-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
ZEC.json
1 lines (1 loc) · 88.3 KB
/
ZEC.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"जकरियाको अर्थ हो “परमप्रभुले सम्झना गर्नुहुन्छ”। जकरिया भविष्यवक्ता कैदबाट फर्केपछिको बेबिलोनमा लेवी कुलमा जन्मेका थिए (नहेम्याह १२:१,१६)। उनी पूजाहारी बेरेक्याहको छोरा ईद्दोको नाति थिए (जकरिया १:१)। जकरिया, भविष्यवक्ता हाग्गै, शासक यरुबाबेल, महापूजाहारी यहोशूको समकालीन थिए (एज्रा ५:१-२; जकरिया ३:१; ४:६; ६:११)। जकरिया बेबिलोनको दासत्वबाट ५०,००० यहूदीहरूसँगै यरूशलेम फर्केका थिए।"},{"id":2,"text":"जब बेबिलोनी साम्राज्य फारसको साम्राज्यबाट ५३९ ई.पू. मा पराजित भयो, कोरेस महानले यहूदीहरूलाई यरूशलेम फर्केर मन्दिरको पुनर्निर्माण गर्न आदेश दिए (एज्रा १:२-४; यशैया ४४:२८)। यसरी न्यून संख्यामा अर्थात् हाग्गै र जकरियासमेत ५०,००० यहूदीहरू यरुबाबेल र पूजाहारी यहोशूको अगुवाइमा यरूशलेम फर्के (एज्रा २)।"},{"id":3,"text":"यो भविष्यवाणी जकरियाले लगभग ५२० ई.पू. मा गरेका थिए। यस भविष्यवाणीमा तीन खण्डहरू छन्—"},{"id":4,"text":"१. अध्याय: १:१-६ परमेश्वरमा फर्क"},{"id":5,"text":"२. अध्याय: १:७—८:२३ आउनेवाला छुटकारा"},{"id":6,"text":"३. अध्याय: ९:१—१४:२१ छुटकारा दिनेवालाको आगमन"}]},{"id":1,"title":"जकरिया 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/1-5c7342122b353816abb24e2bc1caea6c.mp3?version_id=1483","verses":[{"id":1,"text":"दारा राजाको दोस्रो वर्षको आठौँ महिनामा परमप्रभुको यो वचन इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ आयो: "},{"id":2,"text":"“तिमीहरूका पिता-पुर्खासँग परमप्रभु साह्रै रिसाउनुभयो। "},{"id":3,"text":"यसैकारण तैंले मानिसहरूलाई भन्: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘मतिर फर्केर आओ,’ सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूतिर फर्कनेछु,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":4,"text":"तिमीहरू आफ्ना पिता-पुर्खाहरूजस्ता नहोओ, जसलाई अघिका अगमवक्ताहरूले यसो भनेर घोषणा गरे: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरू अब आफ्ना दुष्ट चाल र आफ्ना दुष्ट व्यवहारदेखि फर्क’। तर तिनीहरूले सुनेनन् न त मतिर ध्यान नै दिए, परमप्रभु भन्नुहुन्छ। "},{"id":5,"text":"तिमीहरूका पिता-पुर्खाहरू अब कहाँ छन्? अनि अगमवक्ताहरू, के सधैँ तिनीहरू बाँचिरहन्छन् र? "},{"id":6,"text":"तर के मैले मेरा दासहरू, मेरा अगमवक्ताहरूलाई आज्ञा गरेका वचनहरू र विधिहरूले तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेका थिएनन् र?”“तब तिनीहरूले पश्चात्ताप गरे र भने, ‘सर्वशक्तिमान् परमप्रभुले हाम्रा चाल र व्यवहारअनुसार हामीसित जे गर्ने निश्चय गर्नुभएको थियो सो उहाँले हामीसित गर्नुभएको छ’।”"},{"id":7,"text":"दारा राजाको दोस्रो वर्षको शेबात भनिने एघारौँ महिनाको चौबीसौँ दिनमा इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको वचन आयो।"},{"id":8,"text":"राती मैले एउटा यस्तो दर्शन देखें, एक जना मानिस रातो घोड़ामा चढ़िरहेका थिए। तिनी खोल्साका असारे-फूलका रूखहरूका बीचमा उभिरहेका थिए, अनि तिनको पछिल्तिर रातो, खैरो र सेतो रङ्गका घोड़ाहरू पनि थिए। "},{"id":9,"text":"मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?”मसित कुरा गर्ने ती स्वर्गदूतले उत्तर दिए, “यी के हुन् म तिमीलाई देखाइदिनेछु।”"},{"id":10,"text":"तब असारे-फूलका रूखहरूका बीचमा उभिरहने मानिसले बताउँदै भने, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीका चारैतिर जान पठाउनुभएको हो।”"},{"id":11,"text":"तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहने स्वर्गदूतलाई प्रतिवेदन दिए, “हामीहरू पृथ्वीका चारैतिर गयौं, र जम्मै संसार आराम र शान्तिमा बसेको पायौं।”"},{"id":12,"text":"तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान् परमप्रभु, यी सत्तरी वर्षसम्म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्म तिनीहरूमाथि आफ्नो दया रोकिराख्नुहुन्छ?” "},{"id":13,"text":"यसैले मसित कुरा गर्ने स्वर्गदूतलाई परमप्रभुले सान्त्वनाका वचन भन्नुभयो।"},{"id":14,"text":"तब मसित कुरा गरिरहने ती स्वर्गदूतले मलाई भने, “यस कुराको घोषणा गर: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यरूशलेम र सियोनको निम्ति म ज्यादै डाही छु, "},{"id":15,"text":"तर सुरक्षा अनुभव गरी बस्ने जातिहरूसित म साह्रै क्रोधित भएको छु! म त केही मात्र क्रोधित भएँ, तर तिनीहरूले सङ्कष्टलाई झन् बढ़ाइदिए’।"},{"id":16,"text":"“यसैकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘कृपासहित म यरूशलेममा फर्कनेछु। त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। यरूशलेममा नाप्ने डोरी तन्काइनेछ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":17,"text":"“फेरि यसो भनेर घोषणा गर: ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा नगरहरू फेरि उन्नतिले चुलिएर पोखिनेछन्, र परमप्रभुले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ’।”"},{"id":18,"text":"तब मैले माथि हेरें, र हेर, चार वटा सीङ त्यहाँ मेरा सामुन्ने थिए। "},{"id":19,"text":"मसित कुरा गरिरहने ती स्वर्गदूतलाई मैले सोधें, “यी के हुन्?”