-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
JON.json
1 lines (1 loc) · 20.3 KB
/
JON.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"योनाको अर्थ “ढुकुर” हो। योना उत्तरी राज्य इस्राएलको राजा यारोबाम दोस्रा (२ राजा १४:२३-२५) को राज्यको समयमा जबूलून कुलको सहर गात-हेपर भन्ने ठाउँको बासिन्दा थियो। (२ राजा १४:२५)। उनी इस्राएलमा यारोबामको समयमा जीवित थिए। उनले भविष्यवाणीमा इस्राएलले यारोबामको नेतृत्वमा आफ्नो सिमानाको वृद्धि हुनेछ भनी परमेश्वरको वचनको घोषणा गरे। योना होशे र आमोसका पालाका भविष्यवक्ता थिए। यो भविष्यवाणी इस्राएल अश्शूरीहरूको दासत्वमा पर्नुभन्दा अघि (७२२ ई.पू.) र अश्शूरी राजधानी निनवे बेबिलोनको अधीनमा पर्नुभन्दा अघि (७१२ ई.पू.) को घोषणा भएको थियो।"},{"id":2,"text":"अध्याय १ मा योनालाई परमेश्वरको बोलावट र योनाको भनाई; अध्याय २ मा योनाको प्रार्थना; अध्याय ३ मा परमेश्वरको पुन: बोलावट र योनाको प्रचार; र अध्याय ४ मा दया (अनुग्रह) को विषयमा योनालाई परमेश्वरको शिक्षा यस पुस्तकका मुख्य खण्डहरू हुन्।"}]},{"id":1,"title":"योना 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JON/1-9355566b43d73af03b96a457daa31964.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो: "},{"id":2,"text":"“त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।”"},{"id":3,"text":"तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्पा सहर गए, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े।"},{"id":4,"text":"तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्लाजस्तै भयो। "},{"id":5,"text":"सबै नावीकहरू डराए, र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले।तर योनाचाहिँ जहाजको तल्लो तलामा गएका थिए, र त्यहाँ तिनी भुसुक्क निदाए। "},{"id":6,"text":"जहाजका कप्तान तिनीकहाँ आएर भने, “कसरी सुत्न सकेको! उठेर तिम्रा परमेश्वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।”"},{"id":7,"text":"तब नावीकहरूले आपसमा भन्न लागे, “आओ, यस आपत्तिको जिम्मावार को रहेछ, सो जान्नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्यो।"},{"id":8,"text":"तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत् ल्याउन को जिम्मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?”"},{"id":9,"text":"तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”"},{"id":10,"text":"यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्नेबाट भागेका रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो।)"},{"id":11,"text":"समुद्रका छालहरू झन्-झन् प्रचण्ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्ति शान्त होला?”"},{"id":12,"text":"तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु।”"},{"id":13,"text":"तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्-झन् खराब हुँदैगयो। "},{"id":14,"text":"यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, “बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस्, र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ।” "},{"id":15,"text":"तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्त भइहाल्यो। "},{"id":16,"text":"यो देखेर ती मानिसहरूले परमप्रभुको अत्यन्तै भय माने, र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए र उहाँमा भाकल गरे।"},{"id":17,"text":"तर योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे। "}]},{"id":2,"title":"योना 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JON/2-2c103bb3183f3ecef1b0e892e610b31b.mp3?version_id=1483","verses":[{"id":1,"text":"योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे।"},{"id":2,"text":"तिनले भने,\n“मैले आफ्नो सङ्कष्टमा परमप्रभुमा पुकारा गरें,\nर उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्ति मैले पुकारें,\nर तपाईंले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो।"},{"id":3,"text":"तपाईंले मलाई समुद्रको गहिराइभित्र, समुद्रको मुटुभित्रै फालिदिनुभयो,\nर प्रवाहहरू मेरा चारैतिर घुमे। तपाईंका सबै छालहरू र लहरहरूले मलाई डुबाए।"},{"id":4,"text":"मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु’।"},{"id":5,"text":"डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए।"},{"id":6,"text":"म त डाँड़ाहरूका फेदीसम्मै तल डुबें, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मेरो ज्यानलाई खाल्डोबाट उठाएर ल्याउनुभयो।"