-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
NEH.json
1 lines (1 loc) · 145 KB
/
NEH.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"नहेम्याहको पुस्तकलाई हामी चार भागमा बाँड्न सक्छौं।"},{"id":2,"text":"१. नहेम्याह यरूशलेम फर्किएका। उनलाई यहूदामाथि शासन गर्नलाई फारसका सम्राटले त्यहाँ पठाएका थिए।"},{"id":3,"text":"२. यरूशलेमका पर्खालहरू फेरि निर्माण गरिएका।"},{"id":4,"text":"३. एज्राले परमेश्वरको व्यवस्था गम्भिरतापूर्वक पाठ गरेका र मानिसहरूले आफ्नो पाप मानिलिएका।"},{"id":5,"text":"४. यहूदाको प्रमुख शासकको रूपमा नहेम्याहले गरेका अन्य कामहरू।"},{"id":6,"text":"यस पुस्तकको एउटा चाखलाग्दो पक्ष हो नहेम्याहको परमेश्वरमाथि औधी ठूलो विश्वास र पटक-पटकको प्रार्थनाको उल्लेख।"},{"id":7,"text":"यस पुस्तकको लेखक नहेम्याह हुन् र लेख समय ४४५-४२५ ई.पू. हो।"}]},{"id":1,"title":"नहेम्याह 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/1-877b74e33010e3edb8fe2a68b36bf1cb.mp3?version_id=1483","verses":[{"id":1,"text":"हकल्याहका छोरा नहेम्याहको विवरण:बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ, "},{"id":2,"text":"तब मेरा दाजुहरूमध्येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें। "},{"id":3,"text":"तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगोले नष्ट पारिएका छन्।”"},{"id":4,"text":"यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहें, र उपवास बसें अनि स्वर्गका परमेश्वरसित प्रार्थना गरें। "},{"id":5,"text":"तब मैले भनें:“हे परमप्रभु, स्वर्गका परमेश्वर, महान् र भययोग्य परमेश्वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्नो करार विश्वाससित राख्नुहुन्छ। "},{"id":6,"text":"इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्न तपाईंले आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस्। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्यसमा दोषी छौं। "},{"id":7,"text":"तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं।"},{"id":8,"text":"“आफ्ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्झनुहोस्, "},{"id":9,"text":"‘यदि तिमीहरू अविश्वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने पृथ्वीको पल्लो छेउसम्म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु’। "},{"id":10,"text":"“तपाईंले आफ्नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्। "},{"id":11,"text":"हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्, र तपाईंका नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस्। आज यस मानिसको उपस्थितिमा आफ्नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस्।”त्यस बेला म राजाको मद्य टक्र्याउनेहरूका अधिकृत थिएँ।"}]},{"id":2,"title":"नहेम्याह 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/2-479e6438fed99884bab7c08313f04cd0.mp3?version_id=1483","verses":[{"id":1,"text":"एक दिन अर्तासास्त राजाको बीसौँ वर्षको नीसान महिनामा जब उहाँको दाखमद्य तयार भयो तब मैले त्यो लगेर राजालाई टक्र्याएँ। राजाको अगाड़ि म पहिला कहिल्यै उदास भएको थिइनँ। "},{"id":2,"text":"त्यसैले उहाँले मलाई सोध्नुभयो, “बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्छ? यो हृदयको शोकबाहेक अरू केही होइन।”"},{"id":3,"text":"म साह्रै डराएँ, र यसो भनेर जवाफ दिएँ, “राजा सदासर्वदै अमर रहून्। तर मेरा पुर्खाहरू गाड़िएको सहर उजाड़ भइरहेको छ र त्यसका मूल ढोकाहरू आगोले जलेका छन् भने मेरो अनुहार किन उदास नदेखिने?” "},{"id":4,"text":"राजाले भन्नुभयो, “मबाट तिमी के चाहन्छौ?”"},{"id":5,"text":"मैले स्वर्गका परमेश्वरलाई प्रार्थना गरें, अनि मैले राजालाई यो जवाफ दिएँ, “हजूरलाई असल लागे, र म हजूरको निगाह-पात्र भएको छु भने मेरा पुर्खाहरू गाड़िएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्सिओस्।”"},{"id":6,"text":"आफ्नी पत्नी रानी पनि साथमा बसेका राजाले मलाई सोध्नुभयो, “यात्रालाई कति समय लाग्ला, र तिमी कहिले फर्कन सक्छौ?” मलाई जान दिन राजा राजी हुनुभएकोले मैले समय निर्धारण गरें।"},{"id":7,"text":"तब मैले राजालाई यो पनि भनें, “हजूरलाई असल लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूलाई यहूदाको मेरो यात्रामा मेरो सुरक्षा गरिओस् भनी आज्ञा-पत्र दिइबक्सिओस्। "},{"id":8,"text":"मन्दिरसित गाँसिएको गढ़ीका मूल ढोकाहरू, र सहरको पर्खाल र म बस्ने घरको निम्ति सत्तरीहरू बनाउन मलाई काठपात जुटाइदेऊन् भनी हजूरको राजकीय वनको रेखदेख गर्ने मानिस आसापलाई आदेश दिएर मलाई एउटा पत्र दिइबक्सिओस्।” राजाले मेरो बिन्ती मन्जूर गर्नुभयो, किनभने मेरा परमेश्वरको कृपालु हात ममाथि रहेको थियो। "},{"id":9,"text":"समयमा यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ म आइपुगें। उनीहरूलाई मैले राजाका पत्रहरू दिएँ। राजाले मेरो साथमा जानलाई घोड़चढ़ीहरू र सेनाका अधिकृतहरू दिनुभएको थियो।"},{"id":10,"text":"तर इस्राएलको भलो चाहने कुनै एक जना मानिस आएको छ भन्ने कुरा जब होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबियाले सुने तब उनीहरू साह्रै अप्रसन्न भए।"},{"id":11,"text":"म यरूशलेममा पुगें र त्यहाँ मैले तीन दिनसम्म पर्खेपछि "},{"id":12,"text":"आफूसँग केही मानिसहरू लिएर राती निस्कें। तर यरूशलेमको निम्ति मेरो मनमा मेरा परमेश्वरले दिनुभएको प्रेरणा मैले कसैलाई भनिनँ। म सवार भएको पशुबाहेक अरू पशु मसित थिएन।"},{"id":13,"text":"म राती बेँसी ढोकाबाट बाहिर निस्कें, र यरूशलेमका पर्खालहरू भत्केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका र स्यालको पोखरीतिर गएँ। "},{"id":14,"text":"तब म फुहारा ढोका र राजाको पोखरीतिर गएँ, तर म सवार भएको पशुको निम्ति भित्र पस्नलाई ठाउँ पुगेन। "},{"id":15,"text":"यसैले म राती बेँसीबाट उक्लेर गएँ, र सहरका पर्खालको निरीक्षण गरें। त्यसपछि म फेरि बेँसी ढोका भएर सहरमा पसें। "},{"id":16,"text":"म कहाँ गएँ र के गरें, सो अधिकारीहरूले थाहा नपाई म फर्केर आएँ। अझसम्म यहूदीहरू, पूजाहारीहरू, भारदारहरू, अधिकारीहरूलाई वा यस कामको जिम्मा लिनेहरू कसैलाई पनि मैले केही भनेको थिइनँ।"},{"id":17,"text":"त्यसपछि मैले तिनीहरूलाई भनें, “तिमीहरू हाम्रो दुर्दशा जान्दछौ। यरूशलेम उजाड़ भएको छ। त्यसका मूल ढोकाहरू आगोले भस्म भएका छन्। आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्दा हटाऔं।” "},{"id":18,"text":"परमेश्वरको कृपालु हात कसरी ममाथि परेको थियो, र राजाले मलाई के भन्नुभएको थियो, सो मैले तिनीहरूलाई बताइदिएँ।तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौं।” यसैले तिनीहरूले उत्साहपूर्वक यो असल काम सुरु गरे।"},{"id":19,"text":"तर होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबिया र अरबी गेशेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्ला गर्न लागे, “तिमीहरू के गरिरहेछौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”"},{"id":20,"text":"तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्पराको अधिकार छैन।”"}]},{"id":3,"title":"नहेम्याह 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/3-d1948621854fa9278e3231cf78740b55.mp3?version_id=1483","verses":[{"id":1,"text":"प्रधान पूजाहारी एल्यासीब र तिनका सङ्गी-पूजाहारीहरूले काम सुरु गरेर भेड़ा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले त्यसका ढोकाहरू खड़ा गरे। तिनीहरूले यो काम सयको बुर्जा र हननेलको बुर्जासम्मै सके र त्यसलाई अर्पण गरे। "},{"id":2,"text":"यरीहोका मानिसहरूले त्यसैसँग जोड़िएको भाग बनाए, र इम्रीका छोरा जक्कूरले अर्को भाग बनाए।"},{"id":3,"text":"माछा ढोकाचाहिँ हस्सेनाका छोराहरूले पुनर्निर्माण गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसाले, र त्यसका छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे। "},{"id":4,"text":"उरियाहका छोरा, हक्कोसका नाति मरेमोतले अर्को भाग मरम्मत गरे। बेरेक्याहका छोरा, मशेजेबेलका नाति मशुल्लामले अर्को भाग मरम्मत गरे, र त्यसका छेउको भाग बानाका छोरा सादोकले मरम्मत गरे। "},{"id":5,"text":"तकोका मानिसहरूले अर्को भाग मरम्मत गरे, तर तिनीहरूका भारदारहरूचाहिँ आ-आफ्ना नाइकेहरूको निर्देशनमा काम गरेर आफैलाई नीच तुल्याउन मानेनन्।"