-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
REV.json
1 lines (1 loc) · 166 KB
/
REV.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"यो पुस्तक यूहन्ना नाउँका एक जना प्रसिद्ध र प्रभावशाली वृद्धबाट लेखिएको हो। बाइबलका धेरै विद्वानहरू भन्छन् कि यी यूहन्ना उही चेला हुन् जसलाई येशूले विशेष गरी प्रेम गर्नुभएको थियो (यूहन्ना १३:२३) र जसले नयाँ करारका “यूहन्नाले लेखेको सुसमाचार” र यूहन्नाका तीन वटा पत्रहरू लेखेका थिए। “प्रकाश” भन्ने यो पुस्तक ईस्वी सम्बत्को पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो।"},{"id":2,"text":"यो सारा पुस्तक यूहन्नालाई परमेश्वरबाट आएको प्रकाशको ठीक बयान हो। यो पुस्तकचाहिँ आखिरी दिनहरू र त्यतिबेला हुने ख्रीष्ट र शैतानको बीचको अन्तिम सङ्घर्षको विषयमा दिइएको हो। यी “आखिरी दिनहरू” यूहन्नाको समयमा सुरु भइसकेका थिए। रोमी सरकारबाट सबै खीष्टियान मण्डलीहरूमाथि अघोर सङ्कष्ट पर्न लागेको थियो। कष्टमा परेका हरेक पुस्ताका विश्वासीहरूलाई ख्रीष्टको दोस्रो आगमन नहोउञ्जेलसम्म साहस र ढाडस मिलोस् भनेर यो प्रकाश दिइएको थियो। तर विशेष गरी यो प्रकाश ख्रीष्टको दोस्रो आगमन भन्दा अघि हुन आउने घटनाहरूका सम्बन्धमा लेखिएको हो। जसरी यूहन्नाको पालोमा मण्डलीहरू ठूलो सङ्कष्टको सामना गर्दै थिए, त्यसरी नै येशू फेरि आउनुहुने बेलाको अन्तिम सङ्घर्षमा सबै ख्रीष्टियानहरू झन् भयङ्कर सङ्कष्टमा पर्नेछन्।"}]},{"id":1,"title":"प्रकाश 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/1-00cfdfe59a31381ec6d69690ab1ac0ed.mp3?version_id=1483","verses":[{"id":1,"text":"येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँड़ै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाउनुभएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनुभयो। "},{"id":2,"text":"यूहन्नाले देखेका सबै कुराहरूको, अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको गवाही दिए। "},{"id":3,"text":"त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।"},{"id":4,"text":"यूहन्नाबाट एशियामा भएका सात वटा मण्डलीहरूलाई:उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्माबाट,"},{"id":5,"text":"विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट।हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई, "},{"id":6,"text":"हामीलाई एउटा राज्य, उहाँका पिता र परमेश्वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।"},{"id":7,"text":"हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्। आमेन।"},{"id":8,"text":"<red>“अल्फा र ओमेगा म नै हुँ,”</red> सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, <red>जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ।</red>"},{"id":9,"text":"म यूहन्ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र सहनशीलतामा सहभागी छु। परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको खातिर म पत्मोस भन्ने टापूमा थिएँ। "},{"id":10,"text":"प्रभुको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें, "},{"id":11,"text":"<red>“तिमी जे देख्तछौ, सो एउटा पुस्तकमा लेख, र सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई।”</red>"},{"id":12,"text":"मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान "},{"id":13,"text":"र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।"},{"id":14,"text":"उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए।"},{"id":15,"text":"उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो।"},{"id":16,"text":"उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो।"},{"id":17,"text":"जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, <red>“नडराऊ, आदि र अन्त्य</red>"},{"id":18,"text":"<red>र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।</red>"},{"id":19,"text":"<red>यसकारण तिमीले जे देख्छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।</red>"},{"id":20,"text":"<red>मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य यो हो: सात तारा सात मण्डलीका स्वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्डलीहरू हुन्।”</red>"}]},{"id":2,"title":"प्रकाश 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/2-cf0ca2a89a3ff83927c4c0bbfc7811e7.mp3?version_id=1483","verses":[{"id":1,"text":"<red>एफिससका मण्डलीका दूतलाई यो लेख:</red><red>यी कुरा सात वटा तारा आफ्नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानका बीचमा हिँड्नेले भन्दछ।</red>"},{"id":2,"text":"<red>तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्दछन्, तर वास्तवमा होइनन्, त्यस्तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्दछु।</red>"},{"id":3,"text":"<red>म जान्दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।</red>"},{"id":4,"text":"<red>तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ।</red>"},{"id":5,"text":"<red>यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।</red>"},{"id":6,"text":"<red>तर तिमीहरूमा यो कुरा त छ, कि तिमीहरूले मैले जस्तै निकोलाइटसहरूका काम घृणा गर्छौ।</red>"},{"id":7,"text":"<red>जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु।</red>"},{"id":8,"text":"<red>अनि स्मुर्नाका मण्डलीका दूतलाई यो लेख:</red><red>यी कुरा आदि र अन्त्यले भन्दछ, जो मरेको थियो, र फेरि जीवित भयो।</red>"},{"id":9,"text":"<red>म तिम्रा कष्टहरू र तिम्रो दरिद्रतालाई जान्दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्दछु, जसले आफूलाई यहूदी हौं त भन्छन्, तर वास्तवमा तिनीहरू होइनन्। तिनीहरूले गरेका निन्दा म जान्दछु। तिनीहरू शैतानको सभाघर हुन्।</red>"},{"id":10,"text":"<red>तिमीले भोग्नै लागेका कष्टहरूसँग नडराओ। हेर, दियाबलसले</red><red>तिमीहरूमध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।</red>"},{"id":11,"text":"<red>जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युदेखि केही हानि हुनेछैन। </red>"},{"id":12,"text":"<red>अनि पर्गाममका मण्डलीका दूतलाई यो लेख: </red><red>यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्दछ,</red>"},{"id":13,"text":"<red>मलाई थाहा छ, तिमी कहाँ बस्छौ, त्यहीँ जहाँ शैतानको सिंहासन छ। तरै पनि तिमीहरू मेरो नाउँमा स्थिर बस्छौ। मेरो विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि ममाथिको आफ्नो विश्वास तिमीहरूले त्यागेनौ। शैतान बस्ने ठाउँमा तिमीहरूकै माझमा तिनी मारिए।</red>"},{"id":14,"text":"<red>तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमीहरूसँग यस्ता कोही-कोही छन्, जसले बालामको शिक्षा मान्छन्। इस्राएलीहरूका अगाडि ठोकरको कारण बनून् भनी मूर्तिहरूलाई चढ़ाएको भोजन खान र व्यभिचार गर्न बालामले बालाकलाई सिकाए।</red>"},{"id":15,"text":"<red>यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्।</red>"},{"id":16,"text":"<red>यसकारण पश्चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु।</red>"},{"id":17,"text":"<red>जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई म गुप्त-मन्नको केही भाग दिनेछु, र म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्दैन।</red>"},{"id":18,"text":"<red>अनि थिआटीराको मण्डलीका दूतलाई यो लेख: </red><red>यी कुरा परमेश्वरको पुत्रले भन्दछ, जसका आँखा आगोका ज्वालाजस्ता, जसका पाउ टल्काइराखेको काँसाजस्ता छन्।</red>"},{"id":19,"text":"<red>तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्ला काम अघिल्लाभन्दा बढ़ी छन्।</red>"},{"id":20,"text":"<red>तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ: तिमी ईजेबेल भन्ने स्त्रीलाई सहन गर्छौ। त्यसले आफैलाई अगमवादिनी भन्छे, र मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।</red>"},{"id":21,"text":"<red>मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारबाट पश्चात्ताप गर्न इन्कार गरी।