-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
LUK.json
1 lines (1 loc) · 373 KB
/
LUK.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"लूका औषधी गर्ने एक जना डाक्टर थिए (कलस्सी ४:१४), र पावल प्रेरितका घनिष्ठ सहयोगी पनि थिए। लूकाले यो सुसमाचार मात्र होइन तर “प्रेरितहरूका काम” भन्ने नयाँ करारको पुस्तक पनि लेखे (हेर्नोस् लूका १:१-४; प्रेरित १:१-२)। पावल प्रेरित प्रचार गर्नका निम्ति ग्रीस र टर्कीमा दोस्रो र तेस्रो पटक यात्रा गर्दा कुनै-कुनै ठाउँमा लूका पनि तिनीसँगसँगै गए (हेर्नोस् प्रेरित १६:१०; २०:६)। रोममा जाने पावलको अन्तिम समुद्र यात्रामा लूका पनि तिनको साथमा थिए (प्रेरित २७:१-२)। अनि रोममा पुगेर पावल कैदीको रूपमा थुनिएपछि, लूकाले तिनको सेवा गरे (२ तिमोथी ४:११)।"},{"id":2,"text":"त्यसकारण लूकाले ख्रीष्टियान धर्मको सुरुको विषयमा लेखेका मात्र होइनन् तर तिनी त्यसमा सहभागी पनि भएका थिए।"},{"id":3,"text":"मत्ती आफै यहूदी भएका हुनाले, आफ्नो सुसमाचार विशेष गरी यहूदीहरूका लागि लेखे। तर लूकाचाहिँ ग्रीक थिए, त्यसकारण तिनले आफ्नो सुसमाचार विशेष गरेर अन्य जातिहरूले सजिलोसँग बुझ्न सक्ने गरी लेखेका छन्।"},{"id":4,"text":"यो सुसमाचार लेख्दा, लूकासँग मर्कूसको सुसमाचारको एउटा प्रतिलिपि थियो। (मर्कूसको सुसमाचार पहिले नै लेखिएको सुसमाचार थियो।) यसैकारण लूकाले आफ्नो सुसमाचारमा मर्कूसको सुसमाचारमा लेखिएका धेरै कुरा दोहोर्याएका छन्।"},{"id":5,"text":"मर्कूसले लेखेका कुरा बाहेक, लूकाले अरू कुरा पनि लिएर आफ्नो सुसमाचार रचना गरे। यसमा मत्तीको सुसमाचारमा लेखिएका केही कुरा पनि समाबेश गरिएका छन्। अरू केही कुरा लूकाको सुसमाचारमा मात्रै पाइन्छ।"},{"id":6,"text":"मुख्य सम्झनुपर्ने कुरा यो हो कि लूका डाक्टर मात्र थिएनन्, तर पक्का इतिहासकार पनि थिए। यस सुसमाचार र “प्रेरितहरूका कामको पुस्तक” मा पनि लूकाले एकदम होशियारसँग बिस्तारमा धेरै साना-साना सत्य ऐतिहासिक कुराहरू लेखेका छन्। लूकाको लेखाइको यथार्थता अरू धेरै ऐतिहासिक किताबहरू र बैज्ञानिक अनुसन्धानबाट एकदम पुष्ट र प्रमाणित भएको छ। येशू ख्रीष्टको सुसमाचार कुनै एक जना मानिसले कल्पना गरेको कथा होइन। त्योचाहिँ पूरा तवरले एउटा सत्य र ऐतिहासिक कुरा हो।"},{"id":7,"text":"लूकाले आफ्नो सुसमाचार कुन सालमा लेखेका थिए भन्ने कुरा निश्चयसँग थाहा छैन। बाइबलका धेरै विद्वानहरू लूकाको सुसमाचार ईस्वी सम्बत् ६५-७० मा लेखिएको थियो भनेर विचार गर्छन्। अरूहरू त्यसभन्दा पछि लेखिएको हो भनी ठान्छन्।"}]},{"id":1,"title":"लूका 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/1-cf67272f3a6a8d84a8f55be80be632db.mp3?version_id=1483","verses":[{"id":1,"text":"हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्नो हातमा लिएका छन्। "},{"id":2,"text":"तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। "},{"id":3,"text":"माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्ति क्रमैअनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, "},{"id":4,"text":"ताकि तपाईंलाई बताइएका विषयहरूको सत्यता तपाईंलाई थाहा होस्।"},{"id":5,"text":"यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो। "},{"id":6,"text":"ती दुवै परमेश्वरको सामुन्ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्थे। "},{"id":7,"text":"तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्किसकेको थियो।"},{"id":8,"text":"जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, "},{"id":9,"text":"तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। "},{"id":10,"text":"धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो।"},{"id":11,"text":"परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। "},{"id":12,"text":"जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। "},{"id":13,"text":"तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू। "},{"id":14,"text":"तिमीलाई रमाहट र आनन्द हुनेछ, र धेरै जना तिनको जन्ममा रमाउनेछन्। "},{"id":15,"text":"किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। "},{"id":16,"text":"तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। "},{"id":17,"text":"बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्।” "},{"id":18,"text":"तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बूढ़ो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।”"},{"id":19,"text":"स्वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। "},{"id":20,"text":"जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्।”"},{"id":21,"text":"मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। "},{"id":22,"text":"तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे।"},{"id":23,"text":"तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। "},{"id":24,"text":"यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म लुकेर बसिन् र यसो भनिन्, "},{"id":25,"text":"“मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”"},{"id":26,"text":"छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। "},{"id":27,"text":"तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। "},{"id":28,"text":"स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।”"},{"id":29,"text":"तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। "},{"id":30,"text":"स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। "},{"id":31,"text":"अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। "},{"id":32,"text":"उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। "},{"id":33,"text":"उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”"},{"id":34,"text":"मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।”"},{"id":35,"text":"स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ। "},{"id":36,"text":"हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्। "},{"id":37,"text":"किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।” "},{"id":38,"text":"अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।"},{"id":39,"text":"ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्, "},{"id":40,"text":"र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्। "},{"id":41,"text":"जब एलीशिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्र्यो, र एलीशिबा पवित्र आत्माले भरिपूर्ण भइन्, "},{"id":42,"text":"र एलीशिबाले चर्को सोरले भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हो। "},{"id":43,"text":"ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्। "},{"id":44,"text":"किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्र्यो। "},{"id":45,"text":"तिनी धन्यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्।”"},{"id":46,"text":"अनि मरियमले भनिन्, \n “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,"},{"id":47,"text":"र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।"},{"id":48,"text":"किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, \n हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्।"},{"id":49,"text":"किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ।"},{"id":50,"text":"उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ।"},{"id":51,"text":"उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ।"},{"id":52,"text":"उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, \n र दीनहरूलाई उचाल्नुभएको छ।"},{"id":53,"text":"भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ।"},{"id":54,"text":"उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्राएललाई सहायता दिनुभएको छ,"},{"id":55,"text":"र हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ, \n अब्राहाम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनुभएको छ।”"},{"id":56,"text":"मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्नो घर फर्किन्।"},{"id":57,"text":"अब एलीशिबाको सुत्केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्माइन्। "},{"id":58,"text":"परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए।"},{"id":59,"text":"आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र त्यसको नाउँ त्यसका बाबुको नाउँजस्तै जकरिया राख्न लागेका थिए, "},{"id":60,"text":"तर त्यसकी आमाले भनिन्, “होइन, त्यसको नाउँ यूहन्ना राखिनेछ।”"},{"id":61,"text":"तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारमा यस्तो नाउँ भएको कोही छैन।”"},{"id":62,"text":"तब तिनीहरूले त्यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्न चाहन्छौ?” "},{"id":63,"text":"तिनले एउटा लेख्ने पाटी मगाएर “त्यसको नाउँ यूहन्ना हो” भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे। "},{"id":64,"text":"तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे। "},{"id":65,"text":"तिनीहरूका सबै छिमेकीमा डर छायो। यहूदियाको जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो। "},{"id":66,"text":"यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने। किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो।"},{"id":67,"text":"त्यसका बुबा जकरिया आत्माले भरिएर अगमवाणी बोल्न लागे,"},{"id":68,"text":"“इस्राएलका परमप्रभु, परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ!"},{"id":69,"text":"उहाँले हाम्रा निम्ति आफ्ना दास दाऊदको वंशमा एक शक्तिशाली मुक्तिदाता खड़ा गर्नुभएको छ,"},{"id":70,"text":"जसरी उहाँले प्राचीन कालदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभयो,"},{"id":71,"text":"कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामी उद्धार पाऔं—"},{"id":72,"text":"उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई, र आफ्नो पवित्र करार स्मरण गर्नलाई,"},{"id":73,"text":"जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो,"},{"id":74,"text":"कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त होऔं, र निर्भयतासाथ"},{"id":75,"text":"हाम्रा समस्त जीवनभरि पवित्रता र धार्मिकतामा उहाँको सामुन्ने उहाँको सेवा गर्न पाऔं।"},{"id":76,"text":"हे बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, \n किनकि तिमी प्रभुको अगिअगि उहाँको मार्ग तयार पार्न जानेछौ,"},{"id":77,"text":"उहाँको जातिलाई पाप-क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई,"},{"id":78,"text":"हाम्रा परमेश्वरका कोमल कृपाको कारणले, स्वर्गबाट बिहानको ज्योति हामीमाथि पर्नेछ,"},{"id":79,"text":"र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ, \nर हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याइनेछन्।”"},{"id":80,"text":"अनि बालक यूहन्ना बढ्दै र आत्मामा बलिया हुँदैगए, र इस्राएलीहरूकहाँ खुला रूपमा देखा नपरुञ्जेल तिनी उजाड-स्थानमा नै बसे।"}]},{"id":2,"title":"लूका 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/2-c66b30be1fc88ef89601118a94475a30.mp3?version_id=1483","verses":[{"id":1,"text":"ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। "},{"id":2,"text":"कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। "},{"id":3,"text":"सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए।"},{"id":4,"text":"योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए। "},{"id":5,"text":"नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। "},{"id":6,"text":"तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। "},{"id":7,"text":"तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन।"},{"id":8,"text":"त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। "},{"id":9,"text":"प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। "},{"id":10,"text":"तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। "},{"id":11,"text":"आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। "},{"id":12,"text":"तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”"},{"id":13,"text":"तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने,"},{"id":14,"text":"“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!”"},{"id":15,"text":"जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।”"},{"id":16,"text":"तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। "},{"id":17,"text":"जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। "},{"id":18,"text":"गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। "},{"id":19,"text":"तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। "},{"id":20,"text":"जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के।"},{"id":21,"text":"आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्वर्गदूतले दिएका थिए। "},{"id":22,"text":"मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरूशलेममा ल्याए, "},{"id":23,"text":"जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ, “पहिलो जन्मने हरेक जेठोचाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ।” "},{"id":24,"text":"अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्यवस्थामा भनेजस्तै तिनीहरू बलिदान चढ़ाउन आए।"},{"id":25,"text":"यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। "},{"id":26,"text":"“परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्नेछैनौ” भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। "},{"id":27,"text":"उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्ति व्यवस्थाअनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, "},{"id":28,"text":"तब उनले उहाँलाई आफ्नो काखमा लिए, र परमेश्वरलाई धन्यवाद दिएर भने,"},{"id":29,"text":"“अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईंले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्।"},{"id":30,"text":"किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्,"},{"id":31,"text":"जो तपाईंले सबै मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ,"},{"id":32,"text":"अन्यजातिहरूलाई प्रकाशको निम्ति ज्योति \n र तपाईंको जाति इस्राएललाई महिमाको निम्ति ज्योति।”"},{"id":33,"text":"अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे। "},{"id":34,"text":"शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, "},{"id":35,"text":"ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्। अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ।”"},{"id":36,"text":"आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्सँग बसेकी थिइन्। "},{"id":37,"text":"अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्। "},{"id":38,"text":"त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्।"},{"id":39,"text":"जब तिनीहरूले परमप्रभुको व्यवस्थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्नै सहर नासरतमा फर्के। "},{"id":40,"text":"बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदैजानुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो।"},{"id":41,"text":"उहाँका आमा-बुबा निस्तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे। "},{"id":42,"text":"जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो। "},{"id":43,"text":"चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्। "},{"id":44,"text":"उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे, "},{"id":45,"text":"तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के। "},{"id":46,"text":"तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनुभएको भेट्टाए। "},{"id":47,"text":"सुन्नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्क पर्दथे। "},{"id":48,"text":"उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।”"},{"id":49,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तपाईंहरूले मलाई किन खोज्नुभएको? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाहा थिएन?”</red>"},{"id":50,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्।"},{"id":51,"text":"तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन् "},{"id":52,"text":"अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो। "}]},{"id":3,"title":"लूका 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/3-cc2c46d71a0b05e3ea251fbc80042e2b.mp3?version_id=1483","verses":[{"id":1,"text":"कैसर तिबेरिअसका शासनकालको पन्ध्रौँ वर्षमा पन्तियस पिलातस यहूदियाका हाकिम थिए। त्यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए। "},{"id":2,"text":"हन्नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्वरको वचन उजाड-स्थानमा जकरियाका छोरा यूहन्नाकहाँ आयो। "},{"id":3,"text":"तिनी पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए। "},{"id":4,"text":"यशैया अगमवक्ताका वचनको पुस्तकमा यसो लेखिएको छ, \n“उजाड-स्थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ।"},{"id":5,"text":"हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्ठेरा बाटाहरू सम्म हुनेछन्,"},{"id":6,"text":"र सबै प्राणीले परमेश्वरको मुक्ति देख्नेछन्।”"},{"id":7,"text":"यसकारण तिनीसँग बप्तिस्मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेताउनी दियो? "},{"id":8,"text":"यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्नपछि नलाग, किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। "},{"id":9,"text":"अहिले बन्चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।” "},{"id":10,"text":"मानिसहरूले यूहन्नालाई सोधे, “त्यसो भए हामीले के गर्ने?”"},{"id":11,"text":"तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”"},{"id":12,"text":"कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्यू, हामीले के गर्ने?” "},{"id":13,"text":"तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्दा बेसी नलेओ।”"},{"id":14,"text":"सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?”तिनले उनीहरूलाई भने, “कसैमाथि अत्याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्ना तनखामा सन्तुष्ट रहो।”"},{"id":15,"text":"जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए, र सबै आफ्ना मनमा यूहन्नाको विषयमा शायद यिनी नै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए, "},{"id":16,"text":"तब यूहन्नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एक जना मभन्दा शक्तिशाली आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। "},{"id":17,"text":"निफन्ने नाङ्लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्ने आगोमा जलाउनुहुनेछ।” "},{"id":18,"text":"यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे।"},{"id":19,"text":"तर शासक हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्कर्मका निम्ति यूहन्नाले तिनलाई हप्काएका थिए। "},{"id":20,"text":"यूहन्नालाई झ्यालखानमा थुनेर तिनले ती सबै दुष्कर्महरूमाथि अझ एउटा दुष्कर्म थपे।"},{"id":21,"text":"जब सबै मानिसहरूले बप्तिस्मा लिए, अनि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्वर्ग उघ्रियो, "},{"id":22,"text":"र पवित्र आत्मा शारीरिक रूपमा ढुकुरजस्तो उहाँमाथि ओर्लनुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।” "},{"id":23,"text":"येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्थ्यो। मानिसहरू उहाँ योसेफका छोरा हुन् भन्ठान्थे।