-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
JOL.json
1 lines (1 loc) · 30.2 KB
/
JOL.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"योएलको अर्थ “यहोवे परमेश्वर हुनुहुन्छ”। पुरानो करारमा भएका अरू १२ व्यक्तिहरू (जसका नाम योएल नै थिए) मध्ये उनी होइन। योएल र प्रेरितको पुस्तक २:१६ मा बाहेक उनको वर्णन अरू ठाउँमा पाइँदैन। उनको परिवारको विषयमा पनि त्यति उल्लेख नभएको कारण योएलको बारे धेरै जानकारी पाउँन सकिएको छैन।"},{"id":2,"text":"योएलको पुस्तकको ऐतिहासिक घटनाका मितिका बारेमा कुनै संकेत पनि नभएकोले यस पुस्तक कहिले लेखियो र यो भविष्यवक्ताको सेवा कहिले भयो भन्नेबारे किटान गर्न सकिदैन।"},{"id":3,"text":"उनको भविष्यवाणीले “परमप्रभुको दिन” भन्ने कुरामा जोड दिएको थियो।"}]},{"id":1,"title":"योएल 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOL/1-54d3f5eb240c4ace572a7b11ea5e3d86.mp3?version_id=1483","verses":[{"id":1,"text":"पतुएलका छोरा योएलकहाँ आएको परमप्रभुको वचन।"},{"id":2,"text":"हे अग्रजहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्दा हो, ध्यानसित सुन। के तिमीहरूका दिनमा अथवा तिमीहरूका पिता-पुर्खाका दिनमा यस्तो कहिल्यै भएको थियो? "},{"id":3,"text":"तिमीहरूका छोराछोरीहरूलाई यो कुरा बताओ, र तिमीहरूका छोराछोरीहरूले उनीहरूका छोराछोरीहरूलाई बताऊन्, र उनीहरूका छोराछोरीहरूले आगामी पुस्तालाई बताऊन्। "},{"id":4,"text":"जे कुरो सलहहरूको बथानले छोड़े, ती ठूला-ठूला सलहले खाए। जे ठूला-ठूला सलहले छोड़ेका थिए, ती जवान सलहले खाइहाले। जे जवान सलहले छोड़ेका थिए, ती अरू सलहहरूले खाइहाले।"},{"id":5,"text":"हे मतवाला हो, जाग र रोओ। हे सबै दाखमद्य पिउने हो, नयाँ दाखमद्यको निम्ति विलाप गर, किनकि त्यो तिमीहरूका ओठैबाट खोसिएको छ। "},{"id":6,"text":"अनगन्ती संख्या भएको एउटा शक्तिशाली जातिले मेरो देशलाई आक्रमण गरेको छ। त्यसका दाँतहरू सिंहका दाँतहरूजस्तै छन्, र त्यसका दाह्रा सिंहनीका जस्तै छन्। "},{"id":7,"text":"त्यसले मेरा दाखका बोटहरू उजाड़ पारिदिएको छ, र मेरा नेभाराका बोटहरू सखापै पारिदिएको छ। त्यसले तिनका बोक्राहरू लाछेर नाङ्गो पारेर फालिदिएको छ। तिनका हाँगाहरू सेतै बनाइएको छ।"},{"id":8,"text":"आफ्नो तरुणी अवस्थाको पतिको निम्ति भाङ्ग्रा लगाएर विलाप गर्ने कन्ये-केटीले झैँ विलाप गर। "},{"id":9,"text":"परमप्रभुको भवनमा अन्नबलि र अर्घ-बलि चढ़ाउन बन्द भएका छन्। परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू विलाप गर्दछन्। "},{"id":10,"text":"खेतहरू उजाड़ पारिएका छन्। जमिन सुक्खा भएको छ, अन्न नष्ट भएको छ, नयाँ दाखमद्य सुकिहाल्यो, तेल पनि सुकिहाल्यो।"},{"id":11,"text":"हे किसान हो, निराश होओ। हे दाखबारी लाउनेहरू हो, विलाप गर। गहूँ र जौका निम्ति अफसोस गर, किनभने खेतको फसल नष्ट भएको छ। "},{"id":12,"text":"दाखको बोट ओइलायो, नेभाराको बोट सुक्यो। अनार, खजूर र स्याउको बोट, अर्थात् खेतका सबै रूखहरू ओइलाएका छन्। निश्चय नै मानिस-जातिका सन्तानको आनन्द सुकिगएको छ।"