-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
MAL.json
1 lines (1 loc) · 30.9 KB
/
MAL.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"मलाकीको अर्थ हो “मेरो सन्देशवाहक”। मलाकीले ४३०-४०० ई.पू. सम्म यहूदाको लागि भविष्यवक्ताको सेवा गरे अर्थात् कोरेस राजाले ५३८ ई.पू. मा यहूदीहरूको यरूशलेममा जाने आदेश गरेको करिव १०० वर्ष पछि। मलाकीको समयसम्ममा यरूशलेम सहरको पर्खालको पुनर्निर्माण भइसकेको थियो। यस समयमा यहूदीहरू फारसको राजनैतिक अधिकारमुनि अझै बस्नु परेको थियो। धेरै मानिसहरूको हृदय परमेश्वरदेखि टाढा भएका र उहाँप्रति दु:खित थिए। सर्वसाधारण मानिसहरू र पूजाहारीहरूले मोशाको व्यवस्थामा उल्लेखित बलिदान, दशांश र भेटीहरूलाई उल्लङ्घन गरेका थिए। यही समयमा मलाकीले परमेश्वरको वाणी यहूदाका मानिसहरू माझ ल्याए। यस पुस्तकमा मुख्य गरी मलाकीले परमेश्वरका जनहरूले लगातार पाप गर्नबाट फर्कन कठोर चेताउनीका साथै मसीहको आगमनको बाटो तयार पार्न परमेश्वरको सन्देशवाहक बप्तिस्मा-दिने यूहन्ना बारे पनि भविष्यवाणी गरेका थिए।"},{"id":2,"text":"यस पुस्तक निम्न लिखित ५ मुख्य खण्डहरूमा विभाजित छन्:"},{"id":3,"text":"१. अध्याय: १:१-५ परमेश्वरबाट इस्राएलको चुनाव"},{"id":4,"text":"२. अध्याय: १:६—२:१७ इस्राएलको पापको लागि दण्ड"},{"id":5,"text":"३. अध्याय: ३:१-६ परमेश्वरको सन्देशवाहकको आगमन"},{"id":6,"text":"४. अध्याय: ३:७-१५ इस्राएलप्रति परमेश्वरको दोषको सारांश"},{"id":7,"text":"५. अध्याय: ३:१६—४:६ परमप्रभुको दिनमा न्यायको निश्चयता"}]},{"id":1,"title":"मलाकी 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAL/1-9a557a4231edea40cbbb8bd2aeeff15c.mp3?version_id=1483","verses":[{"id":1,"text":"एउटा ईश्वरवाणी मलाकीद्वारा इस्राएललाई परमप्रभुको वचन: "},{"id":2,"text":"“मैले तिमीहरूलाई प्रेम गरें,” परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू भन्छौ, ‘कसरी तपाईंले हामीलाई प्रेम गर्नुभयो र?’“के एसाव याकूबको दाजु थिएन र?” परमप्रभु भन्नुहुन्छ। “तापनि मैले याकूबलाई प्रेम गरें, "},{"id":3,"text":"तर एसावलाई मैले हेला गरें, र मैले त्यसको पहाड़हरूलाई रूखा पारिदिएँ, र त्यसको उत्तराधिकार मरुभूमिका स्यालहरूका निम्ति छोड़िदिएँ।”"},{"id":4,"text":"“हामीहरू धूलोपीठो पारिएका छौं, तापनि हाम्रा भग्नावशेष हामी फेरि निर्माण गर्नेछौं” भनी एदोमीहरूले भन्लान्।तर सर्वशक्तिमान् परमप्रभु यो भन्नुहुन्छ, “उनीहरूले निर्माण गरून्, तर म भत्काइदिनेछु। उनीहरू दुष्ट देश कहलाइनेछन्, जसका मानिसहरूसित परमप्रभु सधैँ क्रोधित हुनुहुन्छ। "},{"id":5,"text":"यो तिमीहरू आफ्नै आँखाले देख्नेछौ, र भन्नेछौ, ‘इस्राएलको सिमाना बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ’।"},{"id":6,"text":"“छोराले बुबाको, र नोकरले मालिकको मान गर्दछ। यदि म बुबा हुँ भने मलाई दिनुपर्ने मान खोइ त? यदि म मालिक हुँ भने मेरो आदर खोइ त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “ए पूजाहारीहरू हो, तिमीहरू नै मेरो नाउँको अवहेलना गर्दछौ।“तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंका नाउँको अवहेलना गर्यौं?’"},{"id":7,"text":"“तिमीहरू मेरो वेदीमा अपवित्र खानेकुरा चढ़ाउँदछौ।“तर तिमीहरू सोध्छौ, ‘हामीले तपाईंलाई कसरी अपवित्र पार्यौं र?’