योसेफ एलीका छोरा थिए, "},{"id":24,"text":"एली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यान्नाका छोरा, यान्ना योसेफका छोरा, "},{"id":25,"text":"योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा, "},{"id":26,"text":"नग्गै माथका छोरा, माथ मत्ताथियास छोरा, मत्ताथियास सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा, "},{"id":27,"text":"योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा, "},{"id":28,"text":"नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एर्का छोरा, "},{"id":29,"text":"एर् यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा, "},{"id":30,"text":"लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्याकीमका छोरा, "},{"id":31,"text":"एल्याकीम मलेआका छोरा, मलेआ मिन्नाका छोरा, मिन्ना मत्ताथाका छोरा, मत्ताथाका नातानका छोरा, नातान दाऊदका छोरा, "},{"id":32,"text":"दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा, "},{"id":33,"text":"नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा, "},{"id":34,"text":"यहूदा याकूबका छोरा, याकूब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा, "},{"id":35,"text":"नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा, "},{"id":36,"text":"शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा, "},{"id":37,"text":"लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा, "},{"id":38,"text":"केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, आदम परमेश्वरका छोरा थिए।"}]},{"id":4,"title":"लूका 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/4-8314feb2d4de9240361ed7b49b810cb7.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशू पवित्र आत्माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्माले उहाँलाई उजाड-स्थानमा लैजानुभयो "},{"id":2,"text":"र चालीस दिनसम्म उजाड-स्थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानुभएन, र चालीस दिन समाप्त भएपछि उहाँ भोकाउनुभयो।"},{"id":3,"text":"तब दियाबलसले उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस्, र त्यो रोटी बनोस्।”"},{"id":4,"text":"येशूले त्यसलाई जवाफ दिनुभयो, <red>“लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।” </red>"},{"id":5,"text":"त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगत्का सबै राज्यहरू देखायो। "},{"id":6,"text":"दियाबलसले उहाँलाई भन्यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु। "},{"id":7,"text":"तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।”"},{"id":8,"text":"येशूले त्यसलाई जवाफ दिनुभयो, <red>“लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” </red>"},{"id":9,"text":"तब त्यसले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस्। "},{"id":10,"text":"किनभने लेखिएको छ, \n‘उहाँले तिम्रो रक्षा गर्न\nआफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’"},{"id":11,"text":"र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, \nनत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”"},{"id":12,"text":"येशूले त्यसलाई जवाफ दिनुभयो, <red>“यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।”</red>"},{"id":13,"text":"दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोड़ेर गयो।"},{"id":14,"text":"येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो। "},{"id":15,"text":"उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे।"},{"id":16,"text":"उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खड़ा हुनुभयो। "},{"id":17,"text":"उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो:"},{"id":18,"text":"<red>“परमप्रभुका आत्मा ममाथि छ,</red>\n<red>किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति</red>\n<red>उहाँले मलाई अभिषेक गर्नुभएको छ।</red>\n<red>कैदीहरूलाई छुटकाराको घोषणा गर्न,</red>\n<red>र अन्धाहरूलाई दृष्टि दिन,</red>\n<red>थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति,</red>"},{"id":19,"text":"<red>र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति</red>\n<red>उहाँले मलाई पठाउनुभएको छ।”</red>"},{"id":20,"text":"उहाँले पुस्तक बन्द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। "},{"id":21,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ।”</red>"},{"id":22,"text":"सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे, र तिनीहरूले भने, “यिनी योसेफका छोरा होइनन् र?”"},{"id":23,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“नि:सन्देह, तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। कफर्नहुममा तिमीले जे जति गर्यौ भनी हामीले सुनेका थियौं, ती यहाँ आफ्नो सहरमा पनि गर’।” </red>"},{"id":24,"text":"अनि उहाँले भन्नुभयो, <red>“साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन।</red>"},{"id":25,"text":"<red>तर वास्तवमा म तिमीहरूलाई भन्दछु, इस्राएलमा एलियाको समयमा धेरै विधवाहरू थिए, त्यस बेला जब साढ़े तीन वर्ष वृष्टि रोकियो, यहाँसम्म कि सारा देशमा ठूलो अनिकाल परेको थियो।</red>"},{"id":26,"text":"<red>तर एलिया सीदोन देशको सारपतमा भएकी एउटी विधवाकहाँ मात्र पठाइए, अरू कसैकहाँ पठाइएनन्।</red>"},{"id":27,"text":"<red>एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्।”</red>"},{"id":28,"text":"यी कुरा सुनेर सभाघरमा भएका सबै जना रीसले चूर भए। "},{"id":29,"text":"तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। "},{"id":30,"text":"तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्किजानुभयो।"},{"id":31,"text":"उहाँ गालीलको एउटा सहर कफर्नहुममा झर्नुभयो। शबाथ-दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। "},{"id":32,"text":"तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँको वचन अधिकारपूर्ण थियो। "},{"id":33,"text":"सभाघरमा अशुद्ध भूतात्मा लागेको एक जना मानिस थियो, र त्यो चर्को सोरले चिच्च्यायो, "},{"id":34,"text":"“हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”"},{"id":35,"text":"अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, <red>“चूप लाग्, र त्यसबाट निस्किजा।”</red> त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यसबाट निस्केर गयो।"},{"id":36,"text":"तब तिनीहरू सबै छक्क परे, र आपसमा यसो भने, “यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन्, र ती निस्किजान्छन्।” "},{"id":37,"text":"उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिँजियो।"},{"id":38,"text":"सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे। "},{"id":39,"text":"तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्यो, र तुरुन्तै उठेर तिनले उहाँहरूको सेवा गरिन्।"},{"id":40,"text":"अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो। "},{"id":41,"text":"धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे।"},{"id":42,"text":"बिहान उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँमा जानुभयो। भीड़हरू उहाँलाई खोज्दै उहाँकहाँ आइपुगे, र “हामीहरूलाई छोड़ेर नजानुहोस्” भनी उहाँलाई रोक्ने प्रयत्न गरे। "},{"id":43,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मैले परमेश्वरका राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनैपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” </red>"},{"id":44,"text":"अनि उहाँ यहूदियाका सभाघरहरूमा प्रचार गर्न लाग्नुभयो।"}]},{"id":5,"title":"लूका 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/5-8bc48e3616bfaaf3ab6ef012a049317a.mp3?version_id=1483","verses":[{"id":1,"text":"मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो। "},{"id":2,"text":"उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्ना जालहरू धोइरहेका थिए। "},{"id":3,"text":"ती दुईमध्ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्नुभयो।"},{"id":4,"text":"बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो, <red>“गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।”</red>"},{"id":5,"text":"तर सिमोनले भने, ‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।” "},{"id":6,"text":"अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे। "},{"id":7,"text":"तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्म कि डुङ्गाहरू डुब्न लागे।"},{"id":8,"text":"तब यो देखेर येशूको पाउमा घोप्टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।” "},{"id":9,"text":"यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्म माने। "},{"id":10,"text":"त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्ना पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए।येशूले सिमोनलाई भन्नुभयो, <red>“नडराऊ, अब उप्रान्त तिमीले मानिसहरूलाई पक्रनेछौ।”</red>"},{"id":11,"text":"अनि जब तिनीहरूले आफ्ना डुङ्गाहरू पाखामा ल्याए, तिनीहरूले सबै थोक त्यागे, र उहाँको पछि लागे।"},{"id":12,"text":"जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो, तब कुष्ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्टो परी बिन्ती गर्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।”"},{"id":13,"text":"उहाँले हात पसारेर <red>“म इच्छा गर्दछु, तिमी निको होइजाऊ”</red> भन्दै त्यसलाई छुनुभयो, र तुरुन्तै त्यसको कुष्ठरोग त्यसबाट हटिहाल्यो।"},{"id":14,"text":"उहाँले तिनलाई आदेश दिनुभयो, <red>“यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्ति भेटी चढ़ाऊ।”</red>"},{"id":15,"text":"तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्न र आफ्ना-आफ्ना रोगहरूबाट निको हुन जम्मा हुन्थे। "},{"id":16,"text":"तर येशूचाहिँ निर्जन स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।"},{"id":17,"text":"एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो। "},{"id":18,"text":"मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्याए, र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। "},{"id":19,"text":"तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्यसलाई खाटैसमेत येशूको सामुन्ने ओरालिदिए।"},{"id":20,"text":"अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, <red>“ए मानिस, तिम्रा पाप क्षमा भयो।”</red>"},{"id":21,"text":"तब शास्त्रीहरू र फरिसीहरूले प्रश्न गर्न लागे, “ईश्वर-निन्दा गर्ने यो को हो? पाप त परमेश्वरले मात्र क्षमा गर्न सक्नुहुन्छ।”"},{"id":22,"text":"तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, <red>“तिमीहरू आफ्ना हृदयमा किन प्रश्न गर्दछौ? </red>"},{"id":23,"text":"<red>‘तिम्रा पाप क्षमा भयो’ भन्नु कि ‘उठेर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ?</red>"},{"id":24,"text":"<red>तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान।</red> त्यसपछि उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, <red>“म तिमीलाई भन्दछु, उठ र आफ्नो खाट उठाएर घर जाऊ।”</red>"},{"id":25,"text":"अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो, र जुन खाटमा त्यो पड़िरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। "},{"id":26,"text":"तब सबै जना आश्चर्यमा परे, र तिनीहरूले परमेश्वरको महिमा गरे, र भयभीत भएर यसो भने, “आज हामीले अनौठा कुरा देख्यौं।”"},{"id":27,"text":"अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्नुभयो, र तिनलाई भन्नुभयो, <red>“मेरो पछि लाग।” </red>"},{"id":28,"text":"तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे।"},{"id":29,"text":"लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँहरूसँग भोजमा बसेका थिए। "},{"id":30,"text":"फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?” "},{"id":31,"text":"तर येशूले तिनीहरूलाई भन्नुभयो, <red>“निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र।</red>"},{"id":32,"text":"<red>म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।”</red>"},{"id":33,"text":"तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू बारम्बार उपवास बस्तछन् र प्रार्थना गर्दछन्। फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्छन् र पिउँछन्।”"},{"id":34,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“के दुलहा साथमा छउञ्जेल जन्तीहरूलाई उपवास बस्न लाउन सक्छौ?</red>"},{"id":35,"text":"<red>तर यस्ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्। तब तिनीहरू ती दिनमा उपवास बस्नेछन्।” </red>"},{"id":36,"text":"उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: <red>“कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्रता त्यसले नयाँलाई फटाउँछ, र नयाँ टालो पुरानोसँग मिल्दैन पनि।</red>"},{"id":37,"text":"<red>कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता नयाँ मद्यले छाला फाट्छ, र दाखमद्य पोखिन्छ, र मशक पनि नष्ट हुन्छ।</red>"},{"id":38,"text":"<red>नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्नुपर्दछ।</red>"},{"id":39,"text":"<red>कुनै मानिसले पुरानो दाखमद्य पिएर नयाँको चाह गर्दैन, किनकि त्यसले भन्छ, ‘पुरानै असल छ’।” </red>"}]},{"id":6,"title":"लूका 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/6-81daff84d56d817ad004e892ab6cd702.mp3?version_id=1483","verses":[{"id":1,"text":"शबाथ-दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदैहुनुहुन्थ्यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्दै खान लागे। "},{"id":2,"text":"तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ?”"},{"id":3,"text":"येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, <red>“के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे? </red>"},{"id":4,"text":"<red>कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।”</red>"},{"id":5,"text":"अनि उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मानिसको पुत्र शबाथको प्रभु हो।”</red>"},{"id":6,"text":"अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो। "},{"id":7,"text":"उहाँले शबाथमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको चेवामा थिए। "},{"id":8,"text":"तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्नुभयो, <red>“यहाँ आऊ र खड़ा होऊ।”</red> अनि त्यो उठ्यो, र खड़ा भयो।"},{"id":9,"text":"तब येशूले तिनीहरूलाई भन्नुभयो, <red>“म तिमीहरूलाई सोध्छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?”</red>"},{"id":10,"text":"अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, <red>“तिम्रो हात पसार।”</red> त्यसले त्यसै गर्यो, र त्यसको हात सद्दे भइहाल्यो। "},{"id":11,"text":"तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे।"},{"id":12,"text":"ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। "},{"id":13,"text":"बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो: "},{"id":14,"text":"सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्द्रियास, याकूब र यूहन्ना, फिलिप र बारथोलोमाइ, "},{"id":15,"text":"मत्ती र थोमा, अल्फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्थी भनिन्थे, "},{"id":16,"text":"याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती भए।"},{"id":17,"text":"उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्गामा खड़ा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठूलो भीड, र समस्त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड "},{"id":18,"text":"उहाँका वचन सुन्नलाई र आ-आफ्ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीडितहरू पनि निको भए। "},{"id":19,"text":"सारा भीड़ले उहाँलाई छुन खोज्दथियो, किनकि शक्ति उहाँबाट निस्किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो।"},{"id":20,"text":"तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो:\n<red>“धन्य तिमी, दीन हुनेहरू, </red>\n<red>किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। </red>"},{"id":21,"text":"<red>धन्य तिमी, अहिले भोकाउनेहरू,</red>\n<red>किनभने तिमीहरू तृप्त हुनेछौ। </red>\n<red>धन्य तिमी, अहिले रुनेहरू,</red>\n<red>किनभने तिमीहरू हाँस्नेछौ।</red>"},{"id":22,"text":"<red>धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्कार गर्नेछन्, र गिल्ला गर्नेछन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्।</red>"},{"id":23,"text":"<red>“त्यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे।</red>"},{"id":24,"text":"<red>“तर धिक्कार, तिमी धनीहरू!</red>\n<red>किनभने तिमीहरूले आफ्नो सुख-चैन पाइसकेका छौ।</red>"},{"id":25,"text":"<red>धिक्कार, तिमी अहिले तृप्त भएकाहरू!</red>\n<red>किनभने तिमीहरू भोकाउनेछौ।</red>\n<red>धिक्कार, तिमी अहिले हाँस्नेहरू!</red>\n<red>किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ।</red>"},{"id":26,"text":"<red>धिक्कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्!</red>\n<red>किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे।</red>"},{"id":27,"text":"<red>“तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,</red>"},{"id":28,"text":"<red>सराप्नेहरूलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।</red>"},{"id":29,"text":"<red>तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्टो खोस्नेलाई तिम्रो दौरा पनि लान देओ।</red>"},{"id":30,"text":"<red>तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग।</red>"},{"id":31,"text":"<red>जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर।</red>"},{"id":32,"text":"<red>“तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्।</red>"},{"id":33,"text":"<red>तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्यसै गर्दछन्।</red>"},{"id":34,"text":"<red>यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्।</red>"},{"id":35,"text":"<red>तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ।</red>"},{"id":36,"text":"<red>तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।</red>"},{"id":37,"text":"<red>“अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।</red>"},{"id":38,"text":"<red>देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”</red>"},{"id":39,"text":"अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: <red>“के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन् र?</red>"},{"id":40,"text":"<red>चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्ना गुरुजस्तै हुनेछ।</red>"},{"id":41,"text":"<red>“आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्तछौ, तर आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? </red>"},{"id":42,"text":"<red>तिमी आफ्नो आँखामा भएको मूढ़ा देख्दैनौ भने, आफ्नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ’ भनी तिमी कसरी भन्न सक्छौ? ए कपटी, पहिला आफ्नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्गै देख्न सक्छौ।</red>"},{"id":43,"text":"<red>“कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। </red>"},{"id":44,"text":"<red>हरेक रूख त्यसको फलैबाट चिनिन्छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्जीर बटुल्दैन, न त पोथ्राबाट अंगूर बटुल्दछ।</red>"},{"id":45,"text":"<red>असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, मानिसको मुखबाट त्यही निस्कन्छ। </red>"},{"id":46,"text":"<red>“मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ?</red>"},{"id":47,"text":"<red>जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउनेछु।</red>"},{"id":48,"text":"<red>त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। अनि जब भल चल्यो, र जलप्रवाह उर्लिआएर त्यस घरमा ठोकियो, तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो।</red>"},{"id":49,"text":"<red>तर जसले सुन्छ र पनि त्यसअनुसार गर्दैन, त्यो एक जना यस्तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो, र त्यस घरको ठूलो सर्वनाश भयो।”