम गरिदिऔं’। हे मदमेन, तँलाई पनि चूप गराइनेछ, तरवारले तँलाई खेद्नेछ। "},{"id":3,"text":"होरोनैमबाट एउटा क्रन्दन सुन, उजाड़ र ठूलो सर्वनाशको रुवाइ। "},{"id":4,"text":"मोआब चूर पारिनेछ’। त्यसका बच्चाहरू चिच्च्याएर रुनेछन्। "},{"id":5,"text":"लूहीतको उकालोमा तिनीहरू रुँदै उक्लन्छन्। होरोनैमको ओह्रालोमा सर्वनाशको रुवाइ सुनिन्छन्। "},{"id":6,"text":"भाग, आफ्नो ज्यान जोगाउनलाई कुद, मरुभूमिमा पोथ्राजस्तै होओ! "},{"id":7,"text":"तिमीहरूले आफ्ना कामहरू र धनहरूमा भरोसा राखेका हुनाले तिमीहरू पनि कैदमा पर्नेछौ, र कमोश आफ्ना पूजाहारी र अधिकारीहरूसँग निर्वासनमा जानेछ। "},{"id":8,"text":"हरेक नगरको विरुद्धमा सर्वनाश गर्ने आउनेछ, र एउटै नगर उम्कनेछैन। बेँसी नष्ट पारिनेछ, र टार नाश गरिनेछ, किनभने परमप्रभुले भन्नुभएको छ। "},{"id":9,"text":"मोआबमा नून छरिदेओ, किनकि त्यो उजाड़ हुनेछ। त्यसका नगरहरू कोही पनि नबस्ने गरी उजाड़ भइजानेछन्।"},{"id":10,"text":"“परमप्रभुको काम ढिलोसित गर्नेलाई सराप! आफ्नो तरवारलाई रक्तपात गर्नदेखि रोक्नेलाई सराप!"},{"id":11,"text":"“मोआब युवावस्थादेखि नै आराम गरी बसेको छ। त्यो थिग्रो रहेको दाखमद्यजस्तै छ, जो एउटा भाँड़ाबाट अर्को भाँड़ामा खन्याइएको छैन— त्यो निर्वासनमा गएको छैन। यसैले त्यसको स्वाद अघिजस्तै रहिरहेको छ। त्यसको बास्ना बद्लेको छैन। "},{"id":12,"text":"तर दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब घैँटाबाट खन्याउनेहरूलाई म त्यसकहाँ पठाउनेछु, र उनीहरूले त्यो खन्याउनेछन्। त्यसका घैँटाहरू रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन्। "},{"id":13,"text":"जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएल लाजमा पारियो, त्यसरी नै मोआब पनि कमोशदेखि लाजमा पारिनेछ।"},{"id":14,"text":"“‘हामीहरू वीर र शक्तिशाली युद्ध गर्नेहरू हौं’ भनेर तिमीहरू कसरी भन्छौ? "},{"id":15,"text":"मोआब नष्ट पारिनेछ, र त्यसका नगरहरू आक्रमण गरिनेछन्। त्यसका जवानहरूमा सबैभन्दा खाइलाग्दाहरू मारिनलाई जानेछन्,” महाराजा भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। "},{"id":16,"text":"“मोआबको पतन नजिकै आएको छ, त्यसको सङ्कष्ट एकदमै चाँड़ो आउनेछ। "},{"id":17,"text":"त्यसका चारैतिर बस्नेहरू र त्यसका ख्याति जान्ने सबै त्यसको निम्ति शोक गर, र भन, ‘त्यो शक्तिशाली राजदण्ड भाँचिएको हो! त्यो गौरवको लट्ठी भाँचिएको हो!’"},{"id":18,"text":"“हे दीबोनकी छोरीका बासिन्दा हो, आफ्नो गौरवपूर्ण स्थानबाट ओर्लेर खहरिएको सुक्खा जमिनमा बस्, किनकि मोआबलाई नाश गर्ने तेरो विरुद्धमा आउनेछ। त्यसले तेरा किल्ला भएका सहरहरूलाई सर्वनाश गर्नेछ। "},{"id":19,"text":"हे अरोएरमा बस्नेहरू, बाटोमा खड़ा भएर हेर। भाग्ने पुरुष र उम्कने स्त्रीलाई सोध, ‘के भयो?’ भनी तिनीहरूलाई सोध। "},{"id":20,"text":"मोआब अपमानित भएको छ, किनकि त्यो चूरचूर पारिएको छ। विलाप गर, रोओ! मोआब नष्ट पारियो भनी अर्नोनको किनारमा गएर भन। "},{"id":21,"text":"टारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसाह र मेपातमाथि, "},{"id":22,"text":"दीबोन, नेबो र बेथ-दिब्लातैममाथि, "},{"id":23,"text":"किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि, "},{"id":24,"text":"किर्योत, बोज्रा र मोआबका नजिक र टाढ़ाका जम्मै सहरहरूमाथि त्यो आएको छ। "},{"id":25,"text":"मोआबको सीङ काटियो, र त्यसको पाखुरा भाँचियो,” परमप्रभु भन्नुहुन्छ।"},{"id":26,"text":"“त्यसलाई मत्त्याओ, किनकि त्यसले परमप्रभुको विरोध गरेको छ। मोआब आफ्नै बान्तामा लड़ीबड़ी खेलोस्, र त्यो ठट्टाको पात्र होस्। "},{"id":27,"text":"के इस्राएल तेरो निम्ति ठट्टाको पात्र भएको थिएन? के त्यो चोरहरूका बीचमा पक्राउ परेको थियो र जब तैंले त्यसको कुरा गर्छस् तब तैंले आफ्नो शिर हल्लाई-हल्लाईकन त्यसको ठट्टा गर्छस्? "},{"id":28,"text":"हे मोआबमा बस्नेहरू हो, तिमीहरूका नगरहरू छोड़ र चट्टानहरूमा बस। गुफाका मुखको छेउमा गुँड़ लाउने ढुकुरजस्ता होओ।"},{"id":29,"text":"“मोआबको घमण्डको बारेमा हामीले सुनेका छौं— त्यसको नचाहिँदो घमण्ड र चढ़ेको शेखी, र त्यसको घमण्डका कुरा अनि त्यसको हृदयको अहङ्कारको बारेमा हामीले सुनेका छौं! "},{"id":30,"text":"त्यसको तुजुक म जान्दछु, तर त्यो व्यर्थको हो, र त्यसको अहङ्कारले केही गर्न सकेको छैन,” परमप्रभु भन्नुहुन्छ। "},{"id":31,"text":"यसैकारण म मोआबको निम्ति विलाप गर्दछु, सारा मोआबको निम्ति म रुन्छु। कीर-हरेशेतका मानिसहरूका निम्ति म शोक गर्दछु। "},{"id":32,"text":"याजेर रोएको जस्तै म तेरो लागि रुन्छु। ए सिब्माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्म पुगे, ती याजेरको समुद्रसम्मै पुगेका छन्। तेरा पाकेका फलहरू र तेरा दाखमा नाश गर्ने आइलागेको छ। "},{"id":33,"text":"मोआबका बगैँचाहरू र खेतहरूबाट आनन्द र रमाहट उठाइलगिए। दाखको कोलबाट मैले दाखको रस बन्द गरिदिएको छु। आनन्दले कराउँदै कसैले त्यो कुल्चँदैन। तिनीहरूको कराइ आनन्दको कराइ होइन।"},{"id":34,"text":"“हेश्बोनबाट तिनीहरू रोएको सोर एलाले र यहाँसम्मै पुगेको छ, सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै, किनकि निम्रीमको पानी पनि सुकिसकेको छ। "},{"id":35,"text":"अल्गा-अल्गा ठाउँहरूमा बलि चढ़ाउने र देवताहरूलाई धूप बाल्नेलाई म मोआबदेखि बिलकुलै खतम पार्नेछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":36,"text":"“यसैले बाँसुरीले झैँ मेरो हृदयले मोआबको निम्ति विलाप गर्छ! कीर-हरेशेतका मानिसहरूका निम्ति बाँसुरीले झैँ त्यसले विलाप गर्छ। तिनीहरूले कमाएका धन नष्ट भए। "},{"id":37,"text":"तिनीहरू सबैले कपाल खौरेका छन्, र दाह्री काटेका छन्। हरेकको हात काटेर चिरिएको छ। हरेकले भाङ्ग्राले कम्मर छोपेको छ। "},{"id":38,"text":"मोआबका घरका सबै कौसी-कौसीमा र चोकहरूमा रुवाइबाहेक अरू केही छैन, किनकि कसैले नचाहने भाँड़ाजस्तै मैले मोआबलाई फुटाइदिएको छु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":39,"text":"“त्यो कस्तो टुक्रा-टुक्रा भएको छ! तिनीहरू कस्तो विलाप गर्दछन्! मोआबले कसरी लाजले आफ्नो पीठ फर्काउँछ! मोआब आफ्ना चारैतिर हुनेहरूका निम्ति हाँसोको र घृणाको पात्र भएको छ।”"