},{"id":6,"text":"येशना ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले मरम्मत गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसालेर छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे। "},{"id":7,"text":"तिनीहरूका छेउमा गिबोनी मलत्याह र मेरोनोती यादान, गिबोन र मिस्पाका मानिसहरूले मरम्मत गरे। तिनीहरू यूफ्रेटिस पारिको प्रान्तका राज्यपालको अधिकारमुनि थिए। "},{"id":8,"text":"सुनार हरयाहका छोरा उज्जीएलले अर्को भाग मरम्मत गरे। त्यसका छेउको भाग अत्तर बनाउने हनन्याहले मरम्मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्मै यरूशलेमको पुनर्निर्माण गरे। "},{"id":9,"text":"यरूशलेमको आधा जिल्लाका शासक हूरका छोरा रपायाहले अर्को भाग मरम्मत गरे। "},{"id":10,"text":"त्यससँग जोड़िएको भाग हरूमापका छोरा यदायाहले आफ्नो घरको सामुन्नेको अर्को भाग मरम्मत गरे। हशबन्याहको छोरा हत्तूशले अर्को भाग मरम्मत गरे। "},{"id":11,"text":"अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले मरम्मत गरे। "},{"id":12,"text":"यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूको सहायताले अर्को भाग मरम्मत गरे।"},{"id":13,"text":"बेँसी ढोकाचाहिँ हानून र जानोहका बासिन्दाहरूले मरम्मत गरे। तिनीहरूले त्यो पुनर्निर्माण गरे, र छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले, र फोहोर ढोकासम्मै चार सय पचास मिटर लामो पर्खाल मरम्मत गरे।"},{"id":14,"text":"फोहोर ढोकाचाहिँ बेथ-हक्केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले मरम्मत गरे। तिनले त्यो पुनर्निर्माण गरी छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले।"},{"id":15,"text":"फुहारा ढोकाचाहिँ मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले मरम्मत गरे। तिनले त्यो पुनर्निर्माण गरेर त्यसका छाना लगाए, र त्यसका छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले। तिनले राजाका बगैँचाको छेउमा भएको सिलोआमको तलाउको पर्खाल दाऊदको सहरबाट ओर्लने खुट्किलाहरूसम्मै मरम्मत गरे।"},{"id":16,"text":"तिनको छेउमा बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदका चिहानको सामुको एउटा जग्गा, बनावटी पोखरी र वीरहरूको घरसम्म मरम्मत गरे।"},{"id":17,"text":"तिनको छेउमा बानीका छोरा रेहूमको अधीनमा लेवीहरूले मरम्मत गरे। तिनको छेउमा कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको निम्ति मरम्मत गरे। "},{"id":18,"text":"तिनको छेउमा तिनका देशवासीहरूले कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्नूईको अधीनमा मरम्मत गरे। "},{"id":19,"text":"तिनको छेउमा मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को एउटा भाग हतियारखानाका भिरालोको सामुन्नेदेखि मरम्मत गरे। "},{"id":20,"text":"तिनको छेउमा जब्बैका छोरा बारूकले जोशिला भई अर्को एउटा भाग कुनादेखि प्रधान पूजाहारी एल्यासीबका घरको ढोकासम्म मरम्मत गरे। "},{"id":21,"text":"तिनको छेउमा उरियाहका छोरा, हक्कोसका नाति मरेमोतले अर्को एउटा भाग एल्यासीबका घरको ढोकादेखि तिनका घरको छेउसम्मै मरम्मत गरे।"},{"id":22,"text":"तिनको छेउमा यरूशलेमका छेउछाउका क्षेत्रमा बस्ने पूजाहारीहरूले मरम्मत गरे। "},{"id":23,"text":"तिनका छेउमा बेन्यामीन र हश्शूबले आफ्नो घरको सामुन्ने मरम्मत गरे। तिनका छेउमा मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नो घरको छेउमा मरम्मत गरे। "},{"id":24,"text":"तिनको छेउमा हेनादादका छोरा बिन्नूईले अर्को एउटा भाग अजर्याहको घरदेखि कुनाको कोणसम्म मरम्मत गरे। "},{"id":25,"text":"उज्जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्ने मरम्मत गरे। "},{"id":26,"text":"तिनको छेउमा परोशका छोरा पदायाह र ओफेल डाँड़ामा बस्ने मन्दिरका सेवकहरूले पूर्वपट्टिको पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्ने एउटा ठाउँसम्म मरम्मत गरे। "},{"id":27,"text":"तिनका छेउमा तकोका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि ओफेलको पर्खालसम्म अर्को एउटा भाग मरम्मत गरे।"},{"id":28,"text":"अश्व ढोकाको मास्तिर पूजाहारीहरूले आ-आफ्नो घरको सामु मरम्मत गरे। "},{"id":29,"text":"तिनीहरूका छेउमा इम्मेरका छोरा सादोकले आफ्नो घरको सामु मरम्मत गरे। तिनको छेउमा पूर्व ढोकाका द्वारपाल शकन्याहका छोरा शमायाहले मरम्मत गरे। "},{"id":30,"text":"तिनको छेउमा शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे छोरा हानूनले अर्को एउटा भाग मरम्मत गरे। तिनका छेउमा बेरेक्याहका छोरा मशुल्लामले आफ्नो डेराको सामु मरम्मत गरे। "},{"id":31,"text":"तिनको छेउमा सुनार मल्कियाहले निरीक्षण ढोकाका सामुन्नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाका मास्तिरको कोठासम्म मरम्मत गरे। "},{"id":32,"text":"कुनाका मास्तिरको कोठा र भेड़ा ढोकाको बीचमा चाहिँ सुनारहरू र व्यापारीहरूले मरम्मत गरे।"}]},{"id":4,"title":"नहेम्याह 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/4-bc38bd9ddaecb4b4dfe72e41b74822a0.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब हामीले पर्खालको पुनर्निर्माण गरिरहेका कुरा सन्बलतले सुने तब उनी साह्रै क्रोधित भए। रीसको झोँकमा उनले यहूदीहरूलाई खिसी गरेर "},{"id":2,"text":"आफ्ना सहयोगीहरू र सामरियाका फौजको सामुन्ने यसो भने, “यी निर्बल यहूदीहरू के गर्दैछन्? के तिनीहरूले आफ्नो पर्खालको पुनर्निर्माण गर्नेछन्? के तिनीहरूले बलिदान चढ़ाउनेछन्? के तिनीहरू यो काम एकै दिनमा सिद्ध्याउँछन्? कसिङ्गरका थुप्राबाट ती जलिसकेका ढुङ्गाहरू के तिनीहरूले पुनर्जीवित पार्न सक्छन् र?”"},{"id":3,"text":"उनको छेउमा उभिरहने अम्मोनी तोबियाले भने, “तिनीहरूले जेसुकै बनाइरहे तापनि एउटा स्याल ढुङ्गाको त्यस पर्खालमा चढ़्यो भने, त्यो भत्किनेछ।”"},{"id":4,"text":"हे हाम्रा परमेश्वर, हाम्रो प्रार्थना सुन्नुहोस्। किनभने उनीहरूले त हाम्रो अपमान गरिरहेका छन्। उनीहरूको गिल्ला उनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र कैदको देशमा उनीहरूलाई लूटको रूपमा दिनुहोस्। "},{"id":5,"text":"उनीहरूको अपराध ढाक्नुहोस्, अथवा आफ्नो दृष्टिबाट उनीहरूका पाप नहटाउनुहोस्, किनभने निर्माण गर्नेहरूलाई उनीहरूले खुल्लम-खुल्ला निन्दा गरेका छन्।"},{"id":6,"text":"यसरी हामीले त्यसको आधा उचाइसम्म चारैतिर पर्खाल बनायौं, किनकि मानिसहरूले तनमन दिएर काम गरे।"},{"id":7,"text":"तर जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदीहरूले यरूशलेमका पर्खालको नयाँ कामको खूब प्रगति भएको छ र प्वालहरू पनि पुरिँदैछन् भनी सुने तब उनीहरू साह्रै रिसाए। "},{"id":8,"text":"अनि उनीहरू सबै आएर यरूशलेमलाई आक्रमण गरी खलबल पार्न भेला हुने मतो गरे। "},{"id":9,"text":"तर हामीले हाम्रा परमेश्वरको प्रार्थना गर्यौं, र रातदिन उनीहरूका विरुद्धमा पहरा राख्यौं।"},{"id":10,"text":"यसै बीचमा यहूदाका मानिसहरूले भने, “मजदूरहरूको बल घट्दैजाँदैछ, र कसिङ्गरहरू थुप्रै छन्। हामी आफैले कहिल्यै यस पर्खालको पुनर्निर्माण गर्न सक्नेछैनौं।”"},{"id":11,"text":"हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउन वा देख्न अघि नै हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई खतम पारिदिनेछौं।”"},{"id":12,"text":"तब उनीहरूका बीचमा बस्ने यहूदीहरू आए, र तिनीहरूले हामीलाई दशौँ पल्ट यसो भनेर चेताउनी दिए, “तपाईंहरू जता फर्कनुभए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछन्।”"},{"id":13,"text":"त्यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्दा तल्ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्ने आदेश दिएँ। "},{"id":14,"text":"तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान् र भययोग्य परमप्रभुको सम्झना गर, र आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर।”"},{"id":15,"text":"हामीलाई सबै कुरा थाहा भएछ, र परमेश्वरले उनीहरूको योजना विफल पार्नुभएछ भनी हाम्रा शत्रुहरूले सुने। तब हामी सबै फेरि पर्खालका निर्माणको काममा लाग्यौं।"},{"id":16,"text":"त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरूचाहिँ निर्माण गर्ने काममा लागे र अर्को आधाचाहिँ आफ्ना भाला, ढाल, धनु र झिलम लाएर तयार भइरहे। र अधिकृतहरूचाहिँ पर्खालको काममा लागेका यहूदाका सबै मानिसहरूका पछाड़ि तैनाथ थिए। "},{"id":17,"text":"भारी बोक्ने मजदूरहरूको एउटा हात काममा र अर्को हात आफ्नो हतियारमा हुन्थ्यो। "},{"id":18,"text":"र निर्माण गर्नेहरू आफ्नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्नेचाहिँ मेरो छेउमा थियो।"},{"id":19,"text":"तब मैले भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “काम ठूलो र फैलिएको छ, र हामीहरू पर्खालको छेउमा एक-अर्कादेखि निकै टाढ़ा छौं। "},{"id":20,"text":"जहाँ तुरही बज्छ त्यहाँ हामीसित भेला होओ, र हाम्रा परमेश्वरले हाम्रा निम्ति युद्ध गर्नुहुनेछ।”"