तिनले मलाई जवाफ दिए, “यी तीनै सीङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारे।”"},{"id":20,"text":"तब परमप्रभुले मलाई चार कारीगरहरू देखाउनुभयो। "},{"id":21,"text":"मैले सोधें, “यिनीहरू के गर्नलाई आइरहेका छन्?”तिनले जवाफ दिए, “एकैजना मानिसले पनि शिर खड़ा गर्न नसक्ने गरी यहूदालाई तितरबितर गर्ने सीङहरू यिनै हुन्, तर कारीगरहरूचाहिँ तिनीहरूलाई त्रासमा पार्न, र यहूदा देशको विरुद्धमा त्यसका मानिसहरूलाई तितरबितर पार्ने जातिहरूका सीङहरूलाई फालिदिन आएका हुन्।”"}]},{"id":2,"title":"जकरिया 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/2-64aa9f53844401090c8579d90bc89054.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब मैले माथि हेरें, र मेरो अगि हातमा एउटा नाप्ने डोरी लिएका एक जना मानिस थिए। "},{"id":2,"text":"मैले सोधें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?”तिनले मलाई जवाफ दिए, “यरूशलेम नाप्न, त्यसको चौड़ाइ र लमाइ कति रहेछ हेर्न जाँदैछु।”"},{"id":3,"text":"तब मसित कुरा गरिरहने ती स्वर्गदूत गइहाले, र अर्का स्वर्गदूत तिनलाई भेट्नलाई आए, "},{"id":4,"text":"र तिनलाई भने, “दगुरिगएर त्यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्यामा ज्यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ। "},{"id":5,"text":"अनि म स्वयम् त्यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्नुहुन्छ, ‘र त्यसभित्रको महिमा म नै हुनेछु’।"},{"id":6,"text":"“आओ, आओ, उत्तरको देशदेखि भागिआओ” परमप्रभु भन्नुहुन्छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासमा तितरबितर पारेको छु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":7,"text":"“आओ, हे सियोन! उम्किआओ, तिमीहरू, जो बेबिलोनकी छोरीसित बस्दछौ।” "},{"id":8,"text":"किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “त्यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्छ त्यसले उहाँका आँखाको नानीलाई छुन्छ— "},{"id":9,"text":"निश्चय नै म आफ्नो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, अनि तिनीहरूकै दासहरूले तिनीहरूलाई लुट्नेछन्। तब तिमीहरूले जान्नेछौ कि मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो।"},{"id":10,"text":"“हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्नुहुन्छ। "},{"id":11,"text":"“त्यस दिन धेरै जातिहरू परमप्रभुमा मिल्न आउनेछन्, र मेरा प्रजा हुनेछन्। म तिमीहरूका बीचमा वास गर्नेछु र तिमीहरूले जान्नेछौ कि सर्वशक्तिमान् परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ। "},{"id":12,"text":"परमप्रभुले पवित्र देशमा यहूदालाई आफ्नै भाग गरी अधिकार गर्नुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। "},{"id":13,"text":"हे सारा मनुष्य-जाति हो, परमप्रभुको सामु चूपचाप रहो, किनभने उहाँ आफ्नो पवित्र वासस्थानबाट निस्किजानुभएको छ।”"}]},{"id":3,"title":"जकरिया 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/3-b7d56eccc621afc333959dd78ec68e97.mp3?version_id=1483","verses":[{"id":1,"text":"तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्ने उभिरहेका र शैतान तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो। "},{"id":2,"text":"परमप्रभुले शैतानलाई भन्नुभयो “ए शैतान, परमप्रभुले तँलाई हकारून्। यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई हकारून्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?” "},{"id":3,"text":"अब यहोशूचाहिँ स्वर्गदूतको अगि फोहोर लुगा लगाएर उभेका थिए। "},{"id":4,"text":"तब ती स्वर्गदूतले आफ्नो सामुन्ने उभिरहनेहरूलाई भने, “त्यसको फोहोर लुगाहरू फुकालिदेओ।”तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, र म तिमीलाई दामी-दामी लुगा लगाइदिनेछु।”"},{"id":5,"text":"तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्वर्गदूत नजिक उभिरहेका थिए।"},{"id":6,"text":"तब परमप्रभुका स्वर्गदूतले यहोशूलाई यो कड़ा आज्ञा दिए: "},{"id":7,"text":"“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस् र तैंले मेरा आज्ञा पालन गरिस् भने, तँ मेरो घरको जिम्मेवार र मेरो मन्दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्थान दिनेछु।"},{"id":8,"text":"“‘हे यहोशू प्रधान पूजाहारी र तेरो सामुन्ने बस्ने तेरा साथीहरू, जो पछि हुने कुराका चिन्हजस्ता छन्। यी कुरा सुन। हेर्, म मेरो दास, अर्थात् हाँगालाई ल्याउनेछु। "},{"id":9,"text":"यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्। त्यसमा सात वटा आँखा छन्, र म त्यसमा लेखोट खोप्नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":10,"text":"“‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको बोटमुनि बस्न निम्तो दिनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "}]},{"id":4,"title":"जकरिया 4","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/4-a2a754bfbf986793c5f0ee78e422426f.mp3?version_id=1483","verses":[{"id":1,"text":"जसरी कोही मानिसलाई निद्राबाट जगाइन्छ तब मसित कुरा गर्ने ती स्वर्गदूतले आएर मलाई त्यसरी जगाए। "},{"id":2,"text":"तिनले मलाई सोधे, “तिमी के देख्छौ?”