-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
JOB.json
1 lines (1 loc) · 293 KB
/
JOB.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यस पुस्तकले उठाएको विषयवस्तु आजको निम्ति एउटा ज्वलन्त र सान्दर्भिक विषय हो। धर्मीले किन दु:ख पाएको? परमेश्वरले दया र करूणा मात्र देखाउनु हुन्छ होइन? तरै पनि अय्यूबले अग्घोर दु:ख भोगे। अय्यूबको पुस्तक पढेर हामी थाहा पाउँछौं कि सम्पूर्ण प्रभुत्व परमेश्वरमा नै छ। मानवलाई उहाँको प्रभुत्व कदर नगरी धर छैन। पापीले दण्ड पाउँछ र धर्मीले सुख पाउँनु पर्छ भन्ने पारम्पारिक विचार नै अय्यूबका साथीहरूले उनको अघि राखेका थिए। अय्यूबले यो कुरा ग्रहण गर्न सकेनन्। अन्त्यमा परमेश्वर स्वयम प्रकट बनी अय्यूबका प्रश्नहरूलाई शान्त गरीदिनुहुन्छ। आफ्नो असाध्य कष्टको बीचमा अय्यूबले फेरि आफ्नो भरोसा परमेश्वरमा नै राख्छन्।"}]},{"id":1,"title":"अय्यूब 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/1-deca80c16577ca97f305b214c4b72806.mp3?version_id=1483","verses":[{"id":1,"text":"ऊज देशमा अय्यूब नाउँ भएका एक जना मानिस बस्दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे। "},{"id":2,"text":"तिनका सात छोरा र तीन छोरी थिए। "},{"id":3,"text":"तिनका सात हजार भेड़ा, तीन हजार ऊँट, पाँच सय हल गोरु र पाँच सय गधाबाहेक धेरै कमारा-कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्यूब सबैभन्दा महान् थिए।"},{"id":4,"text":"तिनका छोराहरूले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे। "},{"id":5,"text":"भोज दिने क्रम सिद्धिएपछि अय्यूबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा-एउटा होमबलि चढाउथे, “शायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई आफ्ना हृदयमा सरापे होलान्।” अय्यूबले सधैँ यसै गर्थे।"},{"id":6,"text":"एक दिन स्वर्गीय दूतहरू परमप्रभुको सामुन्ने उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग आयो। "},{"id":7,"text":"परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आईस्?” त्यसले भन्यो, “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।” "},{"id":8,"text":"तब परमप्रभुले शैतानलाई सोध्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन।” "},{"id":9,"text":"शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्यूबले त्यसै परमेश्वरको डर राखेका हुन् त?” "},{"id":10,"text":"के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष् दिनुभएको छ, अनि तिनका गाईबस्तुहरू देशभरि अनगन्ती बढ़ेका छन्। "},{"id":11,"text":"तर आफ्नो हात पसारेर तिनका सबै चीजमाथि प्रहार गर्नुहोस्, र तिनले तपाईंलाई तपाईंकै मुखको सामुन्ने सराप्नेछन्। "},{"id":12,"text":"तब परमप्रभुले शैतानलाई भन्नुभयो, “लौ त, त्यसकहाँ जे-जति छन्, सबै तेरै हातमा भयो। केवल अय्यूबको शरीरलाई चाहिँ नछो।” तब शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो।"},{"id":13,"text":"एक दिन अय्यूबका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपिन गर्दैथिए। "},{"id":14,"text":"एउटा समाचारवाहक कुदेर अय्यूबकहाँ आएर भन्यो, "},{"id":15,"text":"“गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिकै चरिरहेकै बेला शबीहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे, र ती सबै लगे। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।” "},{"id":16,"text":"त्यो बोल्दाबोल्दै अर्को समाचारवाहक आइपुग्यो। त्यसले भन्यो, “परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्म पार्यो। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।” "},{"id":17,"text":"त्यो बोल्दाबोल्दै अर्को एक जना आएर भन्यो, “कल्दीहरूले छापा मार्ने तीन दल बनाए र तपाईंका ऊँटहरू आक्रमण गरी लगे। तिनीहरूले नोकरहरूलाई मारे र तपाईंलाई समाचार दिनलाई म मात्र उम्कें।” "},{"id":18,"text":"त्यो मानिस बोल्दाबोल्दै एक जना आइपुग्यो र भन्यो, “तपाईंका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपान गर्दैथिए। "},{"id":19,"text":"त्यसै बेला मरुभूमिबाट अचानक आँधीबेहरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो। अनि समाचार दिन म मात्र उम्कें।” "},{"id":20,"text":"यो सुनेर अय्यूब उठे, र तिनले आफ्नो लुगा च्याते। तिनले आफ्नो कपाल खौरे, "},{"id":21,"text":"र भूइँमा घोप्टो परेर दण्डवत् गरी भने,\n“म आफ्नी आमाको गर्भबाट नाङ्गै आए,\nअनि म नाङ्गै फर्केर जानेछु।\nपरमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो,\nपरमप्रभुको नाउँ धन्यको होस्।”"},{"id":22,"text":"यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्।"}]},{"id":2,"title":"अय्यूब 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/2-e2229d2e56dd2777739bf2df0d910f78.mp3?version_id=1483","verses":[{"id":1,"text":"अर्को एक दिन स्वर्गदूतहरू परमप्रभुको सामुन्ने उपस्थित हुँदा शैतान पनि आफूलाई उहाँको अगाड़ि उपस्थित गराउन तिनीहरूसँगै गयो। "},{"id":2,"text":"अनि परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आईस्?” त्यसले भन्यो, “पृथ्वीमा चारैतिर घुमफिर गर्दैआएको हुँ।” "},{"id":3,"text":"तब परमप्रभुले शैतानलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरसँग डर राख्ने र दुष्ट कामबाट अलग रहने त्योजस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन। विनाकारण त्यसलाई नाश गर्नलाई तैंले मलाई उस्काइस्। तर त्यसको निष्ठा अझसम्म ढलपल भएको छैन।” "},{"id":4,"text":"शैतानले परमप्रभुलाई जवाफ दियो, “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफूसँग भएका सबै कुरा दिँदैन र? "},{"id":5,"text":"आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्याउनुहोस् अनि तिनले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्नेछन्।”"},{"id":6,"text":"तब परमप्रभुले शैतानलाई भन्नुभयो, “लौ त, त्यसो भए त्यो तेरो हातमा छ। तर त्यसको ज्यानचाहिँ छोड़िदे।” "},{"id":7,"text":"तब शैतान परमप्रभुको सामुन्नेबाट निस्क्यो। त्यसले अय्यूबको पैतालादेखि टाउकोसम्म कष्टप्रद खटिरा उब्जाइदियो। "},{"id":8,"text":"खरानीमा बसेर कन्याउनलाई तिनले एउटा फुटेको माटोका भाँड़ाको टुक्रा लिए। "},{"id":9,"text":"तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं आफ्नो निष्ठामा अझै अड़ी नै रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्।” "},{"id":10,"text":"अय्यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्दछ्यौ। परमेश्वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्यूबले पाप गरेनन्।"},{"id":11,"text":"अय्यूबका तीन जना मित्र, एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीमाथि आइपरेका यी विपत्तिका कुरा सुनेपछि सहानुभूति प्रकट गर्न र तिनलाई ढाड़स दिन आ-आफ्ना घरबाट सँगै मिलेर आए। "},{"id":12,"text":"तिनीहरूले तिनलाई टाढ़ैबाट देखे, तर चिन्न सकेनन्। तिनीहरू चिच्च्याएर रोए, अनि आफ्ना लुगा च्यातेर आफ्ना शिरमा धूलो छरे। "},{"id":13,"text":"तब तिनीहरू सात दिन सात रात भूइँमा तिनको छेउमा बसे। अनि तिनीहरूमध्ये कसैको मुखबाट एक शब्द पनि निस्केन, किनभने तिनीहरूले देखे उनको कष्ट कति ठूलो थियो।"}]},{"id":3,"title":"अय्यूब 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/3-1d1326dcaa491152b02c0084564357d6.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले आफ्नो मुख खोलेर, आफ्नो जन्मेको दिनलाई धिक्कार्न लागे। "},{"id":2,"text":"अनि तिनले भने:"},{"id":3,"text":"“धिक्कार होस्, म जन्मेको दिनलाई,\n‘एउटा बालकको जन्म भयो’ भनिएको रात।"},{"id":4,"text":"त्यो दिन अन्धकारमा परिवर्तन होस्।\nस्वर्गबाट परमेश्वरले त्यसको वास्ता नगरून्,\nज्योति त्यसमाथि नचम्कोस्।"},{"id":5,"text":"अन्धकार र मृत्युको छायाले त्यो रातलाई छोपोस्।\nबादलले त्यस दिनलाई ढाकोस्।\nत्यसको उज्यालोलाई अन्धकारले निभाइदेओस्।"},{"id":6,"text":"निस्पट्ट अँध्यारोले त्यस रातलाई निलोस्,\nवर्षका दिनहरूमा त्यस रातको गन्ती नहोस्।\nमहिनाको गन्तीमा त्यो आउन नपाओस्।"},{"id":7,"text":"त्यो रात सदासर्वदाको निम्ति बाँझो रहोस्,\nत्यसमा कुनै रमाहटको सोर नसुनिओस्।"},{"id":8,"text":"जसले दिनहरूलाई सराप्छ त्यस दिनलाई सरापोस्\nजो लिव्यातन्लाई उठाउन तयार छ।"},{"id":9,"text":"त्यसको बिहानीको कुनै ताराले प्रकाश नदेओस्।\nबिहानको उज्यालो त्यसले व्यर्थमा प्रतीक्षा गरिरहनुपरोस्।\nत्यस दिनले उषाको प्रथम किरणलाई देख्नै नपाओस्।"},{"id":10,"text":"किनभने कष्ट मेरो आँखाबाट छल्नलाई\nमलाई जन्माउने गर्भको ढोका त्यसले थुनेन,"},{"id":11,"text":"“म जन्मने बित्तिकै किन खतम भइनँ?\nगर्भबाट निस्कनासाथ म किन मरिनँ?"},{"id":12,"text":"मलाई ग्रहण गर्नलाई काख\nर मेरो स्याहार गर्न स्तनहरू किन थिए?”"},{"id":13,"text":"त्यसो हुँदो हो ता म शान्तिसित शून्य चिहानमा पड़िरहनेथिएँ,\nम मृत्युको निद्रामा सुतिरहनेथिएँ,\nर विश्राममा हुनेथिएँ,"},{"id":14,"text":"संसारका राजा र सल्लाहकारहरूका साथमा,\nजसले आफ्नो लागि स्थानहरू बनाए\nजुनहरू आज ध्वंस बनिसकेका छन्,"},{"id":15,"text":"शासकहरूसित जोसँग सुन थियो,\nजसले आफ्ना घरहरू चाँदीले भरे।"},{"id":16,"text":"समय नपुगी तुहेको बालकझैँ\nमलाई किन जमिनभित्र लुकाइएन,\nदिनको उज्यालो कहिल्यै नदेखेको बालकझैँ?"},{"id":17,"text":"त्यहाँ दुष्टहरू खल्याङ मल्याङबाट आराम पाउँछन्,\nत्यहाँ थकितहरू विश्राममा हुन्छन्।"},{"id":18,"text":"बँधुवाहरू सुखमा रमाउँछन्,\nर अबोप्रान्त कमारा खटाउनेको सोर त्यहाँ सुनिँदैन।"},{"id":19,"text":"ठूला र साना त्यहाँ छन्,\nत्यहाँ कमारा आफ्ना मालिकबाट मुक्त भएको हुन्छ।"},{"id":20,"text":"“दु:खमा हुनेहरूलाई उज्यालो देख्न किन दिइन्छ?\nमनमा दिक्क हुनेहरूलाई जीवन किन दिइन्छ?"},{"id":21,"text":"तिनीहरूलाई जसले मृत्युको प्रतीक्षा गर्दछन्,\nतर मृत्यु आउँदैन, \nगाड़धन खोजेको भन्दा पनि धेरै\nजोशसँग तिनीहरू मृत्यु खोज्छन्।"},{"id":22,"text":"जुनहरू चिहानमा पुग्दा\nआनन्दले मग्न हुन्छन् र रमाउँछन्?"},{"id":23,"text":"परमेश्वरले चारैतिर घेरा लगाउनुभएको बाटोमा,\nजसको बाटो लुकाइएको हुन्छ\nतिनीहरूलाई किन जीवन दिइन्छ?"},{"id":24,"text":"मेरो भोजनको सट्टा सुस्केरा आउँछ,\nमेरा आर्तनादहरू पानी झैँ मबाट निस्कन्छन्।"},{"id":25,"text":"मलाई तर्साउने त्रासहरूले मलाई समातेका छन्,\nजे-जेदेखि म डराउँछु, ती ममाथि आइपरेका छन्।"},{"id":26,"text":"मेरो मनमा न त शान्ति छ,\nन मेरो निम्ति विश्राम नै छ,\nतर खलबल मात्र छ।"}]},{"id":4,"title":"अय्यूब 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/4-d1f6f48e86e2283cbf22aa6eab1a2f96.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब एलीपज तेमानीले जवाफ दिए:"},{"id":2,"text":"“यदि कसैले तपाईंसित कुरा गर्ने आँट गर्यो भने,\nके तपाईं अधीर बन्नुहुन्छ?\nतर को नबोली बस्न सक्ला?"},{"id":3,"text":"सम्झनुहोस्, तपाईंले कसरी धेरैलाई शिक्षा दिनुभयो,\nनिर्बल हातलाई तपाईंले कसरी बलिया पार्नुभएको छ।"},{"id":4,"text":"ठक्कर खानेहरू तपाईंका वचनले सम्हालिए,\nर तपाईंले निर्बल घुँड़ाहरूलाई बल दिनुभयो।"},{"id":5,"text":"तर अब सङ्कष्ट तपाईंमाथि आइलाग्यो\nर तपाईं निरुत्साहित हुनुहुन्छ।\nयसले प्रहार गर्दा तपाईं हरेस खानुहुन्छ।"},{"id":6,"text":"के तपाईंको धर्म नै तपाईंको निम्ति भरोसा\nर तपाईंको निर्दोष जीवन तपाईंको निम्ति आशा हुनुपर्दैन र?”"},{"id":7,"text":"“किनभने सोच्नुहोस्:\nकुनै निर्दोष मानिस कहिल्यै नाश भएको छ?\nसोझो मानिसले कहाँ कष्ट पाएको तपाईंले देख्नुभएको छ?"},{"id":8,"text":"मैले देखेको छु, कि अधर्म जोत्ने र दु:ख छर्नेहरूले,\nआफैले छरेको कुराको कटनी गर्छन्।"},{"id":9,"text":"परमेश्वरको सासले तिनीहरू ध्वंस हुन्छन्,\nर उहाँको क्रोधको रापले तिनीहरू नष्ट हुन्छन्।"},{"id":10,"text":"सिंहहरू गर्जून् र घुरून् तापनि\nठूला सिंहहरूका दाँत भाँचिन्छन्"},{"id":11,"text":"शिकारको अभावले सिंह मासिन्छ,\nअनि सिंहनीका डमरुहरू छरपष्ट हुन्छन्।"},{"id":12,"text":"“एउटा कुरा सुस्त-सुस्त मेरो कानमा आयो,\nर त्यसको कानेखुसी मेरो कानले सुन्यो।"},{"id":13,"text":"रातका बेचैन सपनाहरूमा, \nजब मानिसहरू घोर निद्रामा परेका हुन्छन्,"},{"id":14,"text":"त्रास र थरहरीले मलाई पक्रे,\nर मेरा हाड़हरूलाई कमायो।"},{"id":15,"text":"एउटा आत्मा मेरो छेउ भएर गयो,\nर मेरो शरीरको रौँ खड़ा भयो।"},{"id":16,"text":"त्यो रोयो, तर त्यो के हो मैले ठम्याउन सकिनँ,\nएउटा आकार मेरो आँखाकोअघि खड़ा भयो।\nयसो भन्ने एउटा मधुर सोर मैले सुने—"},{"id":17,"text":"‘के मरणशील मानिस परमेश्वरभन्दा बढ़ी\nधर्मी ठहर्न सक्छ? के कुनै प्राणी\nआफ्ना सृष्टिकर्ताभन्दा पवित्र हुन सक्छ?"},{"id":18,"text":"यदि परमेश्वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने,\nर आफ्नै दूतहरूलाई भूल गरेको दोष लगाउनुभयो भनेता,"},{"id":19,"text":"माटोका घरमा बस्नेमाथि झन्\nबढ़ी दोष किन भेट्टाउनुहुन्न?\nजसको आधार ता धूलो नै हो,\nजो सानो पुतलीझैँ कुल्चीमिल्ची पारिन सक्छ।"},{"id":20,"text":"तिनीहरू बिहानदेखि बेलुकासम्म चकनाचूर पारिन्छन्,\nकसैले थाहा नपाई तिनीहरू नाश हुन्छन्।"},{"id":21,"text":"के तिनीहरूका पालका डोरीहरू माथि तानिएका छैनन् र?\nयसरी तिनीहरू ज्ञानविना नै मर्छन्?’"}]},{"id":5,"title":"अय्यूब 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/5-e4ce4bd6341d0fdc416ea46ef7273314.mp3?version_id=1483","verses":[{"id":1,"text":"“चाहनुहुन्छ भने बोलाएर हेर्नुहोस्,\nतर तपाईंलाई कसले जवाफ दिन्छ?\nकुन पवित्र जनहरूतिर तपाईं फर्कनुहुनेछ?"},{"id":2,"text":"रीसले मूर्खलाई मार्छ,\nअनि ईर्ष्याले सोझाहरूलाई।"},{"id":3,"text":"मूर्खले जरा गाड़ेको मैले देखेको छु,\nतर त्यसको घर एक्कासि श्रापित भयो।"},{"id":4,"text":"त्यसका बालकहरू सुरक्षित नभएका,\nअदालतमा प्रतिवाद गरिदिने कोही\nनभई पेलिएका मैले देखेको छु।"},{"id":5,"text":"त्यसले कटनी गरेको फसल भोकाहरूले खान्छन्,\nकाँढ़ाहरूका बीचबाट उम्रेका पनि बटुलेर लान्छन्,\nतिर्खाएकाहरूले त्यसका धन-सम्पत्तिको तृष्णा गर्छन्।"},{"id":6,"text":"किनकि माटोबाट कष्ट उब्जँदैन,\nन त जमिनबाट दु:ख उत्पन्न हुन्छ।"},{"id":7,"text":"आगोको फिलिङ्गो माथि उड़ेझैँ,\nमानिस पनि दु:खकै लागि जन्मन्छ।"},{"id":8,"text":"“तर यदि म भएको भए,\nम मेरो अर्जी परमेश्वरमा नै चढ़ाउने थिएँ,\nर मेरो मामिला उहाँकै सामुन्ने राख्नेथिएँ।"},{"id":9,"text":"उहाँले महान् र बुझ्न नसकिने कार्यहरू,\nअनगन्ती आश्चर्यकर्महरू गर्नुहुन्छ।"},{"id":10,"text":"उहाँले पृथ्वीमा पानी वर्षाउनुहुन्छ,\nर खेतहरूमा पानी पठाउनुहुन्छ।"},{"id":11,"text":"उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ,\nर शोक गर्नेहरूलाई सुरक्षामा उचाल्नुहुनेछ,"},{"id":12,"text":"धूर्तहरूका युक्तिलाई उहाँले विफल गराउनुहुन्छ,\nअनि तिनीहरूले सफलता पाउँदैनन्।"},{"id":13,"text":"उहाँले ज्ञानीहरूलाई तिनीहरूका चलाकीमा पक्रनुहुन्छ,\nर धूर्तहरूका योजना खलबल पारिदिनुहुन्छ। "},{"id":14,"text":"तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्छन्,\nर मध्यदिनमा तिनीहरू रातमा झैँ छामेर हिँड्छन्।"},{"id":15,"text":"उहाँले दरिद्रहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि\nर कङ्गालीहरूलाई बलियाहरूका पन्जादेखि जोगाउनुहुन्छ।"},{"id":16,"text":"यसैले गरीबहरूको आशा हुन्छ,\nर अन्यायले आफ्नो मुख बन्द गर्नेछ।"},{"id":17,"text":"“त्यो मानिस धन्यको हो,\nजसलाई परमेश्वरले चेताउनुहुन्छ। \nयसकारण सर्वशक्तिमान्को अनुशासनलाई इन्कार नगर।"},{"id":18,"text":"किनभने उहाँले चोट पार्नुहुन्छ, \nतर उहाँले पट्टी बाँध्नुहुन्छ, उहाँले चोट पार्नुहुन्छ,\nतर उहाँको हातले निको पनि पार्नुहुन्छ।"},{"id":19,"text":"छ पल्ट तिमीमाथि आपत् आइपरे तापनि उहाँले तिमीलाई बचाउनुहुनेछ,\nसात पल्टको हानिले पनि तिमीलाई छुनेछैन।"},{"id":20,"text":"अनिकालको बेलामा उहाँले तिमीलाई मृत्युबाट बचाउनुहुनेछ,\nउहाँले तिमीलाई युद्धमा तरवारबाट जोगाउनुहुनेछ।"},{"id":21,"text":"उहाँले तिमीलाई निन्दाको कोर्राबाट सुरक्षित राख्नुहुनेछ,\nविनाश आउँदा तिमी डराउनुपर्नेछैन।"},{"id":22,"text":"विनाश र अनिकालमाथि तिमी हाँस्ने छौ,\nअनि जङ्गली जनावरहरूदेखि तिमी डराउनुपर्नेछैन।"},{"id":23,"text":"खेतका ढुङ्गाहरूसित तिमी वाचा बाँध्नेछौ\nर वन-पशुहरूले तिमीसँग मेलमिलाप राख्नेछन्।"},{"id":24,"text":"तिम्रो पाल सुरक्षित छ भनी तिमीलाई थाहा हुनेछ,\nर तिमीले आफ्ना बगालको सम्पत्तिको लेखा राख्दा केही अभाव पाउनेछैनौ।"},{"id":25,"text":"तिम्रा सन्तान-दरसन्तानहरू धेरै भएका\nर तिम्रा छोराछोरीहरू जमिनका घाँसहरूझैँ भएका तिमीलाई थाहा हुनेछ।"},{"id":26,"text":"आफ्नो ठीक ऋतुमा खलामा बाली आएझैँ\nपूरा वृद्धावस्थामा तिमी आफ्नो मृत्युमा पुग्नेछौ।"},{"id":27,"text":"“हामीले यी सबै जाँचेका छौं,\nर यो सत्य हो। यसैले यो सुन्नुहोस्,\nअनि आफूमा त्यो लागू गर्नुहोस्।”"}]},{"id":6,"title":"अय्यूब 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/6-e8e92141949d7f442a051aa469885b97.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले जवाफ दिए:"},{"id":2,"text":"“हाय, मेरो मनको दु:ख जोख्न मात्र सकिए त,\nअनि मेरा सबै विपत्ति तीसँगै तराजूमा राखिएको भए त!"},{"id":3,"text":"समुद्रका बालुवाभन्दा पनि ती गह्रौँ हुनेथिए—\nमेरा वचन उग्र भएकोमा कुनै आश्चर्य छैन।"},{"id":4,"text":"सर्वशक्तिमान्का काँड़ ममा गाड़िएका छन्,\nअनि तिनका विष मेरो आत्माले पिउँदछ,\nपरमेश्वरका त्रास मेरो विरुद्धमा खड़ा छन्।"},{"id":5,"text":"के वन-गधा घाँस पाउँदा कराउँछ?\nअथवा आफ्नो कुँड़ो पाउँदा गोरु डुक्रन्छ?"},{"id":6,"text":"के खल्लो खानेकुरा नूनविना खान सकिन्छ?\nके अण्डाको सेतो भागमा केही स्वाद हुन्छ?"},{"id":7,"text":"मलाई भोक लाग्दा पनि ती छुन मन लाग्दैन,\nयस्तो भोजनले मलाई बिरामी बनाउँछ,"},{"id":8,"text":"हाय! मैले बिन्ती गरेको कुरा पाए त हुनेथियो!\nमैले आशा गरेको थोक परमेश्वरले मन्जूर गर्नु भए त हुनेथियो!"},{"id":9,"text":"मलाई धूलोपीठो पार्न परमेश्वर इच्छुक भए ता हुनेथियो!\nउहाँको हात स्वतन्त्र भएर मलाई खतम पारे त हुनेथियो!"},{"id":10,"text":"त्यसले बरु मलाई शान्ति हुनेथियो!\nर कष्टमा पनि म आनन्दले उफ्रनेथिएँ!\nकिनभने पवित्र जनका वचन मैले इन्कार गरेको छैनँ।"},{"id":11,"text":"ममा के शक्ति छ र म अझ पनि आशा गरौं,\nमेरो अन्त के हुन्छ र म धैर्य धारण गरूँ?"