-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
JUD.json
1 lines (1 loc) · 11.6 KB
/
JUD.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यहूदा येशू र याकूबका भाइ थिए। तिनी मत्ती १३:५५ र मर्कूस ६:३ मा उल्लेखित भएका छन्। येशूको मृत्युभन्दा पहिले उहाँका भाइहरूले उहाँ मुक्तिदाता र परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा पत्याएका थिएनन्। तिनीहरूले उहाँको होश ठेगानमा छैन भनेर सम्झेका थिए (मर्कूस ३:२०-२१; यूहन्ना ७:५)। येशूको पुनरुत्थान भएपछि मात्र तिनीहरूले विश्वास गर्न थाले।"},{"id":2,"text":"यो पत्र कुनै-कुनै ख्रीष्टियानहरूलाई लेखिएको हो, तर यी ख्रीष्टियानहरू कहाँका हुन् भन्ने कुरा थाहा छैन। ख्रीष्टियान मण्डली भित्र पसेका झूटा शिक्षाको विरोध गर्न यहूदाले यो पत्र लेखेका हुन्।"}]},{"id":1,"title":"यहूदा 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/JUD/1-614b64b7d6f8e07ebb7d81a2ef956024.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशू ख्रीष्टको दास, याकूबको भाइ यहूदाबाट— बोलाइएकाहरू, अर्थात् परमेश्वर पितामा प्रियहरू र येशूको निम्ति ख्रीष्टमा सुरक्षित राखिएकाहरूलाई:"},{"id":2,"text":"कृपा, शान्ति र प्रेम तिमीहरूमा प्रशस्त हुँदैजाओस्।"},{"id":3,"text":"प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठाने। "},{"id":4,"text":"किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन्।"},{"id":5,"text":"तिमीहरूले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरूमध्ये विश्वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो।"},{"id":6,"text":"आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई उहाँले पातालको अन्धकारमा न्यायको त्यस ठूलो दिनसम्म अनन्त बन्धनमा राख्नुभएको छ, "},{"id":7,"text":"जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू, जुनहरू व्यभिचार गरेर अस्वाभाविक कामवासनामा फसेका थिए, तिनीहरू अनन्त अग्निको दण्ड भोगेर उदाहरण बनेका छन्।"},{"id":8,"text":"त्यसै गरी सपना देख्ने यी मानिसहरूले आफ्ना शरीरलाई अशुद्ध तुल्याउँछन्, अधिकार इन्कार गर्छन् र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्। "},{"id":9,"text":"तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्काऊन्” भनेथे।"},{"id":10,"text":"तर आफूले नबुझेका कुराहरूको यिनीहरू ठट्टा गर्छन्, र निर्बुद्धि पशुहरूले झैँ प्राकृतिक ज्ञानले जान्ने कुराहरूद्वारा नै यिनीहरूको विनाश हुन्छ।"},{"id":11,"text":"तिनीहरूलाई धिक्कार छ! किनकि तिनीहरू कयिनको चालमा हिँड्छन्, लाभको खातिर बालामको भूलमा फस्दछन् र कोरहको विद्रोहमा जस्तै नष्ट हुन्छन्।"},{"id":12,"text":"तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन्। किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन्। तिनीहरू बतासले उड़ाइलैजाने पानीविनाको बादलसरह छन्, हिउँदका फलहीन वृक्षजस्ता, जो दुई पल्ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्छन्। "},{"id":13,"text":"तिनीहरू समुद्रका उर्लदा छालहरूजस्तै हुन्, जसले तिनीहरूका आफ्नै निर्लज्जताको फीँज उकेल्छन्। यी बत्तिएका दिशाहीन ताराहरूजस्ता छन्, जसका निम्ति पातालको अन्धकार अनन्तको लागि राखिएको छ।"},{"id":14,"text":"आदमदेखि सातौँ पुस्ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो,"},{"id":15,"text":"सबैको इन्साफ गर्न, सबै मानिसहरूलाई दण्ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्, र ती भक्तिहीन मानिसहरूलाई दण्ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्।” "},{"id":16,"text":"फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छाअनुसार हिँड्नेहरू, घमण्डी कुरा बोल्नेहरू र लाभको निम्ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्।"},{"id":17,"text":"तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्झ। "},{"id":18,"text":"तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्नै भक्तिहीन वासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्।”"},{"id":19,"text":"फूट ल्याउनेहरू, सांसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू यिनै हुन्।"},{"id":20,"text":"तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्मामा प्रार्थना गर। "},{"id":21,"text":"आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। "},{"id":22,"text":"दोधारमा हुनेहरूलाई दया देखाओ, "},{"id":23,"text":"अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्वभावद्वारा अपवित्र भएका वस्त्रसमेत घृणा गर।"},{"id":24,"text":"अब, जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, र जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ, "},{"id":25,"text":"उही एकमात्र परमेश्वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्। आमेन।"}]}]}