मैले जवाफ दिएँ, “जम्मै सुनको एउटा सामदान म देख्तछु। त्यसको टुप्पामा एउटा बटुको छ। त्यसमाथि सात वटा बत्ती छन्, र टुप्पामा भएको प्रत्येक बत्तीमा सात वटा नली गाँसिएका छन्। "},{"id":3,"text":"त्यसको छेउमा दुई वटा जैतूनका रूखहरू, एउटा बटुकाको दाहिनेपट्टि र अर्को त्यसको देब्रेपट्टि छन्।”"},{"id":4,"text":"तब मसित कुरा गर्ने ती स्वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?”"},{"id":5,"text":"तिनले जवाफ दिए, “यी के हुन् भनी तिमी जान्दैनौ?”मैले जवाफ दिएँ, “अँहँ, जान्दिनँ मेरा प्रभु।”"},{"id":6,"text":"यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्माले,’ सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ। "},{"id":7,"text":"“ए शक्तिशाली पर्वत, तँ के होस् र? यरुबाबेलको सामुन्ने तँ मैदान हुनेछस्। अनि उहाँले शिर-ढुङ्गालाई ‘परमेश्वरले यसलाई आशिष् देऊन्!’ भन्ने जयजयकारका साथ निकाल्नु हुनेछ’।”"},{"id":8,"text":"तब परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":9,"text":"“यस मन्दिरको जग यरुबाबेलका हातले बसालेका छन्, त्यसैका हातले त्यो सिद्ध्याउनेछन्। तब तैंले जान्नेछस् कि सर्वशक्तिमान् परमप्रभुले मलाई पठाउनुभएको हो।"},{"id":10,"text":"“साना कुराहरूको दिनलाई कसले तुच्छ ठान्छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्दा मानिसहरू रमाउनेछन्। (“यी सात वटा बत्तीचाहिँ परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्वीमा यताउता हेरिरहन्छन्।”)"},{"id":11,"text":"तब मैले स्वर्गदूतलाई सोधें, “यस सामदानको दाहिने र देब्रेपट्टि भएका यी दुई जैतूनका रूखहरूचाहिँ के हुन्?”"},{"id":12,"text":"फेरि मैले तिनलाई सोधें, “यी दुई जैतूनका हाँगा के हुन्, जो ती दुई सुनका नलीहरूका छेउमा छन् र जसद्वारा सुनको तेल खनिन्छ?”"},{"id":13,"text":"तिनले जवाफ दिए, “यी के हुन् भनी तिमी जान्दैनौ?”मैले भनें, “अँहँ, म जान्दिनँ, मेरा प्रभु।”"},{"id":14,"text":"तब तिनले भने, “यी दुईचाहिँ सारा पृथ्वीका परमप्रभुको सेवा गर्न अभिषेक भएकाहरू हुन्।”"}]},{"id":5,"title":"जकरिया 5","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/5-9d2f7c4c9e5cd60fd0991e49782a790a.mp3?version_id=1483","verses":[{"id":1,"text":"मैले फेरि हेरें, र मेरो अगि उड़िरहेको एउटा चर्मपत्रको मुट्ठो थियो। "},{"id":2,"text":"तिनले मलाई सोधे, “तिमी के देख्छौ?”मैले जवाफ दिएँ, “नौ मिटर लामो र साढ़े चार मिटर चौड़ा एउटा उड़िरहेको चर्मपत्रको मुट्ठो म देख्तछु।”"},{"id":3,"text":"अनि तिनले मलाई भने, “सारा देशमाथि पर्न लागेको यो सराप हो, किनकि यसको एकापट्टि भनेअनुसार हरेक चोर निर्वासित हुनेछ, र अर्कापट्टि भनेअनुसार हरेक झूटो शपथ खाने निर्वासित हुनेछ। "},{"id":4,"text":"सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्यो पस्नेछ, र त्यो घरभित्र रहनेछ र त्यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।”"},{"id":5,"text":"तब मसित कुरा गर्ने स्वर्गदूतले अगि आएर मलाई भने, “त्यो के निस्केर आइरहेछ, सो हेर।”"},{"id":6,"text":"तब मैले सोधें, “त्यो के हो?”तब तिनले जवाफ दिए, “त्यो एउटा नाप्ने टोकरी हो।” तिनले भने, “देशभरि भएका मानिसहरूको दुष्टता यही हो।” "},{"id":7,"text":"तब सीसाको ढकना मास्तिर उठाइयो, र एउटी स्त्री त्यस टोकरीभित्र बसिरहेकी देखें। "},{"id":8,"text":"अनि तिनले भने, “दुष्टता यही हो।” तब तिनले त्यस स्त्रीलाई टोकरीभित्र धकेलिदिए, र सीसाको ढकनाले त्यसको मुख छोपिदिए।"},{"id":9,"text":"तब मैले आफ्ना आँखा उचालेर हेरें, र दुई जना स्त्रीहरू आइरहेका देखें, र तिनीहरूका पखेटामा बतास रहेछ। तिनीहरूका पखेटा सारसका पखेटाजस्तै रहेछन्, र तिनीहरूले त्यो टोकरीलाई पृथ्वी र आकाशको बीचमा उचालेर लगे।"},{"id":10,"text":"तब मैले मसित कुरा गर्ने ती स्वर्गदूतलाई सोधें, “यिनीहरूले यो टोकरी कहाँ लगिरहेछन्?”"},{"id":11,"text":"तिनले मलाई जवाफ दिए, “बेबिलोनिया देशमा त्यसको निम्ति एउटा घर बनाउनलाई लगिरहेछन्। जब त्यो तयार हुन्छ, तब त्यो टोकरी त्यहाँ त्यसकै स्थानमा राखिनेछ।”"}]},{"id":6,"title":"जकरिया 6","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/6-fe53c1158e76a64734f9a5397cf56c70.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि मैले माथि हेरें, र मेरो अगि दुई पर्वतहरूका बीचबाट चार वटा रथहरू आएका देखें। ती पर्वतहरू काँसाका थिए। "},{"id":2,"text":"पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू, "},{"id":3,"text":"तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए। "},{"id":4,"text":"मसित कुरा गर्ने ती स्वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?”"},{"id":5,"text":"ती स्वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्ने खड़ा भएर निस्किआएका हुन्। "},{"id":6,"text":"काला घोड़ाहरू भएको रथ उत्तर देशतिर जान्छ, सेता घोड़ाहरू भएको रथ पश्चिमतिर जान्छ, र पाङ्ग्रे घोड़ाहरू भएको रथ दक्षिणतिर जान्छ।”"},{"id":7,"text":"जब ती बलिया घोड़ाहरू बाहिर निस्के, तिनीहरू चारैतिर जानलाई तम्सिरहेका थिए। तिनले भने, “पृथ्वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्वीका चारैतिर गए।"},{"id":8,"text":"तब तिनले कराएर मलाई भने, “हेर, ती उत्तरको देशतिर लाग्नेहरूले मेरो आत्मालाई त्यहाँ आराम दिएका छन्।”"