},{"id":12,"text":"के मेरो शक्ति ढुङ्गाको जस्तै छ र?\nअथवा के मेरो मासु काँसाको हो र?"},{"id":13,"text":"के ममा आफूलाई सहायता गर्न केही बल रहेको छ?\nकिनकि अब सफलता मबाट हटाइएको छ।"},{"id":14,"text":"“सर्वशक्तिमान्तर्फको विश्वास त्यागेको भए\nतापनि निराश भएको मानिसलाई मित्रहरूको आस्था त हुनुपर्ने थियो!"},{"id":15,"text":"तर मेरा दाजुभाइहरू ता पहाड़का सुक्ने र भल आउने खोलाझैँ,\nभरोसा गर्न नसकिने भए, भल आउने खोला झैँ।"},{"id":16,"text":"जब पग्लेका बरफले, अथवा हिउँ पग्लेर भल आउँछ।"},{"id":17,"text":"तर सुक्खा ऋतुमा बग्न छोड्छन्,\nर तापले ती नालाबाट हराइहाल्छन्।"},{"id":18,"text":"तब यात्री-दल आफ्ना बाटोबाट तर्केर जान्छन्,\nतिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।"},{"id":19,"text":"तेमाका यात्री-दल आफ्ना निम्ति ती खोलाका पानी खोज्छन्,\nशेबाका व्यापारी दल तिनको आशासहित हेर्छन्।"},{"id":20,"text":"आफूले भरोसा गरेका सबै कुरामा तिनीहरू निराश हुन्छन्,\nतिनीहरू निराश हुनलाई मात्र त्यहाँ पुग्छन्।"},{"id":21,"text":"अब तपाईंहरू पनि सहायताविहीन हुनुहुन्छ भनी साबित भयो,\nतपाईंहरूले केही डरलाग्दो कुरा देख्नुभयो\nर भयभीत हुनुभयो।"},{"id":22,"text":"‘मेरो पक्षमा केही दिनुहोस्,\nमेरो निम्ति तपाईंहरूको धन-सम्पत्तिबाट,\nमेरो छुटकाराको धरौटी तिरिदिनुहोस् भनी मैले भने र?"},{"id":23,"text":"मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्,\nनिष्ठुर मानिसहरूका हातबाट दाम तिरेर मलाई मुक्त गर्नुहोस्,\nभनी मैले कहिल्यै भने?"},{"id":24,"text":"“मलाई सिकाउनुहोस्,\nर म चूपचाप बसेर सुन्नेछु,\nमैले कहाँ गल्ती गरें, मलाई देखाइदिनुहोस्।"},{"id":25,"text":"ईमानदार वचनहरू कति कष्टप्रद छन्।\nतर तपाईंहरूको तर्कले के प्रमाणित गर्दछ?"},{"id":26,"text":"मैले भनेका कुराहरू तपाईंहरू सच्याउन चाहनुहुन्छ,\nर निराश मानिसको वचनलाई बतासझैँ ठान्नुहुन्छ?"},{"id":27,"text":"तपाईंहरू टुहुराहरूलाई चिट्ठा हाल्नुहुन्छ?\nर आफ्नै साथीहरूलाई साट्नुहुन्छ।"},{"id":28,"text":"“यसैले, अब म बिन्ती गर्दछु,\nफर्केर मलाई हेर्नुहोस्,\nके म तपाईंहरूको मुखकै सामुन्ने असत्य बोल्नेजस्तै छु र?"},{"id":29,"text":"कमलो हुनुहोस्, ममाथि अरू अन्याय नगर्नुहोस्,\nफेरि सम्झनुहोस्, किनभने यहाँ मेरो ईमानदारीको सवाल छ।"},{"id":30,"text":"के मेरा ओठहरूमा कुनै दुष्टता छ?\nके मेरो मुखले असल र खराबको बीचमा छुट्ट्याउन सक्दैन र?"}]},{"id":7,"title":"अय्यूब 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/7-55b2089491c73bf0e3d3642c8481c306.mp3?version_id=1483","verses":[{"id":1,"text":"के पृथ्वीमा मानिसले कठिन कार्य गर्नुपर्दैन?\nअनि के त्यसका दिनहरू ज्यालामा काम गर्नेहरूका जस्तै छैनन् र?"},{"id":2,"text":"बेलुकीको शीतल छाया खोज्ने दासले झैँ\nअथवा आफ्नो ज्यालाको निम्ति उत्सुकतापूर्वक पर्खिरहने नोकरझैँ,"},{"id":3,"text":"यस्तै व्यर्थका महिना मेरा भाग भएका छन्,\nदु:खका रातहरू मेरो निम्ति ठहराइएका छन्।"},{"id":4,"text":"जब म ढल्कन्छु, तब म विचार गर्दछु,\nकहिले उज्यालो हुन्छ, र म उठूँ? रात लामो हुन्छ\nर मिरमिरे उज्यालो नहोउञ्जेल, म यताउता छटपटाइरहन्छु।"},{"id":5,"text":"मेरो शरीर कीरै-कीराले र पाप्राले भरिएको छ,\nर मेरो छालामा चिराचिरा परेर पीप निस्कन्छ।"},{"id":6,"text":"जुलाहाको थुरीभन्दा चाँड़ो मेरा दिन बित्छन्,\nमेरा दिनहरू आशाविना अन्त हुन्छन्।"},{"id":7,"text":"हे परमेश्वर, मेरो जीवन ता हावाको एक झोँक्का मात्र हो भनी सम्झनुहोस्।\nमैले फेरि सुदिन देख्न पाउनेछैनँ।"},{"id":8,"text":"अहिले मलाई देख्ने आँखाले फेरि कहिल्यै देख्नेछैन,\nतपाईंले मलाई खोज्नुहुनेछ,\nतर म लोप भइहाल्नेछु।"},{"id":9,"text":"जसरी बादल फाटेर छताछुल्ल र लोप हुन्छ,\nत्यसरी नै चिहानमा\n जाने फेरि कहिल्यै फर्कनेछैन।"},{"id":10,"text":"त्यो फेरि कहिल्यै घरमा फर्केर आउँदैन,\nअनि त्यसलाई चिन्नेहरूले त्यसलाई बिर्सनेछन्।"},{"id":11,"text":"“यसकारण म चूप लागि बस्नेछैनँ,\nमेरो मनको पीरमा म बोल्नेछु,\nमेरो प्राणको व्याकुलतामा म उजूर गर्नेछु,"},{"id":12,"text":"के म समुद्र हुँ? अथवा समुद्रको भयानक जन्तु हुँ?\nर तपाईं मलाई पहराको निगरानीमा राख्नुहुन्छ?"},{"id":13,"text":"मेरो ओछ्यानमा म सान्त्वना पाउँछु,\nर निद्राले मलाई मेरो कष्टबाट छुटकारा दिन्छ\nभनी जब म सम्झन्छु,"},{"id":14,"text":"तब तपाईंले मलाई सपनाले तर्साउनुहुन्छ,\nर दर्शनहरूद्वारा तपाईं मलाई डर देखाउनुहुन्छ।"},{"id":15,"text":"यसरी म यो मेरो शरीरभन्दा निमोठ्याई र मृत्युलाई रुचाउँछु।"},{"id":16,"text":"म मेरो जीवनलाई घृणा गर्दछु,\nबाँचिरहने मेरो इच्छा छैन। मलाई छोड़िदिनुहोस्,\nकिनभने मेरो जीवनको अर्थ छैन।"},{"id":17,"text":"“मानिस के हो र तपाईं त्यसको यति धेरै ख्याल गर्नुहुन्छ? \nअनि तपाईं त्यसको यति धेरै फिक्री गर्नुहुन्छ?"},{"id":18,"text":"बिहानैपिच्छे त्यसलाई तपाईं परीक्षा गर्नुहुन्छ?\nअथवा प्रतिक्षण त्यसको जाँच गर्नुहुन्छ?"},{"id":19,"text":"के एक क्षण पनि तपाईं मबाट अन्त कतै हेर्नुहुन्न?\nअथवा मलाई एकलै छोड्नुहुन्न।"},{"id":20,"text":"हे मानिसहरूका हृदय जाँच्नुहुने,\nयदि मैले पाप गरेको भए,\nमैले कसरी तपाईंको हानि गरें त?\nतपाईंले किन मलाई आफ्नो निशाना बनाउनुभयो?\nके म तपाईंको निम्ति बोझ भएको छु?"},{"id":21,"text":"तपाईं किन मेरो अपराध माफ गर्नुहुन्न\nर मेरा पाप क्षमा गर्नुहुन्न?\nकिनकि चाँड़ै म चिहानमा सुतिजानेछु,\nतपाईंले मलाई खोज्नुहुँदा पनि मलाई पाउनुहुनेछैन।”"}]},{"id":8,"title":"अय्यूब 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/8-c37aa7a33d815df6ebacef82f91cefdf.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब बिल्दद शुहीले यसो भन्न सुरु गरे:"},{"id":2,"text":"तपाईंले कहिलेसम्म यस्तो कुरा गरिरहनुहुन्छ?\nतपाईंका वचनहरू गर्जने हावा मात्र हुन्।"},{"id":3,"text":"के परमेश्वरले न्यायलाई भ्रष्ट पार्नुहुन्छ?\nके सर्वशक्तिमान्ले इन्साफलाई भ्रष्ट गर्नुहुन्छ?"},{"id":4,"text":"जब तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरे,\nउहाँले तिनीहरूलाई तिनीहरूकै पापका शिकार बनाउनुभयो।"},{"id":5,"text":"अब यदि तपाईंले परमेश्वरलाई यत्नपूर्वक खोज्नुभयो भने,\nर सर्वशक्तिमान्को निगाहको निम्ति बिन्ती गर्नुभयो भने,"},{"id":6,"text":"यदि तपाईं निर्दोष र सोझो हुनुहुन्छ भने,\nनिश्चय नै तपाईंको पक्षमा उहाँ उठ्नुहुनेछ,\nर उहाँले तपाईंको घर पुनर्निर्माण गरिदिनुहुनेछ।"},{"id":7,"text":"तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ।"},{"id":8,"text":"“अघिका पुस्तालाई सोध्नुहोस्,\nअनि तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्।"},{"id":9,"text":"किनभने हामी त हिजो मात्र जन्मेका हौं,\nअनि हामी केही पनि जान्दैनौं।\nर पृथ्वीमा हाम्रो दिन त छायाजस्तो मात्र छ।"},{"id":10,"text":"के ती तपाईंलाई सिकाउँदैनन्,\nर तिनले तपाईंलाई भन्दैनन्?\nर तिनका हृदयका ज्ञानको कुरा पोखाउँदैनन्?"},{"id":11,"text":"के सिमसार नभएको ठाउँमा काँस-नर्कट अल्गा हुन्छन्?\nके निगालाहरू पानीविना लहलह बढ्न सक्छन्?"},{"id":12,"text":"तिनीहरू बढ्दै गरेको अवस्थामा\nर काट्न तयार नभएकै समयमा\nघाँसभन्दा चाँड़ै नै ओइलाइहाल्छन्।"},{"id":13,"text":"परमेश्वरलाई बिर्सनेको दशा पनि त्यस्तै हुन्छ,\nईश्वरहीन मानिसहरूको आशा यसरी नष्ट हुन्छ।"},{"id":14,"text":"त्यसको भरोसा पातलो धागोजस्तै हुन्छ,\nत्यसको आशाको जग माकुरोको जालजस्तै हुन्छ।"},{"id":15,"text":"त्यो आफ्नो जालमा अड़ेस लाग्छ,\nतर त्यसले उसलाई थाम्न सक्दैन।\nउसले त्यसलाई अँठ्याएर समाते तापनि त्यो स्थिर रहँदैन।"},{"id":16,"text":"घाम पाएर पानीले रसिलो भई बढ़ेको बिरुवाजस्तो त्यो हुन्छ,\nर त्यसका पालुवाहरू बारीमा झाँगिएर जान्छन्,"},{"id":17,"text":"त्यसका जराले ढुङ्गाका थुप्रोलाई बेहर्छ\nर ढुङ्गाका बीचमा स्थान खोज्छ।"},{"id":18,"text":"तर जब कसैले त्यसलाई\nत्यसको ठाउँबाट जरैसमेत उखेल्छ,\nर त्यस ठाउँले त्यसलाई इन्कार गरेर यसो भन्छ,\n‘मैले तँलाई कहिल्यै चिनेको थिइनँ।’"},{"id":19,"text":"त्यसरी नै त्यसको जीवन ओइलाएर जान्छ,\nर अरू बोटहरू जमिनबाट उम्रेर निस्कन्छन्।"},{"id":20,"text":"“यो निश्चय जान्नुहोस्,\nनिर्दोष मानिसलाई परमेश्वर इन्कार गर्नुहुन्न,\nन त उहाँले दुष्ट काम गर्नेहरूको\nहातलाई बलियो पार्नुहुन्छ।"},{"id":21,"text":"तापनि उहाँले तपाईंको मुखमा हाँसो\nर रमाहटको ठूलो सोरले तपाईंको ओठ भरिदिनुहुनेछ।"},{"id":22,"text":"तपाईंका शत्रुहरू शर्ममा पर्नेछन्,\nर दुष्टहरूका पाल लोप हुनेछन्।”"}]},{"id":9,"title":"अय्यूब 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/9-db59070ba38a4b8bc78234f2679f6cc4.mp3?version_id=1483","verses":[{"id":1,"text":"अय्यूबले जवाफ दिए:"},{"id":2,"text":"निश्चय नै यो सत्य हो भनी म जान्दछु, \nतर परमेश्वरको अघि कुनै मानिसले\nआफूलाई कसरी धर्मी ठहराउन सक्छ?"},{"id":3,"text":"यदि कुनै मानिसले परमेश्वरसित बहस गर्न इच्छा गर्यो भने,\nत्यसले हजारमा एउटा प्रश्नको जवाफ दिन सक्दैन।"},{"id":4,"text":"उहाँ ज्ञानी हुनुहुन्छ,\nउहाँ शक्तिशाली हुनुहुन्छ।\nउहाँको प्रतिरोध गरी जिद्दी गरेर\nकुन मानिस बाँच्न सकेको होला?"},{"id":5,"text":"उहाँले पर्वतहरूलाई तिनीहरूले थाहै नपाई सार्नुहुन्छ,\nर क्रोधमा तिनीहरूलाई पल्टाउनुहुन्छ।"},{"id":6,"text":"उहाँले पृथ्वीलाई त्यसका ठाउँबाट हल्लाउनुहुन्छ,\nर त्यसका सबै जगहरू काम्छन्।"},{"id":7,"text":"उहाँले सूर्यलाई उदय नहुने आज्ञा गर्नुहुन्छ\nर ताराहरूका प्रकाशलाई बन्द गर्नुहुन्छ।"},{"id":8,"text":"उहाँले नै हो आकाश फिँजाउनुभएको,\nर उहाँ नै समुद्रका छालहरूमाथि हिँड्नुहुन्छ।"},{"id":9,"text":"उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू \nर दक्षिणका तारागण बनाउनुभयो।"},{"id":10,"text":"महान् र अथाह कार्यहरू,\nअनगन्ती आश्चर्यका कामहरू उहाँ गर्नुहुन्छ।"},{"id":11,"text":"उहाँ मेरो छेउबाट भएर जानुहुन्छ,\nम उहाँलाई देख्न सक्दिनँ,\nउहाँ आफ्नो बाटो लाग्नुहुँदा\nमलाई थाहै हुँदैन।"},{"id":12,"text":"उहाँले खोस्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ?\nतपाईं के गर्दैहुनुहुन्छ भनी कसले उहाँलाई सोध्न सक्छ?"},{"id":13,"text":"परमेश्वरले आफ्नो क्रोध शान्त गर्नुहुन्न,\nराहाबका सहयोगीहरू उहाँका खुट्टामा निहुरन्छन्।"},{"id":14,"text":"यसो हो भने, म कसरी उहाँसित झगड़ा गर्न सक्छु,\nअथवा उहाँसित विवाद गर्न म कसरी शब्दहरू पाउन सक्छु?"},{"id":15,"text":"म निर्दोष भए तापनि उत्तरै दिन सक्दिनँ,\nमलाई दोषी ठहराउनुहुनेसँग म कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।"},{"id":16,"text":"उहाँलाई मैले बोलाउँदा उहाँ आउनुभए\nतापनि उहाँले मेरो उजूर सुन्नुहुन्छ\nभनी म विश्वासै गर्न सक्दिनँ।"},{"id":17,"text":"उहाँले मलाई आँधीद्वारा पिस्नुहुन्छ।\nविनाकारण मेरा चोटहरू बढ़ाउनुहुन्छ।"},{"id":18,"text":"उहाँले पुन: सास फेर्न पनि दिनुहुन्न,\nतर आपद्-विपद्ले मेरो मन व्याकुल पार्नुहुन्छ।"},{"id":19,"text":"यदि यो सामर्थ्यको कुरा हो भने, उहाँ महान् हुनुहुन्छ,\nर यदि यो इन्साफको कुरा हो भने,\nउहाँलाई कसले बोलाउन सक्छ?"},{"id":20,"text":"म निर्दोष भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ। म\nनिरपराधी भए तापनि यसले मलाई दोषी घोषणा गर्नेछ।"},{"id":21,"text":"“यद्यपि म निर्दोष छु,\nतापनि म आफ्नो निम्ति केही वास्ता गर्दिनँ,\nम आफूलाई घृणा गर्दछु।"},{"id":22,"text":"तर कुरो त एउटै छ,\nयसैकारण म भन्दछु,\n‘उहाँले निर्दोष र दुष्ट दुवैलाई नष्ट गर्नुहुन्छ।’"},{"id":23,"text":"जब विपत्तिले एक्कासि मृत्यु ल्याउँछ,\nउहाँले निर्दोषको दशामाथि ठट्टा गर्नुहुन्छ।"},{"id":24,"text":"जब जमिन दुष्टहरूको हातमा पर्छ,\nउहाँले सबै न्यायकर्ताहरूका आँखा बन्द गरिदिनुहुन्छ।\nअथवा त्यो गर्नुहुने उहाँ हुनुहुन्न भने त को हो?"},{"id":25,"text":"मेरो आयु धावकभन्दा पनि वेगसित दौड़न्छ,\nकुनै हर्षको झल्कोविना नै त्यो बित्दै जाँदैछ।"},{"id":26,"text":"निगालाको डुङ्गाजस्तै ती चाँड़ो बगेर जान्छन्,\nचीलहरू आफ्नो शिकारमाथि वेगले झम्टेझैँ।"},{"id":27,"text":"म आफ्ना दु:ख बिर्सनेछु,\nम खुशीको अनुहार देखाएर हाँस्नेछु, भनी मैले भने तापनि,"},{"id":28,"text":"मैले भोग्नुपर्ने सबै दु:खदेखि म डराउँछु,\nम जान्दछु कि तपाईंले मलाई निर्दोष ठहराउनुहुन्न।"},{"id":29,"text":"म दोषी ठहरिसकेको छु भने,\nम किन व्यर्थमा परिश्रम गरौं?"},{"id":30,"text":"मैले आफूलाई साबूनले नुहाएँ तापनि,\nअथवा सोडाले आफ्नो हात सफा गरी धोएँ भने,"},{"id":31,"text":"तापनि तपाईं मलाई हिलैमा फाल्नुहुन्छ,\nर मेरा लुगाले पनि मलाई घृणा गर्नेछन्।"},{"id":32,"text":"“उहाँ मजस्तै मानिस हुनुहुन्न,\nकि म उहाँलाई जवाफ दिन सकौं,\nअथवा अदालतमा हामी एउटा अर्काको सामना गर्न सक्छौं।"},{"id":33,"text":"हाम्रा बीचमा कोही मध्यस्थ भए,\nहामी दुईमाथि हात राख्ने कोही भएता,"},{"id":34,"text":"परमेश्वरको लाठो मेरो पीठबाट हटाउनुहुने\nकोही भएता यसरी उहाँको त्रास\nअबदेखि ममाथि आउनेथिएन।"},{"id":35,"text":"तब म उहाँसँग नडराई बोल्ने थिएँ,\nतर अहिलेको यो अवस्थामा म सक्दिनँ।"}]},{"id":10,"title":"अय्यूब 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/10-a1a6cee2cf2e6f2828805dcb9802d6a9.mp3?version_id=1483","verses":[{"id":1,"text":"“मेरो जीवनलाई नै म घृणा गर्दछु।\nयसर्थ मेरो दु:ख नरोकी म पोखाउनेछु,\nर म मेरो मनको पीरमा बोल्नेछु,"},{"id":2,"text":"म परमेश्वरलाई भन्नेछु:\nमलाई दोषी नठहराउनुहोस्,\nतर मेरो विरुद्धमा भएका तपाईंका अभियोग मलाई बताइदिनुहोस्,"},{"id":3,"text":"के तपाईं आफ्नो सारा हातका कामलाई\nतुच्छ ठानी ममाथि अत्याचार गर्न खुशी हुनुहुन्छ,\nजब कि दुष्टहरूको योजनामा हाँस्नुहुन्छ।"},{"id":4,"text":"के तपाईंका मानिसका जस्ता आँखा छन्?\nके तपाईं मरणशील मानिसझैँ देख्नुहुन्छ?"},{"id":5,"text":"के तपाईंका दिन मरणशील मानिसका जस्तै छन्?\nअथवा तपाईंको आयु मानिसको जस्तै छ?"},{"id":6,"text":"र तपाईं ममा दोष खोज्नुहुन्छ,\nर मेरा पापको खोजपत्ता गर्नुहुन्छ?"},{"id":7,"text":"यद्यपि म निर्दोष छु अनि तपाईंको हातबाट\nकसैले मलाई बचाउन सक्दैन भनी तपाईं जान्नुहुन्छ।"},{"id":8,"text":"“तपाईंकै हातले मेरो आकार बनाए\nअनि मलाई सृष्टि गरे,\nके अब फर्केर तपाईं मलाई नाश गर्नुहुन्छ?"},{"id":9,"text":"यो कुरा सम्झनुहोस् कि तपाईंले नै\nमलाई माटोलाई झैँ आकार दिनुभयो,\nके अब मलाई धूलैमा परिणत गर्नुहुन्छ?"},{"id":10,"text":"के तपाईंले मलाई दूधझैँ खन्याउनुभएको होइन?\nर दहीझैँ मलाई जमाउन लगाउनुभएको होइन?"},{"id":11,"text":"के तपाईंले मलाई मासु र छालाले पहिर्याउनुएको होइन?\nर हड्डी र नसाहरूले मलाई गाँस्नुभएको होइन?"},{"id":12,"text":"तपाईंले मलाई जीवन प्रदान गर्नुभयो,\nर आफ्नै निगाहमा मलाई राख्नुभयो,\nअनि मेरो आत्मालाई तपाईंकै ईश्वरीय अनुग्रहले रेखदेख गर्यो।"},{"id":13,"text":"“तर यसलाई तपाईंले हृदयमा गुप्त राख्नुभयो,\nअनि म जान्दछु कि यो तपाईंको मनमा थियो,"},{"id":14,"text":"यदि मैले पाप गरेको भए तपाईंले मलाई हेरिरहनुहुन्थ्यो,\nर मेरो दोषबाट मलाई तपाईंले छोड्नुहुनेथिएन।"},{"id":15,"text":"म साँच्ची नै दुष्ट छु भने,\nमलाई धिक्कार होस्। म निर्दोष छु\nभने पनि मेरो शिर म खड़ा गर्न सक्दिनँ,\nकिनभने लाजले भरिएर म मेरो कष्टमा झुकेको छु।"},{"id":16,"text":"यदि म अभिमानी भए,\nसिंहझैँ तपाईं मलाई खोज्नुहुन्छ,\nर फेरि भयानक शक्तिले तपाईं मेरो सामना गर्नुहुन्छ।"},{"id":17,"text":"तपाईं मेरो विरुद्धमा नयाँ साक्षी ल्याउनुहुन्छ,\nर मप्रति रीस बढ़ाउनुहुनेछ।\nमेरो विरुद्धमा तपाईंका लहर-लहर फौज आउनेछन्।"},{"id":18,"text":"“तपाईंले किन मलाई गर्भबाट निकाल्नुभयो?\nम त्यहीँ नै खतम भएको र कुनै\nआँखाले पनि मलाई नदेखेको भए त हुनेथियो!"},{"id":19,"text":"म हुँदै नभएको भए वा गर्भैबाट\nचिहानमा पुर्याएको भए हुनेथियो!"},{"id":20,"text":"के मेरो छोटो जीवन बितिजाने समय भएन र?"},{"id":21,"text":"अन्धकारको देशमा जान अघि,\nघनघोर अन्धकारको देशबाट कहिल्यै नफर्कनु अघि,"},{"id":22,"text":"छायाहरू जम्मा हुने देश, अँध्यारो व्याप्त हुने देश,\nउज्यालोको किरणले प्रकाश नदिएको देश,\nनिस्पट्ट अँध्यारोमा जान अघि,\nमबाट फर्कनुहोस् र केही क्षणको निम्ति म सुखी हुन सकूँ।”"}]},{"id":11,"title":"अय्यूब 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/11-b4945aaabcb1d7363dfd61bbed8192ac.mp3?version_id=1483","verses":[{"id":1,"text":"सोपर नमातीले उत्तर दिए:"},{"id":2,"text":"“के यो कुराको जवाफ नदिने?\nके यो बकबकेलाई समर्थन गर्ने?"},{"id":3,"text":"के तपाईंको नटुँङ्गिने कुराले मानिसलाई मौन बनाउँछ?\nके तपाईंले ठट्टा गर्दा कसैले तपाईंलाई नहप्काउने?"},{"id":4,"text":"‘मेरा विचार ठीकै छन्\nर तपाईंको दृष्टिमा म चोखो छु’\nभनी तपाईं परमेश्वरलाई भन्नुहुन्छ।"},{"id":5,"text":"परमेश्वर बोलून्,\nउहाँले आफ्नो मुख तपाईंको विरुद्धमा खोलून् भन्ने मेरो कस्तो चाहना छ।"},{"id":6,"text":"अनि तपाईंका बुद्धिका रहस्यहरू खोलिदेऊन्।\nकिनकि सत्य बुद्धिका दुई पक्ष छन्।\nयो जान्नुहोस् परमेश्वरले तपाईंका\nकति वटा पाप भुलिसक्नुभएको छ।"},{"id":7,"text":"“के तपाईं परमेश्वरको रहस्यको गहिराइलाई बुझ्न सक्नुहुन्छ?\nके तपाईं सर्वशक्तिमान्को सीमालाई जाँच्न सक्नुहुन्छ?"},{"id":8,"text":"त्यो त स्वर्गभन्दा अल्गो छ,\nतपाईं के गर्न सक्नुहुन्छ?\nत्यो ता चिहानभन्दा\n गहिरो छ,\nतपाईं के जान्न सक्नुहुन्छ?"},{"id":9,"text":"त्यसको नाप पृथ्वीभन्दा लामो छ,\nर समुद्रभन्दा चौड़ा छ।"},{"id":10,"text":"“उहाँ आउनुभई तपाईंलाई बन्दीगृहमा राख्नुभयो,\nर अदालत बोलाउनु भयो भने, कसले उहाँको विरोध गर्न सक्छ?"},{"id":11,"text":"कुन-कुन मानिस झूटा छन् उहाँले निश्चय जान्नुहुन्छ,\nअनि उहाँले अधर्म देख्नुभयो भने,\nके उहाँले त्यसको लेखा राख्नुहुन्न?"},{"id":12,"text":"तर मूर्ख मानिस बुद्धिमान् हुन सक्दैन,\nजसरी वन-गधाको बछेड़ा मान्छे भएर जन्मन सक्दैन।"},{"id":13,"text":"“तर पनि तपाईंले आफ्नो हृदय ठीक बाटोमा लगाउनुभो,\nर आफ्ना हात उहाँतिर पसार्नुभो,"},{"id":14,"text":"तपाईंको हातमा भएको पाप दूर गर्नुभयो भने,\nर कुनै अधर्मलाई तपाईंको घरमा बस्न दिनुभएन भने,"},{"id":15,"text":"तब कुनै शर्मविना तपाईंले आफ्नो शिर खड़ा गर्नुहुनेछ,\nतपाईं डरविना स्थिर मानिस हुनुहुनेछ।"