},{"id":40,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “हेर त, एउटा गरुड मोआबमाथि आफ्नो पखेटा फिँजाएर वेगसित आउँदैछ। "},{"id":41,"text":"किर्योत कब्जा गरिनेछ, र किल्लाहरू अधिकार गरिनेछन्। त्यस दिन मोआबका योद्धाहरूका मुटु प्रसववेदनामा परेकी स्त्रीको मुटुजस्तै हुनेछन्। "},{"id":42,"text":"मोआब राज्य नहुने गरी सर्वनाश गरिनेछ, किनभने त्यसले परमप्रभुको विरोध गर्यो। "},{"id":43,"text":"त्रास, खाड़ल र पासोले तँलाई पर्खंदैछन्, हे मोआबका मानिसहरू हो,” परमप्रभु भन्नुहुन्छ। "},{"id":44,"text":"“त्रासदेखि भाग्ने खाड़लमा पर्नेछ। खाड़लदेखि माथि निस्कने पासोमा पर्नेछ। किनकि मोआबमाथि म त्यसको दण्डको वर्ष ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":45,"text":"“हेश्बोनको छायामा असहाय भएर शरणार्थीहरू अड़िन्छन्। किनकि हेश्बोनबाट एउटा आगो निस्किआएको छ— सीहोनको बीचबाट एउटा ज्वाला। त्यसले मोआबका निधारहरूलाई, र झगड़ा गर्ने अहङ्कारीहरूका थाप्लालाई जलाइदिन्छ। "},{"id":46,"text":"हाय तँलाई, ए मोआब! कमोशका मानिसहरू नष्ट भए, तेरा छोराहरू निर्वासनमा लगिए तेरा छोरीहरू कैदमा।"},{"id":47,"text":"“तापनि आउने दिनहरूमा म मोआबको सुख-शान्ति फेरि फर्काइल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ।मोआबको न्याय यहाँ समाप्त हुन्छ।"}]},{"id":49,"title":"यर्मिया 49","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/49-be002c56da7a0a2d3b2f76c0e1dce9d7.mp3?version_id=1483","verses":[{"id":1,"text":"अम्मोनीहरूका विषयमा: परमप्रभु यसो भन्नुहुन्छ: “के इस्राएलका छोराहरू छैनन्? के त्यसको कुनै उत्तराधिकारी छैन? किन त मोलोखले गादलाई कब्जा गरेको छ? र उसका आफ्ना मानिसहरू किन त्यसका नगरहरूमा आएर बस्छन्? "},{"id":2,"text":"दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब म अम्मोनीहरूका रब्बाको विरुद्ध युद्धको ध्वनि सुनाउनेछु। त्यो एउटा भग्नावशेषको ढिस्को हुनेछ, र त्यसका छेउछाउका गाउँहरू आगोले भस्म पारिनेछन्। तब आफूलाई खेदेर निकाल्नेहरूलाई इस्राएलले धपाउनेछ,” परमप्रभु भन्नुहुन्छ। "},{"id":3,"text":"“हे हेश्बोन, विलाप गर्। किनभने ऐ सहर सर्वनाश गरिएको छ। हे रब्बाका बासिन्दा हो, चर्को गरी रोओ, भाङ्ग्रा लगाओ, विलाप गर! पर्खालहरूभित्र यताउता दगुर, किनकि मोलोख आफ्ना पूजाहारीहरू र अधिकृतहरूसित निर्वासनमा जानेछ। "},{"id":4,"text":"तँ किन आफ्ना फलवान् उपत्यकाका निम्ति अति घमण्ड गर्दछस्? हे विश्वासघाती छोरी, ‘मलाई कसले आक्रमण गर्छ,’ भन्दै आफ्नो धनमा तैंले भरोसा गरेर भन्छेस्। "},{"id":5,"text":"तेरा चारैतिर भएकाहरूबाट म नै तँमाथि त्रास ल्याउनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तिमीहरू हरेक धपाइनेछौ, र शरणार्थीहरूलाई जम्मा गर्ने कोही हुनेछैन।"},{"id":6,"text":"“तरै पनि म पछि अम्मोनीहरूको सुख-शान्ति फर्काएर ल्याइदिनेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":7,"text":"एदोमको विषयमा: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “के तेमानमा अब केही बुद्धि छैन? के विवेकीहरूको सल्लाह नष्ट भयो? के तिनीहरूको बुद्धि बिग्रियो? "},{"id":8,"text":"हे ददानमा बस्ने हो, फर्क र भाग। गहिरा गुफाहरूमा लुक, किनभने म एसावलाई दण्ड दिने बेलामा त्यसमाथि दु:ख ल्याउनेछु। "},{"id":9,"text":"यदि दाख टिप्नेहरू तँकहाँ आएका भए, के तिनीहरूले केही शिला-बाला छोड्नेथिएनन् र? यदि चोरहरू राती आएका भए, के तिनीहरूले आफूले चाहेका कुरा मात्र लैजानेथिएनन्? "},{"id":10,"text":"तर म त एसावलाई नाङ्गो पार्नेछु। म त्यसका लुक्ने ठाउँहरू खुला गरिदिनेछु, र त्यो लुक्न नपाओस्। त्यसका छोराछोरीहरू, आफन्तहरू र छिमेकीहरू नष्ट पारिनेछन्, र अब त्यसको नाउँनिशानै रहनेछैन। "},{"id":11,"text":"तेरा टुहुरा-टुहुरीहरूलाई छोड़िराख्, म तिनीहरूका ज्यानको रक्षा गर्नेछु। तेरा विधवाहरूले पनि ममाथि भरोसा राख्न सक्छन्।”"},{"id":12,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “यदि कचौरा पिउनु नपर्नेले पनि त्यो पिउनैपर्छ भने, के दण्ड नपाईकन तँ उम्कन पाउँछस् र? दण्डबाट तँ उम्कन पाउनेछैनस्, तर तैंले कचौरा पिउनैपर्छ। "},{"id":13,"text":"म आफ्नै नाउँमा शपथ खान्छु, कि बोज्रा भग्नावशेष हुनेछ, र त्यो त्रास, निन्दा र सरापको पात्र बन्नेछ। त्यसका सबै नगरहरू सधैँको निम्ति भग्नावशेष हुनेछन्,” परमप्रभु भन्नुहुन्छ।"},{"id":14,"text":"मैले परमप्रभुबाट एउटा सन्देश सुनेको छु। जाति-जातिहरूकहाँ यसो भन्न एउटा दूत पठाइएको छ: “त्यसलाई आक्रमण गर्न भेला होओ, लड़ाइँको लागि उठ!”"