},{"id":9,"text":"परमप्रभुको यो वचन मकहाँ आयो: "},{"id":10,"text":"“बेबिलोनको निर्वासनबाट आएका हेल्दै, तोबियाह र यदायाहबाट भेटी ली। त्यही दिन सपन्याहको छोरो योशियाहको घरमा जा। "},{"id":11,"text":"सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे। "},{"id":12,"text":"त्यसलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्यो आफ्नो ठाउँमा बढ्नेछ, र परमप्रभुको मन्दिर बनाउनेछ। "},{"id":13,"text":"त्यसले नै परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो महामहिमाले पहिर्याइनेछ, र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ, र त्यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।” "},{"id":14,"text":"हेल्दै, तोबियाह, यदायाह र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति त्यो मुकुट दिइनेछ। "},{"id":15,"text":"जो टाढ़ा-टाढ़ामा छन्, ती आएर परमप्रभुको मन्दिर बनाउन सघाउनेछन्, र सर्वशक्तिमान् परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्नेछौ। तिमीहरूले मन लगाएर परमप्रभु आफ्ना परमेश्वरको आज्ञा मान्यौ भनेदेखि सो हुनेछ।”"}]},{"id":7,"title":"जकरिया 7","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/7-370ce0056708a86bb448a6fdbe3cd178.mp3?version_id=1483","verses":[{"id":1,"text":"दारा राजाको चौथो वर्षमा किसलेव महिना अर्थात् नवौँ महिनाको चौथो दिनमा परमप्रभुको यो वचन जकरियाकहाँ आयो। "},{"id":2,"text":"बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुकहाँ यसरी बिन्ती गर्न पठाएका थिए, "},{"id":3,"text":"कि सर्वशक्तिमान् परमप्रभुको भवनका पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भनेर सोधून्, “के अघि धेरै वर्षदेखि गर्दैआएझैँ पाँचौँ महिनामा मैले विलाप गर्नु र उपवास बस्नुपर्छ?”"},{"id":4,"text":"अनि सर्वशक्तिमान् परमप्रभुको वचन मकहाँ आयो: "},{"id":5,"text":"“देशका सारा मानिसहरू र पूजाहारीहरूलाई यसो सोध्, ‘जब तिमीहरू यी सत्तरी वर्षसम्म पाँचौँ र सातौँ महिनामा उपवास बस्थ्यौ र विलाप गर्दथ्यौ, तब के त्यो उपवास मेरै निम्ति गर्दथ्यौ र? "},{"id":6,"text":"अनि जब तिमीहरू खान्थ्यौ र पिउँथ्यौ, तब के तिमीहरू आफ्नै निम्ति भोजन गर्दैनथ्यौ र? "},{"id":7,"text":"जब यरूशलेम र त्यसका चारैतिरका नगरहरूमा स्थिरता र फलिफाप थियो र नेगेव तथा पश्चिमको तराई स्थिर भएका थिए, तब के अघिका अगमवक्ताहरूद्वारा घोषणा भएको परमप्रभुको वचन यही होइन र’?”"},{"id":8,"text":"अनि जकरियाकहाँ परमप्रभुको यो वचन फेरि आयो: "},{"id":9,"text":"“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘साँचो न्याय गर, एकले अर्कालाई दया देखाओ र टिठ्याओ। "},{"id":10,"text":"विधवाहरू र टुहुरा-टुहुरी, विदेशी अथवा गरीबहरूमाथि अत्याचार नगर। आफ्नो हृदयमा एका-अर्काप्रति खराब नसोच’।"},{"id":11,"text":"“तर तिनीहरूले त ध्यान दिएर सुन्नलाई इन्कार गरे, हठी भएर तिनीहरूले आफ्नो पीठ फर्काए र आफ्ना कान थुने। "},{"id":12,"text":"सर्वशक्तिमान् परमप्रभुले आफ्ना आत्माद्वारा अघि-अघिका अगमवक्ताहरूद्वारा दिनुभएका व्यवस्था र वचन तिनीहरूले सुन्न मानेनन्, र आफ्ना हृदय चकमकको ढुङ्गाझैँ कड़ा बनाए। यसैकारण सर्वशक्तिमान् परमप्रभु साह्रै रिसाउनुभयो।"},{"id":13,"text":"“‘जसरी मैले बोलाउँदा तिनीहरूले सुनेनन्, त्यसरी नै तिनीहरूले बोलाउँदा म तिनीहरूको बिन्ती सुन्दिनँ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":14,"text":"‘तिनीहरूलाई विदेशी भएर बसेका जाति-जातिहरूका बीचमा आँधीबेहरीले झैँ मैले तितरबितर पारें। तिनीहरूको देश निर्जन भयो, यतिसम्म कि त्यसमा कोही पनि आउन वा जान सकेन। यसरी तिनीहरूले त्यो सुन्दर देश उजाड़ पारे’।”"}]},{"id":8,"title":"जकरिया 8","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/8-6f0faf906a8c4e238146b7df24d111aa.mp3?version_id=1483","verses":[{"id":1,"text":"फेरि सर्वशक्तिमान् परमप्रभुको यो वचन मकहाँ आयो। "},{"id":2,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “सियोनको निम्ति म साह्रै डाही भएको छु। म त्यसको निम्ति डाहले जलिरहेको छु।”"},{"id":3,"text":"परमप्रभु यसो भन्नुहुन्छ, “म फर्केर सियोनमा आउनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेम ‘सत्यको सहर’ भनिनेछ, र सर्वशक्तिमान् परमप्रभुको पर्वतचाहिँ ‘पवित्र पर्वत’ भनिनेछ।”"},{"id":4,"text":"परमप्रभु यसो भन्नुहुन्छ, “यरूशलेमका गल्लीहरूमा फेरि पूरा उमेर पुगेका पुरुष र स्त्रीहरू आफ्नो उमेरको कारण हातमा लहुरो टेकेर बस्नेछन्। "},{"id":5,"text":"सहरका गल्लीहरूचाहिँ खेल्ने केटाकेटीहरूले भरिएका हुनेछन्।”"},{"id":6,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “त्यस बेला यी मानिसहरूमध्येबाट बचेकाहरूलाई त्यो कुरा अचम्मको लाग्ला, तर के त्यो मेरो नजरमा पनि अचम्मको होला त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":7,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “हेर, म मेरो प्रजालाई पूर्वको देश र पश्चिमको देशदेखि बचाउनेछु। "},{"id":8,"text":"म तिनीहरूलाई यरूशलेममा बस्नलाई ल्याउनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर भएर तिनीहरूप्रति विश्वासी र धार्मिक हुनेछु।”"