},{"id":16,"text":"तब तपाईंले आफ्नो दु:ख बिर्सनुहुनेछ।\nबगेर गएको पानीझैँ त्यो तपाईंले सम्झनुहुनेछ।"},{"id":17,"text":"जीवन मध्यदिनभन्दा उज्यालो हुनेछ,\nर अन्धकारचाहिँ बिहानमा परिवर्तन हुनेछ।"},{"id":18,"text":"आशा भएको हुनाले तपाईं सुरक्षित हुनुहुनेछ।\nतपाईंले चारैतिर हेर्नुहुनेछ,\nर निर्धक्क सुत्नुहुनेछ।"},{"id":19,"text":"तपाईं कसैको डर नमानी पल्टनुहुनेछ,\nर धेरै मानिसहरूले तपाईंको निगाह प्राप्त गर्न खोज्नेछन्।"},{"id":20,"text":"तर दुष्टहरूका आँखा बन्द हुनेछन्,\nभाग्ने बाटोहरू तिनीहरूका निम्ति बन्द हुनेछन्,\nर तिनीहरूको आशा अन्तिम सुस्केरा हुनेछ।”"}]},{"id":12,"title":"अय्यूब 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/12-a44b326fd676a08a5ce58051a08e9d62.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले जवाफ दिए:"},{"id":2,"text":"“निस्सन्देह तपाईंहरू मानिस हुनुहुन्छ,\nर सम्पूर्ण बुद्धि तपाईंहरूसितै मर्नेछ!"},{"id":3,"text":"तर तपाईंहरूको जस्तो मेरो पनि मन छ,\nकेही कुरामा पनि म तपाईंहरूभन्दा कम छैनँ।\nयस्ता कुरा कसले जान्दैन र?"},{"id":4,"text":"“तापनि म मेरा मित्रहरूको निम्ति एउटा हाँसोको पात्र भएको छु,\nयद्यपि मैले परमेश्वरलाई पुकारें,\nर उहाँले उत्तर दिनुभयो—\nनिर्दोष र निरपराध भए पनि हाँसोको पात्र।"},{"id":5,"text":"सुखमा बस्ने मानिसहरू दुर्भाग्यलाई घृणा गर्दछन्।\nचिप्लन लागेका पाउजस्तै तिनीहरू हुन्छन्।"},{"id":6,"text":"लूटपीट गर्नेहरूका पालमा खलबल हुँदैन,\nर परमेश्वरलाई रीस उठाउनेहरूचाहिँ सुरक्षित रहन्छन्—\nतिनीहरू जसले आफ्ना देवहरूलाई आफ्ना हातमा बोक्छन्।"},{"id":7,"text":"“तर गएर पशुलाई सोध्नुहोस्\nर तिनीहरूले तपाईंलाई सिकाउनेछन्,\nअथवा आकाशका चराहरूलाई,\nअनि उनीहरूले तपाईंलाई बताउनेछन्,"},{"id":8,"text":"अथवा पृथ्वीसित बोल्नुहोस्,\nर त्यसले तपाईंलाई सिकाउनेछ,\nवा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्।"},{"id":9,"text":"परमेश्वरको आफ्नै हातले यी सबै गर्नुभएको हो भनी\nयी सबैमध्येबाट कसले जान्दैन र?"},{"id":10,"text":"जीवितहरू सबैका प्राण,\nसबै मानिस-जातिका आत्मा परमेश्वरकै हातमा छ।"},{"id":11,"text":"के जिब्रोले खानेकुराको स्वाद लिएझैँ\nबोलेका वचन कानले जाँच गर्दैन र?"},{"id":12,"text":"के पाकाहरूका बीचमा बुद्धि पाइँदैन र?\nके लामो आयुले समझ ल्याउँदैन?"},{"id":13,"text":"“बुद्धि र पराक्रम परमेश्वर कै हुन्,\nउहाँसँगै सल्लाह र समझ छन्।"},{"id":14,"text":"उहाँले भत्काउनुभयो भने त्यो पुनर्निर्माण हुँदैन,\nउहाँले कैद गर्नुभएको मानिसको छुटकारा हुँदैन।"},{"id":15,"text":"उहाँले पानी रोक्नुभयो भने खड़ेरी पर्छ,\nउहाँले त्यो छोड़िदिनुभयो भने\nत्यसले भूमिलाई सर्वनाश पार्छ।"},{"id":16,"text":"सामर्थ्य र विजय उहाँ कै हुन्,\nधोका दिने र धोका खाने दुवै उहाँकै हुन्।"},{"id":17,"text":"उहाँले सल्लाहकारहरूलाई निर्बुद्धि तुल्याउनुहुन्छ,\nर न्यायाधीशहरूलाई मूर्ख बनाइदिनुहुन्छ।"},{"id":18,"text":"राजाहरूले लगाइदिएका बन्धनलाई उहाँले फुकाल्नुहुन्छ,\nअनि तिनीहरूका कम्मरमा अधिकारको पटुका लगाइदिनुहुन्छ।"},{"id":19,"text":"उहाँले पूजाहारीहरूलाई नाङ्गो पारी डोर्याउनुहुन्छ,\nर चिरकालदेखि काम गर्ने\nमानिसहरूलाई उहाँले खारिज गरिदिनुहुन्छ।"},{"id":20,"text":"भर पर्न सक्ने सल्लाहकारलाई उहाँले चूप तुल्याउनुहुन्छ,\nवृद्ध मानिसको बुद्धि उहाँले रद्द गर्नुहुन्छ।"},{"id":21,"text":"उहाँले शासकहरूमाथि निन्दा खन्याउनुहुन्छ,\nर शक्तिशालीलाई नि:शस्त्र पार्नुहुन्छ।"},{"id":22,"text":"उहाँले अन्धकारका गहिरा रहस्यहरू प्रकट गर्नुहुन्छ,\nर निस्पट्ट अँध्यारोमा उहाँले प्रकाश ल्याउनुहुन्छ।"},{"id":23,"text":"उहाँले जाति-जातिहरूलाई महान् बनाउनुहुन्छ र तिनीहरूलाई नाश गर्नुहुन्छ उहाँले जातिहरूलाई विस्तार गर्नुहुन्छ र तिनीहरूलाई तितरबितर पार्नुहुन्छ।"},{"id":24,"text":"उहाँले पृथ्वीका शासकहरूका बुद्धि खोस्नुहुन्छ,\nर बाटो नभएको उजाड़-स्थानमा\nयताउता बरालिन तिनीहरूलाई छोड़िदिनुहुन्छ।"},{"id":25,"text":"उज्यालोविना तिनीहरू अन्धकारमा छामछाम-छुमछुम गरिहिँड्छन्,\nर मताहा मानिसझैँ धरमरिँदै हिँड्नलाई\nउहाँले तिनीहरूलाई त्यागिदिनुहुन्छ।"}]},{"id":13,"title":"अय्यूब 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/13-d69b893f962f2d8606e5362fb8df485a.mp3?version_id=1483","verses":[{"id":1,"text":"“यी सबै ता मैले आफ्नै आँखाले देखेको छु,\nमेरा आफ्नै कानले ती सुनेको छु, र मैले ती बुझेको छु।"},{"id":2,"text":"तपाईंहरू जे जान्नुहुन्छ,\nत्यो म पनि जान्दछु।\nकुनै कुरामा म तपाईंहरूभन्दा कम छैनँ।"},{"id":3,"text":"तर मचाहिँ त सर्वशक्तिमान्सँग कुरा गर्न,\nर परमेश्वरसँग बहस गर्न चाहन्छु।"},{"id":4,"text":"तपाईंहरूचाहिँ आफ्ना झूटा कुराले सत्यलाई कलङ्कित पार्नुहुन्छ,\nतपाईंहरू सबै बेकम्मा वैद्यहरू हुनुहुन्छ, तपाईंहरू सबै!"},{"id":5,"text":"तपाईंहरू चूप लागी बसे ता हुनेथियो!\nचूप लागेकोले नै तपाईंहरू बुद्धिमान् ठहरिनुहुनेथियो!"},{"id":6,"text":"अब मेरो बहस सुन्नुहोस्,\nअनि मैले मेरो मामिला पेश गर्दा ध्यानसित सुन्नुहोस्।"},{"id":7,"text":"के तपाईंहरू परमेश्वरको पक्षमा भएर यसरी अप्रिय कुरा बोल्नुहुन्छ?\nअथवा उहाँको पक्षमा भएर तपाईंहरू झूटो कुरा साबित गर्नुहुन्छ?"},{"id":8,"text":"के तपाईंहरूले परमेश्वरको पक्ष लिनैपर्छ?\nअथवा उहाँको निम्ति मामिला पेश गर्नुहुन्छ?"},{"id":9,"text":"उहाँले तपाईंहरूको जाँच गर्नुहुँदा के सबै ठीकै पाइएला?\nके मानिसहरूलाई छक्क्याएझैँ तपाईंहरू उहाँलाई पनि छक्क्याउनुहुन्छ?"},{"id":10,"text":"मलाई झूटा दोष लाएर तपाईंहरूले उहाँको पक्ष लिनुभयो भने,\nउहाँले निश्चय नै तपाईंहरूलाई हप्काउनुहुन्छ।"},{"id":11,"text":"के परमेश्वरको महामहिमाले तपाईंहरूलाई भयभीत पार्दैन र?\nके उहाँको भयले तपाईंहरूलाई विह्वल पार्दैन?"},{"id":12,"text":"तपाईंहरूको सिद्धान्त त धूलो र खरानी मात्र हो,\nतपाईंहरूका सुरक्षा माटोजस्तै हुनेछन्।"},{"id":13,"text":"“तपाईंहरू चूप लागी बस्नुहोस्,\nमलाई मेरो मनको कुरा बोल्न दिनुहोस्,\nअनि ममाथि जे हुन आउँछ, सो आउन दिनुहोस्।"},{"id":14,"text":"म किन आफूलाई खतरामा हाल्छु,\nर मेरो प्राण आफ्नै हातमा लिन्छु?"},{"id":15,"text":"उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि आफ्नो आशा राख्नेछु।\nम अझै मेरो मामिला उहाँको सामुन्ने पेश गर्ने नै छु।"},{"id":16,"text":"अवश्य यो मेरो छुटकाराको निम्ति हुनेछ।\nकिनकि कुनै पनि ईश्वरहीन मानिस उहाँको सामुन्ने आउने आँट गर्दैन।"},{"id":17,"text":"सुन्नुहोस्, मेरो कुरा सुन्नुहोस्,\nर मेरो व्याख्यामा कान थाप्नुहोस्।"},{"id":18,"text":"अब मैले मेरो मामिला तयार गरेको छु,\nमलाई यो थाहा छ म निर्दोष ठहरिनेछु।"},{"id":19,"text":"के कसैले मेरो विरुद्धमा दोष लाउन सक्छ?\nयदि हो भने, म मौन रहनेछु र मर्नेछु।"},{"id":20,"text":"“मलाई यी दुई कुराहरू मात्र मन्जूर होस्,\nहे परमेश्वर! तब म तपाईंको दृष्टिमा लुक्नेछैनँ।"},{"id":21,"text":"तपाईंको गह्रौँ हात मबाट टाढ़ा लैजानुहोस्,\nर तपाईंको डरले मलाई भयभीत नपारोस्।"},{"id":22,"text":"तब मलाई डाक्नुहोस्, र म जवाफ दिनेछु,\nअथवा म बोल्नेछु, र तपाईंले मलाई जवाफ दिनुहोस्।"},{"id":23,"text":"मैले कति धेरै अधर्म र पाप गरेको छु?\nमलाई मेरा कसूर र मेरो पाप जनाइदिनुहोस्!"},{"id":24,"text":"तपाईं आफ्नो मुख किन लुकाउनुहुन्छ?\nर मलाई आफ्नो शत्रुझैँ व्यवहार गर्नुहुन्छ?"},{"id":25,"text":"के तपाईं उड़ाएको पातलाई पनि खेद्नुहुन्छ?\nके तपाईं सुकेको भुसको पछि लाग्नुहुन्छ?"},{"id":26,"text":"मेरो निम्ति तपाईंले दण्ड तोकिदिनुभयो,\nमेरो युवावस्थाका दोष भोग्न लाउनुभयो।"},{"id":27,"text":"ठिँगुरामा मेरो खुट्टा ठोकिदिनुभयो,\nमेरा सबै मार्गहरूलाई जाँच्नुभयो। \nमेरो पैतालामा कमाराको निशान लगाउनुभयो।"},{"id":28,"text":"“यसकारण मानिस सड़ेको वस्तु र नाश हुने\nर कीराले खाएको वस्त्रजस्तै नष्ट हुँदैछन्।"}]},{"id":14,"title":"अय्यूब 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/14-107957b2290514da8ca9d92858cda47f.mp3?version_id=1483","verses":[{"id":1,"text":"“स्त्रीबाट जन्मेको मानिस अल्पआयुको र अशान्तिले भरिएको हुन्छ,"},{"id":2,"text":"त्यो फूलझैँ फक्रन्छ र ओइलाइहाल्छ।\nत्यो क्षणिक छायाजस्तै हराइहाल्छ, रहँदैन।"},{"id":3,"text":"के तपाईं यस्तो प्राणीमाथि दृष्टि राख्नुहुन्छ?\nके त्यसलाई तपाईं आफ्नो सामुन्ने न्यायको लागि ल्याउनुहुन्छ?"},{"id":4,"text":"अशुद्धबाट कसले शुद्ध निकाल्न सक्छ? कसैले सक्दैन!"},{"id":5,"text":"मानिसको जीवनका दिनहरू तोकिएका छन्,\nअनि त्यसका महिनाको संख्या\nतपाईंले निर्धारण गर्नुभएको छ।\nर तपाईंले त्यसको सीमा ठहराउनुभएको छ,\nत्यसले त्यो नाघ्न सक्दैन।"},{"id":6,"text":"यसकारण त्यसबाट तपाईं आफ्नो मुख फर्काउनुहोस्,\nर ज्यालादार मजदूरले जस्तै आफ्नो समय पूरा नगरेसम्म त्यसलाई एकलै छोड़िदिनुहोस्।"},{"id":7,"text":"रूखको लागि आशा हुन्छ: काटियो भने त्यो फेरि पलाउने हुन्छ,\nर त्यसमा नयाँ पालुवा आउन थामिँदैन।"},{"id":8,"text":"त्यसका जराहरू भूइँमा छिपिसके\nर त्यसको ठुटा जमिनभित्र मरे तापनि"},{"id":9,"text":"पानीको गन्ध पाएपछि, त्यो फेरि पलाउन थाल्छ,\nर कलिलो बोटझैँ त्यो पलाएर आउँछ।"},{"id":10,"text":"तर मान्छे त मरिहाल्छ, र लोप हुन्छ।\nमानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ, र त्यो रहँदैन।"},{"id":11,"text":"जसरी समुद्रको पानी बिस्तार-बिस्तार घट्दैजान्छ,\nअथवा जसरी नदी घटेर सुकिहाल्छ,"},{"id":12,"text":"त्यसरी नै मरणशील मानिस ढल्छ,\nर कहिल्यै उठ्दैन, जबसम्म आकाशहरू मेटिदैँनन्,\nमानिसहरू ब्यूँझनेछैनन् अथवा आफ्ना निद्राबाट तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन्।"},{"id":13,"text":"“तपाईंले मलाई चिहानमा\n लुकाउनुभए,\nअनि तपाईंको रीस नहटेसम्म मलाई गुप्तमा राख्नुभए त,\nतपाईंले मेरो समयको सीमा तोकिदिएर,\nमलाई सम्झनु भए त हुनेथियो!"},{"id":14,"text":"के मानिस मरेपछि ऊ फेरि जिउँछ?\nमेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।"},{"id":15,"text":"तपाईंले मलाई बोलाउनुहुनेछ।\nम तपाईंको जवाफ दिनेछु।\nआफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्छा गर्नुहुनेछ।"},{"id":16,"text":"निश्चय तपाईंले मेरा सबै चाल हेर्नुहुनेछ\nतर तपाईं मेरो पापको लेखा राख्नुहुन्न।"},{"id":17,"text":"मेरो हरेक कसूर तपाईंको थैलोमा सञ्चय गरिएको हुनेछ।\nतपाईंले मेरो अधर्म छोपेर राख्नुहुनेछ।"},{"id":18,"text":"“तर पहाड़ खिइएर चूर्ण भएझैँ\nर चट्टान त्यसको ठाउँबाट हटाइएझैँ,"},{"id":19,"text":"पानीले ढुङ्गाहरूलाई खियाएझैँ,\nतथा वर्षाको पानीले भूइँको माटोलाई खाएझैँ,\nतपाईंले मानिसको आशा टुटाइदिनुभएको छ।"},{"id":20,"text":"आखिरमा तपाईंले त्यसलाई जित्नुहुन्छ,\nर त्यो रहँदैरहँदैन,\nत्यसको अनुहारको रूप तपाईंले बदल्नुहुन्छ।\nर त्यो तपाईंको दृष्टिबाट बहिष्कृत हुन्छ।"},{"id":21,"text":"त्यसका छोराहरू मान पाएर आदरणीय बने तापनि,\nत्यसले चाहिँ त्यो थाहा पाउनेछैन,\nतिनीहरू होच्याइए भने पनि त्यसलाई त्यो थाहा हुनेछैन।"},{"id":22,"text":"त्यसले केवल आफ्नै शरीरको कष्ट मात्र थाहा गर्छ,\nर त्यसले आफ्नै निम्ति मात्र विलाप गर्छ।”"}]},{"id":15,"title":"अय्यूब 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/15-c6a4ade59d97cdf2634d5d91bf0db2d0.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब एलीपज तेमानीले जवाफ दिए:"},{"id":2,"text":"“के बुद्धि भएको मानिसले यस्ता खोक्रो विचारयुक्त उत्तर दिन्छ?\nअथवा आफ्नो पेटमा पूर्वी बतास रहन्छ?"},{"id":3,"text":"के उहाँले यस्ता बेकामका कुराहरू,\nमूल्य नभएका शब्दहरूद्वारा बहस गर्नुहुन्छ?"},{"id":4,"text":"तर तपाईं ता मानिसहरूलाई परमेश्वरको भय मान्नलाई बाधा दिनुहुन्छ,\nर परमेश्वरप्रतिको भक्तिमा क्षति पुर्याउनुहुन्छ।"},{"id":5,"text":"तपाईं जे भन्नुहुन्छ त्यो त तपाईंको अधर्मले नै भन्न लाउँछ\nअनि छलको भाषा तपाईं रुचाउनुहुन्छ।"},{"id":6,"text":"तपाईं आफ्नै कुराबाट दोषी ठहरिनुभएको छ,\nमबाट त होइन। तपाईंको आफ्नै ओठले\nतपाईंको विरुद्धमा साक्षी दिन्छ।"},{"id":7,"text":"के तपाईं मानिस जातिमा सबैभन्दा पहिले जन्मनुभएको हो?\nके तपाईंको उत्पत्ति डाँड़ाहरूभन्दा पहिले भएको हो?"},{"id":8,"text":"के तपाईं परमेश्वरको गुप्त सभामा बसेर सुन्नुहुन्छ?\nअथवा सबै बुद्धिका कुरा तपाईं आफ्नै मात्र बनाउनुहुन्छ?"},{"id":9,"text":"हामीले नजानेका कुन कुरा तपाईं जान्नुहुन्छ?\nहामीमा नभएको अन्तर्ज्ञान तपाईंमा के छ?"},{"id":10,"text":"हाम्रा बीचमा वृद्ध र पाका मानिसहरू छन्,\nतपाईंका पिताभन्दा पनि वृद्ध मानिस हाम्रा साथमा छन्।"},{"id":11,"text":"तपाईंको कानमा बिस्तारै परेको मधुरो शब्द,\nपरमेश्वरको सान्त्वना के तपाईंको निम्ति यथेष्ट छैन?"},{"id":12,"text":"केले तपाईंको हृदयमा यस्तो आँट दिन्छ?\nअनि तपाईं किन आफ्नो आँखा फुकाएर हेर्नुहुन्छ?"},{"id":13,"text":"र तपाईं आफ्नो रीस परमेश्वरलाई पोखाउनुहुन्छ,\nअनि आफ्ना मुखबाट यस्ता शब्दको भल निकाल्नुहुन्छ?"},{"id":14,"text":"“निर्बल मानिस के हो र त्यो निर्दोष हुन सक्छ? \nअथवा स्त्रीबाट जन्मेको कुनै बालक, के त्यो धर्मी ठहरिन सक्छ?"},{"id":15,"text":"परमेश्वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नुहुन्न\nर स्वर्ग नै उहाँको दृष्टिमा निर्दोष छैन भने,"},{"id":16,"text":"मानिस त झन् कति कम होला, जो घिनलाग्दो र सड़ेको हुन्छ,\nर जसले अधर्मलाई पानीझैँ पिउँदछ!"},{"id":17,"text":"सुन्नुहोस् र तपाईंलाई म बताउनेछु,\nर मैले देखेको कुरा म बयान गर्नेछु।"},{"id":18,"text":"जुन कुरा ज्ञानीहरूले आफ्ना पुर्खाहरूबाट पाएको केही नलुकाईकन घोषणा गरेका छन्।"},{"id":19,"text":"(उनीहरूलाई मात्र देश अधिकार गर्न दिइएको थियो,\nउनीहरूसँग कुनै विदेशी बसेका थिएनन्।)"},{"id":20,"text":"दुष्ट आफ्नो जीवनकालभरि नै दु:खले सताइएको हुन्छ,\nनिष्ठुर मानिसका वर्षहरू गनेर तोकिएका हुन्छन्।"},{"id":21,"text":"त्रासको शब्द त्यसको कानमा गुञ्जिरहन्छ,\nशान्तिको समयमा पनि नाश गर्ने त्यसमाथि आइलाग्नेछ।"},{"id":22,"text":"अन्धकारको मुखबाट त्यसले उम्कने आशा गर्न सक्दैन,\nतरवारले मारिन त्यो छानिएको छ।"},{"id":23,"text":"गिद्धको लागि आहारा फ्याँकिएझैँ त्यो फ्याँकिन्छ,\nआफ्नो विनाश निश्चय नै आउँछ भनी त्यस्तो मानिसले जान्दछ।"},{"id":24,"text":"दु:ख र सुर्ताले त्यसलाई त्रसित बनाउँछ,\nयुद्ध गर्न तयार भएका राजाझैँ तिनीहरूले त्यसलाई व्याकुल पार्छन्।"},{"id":25,"text":"किनभने त्यसले परमेश्वरको विरुद्धमा आफ्नो हात उठाएको छ,\nर सर्वशक्तिमान्को विरुद्धमा जोरी खोजेको छ।"},{"id":26,"text":"आफ्नो बाक्लो र विशाल ढाल लिएर परमेश्वरको\nविरुद्धमा आक्रमण गर्न त्यो जाइलाग्छ।"},{"id":27,"text":"“त्यसको गाला चिल्लोले भरिएको\nर त्यसको कम्मर बोसोले भरिएको भए तापनि"},{"id":28,"text":"त्यो नाश भएको सहर र घरमा बस्नेछ,\nजहाँ कोही बस्दैनन्,\nती घरहरू जो भत्केर ढुङ्गाको थुप्रो हुनेछन्।"},{"id":29,"text":"त्यो अब उप्रान्त धनी हुनेछैन,\nर उसको सम्पत्ति रहनेछैन।\nन त उसको सम्पत्ति जमिनमा फैलिनेछ।"},{"id":30,"text":"अन्धकारबाट ऊ उम्कन सक्नेछैन,\nज्वालाले त्यसका टुसाहरू चाउरिनेछन्,\nअनि परमेश्वरको सासले त्यसलाई उड़ाएर लैजानेछ।"},{"id":31,"text":"बेकामका कुराहरूमाथि भरोसा गरेर त्यसले आफैलाई धोका नदेओस्,\nकिनभने त्यसले सट्टामा केही पाउनेछैन।"},{"id":32,"text":"उसको समयभन्दा पहिले नै उसलाई पूर्ण रूपले चुक्ता गरिनेछ,\nअनि उसका हाँगाहरू सप्रने छैनन्।"},{"id":33,"text":"काँचैमा फल टिपिएका अंगूरका बोटजस्तै त्यो हुनेछ,\nफूलहरू झरेको भद्राक्षको बोटझैँ त्यो हुनेछ।"},{"id":34,"text":"किनभने ईश्वरहीनहरूको समूह सबै बाँझो हुनेछ,\nघूस मन पराउनेहरूका पालहरू आगोले नष्ट हुनेछन्।"},{"id":35,"text":"तिनीहरू कष्ट गर्भ धारण गर्दछन्,\nर खराबी जन्माउँछन्, तिनीहरूका गर्भहरूले छल रच्दछन्।”"}]},{"id":16,"title":"अय्यूब 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/16-4de1b9b16a4996ef275f70234964fe3e.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले जवाफ दिए:"},{"id":2,"text":"मैले यस्ता कुरा धेरै सुनेको छु,\nतपाईंहरू त सबै व्यर्थका सान्त्वना दिनेहरू मात्र हुनुहुन्छ,"},{"id":3,"text":"के तपाईंहरूका वाहियात कुराको अन्त हुनेछैन?\nकेले तपाईंलाई झिँझ्याउछ र तपाईं निरन्तर वहस गरिरहनुहुन्छ?"},{"id":4,"text":"यदि तपाईंहरू र मैले आफ्नो स्थान साटासाट गरेको भए त\nम तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ,\nतपाईंहरूका विरुद्धमा राम्रा-राम्रा भाषण दिन सक्थें,\nम मेरो औँला तपाईंहरूलाई ठड्याउनेथिएँ!"},{"id":5,"text":"तर तपाईंहरूलाई उत्साह दिन म साहसको वचन बोल्नेथिएँ\nतब मेरो सहानुभूतिले तपाईंलाई शान्ति मिल्नेथियो।"},{"id":6,"text":"“तर पनि म बोलें भने मेरो पीड़ा कम हुँदैन,\nम चूप लागें भने पनि मेरो कष्टले मलाई छोड्नेछैन।"},{"id":7,"text":"हे परमेश्वर, तपाईंले मलाई व्याकुल पार्नुभएको छ,\nतपाईंले मेरो परिवारलाई सखाप पार्नुभएको छ।"},{"id":8,"text":"तपाईंले मलाई बाँध्नुभएको छ,\nर यो कुरा साक्षी भएको छ।\nम हड्डी र छाला भएको छु,\nयसैले मेरो विरुद्धमा साक्षी दिन्छ।"},{"id":9,"text":"क्रोधमा परमेश्वरले मलाई छिन्नभिन्न पार्नुहुन्छ,\nर मेरो विरुद्ध दारा किट्नुहुन्छ।\nमेरा शत्रुले मलाई तर्केर हेर्नुहुन्छ।"},{"id":10,"text":"मानिसहरू मेरो गिल्ला गर्छन्,\nतिनीहरू मलाई थप्पड़ लाउँछन्,\nतिनीहरू मेरा चारैतिर मेरो विरुद्धमा एक हुन्छन्।"},{"id":11,"text":"परमेश्वरले मलाई कुकर्मीहरूका हातमा छोड़िदिनुभएको छ,\nर दुष्ट मानिसहरूका हातमा फालिदिनुभएको छ।"},{"id":12,"text":"म ता आराममा बसिरहेको थिएँ,\nतर उहाँले ममाथि आक्रमण गरेर लुछ्नुभयो।\nउहाँले मलाई घिच्रोमा अँठ्याएर धुजा पार्नुभयो,\nउहाँले मलाई आफ्नो तारो बनाउनुभएको छ।"},{"id":13,"text":"उहाँका धनुर्धारीहरू मेरा चारैतिर छन्,\nनिर्दयतापूर्वक उहाँले मेरो मिर्गौला छेड्नुभयो।\nउहाँले मेरो पित्त भूइँमा पोखाउनुभयो।"},{"id":14,"text":"बारम्बार उहाँ ममाथि आइलाग्नुहुन्छ\nएक लड़ाकू मानिसझैँ उहाँ ममाथि आइलाग्नुभयो।"},{"id":15,"text":"“मेरो शरीर ढाक्नलाई मैले भाङ्ग्रा सिएँ,\nमैले आफ्नो निधार धूलोमा गाड़ेँ।"},{"id":16,"text":"रुँदा-रुँदा मेरा गालाहरू राता भएका छन्,\nमेरा आँखाका चारैतिर कालो भएको छ।"