</red>"},{"id":22,"text":"<red>हेर, म त्यसलाई रोग-शय्यामा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूले त्यसले गरेका कामहरूबाट पश्चात्ताप गरेनन् भने म तिनीहरूलाई महासङ्कष्टमा फालिदिनेछु।</red>"},{"id":23,"text":"<red>म त्यसका छोरा-छोरीहरूलाई मार्नेछु। र सबै मण्डलीहरूले थाहा पाउनेछन्, कि म उही हुँ, जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु।</red>"},{"id":24,"text":"<red>तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्ने बाँकी तिमीहरूलाई म भन्दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्दिनँ।</red>"},{"id":25,"text":"<red>त्यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्जेल त्यसलाई थामिराख।</red>"},{"id":26,"text":"<red>जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु,</red>"},{"id":27,"text":"<red>र फलामको डन्डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु।</red>"},{"id":28,"text":"<red>म त्यसलाई बिहानको तारा दिनेछु।</red>"},{"id":29,"text":"<red>जसको सुन्ने कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।</red>"}]},{"id":3,"title":"प्रकाश 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/3-04006ceafd4b77cf0db4de07c15952b8.mp3?version_id=1483","verses":[{"id":1,"text":"<red>अनि सार्डिसका मण्डलीका दूतलाई यो लेख: </red><red>यी कुरा परमेश्वरका सात आत्मा र सात तारा हुनेले भन्दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्ने नाउँ त छ, तर तिमीहरू मरेका छौ।</red>"},{"id":2,"text":"<red>जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्वरको दृष्टिमा सिद्ध भएको भेट्टाएको छैनँ।</red>"},{"id":3,"text":"<red>यसकारण तिमीले जे पायौ र सुन्यौ, सो सम्झ, त्यसलाई कायम राख र पश्चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।</red>"},{"id":4,"text":"<red>तर सार्डिसमा कति व्यक्ति छन्, जसले आफ्ना लुगा बिटुलो पारेका छैनन्। तिनीहरू मसँग सेता वस्त्र लाएर हिँड्नेछन्, किनकि तिनीहरू योग्यका छन्।</red>"},{"id":5,"text":"<red>जसले जित्छ, त्यसलाई यसरी सेता वस्त्र पहिराइन्छ, र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ। म त्यसको नाउँ मेरा पिताको सामुन्ने र उहाँका दूतहरूका सामुन्ने स्वीकार गर्नेछु।</red>"},{"id":6,"text":"<red>जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।</red>"},{"id":7,"text":"<red>अनि फिलाडेल्फियाका मण्डलीका दूतलाई यो लेख: </red><red>यी कुरा त्यसले भन्दछ, जो पवित्र छ, जो सत्य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्छ, कसैले थुन्नेछैन, र जसले थुन्छ, कसैले खोल्नेछैन।</red>"},{"id":8,"text":"<red>मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौ।</red>"},{"id":9,"text":"<red>हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिनीहरूलाई बुझाइदिनेछु।</red>"},{"id":10,"text":"<red>तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।</red>"},{"id":11,"text":"<red>म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन।</red>"},{"id":12,"text":"<red>जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन। म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ। आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु।</red>"},{"id":13,"text":"<red>जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।</red>"},{"id":14,"text":"<red>अनि लाउडिकियाका मण्डलीका दूतलाई यो लेख: </red><red>यी कुरा आमेन, विश्वासयोग्य र साँचो साक्षी र परमेश्वरका सृष्टिको शासकले भन्दछ।</red>"},{"id":15,"text":"<red>मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।</red>"},{"id":16,"text":"<red>किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।</red>"},{"id":17,"text":"<red>“म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ।</red>"},{"id":18,"text":"<red>यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु।</red>"},{"id":19,"text":"<red>जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्काउँछु, र ताड़ना दिन्छु। यसकारण उत्साहित होओ। पश्चात्ताप गर।</red>"},{"id":20,"text":"<red>हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ।</red>"},{"id":21,"text":"<red>जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।</red>"},{"id":22,"text":"<red>जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।</red>"}]},{"id":4,"title":"प्रकाश 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/4-a9333f3f39e7527ded9be935defa5f1b.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसपछि मैले हेरें, र स्वर्गमा एउटा ढोका देखें, जो खुला थियो। मैले पहिले सुनेको सोर तुरहीको जस्तो आवाजमा मसँग यसरी बोलिरहेको थियो— <red>“यतामाथि आऊ, र अब यसपछि जुन कुराहरू हुनुपर्छ सो म तिमीलाई देखाउनेछु।”</red>"},{"id":2,"text":"म तुरुन्तै आत्मामा भएँ। हेर, स्वर्गमा एउटा सिंहासन थियो, र एक जना त्यस सिंहासनमा विराजमान हुनुहुन्थ्यो।"},{"id":3,"text":"त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिजस्तै देखिन्थ्यो, र सिंहासनको वरिपरि पन्नाजस्तो इन्द्रेनी थियो। "},{"id":4,"text":"त्यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें। "},{"id":5,"text":"त्यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्केर आउँथे, र त्यस सिंहासनको सामुन्ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्वरका सात आत्माहरू हुन्।"},{"id":6,"text":"सिंहासनको अगि स्फटिकतुल्य काँचको समुद्रजस्तो थियो।अगाडि र पछाडि जम्मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए।"},{"id":7,"text":"पहिलो प्राणी सिंहजस्तै थियो, दोस्रो प्राणी बहरजस्तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्तै र चौथो प्राणी उड़िरहेको गरुडजस्तै थियो। "},{"id":8,"text":"ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्दै गाइरहन्छन्,\n“पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्थ्यो र हुनुहुन्छ र जो आउनुहुनेछ।”"},{"id":9,"text":"जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्छ, उहाँलाई महिमा, आदर, धन्यवाद चढ़ाउँछन्, "},{"id":10,"text":"तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्ने घोप्टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्डवत् गर्दछन्, र तिनीहरूका आ-आफ्ना मुकुट सिंहासनको सामुन्ने राखेर यसरी गाउँछन्:"},{"id":11,"text":"“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा,\nआदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ,\nकिनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो,\nर तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए,\nर तिनको सृष्टि भयो।”"}]},{"id":5,"title":"प्रकाश 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/5-06f86e027b7ca5f818672657b2082ab1.mp3?version_id=1483","verses":[{"id":1,"text":"सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो।"},{"id":2,"text":"अनि एउटा बलवान् स्वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्य को छ?” "},{"id":3,"text":"स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन। "},{"id":4,"text":"कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ। "},{"id":5,"text":"तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ।”"},{"id":6,"text":"तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्थ्यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्।"},{"id":7,"text":"उहाँ जानुभयो, र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्यो मुट्ठो लिनुभयो। "},{"id":8,"text":"जब उहाँले त्यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्ने घोप्टो परे। प्रत्येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्तहरूका प्रार्थना हुन्।"},{"id":9,"text":"तिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए:\n“तपाईं यो चर्मपत्रको मुट्ठो लिने\nर त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ,\nतपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले\nपरमेश्वरको निम्ति हरेक कुल, भाषा,\nमानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो,"},{"id":10,"text":"र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ,\nर तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।”"