},{"id":7,"text":"“जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्झें,\nर मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्दिरभित्रै पुग्यो।"},{"id":8,"text":"“जस-जसले व्यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्चित हुन्छन्।"},{"id":9,"text":"तर म त धन्यवादको स्तुतिसहित तपाईंमा बलिदान चढ़ाउनेछु। मैले जे भाकल गरेको छु, सो म पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्छ।”"},{"id":10,"text":"तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई पाखामा उकेलिदियो।"}]},{"id":3,"title":"योना 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JON/3-f07bd440fed1aa0c0c43432ae99eb8e9.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब परमप्रभुको वचन दोस्रो पल्ट योनाकहाँ आयो: "},{"id":2,"text":"“त्यस ठूलो सहर निनवेमा जा, र म जे समाचार तँलाई दिन्छु, सो त्यहाँ घोषणा गर्।”"},{"id":3,"text":"योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्यन्तै प्रख्यात सहर थियो। त्यो हेर्नलाई तीन दिन लाग्दथ्यो। "},{"id":4,"text":"पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्ट हुनेछ” "},{"id":5,"text":"निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्ग्रा लगाए।"},{"id":6,"text":"जब त्यो खबर निनवेका राजाकहाँ पुग्यो, तब उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो राजपोशाक फुकाले र भाङ्ग्रा लगाएर खरानीमा बसे। "},{"id":7,"text":"तब उनले निनवेमा यसो भन्ने घोषणा गरे।“राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्। "},{"id":8,"text":"तर मानिस र पशुले भाङ्ग्रा लगाऊन्, र परमेश्वरमा पुकारा गरून्। तिनीहरू आफ्ना कुमार्गबाट फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्याग गरून्। "},{"id":9,"text":"कसले जान्दछ? परमेश्वरले मन नरम गर्नुहोला र दया गरेर आफ्नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्ट हुनेछैनौं।”"},{"id":10,"text":"तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्ना कुमार्गबाट फर्केर आए भन्ने परमेश्वरले देख्नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्कीअनुसार उहाँले गर्नुभएन।"}]},{"id":4,"title":"योना 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JON/4-a9bd4282cda2f4298bf15d0ca453d6da.mp3?version_id=1483","verses":[{"id":1,"text":"तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो। "},{"id":2,"text":"अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, म आफ्नो घरमा छँदै के मैले यही कुरा भनेको थिइनँ र? यसैकारणले त तर्शीशमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईं अनुग्रहकारी र करुणामय, रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त, र दु:ख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ भनी मैले जानेको थिएँ। "},{"id":3,"text":"अब हे परमेश्वर, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।” "},{"id":4,"text":"तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?”"},{"id":5,"text":"तब योना सहरबाट निस्केर त्यस सहरका पूर्वपट्टिको एउटा ठाउँमा गएर बसे। तिनले त्यहाँ एउटा छाप्रो बनाए, र त्यस सहरलाई के हुँदोरहेछ सो हेर्नलाई त्यसैको छायामा बसे। "},{"id":6,"text":"तब परमप्रभु परमेश्वरले एउटा लौका उमार्नुभयो, र योनाको शिरमा त्यो छाया होस् र तिनको दु:खहरण होस् भनेर त्यसलाई बढ़ाउनुभयो। यसैले लौकाको कारण योना अत्यन्तै खुशी भए। "},{"id":7,"text":"तर भोलिपल्ट बिहान उज्यालो हुँदा परमेश्वरले एउटा कीरालाई खटाउनुभयो, र त्यसले त्यस लौकालाई खाइदियो, र त्यो ओइलाइहाल्यो। "},{"id":8,"text":"सूर्य उदाएपछि परमेश्वरले पूर्वदेखि पोल्ने बतास चलाइदिनुभयो, यतिसम्म कि घाम टन्टलापुरसित योनाको टाउकोमा पर्यो र तिनी मूर्च्छा परे, र मर्ने इच्छा गरेर भने, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै असल छ।”"},{"id":9,"text":"तर परमेश्वरले योनालाई भन्नुभयो, “के लौकाको कारण रिसाउनु तेरो हक छ?”तिनले भने, “मेरो हक छ। म मरुञ्जेलसम्मै रिसाउँछु।”"},{"id":10,"text":"तर परमप्रभुले भन्नुभयो, “तैंले नस्याहारेको अथवा नउमारेको यस लौकाको लागि यति चिन्तित भइस्। एकै रातमा बढ़्यो, र एकै रातमा नष्ट पनि भयो। "},{"id":11,"text":"तर निनवे सहरमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्दैनन्, र त्यसमा धेरै गाईबस्तुहरू पनि छन्। के मैले त्यस ठूलो सहरको निम्ति फिक्री नगरूँ?”"}]}]}