},{"id":17,"text":"तापनि मेरा हात उपद्रवमा लागेका छैनन्,\nअनि मेरो प्रार्थना साँचो छ।"},{"id":18,"text":"“हे पृथ्वी, मेरो रगतलाई नढाक्,\nअनि मेरो पुकारा कहिल्यै नथामिओस्!"},{"id":19,"text":"किनभने अहिले, मेरा गवाही ता स्वर्गमा हुनुहुन्छ, \nमेरो निम्ति जवाफ दिनलाई उच्चमा एउटा वकील तयारी हुनुहुन्छ।"},{"id":20,"text":"मेरा मध्यस्थ मेरा साथी हुनुहुन्छ,\nजसै मेरा आँखाले परमेश्वरको अघि आँसु बगाउँछ,"},{"id":21,"text":"मानिसको निम्ति परमेश्वरसित तिनी बिन्ती गर्छन्,\nजसरी मानिसले आफ्नो साथीको निम्ति बिन्ती गर्दछ"},{"id":22,"text":"“म फेरि नफर्कने यात्रामा लाग्नभन्दा अघि रहेका वर्षहरू थोरै मात्र छन्।"}]},{"id":17,"title":"अय्यूब 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/17-288f11704886c012f5bba41c9218e82e.mp3?version_id=1483","verses":[{"id":1,"text":"मेरो आत्मा व्याकुल भएको छ,\nमेरो दिनको अन्त आइपुगेको छ, चिहान मेरो निम्ति तयार छ।"},{"id":2,"text":"म जता फर्के पनि मानिसहरू मलाई ठट्टा गर्दछन्,\nमेरा आँखाले तिनीहरूको विरोधलाई मात्र हेर्नुपर्छ,"},{"id":3,"text":"“हे परमेश्वर तपाईंले माग गर्नुभएको धरौटी मलाई दिनुहोस्,\nकिनभने अरू को मेरो निम्ति जमानी बसिदिन्छ र?"},{"id":4,"text":"तपाईंले ती मानिसहरूलाई विजयी तुल्याउनुहुनेछैन,\nजसका मनको सम्झने शक्ति तपाईंले बन्द गरिदिनुभएको छ।"},{"id":5,"text":"यदि पुरस्कारको निम्ति मानिसले आफ्ना मित्रहरूको बदनामी गर्छ भने,\nत्यसका छोराहरूका आँखा कमजोर हुनेछन्।"},{"id":6,"text":"“म ता सबै देशमा एउटा उखानको पात्र बनेको छु,\nएक जना मानिस जसको अनुहारमा सबैले थुक्छन्।"},{"id":7,"text":"मेरा आँखा अफसोसले धमिला भएका छन्,\nमेरा सम्पूर्ण शरीर नै छायाजस्तै सुकिगएका छन्।"},{"id":8,"text":"यसले गर्दा ईमानदार मानिसहरू अलमल्ल परेका छन्,\nअनि निर्दोष मानिसहरू डराएर थरथर भएका छन्।"},{"id":9,"text":"यी सबै भए तापनि धर्मी मानिस आफ्नै बाटोमा हिँड़िरहन्छन्,\nअनि जसका हात निर्दोष छन्, तिनीहरू बलिया हुनेछन्।"},{"id":10,"text":"“तर आऊ, सबै फेरि कोशिश गर! तिमीहरूका बीचमा त म एउटै बुद्धिमानी मानिस पाउनेछैनँ।"},{"id":11,"text":"मेरा दिन बितिसके, मेरा युक्तिहरू विफल भए,\nर मेरो हृदयको इच्छा खतम भयो।"},{"id":12,"text":"यी मानिसहरू दिनचाहिँ रातमा परिवर्तन गर्छन्,\nअन्धकार हुन लाग्दा यिनीहरू भन्छन्, ‘उज्यालो नजिक छ’।"},{"id":13,"text":"यदि मैले आशा गरेको घर चिहान हो भने,\nयदि मैले मेरो ओछ्यान अन्धकारमा बनाएँ भने,"},{"id":14,"text":"यदि मैले भ्रष्टतालाई ‘तपाईं मेरा बुबा’,\nर कीरालाई ‘तपाईं मेरी आमा’ अथवा ‘मेरा दिदी-बहिनीहरू’ भनी पुकारें भने"},{"id":15,"text":"मेरो आशा कहाँ गयो त?\nर कसले मेरो निम्ति केही आशा देख्न सक्ला?"},{"id":16,"text":"के यो मृत्युको ढोकामा जान्छ?\nके हामी सँगै धूलोमा मर्नेछौं?”"}]},{"id":18,"title":"अय्यूब 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/18-1bbbebaacab8b4e000d71783eb6059ea.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब बिल्दद शुहीले यसो भनेर जवाफ दिए:"},{"id":2,"text":"“यी भाषणहरूलाई तपाईंले कहिले बन्द गर्नु हुन्छ?\nसमझदार हुनुहोस्, र हामी कुरा गर्न सक्नेछौं।"},{"id":3,"text":"हामीलाई किन पशुझैँ व्यवहार गरिन्छ?\nर तपाईंको विचारमा हामी मूर्खहरू ठहराइन्छौं?"},{"id":4,"text":"तपाईं जसले रीसमा आफूलाई छिया-छिया पार्नुहुन्छ के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने?\nअथवा पहराहरू तिनीहरूका ठाउँबाट हटाउनु?"},{"id":5,"text":"“दुष्टको बत्ती निभाइन्छ, \nत्यसको आगोबाट फेरि कुनै ज्वाला निस्कँदैन।"},{"id":6,"text":"त्यसको पालमा ज्योति अँध्यारो हुन्छ,\nत्यसको बत्ती निभ्छ।"},{"id":7,"text":"त्यसको पाइलाको शक्ति कमजोर हुन्छ।\nत्यसको आफ्नै युक्तिले त्यसलाई लड़ाउँछ।"},{"id":8,"text":"त्यसका खुट्टाले त्यसलाई पासोमा धकेल्छ,\nर त्यो जालमा भौँतारिन्छ।"},{"id":9,"text":"त्यसका खुट्टा पासोमा जेलिन्छ,\nपासोमा डोरीले त्यसलाई कसेर बाँध्छ।"},{"id":10,"text":"त्यसको लागि गलपासो भूइँमा लुकाइएको छ।\nर जाल त्यसको बाटोमा तेर्सिएको हुन्छ।"},{"id":11,"text":"डरले त्यसलाई चारैतिर घेर्छ,\nर कदम-कदममा त्यसलाई खेद्छ।"},{"id":12,"text":"विपत्ति त्यसको निम्ति भोकाएको हुन्छ,\nत्यो लड्दा दुर्घटनाले त्यसलाई पर्खिरहेको हुन्छ।"},{"id":13,"text":"त्यसले त्यसको छालाको अंशहरू खाइहाल्छ,\nमृत्युको पहिलो सन्तानले त्यसको हात-खुट्टा खान्छ।"},{"id":14,"text":"त्यसको घरको सुरक्षाबाट पनि त्यसलाई तानेर निकाल्छ,\nर त्यसलाई त्रासको राजाकहाँ लैजान्छ।"},{"id":15,"text":"त्यसको पालमा आगोले वास गर्छ,\nत्यसको घरमा जलिरहेको गन्धक छर्किएको छ।"},{"id":16,"text":"त्यसका तलतिरका जराहरू सुक्छन्,\nत्यसका माथिका हाँगाहरू ओइलाउँछन्।"},{"id":17,"text":"पृथ्वीबाट त्यसको सम्झना लोप हुन्छ,\nसंसारमा त्यसको नाउँनिशानै रहनेछैन।"},{"id":18,"text":"त्यो उज्यालोबाट अँध्यारोमा धपाइन्छ,\nर संसारबाट निकालिन्छ।"},{"id":19,"text":"आफ्ना मानिसहरूका बीचमा त्यसको आफ्नो कुनै सन्तान छैन।\nआफू एक पल्ट बसेको ठाउँमा कोही बाँचेका हुनेछैनन्।"},{"id":20,"text":"पश्चिमका मानिसहरू त्यसको दशा सुनेर छक्क पर्नेछन्,\nपूर्वका मानिसहरू डरले काम्नेछन्।"},{"id":21,"text":"दुष्ट काम गर्नेहरूको घर यस्तै हुनेछ,\nपरमेश्वरको वास्ता नगर्नेहरूको घर यस्तै हुनेछ।”"}]},{"id":19,"title":"अय्यूब 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/19-039db3ec1d2a1eeb5420e6e80035da9c.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले जवाफ दिए:"},{"id":2,"text":"कहिलेसम्म तपाईंहरू मलाई दु:ख दिनुहुन्छ,\nर वचनहरूले मलाई आघात गर्नुहुन्छ?"},{"id":3,"text":"दश पल्ट तपाईंहरूले मलाई अपमान गर्नुभयो,\nर निर्लज्ज भएर मलाई आक्रमण गर्नुभयो।"},{"id":4,"text":"वास्तवमा यदि मैले भूल गरेको भए तापनि भूल ता मेरै नै हो।"},{"id":5,"text":"तर यदि साँच्चै तपाईंहरू मभन्दा माथि आफूलाई उचाल्नुहुन्छ\nर मेरो नम्रतालाई मेरो विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,"},{"id":6,"text":"म यो तपाईंहरूलाई भन्दछु,\nकि परमेश्वरले नै मलाई अपराधी तुल्याउनुभएको हो,\nर उहाँले मेरो चारैतिर जाल फिँजाउनुभएको हो।"},{"id":7,"text":"“अन्याय भयो भनी यदि म कराएँ भने,\nकसैले जवाफ दिँदैन, सहायताको निम्ति बिन्ती गरें भने पनि,\nम न्याय पाउँदिनँ।"},{"id":8,"text":"उहाँले मेरो बाटोमा पर्खाल लाउनुभयो,\nर म निस्कन सक्दिनँ, मेरो बाटोलाई\nउहाँले अन्धकारद्वारा छोप्नुभएको छ।"},{"id":9,"text":"उहाँले मेरो जम्मै मान खोस्नुभएको छ,\nउहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।"},{"id":10,"text":"उहाँले चारैतिरबाट म खतम नहोउञ्जेल मलाई हिर्काउनुहुन्छ,\nरूख उखेलिएझैँ उहाँले मेरो आशा टुटाइदिनुहुन्छ।"},{"id":11,"text":"उहाँको रीस ममाथि साह्रै परेको छ,\nउहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ।"},{"id":12,"text":"मलाई आक्रमण गर्नलाई उहाँले फौज पठाउनुहुन्छ,\nर तिनीहरू मेरो पालको चारैतिर छाउनी हाल्छन्।"},{"id":13,"text":"“उहाँले मेरा दाजुभाइहरूलाई मबाट पराई बनाउनुभएको छ,\nमेरा मित्रहरू मबाट बिलकुलै अलग रहन्छन्।"},{"id":14,"text":"मेरा कुटुम्बहरू र चिनाजानाहरू पछि हट्छन्,\nमेरा साथीहरूले मलाई बिर्सेका छन्।"},{"id":15,"text":"मेरा पाहुना र दासीहरूले मलाई बिरानाझैँ व्यवहार गर्छन्,\nतिनीहरूका दृष्टिमा म ता एक विदेशी भएको छु।"},{"id":16,"text":"मेरा दासलाई म बोलाउँछु, तर त्यसले उत्तर दिँदैन।\nयद्यपि म आफ्नै मुखले बिन्ती गर्दछु।"},{"id":17,"text":"मेरो सास मेरी पत्नीलाई दुर्गन्धमय लाग्छ,\nमेरा आफ्नै दाजुभाइहरूका अगाड़ि म गन्हाउने भएको छु।"},{"id":18,"text":"ससाना केटाहरूले समेत मलाई घृणा गर्छन्,\nर म देखा पर्दा तिनीहरू गिल्ला गर्छन्।"},{"id":19,"text":"मेरा सबै घनिष्ठ साथीहरू मलाई घृणा गर्छन्,\nअनि मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा उठेका छन्।"},{"id":20,"text":"म त हाड़ र छाला भएको छु,\nम त मरिसकेरै बाँचेको छु।"},{"id":21,"text":"“दया गर्नुहोस्, हे मेरा मित्र हो! दया गर्नुहोस्,\nकिनभने परमेश्वरको हात ममाथि परेको छ।"},{"id":22,"text":"परमेश्वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरू किन खेदो गर्नुहुन्छ?\nके तपाईंहरूले मलाई सताउनुभएको पुगेन र?"},{"id":23,"text":"“मेरा वचनहरू शिलामा लेखिएका भए ती चर्मपत्रमा लेखिएका भए,"},{"id":24,"text":"फलामको हतियारले खोपेर सीसाले भरिदिए,\nअथवा चट्टानमा सधैँको निम्ति साक्षी हुनलाई खोपिएको भए हुनेथियो!"},{"id":25,"text":"तर म जान्दछु, मेरा उद्धारक जीवित हुनुहुन्छ,\nसबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खड़ा हुनुहुनेछ।"},{"id":26,"text":"अनि मेरा छाला नाश गरिसकेपछि,\nमेरो शरीरमै म परमेश्वरलाई देख्नेछु।"},{"id":27,"text":"म आफ्नै आँखाले उहाँलाई देख्नेछु,\nआफैले नै देख्नेछु अरू कसैले होइन।\nमेरो हृदय मभित्रै कति लालयत बन्छ!"},{"id":28,"text":"“यदि तपाईंहरूले मलाई यसो भन्नुभयो भने,\nहामीले उसलाई कसरी लखेट्ने?\nकिनकि दु:खका जड़ तिनी आफै हुन्,"},{"id":29,"text":"तपाईंहरू तरवारदेखि होशियार रहनुहोस्,\nकिनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ,\nर त्यहाँ न्याय छ भनी तपाईंहरूले जान्नुहुनेछ।”"}]},{"id":20,"title":"अय्यूब 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/20-ccc61f5522774cacb2a7600cf79c098d.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब सोपर नमातीले जवाफ दिए: "},{"id":2,"text":"“मेरो मनको पीरले जवाफ दिन मलाई उक्साएको छ,\nकिनकि मलाई साह्रै अशान्ति भएको छ।"},{"id":3,"text":"मलाई निन्दित तुल्याउने गाली मैले सुनेको छु,\nमेरो समझशक्तिले मलाई जवाफ दिन प्रेरित गरेको छ।"},{"id":4,"text":"“तपाईंलाई निश्चय यो कुरा थाहा छ\nकि यस्तो ता समयको सुरुदेखि नै भएर आउँदैछ,\nमानिसलाई पृथ्वीमा राखेका समयदेखि नै।"},{"id":5,"text":"दुष्टहरूको विजय थोरै दिनको निम्ति मात्र हो,\nईश्वरहीन मानिसको आनन्द क्षणभरको निम्ति मात्र रहन्छ।"},{"id":6,"text":"त्यसको घमण्ड आकाशजत्तिकै अल्गो भएर उठे तापनि,\nर त्यसको शिरले बादललाई छोए तापनि,"},{"id":7,"text":"त्यो आफ्नै मलजस्तै बिलकुल खतम भएर नष्ट हुन्छ,\nर त्यसलाई देख्ने सबैले भन्नेछन्, त्यो कहाँ गयो खोइ?”"},{"id":8,"text":"सपनाझैँ कहिल्यै नभेट्टाइने गरी त्यो हराइहाल्छ,\nरातको दर्शनझैँ त्यो लोप भइहाल्छ।"},{"id":9,"text":"त्यसलाई देख्ने आँखाले फेरि त्यसलाई कहिल्यै देख्नेछैन,\nत्यसको ठाउँले त्यसलाई कहिल्यै हेर्नेछैन?"},{"id":10,"text":"त्यसका छोराहरूले कङ्गालीहरूसित सम्बन्ध सच्याउनेछन्,\nर त्यसका आफ्नै हातले आफ्ना धन-सम्पत्तिहरू फर्काउनेछ।"},{"id":11,"text":"युवावस्था र बल त्यसका हड्डी-हड्डीमा भए तापनि,\nती त्यससँगै धूलोमा पड़िरहनेछन्।"},{"id":12,"text":"“खराब कुरो त्यसको मुखमा मीठो लागे तापनि,\nजिब्रोले त्यसलाई लटपटाएर मीठो बनाए तापनि,"},{"id":13,"text":"त्यसलाई छोड्न नसके तापनि,\nर मुखमा राखिछोड़े तापनि,"},{"id":14,"text":"त्यसको खानेकुरा त्यसको पेटमा अमिलो हुनेछ,\nर साँपको विषझैँ त्यो त्यसभित्र परिवर्तन हुनेछ।"},{"id":15,"text":"त्यसले निलेको धन-सम्पत्ति त्यसले फेरि बमन गरेर निकाल्छ,\nपरमेश्वरले त्यसलाई त्यो उकेल्न लाउनुहुन्छ।"},{"id":16,"text":"त्यसले साँबे-सर्पको विष चुस्छ, विषालु साँपको दाँतले त्यसलाई मार्छ।"},{"id":17,"text":"त्यसले मह र तरको खोला तथा नदीहरूमा रमाइलो गर्नेछैन।"},{"id":18,"text":"आफूले परिश्रम गरेका कुराहरू नखाईकनै फिर्ता दिनुपर्छ,\nआफ्नो व्यापारका नाफाहरूमा त्यसले आनन्द मनाउन पाउनेछैन।"},{"id":19,"text":"किनभने त्यसले गरीबमाथि थिचोमिचो गरेर त्यसलाई सताएको छ,\nआफूले नबनाएका घरहरू त्यसले बलपूर्वक कब्जा गरेको छ।"},{"id":20,"text":"“किनभने त्यसको भोक शान्त हुनेछैन,\nत्यसले आफ्नो सम्पत्तिले आफूलाई बचाउन सक्दैन।"},{"id":21,"text":"खानलाई त्यसको निम्ति केही पनि रहेन,\nत्यसको सुदिन धेरै दिनसम्म रहँदैन।"},{"id":22,"text":"त्यसको प्रशस्ततामा पनि त्यसको दु:खले त्यसलाई उछिन्नेछ,\nपूरा कष्ट त्यसमाथि आइलाग्नेछ।"},{"id":23,"text":"त्यसले आफ्नो पेट भरेपछि परमेश्वरले आफ्नो क्रोध त्यसमाथि पोखाउनुहुनेछ,\nर त्यसमाथि कड़ा मुक्का वर्षाउनुहुनेछ।"},{"id":24,"text":"फलामका हतियारहरूको चोटबाट भागे तापनि,\nकाँसाको टुप्पा भएको काँड़ले त्यसलाई छेड्नेछ।"},{"id":25,"text":"त्यसले आफ्नो ढाड़बाट त्यसलाई निकाल्नेछ,\nत्यसको चम्कने टुप्पो त्यसको कलेजोबाट निस्कनेछ।\nत्रास त्यसमाथि आइपर्नेछ।"},{"id":26,"text":"पूर्ण अन्धकारले त्यसको सम्पत्तिलाई पर्खिरहनेछ,\nप्रचण्ड आगोले त्यसलाई भस्म पार्नेछ,\nर त्यसका पालमा बाँकी भएका कुराहरूलाई नाश गर्नेछ।"},{"id":27,"text":"स्वर्गले त्यसको दोष खुलस्त देखाउनेछ,\nपृथ्वी त्यसको विरुद्ध खड़ा हुनेछ।"},{"id":28,"text":"त्यसको घरलाई भलले,\nपरमेश्वरको क्रोधको दिनमा उर्लंदो बाढ़ले बगाएर लैजानेछ।"},{"id":29,"text":"दुष्ट मानिसको निम्ति परमेश्वरको इनाम\nर परमेश्वरले ठहराउनुभएको फल यस्तै हुन्छ।”"}]},{"id":21,"title":"अय्यूब 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/21-af02e84663c84441470b19f8abb33038.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले जवाफ दिए:"},{"id":2,"text":"“सुन्नुहोस्, कृपा गरी सुन्नुहोस्,\nयो नै तपाईंहरूले मलाई दिनुहुने सान्त्वना होस्।"},{"id":3,"text":"मैले कुरा गर्दा तपाईंहरूले सुनिदिनुहोस्,\nमैले बोलिसकेपछि तपाईंहरूको गिल्ला जारी रहोस्।"},{"id":4,"text":"के मेरो झगड़ा मानिसहरूसितको हो र? म अधैर्य किन नहुने?"},{"id":5,"text":"मलाई हेर्नुहोस्, र अवाक् हुनुहोस्,\nर हातले मुख छोप्नुहोस्।"},{"id":6,"text":"जब म यो सम्बन्धमा सोच्दछु, म त्रासले भरिन्छु,\nर मेरो सारा शरीर नै थरथर काम्छ।"},{"id":7,"text":"दुष्टहरू किन चिरञ्जीवी हुन्छन्? वृद्धावस्था र शक्तिमा किन बढ्दैरहन्छन्?"},{"id":8,"text":"आफ्ना छोराछोरीहरूलाई आफ्ना वरिपरि राम्ररी स्थापित भएका,\nर तिनीहरूका सन्तानलाई फलिफाप भएका तिनीहरू देख्न पाउँछन्।"},{"id":9,"text":"तिनीहरूका परिवारहरू सुरक्षित र डरबाट स्वतन्त्र हुन्छन्।\nपरमेश्वरको न्यायको दण्ड तिनीहरूमाथि पर्दैन।"},{"id":10,"text":"तिनीहरूका बहर मिसिन्छन् र खेर जाँदैनन्,\nतिनीहरूका गाईहरू बियाउँछन् तर तुहिँदैनन्।"},{"id":11,"text":"तिनीहरूका छोराछोरीहरू थुमाहरूझैँ खेल्न कुद्छन्,\nर तिनीहरूका ससाना नानीहरू नाच्दै उफ्रन्छन्।"},{"id":12,"text":"खैँजड़ी र वीणासित तिनीहरू आनन्द मनाउँछन्,\nर बाँसुरीको सोरमा तिनीहरू रमाउँछन्।"},{"id":13,"text":"सम्पन्नतामा नै तिनीहरूको जीवन बित्छ,\nर शान्तिसित तिनीहरू चिहानमा जान्छन्।"},{"id":14,"text":"तापनि तिनीहरू परमेश्वरलाई भन्छन्,\n‘हामीलाई छोड़िदिनुहोस्!’ हामी तपाईंका मार्गहरू जान्न चाहन्नौं।"},{"id":15,"text":"सर्वशक्तिमान् को हो र हामी उहाँको आराधना गरौं?\nउहाँसँग प्रार्थना गरेर हामीले के पाउँछौं र?"},{"id":16,"text":"तर दुष्टहरूको उन्नति तिनीहरूको आफ्नै हातमा हुँदैन,\nत्यसकारण दुष्टहरूको सल्लाहदेखि म अलग रहन्छु।"},{"id":17,"text":"“तापनि दुष्टको बत्ती कति पल्ट निभाइन्छ र?\nकति पल्ट तिनीहरूको नाश तिनीहरूमाथि नै आइपर्छ र?\nपरमेश्वरले आफ्नो क्रोधमा दुष्टलाई कहिले दण्ड दिनुहुन्छ र?"},{"id":18,"text":"दुष्ट मानिस कति पल्ट बतासमा परालको टुक्राझैँ,\nर हुरीले उड़ाएको भुसझैँ हुन्छ र?"},{"id":19,"text":"यो भनिएको छ, ‘मानिसको दण्ड परमेश्वरले तिनका छोराछोरीहरूका निम्ति साँचिराख्नुहुन्छ’।\nतर परमेश्वरले त्यसलाई नै दण्ड देऊन्,\nयसरी त्यस मानिसले थाहा पाउनेछ!"},{"id":20,"text":"त्यसकै आँखाले त्यसमाथि आउने नाश देखोस्,\nअनि सर्वशक्तिमान्को क्रोध त्यसले पिओस्।"},{"id":21,"text":"जब मानिसको आफ्नै जीवन समाप्त भएको छ भने,\nके त्यसले आफ्ना छोराछोरीहरूको सुखको वास्ता गर्छ र?"},{"id":22,"text":"के मानिसले परमेश्वरलाई ज्ञान सिकाउन सक्छ र?\nपरमेश्वरलाई, जसले स्वर्गमा हुनेहरूलाई पनि न्याय गर्नुहुन्छ?"},{"id":23,"text":"कोही मानिस त मृत्युको दिनसम्मै पूरा स्वस्थ रहेको हुन्छ,\nसुख र चैनमा त्यो मर्छ।"},{"id":24,"text":"त्यसको शरीर हृष्टपुष्ट हुन्छ,\nत्यसको हड्डीमा मासीले रसिलो भएकै हुँदा त्यो मर्छ।"},{"id":25,"text":"अर्को मानिस मनको तीतोपन मै मर्छ,\nसुखको स्वाद त्यसले चाखेकै हुँदैन।"},{"id":26,"text":"ती सबै माटोमा सँगसँगै गाड़िन्छन्,\nअनि कीराहरू नै तिनीहरूका कात्रो भएका हुन्छन्।"},{"id":27,"text":"“तपाईंहरू के सम्झँदैहुनुहुन्छ मलाई राम्ररी थाहा छ,\nर मेरो विरुद्धमा रचिरहेका तपाईंहरूको योजनाहरू मलाई थाहा छ।"},{"id":28,"text":"‘अब त्यो ठूलो मानिसको घर कहाँ छ,\nखोइ? त्यो दुष्टको घर के भयो?’ भनी तपाईंहरू मलाई सोध्नुहुनेछ।"},{"id":29,"text":"के तपाईंले कहिल्यै यात्रीहरूलाई प्रश्न गर्नुभएको छैन?\nतिनीहरूका वर्णनहरूबाट के तपाईंहरू सिक्न सक्नुहुन्न—"},{"id":30,"text":"आपत् परिआउँदा दुष्ट जोगिन्छ,\nर क्रोधको दिनको अघि नै त्यो सुरक्षित स्थानमा सारिन्छ?"},{"id":31,"text":"कसैले त्यसलाई त्यसको मुखेन्जी दोषी ठहराउँदैन,\nत्यसले गरेको कामको निम्ति कसैले साटो लिँदैन?"},{"id":32,"text":"जब त्यो चिहानमा लगिन्छ, त्यसको चिहानमा पहरा राखिन्छ,"},{"id":33,"text":"भूइँको माटो त्यसलाई मीठो लाग्छ,\nसबै मानिस त्यसको पछि लाग्छन्\nर अनगिन्ती घुँइचो त्यसको अघि जान्छन्।"},{"id":34,"text":"“यसैकारण तपाईंहरूका निरर्थक कुराहरूले कसरी मलाई सान्त्वना दिन्छन्!\nतपाईंहरूका जवाफमा झूटबाहेक अरू केही रहँदैन।”"}]},{"id":22,"title":"अय्यूब 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/22-9ee10ddfd74630d4b4f78bcb0f33ba61.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब एलीपज तेमानीले जवाफ दिए:"},{"id":2,"text":"के मानिस परमेश्वरको लागि केही लाभको हुन्छ र? \nके कुनै बुद्धिमानी मानिस पनि उहाँको निम्ति लाभको हुन सक्छ र?"},{"id":3,"text":"यदि तपाईं धर्मी हुनुभए पनि सर्वशक्तिमान्लाई यसले के आनन्द दिन्छ र?\nतपाईंका मार्गहरू निर्दोष भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र?"},{"id":4,"text":"“के तपाईंको धार्मिकताको लागि उहाँ तपाईंलाई हप्काउनुहुन्छ\nर तपाईंको विरुद्ध दोष लाउनुहुन्छ?"},{"id":5,"text":"के तपाईंको दुष्टता ठूलो छैन?\nर के तपाईंको दुष्टताको सीमा नाघिसकेको छैन र?"