},{"id":11,"text":"तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। "},{"id":12,"text":"तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए,\n“मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति\nसम्मान, महिमा, र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ।”"},{"id":13,"text":"अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें,\n“सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई\nस्तुति, सम्मान, महिमा, र सामर्थ्य सदासर्वदा होस्।”"},{"id":14,"text":"तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्टो परेर दण्डवत् गरे।"}]},{"id":6,"title":"प्रकाश 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/6-418cdf8bc345128ce6e136cb69dfb50d.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब थुमाले ती सातमध्ये एउटा मोहोर तोड्नुभएको मैले देखें, तब चार जीवित प्राणीहरूमध्ये एक जनाले मेघ गर्जन जस्तो आवाजले यसो भनेको मैले सुनें, “आऊ!” "},{"id":2,"text":"अनि मैले एउटा सेतो घोडा देखें, त्यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्यसलाई एउटा मुकुट दिइयो, अनि त्यो विजयी भएर विजय गर्न निस्क्यो।"},{"id":3,"text":"जब उहाँले दोस्रो मोहोर तोड्नुभयो, तब दोस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। "},{"id":4,"text":"अर्को एउटा उज्ज्वल रातो घोडा बाहिर निस्किआयो। मानिसहरूले एक-अर्काको हत्या गरून् भनी यस घोड़सवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो। त्यसलाई एउटा ठूलो तरवार दिइयो।"},{"id":5,"text":"जब उहाँले तेस्रो मोहोर तोड्नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो।"},{"id":6,"text":"ती चार जीवित प्राणीका बीचमा एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, “एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ, तर तेल र दाखमद्यलाई हानि नगर्नू।”"},{"id":7,"text":"जब उहाँले चौथो मोहोर तोड्नुभयो, तब चौथो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। "},{"id":8,"text":"मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्यु” थियो, र “पाताल” चाहिँ त्यसको पछिपछि लागेको थियो। अनि पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्तियार तिनीहरूलाई दिइएको थियो।"},{"id":9,"text":"जब उहाँले पाँचौँ मोहोर तोड्नुभयो, तब वेदीमुन्तिर मैले तिनीहरूका आत्माहरू देखें, जो परमेश्वरका वचनको निम्ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए। "},{"id":10,"text":"अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान् पवित्र र सत्य प्रभु, अझै कहिलेसम्म तपाईंले पृथ्वीमा रहनेहरूको इन्साफ गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?” "},{"id":11,"text":"तिनीहरू प्रत्येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै मारिएर संख्यामा पूरा नभएसम्म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।"},{"id":12,"text":"जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें। सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो।"},{"id":13,"text":"अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे। "},{"id":14,"text":"आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्ना ठाउँबाट हटेर गए। "},{"id":15,"text":"तब पृथ्वीका राजाहरू, राजकुमारहरू, जर्नेलहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्वतन्त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरू हुँदो लुके।"},{"id":16,"text":"तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ,"},{"id":17,"text":"किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ?”"}]},{"id":7,"title":"प्रकाश 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/7-aafec1dabb50786083b38a2951e7af14.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें।"},{"id":2,"text":"तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें। पृथ्वी र समुद्रलाई हानि पुर्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, "},{"id":3,"text":"“हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।”"},{"id":4,"text":"तब मैले मोहोर लगाइएकाहरूको संख्या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए।"},{"id":5,"text":"यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो,\nरूबेनको कुलबाट बाह्र हजारलाई,\nगादको कुलबाट बाह्र हजारलाई,"},{"id":6,"text":"आशेरको कुलबाट बाह्र हजारलाई,\nनप्तालीको कुलबाट बाह्र हजारलाई,\nमनश्शेको कुलबाट बाह्र हजारलाई,"},{"id":7,"text":"शिमियोनको कुलबाट बाह्र हजारलाई,\nलेवीको कुलबाट बाह्र हजारलाई,\nइस्साखारको कुलबाट बाह्र हजारलाई,"},{"id":8,"text":"जबूलूनको कुलबाट बाह्र हजारलाई,\nयोसेफको कुलबाट बाह्र हजारलाई,\nबेन्यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो।"},{"id":9,"text":"यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें। "},{"id":10,"text":"तिनीहरू उच्च सोरले कराए:\n“सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।”"},{"id":11,"text":"अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्ने घोप्टो परी यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे।"},{"id":12,"text":"“आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद,\nसम्मान, शक्ति र सामर्थ्य सदासर्वदा होस्। आमेन!”"},{"id":13,"text":"धर्म-गुरुहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?” "},{"id":14,"text":"अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।"},{"id":15,"text":"यसैकारण,\n“तिनीहरू परमेश्वरका सिंहासनको सामुन्ने छन्,\nर दिनरात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्,\nर सिंहासनमा विराजमान हुनुहुनेले आफ्नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।"},{"id":16,"text":"तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्,\nसूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन,"},{"id":17,"text":"किनकि सिंहासनको बीचमा हुनुहुने थुमा\nतिनीहरूका गोठालो हुनुहुनेछ,\nर तिनीहरूलाई डोर्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ,\nर परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”"}]},{"id":8,"title":"प्रकाश 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/8-35b99dc134f2affa312ff89e1b2bc1ad.mp3?version_id=1483","verses":[{"id":1,"text":"जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो। "},{"id":2,"text":"परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो। "},{"id":3,"text":"अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो।"},{"id":4,"text":"धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो। "},{"id":5,"text":"तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए, र पृथ्वीमा फ्याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो।"},{"id":6,"text":"ती सात वटा तुरही हुने सातै स्वर्गदूत तुरही फुक्न तयारी भए।"},{"id":7,"text":"पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्यो, र ती पृथ्वीमा बर्सिन लाग्यो। अनि पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढ़िहाले।"},{"id":8,"text":"दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्तो समुद्रमा फालियो, "},{"id":9,"text":"र समुद्रको एक तिहाइ भाग रगत बन्यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्ट भए।"},{"id":10,"text":"तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आकाशबाट बल्दो राँकोझैँ एउटा ठूलो तारा खस्यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो।"},{"id":11,"text":"त्यस ताराको नाउँ “ऐरेलु” हो, र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।"},{"id":12,"text":"चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ ज्योतिविहीन भयो, त्यसरी नै रातको एक तिहाइ पनि।"