</red>"}]},{"id":7,"title":"लूका 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/7-629e3d84ced59282ba8424262e6c55e6.mp3?version_id=1483","verses":[{"id":1,"text":"आफ्ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो। "},{"id":2,"text":"कुनै एक जना कप्तानको एक जना प्यारो कमारो थियो, जो बिरामी भएर मर्नै लागेको थियो। "},{"id":3,"text":"जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस् भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्ती गर्न पठाए। "},{"id":4,"text":"तिनीहरू येशूकहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “तिनी तपाईंको यो कृपा पाउने योग्यका छन्, "},{"id":5,"text":"किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन्, र तिनले नै हाम्रो सभाघर बनाइदिएका हुन्।” "},{"id":6,"text":"येशू तिनीहरूसाथ जानुभयो।कप्तानको घरको नजिकै उहाँ हुनुहुँदा, कप्तानले तिनका मित्रहरूलाई उहाँकहाँ यसो भनी पठाए, “हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैनँ, "},{"id":7,"text":"मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ। "},{"id":8,"text":"किनकि म पनि अख्तियारमुनि बस्ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यो गर्’ भन्छु, अनि त्यसले गर्छ।”"},{"id":9,"text":"यो कुरा सुनेर येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्नुभयो, <red>“म तिमीहरूलाई भन्छु, मैले इस्राएलमा पनि यस्तो ठूलो विश्वास देखेको छैनँ।”</red>"},{"id":10,"text":"जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्यस कमारालाई निको भएको भेट्टाए।"},{"id":11,"text":"भोलिपल्ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए। "},{"id":12,"text":"जब उहाँ सहरको ढोका नजिक पुग्नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो। "},{"id":13,"text":"जब प्रभुले तिनलाई देख्नुभयो, तब तिनलाई टिठ्याएर भन्नुभयो, <red>“नरोऊ।”</red>"},{"id":14,"text":"अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्नेहरू टक्क अड़िए। उहाँले भन्नुभयो, <red>“ए युवक, म तिमीलाई भन्दछु, ‘उठ’।”</red>"},{"id":15,"text":"तब मृत मानिस उठेर बस्यो, र बोल्न लाग्यो। येशूले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।"},{"id":16,"text":"तब सबै भयभीत भए, र परमेश्वरको महिमा गरे, र भने, “एक जना महान् अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ।” "},{"id":17,"text":"उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्त जिल्लाहरूमा फिँजियो।"},{"id":18,"text":"यूहन्नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए। "},{"id":19,"text":"आफ्ना चेलाहरूमध्ये दुई जनालाई यूहन्नाले प्रभुकहाँ यो सोध्न पठाए, “जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”"},{"id":20,"text":"जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्तिस्मा-दिने यूहन्नाले हामीलाई यो सोध्न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”"},{"id":21,"text":"त्यसै बेला येशूले धेरैलाई रोग, व्यथा र दुष्टात्माहरूबाट छुटाउनुभयो, र धेरै अन्धाहरूलाई दृष्टि प्रदान गर्नुभयो। "},{"id":22,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौ, गएर यूहन्नालाई भनिदेओ, अर्थात् अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गड़ाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको हुन्छन्, बहिराहरू सुन्छन्, मृतकहरू जीवित भई उठ्छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्छ।</red>"},{"id":23,"text":"<red>त्यो धन्य हो, जसले ममा बाधाको कारण पाउँदैन।”</red>"},{"id":24,"text":"यूहन्नाले पठाएका चेलाहरू फर्केपछि, उहाँले यूहन्नाको बारेमा भीड़लाई भन्न लाग्नुभयो: <red>“तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ? के बतासले हल्लाइराखेको निगालोलाई?</red>"},{"id":25,"text":"<red>तब तिमीहरू के हेर्न निस्क्यौ? के असल वस्त्र पहिरिएको मानिसलाई हेर्न? हेर, चमकदार वस्त्र पहिरिने र विलासितामा बस्नेहरू त राजदरबारहरूमा हुन्छन्। </red>"},{"id":26,"text":"<red>तर तिमीहरू के हेर्न निस्क्यौ? के अगमवक्तालाई? हो, म भन्दछु, तिमीहरूले अगमवक्ताभन्दा पनि श्रेष्ठलाई देख्यौ।</red>"},{"id":27,"text":"<red>यी तिनै हुन्, जसका विषयमा लेखिएको छ,</red>\n<red>‘हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु,</red>\n<red>जसले तिम्रो अगि तिम्रो मार्ग तयार गर्नेछ।’</red>"},{"id":28,"text":"<red>म तिमीहरूलाई भन्दछु, ‘स्त्रीहरूबाट जन्मेकामध्ये यूहन्नाभन्दा महान् कोही छैन, तापनि जो परमेश्वरको राज्यमा सानोभन्दा सानो छ, त्यो तिनीभन्दा अझ महान् हुन्छ’।”</red>"},{"id":29,"text":"अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्वरको सत्यतालाई स्वीकार गरे, किनकि तिनीहरूले यूहन्नाबाट बप्तिस्मा लिएका थिए। "},{"id":30,"text":"तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले चाहिँ यूहन्नाबाट बप्तिस्मा नलिएको कारणले, परमेश्वरको अभिप्रायलाई आफ्नो निम्ति अस्वीकार गरे।"},{"id":31,"text":"येशूले भन्नुभयो, <red>“यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्?</red>"},{"id":32,"text":"<red>तिनीहरू त बजारमा बस्ने बालकहरूजस्ता छन्, जसले एक-अर्कालाई यसो भन्दै हपार्दछन्,</red>\n<red>‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौं,</red>\n<red>र तिमीहरू नाचेनौ।</red>\n<red>हामीले बिलौना गर्यौं,</red>\n<red>र तिमीहरू रोएनौ।’</red>"},{"id":33,"text":"<red>बप्तिस्मा-दिने यूहन्ना आए, अनि तिनले न त रोटी खान्थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्दछौ।</red>"},{"id":34,"text":"<red>मानिसको पुत्र आयो, अनि उसले खायो र पियो, अनि तिमीहरू भन्दछौ, ‘हेर, एउटा घिचुवा र पियक्कड़, कर उठाउनेहरू र पापीहरूको मित्र!’</red>"},{"id":35,"text":"<red>बुद्धि ठीक हो भन्ने कुरा बुद्धिअनुसार हिँड्नेहरूले नै प्रमाणित गर्छन्।</red>"},{"id":36,"text":"फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए, र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो। "},{"id":37,"text":"त्यस सहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई, "},{"id":38,"text":"र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी।"},{"id":39,"text":"उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो।”"},{"id":40,"text":"येशूले त्यस फरिसीलाई भन्नुभयो, <red>“ए सिमोन, तिमीलाई केही भन्नु छ।”</red>तिनले भने, “गुरुज्यू, भन्नुहोस्।”"},{"id":41,"text":"<red>“कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए।</red>"},{"id":42,"text":"<red>तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?”</red>"},{"id":43,"text":"सिमोनले भने, “म ठान्छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्नुभयो, <red>“तिमीले ठीकै विचार गरेका छौ।”</red>"},{"id":44,"text":"अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, <red>“यस स्त्रीलाई देख्तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्ना केशले पुछी।</red>"},{"id":45,"text":"<red>तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्बन गर्न छोड़ेकी छैन।</red>"},{"id":46,"text":"<red>तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे।</red>"},{"id":47,"text":"<red>यसकारण म तिमीलाई भन्दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ।”</red>"},{"id":48,"text":"अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो, <red>“तिम्रा पाप क्षमा भएका छन्।”</red>"},{"id":49,"text":"खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?”"},{"id":50,"text":"उहाँले त्यस स्त्रीलाई भन्नुभयो, <red>“तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसाथ जाऊ।”</red>"}]},{"id":8,"title":"लूका 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/8-e9a0da842c8ac6b15076a306e1ce756a.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए। "},{"id":2,"text":"कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए, "},{"id":3,"text":"हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना, र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे।"},{"id":4,"text":"जब ठूलो भीड जम्मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। "},{"id":5,"text":"<red>“एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो, र छर्दाहुँदि केही बाटोको छेउमा परे, र ती मानिसका खुट्टाले कुल्चिए, र आकाशका पक्षीले खाइहाले।</red>"},{"id":6,"text":"<red>अरू बीउ ढुङ्गेनी जमिनमा परे, र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओबानो थियो।</red>"},{"id":7,"text":"<red>कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्न दिएन।</red>"},{"id":8,"text":"<red>कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।”</red> यत्ति भनेपछि उहाँले उच्च सोरले भन्नुभयो, <red>“जसको सुन्ने कान छ, त्यसले सुनोस्।”</red>"},{"id":9,"text":"उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। "},{"id":10,"text":"उहाँले भन्नुभयो, <red>“तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु, कि</red>\n<red>‘तिनीहरूले हेरेर पनि नदेखून्,</red>\n<red>र सुनेर पनि नबुझून्।’</red>"},{"id":11,"text":"<red>अब दृष्टान्त यो हो: बीउचाहिँ परमेश्वरको वचन हो।</red>"},{"id":12,"text":"<red>बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरून् र नबाँचून् भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ।</red>"},{"id":13,"text":"<red>ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्यो ग्रहण गर्छन्। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ।</red>"},{"id":14,"text":"<red>काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्छन्, तर पछि यस जीवनका चिन्ता, धन, सुख-चैनमा परेर बढ्न पाउँदैनन्, र तिनका फल पाक्न पाउँदैनन्।</red>"},{"id":15,"text":"<red>तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्कपट र भला हृदयमा त्यसलाई जोगाइराख्छन्, र धैर्यसाथ फल फलाउँछन्।</red>"},{"id":16,"text":"<red>“कसैले बत्ती बालेर भाँड़ाले छोप्दैन, कि खाटमुनि राख्दैन, तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्तछ।</red>"},{"id":17,"text":"<red>कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्तमा रहँदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन।</red>"},{"id":18,"text":"<red>यसकारण होशियार रहो, तिमीहरू कसरी सुन्छौ, किनकि जससँग छ, त्यसलाई अझ दिइनेछ, र जससँग छैन, त्यससँग जे छ भनी त्यसले ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।”</red>"},{"id":19,"text":"उहाँका आमा र भाइहरू उहाँकहाँ आए, तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्। "},{"id":20,"text":"उहाँलाई कसैले भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट गर्ने इच्छाले बाहिर उभिरहेका छन्।”"},{"id":21,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्वरको वचन सुन्छन्, र त्यो पालन गर्छन्।”</red>"},{"id":22,"text":"एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“हामी तालको पारिपट्टि जाऔं।”</red> र उहाँहरू डुङ्गामा चढ़ी जानुभयो। "},{"id":23,"text":"डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्न लाग्यो। डुङ्गा पानीले भरिन लाग्यो, र तिनीहरू आपत्मा परे।"},{"id":24,"text":"अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै ब्यूँझाए, “गुरुज्यू, गुरुज्यू, हामी डुब्न लाग्यौं।”उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्त भयो। "},{"id":25,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूको विश्वास कहाँ गयो?”</red>तिनीहरू भयभीत भए, अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे, “यिनी को हुन्? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्छन्, अनि तिनीहरू यिनको आज्ञा मान्छन्।”"},{"id":26,"text":"उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नुभयो, जो गालीलको पारिपट्टि छ। "},{"id":27,"text":"जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्नुभयो, जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो। "},{"id":28,"text":"त्यसले येशूलाई देख्यो, र चिच्च्याएर उहाँको सामु घोप्टो परी उच्च सोरले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के काम? बिन्ती गर्दछु, मलाई नसताउनुहोस्।” "},{"id":29,"text":"किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरै पल्ट भूतले पक्रेको थियो। त्यो पहरामा राखिएको थियो। त्यो साङ्ला र नेलले बाँधिन्थ्यो, तर त्यसले ती बन्धन छिनालिहाल्थ्यो। अनि भूतले त्यसलाई मरुभूमि हुँदो लैजान्थ्यो।"},{"id":30,"text":"येशूले त्यसलाई सोध्नुभयो, <red>“तेरो नाउँ के हो?”</red>त्यसले भन्यो, “फौज।” किनभने धेरै भूतहरू त्यसमा पसेका थिए। "},{"id":31,"text":"तिनीहरूलाई अतल-कुण्डमा नपठाऊन् भनी तिनीहरूले उहाँलाई बिन्ती गरे।"},{"id":32,"text":"नजिकको डाँड़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले मन्जूर गर्नुभयो। "},{"id":33,"text":"अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे, र त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैं गए र डुबेर मरे।"},{"id":34,"text":"अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे, र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए। "},{"id":35,"text":"अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशूकहाँ आए, र जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसलाई लुगा लाएर सद्दे मनको भई येशूका चरणमा बसिरहेको भेट्टाए, र तिनीहरू भयभीत भए। "},{"id":36,"text":"देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए। "},{"id":37,"text":"गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढ़ेर फर्कनुभयो।"},{"id":38,"text":"तर जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले ‘उहाँको साथमा जान पाऊँ’ भनी उहाँलाई बिन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई यसो भनेर बिदा दिनुभयो, "},{"id":39,"text":"<red>“तिमी आफ्नो घर फर्क, र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो, सो घोषणा गर।”</red> तब त्यो गयो, र येशूले त्यसको निम्ति कति ठूलो काम गर्नुभएको थियो, सो सारा सहरभरि प्रचार गर्न लाग्यो।"},{"id":40,"text":"येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए। "},{"id":41,"text":"याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे, "},{"id":42,"text":"किनकि बाह्र वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिई, जो मर्नै लागेकी थिई।येशू जाँदैगर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए। "},{"id":43,"text":"बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन, "},{"id":44,"text":"त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो।"},{"id":45,"text":"येशूले भन्नुभयो, <red>“मलाई कसले छोयो?”</red>जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्यू, भीड़ले तपाईंलाई घेरेर ठेल्दैछन्।”"},{"id":46,"text":"तर येशूले भन्नुभयो, <red>“कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ।”</red>"},{"id":47,"text":"अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आई र उहाँको सामुन्ने घोप्टो परी, र किन त्यसले उहाँलाई छोई, अनि कसरी तुरुन्तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई। "},{"id":48,"text":"उहाँले त्यसलाई भन्नुभयो, <red>“छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।”</red>"},{"id":49,"text":"उहाँ बोल्दैहुनुहुन्थ्यो, सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्यो, र भन्यो, “तपाईंकी छोरी मरी। अब गुरुलाई कष्ट नदिनुहोस्।”"},{"id":50,"text":"तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो, <red>“नडराऊ, विश्वास मात्र गर, र त्यो निको हुनेछे।”</red>"},{"id":51,"text":"जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। "},{"id":52,"text":"सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्नुभयो, <red>“नरोओ, त्यो मरेकी छैन, तर सुतेकी छे।”</red>"},{"id":53,"text":"त्यो मरिसकेकी छे भन्ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे। "},{"id":54,"text":"तर उहाँले त्यसको हात समातेर यसो भनेर बोलाउनुभयो, <red>“नानी, उठ।”</red>"},{"id":55,"text":"अनि त्यसको प्राण फर्केर आयो, र त्यो तुरुन्तै उठी, र उहाँले त्यसलाई केही खान दिनू भन्ने आज्ञा गर्नुभयो। "},{"id":56,"text":"त्यसका आमा-बुबा आश्चर्यचकित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्नू भन्ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।"}]},{"id":9,"title":"लूका 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/9-15068cce68004f20ee7c82ce8fb90a3b.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। "},{"id":2,"text":"उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो। "},{"id":3,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूको यात्रामा आफ्नो साथमा केही नलेओ— न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्।</red>"},{"id":4,"text":"<red>जुन घरमा तिमीहरू पस्छौ त्यहीँ बस, र त्यहीँबाट बिदा होओ।</red>"},{"id":5,"text":"<red>जहाँ तिमीहरूको स्वागत हुँदैन तिमीहरू त्यस सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्ति टकटक्याइदेओ।”</red>"},{"id":6,"text":"तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए।"},{"id":7,"text":"यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्योलमा परे, किनकि यूहन्ना मृतकबाट जीवित भई उठेका छन् भनेर कसै-कसैले भन्थे। "},{"id":8,"text":"र कोही भन्थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्थे, “उहिलेका अगमवक्ताहरूमध्ये एक जना उठेका छन्।” "},{"id":9,"text":"तब हेरोदले भने, “यूहन्नाको शिर मैले काट्न लगाएँ, तर यिनी को हुन् जसको विषयमा म यस्ता कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने इच्छा गरे।"},{"id":10,"text":"अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्ने सहरमा अलग्गै जानुभयो। "},{"id":11,"text":"तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरका राज्यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्यकता थियो तिनीहरूलाई निको पार्नुभयो।"},{"id":12,"text":"अब दिन ढल्कन लाग्यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।”"},{"id":13,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूले नै तिनीहरूलाई खान देओ।”</red>तब तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्नुपर्ला। "},{"id":14,"text":"तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए।तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>“तिनीहरूलाई पचास-पचासको पंक्तिमा बसाओ।”</red>"},{"id":15,"text":"तिनीहरूले त्यसै गरे, र सबैलाई बसाए। "},{"id":16,"text":"तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो। "},{"id":17,"text":"अनि सबैले खाए, तृप्त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।"},{"id":18,"text":"एक पल्ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“मानिसहरूले मलाई को हो भन्छन्?”</red>"},{"id":19,"text":"तिनीहरूले भने, “कसैले बप्तिस्मा-दिने यूहन्ना भन्छन्, कसैले एलिया, र अरूहरूले भन्छन्, पहिलेका कोही अगमवक्ताहरूमध्ये एक जना फेरि उठेका छन्।” "},{"id":20,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तर तिमीहरूचाहिँ के भन्छौ? म को हुँ?”</red>तब पत्रुसले जवाफ दिएर भने, “परमेश्वरका ख्रीष्ट!”"},{"id":21,"text":"तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्। "},{"id":22,"text":"अनि उहाँले भन्नुभयो, <red>“मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ।”</red>"},{"id":23,"text":"तब उहाँले सबैलाई भन्नुभयो, <red>“कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्।</red>"},{"id":24,"text":"<red>किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।</red>"},{"id":25,"text":"<red>किनकि सारा जगत् प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र?</red>"},{"id":26,"text":"<red>तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ।</red>"},{"id":27,"text":"<red>तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिनेहरू कोही-कोही छन्, जसले परमेश्वरको राज्य देख्न अघि मृत्यु चाख्नेछैनन्।”</red>"},{"id":28,"text":"यी कुराको प्राय: आठ दिनपछि पत्रुस, यूहन्ना र याकूबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्लनुभयो। "},{"id":29,"text":"उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्लियो, र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्ज्वल भयो। "},{"id":30,"text":"अनि उहाँसँग दुई जना मानिस बातचीत गरिरहेका थिए, उनीहरू मोशा र एलिया थिए। "},{"id":31,"text":"उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो। "},{"id":32,"text":"अब पत्रुस र तिनीसँग हुनेहरू निद्राले लट्ठ भएका थिए। तर ब्यूँझेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुई जना मानिसलाई देखे। "},{"id":33,"text":"तब ती दुई मानिसहरू उहाँसँग बिदा भएर जान लाग्दा पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ बस्नु असल रहेछ। हामी तीन वटा वासस्थान बनाऔं— एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” आफूले बोलेका कुराको तिनलाई ख्यालै थिएन।"},{"id":34,"text":"तिनी यी कुरा बोल्दाबोल्दै एउटा बादल आएर उहाँहरूलाई छोप्यो, र उहाँहरू बादलभित्र पस्न लाग्दा तिनीहरू भयभीत भए। "},{"id":35,"text":"अनि बादलबाट यसो भन्ने एउटा आवाज निस्क्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।” "},{"id":36,"text":"यो शब्द भएपछि येशू त्यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्।"},{"id":37,"text":"भोलिपल्ट जब येशू र ती चेलाहरू पहाड़बाट ओर्लनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्न आयो। "},{"id":38,"text":"भीड़बाट एक जना मानिसले कराएर भन्यो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्दछु, मेरो छोरामाथि कृपा-दृष्टि गर्नुहोस्। किनकि त्यो मेरो एकमात्र छोरा हो। "},{"id":39,"text":"हेर्नुहोस्, एउटा दुष्टात्माले त्यसलाई पक्रन्छ, र त्यो अचानक चिच्च्याउँछ, र त्यसलाई ऐँठाउँछ र त्यसले फीँज काढ्न लाग्छ। त्यसलाई लछारपछार पारेर बल्लबल्ल छोड्छ। "},{"id":40,"text":"त्यस दुष्टात्मालाई निकालिदेऊन् भनेर मैले तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”"},{"id":41,"text":"तब येशूले जवाफ दिनुभयो, <red>“ए अविश्वासी र हठी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहुँला, र तिमीहरूलाई कतिसम्म सहुँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”</red>"},{"id":42,"text":"तर त्यो आउँदाआउँदै भूतात्माले त्यसलाई पछारिहाल्यो, र ऐँठ्न लाग्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हकार्नुभयो, र त्यस बालकलाई निको पारेर त्यसका बाबुलाई सुम्पिदिनुभयो। "},{"id":43,"text":"परमेश्वरको महानता देखेर तिनीहरू सबै छक्क परे।येशूले गर्नुभएको प्रत्येक काममा सबै जना छक्क परेका देखेर, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "},{"id":44,"text":"<red>“यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्छेहरूका हातमा पक्राउ पर्न आँटेको छ।”</red>"},{"id":45,"text":"तर तिनीहरूले यो कुरा बुझेनन्। किनकि यो तिनीहरूले नबुझून् भनेर तिनीहरूबाट गुप्त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्न डराउँथे।"},{"id":46,"text":"त्यस बेला तिनीहरूमध्ये ठूलो को हो भन्ने विषयमा आपसमा बहस चल्यो। "},{"id":47,"text":"तर येशूले तिनीहरूका मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्नो छेउमा राख्नुभयो, "},{"id":48,"text":"र तिनीहरूलाई भन्नुभयो, <red>“जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ। किनभने तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।”</red>"},{"id":49,"text":"तब यूहन्नाले भने, “गुरुज्यू, एक जनाले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं, र हामीले त्यसलाई मनाही गर्यौं। किनकि त्यसले हामीहरूसँग तपाईंको अनुसरण गर्दैन।”"},{"id":50,"text":"तर येशूले तिनलाई भन्नुभयो, <red>“तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”</red>"},{"id":51,"text":"उहाँको स्वर्गारोहणको दिन नजिकै आइपुग्दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो। "},{"id":52,"text":"अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए, र उहाँको निम्ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे। "},{"id":53,"text":"तर यरूशलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्। "},{"id":54,"text":"तब यो देखेर उहाँका चेलाहरू याकूब र यूहन्नाले भने, “प्रभुज्यू, के तपाईं चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरू भस्म होऊन् भनी हामी आज्ञा गरौं?” "},{"id":55,"text":"तर फर्केर उहाँले तिनीहरूलाई हप्काउनुभयो। "},{"id":56,"text":"अनि उहाँहरू अर्को गाउँतिर जानुभयो।"},{"id":57,"text":"उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्यो, “हे प्रभु, तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु।”"},{"id":58,"text":"तब येशूले त्यसलाई भन्नुभयो, <red>“स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”</red>"},{"id":59,"text":"उहाँले अर्कोलाई भन्नुभयो, <red>“मेरो पछि लाग।”</red> तर त्यसले भन्यो, “पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”"},{"id":60,"text":"उहाँले त्यसलाई भन्नुभयो, <red>“मुर्दाहरूलाई आफ्नै मुर्दा गाड्न देओ, तर तिमी गएर परमेश्वरका राज्यको सुसमाचार प्रचार गर।”</red>"},{"id":61,"text":"अर्काले पनि भन्यो, “प्रभु, म तपाईंको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्।” "},{"id":62,"text":"तर येशूले त्यसलाई भन्नुभयो, <red>“आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्यको हुँदैन।”</red>"}]},{"id":10,"title":"लूका 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/10-a60ef6036adfe04d9b55310753889541.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो। "},{"id":2,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।</red>"},{"id":3,"text":"<red>जाओ, हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु। </red>"},{"id":4,"text":"<red>न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर।</red>"},{"id":5,"text":"<red>“जुन घरमा पस्छौ पहिले भन, ‘यस घरलाई शान्ति होस्!’</red>"},{"id":6,"text":"<red>यदि त्यहाँ शान्तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर रहेनछ भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।</red>"},{"id":7,"text":"<red>तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस। किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर नपसी हिँड़।</red>"},{"id":8,"text":"<red>“जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ,</red>"},{"id":9,"text":"<red>त्यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ।’</red>"},{"id":10,"text":"<red>तर जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, तब निस्केर त्यस सहरका सड़कहरूमा जाओ, र भन, </red>"},{"id":11,"text":"<red>‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्याउँछौं। तापनि यो जान, कि परमेश्वरको राज्य नजिकै आइपुगेको छ।’</red>"},{"id":12,"text":"<red>म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यस सहरको भन्दा सदोमको हालत सहनीय हुनेछ। </red>"},{"id":13,"text":"<red>“धिक्कार तँलाई, खोराजीन! धिक्कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्ग्रा लाएर खरानीमा बसी पश्चात्ताप गर्नेथिए।</red>"},{"id":14,"text":"<red>तर न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ।</red>"},{"id":15,"text":"<red>अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्।</red>"},{"id":16,"text":"<red>“जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरो कुरा सुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्दछ, त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ, त्यसले मलाई पठाउनुहुनेलाई अस्वीकार गर्दछ।”</red>"},{"id":17,"text":"ती सत्तरी जना आनन्दसाथ फर्केर आई यसो भने, “प्रभुज्यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्।”"},{"id":18,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मैले शैतानलाई स्वर्गबाट बिजुलीझैँ खसिरहेको देखें।</red>"},{"id":19,"text":"<red>मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।</red>"},{"id":20,"text":"<red>तापनि दुष्टात्माहरू तिमीहरूको वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाओ।”</red>"},{"id":21,"text":"त्यही बेला येशू पवित्र आत्मामा उल्लसित हुनुभयो, र भन्नुभयो, <red>“हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि, पिता, तपाईंलाई यही असल लाग्यो।</red>"},{"id":22,"text":"<red>“मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्दैन। पिता को हुनुहुन्छ भनी पुत्रले बाहेक, र पुत्रले उहाँलाई जसकहाँ प्रकट गर्ने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले जान्दैन।”</red>"},{"id":23,"text":"चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्तमा भन्नुभयो, <red>“धन्य हुन् ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्तछन्।</red>"},{"id":24,"text":"<red>किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्तछौ, ती देख्ने इच्छा गरेका थिए, तर देखेनन्, र जे तिमीहरूले सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए, तर सुनेनन्।”</red>"},{"id":25,"text":"व्यवस्थाका एक जना पण्डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” "},{"id":26,"text":"उहाँले तिनलाई भन्नुभयो, <red>“व्यवस्थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”</red>"},{"id":27,"text":"तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।” "},{"id":28,"text":"उहाँले तिनलाई भन्नुभयो, <red>“तिमीले ठीक जवाफ दियौ। त्यसै गर, र तिमी जिउनेछौ।”</red>"},{"id":29,"text":"तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”"},{"id":30,"text":"येशूले जवाफ दिनुभयो, <red>“एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।</red>"},{"id":31,"text":"<red>संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।</red>"},{"id":32,"text":"<red>त्यसै गरी एक जना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।</red>"},{"id":33,"text":"<red>तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो। </red>"},{"id":34,"text":"<red>र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो।</red>"},{"id":35,"text":"<red>भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”</red>"},{"id":36,"text":"येशूले सोध्नुभयो, <red>“तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”</red>"},{"id":37,"text":"तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।”तब येशूले तिनलाई भन्नुभयो, <red>“जाऊ, तिमी पनि त्यसै गर।”</red>"},{"id":38,"text":"उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। "},{"id":39,"text":"मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। "},{"id":40,"text":"तर मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनोस्, र त्यसले मलाई सघाओस्।”"},{"id":41,"text":"तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, <red>“मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ।</red>"},{"id":42,"text":"<red>तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”</red>"}]},{"id":11,"title":"लूका 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/11-cd2f7728d2283c83b0da06042a5460e1.mp3?version_id=1483","verses":[{"id":1,"text":"उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”"},{"id":2,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूले प्रार्थना गर्दा यसो भन,</red>\n<red>“‘हे पिता,</red>\n<red>तपाईंको नाउँ पवित्र गरिओस्,</red>\n<red>तपाईंको राज्य आओस्।</red>"},{"id":3,"text":"<red>हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्।</red>"},{"id":4,"text":"<red>हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्,</red>\n<red>किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं।</red>\n<red>हामीलाई परीक्षामा नलैजानुहोस्’।”</red>"},{"id":5,"text":"अनि उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मानिलेओ, तिमीहरूमध्ये कसैको एक जना मित्र छ। तिनी मध्यरातमा उनीकहाँ गएर भन्दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ।</red>"},{"id":6,"text":"<red>किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’</red>"},{"id":7,"text":"<red>“उनले भित्रबाट जवाफ दिएर भन्छन्, ‘मलाई नझिँज्याऊ। ढोका अब बन्द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्। म उठेर तपाईंलाई केही दिन सक्दिनँ।’</red>"},{"id":8,"text":"<red>म तिमीहरूलाई भन्दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्।</red>"},{"id":9,"text":"<red>“म तिमीहरूलाई भन्दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ।</red>"},{"id":10,"text":"<red>किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ।</red>"},{"id":11,"text":"<red>“तिमीहरूमध्ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला?</red>"},{"id":12,"text":"<red>अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला?</red>"},{"id":13,"text":"<red>तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्मा दिनुहुन्छ।”</red>"},{"id":14,"text":"उहाँले एउटा भूत निकालिरहनुभएको थियो, जो गूँगो थियो। भूत निस्केपछि त्यो गूँगो मान्छे बोल्न थाल्यो, र मानिसहरू आश्चर्यचकित भए। "},{"id":15,"text":"तर तिनीहरूमध्ये कसै-कसैले भने, “भूतहरूको मालिक बालजिबुलद्वारा त्यसले भूतहरू निकाल्छ।” "},{"id":16,"text":"अरूहरूले चाहिँ उहाँको परीक्षा गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। "},{"id":17,"text":"तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“जुन राज्यमा फूट हुन्छ, त्यो उजाड हुन्छ। जुन घरमा फूट हुन्छ, त्यो नष्ट हुन्छ।</red>"},{"id":18,"text":"<red>शैतानको पनि आफैसँग फाटो भयो भने, त्यसको राज्य कसरी टिक्ला? किनभने तिमीहरू भन्दछौ, कि म बालजिबुलद्वारा भूतहरू धपाउँछु।</red>"},{"id":19,"text":"<red>म बालजिबुलद्वारा भूतहरू निकाल्दछु भने, तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्छन्? तिनीहरूले नै तिमीहरूको न्याय गर्नेछन्।</red>"},{"id":20,"text":"<red>तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।</red>"},{"id":21,"text":"<red>“हतियारले सुसज्जित भई बलवान् मानिसले आफ्नो घरको रक्षा गर्छ भने, त्यसका मालसामानहरू सुरक्षित रहन्छन्।</red>"},{"id":22,"text":"<red>तर त्यसभन्दा बलवान् मानिस आएर त्यसमाथि आक्रमण गरेर त्यसलाई जित्यो भने, उसले भर परेका त्यसका जम्मै हतियारहरू खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ।</red>"},{"id":23,"text":"<red>“जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ।</red>"},{"id":24,"text":"<red>“जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो ओबानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ, र कतै कुनै स्थान नपाउँदा, त्यसले भन्छ, ‘म निस्केर आएको मेरै घरमा फर्केर जान्छु।’</red>"},{"id":25,"text":"<red>जब त्यो फर्केर आउँछ, त्यसले त्यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ।</red>"},{"id":26,"text":"<red>तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू सात वटा आत्माहरूलाई साथमा ल्याउँछ, र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ।”</red>"},{"id":27,"text":"उहाँले यी कुरा बोल्दाबोल्दै भीड़बाट कुनै स्त्रीले चिच्च्याएर भनी, “धन्य त्यो नारी जसले तपाईंलाई गर्भधारण गरिन् र आफ्नो दूध खुवाइन्।”"},{"id":28,"text":"तर उहाँले भन्नुभयो, <red>“बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”</red>"},{"id":29,"text":"भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्नुभयो, <red>“यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक यसलाई अरू कुनै चिन्ह दिइनेछैन। </red>"},{"id":30,"text":"<red>किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्ति चिन्ह भएथे, त्यही रीतिले मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ।</red>"},{"id":31,"text":"<red>न्यायमा यस पुस्ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउबाट सोलोमनको बुद्धि सुन्नलाई आएकी थिइन्। तर हेर, यहाँ एक जना छ, जो सोलोमनभन्दा महान् छ।</red>"},{"id":32,"text":"<red>निनवेका मानिसहरूले न्यायमा यस पुस्तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्दा महान् छ। </red>"},{"id":33,"text":"<red>“कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँड़ामुनि राख्दैन, तर भित्र पस्नेहरू सबैले उज्यालो देखून् भनेर सामदानमा राख्तछ।</red>"},{"id":34,"text":"<red>तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर त्यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्यारो हुन्छ।</red>"},{"id":35,"text":"<red>यसकारण होशियार होओ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्।</red>"},{"id":36,"text":"<red>यदि तिमीहरूको सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ भने, तथा कुनै भाग अँध्यारो छैन भने, त्यो सम्पूर्ण उज्यालो हुन्छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्यालो दिन्छ।”</red>"},{"id":37,"text":"येशू बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो गरे। उहाँ घरभित्र पसेर खान बस्नुभयो। "},{"id":38,"text":"तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्क परे।"},{"id":39,"text":"तर प्रभुले तिनलाई भन्नुभयो, <red>“तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्दछौ, तर तिमीहरूको भित्रचाहिँ लूट र दुष्टताले भरिएको हुन्छ।</red>"},{"id":40,"text":"<red>मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्यसले नै भित्रको पनि बनाएको होइन र?</red>"},{"id":41,"text":"<red>तर भित्रका थोक दान स्वरूप देओ, र तिम्रो निम्ति सबै कुरा शुद्ध हुनेछ।</red>"},{"id":42,"text":"<red>“तर तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो।</red>"},{"id":43,"text":"<red>“तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्यमुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ।</red>"},{"id":44,"text":"<red>“तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ, जो देखिँदैनन्, अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्छन्।”</red>"},{"id":45,"text":"व्यवस्थाका पण्डितहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुरा गरेर तपाईंले त हाम्रो पनि बेइज्जत गर्नुहुन्छ।”"},{"id":46,"text":"उहाँले भन्नुभयो, <red>“तिमी व्यवस्थाका पण्डितहरूलाई पनि धिक्कार! किनकि बोक्न नसक्ने भारी मानिसहरूमाथि तिमीहरू लाद्दछौ, तर तिमीहरू आफैचाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ।</red>"},{"id":47,"text":"<red>“तिमीहरूलाई धिक्कार! किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ।</red>"},{"id":48,"text":"<red>यसरी तिमीहरू आफ्ना पुर्खाहरूका काममा साक्षी छौ, र तिनीहरूसँग सहमत हुन्छौ, किनकि तिनीहरूले उनीहरूको हत्या गरे, र तिमीहरूचाहिँ उनीहरूका चिहान बनाउँछौ।</red>"},{"id":49,"text":"<red>यसैले परमेश्वरको बुद्धिले पनि भन्दछ, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कसैलाई तिनीहरूले मार्नेछन् र कसैलाई सताउनेछन्।</red>"},{"id":50,"text":"<red>संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्तासँग लिइनेछ।</red>"},{"id":51,"text":"<red>हो, म तिमीहरूलाई भन्दछु, हाबिलको रगतदेखि लिएर, वेदी र मन्दिरको पवित्र-स्थानको माझमा मारिएका जकरियासम्मका रगतको लेखा यस पुस्तासँग लिइनेछ।</red>"},{"id":52,"text":"<red>“तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्नेहरूलाई पनि रोक्यौ।”</red>"},{"id":53,"text":"जब उहाँ त्यहाँबाट निस्कनुभयो, तब शास्त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्न गर्न थाले, "},{"id":54,"text":"र उहाँको मुखबाट निस्केका कुरामा उहाँलाई पक्रने दाउमा बसे।"