},{"id":21,"text":"यसरी हामीले हाम्रो काम जारी राख्यौं। सूर्योदयदेखि सूर्यास्तसम्म आधा मानिसहरू भाला लिएर बसे। "},{"id":22,"text":"त्यस बेला मैले मानिसहरूलाई यसो पनि भनें, “हाम्रा निम्ति राती रक्षा गर्न र दिनमा निर्माण काम गर्नलाई हरेक मानिस र त्यसको सहायकले यरूशलेममा नै रात बिताओस्” "},{"id":23,"text":"म, मेरा भाइहरू, मेरा मानिसहरू र मसँग भएका अङ्गरक्षकहरू कसैले पनि आफ्ना लुगा फुकालेनौं। पानी खान जाँदा पनि हरेकको हातमा आफ्नो हतियार हुन्थ्यो।"}]},{"id":5,"title":"नहेम्याह 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/5-87eb03cb7e52f0eec76aadd61e20823d.mp3?version_id=1483","verses":[{"id":1,"text":"अब पुरुषहरू र तिनका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूका विरुद्धमा आवाज उठाए। "},{"id":2,"text":"कतिले भने, “हामी अनि हाम्रा छोराछोरीहरू धेरै छौं, र हामीहरू बाँच्नका निम्ति हामीलाई अन्नको खाँचो छ।”"},{"id":3,"text":"अरूले चाहिँ यसो भने, “अनिकालको समयमा अन्न पाउन हामी आफ्ना खेतहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौं।”"},{"id":4,"text":"अझ अरूहरूले यसो भनेर दु:ख पोखाए, “आफ्ना खेतहरू र दाखबारीहरूको राजकर तिर्न हामीले ऋण लिनुपरेको छ। "},{"id":5,"text":"हाम्रो शरीर आफ्ना देशका अरू मानिसहरूको शरीरजस्तै हो। हाम्रा छोराछोरी उनीहरूका छोराछोरीजस्तै छन्, तापनि हामीलाई आफ्ना छोराछोरीहरू कमारा-कमारी तुल्याउन दिनुपरिरहेको छ। कसै-कसैका छोरीहरू त अघि नै कमारी तुल्याइएका छन्, तर हामी केही पनि गर्न सक्दैनौं, किनभने हाम्रा खेतहरू र दाखबारीहरू अरूहरूका भइसकेका छन्।”"},{"id":6,"text":"तिनीहरूको रोदन र तिनीहरूले भनेको कुरा सुनेर मलाई साह्रै रीस उठ्यो। "},{"id":7,"text":"ती सबलाई आफ्नो मनमा मैले चिन्तन गरें। अनि भारदारहरू र अधिकृतहरूको दोष देखाउँदै मैले भनें, “तिमीहरू आफ्ना यहूदी दाजुभाइहरूबाट धेरै ब्याज लिँदैछौ।” "},{"id":8,"text":"मैले यस विषयमा एउटा ठूलो सभा बोलाएँ अनि भनें, “हामीले सकभर अरू जातिहरूमा बेचिएका हाम्रा यहूदी बन्धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्ना भाइहरूलाई तिमीहरू हामीलाई बेचिरहेका छौ।” तिनीहरू चूप रहे, किनकि तिनीहरूसित भन्ने कुरा केही थिएन।"},{"id":9,"text":"मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्यजाति शत्रुहरूको नजरमा निन्दित नहुनलाई हाम्रा परमेश्वरको डर राखेर तिमीहरूलाई बस्नुपर्नेथिएन? "},{"id":10,"text":"म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्न सापट दिँदैछौं। तर ऋणको लागि ब्याज उठाउने काम बन्द होस्। "},{"id":11,"text":"तिनीहरूबाट लिएका खेतहरू, दाखबारीहरू र भद्राक्षबारीहरू र घरहरू तुरुन्तै तिनीहरूलाई फर्काइदेओ, अनि तिनीहरूबाट असूल गरेका ब्याज, अर्थात् रुपियाँपैसा, अन्न, नयाँ दाखमद्य र तेलको सयौँ भाग फर्काइदेओ।”"},{"id":12,"text":"“हामी फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही लिनेछैनौं। तपाईं जे भन्नुहुन्छ सो हामी गर्नेछौं” भनी तिनीहरूले भने।तब मैले पूजाहारीहरूलाई बोलाएँ, र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरेअनुसार गर्न शपथ खान लाएँ। "},{"id":13,"text":"त्यसपछि मैले मेरो खास्टोको छेउ टकटक्याएर भनें, “आफ्नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्वरले यसरी नै टकटक्याइदेऊन्। त्यसलाई यसरी नै टकटक्याएर रित्तो बनाइओस्।”यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्नो प्रतिज्ञाअनुसार गरे।"},{"id":14,"text":"त्यसबाहेक यहूदा देशका राज्यपाल म नियुक्त भएको समयदेखि, अर्थात् अर्तासास्त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्म, जम्मा बाह्र वर्षसम्म मैले र मेरा भाइहरूले राज्यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं। "},{"id":15,"text":"तर मभन्दा अघिका राज्यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्याचार गरेका थिए। तर परमेश्वरको भय राखेर मैले त्यस्तो व्यवहार गरिनँ। "},{"id":16,"text":"त्यसको साटो मैले पर्खाल बनाउने काममा मेरो सारा मेहनत लगाएँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए, र हामीले तिनीहरूबाट कुनै जग्गाजमिन लिएनौं।"},{"id":17,"text":"यसबाहेक मसँग मेरो टेबिलमा बसेर खानेहरू एक सय पचास जना यहूदीहरू र अधिकृतहरूलगायत छेउछाउका जातिहरूबाट हामीकहाँ आउने अतिथिहरू पनि थिए। "},{"id":18,"text":"प्रतिदिन खानलाई मेरो निम्ति जुटाउनुपर्ने एउटा गोरु, छ वटा मोटा-मोटा भेड़ा, र कुखुराहरूलाई पनि तयार गरिन्थ्यो। दश-दश दिनपछि विभिन्न प्रकारका दाखमद्य प्रशस्त मात्रामा जुटाइन्थ्यो। यति भए तापनि मैले राज्यपालले पाउनुपर्ने भोजनको माग गरिनँ, किनभने मानिसहरूमाथि ठूलो भार परेको थियो।"},{"id":19,"text":"हे मेरा परमेश्वर, मैले गरेका सबै कामको निम्ति मेरो हितमा सम्झना गर्नुहोस्।"}]},{"id":6,"title":"नहेम्याह 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/6-4d2b0bf509d0220fef0dbcc890c86bc0.mp3?version_id=1483","verses":[{"id":1,"text":"मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्यसमा एउटै पनि प्वाल नरहेको खबर सन्बलत, तोबिया, र अरबी गेशेम र हाम्रा अरू बाँकी शत्रुहरूका कानमा पुग्यो। केवल मैले मूल ढोकाहरूका खापाहरूचाहिँ उभ्याइसकेको थिइनँ। "},{"id":2,"text":"सन्बलत र गेशेमले मलाई ओनोका बेँसीको एउटा गाउँमा आएर उनीहरूसित बातचीत गर्नलाई खबर पठाए।तर मलाई हानि गर्न यो उनीहरूको षड्यन्त्र मात्र थियो। "},{"id":3,"text":"यसैकारण मैले यस्तो जवाफ दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा ठूलो योजना छ। म त्यहाँ आउन सक्दिनँ। काम छोड़ी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?” "},{"id":4,"text":"उनीहरूले मलाई चार पल्ट यस्तै खबर पठाए, र प्रत्येक पल्ट मैले उनीहरूलाई त्यस्तै जवाफ दिएँ।"},{"id":5,"text":"पाँचौँ पल्ट सन्बलतले आफ्नो सहायकसित त्यस्तै किसिमको खबर पठाए। त्यो समाचारवाहक खुला पत्र लिएर मकहाँ आयो।"},{"id":6,"text":"त्यसमा यस्तो लेखिएको थियो:“जातिहरूका बीचमा यस्तो कुरा फैलिएको छ, र यस कुरालाई गेशेमले पनि पुष्टि गर्दछन्, कि तिमी र यहूदीहरूले विद्रोहको षड्यन्त्र रच्दैछौ, यसैकारण त तिमीहरूले पर्खाल पुनर्निर्माण गरिरहेका छौ। अनि यस्तो पनि सुनिँदैछ, कि तिमी आफैचाहिँ राजा हुन लागेका छौ। "},{"id":7,"text":"र तिमीले आफ्नो विषयमा यरूशलेममा यही घोषणा गर्न अगमवक्ताहरू नियुक्त गरेका छौ: ‘यहूदामा राजा छन्।’ महाराजाले निश्चय नै यो कुरा सुन्नुहुनेछ। यसैले झट्टै यस विषयमा कुरा गर्न आऊ, र हामी कुरा गरौं।”"},{"id":8,"text":"तर मैले यस्तो जवाफ पठाएँ, “तिमीले दोष लगाएको कुनै पनि कुरो साँचो छैन। यी सबै मन गड़न्ते कुरा हुन्।”"},{"id":9,"text":"हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल होऊन् र हाम्रो काम कहिल्यै नसिद्धिओस् भन्ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्टा गर्दैथिए। तर मैले प्रार्थना गरें, “अब हे परमेश्वर, मेरा हात बलिया पार्नुहोस्।”"},{"id":10,"text":"एक दिन म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ। तिनी आफ्नो घरभित्रै बन्द गरिएका थिए। तिनले भने, “हामी परमेश्वरको भवनभित्र, उहाँको मन्दिरभित्र ढोकाहरू थुनेर भेट गरौं। किनभने उनीहरू तपाईंलाई मार्न आउँदैछन्— उनीहरू तपाईंलाई मार्न राती आउनेछन्।”"},{"id":11,"text":"तर मैले भनें, “के मजस्तो मानिस भाग्नु र? के मजस्तो मानिस बाँच्नलाई मन्दिरमा जानु र? म जान्नँ।” "},{"id":12,"text":"मलाई यस्तो प्रकाश भयो, कि परमेश्वरले तिनलाई पठाउनुभएको होइन रहेछ, तर मेरो हानि गर्न तिनले अगमवाणी कहेका रहेछन्। सन्बलत र तोबियाले तिनलाई यो कुरा भन्न भाड़ामा लिएका थिए। "},{"id":13,"text":"मेरो बदनाम गरेर अपमान गर्न मलाई धम्की दिएर उनीहरूको कुरामा सहमत भई पाप गर्न लाउनलाई तिनले रकम लिएका थिए।"},{"id":14,"text":"हे मेरा परमेश्वर, तोबिया र सन्बलतले जे गरेका छन् सो सम्झना राख्नुहोस्। साथै मलाई डर देखाउने चेष्टा गरिरहने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झना राख्नुहोस्।"},{"id":15,"text":"एलूल महिनाको पच्चीसौँ दिनमा पर्खालको काम सिद्धियो। त्यो बनाउन बाउन्न दिन लाग्यो। "},{"id":16,"text":"जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराएर हतोत्साहित भए, किनकि यो काम परमेश्वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए।"