},{"id":13,"text":"मैले हेरें, र मध्य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनें, “फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!”"}]},{"id":9,"title":"प्रकाश 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/9-cca18b651d37195ddcd58df8066da00a.mp3?version_id=1483","verses":[{"id":1,"text":"अनि पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्वर्गबाट पृथ्वीमा खसेको थियो। त्यस तारालाई अतल कुण्डको साँचो दिइयो। "},{"id":2,"text":"त्यसले अतल कुण्ड खोल्यो, र त्यस कुण्डबाट आगोको ठूलो भट्टीबाट निस्केको धूवाँजस्तो आयो, र कुण्डको धूवाँले सूर्य र वायुमण्डल अँध्यारो पार्यो।"},{"id":3,"text":"त्यस धूवाँबाट पृथ्वीमा सलहहरू निस्के, र पृथ्वीका बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो।"},{"id":4,"text":"तिनीहरूलाई आदेश दिइयो, कि पृथ्वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्वरको मोहोर छैन।"},{"id":5,"text":"तिनीहरूलाई मारी त नहाल्नू, तर पाँच महिनासम्म यातना दिनू भन्ने तिनीहरूलाई अख्तियार दिइयो, र मानिसलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, तिनीहरूले दिएको पीडा पनि त्यस्तै थियो। "},{"id":6,"text":"ती दिनमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर पाउनेछैनन्। तिनीहरूले मर्न इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्नेछ।"},{"id":7,"text":"ती सलहहरूको रूप लड़ाइँको निम्ति तयार गरिराखेका घोडाहरूको जस्तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्तै थिए।"},{"id":8,"text":"तिनीहरूका केश स्त्रीका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए।"},{"id":9,"text":"अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्तै थियो।"},{"id":10,"text":"तिनीहरूका पुच्छर र खील बिच्छीका जस्तै थिए। तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसलाई कष्ट दिने शक्ति थियो। "},{"id":11,"text":"अतल कुण्डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्यसको नाउँ अपोल्लियोन हो।"},{"id":12,"text":"पहिलो विपत्ति गइहाल्यो। यसपछि फेरि दुई विपत्ति आउन बाँकी छन्।"},{"id":13,"text":"अनि छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले परमेश्वरको अगाडि रहेका सुनका वेदीका चार सीङबाट निस्केको एउटा आवाज सुनें।"},{"id":14,"text":"तुरही लिने छैटौँ स्वर्गदूतलाई यसो भनेको मैले सुनें, “ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चार दूतलाई छोडिदेऊ।” "},{"id":15,"text":"अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्यस घड़ी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखिएका थिए। "},{"id":16,"text":"ती घोड़सवार फौजको संख्या बीस करोड थियो।"},{"id":17,"text":"मेरो दर्शनमा देखिएका घोडा र घोड़सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोको, नीलमणि र गन्धकको रङ्गका थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरजस्ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्धक निस्कन्थे। "},{"id":18,"text":"तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो। "},{"id":19,"text":"किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनभने तिनीहरूका पुच्छर सर्पजस्ता थिए, जसका टाउका थिए। तीद्वारा तिनीहरूले मानिसलाई चोट पार्थे।"},{"id":20,"text":"यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्ना हातका कामबाट अझ पनि पश्चात्ताप गरेनन्। तिनीहरूले भूतहरूलाई र देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्न छोड़ेनन्।"},{"id":21,"text":"तिनीहरूले आफूले गरेको हत्या, जादूगरी, व्यभिचार र चोरीको पश्चात्ताप गरेनन्।"}]},{"id":10,"title":"प्रकाश 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/10-0c3bf992af7f42cc0ecc25241e25dc4c.mp3?version_id=1483","verses":[{"id":1,"text":"मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्द्रेनी थियो, र तिनको मुहार सूर्यजस्तो र पाउहरू आगोका खामाजस्ता थिए। "},{"id":2,"text":"तिनको हातमा खोलिराखेको एउटा सानो चर्मपत्रको मुट्ठो थियो। तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे। "},{"id":3,"text":"अनि सिंह गर्जेझैँ तिनी ठूलो सोरले कराए, र तिनी कराएपछि सात मेघ गर्जनहरूको आवाज आयो। "},{"id":4,"text":"जब ती सात मेघ गर्जनहरूले आ-आफ्ना आवाज निकाले, म लेख्नै लागेको थिएँ, त्यसै बेला स्वर्गबाट यसो भन्ने आवाज मैले सुनें, “ती सात मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्त राख, र ती नलेख।”"},{"id":5,"text":"तब समुद्र र जमिनमा उभिएका जुन स्वर्गदूतलाई मैले देखेका थिएँ, तिनले आफ्नो हात स्वर्गतिर उचाले। "},{"id":6,"text":"अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्वर्ग र त्यसमा भएका कुराहरू, पृथ्वी र त्यसमा भएका कुराहरू, समुद्र र त्यसमा भएका कुराहरूलाई सृष्टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने। "},{"id":7,"text":"तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ।"},{"id":8,"text":"तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।” "},{"id":9,"text":"अनि म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्यो महजस्तै गुलियो हुनेछ।” "},{"id":10,"text":"मैले ती स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ, र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। तर त्यो खाएपछि मेरो पेट अमिलो भयो। "},{"id":11,"text":"तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्नुपर्नेछ।”"}]},{"id":11,"title":"प्रकाश 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/11-e3e013fdca429de68d38a177d6831dc9.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि नाप्ने टाँगोजस्तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्वरको मन्दिर र वेदीको नाप लेऊ, र त्यहाँ आराधना गर्नेहरूको गन्ती लेऊ।"},{"id":2,"text":"तर मन्दिरबाहिर रहेका आँगनलाई चाहिँ छोड र ननाप, किनकि त्योचाहिँ जाति-जातिहरूलाई दिइएको छ, र बयालीस महिनासम्म पवित्र सहरलाई तिनीहरूले कुल्चीमिल्ची गर्नेछन्।"},{"id":3,"text":"मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लाएर अगमवाणी बोल्ने शक्ति म दिनेछु।” "},{"id":4,"text":"पृथ्वीका प्रभुको सामुन्ने खड़ा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्।"},{"id":5,"text":"यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने, तिनीहरूका मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने त्यो त्यही किसिमले मारिनेछ। "},{"id":6,"text":"तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस् भनी आकाश बन्द गर्ने तिनीहरूसित शक्ति छ, र पानीहरूलाई रगत तुल्याउने र तिनीहरूलाई इच्छा लागेको बेलामा पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने तिनीहरूसित शक्ति छ।"},{"id":7,"text":"तिनीहरूले आफ्नो गवाहीको काम सिद्ध्याइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।"},{"id":8,"text":"तिनीहरूका लाशहरू त्यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।"},{"id":9,"text":"साढ़े तीन दिनसम्म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन् र ती लाशहरू गाड्न दिनेछैनन्। "},{"id":10,"text":"पृथ्वीमा रहनेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लिने-दिने गर्नेछन्। किनभने ती दुई अगमवक्ताहरूले पृथ्वीमा रहनेहरूलाई सास्ती दिएका थिए।"},{"id":11,"text":"साढ़े तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्नेहरूमाथि ठूलो डर छायो।"},{"id":12,"text":"अनि तिनीहरूले स्वर्गबाट यस्तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्वर्गतिर गए।"},{"id":13,"text":"त्यही घड़ी ठूलो भूकम्प गयो, र सहरको दशौँ भाग ढल्यो, र भूकम्पमा सात हजार मानिसहरू मारिए। अरू बाँचेकाहरू डराए र स्वर्गका परमेश्वरलाई महिमा दिए।"},{"id":14,"text":"दोस्रो विपत्ति बित्यो, “हेर, तेस्रो विपत्ति चाँड़ै आउँदैछ।”"