}]},{"id":12,"title":"लूका 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/12-10a020ebb68a8303a3f6f01f1e4d2f77.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसै बीच जब हजारौँको भीड जम्मा भयो, यहाँसम्म कि एउटाले अर्कालाई कुल्चन लाग्यो, उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, <red>“तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्यो खमिर तिनीहरूको कपट आचरण हो।</red>"},{"id":2,"text":"<red>छोपिएको यस्तो कुनै कुरा छैन, जो प्रकट हुनेछैन, र छिपेको कुनै कुरा छैन, जो थाहा लाग्नेछैन।</red>"},{"id":3,"text":"<red>यसकारण जे तिमीहरूले अँध्यारोमा भनेका छौ, त्यो उज्यालोमा सुनिनेछ। गुप्त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ।</red>"},{"id":4,"text":"<red>“मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन्, तर त्यसपछि अरू केही गर्न सक्दैनन्।</red>"},{"id":5,"text":"<red>तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्दछु, तिनीदेखि नै डराओ।</red>"},{"id":6,"text":"<red>के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन्? तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न।</red>"},{"id":7,"text":"<red>तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ़ी मोलका छौ।</red>"},{"id":8,"text":"<red>“म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्ने स्वीकार गर्दछ, त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछ।</red>"},{"id":9,"text":"<red>तर जसले मलाई मानिसहरूका सामुन्ने अस्वीकार गर्दछ, परमेश्वरका दूतहरूका सामुन्ने त्यो पनि अस्वीकृत हुनेछ।</red>"},{"id":10,"text":"<red>हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा हुनेछैन।</red>"},{"id":11,"text":"<red>“जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्नुपर्ने, सो फिक्री नगर,</red>"},{"id":12,"text":"<red>किनभने त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ।”</red>"},{"id":13,"text":"भीड़बाट एक जनाले उहाँलाई भन्यो, “गुरु, मेरा दाज्यूलाई भनिदिनुहोस्, र तिनले अंशबन्डा गरिदेऊन्।”"},{"id":14,"text":"तर उहाँले त्यसलाई भन्नुभयो, <red>“मित्र, कसले मलाई तिमीहरूमाथि न्याय गर्ने अथवा तिमीहरूको सम्पत्ति बाँड़िदिने तुल्यायो?”</red>"},{"id":15,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन-सम्पत्तिको प्रशस्ततामा रहँदैन।”</red>"},{"id":16,"text":"उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, <red>“कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो।</red>"},{"id":17,"text":"<red>त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ?’</red>"},{"id":18,"text":"<red>तब त्यसले भन्यो, ‘म यसो गर्नेछु— आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु।</red>"},{"id":19,"text":"<red>अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख-चैनमा बस्। खा, पि, र मोज गर्’।”</red>"},{"id":20,"text":"<red>“तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने?’</red>"},{"id":21,"text":"<red>“आफ्नो निम्ति धन-सम्पत्ति थुपार्ने, तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ।”</red>"},{"id":22,"text":"उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>“यसैकारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको निम्ति के खाऔं र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहोओ।</red>"},{"id":23,"text":"<red>किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठूलो हो।</red>"},{"id":24,"text":"<red>कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुरुङ्गीभन्दा ज्यादै बढ़ी मोलका छौ!</red>"},{"id":25,"text":"<red>तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घड़ीसम्म पनि थप्न सक्छ?</red>"},{"id":26,"text":"<red>यसकारण तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने, अरू कुराको चिन्ता किन गर्दछौ?</red>"},{"id":27,"text":"<red>“लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन् न कात्छन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा गौरवमा यीमध्ये एउटा जतिको पनि विभूषित थिएनन्।</red>"},{"id":28,"text":"<red>तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने, ए अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन् कति बढ़ी आभूषित गर्नुहुनेछ।</red>"},{"id":29,"text":"<red>के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्तित पनि नहोओ।</red>"},{"id":30,"text":"<red>किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्छन्। तिमीहरूका पिताले जान्नुहुन्छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ।</red>"},{"id":31,"text":"<red>तर परमेश्वरका राज्यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्।</red>"},{"id":32,"text":"<red>“सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ।</red>"},{"id":33,"text":"<red>तिमीहरूको सम्पत्ति बेचेर दान देओ। आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ। स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर। त्यहाँ चोर आउँदैन र कीरा पनि लाग्दैन।</red>"},{"id":34,"text":"<red>किनकि जहाँ तिम्रो धन छ, त्यहीँ तिम्रो मन पनि हुनेछ।</red>"},{"id":35,"text":"<red>“तिमीहरूका आफ्ना कम्मर कस र तिमीहरूका बत्ती बालिराख।</red>"},{"id":36,"text":"<red>तिमीहरू ती मानिसहरू जस्ता होओ, जसले आफ्ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्याउँदा तिनको निम्ति झट्टै ढोका खोलिदिन्छन्।</red>"},{"id":37,"text":"<red>ती नोकरहरू धन्यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।</red>"},{"id":38,"text":"<red>यदि तिनी मध्यरात वा त्यसभन्दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्यका हुन्।</red>"},{"id":39,"text":"<red>तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्नेथिए, र चोरलाई घर फोरेर पस्न दिनेथिएनन्।</red>"},{"id":40,"text":"<red>तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।”</red>"},{"id":41,"text":"तब पत्रुसले भने, “हे प्रभु, के यो दृष्टान्त हाम्रै निम्ति मात्र बताउनुभएको हो, कि अरू सबैका निम्ति?”"},{"id":42,"text":"प्रभुले भन्नुभयो, <red>“त्यो विश्वासी र बुद्धिमानी भण्डारे को हो, जसलाई त्यसका मालिकले आफ्ना परिवारलाई निश्चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्?</red>"},{"id":43,"text":"<red>त्यो दास धन्यको हो, जसलाई त्यसका मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछन्।</red>"},{"id":44,"text":"<red>साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।</red>"},{"id":45,"text":"<red>तर त्यस दासले आफ्नो मनमा “मेरा मालिक आउन ढिलाउनुहुनेछ” भनेर कमारा र कमारीहरूलाई पिट्न लाग्यो, र त्यो खान, पिउन र मात्न लाग्यो भने,</red>"},{"id":46,"text":"<red>त्यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्यसका मालिक आउनेछन्, र त्यसलाई दण्ड दिनेछन्, र त्यसको दशा अविश्वासीहरूको जस्तो हुनेछ।</red>"},{"id":47,"text":"<red>“आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छाबमोजिम नगर्ने दासले चाहिँ ज्यादै पिटाइ खानेछ।</red>"},{"id":48,"text":"<red>तर मालिकको इच्छा नजानेर पिटाइ खाने योग्यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्येक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्पिएको छ, त्यसबाट अझ बढ़ी लिइनेछ।</red>"},{"id":49,"text":"<red>“म पृथ्वीमाथि आगो खन्याउन आएको हुँ, त्यो त बरु अघिबाटै सल्किसकेको भए हुनेथियो!</red>"},{"id":50,"text":"<red>एउटा बप्तिस्मा छ, जो मैले लिनुपर्नेछ। त्यो पूरा नहोउञ्जेल म अति व्याकुल छु!</red>"},{"id":51,"text":"<red>के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ।</red>"},{"id":52,"text":"<red>किनभने अब उसो एक परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई, र दुई जनाका विरुद्धमा तीन।</red>"},{"id":53,"text":"<red>तिनीहरूमा विभाजन हुनेछ— बाबुको विरुद्धमा छोरा, र छोराको विरुद्धमा बुबा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू आफ्नी बुहारीको विरुद्धमा, र बुहारी त्यसकी सासूको विरुद्धमा।”</red>"},{"id":54,"text":"उहाँले भीड़लाई पनि भन्नुभयो, <red>“तिमीहरू पश्चिमतिर बादल उठ्दैगरेको देखेर झट्टै भन्दछौ, ‘पानी पर्ने रहेछ,’ र त्यसै हुन्छ।</red>"},{"id":55,"text":"<red>जब दक्षिणी बतास चल्छ तब तिमीहरू भन्छौ, ‘गर्मी हुनेछ, र त्यसै हुन्छ।</red>"},{"id":56,"text":"<red>ए कपटी हो! तिमीहरू आकाश र पृथ्वीका लक्षणहरू बताइदिन सक्छौ, तर वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ?</red>"},{"id":57,"text":"<red>“कुन कुरा ठीक हो भनेर तिमीहरू आफै किन निर्णय गर्दैनौ?</red>"},{"id":58,"text":"<red>तिमीहरूको उजूरवालासँग हाकिमकहाँ जाँदा, बाटैमा त्यससँग मिलाप गर, नत्रता त्यसले तिमीलाई न्यायाधीशकहाँ तानेर लैजानेछ, र न्यायाधीशले तिमीलाई अफिसरको हातमा जिम्मा दिनेछ, र अफिसरले तिमीलाई झ्यालखानमा हालिदिनेछ।</red>"},{"id":59,"text":"<red>म तिमीलाई भन्दछु, तिमीले एक-एक पैसा नतिरुञ्जेल त्यहाँबाट छुट्नेछैनौ।”</red>"}]},{"id":13,"title":"लूका 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/13-af65b5b9fa10a049114d76880091c6c0.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसै बेला त्यहाँ कति जना उपस्थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए। "},{"id":2,"text":"तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा, के तिमीहरू ठान्छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढ़ी पापी थिए?</red>"},{"id":3,"text":"<red>म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।</red>"},{"id":4,"text":"<red>अथवा के तिमीहरू ठान्छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्ये बढ़ी अपराधी थिए?</red>"},{"id":5,"text":"<red>त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।”</red>"},{"id":6,"text":"त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: <red>“कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो,</red>"},{"id":7,"text":"<red>तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ। यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने?’</red>"},{"id":8,"text":"<red>“तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खनेर मल हाल्छु,</red>"},{"id":9,"text":"<red>र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’।”</red>"},{"id":10,"text":"एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो। "},{"id":11,"text":"त्यहाँ एउटी स्त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। त्यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्दिनथिई। "},{"id":12,"text":"येशूले त्यसलाई देख्नुभयो, र बोलाएर भन्नुभयो <red>“ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयौ।”</red>"},{"id":13,"text":"तब उहाँले त्यसमाथि आफ्ना हात राख्नुभयो, र त्यो तुरुन्तै सीधा भई र परमेश्वरको प्रशंसा गर्न लागी।"},{"id":14,"text":"सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।” "},{"id":15,"text":"तर प्रभुले जवाफ दिनुभयो, <red>“कपटी हो! तिमीहरूमध्ये कसले शबाथ-दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन?</red>"},{"id":16,"text":"<red>अब्राहामकी यो छोरी जो अठार वर्षसम्म शैतानको बन्धनमा थिई, शबाथ-दिनमा यस बन्धनबाट त्यो मुक्त हुनुपर्ने होइन र?”</red>"},{"id":17,"text":"उहाँले यी कुरा भन्नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्दित भए।"},{"id":18,"text":"तब उहाँले भन्नुभयो, <red>“परमेश्वरको राज्य केजस्तो छ? त्यसको तुलना म केसँग गरूँ?</red>"},{"id":19,"text":"<red>त्यो रायोको बीउको एउटा दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो, र त्यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड़ बनाए।”</red>"},{"id":20,"text":"फेरि उहाँले भन्नुभयो, <red>“परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ?</red>"},{"id":21,"text":"<red>त्यो खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्यो।”</red>"},{"id":22,"text":"अब सहर-सहर र गाउँ-गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो। "},{"id":23,"text":"कुनै एक जनाले उहाँलाई सोध्यो, “प्रभु, के उद्धार पाउनेहरू थोरै छन्?”तर उहाँले तिनीहरूलाई भन्नुभयो, "},{"id":24,"text":"<red>“साँघुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि, म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्, तर सक्नेछैनन्।</red>"},{"id":25,"text":"<red>घरका मालिकले उठेर ढोका बन्द गरिसकेपछि, तिमीहरू बाहिर उभेर यसो भन्दै ढोका ढकढक्याउनेछौ, ‘प्रभु, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्’, र उनले जवाफ दिएर भन्नेछन्, ‘तिमीहरू कहाँबाट आएका हौ म चिन्दिनँ।’</red>"},{"id":26,"text":"<red>“तब तिमीहरू भन्न लाग्नेछौ, ‘हामीले तपाईंकै सामुन्नेमा खायौं र पियौं, अनि हाम्रा गल्लीहरूमा तपाईंले शिक्षा दिनुहुन्थ्यो।’</red>"},{"id":27,"text":"<red>“उनले भन्नेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्दिनँ। दुष्ट काम गर्ने हो, मबाट दूर होओ।’</red>"},{"id":28,"text":"<red>“जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्नेछौ।</red>"},{"id":29,"text":"<red>मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएर परमेश्वरका राज्यको भोजमा बस्नेछन्।</red>"},{"id":30,"text":"<red>हेर, पछिल्लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्ला।”</red>"},{"id":31,"text":"त्यसै बेला कोही-कोही फरिसीहरूले आएर उहाँलाई भने, “यहाँबाट निस्केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्।”"},{"id":32,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“गएर त्यस स्याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ।</red>"},{"id":33,"text":"<red>तापनि आज, भोलि र पर्सि पनि म हिँड़ी नै रहनुपर्छ, किनभने यरूशलेमबाहिर कुनै अगमवक्ताको मृत्यु हुनै सक्दैन।</red>"},{"id":34,"text":"<red>“यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्! जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कति पल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तँ मानिनस्।</red>"},{"id":35,"text":"<red>हेर्, तेरो घर उजाड भएको छ। म तँलाई भन्दछु, जबसम्म तैंले ‘धन्य हुन्, परमप्रभुको नाउँमा आउने’ भन्दैनस्, तबसम्म मलाई देख्नेछैनस्।”</red>"}]},{"id":14,"title":"लूका 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/14-fd8b18527177b65b88c83ef2d516c346.mp3?version_id=1483","verses":[{"id":1,"text":"एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए। "},{"id":2,"text":"जलग्रह रोगले पीडित एक जना मानिस उहाँको सामुन्ने थियो। "},{"id":3,"text":"येशूले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, <red>“शबाथमा निको पार्नु उचित छ, कि छैन?”</red>"},{"id":4,"text":"तर तिनीहरू चूप लागिरहे, र उहाँले त्यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्यसलाई जान दिनुभयो।"},{"id":5,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूमध्ये कसले आफ्नो गोरु वा गधा शबाथ-दिनमा इनारमा खस्यो भने त्यसलाई झट्टै निकाल्दैन?”</red>"},{"id":6,"text":"अनि तिनीहरूले यस कुराको जवाफ दिन सकेनन्।"},{"id":7,"text":"अनि भोजमा आएका अतिथिहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: "},{"id":8,"text":"<red>“विवाहको भोजमा तिमीले कसैको निम्तो पायौ भने आदरका स्थानमा नबस। तिमीभन्दा बढ़ी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएका होलान्। </red>"},{"id":9,"text":"<red>तिमीलाई र तिनलाई निम्तो दिने मेजमानले आएर तिमीलाई भन्नेछ, ‘यिनलाई बस्ने ठाउँ देऊ,’ र तिमीचाहिँ लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ।</red>"},{"id":10,"text":"<red>तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि गएर बस्नोस्।’ त्यस बेला तिमीसँग खान बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ।</red>"},{"id":11,"text":"<red>किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ, त्यो होच्याइनेछ, र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ।”</red>"},{"id":12,"text":"अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, <red>“तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्।</red>"},{"id":13,"text":"<red>तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ,</red>"},{"id":14,"text":"<red>र तिमीले आशिष् पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”</red>"},{"id":15,"text":"उहाँसँग खान बस्नेहरूमध्ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्यो, “त्यो धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ!”"},{"id":16,"text":"तर उहाँले त्यसलाई भन्नुभयो, <red>“कुनै एक जना मानिसले बेलुकीको एउटा विराट् भोज तयार गर्यो, र धेरैलाई निम्तो दियो।</red>"},{"id":17,"text":"<red>उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताराहरूलाई यसो भन्न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’</red>"},{"id":18,"text":"<red>“तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानुपरेको छ। म बिन्ती गर्दछु, मलाई माफी होस्।’</red>"},{"id":19,"text":"<red>“अनि अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्छु। म बिन्ती गर्दछु, मलाई माफी होस्।’</red>"},{"id":20,"text":"<red>“अर्कोले भन्यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्दिनँ।’</red>"},{"id":21,"text":"<red>“तब नोकरले आएर आफ्नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्नो नोकरलाई भन्यो, ‘सहरका सड़कहरू र गल्लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’</red>"},{"id":22,"text":"<red>“तब नोकरले भन्यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’</red>"},{"id":23,"text":"<red>“मालिकले नोकरलाई भन्यो, ‘मूल सड़कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्।</red>"},{"id":24,"text":"<red>किनभने म तिमीहरूलाई भन्दछु, निम्ताराहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैन’।”</red>"},{"id":25,"text":"मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, "},{"id":26,"text":"<red>“यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन।</red>"},{"id":27,"text":"<red>जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।</red>"},{"id":28,"text":"<red>“तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?</red>"},{"id":29,"text":"<red>नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्,</red>"},{"id":30,"text":"<red>‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’</red>"},{"id":31,"text":"<red>“कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्नो साथ भएका दश हजारले त्यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन?</red>"},{"id":32,"text":"<red>तिनले नसक्ने हो भने, त्यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछ।</red>"},{"id":33,"text":"<red>यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।</red>"},{"id":34,"text":"<red>“नून असल हो, तर नून अलिनो भयो भने केले त्यो नुनिलो हुने?</red>"},{"id":35,"text":"<red>त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्।</red><red>जसको सुन्ने कान छ, त्यसले सुनोस्।”</red>"}]},{"id":15,"title":"लूका 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/15-ba5c5a97e624bf10f2c16cb0fa1fecb2.mp3?version_id=1483","verses":[{"id":1,"text":"कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए। "},{"id":2,"text":"“यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे।"},{"id":3,"text":"तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: "},{"id":4,"text":"<red>“तिमीहरूमध्ये कुन मानिस होला, जसको एक सय भेड़ामध्ये एउटा हराउँदा उनान्सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्जेल त्यसको खोजी गर्दैन?