},{"id":17,"text":"त्यस बेला यहूदाका भारदारहरूले तोबियालाई धेरै पत्र पठाउँदैथिए। तिनीहरूले उनीबाट जवाफ पनि पाउँदैथिए। "},{"id":18,"text":"किनभने यहूदाका धेरै जनाले उनीसित गठ बाँधेका थिए, किनकि उनी आराका छोरा शकन्याहका जुवाइँ थिए। उनका छोरा येहोहानानले चाहिँ बेरेक्याहका छोरा मशुल्लामकी एउटी छोरीलाई विवाह गरेका थिए। "},{"id":19,"text":"तिनीहरू सधैँ मेरो सामु तोबियाको प्रशंसा गर्थे, र मैले भनेको कुरा गएर उनलाई सुनाउँथे। अनि तोबियाले मलाई धम्की दिएर पत्रहरू पठाउँथे।"}]},{"id":7,"title":"नहेम्याह 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/7-ab55c669095fe10b8afae4e3b9bb38d0.mp3?version_id=1483","verses":[{"id":1,"text":"पर्खालको निर्माण भइसकेपछि, र मैले ढोकाहरू तिनको ठाउँ-ठाउँमा लगाइसकेपछि, तब द्वारपालहरू, गवैयाहरू र लेवीहरू नियुक्त गरिए। "},{"id":2,"text":"मैले मेरा भाइ हनानीलाई, किल्लाका सेनापति हनन्याहको साथमा यरूशलेमको जिम्मा दिएँ। किनभने अरू मानिसहरूभन्दा हनानीचाहिँ ज्यादै विश्वासी र परमेश्वरसँग डराउने मानिस थिए। "},{"id":3,"text":"मैले तिनीहरूलाई भनें, “यरूशलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्नू। द्वारपालहरू पहरामा बस्दा मूल ढोकाहरू बन्द गरेर आग्लाहरू लाउन लगाउनू। कसैलाई पहरा बस्न र कसैलाई चाहिँ आफ्नै घरको सामुन्ने रक्षा गर्न यरूशलेमकै बासिन्दाहरूबाट रक्षकहरूलाई नियुक्त गर।”"},{"id":4,"text":"सहर ठूलो र विस्तृत थियो, तर त्यसमा मानिसहरू थोरै थिए, र अझसम्म कुनै घरको पुनर्निर्माण भएको थिएन। "},{"id":5,"text":"यसैले भारदारहरू, अधिकृतहरू र मानिसहरूलाई परिवार-परिवार गरी नाउँ लेखाउन भनी भेला गराउन परमेश्वरले मलाई प्रेरणा दिनुभयो। मैले सबैभन्दा पहिले फर्कनेहरूको वंशावलीको पुस्तक भेट्टाएँ। त्यसमा लेखिएको कुरो मैले यही पाएँ:"},{"id":6,"text":"बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका यरूशलेम र यहूदामा हरेक आ-आफ्नो सहरमा फर्केर आएका प्रदेशका मानिसहरू यिनै हुन्। "},{"id":7,"text":"तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नेहूम र बानाहका साथमा आएका थिए।"},{"id":8,"text":"इस्राएलका मानिसहरूको नामावली यही हो:परोशका परिवारका २,१७२"},{"id":9,"text":"शपत्याहका परिवारका ३७२"},{"id":10,"text":"आराका परिवारका ६५२"},{"id":11,"text":"येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८"},{"id":12,"text":"एलामका परिवारका १,२५४"},{"id":13,"text":"जत्तूका परिवारका ८४५"},{"id":14,"text":"जक्कैका परिवारका ७६०"},{"id":15,"text":"बिन्नूईका परिवारका ६४८"},{"id":16,"text":"बेबैका परिवारका ६२८"},{"id":17,"text":"अज्गादका परिवारका २,३२२"},{"id":18,"text":"अदोनीकामका परिवारका ६६७"},{"id":19,"text":"बिग्वैका परिवारका २,०६७"},{"id":20,"text":"आदीनका परिवारका ६५५"},{"id":21,"text":"हिजकियाबाट आतेरका परिवारका ९८"},{"id":22,"text":"हाशूमका परिवारका ३२८"},{"id":23,"text":"बेजैका परिवारका ३२४"},{"id":24,"text":"हारीपका परिवारका ११२"},{"id":25,"text":"गिबोनका परिवारका ९५"},{"id":26,"text":"बेथलेहेम र नतोपाका मानिसहरू १८८"},{"id":27,"text":"अनातोतका मानिसहरू १२८"},{"id":28,"text":"बेथ-अज्मावेतका मानिसहरू ४२"},{"id":29,"text":"किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३"},{"id":30,"text":"रामा र गेबाका मानिसहरू ६२१"},{"id":31,"text":"मिकमाशका मानिसहरू १२२"},{"id":32,"text":"बेथेल र ऐका मानिसहरू १२३"},{"id":33,"text":"अर्को नेबोका मानिसहरू ५२"},{"id":34,"text":"अर्को एलामका मानिसहरू १,२५४"},{"id":35,"text":"हारीमका मानिसहरू ३२०"},{"id":36,"text":"यरीहोका मानिसहरू ३४५"},{"id":37,"text":"लोद, हादीद र ओनोका मानिसहरू ७२१"},{"id":38,"text":"सेनाहका मानिसहरू ३,९३०"},{"id":39,"text":"पूजाहारीहरू:येशूअको वंशबाट यदायाहका परिवारका ९७३"},{"id":40,"text":"इम्मेरका परिवारका १,०५२"},{"id":41,"text":"पशहूरका परिवारका १,२४७"},{"id":42,"text":"हारीमका परिवारका १,०१७"},{"id":43,"text":"लेवीहरू:होदबिया र कादमीएलका वंशबाट येशूअका परिवारका ७४"},{"id":44,"text":"गवैयाहरू:आसापका परिवारका १४८"},{"id":45,"text":"द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८"},{"id":46,"text":"मन्दिरका सेवकहरू:सीहा, हसूपा, तब्बाओत,"},{"id":47,"text":"कोरेस, सीआ, पादोन,"},{"id":48,"text":"लेबाना, हगाबा, शल्मै,"},{"id":49,"text":"हानान, गिद्देल, गहर,"},{"id":50,"text":"रायाह, रसीन, नकोदा,"},{"id":51,"text":"गज्जाम, उज्जा, पसेह,"},{"id":52,"text":"बेजै, मोनिम, नेपुसीम,"},{"id":53,"text":"बक्बूक, हकूपा, हर्हुर,"},{"id":54,"text":"बस्लूत, महीदा, हर्शा,"},{"id":55,"text":"बर्कोस, सीसरा, तेमह,"},{"id":56,"text":"नसीह, र हतीपाका परिवारहरू"},{"id":57,"text":"सोलोमनका सेवकहरूका सन्तान:सोतै, सोपेरेत, पारीद,"},{"id":58,"text":"याला, दर्कोन, गिद्देल,"},{"id":59,"text":"शपत्याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू।"},{"id":60,"text":"मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको संख्या जम्मा ३९२"},{"id":61,"text":"तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन्। यी हुन्:"},{"id":62,"text":"दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२"},{"id":63,"text":"पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार, र गिलादी बर्जिल्लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्ने बर्जिल्लैका परिवार।"},{"id":64,"text":"वंशावलीहरूमा लेखिएका नाउँहरूमा यिनीहरूका नाउँ पनि खोजिए तर पाइएनन्। यसैले तिनीहरू पूजाहारीगिरीको निम्ति अशुद्ध झैँ अयोग्य ठहराइए। "},{"id":65,"text":"“ऊरीम” र “तुम्मीम” ले सेवा गर्ने कुनै एक जना पूजाहारी नहोउञ्जेल राज्यपालले तिनीहरूलाई कुनै पनि महापवित्र थोक खानलाई मनाही गरे। "},{"id":66,"text":"सम्पूर्ण जनसमुदायको संख्या ४२,३६० थियो। "},{"id":67,"text":"यीबाहेक तिनीहरूका कमारा-कमारीहरू ७,३३७ जना थिए, र तिनीहरूका २४५ जना पुरुष र स्त्री गवैयाहरू थिए। "},{"id":68,"text":"तिनीहरूका घोड़ाहरूको संख्या ७३६, खच्चर २४५, "},{"id":69,"text":"ऊँट ४३५ र गधा ६,७२० थिए।"},{"id":70,"text":"परिवारका कोही मुखियाहरूले कामको निम्ति दान दिए। राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पूजाहारीहरूले लाउने ५३० पोशाकहरू दिए। "},{"id":71,"text":"परिवारका कुनै-कुनै मुखियाहरूले कामको निम्ति भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए। "},{"id":72,"text":"बाँकी मानिसहरूले चाहिँ जम्मा २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पूजाहारीहरूले लाउने ६७ पोशाकहरू दिए।"},{"id":73,"text":"पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिरका सेवकहरू, साथै कुनै-कुनै मानिसहरू र अरू बाँकी इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे। "}]},{"id":8,"title":"नहेम्याह 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/8-49b7071365deb918bbbf00cf40804f4c.mp3?version_id=1483","verses":[{"id":1,"text":"सातौँ महिना लाग्दा जब इस्राएलीहरू आ-आफ्ना सहरहरूमा स्थापित भएका थिए, तब सबै मानिसहरू पानी ढोकाका सामुको चोकमा एउटै मानिसजस्तै गरी भेला भए। परमप्रभुले इस्राएललाई आज्ञा गर्नुभएको मोशाका व्यवस्थाको पुस्तक ल्याउन तिनीहरूले शास्त्री एज्रालाई भने।"},{"id":2,"text":"यसर्थ सातौँ महिनाको पहिलो दिनमा पूजाहारी एज्राले समुदायको सामुन्ने, अर्थात् सुनेका कुरा बुझ्न सक्ने सबै पुरुष र स्त्रीहरूका सामुन्ने व्यवस्थाको पुस्तक ल्याए। "},{"id":3,"text":"तिनले त्यसबाट पानी ढोकाका सामुको चोकपट्टि फर्केर बिहानदेखि मध्यदिनसम्म पुरुष, स्त्री र बुझ्नेहरूको उपस्थितिमा पढ़े; र सबै मानिसहरूले व्यवस्थाको पुस्तकबाट पढ़िएको कुरा ध्यानसँग सुने।"},{"id":4,"text":"शास्त्री एज्रा त्यस्तै कामको लागि बनाइएको एउटा काठको मञ्चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्लाम उभिएका थिए।"},{"id":5,"text":"एज्राले पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सके, किनकि तिनीहरूभन्दा तिनी उच्चमा खड़ा भएका थिए। जसै तिनले पुस्तक खोले, सबै मानिसहरू खड़ा भए। "},{"id":6,"text":"एज्राले परमप्रभु महान् परमेश्वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्यसपछि तिनीहरूले आ-आफ्नो शिर निहुराएर परमप्रभुको सामुन्ने नम्रतापूर्वक दण्डवत् गरे।"},{"id":7,"text":"लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए। "},{"id":8,"text":"तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए।"},{"id":9,"text":"तब राज्यपाल नहेम्याह, पूजाहारीशास्त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्यवस्थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए।"