},{"id":15,"text":"अनि सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र त्यसपछि स्वर्गमा यसो भन्ने ठूला-ठूला आवाज गुञ्जिए,\n“संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ,\nअनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”"},{"id":16,"text":"अनि परमेश्वरको सामुन्ने आ-आफ्ना सिंहासनमा बस्ने ती चौबीसै धर्म-गुरुहरूले घोप्टो परी परमेश्वरलाई दण्डवत् गरे, "},{"id":17,"text":"भन्न लागे,\n“हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौं,\nजो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनभने तपाईंले\nआफ्नो ठूलो सामर्थ्य हातमा लिनुभयो र राज्य गर्न थाल्नुभयो।"},{"id":18,"text":"जाति-जातिहरू क्रुद्ध भए, तर तपाईंको क्रोध प्रकट भयो।\nमरेकाहरूका इन्साफको समय आयो,\nर तपाईंका दासहरू र अगमवक्ताहरू र सन्तहरूलाई र तपाईंका नाउँको डर मान्ने ठूला-सानाहरूलाई इनाम दिने समय,\nर पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।”"},{"id":19,"text":"स्वर्गमा परमेश्वरको मन्दिर खोलियो, र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दूक देखियो। बिजुलीका चमक देखिए। आवाज र मेघ गर्जनहरू सुनिए। भूकम्प गए र ठूला-ठूला असिना परे।"}]},{"id":12,"title":"प्रकाश 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/12-b8b92b1db1462506a056716303a61096.mp3?version_id=1483","verses":[{"id":1,"text":"स्वर्गमा एउटा आश्चर्यजनक चिन्ह देखियो: सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो, र त्यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई। "},{"id":2,"text":"त्यो गर्भवती थिई, र जन्माउने अवस्थाको पीडामा प्रसववेदनाले चिच्याइरहेकी थिई। "},{"id":3,"text":"अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्यो।"},{"id":4,"text":"त्यसको पुच्छरले स्वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। बालक जन्मनासाथ त्यसलाई निलिहालूँ भनी त्यो अजिङ्गर बालक जन्माउन लागेकी स्त्रीको सामुन्ने खड़ा थियो।"},{"id":5,"text":"त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।"},{"id":6,"text":"त्यो स्त्रीचाहिँ उजाड-स्थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको लागि ठाउँ तयार राख्नुभएको थियो।"},{"id":7,"text":"अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे,"},{"id":8,"text":"तर यिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन। "},{"id":9,"text":"त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।"},{"id":10,"text":"तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें,\n“अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति,\nराज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ।\nकिनकि हाम्रा भाइहरूलाई दोष लगाउने,\nजसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई\nदिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।"},{"id":11,"text":"तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्,\nर तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।"},{"id":12,"text":"यसकारण हे स्वर्गमा रहनेहरू,\nतिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ!\nकिनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस\nठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”"},{"id":13,"text":"जब त्यस अजिङ्गरले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले छोरो जन्माउने त्यस स्त्रीलाई खेद्यो। "},{"id":14,"text":"तर त्यस स्त्रीलाई त्यस सर्पको सम्मुखबाट उजाड-स्थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्यो उजाड-स्थान साढ़े तीन वर्षसम्म त्यस स्त्रीको पालनपोषणको निम्ति तयार गरिएको थियो।"},{"id":15,"text":"त्यस स्त्रीलाई बाढ़ले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीजस्तै पानी निकाल्यो। "},{"id":16,"text":"तर पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्यो, र अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निलिदियो। "},{"id":17,"text":"तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन्। "},{"id":18,"text":"अनि त्यो अजिङ्गर समुद्रको किनारमा खड़ा भयो।"}]},{"id":13,"title":"प्रकाश 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/13-879af12c644d796b8657e2eacf18e400.mp3?version_id=1483","verses":[{"id":1,"text":"समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।"},{"id":2,"text":"मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो।"},{"id":3,"text":"त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो। "},{"id":4,"text":"मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, “यो पशुजस्तो अरू को छ? यसको विरुद्धमा को लड्न सक्ने?”"},{"id":5,"text":"त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो।"},{"id":6,"text":"परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान, र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्नो मुख खोल्यो। "},{"id":7,"text":"अनि त्यसलाई सन्तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।"},{"id":8,"text":"र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।"},{"id":9,"text":"जसको कान छ त्यसले सुनोस्—"},{"id":10,"text":"कैदमा जानुपर्ने कैदमा नै जानेछ,\nतरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ।सन्तहरूको सहनशीलता र विश्वास यसैमा छ।"},{"id":11,"text":"अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो। "},{"id":12,"text":"त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो। "},{"id":13,"text":"मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गर्यो। "},{"id":14,"text":"पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो। "},{"id":15,"text":"त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्। "},{"id":16,"text":"अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। "},{"id":17,"text":"त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो।"},{"id":18,"text":"बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।"}]},{"id":14,"title":"प्रकाश 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/14-0cc90e4f7dc415f63ccbc345185e71a8.mp3?version_id=1483","verses":[{"id":1,"text":"अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।"},{"id":2,"text":"अनि धेरै पानीहरूको आवाजजस्तै, र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो। "},{"id":3,"text":"सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो। "},{"id":4,"text":"तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन्। परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए। "},{"id":5,"text":"तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्।"},{"id":6,"text":"अनि अर्को स्वर्गदूतलाई मध्य आकाशमा उड़िरहेका मैले देखें। पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो। "},{"id":7,"text":"तिनले चर्को सोरमा भने, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।”"},{"id":8,"text":"अनि एउटा अर्को स्वर्गदूत, अर्थात् दोस्राचाहिँ यसो भन्दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्नो व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।”"},{"id":9,"text":"त्यसपछि तेस्रा स्वर्गदूत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने, "},{"id":10,"text":"त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।"},{"id":11,"text":"तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरू यी नै हुन् जसले त्यो पशु र त्यसको मूर्तिलाई पूजा गर्छन्, र त्यसका नाउँको छाप लिन्छन्। तिनीहरूले दिनरात कहिल्यै पनि आराम पाउनेछैनन्।”"},{"id":12,"text":"परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ।"},{"id":13,"text":"अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।”"},{"id":14,"text":"अनि मैले हेरें, र एउटा सेतो बादल र त्यसमाथि बस्नुभएको मानिसको पुत्रजस्तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।"},{"id":15,"text":"अर्को एउटा स्वर्गदूत मन्दिरबाट बाहिर आए, र बादलमाथि बस्नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।”"