-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
ZEP.json
1 lines (1 loc) · 25.2 KB
/
ZEP.json
1
{"chapters":[{"id":0,"title":"पुस्तक परिचय","verses":[{"id":1,"text":"सपन्याहको अर्थ “परमेश्वरमा लुकाइएको” हो। सपन्याह यहूदाको निम्ति भविष्यवक्ता थिए। अरू भविष्यवक्ताहरू मध्ये उनी समाजमा उच्च घरानाका व्यक्ति थिए। उनी यहूदाका राजा हिजकियाका खनाती थिए। उनी योशियाह राजाको पनि टाढाको नाता पर्ने व्यक्ति थिए जसको पालामा (६२५ ई.पू.) यो भविष्यवाणी उनीकहाँ आयो।"},{"id":2,"text":"सपन्याहले यो भविष्यवाणी बेबिलोनको दासत्वमुनि पहिलो कैदमा लान भन्दा २० वर्षअघि यहूदाको निम्ति घोषणा गरे।"},{"id":3,"text":"उनले परमेश्वरको न्यायले केवल पापको न्याय मात्र गर्नुहुने छैन, तर जसले आफ्नो पापको पश्चात्ताप गर्छ त्यसको निम्ति उद्धारको योजना पनि छ भनी देखाएको थियो।"},{"id":4,"text":"१:१—३:८ मा न्याय र ३:९-२० मा आशिष्को विषयका प्रमुख खण्डहरूमा विभाजित छन्।"}]},{"id":1,"title":"सपन्याह 1","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEP/1-04c38e34e2b17a6178c44d7b5cf50eb4.mp3?version_id=1483","verses":[{"id":1,"text":"अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ परमप्रभुको यो वचन आयो। "},{"id":2,"text":"“पृथ्वीबाट म सबै थोक ध्वंस पार्नेछु,” परमप्रभु घोषणा गर्नुहुन्छ। "},{"id":3,"text":"“मानिसहरू र पशुहरू दुवैलाई म ध्वंस पार्नेछु। आकाशका पक्षीहरू, समुद्रका माछाहरूलाई म ध्वंस पार्नेछु। म पृथ्वीबाट मानिस-जातिलाई नष्ट पार्नेछु, र दुष्टहरूका निम्ति ढुङ्गाको रास मात्र हुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्छ।"},{"id":4,"text":"“म यहूदाको विरुद्धमा र यरूशलेममा बस्नेहरू सबैका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँबाट बाल देवताका बचेको हरेकलाई, मूर्ति र देवता पुज्ने पूजाहारीहरूको नाउँनिशानै मेटिदिनेछु। "},{"id":5,"text":"घरका कौसीहरूमाथि नक्षत्रहरूको पूजा गर्नेहरूलाई, परमप्रभुको र मोलोखको पनि शपथ खाँदै निहुरनेहरूलाई, "},{"id":6,"text":"परमप्रभुको पछि लाग्न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्ट पार्नेछु। "},{"id":7,"text":"परमप्रभु परमेश्वरको सामु चूप लाग, किनभने परमप्रभुको दिन नजिकै छ। परमप्रभुले एउटा बलिदान तयार पार्नुभएको छ, र आफूले निम्त्याउनुभएका पाहुनाहरूलाई उहाँले पवित्र पार्नुभएको छ। "},{"id":8,"text":"परमप्रभुको त्यस बलिदानको दिनमा म राजकुमारहरू, राजाका छोराहरू र विदेशी लुगा लाउनेहरू जत्ति सबैलाई सजाय दिनेछु। "},{"id":9,"text":"त्यस दिन सँघारमा खुट्टाले नटेक्ने, र आफ्ना देवताहरूको मन्दिरमा उपद्रव र छलले भरिपूर्ण पार्ने सबैलाई म सजाय दिनेछु।"},{"id":10,"text":"परमप्रभु भन्नुहुन्छ, “त्यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्तिर जानेछन्। "},{"id":11,"text":"हे बजार भएको ठाउँमा बस्ने हो, चिच्च्याएर रोओ। तिमीहरूका सबै व्यापारीहरू खतम हुनेछन्, चाँदीका व्यापार गर्नेहरू सबै नष्ट हुनेछन्। "},{"id":12,"text":"त्यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्नेछु, र ढुक्क भएर बस्नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु। "},{"id":13,"text":"तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, तिनीहरूका घर भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन् तर तिनमा बस्न पाउनेछैनन्। तिनीहरूले दाखबारी लगाउनेछन् तर त्यसको दाखमद्य पिउन पाउनेछैनन्।"