“‘परमप्रभुको टेबिल घिनलाग्दो छ’ भनेर। "},{"id":8,"text":"जब तिमीहरूले अन्धा पशुहरू बलिदान चढ़ाउन ल्याउँछौ, तब के त्यो भूल कुरो होइन र? जब तिमीहरूले लङ्गड़ा र बेथा लागेका पशुहरू बलिदान चढ़ाउँदछौ, तब के त्यो भूल कुरो होइन र? ती तिमीहरूका राज्यपाललाई चढ़ाउन कोशिश गर। के तिनी तिमीहरूदेखि खुशी हुनेछन्? के तिनले त्यो ग्रहण गर्नेछन्?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":9,"text":"“‘हामीमाथि कृपालु हुनुहोस्’ भनी आग्रहसाथ परमेश्वरलाई बिन्ती चढ़ाओ। तिमीहरूका हातले यस्तै भेटी चढ़ाएर के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुनेछ र?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":10,"text":"“तिमीहरूले व्यर्थमा मेरो वेदीमा आगोहरू नबाल्नलाई तिमीहरूमध्ये कसैले मन्दिरका ढोकाहरू थुनिदिए त हुनेथियो। म तिमीहरूसँग खुशी छैनँ, तिमीहरूका हातले चढ़ाएको भेटी म ग्रहण गर्नेछैनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":11,"text":"“सूर्योदयदेखि सूर्यास्तसम्म जाति-जातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ। हरेक ठाउँमा मेरै नाउँमा धूप र शुद्ध भेटी ल्याइनेछन्, किनकि जाति-जातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":12,"text":"“तर तिमीहरू त ‘परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएको त्यो भोजन बिटुलो छ, यो घृणास्पद छ’ भनेर मेरो नाउँ अपवित्र गर्दछौ। "},{"id":13,"text":"अनि तिमीहरू यसो भन्दछौ, ‘यो त कस्तो दिक्क लाग्ने काम हो, अनि त्यसप्रति हेलासाथ नाक चेप्र्याउँछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।“जब तिमीहरूले चोट लागेका, खोरन्डा र बेथा लागेका पशुहरूलाई बलिको रूपमा चढ़ाउँछौ त, के तिमीहरूका हातबाट यस्ता भेटीहरू मैले ग्रहण गर्ने?” परमप्रभु भन्नुहुन्छ। "},{"id":14,"text":"“तर यस्तो छल गर्ने श्रापित होस्, जसले आफ्नो बगालको ग्रहणयोग्य नर-पशु अर्पण गर्नलाई भाकल त गर्छ, तर खोट लागेको पशु परमप्रभुलाई चढ़ाउँदछ। किनभने म महाराजा हुँ, र मेरो नाउँ जाति-जातिहरूका बीचमा भययोग्य हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"}]},{"id":2,"title":"मलाकी 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAL/2-cfcd3d27188b5d05aa0b42a6103daa88.mp3?version_id=1483","verses":[{"id":1,"text":"“अब हे पूजाहारी हो, यो चेताउनी तिमीहरूका निम्ति हो।” "},{"id":2,"text":"सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मेरो नाउँलाई सम्मान दिन यदि तिमीहरू सुन्दैनौ र यो तिमीहरूका हृदयमा राखेनौ भने, म तिमीहरूलाई सराप पठाउनेछु, र तिमीहरूका आशिष्हरूलाई सराप दिनेछु। मैले अघि नै ती सरापेको छु, किनकि तिमीहरूले मलाई इज्जत दिन आफ्ना हृदयलाई ठीक पारेका छैनौ।"},{"id":3,"text":"“तिमीहरूको कारण म तिमीहरूका सन्ततिलाई हप्काउनेछु। म तिमीहरूका मुखमा तिमीहरूका चाड़हरूमा बलि चढ़ाइएका पशुहरूको मैला फिँजाइदिनेछु, र तिमीहरू पनि त्यसैसित लगिनेछौ। "},{"id":4,"text":"लेवीसित बाँधेको मेरो करार रहिरहोस् भनी मैले यो चेताउनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":5,"text":"“मेरो करार त्यससँग थियो, जीवन र शान्तिको करार, र मेरो सम्मान गरोस् भनेर मैले ती त्यसलाई दिएँ, र त्यसले सम्मान गर्यो र मेरो नाउँको श्रद्धापूर्वक भय मान्यो। "},{"id":6,"text":"सत्यको शिक्षा त्यसको मुखमा नै थियो, र त्यसका ओठमा कुनै झूटो कुरा पाइएन। शान्ति र सोझोपनमा त्यो मसँगै हिँड़्यो, र धेरैलाई त्यसले पापबाट फर्कायो।"