</red>"},{"id":5,"text":"<red>हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ,</red>"},{"id":6,"text":"<red>र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्छ, ‘मसँग रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा पाएको छु।’</red>"},{"id":7,"text":"<red>म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा अझ बढ़ी आनन्द हुनेछ।</red>"},{"id":8,"text":"<red>“कुन स्त्री होली जसको दश चाँदीका सिक्कामध्ये एउटा हरायो भने बत्ती बालेर उसले त्यो नपाउञ्जेल घर बढ़ारिकन मेहनतसँग खोज्दिन?</red>"},{"id":9,"text":"<red>हराएको सिक्का पाएपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्का पाएकी छु।’</red>"},{"id":10,"text":"<red>म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चात्ताप गर्ने एक जना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द हुन्छ।”</red>"},{"id":11,"text":"उहाँले भन्नुभयो, <red>“कुनै मानिसका दुई छोरा थिए।</red>"},{"id":12,"text":"<red>कान्छोचाहिँले बाबुलाई भन्यो, ‘पिताज्यू, मेरो भागमा पर्ने धन-सम्पत्तिको हिस्सा मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँड़िदिए।</red>"},{"id":13,"text":"<red>“धेरै दिन बित्दा नबित्दै सबै धन-सम्पत्ति बटुलेर कान्छो छोरो टाढ़ा देशमा गयो, र त्यहाँ भोग-विलासमा आफ्नो सम्पत्ति उड़ायो।</red>"},{"id":14,"text":"<red>त्यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो।</red>"},{"id":15,"text":"<red>त्यो गयो, र त्यस देशको एक जना नागरिककहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो।</red>"},{"id":16,"text":"<red>सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो।</red>"},{"id":17,"text":"<red>“जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।</red>"},{"id":18,"text":"<red>म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु।</red>"},{"id":19,"text":"<red>अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।”</red>"},{"id":20,"text":"<red>तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो।</red><red>“तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे।</red>"},{"id":21,"text":"<red>“छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्यको छैनँ।’</red>"},{"id":22,"text":"<red>“तर बाबुचाहिँले आफ्ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,</red>"},{"id":23,"text":"<red>र पुस्टाइराखेको पशु मार, र हामी खाएर आनन्द मनाऔं।</red>"},{"id":24,"text":"<red>किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्द मनाउन लागे।</red>"},{"id":25,"text":"<red>“त्यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो।</red>"},{"id":26,"text":"<red>त्यसले चाकरहरूमध्ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्यो।</red>"},{"id":27,"text":"<red>उसले त्यसलाई भन्यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्वस्थ फर्किआएका भेट्टाउनुभयो।’</red>"},{"id":28,"text":"<red>“तर त्यो रिसायो, र भित्र जान मानेन, र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे।</red>"},{"id":29,"text":"<red>तर त्यसले बाबुलाई भन्यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ, तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन।</red>"},{"id":30,"text":"<red>तर तपाईंको सम्पत्ति वेश्याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो।’</red>"},{"id":31,"text":"<red>“तब तिनले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्पत्ति तेरै हो।</red>"},{"id":32,"text":"<red>तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।”</red>"}]},{"id":16,"title":"लूका 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/16-152f5b808e9c94d8c1b4d746185a8861.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>“कुनै धनी मानिसको एक जना व्यवस्थापक थियो। त्यसले आफ्नो मालिकको धन-सम्पत्ति उड़ाइरहेको छ भन्ने अभियोग त्यसको विरुद्धमा लागेको थियो।</red>"},{"id":2,"text":"<red>तब मालिकले त्यसलाई बोलाएर भन्यो, ‘तेरो विषयमा म जे सुन्दैछु त्यो के हो? व्यवस्थापकको तेरो कामको हिसाब मलाई दे। अब उप्रान्त तँ व्यवस्थापक रहनेछैनस्।’</red>"},{"id":3,"text":"<red>“तब व्यवस्थापकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्न मलाई लाज लाग्छ।</red>"},{"id":4,"text":"<red>अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्यवस्थापकको कामबाट निकालिएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्वागत गर्नेछन् सो निश्चय गरेको छु।’</red>"},{"id":5,"text":"<red>“तब त्यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’</red>"},{"id":6,"text":"<red>“उसले भन्यो, ‘तीन हजार लिटर तेल।’</red><red>“तब व्यवस्थापकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँड़ै बसेर पन्ध्र सय लिटर लेख।’</red>"},{"id":7,"text":"<red>“त्यसपछि त्यसले अर्कालाई भन्यो, ‘तिम्रो ऋण कति छ?’</red><red>“उसले भन्यो, ‘तीन सय पचास क्विन्टल गहूँ।’ त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र तीन सय क्विन्टल लेख।’</red>"},{"id":8,"text":"<red>“अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारीफ गर्यो किनकि त्यसले चतुर्याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढ़ी चतुर हुन्छन्।</red>"},{"id":9,"text":"<red>म तिमीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाओ, र जब त्यो धन शेष हुन्छ, तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्।</red>"},{"id":10,"text":"<red>“जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ।</red>"},{"id":11,"text":"<red>यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला?</red>"},{"id":12,"text":"<red>यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र?</red>"},{"id":13,"text":"<red>“कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”</red>"},{"id":14,"text":"धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे। "},{"id":15,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ, परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ।</red>"},{"id":16,"text":"<red>“बप्तिस्मा-दिने यूहन्नाको समयसम्म मोशाको व्यवस्था र अगमवक्ताहरू प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरका राज्यको सुसमाचार प्रचार गरिएको छ, र सबै जना त्यस राज्यभित्र बलपूर्वक प्रवेश गर्दछन्।</red>"},{"id":17,"text":"<red>तर व्यवस्थाबाट एक मात्रा मेटिनभन्दा स्वर्ग र पृथ्वी टलिजान सजिलो छ।</red>"},{"id":18,"text":"<red>“जसले आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, र श्रीमान्बाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ।</red>"},{"id":19,"text":"<red>“एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो।</red>"},{"id":20,"text":"<red>उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो।</red>"},{"id":21,"text":"<red>त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे।</red>"},{"id":22,"text":"<red>“त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो।</red>"},{"id":23,"text":"<red>नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।</red>"},{"id":24,"text":"<red>अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’</red>"},{"id":25,"text":"<red>“तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।</red>"},{"id":26,"text":"<red>यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’</red>"},{"id":27,"text":"<red>“उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,</red>"},{"id":28,"text":"<red>किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’</red>"},{"id":29,"text":"<red>“तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’</red>"},{"id":30,"text":"<red>“तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’</red>"},{"id":31,"text":"<red>“उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।”</red>"}]},{"id":17,"title":"लूका 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/17-d68d5232cee4b4b719f22bb8bf7ae51b.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>“पाप गर्न लाउने परीक्षाहरू निश्चय आउँछन्। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्!</red>"},{"id":2,"text":"<red>जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ त्यसको गलामा जाँतोको एउटा पाटा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ।</red>"},{"id":3,"text":"<red>आफ्नो विषयमा होशियार बस। </red><red>“तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर।</red>"},{"id":4,"text":"<red>यदि तिम्रो भाइले दिनमा सात पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो, र सातै पल्ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्यो भने, तिमीले त्यसलाई क्षमा गर्नू।”</red>"},{"id":5,"text":"प्रेरितहरूले प्रभुलाई भने, “हामीहरूको विश्वास बढ़ाइदिनुहोस्।”"},{"id":6,"text":"प्रभुले भन्नुभयो, <red>“तिमीहरूमा रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यस किम्बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने, त्यसले मान्नेछ।</red>"},{"id":7,"text":"<red>“तिमीहरूमध्ये कसैको नोकर खेत जोतेर कि भेड़ा चराएर खेतबाट आयो भने, उसले त्यस नोकरलाई ‘तुरुन्त आएर खान बस्’ भन्छ र?</red>"},{"id":8,"text":"<red>के उसले त्यसलाई बरु यसो भन्नेछैन? ‘मेरो निम्ति खाना तयार गर्, र पटुका कस् र मैले खाई-पिई नसकेसम्म मेरो सेवा-टहल गर्। त्यसपछि तैंले खानपान गर्।’</red>"},{"id":9,"text":"<red>आफूले अह्राएबमोजिमको काम गरेकोमा के उसले त्यस नोकरलाई धन्यवाद दिन्छ र?</red>"},{"id":10,"text":"<red>त्यसरी नै तिमीहरूलाई अह्राएका सबै काम पूरा गरेपछि तिमीहरूले पनि यसो भन: ‘हामी नालायक दास हौं, हामीले त हाम्रो कर्तव्य मात्र पालन गरेका छौं’।”</red>"},{"id":11,"text":"येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो। "},{"id":12,"text":"उहाँ एउटा गाउँमा पस्नुहुँदा दश जना कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले "},{"id":13,"text":"चर्को सोरले भने, “हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्।”"},{"id":14,"text":"उहाँले तिनीहरूलाई देखेर भन्नुभयो, <red>“जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।”</red> तिनीहरू जाँदाजाँदै निको भइहाले। "},{"id":15,"text":"तिनीहरूमध्ये एक जनाले आफू निको भएको देख्यो, र उच्च सोरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो, "},{"id":16,"text":"र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो।"},{"id":17,"text":"येशूले भन्नुभयो, <red>“के निको भएका दश जना होइनन् र? अरू नौ जना कहाँ छन्?</red>"},{"id":18,"text":"<red>के यो विदेशीबाहेक फर्किआएर परमेश्वरको प्रशंसा गर्ने अरू कोही भएन?”</red>"},{"id":19,"text":"अनि उहाँले त्यसलाई भन्नुभयो, <red>“उठ, र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”</red>"},{"id":20,"text":"परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“परमेश्वरको राज्य देखिने गरी आउँदैन,</red>"},{"id":21,"text":"<red>न त मानिसहरूले भन्नेछन्, ‘हेर, यहाँ छ!’ अथवा ‘त्यहाँ छ!’ किनभने हेर, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ।”</red>"},{"id":22,"text":"उहाँले चेलाहरूलाई भन्नुभयो, <red>“ती दिन आउनेछन्, जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।</red>"},{"id":23,"text":"<red>मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर, ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ।’ तर नजाओ, र तिनीहरूका पछि नलाग।</red>"},{"id":24,"text":"<red>किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।</red>"},{"id":25,"text":"<red>तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ।</red>"},{"id":26,"text":"<red>“नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ।</red>"},{"id":27,"text":"<red>नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो।</red>"},{"id":28,"text":"<red>“लोतका दिनमा पनि त्यस्तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्दैथिए, बनाउँदैथिए,</red>"},{"id":29,"text":"<red>तर जुन दिन लोत सदोमबाट निस्के, आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नष्ट पार्यो।</red>"},{"id":30,"text":"<red>“मानिसको पुत्र प्रकट हुने दिनमा यस्तै हुनेछ।</red>"},{"id":31,"text":"<red>त्यस दिन जो घरको कौसीमाथि छ, त्यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्यो तल नझरोस्। त्यसरी नै खेतमा हुने पनि फर्केर नआओस्।</red>"},{"id":32,"text":"<red>लोतकी पत्नीलाई याद गर! </red>"},{"id":33,"text":"<red>जसले आफ्नो प्राण बचाउन खोज्दछ, त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो सुरक्षित राख्नेछ।</red>"},{"id":34,"text":"<red>म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्। एक जना लगिनेछ र अर्को छोडिनेछ।</red>"},{"id":35,"text":"<red>दुई जना स्त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्। एउटी लगिनेछे, अर्की छोडिनेछे।</red>"},{"id":36,"text":"[<red>दुई जना मानिस खेतमा हुनेछन्, एक जना लगिनेछ, अर्कोचाहिँ छोडिनेछ।”</red>]"},{"id":37,"text":"अनि तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?”उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“जहाँ सिनु छ, गिद्धहरू त्यहाँ भेला हुन्छन्।”</red>"}]},{"id":18,"title":"लूका 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/18-07571acf1b7f6973b52f14fabeb59de9.mp3?version_id=1483","verses":[{"id":1,"text":"तिनीहरू सधैँ प्रार्थना गरिरहून् र निराश नहोऊन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: "},{"id":2,"text":"<red>“कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने एक जना न्यायाधीश थिए।</red>"},{"id":3,"text":"<red>त्यसै सहरमा एउटी विधवा थिई। त्यो तिनीकहाँ आइरहन्थी, र भन्थी, ‘मेरो वादीको अगि मेरो न्याय गरिदिनुहोस्।’</red>"},{"id":4,"text":"<red>“तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, ‘म परमेश्वरको डर मान्दिनँ। मानिसको वास्ता पनि गर्दिनँ।</red>"},{"id":5,"text":"<red>तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्क बनाउनेछे’।”</red>"},{"id":6,"text":"प्रभुले भन्नुभयो, <red>“सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्।</red>"},{"id":7,"text":"<red>के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र?</red>"},{"id":8,"text":"<red>म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”</red>"},{"id":9,"text":"आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसै-कसैलाई उहाँले यो दृष्टान्त सुनाउनुभयो: "},{"id":10,"text":"<red>“दुई जना मानिस प्रार्थना गर्न मन्दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।</red>"},{"id":11,"text":"<red>फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउनेजस्तो पनि छैनँ।</red>"},{"id":12,"text":"<red>म हप्तामा दुई पल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।’</red>"},{"id":13,"text":"<red>“तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!’</red>"},{"id":14,"text":"<red>“म तिमीहरूलाई भन्दछु, योचाहिँ मानिस त्यस अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो। किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।”</red>"},{"id":15,"text":"येशूले छोइदेऊन् भनी मानिसहरूले शिशुहरूलाई उहाँकहाँ ल्याए। तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्काए। "},{"id":16,"text":"येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, <red>“बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।</red>"},{"id":17,"text":"<red>साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन।”</red>"},{"id":18,"text":"कोही एक जना शासकले येशूलाई यसो भनेर सोधे, “हे असल गुरु, अनन्त जीवन पाउनलाई म के गरूँ?”"},{"id":19,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वरबाहेक कोही असल छैन।</red>"},{"id":20,"text":"<red>तिमी आज्ञाहरू त जान्दछौ: ‘व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्ना बुबा र आमाको आदर गर्नू’।”</red>"},{"id":21,"text":"तिनले भने, “यी सब त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।”"},{"id":22,"text":"यो सुनेपछि येशूले तिनलाई भन्नुभयो, <red>“तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएका जे जति छन् ती सबै बेचेर गरीबहरूलाई बाँड़िदेऊ, र तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ, र मेरो पछि लाग।”</red>"},{"id":23,"text":"तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्यन्त धनी थिए।"},{"id":24,"text":"अनि येशूले तिनलाई हेरेर भन्नुभयो, <red>“धन-सम्पत्ति हुनेहरूलाई परमेश्वरको राज्यभित्र प्रवेश गर्नु अति गाह्रो छ,</red>"},{"id":25,"text":"<red>किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”</red>"},{"id":26,"text":"अनि सुन्नेहरूले भने, “तब कसको उद्धार हुन सक्छ त?”"},{"id":27,"text":"उहाँले भन्नुभयो, <red>“मानिसहरूका लागि जे असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।”</red>"},{"id":28,"text":"तब पत्रुसले भने, “हेर्नुहोस्, आफ्नो घरद्वार छोड़ेर हामी तपाईंको पछि लागेका छौं।”"},{"id":29,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“साँच्चै म तिमीहरूलाई भन्दछु, जसले घर वा पत्नी, वा दाजुभाइ वा आमा-बुबा, अथवा छोराछोरीलाई परमेश्वरका राज्यको निम्ति त्याग्छ,</red>"},{"id":30,"text":"<red>त्यसले यसै समयमा धेरै बढ़ी प्रतिफल पाउनेछ र आउने युगमा अनन्त जीवन प्राप्त गर्नेछ।”</red>"},{"id":31,"text":"येशूले बाह्रैलाई अलग्गै लगेर भन्नुभयो, <red>“हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ।</red>"},{"id":32,"text":"<red>किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्।</red>"},{"id":33,"text":"<red>तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ।”</red>"},{"id":34,"text":"तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।"},{"id":35,"text":"उहाँ यरीहोको नजिक पुग्नुभयो। त्यहाँ एक जना अन्धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो। "},{"id":36,"text":"एउटा भीड छेउबाट गइरहेको सुनेर ‘यो के हो?’ भनेर त्यसले सोध्यो। "},{"id":37,"text":"मानिसहरूले त्यसलाई भने, “नासरतका येशू यतैबाट जाँदैहुनुहुन्छ।”"},{"id":38,"text":"तब त्यो यसो भन्दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” "},{"id":39,"text":"अगिअगि हिँड्नेहरूले त्यसलाई चूप लाग् भनेर हप्काए, तर त्यो झन् साह्रो करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”"},{"id":40,"text":"येशू अड़िनुभयो, र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो, "},{"id":41,"text":"<red>“तिमी के चाहन्छौ? म तिम्रो निम्ति के गरूँ?”</red>त्यसले भन्यो, “प्रभु, म देख्न सकूँ”।"},{"id":42,"text":"तब येशूले त्यसलाई भन्नुभयो, <red>“तिमी देख्ने भइजाऊ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”</red>"},{"id":43,"text":"अनि तुरुन्तै त्यो देख्ने भयो, र परमेश्वरको प्रशंसा गर्दै त्यो उहाँको पछि लाग्यो। यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे।"}]},{"id":19,"title":"लूका 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/19-92de2242e448ddf79ffb80fee6f78a39.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। "},{"id":2,"text":"त्यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए। "},{"id":3,"text":"येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्। "},{"id":4,"text":"तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो।"},{"id":5,"text":"जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, <red>“ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।”</red>"},{"id":6,"text":"तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे।"