},{"id":14,"text":"“परमप्रभुको महादिन नजिकै छ, र त्यो चाँड़ै आउँदैछ। ध्यानसित सुन। परमप्रभुको दिनमा हुने कराइ तीतो हुनेछ, त्यहाँ योद्धाको चिच्च्याई ठूलो हुनेछ। "},{"id":15,"text":"त्यो दिन क्रोधको दिन हुनेछ, विपत् र वेदनाका दिन, कष्ट र सर्वनाशको दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन, "},{"id":16,"text":"किल्ला भएका सहरहरू र कुनाका धरहराहरूका विरुद्धमा तुरही र लड़ाइँको सोरको दिन। "},{"id":17,"text":"म मानिसहरूमाथि सङ्कष्ट ल्याउनेछु, र तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन्, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्। तिनीहरूको रगत धूलोसरि र तिनीहरूका आन्द्रा-भुँड़ीहरू फोहोरसरि फ्याँकिनेछन्। "},{"id":18,"text":"परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ। उहाँका डाहको आगोले सारा संसारै भस्म पारिनेछ, किनकि पृथ्वीमा बस्नेहरू सबैलाई उहाँले अचानक भस्म पार्नुहुनेछ।”"}]},{"id":2,"title":"सपन्याह 2","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEP/2-36fd5b5774e5f06aa842b3ceb445ebee.mp3?version_id=1483","verses":[{"id":1,"text":"ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ, "},{"id":2,"text":"नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्तै त्यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै। "},{"id":3,"text":"हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ।"},{"id":4,"text":"गाजा निर्जन हुनेछ, र अश्कलोन भग्नावशेष भएर छोड़िनेछ। मध्यदिनमा अश्दोद खाली पारिनेछ, र एक्रोनचाहिँ उखेलिनेछ। "},{"id":5,"text":"समुद्रको किनारमा रहने करेती जातिलाई धिक्कार! परमप्रभुको वचन तिमीहरूका विरुद्धमा छ, हे कनान, पलिश्तीहरूको देश।“तँमा कुनै बासिन्दा नरहने गरी म तँलाई नाश गर्नेछु।”"},{"id":6,"text":"समुद्रका किनारको देश, जहाँ करेतीहरू बस्छन्, त्योचाहिँ गोठालाहरू र भेड़ाहरूका निम्ति बस्ने ठाउँ हुनेछ। "},{"id":7,"text":"त्यो यहूदाका घरानाको बाँकी रहेकाहरूका निम्ति हुनेछ। त्यहाँ तिनीहरूले खर्क पाउनेछन्। साँझमा तिनीहरू अश्कलोनका घरहरूमा सुत्नेछन्। परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूको वास्ता गर्नुहुनेछ। उहाँले तिनीहरूको सौभाग्य फर्काउनुहुनेछ।"},{"id":8,"text":"“मोआबको र अम्मोनीहरूको ठट्टा मैले सुनेको छु, जसले मेरो प्रजालाई अपमान गरेका छन् र उनीहरूका देशको विरुद्धमा धम्की दिएका छन्। "},{"id":9,"text":"यसैकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म जीवित रहेझैँ, निश्चय नै मोआब सदोमजस्तै र अम्मोनीहरू गमोराजस्तै झार-जङ्गल र नूनका खाल्डा भएको ठाउँ, र सदासर्वदाको निम्ति रूखो जमिन हुनेछन्। मेरो प्रजाका बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्, र मेरो प्रजाका बचेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।” "},{"id":10,"text":"तिनीहरूका घमण्डको सट्टा तिनीहरूले यही पाउनेछन्, किनभने तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको प्रजालाई अपमान र ठट्टा गरेका थिए। "},{"id":11,"text":"जब उहाँले देशका सबै देवताहरूलाई नष्ट पार्नुहुनेछ, तब तिनीहरूका निम्ति परमप्रभु भयङ्कर हुनुहुनेछ। हरेक किनारका जाति-जातिले उहाँको आराधना गर्नेछन्, प्रत्येकले आफ्नै भूमिमा।"},{"id":12,"text":"“हे कूशी हो, तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।” "},{"id":13,"text":"उहाँले उत्तर दिशाको विरुद्धमा आफ्नो हात पसारेर अश्शूरलाई सर्वनाश गर्नुहुनेछ। उहाँले निनवेलाई पूर्ण रूपमा उजाड़ र मरुभूमिजस्तो सुक्खा तुल्याउनुहुनेछ। "},{"id":14,"text":"पशुका बथान र बगाल, सबै किसिमका प्राणी त्यहाँ सुत्नेछन्। मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराले त्यहाँका स्तम्भमा गुँड़ लगाउनेछन्। तिनीहरूको कराइ झ्यालहरूबाट प्रतिध्वनित हुनेछ। बाटोहरूमा रोड़ा-ढुङ्गाका टुक्राहरू हुनेछन्, देवदारुका दलिनहरू खुलस्त देखिनेछन्। "},{"id":15,"text":"यो त त्यही सुरक्षितसाथ निर्धक्क बस्ने सहर हो, जसले आफ्नो हृदयमा भन्दथ्यो, “म नै हुँ, मबाहेक अरू कोही छैन।” त्यो कस्तो भग्नावशेष भयो, वन-पशुहरूको ओड़ार। त्यताबाट भएर जानेहरू सबैले त्यसको गिल्ला गर्दै मुक्का देखाउँछन्।"