-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
MAT.json
1 lines (1 loc) · 347 KB
/
MAT.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यस पुस्तकलाई “मत्तीले लेखेको सुसमाचार” भनिएको छ। “सुसमाचार” को अर्थ यो हो कि येशू ख्रीष्ट मानिसका पापका लागि आफ्नो प्राण दिनलाई संसारमा आउनुभयो र उहाँमा विश्वास गर्ने सबै जनाले पापको क्षमा पाउँछन् र स्वर्गको राज्यमा पस्न पाउनेछन्। छोटकरीमा “सुसमाचार” भनेको के हो भनेर यूहन्ना ३:१६ मा स्पष्ट लेखिएको छ: “परमेश्वले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”"},{"id":2,"text":"बाइबलका विद्वानहरूमध्ये धेरैजसोको विचार छ कि चार वटा सुसमाचारमा मत्तीको होइन तर मर्कूसको सुसमाचार पहिले लेखिएको थियो (हेर्नोस् मर्कूसको परिचय)। तर धेरै जनाको विचार यो पनि छ कि येशूका बाह्र जना चेलाहरूमध्ये एक जना मत्ती नाउँ भएका कर उठाउने मानिसले (मत्ती १०:३; मर्कूस ३:१८) मर्कूसले भन्दा पहिले येशूको जीवनको बयान आरमेइक भाषामा लेखेका थिए। तब, मर्कूसको सुसमाचार पक्का गरी लेखिएपछि, मत्तीले ईस्वी सम्बत् ५५-६५ मा आफैले लेखेको बयानको संशोधन गरे, र यसैमा मर्कूसको सुसमाचार गाभे। वास्तवमा, ५५ पदहरू बाहेक, मर्कूसको पूरा सुसमाचार मत्तीको सुसमाचारमै गाभिएको छ।"},{"id":3,"text":"मत्तीको सुसमाचारको अन्तिम संशोधन मत्ती आफैबाट वा तिनीसँग सम्बन्धित मानिसबाट ग्रीक भाषामा लेखिएको थियो।"},{"id":4,"text":"मत्तीले लेखेको सुसमाचारका १,०५० पदहरूमा, ५०० पदहरू मर्कूसको सुसमाचारमा पाइन्छन्। अरू २५० पदहरू लूकाको सुसमाचारमा पाइन्छन्। बाइबलका धेरै विद्वानहरूको विचार छ कि मर्कूसको सुसमाचार बाहेक येशूको शिक्षाको अर्को एउटा संग्रह थियो, जसलाई मत्ती र लूकाले आ-आफ्ना सुसमाचारमा गाभे।"},{"id":5,"text":"धेरै जना विद्वानहरूको भनाइअनुसार, मत्तीको सुसमाचारको अन्तिम संशोधन ईस्वी सम्बत् ७०-८० मा एन्टिओखिया सहरमा गरिएको थियो। मत्तीको सुसमाचार विशेष गरी यहूदीहरूका निम्ति लेखिएको थियो। यस सुसमाचारमा मत्ती बारम्बार देखाउँछन् कि कसरी पुरानो करार (यहूदी धर्मशास्त्र) का अगमवाणीहरू येशूको जीवनमा पूरा भए।"}]},{"id":1,"title":"मत्ती 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/1-265bceda6d99de874a83361f7e8fdaba.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली:"},{"id":2,"text":"अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता,"},{"id":3,"text":"यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता,"},{"id":4,"text":"आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता,"},{"id":5,"text":"सल्मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता,"},{"id":6,"text":"यिशै दाऊद राजाका पिता थिए।दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्नी थिइन्।"},{"id":7,"text":"सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता,"},{"id":8,"text":"आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता,"},{"id":9,"text":"उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता,"},{"id":10,"text":"हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता,"},{"id":11,"text":"योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्दी बनाएर लगिने समयअघि जन्मेका थिए। "},{"id":12,"text":"बेबिलोनमा बन्दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता,"},{"id":13,"text":"यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता,"},{"id":14,"text":"आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिउदका पिता,"},{"id":15,"text":"एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकूबका पिता थिए।"},{"id":16,"text":"याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन्।"},{"id":17,"text":"यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता भए, र दाऊदको समयदेखि बेबिलोनमा निर्वासन हुने समयसम्म चौध पुस्ता, र बेबिलोनमा निर्वासन भएको समयदेखि ख्रीष्टको समयसम्म चौध पुस्ता भए।"},{"id":18,"text":"येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। "},{"id":19,"text":"तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे।"},{"id":20,"text":"तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। "},{"id":21,"text":"तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” "},{"id":22,"text":"अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: "},{"id":23,"text":"“हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।”"},{"id":24,"text":"योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। "},{"id":25,"text":"मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे।"}]},{"id":2,"title":"मत्ती 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/2-dd16cd6e620d95b14bd11daf6891d177.mp3?version_id=1483","verses":[{"id":1,"text":"हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, "},{"id":2,"text":"“यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं।”"},{"id":3,"text":"जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। "},{"id":4,"text":"अनि तिनले सबै मुख्य पूजाहारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे, र “ख्रीष्टको जन्म कहाँ हुने हो?” भनी सोधपूछ गरे। "},{"id":5,"text":"तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्:"},{"id":6,"text":"‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एक जना शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्’।” "},{"id":7,"text":"तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए। "},{"id":8,"text":"तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्डवत् गर्नेछु।”"},{"id":9,"text":"तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अड़ियो। "},{"id":10,"text":"जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। "},{"id":11,"text":"अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए। "},{"id":12,"text":"अनि हेरोदकहाँ फर्की नजानू भन्ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।"},{"id":13,"text":"तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।”"},{"id":14,"text":"अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले, "},{"id":15,"text":"र हेरोदको मृत्यु नहोउञ्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।”"},{"id":16,"text":"तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्यस इलाका भित्रका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। "},{"id":17,"text":"तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो,"},{"id":18,"text":"“रामामा एउटा शब्द सुनियो,\n डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी, सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्।”"},{"id":19,"text":"तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने, "},{"id":20,"text":"“उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।”"},{"id":21,"text":"तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के। "},{"id":22,"text":"तर यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए। "},{"id":23,"text":"तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”"}]},{"id":3,"title":"मत्ती 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/3-4b2c10936329e0c257396b30a64f585b.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, "},{"id":2,"text":"“पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।”"},{"id":3,"text":"किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो:\n“उजाड-स्थानमा एक जना कराउनेको आवाज,\n‘परमप्रभुको मार्ग तयार पार,\nउहाँका पथ सोझा बनाओ’।”"},{"id":4,"text":"यूहन्नाले ऊँटका रौँको वस्त्र लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे। तिनको खानेकुरा सलह र वन-मह थियो।"},{"id":5,"text":"यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए, "},{"id":6,"text":"र आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे।"},{"id":7,"text":"तर फरिसीहरू र सदुकीहरूमध्ये धेरै जनालाई बप्तिस्मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?"},{"id":8,"text":"यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ। "},{"id":9,"text":"अब्राहाम नै हाम्रा पिता हुनुहुन्छ भनी आपसमा भन्ने नगर। किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।"},{"id":10,"text":"अहिले नै रूखको फेदमा बन्चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।"},{"id":11,"text":"“मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। "},{"id":12,"text":"उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले आफ्ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्नो गहूँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्ने आगोमा जलाउनुहुनेछ।”"},{"id":13,"text":"तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो। "},{"id":14,"text":"तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?”"},{"id":15,"text":"तर येशूले तिनलाई भन्नुभयो, <red>“अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” </red> तब यूहन्ना राजी भए।"},{"id":16,"text":"अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो। "},{"id":17,"text":"तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।” "}]},{"id":4,"title":"मत्ती 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/4-ede9175018cb82ea53fac8314c3891f9.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो। "},{"id":2,"text":"उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। "},{"id":3,"text":"तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”"},{"id":4,"text":"तर येशूले जवाफ दिनुभयो, <red>“लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।” </red>"},{"id":5,"text":"तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो, "},{"id":6,"text":"र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ,\n‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ\nर तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्,\nनत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”"},{"id":7,"text":"येशूले त्यसलाई भन्नुभयो, <red>“लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” </red>"},{"id":8,"text":"फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो, "},{"id":9,"text":"र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”"},{"id":10,"text":"तब येशूले त्यसलाई भन्नुभयो, <red>“शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”</red>"},{"id":11,"text":"तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।"},{"id":12,"text":"यूहन्ना थुनामा परे भन्ने सुनेर येशू गालीलतिर लाग्नुभयो,"},{"id":13,"text":"र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।"},{"id":14,"text":"यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो:"},{"id":15,"text":"“जबूलूनको मुलुक र नप्तालीको मुलुक,\nयर्दनपार, समुद्रतिर,\nअन्यजातिहरूको गालील,"},{"id":16,"text":"अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्।\nमृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।”"},{"id":17,"text":"त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, <red>“पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।” </red>"},{"id":18,"text":"गालील-समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। "},{"id":19,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।”</red>"},{"id":20,"text":"तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे।"},{"id":21,"text":"त्यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो। "},{"id":22,"text":"तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे।"},{"id":23,"text":"अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो।"},{"id":24,"text":"उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। "},{"id":25,"text":"अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।"}]},{"id":5,"title":"मत्ती 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/5-241d4608dec75ab2e84a6828d6aa2844.mp3?version_id=1483","verses":[{"id":1,"text":"भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। "},{"id":2,"text":"उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो:"},{"id":3,"text":"<red>“धन्य आत्मामा दीन हुनेहरू,</red>\n<red>किनभने स्वर्गको राज्य तिनीहरूको हो। </red>"},{"id":4,"text":"<red>धन्य शोक गर्नेहरू,</red>\n<red>किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। </red>"},{"id":5,"text":"<red>धन्य नम्रहरू, </red>\n<red>किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। </red>"},{"id":6,"text":"<red>धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, </red>\n<red>किनभने तिनीहरू तृप्त हुनेछन्। </red>"},{"id":7,"text":"<red>धन्य दयावन्तहरू, </red>\n<red>किनभने तिनीहरूले दया पाउनेछन्। </red>"},{"id":8,"text":"<red>धन्य शुद्ध हृदय हुनेहरू, </red>\n<red>किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। </red>"},{"id":9,"text":"<red>धन्य मेलमिलाप गराउनेहरू, </red>\n<red>किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। </red>"},{"id":10,"text":"<red>धन्य धार्मिकताको निम्ति सताइनेहरू, </red>\n<red>किनभने स्वर्गको राज्य तिनीहरूको हो। </red>"},{"id":11,"text":"<red>“धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। </red>"},{"id":12,"text":"<red>तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। </red>"},{"id":13,"text":"<red>“तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। </red>"},{"id":14,"text":"<red>“तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन। </red>"},{"id":15,"text":"<red>मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। </red>"},{"id":16,"text":"<red>यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। </red>"},{"id":17,"text":"<red>“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। </red>"},{"id":18,"text":"<red>किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन। </red>"},{"id":19,"text":"<red>यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ। </red>"},{"id":20,"text":"<red>किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। </red>"},{"id":21,"text":"<red>“तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’ </red>"},{"id":22,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। </red>"},{"id":23,"text":"<red>“यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, </red>"},{"id":24,"text":"<red>तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। </red>"},{"id":25,"text":"<red>“तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ। </red>"},{"id":26,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ। </red>"},{"id":27,"text":"<red>“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ </red>"},{"id":28,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। </red>"},{"id":29,"text":"<red>यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। </red>"},{"id":30,"text":"<red>तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। </red>"},{"id":31,"text":"<red>“यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’ </red>"},{"id":32,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ। </red>"},{"id":33,"text":"<red>“फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर्।’ </red>"},{"id":34,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो, </red>"},{"id":35,"text":"<red>न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो। </red>"},{"id":36,"text":"<red>आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ। </red>"},{"id":37,"text":"<red>तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ। </red>"},{"id":38,"text":"<red>“तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’ </red>"},{"id":39,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ। </red>"},{"id":40,"text":"<red>यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। </red>"},{"id":41,"text":"<red>यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ। </red>"},{"id":42,"text":"<red>तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर। </red>"},{"id":43,"text":"<red>“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ </red>"},{"id":44,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, </red>"},{"id":45,"text":"<red>र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। </red>"},{"id":46,"text":"<red>किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? </red>"},{"id":47,"text":"<red>तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र? </red>"},{"id":48,"text":"<red>यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।” </red>"}]},{"id":6,"title":"मत्ती 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/6-d9299fec0234fc3e62f966efeb513aae.mp3?version_id=1483","verses":[{"id":1,"text":"<red>“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ। </red>"},{"id":2,"text":"<red>“यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। </red>"},{"id":3,"text":"<red>तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्। </red>"},{"id":4,"text":"<red>तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। </red>"},{"id":5,"text":"<red>“जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। </red>"},{"id":6,"text":"<red>तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। </red>"},{"id":7,"text":"<red>र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। </red>"},{"id":8,"text":"<red>यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ। </red>"},{"id":9,"text":"<red>“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: </red>\n<red>‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, </red>\n<red>तपाईंको नाउँ पवित्र होस्। </red>"},{"id":10,"text":"<red>तपाईंको राज्य आओस्। </red>\n<red>तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। </red>"},{"id":11,"text":"<red>हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। </red>"},{"id":12,"text":"<red>हाम्रा अपराध क्षमा गर्नुहोस्, </red>\n<red>जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। </red>"},{"id":13,"text":"<red>हामीलाई परीक्षामा पर्न नदिनुहोस्, </red>\n<red>तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’ </red>"},{"id":14,"text":"<red>किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। </red>"},{"id":15,"text":"<red>तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन। </red>"},{"id":16,"text":"<red>“जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। </red>"},{"id":17,"text":"<red>तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ। </red>"},{"id":18,"text":"<red>र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। </red>"},{"id":19,"text":"<red>“आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। </red>"},{"id":20,"text":"<red>तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन। </red>"},{"id":21,"text":"<red>किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ। </red>"},{"id":22,"text":"<red>“आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ। </red>"},{"id":23,"text":"<red>तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ! </red>"},{"id":24,"text":"<red>“कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। </red>"},{"id":25,"text":"<red>“यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? </red>"},{"id":26,"text":"<red>आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र? </red>"},{"id":27,"text":"<red>तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ? </red>"},{"id":28,"text":"<red>“अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्। </red>"},{"id":29,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। </red>"},{"id":30,"text":"<red>आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र? </red>"},{"id":31,"text":"<red>यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर। </red>"},{"id":32,"text":"<red>किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। </red>"},{"id":33,"text":"<red>तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। </red>"},{"id":34,"text":"<red>यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।” </red>"}]},{"id":7,"title":"मत्ती 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/7-d49c83affe64f86c032b879ce0fa498b.mp3?version_id=1483","verses":[{"id":1,"text":"<red>“अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। </red>"},{"id":2,"text":"<red>किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। </red>"},{"id":3,"text":"<red>“किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? </red>"},{"id":4,"text":"<red>अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’ </red>"},{"id":5,"text":"<red>ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ। </red>"},{"id":6,"text":"<red>“जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्। </red>"},{"id":7,"text":"<red>“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ। </red>"},{"id":8,"text":"<red>किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ। </red>"},{"id":9,"text":"<red>“तिमीहरूमध्ये कुन मानिस होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? </red>"},{"id":10,"text":"<red>कि माछा माग्दा त्यसलाई साँप देला? </red>"},{"id":11,"text":"<red>यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ। </red>"},{"id":12,"text":"<red>मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। </red>"},{"id":13,"text":"<red>“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। </red>"},{"id":14,"text":"<red>किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्। </red>"},{"id":15,"text":"<red>“झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्। </red>"},{"id":16,"text":"<red>तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र? </red>"},{"id":17,"text":"<red>त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। </red>"},{"id":18,"text":"<red>असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ। </red>"},{"id":19,"text":"<red>असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। </red>"},{"id":20,"text":"<red>यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ। </red>"},{"id":21,"text":"<red>“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। </red>"},{"id":22,"text":"<red>त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’ </red>"},{"id":23,"text":"<red>अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’ </red>"},{"id":24,"text":"<red>“यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो। </red>"},{"id":25,"text":"<red>अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो। </red>"},{"id":26,"text":"<red>जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। </red>"},{"id":27,"text":"<red>पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो।” </red>"},{"id":28,"text":"येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्क पर्यो। "},{"id":29,"text":"किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो।"}]},{"id":8,"title":"मत्ती 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/8-500feefced7b08802925f2482dc5e5ec.mp3?version_id=1483","verses":[{"id":1,"text":"उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्यो। "},{"id":2,"text":"एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।”"},{"id":3,"text":"उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, र भन्नुभयो, <red>“म इच्छा गर्छु, तिमी निको भइजाऊ।” </red> तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। "},{"id":4,"text":"तब येशूले त्यसलाई भन्नुभयो, <red>“कसैलाई नभन्नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्।” </red>"},{"id":5,"text":"येशू कफर्नहुममा पस्नुहुँदा एक जना कप्तान उहाँकहाँ आएर बिन्ती गर्न लागे। तिनले भने, "},{"id":6,"text":"“हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।”"},{"id":7,"text":"उहाँले तिनलाई भन्नुभयो, <red>“म आएर त्यसलाई निको पार्नेछु।” </red>"},{"id":8,"text":"तर कप्तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ। "},{"id":9,"text":"किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एक जनालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्छु, अनि त्यसले त्यो गर्छ।”"},{"id":10,"text":"तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यति ठूलो विश्वास मैले भेट्टाएको छैनँ। </red>"},{"id":11,"text":"<red>म तिमीहरूलाई भन्दछु, पूर्व र पश्चिमबाट धेरै जना आउनेछन्, र अब्राहाम, इसहाक र याकूबसँग स्वर्गका राज्यको भोजमा बस्नेछन्। </red>"},{"id":12,"text":"<red>तर राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” </red>"},{"id":13,"text":"तब येशूले कप्तानलाई भन्नुभयो, <red>“जाऊ, जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्।” </red> अनि त्यो नोकर त्यही घड़ी निको भयो।"},{"id":14,"text":"पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो। "},{"id":15,"text":"उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्।"},{"id":16,"text":"जब साँझ पर्यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो। "},{"id":17,"text":"यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो,\n“उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो,\nर हाम्रा रोगहरू उठाइलानुभयो।”"},{"id":18,"text":"जब येशूले आफ्नो वरिपरि ठूला भीड़हरूलाई देख्नुभयो, उहाँले तालको पारि जाने आज्ञा दिनुभयो। "},{"id":19,"text":"एक जना शास्त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म तपाईंलाई पछ्याउनेछु।”"},{"id":20,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।” </red>"},{"id":21,"text":"उहाँका चेलाहरूमध्ये अर्को एक जनाले भन्यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्।”"},{"id":22,"text":"तर येशूले तिनलाई भन्नुभयो, <red>“मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडून्।” </red>"},{"id":23,"text":"उहाँ डुङ्गामा चढ्नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। "},{"id":24,"text":"अकस्मात् तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो। "},{"id":25,"text":"चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउँझाए, “बचाउनुहोस् प्रभु! हामीहरू नष्ट हुन लाग्यौं।”"},{"id":26,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” </red> तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्त भयो।"},{"id":27,"text":"“यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे।"},{"id":28,"text":"जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुई जना मानिसहरूले चिहानबाट आउँदैगर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्दा थिए, कि कोही पनि त्यहाँबाट आउन-जान सक्दैनथिए। "},{"id":29,"text":"तिनीहरूले यसो भन्दै चिच्च्याए, “हे परमेश्वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईं यहाँ आउनुभएको हो?”"},{"id":30,"text":"तिनीहरूदेखि केही टाढ़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। "},{"id":31,"text":"भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्।”"},{"id":32,"text":"अनि उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“जाओ।” </red> तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे, र सुँगुरको जम्मै बगाल भिरालोबाट समुद्रतिर हुर्रिंदैगए, र पानीमा डुबेर मरे। "},{"id":33,"text":"सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा, र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। "},{"id":34,"text":"तब जम्मै सहर नै येशूलाई भेट गर्न उल्टेर आयो, र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे।"}]},{"id":9,"title":"मत्ती 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/9-d55c7b2bfe2852276c164a0d7597c4b0.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्नो सहरमा आउनुभयो। "},{"id":2,"text":"मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षाघातीलाई भन्नुभयो, <red>“छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।” </red>"},{"id":3,"text":"शास्त्रीहरूमध्ये कतिले आपसमा भने, “यिनी परमेश्वरको निन्दा गर्दैछन्।”"},{"id":4,"text":"येशूले तिनीहरूको विचार बुझेर भन्नुभयो, <red>“तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ? </red>"},{"id":5,"text":"<red>किनकि के भन्नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्नु कि ‘उठ र हिँड़’ भन्नु? </red>"},{"id":6,"text":"<red>तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्न सक।” </red> तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, <red>“उठ, तिम्रो खाट बोक, र घर जाऊ।” </red>"},{"id":7,"text":"अनि त्यो उठ्यो, र आफ्नो घरतिर लाग्यो। "},{"id":8,"text":"जब भीड़ले यो देख्यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे।"},{"id":9,"text":"येशू त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो, र तिनलाई भन्नुभयो, <red>“मेरो पछि लाग।” </red> अनि तिनी उठे र उहाँको पछि लागे।"},{"id":10,"text":"उहाँ खान बस्नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे।"},{"id":11,"text":"जब फरिसीहरूले त्यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?”"},{"id":12,"text":"यो सुनेर उहाँले भन्नुभयो, <red>“निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ। </red>"},{"id":13,"text":"<red>तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।” </red>"},{"id":14,"text":"तब यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”"},{"id":15,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“जबसम्म दुलहा जन्तीहरूसँग रहन्छन्, के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट लगिनेछन्। तब तिनीहरू उपवास बस्नेछन्। </red>"},{"id":16,"text":"<red>“कसैले पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन। किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ, र वस्त्र झन् बढ़ी फाट्छ। </red>"},{"id":17,"text":"<red>कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्दैन, नत्रता मशक फुट्छ, र दाखमद्य पोखिन्छ, र मशक नष्ट हुन्छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्छ, र दुवै जोगिन्छन्।” </red>"},{"id":18,"text":"जब उहाँले तिनीहरूलाई यी कुरा भन्दैहुनुहुन्थ्यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्डवत् गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्यो जीवित हुनेछे।” "},{"id":19,"text":"येशू उठ्नुभयो र आफ्ना चेलाहरूसँग तिनको पछि लाग्नुभयो।"},{"id":20,"text":"त्यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई। "},{"id":21,"text":"किनकि त्यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।”"},{"id":22,"text":"फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो, र भन्नुभयो, <red>“छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” </red> त्यो स्त्री त्यही घड़ी निको भई।"},{"id":23,"text":"अनि जब येशू शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्नुभयो। "},{"id":24,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” </red> तिनीहरूले उहाँको हाँसो गरे। "},{"id":25,"text":"भीड़लाई बाहिर निकाल्नुभएपछि उहाँ भित्र पस्नुभयो, र त्यस ठिटीको हात समात्नुभयो, अनि त्यो ठिटी जुरुक्क उठी। "},{"id":26,"text":"तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिँजियो।"},{"id":27,"text":"येशू त्यहाँबाट जानुहुँदा दुई जना अन्धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्” भनी कराउँदै उहाँको पछिपछि लागे।"},{"id":28,"text":"उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, <red>“म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” </red>तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।”"},{"id":29,"text":"तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, <red>“तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” </red>"},{"id":30,"text":"अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, <red>“यो कुरो कसैले थाहा नपाओस्।” </red>"},{"id":31,"text":"तर तिनीहरू गए, र त्यस इलाकाभरि उहाँको कीर्ति फिँजाए।"},{"id":32,"text":"जब उहाँहरू निस्केर जाँदैहुनुहुन्थ्यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्याइयो। "},{"id":33,"text":"भूत निकालिएपछि त्यो गूँगो बोल्यो। अनि “इस्राएलमा कहिल्यै यस्तो देखिएन” भन्दै भीड छक्क पर्यो।"},{"id":34,"text":"तर फरिसीहरू भन्न लागे, “भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ।”"},{"id":35,"text":"येशू समस्त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो।"},{"id":36,"text":"तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्तै हैरान र असहाय भएका थिए।"},{"id":37,"text":"तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>“फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। </red>"},{"id":38,"text":"<red>यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।” </red>"}]},{"id":10,"title":"मत्ती 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/10-c80023b00a25c8710f8f1193bb0ce9b8.mp3?version_id=1483","verses":[{"id":1,"text":"उहाँले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्माहरू निकाल्ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।"