},{"id":9,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू, जसले अहिले ती अगमवक्ताहरूद्वारा भनेका वचनहरू सुन्दछौ, जो सर्वशक्तिमान् परमप्रभुका भवनको जग बसाल्दा त्यहाँ थिए, तिमीहरूका हातहरू बलिया होऊन् कि मन्दिरको निर्माण हुन सकोस्। "},{"id":10,"text":"त्यस समयभन्दा अघि मानिस र पशुको निम्ति ज्याला थिएन। शत्रुको कारण कुनै मानिस सुरक्षासहित आफ्नो काममा जान सक्दैनथे, किनकि मैले सबै मानिसहरूलाई आफ्नो छिमेकीको विरुद्धमा खड़ा गरेको थिएँ। "},{"id":11,"text":"तर अब म यस प्रजाका बाँकी रहेकाहरूमाथि अघिका दिनमा जस्तै गर्नेछैनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।"},{"id":12,"text":"“बीउ राम्ररी उब्जनेछ, दाखको बोटले फल दिनेछ, जमिनले त्यसको अन्न उब्जाउनेछ, र आकाशले शीत झार्नेछ। म यस प्रजाको बाँकी रहेका मानिसहरू यी सबै कुरा उत्तराधिकारको रूपमा दिनेछु। "},{"id":13,"text":"हे यहूदा र इस्राएल हो, जसरी तिमीहरू जाति-जातिहरूका बीचमा अभिशाप भएका थियौ, यसरी म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हात बलिया होऊन्।”"},{"id":14,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “जसरी तिमीहरूका पिता-पुर्खाले मलाई रीस उठाउँदा तिनीहरूलाई विपत्ति ल्याउने अठोट गरेथें र मैले पछितो गरिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। "},{"id":15,"text":"“त्यसरी नै अब यरूशलेमलाई र यहूदालाई फेरि भलाइ गर्न मैले निश्चय गरेको छु। तिमीहरू नडराओ। "},{"id":16,"text":"तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्: एक-अर्कासँग साँचो बोल्ने गर, र आफ्ना न्यायालयमा सत्य र असल न्याय गर। "},{"id":17,"text":"आफ्नो छिमेकीको विरुद्धमा खराब षड्यन्त्र नगर, र झूटा शपथ खान नरुचाओ। यी सबै कुरा म घृणा गर्दछु,” परमप्रभु भन्नुहुन्छ।"},{"id":18,"text":"फेरि सर्वशक्तिमान् परमप्रभुको यो वचन मकहाँ आयो। "},{"id":19,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा हुने उपवासहरू यहूदाको निम्ति रमाहट, खुशीका समय र आनन्दका चाड़हरू हुनेछन्। यसैकारण तिमीहरू सत्य र शान्ति रुचाओ।”"},{"id":20,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “धेरै सहरका बासिन्दाहरू र धेरै मानिसहरू अझै आउनेछन्, "},{"id":21,"text":"र एउटा सहरका बासिन्दाहरू अर्को सहरमा यसो भन्दै जानेछन्, ‘परमप्रभुलाई बिन्ती चढ़ाउन तुरुन्त जाऔं र सर्वशक्तिमान् परमप्रभुलाई खोजौं। म आफै पनि जानेछु’। "},{"id":22,"text":"धेरै सामर्थी जातिहरू र मानिसहरू यरूशलेममा सर्वशक्तिमान् परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्।”"},{"id":23,"text":"सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्नेहरूमध्येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ’।”"}]},{"id":9,"title":"जकरिया 9","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/9-7d022137e11d4b932d5bdabe13076fe4.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुको वचन हद्राक देशको विरुद्धमा छ, र दमस्कसमा पनि पर्नेछ, किनभने मानिसहरू र इस्राएलका सारा कुलहरूका आँखा परमप्रभुमाथि छन्। "},{"id":2,"text":"सिमानामा भएको हमातमाथि पनि, र टुरोस र सीदोनमाथि पनि, यद्यपि तिनीहरू साह्रै निपुण छन्। "},{"id":3,"text":"टुरोसले आफ्नो निम्ति एउटा गढ़ी बनाएको छ, त्यसले चाँदी धूलोसरह र सुन गल्लीहरूको हिलोझैँ थुपारेको छ। "},{"id":4,"text":"तर परमप्रभुले त्यसको धन-सम्पत्ति खोस्नुहुनेछ, र त्यसको शक्ति समुद्रमा सर्वनाश गरिदिनुहुनेछ, अनि आगोले त्यो भस्म हुनेछ। "},{"id":5,"text":"अश्कलोनले त्यो देख्नेछ र डराउनेछ। गाजा पीडाले छटपटाउनेछ। एक्रोन पनि पीडामा पर्नेछ, किनकि त्यसको आशा सेलाएर जानेछ। गाजाबाट राजा नष्ट हुनेछ, र अश्कलोनमा फेरि कोही वास गर्नेछैन। "},{"id":6,"text":"अश्दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्तीहरूको अहङ्कार म नष्ट गरिदिनेछु। "},{"id":7,"text":"म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दो कुरा निकालिदिनेछु। बाँकी रहेकाहरू परमेश्वरका हुनेछन् र यहूदामा ती कुलपतिजस्तै हुनेछन्, अनि एक्रोनचाहिँ यबूसीजस्तै हुनेछ। "},{"id":8,"text":"आक्रमण गर्नेहरूबाट मेरो भवनको रक्षा गर्नलाई त्यसको चारैतिर म छाउनी बनाउनेछु। फेरि कुनै अत्याचारीले मेरो प्रजामाथि अतिक्रमण गर्नेछैन, किनभने अब म आफै रखवाली गरिरहनेछु।”"},{"id":9,"text":"हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ। "},{"id":10,"text":"म एफ्राइमबाट रथहरू र यरूशलेमबाट जङ्गीघोड़ाहरू लैजानेछु, र लड़ाइँको धनु भाँचिनेछ। उहाँले जाति-जातिहरूलाई शान्तिको घोषणा गर्नुहुनेछ। उहाँको राज्य समुद्रदेखि समुद्रसम्मै र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्मै हुनेछ। "},{"id":11,"text":"तँसित बाँधेको रगतको मेरो करारको कारणले म तेरा कैदीहरूलाई पानी नभएको खाड़लबाट मुक्त गरिदिनेछु। "},{"id":12,"text":"हे आशावादी कैदी हो, आफ्नो किल्लामा फर्केर जाओ। तिमीहरूलाई दोबर दिनेछु भनी अब म तिमीहरूलाई घोषणा गर्दैछु। "},{"id":13,"text":"म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्याउनेछु।"