},{"id":15,"text":"“अब म तँलाई जाति-जातिहरूका बीचमा सानो, र मानिसहरूका बीचमा घृणित तुल्याउनेछु। "},{"id":16,"text":"तैंले प्रेरणा दिएको त्रास र तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। हे चट्टानका चिराहरूमा बस्ने, हे डाँड़ाका टाकुराहरू ओगटेर बस्ने, तैंले आफ्नो गुँड़ गरुडको झैँ अल्गोमा बनाए तापनि म तँलाई त्यहाँबाट तल झार्नेछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":17,"text":"“एदोम अति त्रासको पात्र हुनेछ। त्यसका सबै चोटहरू देखेर त्यहाँबाट जाने सबै तर्सनेछन् र त्यसको गिल्ला गर्नेछन्।” "},{"id":18,"text":"परमप्रभु भन्नुहुन्छ, “जसरी सदोम र गमोरा, तिनका छेउछाउका नगरहरूसमेत नष्ट भए, त्यसरी नै कोही पनि त्यहाँ रहनेछैन, कोही मानिस पनि बस्नेछैन। "},{"id":19,"text":"“यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म एदोमलाई एकै छिनमा त्यसको देशबाट खेद्नेछु। यसको निम्ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्तो छ र? मलाई कसले हाँक दिन सक्छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्छ?” "},{"id":20,"text":"यसैकारण एदोमको विरुद्धमा परमप्रभुले रच्नुभएको योजना, र तेमानमा बस्नेहरूका विरुद्धमा उहाँको अभिप्राय कस्तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्स्याएर लगिनेछन्। तिनीहरूको कारण त्यसले तिनीहरूको खर्क बिलकुलै सर्वनाश पारिदिनेछ। "},{"id":21,"text":"तिनीहरू लोटेको आवाजले पृथ्वी नै काम्नेछ। तिनीहरू कराएको सोर लाल समुद्रसम्मै प्रतिध्वनित हुनेछ। "},{"id":22,"text":"हेर, एउटा गरुड वेग हानेर आउनेछ, र बोज्रामाथि त्यसले आफ्नो पखेटा फिँजाउनेछ। त्यस दिन एदोमका योद्धाहरूका हृदय प्रसववेदनामा परेकी स्त्रीको झैँ हुनेछन्।"},{"id":23,"text":"दमस्कसको विषयमा: “हमात र अर्पाद अलमल्ल परेका छन्, किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू डरले चञ्चल भएका छन्, र शान्त हुन नसक्ने समुद्रझैँ तिनीहरूको हृदय घबराएको छ। "},{"id":24,"text":"दमस्कस निर्बल भएको छ, त्यो भाग्नलाई पछि फर्केको छ। त्रासले त्यसलाई समातेको छ। प्रसववेदनामा परेकी स्त्रीलाई झैँ चिन्ता र पीडाले त्यसलाई पक्रेका छन्। "},{"id":25,"text":"त्यो नाउँ चलेको सहर किन त्यागिएको छैन, त्यो नगर जससँग म खुशी छु? "},{"id":26,"text":"निश्चय नै त्यसका जवान मानिसहरू सड़कहरूमा ढल्नेछन्, र त्यस दिन त्यसका सबै सिपाहीहरू चूपचाप हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":27,"text":"दमस्कसको पर्खालहरूमा म आगो लगाइदिनेछु। त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ।”"},{"id":28,"text":"बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूका विषयमा: परमप्रभु यसो भन्नुहुन्छ: “उठ, र केदारलाई आक्रमण गर। पूर्वका मानिसहरूलाई सर्वनाश पार। "},{"id":29,"text":"तिनीहरूका पालहरू र बगालहरू र तिनीहरूका ओत लाग्ने ठाउँहरू र सबै मालतालहरू लगिनेछन्। तिनीहरूका ऊँटहरू पनि तिनीहरूबाट खोसी लगिनेछन्। मानिसहरूले कराई-कराईकन तिनीहरूलाई भन्नेछन्, ‘चारैतिर त्रास, त्रास!’"},{"id":30,"text":"“हे हासोरमा बस्ने हो, छिटो भाग! गहिरा गुफाहरूमा लुकेर बस,’ परमप्रभु भन्नुहुन्छ। “बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूका विरुद्धमा षड्यन्त्र रचेको छ। तिमीहरूका विरुद्धमा त्यसले एउटा योजना बनाएको छ।"},{"id":31,"text":"“आराम र ढुक्कसित बस्ने जातिलाई आक्रमण गर,” परमप्रभु भन्नुहुन्छ, “त्यो जाति जसका न त मूल ढोकाहरू न गजबारहरू छन्। त्यसका मानिसहरू एकलै बस्तछन्। "},{"id":32,"text":"तिनीहरूका ऊँटहरू लूटका माल हुनेछन्, तिनीहरूका गाई-गोरुका बथान लुटिनेछन्। टाढ़ा-टाढ़ा ठाउँमा बस्नेहरूलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूका चारैतिरबाट तिनीहरूमाथि सर्वनाश ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":33,"text":"“हासोर स्यालहरूको अखड़ा हुनेछ, त्यो सदाको निम्ति उजाड़-स्थान बन्नेछ। त्यहाँ कोही पनि बस्नेछैन, त्यसमा कुनै मानिस रहनेछैन।”"},{"id":34,"text":"यहूदाका राजा सिदकियाहका राजकालको सुरुमा एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो: "},{"id":35,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म एलामको धनु भाँचिदिनेछु, जो तिनीहरूका शक्तिको आधार हो। "},{"id":36,"text":"एलामको विरुद्धमा आकाशका चारै दिशाबाट बतास चलाएर तिनीहरूलाई चारै दिशामा तितरबितर पारिदिनेछु, एलामका निर्वासितहरू नगएको एउटै जाति हुनेछैन। "},{"id":37,"text":"तिनीहरूका शत्रुहरू र तिनीहरूका प्राण लिन खोज्नेहरूका सामुन्ने म एलामलाई चूरचूर पार्नेछु। म तिनीहरूमाथि सर्वनाश, अर्थात् मेरो भयानक क्रोध ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ। “मैले तिनीहरूलाई खतम नपारुञ्जेल तिनीहरूका पछिपछि तरवार लिएर खेद्नेछु। "},{"id":38,"text":"म मेरो सिंहासन एलाममा बसाल्नेछु, र त्यसका राजाहरू र अधिकारीहरूलाई नष्ट पार्नेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":39,"text":"“तापनि आउने दिनहरूमा म एलामको सुख-शान्ति कायम राखिदिनेछु,” परमप्रभु भन्नुहुन्छ।"}]},{"id":50,"title":"यर्मिया 50","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/50-0e75cd772e5c8fb211c83f51b2d01235.mp3?version_id=1483","verses":[{"id":1,"text":"बेबिलोन र बेबिलोनीहरूको देशका विषयमा यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यही हो: "},{"id":2,"text":"“जाति-जातिहरूका बीचमा यो कुराको सूचना दे, र घोषणा गर्। झन्डा खड़ा गरेर घोषणा गर्, केही कुरा नलुका, तर भन्, ‘बेबिलोन लिइनेछ, बेल लाजमा पारिनेछ, मरोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, त्यसका मूर्तिहरू पनि त्रासले भरिनेछन्।’ "},{"id":3,"text":"उत्तर दिशाबाट एउटा जातिले त्यसलाई आक्रमण गर्नेछ, र त्यसको देश उजाड़ पार्नेछ। त्यसमा कोही पनि बस्नेछैन, मानिसहरू र पशुहरू दुवै भागिजानेछन्।"},{"id":4,"text":"“ती दिनहरूमा, त्यस बेला इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू सँगसँगै रुँदै आफ्ना परमेश्वरलाई खोज्न जानेछन्,” परमप्रभु भन्नुहुन्छ। "},{"id":5,"text":"“तिनीहरूले सियोनतिर जाने बाटो कुन हो भनी सोध्नेछन् र आफ्ना मोहड़ा त्यतैतिर फर्काउनेछन्। तिनीहरू आएर स्वयम् परमप्रभुकहाँ कहिल्यै नर्बिसने अनन्तको करारमा बाँधिनेछन्।"