},{"id":7,"text":"“किनकि पूजाहारीका ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्दछ, किनभने त्यो सर्वशक्तिमान् परमप्रभुको समाचारवाहक हो। "},{"id":8,"text":"तर तिमीहरू त बाटोदेखि एकातिर लागेका छौ, र तिमीहरूको शिक्षा धेरैलाई ठोकरको कारण भएको छ। लेवीसँग बाँधिएको करार तिमीहरूले भङ्ग गरेका छौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":9,"text":"“यसैले मैले तिमीहरूलाई सबै मानिसहरूका सामुन्ने तुच्छ र विनम्र तुल्याएको छु, किनभने तिमीहरू मेरो बाटोमा हिँड़ेका छैनौ, तर व्यवस्थाका कुरामा तिमीहरूले पक्षपात गरेका छौ।”"},{"id":10,"text":"“हामी सबैका एउटै पिता हुनुहुन्न र? के एउटै परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको होइन र? त किन हामी एकले अर्काको विश्वास भङ्ग गरेर हाम्रा पिता-पुर्खाको करारलाई अपवित्र पार्छौं?"},{"id":11,"text":"यहूदाले विश्वास भङ्ग गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम गरिएको छ। यहूदाले पराई देवताकी छोरीलाई विवाह गरेर परमप्रभुलाई मन पर्ने पवित्रस्थानलाई अपवित्र पारेको छ। "},{"id":12,"text":"यसो गर्ने जोसुकै मानिस भए तापनि, त्यसले सर्वशक्तिमान् परमप्रभुमा भेटी ल्याए तापनि परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरिदेऊन्।"},{"id":13,"text":"फेरि तिमीहरू अर्को कुरा गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसुले भिजाउँदछौ। तिमीहरू रुँदछौ र विलाप गर्दछौ, किनभने उहाँले तिमीहरूका हातको भेटीलाई कहिल्यै ध्यान दिनुहुन्न, न त त्यो उहाँलाई ग्रहणयोग्य हुन्छ। "},{"id":14,"text":"तिमीहरू सोध्छौ, “किन?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानीपनकी पत्नीको बीचमा साक्षीको काम गर्दैहुनुहुन्छ, किनकि तिमीहरूले त्यससँगको विश्वास भङ्ग गर्यौ, यद्यपि तिनी तिम्री जीवन-साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।"},{"id":15,"text":"के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्मामा तिनीहरू उहाँकै हुन्। अनि तिनीहरू किन एउटै हुन्? किनभने उहाँले ईश्वरीय सन्तान खोज्दैहुनुहुन्थ्यो। यसैले तिमीहरू आफ्नो आत्माको रक्षा गर, र आफ्नो जवानीपनकी पत्नीसँगको विश्वास भङ्ग नगर।"},{"id":16,"text":"“सम्बन्धविच्छेदको कुरालाई म घृणा गर्दछु,” परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ। “मानिसले आफैलाई आफ्नो वस्त्रलेझैँ अत्याचारले ढाक्ने कामलाई पनि म घृणा गर्दछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।यसैले आफूलाई आत्मामा स्वयम् रक्षा गर, र विश्वास भङ्ग नगर।"},{"id":17,"text":"तिमीहरूले आफ्नो कुराले परमप्रभुलाई थकित तुल्याएका छौ।तिमीहरू सोध्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्यायौं?”यसो भनेर, “दुष्ट काम गर्ने सबै परमप्रभुको दृष्टिमा असलै छन्, र उहाँ उनीहरूदेखि खुशी नै हुनुहुन्छ,” अथवा “न्याय गर्ने परमेश्वर कहाँ हुनुहुन्छ?”"}]},{"id":3,"title":"मलाकी 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAL/3-2d7b5669d32c61819567225e4d4e6f78.mp3?version_id=1483","verses":[{"id":1,"text":"“हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्। तब एक्कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":2,"text":"तर उहाँको आउने दिनमा को उभिन सक्छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्तै हुनुहुनेछ। "},{"id":3,"text":"उहाँ चाँदी खार्ने र सफा गर्नेजस्तो गरी बस्नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्याउनेछन्। "},{"id":4,"text":"तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्य हुनेछन्।"