},{"id":16,"text":"यसरी बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, अनि पृथ्वीको कटनी भयो।"},{"id":17,"text":"अनि स्वर्गमा भएको मन्दिरबाट एउटा अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो। "},{"id":18,"text":"तब वेदीबाट अर्को स्वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्वीका अंगूरका झुप्पाहरू जम्मा गर, किनकि पृथ्वीका अंगूर पूरै पाकिसकेका छन्।” "},{"id":19,"text":"ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीका अंगूरको फसल जम्मा गरे, र त्यसलाई परमेश्वरका क्रोधको ठूलो दाख-कुण्डमा फालिदिए। "},{"id":20,"text":"सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो।"}]},{"id":15,"title":"प्रकाश 15","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/15-31941741b63222d1f19dc64f62d60ea6.mp3?version_id=1483","verses":[{"id":1,"text":"मैले स्वर्गमा ठूलो र अचम्मको अर्को एउटा चिन्ह देखें: सात स्वर्गदूतहरूले सात वटा अन्तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्वरको क्रोध समाप्त भएको छ। "},{"id":2,"text":"आगोसँग मिसिएका काँचको समुद्रजस्तो मैले देखें। त्यहाँ पशु र त्यसको मूर्तिमाथि र त्यसका नाउँको संख्यामाथि विजय पाउनेहरू आफ्ना हातमा परमेश्वरको वीणा लिई त्यस काँचका समुद्रको किनारमा खड़ा थिए। "},{"id":3,"text":"तिनीहरूले यसो भनेर परमेश्वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए,\n“हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्,\nतपाईंका कार्य महान् र आश्चर्यपूर्ण छन्,\nयुग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्।"},{"id":4,"text":"हे परमप्रभु, तपाईंको डर कसले मान्दैन?\nर तपाईंका नाउँको महिमा कसले गर्दैन?\nकिनकि तपाईं मात्र पवित्र हुनुहुन्छ।\nसबै जातिले आएर तपाईंलाई दण्डवत् गर्नेछन्,\nकिनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्।”"},{"id":5,"text":"यी कुरापछि मैले हेरें, र स्वर्गमा गवाहीका मण्डपको मन्दिर उघारियो।"},{"id":6,"text":"स्वच्छ र उज्ज्वल वस्त्र धारण गरेका र छातीमा सुनौलो फित्ता बाँधेका सात स्वर्गदूतहरू सात विपत्ति लिएर मन्दिरबाट बाहिर निस्के। "},{"id":7,"text":"ती चार जीवित प्राणीमध्ये एउटाले सदासर्वदा जीवित रहनुहुने परमेश्वरको क्रोधले भरिएका सुनका सात कचौरा ती सात स्वर्गदूतलाई दिए। "},{"id":8,"text":"अनि परमेश्वरको महिमा र उहाँका शक्तिको कारण मन्दिर धूवाँले भरियो। ती सात स्वर्गदूतका सात विपत्ति नसिद्धिञ्जेल कोही पनि मन्दिरभित्र पस्न सकेन।"}]},{"id":16,"title":"प्रकाश 16","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/16-00cfcbdc9f0472a9a6d2a724ade51d18.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्वरका क्रोधका सात कचौरा पृथ्वीमाथि खन्याओ।”"},{"id":2,"text":"तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई घिनलाग्दा र दुख्ने घाउ-खटिरा निस्के।"},{"id":3,"text":"दोस्रो स्वर्गदूतले आफ्नो कचौरो समुद्रमा खन्याए, र त्यो मरेका मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।"},{"id":4,"text":"अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरो नदीहरू र पानीका मूलहरूमा खन्याए, र ती रगतै भइहाले।"},{"id":5,"text":"तब पानीको जिम्मा लिने स्वर्गदूतले यसो भनिरहेका मैले सुनें,\n“तपाईं आफ्ना इन्साफमा न्यायी हुनुहुन्छ,\nतपाईं जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो,\nहे पवित्र परमेश्वर। किनभने यसरी नै तपाईंले इन्साफ गर्नुभएको छ।"},{"id":6,"text":"किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्,\nर तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ।\nत्यो तिनीहरूले पाउनैपर्ने हो।”"},{"id":7,"text":"तब वेदीले यसो भनिरहेको मैले सुनें,\n“हो, परमप्रभु परमेश्वर सर्वशक्तिमान्,\nतपाईंका इन्साफ सत्य र न्यायसङ्गत छन्।”"},{"id":8,"text":"त्यसपछि चौथो स्वर्गदूतले आफ्नो कचौरो सूर्यमाथि खन्याए, र मानिसहरूलाई अग्निले डढ़ाउने अनुमति सूर्यलाई दिइयो। "},{"id":9,"text":"मानिसहरू प्रचण्ड तापले डढ़े, र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरका नाउँको निन्दा गरे। तर तिनीहरूले पश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।"},{"id":10,"text":"अनि पाँचौँ स्वर्गदूतले आफ्नो कचौरो त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यमा अन्धकार छायो, र वेदनामा मानिसहरूले आ-आफ्नो जिब्रो टोके।"},{"id":11,"text":"तिनीहरूका वेदना र घाउ-खटिराले गर्दा तिनीहरूले स्वर्गका परमेश्वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे।"},{"id":12,"text":"तब छैटौँ स्वर्गदूतले आफ्नो कचौरो महानदी यूफ्रेटिसमा खन्याए, र नदीको पानी सुकिहाल्यो र पूर्वबाट आउने राजाहरूका निम्ति मार्ग तयार भयो।"},{"id":13,"text":"तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें। "},{"id":14,"text":"तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्।"},{"id":15,"text":"<red>“हेर, म चोरजस्तै आउनेछु। त्यो धन्य हो, जो जागा रहन्छ र आफ्नो वस्त्रको रक्षा गर्छ। नत्रता त्यो नाङ्गै हिँड्नेछ, र त्यसको नग्नता देखिनेछ।”</red>"},{"id":16,"text":"तिनीहरूले राजाहरूलाई त्यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ।"},{"id":17,"text":"अनि सातौँ स्वर्गदूतले आफ्नो कचौरो हावामा खन्याए, र मन्दिरको सिंहासनबाट यसो भन्ने एउटा चर्को आवाज निस्क्यो, “अब सिद्धियो।” "},{"id":18,"text":"तब बिजुली चम्के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्प गयो, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यसो कहिल्यै गएको थिएन।"},{"id":19,"text":"त्यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्वंस-विध्वंस भए। परमेश्वरलाई महान् बेबिलोनको याद आयो, र उहाँले आफ्नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्यसलाई पिउन दिनुभयो।"},{"id":20,"text":"अनि हरेक टापू लोप भएर गयो र पहाड़हरू बेपत्ता भए।"},{"id":21,"text":"चालीस-चालीस किलोग्रामका असिना मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाका विपत्तिको कारण परमेश्वरलाई सराप्न लागे। किनकि यो विपत्ति अति भयानक थियो।"}]},{"id":17,"title":"प्रकाश 17","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/17-a77b52a5f2b1041cb1ffe3692970a3a1.mp3?version_id=1483","verses":[{"id":1,"text":"ती सात कचौरा लिने सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर मलाई भने, “यता आऊ, म तिमीलाई धेरै पानीहरूमा बसेकी त्यस महा वेश्यालाई दिइएको इन्साफ देखाउनेछु।"},{"id":2,"text":"त्यससँग पृथ्वीका राजाहरूले व्यभिचार गरेका छन्, र पृथ्वीका बासिन्दाहरू त्यसका व्यभिचारको मद्यले मातेका छन्।"},{"id":3,"text":"अनि तिनले मलाई आत्मामा बोकेर एउटा उजाड-स्थानभित्र लगे। त्यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्वर-निन्दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखें।"},{"id":4,"text":"त्यस स्त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्दा कुरा, अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला हातमा लिएकी थिई।"},{"id":5,"text":"त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो:रहस्यपृथ्वीका वेश्याहरूर घिनलाग्दा कुराहरूकी आमामहान् बेबिलोन।"},{"id":6,"text":"अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें।त्यसलाई देखेर म साह्रै अचम्मित भएँ। "},{"id":7,"text":"तब ती स्वर्गदूतले मलाई भने, “तिमी किन अचम्म मान्दछौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दश सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु। "},{"id":8,"text":"तिमीले देखेको त्यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।"},{"id":9,"text":"“बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे। "},{"id":10,"text":"तिनीहरू सात राजाहरू पनि हुन्— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ। "},{"id":11,"text":"त्यो पशु, जो एक समय थियो, तर अब छैन, त्योचाहिँ आठौँ हो। सातमध्येको त्यो एक हो, तर त्यसको सर्वनाश हुनेछ।"