},{"id":6,"text":"“मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन्, र पहाड़मा तिनीहरूलाई घुम्न लगाएका छन्। तिनीहरू डाँड़ातिर र पहाड़तिर घुम्न लागे र तिनीहरूले आफ्नो गोठलाई भुले। "},{"id":7,"text":"तिनीहरूलाई भेट्टाउनेहरूले तिनीहरूलाई खाइहाले। तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौं, किनकि तिनीहरूले तिनीहरूको साँचो खर्क, परमप्रभु, तिनीहरूका पिता-पुर्खाहरूको आशा, परमप्रभुको विरुद्धमा पाप गरे’।"},{"id":8,"text":"“बेबिलोनबाट भाग, बेबिलोनीहरूको देश छोड़, र बगाललाई बाटो देखाउने बोकाहरूझैँ होओ। "},{"id":9,"text":"किनकि म उत्तरको देशबाट ठूला जातिहरूको एउटा मित्रराष्ट्रको दललाई बेबिलोनको विरुद्धमा सुर्याउनेछु। उनीहरूले त्यसको विरुद्धमा युद्धको लागि तयार गर्नेछन्, र उत्तरबाट त्यसलाई लिनेछन्। उनीहरूका काँड़ निपुण योद्धाहरूजस्तै हुनेछन्, जो रित्तो हात फर्कंदैनन्। "},{"id":10,"text":"यसरी बेबिलोनिया लुटिनेछ। त्यसलाई लुट्ने सबै तृप्त हुनेछन्,” परमप्रभु भन्नुहुन्छ।"},{"id":11,"text":"“हे मेरो उत्तराधिकारलाई सखाप पार्नेहरू हो, तिमीहरूले रमाहट गरेका र हर्ष मनाएका हुनाले, दाइँ गर्ने कोरलीझैँ मस्त भएकाले, र जवान घोड़ाहरूझैँ हिनहिनाएकाले, "},{"id":12,"text":"तिमीहरूकी आमा अति लज्जित हुनेछे, तिमीहरूलाई जन्म दिने शर्ममा पर्नेछे। जाति-जातिहरूमा त्यो सबैभन्दा नीच हुनेछे, उजाड़-स्थान, सुक्खा जमिन र मरुभूमिझैँ त्यो हुनेछे। "},{"id":13,"text":"परमप्रभुका क्रोधको कारण त्यसमा कोही वास गर्नेछैन, तर त्यो बिलकुलै नष्ट हुनेछे। बेबिलोनबाट भएर जाने सबै छक्क पर्नेछन्, र त्यसका चोटहरू देखेर उनीहरू तर्सनेछन्।"},{"id":14,"text":"“हे सबै धनुर्धारी हो, बेबिलोनका चारैतिर तिमीहरू युद्धको लागि तयार भएर बस। एउटै काँड़ पनि बाँकी नराखेर त्यसलाई हान। किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेकी छ। "},{"id":15,"text":"त्यसका चारैतिर बसेर चर्को सोरले कराओ। त्यसले आत्मसमर्पण गर्छे, त्यसका धरहराहरू ढल्छन्, त्यसका पर्खालहरू भत्काइन्छन्। त्यसमाथि बदला लेओ, किनभने परमप्रभुको बदला यही नै हो। त्यसले अरूहरूलाई गरेजस्तै त्यसलाई पनि त्यसै गर। "},{"id":16,"text":"बीउ छर्ने र हँसियाले फसल काट्ने दुवैलाई बेबिलोनबाट नष्ट गर। अत्याचारीको तरवारको कारणले हरेकलाई आफ्नै जातिकहाँ फर्केर जान देओ, हरेकलाई आफ्नै देशमा भागेर जान देओ।"},{"id":17,"text":"“इस्राएल त सिंहहरूले खेदेर छरपष्ट भएका भेड़ाको बगालझैँ छ। त्यसलाई पहिले अश्शूरको राजाले निल्यो, र सबैभन्दा पछि बेबिलोनको राजा नबूकदनेसरले त्यसका हड्डीहरू चूरचूर पार्यो।”"},{"id":18,"text":"यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “म बेबिलोनको राजा र त्यसको देशलाई अश्शूरको राजालाई दण्ड दिएझैँ दण्ड दिनेछु। "},{"id":19,"text":"तर म इस्राएललाई त्यसको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु, र त्यो कर्मेल र बाशानमा चर्नेछ। एफ्राइम र गिलादका पहाड़हरूमा त्यसको भोक तृप्त हुनेछ।” "},{"id":20,"text":"परमप्रभु भन्नुहुन्छ, “ती दिनहरूमा, त्यस बेला इस्राएलको दोष खोजे तापनि केही पनि पाइनेछैन। यहूदाका पाप खोजे तापनि पाइनेछैन, किनकि मैले बचाइराखेको बाँकी भागलाई म क्षमा गर्नेछु।"},{"id":21,"text":"“मरातैम देश र पकोदमा बस्नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार, र बिलकुलै नाश गर,” परमप्रभु भन्नुहुन्छ। “मैले तिमीहरूलाई आज्ञा दिएझैँ सबै काम पूरा गर। "},{"id":22,"text":"देशमा लड़ाइँ र ठूलो नाशको होहल्ला छ। "},{"id":23,"text":"सारा पृथ्वीको घन भाँचिएको र चकनाचूर भएको छ! जातिहरूका बीचमा बेबिलोन कस्तो उजाड़ भयो! "},{"id":24,"text":"हे बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको थिएँ, र तैंले चाल पाउन अघि नै तँ त्यसमा परिस्। तँलाई फेला पारियो र समातियो, किनभने तँ परमप्रभुको विरुद्धमा खड़ा भइस्। "},{"id":25,"text":"परमप्रभुले आफ्नो गट्ठाघर खोल्नुभएको छ, र उहाँले आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले गर्नुपर्ने काम छ। "},{"id":26,"text":"टाढ़ाटाढ़ाबाट त्यसको विरुद्धमा आओ। त्यसका अन्नका ढुकुटीहरू फुटाएर खोल। अन्न थुपारेझैँ त्यसलाई थुपार। त्यसलाई बिलकुलै सर्वनाश गर। त्यसको केही पनि बाँकी नरहोस्। "},{"id":27,"text":"त्यसका सबै साँढ़ेहरू मार। ती काटिनलाई लैजाऊन्। हाय, तिनीहरूलाई! किनभने तिनीहरूको दिन आइपुग्यो, तिनीहरूलाई दण्ड दिने समय आइपुग्यो। "},{"id":28,"text":"परमप्रभु हाम्रा परमेश्वरले उहाँका मन्दिरको निम्ति कसरी बदला लिनुभएको छ भनी सियोनमा घोषणा गर्ने बेबिलोनबाट आएका भगुवाहरू र शरणार्थीहरूका कुरा सुन।"},{"id":29,"text":"“बेबिलोनको विरुद्धमा काँड़ हान्नेहरूलाई आह्वान गर, धनुर्धारीहरू सबैलाई! त्यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ। कोही पनि उम्कन नपाओस्। त्यसका कामअनुसार त्यससँग बदला लेओ, त्यसले गरेझैँ त्यसलाई गर, किनकि त्यसले परमप्रभु इस्राएलका परमपवित्रलाई निन्दा गर्यो। "},{"id":30,"text":"यसैकारण त्यसका जवान मानिसहरू गल्लीहरूमा लोट्नेछन्, र त्यसका सबै सिपाहीहरू त्यस दिन चूप लाग्नेछन्,” परमप्रभु भन्नुहुन्छ। "},{"id":31,"text":"“हे अहङ्कारी, हेर्, म तेरो विरुद्धमा छु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनकि तेरो दिन आइपुगेको छ, मैले तँलाई दण्ड दिने दिन। "},{"id":32,"text":"अहङ्कारीचाहिँ ठक्कर खाएर लोट्नेछ। त्यसलाई उठाउने कोही हुनेछैन। म त्यसका नगरहरूमा आगो लगाइदिनेछु,’ त्यसले त्यसका चारैतिर हुनेहरू सबैलाई भस्म पार्नेछ।”"