},{"id":6,"text":"केही कारणविना नै तपाईं आफ्ना भाइहरूबाट सुरक्षा माग्नुहुन्छ?\nतपाईं मानिसहरूका लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुहुन्छ।"},{"id":7,"text":"थाकेको मानिसलाई तपाईंले पानी दिनुभएन,\nर भोकाएको मानिसलाई तपाईं भोजन दिनलाई इन्कार गर्नुहुन्छ।"},{"id":8,"text":"तपाईं जमिन भएका शक्तिशाली मानिस,\nत्यहाँ बस्ने इज्जतदार मानिस भए तापनि"},{"id":9,"text":"तपाईंले ता विधवाहरूलाई रित्तो हात फर्काउनुभयो,\nर टुहुरा-टुहुरीहरूको बल तोड्नुभयो।"},{"id":10,"text":"यसैले तपाईंका मार्गका चारैतिर पासोहरू छन्,\nअनि तपाईं एक्कासि डरले भरिनुहुन्छ।"},{"id":11,"text":"यसैले धेरै निस्पट्ट अँध्यारो भएको छ र तपाईं देख्न सक्नुहुन्न,\nर भलको पानीले तपाईंलाई डुबाएको छ।"},{"id":12,"text":"“निश्चय नै परमेश्वर त आकाशको शिरबिन्दुमा हुनुहुन्छ,\nर सबै सर्वोच्च ताराहरू कति महान् छन् भनी देख्नुहुन्छ।"},{"id":13,"text":"तर तपाईं भन्नुहुन्छ, परमेश्वर के जान्नुहुन्छ र?\n‘उहाँले यस्तो अँध्यारोबाट न्याय गर्नुहुन्छ?"},{"id":14,"text":"आकाशमण्डलमा उहाँ यताउता हिँड्नुहुँदा,\nउहाँको आँखाले बादलहरूको पर्दालाई छिचल्न सक्दैन।"},{"id":15,"text":"दुष्ट मानिसको पुरानो चालमा के तपाईं हिँड्नुहुन्छ?"},{"id":16,"text":"तिनीहरू आफ्नो समय अघि नै हटाइए, भलले तिनीहरूका जग नै बगाएर लग्यो।"},{"id":17,"text":"ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई छोड़िदिनुहोस्,\nसर्वशक्तिमान्ले हामीलाई के गर्न सक्नुहुन्छ र?’"},{"id":18,"text":"तापनि उहाँले तिनीहरूका घरहरू असल-असल थोकहरूले भरिदिनुभएको थियो।\nयसर्थ म दुष्टको सल्लाहदेखि अलग बस्छु।"},{"id":19,"text":"तिनीहरूका दुर्दिन देखेर धर्मीहरू आनन्दले मग्न हुनेछन्,\nनिर्दोषहरू तिनीहरूको ठट्टा गरेर यसो भन्दै हाँस्छन्,"},{"id":20,"text":"निश्चय हाम्रा शत्रुहरू नाश पारिए,\nर तिनीहरूका धन-दौलत आगोले भस्म हुन्छ।"},{"id":21,"text":"“अब परमेश्वरका अधीनमा हुनुहोस्\nर उहाँसित मिलाप गर्नुहोस्। यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ।"},{"id":22,"text":"उहाँको मुखबाट शिक्षा लिनुहोस्,\nर तपाईंले आफ्नो हृदयमा उहाँका वचनहरू सञ्चय गर्नुहोस्।"},{"id":23,"text":"नम्रसित तपाईं सर्वशक्तिमान्तिर फर्केर आउनुभयो भने,\nतपाईंलाई पुनर्स्थापना गरिनेछ,\nतपाईंले आफ्नो घरबाट खराबी त्यागिदिनुभयो भने,"},{"id":24,"text":"तपाईंले आफ्ना सुनका ससाना ढिकाहरू धूलोमा मिलाउनुभयो भने,\nओपीरको सुनलाई खोल्साको ढुङ्गासरह मान्नुभयो भने,"},{"id":25,"text":"सर्वशक्तिमान् नै तपाईंको निम्ति सुन हुनुहुनेछ,\nर उहाँ नै तपाईंको निम्ति सबैभन्दा असल चाँदी हुनुहुनेछ।"},{"id":26,"text":"तब सर्वशक्तिमान्मा नै तपाईंले आनन्द पाउनुहुनेछ।\nर तपाईंले आफ्ना नजर परमेश्वरतिर उठाउनुहुनेछ।"},{"id":27,"text":"तपाईंले उहाँलाई प्रार्थना गर्नुहुनेछ,\nर उहाँले सुन्नुहुनेछ, र तपाईंले आफ्नो भाकल पूरा गर्नुहुनेछ।"},{"id":28,"text":"तपाईंले जे निर्णय गर्नुहुनेछ, त्यो पूरा हुनेछ,\nतपाईंको बाटोमा ज्योति चम्कनेछ।"},{"id":29,"text":"जब मानिसहरू होच्याइन्छन् र तपाईंले भन्नुहुनेछ, ‘यिनीहरूलाई उचाल्नुहोस्,’\nर उहाँले होच्याइएकालाई बचाउनुहुनेछ।"},{"id":30,"text":"उहाँले निर्दोष नभएकालाई पनि छुटाउनुहुनेछ।\nतपाईंको हात निर्दोष भएकोले गर्दा उहाँले उनीहरूलाई छुटकारा दिनुहुनेछ।”"}]},{"id":23,"title":"अय्यूब 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/23-52e2a4c1ac0ea5ca4dfa8bb3655996e8.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले जवाफ दिए:"},{"id":2,"text":"आज पनि मेरो गुनासो तीतो भएको छ, किनभने मेरो आर्तनादमा पनि परमेश्वरको गह्रौँ बाहु ममाथि परेको छ।"},{"id":3,"text":"उहाँलाई भेट्टाउन मात्र सके त, उहाँको वासस्थानमा पस्न मात्र पाए त,"},{"id":4,"text":"म मेरो मामिला उहाँको सामुन्ने\nर मेरो सम्पूर्ण बहस उहाँकै अगि राख्नेथिएँ!"},{"id":5,"text":"उहाँले कस्तो जवाफ दिनुहुनेथियो म जान्नेथिएँ,\nर उहाँले के भन्नुहुनेथियो म थाहा पाउनेथिएँ।"},{"id":6,"text":"के उहाँले आफ्नो सारा महाशक्तिले मेरो विरुद्ध गर्नुहुन्छ र? अँहँ, परमेश्वर आफैले त मेरो विरुद्धमा कहिल्यै दोष लाउनुहुनेछैन।"},{"id":7,"text":"त्यहाँ सोझा मानिसहरूले उहाँको सामुन्ने आफ्नो मुद्दा पेश गर्न सक्नेछन्,\nर मेरा न्यायकर्ताबाट म सधैँको निम्ति छुटकारा पाउनेछु।"},{"id":8,"text":"“यदि म पूर्वतिर गएँ भने उहाँ त्यहाँ हुनुहुन्न, पश्चिमतिर गएँ भने म उहाँलाई त्यहाँ पाउँदिनँ।"},{"id":9,"text":"उहाँले उत्तरतिर काम गर्नुहुँदा उहाँलाई भेट्टाउँदिनँ, उहाँ दक्षिणतिर फर्कनुहुँदा पनि म उहाँलाई देख्न सक्दिनँ।"},{"id":10,"text":"तर मैले लिएको बाटो उहाँ जान्नुहुन्छ। उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझैँ ठहरिनेछु।"},{"id":11,"text":"मैले उहाँको पाइला पछ्याएको छु, म उहाँको मार्गमा चलेको छु, अनि त्यसबाट म यताउता लागेको छैनँ।"},{"id":12,"text":"उहाँको मुखबाट निस्केको आज्ञालाई म इन्कार गर्दिनँ, मेरो दैनिक भोजनभन्दा उहाँले भन्नुभएको कुरा मैले हृदयमा धेरै सञ्चय गरिराखेको छु।"},{"id":13,"text":"“तर उहाँ एकलो हुनुहुन्छ, अनि कसले उहाँलाई विरोध गर्न सक्छ? उहाँले आफ्नो मनको इच्छाबमोजिम गर्नुहुन्छ।"},{"id":14,"text":"उहाँले आफ्नो आदेश मेरो विरुद्धमा पूरा गर्नुहुन्छ। यस्ता योजनाहरूले उहाँको हृदय भरिपूर्ण छ।"},{"id":15,"text":"यसैकारण उहाँसँग भेट गर्न मलाई डर लाग्छ, यी सबै कुराहरूका विषयमा विचार गर्दा मलाई डर लाग्छ।"},{"id":16,"text":"परमेश्वरले नै मलाई निरुत्साहित तुल्याउनुहुन्छ, सर्वशक्तिमान्ले नै मलाई भयले भरिदिनुभएको छ।"},{"id":17,"text":"तापनि अन्धकारले मलाई चूप लाउन सक्दैन, न त मेरो अनुहारलाई ढाकिदिने रहस्यले मलाई चूप लाउन सक्छ।”"}]},{"id":24,"title":"अय्यूब 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/24-9386a36d5c905f5d48c752b2fad5b82b.mp3?version_id=1483","verses":[{"id":1,"text":"“सर्वशक्तिमान्ले दण्डको दिन किन ठहराउनुहुन्न? उहाँलाई चिन्नेहरूले किन त्यस्ता दिनहरूलाई व्यर्थमा खोजी गर्नुपर्छ?"},{"id":2,"text":"मानिसहरू साँधसिमानाको ढुङ्गा हटाउँछन्, तिनीहरूले चोरेको भेड़ाका बगाल तिनीहरू चराउँछन्।"},{"id":3,"text":"तिनीहरू टुहुरा-टुहुरीहरूको गधा धपाएर लान्छन्,\nर विधवाको गोरु बन्धकमा लान्छन्।"},{"id":4,"text":"तिनीहरू गरीबहरूलाई आफ्नो बाटोदेखि धक्का दिँदै हिँड्छन्, तिनीहरू कङ्गालीहरूलाई जबरदस्ती लुक्ने ठाउँमा पठाउँछन्।"},{"id":5,"text":"आहारको लागि वन-गधा वनमा घुमफिर गरेझैँ गरीबहरू खाना खोज्न जान्छन्, उजाड़-स्थानले तिनीहरूका छोराछोरीहरूको लागि भोजन जुटाउँछ।"},{"id":6,"text":"गरीबहरू खेतमा सुक्खा अन्न टिप्छन्, दुष्ट मानिसको दाखबारीबाट तिनीहरू अङ्गूर बटुल्छन्।"},{"id":7,"text":"लुगा नभएको हुनाले तिनीहरू नाङ्गो भएर रात बिताउँछन्, जाड़ोमा ढाक्नलाई तिनीहरूको केही हुँदैन।"},{"id":8,"text":"पहाड़बाट आएको वृष्टिले तिनीहरू निथ्रुक्क भिज्छन्, शरणस्थान नभएको हुनाले चट्टाननेर तिनीहरू थुप्रन्छन्।"},{"id":9,"text":"बुबा नभएका नानीहरूलाई दुष्टहरूले आमाको काखबाट खोसेर लान्छन्,\nर गरीब मानिसको बालकलाई तिनीहरू ऋणको सट्टा लैजान्छन्।"},{"id":10,"text":"लुगा नभएका हुनाले तिनीहरू नाङ्गै जान्छन्। तिनीहरू आफ्ना अन्नका बिटा बोक्छन् तर पनि भोकै हुन्छन्।"},{"id":11,"text":"तिनीहरू कौसीमा जैतून पेल्छन्, तिनीहरू कोल ता पेल्छन् तापनि तिर्खाउँछन्।"},{"id":12,"text":"सहरबाट मर्न लागेको मानिसको आर्तनाद निस्कन्छ,\nर चोट लागेको मानिस सहायताको लागि कराउँछ, तर पनि परमेश्वर भूल गरेको दोष लाउनुहुन्न।"},{"id":13,"text":"“कोही मानिसहरू ज्योतिको विरुद्धमा विद्रोह गर्छन्, तिनीहरू त्यसको विषयमा केही जान्दैनन् र त्यसको ज्योतिमा हिँड्दैनन्।"},{"id":14,"text":"हत्याराचाहिँ साँझ परेपछि उठेर गरीब र आवश्यकतामा परेकाहरूलाई मार्छ\nर रातीचाहिँ त्यसले चोरले झैँ लूटपीट गर्छ।"},{"id":15,"text":"व्यभिचारीले उत्सुकतासित साँझको प्रतीक्षा गर्छ, त्यसलाई कसैले नदेखोस् भनेर आफ्नो भेष त्यसले बद्लन्छ।"},{"id":16,"text":"राती चोर घर फोरेर पस्छन्, तर दिनमा तिनीहरू लुक्छन् र उज्यालोदेखि अलग बस्छन्।"},{"id":17,"text":"तिनीहरू सबैका निम्ति निस्पट्ट अँध्यारोचाहिँ तिनीहरूको बिहानी हो, तिनीहरूले अन्धकारको त्रासलाई मन पराउँछन्।"},{"id":18,"text":"“त्यस्ता मानिसहरू पानीको सतहमा फिँज जस्तै हुन्, तिनीहरूका खेतले देशभरि नै श्राप पाएको हुन्छ। यसरी कोही पनि दाखबारीमा जाँदैन।"},{"id":19,"text":"जसरी पग्लेको हिउँलाई खड़ेरी र तापले सुकाउँछ, त्यसरी नै चिहानले\n पापीलाई विनाश पार्छ।"},{"id":20,"text":"कोखले त्यसलाई बिसर्नेछ, कीराले त्यसलाई खाइहाल्छ, दुष्ट मानिसहरूको सम्झना गरिनेछैन,\nर तिनीहरू रूखझैँ भाँचिनेछन्।"},{"id":21,"text":"तिनीहरूले बाँझी र बालक नभएकी स्त्रीलाई अत्याचार गर्छन्\nर विधवालाई कुनै दया देखाउँदैनन्।"},{"id":22,"text":"परमेश्वरले आफ्नो सामर्थ्यमा शक्तिशालीलाई पनि नाश गर्नुहुन्छ, तिनीहरू उठे तापनि तिनीहरूको जीवनको आशा हुँदैन।"},{"id":23,"text":"परमेश्वरले तिनीहरूलाई सुरक्षाको अभासमा रहन दिनुभए तापनि, उहाँले हरसमय तिनीहरूको चालमाथि आफ्नो नजर राख्नुहुन्छ।"},{"id":24,"text":"केही क्षणको निम्ति दुष्ट मानिस उचालिन्छ, त्यसपछि त्यो नाश हुन्छ, अरूहरूलाई झैँ त्यसलाई तल झारिन्छ र जम्मा गरिन्छ र काटेर राखेको अन्नको बालाझैँ त्यो ओइलाइहाल्छ।"},{"id":25,"text":"“यदि यो होइन भने, कसले मलाई झूटा ठहराउन सक्छ र? मेरा वचन निरर्थक भनी कसैले प्रमाण गर्न सक्छ र?”"}]},{"id":25,"title":"अय्यूब 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/25-d414d81b5ef69b2b74447b06fdff7718.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब बिल्दद शुहीले जवाफ दिए: "},{"id":2,"text":"“अधिकार र भय परमेश्वरसँग छन्, उहाँले आफ्नो उच्च राज्यमा शान्ति कायम गर्नुभएको छ।"},{"id":3,"text":"के उहाँका फौज गन्न सकिन्छ? कसमाथि उहाँको ज्योति उदाउँदैन र?"},{"id":4,"text":"परमेश्वरको दृष्टिमा मानिस कसरी धर्मी हुन सक्छ र? अथवा स्त्रीबाट जन्मेको मानिस कसरी निर्दोष हुन सक्छ र?"},{"id":5,"text":"उहाँको दृष्टिमा जून पनि चहकिलो छैन, अथवा ताराहरू पनि निर्मल छैनन् भने,"},{"id":6,"text":"झन् मानिस, जो कीरा मात्र हो, त्यो परमेश्वरको दृष्टिमा के मोलको छ र?”"}]},{"id":26,"title":"अय्यूब 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/26-4ff89693760cc9ae7d2f8d54f4e312e3.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले जवाफ दिए: "},{"id":2,"text":"“शक्तिहीन मानिसलाई तपाईंले के सहायता गर्नुभयो, निर्बल हातलाई तपाईंले कसरी बचाउनुभयो?"},{"id":3,"text":"बुद्धि नभएका मानिसलाई तपाईंले के सल्लाह दिनुभयो, अनि तपाईंले कुन ठूलो अन्तर्ज्ञान प्रदर्शन गर्नुभयो?"},{"id":4,"text":"यस्ता कुरा गर्न तपाईंलाई कसले उक्सायो? अनि तपाईंको मुखबाट कसको आत्माले बोल्यो?"},{"id":5,"text":"“मरेकाहरूका आत्मा गहिरो वेदनामा छन्, पानी मुनि भएकाहरू र त्यहाँका बासिन्दाहरू सबैलाई त्रासले छाएको छ।"},{"id":6,"text":"मृत्यु परमेश्वरको अघि नाङ्गो छ\nर विनाश उदाङ्गै भएको छ।"},{"id":7,"text":"उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ,\nर शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ।"},{"id":8,"text":"उहाँले पानीलाई बादलको थुप्रोमा बन्द गरी राख्नुहुन्छ, तापनि तिनको भारले मेघहरू फुटेर निस्कँदैनन्।"},{"id":9,"text":"आफ्ना बादलहरू फैलाएर उहाँले पूर्णिमाको चन्द्रमालाई ढाक्नुहुन्छ।"},{"id":10,"text":"उज्यालो र अँध्यारोको बीचको सिमानामा उहाँले पानीको सतहमा क्षितिजलाई स्थिर राख्नुभएको छ।"},{"id":11,"text":"उहाँको हप्काइमा आकाशका खम्बाहरू काम्छन्,\nर डरले विस्मित हुन्छन्।"},{"id":12,"text":"आफ्नो बलियो बाहुले उहाँले समुद्रलाई साम्य गराउनुभयो,\nर आफ्नो बुद्धिले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।"},{"id":13,"text":"उहाँको सासमा आकाश सफा भयो, वेगले भागिरहेको सर्पलाई उहाँको हातले छेड्नुभयो।"},{"id":14,"text":"यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, हामीले सुन्ने उहाँको मधुर सोर कति मधुरो छ। तब उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?”"}]},{"id":27,"title":"अय्यूब 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/27-831cbda7f3bc76bd0691746559d918b5.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले आफ्नो बहस फेरि सुरु गरे:"},{"id":2,"text":"“परमेश्वर जीवित हुनुभए झैँ जसले मेरो इन्साफ गर्नलाई इन्कार गर्नुभयो, सर्वशक्तिमान्को नाउँमा, जसले मेरो मन तीतो बनाइदिनुभयो।"},{"id":3,"text":"मेरो शरीरमा प्राण रहुञ्जेल,\nर परमेश्वरको सास मेरो नाकमा रहुञ्जेल,"},{"id":4,"text":"कुनै पनि असत्य वचन मेरो मुखबाट निस्कनेछैन, अनि मेरो जिब्रोले कुनै झूट बोल्नेछैन।"},{"id":5,"text":"तपाईंहरू ठीक हुनुहुन्छ भनी म कहिल्यै स्वीकार गर्ने छैनँ, म नमरुञ्जेल म आफ्नो ईमान्दारीलाई अस्वीकार गर्ने छैनँ।"},{"id":6,"text":"म ठीकै छु भन्ने मेरो दाबीलाई म कायम राख्नेछु, म बाँचुञ्जेल मेरो विवेकले मलाई दोष लगाउनेछैन।"},{"id":7,"text":"“मेरा शत्रुहरू दुष्टझैँ होऊन्, मेरा विरोधीहरू अन्यायीजस्तै।"},{"id":8,"text":"किनकि ईश्वरहीन मानिस नाश हुँदा त्यसको के आशा हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिइहाल्नुहुन्छ?"},{"id":9,"text":"जब दु:ख त्यसमाथि आइलाग्छ, के परमेश्वरले त्यसको पुकारा सुन्नुहुन्छ?"},{"id":10,"text":"के त्यसले सर्वशक्तिमान्बाट आनन्द पाउँछ?\nर हर समय उहाँको नाउँको पुकारा गर्छ र?"},{"id":11,"text":"परमेश्वरको शक्तिको बारेमा म तपाईंहरूलाई सिकाउनेछु, सर्वशक्तिमान्को बाटोलाई म लुकाउनेछैनँ।"},{"id":12,"text":"तपाईंहरू सबैले यी कुरा देख्नुभएको छ, तपाईंहरू यस्ता व्यर्थका कुरा किन गर्नुहुन्छ?"},{"id":13,"text":"दुष्टको निम्ति परमेश्वरले ठहराउनुभएको भाग यही हो, निष्ठुर मानिसको इनाम सर्वशक्तिमान्बाट यही हो।"},{"id":14,"text":"त्यसका धेरै छोराछोरीहरू भए तापनि तिनीहरू तरवारले मारिनेछन्\nर त्यसका सन्तानहरू भोकै रहनेछन्।"},{"id":15,"text":"बाँचेकाहरू रूढ़ीले मरेर चिहानमा लगिनेछन् अनि तिनीहरूका विधवा तिनीहरूका निम्ति रुनेछैन।"},{"id":16,"text":"त्यसले कसिङ्गरसरह अनगन्ती धन-सम्पत्ति थुपारे तापनि\nर थाक-थाक लुगाहरू जम्मा गरे तापनि,"},{"id":17,"text":"ती त्यसले जम्मा त गर्ला, तर धर्मीहरूले ती लगाउनेछन्\nर त्यसका धन-सम्पत्ति निर्दोष मानिसले बाँड्नेछन्।"},{"id":18,"text":"त्यसले बनाएको घर पुतलीको गुँड़जस्तै कमजोर हुन्छ अथवा पहरेदारको टौवाजस्तै हुन्छ।"},{"id":19,"text":"त्यो धनी भएर सुत्ला तर अब उसो त्यस्तो हुनेछैन त्यसले आँखा खोल्दा ती सबै गइहालेको हुन्छ।"},{"id":20,"text":"विनाश भलझैँ त्यसमाथि आइलाग्नेछ\nर आँधीबेहरीले त्यसलाई राती उड़ाएर लैजानेछ।"},{"id":21,"text":"पूर्वको बतासले त्यसलाई उड़ाएर लैजानेछ\nर त्यसको नाउँ निशानै रहनेछैन बतासले त्यसलाई त्यसको घरबाट टाढ़ा उड़ाई लैजानेछ।"},{"id":22,"text":"निर्दयतासाथ त्यो त्यसमाथि आइलाग्नेछ, जसै त्यो त्यसको शक्तिबाट भाग्नेछ।"},{"id":23,"text":"त्यसको पतनमा ताली बजाएको आवाज\nर त्यसको चारैतिर खिसीको सोर हुनेछन्।"}]},{"id":28,"title":"अय्यूब 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/28-55ba8fe3f58e373c89d17f1fc7d50a6c.mp3?version_id=1483","verses":[{"id":1,"text":"“चाँदीका खानीहरू हुन्छन्\nर सुन विशुद्ध गर्ने ठाउँहरू छन्।"},{"id":2,"text":"जमिनबाट फलाम निकाल्ने स्थानहरू छन्\nर काँचो धातु गलाएर तामा निकालिन्छ।"},{"id":3,"text":"मानिसले अन्धकारलाई शेष गरिदिन्छ, ऊ पृथ्वीको गहिरोभित्र अँध्यारोमा खनिजको खोजी गर्छ।"},{"id":4,"text":"मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढ़ामा, अथवा मानिसहरूका खुट्टाले नटेकेको ठाउँमा उसले खानीमा तल जाने प्वालहरू खन्छ, त्यहीँ ऊ एकान्तमा, डोरीमा झुण्डिएर सुरुङमा काम गर्छ।"},{"id":5,"text":"अन्न उम्रने माटोलाई आगोमा परिवर्तन गरिन्छ।"},{"id":6,"text":"त्यसका चट्टानहरूबाट नीर निस्कन्छ\nर त्यसको धूलोमा सुनका कण हुन्छन्।"},{"id":7,"text":"कुनै शिकारी-पक्षीले त्यहाँ जाने बाटो चिन्दैन अनि बाजको तीखो आँखाले पनि त्यो देखेको हुँदैन।"},{"id":8,"text":"रवाफिला पशुले त्यसमाथि टेक्दैनन्, कुनै सिंह पनि त्यहाँ पस्दैन।"},{"id":9,"text":"मानिसले आफ्नो हातले कड़ा ढुङ्गा काट्दछ,\nर पहाड़हरूका फेदलाई उदाङ्ग बनाउँछ।"},{"id":10,"text":"त्यसले चट्टानमा सुरुङ खन्दछ, त्यसले बहुमूल्य पत्थरहरू देख्तछ,"},{"id":11,"text":"त्यसले खोलाका मूलहरू खोज्दछ,\nर जमिनभित्र भएका गाड़धनहरू निकाल्दछ।"},{"id":12,"text":"“तर बुद्धिचाहिँ कहाँ पाइन्छ? समझशक्तिको मूल कहाँ छ?"},{"id":13,"text":"मानिसले त्यसको मूल्य थाहा पाउँदैन, जीवित मानिसहरूको देशमा त्यो पाइँदैन।"},{"id":14,"text":"महासागरको गहिराइले भन्दछ, ‘त्यो मसँग छैन’। अनि समुद्र भन्दछ, ‘त्यो मसित छैन’।"},{"id":15,"text":"निखुर सुनले त्यो किन्न सकिँदैन, न त चाँदीसँग त्यसको मोल गर्न सकिन्छ।"},{"id":16,"text":"ओपीरको सुनले त्यो किन्न सकिँदैन अथवा बहुमूल्य आनिक्स वा नीरसित त्यो किन्न सकिँदैन।"},{"id":17,"text":"सुन र स्फटिकसँग त्यसको तुलना गर्न सकिँदैन, न त निखुर सुनको गहनासित त्यो साट्न सकिन्छ।"},{"id":18,"text":"मूगा र बिल्लौरको ता कुरै गर्नुपर्दैन, बुद्धिको मूल्य मानिकभन्दा धेरै हुन्छ।"},{"id":19,"text":"कूश देशको पुष्पराज त्यसको बराबर हुन सक्दैन। निखुर सुनले त्यो किन्न सकिँदैन।"},{"id":20,"text":"“तब बुद्धि कहाँबाट आउँछ?\nर समझशक्तिको मूल कहाँ छ?"},{"id":21,"text":"संसारको कुनै जीवित प्राणीले त्यो देख्न सक्दैन, आकाशको पक्षीबाट पनि त्यो लुकाइएको हुन्छ।"},{"id":22,"text":"विनाश र मृत्युले भन्दछन्, ‘हामीले ता सुनेका मात्र हौं’।"},{"id":23,"text":"परमेश्वरले त्यसको चाल बुझ्नुहुन्छ, उहाँले मात्र त्यो कहाँ बस्छ जान्नुहुन्छ।"},{"id":24,"text":"किनभने उहाँले पृथ्वीको पल्लो छेउसम्म देख्नुहुन्छ,\nर उहाँले आकाशमुनिका सबै कुरालाई निरीक्षण गर्नुहुन्छ।"},{"id":25,"text":"जब परमेश्वरले बतासलाई शक्ति दिनुभयो,\nर समुद्रको सिमाना बाँधिदिनुभयो,"},{"id":26,"text":"जब उहाँले वृष्टिको हद तोकिदिनुभयो,\nर बिजुली बज्रको मार्ग तोकिदिनुभयो।"},{"id":27,"text":"त्यस बेला उहाँले बुद्धिलाई देखेर त्यसलाई जाँच्नुभयो। उहाँले त्यसलाई विचार गर्नुभयो, र त्यसको भेद बुझ्नुभयो।"