},{"id":10,"text":"तब नहेम्याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्वादिष्ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।”"},{"id":11,"text":"लेवीहरूले यसो भनेर मानिसहरूलाई शान्त गराए, “चूप लाग, किनभने आजको दिन पवित्र छ। उदास नहोओ।”"},{"id":12,"text":"तब सबै मानिसहरू खानपान गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्सव मनाउन गए, किनभने तिनीहरूलाई सम्झाएको कुरा अब तिनीहरूले बुझे।"},{"id":13,"text":"महिनाको दोस्रो दिनमा परिवार-परिवारका मुख्य-मुख्य मानिसहरू, पूजाहारीहरू र लेवीहरूका साथमा व्यवस्था अध्ययन गर्न शास्त्री एज्राको सामुन्ने भेला भए। "},{"id":14,"text":"व्यवस्थामा सातौँ महिनाका चाड़को बेला छाप्रोमा बस्नुपर्छ भन्ने मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएको कुरा, "},{"id":15,"text":"र आफ्ना सबै सहरहरूभरि र यरूशलेममा तिनीहरूले यही कुराको घोषणा गर्नुपर्छ भन्ने कुरा पनि तिनीहरूले भेट्टाए: “डाँड़ाहरूमा गएर भद्राक्ष र जङ्गली भद्राक्ष, मेहदी र खजूरका हाँगा र अरू पातहरू भएका हाँगाहरू छाप्रा बनाउन ल्याओ”— जस्तै लेखिएको छ।"},{"id":16,"text":"यसैले मानिसहरू गएर हाँगाहरू ल्याए, र हरेकले आ-आफ्नो घरको छाना र आँगनमा, र परमेश्वरको भवनका चोकहरूमा, र पानी ढोकाका सामुको चोक र एफ्राइमका ढोकाको चोकमा पनि आ-आफ्नो निम्ति छाप्रो बनाए। "},{"id":17,"text":"निर्वासबाट आएका सबै समुदायले छाप्रो बनाएर तिनमा बसे। नूनका छोरा यहोशूको पालोदेखि त्यस दिनसम्म यो उत्सव इस्राएलीहरूले यसरी मनाएका थिएनन्। अनि तिनीहरूको आनन्द असाध्य ठूलो भयो।"},{"id":18,"text":"पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनहुँ एज्राले परमेश्वरका व्यवस्थाको पुस्तक पढ़े। तिनीहरूले सात दिनसम्म यो चाड़ मनाए। र आठौँ दिनमा विधिअनुसार पवित्र सभा थियो।"}]},{"id":9,"title":"नहेम्याह 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/9-eafcf6ab86e7d7d8d397b7c96ef9cae0.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भाङ्ग्रा लगाई आ-आफ्नो शिरमा धूलो हालेर उपवासको निम्ति भेला भए। "},{"id":2,"text":"इस्राएली वंशकाहरूले सबै विदेशीहरूबाट आफूलाई अलग गरेका थिए। तिनीहरू खड़ा भई आफ्ना पाप र आफ्ना पुर्खाहरूको अधर्म स्वीकार गरे। "},{"id":3,"text":"तिनीहरू आ-आफ्नो स्थानमा खड़ा भए र पहिलो एक पहरचाहिँ परमप्रभु तिनीहरूका परमेश्वरका व्यवस्थाको पुस्तक पढ़े। अनि तिनीहरूले अर्को एक पहरचाहिँ आ-आफ्ना पापको स्वीकार गर्दै परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्दैरहे। "},{"id":4,"text":"खुट्किलामा लेवीहरू— येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्नी, शरेबियाह, बानी र कनानीले खड़ा भएर ठूलो सोरले परमप्रभु तिनीहरूका परमेश्वरलाई पुकारे। "},{"id":5,"text":"अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्वर, जो अनन्तदेखि अनन्तसम्म हुनुहुन्छ, उहाँको प्रशंसा गर।”तपाईंको महिमित नाउँ धन्यको र सारा धन्य र प्रशंसामा सर्वोच्च होस्। "},{"id":6,"text":"तपाईं मात्र परमप्रभु हुनुहुन्छ। तपाईंले नै स्वर्ग, सर्वोच्च आकाश, र त्यसका सबै तारामण्डल, पृथ्वी र त्यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका सारा समुदायले तपाईंलाई पुज्दछन्।"},{"id":7,"text":"“तपाईं ती नै परमप्रभु परमेश्वर हुनुहुन्छ, जसले अब्रामलाई कल्दीहरूको ऊरबाट चुनेर निकालिल्याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्नुभयो। "},{"id":8,"text":"तिनी तपाईंप्रति विश्वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्तानलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्छ। "},{"id":9,"text":"“तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूले पाएको दु:ख देख्नुभयो, र लाल सुमद्रमा सहायताको निम्ति कराएको तिनीहरूको पुकारा तपाईंले नै सुन्नुभयो। "},{"id":10,"text":"फारो र उनका अधिकृतहरू र उनको देशका सबै मानिसहरूका विरुद्धमा चिन्ह र आश्चर्य कामहरू तपाईंले गर्नुभयो, किनकि उनीहरूले तिनीहरूप्रति अहङ्कारपूर्वक व्यवहार गरेका तपाईंले देख्नुभयो। तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्नुभयो, जो आजको दिनसम्म छँदैछ। "},{"id":11,"text":"तिनीहरू सुक्खा जमिनमा हिँड़िजान तिनीहरूका सामुन्ने समुद्रलाई दुई भाग पारिदिनुभयो, तर उर्लंदो पानीमा ढुङ्गा फालेझैँ ती खेद्नेहरूलाई तपाईंले फालिदिनुभयो। "},{"id":12,"text":"तिनीहरूले यात्रा गरेको बाटोमा प्रकाश दिन दिउँसो बादलको खामो र राती आगोको खामोद्वारा डोर्याएर तपाईंले तिनीहरूलाई लानुभयो। "},{"id":13,"text":"“तपाईं सीनै पर्वतमाथि ओर्लनुभयो र स्वर्गबाट तिनीहरूसित कुरा गर्नुभयो। तपाईंले तिनीहरूलाई उचित र साँचो नियम तथा कानून र असल धर्म-विधिहरू तथा आज्ञाहरू दिनुभयो। "},{"id":14,"text":"आफ्ना दास मोशाद्वारा पवित्र शबाथ तिनीहरूलाई अवगत गराउनुभयो, र आफ्नो प्रजालाई आज्ञाहरू, धर्म-विधिहरू र नियमहरू दिनुभयो। "},{"id":15,"text":"तिनीहरूको भोक मार्नलाई तपाईंले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेटाउन तिनीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो। तिनीहरूलाई दिन्छु भनी तपाईंले हात उठाएर करार गर्नुभएको देश अधिकार गर्नलाई पस्न भनी तपाईंले हुकुम गर्नुभयो। "},{"id":16,"text":"“तर हाम्रा पुर्खाहरू हठी र अटेरी भएर तपाईंका आज्ञाहरू उल्लङ्घन गरे। "},{"id":17,"text":"आज्ञापालन गर्न तिनीहरूले इन्कार गरे, र तिनीहरूका बीचमा तपाईंले गर्नुभएका आश्चर्यकर्महरूलाई तिनीहरूले यादै गरेनन्। तिनीहरू अटेरी भए, र आफ्नो दासत्वमा फेरि लैजान तिनीहरूले एक जना अगुवालाई नियुक्त गरे। तर तपाईं क्षमा गर्नुहुने परमेश्वर, अनुग्रही र कृपालु, रिसानीमा ढिला र प्रेमले पूर्ण हुनुहुन्छ। यसैले तिनीहरूलाई तपाईंले त्याग्नुभएन, "},{"id":18,"text":"यद्यपि तिनीहरूले ढलौटे बाछा बनाएर यसो पनि भने, ‘तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउने तिमीहरूका ईश्वर यही हो,’ अथवा जब तिनीहरूले भयानक ईश्वर-निन्दा गरे। "},{"id":19,"text":"तापनि तपाईंले तिनीहरूलाई ठूलो करुणा देखाएर उजाड़-स्थानमा त्याग्नुभएन। तिनीहरूको यात्रामा दिउँसो बादलको खामोले बाटो देखाउन र राती तिनीहरूका यात्राको बाटोमा प्रकाश दिने आगोको खामोले तिनीहरूलाई छोड़ेनन्। "},{"id":20,"text":"तिनीहरूलाई शिक्षा दिन तपाईंले आफ्ना असल आत्मा दिनुभयो। तिनीहरूको भोक मार्न तिनीहरूलाई मन्न दिन तपाईंले छोड्नुभएन, र तिनीहरूको तिर्खा मार्न तिनीहरूलाई पानी दिनुभयो। "},{"id":21,"text":"चालीस वर्षसम्म उजाड़-स्थानमा तपाईंले तिनीहरूलाई सम्हाल्नुभयो। तिनीहरूलाई केही कुराको अभाव भएन; तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू सुनिएनन्।"},{"id":22,"text":"“तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू र टाढ़ाका सीमान्त-प्रदेशहरू पनि दिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश जिते। "},{"id":23,"text":"तपाईंले तिनीहरूका सन्तानलाई आकाशका तारासरह अनगिन्ती बनाउनुभयो, र यिनीहरूका पुर्खाहरूलाई आफ्नो अधिकारमा लिन तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा यिनीहरूलाई ल्याउनुभयो। "},{"id":24,"text":"तिनीहरूका सन्तान त्यहाँ पसेर त्यो देश अधिकार गरे। त्यहाँका बासिन्दा कनानीहरूलाई तपाईंले तिनीहरूकै अधीन तुल्याउनुभयो, र ती कनानीहरूलाई, उनका राजा र प्रजाहरूलाई समेत आफूलाई इच्छा लागेझैँ व्यवहार गर्न तिनीहरूका हातमा दिनुभयो। "},{"id":25,"text":"पर्खाल लाएका सहरहरू र मलिलो भूमि तिनीहरूले कब्जा गरे। असल-असल थोक भएका घरहरू, खनेका कूवा, दाखबारी, भद्राक्षका रूख र अरू फलका रूखहरू प्रशस्त मात्रामा तिनीहरूले कब्जा गरे। यसरी खाएर तिनीहरू तृप्त भए, र पुष्ट भए र तपाईंको महान् उदारतामा आनन्दित भए। "},{"id":26,"text":"“तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरुद्धमा बागी भए। तिनीहरूले तपाईंका व्यवस्थाको वास्ता गरेनन्। तिनीहरूलाई तपाईंतर्फ फर्काउनलाई गम्भीर चेताउनी दिने तपाईंका अगमवक्ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले ठूलो ईश्वर-निन्दाको अपराध गरे। "},{"id":27,"text":"यसैकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिनुभयो, जसले तिनीहरूमाथि अत्याचार गरे। तर तिनीहरू अत्याचारमा पर्दा तिनीहरूले सहायताको लागि तपाईंलाई पुकारे। तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुभयो, र आफ्नो ठूलो करुणा देखाएर तिनीहरूलाई आफ्ना शत्रुहरूबाट बचाउन उद्धारकहरू पठाउनुभयो।"},{"id":28,"text":"“तर वरिपरिबाट शान्ति पाएपछि तपाईंको दृष्टिमा जे दुष्ट छ सो तिनीहरूले फेरि गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा त्याग्नुभयो, र उनीहरूले तिनीहरूमाथि शासन गरे। अनि फेरि तिनीहरूले सहायताको निम्ति तपाईंको पुकारा गरे, र तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुभयो, र आफ्नो करुणा देखाएर पटक-पटक तिनीहरूलाई उद्धार गर्नुभयो।"