},{"id":33,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “इस्राएलीहरू अत्याचारमा परेका छन्, र तिनका साथमा यहूदाका मानिसहरू पनि। तिनीहरूलाई कैद गरेर लाने सबैले तिमीहरूलाई बलियो गरी समातिराखेका छन्। उनीहरू तिनीहरूलाई छोड़िदिन इन्कार गर्छन्। "},{"id":34,"text":"तापनि तिनीहरूका उद्धारक सामर्थी हुनुहुन्छ। उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। उहाँले सामर्थ्यसाथ तिनीहरूको रक्षा गर्नुहुनेछ, ताकि उहाँले तिनीहरूको देशमा विश्राम ल्याउन सकून्। तर उहाँले बेबिलोनमा बस्नेहरूलाई चाहिँ बेचैनमा पार्नुहुनेछ।” "},{"id":35,"text":"परमप्रभु भन्नुहुन्छ, “बेबिलोनीहरूका विरुद्धमा एउटा तरवार परेको छ, बेबिलोनमा बस्नेहरू, त्यसका पदाधिकारीहरू र बुद्धिमान्हरूमाथि पनि! "},{"id":36,"text":"त्यसका झूटा अगमवक्ताहरूमाथि पनि एउटा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्। त्यसका योद्धाहरूमाथि पनि तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्। "},{"id":37,"text":"त्यसका घोड़ाहरू र रथहरू र त्यसका बीचमा भएका सारा विदेशी फौजहरूका विरुद्धमा तरवार परेको छ! तिनीहरू स्त्रीहरूझैँ हुनेछन्। ती लुटिऊन् भनेर तरवार त्यसका धनको विरुद्धमा परेको छ! "},{"id":38,"text":"त्यसका पानी सुकिजाओस् भनेर खड़ेरी परेको छ। किनकि त्यो मूर्तिहरूको देश हो, र त्यसका देवताहरू डरले पागल हुनेछन्।"},{"id":39,"text":"“यसैले त्यहाँ मरुभूमिका जनावरहरू र हुँड़ारहरू बस्नेछन्, र शुतुरमुर्गहरू त्यसमा वास गर्नेछन्। त्यसमा अब फेरि कहिल्यै कोही वास गर्नेछैन। पुस्ता-पुस्तासम्म त्यसमा कोही वस्नेछैन।” "},{"id":40,"text":"परमप्रभु भन्नुहुन्छ, “सदोम र गमोरा र तिनका छेउछाउका नगरहरूलाई परमेश्वरले पल्टाइदिनुभएझैँ बेबिलोनमा कोही मानिस बस्नेछैन। कुनै मानिसले त्यहाँ प्रवास गर्नेछैन। "},{"id":41,"text":"“हेर, एउटा सेना उत्तर दिशाबाट आउँदैछ, एउटा ठूलो जाति र धेरै राजाहरू पृथ्वीको पल्लो छेउबाट सुरिँदैछन्! "},{"id":42,"text":"उनीहरू धनु र भालाले सुसज्जित छन्। उनीहरू कठोर र निर्दयी छन्। उनीहरू घोड़ाहरूमा सवार भएर आउँदा समुद्र गर्जेझैँ गर्जन्छन्। हे बेबिलोनकी छोरी, तँलाई आक्रमण गर्नलाई लड़ाइँको लागि पङ्क्ति बाँधेर आएका मानिसहरूजस्तै ती आउँछन्। "},{"id":43,"text":"बेबिलोनको राजाले उनीहरूका विषयमा सुन्यो, र त्यसको हात फतक्क गलिहाल्यो। प्रसववेदनामा परेकी स्त्रीलाई झैँ त्यसलाई फिक्री र पीडा पर्यो। "},{"id":44,"text":"यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म बेबिलोनलाई एकै छिनमा त्यसको देशबाट खेद्नेछु। यसको निम्ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्तो छ र? मलाई कसले हाँक दिन सक्छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्छ?” "},{"id":45,"text":"यसैकारण बेबिलोनको विरुद्धमा परमप्रभुले रच्नुभएको योजना, र बेबिलोनीहरूका देशको विरुद्धमा उहाँको अभिप्राय कस्तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्स्याएर लगिनेछन्। तिनीहरूको कारण त्यसले तिनीहरूको खर्क बिलकुलै रूपले सर्वनाश पारिदिनेछ। "},{"id":46,"text":"बेबिलोन कब्जा गरिँदा सुनिएको आवाजले पृथ्वी काम्नेछ। त्यसको रुवाबासी जाति-जातिहरूका बीचमा सुनिनेछ।"}]},{"id":51,"title":"यर्मिया 51","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/51-7d6c9f7e6f0f6f486aa33ec572d9f725.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभु यसो भन्नुहुन्छ: “हेर, बेबिलोनको विरुद्धमा र लेब-कमाइका मानिसहरूका विरुद्धमा एउटा सर्वनाश गर्ने आत्मालाई म सुर्याउनेछु। "},{"id":2,"text":"त्यसलाई निफन्न र त्यसको देश उजाड़ पार्नलाई बेबिलोनमा म विदेशीहरू पठाउनेछु। त्यसका सर्वनाशको दिनमा त्यसको विरोध गर्ने विदेशीहरू त्यसका चारैतिरबाट आउनेछन्। "},{"id":3,"text":"धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढ़ाओस्, र त्यो आफ्नो कवच लगाएर खड़ा नहोओस्। त्यसका जवान मानिसहरूलाई नछोड़। त्यसको सबै सेनालाई बिलकुलै सर्वनाश गर। "},{"id":4,"text":"तिनीहरू बेबिलोनमा मारिनेछन्। त्यसका गल्लीहरूमा तिनीहरू मरणान्त घाइते हुनेछन्। "},{"id":5,"text":"किनभने इस्राएल र यहूदा आफ्ना परमेश्वर, सर्वशक्तिमान् परमप्रभुद्वारा त्यागिएका छैनन्, यद्यपि इस्राएलका परमपवित्रको सामुन्ने तिनीहरूको देश दोषले भरिएको छ।"},{"id":6,"text":"“बेबिलोनबाट भाग! हरेक आ-आफ्नो ज्यान जोगाउनलाई भाग। त्यसका पापहरूको कारण तिमीहरू नाश नहोओ। यो परमप्रभुको बदला लिने समय हो, उहाँले त्यसलाई त्यसले पाउनुपर्ने दण्ड दिनुहुनेछ। "},{"id":7,"text":"बेबिलोन परमप्रभुको हातमा एउटा सुनको कचौरा थियो। त्यसले सारा संसारलाई मत्त्यायो। जाति-जातिहरूले त्यसको दाखमद्य पिए, र त्यसैकारण उनीहरू बौलाहा भए। "},{"id":8,"text":"अब बेबिलोन एक्कासि ढल्नेछ र टुक्रा-टुक्रा पारिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको दुखाइको निम्ति लेप ल्याओ, शायद त्यो निको हुन्छ कि!"},{"id":9,"text":"“‘हामीहरूले बेबिलोनलाई निको पार्नेथियौं, तर त्यो निको हुन सक्दैन। त्यसलाई छोड़िदियौं, र हामी आ-आफ्नो देशमा गइहालौं। किनकि त्यसको इन्साफ आकाशसम्मै पुगेको छ, यो बादलसम्मै अग्लो उठेको छ’। "},{"id":10,"text":"“‘परमप्रभुले हामीलाई निर्दोष ठहराउनुभएको छ। आऔं, हामी परमप्रभु हाम्रा परमेश्वरले के गर्नुभएको छ, त्यो सियोनमा प्रचार गरौं’।"