},{"id":28,"text":"अनि उहाँले मानिसलाई भन्नुभयो, \n परमेश्वरको डर नै बुद्धि हो\nर दुष्टताबाट अलग रहनु समझशक्ति हो।”"}]},{"id":29,"title":"अय्यूब 29","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/29-18774f97f864bf42ee81d7d093645e9f.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले आफ्नो बहस गर्दैरहे:"},{"id":2,"text":"“बितेका महिनाहरूको म कत्ति चाहना गर्दछु, जुन समयमा परमेश्वर मेरो हेरचाह गर्नुहुन्थ्यो!"},{"id":3,"text":"जब उहाँको दियो मेरो शिरमाथि चम्कन्थ्यो,\nर त्यसको उज्यालोद्वारा म अँध्यारोमा हिँड्डुल गर्थें!"},{"id":4,"text":"मेरो उत्तम समयका दिनहरू, जब परमेश्वरको नजिकको सम्बन्धले मेरो घरलाई आशिष् दिन्थ्यो।"},{"id":5,"text":"जब सर्वशक्तिमान् अझै मेरो साथमा हुनुहुन्थ्यो, अनि मेरा छोराछोरीहरू मेरा चारैतिर खड़ा भइरहन्थे।"},{"id":6,"text":"जब मेरो बाटोमा दूध बग्थ्यो,\nर चट्टानहरूबाट जैतूनको तेल बग्थ्यो।"},{"id":7,"text":"चोकमा बस्नलाई जब म सहरको मूल ढोकाबाट भएर जान्थें"},{"id":8,"text":"जवान मानिसहरू मलाई देखेर बाटो छोड़िदिन्थे,\nर वृद्ध मानिसहरू खड़ा हुन्थे।"},{"id":9,"text":"अधिकारी वर्गको मुखै बन्द हुन्थ्यो,\nर आफ्नो मुख हातले छोप्थे।"},{"id":10,"text":"भारदारहरूको बोली नै बन्द हुन्थ्यो, तिनीहरूको जिब्रो तालुमा टाँसिन्थ्यो।"},{"id":11,"text":"मैले बोलेको सुन्नेहरूले मेरो गुणगान गर्थे,\nर मलाई देख्नेहरू मेरै योग्यताको साक्षी दिन्थे।"},{"id":12,"text":"किनभने सहायताको लागि पुकारा गर्दा गरीब मानिसहरूलाई,\nर रक्षाहीन पितृहीनहरूलाई मैले बचाएँ।"},{"id":13,"text":"मर्न लागेको मानिसले मलाई आशीर्वाद दिन्थ्यो,\nर मैले विधवाको मन आनन्दले गाउने पारिदिन्थें।"},{"id":14,"text":"धार्मिकतालाई मैले आफ्नो लुगाजस्तै लगाएँ, इन्साफलाई मैले मेरो पोशाक र फेटाझैँ लगाएँ।"},{"id":15,"text":"अन्धाको लागि म आँखा भएँ,\nर लङ्गड़ाको निम्ति खुट्टा भएँ।"},{"id":16,"text":"दरिद्रको लागि म बुबाझैँ थिएँ,\nर विदेशीको पक्षमा म मुद्दामा खड़ा हुन्थें।"},{"id":17,"text":"अधर्मीको शक्तिलाई मैले नाश गरें\nर त्यसको मुखबाट मैले शिकार खोसें।"},{"id":18,"text":"“म दीर्घायु भएर मर्नेछु\nर घरमा सुखसित मर्नेछु भनी आशा गरेथें।"},{"id":19,"text":"‘मेरा जराहरू पानीतिर फैलिएर जानेछन्\nर रातभरि मेरा हाँगाहरूमा शीत बस्नेछन्।"},{"id":20,"text":"मेरो महिमा मसित सधैँ ताजा हुनेछ\nर मेरो हातमा धनु सधैँ नयाँ हुनेछ’।"},{"id":21,"text":"“मानिसहरू ठूलो आशा लिएर मेरो कुरा सुन्थे\nर मेरो सल्लाहको निम्ति चूपचाप पर्खिरहन्थे।"},{"id":22,"text":"म बोलिसक्दा तिनीहरूले थप्ने कुरो केही हुँदैनथ्यो। मेरा वचन तिनीहरूका हृदयमा बिस्तारै भिज्दैजान्थे।"},{"id":23,"text":"वर्षाको प्रतीक्षा गरेझैँ तिनीहरू तिनका लागि पर्खिरहन्थे\nर बसन्तको झरीझैँ तिनीहरूले ती वचन पिउँथे।"},{"id":24,"text":"म मुसुक्क हाँसिदिँदा तिनीहरूले साहस पाउँथे, मेरो उज्यालो अनुहार तिनीहरूका निम्ति बहुमूल्य हुन्थ्यो।"},{"id":25,"text":"तिनीहरूले लाग्नुपर्ने बाटो मैले छानिदिन्थें र फैसला गरिदिन्थें, राजाले आफ्नो फौजलाई युद्धमा लगेझैँ म तिनीहरूलाई लान्थें\nर शोक गर्नेहरूलाई सान्त्वना दिनेझैँ म थिएँ।”"}]},{"id":30,"title":"अय्यूब 30","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/30-9a3dc0cd21addab996a33d02d6134169.mp3?version_id=1483","verses":[{"id":1,"text":"“तर अब जवानहरू ममाथि ठट्टा गरेर हाँस्छन्, ती मानिसहरू, जसका बुबाहरूलाई मेरा भेड़ा रुँग्ने कुकुरहरूसँग राख्न पनि म अयोग्य ठान्थें।"},{"id":2,"text":"तिनीहरूका बलिया पाखुरा मेरो निम्ति के कामको थियो? किनभने तिनीहरूको शक्तिशाली पुरुषार्थ खतम भइसकेको थियो।"},{"id":3,"text":"तिनीहरू यति धेरै गरीब र भोकाएका हुन्थे, कि राती उजाड़ ठाउँहरूका सुक्खा ठाउँमा तिनीहरू घुम्थे।"},{"id":4,"text":"खानका निम्ति तिनीहरू नुनिलो झार\nर ऐरेलु र झ्याउका जराहरू उखेल्थे।"},{"id":5,"text":"तिनीहरू मानिसहरूको समाजबाट लखेटिएर, हल्लाखल्लासाथ चोरहरूझैँ खेदिएका भएर"},{"id":6,"text":"तिनीहरू सुक्खा खोलाका सतहमा, जमिनका प्वालहरू र चट्टानका चिराहरूमा बस्थे।"},{"id":7,"text":"पशुहरूजस्तै तिनीहरू झाड़ीहरूमा कराउँथे,\nर पोथ्राहरूमुनि गुटमुटिएर बस्थे।"},{"id":8,"text":"नीच घरानामा जन्मेका बेनामी मानिसको दल जो देशबाट खेदिए।"},{"id":9,"text":"अब मलाई तिनीहरूका छोराहरूले गिल्ला गर्दछन्, तिनीहरूका बीचमा म ठट्टाको पात्र बनेको छु।"},{"id":10,"text":"तिनीहरू मलाई घीन गर्दछन्, तिनीहरू मबाट टाढ़ा रहन्छन्, तिनीहरू मेरो मुखमा थुक्न हिचकिचाउँदैनन्।"},{"id":11,"text":"परमेश्वरले मेरो धनु फुकालिदिनुभएको र मलाई पीड़ा दिनुभएको हुनाले, तिनीहरू मेरो विरुद्धमा आफ्ना सारा रीस पोखाउँछन्।"},{"id":12,"text":"तिनीहरू मेरो दाहिनेतिर मलाई आक्रमण गर्छन्, तिनीहरू मेरो खुट्टाको लागि पासो थाप्छन्, तिनीहरू आफ्ना घेरा-मचान मेरो विरुद्धमा खड़ा गर्छन्।"},{"id":13,"text":"तिनीहरू मेरो बाटो भत्काइदिन्छन्, कसैको सहायताविना नै तिनीहरू मलाई नाश गर्न सफल हुन्छन्।"},{"id":14,"text":"भ्वाङ्ग परेका प्वालहरूबाट तिनीहरू अटाई-नअटाई पस्छन्, भत्केका पर्खालबाट तिनीहरू ठेलमठेल गर्दै आउँछन्।"},{"id":15,"text":"त्रासमाथि त्रासले मलाई घेर्छ, त्यसले मेरो गौरवलाई बतासले झैँ उड़ाएर लैजान्छ, मेरो सुरक्षाचाहिँ बादलझैँ हराइहाल्छ।"},{"id":16,"text":"अनि अब मेरो प्राण मभित्रै शेष हुँदै जाँदैछ\nर कष्टका दिनहरूले मलाई आफ्नो पन्जामा पक्रेका छन्।"},{"id":17,"text":"राती पीडाले मेरो हड्डी-हड्डीमा घोच्छ\nर मेरा पीडाहरूले कहिल्यै आराम लिँदैनन्।"},{"id":18,"text":"परमेश्वर आफ्नो शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ, कमीजको कठालाले झैँ उहाँले मलाई घाँटीमा अँठ्याउनुहुन्छ।"},{"id":19,"text":"परमेश्वर आफैले मलाई हिलोमा जाकिदिनुभएको छ,\nर म धूलो र खरानीसरह भएको छु।"},{"id":20,"text":"हे परमेश्वर, सहायताको लागि मैले तपाईंलाई पुकारें तर तपाईंले मलाई जवाफ दिनुभएन, मेरो मामिला पेश गर्नलाई म खड़ा हुन्छु, तर तपाईं वास्ता गर्नुहुन्न।"},{"id":21,"text":"तपाईं मलाई निष्ठुरताको व्यवहार गर्नुहुन्छ\nर आफ्नो सारा शक्तिले मलाई सताउनुहुन्छ।"},{"id":22,"text":"मलाई झट्कारेर आँधीको अघि फालिदिनुहुन्छ,\nर प्रचण्ड आँधीमा मलाई फ्याँकिदिनुहुन्छ।"},{"id":23,"text":"मलाई थाहा छ कि तपाईंले मलाई मृत्युको हातमा सुम्पनुहुन्छ, त्यस ठाउँमा, जो सबै जीवितहरूका निम्ति तपाईंले ठहराउनुभएको छ।"},{"id":24,"text":"“आफ्नो दु:खमा सहायताको लागि पुकार्दा तोड़िएको मानिसमाथि कसैले हात उठाउँदैन।"},{"id":25,"text":"आफ्नो जीवन कष्टमा बिताउनेको निम्ति के म रोइनँ र? के गरीबको निम्ति मेरो मन दुखेन र?"},{"id":26,"text":"तापनि जब मैले भलाइको आशा गरें, दुष्टता पो आइलाग्यो, उज्यालोको प्रतीक्षा गरेको थिएँ, तर अँध्यारो पो आयो।"},{"id":27,"text":"मभित्रको हलचल कहिल्यै थामिँदैन, कष्टका दिनहरू मैले भोग्नुपर्छ।"},{"id":28,"text":"म कालो भई हिँड्छु तर सूर्यले ता होइन; सहायताको निम्ति बिन्ती गर्नलाई, म सभामा खड़ा हुन्छु।"},{"id":29,"text":"स्यालहरूको म भाइ भएको छु, लाटोकोसेराहरू मेरा साथी भएका छन्।"},{"id":30,"text":"कालो भएको मेरो छाला पत्रै-पत्र भएर झर्छ र जरोले मेरो शरीर जलेको छ।"},{"id":31,"text":"वीणाको लय त मृत्युको गीत भएको छ, मेरो बाँसुरीचाहिँ रुनेहरूको सोरझैँ भएको छ।”"}]},{"id":31,"title":"अय्यूब 31","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/31-876a5dc72c6de58e15626fadf2f29d40.mp3?version_id=1483","verses":[{"id":1,"text":"कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे।"},{"id":2,"text":"मानिसको निम्ति परमेश्वरले स्वर्गबाट ठहराउनुभएको भाग कुनचाहिँ हो? उँभोबाट सर्वशक्तिमान्ले दिनुभएको सम्पत्ति?"},{"id":3,"text":"के दुराचारीको लागि नाश, खराबी गर्नेहरूको लागि विपत्ति होइन र?"},{"id":4,"text":"के परमेश्वर आफैले मेरा चाल देख्नुहुन्न र?\nर मेरो हरेक पाइला गन्नुहुन्न र?"},{"id":5,"text":"यदि म झूटा कुरामा हिँड़ेको छु अथवा मेरा पाउ छलको पछि हिँड़ेका भए,"},{"id":6,"text":"न्यायको तराजूमा परमेश्वरले मलाई तौलून्\nर उहाँले जान्नुहुनेछ कि म निर्दोष छु।"},{"id":7,"text":"यदि मेरो पाइला सोझो बाटोदेखि तर्किएको छ भने, यदि मेरो मनले आँखाको इच्छाअनुसार गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,"},{"id":8,"text":"मैले रोपेको अन्न अर्काले खाओस्\nर मेरा बाली जरैसमेत उखेलिऊन्!"},{"id":9,"text":"यदि मेरो हृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,"},{"id":10,"text":"मेरी पत्नी अर्को मानिसको कमारी भइजाओस्\nर अरू मानिसहरूले त्यससित सम्भोग गरून्।"},{"id":11,"text":"किनभने त्यो त दुष्ट कर्म हो, न्याय गरिने एउटा अपराध हो।"},{"id":12,"text":"त्यो ता भस्म गर्ने र नाश गर्ने आगो हुनेछ, चारैतिर मेरो बालीलाई खाने भयङ्कर आगो।"},{"id":13,"text":"“यदि मैले मेरो दास वा दासीलाई इन्साफ इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजूर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,"},{"id":14,"text":"परमेश्वरले मेरो सामना गर्नुहुँदा म के गरुँला? उहाँले लेखा लिनुहुँदा मैले के जवाफ दिने?"},{"id":15,"text":"गर्भमा मलाई रच्नुहुनेले तिनीहरूलाई पनि रच्नुभएको होइन र? के एउटै परमेश्वरले हामीलाई गर्भमा सृष्टि गर्नुभएको होइन र?"},{"id":16,"text":"यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा इन्कार गरेको छु भने अथवा विधवाको आँखा आँसुले धमिल्याइदिएको छु भने,"},{"id":17,"text":"यदि मैले मेरो गाँस एकलै खाएको छु भने\nर टुहुरा-टुहुरीसित त्यो बाँड़ेको छैन भने—"},{"id":18,"text":"तर मैले त टुहुरो केटालाई त्यसको बुबालेजस्तै पालनपोषण गरें।\nर मैले आफू जन्मेको दिनदेखि नै विधवालाई डोर्याएँ।"},{"id":19,"text":"यदि मैले कसैलाई लुगाफाटाको अभावले नष्ट भएको अथवा कुनै गरीब मानिसलाई ओढ्ने नभएको देखेको छु भने,"},{"id":20,"text":"र मेरो भेड़ाको ऊनले त्यसलाई न्यानो पार्न नदिएको कारण त्यसले मलाई हृदयसमेतले प्रशंसा गरेको छैन भने,"},{"id":21,"text":"मानिसहरूले अदालतमा मेरो प्रभाव छ भनी जानेर पनि यदि मैले मेरो हात टुहुरा-टुहुरीहरूमाथि उठाएको छु भने,"},{"id":22,"text":"मेरो पाता काँधबाट खुस्कोस्, मेरो पाखुरा जोर्नीबाट खुस्कोस्!"},{"id":23,"text":"तर परमेश्वरको त्रास ममाथि साह्रै नै परेको थियो, अनि उहाँको महामहिमाको डरले गर्दा मैले यी सबै कुरा गर्न सकिनँ।"},{"id":24,"text":"“यदि मैले सुनमा मेरो भरोसा राखेको भए, वा ‘तँ मेरो सुरक्षा होस्’ भनी निखुर सुनलाई यो भनेको छु भने,"},{"id":25,"text":"यदि मैले मेरो धन-सम्पत्तिमा\nर सम्पत्तिको बढ्तीमा रमाहट गरेको भए,"},{"id":26,"text":"यदि मैले सूर्यको प्रतापलाई अथवा चन्द्रमाको सम्पूर्ण सौन्दर्यलाई हेरेर,"},{"id":27,"text":"मेरो हृदयलाई गुप्तमा बहकाएको भए\nर तिनलाई पूज्न मेरा हात उठाएको भए,"},{"id":28,"text":"ती ता इन्साफ गरिने योग्यका पाप हुनेथिए, किनभने स्वर्गमा हुनुहुने परमेश्वरको विरुद्धमा म अविश्वासी हुनेथिएँ।"},{"id":29,"text":"मेरा विरोधीहरूका विनाशलाई देखेर म रमाएको छु भने, अथवा दु:खले त्यसलाई घेर्दा म खुशी भएको छु भने,"},{"id":30,"text":"‘त्यो मरिजाओस्’ भनी सराप दिएर मैले कहिल्यै पाप गरिनँ।"},{"id":31,"text":"मेरो निम्ति काम गर्ने सबै मानिसहरूले यो कहिल्यै नभनेको भए, “अय्यूबको भोजबाट को तृप्त भएको छैन र?”"},{"id":32,"text":"तर परदेशीहरूलाई राती सड़कहरूमा सुत्न परेको छैन, किनकि यात्रुको लागि मेरो घर सधैँ खुल्ला थियो।"},{"id":33,"text":"अरू मानिसहरूले आफ्ना पाप लुकाउन चेष्टा गरेझैँ, मैले मेरो हृदयमा मेरा पाप लुकाएको छु भने,"},{"id":34,"text":"किनकि भीड़ले के भन्लान् भनी म डराएँ,\nर कुटुम्बहरूका गिल्लाको डरले, म चूप लागि बसें, घरभित्रै बसिरहेँ।"},{"id":35,"text":"(म जे भनिरहेछु कसैले सुनिदिने भए ता, म शपथ खाएर भन्दछु, कि एक-एक कुरा सत्य छ, सर्वशक्तिमान् परमेश्वरले जवाफ देऊन्! मेरा विरोधीहरूले मेरो विरुद्धमा ल्याएका दोषहरू लेखिदेऊन्।"},{"id":36,"text":"म ती मेरो गलामा पहिरिनेथिएँ, मुकुट झैँ पहिरने थिएँ।"},{"id":37,"text":"मैले गरेका सबै काम म उनलाई बताउनेथिएँ, म उनको सामुन्ने राजकुमारझैँ जानेथिएँ।)—"},{"id":38,"text":"“यदि मेरो खेत मेरो विरुद्ध कराएको भए,\nर त्यसका ड्याङहरूमा आँसुले भिजेको भए,"},{"id":39,"text":"उमार्नेहरूलाई भोकै राखेर मैले खाएको भए, किसानहरूका आत्मा रुवाएको भए,"},{"id":40,"text":"जौको सट्टामा झार\nर गहूँको सट्टामा लुहुढ़े-काँढ़ा उम्रून्।”अय्यूबको वक्तव्यको समाप्त भयो।"}]},{"id":32,"title":"अय्यूब 32","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/32-8bbe095952feb2913d6e7b76872d0a54.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब ती तीन जना मानिसहरूले अय्यूबलाई जवाफ दिन छोड़े, किनभने तिनले आफूलाई निर्दोष नै छु भनी सम्झे। "},{"id":2,"text":"तर रामको सन्तानको बुजी बारकेलका छोरा एलीहूलाई रीस उठ्यो। किनभने अय्यूबले आफूलाई परमेश्वरभन्दा पनि धेरै धर्मी तुल्याए। "},{"id":3,"text":"ती तीन जना मित्रहरूसँग पनि तिनी रिसाए। किनभने अय्यूबलाई जवाफ दिन तिनीहरूसित केही जवाफै रहेन। यद्यपि तिनीहरूले तिनलाई दोषी ठहराए। "},{"id":4,"text":"उनीहरू अय्यूबसँग कुरा गरुञ्जेल एलीहूचाहिँ चूप लागी बसेका थिए, किनकि उनीहरूभन्दा तिनी उमेरमा सानो थिए। "},{"id":5,"text":"तर ती तीन जनासँग अय्यूबलाई फर्काउन जवाफ केही नभएको देखेर तिनले आफ्नो रीस थाम्न सकेनन्। "},{"id":6,"text":"तब बुजी बारकेलका छोरा एलीहूले भन्न सुरु गरे:\n“म त उमेरमा सानै छु, अनि तपाईंहरू पाको हुनुहुन्छ। यसैकारण तपाईंको सामुन्ने मेरो ज्ञान देखाउन चाहिनँ र चूप लागी बसेको थिएँ।"},{"id":7,"text":"मैले यस्तो विचार गरें, ‘उमेरले बोल्नुपर्छ,\nर उमेर ढल्केकाहरूले आफ्ना बुद्धि प्रकट गर्नुपर्छ’।"},{"id":8,"text":"तर मानिसमा त परमेश्वरका आत्मा हुनुहुन्छ,\nर सर्वशक्तिमान्को सास, जसले त्यसलाई समझशक्ति दिन्छ।"},{"id":9,"text":"बूढ़ाहरू मात्रै ता बुद्धिमानी हुँदैनन्, अथवा जे ठीक छ सो बुझ्ने पाकाहरू मात्र हुँदैनन्।"},{"id":10,"text":"“यसैकारण म भन्दछु:\nमेरो कुरा सुन्नुहोस्। मैले जे जानेको छु सो भन्नेछु"},{"id":11,"text":"हेर्नुहोस्, म त तपाईंहरूका कुरा सुन्दैथिएँ, तपाईंहरूले शब्दहरू खोज्नुहुँदा तपाईंहरूका विचारको अन्त के हुन्छ भनी, म त ध्यानसित सुनिरहेको थिएँ।"},{"id":12,"text":"तपाईंहरूको विचारको अन्त के हुन्छ भनी मैले पूर्ण ध्यान दिएको थिएँ। तर तपाईंहरूमध्ये कसैले पनि अय्यूबलाई खण्डन गर्नुभएन, न त तिनको बहसको जवाफै दिनुभयो।"},{"id":13,"text":"यसो नभन्नुहोस्, ‘हामीले बुद्धि पाएका छौं, मानिसले होइन परमेश्वरले नै तिनको खण्डन गरून्।’"},{"id":14,"text":"तर अय्यूबले मेरो विरुद्धमा बोलेका छैनन्, तपाईंहरूजस्तै म तिनलाई जवाफ दिनेछैनँ।"},{"id":15,"text":"“तिनीहरू हैरान भएका छन्,\nर भन्नलाई केही बाँकी छैन।"},{"id":16,"text":"के तिनीहरू बोल्दैनन् भनेर मैले पर्खिबस्ने र? किनभने तिनीहरू त्यहाँ उभिबस्छन्,\nर फेरि जवाफै दिँदैनन्।"},{"id":17,"text":"होइन, अब म मेरै जवाफ दिनेछु,\nर म जे जान्दछु, म तपाईंहरूलाई भन्नेछु।"},{"id":18,"text":"किनभने मेरो मुखभरि जवाफ आएको छ, मेरो मनमा कुरा भरिएको छ।"},{"id":19,"text":"मद्यले जस्तै मेरो पेट फुलेको छ, दाखरसको नयाँ थैलीझैँ पूरा फुलेको छ।"},{"id":20,"text":"शान्ति पाउनलाई मैले बोल्नैपर्छ, मैले मेरो मुख खोलेर जवाफ दिनैपर्छ।"},{"id":21,"text":"म कसैको पक्ष लिनेछैनँ, म कुनै मानिसलाई सर्काउनेछैनँ।"},{"id":22,"text":"किनकि म चाप्लुसी गर्न जान्ने भए, मेरा सृष्टिकर्ताले मलाई चाँड़ै उठाइलैजानुहुने थियो।”"}]},{"id":33,"title":"अय्यूब 33","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/33-37045295b8a4894eea90a2c06dd93157.mp3?version_id=1483","verses":[{"id":1,"text":"“अब अय्यूब, मेरा वचन सुन्नुहोस्, र मैले भनेको हरेक कुरालाई ध्यान दिएर सुन्नुहोस्।"},{"id":2,"text":"हेर्नुहोस्, म जवाफ दिनलाई तयार छु, शब्दहरू मेरो मुखभरि आएका छन्।"},{"id":3,"text":"म सोझो हृदयसित बोल्दैछु, म जे जान्दछु मेरो मुखले ईमानदारसित बोल्दछ।"},{"id":4,"text":"किनभने परमेश्वरका आत्माले मलाई सृजनुभयो,\nर सर्वशक्तिमान्को सासले मलाई जीवन दिन्छ।"},{"id":5,"text":"तपाईं सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्, आफ्ना तर्कहरू थुपारेर मेरो सामना गर्नुहोस्।"},{"id":6,"text":"परमेश्वरको दृष्टिमा म तपाईंजस्तै छु, म पनि माटोबाट बनाइएको हुँ।"},{"id":7,"text":"मेरो डरले तपाईंलाई त्रस्त नपारोस्, न त मेरा हात तपाईंमाथि गह्रौं होस्।"},{"id":8,"text":"“तपाईंले आफ्नो भन्ने कुरा भन्नुभयो,\nर मैले तपाईंको कुरा ध्यानसित सुनें,"},{"id":9,"text":"तपाईंले भन्नुभयो, ‘म निर्दोष र बेकसूर, निरपराध र दोषरहित छु।"},{"id":10,"text":"तापनि मेरो दोष परमेश्वरले भेट्टाउनुभएको छ, उहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ।"},{"id":11,"text":"उहाँले मेरो खुट्टामा ठिँगुरा ठोकिदिनुभएको छ, अनि मैले गरेका सबै काम उहाँले नियालेर हेर्नुहुन्छ’। "},{"id":12,"text":"तर हेर्नुहोस्, तपाईं गलत हुनुहुन्छ, मानिसभन्दा परमेश्वर महान् हुनुहुन्छ।"},{"id":13,"text":"परमेश्वरले मानिसको उजूरको जवाफ दिनुहुन्न भनेर, तपाईं किन परमेश्वरलाई दोष लाउनुहुन्छ?"},{"id":14,"text":"निश्चय, परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ, यद्यपि मानिसले त्यो सुन्न सक्दैन।"},{"id":15,"text":"सपनाहरूमा, रातका दर्शनहरूमा, \n जब मानिसहरू मस्त निद्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्ना ओछ्यानमा सुतेका हुन्छन्,"},{"id":16,"text":"तब परमेश्वर तिनीहरूको कानमा बोल्नुहोला,\nर उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्छ।"},{"id":17,"text":"मानिसलाई त्यसको लापरवाही चालबाट सुधार्नलाई त्यसको अहङ्कार रोक्नलाई"},{"id":18,"text":"मृत-लोकबाट त्यसको प्राण बचाउनलाई\nर तरवारबाट त्यसको जीवन नाश हुनलाई रोक्नुहुन्छ।"},{"id":19,"text":"अथवा फेरि, त्यसका हड्डी-हड्डीमा निरन्तर पीडा पाएर, कष्टको शय्यामा मानिसले शिक्षा पाउँछ।"},{"id":20,"text":"यसरी आफ्नो खानेकुरादेखि त्यसले अति घृणाले आफ्नो मुख फर्काउँछ,\nर मीठोभन्दा पनि मीठो भोजन त्यसलाई अरुचि लाग्छ।"