},{"id":29,"text":"“तपाईंले तिनीहरूलाई आफ्नो व्यवस्थातिर फर्कनलाई चेताउनी दिनुभयो, तर तिनीहरू हठी भएर तपाईंका आज्ञाहरूको उल्लङ्घन गरे। तिनीहरूले तपाईंका धार्मिक-विधिका विरुद्धमा पाप गरे, जसलाई पालन गरेमा जीवन छ। हठी र आफ्नो जिद्दीमा अटेरी भएर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्। "},{"id":30,"text":"धेरै वर्षसम्म तपाईंले तिनीहरूसित धैर्य धर्नुभयो। तपाईंले आफ्ना अगमवक्ताहरूद्वारा तपाईंका आत्माले तिनीहरूलाई चेताउनी दिनुभयो। तर तिनीहरूले सुनेनन्। यसैकारण तपाईंले तिनीहरूलाई छिमेकका मानिसहरूका हातमा सुम्पिदिनुभयो। "},{"id":31,"text":"तर आफ्नो अपार करुणा देखाएर तपाईंले तिनीहरूलाई खतम पार्नुभएन र तिनीहरूलाई त्याग्नु पनि भएन, किनभने तपाईं अनुग्रह गर्ने करुणामय परमेश्वर हुनुहुन्छ।"},{"id":32,"text":"“यसकारण हे हाम्रा परमेश्वर, तपाईं महान्, पराक्रमी र भययोग्य परमेश्वर, जसले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ। हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू, अगमवक्ताहरू, पुर्खाहरू र तपाईंका सबै प्रजामाथि परिआएका कष्ट— अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म पाएका कष्टलाई हलुका नसम्झनुहोस्। "},{"id":33,"text":"हामीमाथि सबै जे-जति परिआएका छन्, तिनमा तपाईंले न्यायसित काम गर्नुभएको छ। तपाईंले विश्वाससित काम गर्नुभएको छ, तर हामीले चाहिँ भूल गर्यौं। "},{"id":34,"text":"हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू र पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेनन्, र तपाईंले दिनुभएका आज्ञाहरू र चेताउनीहरूको वास्ता गरेनन्। "},{"id":35,"text":"तिनीहरू आफ्नो राज्यमा हुँदा, तपाईंले तिनीहरूलाई दिनुभएको विस्तृत र मलिलो देशमा तपाईंको महान् उदारता तिनीहरूले उपभोग गर्दागर्दै पनि, तिनीहरूले तपाईंको सेवा गरेनन् र आफ्ना दुष्ट चाल त्यागेनन्।"},{"id":36,"text":"“हेर्नुहोस्, आज हामी दास भएका छौं। तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौं। "},{"id":37,"text":"हाम्रा पापहरूले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन्। हाम्रा शरीर र हाम्रा पशुहरूमाथि उनीहरू आफूखुशी शासन गर्दछन्। हामी ठूलो सङ्कष्टमा परेका छौं।"},{"id":38,"text":"“यी सबैको कारण हामी लिखित रूपमा यो वाचा बाँध्दैछौं, र हाम्रा अगुवाहरू, लेवीहरू र पूजाहारीहरूले सहीछाप लगाउँदैछन्।”"}]},{"id":10,"title":"नहेम्याह 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/10-9c3aa47e46d2f63555f7141d5dd1b789.mp3?version_id=1483","verses":[{"id":1,"text":"सहीछाप लाउनेहरूमध्ये यिनै थिए:\nहकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह,"},{"id":2,"text":"सरायाह, अजर्याह, यर्मिया,"},{"id":3,"text":"पशहूर, अमर्याह, मल्कियाह,"},{"id":4,"text":"हत्तूश, शबन्याह, मल्लूक,"},{"id":5,"text":"हारीम, मरेमोत, ओबदिया,"},{"id":6,"text":"दानिएल, गिन्नतोन, बारूक,"},{"id":7,"text":"मशुल्लाम, अबिया, मियामीन,"},{"id":8,"text":"माज्याह, बिल्गै, र शमायाह। यिनीहरूचाहिँ पूजाहारी थिए।"},{"id":9,"text":"लेवीहरू:\nअजन्याहका छोरा येशूअ, हेनादादका छोरा बिन्नूई, कादमीएल,"},{"id":10,"text":"र तिनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलीता, पलयाह, हानान,"},{"id":11,"text":"मीयका, रहोब, हशब्याह,"},{"id":12,"text":"जक्कूर, शरेबियाह, शबन्याह,"},{"id":13,"text":"होदियाह, बानी, र बनीनू।"},{"id":14,"text":"मानिसहरूका अगुवाहरू:\nपरोश, पहत-मोआब, एलाम, जत्तू, बानी"},{"id":15,"text":"बुन्नी, अज्गाद, बेबै,"},{"id":16,"text":"अदोनियाह, बिग्वै, आदीन,"},{"id":17,"text":"आतेर, हिजकिया, अज्जूर,"},{"id":18,"text":"होदियाह, हाशूम, बेजै,"},{"id":19,"text":"हारीप, अनातोत, नेबै,"},{"id":20,"text":"मग्पीआस, मशुल्लाम, हेजीर,"},{"id":21,"text":"मशेजेबेल, सादोक, यदूअ,"},{"id":22,"text":"पलत्याह, हानान, अनायाह,"},{"id":23,"text":"होशिया, हनन्याह, हश्शूब,"},{"id":24,"text":"हल्लोहेश, पिल्हा, शोबक,"},{"id":25,"text":"रेहूम, हशब्ना, मासेयाह,"},{"id":26,"text":"अहिया, हानान, आनान,"},{"id":27,"text":"मल्लूक, हारीम र बानाह।"},{"id":28,"text":"“बाँकी मानिसहरू— पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिरका सेवकहरू, र परमेश्वरका व्यवस्थाको खातिर आ-आफूलाई छिमेकका मानिसहरूबाट अलग गरेकाहरू, सबै आ-आफ्ना पत्नीहरू र छोराछोरीहरूसाथ जो बुझ्न सक्तछन्— "},{"id":29,"text":"तिनीहरू सबैले आफ्ना भारदार दाजुभाइहरूसित मिलेर परमेश्वरका दास मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्था मान्न र परमप्रभु हाम्रा परमेश्वरका सबै आज्ञा, नियम र धर्म-विधिहरू पालन गर्न आफूमाथि सरापको बन्धन राखी शपथ खाए।"},{"id":30,"text":"“हामी आफ्ना छोरीहरू वरिपरिका मानिसहरूसित विवाह गरिदिनेछैनौं, अथवा हाम्रा छोराहरूका निम्ति उनीहरूका छोरीहरू ल्याउनेछैनौं। "},{"id":31,"text":"“यदि शबाथमा यी मानिसहरूले व्यापारका माल वा अन्न बेच्न ल्याए भने, हामी शबाथ अथवा अरू कुनै पवित्र दिनमा उनीहरूबाट किन्नेछैनौं। प्रत्येक सातौँ वर्ष हामी खेतबारीमा उब्जनीको काम गर्नेछैनौं, र सबै ऋणहरू माफी गरिदिनेछौं। "},{"id":32,"text":"“हाम्रा परमेश्वरको भवनका सेवाको निम्ति, अर्थात् टेबिलमा राखिने रोटीको निम्ति, नियमित अन्नबलि र होमबलिका निम्ति, तथा शबाथ, औंसीको चाड़ र अरू ठहराइएका चाड़हरूका भेटीका निम्ति, पवित्र-दानहरू तथा इस्राएलका प्रायश्चितको लागि पापबलि र परमप्रभुका भवनको लागि गरिने अरू सबै कामका निम्ति "},{"id":33,"text":"हामी वर्षैपिच्छे शेकेलको एक तिहाइ दिन आफ्नो दायित्व स्वीकार गर्छौं।"},{"id":34,"text":"“हामी पूजाहारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदीमा जलाउन वर्षैपिच्छे ठहराइएको समयमा पालैपालो परिवार-परिवार गरी हाम्रा परमेश्वरको भवनमा दाउरा ल्याउनका निम्ति चिट्ठा हालेका छौं।"},{"id":35,"text":"“परमप्रभु परमेश्वरको भवनमा वर्षैपिच्छे हाम्रो जमिनको फसल र फल फलाउने हरेक रूखको अगौटे फल ल्याउने जिम्मेवारी हामीले लिएका छौं। "},{"id":36,"text":"“हाम्रा परमेश्वरको भवनमा, त्यहाँ सेवा गर्ने पूजाहारीहरूकहाँ व्यवस्थामा तोकिएअनुसार हाम्रा छोराहरू, गाईबस्तुहरू र भेड़ाबाख्राहरूका पहिले बियाएका ल्याउन हामी प्रतिज्ञा गर्छौं। "},{"id":37,"text":"“तीबाहेक पूजाहारीहरूकहाँ हाम्रा पहिलो पिँधेको पीठो र अन्नबलि, हरेक रूखको अगौटे फल, नयाँ दाखमद्य र नयाँ तेल परमप्रभुका भवनको भण्डारमा ल्याउन, अनि लेवीहरूकहाँ हाम्रो जमिनको दशौँ अंश ल्याउन हामी प्रतिज्ञा गर्छौं— किनभने हाम्रा खेतीपाती गरिने बस्तीहरूको दशौँ अंश उठाउनेचाहिँ लेवीहरू नै हुन्। "},{"id":38,"text":"दशौँ अंश उठाउँदा हारूनको वंशका एक जना पूजाहारी लेवीहरूका साथमा हुनेछन्। अनि लेवीहरूले दशांशको दशौँ भाग परमेश्वरका भवनको भण्डारका कोठाहरूमा ल्याउनेछन्। "},{"id":39,"text":"इस्राएलीहरूले, लेवीहरूले समेत अन्न, नयाँ दाखमद्य र तेलका दान पवित्रस्थानका भाँड़ाहरू राख्ने कोठाहरूमा र त्यहाँ सेवा गर्ने पूजाहारीहरू, द्वारपालहरू र गवैयाहरू बस्ने ठाउँमा ल्याउनेछन्। हामी परमेश्वरका भवनको अवहेलना गर्नेछैनौं।”"}]},{"id":11,"title":"नहेम्याह 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/11-f34acf4e3e39b451a69a310b1216789c.mp3?version_id=1483","verses":[{"id":1,"text":"प्रजाका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दश जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्नलाई चिट्ठा हाले, र बाँकी नौ जनालाई चाहिँ आफ्नै सहरमा बस्नुपर्नेथियो। "},{"id":2,"text":"मानिसहरूले यरूशलेममा बस्न राजी हुनेहरूलाई आशीर्वाद दिए।"},{"id":3,"text":"यरूशलेममा बस्ने प्रदेशका अगुवाहरू यिनै थिए। कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा भएका आफ्नै निजी जग्गाजमिनमा बसे। "},{"id":4,"text":"यहूदा र बेन्यामीनका कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसे।यहूदाका सन्तानहरू:फारेसको परिवारका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महलालेलका छोरा थिए। "},{"id":5,"text":"शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए। "},{"id":6,"text":"फारेसको परिवारका यरूशलेमा बस्ने जम्मा सबै ४६८ जना वीर-वीर मानिसहरू थिए।"