},{"id":13,"text":"हे पूजाहारी हो, भाङ्ग्रा लाएर शोक गर। हे वेदीका सेवक हो, विलाप गर। हे मेरा परमेश्वरका सेवक हो, भाङ्ग्रा लाएर रात बिताओ, किनकि तिमीहरूका परमेश्वरको भवनमा अन्नबलि र अर्घ-बलि रोकिएका छन्। "},{"id":14,"text":"पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा देशका सारा बासिन्दाहरू र धर्म-गुरुहरू भेला गराएर परमप्रभुको पुकारा गर। "},{"id":15,"text":"हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ। त्यो त सर्वशक्तिमान्को तर्फबाट सर्वनाशजस्तै आउनेछ। "},{"id":16,"text":"खानेकुरा के हाम्रा आँखाकै सामु नष्ट भएन र? आनन्द र हर्ष परमेश्वरको भवनमा बन्द गरिएको छैन र? "},{"id":17,"text":"बीउहरू माटोका डल्लामुनि चाउरिए, ढुकुटीहरू उजाड़ पारिए, अन्नका भण्डारहरू नष्ट भए, किनकि अन्न सुकिगएको छ। "},{"id":18,"text":"पशुहरूको बगाल कसरी विलाप गर्छन्। गाई-गोरुका बथानहरू विचलित भएका छन्, किनकि तिनीहरूका निम्ति खर्क छैन। भेड़ाका बगाल पनि कष्टमा परेका छन्।"},{"id":19,"text":"हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु, किनकि खुला खर्कहरू आगोले भस्म पारेको छ, र आगोका ज्वालाले वनका रूखहरूलाई जलाइदिएको छ। "},{"id":20,"text":"वनका पशुहरूले पनि तपाईंमा दुहाई दिन्छन्, किनभने पानीका खोलाहरू सुकिगए, र आगोले वनका खर्कलाई भस्म पारेको छ।"}]},{"id":2,"title":"योएल 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOL/2-e8bcedb74f30d616ff9e9359c822a8db.mp3?version_id=1483","verses":[{"id":1,"text":"सियोनमा तुरही फुक, मेरो पवित्र डाँड़ामा चेताउनी ध्वनि बजाओ। देशमा बस्नेहरू सबै थरथर कामून्, किनकि परमप्रभुको दिन आउँदैछ, त्यो नजिकै छ, "},{"id":2,"text":"अन्धकार र उदासी दिन, बादल र बाक्लो अँध्यारोले ढाकेको दिन। पर्वतहरूमा प्रभात फैलिएझैँ एक ठूलो र शक्तिशाली सेना आउँछ। त्यस्तो अघि कहिल्यै भएको थिएन, न त फेरि पुस्ता-पुस्तासम्म कहिल्यै हुनेछ।"},{"id":3,"text":"तिनीहरूका अगिअगि आगोले भस्म पार्छ र तिनीहरूका पछिपछि आगोको ज्वाला दन्कन्छ। तिनीहरूका सामुन्ने भूमि अदनको बगैँचाजस्तो छ, तिनीहरूका पछि उजाड़ मरुभूमिजस्तो छ। तिनीहरूदेखि केही पनि उम्कनेछैन। "},{"id":4,"text":"तिनीहरूको अनुहार घोड़ाहरूको जस्तै छ। तिनीहरू युद्धका घोड़चढ़ीहरूझैँ कुद्छन्। "},{"id":5,"text":"रथहरू कुदेको आवाजझैँ पहाड़का टाकुरामा ती कुद्छन्, झिँजामिजाहरूलाई भस्म गर्ने आगोका ज्वालाको आवाजझैँ, लड़ाइँको निम्ति पङ्क्ति बाँधेको बलियो सेनाझैँ।"},{"id":6,"text":"तिनीहरूलाई देख्दा जाति-जातिहरू शोकित हुन्छन्, हरेक अनुहार पहेँलो हुन्छ। "},{"id":7,"text":"तिनीहरूले वीर योद्धाहरूले झैँ आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरूझैँ पर्खाल चढ्छन्। तिनीहरू आफ्ना पङ्क्ति नबिगारीकन प्रत्येक एउटै पङ्क्तिमा हिँड्छन्। "},{"id":8,"text":"तिनीहरू एउटाले अर्कालाई धक्का दिँदै हिँड्दैनन्, प्रत्येक आफ्ना-आफ्नै पङ्क्तिमा सीधा अगि बढ्छन्। तिनीहरू आफ्ना पङ्क्ति नबिगारी शत्रुका रक्षकहरूभित्र पस्छन्। "},{"id":9,"text":"तिनीहरू सहरलाई आक्रमण गर्छन्, र पर्खालमाथि-माथि कुद्छन्। तिनीहरू घरका झ्यालहरूमा चोरहरूझैँ प्रवेश गर्छन्।"},{"id":10,"text":"पृथ्वी तिनीहरूका सामुन्ने काम्छ, आकाश थरथराउँछ। सूर्य र चन्द्र अँध्यारा हुन्छन् र ताराहरूले आफ्नो चमक दिँदैनन्। "},{"id":11,"text":"परमप्रभु आफ्नो सेनाको अगि गर्जनुहुन्छ। उहाँको फौज अनगन्ती छ, र उहाँको हुकुम पालन गर्नेहरू शक्तिशाली छन्। परमप्रभुको दिन महान् र साह्रै डरलाग्दो छ। त्यो कसले सहन सक्छ र? "},{"id":12,"text":"परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”"},{"id":13,"text":"आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ। "},{"id":14,"text":"कसले जान्दछ, कतै दु:खित भएर उहाँले आफ्नो मन बदली आशिष् दिनुहुन्छ— परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरूले चढ़ाउने अन्नबलि र अर्घ-बलिहरू।"