}]},{"id":3,"title":"सपन्याह 3","audioUrl":"https://audio-bible-cdn.youversionapi.com/1426/32k/ZEP/3-e722f065a9d6de0ff6fd39abbe015389.mp3?version_id=1483","verses":[{"id":1,"text":"बागी, अशुद्ध र अत्याचारी सहरलाई धिक्कार! "},{"id":2,"text":"त्यसले कसैको आज्ञा मान्दैन, सही कुरालाई ग्रहण गर्दैन। त्यसले परमप्रभुमा भरोसा राख्दैन, त्यो आफ्ना परमेश्वरको नजिकमा आउँदैन। "},{"id":3,"text":"त्यसका अधिकारीहरू गर्जने सिंहहरू, र त्यसका शासकहरूचाहिँ बिहानसम्म केही बाँकी नराख्ने साँझका ब्वाँसाहरू हुन्। "},{"id":4,"text":"त्यसका अगमवक्ताहरू हठी छन्। तिनीहरू विश्वासघाती मानिसहरू हुन्। त्यसका पूजाहारीहरूले पवित्रस्थानलाई अपवित्र पार्छन्, र तिनीहरूले व्यवस्थालाई उल्टापाल्टा पार्छन्। "},{"id":5,"text":"त्यसको बीचमा रहनुभएको परमप्रभु धर्मात्मा हुनुहुन्छ। उहाँ कुनै खराबी गर्नुहुन्न। उहाँले बिहानैपिच्छे न्याय गर्नुहुन्छ। प्रत्येक नयाँ दिन उहाँ चुक्नुहुन्न, तापनि अधर्मीलाई लाज लाग्दैन।"},{"id":6,"text":"“मैले जाति-जातिहरूलाई नाश गरेको छु। तिनीहरूका गढ़हरू उजाड़ पारिएका छन्। मैले तिनीहरूका सड़कहरू निर्जन तुल्याइदिएको छु। तिनमा कोही हिँड्दैनन्। तिनीहरूका सहरहरू नष्ट भएका छन्, त्यहाँ एउटै पनि छोड़िनेछैन। "},{"id":7,"text":"मैले सहरलाई भनें, ‘तैंले निश्चय नै मेरो त्रास मान्नेछस्, मेरो ताड़ना ग्रहण गर्नेछस्।’ तब त्यसको बस्ने ठाउँ त्यागिनेथिएन, र मेरा सबै दण्डहरू त्यसमाथि पर्नेथिएनन्। तर भ्रष्टतापूर्वक सबै काम गर्नलाई तिनीहरू झन् बढ़ी उत्सुक भए।"},{"id":8,"text":"“यसकारण,” परमप्रभु भन्नुहुन्छ, “गवाही दिन म खड़ा हुने दिनसम्म तिमीहरू मलाई पर्खिरहो। जाति-जातिहरूलाई जम्मा गर्न र राज्य-राज्यलाई भेला गर्न, अनि तिनीहरूमाथि मेरो रीस पोखाउन, सबै रीस पूरा खन्याउन मैले निर्णय गरेको छु। सम्पूर्ण पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।"},{"id":9,"text":"त्यस बेला देश-देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु, र तिनीहरू सबैले परमप्रभुका नाउँको पुकारा गरून् र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्। "},{"id":10,"text":"कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, छरपष्ट भएका मेरा प्रजाले मेरो निम्ति भेटी ल्याउनेछन्।"},{"id":11,"text":"त्यस दिन मप्रति गरेका तेरा सबै दुष्ट्याइँको कारण तँलाई शर्म पर्नेछैन, किनभने आफ्नो घमण्डमा खुशी हुनेहरूलाई यस सहरको बीचबाट म निकाल्नेछु। मेरो पवित्र डाँड़ामा तँ फेरि कहिल्यै अहङ्कारी हुनेछैनस्। "},{"id":12,"text":"तर तेरो बीचमा म दीन र नम्रहरूलाई छोड़िराख्नेछु, जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्। "},{"id":13,"text":"इस्राएलका बाँकी रहेकाहरूले कुनै गल्ती गर्नेछैनन्। तिनीहरूले झूट बोल्नेछैनन्, न तिनीहरूका मुखमा छल पाइनेछ। तिनीहरू खानेछन् र पल्टेर बस्नेछन्, र कसैले तिनीहरूलाई भयभीत तुल्याउनेछैन।” "},{"id":14,"text":"हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्! "},{"id":15,"text":"तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन। "},{"id":16,"text":"त्यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्। "},{"id":17,"text":"परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ। उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ। उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।"},{"id":18,"text":"“नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्ति भार र लाज हुन्। "},{"id":19,"text":"तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्यवहार गर्नेछु। म लङ्गड़ालाई छुटाउनेछु, र छरपष्ट भएकाहरूलाई म जम्मा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्मान दिनेछु। "},{"id":20,"text":"त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु, र त्यस बेला म तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूको सौभाग्य तिमीहरूकै नजरको सामुन्ने फर्काएर ल्याउनेछु, तब पृथ्वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्मान र प्रशंसा दिनेछु,” परमप्रभु भन्नुहुन्छ।"}]}]}