},{"id":7,"text":"बेन्यामीनका सन्तानहरू:\nसल्लू, जो मशुल्लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए, "},{"id":8,"text":"र तिनका पछि लाग्नेहरू गब्बै र सल्लै— सबै जम्मा ९२८ जना थिए। "},{"id":9,"text":"जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्सेनूअका छोरा यहूदाचाहिँ दोस्रो जिल्लाको हेर-विचार गर्ने अधिकृत थिए।"},{"id":10,"text":"पूजाहारीहरू:यदायाह, योयारीबका छोरा, याकीन, "},{"id":11,"text":"सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्वरका भवनको रेखदेख गर्ने अहीतूबका छोरा थिए, "},{"id":12,"text":"र मन्दिरको निम्ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्मा ८२२ मानिसहरू थिए। अदायाह, जो यरोहामका छोरा, जो पेलाल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए, "},{"id":13,"text":"र तिनका सहयोगीहरू जो परिवारका मुखियाहरू थिए— सबै जम्मा २४२ जना थिए। अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए, "},{"id":14,"text":"र तिनका सहयोगीहरू जो योग्य मानिसहरू थिए— सबै जम्मा १२८ जना थिए। तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलीमका छोरा जब्दीएल थिए।"},{"id":15,"text":"लेवीहरू: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए। "},{"id":16,"text":"लेवीहरूका दुई जना मुखियाहरू सब्बतै र योजाबाद थिए। तिनीहरू परमप्रभुका भवनको बाहिरका कामका जिम्मावाल थिए। "},{"id":17,"text":"मत्तन्याह, जो मीयकाका छोरा, जो जब्दीका छोरा, जो आसापका छोरा थिए। तिनी स्तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए। तिनका सहयोगीहरूमध्ये दोस्रो स्थान लिने बक्बुक्याह थिए। अब्दा, जो शम्मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए। "},{"id":18,"text":"पवित्र सहरमा लेवीहरूको संख्या जम्मा २८४ थियो।"},{"id":19,"text":"द्वारपालहरू:\nअक्कूब, तल्मोन र तिनीहरूका सहयोगीहरू सबै जम्मा १७२ जना थिए। तिनीहरू मूल ढोकामा पहरा बस्थे।"},{"id":20,"text":"बाँकी इस्राएलीहरूचाहिँ, पूजाहारीहरू र लेवीहरूका साथ, हरेक आ-आफ्नै पुर्खाका अधिकारको जग्गामा यहूदाका सबै सहरहरूमा थिए।"},{"id":21,"text":"ओफेल डाँड़ामा मन्दिरका सेवकहरू बसे। सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए।"},{"id":22,"text":"यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्जी थिए, जो बानीका छोरा, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीयकाका छोरा थिए। उज्जीचाहिँ आसापका सन्तान थिए। ती आसापका सन्तानहरू परमेश्वरको भवनका सेवाको निम्ति गाउने जिम्मा लिएकाहरू थिए। "},{"id":23,"text":"ती गवैयाहरू राजाका हुकुममुनि थिए, जसले तिनीहरूको दैनिक कार्यको निर्देशन गर्दथ्यो।"},{"id":24,"text":"मानिसहरूका कारोबारको सम्बन्धमा राजाका सेवक पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए।"},{"id":25,"text":"खेतबारी भएका गाउँहरूमा यहूदाका कोही मानिसहरू किर्यत-अर्बा र त्यसका बस्तीहरू, दीबोन र त्यसका बस्तीहरू, यकब्सेल र त्यसका गाउँहरू, "},{"id":26,"text":"येशूअ, मोलादा, बेथ-पालेत, "},{"id":27,"text":"हसरशूआल, बेर्शेबा र त्यसका बस्तीहरू, "},{"id":28,"text":"सिक्लग, मकोना र त्यसका बस्तीहरू, "},{"id":29,"text":"एन-रिम्मोन, सोरा, यर्मूत, "},{"id":30,"text":"जानोह, अदुल्लाम र त्यसका बस्तीहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका बस्तीहरूमा बस्थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्नोमको बेँसीसम्मको देश ओगटे।"},{"id":31,"text":"बेन्यामीनका गेबाबाटका सन्तानहरूचाहिँ मिकमाश, अय्या, बेथेल र त्यसका बस्तीहरू, "},{"id":32,"text":"अनातोत, नोब र हननिया, "},{"id":33,"text":"हासोर, रामा, गित्तैम, "},{"id":34,"text":"हादीद, सबोयीम, नबलत, "},{"id":35,"text":"लोद, ओनो र कारीगरहरूको बेँसीमा बसे।"},{"id":36,"text":"यहूदामा भएका लेवीहरूका कुनै-कुनै भागचाहिँ बेन्यामीनमा बसोबास गरे।"}]},{"id":12,"title":"नहेम्याह 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/12-04f9f9208baec44aaea1d6fa8568bea7.mp3?version_id=1483","verses":[{"id":1,"text":"शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्किआएका पूजाहारीहरू र लेवीहरू यिनै हुन्: "},{"id":2,"text":"सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्लूक, हत्तूश, "},{"id":3,"text":"शकन्याह, रेहूम, मरेमोत, "},{"id":4,"text":"इद्दो, गिन्नतोन, अबिया, "},{"id":5,"text":"मियामीन, मदाहा, बिल्गा, "},{"id":6,"text":"शमायाह, योयारीब, यदायाह, "},{"id":7,"text":"सल्लू, अमोक, हिल्कियाह र यदायाह। येशूअको पालोमा पूजाहारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए।"},{"id":8,"text":"लेवीहरू:\nयेशूअ, बिन्नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्याह।\nमत्तन्याह आफ्ना सहयोगीहरूसँग धन्यवादका भजनहरूका जिम्मावाल थिए। "},{"id":9,"text":"तिनका सहयोगीहरू बक्बुक्याह र उन्नीचाहिँ सेवाहरूमा तिनीहरूका सामुन्ने बस्थे।"},{"id":10,"text":"येशूअ योयाकीमका पिता थिए। योयाकीम एल्यासीबका पिता थिए। एल्यासीब योयादाका पिता थिए। "},{"id":11,"text":"योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए।"},{"id":12,"text":"योयाकीमको पालोमा यी पूजाहारीहरू आ-आफ्ना परिवारका मुखिया थिए:\nसरायाहका परिवारका मरायाह, यर्मियाका हनन्याह,"},{"id":13,"text":"एज्राका मशुल्लाम, अमर्याहका येहोहानान,"},{"id":14,"text":"मल्लूकका जोनाथन, शकन्याहका योसेफ,"},{"id":15,"text":"हारीमका अदना, मरेमोतका हल्कै।"},{"id":16,"text":"इद्दोका जकरिया, गिन्नतोनका मशुल्लाम,"},{"id":17,"text":"अबियाका जिक्री, मिन्यामीन र मोदाहाका पिल्तै,"},{"id":18,"text":"बिल्गाका शम्मूअ, शमायाहका यहोनातान,"},{"id":19,"text":"योयारीबका मत्तनै, यदायाहका उज्जी,"},{"id":20,"text":"सल्लूका कल्लै, अमोकका एबेर,"},{"id":21,"text":"हिल्कियाहका हशब्याह, यदायाहका नतनेल।"},{"id":22,"text":"एल्यासीब, योयादा, योहानान र यद्दूअका पालाका लेवीहरूका परिवारहरूका तथा पूजाहारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए। "},{"id":23,"text":"लेवी परिवारहरूका मुखियाहरूका नाउँचाहिँ एल्यासीबका छोरा योहानानको पालासम्मै इतिहासको पुस्तकमा लेखिएका थिए। "},{"id":24,"text":"लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ, र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खड़ा हुन्थे र आ-आफ्नो पालोमा परमेश्वरका मानिस दाऊदले तोकेअनुसार पालैपालो स्तुति गर्ने र धन्यवाद चढ़ाउने गर्थे।"},{"id":25,"text":"मत्तन्याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ मूल ढोकाका भण्डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए। "},{"id":26,"text":"येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पूजाहारी-शास्त्री एज्राका पालामा तिनीहरूले सेवा गरेका थिए।"},{"id":27,"text":"यरूशलेमका पर्खालको समर्पण गर्दा यरूशलेममा रमाहट गरेर धन्यवादका भजन गाउँदै, झ्याली, सारङ्गी र वीणाका साथमा समर्पणको उत्सव मनाउन तिनीहरूले लेवीहरूलाई आफू बसेका सबै निवास-स्थानहरूबाट खोजेर ल्याए। "},{"id":28,"text":"गवैयाहरू यरूशलेमको चारैतिरका ठाउँहरूबाट, अर्थात् नतोपातीहरूका गाउँहरूबाट, "},{"id":29,"text":"बेथ-गिलगालबाट, अनि गेबा र अज्मावेतका इलाकाहरूबाट ल्याइएका थिए, किनभने ती गवैयाहरूले यरूशलेमका चारैतिर आफ्ना निम्ति गाउँहरू बनाएका थिए। "},{"id":30,"text":"पूजाहारीहरू र लेवीहरूले विधिअनुसार आफू-आफूलाई पवित्र गरे। त्यसपछि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे।"},{"id":31,"text":"तब मैले यहूदाका अगुवाहरूलाई सहरको पर्खालमाथि जान लाएँ। साथै धन्यवाद दिन दुई वटा ठूला स्तुति गाउनेहरूका दल नियुक्त गरें। एक दल दाहिनेतिर पर्खालमा फोहोर ढोकासम्म जानुपर्थ्यो। "},{"id":32,"text":"त्यस दलको पछिपछि होशयाह र यहूदाका आधा अगुवाहरूका साथमा "},{"id":33,"text":"अजर्याह, एज्रा, मशुल्लाम, "},{"id":34,"text":"यहूदा, बेन्यामीन, शमायाह र यर्मिया लागे। "},{"id":35,"text":"तुरहीको साथमा कति जना पूजाहारीहरू, र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, "},{"id":36,"text":"जो आसापका छोरा थिए, र तिनका सहयोगीहरू— शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी— परमेश्वरका जन दाऊदले तोकेका बाजाहरूका साथमा थिए। शास्त्री एज्राचाहिँ जुलूसका अगुवा थिए। "},{"id":37,"text":"तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढ़ीहरूबाट सोझै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको घर नाघेर पूर्वतिर भएको पानी ढोकासम्म गए।"