},{"id":14,"text":"अनि परमप्रभु तिनीहरूकहाँ देखा पर्नुहुनेछ, र उहाँको काँड़ बिजुलीझैँ चम्कनेछ। परमप्रभु परमेश्वरले तुरही फुक्नुहुनेछ, र उहाँ दक्षिणका आँधीबेहरीमा भएर हिँड्दैजानुहुनेछ। "},{"id":15,"text":"सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। तिनीहरूले शत्रुलाई सर्वनाश पार्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूद्वारा तिनीहरूलाई पराजय गर्नेछन्। तिनीहरूले दाखमद्य पिउनेछन् र लागेझैँ गर्जनेछन्। तिनीहरू वेदीका कुना-कुनामा छर्कने ठूलो बटुका भरिएझैँ हुनेछन्।"},{"id":16,"text":"त्यस दिन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ, किनभने तिनीहरू उहाँका प्रजाको बगाल हुन्। मुकुटका रत्नझैँ तिनीहरू उहाँको देशमा चम्कनेछन्। "},{"id":17,"text":"तिनीहरू कत्ति आकर्षक र सुन्दर हुनेछन्। अन्नले युवकहरूलाई र नयाँ दाखमद्यले युवतीहरूलाई हृष्टपुष्ट पार्नेछ।"}]},{"id":10,"title":"जकरिया 10","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/10-31d946f23df76c493f88d52d534cdc84.mp3?version_id=1483","verses":[{"id":1,"text":"वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ। "},{"id":2,"text":"मूर्तिहरू छलका कुरा बोल्छन्, र मन्त्रतन्त्र गर्नेहरूले झूटा दर्शनहरू देख्छन् र झूटा सपनाहरू बताउँछन्, तिनीहरू व्यर्थमा सान्त्वना दिन्छन्। यसैकारण गोठालाको कमीले गर्दा अत्याचारमा परेका भेड़ाझैँ मानिसहरू बरालिन्छन्।"},{"id":3,"text":"“मेरो रीस गोठालाहरूमाथि पर्छ, म अगुवाहरूलाई दण्ड दिनेछु, किनकि सर्वशक्तिमान् परमप्रभुले आफ्नो बगाल, यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ, र तिनीहरूलाई लड़ाइँको अहङ्कारी घोड़ाझैँ बनाउनुहुनेछ। "},{"id":4,"text":"यहूदाबाट कुने-ढुङ्गो, त्यसबाट पालको कीला, त्यसबाट लड़ाइँको धनु र त्यसैबाट हरेक शासक निस्कनेछन्। "},{"id":5,"text":"तिनीहरू साथसाथै लड़ाइँमा आफ्ना शत्रुहरूलाई गल्लीको हिलोमा कुल्चीमिल्ची गर्ने शक्तिशाली मानिसझैँ हुनेछन्, किनभने परमप्रभु तिनीहरूसँग हुनुहुनेछ, तिनीहरूले लड़ाइँ गर्नेछन्, र घोड़ामा सवार हुनेहरूलाई पराजय गर्नेछन्।"},{"id":6,"text":"“म यहूदाको घरानालाई बलियो पार्नेछु, र योसेफको घरानालाई बचाउनेछु। म तिनीहरूको पुनर्स्थापन गर्नेछु, किनभने म तिनीहरूमाथि टिठ्याउनेछु। मैले तिनीहरूलाई इन्कार नगरेझैँ तिनीहरू हुनेछन्, किनभने म परमप्रभु तिनीहरूका परमेश्वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु। "},{"id":7,"text":"एफ्राइमीहरूचाहिँ शक्तिशाली हुनेछन्, र दाखमद्य खाएर खुशी भएझैँ तिनीहरूका हृदय हुनेछन्। तिनीहरूका छोराछोरीहरूले त्यो देखेर रमाहट गर्नेछन्। तिनीहरूका हृदय परमप्रभुमा रमाउनेछन्।"},{"id":8,"text":"“म तिनीहरूलाई इशाराले बोलाएर भित्र जम्मा गर्नेछु। म निश्चय नै मोल तिरेर तिनीहरूलाई छुटाउनेछु, तिनीहरू अघिजस्तै संख्यामा धेरै हुनेछन्। "},{"id":9,"text":"मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारें तापनि टाढ़ा-टाढ़ा देशहरूमा तिनीहरूले मेरो सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन्। "},{"id":10,"text":"म तिनीहरूलाई मिश्रदेशदेखि फर्काएर ल्याउनेछु, र अश्शूर देशबाट तिनीहरूलाई भेला गर्नेछु। तिनीहरूलाई गिलाद र लेबनान देशहरूमा ल्याउनेछु, र तिनीहरूलाई त्यहाँ यथेष्ट ठाउँ हुँदैन। "},{"id":11,"text":"तिनीहरू दु:खको सागरबाट पार हुनेछन्। त्यसका छालहरू साम्य हुनेछन्, र नील नदीका सबै गहिरा-गहिरा ठाउँहरू सुक्दैजानेछन्। अश्शूरको अहङ्कार झारिनेछ, र मिश्रको राजदण्ड बितेर जानेछ। "},{"id":12,"text":"म तिनीहरूलाई परमप्रभुमा सामर्थी तुल्याउनेछु, र तिनीहरू उहाँकै नाउँमा हिँड्डुल गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।"}]},{"id":11,"title":"जकरिया 11","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/11-db2b2c0809377cf7b3fea8d830c611a4.mp3?version_id=1483","verses":[{"id":1,"text":"ए लेबनान, तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्। "},{"id":2,"text":"ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारु ढलेको छ, र अल्गा र सुन्दर रूखहरू नष्ट भएका छन्। ए बाशानका फलाँटका रूखहरू हो, विलाप गर, किनभने घनघोर जङ्गल फाँड़िएको छ। "},{"id":3,"text":"गोठालाहरूको विलाप सुन। तिनीहरूको सुन्दर खर्क नष्ट पारियो। सिंहको गर्जन सुन। यर्दनको हरियो घारी नष्ट भएको छ।"},{"id":4,"text":"परमप्रभु मेरा परमेश्वर यसो भन्नुहुन्छ, “काटिने भेड़ाबाख्राहरूलाई चरा। "},{"id":5,"text":"ती किन्नेहरूले तिनलाई काटेर मार्छन्, र सजाय नपाई जान्छन्। तिनलाई बेच्नेहरू भन्दछन्, ‘परमप्रभुलाई प्रशंसा होस्, किनकि म धनी भएँ’। तिनीहरूका आफ्नै गोठालाहरूले तिनलाई छोड्दैनन्। "},{"id":6,"text":"किनभने देशका मानिसहरूलाई म टिठ्याउनेछैनँ,” परमप्रभु भन्नुहुन्छ। “म हरेकलाई त्यसकै छिमेकीको हातमा र त्यसकै राजाको हातमा सुम्पिदिनेछु। उनीहरूले देशलाई अत्याचार गर्नेछन्, र उनीहरूका हातदेखि म तिनीहरूलाई छुटाउनेछैनँ।”"},{"id":7,"text":"यसैले काटिनलाई राखिएका भेड़ाबाख्राहरूको बगाललाई मैले चराएँ, विशेष गरी बगालका थिचोमिचोमा परेकाहरूलाई। अनि मैले आफ्नो निम्ति दुई वटा लौरा लिएँ— एउटाको नाउँ मैले ‘अनुग्रह’ राखें, र अर्कोको ‘एकता’— र मैले बगाललाई चराएँ। "},{"id":8,"text":"मैले तीन जना गोठालाहरूलाई एकै महिनामा हटाएँ।