},{"id":15,"text":"सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। "},{"id":16,"text":"मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट निस्कून्।"},{"id":17,"text":"परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्दिरको दलान र वेदीका बीचमा रोऊन्। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्नो प्रजालाई बाँकी राख्नुहोस्। आफ्नो उत्तराधिकारीलाई गिल्लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्द हुन नदिनुहोस्। ‘तिनीहरूका परमेश्वर कहाँ छन् त?’ भनी अन्यजातिहरूले किन भन्न पाऊन्?”"},{"id":18,"text":"तब परमप्रभु आफ्नो देशको निम्ति डाही हुनुहुनेछ र उहाँले आफ्नो प्रजालाई टिठ्याउनुहुनेछ। "},{"id":19,"text":"परमप्रभुले आफ्नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्पूर्ण तृप्त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्यै म तिमीहरूलाई गिल्लाको पात्र हुन दिनेछैनँ।"},{"id":20,"text":"“म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्यसको अगिल्लो पङ्क्तिलाई पूर्वको समुद्रमा र त्यसको पछिल्लो पङ्क्तिलाई चाहिँ पश्चिमको समुद्रमा हटाइदिनेछु, अनि त्यसको गन्ध, त्यसको सड़ेको दुर्गन्ध माथि उठ्नेछ।”निश्चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ। "},{"id":21,"text":"ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्। निश्चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ। "},{"id":22,"text":"ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्त फलहरू दिन्छन्।"},{"id":23,"text":"ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्त झरी ल्याइदिनुहुन्छ— शरद् र बसन्त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्छ। "},{"id":24,"text":"तब खलाहरू अन्नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्।"},{"id":25,"text":"“म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो। "},{"id":26,"text":"तिमीहरू अघाउञ्जेल प्रशस्त खान पाउनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। "},{"id":27,"text":"तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन।"},{"id":28,"text":"“त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। "},{"id":29,"text":"ती दिनमा मेरा सेवकहरू पुरुष र स्त्रीहरू दुवैमाथि म आफ्ना आत्मा खन्याउनेछु। "},{"id":30,"text":"आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत, आगो र धूवाँका मुस्लाहरू। "},{"id":31,"text":"परमप्रभुको त्यो महान् र भयङ्कर दिन आउनुभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। "},{"id":32,"text":"परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।” "}]},{"id":3,"title":"योएल 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JOL/3-a482068d633f935439789ddc2de0fcf1.mp3?version_id=1483","verses":[{"id":1,"text":"“ती दिनहरूमा र त्यसै बेला जब म यहूदा र यरूशलेमको सौभाग्य फर्काउनेछु, "},{"id":2,"text":"तब म सबै जाति-जातिहरूलाई भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा ल्याउनेछु। त्यहाँ मेरो प्रजा, अर्थात् मेरो निज उत्तराधिकारी इस्राएलको निम्ति, जसलाई उनीहरूले जाति-जातिहरूका बीचमा छरपष्ट पारे र मेरो देश भाग-भाग गरे— उनीहरूलाई म दण्ड दिनेछु। "},{"id":3,"text":"उनीहरूले मेरो प्रजामाथि चिट्ठा हाले, र वेश्यागमनको निम्ति केटा बिक्री गरे, र केटीलाई बेचेर दाखमद्य पिउने गरे।"