},{"id":11,"text":"“काँड़ तिखार! ढालहरू लेओ। परमप्रभुले मादीहरूका राजाहरूलाई सुर्याउनुभएको छ, किनभने बेबिलोनलाई नाश गर्नु नै उहाँको अभिप्राय छ। परमप्रभुले बदला लिनुहुनेछ, आफ्नो मन्दिरको निम्ति बदला। "},{"id":12,"text":"बेबिलोनका पर्खालहरूका विरुद्धमा झन्डा उठाओ। गारदलाई बलियो पार। पहरा-चौकी खटाओ। लुकेर हमला गर्ने ठाउँ तयार पार। बेबिलोनका मानिसहरूका विरुद्धमा परमप्रभुले आफ्नो उर्दी दिनुभएको छ, उहाँले आफ्नो अभिप्राय पूरा गर्नुहुनेछ। "},{"id":13,"text":"तँ, जो धेरै पानी भएका ठाउँमा बस्छस्, र धन-सम्पत्तिका भण्डारले पूर्ण भएको छस्, तेरो खतम हुने समय आइपुग्यो, तेरो अन्त्य आइपुग्यो। "},{"id":14,"text":"सर्वशक्तिमान् परमप्रभुले आफ्नै नाउँमा शपथ खानुभएको छ, सलहसरि तिमीहरूका बीचमा म निश्चय नै मानिसहरू भरिदिनेछु, र उनीहरूले तिमीहरूमाथि विजयको नारा लगाउनेछन्।"},{"id":15,"text":"“उहाँले पृथ्वीलाई आफ्नो सामर्थ्यले सृजनुभयो। उहाँले आफ्नो बुद्धिले संसारलाई स्थापित गर्नुभयो, आफ्नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो। "},{"id":16,"text":"उहाँ गर्जनुहुँदा आकाशमा पानीहरू गड्याङगुडुङ गर्छन्, उहाँले पृथ्वीको पल्लो छेउदेखि बादलहरू उठाउनुहुन्छ। उहाँले वृष्टिको साथ बिजुली चम्काउनुहुन्छ, र आफ्ना भण्डारहरूदेखि बतास चलाउनुहुन्छ।"},{"id":17,"text":"“हरेक मानिस बुद्धिहीन र ज्ञानरहित छ। हरेक सुनार त्यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्यसका प्रतिमाहरू झूटा छन्, तिनमा सास हुँदैन। "},{"id":18,"text":"ती व्यर्थका हुन्, ठट्टाका पात्र मात्र। तिनीहरूको न्याय हुँदा ती नष्ट हुनेछन्। "},{"id":19,"text":"उहाँ, जो याकूबका हिस्सा हुनुहुन्छ, यीजस्ता हुनुहुन्न, किनकि उहाँ नै आफ्नो निज उत्तराधिकारको कुलसमेत सारा थोकहरू बनाउने हुनुहुन्छ। सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो।"},{"id":20,"text":"“तँ मेरो युद्धको गदा, लड़ाइँको हतियार होस्। तँद्वारा म जातिहरूलाई टुक्रा-टुक्रा पार्छु, तँद्वारै म राज्यहरूलाई नाश गर्छु। "},{"id":21,"text":"तँद्वारा म घोड़ा र त्यसको सवारलाई टुक्रा-टुक्रा पार्छु। "},{"id":22,"text":"तँद्वारा म रथ र सारथिलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म पुरुष र स्त्रीलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म बूढ़ा र जवान दुवैलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म युवक र युवतीलाई टुक्रा-टुक्रा पार्छु। "},{"id":23,"text":"तँद्वारा म गोठाला र त्यसको बगाललाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म किसान र त्यसको गोरुलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म राज्यपाल र पदाधिकारीहरूलाई टुक्रा-टुक्रा पार्छु।"},{"id":24,"text":"“तिनीहरूले सियोनमा गरेका सबै खराबीको कारण म बेबिलोन र बेबिलोनियामा बस्ने सबै मानिसहरूलाई तेरै आँखाको सामुन्ने प्रतिफल दिनेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":25,"text":"“हे नाश गर्ने पहाड़, जसले सारा पृथ्वीलाई नाश गर्दछ, म तेरो विरुद्धमा छु,” परमप्रभु भन्नुहुन्छ। “म मेरो हात तेरो विरुद्धमा पसार्नेछु, र तँलाई भीरबाट तल खसालिदिनेछु, र तँलाई डढ़ेलो लागेको पहाड़ तुल्याइदिनेछु। "},{"id":26,"text":"तँबाट एउटै ढुङ्गा पनि घरको कुने-ढुङ्गाको लागि लिइनेछैन, न त जग बसाल्नका लागि एउटा ढुङ्गो लिइनेछ। किनकि तँ सदाको निम्ति उजाड़ भइरहनेछस्,” परमप्रभु भन्नुहुन्छ।"},{"id":27,"text":"“देशमा एउटा झन्डा खड़ा गर! जाति-जातिहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार गर। यी राज्यहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ— आरारात, मिन्नी र अशकनज। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर, सलहहरूका झुण्डझैँ घोड़ाहरू पठाओ। "},{"id":28,"text":"त्यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार पार— मादीहरूका राजा, उनका राज्यपाल र उनका सबै पदाधिकारीहरूलाई, र उनीहरूले शासन गरेका सारा देशलाई। "},{"id":29,"text":"देश थरथर काम्छ र मड़ारिन्छ, किनकि बेबिलोन देशलाई उजाड़ र कुनै मानिस नभएको बनाउनलाई परमप्रभुको अभिप्राय कायम रहन्छ। "},{"id":30,"text":"बेबिलोनका योद्धाहरूले लड़ाइँ गर्न छोड़ेका छन्, तिनीहरू त आफ्ना किल्लाभित्रै बस्छन्। तिनीहरूको बल घटिहाल्यो। तिनीहरू स्त्रीझैँ भएका छन्। त्यसका बस्ने ठाउँहरू आगो लगाइसकिएका छन्। त्यसका ढोकामा गजबारहरू भत्काइएका छन्। "},{"id":31,"text":"उसको जम्मै सहर लिइहाल्यो भनी बेबिलोनको राजालाई सुनाउन एउटा हुलाकी अर्कोकहाँ र एउटा समाचारवाहक अर्कोकहाँ दौड़ेर जान्छ, "},{"id":32,"text":"र साथै यो खबर पनि सुनाउँछन्, कि जँघारहरू लिइए, सिमसारहरूमा आगो लगाइए, सिपाहीहरू डरले आत्तिए।”"},{"id":33,"text":"सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “बेबिलोनकी छोरी कुल्चने समयमा दाइँ गर्ने खलाजस्तै भएकी छ। त्यसको कटनीको समय चाँड़ै आइपुग्नेछ।”"},{"id":34,"text":"“बेबिलोनको राजा नबूकदनेसरले हामीलाई खाइहाल्यो। त्यसले हामीलाई अलमल्ल पार्यो। हामीलाई त्यसले एउटा रित्तो भाँड़ाजस्तै तुल्याएको छ। त्यसले हामीलाई अजिङ्गरले झैँ निलिहाल्यो, र स्वादिलो थोकलाई झैँ हामीलाई निलेर आफ्नो पेट भर्यो, र त्यसपछि बान्ता गरेर हामीलाई फ्याँक्यो। "},{"id":35,"text":"हामीमाथि र हाम्रा छोराछोरीहरूमाथि गरेको उपद्रव बेबिलोनमाथि नै परोस्,” सियोनका बासिन्दाहरूले भन्छन्। “हाम्रो रगतको बदला बेबिलोनीहरूमाथि नै परोस्,” यरूशलेमले यसो भन्छ।"},{"id":36,"text":"यसकारण परमप्रभु यसो भन्नुहुन्छ, “हेर्, म तेरो पक्ष लिनेछु, तेरो निम्ति बदला म नै लिनेछु। म त्यसको समुद्र सुकाइदिनेछु, त्यसको पानीका मूलहरू सुकाइदिनेछु। "},{"id":37,"text":"बेबिलोनचाहिँ भग्नावशेषको ढेर र स्यालहरूको अखड़ा, कोही मानिस नबस्ने ठाउँ, र त्रास र गिल्लाको पात्र हुनेछ। "},{"id":38,"text":"त्यसका सबै मानिसहरू सिंहझैँ गर्जन्छन्। तिनीहरू जवान सिंहझैँ कराउँछन्। "},{"id":39,"text":"तर जब तिनीहरू बिउँझन्छन्, तब म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र म तिनीहरूलाई मत्त्याउनेछु, र यसरी तिनीहरू हाँस्दै कराउनेछन् र सधैँको निम्ति सुत्नेछन् र जाग्नेछैनन्,” परमप्रभु भन्नुहुन्छ। "},{"id":40,"text":"“म तिनीहरूलाई काटिनलाई लगिने थुमा, भेड़ा र बोकाहरूझैँ ल्याउनेछु।"