त्यस बगालले मलाई घृणा गर्यो, र म तिनीहरूसँग वाक्क भएँ। "},{"id":9,"text":"मैले भनें, “म तिमीहरूको गोठालो हुनेछैनँ। मर्नेहरू मरिरहून्, नष्ट हुनेहरू नष्ट भइरहून्, र बाँचिरहनेचाहिँ एउटाले अर्काको मासु खाऊन्।”"},{"id":10,"text":"तब मैले मेरो ‘अनुग्रह’ नामक लहुरो लिएँ, र सबै जाति-जातिहरूसित बाँधेको करार रद्द गरेर त्यो भाँचें। "},{"id":11,"text":"त्यो करार त्यही दिन रद्द भयो, र यसरी बगालका दु:खीहरूले, जसले मलाई हेरिराखेका थिए, तिनीहरूले त्यो त परमप्रभुको वचन रहेछ भनी जाने।"},{"id":12,"text":"तब मैले तिनीहरूलाई भनें, “तिमीहरूलाई असल लागे मलाई मेरो ज्याला देओ। होइन भने राख।” यसैले तिनीहरूले मलाई चाँदीका तीस टुक्रा दिए। "},{"id":13,"text":"परमप्रभुले मलाई भन्नुभयो, “त्यो पैसा कुमालेलाई फ्याँकिदे”— यो बहुमूल्य दाम जो तिनीहरूले मेरो निम्ति लगाए। तब मैले चाँदीका ती तीस टुक्रा लगेर परमप्रभुका भवनको भण्डारमा कुमालेको निम्ति फालिदिएँ।"},{"id":14,"text":"तब यहूदा र इस्राएलका बीचका दाजुभाइको नाता टुटाइदिनलाई मैले ‘एकता’ नाउँ भएको अर्को लहुरो भाँचें।"},{"id":15,"text":"तब परमप्रभुले मलाई भन्नुभयो, “मूर्ख गोठालाको हतियार तैंले फेरि ली। "},{"id":16,"text":"किनकि म यस देशमा यस्तो एउटा गोठालो खड़ा गर्नेछु, जसले हराएकाहरूलाई हेरचाह गर्नेछैन, न त छरपष्ट भएकाहरूलाई भेला गर्नेछ, न चोट लागेकाहरूलाई निको पार्नेछ, न त निरोगीहरूलाई चराउनेछ, तर त्यसले राम्रा भेड़ाका खुर च्यातेर तिनीहरूको मासु खानेछ।"},{"id":17,"text":"“बगाल छोड़ेर जाने बेकामको गोठालालाई धिक्कार! त्यसको पाखुरा र दाहिने आँखालाई तरवारले हानोस्। त्यसको पाखुरा जम्मै सुकेर जाओस् र त्यसको दाहिने आँखा पूरा अन्धो होस्।”"}]},{"id":12,"title":"जकरिया 12","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/12-ff555ab655b6bdccdae0a7b6ba24b3e7.mp3?version_id=1483","verses":[{"id":1,"text":"इस्राएलको विषयमा परमप्रभुको वचन यही हो। आकाश फैलाउनुहुने, पृथ्वीको जग बसाल्नुहुने र मानिसको आत्मा त्यसभित्र रच्नुहुने परमप्रभु घोषणा गर्नुहुन्छ: "},{"id":2,"text":"“हेर, म यरूशलेमलाई त्यसका चारैतिरका मानिसहरूका निम्ति धरमराइदिने कचौरा तुल्याइदिनेछु। यरूशलेमको साथै यहूदा घेरामा पर्नेछ। "},{"id":3,"text":"त्यस दिन जब पृथ्वीका सबै जाति त्यसको विरुद्धमा जम्मा हुनेछन्, म यरूशलेमलाई सबै जातिहरूका निम्ति एउटा अटल चट्टान तुल्याइदिनेछु। त्यसलाई चलाउने सबैले साह्रै चोट पाउनेछन्। "},{"id":4,"text":"त्यस दिन म हरेक घोड़ालाई तर्साउनेछु र त्यसको सवारलाई पागल तुल्याइदिनेछु,” परमप्रभु भन्नुहुन्छ। “यहूदाको घरानामाथि म मेरो दृष्टि राख्नेछु, तर जाति-जातिको हरेक घोड़ालाई म अन्धो तुल्याइदिनेछु। "},{"id":5,"text":"तब यहूदाका अगुवाहरूले आ-आफ्नो हृदयमा यसो भन्नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्, किनकि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ’।"},{"id":6,"text":"“त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा आगोको मकलजस्तै र बिटाहरूका बीचमा जल्दोबल्दो राँकोजस्तै तुल्याउनेछु। तिनीहरूले चारैतिरका, दाहिने र देब्रे हाततिरका, सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेम आफ्नै स्थानमा कायम रहनेछ।"},{"id":7,"text":"“परमप्रभुले यहूदाका वासस्थानहरूलाई पहिले बचाउनुहुनेछ, र यसरी दाऊदका घरानाको गौरव र यरूशलेमका बासिन्दाहरूको गौरव यहूदाको भन्दा बढ्ता नहोस्। "},{"id":8,"text":"त्यस दिन परमप्रभुले यरूशलेमका बासिन्दाहरूको रक्षा गर्नुहुनेछ, अनि तिनीहरूमध्ये जो सबैभन्दा कमजोर छ त्यो दाऊदझैँ हुनेछ, र दाऊदको घराना परमेश्वरझैँ, र तिनीहरूका अगिअगि जाने परमप्रभुको स्वर्गदूतझैँ हुनेछ। "},{"id":9,"text":"त्यस दिन यरूशलेमको विरुद्धमा आउने सबै जाति-जातिहरूलाई सर्वनाश गर्ने मेरो युक्ति हुनेछ।"},{"id":10,"text":"“अनि म दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्मेको पुत्रको निम्ति गरेजस्तै शोक गर्नेछन्। "},{"id":11,"text":"मगिद्दोको बेँसीमा हदद-रिम्मोनको जस्तो ठूलो रुवाबासी भएको थियो, त्यस्तै ठूलो विलाप त्यस दिन यरूशलेममा हुनेछ। "},{"id":12,"text":"देशभरि प्रत्येक घरानाले, त्यसका पत्नीहरूलेसहित अलग-अलग्गै शोक गर्नेछन्, दाऊदका घरानाकाहरू र तिनका पत्नीहरू, नातानका घरानाकाहरू र तिनका पत्नीहरू, "},{"id":13,"text":"लेवीका घरानाकाहरू र तिनका पत्नीहरू, शिमीका वंश र तिनका पत्नीहरू, "},{"id":14,"text":"बाँकी रहेका सबै वंशहरू र तिनका पत्नीहरू विलाप गर्नेछन्।”"}]},{"id":13,"title":"जकरिया 13","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/13-0d355c16b7cfb1256350862f1a83090c.mp3?version_id=1483","verses":[{"id":1,"text":"“त्यस दिन तिनीहरूको पाप र अशुद्धता सफा गर्नलाई दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूका निम्ति पानीको एउटा मूल फुटेर निस्कनेछ।"},{"id":2,"text":"सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म त्यस दिन देशबाट देवताहरूको नाउँनिशानै मेटिदिनेछु, र तिनीहरूको सम्झना नै हुनेछैन। अगमवक्ताहरू र अशुद्ध आत्मालाई पनि देशबाट म निकालिदिनेछु। "},{"id":3,"text":"अनि अझै कसैले अगमवाणी गर्यो भने, त्यसलाई जन्माउने बुबा-आमाले त्यसलाई भन्नेछन्, ‘तँ मर्नैपर्छ, किनभने तैंले परमप्रभुको नाउँमा झूटा बोलेको छस्।’ त्यसले अगमवाणी गर्दा त्यसलाई जन्माउने बुबा-आमाले त्यसलाई वारपार घोचिदिनेछन्।"