},{"id":38,"text":"भजन गाउँदै हिँड्ने दोस्रो दलचाहिँ देब्रेतिर लाग्यो। तिनीहरूका पछिपछि मानिसको आधा भागसँग म हिँडें। यो दल पर्खाल माथिमाथि भट्टीको बुर्जा भएर, "},{"id":39,"text":"चौड़ा पर्खालसम्म र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेड़ा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अड़िए।"},{"id":40,"text":"ती दुई भजन गाउने दल परमप्रभुको भवनमा आ-आफ्नै स्थानमा बसे। म पनि अधिकृतहरूको आधा दलसँग बसें। "},{"id":41,"text":"यसै गरी पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याह तुरहीका साथमा थिए। "},{"id":42,"text":"र मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एसेर पनि थिए। यिज्रहियाहको निर्देशनमा गवैयाहरूले गाए। "},{"id":43,"text":"र त्यस दिन तिनीहरूले आनन्द गरेर ठूला बलिदानहरू चढ़ाए, किनकि परमप्रभु परमेश्वरले तिनीहरूलाई रमाहट गर्ने अवसर दिनुभएको थियो। स्त्रीहरू र बाल-बालिकाहरूले पनि आनन्द मनाए। यरूशलेमको आनन्दउत्सव टाढ़ा-टाढ़ासम्म पनि सुनियो।"},{"id":44,"text":"त्यस बेला भेटीहरू अगौटे फलहरू र दशांशका निम्ति भण्डारको जिम्मा लिन, र सहरहरूका वरिपरि बस्तीहरूबाट पूजाहारीहरू र लेवीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा बटुल्न मानिसहरू नियुक्त गरिए। किनभने पूजाहारीहरू र लेवीहरूको सेवाबाट सबै यहूदा साह्रै प्रसन्न थिए। "},{"id":45,"text":"दाऊद र तिनका छोरा सोलोमनले दिएका नियमअनुसार आफ्ना परमेश्वरको सेवा र शुद्धिको सेवा तिनीहरूले गरे, र यसै गरी गवैयाहरू र द्वारपालहरूले पनि सेवा गरे। "},{"id":46,"text":"किनकि उहिले नै दाऊद र आसापको पालोमा गवैयाहरू परमेश्वरको प्रशंसा र धन्यवादका भजनका निम्ति निर्देशकहरू भएका थिए। "},{"id":47,"text":"यसैले यरुबाबेल र नहेम्याहका पालामा गवैयाहरू र द्वारपालहरूलाई सबै इस्राएलले प्रतिदिनको चाहिएको भाग दिन्थे। तिनीहरूले अरू लेवीहरूका भाग पनि छुट्ट्याएर राख्थे। अनि लेवीहरूले चाहिँ हारूनका सन्तानको भाग छुट्ट्याएर राख्थे।"}]},{"id":13,"title":"नहेम्याह 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/NEH/13-0877a9644c049926efec3e4b80368966.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यस दिन जनताको सामुन्ने मोशाको पुस्तक पढ़ेको बेलामा यस्तो कुरा लेखिएको भेट्टाइयो, कि कुनै पनि अम्मोनी अथवा मोआबी परमेश्वरको सभामा कहिल्यै पस्न पाउनेछैन। "},{"id":2,"text":"किनभने उनीहरू रोटी र पानी लिएर इस्राएलीहरूसित भेट गर्न आएनन्, तर तिनीहरूलाई सराप दिन बालामलाई ज्यालामा बोलाएका थिए। तापनि हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभएको थियो। "},{"id":3,"text":"मानिसहरूले त्यो व्यवस्था सुनेर सबै पराई वंशका सन्तानलाई इस्राएलबाट अलग गराए।"},{"id":4,"text":"यो हुनुभन्दा पहिले नै पूजाहारी एल्यासीब हाम्रा परमेश्वरका भवनको भण्डारका अधिकारी नियुक्त भएका थिए। तिनको तोबियासँग घनिष्ठ सम्बन्ध थियो। "},{"id":5,"text":"तिनले उनलाई पहिले अन्नबलि, धूपहरू, मन्दिरका भाँड़ाहरू अनि लेवीहरू, गवैयाहरू र द्वारपालहरूका निम्ति तोकिएका अन्नको दशौँ अंश, नयाँ दाखमद्य र तेल तथा पूजाहारीहरूका निम्ति दान राख्ने एउटा ठूलो कोठा दिएका थिए।"},{"id":6,"text":"तर यी सबै भइरहेको बेला मचाहिँ यरूशलेममा थिइनँ, किनभने बेबिलोनका राजा अर्तासास्तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्केको थिएँ। केही समयपछि यरूशलेममा फर्किजानलाई मैले उहाँको अनुमति मागें, "},{"id":7,"text":"र यरूशलेममा फर्कें। त्यसपछि तोबियाको निम्ति परमप्रभुको भवनका चोकहरूमा एउटा कोठा दिएर एल्यासीबले गरेको खराब कुरो मैले थाहा पाएँ। "},{"id":8,"text":"म साह्रै अप्रसन्न भएँ। मैले त्यस कोठाबाट तोबियाका सबै सामानहरू फालिदिएँ। "},{"id":9,"text":"ती कोठाहरूलाई शुद्ध गरेर परमप्रभुको भवनका भाँड़ाहरू, अन्नबलि र धूपहरूसमेत तिनमा फेरि राख्न मैले आदेश दिएँ।"},{"id":10,"text":"लेवीहरूले आफ्ना भागहरू पाएका रहेनछन् भन्ने कुरा पनि मैले थाहा पाएँ। यसैले मन्दिरका सेवाको जिम्मा लिने लेवीहरू र गवैयाहरू सबै आ-आफ्ना गाउँहरूमा फर्केछन् भन्ने पनि मैले सुनें। "},{"id":11,"text":"यसैकारण मैले अधिकारीहरूलाई हप्काएर प्रश्न गरें, “परमेश्वरका भवनको किन अवहेलना भएको छ?” अनि मैले ती मानिसहरूलाई बोलाएर फेरि तिनीहरूकै स्थानमा नियुक्त गरें।"},{"id":12,"text":"त्यसपछि सबै यहूदाले अन्नका आफ्ना दशौँ अंश, नयाँ दाखमद्य र तेल भण्डारमा ल्याए। "},{"id":13,"text":"मैले पूजाहारी शेलेम्याह, शास्त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्डारका जिम्मावाल नियुक्त गरें, र जक्कूरका छोरा, मत्तन्याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो।"},{"id":14,"text":"हे परमेश्वर, यसको निम्ति मेरो सम्झना राख्नुहोस्, र मैले भक्तिसाथ मेरा परमेश्वरका भवनको र त्यसको सेवाको निम्ति गरेको काम नमेटाइदिनुहोस्।"},{"id":15,"text":"त्यस बेला यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, र खेतको अन्न जम्मा गरेर दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारी गधामा राख्दैगरेका मैले देखें। उनीहरूले यी सबै थोक शबाथमा यरूशलेममा ल्याउने गर्थे। त्यसैले त्यस दिनमा खाने कुरा बेचेको विरोधमा मैले तिनीहरूलाई चेताउनी दिएँ। "},{"id":16,"text":"यरूशलेममा बसोबास गर्ने टुरोसका मानिसहरूले पनि माछा र अरू सबै किसिमका व्यापारका मालहरू ल्याएर शबाथमा यहूदाका मानिसहरूलाई यरूशलेममा बेच्दारहेछन्। "},{"id":17,"text":"यहूदाका भारदारहरूलाई हप्काएर मैले भनें, “यस्तो दुष्ट चाल चलेर तिमीहरूले शबाथलाई अपवित्र गर्नुको अर्थ के हो? "},{"id":18,"text":"के तिमीहरूका पुर्खाहरूले पनि ठीक यस्तै काम गरेका हुनाले हाम्रा परमेश्वरले हामी र यस सहरमाथि यो विपत्ति ल्याउनुभएको होइन र? अब तिमीहरूले शबाथलाई अपवित्र पारेर झन् परमप्रभुको क्रोध जगाउँदैछौ।”"},{"id":19,"text":"शबाथका तयारीको निम्ति यरूशलेमका मूल ढोकाहरूमा साँझको छाया परेपछि प्रवेश-द्वारहरू थुन्नू र शबाथ नसिद्धिञ्जेल नखोल्नू भनी मैले आज्ञा गरें। शबाथमा कुनै पनि भारी भित्र लान नपाओस् भनेर मेरा कोही मानिसहरूलाई मूल ढोकाको जिम्मामा नियुक्त गरें। "},{"id":20,"text":"एक-दुई पल्ट व्यापारीहरू र सबै किसिमका सामान ल्याउने पैकारीहरूले यरूशलेमको बाहिर रात बिताए। "},{"id":21,"text":"तर मैले तिनीहरूलाई यसो भनेर चेताउनी दिएँ, “तिमीहरू किन सहरको पर्खालकै सामुन्ने रात बिताउँछौ? यदि तिमीहरूले फेरि यसो गर्यौ भने म तिमीहरूको विरुद्धमा कड़ा कारबाही गर्नेछु।” त्यसपछि तिनीहरू फेरि कहिल्यै शबाथमा आएनन्। "},{"id":22,"text":"अनि शबाथ-दिन पवित्र राख्न भनी मैले ती लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनू भन्ने आज्ञा गरें।हे मेरा परमेश्वर, यो पनि मेरो निम्ति सम्झना रहोस्, र तपाईंको महान् प्रेममा आफ्नो कृपा ममाथि रहोस्।"},{"id":23,"text":"त्यस बेला पनि कुनै-कुनै यहूदाका मानिसहरूले अश्दोद, अम्मोन र मोआबका स्त्रीहरूलाई विवाह गरेका मैले भेट्टाएँ। "},{"id":24,"text":"तिनीहरूका बालकहरूमध्ये आधा अश्दोदी भाषा बोल्थे अथवा अरू मानिसहरूको भाषा बोल्थे, र तिनीहरू यहूदाको भाषा बोल्न जान्दैनथे। "},{"id":25,"text":"मैले तिनीहरूलाई हप्काएँ र सराप दिएँ। मैले कुनै-कुनै मानिसहरूलाई पिटें र जगल्ट्याएँ। मैले यसो भनेर परमेश्वरको नाउँमा तिनीहरूलाई शपथ खान लाएँ, “तिमीहरू आफ्ना छोरीहरू उनीहरूका छोराहरूसित विवाह गरिदिनेछैनौ, अथवा उनीहरूका कुनै पनि छोरीहरू तिम्रा छोराहरूसित वा तिमीहरू आफै विवाह गर्नेछैनौ। "},{"id":26,"text":"के यस्तै स्त्रीहरूको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन्? समस्त जातिहरूमा तिनीजस्तै अरू कुनै राजा थिएनन्। तिनलाई आफ्ना परमेश्वरले प्रेम गर्नुभएको थियो, र परमेश्वरले तिनलाई सम्पूर्ण इस्राएलमाथि राजा तुल्याउनुभएको थियो। तापनि विदेशी स्त्रीहरूले नै तिनलाई पाप गर्न लाए। "},{"id":27,"text":"अहिले पनि हामीहरूले यो सुन्नुपर्छ कि तिमीहरूले पनि विदेशी स्त्रीहरूलाई विवाह गरी यो घोर अपराध गरेर हाम्रा परमेश्वरसितको विश्वास तिमीहरू तोड्दैछौ?”"},{"id":28,"text":"प्रधान पूजाहारी एल्यासीबका छोरा योयादाको एक जना छोराले होरोनी सन्बलतकी एउटी छोरीलाई विवाह गरेको रहेछ। यसैकारण मैले त्यसलाई मेरो सामुबाट निकालिदिएँ। "},{"id":29,"text":"हे परमेश्वर, तिनीहरूले पूजाहारी पदलाई र पूजाहारीगिरी र लेवीहरूको करारलाई अपवित्र गरेकामा तिनीहरूको सम्झना रहोस्।"},{"id":30,"text":"यसरी मैले पूजाहारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराबाट शुद्ध गरें, र तिनीहरूलाई आ-आफ्नो काममा नियुक्त गरें। "},{"id":31,"text":"ठहरिएको समयमा दाउराको दान ल्याउने र अगौटे फलको निम्ति पनि मैले व्यवस्था मिलाइदिएँ।हे परमेश्वर, तपाईंको निगाहमा मेरो सम्झना रहोस्।"}]}]}