},{"id":5,"text":"“यसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्यभिचारीहरू र झूटो गवाही बक्नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, र मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":6,"text":"“म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ। "},{"id":7,"text":"तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।“तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं?’"},{"id":8,"text":"“के कुनै मानिसले परमेश्वरलाई लुट्छ र?तापनि तिमीहरू मलाई लुट्दछौ।“तर तिमीहरू सोध्छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’“दशांशको भेटीमा। "},{"id":9,"text":"सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्पूर्ण जातिले। "},{"id":10,"text":"सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":11,"text":"“म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":12,"text":"“तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्य भन्नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":13,"text":"“तिमीहरूले मेरो विरुद्धमा कड़ा वचन बोलेका छौ,” परमप्रभु भन्नुहुन्छ।“तरै पनि तिमीहरू सोध्छौ, ‘कुन विषयमा हामीले तपाईंको विरुद्धमा कुरा गरेका छौं र?’"},{"id":14,"text":"“तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँको आज्ञापालन गरेर, अनि सर्वशक्तिमान् परमप्रभुको अगि मरेकाहरूका लागि विलाप गरेझैँ हिँड़ेर हामीलाई के लाभ भयो र? "},{"id":15,"text":"तर अब त हामी हठीहरूलाई नै सुखी भन्छौं। निश्चय नै दुष्ट काम गर्नेहरू सफल भएका छन्, र परमेश्वरलाई हाँक दिनेहरू उम्कन्छन्।”"},{"id":16,"text":"तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो। परमप्रभुको डर मान्नेहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्झनाको पत्र मुट्ठामा उहाँकै उपस्थितिमा लेखियो।"},{"id":17,"text":"“जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “जसरी कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्नेछु। "},{"id":18,"text":"अनि धर्मात्मा र दुष्ट, परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्नेछौ।”"}]},{"id":4,"title":"मलाकी 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAL/4-8e4d9eb13209bb6e2a4314442dd109c6.mp3?version_id=1483","verses":[{"id":1,"text":"“हेर, त्यो दिन आउँदैछ। त्यो भट्टीझैँ दन्कनेछ। सबै हठी र सबै दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भस्म गर्नेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्नेछैन। "},{"id":2,"text":"तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ। अनि गोठलाई छोड़ेर निस्केका बाछाजस्तै तिमीहरूचाहिँ बाहिर निस्कनेछौ। "},{"id":3,"text":"तब तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ। जुन दिन म त्यो काम गर्छु, त्यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":4,"text":"“मेरो दास मोशाका व्यवस्थाको सम्झना गर, ती विधि र नियमहरू जो सारा इस्राएलको निम्ति होरेब पर्वतमा मैले त्यसलाई दिएँ।"},{"id":5,"text":"“हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु। "},{"id":6,"text":"त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।”"}]}]}