},{"id":4,"text":"“त्यस दिन हरेक अगमवक्ता आफ्नै अगमवाणीको दर्शनदेखि लजाउनेछ, र धोका दिनलाई अगमवक्ताले लाउने रौँका लुगा त्यसले लाउनेछैन। "},{"id":5,"text":"त्यसले भन्नेछ, ‘म त अगमवक्ता होइनँ, तर किसान मात्र हुँ, किनकि जवान अवस्थादेखि नै जमिनबाट मेरो जीविका चलेको छ’। "},{"id":6,"text":"कसैले त्यसलाई ‘तिम्रो शरीरमा भएका यी चोटचाहिँ के हुन्?’ भनी सोधे भने, त्यसले जवाफ दिनेछ, ‘यी मेरा मित्रहरूको घरमा मैले पाएका चोटहरू हुन्।’"},{"id":7,"text":"“ए तरवार, मेरो गोठालाको विरुद्धमा उठ्, \n नजिकका मानिसको विरुद्धमा, जो मेरो सङ्गी हो,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “गोठालालाई हिर्का,\nर भेड़ाहरू तितरबितर हुनेछन्,\nर मेरो हात सानाहरूका विरुद्धमा म उठाउनेछु।”"},{"id":8,"text":"परमप्रभु भन्नुहुन्छ, “समस्त देशमा दुई-तिहाइ मारिनेछन्, र नष्ट हुनेछन्, तापनि एक-तिहाइचाहिँ छोड़िनेछन्।"},{"id":9,"text":"त्यस एक-तिहाइलाई म आगोमा ल्याउनेछु। चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु,\nर सुन जाँचेझैँ जाँच्नेछु। तिनीहरूले मेरो नाउँको पुकारा गर्नेछन्,\nर म तिनीहरूलाई जवाफ दिनेछु। ‘यिनीहरू मेरा प्रजा हुन्,’ भनी म भन्नेछु,\nर तिनीहरूले भन्नेछन्, ‘परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ’।”"}]},{"id":14,"title":"जकरिया 14","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEC/14-a249efad56078df27a431c2ec7bc67b1.mp3?version_id=1483","verses":[{"id":1,"text":"परमप्रभुको एउटा यस्तो दिन आउँदैछ, जब तिमीहरूबाट लुटिएको लूट तिमीहरूकै बीचमा बाँड़िनेछ।"},{"id":2,"text":"म सबै जातिहरूलाई यरूशलेमको विरुद्ध लड़ाइँ गर्नलाई भेला गराउनेछु, र यो सहर लिइनेछ, र घरहरू लुटिनेछन्, र स्त्रीहरूलाई बलात्कार गरिनेछ। सहरको आधा भाग निर्वासन गरिनेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट अलग लगिनेछैनन्।"},{"id":3,"text":"तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ। "},{"id":4,"text":"त्यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्नेछन्, अनि पूर्वदेखि पश्चिमसम्म जैतून डाँड़ाको बीचमा धाँदो फाट्नेछ, र त्यहाँ एउटा ठूलो खोल्सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। "},{"id":5,"text":"तिमीहरू मेरो पर्वतको खोल्साबाट भएर भाग्नेछौ, किनकि त्यो आसेलसम्म फैलिनेछ। यहूदाका राजा उज्जियाहको पालोमा आएको भूकम्पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्नेछौ। तब परमप्रभु मेरा परमेश्वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।"},{"id":6,"text":"त्यस दिन न त उज्यालो हुनेछ, न ठन्डा हुनेछ न तुसारो पर्नेछ। "},{"id":7,"text":"त्यस दिनमा रात हुनेछैन, त्यो एउटा अनौठो दिन हुनेछ— जो परमप्रभुले जान्नुहुन्छ। जब साँझ पर्छ, तब उज्यालै रहनेछ।"},{"id":8,"text":"त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ। "},{"id":9,"text":"परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ।"},{"id":10,"text":"गेबादेखि यरूशलेमको दक्षिण रिम्मोनसम्म सारा देश अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ अल्गो बनाइनेछ, र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म आफ्नै ठाउँमा रहनेछ। "},{"id":11,"text":"मानिसहरू त्यसमा बस्नेछन्, र त्यो फेरि कहिल्यै नाश गरिनेछैन। यरूशलेम सुरक्षित रहनेछ। "},{"id":12,"text":"जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे, ती सबैलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछ: तिनीहरू आफ्ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्। "},{"id":13,"text":"त्यस दिन परमप्रभुद्वारा मानिसहरूमा ठूलो त्रास आइलाग्नेछ। तिनीहरू हरेकले अर्काको हात समात्नेछ, र एउटाले अर्कालाई आक्रमण गर्नेछ। "},{"id":14,"text":"यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ। सबै वरिपरिका जातिहरूको धन-सम्पत्ति जम्मा गरिनेछ— सुन, चाँदी, लुगाफाटाहरू ठूलो परिणाममा बटुलिनेछ। "},{"id":15,"text":"घोड़ाहरू, खच्चरहरू, ऊँटहरू, गधाहरू र ती छाउनीहरूमा भएका जम्मै पशुहरूलाई पनि यही किसिमको रूढ़ीले मार्नेछ।"},{"id":16,"text":"तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड़ मान्नलाई यरूशलेममा जानेछन्। "},{"id":17,"text":"सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन। "},{"id":18,"text":"मिश्रदेशका मानिसहरू त्यहाँ गएनन् भने तिनीहरूका निम्ति पानी पर्नेछैन। परमप्रभुले तिनीहरूमाथि पनि त्यही रूढ़ी ल्याउनुहुनेछ, जुन रूढ़ी छाप्रो-वासको चाड़ नमान्नेमाथि परमप्रभुले प्रहार गर्नुहुन्छ। "},{"id":19,"text":"मिश्रदेशमाथि र छाप्रो-वासको चाड़ मान्नलाई नजाने सबै जातिहरूमाथि पनि त्यही दण्ड पर्नेछ।"},{"id":20,"text":"त्यस दिन घोड़ाहरूका घण्टीहरूमा पनि ‘परमप्रभुको निम्ति पवित्र’ भनी खोपिएको हुनेछ, र परमप्रभुका भवनका भाँड़ाहरू वेदीको सामुन्ने भएका पवित्र कचौराहरूजस्तै हुनेछन्। "},{"id":21,"text":"यरूशलेममा र यहूदामा भएका हरेक भाँड़ा सर्वशक्तिमान् परमप्रभुको निम्ति पवित्र ठहरिनेछ, र बलिदान चढ़ाउने सबै मानिसहरू आएर कुनै-कुनै भाँड़ा लिएर तिनमा नै पकाउनेछन्। अनि त्यस दिन सर्वशक्तिमान् परमप्रभुको भवनमा फेरि कहिल्यै एउटै कनानी पनि हुनेछैन।"}]}]}