},{"id":12,"text":"“तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्म राजकीय शक्ति पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग छोटो समयको निम्ति राजाकै अधिकार पाउनेछन्।"},{"id":13,"text":"तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्। "},{"id":14,"text":"तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य हुन्।”"},{"id":15,"text":"ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्। "},{"id":16,"text":"अनि तिमीले देखेका ती दश सीङ र त्यस पशुले त्यस वेश्यालाई घृणा गर्नेछन्, र त्यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्। "},{"id":17,"text":"किनकि परमेश्वरको वचन पूरा नहोउञ्जेल एक मनका भई तिनीहरूले आफ्नो राजकीय शक्ति त्यस पशुलाई दिएर उहाँको अभिप्राय पूरा गर्न परमेश्वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो! "},{"id":18,"text":"तिमीले देखेको त्यो स्त्रीचाहिँ त्यो महानगरी हो, जसले पृथ्वीका राजाहरूमाथि प्रभुत्व गर्छ।"}]},{"id":18,"title":"प्रकाश 18","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/18-89ecb72172aaecba3cf6634166653051.mp3?version_id=1483","verses":[{"id":1,"text":"यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्वी उज्यालो भयो। "},{"id":2,"text":"तिनले यसो भनेर शक्तिशाली सोरले कराए:\n“महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ।"},{"id":3,"text":"किनकि सबै जातिहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले धनी भएका छन्।”"},{"id":4,"text":"तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें:\n“हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ,\nनत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ,\nर त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ,"},{"id":5,"text":"किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ।"},{"id":6,"text":"त्यसले जे गरेकी थिई त्यही त्यसलाई देओ, त्यसले गरेका कामको दोबर त्यसलाई फर्काइदेओ त्यसले प्यालामा जे भरेकी थिई, त्यसको दोबर कड़ा हुने गरी त्यसलाई देओ।"},{"id":7,"text":"त्यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्यत्तिकै त्यसलाई यातना र शोक देओ। किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन।’"},{"id":8,"text":"‘यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्— मृत्यु, शोक र अनिकाल। आगोले त्यो भस्म पारिनेछे, किनकि त्यसको इन्साफ गर्ने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ।”"},{"id":9,"text":"त्यससँग व्यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्वीका राजाहरू त्यो जलेको धूवाँ देखेर त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्।"},{"id":10,"text":"त्यसको यातनाको डरले टाढ़ै उभिएर तिनीहरूले यसो भन्नेछन्,\n“हाय! हाय! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन!\nएकै छिनमा नै तेरो दण्ड तँमाथि पर्यो।”"},{"id":11,"text":"पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्यापारका मालसामान फेरि कहिल्यै किन्दैनन्,"},{"id":12,"text":"अर्थात् सुन, चाँदी, रत्न, मोती र मलमलका कपड़ाहरू, बैजनी कपड़ा, रेशम र चहकिलो रातो रङ्गका कपड़ाहरू, र सबै किसिमका सुगन्धित काठ, हरेक किसिमका हस्ति-हाड़का सामग्रीहरू, र हरेक बहुमूल्य काठका, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू,"},{"id":13,"text":"र दालचिनी, मसला, सुगन्धित धूप, मूर्र, सेतो-धूप, मद्य, तेल, मसिनो पीठो, गहूँ, गाई-भैँसी, भेड़ाहरू, घोडाहरू, रथहरू, कमारा-कमारीहरू, अर्थात् मानिसहरूका आत्मा।"},{"id":14,"text":"तिनीहरूले भन्नेछन्, “ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्वादिष्ठ भोजनहरू र समस्त चमकदमक तैंले गुमाइस्, र ती फेरि कहिल्यै प्राप्त हुनेछैनन्।” "},{"id":15,"text":"यी सामानका व्यापारीहरू जसले त्यस नगरीमा व्यापार गरेर धन कमाएका थिए, त्यसमाथि परिआउने यातनाको डरले टाढ़ै उभिएर यसो भन्दै तिनीहरू ठूलो सोरले रुनेछन् र विलाप गर्नेछन्,"},{"id":16,"text":"“हाय! हाय! त्यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्त्र लगाएर सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई।"},{"id":17,"text":"किनभने एकै घड़ीमा यति धेरै धन नष्ट भएको छ।”हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढ़ै उभिए,"},{"id":18,"text":"र त्यो महानगरी जलेर निस्केको धूवाँ देखेर यसो भनी कराए, “त्यो महानगरीजस्तो कुन सहर थियो?”"},{"id":19,"text":"अनि तिनीहरूले आ-आफ्ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए,\n“हाय! हाय! त्यो महानगरी जहाँ समुद्रमा जहाज हुने सबै जना त्यसको सम्पत्तिद्वारा धनी भएका थिए। एकै छिनमा त्यो नष्ट भएको छ।"},{"id":20,"text":"हे स्वर्ग, त्यसको इन्साफमा रमाओ! हे सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ।”"},{"id":21,"text":"तब एउटा शक्तिशाली स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्यसलाई समुद्रमा फाले,\n“यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे,\nर त्यो फेरि कहिल्यै पाइनेछैन।"},{"id":22,"text":"वीणा बजाउनेहरू, गायकहरू,\nबाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूका धुन तँमा कहिल्यै सुनिनेछैन।\nर कुनै पनि शिल्पको शिल्पकार तँमा कहिल्यै पाइनेछैन।\nजाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन। "},{"id":23,"text":"बत्तीको उज्यालो तँमा कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्यै सुनिनेछैन। किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्त्रतन्त्रले जाति-जातिहरू ठगिएका थिए।"},{"id":24,"text":"त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”"}]},{"id":19,"title":"प्रकाश 19","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/19-af7bcaf69eded102c5e689d234eaff2f.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनें,\n“हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्,"},{"id":2,"text":"किनकि उहाँका इन्साफ सत्य र न्यायसङ्गत छन्। सारा पृथ्वीलाई आफ्नो व्यभिचारले भ्रष्ट पार्ने त्यस महा वेश्यालाई उहाँले दण्ड दिनुभएको छ, र उहाँका दासहरूका रगतको बदला लिइसक्नुभएको छ।”"},{"id":3,"text":"तिनीहरूले फेरि एक पल्ट उच्च सोरले भने,\n“हल्लेलूयाह! त्यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्तिर गइरहन्छ।”"},{"id":4,"text":"अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्वरलाई यसो भनेर दण्डवत् गरे,\n“आमेन, हल्लेलूयाह!”"},{"id":5,"text":"तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो,\n“हाम्रा परमेश्वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्दछौ।”"},{"id":6,"text":"त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो:\n“हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ।"},{"id":7,"text":"हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।"},{"id":8,"text":"चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।”चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।"},{"id":9,"text":"अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”"},{"id":10,"text":"अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर! किनकि येशूको गवाही अगमवाणीको आत्मा हो।"},{"id":11,"text":"मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ।"},{"id":12,"text":"उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।"},{"id":13,"text":"उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो। "},{"id":14,"text":"स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे। "},{"id":15,"text":"जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख-कुण्ड उहाँले कुल्चनुहुन्छ।"},{"id":16,"text":"उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।"},{"id":17,"text":"तब मैले एउटा स्वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्य आकाशमा उड्ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्वरको ठूलो भोजमा भेला होओ। "},{"id":18,"text":"तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”"},{"id":19,"text":"अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें। "},{"id":20,"text":"तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए।"