},{"id":41,"text":"“सारा पृथ्वीको अहङ्कार, बेबिलोन कसरी लिइनेछ! जाति-जातिहरूका बीचमा बेबिलोन अति घृणित हुनेछ! "},{"id":42,"text":"समुद्र नै बेबिलोनमाथि उक्लेर आउनेछ, समुद्रका गर्जने छालहरूले त्यसलाई छोप्नेछन्। "},{"id":43,"text":"त्यसका नगरहरू सुक्खा ठाउँ, मरुभूमि, कोही पनि नबस्ने जग्गा हुनेछ। त्यताबाट भएर कोही मानिस जानेछैन। "},{"id":44,"text":"म बेबिलोनमा बेललाई दण्ड दिनेछु, र त्यसले निलेका कुरा म त्यसलाई नै मुखबाट बान्ता गर्न लाउनेछु। जातिहरू फेरि कहिल्यै त्यसकहाँ ओइरिनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ।"},{"id":45,"text":"“हे मेरा प्रजा, त्यसबाट निस्केर आओ। हरेक आ-आफ्नो ज्यान जोगाउनलाई भाग। परमप्रभुको भयानक रीसदेखि भाग। "},{"id":46,"text":"देशमा केही हल्ला सुन्दा हतोत्साहित नहोओ अथवा नडराओ। यस वर्षमा एक किसिमको होहल्ला, अनि अर्को वर्षमा अर्को किसिमको होहल्ला, देशमा उपद्रव र शासकको विरुद्धमा शासक उठेको होहल्ला। "},{"id":47,"text":"किनकि यस्तो बेला निश्चय नै आउँछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु। त्यसको सारा देश लाजमा पारिनेछ, र त्यसका मारिएका सबै त्यसकै बीचमा मारिनेछन्। "},{"id":48,"text":"तब स्वर्ग र पृथ्वी र तिनमा भएका सबैले बेबिलोनको हारमा आनन्दले चिच्च्याउनेछन्, किनकि सर्वनाश गर्नेहरू उत्तर दिशाबाट त्यसको विरुद्धमा आउनेछन्,” परमप्रभु भन्नुहुन्छ। "},{"id":49,"text":"“बेबिलोनको कारणले पृथ्वीमा मारिएकाहरू ढलेझैँ इस्राएलका मारिएकाहरूको कारण बेबिलोन ढल्नैपर्छ। "},{"id":50,"text":"तिमीहरू, जो तरवारबाट उम्केका छौ, जाओ र नअड़िओ। टाढ़ाको देशमा परमप्रभुलाई सम्झना गर, यरूशलेमको बारेमा विचार गर।”"},{"id":51,"text":"“हामीहरू लाजमा पारिएका छौं, किनकि हामीले गाली पाएका छौं। लाजले हाम्रो मुख ढाकेको छ, किनभने परमप्रभुको घरका पवित्र ठाउँहरूमा विदेशीहरू प्रवेश गरेका छन्।”"},{"id":52,"text":"“तर यस्ता दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब म त्यसका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यसको देशभरि नै घाइतेहरूको क्रन्दन सुनिनेछ। "},{"id":53,"text":"उँभो स्वर्गसम्म बेबिलोन उक्ले तापनि र आफ्नो अल्गा-अल्गा गढ़ीहरू बलिया पारे तापनि, त्यसको विरुद्धमा सर्वनाश गर्नेहरू म पठाउनेछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":54,"text":"“बेबिलोनबाट विलापको आवाज निस्किन्छ! बेबिलोनीहरूको देशबाट रुवाइको सोर निस्कन्छ, ठूलो सर्वनाशको आवाज! "},{"id":55,"text":"परमप्रभुले बेबिलोनलाई सर्वनाश गर्नुहुनेछ, र त्यसको ठूलो हल्लालाई उहाँले दमन गर्नुहुनेछ। त्यसका शत्रुहरूका छालहरू समुद्रका ठूला-ठूला पानीझैँ गर्जनेछन्। उनीहरूका गर्जनको प्रतिध्वनि हुनेछ। "},{"id":56,"text":"सर्वनाश गर्ने बेबिलोनको विरुद्धमा आउनेछ, त्यसका योद्धाहरू पक्राउ पर्नेछन्, र तिनीहरूका धनु टुक्रा-टुक्रा पारिनेछन्, किनकि परमप्रभु बदला लिने परमेश्वर हुनुहुन्छ। उहाँले पूरै प्रतिफल दिनुहुनेछ। "},{"id":57,"text":"म त्यसका पदाधिकारीहरू र बुद्धिमान् मानिसहरूलाई, त्यसका राज्यपाल र अधिकृतहरूलाई र योद्धाहरूलाई पनि मतवाला बनाउनेछु। तिनीहरू सदाको निम्ति निदाउनेछन्, र बिउँझनेछैनन्,” महाराजा, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो, उहाँ भन्नुहुन्छ।"},{"id":58,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “बेबिलोनको चौड़ा पर्खाल सम्म पारिनेछ, र त्यसका अल्गा मूल ढोकाहरू आगोले जलाइनेछन्। मानिसहरू व्यर्थमा आफूलाई थकित तुल्याउँछन्। जाति-जातिका परिश्रम ज्वालाको निम्ति इन्धन मात्र हुन्छन्।”"},{"id":59,"text":"महसेयाहका नाति, नेरियाहका छोरा सरायाह जो राजभवनका मुख्य अधिकृत थिए, जो यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षमा राजासँगै बेबिलोनमा गएका थिए, त्यस बेला तिनलाई यर्मियाले दिएको सन्देश यही हो। "},{"id":60,"text":"बेबिलोनमा आइपर्ने सबै सर्वनाशको विषयका कुरा यर्मियाले एउटा पत्रको मुट्ठोमा लेखेका थिए— बेबिलोनको बारेमा लेखिएका सबै कुरा। "},{"id":61,"text":"तिनले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ तब यी सबै कुरा तिमीले चर्को गरी पढ्नू, "},{"id":62,"text":"र भन्नू, ‘हे परमप्रभु, तपाईंले यस ठाउँलाई सर्वनाश गर्छु भनी भन्नुभएको छ, यतिसम्म कि मानिस वा पशु कोही पनि यसमा वास गर्नेछैन। यो सदाको निम्ति उजाड़ पारिनेछ’। "},{"id":63,"text":"यो पत्रको मुट्ठो पढ़िसकेपछि यसलाई एउटा ढुङ्गामा बाँधेर यूफ्रेटिस नदीमा फालिदेऊ। "},{"id":64,"text":"तब यसो भन, ‘मैले त्यसमाथि ल्याउने सर्वनाशको कारण बेबिलोन यसरी नै फेरि कहिल्यै नउठ्ने गरी डुब्नेछ। र त्यसका मानिसहरू लोट्नेछन्’।”यर्मियाका वचनहरू यहीं सकिन्छ।"}]},{"id":52,"title":"यर्मिया 52","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JER/52-1cc44187df9933dddc7f5b8b5685cbd8.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब सिदकियाह राजा भए तब तिनी एक्काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हमुतल थियो। तिनी यर्मियाकी छोरी थिइन् र तिनी लिब्नाबाट आएकी थिइन्। "},{"id":2,"text":"यहोयाकीमले गरेअनुसार परमप्रभुको दृष्टिमा जे-जे कुरा खराब थिए, तिनले पनि त्यही नै गरे। "},{"id":3,"text":"यी सबै कुरा परमप्रभुका रीसको कारणले यरूशलेम र यहूदामा हुन आयो, र अन्त्यमा उहाँले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो।अब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।"},{"id":4,"text":"यसैले सिदकियाहका राजकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेनाका साथ यरूशलेमको विरुद्धमा आए। उनीहरूले सहरको बाहिर छाउनी हाले र यसको वरिपरि घेरा लगाए। "},{"id":5,"text":"यसरी सिदकियाह राजाको एघारौँ वर्षसम्म सहर घेरामा पर्यो।"},{"id":6,"text":"चौथो महिनाको नवौँ दिनमा सहरमा यस्तो घोर अनिकाल परेको थियो कि देशका मानिसहरूका निम्ति केही खानेकुरै रहेन। "},{"id":7,"text":"तब सहरको पर्खाल भत्काइयो, र जम्मै सेना भागे। बेबिलोनीहरू सहरका वरिपरि थिए तापनि राजाका बगैँचाको नजिकका दुई पर्खालको बीचमा भएको ढोकाबाट भएर राती तिनीहरू भागे। तिनीहरू अराबातिर भागे, "},{"id":8,"text":"तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई लखेटे र तिनलाई यरीहोको मैदानमा भेट्टाए। तिनका सबै सिपाहीहरू तिनीबाट अलग्गै भएर छरपष्ट भए, "},{"id":9,"text":"र तिनलाई समातियो।तब उनीहरूले राजालाई हमात देशको रिब्लामा बेबिलोनका राजाको सामुन्ने ल्याए, र त्यहाँ उनले तिनीमाथि दण्डको आज्ञा दिए। "},{"id":10,"text":"त्यहाँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र यहूदाका सबै पदाधिकारीहरूलाई पनि मारे। "},{"id":11,"text":"तब उनले सिदकियाहका आँखा निकालिदिए, र तिनलाई काँसका साङ्लाले बाँधे। अनि उनले तिनलाई बेबिलोनमा लगेर तिनको मृत्यु नहोउञ्जेलसम्म कैदमा राखे। "},{"id":12,"text":"बेबिलोनका राजा नबूकदनेसरको उन्नाईसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदान, जसले बेबिलोनका राजाको चाकरी गर्थे, यरूशलेममा आए। "},{"id":13,"text":"उनले परमप्रभुको मन्दिर, राजकीय महल र यरूशलेमका जम्मै घरहरूमा आगो लगाइदिए। उनले सबै मुख्य-मुख्य घरहरूमा आगो लगाइदिए। "},{"id":14,"text":"राजकीय अङ्गरक्षकका सेनापतिका मुनिका सारा बेबिलोनी सेनाले यरूशलेमका चारैतिर भएका पर्खाल भत्काइदिए। "},{"id":15,"text":"मानिसहरूमा सबैभन्दा गरीबहरू र सहरमा छोड़िएका मानिसहरू र बेबिलोनका राजाकहाँ भागेर गएका मानिसहरू तथा बाँकी रहेका कारीगरहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले निर्वासनमा लगे। "},{"id":16,"text":"तर नबूजरदानले देशका दाखबारी र खेतमा काम गर्न बाँकी साह्रै गरीब मानिसहरूलाई छोड़िराखे।"},{"id":17,"text":"बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू, गुड्ने आधारहरू र काँसाको विशाल खड्कुँलो टुक्रै-टुक्रा पारेर सबै काँसा बेबिलोनमा लगे। "},{"id":18,"text":"उनीहरूले भाँड़ाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, सिट्ठी काट्ने कैँची, पानीको बाटा कचौराहरू र मन्दिरको सेवामा चलाइने सबै काँसाका सरसामानहरू लगे। "},{"id":19,"text":"राजकीय अङ्गरक्षकका सेनापतिले कञ्चन सुन वा चाँदीले बनेका स्नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँड़ाहरू, सामदानहरू, अर्घ-बलिमा चढ़ाइने कचौरा र बाटाहरू पनि लगे।"},{"id":20,"text":"ती दुई स्तम्भ, एउटा काँसाको विशाल खड्कुँलो, त्यसमुनि भएका बाह्रवटा काँसाका साँढ़ेहरू र गुड्ने आधारहरू जो सोलोमन राजाले परमप्रभुका मन्दिरको निम्ति बनाएका थिए, ती सबै काँसाका थोकहरू जोख्नै नसकिने थिए। "},{"id":21,"text":"हरेक स्तम्भ अठाह्र हात अग्लो थियो। त्यसको गोलाइ बाह्र हात र मोटाइ चार अङ्गुल चौड़ा थियो, र खोक्रो थियो। "},{"id":22,"text":"हरेक स्तम्भमाथि काँसाको स्तम्भ-शिर थियो। एउटा शिरको उचाइ पाँच हात थियो। एउटा स्तम्भ-शिर काँसाका जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित त्यस्तै किसिमको थियो। "},{"id":23,"text":"छेउ-छेउमा छयान्नब्बे दारिमहरू थिए। चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्मा एक सय थिए।"},{"id":24,"text":"अङ्गरक्षकका सेनापतिले मुख्य पूजाहारी सरायाह, दोस्रो दर्जामा भएका पूजाहारी सपन्याह र तीन जना ढोकेहरूलाई कैद गरेर लगे। "},{"id":25,"text":"सहरमा अझै रहेकाहरूमा सिपाहीहरूमाथि खटिएका एक जना अधिकृत र राजाका सात जना सल्लाहकारहरूलाई उनले लगे। देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्य अधिकृत-सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना पुरुषलाई पनि उनले लगे। "},{"id":26,"text":"सेनापति नबूजरदानले यिनीहरू सबैलाई लगेर रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए। "},{"id":27,"text":"यिनीहरूलाई हमात देशको रिब्लामा राजाले मार्ने हुकुम दिए।यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो। "},{"id":28,"text":"नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यो हो: उनका राजकालको सातौँ वर्षमा ३,०२३ यहूदीहरू। "},{"id":29,"text":"उनका राजकालको अठारौँ वर्षमा नबूकदनेसरले यरूशलेमबाट ८३२ जना लगे। "},{"id":30,"text":"उनको तेईसौँ वर्षमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले ७४५ जना यहूदीहरूलाई निर्वासनमा लगे। सबै मानिसहरू ४,६०० जना थिए।"},{"id":31,"text":"यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको पच्चीसौँ दिनमा उनले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए। "},{"id":32,"text":"उनले तिनीसित दयापूर्वक बोले र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्दा अझ उच्च सम्माननीय स्थानमा तिनलाई राखे। "},{"id":33,"text":"यसरी यहोयाकीनले आफ्नो कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्बार खाने गरे। "},{"id":34,"text":"बेबिलोनका राजाले यहोयाकीनलाई नियमित रूपमा दिनहुँ तिनी नमरुञ्जेल भत्ता दिए।"}]}]}