},{"id":21,"text":"त्यसको शरीरको मासु लत्रक्क झर्छ, पहिले लुकिएका त्यसका हड्डीहरू बाहिर देखिन्छन्।"},{"id":22,"text":"त्यसको प्राण मृत-लोकको नजिकै पुग्छ, त्यसको जीवन मृत्युका दूतहरूकहाँ पुग्छ।"},{"id":23,"text":"“तर पनि यदि हजारौँमा एक स्वर्गदूत, परमेश्वर र मानिसको बीच एक मध्यस्थ, मानिसलाई त्यसको कर्तव्य सम्झाउनलाई त्यसको छेउमा खड़ा भयो भने,"},{"id":24,"text":"यदि मानिसको पक्षमा बोलेर त्यसले यसो भन्यो भने, ‘त्यसलाई छोड़िदेऊ, त्यसलाई मृत-लोकमा जान नदेऊ, त्यसलाई छुटाउने दाम मसित छ’।"},{"id":25,"text":"तब त्यो मानिसको मासु बालकको जस्तै नयाँ हुनेछ, त्यो मस्त जवानीको बेलाको जस्तै पुनर्निर्मित हुनेछ।"},{"id":26,"text":"त्यसले प्रार्थना गर्दा परमेश्वरले त्यसलाई जवाफ दिनुहुनेछ, त्यसले परमेश्वरको मुहार देख्नेछ र आनन्दले कराउने छ, परमेश्वरले त्यसको धार्मिक अवस्था पुन: स्थापन गर्नुहुनेछ।"},{"id":27,"text":"अनि त्यो मानिसहरूकहाँ आई भन्नेछ, ‘मैले पाप गरेको छु, मैले ठीक कुरालाई बिगारेको छु, मैले पाउनु पर्ने पाईनँ।"},{"id":28,"text":"उहाँले मेरो आत्मालाई मृत्युमा पर्नदेखि जोगाउनुभयो,\nर ज्योति उपभोग गर्न म अझै जीवित रहनेछु,’"},{"id":29,"text":"“परमेश्वर यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— दुई पल्ट, तीन पल्ट पनि—"},{"id":30,"text":"मृत-लोकबाट त्यसको प्राण फर्काउन यसरी जीवनको ज्योति त्यसमाथि चम्कोस्।"},{"id":31,"text":"“सुन्नुहोस् अय्यूब, मेरो कुरा ध्यानसित सुन्नुहोस्, चूप लागी बस्नुहोस्, र म बोल्नेछु।"},{"id":32,"text":"यदि तपाईंको बहस गर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस्, बोल्नुहोस्, र म तपाईंको सफाइ चाहन्छु।"},{"id":33,"text":"तर बहस गर्न तपाईंको कुरा छैन भने मेरो कुरा सुन्नुहोस्, चूप लागी बस्नुहोस्, र तपाईंलाई बुद्धिको कुरा सिकाउनेछु।”"}]},{"id":34,"title":"अय्यूब 34","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/34-0c12a4d99187e374b6f96eb6c7d75245.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब एलीहूले भने:"},{"id":2,"text":"“हे बुद्धिमान् मानिस हो, मेरो कुरा ध्यानसित सुन्नुहोस्, हे धेरै ज्ञान पाएका मानिस हो, मेरो कुरामा कान थाप्नुहोस्।"},{"id":3,"text":"किनकि जस्तो जिब्रोले भोजनको स्वाद लिन्छ, \n त्यसरी नै शब्दहरूलाई कानले जाँच गर्छ।"},{"id":4,"text":"यसैले जे कुरो ठीक छ, सो हामी आफै जाँच गरौं\nर कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं।"},{"id":5,"text":"“अय्यूब भन्नुहुन्छ, ‘म निर्दोष छु, तर परमेश्वरले मेरो न्याय नै गरिदिनुभएको छैन।"},{"id":6,"text":"म सत्य भएता पनि मलाई झूटा साबित गर्नुभयो, म निर्दोष छु तापनि उहाँको काँड़ले निको नहुने चोट पुर्याएको छ’।"},{"id":7,"text":"गिल्लालाई पानी झैँ पिउने अय्यूबजस्तै के कुनै मानिस छ र?"},{"id":8,"text":"जो खराब सङ्गत छान्छ, उसले दुष्ट मानिसहरूलाई आफ्ना साथी बनाउँछ।"},{"id":9,"text":"किनभने तिनी भन्छन्, ‘परमेश्वरको निगाह प्राप्त गर्नमा, मानिसलाई केही फाइदा छैन,’"},{"id":10,"text":"यसर्थ हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्नुहोस्, परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न,\nर सर्वशक्तिमान्ले कहिल्यै छल गर्नुहुन्न।"},{"id":11,"text":"किनभने उहाँले ता मानिसलाई त्यसको कामअनुसारको प्रतिफल दिनुहुन्छ, \n त्यसको चरित्रअनुसारको फल त्यसलाई दिनुहुन्छ।"},{"id":12,"text":"साँचो कुरो ता यो हो कि परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, सर्वशक्तिमान्ले न्याय बिगार्नुहुन्न।"},{"id":13,"text":"कसले पृथ्वी उहाँको जिम्मामा दियो, कसले उहाँलाई सारा संसारमाथि अधिकार दियो?"},{"id":14,"text":"यदि यी उहाँका विचार थिए\nर जीवन दिने उहाँको आत्मा र सास फर्काइलानुभयो भने,"},{"id":15,"text":"क्षणभरमा नै सबै जीवित प्राणीहरू नष्ट हुनेछन्,\nर मानिस फेरि माटामा नै फर्किजानेछ।"},{"id":16,"text":"“यसैले अय्यूब, यदि तपाईंको बुद्धि छ भने, यस कुरालाई विचार गर्नुहोस्, मैले बोलेका कुरालाई ध्यानसित सुन्नुहोस्।"},{"id":17,"text":"न्यायलाई घृणा गर्नेले शासन थाम्न सक्छ र? के अति असल शासन चलाउनुहुने यस्ता सर्वाधिकारीलाई तपाईं तुच्छ ठान्नुहुन्छ?"},{"id":18,"text":"के उहाँ नै हुनुहुन्न र? जसले राजालाई ‘निकम्मा’ भन्नुहुनेछ,\nर तिनका भारदारहरूलाई तिनीहरूका मुखकै सामुन्ने ‘तिमीहरू दुष्ट’ भन्नुहुन्छ?"},{"id":19,"text":"जसले राजकुमारहरूको पक्ष लिनुहुन्न, जसले धनी र गरीब दुवैलाई समान दृष्टिले हेर्नुहुन्छ। तिनीहरू सबै परमेश्वरले सृष्टि गर्नुभएका प्राणी हुन्,"},{"id":20,"text":"तिनीहरू क्षणभरमा नै, मध्यरातमा मरिजान सक्छन्। उहाँले छुनुभएपछि मानिसहरू फेरि जीवित रहँदैनन्। कसैको हात नपरे तापनि शक्तिशालीहरू लोप भइहाल्छन्।"},{"id":21,"text":"“उहाँको दृष्टि मानिसहरूको चालमाथि रहेको हुन्छ,\nर तिनीहरू हिँड़ेको हरेक कदमलाई उहाँले देख्नुहुन्छ।"},{"id":22,"text":"कुनै यस्तो अँध्यारो, घोर अँध्यारो स्थान छैन, जहाँ दुष्टहरू उहाँदेखि लुक्न सक्छन्।"},{"id":23,"text":"परमेश्वरको सामुन्ने न्यायको लागि आउनलाई, मानिसलाई जाँचिरहनुपर्ने आवश्यकता छैन।"},{"id":24,"text":"उहाँले सोधपूछविना नै शक्तिशालीहरूलाई नाश गर्नुहुन्छ,\nर तिनीहरूका सट्टामा अरूहरूलाई बसाल्नुहुन्छ।"},{"id":25,"text":"किनकि तिनीहरूले गरेका सबै काम उहाँ जान्नुहुन्छ, उहाँले तिनीहरूलाई राती पल्टाइदिनुहुन्छ,\nर तिनीहरू धूलोपीठो हुन्छन्।"},{"id":26,"text":"तिनीहरूका अपराधहरूका कारण उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ, जहाँ सबैले तिनीहरूलाई देख्न सक्छन्।"},{"id":27,"text":"किनभने तिनीहरूले उहाँको आज्ञा पालन गर्न छोड़े,\nर उहाँका मार्गहरूको वास्ता गरेनन्।"},{"id":28,"text":"गरीबहरूको रोदन उहाँको कानमा पुग्ने तिनीहरूले तुल्याए, यसरी आवश्यकतामा भएकाहरूको दुहाई उहाँले सुन्नुभयो।"},{"id":29,"text":"तर यदि उहाँ चूप लाग्नुभयो भने कसले उहाँलाई दोष दिन सक्छ? यदि उहाँले आफ्नो अनुहार लुकाउनुभयो भने कसले उहाँलाई देख्न सक्छ? तापनि उहाँ मानिस र राष्ट्र दुवैमाथि हुनुहुन्छ,"},{"id":30,"text":"ईश्वरहीन मानिसलाई शासक बन्नबाट र मानिस जातिको लागि पासो थाप्नबाट रोक्नलाई।"},{"id":31,"text":"“सम्झनुहोस् कुनै मानिसले परमेश्वरलाई यसो भन्यो भने, ‘म दोषी छु, म अझै दुष्ट काम गर्नेछैनँ।"},{"id":32,"text":"मैले देख्न नसकेका कुरा मलाई सिकाउनुहोस्, मैले जतिसुकै अपराध गरे तापनि अब म फेरि अपराध गर्नेछैनँ’।"},{"id":33,"text":"के परमेश्वरले तपाईंका शर्तअनुसार तपाईंलाई पुरस्कार दिनुपर्छ र, जब कि तपाईं पश्चात्ताप गर्न इन्कार गर्नुहुन्छ? यो त तपाईंले निर्णय गर्नुपर्छ मैले होइन, यसकारण तपाईं के जान्नुहुन्छ मलाई भन्नुहोस्।"},{"id":34,"text":"“असल बुद्धि भएकाहरूले घोषणा गर्छन्, कुनै पनि बुद्धिमान् श्रोताले यसो भनेर मलाई बताउँछन्,"},{"id":35,"text":"‘अय्यूब त बुद्धिविनाको कुरा गर्छन्,\nर तिनले भनेका कुराको केही मतलब हुँदैन’।"},{"id":36,"text":"दुष्टले झैँ दिएका जवाफहरूका निम्ति यदि अय्यूबलाई सकेसम्म जाँच गर्न सकिए त!"},{"id":37,"text":"तिनी आफ्ना पापका विद्रोह थप्छन्, तिनले ता हामी सबैको बीचमा हेलासाथ ताली बजाउँछन्,\nर परमेश्वरको विरोधका कुरा गर्छन्।”"}]},{"id":35,"title":"अय्यूब 35","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/35-cf85b778a2931c7ad09046d15dd20dbc.mp3?version_id=1483","verses":[{"id":1,"text":"एलीहूले भने:"},{"id":2,"text":"“अय्यूब के यो न्यायसंगत छ? ‘परमेश्वरले मलाई सफाइ दिनुहुन्छ?’— भनी तपाईं भन्नुहुन्छ!"},{"id":3,"text":"तापनि तपाईं उहाँलाई सोध्नुहुन्छ, यसबाट मलाई के लाभ,\nर पाप नगरेर मलाई के फाइदा हुन्छ?"},{"id":4,"text":"“तपाईं र तपाईंका तीन जना मित्रहरूका विरुद्धमा म आफै बहस गर्नेछु।"},{"id":5,"text":"माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस्, तपाईंको मास्तिरको बादललाई नियालेर हेर्नुहोस्।"},{"id":6,"text":"तपाईंले पाप गर्नुभएको भए त्यसले \n उहाँलाई कसरी असर पार्छ? तपाईंका अधर्म जतिसुकै भए तापनि त्यसले उहाँलाई के हुने हो त?"},{"id":7,"text":"तपाईं धर्मी हुनुभयो भने तपाईंले उहाँलाई के दिनुहुन्छ? अथवा तपाईंबाट उहाँलाई के लाभ हुन्छ र?"},{"id":8,"text":"तपाईंका दुष्टताले ता तपाईंजस्तै मानिसलाई मात्र छुन्छ। तपाईंको धार्मिकताले ता मानिसका सन्तानलाई मात्र प्रभाव पार्छ।"},{"id":9,"text":"“अत्याचारको भारमा परेर मानिसहरू कराउनेछन्,\nर ठूलाहरूको शक्तिको विरुद्धमा सहायताको निम्ति पुकारा गर्नेछन्।"},{"id":10,"text":"तर तिनीहरूमध्येका कसैले पनि यसो भनेर सोध्दैनन्, ‘मलाई बनाउनु हुने मेरा सृष्टिकर्ता कहाँ हुनुहुन्छ?— जसले राती गीतहरू दिनुहुन्छ,"},{"id":11,"text":"जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढ़ी सिकाउनुहुन्छ,\nर आकाशका चराहरूलाई भन्दा हामीलाई अझ बुद्धिमान् तुल्याउनुहुन्छ?’"},{"id":12,"text":"मानिसहरूले पुकारा गर्दा उहाँ जवाफ दिनुहुन्न, किनभने तिनीहरू अहङ्कारी छन्।"},{"id":13,"text":"साँच्चै नै परमेश्वरले ती खोक्रा बिन्तीलाई सुन्नुहुन्न, सर्वशक्तिमान्ले त्यसमाथि ध्यानै दिनुहुन्न।"},{"id":14,"text":"“जब तपाईं भन्नुहुन्छ, म उहाँलाई देख्दिनँ, उहाँले तपाईंको बिन्ती कति कम सुन्नुहोला, जब तपाईंको मुद्दा उहाँको अघि छ\nर तपाईंले उहाँको बाटो हेर्नुपर्छ।"},{"id":15,"text":"परमेश्वरको रीसले दण्ड दिँदैन,\nर दुष्टतामाथि उहाँले कुनै ध्यान दिनुहुन्न।"},{"id":16,"text":"यसरी अय्यूबले फोस्रा कुरा गर्नुहुन्छ,\nर ज्ञानविनाका शब्दहरू मात्र थुपार्नुहुन्छ।”"}]},{"id":36,"title":"अय्यूब 36","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/36-0cf17eb23f761f3ab0da21795fb53f44.mp3?version_id=1483","verses":[{"id":1,"text":"एलीहूले फेरि भन्न लागे: "},{"id":2,"text":"“एक छिन धैर्य धारण गर्नुहोस्,\nर परमेश्वरको तर्फमा मैले अझै भन्नुपरेको छ भनी म देखाउनेछु।"},{"id":3,"text":"म मेरो ज्ञान टाढ़ाबाट प्राप्त गर्छु, न्यायको लागि म मेरा सृष्टिकर्तालाई आदर दिन्छु।"},{"id":4,"text":"निश्चित हुनुहोस्, मैले गरेको विचारमा केही असत्य छैन। ज्ञानमा सिद्ध एक जना तपाईंसित हुनुहुन्छ।"},{"id":5,"text":"“परमेश्वर शक्तिमान् हुनुहुन्छ, तर उहाँले कसैलाई घृणा गर्नुहुन्न, उहाँ आफ्नो सङ्कल्पमा शक्तिशाली र दृढ़ हुनुहुन्छ।"},{"id":6,"text":"उहाँ दुष्टहरूलाई जीवित राख्नुहुन्न,\nर गरीबहरूको उचित न्याय गर्नुहुन्छ।"},{"id":7,"text":"उहाँले धार्मिकहरूबाट आफ्नो दृष्टि हटाउनुहुन्न, उहाँले तिनीहरूलाई राजासित बसाल्नुहुन्छ,\nर सधैँको लागि तिनीहरूलाई उचाल्नुहुन्छ"},{"id":8,"text":"तर तिनीहरूलाई साङ्गलाले बाँधिएका, दु:ख-कष्टका साङ्गलाले बाँधिए भने,"},{"id":9,"text":"उहाँ तिनीहरूलाई तिनीहरूले के गरे अर्थात् तिनीहरूले हठपूर्ण पाप गरे भनी भन्नुहुन्छ,"},{"id":10,"text":"उहाँको चेताउनी तिनीहरूका कानमा गुञ्जिरहन्छ,\nर तिनीहरूका दुष्ट चालहरूबाट फर्कनलाई तिनीहरूलाई आज्ञा गर्नुहुन्छ।"},{"id":11,"text":"यदि तिनीहरूले उहाँको कुरा सुने भने, तिनीहरूले आफ्ना बाँकी दिन उन्नतिमा\nर आफ्ना वर्ष सुख-शान्तिमा बिताउनेछन्।"},{"id":12,"text":"तर तिनीहरूले उहाँका कुरा सुनेनन् भने, केही थाहै नपाई तिनीहरू तरवारद्वारा मर्छन्।"},{"id":13,"text":"ईश्वरहीन मानिसहरू रिसाई नै रहन्छन्, परमेश्वरबाट दण्ड पाउँदा पनि, तिनीहरू सहायताको लागि उहाँको पुकारा गर्दैनन्।"},{"id":14,"text":"मन्दिरका पुरुष वेश्याका बीचमा तिनीहरू आफ्ना जवानीपन मै मर्छन्।"},{"id":15,"text":"तर दु:ख पाउनेहरूलाई उहाँले दु:खबाट छुटाउनुहुन्छ, तिनीहरूका दु:खमा उहाँ तिनीहरूसित बोल्नुहुन्छ।"},{"id":16,"text":"“परमेश्वरले तपाईंलाई कष्टबाट निकालेर सुरक्षित स्थानमा, असल खानेकुरा प्रशस्त भएको स्थानमा राख्नलाई फकाउनुहुन्छ।"},{"id":17,"text":"तर अब ता तपाईं दुष्टताको कारण आफूले पाउनुपर्ने दण्ड भोग्दैहुनुहुन्छ। इन्साफ र न्यायले तपाईंलाई समातेका छन्।"},{"id":18,"text":"होशियार हुनुहोस्, कसैले तपाईंलाई धनले नलोभ्याओस्, घूसले तपाईंलाई नभर्माओस्,"},{"id":19,"text":"के तपाईंको सम्पत्ति अथवा तपाईंका सबै शक्तिशाली कोशिशले पनि, तपाईंलाई संकष्टबाट बचाइरहन सक्छ?"},{"id":20,"text":"मानिसहरूलाई तिनीहरूका घरबाट घिस्स्याउनलाई रात परोस् भनी तपाईं इच्छा नगर्नुहोस्।"},{"id":21,"text":"दुष्ट कामतिर नफर्कनुहोस्, जसलाई तपाईं दु:खको सट्टामा रुचाउनुहुन्छ।"},{"id":22,"text":"“परमेश्वर त हामीभन्दा अति उच्च महिमामा रहनुहुन्छ, उहाँजस्तो शिक्षक को छ र?"},{"id":23,"text":"कसले उहाँलाई उहाँको मार्ग तोकिदिएको छ, अथवा तपाईंले त गल्ती पो गर्नुभएको छ, भनी कसले उहाँलाई भनेको छ?"},{"id":24,"text":"मानिसहरूले भजनद्वारा उहाँको कार्यको प्रशंसा गरेझैँ, तपाईंले पनि उहाँको कामको प्रशंसा गाउन नभुल्नुहोस्।"},{"id":25,"text":"सबै मानिस-जातिले, यसलाई देखेका छन्, मानिसहरूले टाढ़ैबाट यसलाई हेर्छन्।"},{"id":26,"text":"परमेश्वर कत्ति महान् हुनुहुन्छ त्यो हाम्रो समझभन्दा टाढ़ो छ, अथवा उहाँका वर्षहरू हाम्रो खोजीभन्दा पर छ।"},{"id":27,"text":"“उहाँले समुद्रबाट पानीको थोपा खिँच्नुहुन्छ,\nर आफूले बनाउनुभएको मेघबाट झरी बर्साउनुहन्छ।"},{"id":28,"text":"वृष्टिको मेघले मुसलधारा पानी बर्साउँछ, मानिस-जातिमाथि ती झरी भएर झर्छन्।"},{"id":29,"text":"आकाशमा फैलिएको उड़िरहने बादल\nर आफ्नो वासस्थानबाट गर्जन पठाउनुहुने रहस्य कुन मानिसले जान्दछ र?"},{"id":30,"text":"उहाँले कसरी आकाशका चारैतिर बिजुली पठाउनुहुन्छ,\nर समुद्रका गहिराइहरूचाहिँ अँध्यारो नै रहन्छन्।"},{"id":31,"text":"यसरी उहाँले जाति-जातिहरूको पोषण गर्नुहुन्छ,\nर तिनीहरूलाई प्रशस्त गरी खानेकुरा दिनुहुन्छ।"},{"id":32,"text":"उहाँले बिजुली-वाणलाई आफ्नो हातमा लिनुहुन्छ,\nर सीधै निशानामा प्रहार गर्न अह्राउनुहुन्छ।"},{"id":33,"text":"उहाँको गर्जनले आउँदो आँधीबेहरीको सूचना दिन्छ, गाईबस्तुले पनि त्यसको आगमनको ज्ञान दिन्छ।”"}]},{"id":37,"title":"अय्यूब 37","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/37-d1af8fc7a978145cf92ce4c356b5226c.mp3?version_id=1483","verses":[{"id":1,"text":"“आँधीबेहरीले गर्दा पनि मेरो मुटु साह्रै ढुकढुक गर्दछ, त्यसले आफ्नो ठाउँ नै छोड्दछ।"},{"id":2,"text":"सुन्नुहोस्, परमेश्वरको आवाजलाई सुन्नुहोस्,\nर उहाँको मुखबाट निस्कने गर्जनलाई सुन्नुहोस्।"},{"id":3,"text":"उहाँले आकाशको वारपार र पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म बिजुली पठाउनुहुन्छ।"},{"id":4,"text":"त्यसपछि उहाँको गर्जनको आवाज सुनिन्छ, उहाँ आफ्नो महामहिमाको सोरले गर्जनुहुन्छ, जब उहाँ गर्जनुहुन्छ, उहाँले केही कुरा रोक्नुहुन्न।"},{"id":5,"text":"परमेश्वरको आवाज अचम्म तरिकाले गुञ्जन्छ, हाम्रा बुद्धिले नभियाउने महाकार्यहरू उहाँ गर्नुहुन्छ।"},{"id":6,"text":"उहाँले हिउँलाई भन्नुहुन्छ, ‘पृथ्वीमा झर्,’\nर वर्षालाई भन्नुहुन्छ, ‘मुसलधारे वृष्टि होऊ’। यसरी उहाँले सृष्टि गर्नुभएका उहाँका कार्यहरू मानिसहरूले जानून्।"},{"id":7,"text":"उहाँले मानिसको सबै परिश्रमलाई रोक्नुहुन्छ, यसरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभएको हो भनी सबै मानिसहरूले जान्न सक्छन्।"},{"id":8,"text":"“वन-पशुहरू आफ्ना ओड़ारतिर जान्छन्,\nर आफ्ना गुफाहरूमा शरण लिन्छन्।"},{"id":9,"text":"प्रचण्ड आँधी आफ्नो कोठाबाट फुटेर निस्कन्छ,\nर कड़ा बतासबाट जाड़ो आउँछ।"},{"id":10,"text":"परमेश्वरको सासले बरफ बनिन्छ,\nर बिस्तृत पानी जम्छ।"},{"id":11,"text":"उहाँले बादललाई बाफको भारी बोकाउनुहुन्छ,\nर उहाँले आफ्नो बिजुली तीद्वारा छरपष्ट पार्नुहुन्छ।"},{"id":12,"text":"“तिनीहरू सम्पूर्ण पृथ्वीमाथि उहाँको निर्देशनमा घुम्दै रहन्छ, उहाँले अह्राएका सबै काम गर्नलाई।"},{"id":13,"text":"परमेश्वरले पृथ्वीलाई भिजाउनलाई वृष्टि पठाउनुहुन्छ, मानिसहरूलाई दण्ड दिन अथवा आफ्नो निगाह देखाउन पनि, उहाँले त्यो पठाउनुहुन्छ।"},{"id":14,"text":"“अय्यूब यो कुरा सुन्नुहोस्। चूपचाप भएर परमेश्वरका उदेकका कामहरूलाई विचार गर्नुहोस्।"},{"id":15,"text":"परमेश्वरले बादलहरूका काम कसरी खटाइदिनुहुन्छ,\nर आफ्ना मेघहरूबाट कसरी बिजुली चम्काउनुहुन्छ, सो तपाईं जान्नुहुन्छ र?"},{"id":16,"text":"“बादलहरू कसरी माथि आकाशमण्डलमा झुण्डी रहन्छन्? यो त उहाँको अचम्मको काम हो, जो ज्ञानमा सिद्ध हुनुहुन्छ भनी के तपाईंलाई थाहा छ?"},{"id":17,"text":"दक्षिणको-बतासले भूमिलाई ग्रस्त पारेको समयमा, तपाईं केवल गर्मीले व्याकुल हुनुहुन्छ।"},{"id":18,"text":"के तपाईं आकाशमण्डललाई उहाँले झैँ पगालेर बनाएको धातुको ऐनाजस्तै कड़ा बनाउन सक्नुहुन्छ र?"},{"id":19,"text":"“उहाँलाई के भन्नुपर्ने हो तपाईं हामीलाई सिकाउनुहोस्, किनभने हाम्रो अन्धकारको कारण हामी सोच्नै सक्दैनौं।"},{"id":20,"text":"म के बोल्छु भनी उहाँलाई भन्नुपर्छ र? कुनै मानिसले आफू निलिएको चाहन्छ र?"},{"id":21,"text":"हावाले उड़ाएर सफा बनाएको, आकाशमा चम्कने सूर्यलाई कसैले हेर्न सक्दैन।"},{"id":22,"text":"उत्तर दिशाबाट उहाँ सुनौलो चमकमा आउनुहुन्छ, परमेश्वर प्रभावशाली महिमामा आउनुहुन्छ।"},{"id":23,"text":"तर सर्वशक्तिमान्लाई हामी भेट्टाउन सक्दैनौं। उहाँको शक्ति हाम्रो समझको बाहिर छ। उहाँको महान् धार्मिकता र न्यायमा उहाँले अत्याचार गर्नुहुन्न।"},{"id":24,"text":"यसैकारण मानिसहरू उहाँलाई आदर गर्छन्, के हृदयमा बुद्धिमान् हुनेहरूलाई उहाँ आदर गर्नुहुन्न र?”"}]},{"id":38,"title":"अय्यूब 38","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/38-13399584114666079991ff2892fddf2c.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुले अय्यूबलाई आँधीबेहरीबाट यसरी जवाफ दिनुभयो:"},{"id":2,"text":"“यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो सल्लाहलाई धमिल्याउन खोज्छ?"},{"id":3,"text":"तेरो कम्मर कसेर मर्दझैँ खड़ा हो, म तँलाई सवाल गर्छु, र तैंले मलाई जवाफ दे।"},{"id":4,"text":"पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्? तैंले बुझ्छस् भने मलाई बता।"},{"id":5,"text":"त्यसको नाप कसले ठहरायो? तैंले ता जान्नुपर्ने! कसले त्यसमा नापको डोरी टाँग्यो?"},{"id":6,"text":"त्यसलाई थाम्ने खम्बाहरू कहाँ अड़्याइएका छन्? त्यसको जगको ढुङ्गा कसले बसाल्यो?"},{"id":7,"text":"जब त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए,\nर स्वर्गदूतहरू रमाहटले कराए।"