},{"id":2,"text":"बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना, "},{"id":3,"text":"फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस, "},{"id":4,"text":"सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदियो।"},{"id":5,"text":"येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, <red>“अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस। </red>"},{"id":6,"text":"<red>तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ। </red>"},{"id":7,"text":"<red>‘स्वर्गको राज्य नजिकै आइपुगेको छ,’ भन्दै प्रचार गर। </red>"},{"id":8,"text":"<red>बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ। </red>"},{"id":9,"text":"<red>तिमीहरू आफ्ना पटुकामा सुन, चाँदी र तामाको सिक्का नबोक, </red>"},{"id":10,"text":"<red>यात्राको निम्ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ। </red>"},{"id":11,"text":"<red>“जुन सहर कि गाउँमा तिमीहरू पस्छौ, त्यहाँ को योग्य छ भनी खोज, र त्यहाँबाट बिदा नभएसम्म त्यहीँ बस। </red>"},{"id":12,"text":"<red>त्यस घरभित्र पस्दा अभिवादन गर। </red>"},{"id":13,"text":"<red>त्यो घर योग्य छ भने, तिमीहरूको शान्ति त्यस घरमा आओस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्। </red>"},{"id":14,"text":"<red>यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्यस घर अथवा सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो टकटक्याइदेओ। </red>"},{"id":15,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशाभन्दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ। </red>"},{"id":16,"text":"<red>“हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ। </red>"},{"id":17,"text":"<red>तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्। </red>"},{"id":18,"text":"<red>तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्ने खड़ा गराइनेछौ र तिनीहरू र अन्यजातिहरूका निम्ति साक्षी हुनेछौ। </red>"},{"id":19,"text":"<red>तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्नुपर्ने हो, त्यही घड़ी तिमीहरूलाई बताइनेछ। </red>"},{"id":20,"text":"<red>किनभने बोल्ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। </red>"},{"id":21,"text":"<red>“भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन्। </red>"},{"id":22,"text":"<red>मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ। </red>"},{"id":23,"text":"<red>जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन् तब अर्कोमा भाग। किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ। </red>"},{"id":24,"text":"<red>“चेला आफ्ना गुरुभन्दा र कमारो आफ्ना मालिकभन्दा श्रेष्ठ हुँदैन। </red>"},{"id":25,"text":"<red>चेला आफ्ना गुरुजस्तो र कमारो आफ्ना मालिकजस्तो हुनु यथेष्ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, उनका परिवारकाहरूलाई झन् कति बढ़ी भन्लान्? </red>"},{"id":26,"text":"<red>“यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन। </red>"},{"id":27,"text":"<red>जे म तिमीहरूलाई अन्धकारमा भन्दछु, त्यो तिमीहरूले उज्यालोमा भनिदेओ, र जे तिमीहरूले कानमा सुन्छौ, त्यो घरका धुरीहरूबाट प्रचार गर। </red>"},{"id":28,"text":"<red>तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। </red>"},{"id":29,"text":"<red>के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन। </red>"},{"id":30,"text":"<red>तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। </red>"},{"id":31,"text":"<red>यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता मूल्यवान् छौ। </red>"},{"id":32,"text":"<red>“यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु। </red>"},{"id":33,"text":"<red>तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु। </red>"},{"id":34,"text":"<red>“म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ। </red>"},{"id":35,"text":"<red>किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ। </red>"},{"id":36,"text":"<red>मानिसका शत्रु उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्। </red>"},{"id":37,"text":"<red>“जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढ़ी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। </red>"},{"id":38,"text":"<red>जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। </red>"},{"id":39,"text":"<red>जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ। </red>"},{"id":40,"text":"<red>“तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। </red>"},{"id":41,"text":"<red>अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ। </red>"},{"id":42,"text":"<red>जसले यी सानाहरूमध्ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले आफ्नो इनाम कदापि गुमाउनेछैन।” </red>"}]},{"id":11,"title":"मत्ती 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/11-57d75b3910a479e81dd7b4297ad2af1c.mp3?version_id=1483","verses":[{"id":1,"text":"आफ्ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्नुभएपछि येशू त्यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो।"},{"id":2,"text":"यूहन्नाले ख्रीष्टका कामहरूको चर्चा झ्यालखानमा सुने, र आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए, "},{"id":3,"text":"“आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?”"},{"id":4,"text":"येशूले तिनीहरूलाई भन्नुभयो <red>“तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेओ, </red>"},{"id":5,"text":"<red>अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्दछन्। कुष्ठरोगीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्न सक्ने भएका छन्। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। </red>"},{"id":6,"text":"<red>धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन।” </red>"},{"id":7,"text":"अनि तिनीहरू गएपछि येशूले यूहन्नाको विषयमा भीड़लाई भन्न लाग्नुभयो, <red>“तिमीहरू उजाड-स्थानमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? </red>"},{"id":8,"text":"<red>तब तिमीहरू किन निस्क्यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्छन्। </red>"},{"id":9,"text":"<red>तिमीहरू किन निस्क्यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई। </red>"},{"id":10,"text":"<red>यिनी तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ, </red>\n<red>‘हेर, म आफ्नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, </red>\n<red>जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ।’ </red>"},{"id":11,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही भएको छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा महान् हो। </red>"},{"id":12,"text":"<red>बप्तिस्मा-दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्छन्। </red>"},{"id":13,"text":"<red>किनकि यूहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमवाणी गरे। </red>"},{"id":14,"text":"<red>तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्। </red>"},{"id":15,"text":"<red>जसको सुन्ने कान छ, त्यसले सुनोस्। </red>"},{"id":16,"text":"<red>“अब यस पुस्ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरूजस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्दछन्, </red>"},{"id":17,"text":"<red>‘हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं, </red>\n<red>तर तिमीहरू नाचेनौ। </red>\n<red>हामीहरूले विलाप गर्यौं, </red>\n<red>तर तिमीहरूले अफसोस गरेनौ।’ </red>"},{"id":18,"text":"<red>किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। </red>"},{"id":19,"text":"<red>मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।” </red>"},{"id":20,"text":"जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले पश्चात्ताप गरेनन्। "},{"id":21,"text":"<red>“धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्नेथिए। </red>"},{"id":22,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ। </red>"},{"id":23,"text":"<red>ए कफर्नहुम, के तँ आकाशसम्मै उचालिनेछस् र? तँ पातालसम्म खसालिनेछस्। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहनेथियो। </red>"},{"id":24,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।” </red>"},{"id":25,"text":"त्यस बेला येशूले भन्नुभयो, <red>“हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। </red>"},{"id":26,"text":"<red>हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो। </red>"},{"id":27,"text":"<red>“मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। </red>"},{"id":28,"text":"<red>“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। </red>"},{"id":29,"text":"<red>मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। </red>"},{"id":30,"text":"<red>किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” </red>"}]},{"id":12,"title":"मत्ती 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/12-c964dd079847a1ea9c28590c8d12beaa.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस समय येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे।"},{"id":2,"text":"तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्।”"},{"id":3,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ? </red>"},{"id":4,"text":"<red>कसरी उनले परमेश्वरको भवनभित्र पसेर चढ़ाइएको रोटी खाएथे? त्यो रोटी खान न त उनलाई न उनीसँग हुनेहरूलाई, तर केवल पूजाहारीहरूलाई मात्र उचित थियो। </red>"},{"id":5,"text":"<red>अथवा के व्यवस्थामा पढ़ेका छैनौ, कसरी शबाथमा पूजाहारीहरूले मन्दिरमा शबाथलाई अपवित्र तुल्याउँछन्, र पनि निर्दोषी ठहरिन्छन्? </red>"},{"id":6,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् कोही यहाँ छ। </red>"},{"id":7,"text":"<red>तर ‘म बलिदान होइन, दया चाहन्छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ। </red>"},{"id":8,"text":"<red>किनकि मानिसको पुत्र शबाथको प्रभु हो।” </red>"},{"id":9,"text":"त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो। "},{"id":10,"text":"त्यहाँ एउटा हात सुकेको मानिस थियो। तिनीहरूले येशूलाई दोष लगाउने अभिप्रायले उहाँलाई सोधे, “के शबाथमा कसैलाई निको पार्नु उचित छ?”"},{"id":11,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूमध्ये कसैको एउटा भेड़ा छ, र शबाथमा त्यो खाल्डोमा पर्यो भने, के तिमी त्यसलाई समातेर बाहिर निकाल्दैनौ र? </red>"},{"id":12,"text":"<red>भेड़ाभन्दा मानिस कति बढ़ी मूल्यवान् छ? यसैकारण शबाथमा भलो गर्नु उचित छ।” </red>"},{"id":13,"text":"तब उहाँले त्यस मानिसलाई भन्नुभयो, <red>“तिम्रो हात पसार।” </red> त्यसले हात पसार्यो, र त्यो हात अर्को जस्तै सद्दे भइगयो। "},{"id":14,"text":"तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे।"},{"id":15,"text":"तब त्यो कुरा थाहा पाएर येशू त्यहाँबाट गइहाल्नुभयो, र धेरै जना उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो, "},{"id":16,"text":"र उहाँ को हुनुहुन्छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो। "},{"id":17,"text":"यशैया अगमवक्ताद्वारा भनिएको वचन पूरा हुनलाई नै यो भएको हो,"},{"id":18,"text":"“मेरा दास जसलाई मैले चुनेको छु,\nमेरा प्रिय जोसँग म प्रसन्न छु,\nम मेरो आत्मा तिनमा राखिदिनेछु,\nर तिनले जाति-जातिलाई न्यायको घोषणा गरिदिनेछन्।"},{"id":19,"text":"तिनी न त झगड़ा गर्नेछन् न साह्रै चिच्च्याउनेछन्,\nन त कसैले तिनको सोर गल्लीहरूमा सुन्नेछ।"},{"id":20,"text":"फुटेको निगालो तिनले भाँच्नेछैनन्,\nर धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्,\nर अन्त्यमा न्यायलाई विजयसम्म पुर्याउनेछन्।"},{"id":21,"text":"तिनैको नाउँमा जाति-जातिहरूले आशा राख्नेछन्।”"},{"id":22,"text":"तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो। "},{"id":23,"text":"अनि सबै भीड़ले अचम्म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्छन्?”"},{"id":24,"text":"तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।”"},{"id":25,"text":"तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, <red>“आपसमा फूट परेको हरेक राज्य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्यो भने टिक्नेछैन।</red>"},{"id":26,"text":"<red>यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, र त्यसो भए त्यसको राज्य कसरी टिक्न सक्छ? </red>"},{"id":27,"text":"<red>यदि मैले बालजिबुलद्वारा भूतहरू धपाउँछु भने, तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्दछन्? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। </red>"},{"id":28,"text":"<red>तर यदि परमेश्वरका आत्माद्वारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। </red>"},{"id":29,"text":"<red>“पहिले बलियो मानिसलाई नबाँधिकन, त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस बलियो मानिसलाई बाँधेपछि मात्र त्यसको घर लुट्न सक्छ। </red>"},{"id":30,"text":"<red>“जो मेरो साथ छैन, त्यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। </red>"},{"id":31,"text":"<red>त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन। </red>"},{"id":32,"text":"<red>कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन। </red>"},{"id":33,"text":"<red>“कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्छ। </red>"},{"id":34,"text":"<red>ए सर्पका बच्चा हो! तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। </red>"},{"id":35,"text":"<red>असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। </red>"},{"id":36,"text":"<red>म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’ </red>"},{"id":37,"text":"<red>किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।” </red>"},{"id":38,"text":"तब शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्यू, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौं।”"},{"id":39,"text":"उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ। तर यस पुस्तालाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। </red>"},{"id":40,"text":"<red>किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ। </red>"},{"id":41,"text":"<red>निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, तर हेर, योनाभन्दा महान् कोही यहाँ छ। </red>"},{"id":42,"text":"<red>दक्षिणकी महारानी न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछिन्, र यसलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउदेखि सोलोमनको बुद्धिका कुरा सुन्नलाई आइन्। तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छ। </red>"},{"id":43,"text":"<red>“जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुलिहिँड्छ, तर कतै पाउँदैन। </red>"},{"id":44,"text":"<red>तब त्यसले भन्छ, ‘जहाँबाट म निस्केर आएँ, त्यहीँ आफ्नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ। </red>"},{"id":45,"text":"<red>तब त्यो जान्छ र आफूभन्दा बढ़ी दुष्ट अरू सात वटा भूतात्मा आफूसँग ल्याउँछ, र भित्र पसेर तिनीहरू त्यहाँ वास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा अघिल्लोभन्दा अझ नराम्रो हुन्छ। यस दुष्ट पुस्तालाई पनि त्यस्तै हुनेछ।” </red>"},{"id":46,"text":"येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्थे। "},{"id":47,"text":"तब एक जनाले येशूलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्छन्।”"},{"id":48,"text":"तर उहाँसँग बोल्नेलाई येशूले भन्नुभयो, <red>“मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” </red>"},{"id":49,"text":"अनि उहाँले आफ्नो हातले चेलाहरूलाई देखाउँदै भन्नुभयो, <red>“हेर मेरी आमा र मेरा भाइहरू। </red>"},{"id":50,"text":"<red>किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्।” </red>"}]},{"id":13,"title":"मत्ती 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/13-c7a5bfa7a07f04aa49c949f8dc4192ff.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यही दिन येशू घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो। "},{"id":2,"text":"अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए।"},{"id":3,"text":"उहाँले तिनीहरूलाई दृष्टान्तमा धेरै कुरा भन्नुभयो।उहाँले भन्नुभयो, <red>“एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो। </red>"},{"id":4,"text":"<red>अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए। </red>"},{"id":5,"text":"<red>केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे। </red>"},{"id":6,"text":"<red>तर जब घाम लाग्यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।</red>"},{"id":7,"text":"<red>अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए। </red>"},{"id":8,"text":"<red>अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए। </red>"},{"id":9,"text":"<red>जसको कान छ, त्यसले सुनोस्।” </red>"},{"id":10,"text":"अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?”"