},{"id":7,"text":"जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्न गए।”"},{"id":8,"text":"जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”"},{"id":9,"text":"तब येशूले तिनलाई भन्नुभयो, <red>“आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्।</red>"},{"id":10,"text":"<red>किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”</red>"},{"id":11,"text":"तिनीहरूले यी कुरा सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, अनि मानिसहरूले परमेश्वरको राज्य तुरुन्तै प्रकट हुन लागेको छ भन्ने सम्झेका थिए। "},{"id":12,"text":"उहाँले भन्नुभयो, <red>“एक जना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्किआउन भनी कुनै टाढ़ा देशमा गए।</red>"},{"id":13,"text":"<red>तिनले आफ्ना दश जना नोकरहरूलाई बोलाएर तिनीहरूलाई दश सुनका सिक्का दिएर भने, ‘जबसम्म म फर्किआउँदिनँ यसबाट व्यापार गर।’</red>"},{"id":14,"text":"<red>“तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे, र तिनीहरूले तिनको पछिपछि यसो भनेर दूतहरूलाई पठाए, ‘तिनले हामीमाथि राज गरेका हामी चाहँदैनौं।’</red>"},{"id":15,"text":"<red>“तब राज्य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफूकहाँ बोलाउने हुकुम दिए, अनि व्यापारबाट तिनीहरूले कति नाफा गरे भन्ने तिनले जान्न चाहे।</red>"},{"id":16,"text":"<red>“तब पहिलो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अझै दश सिक्का कमाएको छु।’</red>"},{"id":17,"text":"<red>“तिनले त्यसलाई भने, ‘स्याबास असल नोकर, तँ अति थोरैमा विश्वासी भइस्, तैंले दश सहरहरूमाथि अधिकार पाउनेछस्।’</red>"},{"id":18,"text":"<red>“दोस्रो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अरू पाँच सिक्का कमाएको छु।’</red>"},{"id":19,"text":"<red>“तिनले त्यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्।’</red>"},{"id":20,"text":"<red>“अर्को आएर यसो भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ।</red>"},{"id":21,"text":"<red>म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। जे राख्नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यसैको कटनी गर्नुहुन्छ।’</red>"},{"id":22,"text":"<red>“तिनले त्यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्साफ गर्नेछु, ए दुष्ट नोकर! जे राखिनँ त्यो लिने, र जे छरिनँ त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्।</red>"},{"id":23,"text":"<red>तब मेरो सिक्का बैङ्कमा किन राखिनस् त? म आएर व्याजसहित त्यो पाउनेथिएँ।’</red>"},{"id":24,"text":"<red>“तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्यसबाट त्यो सिक्का लिएर दश सिक्का हुनेलाई दिइहाल्।’</red>"},{"id":25,"text":"<red>तिनीहरूले तिनलाई भने, ‘हजूर, त्यससँग त दश सिक्का छँदैछन्।’</red>"},{"id":26,"text":"<red>“‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।</red>"},{"id":27,"text":"<red>तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ, र तिनीहरूलाई मेरै सामुन्ने मार’।”</red>"},{"id":28,"text":"येशूले यी कुरा भन्नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो। "},{"id":29,"text":"जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, "},{"id":30,"text":"<red>“सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ।</red>"},{"id":31,"text":"<red>कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्नू।”</red>"},{"id":32,"text":"ती पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो त्यस्तै भेट्टाए। "},{"id":33,"text":"तिनीहरूले बछेड़ो फुकाउन लाग्दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?”"},{"id":34,"text":"तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।”"},{"id":35,"text":"चेलाहरूले त्यसलाई येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्यसमाथि बसाए। "},{"id":36,"text":"उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए।"},{"id":37,"text":"उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै, परमेश्वरको प्रशंसा गर्दै उच्च सोरले कराउन लागे,"},{"id":38,"text":"“परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। \nस्वर्गमा शान्ति र परमधाममा महिमा।”"},{"id":39,"text":"अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।”"},{"id":40,"text":"तर उहाँले भन्नुभयो, <red>“म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।”</red>"},{"id":41,"text":"जब येशू नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रुनुभयो, "},{"id":42,"text":"<red>“शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ।</red>"},{"id":43,"text":"<red>किनकि तँमाथि यस्ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्नेछन्।</red>"},{"id":44,"text":"<red>तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्वरको कृपा-दृष्टिको समयलाई चिन्न सकिनस्।”</red>"},{"id":45,"text":"तब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो, "},{"id":46,"text":"र तिनीहरूलाई भन्नुभयो, <red>“धर्मशास्त्रमा लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”</red>"},{"id":47,"text":"उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिँदैहुनुहुन्थ्यो। तर मुख्य पूजाहारीहरू, शास्त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्थे। "},{"id":48,"text":"तिनीहरूले उहाँलाई मार्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनकि सबै मानिसहरू उहाँका कुरामा मुग्ध थिए।"}]},{"id":20,"title":"लूका 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/20-9aa1c095dfc413597ed68bc112802c99.mp3?version_id=1483","verses":[{"id":1,"text":"एक दिन मन्दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँकहाँ आए, "},{"id":2,"text":"र उहाँलाई सोधे, “हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?”"},{"id":3,"text":"उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई उत्तर देओ।</red>"},{"id":4,"text":"<red>यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट थियो, कि मानिसबाट?”</red>"},{"id":5,"text":"तिनीहरू आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भने, ‘तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर तिनले भन्नेछन्। "},{"id":6,"text":"‘मानिसबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनकि यूहन्ना अगमवक्ता हुन् भन्ने तिनीहरूको पक्का विश्वास छ।”"},{"id":7,"text":"यसकारण तिनीहरूले जवाफ दिए, “हामी जान्दैनौं, कहाँबाट आएको हो।”"},{"id":8,"text":"तब येशूले तिनीहरूलाई भन्नुभयो, <red>“उसो भए म कुन अधिकारले यी काम गर्दछु, म पनि तिमीहरूलाई भन्दिनँ।”</red>"},{"id":9,"text":"उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो: <red>“एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्ति परदेश गए।</red>"},{"id":10,"text":"<red>फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटेर रित्तै पठाइदिए।</red>"},{"id":11,"text":"<red>तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटी बेइज्जत गरेर रित्तै पठाइदिए।</red>"},{"id":12,"text":"<red>तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए।</red>"},{"id":13,"text":"<red>“अनि दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरो पठाउनेछु। शायद उसलाई त तिनीहरूले आदर गर्लान्।’</red>"},{"id":14,"text":"<red>“तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्पत्तिको हक हाम्रो हुनेछ।’</red>"},{"id":15,"text":"<red>अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे।</red><red>“अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?</red>"},{"id":16,"text":"<red>तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्।”</red>मानिसहरूले यो सुनेर भने, “यस्तो कहिले नहोस्।”"},{"id":17,"text":"तर उहाँले तिनीहरूलाई हेरेर भन्नुभयो, <red>“यो लेखिएको के हो त?</red>\n<red>‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे,</red>\n<red>त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो।’</red>"},{"id":18,"text":"<red>त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचूर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धूलोपीठो पार्नेछ।”</red>"},{"id":19,"text":"तब शास्त्रीहरू र मुख्य पूजाहारीहरूले त्यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे।"},{"id":20,"text":"तिनीहरू मौका हेर्न लागे, र धर्मी भई टोपल्ने जासूसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले भन्नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्पिदिने दाउमा तिनीहरू थिए। "},{"id":21,"text":"तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौं, तपाईं ठीक बोल्नुहुन्छ र ठीक सिकाउनुहुन्छ, र कसैको पक्षपात गर्नुहुन्न, तर सत्यतासाथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ। "},{"id":22,"text":"हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?”"},{"id":23,"text":"तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्नुभयो, "},{"id":24,"text":"<red>“मलाई एउटा सिक्का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?”</red>तिनीहरूले भने, “कैसरको।”"},{"id":25,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यसकारण जे कैसरका हुन् कैसरलाई देओ, र जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।”</red>"},{"id":26,"text":"मानिसहरूका सामुन्ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।"},{"id":27,"text":"त्यसपछि उहाँकहाँ केही सदुकीहरू आए। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे, "},{"id":28,"text":"“गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्तान मर्यो भने, भाइचाहिँले त्यसकी पत्नीलाई विवाह गरी दाज्यूको सन्तान खड़ा गरिदिनुपर्छ। "},{"id":29,"text":"सात भाइ थिए। जेठोले एउटी पत्नी ल्याएर निस्सन्तान मर्यो, "},{"id":30,"text":"र माहिलोले "},{"id":31,"text":"र साहिँलोले त्यसलाई विवाह गरे र त्यसै गरी ती सातै जना निस्सन्तान मरे। "},{"id":32,"text":"पछिबाट त्यो स्त्री पनि मरी। "},{"id":33,"text":"यसकारण मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुन्छे? किनकि त्यो सातै जनाकी पत्नी भएकी थिई।”"},{"id":34,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्छन्।</red>"},{"id":35,"text":"<red>तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्।</red>"},{"id":36,"text":"<red>तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरूसमान हुन्, र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्।</red>"},{"id":37,"text":"<red>तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए। </red>"},{"id":38,"text":"<red>उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।”</red>"},{"id":39,"text":"अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले असलै भन्नुभयो।” "},{"id":40,"text":"त्यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्न सोध्ने आँट गरेन।"},{"id":41,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“ख्रीष्ट दाऊदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्?</red>"},{"id":42,"text":"<red>किनकि भजनको पुस्तकमा दाऊद आफै भन्दछन्,</red>\n<red>‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो,</red>\n<red>“तिमी मेरो दाहिने हातपट्टि बस,</red>"},{"id":43,"text":"<red>जबसम्म म तिम्रा शत्रुहरूलाई</red>\n<red>तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ’।”</red>"},{"id":44,"text":"<red>यसरी दाऊदले उनलाई ‘प्रभु’ भन्दछन् भने, फेरि उनी कसरी दाऊदका पुत्र भए?”</red>"},{"id":45,"text":"अनि सबै मानिसहरूले सुन्दैगर्दा उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, "},{"id":46,"text":"<red>“लामो पोशाक पहिरेर यताउति हिँड्ने, र बजारमा अभिवादन खोज्ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउने शास्त्रीहरूदेखि होशियार रहो।</red>"},{"id":47,"text":"<red>तिनीहरूले विधवाहरूका घर हड़प गर्छन्, र लामो देखावटी प्रार्थना गर्छन्। यिनीहरूले नै बढ़ी दण्ड पाउनेछन्।”</red>"}]},{"id":21,"title":"लूका 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/21-2b15c1a7b409751321fe10c85cd264df.mp3?version_id=1483","verses":[{"id":1,"text":"उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्ना भेटी मन्दिरको दानपात्रमा राखेका देख्नुभयो। "},{"id":2,"text":"उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुई पैसा चढ़ाएकी पनि देख्नुभयो। "},{"id":3,"text":"तब उहाँले भन्नुभयो, <red>“साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ी चढ़ाएकी छे।</red>"},{"id":4,"text":"<red>किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिई।”</red>"},{"id":5,"text":"अब कोही-कोहीले सुन्दर-सुन्दर ढुङ्गाहरू र दानमा प्राप्त भएका सामग्रीहरूले सुसज्जित पारिएका मन्दिरको विषयमा कुरा गर्न लागे। येशूले भन्नुभयो, "},{"id":6,"text":"<red>“तिमीहरूले जे देखिरहेका छौ, यस्तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, ती जम्मै भत्किनेछन्।”</red>"},{"id":7,"text":"तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, यी सब कहिले हुनेछन्? र यो कुरा हुन लाग्दा के चिन्ह हुनेछ?”"},{"id":8,"text":"उहाँले भन्नुभयो, <red>“होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्। मेरो नाउँमा धेरै जना ‘म उही नै हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्छन्। तिनीहरूका पछि तिमीहरू नलाग।</red>"},{"id":9,"text":"<red>तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्त्यचाहिँ तुरुन्तै हुनेछैन।”</red>"},{"id":10,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“राष्ट्र, राष्ट्रका विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्नेछ।</red>"},{"id":11,"text":"<red>भयङ्कर भूकम्पहरू हुनेछन्। विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्हहरू हुनेछन्।</red>"},{"id":12,"text":"<red>“तर यी सबै कुराहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, र तिमीहरूलाई सभाघरहरूमा सुम्पिदिनेछन्, र झ्यालखानमा हालिदिनेछन्। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्ने पुर्याउनेछन्।</red>"},{"id":13,"text":"<red>तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ।</red>"},{"id":14,"text":"<red>यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाट सोच्नेछैनौं भनी आफ्ना मनमा पक्का गर।</red>"},{"id":15,"text":"<red>किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्नेछैनन्, अनि खण्डन गर्न पनि सक्नेछैनन्।</red>"},{"id":16,"text":"<red>तर तिमीहरूका आमा-बुबा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्, र तिमीहरूमध्ये कोही-कोहीलाई तिनीहरूले मार्नेछन्।</red>"},{"id":17,"text":"<red>मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्।</red>"},{"id":18,"text":"<red>तर तिमीहरूका शिरको एउटा केश पनि नष्ट हुनेछैन।</red>"},{"id":19,"text":"<red>तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ।</red>"},{"id":20,"text":"<red>“तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान।</red>"},{"id":21,"text":"<red>तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्। सहरभित्र हुनेहरू बाहिर भागिजाऊन्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून्।</red>"},{"id":22,"text":"<red>किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्। </red>"},{"id":23,"text":"<red>ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ।</red>"},{"id":24,"text":"<red>तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन्। अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्।</red>"},{"id":25,"text":"<red>“सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू सङ्कष्टमा परी व्याकुल हुनेछन्। </red>"},{"id":26,"text":"<red>संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।</red>"},{"id":27,"text":"<red>त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन्। </red>"},{"id":28,"text":"<red>जब यी कुरा हुन थाल्छन् तब खड़ा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।”</red>"},{"id":29,"text":"उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: <red>“अञ्जीरको रूख र सबै रूखहरूलाई हेर,</red>"},{"id":30,"text":"<red>तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्म ऋतु नजिकै छ।</red>"},{"id":31,"text":"<red>त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान।</red>"},{"id":32,"text":"<red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै घटना पूरा नभएसम्म यो पुस्ता बितिजानेछैन।</red>"},{"id":33,"text":"<red>आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचन बित्नेछैनन्।</red>"},{"id":34,"text":"<red>“तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैँ आइपर्ला।</red>"},{"id":35,"text":"<red>किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ।</red>"},{"id":36,"text":"<red>तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”</red>"},{"id":37,"text":"येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र रातीचाहिँ निस्केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्थ्यो।"},{"id":38,"text":"उहाँको वचन सुन्नलाई सबै मानिसहरू बिहानै मन्दिरमा आउँथे।"}]},{"id":22,"title":"लूका 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/22-d9405982acaa7db9ca000ed5b8260125.mp3?version_id=1483","verses":[{"id":1,"text":"अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो। यसलाई निस्तार-चाड भनिन्छ। "},{"id":2,"text":"मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे। "},{"id":3,"text":"तब बाह्रमध्येको एक जना इस्करियोत भनिने यहूदाभित्र शैतान पस्यो। "},{"id":4,"text":"तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्य पूजाहारीहरू र कप्तानहरूकहाँ गएर त्यसले सल्लाह गर्यो। "},{"id":5,"text":"तिनीहरू खुसी भए, र त्यसलाई रुपियाँ दिने कबोल गरे। "},{"id":6,"text":"त्यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्न लाग्यो।"},{"id":7,"text":"अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्यो। "},{"id":8,"text":"उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, <red>“गएर हाम्रा निम्ति निस्तार-चाड़को भोज तयार गर।”</red>"},{"id":9,"text":"तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?”"},{"id":10,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग,</red>"},{"id":11,"text":"<red>र तिमीहरूले त्यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’</red>"},{"id":12,"text":"<red>उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्यहीँ तयार गर।”</red>"},{"id":13,"text":"तिनीहरू गए, र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को तयारी गरे।"},{"id":14,"text":"अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो। "},{"id":15,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,</red>"},{"id":16,"text":"<red>किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यो पूरा नहोउञ्जेल म यो भोज फेरि खानेछैनँ।”</red>"},{"id":17,"text":"तब कचौरा लिएर धन्यवाद चढ़ाउनुभएपछि उहाँले भन्नुभयो, <red>“यो लेओ, र तिमीहरू आपसमा बाँड़।</red>"},{"id":18,"text":"<red>किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआउञ्जेल अब उप्रान्त अङ्गुरको रस म पिउनेछैनँ।”</red>"},{"id":19,"text":"अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, <red>“तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।”</red>"},{"id":20,"text":"यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, <red>“यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो।</red>"},{"id":21,"text":"<red>तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ।</red>"},{"id":22,"text":"<red>किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।”