},{"id":4,"text":"“अब ए टुरोस र सीदोन, र पलिश्तीका सबै क्षेत्रका मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के मैले गरेको कुनै कामको निम्ति तिमीहरू मलाई साटो लिँदछौ? यदि तिमीहरूले साटो लिइरहेका छौ भने, त्यो तिमीहरूकै थाप्लोमा म चाँड़ै खन्याइदिनेछु। "},{"id":5,"text":"किनकि मेरा सुन र चाँदी र सबै असल-असल चीजहरू तिमीहरूले आफ्ना मन्दिरहरूमा लगेका छौ। "},{"id":6,"text":"तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका घरबारदेखि टाढ़ा पठाउनलाई ग्रीकहरूका हातमा बेच्यौ।"},{"id":7,"text":"“हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँहरूबाट म तिनीहरूलाई निकाल्नेछु, र तिमीहरूले दिएको साटो म तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु। "},{"id":8,"text":"म तिमीहरूका छोराछोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु, र तिनीहरूले यिनीहरूलाई टाढ़ाको एक जाति, अर्थात् शबाका मानिसहरूलाई बेचिदिनेछन्।” परमप्रभुले भन्नुभएको छ।"},{"id":9,"text":"जाति-जातिहरूका बीचमा यो घोषणा गर: लड़ाइँको निम्ति तयार होओ, योद्धाहरूलाई सुनाओ। लड़ाइँ गर्ने सबै मानिसहरू नजिक आएर आक्रमण गरून्। "},{"id":10,"text":"तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्ने हँसियाहरू पिटेर भाला बनाओ। कमजोरीहरूले भनून्, “म बलियो छु।” "},{"id":11,"text":"हे चारैतिरका जाति-जाति हो, चाँड़ो आओ, र तिमीहरू त्यहाँ एकसाथ भेला होओ।हे परमप्रभु, तपाईंका शूरवीरहरूलाई तल ल्याउनुहोस्।"},{"id":12,"text":"जातिहरू सुरिऊन् र यहोशापातको बेँसीमा अगि बढून्, किनकि त्यहीँ नै म चारैतिरका जाति-जातिहरूको न्याय गर्नलाई बस्नेछु। "},{"id":13,"text":"हँसिया चलाओ, किनकि कटनीको समय भइसकेको छ। आओ, दाखहरू कुल्च, किनकि दाखको कोल भरिएको छ र पीपाहरू भरिएर पोखिँदैछन्। उनीहरूको दुष्टता ज्यादै भइसक्यो।” "},{"id":14,"text":"“फैसला गरिने बेँसीमा धुइरोको धुइरो छ, किनकि फैसला गरिने बेँसीमा परमप्रभुको दिन नजिक आएको छ। "},{"id":15,"text":"सूर्य र चन्द्र अँध्यारा हुनेछन् र ताराहरूले आफ्नो चमक दिनेछैनन्। "},{"id":16,"text":"परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट उहाँले आफ्नो उच्च सोर सुनाउनुहुनेछ। आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान, इस्राएलका मानिसहरूका निम्ति गढ़ हुनुहुनेछ। "},{"id":17,"text":"“तब पवित्र पर्वत सियोनमा वास गर्ने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ। यरूशलेम पवित्र हुनेछ, र कुनै विदेशीहरूले त्यसलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्।"},{"id":18,"text":"“त्यस दिन पहाड़हरूबाट नयाँ दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बग्न लाग्नेछ। यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ, र परमेश्वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको उपत्यकालाई भिजाउनेछ। "},{"id":19,"text":"तर यहूदाका मानिसहरूमाथि अत्याचार गरेका हुनाले, जहाँ उनीहरूले निर्दोष रगत बगाएका थिए, मिश्रदेश उजाड़ हुनेछ, र एदोमचाहिँ रूखो मरुभूमि हुनेछ। "},{"id":20,"text":"यहूदा सदासर्वदाको निम्ति र यरूशलेम पुस्तौँ-पुस्तौँसम्म मानिसहरूका वासस्थान हुनेछन्। "},{"id":21,"text":"तिनीहरूको रगतको दोष, जो मैले क्षमा गरेको छैनँ, सो म क्षमा गर्नेछु।”परमप्रभु सियोनमा वास गर्नुहुन्छ।"}]}]}