},{"id":11,"text":"उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“तिमीहरूलाई त स्वर्ग-राज्यका रहस्यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन। </red>"},{"id":12,"text":"<red>किनकि जससँग छ, त्यसलाई दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। </red>"},{"id":13,"text":"<red>यसैकारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु: </red>\n<red>‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, </red>\n<red>सुन्न त सुन्छन्, तर सुनेर बुझ्दैनन्।’ </red>"},{"id":14,"text":"<red>यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: </red>\n<red>“सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ, </red>\n<red>हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ। </red>"},{"id":15,"text":"<red>किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, </red>\n<red>र तिनीहरूका कान बहिरा भएका छन्, </red>\n<red>र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, </red>\n<red>नत्रता तिनीहरूले आँखाले देख्नेथिए, </red>\n<red>कानले सुन्नेथिए, </red>\n<red>हृदयले बुझ्नेथिए, </red>\n<red>र फर्कनेथिए, </red>\n<red>र म तिनीहरूलाई निको पार्नेथिएँ।’ </red>"},{"id":16,"text":"<red>तर तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्। </red>"},{"id":17,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे, तर सुनेनन्। </red>"},{"id":18,"text":"<red>“बीउ छर्नेको दृष्टान्त सुन। </red>"},{"id":19,"text":"<red>जब कसैले राज्यको वचन सुन्छ, र सो बुझ्दैन, तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बीउचाहिँ त्यही हो। </red>"},{"id":20,"text":"<red>ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो स्वीकार गर्दछ। </red>"},{"id":21,"text":"<red>तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ, र वचनको कारणले कष्ट कि सतावट परिआउने बित्तिकै त्यो पछि हट्छ। </red>"},{"id":22,"text":"<red>काँढ़ाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ। </red>"},{"id":23,"text":"<red>तर असल जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, र बुझ्दछ, र साँच्चै फल फलाउँछ। त्यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।” </red>"},{"id":24,"text":"येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनुभयो: <red>“स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बीउ छर्यो।</red>"},{"id":25,"text":"<red>तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो। </red>"},{"id":26,"text":"<red>जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो। </red>"},{"id":27,"text":"<red>“घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्नो खेतमा असल बीउ छर्नुभएको होइन? त्यहाँ सामा कहाँबाट आयो?’ </red>"},{"id":28,"text":"<red>“घरको मालिकले तिनीहरूलाई भन्यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ </red><red>कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’ </red>"},{"id":29,"text":"<red>“तर उसले भन्यो, ‘त्यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्दा गहूँसमेत उखेल्नेछौ। </red>"},{"id":30,"text":"<red>फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।” </red>"},{"id":31,"text":"येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, <red>“स्वर्गको राज्य रायोको दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो। </red>"},{"id":32,"text":"<red>त्यो सबै बीउहरूमा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ र रूख नै भइहाल्छ। आकाशका चराचुरुङ्गीहरू आएर त्यसका हाँगाहरूमा गुँड़ लाउँछन्।” </red>"},{"id":33,"text":"उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, <red>“स्वर्गको राज्य खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।” </red>"},{"id":34,"text":"येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन। "},{"id":35,"text":"अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।”"},{"id":36,"text":"तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्।”"},{"id":37,"text":"उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो। </red>"},{"id":38,"text":"<red>खेत संसार हो। असल बीउचाहिँ राज्यको सन्तान हो, र सामा दुष्टको सन्तान हो। </red>"},{"id":39,"text":"<red>सामा रोप्ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्त्य हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। </red>"},{"id":40,"text":"<red>“जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्त्यमा पनि त्यस्तै हुनेछ। </red>"},{"id":41,"text":"<red>मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन्, </red>"},{"id":42,"text":"<red>र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्। </red>"},{"id":43,"text":"<red>तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्। जसको कान छ, त्यसले सुनोस्। </red>"},{"id":44,"text":"<red>“स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ। </red>"},{"id":45,"text":"<red>“फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो। </red>"},{"id":46,"text":"<red>त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो। </red>"},{"id":47,"text":"<red>“स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्। </red>"},{"id":48,"text":"<red>अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्मा गरे, र खराब जतिलाई बाहिर फाले। </red>"},{"id":49,"text":"<red>युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्, </red>"},{"id":50,"text":"<red>र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” </red>"},{"id":51,"text":"येशूले सोध्नुभयो, <red>“के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” </red>तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्यौं।”"},{"id":52,"text":"अनि उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यसकारण स्वर्गका राज्यको शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना मूल्यवान् सामानहरू बाहिर झिक्तछ।” </red>"},{"id":53,"text":"यी दृष्टान्तहरू बताइसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो। "},{"id":54,"text":"अनि आफ्नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्तो शिक्षा दिनुभयो, कि छक्क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्त भयो? "},{"id":55,"text":"के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्? "},{"id":56,"text":"के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन् र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्त भयो?” "},{"id":57,"text":"अनि तिनीहरू उहाँसँग चिढ़िए।तर येशूले तिनीहरूलाई भन्नुभयो, <red>“अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।” </red>"},{"id":58,"text":"अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।"}]},{"id":14,"title":"मत्ती 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/14-967ca1ad399df4d41135d11cc9c33f94.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने। "},{"id":2,"text":"तिनले आफ्ना भारदारहरूलाई भने, “उनी बप्तिस्मा-दिने यूहन्ना हुन्। उनी मृतकबाट जीवित भएका छन्। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्।”"},{"id":3,"text":"किनभने हेरोदले आफ्नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।"},{"id":4,"text":"यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।”"},{"id":5,"text":"यसैकारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे।"},{"id":6,"text":"तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई। "},{"id":7,"text":"त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे। "},{"id":8,"text":"तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी, “बप्तिस्मा-दिने यूहन्नाको शिर मलाई यहीँ थालमा दिनुहोस्।” "},{"id":9,"text":"तब राजा शोकित भए तापनि आफ्ना शपथ र अतिथिहरूको कारण तिनले त्यसै गर्ने हुकुम दिए, "},{"id":10,"text":"र तिनले कारागारमा यूहन्नाको शिर काट्न लगाए। "},{"id":11,"text":"अनि उनको शिर थालमा ल्याएर त्यस ठिटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमाकहाँ ल्याई। "},{"id":12,"text":"त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए।"},{"id":13,"text":"जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। "},{"id":14,"text":"किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।"},{"id":15,"text":"साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्ना लागि खानेकुरा किनून्।”"},{"id":16,"text":"तर येशूले तिनीहरूलाई भन्नुभयो, <red>“तिनीहरूलाई जानु आवश्यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।” </red>"},{"id":17,"text":"तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्।”"},{"id":18,"text":"तब उहाँले भन्नुभयो, <red>“ती मकहाँ ल्याओ।” </red>"},{"id":19,"text":"उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। "},{"id":20,"text":"ती सबैले खाएर तृप्त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। "},{"id":21,"text":"स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।"},{"id":22,"text":"उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्दा पहिले पारिपट्टि जान लाउनुभयो। "},{"id":23,"text":"भीड़लाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्लनुभयो। साँझ पर्दा उहाँ एकलै त्यहाँ हुनुहुन्थ्यो। "},{"id":24,"text":"तर डुङ्गा त्यति बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो।"},{"id":25,"text":"बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूकहाँ आउनुभयो। "},{"id":26,"text":"जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्च्याए।"},{"id":27,"text":"तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, <red>“साहस गर, म नै हुँ, नडराओ।” </red>"},{"id":28,"text":"पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्।”"},{"id":29,"text":"उहाँले भन्नुभयो, <red>“आऊ।” </red>पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्न लागे। "},{"id":30,"text":"तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्।”"},{"id":31,"text":"तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, <red>“ए अल्पविश्वासी, किन शङ्का गर्यौ?” </red>"},{"id":32,"text":"जब उहाँहरू डुङ्गामा पस्नुभयो तब बतास थामियो। "},{"id":33,"text":"डुङ्गामा हुनेहरूले उहाँलाई दण्डवत् गरे, र भने, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”"},{"id":34,"text":"पारि पुगेपछि उहाँहरू गनेसरेतको इलाकामा आइपुग्नुभयो। "},{"id":35,"text":"जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्याए। "},{"id":36,"text":"तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू निको भए।"}]},{"id":15,"title":"मत्ती 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/15-9885d92af3010833b172a10d7ea14841.mp3?version_id=1483","verses":[{"id":1,"text":"यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए, र भने, "},{"id":2,"text":"“तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्।”"},{"id":3,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू पनि किन आफ्ना परम्पराको खातिर परमेश्वरका आज्ञा भङ्ग गर्दछौ? </red>"},{"id":4,"text":"<red>किनभने परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ, त्योचाहिँ निश्चय मारिनुपर्छ। </red>"},{"id":5,"text":"<red>तर तिमीहरूचाहिँ भन्दछौ, जसले आफ्ना बुबा वा आमालाई भन्छ, ‘तपाईंले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो, सो परमेश्वरलाई चढ़ाइएको छ,’ त्यसले आफ्ना बाबुको आदर गर्नुपर्दैन। </red>"},{"id":6,"text":"<red>यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ। </red>"},{"id":7,"text":"<red>ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, </red>"},{"id":8,"text":"<red>‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, </red>\n<red>तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। </red>"},{"id":9,"text":"<red>तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, </red>\n<red>तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’।” </red>"},{"id":10,"text":"उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, <red>“सुन र बुझ। </red>"},{"id":11,"text":"<red>जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध पार्छ।” </red>"},{"id":12,"text":"यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्?”"},{"id":13,"text":"तर उहाँले भन्नुभयो, <red>“स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नुभएको हरेक बोट उखेलिनेछ।</red>"},{"id":14,"text":"<red>तिनीहरूलाई छोडिदेओ, ती अन्धा अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्यायो भने, ती दुवै खाल्डोमा पर्नेछन्।” </red>"},{"id":15,"text":"पत्रुसले उहाँलाई भने, “हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्।”"},{"id":16,"text":"उहाँले भन्नुभयो, <red>“के तिमीहरू पनि अझै अबुझ छौ? </red>"},{"id":17,"text":"<red>के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्छ त्यो पेटमा गइहाल्छ, र बाहिर निस्किहाल्छ?</red>"},{"id":18,"text":"<red>तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। </red>"},{"id":19,"text":"<red>किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्। </red>"},{"id":20,"text":"<red>यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।” </red>"},{"id":21,"text":"तब येशू त्यहाँबाट निस्कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो। "},{"id":22,"text":"त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।”"},{"id":23,"text":"येशूले त्यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहिछे।”"},{"id":24,"text":"उहाँले भन्नुभयो, <red>“म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्ति मात्र पठाइएको हुँ।” </red>"},{"id":25,"text":"तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्।”"},{"id":26,"text":"उहाँले भन्नुभयो, <red>“बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।” </red>"},{"id":27,"text":"त्यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्छन्।”"},{"id":28,"text":"तब येशूले त्यसलाई जवाफ दिनुभयो, <red>“ए नारी, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले इच्छा गरेबमोजिम तिमीलाई होस्।”</red> त्यसकी छोरी त्यही घड़ी निको भइहाली।"},{"id":29,"text":"येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनार भएर जानुभयो, र पहाड़माथि उक्लेर त्यहाँ बस्नुभयो। "},{"id":30,"text":"तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्याएका लङ्गड़ा, लुला, अन्धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो, "},{"id":31,"text":"यहाँसम्म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे, र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे।"},{"id":32,"text":"तब येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, <red>“म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्।”</red>"},{"id":33,"text":"चेलाहरूले उहाँलाई भने, “यस्तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने?"},{"id":34,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूसित कति वटा रोटी छन्?” </red>तिनीहरूले भने, “सात वटा रोटी र केही ससाना माछा छन्।”"},{"id":35,"text":"उहाँले भीड़लाई भूइँमा बस्ने आज्ञा दिनुभयो। "},{"id":36,"text":"उहाँले ती सात रोटी र माछा लिएर धन्यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए। "},{"id":37,"text":"तिनीहरू सबैले खाए र तृप्त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए। "},{"id":38,"text":"स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए। "},{"id":39,"text":"तब भीड़लाई बिदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्नुभयो, र मगादानको इलाकातिर जानुभयो।"}]},{"id":16,"title":"मत्ती 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/16-cfb35052e77d4fe5c9567844dc1f0de9.mp3?version_id=1483","verses":[{"id":1,"text":"फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्वर्गबाट एउटा चिन्ह देखाइदिने उहाँसँग माग राखे।"},{"id":2,"text":"तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“साँझ परेपछि तिमीहरू भन्छौ, ‘भोलि दिन राम्रो हुने रहेछ, किनकि आकाश रातो छ।’ </red>"},{"id":3,"text":"<red>बिहानचाहिँ भन्छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुन्छ छुट्ट्याउन जान्दछौ, तर समयका चिन्हको अर्थ खोल्न सक्दैनौ। </red>"},{"id":4,"text":"<red>दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक अरू चिन्ह त्यसलाई दिइनेछैन।”</red> अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो।"},{"id":5,"text":"चेलाहरू पारिपट्टि आइपुग्दा तिनीहरूले रोटी ल्याउन बिर्सेछन्। "},{"id":6,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“ध्यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” </red>"},{"id":7,"text":"तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्याएनौं, र उहाँले यसो भन्नुभएको होला।”"