</red>"},{"id":23,"text":"यस्तो काम गर्ने तिनीहरूमध्ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे।"},{"id":24,"text":"अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो।"},{"id":25,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन्। </red>"},{"id":26,"text":"<red>तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्। </red>"},{"id":27,"text":"<red>किनभने ठूलो को हो? भोजन खान बस्ने कि सेवा गर्ने? के भोजन खान बस्ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु। </red>"},{"id":28,"text":"<red>“तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ।</red>"},{"id":29,"text":"<red>जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु,</red>"},{"id":30,"text":"<red>ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ। </red>"},{"id":31,"text":"<red>“सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ,</red>"},{"id":32,"text":"<red>तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।”</red>"},{"id":33,"text":"अनि पत्रुसले उहाँलाई भने, “हे प्रभु, म तपाईंसँग झ्यालखानमा र मृत्युसम्मै जान तयार छु।”"},{"id":34,"text":"अनि उहाँले भन्नुभयो, <red>“पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पल्ट अस्वीकार नगरुञ्जेल आज भाले बास्नेछैन।”</red>"},{"id":35,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?”</red>तिनीहरूले भने, “भएन।”"},{"id":36,"text":"उहाँले भन्नुभयो, <red>“तर अब जसको थैलो छ, त्यसले त्यो बोकोस्, त्यसै गरी झोला पनि बोकोस्। र जससँग तरवार छैन, त्यसले आफ्नो वस्त्र बेचेर एउटा तरवार किनोस्।</red>"},{"id":37,"text":"<red>म तिमीहरूलाई भन्दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।”</red>"},{"id":38,"text":"तब चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्, यहाँ दुई वटा तरवार छन्।”उहाँले भन्नुभयो, <red>“त्यति भए पुग्छ।”</red>"},{"id":39,"text":"बाहिर निस्केर सदाझैँ उहाँ जैतून डाँड़ामा जानुभयो, र उहाँका चेलाहरू पनि पछिपछि लागे। "},{"id":40,"text":"त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।”</red>"},{"id":41,"text":"उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो, "},{"id":42,"text":"<red>“हे पिता, तपाईंको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्। तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।”</red>"},{"id":43,"text":"तब स्वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे। "},{"id":44,"text":"अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए।"},{"id":45,"text":"प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो। "},{"id":46,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।”</red>"},{"id":47,"text":"उहाँ बोल्दाबोल्दै, एउटा भीड त्यहाँ आइपुग्यो। बाह्र चेलामध्ये एक जना यहूदा भन्नेचाहिँ तिनीहरूका अगिअगि आयो। येशूलाई चुम्बन गर्नलाई त्यो उहाँको नजिकै गयो। "},{"id":48,"text":"तर येशूले त्यसलाई भन्नुभयो, <red>“यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्न चाहन्छौ?”</red>"},{"id":49,"text":"तब उहाँको छेउछाउमा भएकाहरूले के हुने हो, सो देखेर उहाँलाई भने, “प्रभु, के हामी तरवार चलाऔं?” "},{"id":50,"text":"तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई हान्यो, र त्यसको दाहिने कान च्वाट्टै काटिदियो।"},{"id":51,"text":"तर येशूले भन्नुभयो, <red>“भयो, अब यसो नगर।”</red> अनि त्यस मान्छेको कान छोएर उहाँले त्यसलाई निको पारिदिनुभयो।"},{"id":52,"text":"अनि उहाँको विरुद्धमा आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्तानहरू, र धर्म-गुरुहरूलाई उहाँले भन्नुभयो, <red>“के तपाईंहरू डाँकूको विरुद्धमा आएजस्तै तरवार र लाठाहरू लिएर आउनुभयो?</red>"},{"id":53,"text":"<red>म दिनहुँ मन्दिरमा तपाईंहरूका साथमा हुँदा तपाईंहरूले मेरो विरुद्धमा हात उठाउनुभएन। तर अब तपाईंहरूको समय हो, र अन्धकारको शक्ति यही हो।” </red>"},{"id":54,"text":"तिनीहरूले येशूलाई पक्रेर लगे, र उहाँलाई प्रधान पूजाहारीको घरमा ल्याए। तर पत्रुस टाढ़ैबाट उहाँको पछिपछि लागे। "},{"id":55,"text":"त्यहाँ आँगनको बीचमा आगो बालेर मानिसहरू जम्मा भएर बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँगै बसे। "},{"id":56,"text":"एउटी नोकर्नीले आगोको उज्यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”"},{"id":57,"text":"तर पत्रुसले यसो भनेर इन्कार गरे, “ए नारी, म उहाँलाई चिन्दिनँ।”"},{"id":58,"text":"केही बेरपछि अर्कोले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्येकै हौ।”तर पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।”"},{"id":59,"text":"प्राय: एक घण्टा बितेपछि अर्को एक जनाले जोड दिएर यसो भन्यो, “निश्चय नै यी मानिस तिनीसँगै थिए, किनकि यिनी पनि गालीली नै रहेछन्।”"},{"id":60,"text":"तर पत्रुसले भने, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोल्दाबोल्दै भाले बास्यो। "},{"id":61,"text":"अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। <red>“आज भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ”</red> भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो। "},{"id":62,"text":"र तिनी बाहिर निस्केर धुरुधुरु रोए।"},{"id":63,"text":"तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गरे, र पिटे, "},{"id":64,"text":"उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्।” "},{"id":65,"text":"तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्कारपूर्ण कुरा भने।"},{"id":66,"text":"उज्यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे, "},{"id":67,"text":"र भने, “तँ ख्रीष्ट होस् भने हामीलाई भन्।”उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मैले बताएँ भने पनि तपाईंहरू पत्याउनुहुन्न।</red>"},{"id":68,"text":"<red>मैले प्रश्न गरे भने पनि तपाईंहरू जवाफ दिनुहुन्न।</red>"},{"id":69,"text":"<red>तर अब मानिसको पुत्र परमेश्वरका शक्तिको दाहिनेपट्टि बस्नेछ।”</red>"},{"id":70,"text":"तब तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?”उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, <red>“तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ।” </red>"},{"id":71,"text":"तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्यकता छ र? किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौं।”"}]},{"id":23,"title":"लूका 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/23-e5ea7c5378d73161e095345e1ee3ccbf.mp3?version_id=1483","verses":[{"id":1,"text":"सबै सभासद्हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्याए। "},{"id":2,"text":"तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन लागे, “यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ ‘म ख्रीष्ट, एक राजा हुँ’ भनी भन्छ।”"},{"id":3,"text":"पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”येशूले जवाफ दिनुभयो, <red>“तपाईं नै त्यसो भन्नुहुन्छ।”</red>"},{"id":4,"text":"तब पिलातसले मुख्य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।”"},{"id":5,"text":"तर तिनीहरूले बड़ो जोड दिएर भने, “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ।”"},{"id":6,"text":"तर पिलातसले यो सुनेर, ‘यो मानिस गालीलको हो कि’ भनेर सोधे। "},{"id":7,"text":"अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए।"},{"id":8,"text":"अब येशूलाई देखेर हेरोद अत्यन्त खुसी भए। किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए, र उहाँले केही आश्चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे। "},{"id":9,"text":"तिनले उहाँलाई धेरै प्रश्न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनुभएन। "},{"id":10,"text":"मुख्य पूजाहारीहरू र शास्त्रीहरूचाहिँ खड़ा भएर उहाँलाई जोड़तोड़साथ दोष लाउन लागे। "},{"id":11,"text":"हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र उहाँको गिल्ला गरे। त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए। "},{"id":12,"text":"त्यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए। किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो।"},{"id":13,"text":"तब पिलातसले मुख्य पूजाहारीहरू, शासकहरू, र जनतालाई जम्मा गरे। "},{"id":14,"text":"उनले तिनीहरूलाई भने, “तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायौ। तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ। "},{"id":15,"text":"हेरोदले पनि दोषी भेट्टाएनन्, किनभने तिनले यिनलाई हामीकहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन्। "},{"id":16,"text":"यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।”[ "},{"id":17,"text":"चाड़को उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनुपर्थ्यो।] "},{"id":18,"text":"तिनीहरू सबै एकसाथ यसो भनेर कराए, “यसलाई हटाउनुहोस्, र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्।” "},{"id":19,"text":"बारब्बाचाहिँ सहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो।"},{"id":20,"text":"येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए। "},{"id":21,"text":"तर तिनीहरू यसो भन्दै चिच्च्याइरहे, ‘क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्।”"},{"id":22,"text":"अनि तिनले तेस्रो पल्ट तिनीहरूलाई भने, “किन? यी मानिसले के खराबी गरेका छन् र? मैले त यिनलाई मृत्युदण्ड दिने कुनै कारण भेट्टाइनँ, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।”"},{"id":23,"text":"तर तिनीहरूले ठूलो सोरले कराउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भन्ने माग गर्न लागे। तिनीहरूको चित्कार सफल भयो। "},{"id":24,"text":"अनि पिलातसले तिनीहरूको माग पूरा गरिदिने फैसला सुनाए। "},{"id":25,"text":"तिनले त्यस मानिसलाई छोडिदिए, जो विद्रोह र हत्याको अभियोगमा कारागारमा परेको थियो। त्यसैलाई छोडिदिनुहोस् भनेर तिनीहरूले माग गरेका थिए। तर येशूलाई चाहिँ तिनले तिनीहरूको इच्छामा सुम्पिदिए।"},{"id":26,"text":"तिनीहरूले उहाँलाई त्यहाँबाट लैजाँदा, गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते, र क्रूस बोकेर उहाँको पछिपछि जान लगाए। "},{"id":27,"text":"मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्यो। त्यसमा स्त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए। "},{"id":28,"text":"तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, <red>“यरूशलेमका छोरी हो, मेरो निम्ति नरोओ, तर तिमीहरू आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ।</red>"},{"id":29,"text":"<red>किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्नेछन्, ‘धन्य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू।’</red>"},{"id":30,"text":"<red>तब तिनीहरूले पहाड़हरूलाई ‘हामीमाथि खस्’ र डाँड़ाहरूलाई ‘हामीलाई छोप’ भन्न लाग्नेछन्। </red>"},{"id":31,"text":"<red>किनकि तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन् भने, सुक्खा हुँदा के गर्लान्?”</red>"},{"id":32,"text":"अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। "},{"id":33,"text":"जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। "},{"id":34,"text":"अनि येशूले भन्नुभयो, <red>“हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।”</red> अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले। "},{"id":35,"text":"मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्वरका ख्रीष्ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्।” "},{"id":36,"text":"सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्ला गरे, "},{"id":37,"text":"“तँ यहूदीहरूका राजा होस् भने आफूलाई बचा।”"},{"id":38,"text":"“यो यहूदीहरूको राजा हो” भन्ने दोष-पत्र पनि उहाँको मास्तिर थियो।"},{"id":39,"text":"क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।”"},{"id":40,"text":"तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्? "},{"id":41,"text":"हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्।”"},{"id":42,"text":"तब त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।”"},{"id":43,"text":"उहाँले त्यसलाई भन्नुभयो, <red>“साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”</red>"},{"id":44,"text":"प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। "},{"id":45,"text":"सूर्यको तेजै कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो। "},{"id":46,"text":"उच्च सोरले कराएर येशूले भन्नुभयो, <red>“हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।”</red> यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। "},{"id":47,"text":"यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी धार्मिक मानिस थिए।” "},{"id":48,"text":"यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सब देखे, र आ-आफ्ना छाती पिट्दै घर फर्के। "},{"id":49,"text":"तर उहाँका चिनाजानीहरू र गालीलबाट उहाँको पछिपछि आउने स्त्रीहरू टाढ़ा उभिएर यी घटनाहरू हेरिरहे। "},{"id":50,"text":"योसेफ नाउँ भएका एक जना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए। "},{"id":51,"text":"उनले तिनीहरूका सल्लाह र कार्यमा सम्मति दिएका थिएनन्। उनी यहूदीहरूका अरिमाथिया सहरका मानिस थिए। उनी परमेश्वरका राज्यको बाटो हेर्दैथिए। "},{"id":52,"text":"उनले पिलातसकहाँ गएर येशूको लाश मागे, "},{"id":53,"text":"उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे, र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे, जहाँ कहिल्यै कोही राखिएको थिएन। "},{"id":54,"text":"त्यो तयारीको दिन थियो, अनि शबाथ सुरु हुनै लागेको थियो।"},{"id":55,"text":"गालीलबाट उहाँको साथमा आउने स्त्रीहरू पछिपछि गए, र त्यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे। "},{"id":56,"text":"तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे। अनि व्यवस्थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे। "}]},{"id":24,"title":"लूका 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/LUK/24-3d45356decdfe92e52633297a39d20e3.mp3?version_id=1483","verses":[{"id":1,"text":"हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। "},{"id":2,"text":"तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए। "},{"id":3,"text":"तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। "},{"id":4,"text":"जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए। "},{"id":5,"text":"तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? "},{"id":6,"text":"उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर, "},{"id":7,"text":"कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ’।” "},{"id":8,"text":"तिनीहरूले उहाँका वचन सम्झे।"},{"id":9,"text":"अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई बताए। "},{"id":10,"text":"ती स्त्रीहरूचाहिँ, मरियम मग्दलिनी, योअन्ना, र याकूबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने। "},{"id":11,"text":"तर तिनीहरूले यी कुरा वाहियात हुन् भन्ठाने, र तिनीहरूले विश्वास गरेनन्। "},{"id":12,"text":"तर पत्रुस उठेर चिहानमा दौड़ेर गए, र निहुरेर हेर्दा सूती कपड़ाका पट्टीहरू मात्र देखे। त्यो घटना देखेर अचम्म मानी उनी गइहाले।"},{"id":13,"text":"त्यही दिन उहाँका चेलाहरूमध्ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। "},{"id":14,"text":"घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए। "},{"id":15,"text":"तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्नुभयो, "},{"id":16,"text":"तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए।"},{"id":17,"text":"उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?”</red>तिनीहरू उदास भएर टक्क अड़िए। "},{"id":18,"text":"ती दुईमध्ये क्लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?”"},{"id":19,"text":"उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“कुन कुरा?”</red>तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। "},{"id":20,"text":"तर मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र उहाँलाई क्रूसमा टाँगे। "},{"id":21,"text":"इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो। "},{"id":22,"text":"यसबाहेक हामी मध्येका कोही-कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए, "},{"id":23,"text":"र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्वर्गदूतहरूलाई देख्यौं, जसले येशू जीवित हुनुहुन्छ भने।’ "},{"id":24,"text":"हामीहरूमध्येका कोही-कोही चिहानमा गए, र ती स्त्रीहरूले जे भनेका थिए, त्यस्तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्।”"},{"id":25,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ!</red>"},{"id":26,"text":"<red>के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?”</red>"},{"id":27,"text":"तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।"},{"id":28,"text":"तिनीहरू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्तो गर्नुभयो। "},{"id":29,"text":"तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्नुहोस्, किनकि साँझ पर्न लाग्यो, र दिन धेरै ढल्किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्नलाई घरभित्र पस्नुभयो।"},{"id":30,"text":"जब येशू तिनीहरूसँग खान बस्नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो। "},{"id":31,"text":"तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो। "},{"id":32,"text":"तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”"},{"id":33,"text":"तिनीहरू त्यति नै बेला उठेर यरूशलेममा फर्के, र एघार चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे, "},{"id":34,"text":"र तिनीहरूलाई यसो भने, “प्रभु साँच्चै नै जीवित भई उठ्नुभएछ र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।” "},{"id":35,"text":"तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए।"},{"id":36,"text":"तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्नुभयो, <red>“तिमीहरूलाई शान्ति होस्।”</red>"},{"id":37,"text":"तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्ने सम्झे। "},{"id":38,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू किन विचलित हुन्छौ, र तिमीहरूका हृदयमा किन शङ्का उत्पन्न हुन्छ?</red>"},{"id":39,"text":"<red>मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन्।”</red>"},{"id":40,"text":"यसो भन्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउ देखाउनुभयो। "},{"id":41,"text":"तर खुसीले पत्यार गर्न नसकी तिनीहरू छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“के तिमीहरूसित यहाँ केही खानेकुरो छ?”</red>"},{"id":42,"text":"तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए। "},{"id":43,"text":"अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुन्ने खानुभयो।"},{"id":44,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।”</red>"},{"id":45,"text":"तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। "},{"id":46,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ,</red>"},{"id":47,"text":"<red>अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ।</red>"},{"id":48,"text":"<red>तिमीहरू यी नै कुराका साक्षी हौ।</red>"},{"id":49,"text":"<red>हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुञ्जेल तिमीहरू यही सहरमा बसिरहो।”</red>"},{"id":50,"text":"त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। "},{"id":51,"text":"उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो। "},{"id":52,"text":"तिनीहरूले उहाँको उपासना गरे, र बड़ो आनन्दसाथ यरूशलेम फर्के। "},{"id":53,"text":"अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे।"}]}]}