},{"id":21,"text":"बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्जेल खाए।"}]},{"id":20,"title":"प्रकाश 20","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/20-c31a9889bbab12e41bf9b32fade85b96.mp3?version_id=1483","verses":[{"id":1,"text":"त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। "},{"id":2,"text":"तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे।"},{"id":3,"text":"तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ।"},{"id":4,"text":"तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू, र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे।"},{"id":5,"text":"अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। "},{"id":6,"text":"पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।"},{"id":7,"text":"एक हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ, "},{"id":8,"text":"र पृथ्वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात् गोग र मागोगलाई लड़ाइँको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनका संख्या समुद्रका बालुवा जत्तिकै हुनेछ।"},{"id":9,"text":"तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो। "},{"id":10,"text":"तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्।"},{"id":11,"text":"तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। "},{"id":12,"text":"मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो। "},{"id":13,"text":"समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो। "},{"id":14,"text":"मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो। "},{"id":15,"text":"जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो।"}]},{"id":21,"title":"प्रकाश 21","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/21-f52c082a6159f2221b9a883881c9c9ca.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।"},{"id":2,"text":"अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।"},{"id":3,"text":"सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ।"},{"id":4,"text":"उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”"},{"id":5,"text":"सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।”"},{"id":6,"text":"उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।"},{"id":7,"text":"जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ, र म त्यसका परमेश्वर हुनेछु, र त्योचाहिँ मेरो छोरो हुनेछ।"},{"id":8,"text":"तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।"},{"id":9,"text":"तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु।” "},{"id":10,"text":"तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।"},{"id":11,"text":"त्यसमा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिकजस्तो चहकिलो थियो। "},{"id":12,"text":"त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो, र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए। "},{"id":13,"text":"पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्चिममा तीन ढोकाहरू थिए।"},{"id":14,"text":"सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।"},{"id":15,"text":"सहर र त्यसका ढोकाहरू र पर्खाल नाप्नलाई मसँग बोल्नेसँग एउटा सुनको नाप्ने टाँगो थियो।"},{"id":16,"text":"त्यो सहर वर्गाकार थियो। त्यसको चौडाइ र लमाइ समान थियो। तिनले त्यस टाँगोले नाप्दा त्यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो। "},{"id":17,"text":"स्वर्गदूतले त्यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्यो पैँसट्ठी मिटर थियो। "},{"id":18,"text":"त्यो पर्खाल बिल्लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्तै त्यो चम्कन्थ्यो। "},{"id":19,"text":"पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्नहरूले जड़िएका थिए। पहिलो जग बिल्लौरको, दोस्रो नीर, तेस्रो हरित रत्न, चौथो पन्ना,"},{"id":20,"text":"पाँचौँ आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो। "},{"id":21,"text":"ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्येक ढोका मोतीको थियो। त्यस सहरको सड़क चहकिलो शीशाजस्तै निखुर सुनको थियो।"},{"id":22,"text":"मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयम् परमेश्वर सर्वशक्तिमान् र थुमा नै हुनुहुन्छ। "},{"id":23,"text":"त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्छ।"},{"id":24,"text":"त्यहाँकै उज्यालोमा जाति-जातिहरू हिँड्डुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्।"},{"id":25,"text":"दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुनेछैनन्, र त्यहाँ रात नै हुनेछैन। "},{"id":26,"text":"तिनीहरूले जाति-जातिहरूका वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्।"},{"id":27,"text":"तर थुमाका जीवनको पुस्तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्नेछैन।"}]},{"id":22,"title":"प्रकाश 22","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/REV/22-5aaaaeeedf7956a40e7010bd6f0ac487.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की "},{"id":2,"text":"त्यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्थ्यो। त्यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्ति थिए।"},{"id":3,"text":"अबदेखि उसो त्यहाँ कहिल्यै सराप हुनेछैन। परमेश्वर र थुमाको सिंहासन त्यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्।"},{"id":4,"text":"तिनीहरूले उहाँको मुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। "},{"id":5,"text":"त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्।"},{"id":6,"text":"तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्य छन्। अब चाँड़ै हुन आउने कुराहरू आफ्ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो।”"},{"id":7,"text":"<red>“हेर, म चाँड़ै आउँदैछु। यस पुस्तकको अगमवाणीका वचन पालन गर्ने धन्यको हो।”</red>"},{"id":8,"text":"यी कुरा सुन्ने र देख्ने म यूहन्ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न म घोप्टो परें। "},{"id":9,"text":"तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्ने तिम्रा भाइहरू र यस पुस्तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर।”"},{"id":10,"text":"तब तिनले मलाई यसो भने, “यस पुस्तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ। "},{"id":11,"text":"दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस्, अश्लील काम गर्नेले अश्लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्।”"},{"id":12,"text":"<red>“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।</red>"},{"id":13,"text":"<red>म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।</red>"},{"id":14,"text":"<red>“जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्न पाऊँ भनी आफ्ना वस्त्र धुनेहरू धन्यका हुन्।</red>"},{"id":15,"text":"<red>बाहिरचाहिँ कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजकहरू र असत्य मन पराउने र त्यसैमुताबिक चल्नेहरू रहन्छन्।</red>"},{"id":16,"text":"<red>“म येशूले आफ्ना दूतलाई तिमीकहाँ मण्डलीहरूका निम्ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।”</red>"},{"id":17,"text":"पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्।"},{"id":18,"text":"यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु:यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ। "},{"id":19,"text":"अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ। "},{"id":20,"text":"यी कुराको गवाही दिनेले भन्नुहुन्छ, <red>“निश्चय, म चाँड़ै आउँदैछु।”</red>आमेन, आउनुहोस्, हे प्रभु येशू।"},{"id":21,"text":"प्रभु येशूको अनुग्रह सबै सन्तहरूसँग रहोस्। आमेन।"}]}]}