},{"id":8,"text":"येशूले यो थाहा पाएर भन्नुभयो, <red>“ए अल्पविश्वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ? </red>"},{"id":9,"text":"<red>के तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ? </red>"},{"id":10,"text":"<red>अनि चार हजारका निम्ति सात रोटी, र कति डाला तिमीहरूले बटुलेका थियौ? </red>"},{"id":11,"text":"<red>मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” </red>"},{"id":12,"text":"तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्नुभएको रहेछ।"},{"id":13,"text":"येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, <red>“मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन्?” </red>"},{"id":14,"text":"तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा-दिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन् भनी भन्छन्।”"},{"id":15,"text":"उहाँले तिनीहरूलाई सोध्नुभयो, <red>“तिमीहरू के भन्छौ, म को हुँ?” </red>"},{"id":16,"text":"सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”"},{"id":17,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। </red>"},{"id":18,"text":"<red>म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली </red><red>यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्। </red>"},{"id":19,"text":"<red>म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।” </red>"},{"id":20,"text":"उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो।"},{"id":21,"text":"उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।"},{"id":22,"text":"पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, “परमेश्वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्तो कहिल्यै हुनेछैन।”"},{"id":23,"text":"तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, <red>“ए शैतान, मेरो सामुन्नेबाट हटिजा, तँ मेरो निम्ति बाधा होस्। किनभने तँ परमेश्वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्।” </red>"},{"id":24,"text":"तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>“कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। </red>"},{"id":25,"text":"<red>किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ। </red>"},{"id":26,"text":"<red>सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? </red>"},{"id":27,"text":"<red>किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको कामअनुसार प्रतिफल दिनेछ। </red>"},{"id":28,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्नेछैनन्।”</red>"}]},{"id":17,"title":"मत्ती 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/17-8c4b9a3f7a4a03de434e2de6d855f71b.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्नालाई आफूसँग एउटा उच्च पहाड़माथि अलग्गै लैजानुभयो।"},{"id":2,"text":"तिनीहरूका सामुन्ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्क्यो, "},{"id":3,"text":"र उहाँका वस्त्र प्रकाशझैँ सेता भए। अनि मोशा र एलिया उहाँसँग बातचीत गरिरहेका देखा परे।"},{"id":4,"text":"पत्रुसले येशूलाई भने, “हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईंको इच्छा भए म यहाँ तीन वटा वासस्थान बनाउनेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।”"},{"id":5,"text":"तिनी बोल्दाबोल्दै, चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो, र त्यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन।”"},{"id":6,"text":"जब चेलाहरूले यो सुने, तब तिनीहरू अति भयभीत भएर घोप्टो परे। "},{"id":7,"text":"तर येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, <red>“उठ, नडराओ।” </red>"},{"id":8,"text":"जब तिनीहरूले आफ्ना आँखा उचाले, येशूबाहेक तिनीहरूले अरू कसैलाई देखेनन्।"},{"id":9,"text":"जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्थ्यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, <red>“जबसम्म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्दैन, तबसम्म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्नू।” </red>"},{"id":10,"text":"अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “तब किन शास्त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्छन्?” "},{"id":11,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“एलिया साँच्ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्याउनेछन्। </red>"},{"id":12,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, ‘एलिया अघि नै आएका छन्, अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्ट भोग्नुपर्नेछ।” </red>"},{"id":13,"text":"तब उहाँले बप्तिस्मा-दिने यूहन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको हो भनी चेलाहरूले बुझे।"},{"id":14,"text":"तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्यो, "},{"id":15,"text":"“प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्यसलाई छारेरोग लागेको छ, र ठूलो कष्ट भोग्दैछ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्छ। "},{"id":16,"text":"मैले त्यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।”"},{"id":17,"text":"तब येशूले भन्नुभयो, <red>“ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्म मैले तिमीहरूलाई सहनु? त्यसलाई यहाँ मकहाँ ल्याओ।” </red>"},{"id":18,"text":"येशूले त्यसलाई हकार्नुभयो, र भूतात्मा त्यसबाट निस्किगयो। त्यो केटो तुरुन्तै निको भयो।"},{"id":19,"text":"तब चेलाहरूले येशूकहाँ गुप्तमा आएर भने, “हामीहरूले त्यसलाई किन निकाल्न सकेनौं?”"},{"id":20,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन। </red>"},{"id":21,"text":"[<red>तापनि यस किसिमको भूतचाहिँ प्रार्थना र उपवासविना निक्लँदैन।”</red>]"},{"id":22,"text":"उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, <red>“मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ। </red>"},{"id":23,"text":"<red>अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” </red> अनि तिनीहरू अत्यन्त दुःखित भए।"},{"id":24,"text":"जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्?”"},{"id":25,"text":"तिनले भने, “हो, तिर्नुहुन्छ।”पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्नुभयो, <red>“सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि अरूहरूबाट?” </red>"},{"id":26,"text":"“अरूहरूबाट,” पत्रुसले जवाफ दिए।येशूले तिनलाई भन्नुभयो, <red>“उसो भए छोराहरूले त छुट पाएका रहेछन्। </red>"},{"id":27,"text":"<red>तर तिनीहरू हामीबाट नचिढ़िऊन् भन्ने हेतुले, समुद्रमा गएर बल्छी हान, र पहिले परेको माछा ल्याऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रो र मेरो निम्ति तिनीहरूलाई देऊ।” </red>"}]},{"id":18,"title":"मत्ती 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/18-846ce92f9d289a831339ab431868dded.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा महान् को हो?”"},{"id":2,"text":"उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो, "},{"id":3,"text":"र भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ। </red>"},{"id":4,"text":"<red>जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान् हुनेछ। </red>"},{"id":5,"text":"<red>जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ। </red>"},{"id":6,"text":"<red>“तर जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ। </red>"},{"id":7,"text":"<red>“पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार, त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ! </red>"},{"id":8,"text":"<red>तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्त आगोमा फालिनुभन्दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ।</red>"},{"id":9,"text":"<red>तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्दा त बरु कानो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। </red>"},{"id":10,"text":"<red>“होशियार रहो, तिमीहरूले यी सानाहरूमध्ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्छन्। </red>"},{"id":11,"text":"[<red>किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। </red>] "},{"id":12,"text":"<red>“तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्केर गयो भने, उसले उनान्सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी गर्न जाँदैन र?</red>"},{"id":13,"text":"<red>यदि उसले त्यसलाई भेट्टायो भने, साँच्चै म तिमीहरूलाई भन्दछु, ती भड्केर नजाने उनान्सयभन्दा त्यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ। </red>"},{"id":14,"text":"<red>यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्छा छ, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट नहोस्। </red>"},{"id":15,"text":"<red>“तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो। </red>"},{"id":16,"text":"<red>तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्येक कुरा पक्का होस्। </red>"},{"id":17,"text":"<red>यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने, मण्डलीलाई भन। त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने, त्यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्।</red>"},{"id":18,"text":"<red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ। </red>"},{"id":19,"text":"<red>“फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, </red>"},{"id":20,"text":"<red>किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।” </red>"},{"id":21,"text":"तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने? के सात पल्टसम्म?”"},{"id":22,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट। </red>"},{"id":23,"text":"<red>“यसैकारण स्वर्गको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे। </red>"},{"id":24,"text":"<red>जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्का ऋण लिने एक जना तिनीकहाँ ल्याइयो। </red>"},{"id":25,"text":"<red>तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका पत्नी र छोरा-छोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए। </red>"},{"id":26,"text":"<red>“तब त्यस नोकरले घुँड़ा टेकी तिनका पाउमा परेर भन्न लाग्यो, ‘मालिक, ममाथि धैर्य गर्नुहोस्, म तपाईंको सबै ऋण चुकाउनेछु।’ </red>"},{"id":27,"text":"<red>तब त्यस नोकरका मालिकले टिठ्याएर त्यसलाई छोडिदिए, र त्यसको ऋण माफी गरिदिए। </red>"},{"id":28,"text":"<red>“तर त्यस नोकरले निस्केर जाँदा आफ्नो सङ्गी-नोकरहरूमध्ये एक जनालाई भेट्यो, जो त्यसको एक सय चाँदीका सिक्काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, ‘तेरो ऋण तिरिहाल्।’ </red>"},{"id":29,"text":"<red>“तर त्यसको सङ्गी-नोकरले घोप्टो परेर त्यसलाई बिन्ती गर्यो, ‘ममाथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु।’ </red>"},{"id":30,"text":"<red>“तर त्यो मानेन, र गएर ऋण नतिरुञ्जेलसम्म उसलाई झ्यालखानमा हालिदियो। </red>"},{"id":31,"text":"<red>त्यसका सङ्गी-नोकरहरूले यी सब देखे र तिनीहरू अति दुःखित भए। तिनीहरूले गएर यी सब घटना आफ्ना मालिकलाई बताइदिए। </red>"},{"id":32,"text":"<red>“तब मालिकले त्यस नोकरलाई आफूकहाँ बोलाएर भने, ‘ए दुष्ट नोकर, तैंले मसँग बिन्ती गरिस्, र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ। </red>"},{"id":33,"text":"<red>मैले तँमाथि दया गरेझैँ तैंले पनि तेरो सङ्गी-नोकरमाथि दया गर्नुपर्नेथिएन?’ </red>"},{"id":34,"text":"<red>तब त्यसका मालिकले क्रुद्ध भएर त्यसलाई सबै ऋण नतिरुञ्जेल दण्ड दिनेहरूका हातमा सुम्पिदिए। </red>"},{"id":35,"text":"<red>“तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।” </red>"}]},{"id":19,"title":"मत्ती 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/19-36c9ecbb4ddb283499b88464c153826a.mp3?version_id=1483","verses":[{"id":1,"text":"यी कुरा बोल्नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो। "},{"id":2,"text":"ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो।"},{"id":3,"text":"फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?”"},{"id":4,"text":"तर उहाँले भन्नुभयो, <red>“के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो, </red>"},{"id":5,"text":"<red>र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’ </red>"},{"id":6,"text":"<red>ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।” </red>"},{"id":7,"text":"तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?”"},{"id":8,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन।</red>"},{"id":9,"text":"<red>म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।” </red>"},{"id":10,"text":"चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्तै सम्बन्ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”"},{"id":11,"text":"येशूले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“सबै मानिसले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले मात्र सक्छन् जसलाई यो दिइएको छ। </red>"},{"id":12,"text":"<red>किनकि कोही जन्मँदै नपुंसक हुन्छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्छन्। कतिचाहिँ आफैले आफैलाई स्वर्ग-राज्यको निम्ति नपुंसक बनाउँछन्। जसले यो ग्रहण गर्न सक्छ, त्यसले त्यो ग्रहण गरोस्।” </red>"},{"id":13,"text":"येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए।"},{"id":14,"text":"तर येशूले भन्नुभयो, <red>“बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।” </red>"},{"id":15,"text":"अनि बालकहरूमाथि हात राख्नुभएपछि उहाँ त्यहाँबाट जानुभयो।"},{"id":16,"text":"उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ?”"},{"id":17,"text":"उहाँले तिनलाई भन्नुभयो, <red>“असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर।” </red>"},{"id":18,"text":"तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?”येशूले भन्नुभयो, <red>“तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।</red>"},{"id":19,"text":"<red>आफ्ना आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।” </red>"},{"id":20,"text":"ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?”"},{"id":21,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।” </red>"},{"id":22,"text":"जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्पत्ति थियो।"},{"id":23,"text":"अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, स्वर्गको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ। </red>"},{"id":24,"text":"<red>फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।” </red>"},{"id":25,"text":"यो सुनेर चेलाहरूले अति आश्चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्छ?”"},{"id":26,"text":"येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, <red>“मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।” </red>"},{"id":27,"text":"तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?”"},{"id":28,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्नेछौ। </red>"},{"id":29,"text":"<red>हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ। </red>"},{"id":30,"text":"<red>तर धेरै जो पहिला छन् पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।” </red>"}]},{"id":20,"title":"मत्ती 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/20-21ac079bd55210164be1b75c9c88e49f.mp3?version_id=1483","verses":[{"id":1,"text":"<red>“स्वर्गको राज्य जमिनको एक जना मालिकजस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो। </red>"},{"id":2,"text":"<red>खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दाखबारीमा पठायो। </red>"},{"id":3,"text":"<red>“जब ऊ नौ बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो, </red>"},{"id":4,"text":"<red>र उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’ </red>"},{"id":5,"text":"<red>अनि तिनीहरू गए। </red><red>“फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्केर त्यसै गर्यो। </red>"},{"id":6,"text":"<red>उसले पाँच बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’ </red>"},{"id":7,"text":"<red>“तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्यालामा लगाएको छैन।’ </red><red>“उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’ </red>"},{"id":8,"text":"<red>“जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’ </red>"},{"id":9,"text":"<red>“पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्याला पाए। </red>"},{"id":10,"text":"<red>जब पहिला ज्यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्ता नै पाउँला भन्ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्याला पाए। </red>"},{"id":11,"text":"<red>ज्याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। </red>"},{"id":12,"text":"<red>तिनीहरू भन्न लागे, ‘यी पछिल्लाहरूले एक घण्टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्याउनुभएको छ।’ </red>"},{"id":13,"text":"<red>“तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्यालामा काम गर्ने कबूल गरेका होइनौ? </red>"},{"id":14,"text":"<red>तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्छु। </red>"},{"id":15,"text":"<red>मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? </red>"},{"id":16,"text":"<red>“यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्।” </red>"},{"id":17,"text":"यरूशलेमतिर जाँदैहुनुहुँदा येशूले बाह्र चेलाहरूलाई अलग्ग लगेर बाटोमा तिनीहरूलाई भन्नुभयो, "},{"id":18,"text":"<red>“हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्डको दोषी ठहराउनेछन्।</red>"},{"id":19,"text":"<red>उसलाई गिल्ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्न भनी तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” </red>"},{"id":20,"text":"तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँड़ा टेकी उहाँसँग बिन्ती गरिन्। "},{"id":21,"text":"उहाँले तिनलाई सोध्नुभयो, <red>“तिमी के चाहन्छ्यौ?” </red>तिनले उहाँलाई भनिन्, “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा, मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन्।”"},{"id":22,"text":"तर येशूले जवाफ दिनुभयो, <red>“तिमीहरू के मागिरहेछौ सो जान्दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्यो तिमीहरू पिउन सक्छौ?” </red>तिनीहरूले भने, “सक्छौं।”"},{"id":23,"text":"उहाँले भन्नुभयो, <red>“मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।” </red>"},{"id":24,"text":"यो सुनेर दशै जना ती दुई भाइसँग रुष्ट भए। "},{"id":25,"text":"तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, <red>“तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। </red>"},{"id":26,"text":"<red>तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। </red>"},{"id":27,"text":"<red>जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ,</red>"},{"id":28,"text":"<red>जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।” </red>"},{"id":29,"text":"उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्यो। "},{"id":30,"text":"बाटोको छेउमा बसिरहेका दुई जना अन्धाहरूले येशू त्यो बाटो जाँदैहुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”"},{"id":31,"text":"भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्कायो, तर तिनीहरू यसो भन्दै झन् साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”"},{"id":32,"text":"तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, <red>“तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति के गरिदिऊँ?” </red>"},{"id":33,"text":"तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्।”"},{"id":34,"text":"येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे।"}]},{"id":21,"title":"मत्ती 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/21-534491daf49e524aaae60b1a54225b4d.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, "},{"id":2,"text":"<red>“तिमीहरू सामुन्नेको गाउँमा जाओ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्याओ। </red>"},{"id":3,"text":"<red>कसैले तिमीहरूलाई केही भन्यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्नू र त्यसले तुरुन्तै ती पठाइदिनेछ।” </red>"},{"id":4,"text":"अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस् भनेर यो भएको हो,"},{"id":5,"text":"“सियोनकी छोरीलाई भन,\n हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा, एउटा बछेड़ामाथि।”"},{"id":6,"text":"तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे। "},{"id":7,"text":"तिनीहरूले गधा र त्यसको बच्चा ल्याए, र तीमाथि आफ्ना लुगाफाटा ओछ्याए, र उहाँ त्यसमाथि बस्नुभयो। "},{"id":8,"text":"भीड़मा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। "},{"id":9,"text":"उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए,\n“दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’"},{"id":10,"text":"जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, “यिनी को हुन्?” "},{"id":11,"text":"भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।”"},{"id":12,"text":"येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो। "},{"id":13,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” </red>"},{"id":14,"text":"अन्धा र लङ्गड़ाहरू मन्दिरमा उहाँकहाँ आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। "},{"id":15,"text":"तर जब मुख्य पूजाहारीहरू र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मका काम देखे, र केटाकेटीहरूले मन्दिरमा “दाऊदका पुत्रलाई होसन्ना” भन्दै चिच्च्याएका सुने, तब तिनीहरू क्रोधित भए, "},{"id":16,"text":"र तिनीहरूले उहाँलाई भने, “सुन्दैछौ, यिनीहरूले के भनिरहेका छन्?”तब येशूले तिनीहरूलाई भन्नुभयो, <red>“हो, सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ, </red>\n<red>‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’?” </red>"},{"id":17,"text":"तब तिनीहरूलाई छोड़ेर उहाँ सहरबाट निस्की बेथानियामा गई त्यहाँ वास बस्नुभयो।"},{"id":18,"text":"बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो। "},{"id":19,"text":"बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो। उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, <red>“अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्”</red> र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो।"},{"id":20,"text":"यो देखेर चेलाहरूले अचम्म मानेर भने, “यो अञ्जीरको बोट कसरी तुरुन्तै ओइलाइहाल्यो?”"},{"id":21,"text":"येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमा विश्वास छ र कहिल्यै शङ्का गरेनौ भने, अञ्जीरको बोटलाई जे गरियो त्यति मात्र होइन, तर यस डाँड़ालाई पनि ‘उखेलिएर समुद्रमा खस’ भन्यौ भने सो हुनेछ। </red>"},{"id":22,"text":"<red>विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।” </red>"},{"id":23,"text":"उहाँ मन्दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?”"},{"id":24,"text":"येशूले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई त्यसको उत्तर दियौ भने, म कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई बताउनेछु।</red>"},{"id":25,"text":"<red>यूहन्नाको बप्तिस्मा कहाँबाट भयो? स्वर्गबाट कि मानिसहरूबाट?”</red>तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे, “स्वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भन्नेछन्। "},{"id":26,"text":"तर मानिसहरूबाट भनौं भने, हामीलाई मानिसहरूको डर छ। किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्छन्।” "},{"id":27,"text":"यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामीलाई थाहा छैन।”उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“म पनि कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्दिनँ।” </red>"},{"id":28,"text":"<red>“तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’ </red>"},{"id":29,"text":"<red>त्यसले जवाफ दियो, ‘म जान्नँ।’ तर पछिबाट पछुताएर गयो। </red>"},{"id":30,"text":"<red>“दोस्राकहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाफ दियो, ‘म जान्छु।’ तर गएन।</red>"},{"id":31,"text":"<red>“अब यी दुईमा कुनचाहिँले बाबुको इच्छा पालन गर्यो?” </red>तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।”येशूले तिनीहरूलाई भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। </red>"},{"id":32,"text":"<red>किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेनौ, अनि उनीमाथि विश्वास गरेनौ।” </red>"},{"id":33,"text":"<red>“अर्को दृष्टान्त सुन। कोही एक जना गृहस्थी थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे, र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे। </red>"},{"id":34,"text":"<red>जब फलको समय नजिक आयो, उनले मोहीहरूकहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए। </red>"},{"id":35,"text":"<red>“तर मोहीहरूले उनका नोकरहरूलाई समाती एउटालाई पिटे, अर्कालाई मारे, र अर्कालाई ढुङ्गाले हाने। </red>"},{"id":36,"text":"<red>फेरि उनले अघिको भन्दा बढ़ी नोकरहरू पठाए, र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे।</red>"},{"id":37,"text":"<red>‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्ने सोचेर, अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए। </red>"},{"id":38,"text":"<red>“तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, त्यसलाई मारौं, र त्यसको उत्तराधिकार हात पारौं।’ </red>"},{"id":39,"text":"<red>तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे। </red>"},{"id":40,"text":"<red>“यसकारण जब दाखबारीका मालिक आउँछन्, तब उनले ती मोहीहरूलाई के गर्लान्?” </red>"},{"id":41,"text":"तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।”"},{"id":42,"text":"येशूले तिनीहरूलाई भन्नुभयो, <red>“के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढ़ेनौ? </red>\n<red>‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे</red>\n<red>त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो, </red>\n<red>यो परमप्रभुबाट भएको हो, </red>\n<red>अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’</red>"},{"id":43,"text":"<red>“यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसको फल फलाउँछ। </red>"},{"id":44,"text":"<red>यस ढुङ्गामाथि खस्नेचाहिँ टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्छ, यसले त्यसलाई किच्नेछ।” </red>"},{"id":45,"text":"जब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्टान्त सुने, तब तिनीहरूकै विषयमा उहाँले यो भन्नुभएको हो भन्ने बुझे। "},{"id":46,"text":"तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भीड़सँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन् भनी ठान्थे।"}]},{"id":22,"title":"मत्ती 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/22-c2a834a34d32b669f9d9b79c078a3e84.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो, "},{"id":2,"text":"<red>“स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे, </red>"},{"id":3,"text":"<red>र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्। </red>"},{"id":4,"text":"<red>“फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्। विवाह-भोजमा आउनुहोस्।’ </red>"},{"id":5,"text":"<red>“तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे। </red>"},{"id":6,"text":"<red>बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। </red>"},{"id":7,"text":"<red>तब राजा क्रोधित भए, र आफ्ना फौजहरू पठाईकन ती हत्याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए। </red>"},{"id":8,"text":"<red>“तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन्। </red>"},{"id":9,"text":"<red>यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ।’ </red>"},{"id":10,"text":"<red>तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो। </red>"},{"id":11,"text":"<red>“तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे। </red>"},{"id":12,"text":"<red>तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो। </red>"},{"id":13,"text":"<red>“तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’ </red>"},{"id":14,"text":"<red>किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।” </red>"},{"id":15,"text":"तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। "},{"id":16,"text":"तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्यू, हामी जान्दछौं, तपाईं सत्य हुनुहुन्छ, र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ, र तपाईं कसैको भय मान्नुहुन्न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्न। "},{"id":17,"text":"यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?”"},{"id":18,"text":"तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, <red>“ढोंगी हो, तिमीहरू मलाई किन जाँच्दछौ?</red>"},{"id":19,"text":"<red>कर तिर्ने सिक्का मलाई देखाओ।”</red> अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्का ल्याए। "},{"id":20,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?” </red>"},{"id":21,"text":"तिनीहरूले उहाँलाई भने, “कैसरको।”तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ।”</red>"},{"id":22,"text":"यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले।"},{"id":23,"text":"मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यो प्रश्न गरे,"},{"id":24,"text":"“गुरुज्यू, मोशाले भनेका छन्, कोही मानिस निस्सन्तान मर्यो भने उसको भाइचाहिँले दाजुकी पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नुपर्छ।"},{"id":25,"text":"हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्यो, र सन्तान नभएकोले उसको भाइको निम्ति पत्नी छोड़ेर गयो। "},{"id":26,"text":"उसै गरी माहिलाले र साहिँलाले पनि, र सातौँसम्मले त्यसै गरे। "},{"id":27,"text":"तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। "},{"id":28,"text":"यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती सातै जनामध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिई।”"},{"id":29,"text":"येशूले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। </red>"},{"id":30,"text":"<red>किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्। </red>"},{"id":31,"text":"<red>तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, त्यो तिमीहरूले पढ़ेका छैनौ? </red>"},{"id":32,"text":"<red>‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।” </red>"},{"id":33,"text":"यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे।"},{"id":34,"text":"उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए। "},{"id":35,"text":"तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे,"},{"id":36,"text":"“गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो?”"},{"id":37,"text":"उहाँले तिनलाई भन्नुभयो, <red>“तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। </red>"},{"id":38,"text":"<red>महान् र प्रथम आज्ञा यही हो। </red>"},{"id":39,"text":"<red>दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। </red>"},{"id":40,"text":"<red>सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।”</red>"},{"id":41,"text":"जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, "},{"id":42,"text":"<red>“ख्रीष्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो?” </red>तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।”"},{"id":43,"text":"उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्छन्? उनी भन्छन्,</red>"},{"id":44,"text":"<red>‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, </red>\n<red>“तिमी मेरो दाहिने हातपट्टि बस, </red>\n<red>जबसम्म म तिम्रा शत्रुहरूलाई </red>\n<red>तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ’।” </red>"},{"id":45,"text":"<red>यदि दाऊदले उसलाई प्रभु भन्दछन् भने, ऊ कसरी तिनको पुत्र हुन्छ र?”</red>"},{"id":46,"text":"अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन।"}]},{"id":23,"title":"मत्ती 23","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/23-2ce766332c389fc0ab81162f94420ef3.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब येशूले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: "},{"id":2,"text":"<red>“शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्।</red>"},{"id":3,"text":"<red>यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरेजस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन्, तर त्यसअनुसार गर्दैनन्। </red>"},{"id":4,"text":"<red>तिनीहरूले गह्रौँ र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्। तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्।</red>"},{"id":5,"text":"<red>“तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्। किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था-पत्री ठूला बनाउँछन्, र आफ्ना वस्त्रका झुम्काहरू लम्म्याउँछन्, </red>"},{"id":6,"text":"<red>भोजहरूमा तिनीहरू सम्मानका स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,</red>"},{"id":7,"text":"<red>बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेका रुचाउँछन्।</red>"},{"id":8,"text":"<red>“तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।</red>"},{"id":9,"text":"<red>तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ। </red>"},{"id":10,"text":"<red>तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ। </red>"},{"id":11,"text":"<red>तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ, त्यो तिमीहरूको सेवक हुनेछ।</red>"},{"id":12,"text":"<red>जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ। </red>"},{"id":13,"text":"<red>“धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्तछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। </red> [ "},{"id":14,"text":"<red>“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ।</red>]"},{"id":15,"text":"<red>“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोबर नरकको छोरो बनाउँछौ।</red>"},{"id":16,"text":"<red>“धिक्कार तिमीहरूलाई, अन्धा अगुवा हो, जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरका सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ।’ </red>"},{"id":17,"text":"<red>मूर्ख र अन्धा हो, कुनचाहिँ ठूलो हो? सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? </red>"},{"id":18,"text":"<red>‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’ </red>"},{"id":19,"text":"<red>ए अन्धा हो, कुनचाहिँ ठूलो हो? भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? </red>"},{"id":20,"text":"<red>यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिका सबै थोकको शपथ खान्छ।</red>"},{"id":21,"text":"<red>मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र वास गर्नुहुनेको शपथ खान्छ। </red>"},{"id":22,"text":"<red>स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ। </red>"},{"id":23,"text":"<red>“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो। </red>"},{"id":24,"text":"<red>अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्दछौ। </red>"},{"id":25,"text":"<red>“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्।</red>"},{"id":26,"text":"<red>अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्। </red>"},{"id":27,"text":"<red>“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्छन्। </red>"},{"id":28,"text":"<red>यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। </red>"},{"id":29,"text":"<red>“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्मारकलाई सिङ्गार्छौ, </red>"},{"id":30,"text":"<red>र भन्दछौ, ‘हामी आफ्ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’ </red>"},{"id":31,"text":"<red>यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। </red>"},{"id":32,"text":"<red>तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। </red>"},{"id":33,"text":"<red>“सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? </red>"},{"id":34,"text":"<red>यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्नेछौ, र कति जनालाई आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ। </red>"},{"id":35,"text":"<red>पृथ्वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्रस्थान र वेदीका बीचमा हत्या गर्यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ। </red>"},{"id":36,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। </red>"},{"id":37,"text":"<red>“ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्। </red>"},{"id":38,"text":"<red>हेर, तिमीहरूको घर उजाड छोडिएको छ। </red>"},{"id":39,"text":"<red>किनभने म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ नभनेसम्म तिमीहरूले मलाई देख्नेछैनौ।” </red>"}]},{"id":24,"title":"मत्ती 24","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/24-6932943e316825d8c4e2c06a8e7917c9.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए। "},{"id":2,"text":"तर उहाँले तिनीहरूलाई भन्नुभयो, <red>‘तिमीहरूले यी सब देख्छौ, होइन त? साँच्चै, म तिमीहरूलाई भन्छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्येक भत्काएर फालिनेछ।” </red>"},{"id":3,"text":"येशू जैतून डाँड़ामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?”"},{"id":4,"text":"तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, <red>“होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। </red>"},{"id":5,"text":"<red>किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्। </red>"},{"id":6,"text":"<red>तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन। </red>"},{"id":7,"text":"<red>किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। </red>"},{"id":8,"text":"<red>तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। </red>"},{"id":9,"text":"<red>“तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। </red>"},{"id":10,"text":"<red>तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ। </red>"},{"id":11,"text":"<red>धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। </red>"},{"id":12,"text":"<red>दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।</red>"},{"id":13,"text":"<red>तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ। </red>"},{"id":14,"text":"<red>अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।</red>"},{"id":15,"text":"<red>“यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्थानमा खड़ा भएको देखौला </red> (पाठकले बुझोस्),"},{"id":16,"text":"<red>तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्।</red>"},{"id":17,"text":"<red>कौसीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरून्। </red>"},{"id":18,"text":"<red>खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआऊन्।</red>"},{"id":19,"text":"<red>हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।</red>"},{"id":20,"text":"<red>तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर।</red>"},{"id":21,"text":"<red>किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। </red>"},{"id":22,"text":"<red>ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्नेथिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्। </red>"},{"id":23,"text":"<red>तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्ट यहाँ छन्, कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर।</red>"},{"id":24,"text":"<red>किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्।</red>"},{"id":25,"text":"<red>याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु। </red>"},{"id":26,"text":"<red>“यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनी भन्छन् भने बाहिर निस्केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्वास नगर। </red>"},{"id":27,"text":"<red>किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।</red>"},{"id":28,"text":"<red>जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्। </red>"},{"id":29,"text":"<red>“ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्। </red>"},{"id":30,"text":"<red>तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्। </red>"},{"id":31,"text":"<red>उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।</red>"},{"id":32,"text":"<red>“तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।</red>"},{"id":33,"text":"<red>त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान। </red>"},{"id":34,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, कि यी सबै पूरा नहोउञ्जेल यो पुस्ता बितिजानेछैन।</red>"},{"id":35,"text":"<red>स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्।</red>"},{"id":36,"text":"<red>“तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले।</red>"},{"id":37,"text":"<red>मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्तै हुनेछ। </red>"},{"id":38,"text":"<red>किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,</red>"},{"id":39,"text":"<red>अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। </red>"},{"id":40,"text":"<red>त्यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ। </red>"},{"id":41,"text":"<red>दुई स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ। </red>"},{"id":42,"text":"<red>“यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्दैनौ। </red>"},{"id":43,"text":"<red>तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्नो घर फोर्न दिनेथिएन। </red>"},{"id":44,"text":"<red>यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। </red>"},{"id":45,"text":"<red>“विश्वासी र बुद्धिमान् नोकर को हो, जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस् भनी खटाएको हुन्छ?</red>"},{"id":46,"text":"<red>त्यो नोकर धन्य हो, जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ।</red>"},{"id":47,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, मालिकले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि जिम्मेवार नियुक्त गर्नेछ।</red>"},{"id":48,"text":"<red>तर यदि त्यस दुष्ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,</red>"},{"id":49,"text":"<red>आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्न र मतवालाहरूसँग खान र पिउन लाग्यो भने,</red>"},{"id":50,"text":"<red>त्यस नोकरको मालिक त्यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्नेछ।</red>"},{"id":51,"text":"<red>अनि मालिकले त्यसलाई कठोर दण्ड दिनेछ र त्यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” </red>"}]},{"id":25,"title":"मत्ती 25","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/25-1f87144f3d240d2ff87db3dbfd85f3bd.mp3?version_id=1483","verses":[{"id":1,"text":"<red>“तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। </red>"},{"id":2,"text":"<red>तीमध्ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए। </red>"},{"id":3,"text":"<red>किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्। </red>"},{"id":4,"text":"<red>तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे। </red>"},{"id":5,"text":"<red>दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।</red>"},{"id":6,"text":"<red>“तर मध्यरातमा ‘हेर दुलहा, उनलाई भेट्न आओ,’ भन्ने आवाज आयो।</red>"},{"id":7,"text":"<red>“तब ती सबै कन्याहरू ब्यूँझे, र आ-आफ्नो बत्ती ठीकठाक पारे। </red>"},{"id":8,"text":"<red>निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्न लागे।’ </red>"},{"id":9,"text":"<red>“तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्नो लागि किन।’ </red>"},{"id":10,"text":"<red>“तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो। </red>"},{"id":11,"text":"<red>“पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्!’ </red>"},{"id":12,"text":"<red>“तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’ </red>"},{"id":13,"text":"<red>“यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन।</red>"},{"id":14,"text":"<red>“किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन-सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। </red>"},{"id":15,"text":"<red>तिनले हरेकलाई तिनीहरूका आ-आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले। </red>"},{"id":16,"text":"<red>तब पाँच सुनका सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो।</red>"},{"id":17,"text":"<red>त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो। </red>"},{"id":18,"text":"<red>तर एक सिक्का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो।</red>"},{"id":19,"text":"<red>“धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।</red>"},{"id":20,"text":"<red>तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई अगाडि आएर यसो भन्यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्काको जिम्मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्का कमाएको छु।’</red>"},{"id":21,"text":"<red>“मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’</red>"},{"id":22,"text":"<red>“दुई सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्का कमाएको छु।’ </red>"},{"id":23,"text":"<red>“त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’</red>"},{"id":24,"text":"<red>“एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्ने तपाईं कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। </red>"},{"id":25,"text":"<red>यसैले मलाई डर लाग्यो, र गएर तपाईंको सिक्का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्का लिनुहोस्।’</red>"},{"id":26,"text":"<red>“त्यसका मालिकले त्यसलाई जवाफ दिए, ‘ए दुष्ट, अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैंले जानेको थिइस् भने,</red>"},{"id":27,"text":"<red>तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ। </red>"},{"id":28,"text":"<red>यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ।</red>"},{"id":29,"text":"<red>किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। </red>"},{"id":30,"text":"<red>त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’ </red>"},{"id":31,"text":"<red>“जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ। </red>"},{"id":32,"text":"<red>र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।</red>"},{"id":33,"text":"<red>उसले भेड़ाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। </red>"},{"id":34,"text":"<red>“तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर।</red>"},{"id":35,"text":"<red>किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।</red>"},{"id":36,"text":"<red>नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’</red>"},{"id":37,"text":"<red>“तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं?</red>"},{"id":38,"text":"<red>कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं? </red>"},{"id":39,"text":"<red>र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’ </red>"},{"id":40,"text":"<red>“तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’ </red>"},{"id":41,"text":"<red>“त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।</red>"},{"id":42,"text":"<red>किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।</red>"},{"id":43,"text":"<red>म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’</red>"},{"id":44,"text":"<red>“तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’</red>"},{"id":45,"text":"<red>“तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ।’</red>"},{"id":46,"text":"<red>“तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।” </red>"}]},{"id":26,"title":"मत्ती 26","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/26-44738a163fe815761edaea05a0349e3f.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशूले यी सबै कुरा भनिसक्नुभएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, "},{"id":2,"text":"<red>“तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।” </red>"},{"id":3,"text":"तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए। "},{"id":4,"text":"र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे। "},{"id":5,"text":"तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।”"},{"id":6,"text":"येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुँदा, "},{"id":7,"text":"एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई।"},{"id":8,"text":"यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्ति यत्रो नोक्सानी? "},{"id":9,"text":"किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।”"},{"id":10,"text":"तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्।</red>"},{"id":11,"text":"<red>किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्। तर म तिमीहरूसँग सधैँ हुन्नँ। </red>"},{"id":12,"text":"<red>तिनले यो अत्तर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्।</red>"},{"id":13,"text":"<red>साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ।” </red>"},{"id":14,"text":"तब बाह्रमध्ये एक जना यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो, "},{"id":15,"text":"र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए।"},{"id":16,"text":"त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो।"},{"id":17,"text":"अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाड़को भोज खाने प्रबन्ध हामी कहाँ गरौं?”"},{"id":18,"text":"उहाँले भन्नुभयो, <red>“सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ। म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’।”</red>"},{"id":19,"text":"तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए।"},{"id":20,"text":"साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो। "},{"id":21,"text":"उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, <red>“साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।” </red>"},{"id":22,"text":"तब तिनीहरू साह्रै दुःखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?”"},{"id":23,"text":"अनि उहाँले भन्नुभयो, <red>“जसले मसँगै थालमा रोटी चोपेको छ, त्यसैले मलाई पक्राइदिनेछ। </red>"},{"id":24,"text":"<red>मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखेबमोजिम जानेछ। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुनेथियो।” </red>"},{"id":25,"text":"तब उहाँलाई पक्राइदिने यहूदाले सोध्यो, “गुरुज्यू, के त्यो म हुँ?”उहाँले त्यसलाई भन्नुभयो, <red>“तिमी आफैले भन्यौ।” </red>"},{"id":26,"text":"तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, <red>“लेओ, खाओ, यो मेरो शरीर हो।” </red>"},{"id":27,"text":"तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, <red>“तिमीहरू सबैले यसबाट पिओ।</red>"},{"id":28,"text":"<red>किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। </red>"},{"id":29,"text":"<red>तर म तिमीहरूलाई भन्दछु, कि दाखको यस फलबाट म तबसम्म पिउनेछैनँ, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।”</red>"},{"id":30,"text":"एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्केर जानुभयो।"},{"id":31,"text":"तब येशूले तिनीहरूलाई भन्नुभयो, <red>“आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्ट हुनेछन्।’ </red>"},{"id":32,"text":"<red>तर म मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” </red>"},{"id":33,"text":"पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ।”"},{"id":34,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“साँच्चै, म तिमीलाई भन्दछु, आजै राती भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” </red>"},{"id":35,"text":"पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्यसै भने।"},{"id":36,"text":"तब येशू गेतसमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्नुभयो, <red>“तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।”</red>"},{"id":37,"text":"र आफूसँग पत्रुस र जब्दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। "},{"id":38,"text":"तब उहाँले तिनीहरूलाई भन्नुभयो, <red>“मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।” </red>"},{"id":39,"text":"अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, <red>“हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।”</red>"},{"id":40,"text":"तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्नुभयो, <red>“के तिमीहरू मसँग एक घण्टा पनि जागा बस्न सकेनौ? </red>"},{"id":41,"text":"<red>जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” </red>"},{"id":42,"text":"फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, <red>“मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्छा पूरा होस्।”</red>"},{"id":43,"text":"उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। "},{"id":44,"text":"यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो, र गएर फेरि उही शब्दहरू दोहोर्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो।"},{"id":45,"text":"तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्नुभयो, <red>“तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ।</red>"},{"id":46,"text":"<red>उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।”</red>"},{"id":47,"text":"उहाँ बोल्दाबोल्दै, बाह्रमध्येको एक जना, अर्थात् यहूदा आयो। त्यससँग मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो। "},{"id":48,"text":"उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्वाइँ खान्छु, तिनी नै हुन्, तिनैलाई समात।” "},{"id":49,"text":"तुरुन्तै येशूकहाँ गएर त्यसले भन्यो, “हे गुरु, प्रणाम!” र त्यसले उहाँलाई म्वाइँ खायो।"},{"id":50,"text":"येशूले त्यसलाई भन्नुभयो, <red>“मित्र, तिमी जे गर्न आएका छौ, त्यो गरिहाल।”</red>तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्तारी गरे। "},{"id":51,"text":"येशूको साथमा हुनेहरूमध्ये एउटाले हात बढ़ाएर आफ्नो तरवार झिक्यो, र मुख्य पूजाहारीको दासलाई प्रहार गर्यो, र त्यसको कान छिनाइदियो।"},{"id":52,"text":"तब येशूले तिनलाई भन्नुभयो, <red>“तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्।</red>"},{"id":53,"text":"<red>तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढ़ी मेरो निम्ति पठाइदिनुहुन्न र? </red>"},{"id":54,"text":"<red>तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?” </red>"},{"id":55,"text":"त्यसै बेला येशूले भीड़लाई भन्नुभयो, <red>“डाँकूको विरुद्धमा आएझैँ मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्दिरमा शिक्षा दिँदै बस्थें, र तिमीहरूले मलाई पक्रेनौ। </red>"},{"id":56,"text":"<red>तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्।”</red> तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे।"},{"id":57,"text":"येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्म-गुरुहरू भेला भएका थिए। "},{"id":58,"text":"तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्मै उहाँको पछिपछि लागे, र अन्त्यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे।"},{"id":59,"text":"अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्न लागे। "},{"id":60,"text":"धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जना अगि आए, "},{"id":61,"text":"र भने, “यस मानिसले ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु’ भन्यो।”"},{"id":62,"text":"तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?” "},{"id":63,"text":"तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस्?”"},{"id":64,"text":"येशूले तिनलाई भन्नुभयो, <red>“तपाईंले नै भनिहाल्नुभयो। तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।” </red>"},{"id":65,"text":"तब प्रधान पूजाहारीले आफ्ना वस्त्र च्याते र भने, “यसले त ईश्वर-निन्दा बोल्यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्वर-निन्दा सुनिहाल्नुभयो।"},{"id":66,"text":"तपाईंहरूको के राय छ?”तिनीहरूले जवाफ दिए, “यो प्राणदण्डको योग्य छ।”"},{"id":67,"text":"तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दै थप्पड़ लाए,"},{"id":68,"text":"“हे ख्रीष्ट, लौ, अगमवाणी भन्! तँलाई हिर्काउने को हो?”"},{"id":69,"text":"पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनीकहाँ आएर भनी, “तिमी पनि गालील-निवासी येशूसँग थियौ?”"},{"id":70,"text":"तर तिनले उनीहरू सबैका सामुन्ने इन्कार गरेर भने, “तैंले के भन्दैछस्, म जान्दिनँ।”"},{"id":71,"text":"तिनी बाहिर दलानमा निस्केपछि अर्कीले तिनलाई देखी, र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।”"},{"id":72,"text":"तिनले फेरि शपथ खाएर इन्कार गरे, “म ती मानिसलाई चिन्दिनँ।”"},{"id":73,"text":"अलि बेरपछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्चै, तिमी पनि तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।”"},{"id":74,"text":"तब पत्रुसले आफैलाई सराप्दै शपथ खान लागे “म ती मानिसलाई चिन्दैचिन्दिनँ।” अनि तुरुन्तै भाले बास्यो।"},{"id":75,"text":"तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो, <red>“भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”</red> तब तिनी बाहिर गएर धुरुधुरु रोए।"}]},{"id":27,"title":"मत्ती 27","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/27-efe9015a3055371d70af3fa2af7f90cc.mp3?version_id=1483","verses":[{"id":1,"text":"बिहान सबेरै, सबै मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरुद्धमा सरसल्लाह गरे। "},{"id":2,"text":"अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्पिदिए।"},{"id":3,"text":"तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्डाज्ञा भएको देखिकन पछुतो गर्यो, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्का फिर्ता दिन ल्यायो,"},{"id":4,"text":"र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।”तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्।”"},{"id":5,"text":"तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो, र त्यसले झुण्डेर आत्महत्या गर्यो।"},{"id":6,"text":"तर मुख्य पूजाहारीहरूले चाँदीका ती सिक्काहरू लिएर भने, “ढुकुटीमा यो राख्न उचित छैन, किनकि यो रगतको मोल हो।” "},{"id":7,"text":"तिनीहरूले आपसमा सल्लाह गरेर त्यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने। "},{"id":8,"text":"यसैकारण त्यो जमिन आजसम्म पनि रगतको जमिन कहलाइन्छ। "},{"id":9,"text":"तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्का लिए, त्यस मूल्यको रूपमा, जुन मूल्य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए,"},{"id":10,"text":"र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्ति तिनीहरूले दिए।”"},{"id":11,"text":"येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”येशूले भन्नुभयो, <red>“तपाईं नै त्यसो भन्नुहुन्छ।”</red>"},{"id":12,"text":"अनि मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन। "},{"id":13,"text":"तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ?” "},{"id":14,"text":"तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्क परे।"},{"id":15,"text":"निस्तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो। "},{"id":16,"text":"त्यस बेला बारब्बा नाउँ भएको एक जना कुख्यात कैदी थियो। "},{"id":17,"text":"जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ? बारब्बा कि ख्रीष्ट भनिने येशूलाई?” "},{"id":18,"text":"किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो।"},{"id":19,"text":"तब न्याय-आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्, “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।”"},{"id":20,"text":"तर मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए।"},{"id":21,"text":"हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?”तिनीहरूले भने, “बारब्बालाई।”"},{"id":22,"text":"पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ त?”तिनीहरू सबैले जवाफ दिए, “त्यो क्रूसमा टाँगिओस्।”"},{"id":23,"text":"तिनले भने, “किन? तिनले के अपराध गरेका छन् र?”तर तिनीहरू अझ बढ़ी यसो भन्दै चिच्च्याए, “त्यो क्रूसमा टाँगिओस।”"},{"id":24,"text":"तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।”"},{"id":25,"text":"सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस्।”"},{"id":26,"text":"तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए।"},{"id":27,"text":"तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए। "},{"id":28,"text":"तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए। "},{"id":29,"text":"तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।” "},{"id":30,"text":"तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। "},{"id":31,"text":"उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रूसमा झुण्ड्याउन लगे।"},{"id":32,"text":"जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्यसलाई उहाँको क्रूस बोक्न कर लाए। "},{"id":33,"text":"जब तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्थान भनिन्छ, "},{"id":34,"text":"तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्यो पिउन चाहनुभएन।"},{"id":35,"text":"तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्त्रहरू आपसमा बाँड़े।"},{"id":36,"text":"तब त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे। "},{"id":37,"text":"“येशू, यहूदीहरूको राजा “भन्ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए। "},{"id":38,"text":"उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि। "},{"id":39,"text":"त्यहाँबाट आउने-जानेहरूले आ-आफ्नो मुन्टो हल्लाएर उहाँको गिल्ला गरे,"},{"id":40,"text":"र भने, “ए मन्दिर भत्काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्वरको पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइज।”"},{"id":41,"text":"मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्ला गर्दै भने, "},{"id":42,"text":"“यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्वास गर्नेछौं। "},{"id":43,"text":"यसले परमेश्वरमा भरोसा राख्छ। परमेश्वरले यसलाई चाहनुहुन्छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्वरको पुत्र हुँ,’ भनी भन्थ्यो।”"},{"id":44,"text":"अनि उहाँसँग क्रूसमा झुण्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।"},{"id":45,"text":"अब मध्याह्नदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो। "},{"id":46,"text":"तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, <red>“इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” </red>"},{"id":47,"text":"त्यहाँ उभिएकाहरूमध्ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।”"},{"id":48,"text":"तिनीहरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो।"},{"id":49,"text":"तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन् कि?”"},{"id":50,"text":"तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो।"},{"id":51,"text":"त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे।"},{"id":52,"text":"चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे, "},{"id":53,"text":"र तिनीहरू चिहानहरूबाट निस्के, र मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।"},{"id":54,"text":"जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्।”"},{"id":55,"text":"त्यहाँ गालीलबाट आएका धेरै स्त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए।"},{"id":56,"text":"तिनीहरूमध्ये मरियम मग्दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए।"},{"id":57,"text":"साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्वयम् येशूका चेला थिए। "},{"id":58,"text":"तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे। "},{"id":59,"text":"योसेफले मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे, "},{"id":60,"text":"र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए। "},{"id":61,"text":"चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम पनि बसिरहेका थिए।"},{"id":62,"text":"भोलिपल्ट, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए, "},{"id":63,"text":"र भने, “हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो।"},{"id":64,"text":"यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्रता त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान्, र ‘त्यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्लो धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।”"},{"id":65,"text":"पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख।” "},{"id":66,"text":"तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।"}]},{"id":28,"title":"मत्ती 28","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/MAT/28-7cd1902d241ba80ee41dbd6eb354ab59.mp3?version_id=1483","verses":[{"id":1,"text":"शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए।"},{"id":2,"text":"ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। "},{"id":3,"text":"तिनको रूप बिजुलीजस्तो र पोशाक हिउँजस्तो सेतो थियो। "},{"id":4,"text":"तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्य भए।"},{"id":5,"text":"तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ। "},{"id":6,"text":"उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। "},{"id":7,"text":"तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ, र उहाँ तिमीहरूभन्दा अगाडि गालीलमा जाँदैहुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”"},{"id":8,"text":"अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।"},{"id":9,"text":"अकस्मात् येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, <red>“शान्ति!”</red> तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे। "},{"id":10,"text":"तब येशूले तिनीहरूलाई भन्नुभयो, <red>“नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”</red>"},{"id":11,"text":"जब ती स्त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्य पूजाहारीलाई त्यहाँ भएका घटनाहरूका बारेमा खबर दिए। "},{"id":12,"text":"जब मुख्य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, "},{"id":13,"text":"“तिमीहरूले भन्नू, कि ‘हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन्।’ "},{"id":14,"text":"कतै हाकिमको कानमा यो कुरा पुगिहाल्यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।” "},{"id":15,"text":"तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्म यही कुरा फैलिएको छ।"},{"id":16,"text":"ती एघारै जना चेलाहरू गालीलको त्यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो।"},{"id":17,"text":"तिनीहरूले उहाँलाई देखेर दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे। "},{"id":18,"text":"तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, <red>“स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।</red>"},{"id":19,"text":"<red>यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,</red>"},{"id":20,"text":"<red>मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”</red>"}]}]}