},{"id":8,"text":"समुद्र पृथ्वीको गर्भबाट फुटेर निस्कँदा \n त्यसलाई रोक्न कसले ढोकाहरू बन्द गर्यो?"},{"id":9,"text":"जब मैले त्यसलाई बादलको कम्बलले ढाकें,\nर बाक्लो कुइरोले त्यसलाई लपेटें।"},{"id":10,"text":"त्यसका ढोकाहरू र आग्लाहरू ठीक ठाउँमा राखेर, जब मैले त्यसका सिमाना ठहराएँ,"},{"id":11,"text":"र मैले भने, ‘यतिसम्म मात्र तँ आउन सक्छस्, अरू यता आउन सक्दैनस्, तेरा शक्तिशाली छालहरू यही नै रोकिनुपर्छ’।"},{"id":12,"text":"तेरो जीवनकालमा के तैंले कहिल्यै बिहानीलाई आज्ञा गरेको छस्? अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्?"},{"id":13,"text":"र यसले पृथ्वीको छेउ समातेर दुष्टहरूलाई त्यहाँबाट हटाउन त्यसलाई हल्लाओस्?"},{"id":14,"text":"माटोले टाँचाको मुन्तिर आकार लिएजस्तै पृथ्वीले आकार धारण गर्छ, त्यहाँका आकृति लुगाको जस्तै प्रष्ट देखिन्छन्।"},{"id":15,"text":"दुष्टहरूलाई प्रकाश दिइँदैन\nर तिनीहरूका उठाइएका हात भाँचिन्छन्।"},{"id":16,"text":"के तँ समुद्रको मूलहरूसम्म झरेको छस्? अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्?"},{"id":17,"text":"के मृत्युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्? के तैंले अँध्यारो ठाउँका ढोकाहरूलाई कहिल्यै देखेको छस्?"},{"id":18,"text":"के तैंले पृथ्वीको विस्तृत फैलावटलाई बुझेको छस्? यी सबै तैंले जानेको भए मलाई बता।"},{"id":19,"text":"ज्योतिको मुहान कता छ?\nर अन्धकार कहाँ वास बस्छ?"},{"id":20,"text":"के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्छस्?\nर तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?"},{"id":21,"text":"नि:सन्देह तैंले यी सबै कुरा जान्दछस् होला, किनकि तँ जन्मिसकेको थिइस्! तँ कति धेरै वर्ष बाँचिसकिस्!"},{"id":22,"text":"“के तँ हिउँको भण्डारमा पुगेको छस्? अथवा असिना थुपारेको स्थान तैंले देखेको छस्?"},{"id":23,"text":"जो मैले विपत्तिको दिन, युद्ध र लड़ाइँको घड़ीको निम्ति जोगाएर राखेको छु।"},{"id":24,"text":"कुन बाटोहरूदेखि बिजुली यताउता फैलिन्छ, अथवा पूर्वीय बतास पृथ्वीमा चारैतिर उड़ाइन्छ?"},{"id":25,"text":"महावृष्टिको लागि कसले नहर खनेको छ?\nर तूफानको निम्ति बाटो कसले तयार गरेको छ?"},{"id":26,"text":"निर्जन ठाउँमा उजाड़-स्थानलाई भिजाउनका निम्ति"},{"id":27,"text":"उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई\nर सुक्खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्यो?"},{"id":28,"text":"के वृष्टिको कुनै बुबा छ? शीतको थोपालाई जन्माउने बुबा को हो?"},{"id":29,"text":"कसको गर्भले हिउँलाई जन्मायो? आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?"},{"id":30,"text":"कहिले पानी ढुङ्गाजस्तै कड़ा बन्दछ, कहिले गहिरो महासागरको सतह जम्छ?"},{"id":31,"text":"“के तँ किरकिटी ताराहरूलाई बाँध्न सक्छस्? \n अथवा मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्?"},{"id":32,"text":"के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्न सक्छस्? अथवा सप्तर्षि-तारा र तिनका दललाई डोर्याउन सक्छस्?"},{"id":33,"text":"आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्? पृथ्वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्छस्?"},{"id":34,"text":"र आफूलाई पानीको भलले ढाक्न सक्छस्?"},{"id":35,"text":"के तैंले बिजुलीलाई तिनीहरूको मार्गमा पठाउँछस्? के तिनीहरूले ‘हामी यहाँ छौं’ भनी तँलाई भन्छन् र?"},{"id":36,"text":"कसले हृदयलाई बुद्धि दियो? अथवा मनलाई समझदारी दियो?"},{"id":37,"text":"को यस्तो बुद्धिमानी छ जसले मेघलाई गन्न सक्छ?\nर आकाशमा भएको पानीको भण्डारलाई रित्त्याउँछ?"},{"id":38,"text":"कहिले धूलो माटो कड़ा हुन्छ,\nर माटोको डल्ला एकसाथ टाँसेर बस्छ?"},{"id":39,"text":"“के सिंहनीको निम्ति तैंले शिकार खोजिदिन्छस्?\nर सिंहको भोकलाई तैंले तृप्त पार्न सक्छस्?"},{"id":40,"text":"जब तिनीहरू आफ्नो ओड़ारमा ढुकिबस्छन्, अथवा आफू लुकेको ठाउँमा पर्खिरहेका हुन्छन्?"},{"id":41,"text":"कागका बचेराहरूले खानेकुराको अभावमा परमेश्वरको पुकारा गर्दा, कसले कागलाई त्यसको आहार जुटाइदिन्छ?”"}]},{"id":39,"title":"अय्यूब 39","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/39-ab8c16b353d2071a09c0d792d19125f1.mp3?version_id=1483","verses":[{"id":1,"text":"“घोरल कहिले बियाउँछ, के तैंले जान्दछस्? हरिणीको प्रसववेदनामा के तैंले हेरचाह गरेको छस्?"},{"id":2,"text":"तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूका महिना गन्दछस् र? अथवा तिनीहरूको बियाउँने बेला तैंले जान्दछस्?"},{"id":3,"text":"जब तिनीहरू बियाउँनलाई निहुरिन्छन्,\nर तिनीहरूले आफ्ना पाठा बियाउँछन्, तिनीहरूको प्रसववेदना सकिन्छ।"},{"id":4,"text":"तिनीहरूको पाठो बढ्छ र खुला जङ्गलमा हुर्किन्छ, बाहिर निस्कन्छ र कहिल्यै फेरि आउँदैन।"},{"id":5,"text":"“कसले वन-गधालाई छोड़िदियो? कसले उसको डोरी फुकाइदियो?"},{"id":6,"text":"जसको वासस्थान मैले निर्जन स्थानमा बनाइदिएको छु, खारको जग्गामा त्यसको वासस्थान बनाइदिएको छु।"},{"id":7,"text":"सहरको होहल्लामाथि त्यो हाँस्छ,\nर हप्काउनेको आवाजको वास्ता गर्दैन।"},{"id":8,"text":"त्यसले डाँड़ाहरूमा आफ्नो चरन बनाउँछ,\nर सबै हरिया घाँसहरू खोज्दछ।"},{"id":9,"text":"“के जङ्गली साँढ़ेले तेरो सेवा गर्न मान्छ? के त्यसले तेरो गोठमा रात बिताउँछ र?"},{"id":10,"text":"के तैंले त्यसलाई जुवामा नारेर खेतमा जोत्न सक्छस्? के त्यसले तेरा पछिल्तिरका उपत्यकालाई जोत्छ?"},{"id":11,"text":"के त्यसको महान् बलमाथि तैंले भरोसा गर्न सक्छस्? के तेरा ठूला कामहरू त्यसको भरमा छोड्न सक्छस्?"},{"id":12,"text":"खलाबाट तेरो अन्न ढुकुटीमा ल्याउनलाई त्यो फर्किआउँछ भनी के तैंले त्यसमाथि भरोसा गर्न सक्छस्?"},{"id":13,"text":"“शुतुरमुर्गका पखेटा हर्षोल्लासाथ चल्छ, तर सारसको प्वाँख र पखेटासित तिनीहरूको तुलना गर्न सकिँदैन।"},{"id":14,"text":"त्यसले आफ्ना फूलहरू बालुवाले तातो पारिदेओस् भनी भूइँमा नै छोड़िराख्छ।"},{"id":15,"text":"खुट्टाले ती कुल्चिदिन्छ, अथवा वन-पशुले कुल्चन्छ भनी, त्यसले केही वास्तै गर्दैन।"},{"id":16,"text":"आफ्नो परिश्रम खेर गएको वास्ता नगरी बच्चाहरूलाई आफ्नो होइनजस्तै गरी त्यसले निर्दयी व्यवहार गर्छ।"},{"id":17,"text":"किनभने परमेश्वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ,\nर त्यसलाई अज्ञान अवस्थामा नै छोड़िदिनुभएको छ,"},{"id":18,"text":"तर पनि जब त्यो कुद्नका लागि पखेटा फिँजाउँछ। तब त्यसले घोड़ा र त्यसको सवारलाई हाँसोमा उड़ाइदिन्छ।"},{"id":19,"text":"“के तैंले घोड़ालाई त्यसको बल दिन्छस्? अथवा त्यसको घिच्रोलाई जगरले पहिर्याउँछस्?"},{"id":20,"text":"के तैंले त्यसलाई सलहझैँ उफ्रन लाउँछस्, जब त्यसको चर्को हिनहिनाइले डर फैलाउँछ?"},{"id":21,"text":"त्यसले आफ्नो टाप बजाउँदै र नाच्दै आफ्नो जोश देखाउँछ, त्यो आफ्नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्छ।"},{"id":22,"text":"त्यसले डरलाई तुच्छ ठान्छ, र भय के हो जान्दैन,\nर तरवारको सामु त्यो झुक्दैन।"},{"id":23,"text":"काँड़को ठोकर त्यसको छेउमा धर्ररर बज्छ र त्यहाँ भाला र तरवार चम्कन्छन्।"},{"id":24,"text":"उन्मत जोशसित त्यो कुदेर अगि बढ्छ, तुरही फुकेको आवाज बज्दा त्यो स्थिर बस्नसक्दैन।"},{"id":25,"text":"तुरही बजेको सुनेर त्यसले भन्छ, ‘आहा!’\nर टाढ़ैबाट त्यसले सेनापतिको आवाज\nर लड़ाइँको ध्वनि थाहा पाउँछ?"},{"id":26,"text":"“के बाजलाई त्यसको पखेटा चलाउन\nर दक्षिण दिशातिर त्यसका पखेटा फैलाउन तेरो बुद्धिले सिकाएको हो?"},{"id":27,"text":"के गिद्धलाई माथि-माथि उड्न\nर आफ्नो गुँड़ अल्गो ठाउँमा बनाउन तैंले सिकाउँछस्?"},{"id":28,"text":"त्यो पहरामा वास गर्छ, र राती त्यही नै रहन्छ। त्यसको किल्ला भिरालो पहरा हो।"},{"id":29,"text":"टाढ़ा-टाढ़ा राम्ररी नियाली त्यहीँबाट त्यसले आफ्ना आहार खोज्दछ।"},{"id":30,"text":"त्यसका बचेराहरू रगत पिउँछन्, \n जहाँ लाश हुन्छ त्यहाँ त्यो अवश्य हुन्छ।”"}]},{"id":40,"title":"अय्यूब 40","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/40-bc781e7bc011c0e1241004360799e67e.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि परमप्रभुले अय्यूबलाई भन्नुभयो:"},{"id":2,"text":"“सर्वशक्तिमान्सँग वाद-विवाद गर्नेले उहाँलाई सच्याउन सक्छ र? परमेश्वरलाई दोष दिनेले उहाँलाई उत्तर देओस्।”"},{"id":3,"text":"तब अय्यूबले परमप्रभुलाई यसो भनेर जवाफ दिए:"},{"id":4,"text":"“म जाबोले तपाईंलाई के जवाफ दिन सक्छु र? म मेरो हात मेरो मुखमा राख्दछु।"},{"id":5,"text":"मैले एक पल्ट बोलिहालें, तर मसँग जवाफ छैनँ, मैले दुई पल्ट बोलें, तर अब अरू बोल्ने छैन।”"},{"id":6,"text":"तब परमप्रभुले आँधीबेहरीबाट अय्यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो:"},{"id":7,"text":"“कम्मर कस्, र मर्दझैँ खड़ा हो, म तँलाई प्रश्नहरू सोध्नेछु,\nर तैंले तिनको जवाफ दे।"},{"id":8,"text":"“म धर्मी छु भन्ने कुरालाई के तँ अस्वीकार गर्न साहस गर्दछस्?\nर तँ आफू ठीक हुनलाई मलाई गलत सम्झन्छस्?"},{"id":9,"text":"के तेरो पाखुरा परमेश्वरको पाखुराजस्तै छ? के उहाँको सोरजस्तै तँ गर्जन सक्छस्?"},{"id":10,"text":"यदि सक्छस् भने, महिमा र मर्यादाले तैंले आफूलाई आभूषित गर्, रवाफ र गौरवले आफैलाई सिङ्गार।"},{"id":11,"text":"तेरो रीसको झोँक पोखा, अहङ्कारी मानिसलाई हेरेर त्यसलाई विनम्र तुल्या।"},{"id":12,"text":"हरेक अहङ्कारी मानिसलाई हेरेर त्यसलाई होच्या, तिनीहरू खड़ा भएकै ठाउँमा दुष्ट मानिसहरूलाई कुल्चिदे।"},{"id":13,"text":"तिनीहरूलाई एकै साथ धूलोमा लुका,\nर तिनीहरूलाई चिहानमा कात्रोसहित गाड़िदे।"},{"id":14,"text":"तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ भनी, म पनि स्वीकार गर्नेछु।"},{"id":15,"text":"“मैले तँसँगै बनाएको बहेमोथलाई\n विचार गर्, जसले गाईबस्तुहरूले झैँ घाँस निल्छ।"},{"id":16,"text":"त्यसको कम्मर कस्तो बलियो हुन्छ! त्यसको पेटको मांसपेशीमा कस्तो शक्ति हुन्छ!"},{"id":17,"text":"त्यसको पुच्छर देवदारुको रूखझैँ कड़ा हुन्छ, त्यसका तिघ्राका नसाहरू खूब कसिएका हुन्छन्।"},{"id":18,"text":"त्यसका हड्डीहरू काँसाका नलीहरूजस्तै हुन्छन्,\nर त्यसका हात-खुट्टाहरू फलामका आग्लाजस्तै हुन्छन्।"},{"id":19,"text":"परमेश्वरको कार्यहरूमा त्यो सबैभन्दा मुख्य छ, यद्यपि त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजिक जान सक्छन्।"},{"id":20,"text":"डाँड़ाहरूले आफ्ना उत्पादन त्यसकहाँ ल्याउँछन्\nर सबै जङ्गली जनावरहरू त्यसका वरिपरि खेल्छन्।"},{"id":21,"text":"त्यो कमलको बोटमुनि बस्छ, काँसघारी र सिमसारहरूमा त्यो लुकिरहन्छ।"},{"id":22,"text":"कमलले त्यसलाई आफ्ना छायामुनि लुकाइराख्छ, खोलाका लहरे-पीपलहरूले त्यसलाई घेरिराख्छन्।"},{"id":23,"text":"नदी उर्लेर आयो भने पनि त्यो डराउँदैन, समुद्रमा भल बढ़ेर आयो भने पनि त्यो लमतन्न पस्रिरहन्छ।"},{"id":24,"text":"के कुनै मानिसले त्यसका आँखाद्वारा त्यसलाई पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?”"}]},{"id":41,"title":"अय्यूब 41","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/41-1f6a59c7dc8a4ce2fcfa3dd4ef71cb22.mp3?version_id=1483","verses":[{"id":1,"text":"के तैंले बल्छीले लिव्यातन्लाई\n तान्न सक्छस्? अथवा त्यसको जिब्रोमा पासोको डोरी लगाउन सक्छस्?"},{"id":2,"text":"के तैंले त्यसको नाक छेड़ेर डोरी लगाउन सक्छस्? अथवा त्यसको च्यापु बल्छीले छेड्न सक्छ?"},{"id":3,"text":"के दयाको लागि त्यसले तँसित बिन्ती गर्छ? अथवा आफ्नो निम्ति त्यसले तँसित नम्र सोरमा भिक्षा माग्छ?"},{"id":4,"text":"तेरो जीवनभरि नै तेरो कमारा हुनलाई के त्यसले तँसित बाचा बाँध्छ र?"},{"id":5,"text":"चरालाई पालेकोझैँ के तँ त्यसलाई पाल्न सक्छस्? अथवा तेरा कमारीहरूका निम्ति त्यसलाई डोरीले बाँधेर राख्न सक्छस्?"},{"id":6,"text":"के व्यापारीहरूले त्यसको निम्ति भाउ कसाकस गर्छन् र? अथवा व्यापारीहरूले त्यसलाई भाग-भाग गर्छन् र?"},{"id":7,"text":"के तैंले त्यसको छालामा भालाले अथवा त्यसको टाउकोलाई माछा मार्ने भालाले रोप्न सक्छस्?"},{"id":8,"text":"यदि तैंले आफ्नो हात त्यसको विरुद्धमा उठाइस् भने, त्यससित लड़ाइँ गर्दा भोग्नुपर्ने कठिनाइहरू तैंले सम्झिनेछस् र फेरि कहिल्यै त्यसो गर्ने छैनस्?"},{"id":9,"text":"त्यसलाई अधीनमा ल्याउने आशा झूट हो, त्यसको हेराइले मात्र पनि हताश पार्छ,"},{"id":10,"text":"त्यसलाई जगाउन सक्ने कोही पनि त्यो भन्दा भयानक छैन, उसो भए मेरो सामु उभिन सक्ने को छ त?"},{"id":11,"text":"मैले तिर्नु पर्छ भन्ने मेरो विरुद्धमा कसको दाबी छ? स्वर्गमुनिका सबै थोक मेरा नै हुन्।"},{"id":12,"text":"“त्यसका अङ्गहरू, त्यसको बल, र त्यसको आकारको सौन्दर्यको विषयमा भन्न म चुक्नेछैन।"},{"id":13,"text":"त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ? अथवा लगाम लिएर को नजिक जान सक्ला?"},{"id":14,"text":"कसले त्यसको मुखका ढोकाहरू उघार्न साहस गर्ला? किनभने त्यसका दाँतका लहरहरू डरलाग्दा हुन्छन्।"},{"id":15,"text":"दर्शन-ढुङ्गाको पर्खालले घेरिएको जस्तै ढालका लहर टम्म जोड़ेर राखेको जस्तै त्यसको ढाड़ हुन्छ।"},{"id":16,"text":"त्यो एउटामाथि अर्को खापाखाप भएर रहेको हुन्छ\nर हावा पनि त्यसको बीचबाट छिर्न सक्दैन।"},{"id":17,"text":"ती एक-अर्कासँग यस्तो प्रकारले टाँसिएर बसेका हुन्छन् कि तिनीहरू कसै गरेर पनि छुट्टिन सक्दैनन्।"},{"id":18,"text":"त्यसले छिउँ काढ्दा ज्वाला निकाल्छ,\nर त्यसका आँखा सूर्योदयजस्तै चम्कन्छन्।"},{"id":19,"text":"त्यसको मुखबाट राँको र झिल्काहरू धाराजस्तै निस्कन्छन्।"},{"id":20,"text":"पूरा दाउराको आगोमाथि उम्लदै गरेको कराही राखेझैँ त्यसका नाकका प्वालबाट धूवाँ निस्कन्छ।"},{"id":21,"text":"त्यसको सासले झन् कोइलालाई बालिदिन्छ,\nर त्यसको मुखबाट आगोको ज्वाला चम्कन्छ।"},{"id":22,"text":"त्यसको घिच्रोमा बल भरिएको हुन्छ, आपद् त्यसको अघि-अघि जान्छ"},{"id":23,"text":"त्यसको मासु बटारिएको हुन्छ, केही कुराले थिचिए तापनि त्यो दबिदैन।"},{"id":24,"text":"त्यसको छाती ढुङ्गाजस्तै कड़ा हुन्छ, जाँतोको तल्लो पाटाझैँ त्यो दृढ़ हुन्छ।"},{"id":25,"text":"त्यो खड़ा हुँदा वीर मानिसहरू पनि डराउँछन्, त्यसको हमलामा तिनीहरू पछि हट्छन्।"},{"id":26,"text":"तरवार अथवा भाला, चुपी वा बर्छाले त्यसलाई घोच्यो भने पनि त्यसको केही असर हुँदैन।"},{"id":27,"text":"फलामलाई त त्यसले परालजस्तै ठान्छ, वा काँसा त्यसको निम्ति कुहेको काठझैँ हुन्छ।"},{"id":28,"text":"कुनै पनि काँड़ले त्यसलाई भगाउन सक्दैन, घुयेँत्रोको ढुङ्गा त्यसको लागि भुसजस्तै हुन्छ।"},{"id":29,"text":"मुङ्ग्रो त्यसको निम्ति निगालोजस्तो मात्र हुन्छ, बर्छा चलाउँदा ता त्यो हाँसिदिन्छ।"},{"id":30,"text":"त्यसका नङ्ग्रा तिखा-तिखा खपटाजस्तै छन्, त्यो हिँड्दा हिलोलाई दाउने दाँदेझैँ यताउता घोल्छ!"},{"id":31,"text":"त्यसले गहिरो पानीलाई कराहीको पानीजस्तै उमाल्छ,\nर भाँड़ामा मलहम घोलेझैँ त्यसले समुद्रलाई घोल्छ।"},{"id":32,"text":"त्यो हिँड्दा त्यसले आफूपछि झल्किने दाग छोड़िराख्छ, महानदीको सेतो केश भएजस्तै लाग्छ?"},{"id":33,"text":"पृथ्वीमा त्यसको बराबरी कोही छैन, किनभने त्यो ता डरविनाको प्राणी हो।"},{"id":34,"text":"त्यसले सबै हठीहरूलाई तुच्छ दृष्टिले हेर्छ, त्यो त सबै घमण्डीहरूको राजा हो।”"}]},{"id":42,"title":"अय्यूब 42","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOB/42-d20ba20e0b452941d48801a666ea0a44.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब अय्यूबले यसो भनेर परमप्रभुलाई जवाफ दिए:"},{"id":2,"text":"“तपाईं सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन।"},{"id":3,"text":"तपाईंले सोध्नुभयो, ‘ज्ञानैविना \n मेरा सल्लाहलाई कसले धमिलो बनाउँछ?’ निश्चय मैले त आफैले नजानेका महान् कामहरूका विषयमा कुरा गरेको छु, मैले जान्न नसक्ने साह्रै अचम्मका कुराहरू।"},{"id":4,"text":"“तपाईंले भन्नुभयो, ‘अब ध्यानसित सुन्, र म तँसँग बोल्नेछु, \n म तँलाई प्रश्न गर्छु,\nर तैंले मलाई उत्तर दिनेछस्।’"},{"id":5,"text":"मेरा कानहरूले तपाईंका बारेमा सुनेका मात्र थिए, तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्दछु।"},{"id":6,"text":"यसैकारण म आफूलाई तुच्छ ठान्छु, अनि धूलो र खरानीमा बसेर म पश्चात्ताप गर्दछु।”"},{"id":7,"text":"जब परमप्रभु अय्यूबसित बोलिसक्नुभयो तब उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्नुपर्ने ठीक कुरा भनेनौ। "},{"id":8,"text":"यसैले अब सात वटा साँढ़े र सात वटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढ़ाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तर्बिन्ती चढ़ाउनेछ। म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खताअनुसार तिमीहरूसित व्यवहार गर्नेछैन, किनभने अय्यूबले झैँ मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौं।” "},{"id":9,"text":"तब एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्ना मित्रहरूका निम्ति अय्यूबले अन्तर्बिन्ती गरिदिँदा परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो। "},{"id":10,"text":"यसरी अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अय्यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढ़ाइदिनुभयो। "},{"id":11,"text":"त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदी-बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे, र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाहरूका निम्ति तिनीहरूले तिनलाई समवेदना र सान्त्वना प्रकट गरे। अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए। "},{"id":12,"text":"त्यसबाहेक परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढ़ी आशिष् दिनुभयो। तिनका चौध हजार भेड़ा, छ हजार ऊँट, हजार हल गोरु र एक हजार गधा थिए। "},{"id":13,"text":"तिनका सात छोरा र तीन छोरी भए। "},{"id":14,"text":"तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे। "},{"id":15,"text":"सारा देशमा अय्यूबका छोरीहरू जत्तिकै सुन्दरी अरू कोही थिएनन् अनि तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइसरह पैतृक-अधिकारको हिस्सा दिए।"},{"id":16,"text":"त्यसपछि अय्यूब अरू एक सय चालीस वर्षसम्म बाँचे। तिनले आफ्ना छोराहरू, र चार पुस्ता र खनातिसम्म देखे। "},{"id":17,"text":"आखिरमा तिनी पूरा बुढ़ेसकालमा दीर्घायु भएर मरे।"}]}]}